म किन बोझ लिँदिनँ?

25 अप्रिल 2023

अक्टोबर २०२१ मा, मैले भिडियो कार्य सुपरभाइजरको रूपमा अभ्यास गरिरहेको थिएँ। काममा म ब्रदर लियो र सिस्टर क्‍लेयरसँग साझेदार थिएँ। तिनीहरू दुवैले मभन्दा पहिलेदेखि यो कर्तव्य निभाउँदै आएका थिए र दुवैसँग धेरै अनुभव थियो, र धेरैजसो कामको फलोअप र हेरविचार गर्न तिनीहरू अग्रसर हुन्थे। मैले भर्खरै काम सुरु गरेकी थिएँ र कामका धेरै पक्षहरू बुझेकी थिइनँ, त्यसैले स्वाभाविक रूपमै, मैले सानो भूमिका लिएँ। मलाई लाग्थ्यो, मेरो काममा कुनै समस्या नहुन्जेल, सबै कुरा ठीकठाक हुनेछ र अरूले अघि आएर बाँकी कुरा हल गर्न सक्‍नेछन्। त्यसरी, मैले धेरै चिन्ता गर्नु पर्दैन र मलाई कसैले पनि जिम्‍मेवार तुल्याउँदैन। क्रमिक रूपमा, मैले झन्झन् कम बोझ लिन थालेँ र फलस्वरूप ती दुईको कामबारे मेरो बुझाइ र सहभागिता निकै कम थियो। हामीले कामको छलफल गर्दा म कुनै पनि विचार व्यक्त गर्दिनथेँ, र खाली समयमा म आनन्द लिँदै सांसारिक भिडियोहरू हेर्थेँ। मलाई यसरी कर्तव्य निभाउनु ठीकै हुन्छ जस्तो लाग्थ्यो।

एक दिन, दिँउसोतिर, एक अगुवा अचानक मकहाँ आए र मलाई लियो र क्‍लेयर कर्तव्य निभाउन अन्यत्र जाँदै छन् भनेर थप जिम्‍मेवारी लिन, थप मेहनत गर्न, र भिडियोको काम जिम्‍मा लिन अनुरोध गरे। यो अचानकको परिवर्तनले एक छिन त मेरो होसै उड्यो। मैले यो कर्तव्य निभाउन थालेको धेरै भएको थिएन, र फलोअप गर्नुपर्ने काम टन्‍नै थियो, के यो त झन् तनावपूर्ण भएन र? तिनीहरूको जिम्‍माको काम निकै जटिल थियो र यसको लागि निरन्तर ध्यान दिनुपर्थ्यो। सीपको कमी भएकाहरूलाई बाटो देखाउन मैले सामग्रीहरू खोज्‍नुपर्थ्यो, र तिनीहरूले काम गर्न नसके आफैले गर्नुपर्थ्यो। लियो र क्‍लेयर निकै दक्ष थिए र सामान्यतया अत्यन्तै व्यस्त हुन्थे। भर्खरै काम सुरु गरेको कारण मैले त झन् अवश्यै धेरै समय लगाउनुपर्थ्यो। के अब मैले कहिल्यै खाली समय पाउँला त? मैले यो जिम्‍मेवारीको बोझ लिन नसकेर काममा ढिलाइ भयो भने, के मबाट अपराध हुँदैन र? यो जिम्‍मेवारीको लागि अगुवाले मभन्दा उपयुक्त अरू कसैलाई खोज्नु नै बेस हुन्छ भन्‍ने लाग्यो। मैले केही नबोलेको देखेर, अगुवाले मलाई मेरो मनमा के छ भनेर सोधे। मेरो मन अटेरी भयो र मलाई केही पनि भन्‍न मन लागेन। हामीले कामको छलफल गरिसकेपछि, म चुपचाप गइहालेँ। मैले आफू एक्लैले लिनुपर्ने सबै समस्या र कठिनाइहरूबारे सोच्दा, मलाई तनावले उकुसमुकुस भयो र अबका दिनहरू सहन नसकिने होलान् जस्तो लाग्यो। मैले यसलाई जसरी हेरे पनि, मलाई यो जिम्‍मेवारी लिन सक्दिनँ जस्तो लाग्यो। त्यसपछि अगुवाले मलाई मेरो स्थितिबारे सोध्दै एउटा मेसेज पठाए, र मैले तुरुन्तै प्रतिक्रिया दिएँ: “मलाई यो काम लिऊँ जस्तो लागेको छैन। सायद तपाईंले अझ उपयुक्त कसैलाई खोज्‍नुहुन्थ्यो कि?” त्यसपछि अगुवाले मलाई सोधे: “के आधारमा तपाईंले आफूलाई अनुपयुक्त ठान्‍नुहुन्छ?” यो प्रश्‍नको प्रतिक्रिया कसरी दिने मलाई साँच्‍चै थाहा थिएन। मैले अहिलेसम्‍म प्रयाससमेत गरेकी थिइनँ, र म यसको लायक छु छुइनँ थाहै थिएन। तर कामको तनाव र यसमा लाग्‍ने शारीरिक मेहनतबारे सोच्दा मलाई यो काम इन्कार गर्न मन लागेको थियो। के यो जिम्‍मेवारीबाट पन्छिनु र कर्तव्य इन्कार गर्नु थिएन र? अनि मैले आफ्नो जीवनमा हरदिन आउने कुराहरू परमेश्‍वरले नै अनुमति दिनुभएको हुन्छ र मैले यी कुरा स्विकार्नुपर्छ भन्‍ने सोचेँ। त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “परमेश्‍वर, मेरा दुई सहकर्मीहरूलाई स्थानान्तर गरिँदै छ र म एकलैले सबै काम गर्नुपर्ने भएको छ। ममा अटेरीपन आएको र भनेको नमानूँ जस्तो भएको छ। यस्तो स्थिति गलत हो भन्‍ने थाहा छ, तर मैले तपाईंको इच्‍छा बुझेकी छैन। बिन्ती मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, ताकि भनेको मान्‍न सकूँ।”

प्रार्थनापछि, एक सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्, जसले वास्तवमा मेरै स्थिति बताउँथ्यो। परमेश्‍वर भन्नुहुन्छ, “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु, यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। त्यसै गरी, अर्को प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो इमानदार व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण र सबैभन्दा अत्यावश्यक कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैं परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो योग्यता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै काम-कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ त्यो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले पूरा गर्नुपर्ने कर्तव्यमा भक्तिसाथ लाग्‍नुपर्छ, र परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यो धेरै तरिकामा प्रकट हुन्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु वा आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। त्यो इमानदारीको प्रकटीकरण हो। