विश्‍वासको अर्थ परमेश्‍वरमाथि भर पर्नु हो

11 अक्टोबर 2021

चेङ्ग चेङ्ग, इटाली

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “तेरो भित्रको विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो ‘विश्‍वास’ भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ” (वचन देहमा देखा पर्नुहुन्छको “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ”)। परमेश्‍वरका वचनहरूले हामीलाई परमेश्‍वरमा साँचो विश्‍वास हुनु महत्वपूर्ण छ भनी बताउँछन्। जस्तोसुकै प्रकारका परीक्षाहरू हामीले सामना गर्नुपरे तापनि वा हाम्रा कठिनाइहरू जतिसुकै ठूला भए तापनि, सबैले उहाँका वचनहरूलाई विश्‍वास गरेको र उहाँमा विश्‍वास गरेको, परमेश्‍वरमाथि साँचो रूपले भर परेको र उहाँसित सहकार्य गरेको परमेश्‍वर चाहनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिशाली शासन र उहाँका कार्यहरूलाई अनुभवद्वारा देख्ने केवल त्यही एउटा तरिका हो। परमेश्‍वरको अगुवाइको लागि धन्यवाद होस्, मैले व्यक्तिगत रूपले यो थोरै अनुभव गरेको छु।

नोभेम्बर १८, २०१६ को बिहान, मैले इटालीबाट एउटा ब्रदरबाट अनलाइन सन्देश पाएँ। उहाँले आफू आत्मिक रूपले सुख्खा अनुभव गर्नुभएको र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको बारेमा अधिक जानकारी चाहनुभएको कुरा भन्नुभयो। जब मैले त्यो पढेँ, तब मैले उहाँमा परमप्रभुको पुनरागमनको निम्ति उहाँको चाहना र पर्खाइको व्यग्रता अनुभूति गरेँ। मैले अनुवाद सफ्टवेयरद्वारा उहाँसित कुराकानी गर्न सुरु गरेँ। उहाँले क्याथोलिक मण्डलीको भ्रष्टता र दुराचारबाट हताश अनुभव गरिरहनुभएको थियो, त्यसैले उहाँले सन् १९९१ देखि जताततै एउटा साँचो मण्डलीको खोजी गर्दै आउनुभएको थियो। उहाँले वाचम्यान नी र विटनेस लीका पुस्तकहरू पनि पढ्नुभएको थियो, तर उहाँले कहिल्यै कुनै आत्मिक सम्पोषण पाउनुभएन। उहाँले भन्नुभयो कि प्रभुविना जिउनु पीडादायी थियो, अर्थहीन, अनि आशारहित थियो। उहाँले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको अन्लाइनमा केही भिडियो तथा चित्रहरू देख्नुभयो र तुरुन्तै त्यसतर्फ खिँचिनुभयो। उहाँले भन्नुभयो कि यो साँच्चिकै एउटा साँचो मण्डली देखिन्थ्यो। र उहाँले यसको बारेमा धेरै जान्न चाहनुभयो। उहाँले भन्नुभएका सबै कुराहरूबाट उहाँले अति व्यग्र भएर खोजी गरिरहेको देख्दा, त्यसले मलाई झन् बढी व्यग्रताको आभास गरायो। मसँग उहाँलाई भन्न चाहेका कुराहरू अत्यधिक थिए, तर म इटालियन भाषामा त्यसलाई व्यक्त गर्न सक्दिन थिएँ। मैले उहाँलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढिदिन चाहेँ, तर इटालियन अनुवाद अझैसम्म प्रकाशित भएको थिएन। म उहाँले केही सुसमाचारका फिल्महरू हेर्नुभएको चाहन्थेँ, तर तिनका इटालियन संस्करण पनि प्रकाशित भइसकेका थिएनन्। उहाँले अरु कुनै पनि भाषाहरू जान्नुभएको थिएन। मैले गर्न सक्ने एउटै कुरा भनेको उहाँलाई एउटा सांगीतिक भिडियो पठाउनु थियो किनकि संगीत र नृत्य विश्‍वव्यापी भाषा हुन्। तर त्यो हेरेपछि उहाँ झन् बढी व्याकुल हुनुभयो। अनि निवेदन गर्दै भन्नुभयो, “मण्डलीको इटालियन वेभसाइट हुनेबित्तिकै मलाई भन्नुहोस्।” उहाँका यस्तो प्रतिक्रिया देख्दा, यसले मलाई सर्वशक्तिमान् परमेश्‍वरले भन्नुभएको केही कुरा याद दिलायोः “धार्मिकताको निम्ति भोकाउने र तिर्खाउने अनि तैँले तिनीहरूको गोठाला गरोस् भनी तँलाई प्रतीक्षा गरिरहेका दयनीय, गरिब, र भक्त धार्मिक विश्‍वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरू हस्तान्तरण गर्नेछस्? तैँले तिनीहरूको