मैले रेखदेखलाई स्वीकार नगर्नुको कारण

25 फेब्रुअरी 2023

मैले मण्डलीका नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम गरेको एक वर्षभन्दा बढी भयो। आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, मैले केही सिद्धान्तहरू क्रमिक रूपमा सिक्दै गएँ, र नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने मेरो क्षमतामा पनि सुधार आयो। मैले यो कर्तव्य पूरा गर्ने क्रममा केही अनुभव प्राप्त गरेको छु, र सहयोगविना पनि, मैले नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्न सक्छु भन्‍ने लाग्थ्यो। नयाँ विश्‍वासीहरूले समस्या र कठिनाइहरूको सामना गर्दा, सत्यताको खोजी गरेर मैले ती समस्याहरू समाधान गर्न सहयोग गर्न सक्थेँ, त्यसकारण मलाई आफ्‍नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने थाहा भइसकेको छ भन्‍ने लाग्थ्यो। मलाई कसैले डोर्‍याउनु पर्दैन, र अरूले मेरो कामको रेखदेख गर्ने अनि फलो-अप गर्ने गर्नुपर्दैन भन्‍ने लाग्थ्यो। त्यसकारण, मैले मेरा ब्रदर-सिस्टरहरूको रेखदेख र सल्‍लाहलाई स्वीकार गर्दिनथिएँ, र मैले मलजल गर्ने नयाँ विश्‍वासीहरूको निश्‍चित परिस्थितिको बारेमा म सुझाव दिँदिनथिएँ। म आफ्‍नै हिसाबले आफ्‍नो काम गर्थेँ।

एक दिन, सुपरभाइजर फियोलीले मलाई केही नयाँ विश्‍वासीहरूका बारेमा सोधिन्, साथै मलाई केही प्रश्‍नहरू पनि गरिन्। उदाहरणको लागि, मैले नयाँ विश्‍वासीहरूलाई भेलाहरूका बारेमा कसरी जानकारी दिन्छु? किन यो वा त्यो ब्रदर वा सिस्टर भेलामा सहभागी भएन? के म नयाँ विश्‍वासीहरूका स्थिति वा कठिनाइलाई बुझ्‍नको लागि के तिनीहरूसँग बारम्‍बार सङ्गति गर्छु? यी प्रश्‍नहरू सुन्दा, मलाई अटेरी बन्‍न मन लाग्यो। मैले सोचेँ, “के उनले म आफ्‍नो कर्तव्य अजिम्‍मेवार ढङ्गले गरिरहेको छु भन्‍ने ठान्छिन्? के उनले मलाई भरोसा गर्दिनन्?” म अटेरी भएँ, मैले मेरो भ्रष्ट स्वभाव नदेखाई बस्‍न सकिनँ र उनको कुरा बेवास्ता गर्न मन लाग्यो। उनले मलाई नयाँ विश्‍वासीहरूले भेलाहरूमा आउन चासो राख्छन् कि राख्दैनन् भनी सोधिन्, र मैले झारा टार्दै भने “राख्छन्” र एउटै कुरा पनि व्याख्या गरिनँ। मैले नयाँ विश्‍वासीहरूलाई भेलाको बारेमा कसरी जानकारी दिन्छु भनेर सोधिन्, र मैले म तिनीहरूलाई टेक्स्ट मेसेज पठाउँछु भनेर भनेँ, तर मैले तिनीहरूलाई कसरी जानकारी दिन्छु, तिनीहरूले के-कस्ता कठिनाइहरूका सामना गर्छन्, र इत्यादि बारेमा व्याख्या गरिनँ। त्यसपछि उनले मलाई नयाँ विश्‍वासीहरूलाई सत्यताका कुन-कुन पक्षमा सङ्गति दिने गर्छु भनेर सोधिन्, र मैले मलाई नयाँ विश्‍वासीहरूसँग सङ्गति गर्न आउँछ बनेर झर्किँदै भनेँ, तर म के भन्छु र तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्, वा तिनीहरूसँग के-कस्ता प्रश्‍नहरू हुन्छन् भनेर विस्तृत रूपमा व्याख्या गरिनँ। मेरो उत्तरप्रति उनलाई चित्त बुझेन, र मैले यी नयाँ विश्‍वासीहरूलाई साथ र सहयोग गरिरहेको छु कि छैन भनेर उनले जान्‍न चाहिन्। मलाई उनले कमको ठानिरहेकी छिन्, मानौँ मलाई कर्तव्य कसरी पूरा गर्ने थाहा छैन, र यसले गर्दा मलाई निकै अप्ठ्यारो लाग्यो। एक पटक, म बोल्दा नयाँ विश्‍वासीहरूको भावनाको बारेमा विचार गर्दिनँ भन्‍ने उनले थाहा पाइन्, त्यसकारण उनले भनिन्, “तपाईंले नयाँ विश्‍वासीहरूको दृष्टिकोणबाट सोच्‍नुपर्छ। यदि तपाईं नयाँ विश्‍वासी हुनुहुन्थ्यो भने, के तपाईंलाई यी शब्दहरू सुन्दा