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य आफ्‍नो सारा हृदय र शक्तिले राम्रोसित पूरा गर्नु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि ५० वा ६० प्रतिशत मात्र प्रयास गर्छस् भने, आफ्नो सारा हृदय र सारा शक्ति लगाइरहेको छैनस्, तँ धूर्त होस् र सुस्त हुन खोज्दै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। यसको अर्थ, बफादार सेवाकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका लापरवाह र झाराटारुवा मानिसहरू, सधैँ धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कोही पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैनन्, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिसहरू सोच्छन्, ‘इमानदार व्यक्ति बन्‍नु भनेको सत्य बोल्‍नु र झूट नबोल्‍नु मात्रै हो। इमानदार व्यक्ति बन्‍न साँच्‍चै सहज हुन्छ।’ यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्‍वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्‍य हुन्छ। यसको अर्थ के हो? त्यो हो, यो हृदयले तेरा व्यवहारलाई नियन्त्रण र तेरो अवस्थालाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्‍वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ यस प्रकारको अवस्थामा जिउनुपर्छ, तैँले यसरी व्यवहार गर्नुपर्छ र यसरी जोडतोडले प्रयत्न गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले मलाई अत्यन्तै लज्‍जित तुल्यायो। परमेश्‍वर भन्‍नुहुन्छ, कर्तव्यको सामना गर्दा, इमानदार मानिसहरू आफू काम गर्न सक्‍ने स्तरको छु छुइनँ भनेर सोच्दैनन्, न त त्यो कर्तव्य लिँदा त्यसबाट आउने खतराको बारेमै विचार गर्छन्, तिनीहरू आफ्‍नो दक्षताबारे चिन्ता गरेर कर्तव्यबाट पन्छिने त कुरै नगरौँ। बरु, तिनीहरूले यसलाई सुरुमै स्विकारेर यसमा सर्वस्व सुम्पन्छन्। यो मात्रै इमानदार मनोवृत्ति हो। त्यसपछि मैले कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे सोचेँ। मेरा दुई सहकर्मीहरू स्थानान्तर हुन लागेको सुन्‍नेबित्तिकै, मलाई मेरो कामको बोझ बढ्ने, चिन्ता थपिने, र लिनुपर्ने तनाव धेरै हुने चिन्ता लाग्यो। काम राम्ररी भएन भने, मैले त्यसको जिम्‍मेवारी लिनुपर्थ्यो, त्यसैले आफ्‍नो जिम्‍मेवारीबाट पन्छिन मैले आफू योग्य नभएको बहाना बनाउन खोजेँ। म साँच्‍चै छली थिएँ र ममा विवेक थिएन। मलाई याद छ, म सधैँ प्रार्थनामा परमेश्‍वरको बोझ लिन्छु भनेर वाचा गर्थेँ, तर त्यसलाई व्यवहारमा लागू गर्ने समयमा, मैले मेरो देहको कुरा सुनेँ, कुनै पनि सत्यता अभ्यास गरिनँ, र परमेश्‍वरलाई छल गर्न खोक्रा शब्‍दहरू प्रयोग गरेँ। यदि म साँच्‍चै परमेश्‍वरको इच्‍छा पालना गर्थेँ, तर म काम गर्न असक्षम छु भनी जान्दथेँ, र उपयुक्त अरू कोही भेट्टाउन सक्दिनथेँ भने, मैले भिडियोको काममा असर हुन नदिनँ आफ्‍नो सीप बढाउन जोड दिएर अरूसँग सहकार्य गर्नुपर्थ्यो। विवेक र मानवता भएको व्यक्तिले गर्नुपर्ने यही हो। यदि म साँच्‍चै काम गर्न नसक्‍ने भएर मलाई स्थानान्तर वा बर्खास्त गरिन्थ्यो भने, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। यसरी अभ्यास गर्नु मात्रै तर्कसङ्गत हुन्छ। यो सोच्दा मन अलिक शान्त भयो।

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे केही बुझाइ प्रदान गर्‍यो। परमेश्‍वर भन्नुहुन्छ, “सत्यताको पछि नलाग्ने सबैले जिम्‍मेवारी नलिने मनस्थितिले आफ्‍नो कर्तव्य पूरा गर्छन्। ‘कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछन् म त्यही गर्नेछु। जहाँसम्‍म जिम्‍मेवारी र चासो लिने, वा कुनै कुरा गर्न अझै धेरै समस्या झेल्ने, आफ्‍नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।’ यी मानिसहरू मूल्य चुकाउन अनिच्‍छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्‍मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचोरूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्‍नो कर्तव्य निर्वाहमा आफ्‍नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यसमा आफ्‍नो हृदय लगाउन सक्छ। यदि व्यक्तिले कहिल्यै यसमा आफ्‍नो हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्‍वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्‍वरको इच्‍छालाई कसरी ध्यान दिने, परमेश्‍वरका वचनहरू मनन गर्नमा आफ्‍नो हृदय कसरी लगाउने भन्‍ने नै जान्दछन्, साथै सत्यता कसरी खोजी गर्ने, परमेश्‍वरका मागहरू र उहाँको इच्‍छा बुझ्‍न कसरी खोजी गर्ने भन्‍ने नै जान्दछन्। सत्यता खोजी गर्न नसक्‍नु भनेको यही हो। के तिमीहरूमा त्यस्ता स्थिति छन्, जुन स्थितिमा जे आइपरे पनि, तिमीहरूले जेजस्तो कर्तव्य पूरा गरे पनि, तिमीहरू प्रायः परमेश्‍वरसामु शान्त हुन, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, साथै परमेश्‍वरको इच्‍छाअनुसार आफ्‍नो कर्तव्य कसरी पूरा गर्नैपर्ने र त्यो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न तिमीहरूमा कुन सत्यताहरू हुनुपर्छ भनेर विचार गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरैपटक यसरी सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्‍ने बन्न तैँले कष्ट भोग्‍नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यसका