गोठालो गरोस् भनी कस्तो प्रकारका मानिसहरूले तँलाई प्रतीक्षा गरिरहेका छन्? के तँ कल्‍पना गर्न सक्छस्? के तेरा काँधहरू, तेरो कार्यभार, अनि तेरो जिम्‍मेवारीको बोझको बारेमा तँलाई थाहा छ? ऐतिहासिक मिसनको तेरो आभास कहाँ छ? अर्को युगमा मालिकको रूपमा तैँले कसरी पर्याप्त रूपमा सेवा गर्नेछस्? के तँमा मालिकपनको बलियो आभास छ? यावत् थोकका मालिकको बारेमा तैँले कसरी व्याख्या गर्नेछस्? के यो साँच्‍चै संसारका सारा जीवित प्राणीहरू अनि सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिको लागि तँसँग के-कस्ता योजनाहरू छन्? कति धेरै मानिसहरूले तँलाई तिनीहरूका गोठालो हुनका लागि प्रतीक्षा गरिरहेका छन्? के तेरो काम बोझमय छ? तिनीहरू अन्धकारमा बिलौना गरिरहेका गरिब, दयनीय, अन्धाहरू हुन्, र तिनीहरू नोक्‍सानीमा छन्—यो मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई थिचोमिचोमा पारेको अन्धकारको शक्तिहरूलाई उल्का झैँ अचानकज्योति तल झरेर हटाओस् भनी तिनीहरू कति तड्पिन्छन्। तिनीहरूले यसको लागि उत्सुकताका साथ जुन हदसम्‍म आशा गर्छन्, र दिन-रात यसको लागि जसरी विलाप गर्छन् त्यो कसले जान्‍न सक्छ र? ज्योति चम्‍केर जाने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; कहिले तिनीहरूले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नदिइएका यी कमजोर आत्माहरूको दुर्भाग्य कति भयानक छ, अनि निर्दयी बन्धनहरू र कठ्याङ्ग्रिएको इतिहासद्वारा तिनीहरूलाई यो अवस्थामा बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? कसले तिनीहरूलाई तिनीहरूको दयनीय अवस्थामा हेरेको छ र? परमेश्‍वरको हृदय कति शोकित र व्याकुल छ भन्‍ने तैँले कहिल्यै विचार गरेको छस्? उहाँको आफ्‍नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो पीडा भोगेको उहाँले कसरी देख्‍न सक्‍नुहुन्छ?” (वचन देहमा देखा पर्नुहुन्छको “तँ तेरो भविष्यको मिसनमा कसरी संलग्‍न हुनुपर्छ?”)। यो पढिसकेपछि, मैले के देखेँ भने परमेश्‍वरले हामीलाई सुसमाचार र गवाही दिने काम सुम्पिनुभएको छ, तर परमेश्‍वरको अति जरुरी आवश्यक मापदण्डहरूको बावजूद पनि मैले मेरा हातहरू बाँधिएको अनुभव गरे। म आखिरी दिनहरूको परमेश्‍वरको कामको गवाही दिन सक्षम थिइनँ। ती ब्रदर वर्षौंदेखि अन्धकारमा हराएका र आफैलाई बचाउन निरर्थक प्रयास गरिरहेका थिए, तर मैले उनलाईब्रदर परमेश्‍वरको वचनको सम्पोषण प्राप्त गर्न सहयोग गर्न सकिनँ। मलाई नमीठो लाग्यो। जब मैले उहाँका सन्देशहरू देखेँ, म साँच्चिकै रुन चाहन्थेँ, र मैले आफूलाई दुई कठिन परिस्थितिहरूको बीचमा फँसेको महसुस गरेँ। यदि म पछि हटेँ भने, उहाँले खोजी र चाहना गर्नुभएको साँचो बाटोको अनुसन्धानलाई मैले ढिलाइ गरेको हुन्थेँ। यदि म अघि बढेको भए, म बेठीक अनुवादका साधनहरूमाथि भर परेको हुन्थेँ किनकि म इटालियन भाषा बुझ्दिन थिएँ। कहिलेकाहीँ सरल कुराहरूमा पनि ती सही हुँदैनथिए, आत्मिक शब्दावलीहरूको त कुरै छोडौँ। त्यसैले हामीले कसरी बातचित गर्न सक्थ्यौँ? मैले आफू गुँगो भएको महसुस गरेँ। मेरा आँखाहरू पूरै खोलिएका थिए, तर मैले एउटै कुरा पनि गर्न सकेको थिइनँ। मैले इटालियन जान्ने एउटा भाइ वा बहिनी खोज्ने बारेमा पनि सोचेँ, तर मैले त्यस कुराको योग्य कोही भेट्टाउन सकिनँ। म त्यसबेला साँच्चिकै अलमल्लमा परेँ अनि मैले सोचेँ “मैले इटालियन भाषामा भन्न जानेको कुरा केवल ‘हेलो’ र ‘गुडबाइ’ हो। त्यसैले मैले जतिसुकै कोशिश गरे तापनि, म कहिल्यै पनि आखिरी दिनहरूको परमेश्‍वरको बारेमा गवाही दिन सक्नेछैनँ।” म साँच्चिकै निराश भएँ।