खुशी लाग्थ्यो? के तपाईंलाई प्रतिक्रिया दिन मन लाग्थ्यो?” उनको वचनले मलाई चिढ्यायो। मैले बुझेँ भनी भनेँ, तर वास्तवमा स्वीकार गरिनँ। नयाँ विश्‍वासीहरूसँग मेरो बोल्‍ने शैलीमा समस्या छ भन्‍ने मलाई लागेको थिएन। हृदयमा मैले मनमनै भनेँ, “यी नयाँ विश्‍वासीहरूलाई भेलामा सहभागी कसरी गराउने मलाई थाहा छ, त्यसकारण म मेरै तरिकाले यो काम गर्नेछु।” अर्को पटक, उनले मलाई म सामान्यतया कसरी नयाँ विश्‍वासीहरूसँग सङ्गति गर्छु भनेर सोधिन्, र मैले मेसेज पठाएर गर्छु भनी भनेँ। उनले मलाई नयाँ विश्‍वासीहरूलाई कल गर्न अनुरोध गरिन्, र कल गर्नु अझै प्रत्यक्ष तरिका हो, र यसरी वास्तविक समस्याहरू बुझ्‍न सहज हुन्छ, र सम्‍बन्ध कायम गर्न यसले सहयोग गर्छ भनेर भनिन्। तर मैले त्यो बेला यो कुरा स्वीकार गरिनँ, र मेरो शैली नै राम्रो हो भन्‍ने सोचेँ। नयाँ विश्‍वासीहरूलाई मेसेज पठाउनमा नै म सन्तुष्ट थिएँ, र मलाई उनको कुरा सुन्‍न मन थिएन। हाम्रा छलफलहरूमा, मलाई बोल्‍न मन लाग्‍न छोडेको थियो, त्यसकारण म चुपचाप बस्थेँ वा छोटो उत्तर दिन्थेँ। मलाई के थाहा भयो भने यदि कसैले मसँग नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने मेरो कामको बारेमा कुरा गर्न चाहे भने, म अत्यन्तै नकारात्मक र बेचैन बन्छु। मलाई तिनीहरूले मेरो खिल्‍ली उडाइरहेका छन्, मलाई हेपिरहेका छन्, र म व्यर्थ छु भन्‍ने ठान्छन्, आफ्‍नो कर्तव्य पूरा गर्न नजान्‍ने वा भरोसा गर्न नसकिने व्यक्ति ठान्छन् भन्‍ने लाग्थ्यो। मलाई मैले आफ्‍नो कर्तव्य राम्ररी पूरा गरिरहेको छु, नयाँ विश्‍वासीहरूलाई कसरी मलजल गर्ने मलाई थाहा छ, फलो-अप गर्ने मेरो आफ्‍नै तरिका छ, र म सुपरभाइजरभन्दा पनि बढी वरदानप्राप्त छु, त्यसकारण मैले उनको सल्‍लाह लिनु पर्दै भन्‍ने लाग्थ्यो। मुखले सहमति जनाए पनि, म आफूले कबुल गरेको कुरा बिरलै अभ्यास गर्थेँ, र मैले मेरै तरिकाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने र सङ्गति गर्ने कार्यमा ध्यान दिइरहेँ।

एउटा भेलाको अवधिमा, मैले परमेश्‍वरका वचनहरू पढेँ र आफ्‍नो बारेमा केही बुझाइ प्राप्त गरेँ। परमेश्‍वर भन्नुहुन्छ, “कतिपय मानिसहरूले काटछाँट वा निराकरण स्वीकार गर्दैनन्। अरूले भनेको कुरा साँचो हो भनेर तिनीहरूलाई मनभित्र स्पष्ट थाहा हुन्छ, तर तिनीहरू यो कुरा स्वीकार गर्दैनन्। यी मानिसहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी हुन्छन्! अनि, तिनीहरू अहङ्कारी हुन् भनेर म किन भन्छु? किनभने यदि तिनीहरूले काटछाँट र निराकरण स्वीकार गर्दैनन् भने, आज्ञापालन पनि गर्दैनन्—अनि यदि तिनीहरूले आज्ञापालन गर्दैनन् भने, के तिनीहरू अहङ्कारी होइनन् र? तिनीहरूलाई आफ्नो कार्य-व्यवहार असल छ भन्‍ने लाग्छ, र आफूले कुनै गलत काम गरेको छु जस्तो लाग्दैन—यसको अर्थ, तिनीहरूले आफूलाई चिनेका हुँदैनन्; यो अहङ्कार हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो)। “कुनै व्यक्तिले आफैलाई सिद्ध, वा प्रतिष्ठित र कुलीन, वा अरूभन्दा फरक नसोचोस्; यो सबै मानिसको अहङ्कारी स्वभाव र अज्ञानताबाट आउँदछ। सधैँ आफैलाई विशिष्ट सोच्नु—अहङ्कारी स्वभावले यस्तो गराउँछ; आफ्‍ना कमी-कमजोरीलाई कहिल्यै स्वीकार गर्न नसक्ने, र कहिल्यै आफ्ना गल्तीहरू र असफलताहरूको सामना गर्न नसक्ने—अहङ्कारी स्वभावले यस्तो गराउँछ; कहिल्यै अरूलाई आफूभन्दा माथि, वा आफूभन्दा राम्रो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा श्रेष्ठ वा बलियो हुन नदिनु—यो अहङ्कारी स्वभावको कारण हुन्छ; कहिल्यै अरूलाई आफूभन्दा अझ राम्रा विचारहरू, सुझावहरू, र दृष्टिकोण राख्‍न नदिनु, र जब तिनीहरूले राख्छन् तब नकारात्मक बन्‍नु, बोल्ने इच्छा नगर्नु, दुःखी र उदास हुनु, र खिन्‍न बन्‍नु—यी सबै अहङ्कारी स्वभावको कारणले हुन्छ। अहङ्कारी स्वभावले तँलाई तेरो प्रतिष्ठाको रक्षा गर्ने, अरूको मार्गनिर्देशन स्वीकार गर्न नसक्ने, तेरा आफ्नै कमी-कमजोरीहरूको सामना गर्न नसक्ने, र तेरा आफ्नै असफलता र गल्तीहरूलाई स्वीकार गर्न नसक्ने बनाउँछ। त्योभन्दा बढी, जब कुनै व्यक्ति तँभन्दा अझ राम्रो हुन्छ, त्यसले तेरो हृदयमा घृणा र ईर्ष्या उत्पन्न गराउन सक्छ, र तैँले बाध्य भएको महसुस गर्न सक्छस्, यहाँसम्‍म कि तँ आफ्नो कर्तव्य गर्ने इच्छा गर्दैनस् र त्यो गर्न लापर्बाही बन्छस्। अहङ्कारी स्वभावले तँमा यस्ता व्यवहारहरू र अभ्यासहरू उत्पन्न गर्न सक्छ। यदि तिमीहरू थोरै-थोरै गर्दै यी सबै कुराहरू अझै गहिरो गरी खोतल्न, ती कुरामा सफलता हासिल गर्न, र ती कुराको समझ प्राप्त गर्न सक्छौ भने; र यदि तिमीहरू बिस्तारै यी विचारहरू, यी बुझाइहरू त्याग्‍न, र यी गलत धारणा, दृष्टिकोण, र व्यवहारहरूसमेत त्याग्न सक्छस्, र तीद्वारा बाध्य हुँदैनौ भने; र यदि, तेरो कर्तव्य पूरा गर्दा तँ आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र सिद्धान्तहरू अनुसार कार्य गर्न, र तैँले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य गर्छस् भने; तब समय बित्दै जाँदा, तिमीहरू आफ्ना कर्तव्यहरू अझ राम्रोसँग पूरा गर्न सक्नेछौ। यो सत्यताको वास्तविकतामा प्रवेश गर्नु हो। यदि तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छस् भने, तँ अरूको निम्ति मानवीय रूपमा देखा पर्नेछस्, र मानिसहरूले भन्नेछन्, ‘यो व्यक्तिले आफ्नो स्थानअनुसार व्यवहार गर्छ, र उसले आधारभूत तरिकाले आफ्नो कर्तव्य गरिरहेको छ। तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न स्वाभाविकता, झोकीपन, वा भ्रष्ट, शैतानी स्वभावमा भर पर्दैनन्। तिनीहरू संयमका साथ काम गर्छन्, तिनीहरूमा परमेश्‍वरको आदर गर्ने हृदय छ, तिनीहरूमा सत्यताप्रति प्रेम छ, र तिनीहरूको व्यवहार र अभिव्यक्तिले तिनीहरूले आफ्नो देह र प्राथमिकताहरू त्यागेका छन् भन्‍ने प्रकट गर्दछन्।’ यसरी व्यवहार गर्नु कति राम्रो कुरा हो! अरूले तेरा कमी-कमजोरीहरूको कुरा गर्दा, तँ तिनलाई स्वीकार गर्न मात्र सक्षम हुँदैनस्, तर तँ आशावादी हुन्छस्, तेरा कमी-कमजोरी र दोषहरूलाई संयमताको साथ सामना गर्छस्। तेरो मनको स्थिति अति सामान्य हुन्छ, ज्यादतीहरूदेखि मुक्त, जोसबाट मुक्त हुन्छ। के मानव स्वरूप हुनु भनेको यही होइन र? त्यस्ता मानिसहरूमा मात्र असल समझ हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू)। विगतमा, मलाई म अहङ्कारी छु भन्‍ने लाग्थ्यो, तर परमेश्‍वरको वचनका प्रकाशहरूद्वारा, मैले म अत्यन्तै अहङ्कारी छु भन्‍ने थाहा पाएँ। जब सुपरभाइजरले मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने केही राम्रा उपायहरू बताउँथिन्, तब म पटक्‍कै स्वीकार गर्दिनथिएँ। उनले मलाई म नयाँ विश्‍वासीहरूलाई कसरी मलजल गर्छु भनेर सोध्दा, म चुप बस्थेँ वा छोटकरीमा उत्तर दिन्थेँ, किनभने म इज्‍जत गुमाउन चाहँदिनथिएँ वा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काममा