बारेमा कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाउँदैनस् भने, त्यसको साटो सधैं शारीरिक प्रयास लगाउन चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य कति राम्ररी गरिस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई आफ्नो कर्तव्य गर्नमा र सत्यको अनुसरण गर्नमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरको इच्छा बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीहरू थाहा पाउने, आफ्ना सबै विविध अवस्थाहरूमा निपुण हुन सक्छस्। जब तैँले खटिनमा मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्‍नो हृदयको साँचो स्थिति अनि फरक-फरक स्थितिमा तँमा हुने अनगिन्ती प्रतिक्रिया र भ्रष्टता प्रकटहरू पत्ता लगाउन सक्‍नेछैनस्। समस्या हुँदा तँलाई नतिजाहरूबारे थाहा छैन र तँ त्यो समाधान गर्दैनस् भने, ठूलो समस्यामा पर्छस्। त्यसैले परमेश्‍वरलाई अन्योलमा विश्‍वास गरेर हुँदैन। तँ हरेक समय, हरेक स्थानमा परमेश्‍वरअघि जिउनुपर्छ; तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यता खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा केकस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ काममा ढिलाइ गर्नबाट बच्‍न सक्छस्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नु मात्र होइन, तर तैँले जीवन प्रवेश पाउनु र आफ्‍नो भ्रष्ट स्वभाव हटाउन सक्‍नु पनि हो। यसरी मात्रै तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छस्। यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा आफ्‍नो कर्तव्य पूरा गर्ने मामिला होइन, यो सत्यतासँग सम्बन्धित मामिला होइन, तर तँ बाहिरी कुराहरूमा अल्झिएको छस्, तेरा विचारहरू देहका मामिलाहरूमा केन्द्रित छन् भने, के तैँले सत्यता बुझ्‍न सक्छस्? तब के तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरसामु जिउन सक्छस्? अवश्य नै सक्दैनस्। त्यस्तो व्यक्तिले कुनै पनि हालतमा मुक्ति पाउँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र व्यक्तिले साँचो मानव स्वरूपमा जिउन सक्छ)। यस्तो मनोवृत्तिको खुलासा गर्ने क्रममा परमेश्‍वरले साँच्‍चै मेरै चित्र कोरिरहनुभएको थियो। यो कर्तव्य सुरु गर्दा, म कुनै जिम्‍मेवारी लिँदिनथेँ। मैले मेरा सहकर्मीहरू मभन्दा अनुभवी छन् भन्‍ने देखेँ, त्यसैले लुरुक्‍क परेर पछाडि बसेँ, र मेरो आफ्‍नो काममा केही नभएसम्म सबै कुरा ठिकठाक हुनेछन् भन्‍ने लाग्थ्यो। यसो गर्दा, म सम्‍मानित देखिनेछु र आफूलाई थकाइरहनुपर्नेछैन भन्‍ने सोच्थेँ, त्यसैले मैले आफ्‍नो काममा मात्रै ध्यान दिएँ र तिनीहरू जिम्‍मेवार रहेको कामप्रति कहिल्यै चिन्ता गरिनँ, न त त्यसमा देखिएका समस्या वा कठिनाइहरूलाई गम्‍भीरतासाथ नै लिएँ। अगुवाले हाम्रो काम किन प्रभावकारी भएको छैन भनी सोध्दा, मसँग कुनै उत्तर हुँदैनथ्यो। म त काममा देखा परेका समस्या वा विचलनहरूबारेमा समेत अनभिज्ञ थिएँ। त्यसपछि मात्रै मलाई आफूले अत्यन्तै नराम्ररी कर्तव्य निभाइरहेको महसुस भयो। मैले आफ्‍ना दिनहरू पूरै खोक्रो रूपमा र आफूले सामना गर्ने समस्याहरूबारे कुनै समझ र चिन्ताबिना बिताइरहेकी थिएँ। कतिपय समस्याहरूबारे मलाई थाहा भए पनि, तिनले मेरो पदमा कुनै असर नपार्ने महसुस हुनेबित्तिकै, म तिनलाई त्यतिकै छोडिदिन्थेँ, जसले गर्दा कामको प्रगतिमा असर हुन्थ्यो। अविश्‍वासीहरूले आफ्‍नो जागिरलाई यसरी नै लिन्छन्। मैले कर्तव्यमा परमेश्‍वरको इच्‍छा कहाँ पालन गर्दै थिएँ र? मेरो काममा समस्याहरू देखा पर्दा, म सत्यता खोजी गर्ने वा विचलनहरूको निचोड पत्ता लगाउने गर्दिनथेँ। न त कार्यक्षमता कसरी बढाउने भनेर नै विचार गर्थेँ। मलाई त सधैँ मेरा सहकर्मीहरूले यी समस्या सम्हाल्न सक्छन् भने, मैले केही समय आराम गर्दा भइहाल्छ नि भन्‍ने लाग्थ्यो। जब समय हुन्थ्यो, तब म देहमा रमाउँथेँ वा सांसारिक भिडियोहरू हेर्थेँ। म झन्झन् सुखभोगी हुँदै गएँ र परमेश्‍वरबाट झन्झन् टाढा भएँ। मैले आफूमा कर्तव्यप्रति कुनै लगाव नभएको देखेँ। मैले यसलाई केवल जागिरको रूपमा लिइरहेकी थिएँ। यसरी त मैले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्थेँ र? यस बेला बल्‍ल महसुस भयो, परमेश्‍वरले मलाई अभ्यास गर्ने, चिन्ता गर्न सिक्‍ने, सक्रिय भई जिम्‍मेवारी लिने, कठिनाइहरूमा परमेश्‍वरमा भरोसा गर्ने, र सत्यताका सिद्धान्तहरू सिक्‍ने मौका दिनलाई मेरो “पछि हट्ने बानी” हटाउने बन्दोबस्तहरू मिलाउनुभएको रहेछ। अझ महत्त्वपूर्ण कुरा त यसले मलाई कर्तव्यप्रतिको मेरो सुस्त र गैरजिम्‍मेवार मनोवृत्तिले परमेश्‍वरमा घृणा जगाइरहेको कुरा बुझ्न मदत गर्‍यो। कामको तनावले अब मलाई आफ्‍नो कर्तव्यमा लगनशील हुन बाध्य गर्थ्यो, र मलाई पश्‍चात्ताप गर्ने, अनि आफ्‍नो कर्तव्य निभाउन पर्याप्त काम गर्ने मौका दिन्थ्यो। परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, म यी परिस्‍थितिहरूमा समर्पित हुन तयार भएँ। त्यसपछिका केही दिनसम्‍म, मैले मन लगाएर आफ्‍नो काममा दुःख गर्न थालेँ, भिडियोको काममा रहेका समस्याहरू पत्ता लगाएर, तिनलाई टिपोट गरी समाधान गर्ने उपाय खोज्‍न थालेँ। मैले अध्ययन योजना बनाएँ र सक्दो चाँडो कामलाई हातमा लिन लागिपरेँ। मेरो स्थिति ठीकमा आएपछि, मसँग कामको लागि अझै बढी समय हुन थाल्यो, र मैले मेरा दिनहरू झनै शान्ति अनुभव गर्दै बिताउन थालेँ।

पछि, मैले अर्की सिस्टरसँग कार्य साझेदारी गर्न थालेँ। सुरुमा, म अझै बढी जिम्‍मेवार हुनुपर्छ भन्‍नेबारे सोच्थेँ, तर केही समयपछि, उनमा निकै दक्षता र मभन्दा धेरै व्यावसायिक सीप रहेको थाहा पाएँ, त्यसकारण मैले उनलाई केही काम सुम्पेर त्यो कामको बारेमा बिर्सिदिन्थेँ। कहिलेकहीँ, आफ्‍नो प्रतिष्ठालाई कायम राख्‍न, म छलफलमा सहभागी हुन्थेँ तर सुझावहरू दिन्थिनँ, मलाई लाग्थ्यो: “तिमीले यी कामहरू सम्‍हाल्‍न सक्छौ, त्यसकारण मैले चिन्ता गर्नुपर्दैन र म केही समय आनन्दले बस्‍न सक्छु।” अगुवाले मलाई कामबारे अलिक बढी चिन्ता गर्न चेतावनी दिइन्, र उनले यसो भनेको केही दिन त म चिन्ता गर्थेँ, तर केही समयपछि नै पुरानो शैलीमै फर्कन्थेँ। कहिलेकहीँ, जटिल समस्याहरू देखा पर्थे जसलाई तुरुन्तै सम्‍हाल्‍नुपर्थ्यो, तर यो मूल रूपमा ती सिस्टरले फलोअप गरिरहेको काम हो भन्‍ने जान्‍नेबित्तिकै, म झमेला लिन चाहन्‍नथेँ। म जानीजानी मेसेजलाई अनरिड गर्थेँ र देखे नि नदेखेजस्तो गर्थेँ, म ती सिस्टरले नै पछि त्यो सम्‍हाल्‍न सक्छिन् भन्‍ने सोच्थेँ। यो गैरजिम्‍मेवारी हो भन्‍ने लागे पनि, कामको प्रगति सामान्यै रहेको कारण, म यसबारे त्यति सोच्दिनथेँ। केही महिनापछि, हामी भिडियो कार्यका अलगअलग भागहरूको जिम्‍मेवार व्यक्ति बन्यौँ। यसपटक, मेरो सहयोगी कोही थिएन र मैले धेरै कठिनाइ र समस्याहरू भोग्‍नुपर्ने भो भनेर म निश्‍चित थिएँ। तर मैले आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवारी नलिएको अनि यो अवस्था मेरो लागि कसरी राम्रो हुन्छ भन्‍नेबारे सोच्दा, मैले आफैलाई समर्पित भएर काम सुरु गर्न जोड दिएँ। तर मैले काम सुरु गरेपछि, मैले फलोअप गर्नुपर्ने धेरै काम थिए, र मैले हरेक दिन पूरा गर्नुपर्ने कामहरू कहिल्यै नसकिने जस्ता देखिन्थे। साथै, मेरो कामको सीप त्यति राम्रो थिएन र झन्झन् बढी समस्या देखा पर्न थाले। मैले बनाएको हर भिडियोमा सुझावहरू आउँथे र हर सुझावको प्रतिक्रिया दिन मैले सोच्‍नुपर्थ्यो। क्रमिक रूपमा, मसँग भएको थोरै उत्साह पनि समाप्त भयो, र म प्रायजसो सोच्थेँ, “मैले यति धेरै प्रयास गरिरहेकी छु र पनि धेरै समस्या आइरहेका छन्, त्यसकारण अगुवाले मभन्दा उपयुक्त व्यक्ति खोज्दा राम्रो हुन्छ।” त्यसको केहीपछि नै, हाम्रा धेरै भिडियोहरू एकपछि अर्को गर्दै फिर्ता आए, र फेरि दोहोर्‍याएर बनाउनुपर्ने भो। र मलाई झन् निराश लाग्यो। आफूले सामना गरेका ती जटिल समस्याहरू सुल्झाउन पनि मन लाग्‍न छोड्यो र मलाई कर्तव्यमा अरूसँग साझेदारी गर्दाका दिनहरू झनै याद आउन थाल्यो, जुन बेला म तिनीहरूको पछाडि लुक्‍न पाउँथेँ र धेरै तनाव लिनुपर्दैनथ्यो। मलाई आफ्‍नो कर्तव्यप्रति कुनै जाँगर चल्‍दैनथ्यो, हिँड्दा जिउ भारी हुन्थ्यो। त्यसपछि महसुस भयो, मैले अब यस्तो स्थितिमा कर्तव्य निभाइरहनु हुँदैन, अनि मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। खोजी गर्दा, मलाई अचानक नोआको याद आयो। तिनले ठूलो जहाज बनाउने क्रममा धेरै कठिनाइ र असफलताहरू सामना गरे, तर तिनले कहिल्यै हरेस खाएनन्, बरु १२० वर्षसम्‍म काम गरिरहे, अनि अन्तिममा ठूलो जहाज बनाइसकेर परमेश्‍वरको आज्ञा पूरा गरे। तर एकदुई कठिनाइहरू सामना गर्दा नै म आफ्‍नो बोझ फ्याकेँर भाग्‍न चाहन्थेँ। के म कायर भइरहेकी थिइनँ र? यो सोचेपछि, मैले केही मात्रामा साहस बटुलेँ र मेरो कामका समस्याहरू सामना गर्न सक्षम भएँ।

मैले मेरो भक्तिको समयमा, परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “यी अल्छी झूटा अगुवाहरूले कहिल्यै पनि व्यवहारिक काम गर्दैनन् र तिनीहरूको नेतृत्वको पदलाई कुनै आधिकारिक पदको रूपमा लिएर आफ्‍नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्। अगुवाले पूरा गर्नुपर्ने कर्तव्य र कामलाई तिनीहरूले घाँडो वा झमेलाको रूपमा लिन्छन्। तिनीहरू आफ्‍नो हृदयमा मण्डलीको कामप्रति अवज्ञाकारी हुन्छन्: तिनीहरूलाई कामको निगरानी गर्न वा तिनमा आएका समस्याहरू पत्ता लगाउन, अनि तिनलाई फलोअप गरेर समाधान गर्न लगाइयो भने, तिनीहरू हिचकिचाहटले भरिन्छन्। यो अगुवा र सेवकहरूले गर्ने काम हो, यो तिनीहरूको जिम्‍मेवारी हो। यदि तँ यो काम गर्दैनस् भने—यदि तँलाई यो काम गर्ने इच्‍छा छैन भने—तँ किन अझै पनि अगुवा वा सेवक बन्‍ने इच्‍छा गर्छस्? तँ परमेश्‍वरको इच्‍छा पूरा गर्न कि पदको फाइदाहरूमा रमाउन आफ्‍नो कर्तव्य पूरा गर्छस्? यदि तँ कुनै आधिकारिक पद हातमा लिनको लागि अगुवा बन्‍न चाहन्छस् भने के यो लाजमर्दो कुरा होइन र? यी मानिसहरूजति नीच चरित्रका अरू कोही छैनन्—यिनीहरूमा कुनै आत्मसम्मान हुँदैन, यिनीहरू लाज पचेका मान्छे हुन्। यदि तँ देहगत सहजतामा रमाउन चाहन्छस् भने, तुरुन्तै संसारमा फर्केर यसैमा लागिपर्, यसलाई समात्, अनि जति सक्छस् यसलाई खोसेर ली। कसैले दखल दिनेछैन। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्ने र उहाँको आराधना गर्ने ठाउँ हो; यो मानिसहरू सत्यताको पछि लागेर मुक्ति पाउने ठाउँ हो। यो देहगत सहजतामा रमाउने कुनै स्थान होइन, झन् यो मानिसहरूलाई पुलपुल्याउने ठाउँ हुनु त परको कुरा हो। … कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निभाए पनि, तिनीहरू यसमा सफल हुन सक्दैनन्, तिनीहरूको लागि यो धेरै गाह्रो हुन्छ, तिनीहरू मानिसहरूले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारी पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानिसहरू भनिन लायक हुन्छन् र? बुद्धू, मानसिक रूपमा अशक्त, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्‍नो कर्तव्य र जिम्‍मेवारी पूरा गर्नुनपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्तिले सधैँ धूर्त र फोहोरी खेल खेलिरहेको हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने यस्ता व्यक्तिहरूले उचित व्यक्तिले जस्तो व्यवहार गर्न चाहँदैनन्। परमेश्‍वरले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य निभाउन प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, बस सबै कुराको आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण, कठिन वा सरल जे-जस्तो भए पनि, तिनीहरू सधैँ लापरवाह र झाराटारुवा बन्छन्, सधैँ अल्छी र भर नलाग्‍ने हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरूले आफ्‍नो जिम्‍मेवारी अरूको काँधमा थुपार्न चाहन्छन्; तिनीहरूले कुनै पनि जिम्‍मेवारी वहन गर्दैनन्, बरु परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, बाँच्‍नको लागि कसले पो आफ्‍नै भरोसा गर्नु पर्दैन र? व्यक्ति ठूलो भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्‍छा गरे पनि, तिनीहरूलाई सहयोग लिन अप्ठ्यारो लाग्‍नुपर्छ, र तिनीहरूले ‘मेरा आमाबुबाले छोराछोरी हुर्काउने आफ्‍नो काम पूरा गर्नुभएको छ। म ठूलो भइसकेँ, र मेरो शरीर पनि ठीकठाक छ—म आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ’ भन्‍ने कुरा पहिचान गर्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको सुझबुझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहनु हुँदैन; तिनीहरूलाई अरू हाँस्लान्, र आफू लाजमा पर्नुपर्ला भन्‍ने डर हुनुपर्छ। त्यसो भए, के हात बाँधेर बस्‍ने अल्छेमा समझ हुन्छ त? (हुँदैन।) तिनीहरूले सधैँ केही नदिई केही पाउन चाहन्छन्, कहिल्यै जिम्‍मेवारी लिन चाहँदैनन्, तिनीहरू सित्तैमा भात खान खोजिरहेका हुन्छन्, तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, र बस कसैले भात पस्केर दियोस्, र खाना मीठो होस् भन्‍ने चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा इज्‍जत र सत्यनिष्ठा हुन्छ त? अवश्य नै हुँदैन; तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनले मलाई मनन गर्न बाध्य गर्‍यो: कामका समस्याहरू अनुगमन गर्नु र बुझ्‍नु, र तिनलाई सुल्झाउन सत्यता खोजी गर्नु नै अगुवा र सेवकको काम हो, तर झूटा अगुवाहरूले यसलाई बोझको रूपमा लिन्छन्। यसले तिनीहरू आफ्‍नो कर्तव्य निभाउन होइन, पदका लाभहरूमा रमाउन आएका हुन् भन्‍ने देखाउँछ। मैले मेरो व्यवहार पनि यस्तै रहेको थाहा पाएँ। मैले देखिएका समस्या र कठिनाइहरूबारे जिम्‍मेवारी लिएर तिनलाई समाधान गर्नुपर्थ्यो, र यसलाई सत्यता खोजी गरेर आफ्‍ना कमीकमजोरी पूर्ति गर्ने अवसरको रूपमा लिनुपर्थ्यो, र यसबाट मलाई अझै छिटो प्रगति गर्न मदत मिल्ने थियो। तर कठिनाइहरू धेरै भएको कारण म आफ्‍नो कर्तव्य इन्कार गर्न चाहन्थेँ। सुपरभाइजरको रूपमा, मैले कुनै वास्तविक काम गरिनँ वा वास्तविक समस्याहरू सुल्झाइनँ। के यसो गरेर मैले हैसियतका लाभहरू मात्रै चाहिरहेकी थिइनँ र? आफ्‍नो व्यवहारलाई फर्केर हेर्दा थाहा हुन्छ, मेरा साझेदारहरू हुँदा मैले काम गरिरहेजस्तो देखिन्थ्यो, तर वास्तवमा काम धेरै मानिसहरूबीच बाँडफाँट हुन्थ्यो, र मैले त्यति धेरै कामको जिम्‍मेवारी लिनुपर्दैनथ्यो। मेरो कर्तव्य सहज बन्थ्यो, त्यसकारण मलाई निकै आनन्द भइरहेको थियो। जब मेरा दुई साझेदारहरू स्थानान्तर भए, तब कामको दबाब ममाथि आयो, र जिम्‍मेवारी उठाउन मैले कष्ट भोग्‍नुपर्ने भयो, त्यसैले मनमा प्रतिरोध जाग्यो, यहाँसम्‍म कि परमेश्‍वरलाई धोका दिएर कर्तव्य इन्कार गर्न समेत मन लाग्यो। पछि, परमेश्‍वरको वचन खाएर-पिएर मैले आफ्‍नो स्थितिमा सुधार त ल्याएँ, तर मभन्दा बढी अनुभवी सिस्टरसँग काम गर्न थाल्दा, मैले फेरि पनि कम जिम्‍मेवारी लिन थालेँ, र मैले फेरि पनि फिक्री गर्न छोडी, फुर्सदिलो पाराले कर्तव्य निभाउन थालेँ। यसपटक भिडियोको कामको एकल जिम्‍मेवारी दिइएपछि र कठिनाइहरू थुप्रिएपछि, मलाई फेरि भाग्‍न मन लाग्यो। मलाई थाहा भयो, कर्तव्यप्रतिको मेरो मनोवृत्ति धोकेबाज रहेछ र शारीरिक कठिनाइ वा जिम्‍मेवारीको बोझ देख्‍नेबित्तिकै म बहाना बनाउन तयार हुने रहेछु। मलाई सधैँ सजिलो र तनावरहित काम लिन मन लग्थ्यो, तर वास्तवमा, हर काममा केही न केही कठिनाइ हुन्छ, र मैले आफ्‍नो भ्रष्ट स्वभाव हल नगरे, कुनै पनि कर्तव्य