अर्को सबेरै बिहान, मैले उहाँबाट यसो भन्ने एउटा सन्देश पाएँ जसमा उहाँले उहाँ बिउँझिदा उहाँले सोच्नुभएको पहिलो कुरा भनेको मसित सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको बारेमा सोध्नु थियो भन्ने लेखिएको थियो। उहाँले मलाई पठाइरहनुभएको सन्देशले मलाई साँच्चि नै चिन्तित बनायो। मैले एउटा जरुरी प्रार्थना गरेँः “प्रिय परमेश्‍वर, मैले कहिल्यै इटालियन पढेको छैनँ र मलाई साँच्चि नै यी ब्रदरसित कसरी सुसमाचार बाँड्ने भनेर पनि थाहा छैन। परमेश्‍वर, मलाई अगुवाइ गर्नुहोस्।” मेरो प्रार्थनापछि परमेश्‍वरका वचनहरूको यो अध्याय एक्कासी मेरो मनमा आयोः “सबै थोक परमेश्‍वरको हातमा छ, र मानिसहरूले केवल उहाँसँग सहकार्य मात्र गर्दै छन् भन्ने विश्‍वास तँमा हुनैपर्छ। यदि तेरो हृदय इमानदार छ भने, परमेश्‍वरले त्यो देख्‍नुहुनेछ, र उहाँले तेरो लागि सबै मार्गहरू खोलिदिनुहुनेछ, र यसरी उहाँले कठिनाइहरूलाई अबउप्रान्त कठिन बन्न दिनुहुन्न। यही विश्‍वास तँमा हुनुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरमा विश्‍वास गर्नका निम्ति जीवनमा प्रवेश गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो”)। “आफ्नो कर्तव्य गरिरहेको बेला जबसम्म तैँले आफ्नो सम्पूर्ण बल र हृदय त्यसमा लगाउँछस् तबसम्म कुनै पनि कुराको चिन्ता गर्नु आवश्यक छैन। परमेश्‍वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुनेछैन वा तैँले गर्न नसक्‍ने काम गर्न लगाउनुहुन्न” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “परमेश्‍वरमा विश्‍वास गर्नका निम्ति जीवनमा प्रवेश गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो”)। यो पढ्दा यसले मेरो विश्‍वास र साहसलाई सहारा दियो। यो साँचो हो कि सबै कुराहरू परमेश्‍वरको हातमा छन् र सबै कुराहरू उहाँको निम्ति सम्भव छन्। हामी कठिनाइहरूमा पर्दा परमेश्‍वरले हामीबाट सबैभन्दा बढी चाहनुहुने कुरा भनेको हाम्रो इमान्दारिता र सहकार्य नै हो, ताकि हामी साँच्चि नै उहाँमाथि भरोसा गर्न र भर पर्न सकौँ अनि सर्वोत्तम रीतिले उहाँसित काम गर्न सकौँ। तब परमेश्‍वरले हाम्रा समस्याहरू हल गर्न सहयोग गर्नुहुनेछ। तर जब मैले त्यस प्रकारको समस्या सामना गरेँ, मैले महसुस गरेँ कि मेरो हृदयमा परमेश्‍वरको लागि ठाउँ थिएन। म आफ्नै धारणा तथा कल्पनाहरूभित्र बाँचिरहेको थिएँ र सोच्थेँ कि मैले इटालियन बोल्न नजानेको कारणले म ती ब्रदरसित सामान्य रूपले कुरा गर्न सक्दिनँ। त्यसैले मैले कुनै प्रकारले पनि परमेश्‍वरको कामको निम्ति गवाही दिन सक्दिन थिएँ। नकारात्मक र प्रतिगामी भएको महसुस गर्दै म कठिनाइको दलदलमा फसेँ। मैले कसरी परमेश्‍वरको अगुवाइ पाउन र त्यस प्रकारले उहाँका कार्यहरू गर्न सकूँला? मैले साँचो रीतिले परमेश्‍वरमाथि भर पर्नु र उहाँसित सहकार्य गर्न मेरो शक्तिले भ्याएसम्म सबै कुरा गर्नु, र मेरो निम्ति उहाँले एउटा बाटो खोलिदिनुहुनेछ भनी भरोसा गर्नु जरुरी थियो। त्यही मानसिकतासहित, मैले अकस्मात् केही इटालियन बाइबलका पदहरू सम्झेँ जुन आखिरी दिनहरूमा परमेश्‍वरको काम अगमवाणी गर्नुभन्दा दुई रातअघि मैले जम्मा गरेको थिएँ। ती ब्रदरसित कुराकानी गर्न ती पद प्रयोग गर्न सकिन्छ भनी मैले ठम्याएँ। त्यसैले, एक बिहान, मैले त्यसलाई हाम्रो कुराकानीमा सहयोग गर्न उहाँलाई पठाएँ। त्यस दिन दिउँसो एउटा फिल्म, भक्तिको रहस्यको इटालियन संस्करणको ट्रेलर सार्वजनिक भएको देखेर म खुशी र चकित भएँ। मैले त्यसलाई तुरुन्तै उहाँलाई पठाएँ। उहाँले पछि भन्नुभयो कि त्यस फिल्मले