रहेका मेरा कमजोरीहरू अरूले नदेखून् भन्‍ने चाहन्थेँ। ममा सबै कुरा ठीक छ, मेरो कर्तव्यमा कुनै पनि त्रुटि छैन, अनि मैले अरूको रेखदेख वा सहयोग विना नै आफ्‍नो कर्तव्य पूरा गर्न सक्छु भन्‍ने कुरा सबैले देखून् भन्‍ने चाहन्थेँ। म साँच्‍चै नै अति अहङ्कारी थिएँ। मलाई पनि मेरो कामको रेखदेख गर्ने सिस्टरभन्दा म धेरै सिपालु छु, नयाँ विश्‍वासीहरूलाई कसरी मलजल गर्ने मलाई थाहा छ, मेरा आफ्‍नै शैलीहरू छन्, र ती सबैले राम्रो काम गर्छन् भन्‍ने लाग्थ्यो, त्यसकारण मलाई उनका सुझावहरू मान्‍न मन लाग्दैनथियो। मेरो हृदयभित्र, म सोच्थेँ यदि मैले उनको सल्‍लाह स्वीकार गरेँ भने, मेरो क्षमता उनको भन्दा कम छ भन्‍ने हुन्छ। त्यो लाजमर्दो कुरा हुनेछ। अरूले मलाई के सोच्‍नेछन्? त्यसकारण, बाहिरी रूपमा म उनका सुझावहरूमा सहमति जनाउथेँ, तर बिरलै त्यसलाई लागू गर्थेँ। मेरो अहङ्कारी स्वभावले मलाई सत्यताबाट टाढा राख्यो, अरूको सल्‍लाह स्वीकार गर्नबाट रोक्यो, र मलाई आफ्‍नै दृष्टिकोणहरूमा टाँसिरहने तुल्यायो। यो परमेश्‍वर विरुद्धको विद्रोह थियो। त्यसपछि, म शान्त भएँ र मेरी सिस्टरको सुझावको बारेमा विचार गरेँ। मलाई उनको कुरा सही हो, र यो लागू गरी हेर्न योग्य छ भन्‍ने लाग्यो। त्यसकारण, मैले नयाँ विश्‍वासीहरूलाई फोन गर्न थालेँ। मलाई तिनीहरूसँग कुराकानी गर्न र तिनीहरूका समस्याहरू बुझ्‍न, र तिनीहरूलाई तुरुन्तै सहयोग गर्न फोनमा सहज हुँदो रहेछ भन्‍ने थाहा भयो। मैले उनको सल्‍लाह लागू गरेपछि, र नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने मेरो काम अझै प्रभावकारी भएको देख्दा, मलाई निकै लाज लाग्यो। यस विषयमा, मैले के देखेँ भने मैले आफ्‍नो कर्तव्य धेरै लामो समयदेखि गरेको भए पनि, मसँग अझै धेरै कमीकमजोरी छन्। मेरी सिस्टरको सहयोग र निर्देशनविना, मेरो कामका परिणामहरूमा सुधार आउनेथिएनन्। मैले के पनि महसुस गरेँ भने, म अरूभन्दा सिपालु छैन, र मैले आफै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिनँ।

एक दिन, सुपरभाइजरले मलाई नयाँ विश्‍वासीको परिस्थितिको बारेमा, र किन तिनी धेरै दिनदेखि भेलाहरूमा आएका छैनन् भनी सोधिन्। मैले स्पष्टीकरण दिएपछि, मैले आफ्‍नो कर्तव्य कसरी पूरा गर्छु भन्‍ने बारेमा विवरणहरू जान्‍न चाहेर, उनले थप अरू प्रश्‍नहरू पनि गरिन्। मलाई लाज लाग्यो, र अटेर हुन मन लाग्यो। मलाई उनको कुनै प्रश्‍नको उत्तर दिन मन लागेन, किनभने उनले मेरो काममा गरेको रेखदेख र प्रश्‍न म स्वीकार गर्न चाहन्‍नथिएँ। मलाई फेरि पनि यो मेरो भ्रष्ट स्वभाव हो भन्‍ने महसुस भयो, त्यसैले उहाँको अन्तर्दृष्टि र मार्गदर्शनको लागि मैले हृदयदेखि नै परमेश्‍वरलाई प्रार्थना गरेँ ताकि मैले ती परिस्थितिहरूमा आज्ञापालन गर्न, मेरो आफ्‍नो भ्रष्टता पहिचान गर्न, र अरूको सुपरिवेक्षण र मार्गदर्शन स्वीकार गर्न सिक्‍न सकूँ। त्यसपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “ख्रीष्टविरोधीहरूले अरू कसैको संलग्‍नता, सोधपुछ, वा सुपरिवेक्षणलाई निषेध गर्छन्, र यो निषेध विभिन्‍न तरिकाले प्रकट भएको हुन्छ। एउटाचाहिँ इन्कार हो, जुन स्पष्ट र सरल छ। ‘मैले काम गर्दा हस्तक्षेप गर्न, प्रश्‍न सोध्‍न, र सुपरिवेक्षण गर्न छोड। मैले गर्ने जुनसुकै काम मेरो जिम्‍मेवारीमा हुन्छ, यो काम कसरी गर्ने मलाई थाहा छ र मलाई कसैले रेखदेख गरिरहनु पर्दैन!’ यो सीधै गरिने इन्कार हो। अर्को प्रकटीकरण भनेको स्विकार्ने व्यक्तिजस्तो बन्‍नु हो, ‘हुन्छ, थोरै सङ्गति गरौँ र काम कसरी गर्ने हेरौँ न’ भनी भन्‍नु, तर जब अरूले साँच्‍चै प्रश्‍न गर्न थाल्छन् र आफ्‍नो कामको बारेमा थप कुरा जान्‍न वा केही समस्याहरू औँल्याउन र केही सुझावहरू दिन थाल्छन्, तब तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (तिनीहरूले अग्रहणशील हुन्छन्) ठीक भन्यौ—तिनीहरूले स्वीकार गर्न मान्दैनन्, अरूको सुझावहरूलाई इन्कार गर्न तिनीहरूले निहुँ र बहाना बनाउँछन्, तिनीहरूले गलतलाई सही र सहीलाई गलत अर्थ्याउँछन्, तर वास्तवमा, तिनीहरूलाई हृदयमा आफूले जबरजस्ती तर्क गर्दै छु, आधारहीन कुरा बोल्दै छु, यो आफ्नो अनुमान मात्र हो, आफूले बोलेका शब्‍दहरूमा अरूले भनेका कुराको वास्तविकता छैन भनेर थाहा हुन्छ। तैपनि आफ्‍नो हैसियतको रक्षा गर्न—अनि आफू गलत छु र अरू मानिसहरू सही छन् भन्‍ने पूर्ण रूपमा जानेर पनि—तिनीहरूले अरूको सही कुरालाई गलत बनाउँछन्, र आफ्ना गलत कुरालाई सही बनाउँछन्, अनि यही कार्यलाई निरन्तरता दिइरहन्छन्, र यसरी सही र सत्यताअनुरूप रहेका कामकुराहरू आफू भएको स्थानमा लागू गर्न वा प्रस्तुत गर्न दिँदैनन्। … तिनीहरूले लक्ष्य के हुन्छ? यो अरू मानिसहरूलाई हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षण गर्नबाट रोक्‍न, अनि तिनीहरूको अहिलेको काम गर्ने शैली उचित, सही, र परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूअनुरूप छन्, र कार्यका सिद्धान्तहरूसँग मिल्दो छन्, त्यसकारण अगुवाको रूपमा तिनीहरूले सिद्धान्तहरूअनुरूप व्यवहार गरिरहेका छन् भन्‍ने ब्रदर-सिस्टरहरूलाई सोचाउनको लागि गरिएको हुन्छ। वास्तवमा मण्डलीका थोरै मानिसहरूले मात्रै सत्यता बुझेका हुन्छन्; धेरैजसो मानिसहरू सही-गलत छुट्याउन नसक्‍ने अवस्थामा हुन्छन्, तिनीहरूले ख्रीष्टविरोधीहरूको वास्तविकतालाई देख्‍न सक्दैनन्, जसले गर्दा स्वाभाविक रूपमै तिनीहरू ती ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई))। “जब शैतानले काम गर्छ, तब यसले कसैलाई पनि हस्तक्षेप गर्न दिँदैन, यसले गर्ने सबै कुरामा आफै अन्तिम निर्णय गर्न र सबै कुरालाई आफ्नो नियन्त्रण राख्‍न चाहन्छ, र कसैले पनि सुपरिवेक्षण वा सोधपुछ गर्न सक्दैन। यदि कसैले हस्तक्षेप गर्‍यो वा कोही बीचमा आयो भने, त्यो त झन् स्वीकार्य हुँदै हुँदैन। ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्छ; तिनीहरूले जे गरे पनि, कसैलाई सोध्‍ने अनुमति हुँदैन, र तिनीहरूले पर्दापछाडि जे-जसरी काम गरे पनि, हस्तक्षेप गर्ने अनुमति कसैलाई हुँदैन। ख्रीष्टविरोधीको व्यवहार यस्तै हुन्छ। तिनीहरूमा अत्यन्तै अहङ्कारी स्वभाव भएकोले र तिनीहरूमा समझको कमी भएकोले तिनीहरूले यस्तो व्यवहार गर्छन्। तिनीहरूमा आज्ञापालनको पूर्ण अभाव हुन्छ, र तिनीहरूले कसैलाई पनि तिनीहरूको रेखदेख वा तिनीहरूको कामको निरीक्षण गर्न दिँदैनन्। यी कार्यहरू साँच्‍चै नै दुष्टका काम हुन्, जुन सामान्य व्यक्तिको कामभन्दा पूर्ण रूपमा फरक हुन्छन्। काम गर्ने जोकोहीलाई अरूसँगको सहकार्य चाहिन्छ, उसलाई मानिसहरूको सहयोग, सुझाव, र सहकार्य आवश्यक पर्छ, र यदि कसैले सुपरिवेक्षण वा रेखदेख गर्छ भने पनि त्यो नराम्रो कुरा होइन, त्यो आवश्यक कुरा हो। एक ठाउँमा गल्तीहरू भए, र रेखदेख गर्ने मानिसहरूले ती पत्ता लगाए, अनी तिनलाई तुरुन्तै समाधान गरियो भने, के यो ठूलो सहयोग हुँदैन र? त्यसकारण, जब