राम्ररी निभाउन सक्दिनथेँ। म प्रकृतिले नै सत्यताप्रति दिक्‍क मान्‍ने र सकारात्मक कुराहरूलाई प्रेम नगर्ने व्यक्ति हुँ भन्‍ने थाहा भयो। म कर्तव्य निभाउन होइन, आशिष्‌हरू प्राप्त गर्नका लागि त्यो स्थानमा थिएँ। अन्त्यमा, यस्तो विश्‍वासबाट केही पनि प्राप्त हुँदैन! खास गरी, मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ: “तिनीहरूले सधैँ केही नदिई केही पाउन चाहन्छन्, कहिल्यै जिम्‍मेवारी लिन चाहँदैनन्, तिनीहरू सित्तैमा भात खान खोजिरहेका हुन्छन्, तिनीहरू कामै नगरी दिनमा तीनपटक खान चाहन्छन्, र बस कसैले भात पस्केर दियोस्, र खाना मीठो होस् भन्‍ने चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र?” म परमेश्‍वरले प्रकट गर्नुभएको जस्तै परजीवी थिएँ, म कहिल्यै बिउ नछर्ने तर बाली भित्र्याउन चाहने, र अरूको मेहनतको फल मात्र खाने व्यक्ति थिएँ। अनि, के म कसिङ्गर थिइनँ र? मैले जति सोचेँ, आफूप्रति त्यति नै घृणा जाग्यो। विगतमा, मलाई लाठे भएर पनि घरबाहिर नजाने, आमाबुबाबाट फाइदा लिने, र कुनै जिम्‍मेवारी नलिने र यसरी आमाबुबाकै भरमा खाएर बस्‍ने मानिसहरूप्रति साह्रै घृणा लाग्थ्यो। तिनीहरू केही न कामका हुन्छन्। तर मेरो अहिलेको व्यवहार तिनीहरूको भन्दा कसरी फरक थियो र? आफैलाई धिक्‍कार्दै, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले बल्‍ल म घृणित र कर्तव्यप्रति बेइमान छु भन्‍ने थाहा पाएँ। मैले सधैँ आफ्‍नै देहबारे मात्रै सोचेँ र परजीवी बन्‍न चाहेँ। मलाई यी भ्रष्ट विचारहरूदेखि साँच्‍चै डर लाग्छ। मण्डलीमा अपर्झट सहकार्य जरुरी रहेका धेरै कामहरू छन्, र पनि मैले प्रगति गर्ने वा कुनै बोझ लिने प्रयास गरिरहेकी छैनँ। म खत्तम रहेछु। हे परमेश्‍वर, मलाई यो मेरो स्थिति गलत छ भन्‍ने थाहा छ, तर म देहका बन्धनहरूलाई जित्‍न सक्दिनँ, बिन्ती, मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि मैले आफ्‍ना समस्याहरू बुझ्‍न सकूँ। म पश्‍चात्ताप गर्न र बदलिन चाहन्छु।” मैले केही सोचविचार पनि गरेँ। जब मेरो काममा तनाव र कठिनाइहरू बढ्थे, तब किन म सधैँ भाग्‍न र कर्तव्य इन्कार गर्न चाहन्थेँ? यसको मूल कारण वास्तवमा के थियो? मैले खोजी गर्ने क्रममा, परमेश्‍वरको वचन पढेँ। “आज, मैले भन्‍ने वचनहरूमा तँ विश्‍वास गर्दैनस्, र तिनलाई तैँले ध्यानै दिँदैनस्; जब यस प्रकारको काम फैलने दिन आउनेछ र तैँले यसको सम्पूर्णता देख्‍नेछस्, तब तँ पछुताउनेछस्, र त्यो समय तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तिनमा आनन्द लिन तैँले जान्दैनस्, र सत्यता छ, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तैँले आफैमा तिरस्कार ल्याउँदैनस् र? आज, परमेश्‍वरको कार्यको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट अपेक्षा गरिएका मापदण्डहरू र तँलाई जिउन आग्रह गरिएका कुराहरू असाधारण होइनन्। काम धेरै छन्, र सत्यता पनि धेरै छन्; के ती तैँले थाहा पाउन योग्य छैनन् र? के परमेश्‍वरको सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के परमेश्‍वरको सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवं थोरै दैहिक सहजतामा जिउन पाउँदा सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्तिलाई देखेका तर यसलाई प्राप्त गर्नको लागि खोजी नगर्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; आफैलाई देहमा मस्त पार्ने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ कुनै पनि चुनौती वा संकष्टहरू, वा थोरै पनि कष्ट नआओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरूको खोजी गर्छस् जुन व्यर्थ छन्, र तैँले जीवनलाई कुनै मूल्यको ठान्दैनस्, बरु सत्यताको सट्टा आफ्‍नै अनावश्यक विचारहरूलाई अघि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यताको खोजी नगरेर देहलाई प्रेम गर्नेहरू सबै नै पशुहरू होइनन् र? आत्माविहीन रहेका मृत मानिसहरू सबै जिउँदो लासहरू होइनन् र? तिमीहरूका माझमा कति वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै काम मात्र गरिएका छन्? तिमीहरूका माझमा मैले कति भरणपोषण गरेँ? त्यसो भए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केको बारेमा गुनासो गर्नु छ? के तैँले देहलाई अत्यन्तै धेरै प्रेम गर्ने हुनाले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के यो तेरा विचारहरू अत्यन्तै अनावश्यक भएकोले होइन र? के यो तँ अत्यन्तै मूर्ख भएकोले होइन र? यदि तँ यी आशिष्‌हरू प्राप्त गर्न असक्षम छस् भने, तँलाई मुक्ति नदिनुभएकोमा के तैँले परमेश्‍वरलाई दोष दिन सक्छस्? तैँले खोजी गर्ने कुरा भनेको परमेश्‍वरमा विश्‍वास गरिसकेपछि शान्ति प्राप्त गर्न सक्षम हुनु, तेरा छोराछोरी रोग-बिमारबाट मुक्त हुनु, तेरो श्रीमानले राम्रो जागिर पाउनु, तेरो छोराले असल श्रीमती पाउनु, तेरो छोरीले योग्य श्रीमान पाउनु, तेरो गोरु र घोडाले राम्ररी खेत जोत्‍नु, तेरो बालीको लागि वर्षभरि राम्रो मौसम हुनु हो। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु, र तेरो परिवारमा कुनै दुर्घटना नघटोस्, तँबाट भएर बतास चलोस्, तेरो अनुहार धूलोले नछुओस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्, तँलाई कुनै पनि विपत्तिले असर नपारोस्, परमेश्‍वरको अङ्गालोमा बस्‍न पाइयोस्, आरामदायी निवासमा बस्‍न पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायरमा—के तँमा हृदय छ, के तँसँग आत्मा छ? के तँ वनपशु होइनस् र? सट्टामा केही पनि नमागी नै म तँलाई साँचो मार्ग दिन्छु, तैपनि तैँले यसको खोजी गर्दैनस्। के तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ यसलाई खोज्दैनस्। के तँ सुँगुर वा कुकुरभन्दा फरक छस् र? सुँगुरहरूले मानिसको जीवनको खोजी गर्दैनन्, तिनीहरू शुद्ध गरिने कार्यको खोजी गर्दैनन् र तिनीहरूले जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू सुत्छन्। मैले तँलाई साँचो मार्ग दिएको छु, तैपनि तैँले यसलाई प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई जारी राख्‍न तयार छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन तिरस्कारयोग्य र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तैँले कुनै पनि लक्ष्यहरूको खोजी गर्दैनस्; के तेरो जीवन सबैभन्दा नीच छैन र? के परमेश्‍वरलाई हेर्ने आँट तँसँग छ? तैँले यस्तै अनुभव गरिरहिस् भने, के तैँले केही प्राप्त गर्नेछस् र? साँचो मार्ग तँलाई दिइएको छ, तर तैँले यसलाई प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै व्यक्तिगत खोजीमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका कठोर वचनहरूबाट, मलाई के अनुभव भयो भने परमेश्‍वरले सहजता चाहने मानिसहरूलाई सबैभन्दा बढी घृणा र इन्कार गर्नुहुन्छ, र उहाँको लागि, तिनीहरू पशु मात्र हुन्। तिनीहरू प्रगति गर्न काम गर्न मन नगर्ने, फोकटमा बस्‍न रुचाउने बेकामे अल्छीहरू हुन्, र अन्तिममा, तिनीहरूले कुनै पनि कर्तव्य उचित रूपमा निभाउँदैनन् र कुनै सत्यता प्राप्त गर्दैनन्। तिनीहरू कसिङ्गर हुन्। म पनि यस्तै थिएँ। मलाई मेरो कर्तव्य सहजसाथ अघि बढोस्, र जबसम्‍म म त्यो कर्तव्यमा हुन्छु र मलाई बर्खास्त गरिँदैन वा हटाइँदैन, तबसम्म सबै ठिकै हुन्छ भन्‍ने लाग्थ्यो। तर मैले कष्ट भोग्‍नुपर्ने वा मूल्य चुकाउनुपर्ने कठिनाइहरू आउनेबित्तिकै, म पछि हट्थेँ। म सरल र सीधा कामहरू मात्र रोज्‍न चाहन्थेँ, र म शैतानका जीवन सिद्धान्तहरू लिएर हिँड्थेँ जस्तै, “जिउँदै हुँदा जीवनको आनन्द लिनुपर्छ” र “आफूले आफूलाई राम्रो व्यवहार गर्नुपर्छ।” यी दृष्टिकोणहरूको कारण, म सधैँ सहजताको तृष्णा गर्थेँ र मेरो जिम्‍माको काम थुप्रिँदा मलाई झर्को लाग्थ्यो, र यसले मेरो खाली समय घटाउँछ भन्‍ने चिन्ता हुन्थ्यो। जब मैले थप सीपहरू सिक्‍नुपर्ने हुन्थ्यो, तब म यसको लागि मूल्य चुकाउँदिनथेँ, अर्थात्, केही समयपछि पनि मैले आफ्‍नो सीपमा कुनै प्रगति गरेकी हुँदिनथेँ र काम गर्न सक्दिनथेँ। कहिलेकहीँ त म आफ्‍नो कर्तव्य बेवास्ता गरेर सीप सिक्‍ने बहानामा सांसारिक भिडियोहरूसमेत हेर्थेँ, यसरी आत्मामा झन्झन् सुस्त र अँधेरो हुँदै जान्थेँ। सुपरभाइजरको रूपमा, काममा समस्याहरू देखा पर्दा, मैले सक्रिय भएर फलोअप गरी तिनलाई समाधान गर्नुपर्थ्यो, तर समस्याहरू अलिक जटिल भएको जान्‍नेबित्तिकै, म तिनलाई बेवास्ता गर्न कुनै उपाय लगाउँथेँ, यसरी कामको प्रगतिमा ढिलाइ गराउँथेँ। अझ गम्‍भीर कुरा त मेरो स्थान लिएर मेरो तनाव हल्‍का गरिदिने कुनै व्यक्ति खोज्‍ने ममा निरन्तर इच्‍छा थियो। भिडियो बनाउनु सुसमाचार कामको लागि अति महत्त्वपूर्ण छ भन्‍ने थाहा थियो, तैपनि म आफ्‍नो देहलाई सन्तुष्ट पार्थेँ र हरेक महत्त्वपूर्ण क्षणमा आफ्‍नो जिम्‍मेवारी लिनको सट्टा भाग्थेँ। मलाई ती सन्तानहरूको याद आयो जसलाई आमाबुबाले हुर्काएर वयस्क बनाउँछन्, तर परिवारको लागि परित्याग गर्ने समय आएपछि, तिनीहरू कष्ट भोग्‍न डराउँछन् र जिम्‍मेवारी लिन अनिच्‍छुक हुन्छन्। यस्तो व्यक्तिमा कुनै विवेक हुँदैन, यस्तो मानिस अकृतज्ञ नीच हुन्छ। मलाई मेरो व्यवहार पनि यस्तै थियो भन्‍ने याद आयो। परमेश्‍वरले मलाई यस बिन्दुसम्‍म डोर्‍याएर यस्तो महत्त्वपूर्ण कर्तव्य निभाउन दिनुभएको थियो, तैपनि मलाई सधैँ कष्ट भोग्‍न डर लाग्थ्यो र म देहको कुरा मात्र सुन्थेँ। ममा कुनै पनि विवेक थिएन! मैले कर्तव्यको लागि कष्ट भोग्‍नुको अर्थ देख्‍न सक्दिनथेँ, सधैँ शारीरिक सहजता चाहन्थेँ, र कुनै पनि कर्तव्य उचित रूपमा निभाउन सक्दिनथेँ। त्यसपछि मलाई महसुस भयो, शैतानले मानिसहरूमा यी दर्शनहरू घुसाइदिएको छ, जस्तै “जिउँदै हुँदा जीवनको आनन्द लिनुपर्छ” र “आफूले आफूलाई राम्रो व्यवहार गर्नुपर्छ,” जसले गर्दा तिनीहरू झन् भ्रष्ट, स्वार्थी, र छली बनेका छन्। यदि मैले निरन्तर सहजता खोजिरहन्थेँ भने, के मैले आफैमाथि बरबादी ल्याइरहेकी हुँदिनथेँ र? म सधैँ आफ्‍नो कर्तव्यका कठिनाइहरूबारे गुनासो गर्थेँ र आफ्‍नो शारीरिक सहजता त्याग्‍न मान्दिनथेँ। मैले सत्यता प्राप्त गर्ने मौका गुमाइरहेकी मात्र थिइनँ, आफ्‍नो कर्तव्यलाई समेत भताभुङ्ग तुल्याएर अपराधबाहेक केही कमाइरहेकी थिइनँ। अन्तिममा, मलाई परमेश्‍वरले अवश्यै इन्कार गर्नुहुने र हटाउनुहुने थियो!