प्रभुको पुनरागमनको बाइबलीय अगमवाणीहरूको बारेमा बताएको कुरा उहाँले बुझ्नुभयो। उहाँले उत्साहित भएर मलाई सोध्नुभयो, “के प्रभु फर्किसक्नुभएको छ? के उहाँ अहिले चीनमा हुनुहुन्छ? अहिले उहाँको नाउँ के हो?” त्यस क्षणमा, मलाई उहाँ एउटा हराएको भेडाजस्तै लाग्यो जसले अकस्मात् गोठालाको बोलावट सुनेको थियो र त्यसको श्रोत जताततै खोजी गरिरहेको थियो। आँसुहरूलाई जबरजस्ती रोकेर, मैले प्रत्युत्तर दिएँ, “उहाँको नाम सर्वशक्तिमान् परमेश्‍वर हो, अनि प्रकाशको पुस्तकमा अगमवाणी गरिएको ‘जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान’ (प्रकाश १:८) उहाँ नै हुनुहुन्छ।” यस क्षणमा, मैले परमेश्‍वरको हरेक चरणको शासन कसरी अर्को चरणको निम्ति सटिक रूपले उपयुक्त हुन्छ भनी देखेँ। केही साधारण अभिवादनहरूबाहेक म इटालियन जान्दिनथें, तर यो अनुभवले मलाई एउटा गहिरो सचेतना दियो परमेश्‍वरको अनुग्रहद्वारा मैले ती दाइसित सहजतापूर्वक सञ्चार गरेको थिएँ र मैले केही परिणामहरू पनि देखेको थिएँ। मैले देखेँ कि सबै कुरा परमेश्‍वरको हातमा छ, र हामीले सच्चा रीतिले परमेश्‍वरमाथि भरोसा र भर पर्नुपर्छ। अनि पूरा हृदयले उहाँसित काम गर्नुपर्छ।

त्यसपछि मैले अर्को परीक्षाको सामना गरेँ। ती दाइले सधैँ मलाई मैले कहिले उहाँलाई परमेश्‍वरका आखिरी दिनहरूको गवाही दिन्छु भनी सोधिरहनुहुन्थ्यो। म त्यसो गर्न उत्सुक पनि थिएँ। तर हामीसित फेरि पनि उही भाषाको अवरोध थियो र मैले अझै पनि सहायता गर्ने कुनै भाइ वा बहिनी भेट्टाउन सकिनँ। यदि मैले अनुवाद गर्न अविश्‍वासीलाई भेट्टाएको भए, तिनीहरूले आत्मिक शब्दावलीहरू बुझ्दैनथिए र राम्रो काम गर्न सकदैनथिए। यी समस्याहरूको बारेमा सोच्दा यसले मलाई निराश तुल्यायो र मैले के गर्ने हो भन्ने नै जानिनँ। म तातो टिनको छतमा हिँडिरहेको एउटा बिरालो जस्तै थिएँ। मैले घरिघरि परमेश्‍वरलाई पुकारेँः “हे परमेश्‍वर, मेरा हातहरू बाँधिएका छन्। अहिले के गर्ने हो, मलाई थाहा छैन, र मैले यसबाट के सिक्नुपर्ने हो, त्यो पनि थाहा छैन। कृपया, मलाई अगुवाइ गर्नुहोस् र मेरो निम्ति एउटा बाटो बनाइदिनुहोस्।” प्रार्थना गरिसकेपछि, मैले मोशाले लालसमुद्र तरेको बारेमा सोचेँ। मिश्रबाट इस्राएलीहरूलाई बाहिर निकाल्दा मोशाले सबै प्रकारका कठिनाइहरू सामना गरेका थिए, तर उनले कहिल्यै परमेश्‍वरमाथिको आफ्नो विश्‍वास गुमाएनन्। उनले प्रार्थना गरे अनि परमेश्‍वरसित सहकार्य गरे, र परमेश्‍वरका थुप्रै आश्चर्यकर्महरू देखे। लालसमुद्र र तिनीहरूलाई लखेट्ने सेनाविना, अनि उजाडस्थानमा बितेको उनको ४० वर्षविना, उनीसित कसरी त्यस्तो विश्‍वास र गवाही हुन सक्थ्यो र? मेरो काममा त्यस्ता कठिनाइहरू सामना नगरीकन, मैले कसरी परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्थेँ र? मैले कुनै लालसमुद तरेको जस्तो परिस्थितिको त सामना गरिरहेको थिइनँ। अनि मैले ती दाइलाई अन्लाइन भेटेदेखि परमेश्‍वरले मेरो निम्ति सधैँ बाटो खोलिदिनुभएको थियो र मैले उहाँका धेरै अचम्मका कामहरू देखेको थिएँ। मैले परमेश्‍वरमाथि ममा अझ धेरै विश्‍वास हुनुपर्छ र मैले उहाँमाथि अझ धेरै भर पर्नुपर्छ भनी जानेँ। यसरी सोच्दा, मैले अकस्मात् के महसुस गरेँ भने परमेश्‍वरले त यी कठिनाइहरूद्वारा मेरो विश्‍वास र उहाँमाथिको निर्भरतालाई सिद्ध तुल्याउन चाहनुहुन्थ्यो मेरा वास्तविक अनुभवहरूद्वारा मलाई सर्वशक्तिमान् परमेश्‍वरको शासनको धेरै व्यवहारिक बुझाइ दिन चाहनुहुन्थ्यो। जब मैले परमेश्‍वरको इच्छा बुझेँ, त मलाई मेरो निम्ति परमेश्‍वरले बाटो खोलिदिनुहुनेछ भन्नेमा कुनै शंका रहेन। हामीले अन्लाइन भेट्ने मिति तोक्यौँ, अनि ब्रदरभाइ तथा दिदीबहिनीहरूले एउटी इटालियन भाषा सिकेकी १५ वर्षीया बहिनीको बन्दोबस्त गरिदिनुभयो जसले हामीबीचमा दोभाषेको काम गर्नेवाला थिइन्। जब १५ वर्षीया बहिनीले दोभाषे सहयोग गर्ने कुरा मैले सुनेँ। मैले आफ्नो बारेमा र त्यस जवान बहिनीको बारेमा सोचेँ। म साँच्चिकै जवान थिएँ, मैले परमेश्‍वरमा लामो समयसम्म विश्‍वास गरेको थिइनँ, अनि कहिल्यै सुसमाचार प्रचार गरेको थिइनँ। सुसमाचार प्रचार गर्नको निम्ति सघाउन त्यस्ती जवान केटीलाई लिँदा काम बन्थ्यो होला र? मैले साँच्चिकै अनिश्चित अनुभव गर्दै थिएँ। तर जब मैले त्यस जवान केटीले इटालियन भाषामा धाराप्रवाह रूपमा परमेश्‍वरका वचनहरू पढेको सुनेँ र तिनले तुरुन्तै नयाँ शब्दहरू याद गरेको कुरा मलाई भनिन्, म चकित र लज्जित भएँ। परमेश्‍वरले सुसमाचारको कामको निम्ति सबै प्रकारका ठीक मानिसहरू भेला गराउनुभएको थियो। यसले मलाई परमेश्‍वरका वचनहरूको एउटा अंश याद दिलायोः “जब परमेश्‍वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्‍चारण गरिन्छ, सबै थोक पूर्णतामा पुग्छ, र यसको पूर्णताको खातिर कुशलताको साथ अघि बढ्छन्; सबै प्राणीहरू परमेश्‍वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्‍नै भूमिका निर्वाह गर्छन्, र तिनीहरूको आ-आफ्‍नै कार्यगत गुण पूरा गर्छन्। सृष्टिकर्ताको अख्‍तियारको प्रकटीकरण यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १”)। त्यस अनुभवद्वारा मैले देखेँ कि मैले इमान्दारितापूर्वक उहाँमाथि आड लिएसम्म परमेश्‍वरले हामीलाई अगुवाइ गर्नुहुन्छ, र मैले उहाँका अचम्मका कामहरू देख्नेछु।

अनुवाद गर्नको निम्ति यस जवान बहिनीलाई भेट्टाएपछि, अन्ततः मैले ती दाइसित सामान्य रूपले कुराकानी गर्न सकेँ। एउटा ठूलो भारी मबाट हट्यो। तर मैले यो जान्नुभन्दा अघि, मसित परमेश्‍वरमाथि आड लिने त्यस्तो उत्कट इच्छा थिएन। तर त्यस बहिनीलाई केही महत्वपूर्ण काम आइपर्‍यो, अनी उनले अनुवाद गर्न सघाउन सकिनन्। यो समाचार सुन्दा मलाई आफू ढल्नै लागेको जस्तो अनुभव भयो। मैले ती दाइलाई अझै भन्नुपर्ने धेरै कुरा थियो ताकि ती दाइले साँचो मार्गमाथि जग बसाल्न सकून। तर आफ्नो दोभाषेविना, मैले गर्न सक्ने केही पनि थिएन। तब मैले साँचो बाटो खोजिरहेका कोही व्यक्तिको बारेमा सुनेँ जो चिनियाँ कम्युनिष्ट पार्टी तथा धार्मिक समुदायद्वारा फैलाइएको हल्लाहरूले भड्किएका थिए, त्यसैले तिनीहरूले जाँच-पडताल गरिरहन साहस गर्न सकेका थिएनन्। यदि मैले उनलाई समयमै सिञ्चन सहायता गरिनँ भने, ती इटालियन दाइलाई पनि बाधा आउँछ भनेर म डराएँ। मैले शक्तिहीन महसुस गरेँ अनि मलाई साँच्चिकै के गर्ने हो भन्ने नै भएन। तब एक दिन मैले ती दाइले आफ्नो पेजमा यस्तो कुरा साझा गर्नुभएको देखेँ: “साथीहरू, ब्रदरभाइ तथा दिदीबहिनीहरू, येशू ख्रीष्ट फर्किसक्नुभएको छ! आनन्दित हुनुहोस्!” उहाँको यो पोष्ट देखेर मलाई चिसो पसिना छुट्यो किनभने उहाँका ३,००० भन्दा बढी धार्मिक साथीहरू थिए। यदि तिनीहरूमध्ये केही ख्रीष्टविरोधीहरू रहेछन् जसले उहाँलाई भड्काउन र विचलित तुल्याउन सक्ने रहेछन् भने उहाँ कसरी अघि बढ्न सक्नुहोला? म चिन्तित अनुभव गर्दै थिए, त्यसलै म प्रार्थनामा परमेश्‍वरको सामु आएँ, “हे परमेश्‍वर, दोभाषेविना, यी दाइलाई तुरुन्तै सिञ्चन सहयोग गर्न सकिँदैन र उहाँ अरूका तर्कहरूद्वारा भड्किएर पछि हट्नुहुनेछ कि भन्ने मलाई डर छ। मैले यस परिस्थितिमा कसरी तपाईंका वचनहरू अनुभव गर्न र सिक्न सक्छु? कृपया, मलाई अगुवाइ गर्नुहोस्।” मेरो प्रार्थनापछि मैले परमेश्‍वरका यी वचनहरूमा पढेँ: “मानिसहरू आफ्नो अधिकांश समय अचेतन अवस्थामा बिताउँछन्। उनीहरूलाई परमेश्‍वरमा भर पर्ने कि आफैमा भर पर्ने केही थाहा हुँदैन। उनीहरूमा आफैमाथि भर पर्ने र आफ्नो वरपरको फाइदाजनक परिस्थितिहरू र वातावरणको साथसाथै आफूलाई फाइदा हुने कुनै पनि व्यक्ति, घटना र वस्तुहरूमा भर पर्ने निर्णय गर्ने प्रवृत्ति हुन्छ। मानिसहरू यही कुरामा उत्तम हुन्छन्। उनीहरू परमेश्‍वरमा भर पर्ने र नजर उठाएर उहाँलाई हेर्ने काममा सबैभन्दा नराम्रा हुन्छन्, किनकि उनीहरूलाई नजर उठाएर परमेश्‍वरलाई हेर्ने काम दिक्‍कलाग्दो लाग्छ—उनीहरूले उहाँलाई देख्‍न र छुन सक्दैनन्, र यसकारण त्यसो गर्नु उनीहरूलाई अस्पष्ट र अव्यावहारिक लाग्छ। यसैले, उनीहरूका पाठहरूको यस पक्षमा, मानिसहरूले सबैभन्दा खराब प्रदर्शन गर्दछन्, र त्यसमा उनीहरूको प्रवेश अति नै सतही हुन्छ। यदि तँ नजर उठाएर परमेश्‍वरलाई हेर्न र उहाँमा भरोसा गर्न सिक्दैनस् भने, परमेश्‍वरले तँभित्र काम गर्नुभएको, तँलाई डोऱ्याउनुभएको वा तँलाई ज्ञान दिनुभएको तैँले कहिल्यै पनि देख्‍नेछैनस्। यदि तैँले यी कुराहरू देख्‍न सक्दैनस् भने, ‘परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न र उहाँले मानवजातिको जीवनमा सबै कुरा निर्देशित गर्नुहुन्छ कि हुन्‍न’ भन्‍ने प्रश्‍नहरू तेरो हृदयको गहिराइमा एक पूर्णविराम वा विस्मयादिबोधक चिह्नसहित अन्त्य हुनेछन्। ‘के परमेश्‍वरले मानवजातिको जीवनका सबै कुरालाई अगुवाइ गर्नुहुन्छ?’ ‘के परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुन्छ?’ तँ कुन कारणले यी कुरालाई प्रश्‍न बनाउँछस्? यदि तँ साँच्‍चै परमेश्‍वरमा भरोसा गर्दैनस् वा नजर उठाएर उहाँलाई हेर्दैनस् भने तैँले उहाँप्रति साँचो विश्‍वास उत्पन्‍न गर्न सक्‍नेछैनस्। यदि तैँले उहाँप्रति साँचो विश्‍वास उत्पन्‍न गर्न सक्दैनस् भने, तेरो निम्ति परमेश्‍वरले गर्नुहुने सबै कुराहरूको साथमा सधैंभरि ती प्रश्‍न चिह्नहरू हुनेछन्, र त्यहाँ कुनै पूर्णविराम हुनेछैन” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “विश्‍वासीहरूले संसारका खराब प्रचलनहरूद्वारा हेर्दै सुरु गर्नुपर्दछ”)। परमेश्‍वरका वचनहरूले मलाई जगायो र अन्ततः मैले महसुस गरेँ कि मैले फेरि पनि परमेश्‍वरलाई बिर्सिएछु। जब परमेश्‍वरले मलाई यस्तो परिस्थितिमा राख्नुभयो जहाँ मैले असहाय अनुभव गर्थेँ, जहाँ म कुराकानी गर्न सक्तिनथेँ र के गर्ने हो भनी जान्दिनथेँ, तब मैले परमेश्‍वरलाई मेरो जीवनरक्षक रूपमा देखेँ। तर जब त्यहाँ ठीक परिस्थितिहरू र ठीक मानिसहरू थिए, तब मैले तुरन्तै अरु मानिसहरूमाथि भर परेँ किनकि मैले त्यो धेरै व्यवहारिक हुने महसुस गरेँ। जब मेरो खाँचोको समयमा त्यो जवान बहिनी मेरो सहायताको निम्ति आइन्, मलाई थाहा थियो, त्यो परमेश्‍वरको काम थियो। तर पछि, मैले अझै पनि ती दाइले आखिरी दिनहरूको काम स्वीकार गर्ने कुरा पूर्ण रूपले त्यस दोभाषेमाथि भर पर्ला कि भनी सोचेँ। मसित अझै परमेश्‍वरमा साँचो विश्‍वासको कमी थियो। मैले प्रभु येशूले भन्नुभएको केही कुरा सम्झेँः “मेरा पिता, जसले मलाई तिनीहरू दिनुभयो, उहाँ सबैभन्दा महान् हुनुहुन्छ; अनि कुनै पनि मानिसले तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लान सक्दैन” (यूहन्‍ना १०:२९)। परमेश्‍वरका भेडाहरूले उहाँको आवाज सुन्छन्। कुनै हल्लाहरू, झूटहरू, वा कठिनाइहरूले परमेश्‍वरका जनहरूलाई उहाँका हातहरूबाट खोस्न सक्दैनन्। यो परमेश्‍वरको अख्तियारको प्रकटीकरण हो। मैले परमेश्‍वरका वचनहरूलाई विश्‍वास गर्नुपर्छ, आफ्नै कर्तव्य पूरा गर्नुपर्छ, अनि ती दाइसित सङ्गति गर्ने हरेक अवसर पत्ता लगाउनुपर्छ। उनी हल्ला र झूटहरूद्वारा भड्किएका हुन् कि होइनन् भनी निर्णय गर्ने काम मेरो थिएन।