बाठा मानिसहरूले काम गर्छन्, तब तिनीहरूलाई अरू मानिसहरूले सुपरिवेक्षण, अवलोकन, र प्रश्‍न गरेको मन पर्छ। यदि संयोगले गल्ती भयो, र यी मानिसहरूले यो गल्ती औँल्याइदिन सके, अनि गल्तीलाई तुरुन्तै सुधार गरियो भने, के यो अनपेक्षित फाइदा होइन र? यो संसारमा अरूको सहयोग नचाहिने कोही पनि छैन। अटिजम वा डिप्रेसनमा परेका मानिसहरू मात्रै एकलै बस्‍न मन पराउँछन्। जब मानिसहरूलाई अटिजम वा डिप्रेसन भएको हुन्छ, तिनीहरू सामान्य हुँदैनन्। तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्‍न छोडेका हुन्छन्। यदि मानिसहरूको मन र चेतना सामान्य छ, र तिनीहरू अरूसँग कुराकानी गर्न चाहँदैनन् भने, यदि तिनीहरू आफूले गर्ने कुनै पनि कुरा अरूले थाहा नपाऊन् भन्छन् भने, यदि तिनीहरू त्यो काम लुकेर, गुप्त रूपमा, पर्दा पछाडि गर्न चाहन्छन् भने, र तिनीहरूले अरूको कुरा पटक्‍कै सुन्दैनन् भने, त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरू हुन्, होइनन् र? ख्रीष्टविरोधी यस्तै हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग दुई))। मलाई यी वचनहरूद्वारा परमेश्‍वरले मलाई न्याय गरिरहनुभएको छ जस्तो अनुभव भयो। परमेश्‍वरले प्रकट गर्नुभए जस्तै गरी मैले व्यवहार गरिरहेको छु भन्‍ने मलाई महसुस भयो। मेरो कर्तव्यमा अरूको सल्‍लाह र रेखदेख स्वीकार गर्नु मलाई निकै गाह्रो लाग्थ्यो। मलाई कठिनाइहरू हुँदा समेत, म कहिल्यै पनि यी कुराहरू खुलासा गर्ने वा अरूलाई थाहा दिने गर्दिनथिएँ, किनभने यो काम मलाई दिइएको हुनाले, म नै जिम्‍मेवार हुँ, मैले नै अन्तिम निर्णय गर्नुपर्छ, र मैले आफ्‍नै तरिकाले यो काम गर्न सक्छु भन्‍ने लाग्थ्यो। मलाई आफ्‍नो कर्तव्य पूरा गर्न आउँछ, र मलाई रेखदेख गर्नु पर्दैन, अनि मलाई कसैले निगरानी गर्ने वा सल्‍लाह दिने पनि गर्नु पर्दैन भन्‍ने लाग्थ्यो। मैले अरूको सल्‍लाहलाई मेरा कमीकमजोरीप्रतिको दोषारोपण, वा मेरो क्षमताप्रति प्रश्‍न उठाइएको हो भन्‍ने ठान्थेँ, त्यसकारण म सुन्‍न चाहँदिनथिएँ। अब मैले यो अहङ्कार र मूर्खता हो भन्‍ने थाहा पाएँ। सामान्य मानवता हुनुपर्ने तर्क-शक्ति यो होइन। मेरो अहङ्कारी प्रकृतिले मलाई कसैले भनेको नमान्‍ने, अनि कहिल्यै अरूको रेखदेख र सल्‍लाह नमान्‍ने तुल्याएको थियो। म सधैँ अन्तिम निर्णय गर्न चाहन्थेँ र मेरो आफ्‍नै इच्‍छा अनुसार नयाँ विश्‍वासीहरूलाई मलजल गर्न चाहन्थेँ। विगतमा, म आफ्‍नै शैलीमा नयाँ विश्‍वासीहरूलाई फलोअप गर्थेँ, र मेसेजहरू पठाउने गर्थेँ अनि नयाँ विश्‍वासीहरूसँग बिरलै बोल्थेँ। नयाँ विश्‍वासीहरूले केही दिनसम्‍म मलाई प्रतिक्रिया नदिँदा, म तिनीहरूलाई पन्छ्याउँथेँ, र मसँग कुराकानी गर्न चाहने नयाँ विश्‍वासीहरूसँग भेला हुने कार्यलाई जारी राख्थेँ, परिणाम स्वरूप, कतिपय नयाँ विश्‍वासीहरूलाई समयमा नै मलजल गर्न सकिँदैनथियो। नयाँ विश्‍वासीहरू कमजोर हुन्छन्, र कुनै पनि बेला पछि हटेर विश्‍वास गर्न छोड्न सक्छन्, र कतिले त भेला समूह समेत छोड्छन्। के मेरो व्यवहार ख्रीष्ट-विरोधीको जस्तै थिएन र? ख्रीष्ट-विरोधीहरू अरूको निरीक्षणमा बस्‍न मान्दैनन् र कहिल्यै पनि अरूबाट सल्‍लाह लिँदैनन्। तिनीहरू सबै कुरा आफै नियन्त्रण गर्न चाहन्छन्, आफ्‍नै शैलीमा वा आफ्‍नै सोच अनुसार काम गर्न चाहन्छन्, कसैले भनेको मान्दैनन्, र आफ्‍नो काम राम्ररी गर्न अरूसँग सहकार्य गर्दैनन्। म ख्रीष्ट-विरोधीको मार्गमा हिँडिरहेको