मैले अभ्यासको मार्ग खोजी गर्न थालेँ। मैले परमेश्‍वरको यो वचन पढेँ: “मानिलिऊँ, मण्डलीले तँलाई एउटा काम गर्न दिन्छ, र तँ भन्छस्, ‘यो काममा पृथक देखिने मौका भए पनि नभए पनि, यो काम मलाई दिइएको हुनाले, म राम्ररी गर्नेछु। म यो जिम्‍मेवारी लिनेछु। यदि मलाई स्वागत गर्ने काम दिइयो भने, म त्यो काम राम्ररी गर्न सर्वस्व सुम्पनेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा कायम गर्नको लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने काम दिइयो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमपूर्वक सुसमाचार सुनाउँदै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्‍ने काम दिइयो भने, म लगनशील भई यो अध्ययन गर्छु, मेहनत गर्छु, र जतिसक्दो चाँडो, एकदुई वर्षमा यो राम्ररी सिक्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्‍वरको गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्‍न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित तुल्याउनेछु, र अवस्थालाई सत्यताका सिद्धान्तअनुसार हेर्नेछु; म भाषाबारे सिक्‍नेछु, र मैले सुन्दर गद्य शैलीमा लेख लेख्‍न नसकूँला, तैपनि कम्तीमा स्पष्ट रूपले मेरो अनुभव र गवाही बताउन, सत्यताबारे विस्तृत तवरमा सङ्गति गर्न, र परमेश्‍वरका लागि साँचो गवाही दिन सक्षम बन्‍नेछु, ताकि मानिसहरूले मेरा लेखहरू पढेर केही सिक्न र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यता खोजी गर्नेछु, सत्यताका सिद्धान्तहरू बुझ्‍नेछु, र कामकुरा राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले लिनुपर्ने सबै जिम्‍मेवारी लिनेछु, र कम्तीमा पनि म आफ्‍नो विवेक र समझविरुद्ध काम गर्नेछैनँ, वा लापरवाही गर्नेछैनँ र झारा टार्नेछैनँ, वा धूर्त र कामचोर बन्‍नेछैनँ, वा अरूको मेहनतको फल खानेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मापदण्डभन्दा मुनि हुनेछैन।’ यो त मानव व्यवहारको न्यूनतम मापदण्ड हो र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने मानिस विवेकशील र समझदार व्यक्तिको रूपमा योग्य हुनेछ। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनुपर्छ, र कम्तीमा पनि तैँले दिनमा तीनपटकको खाना चोरी नगरी जुटाउँछस् भन्‍ने महसुस गर्नैपर्छ। यसलाई जिम्‍मेवारीको बोध भनिन्छ। तेरो क्षमता बलियो भए पनि कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि नबुझे पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाएर आफ्‍नो सारा हृदय र शक्तिले राम्ररी पूरा गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, यसलाई आफूले सकेजति राम्ररी गर्ने मेरो मनोवृत्ति छ, र म यसबारे अवश्य नै लापरवाह र झाराटारुवा बन्‍नेछैनँ। यदि समस्या पैदा भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो। के तिमीहरूमा यस्तो मनोवृत्ति छ?(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनले मलाई साँच्‍चै प्रेरणा दियो। मण्डलीले मलाई यो कामको इन्चार्ज बनाएको हुनाले, मैले वयस्क व्यक्तिले लिन सक्‍ने सबै जिम्‍मेवारी लिनुपर्थ्यो। मेरो क्षमता जति नै उच्‍च भए पनि, म आफ्‍नो काममा जति नै सक्षम भए पनि, वा मैले आफ्‍नो कर्तव्यमा जति नै कठिनाइहरू सामना गरे पनि, म पछि हट्नु हुँदैनथ्यो, कम्‍मर कसेर यो काम गर्न आफ्‍नो सर्वस्व सुम्पनुपर्थ्यो। पछि, जब हामी भिडियो बनाइसक्थ्यौँ र अरूको सुझाव लिन्थ्यौँ, तब मलाई थाहा नभएको समस्या भए पनि वा त्यो कसरी सुल्झाउने भनेर नजाने पनि, म सधैँ सक्रिया भएर यसलाई सुल्झाउने मार्ग खोज्थेँ वा सल्‍लाह लिन अनुभवी व्यक्ति खोज्‍ने प्रयास गर्थेँ। क्रमिक रूपमा, म यी सीपहरूप्रति परिचित र सिद्धान्तहरूबारे स्पष्ट हुँदै गएँ। पहिले, कुनै जटिल समस्या आउनेबित्तिकै, म प्राय मेरा साझेदारहरूको काँधमा त्यो काम हालिदिन्थेँ, ग्रुप च्याट मेसेजहरूको जबाफ तुरुन्तै दिँदिनथेँ, र अल्याङटल्याङ गर्थेँ। अहिले म आफ्‍नो कर्तव्यमा सक्रिय भएर जिम्‍मेवारी लिन र अझै बोझ लिन सक्‍ने भएकी छु। हाम्रो सहकार्यमा कठिनाइहरू आउने भए पनि, जब म परमेश्‍वरमा पूरै मनले भर पर्छु, अनि सबैसँग छलफल गर्छु, हामीले लिनुपर्ने मार्ग स्पष्ट हुँदै जान्छ। यो अनुभवपछि मात्रै मलाई म कति स्वार्थी र छली रहेछु, आफ्‍नो कर्तव्यमा कति विश्‍वासघाती र अल्छी, अनि जिम्‍मेवारी लिन नचाहने व्यक्ति रहेछु भन्‍ने थाहा भयो। जब मैले कामप्रतिको आफ्‍नो मनोवृत्ति सुधार गरेँ, र परमेश्‍वरको बोझबारे ध्यान दिएर सहकार्यमा लागिपर्न इच्‍छुक भएँ, तब मैले परमेश्‍वरको नेतृत्व र मार्गदर्शन देखेँ, मभित्र विश्‍वास प्राप्त भयो, अनि म आफ्‍नो कर्तव्यमा ध्यान दिने समझदार र विश्‍वसनीय व्यक्ति बन्‍न इच्‍छुक भएँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

बर्खास्त भएपछि मैले सिकेको पाठ

झेङ्ग यि, अमेरिका सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको...

अब म डरले लुरुक्क पर्दिनँ

मैले सेप्टेम्‍बर २ मा एउटी सिस्टर पक्राउ परेकी सुनेँ। त्यो दिन म अगुवाको घर जाँदै थिएँ, तर घरमा कोही थिएन। अगुवाको घर छेउमा बस्‍ने सिस्टर...

नयाँ विश्‍वासीहरूलाई मलजल गरेर सिकेको एउटा पाठ

यस वर्षको जनवरीमा, मैले मण्डलीका नवविश्‍वासीहरूलाई मलजल गरिरहेकी थिएँ। सिस्टर रन जिये र उनका श्रीमान्‌ मेरो जिम्‍मामा रहेकाहरूमध्येका दुई...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्