त्यसपछि मैले यो सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा यी कुराहरू पढेँः “शैतानले मानवजातिलाई हजारौं वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको छ, र संसारमा भयानक अपराधहरू गरेको छ। त्यसले मानिसलाई दुर्व्यवहार गरेको छ, मानिसलाई धोका दिएको छ, मानिसलाई परमेश्‍वरको विरोध गर्न प्रलोभनमा पारेको छ, र बारम्‍बार परमेश्‍वरको व्यवस्थापन योजनालाई अलमल्याउने र दुर्बल तुल्याउने दुष्ट कार्यहरू गरेको छ। तैपनि, परमेश्‍वरको अख्‍तियारको अधीनमा, सबै थोक र जीवित प्राणीहरू परमेश्‍वरले तय गर्नुभएका नियम र व्यवस्थाहरूलाई नै निरन्तर पालना गर्छन्। परमेश्‍वरको अख्‍तियारको तुलनामा, शैतानको दुष्ट प्रकृति र उच्छृङ्खलता अत्यन्तै कुरूप, अत्यन्तै घिनलाग्दो र तुच्छ, र अत्यन्तै सानो र असहाय छ। शैतान परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा हिँड्ने भए तापनि, परमेश्‍वरले हुकुम चलाउनुहुने मानिस, कामकुरा, र वस्तुहरूमा यसले अलिकति पनि परिवर्तन ल्याउन सक्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय १”)। परमेश्‍वरका वचनहरूले मलाई उन्मुक्त हुन सहायता गर्‍यो। यो साँचो हो कि सबै कुराहरू परमेश्‍वरको शासनमुनि छन्, अनि परमेश्‍वरले के चाहनुहुन्छ, त्यसको मार्गमा कोही पनि खडा हुन सक्तैनन्। कसैले पनि परमेश्‍वरका भेडाहरूलार्ई लिएर जान सक्तैनन्। यदि कोही जो परमेश्‍वरका भेडाहरू होइनन्, ती परमेश्‍वरको घरभित्र प्रवेश गर्छन् भने, तिनीहरूलाई एकदिन खुलासा गरिनेछन र हटाइनेछन्। यो परमेश्‍वरको अख्तियार र शक्ति हो। मैले देखेँ कि मैले साँच्चिकै परमेश्‍वरलाई बुझ्दिन थिएँ। म त्यसको एउटा जीवित उदाहरण थिएँ। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गर्नुअगाडि, मैले धार्मिक संसार र चिनियाँ कम्युनिष्ट पार्टीका झूटहरूलाई पाँच वर्षदेखि सुनेको थिएँ। मेरो मार्गमा धेरै कुराहरू अवरोधको रूपमा खडा भए तापनि, परमेश्‍वरका वचनहरूले आखिरी दिनहरूको उहाँको काम स्वीकार गर्न मलाई आकर्षित गर्‍यो। अनि अहिले, तिनीहरूले फैलाउने जतिसुकै विधर्म र झूटहरू पनि सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउने मेरो मार्गमा खडा हुन सक्दैनन्। तिनले शैतानको घिनलाग्दो मुहार अझ स्पष्टसित देख्न र परमेश्‍वरलाई पछ्याउने मेरो विश्‍वासलाई मजबुत तुल्याउन मात्र मलाई सहायता गर्छन्। यो सबै ममा परमेश्‍वरका वचनहरूद्वारा मात्रै हासिल भएको हो। ती दाइसित कुराकानी गरेको झण्डै एक महिनाको समयलाई मैले सम्झेँ। हामीले साझा भाषा थिएन अनि सामान्य रूपले कुराकानी गर्न सकेनौँ, तर उहाँले आखिरी दिनहरूको परमेश्‍वरको कामलाई स्वीकार नगरेसम्म हामीले निरन्तरता दिइ नै रह्यौँ। उहाँले इटालीमा सुसमाचारलाई प्रचार गर्ने र मण्डली स्थापना गर्ने कुरा पनि उल्लेख गर्नुभयो। परमेश्‍वरको अगुवाइविना, मानिसहरूलाई विजय गर्ने परमेश्‍वरका वचनहरूविना के त्यस्तो कुनै पनि कुरा हासिल गर्न सकिन्थ्यो र? मसित साँच्चिकै परमेश्‍वरको बुझाइको कमी छ भनी मैले देखेँ। जब मैले सुसमाचार फैलाएँ म भन्थेँ कि परमेश्‍वरको अख्तियार बेजोड छ र कुनै शक्तिले उहाँको कुनै कामलाई बाधा दिन सक्तैन, तर म सधैँ तार्किक रूपले विश्लेषण गरिरहेको हुन्थेँ। भाषिक अवरोधको कठिनाइसित सामना गर्नुपर्दा म ती दाइ हल्ला र