छु भन्‍ने मलाई थाहा भयो, र मलाई डर लाग्यो। यदि म यसरी नै अघि बढिरहेँ भने, परमेश्‍वरले मलाई घृणा गर्नुहुनेथियो। परमेश्‍वरले घृणा गर्नुभएका मानिसहरूको जीवनमा कुनै मूल्य हुँदैन र परमेश्‍वरको नजरमा तिनीहरू शत्रु हुन्छन्। परमेश्‍वरका वचनहरूबाट मैले के पनि सिकेँ भने हरेको आ-आफ्‍नै कमजोरी र त्रुटिहरू हुन्छन्, त्यसकारण हामीलाई अरूको सल्‍लाह र सहयोग चाहिन्छ। आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न हामीले मानिसहरूसँग सहकार्य गर्नुपर्छ। मेरो कामको फलोअप गरेर अनि मलाई सुझावहरू दिएर सुपरभाइजरले मलाई सहयोग गरिरहेकी थिइन्। उनको सुझाव अभ्यास गर्दा यो उपयोगी हुन्छ भन्‍ने पनि मलाई थाहा हुन्थ्यो, तर म यसलाई स्वीकार गर्न चाहँदिनथिएँ, र यसरी मैले मण्डलीको काममा हानि गरेँ। यो निकै गम्‍भीर मामला थियो।

त्यसपछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस बेला तेरो अवस्था के छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो अनुगमन वा अवलोकन गर्छ, वा तँलाई गहन प्रश्‍नहरू सोध्छ, अनि तिनीहरूको आचरण कहिलेकाहीँ केही कठोर भएको बेला र तिनीहरूले तेरो निराकरण गर्दा र तँलाई केही मात्रामा छाँट्दा, र अनुशासनमा राख्दा अनि तँलाई झपार्दा पनि, यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठा र जिम्मेवार आचरणकै कारणले गर्दा हो। यसप्रति तँसँग नकारात्मक विचार वा भावना हुनुहुँदैन। यदि तैँले अरूको निरीक्षण, अवलोकन र सोधपुछ स्वीकार गर्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार्छस् भन्‍ने हुन्छ। यदि तँ मानिसहरूको निरीक्षण, अवलोकन र प्रश्‍नलाई स्वीकार गर्दैनस् भने—यदि तँ यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्‍वरको सूक्ष्म परीक्षणलाई स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्‍वरको सूक्ष्म परीक्षण मानिसहरूको सोधपुछभन्दा विस्तृत, गहन र परिशुद्ध हुन्छ; परमेश्‍वरले चाहनुहुने कुरा योभन्दा अझ निश्‍चित, स्पष्ट र गहिरो हुन्छ। यसैले यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूबाट गरिने अनुगमन स्वीकार गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको सूक्ष्म परीक्षण स्वीकार गर्छस् भन्‍ने तेरो दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको सूक्ष्म परीक्षण र जाँचलाई स्वीकार गर्न सक्षम हुनको निम्ति, सर्वप्रथम तँ परमेश्‍वरको घर, अगुवा र सेवकहरू अनि दाजुभाइ तथा दिदीबहिनीहरूको अनुगमनलाई स्वीकार गर्न सक्षम हुनुपर्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “यदि तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय छ भने, तैँले स्वाभाविक रूपमै परमेश्‍वरको छानबिन स्वीकार गर्न सक्छस्, तर तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको रेखदेखलाई पनि स्विकार्न सिक्‍नुपर्छ, जसको लागि तँमा सहनशीलता र स्वीकार क्षमता हुनुपर्छ। यदि तैँले कसैले तँलाई रेखदेख गरेको, तेरो काम निरीक्षण गरेको, वा तँलाई थाहा नहुने गरी तेरो जाँच गरेको देखिस्, र तँ रिसाएर यस व्यक्तिलाई शत्रुको रूपमा हेर्छस् र घृणा गर्छस्, अनि तिनीहरूलाई धोकेबाज भनेर आक्रमण र निराकरणसमेत गर्छस्, र तिनीहरू मेटिएर जाऊन् भन्‍ने चाहना गर्छस् भने, यो समस्या हो। के यो अत्यन्तै खराब कार्य होइन र? यो र दियाबलसबीचमा के फरक भयो र? के यसो गर्नु मानिसहरूलाई उचित व्यवहार गर्नु हो? यदि