ख्रीष्टविरोधीका झूटहरूद्वारा भाग्ने हुन् कि भनेर डराउँथेँ। म डरको अवस्थाको जिइरहेको थिएँ। तर वास्तवमा, उहाँले साँचो मार्ग स्वीकार गर्न सक्नुहुन्थ्यो वा सक्नुहुन्नथ्यो भन्ने कुरा परमेश्‍वरको हातमा थियो, यो परमेश्‍वरद्वारा प्रबन्ध गरिएको थियो। निराधार चिन्ताहरू लिनुको साटो, मैले आफ्नो काम राम्रोसित पूरा गर्नुपर्छ र जिम्मेवार हुनुपर्छ। त्यसै सोचमा, मैले उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित हुन इच्छुक हुँदै परमेश्‍वरलाई एउटा प्रार्थना गरेँ। अचम्मको कुरा, लामो समय नबित्दै त्यस जवान बहिनीले आफू कार्यमुक्त भएको र फेरि दोभाषे सहयोग गर्न सक्ने जानकारी दिन एउटा सन्देश पठाइन्। मैले अन्ततः ती इटालियन दाइसित सहजतापूर्वक कुराकानी गर्न सकेँ।

कहिलेकाहीँ म पूर्ण रूपले हतोत्साहित भए तापनि र कहिलेकाहीँ ती दाइसित सुसमाचार सुनाउने प्रक्रियामा म अविश्‍वसनीय रूपले चिन्तित भए तापनि जब मैले परमेश्‍वरमाथि साँच्चि नै भर परेँ, तब मैले बारम्बार उहाँका अगुवाइ र कामहरू देखेँ। मैले देखेँ कि परमेश्‍वरका सबै काम परमेश्‍वर आफैद्वारा हुन्छ, अनि उहाँमा मेरो विश्‍वास बढ्यो। यो सबै परमेश्‍वरको अनुग्रह र कृपा थियो। म सोच्ने गर्थें कि अरूलाई सुसमाचार बाँड्नु भनेको अरूलाई उद्धार गर्नु हो, तर मैले अन्त्यमा महसुस गरेँ कि त्यस प्रक्रियामा त मैले परमेश्‍वरको काम र वचनहरू पनि अनुभव गर्दै थिएँ। यस अनुभवद्वारा, म अर्थात्, एउटा “शंकालु थोमा” ले साँचो रीतिले परमेश्‍वरको अख्तियार र विश्‍वासयोग्यता अनुभव गर्‍यो। त्यसरी नै जसरी परमेश्‍वरको वचनहरूमा लेखिएको छः “जब कसैले विशेष रूपमा कठिन समस्याको सामना गर्छ, जब तिनीहरूले शरण लिने कोही हुँदैन, र जब तिनीहरूले खास रूपमा विवश भएको महसुस गर्छन्, तिनीहरूले तिनीहरूको एउटै आशा परमेश्‍वरमा राख्छन्। तिनीहरूको प्रार्थना कस्तो हुन्छ? तिनीहरूको मनस्थिति कस्तो हुन्छ? के तिनीहरू इमानदार हुन्छन्? त्यो बेला कुनै अपमिश्रण भएको हुन्छ? तेरो ज्यान बचाउने अन्तिम उपाय उहाँ मात्रै हुनुहुन्छ, अनि उहाँले तँलाई सहयोग गर्नुहुनेछ भनेर आशा गर्दै तैँले परमेश्‍वरमा भरोसा गरिस् भने मात्रै, तेरो हृदय इमानदार हुन्छ। तैँले त्यति धेरै कुरा नबताएको हुनसक्‍ने भए तापनि, तेरो हृदय पहिले नै उत्साहित भइसकेको हुन्छ। अर्थात्, तैँले तेरो इमानदार हृदय परमेश्‍वरलाई दिन्छस्, र परमेश्‍वरले तेरो कुरा सुन्‍नुहुन्छ। जब परमेश्‍वरले सुन्‍नुहुन्छ, उहाँले तेरा कठिनाइहरूलाई देख्‍नुहुनेछ, र उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, तँलाई अगुवाइ गर्नुहुनेछ, र तँलाई सहयोग गर्नुहुनेछ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “विश्‍वासीहरूले संसारका खराब प्रचलनहरूद्वारा हेर्दै सुरु गर्नुपर्दछ”)। परमेश्‍वरलाई चिन्नको निम्ति हामीबाट चाहिएको कुरा भनेको हामीले मानिसहरू, घटनाहरू, र हरेक दिन हामीले सामना गर्ने कुराहरूमार्फत र हाम्रो काम गर्ने प्रक्रियामा हामीले परमेश्‍वरका वचनहरू साँचो रीतिले अभ्यास र अनुभव गर्नु हो। परमेश्‍वरलाई साँचो तरिकाले चिन्ने र उहाँको डर मान्ने केवल त्यही मात्रै एउटा तरिका हो। मेरो अनुभवले यस कुरालाई सराहना गर्न सिकाएको छ। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

कष्टहरू परमेश्‍वरका आशिष्‌ हुन्

वाङ ग्याङ, चीनसन् २००८ को हिउँदेयामको एउटा मध्याह्न, दुईजना दिदीहरू र म आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा एकजना सुसमाचार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्