तँ सही मार्गमा हिँड्छस् र तैँले सही तरिकाले व्यवहार गर्छस् भने, तँलाई मानिसहरूले जाँच्दा किन डराउने? तेरो हृदयमा केही लुकेको छ। यदि तँमा समस्या छ भन्‍ने तँलाई हृदयमा थाहा छ भने, तैँले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्नुपर्छ। यो बुद्धिमानी कुरा हो। यदि तँमा समस्या छ भन्‍ने तँलाई थाहा छ, तर पनि अरूलाई तेरो रेखदेख गर्न, तेरो काम निरीक्षण गर्न, वा तेरो समस्या अनुसन्धान गर्न दिँदैनस् भने, तैँले अत्यन्तै अनुचित व्यवहार गरिरहेको हुन्छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह र प्रतिरोध गरिरहेको हुन्छस्, र यस्तो अवस्थामा, तेरो समस्या अझै गम्‍भीर हुन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले तँ दुष्कर्मी वा गैरविश्‍वासी होस् भन्‍ने पत्ता लगाए भने, परिणामहरू अझै कष्टपूर्ण हुनेछन्। तसर्थ, अरूको रेखदेख, जाँच, र निरीक्षणलाई स्वीकार गर्न सक्‍ने मानिसहरू नै सबैभन्दा समझदार हुन्छन्, तिनीहरूमा सहनशीलता र सामान्य मानवता हुन्छ। जब तैँले कुनै गलत काम गरिरहेको छस् वा भ्रष्ट स्वभाव प्रकट गरिरहेको छस् भन्‍ने पत्ता लगाउँछस्, तब यदि तैँले मन खोलेर मानिसहरूसँग कुराकानी गर्न सक्छस् भने, तँलाई निगरानी गर्न यसले तेरो वरिपरिका मानिसहरूलाई सहयोग गर्छ। रेखदेख स्वीकार गर्नु अवश्य नै अत्यावश्यक कुरा हो, तर मुख्य कुरा भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँमा भरोसा गर्नु, अनि निरन्तर आत्मचिन्तन गर्नु हो। विशेष गरी जब तैँले गलत मार्ग लिएको हुन्छस् वा कुनै गलत काम गरेको हुन्छस्, वा जब तैँले तानाशाही र एकपक्षीय काम गर्न लागेको हुन्छस्, अनि तेरो नजिक रहेको कसैले तँलाई यो कुरा औँल्याउँछ र चेतावनी दिन्छ, तब तैँले त्यो कुरा स्वीकार गरेर तुरुन्तै आफ्‍नो बारेमा मनन गर्नुपर्छ, र आफ्‍नो गल्ती स्वीकार गरेर सुधार गर्नुपर्छ। यसले तँलाई ख्रीष्टविरोधीहरूको मार्गमा कदम चाल्‍नबाट रोक्‍न सक्छ। यदि कसैले तँलाई यसरी सहयोग गरिरहेको र चेतावनी दिइरहेको छ भने, के थाहै नभई तँलाई सुरक्षा दिइएको हुँदैन र? हुन्छ—यो तेरो सुरक्षा हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ)। अरूको रेखदेखमा रहनुको महत्त्व र लाभहरूका बारेमा परमेश्‍वरको वचनले अत्यन्तै स्पष्ट पार्छ। पहिले, मैले रेखदेखमा रहनुका फाइदाहरूलाई वास्तवमा बुझेको थिइनँ, जसले गर्दा मलाई रेखदेख गर्नेहरूप्रति म अटेरी बनेँ। तिनीहरूले मेरो काम नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् वा मलाई अवहेलना गरिरहेका छन् भन्‍ने मलाई लाग्थ्यो। मेरो सोचाइमा, यदि कुनै व्यक्ति कामको बारेमा जान्‍न मकहाँ आयो भने, तिनीहरूले मलाई अजिम्‍मेवार र काम गर्न नसक्‍ने, र मैले अरूले जस्तो आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्दिन भन्‍ने ठाने जस्तो लाग्थ्यो। त्यसकारण मेरो रेखदेख गर्नेहरूप्रति म अत्यन्तै अटेर हुन्थेँ। तर परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने मेरो विचार गलत छ र सत्यता अनुरूप छैन। ममा मेरो काम सम्‍बन्धी केही कमीकमजोरी थिए, र सुधार हुनको लागि मलाई मेरा ब्रदर-सिस्टरहरूको सहयोग चाहिन्थ्यो, तर मैले निगरानीलाई इन्कार गर्थेँ। यसरी, के मैले मेरो काममा गर्ने गल्तीहरूलाई सुधार गरेर आफ्‍नो काम अझै राम्ररी गर्न सक्थेँ? मेरा ब्रदर-सिस्टरहरूले मेरो कामको बारेमा सोध्‍नु अत्यन्तै महत्त्वपूर्ण हुन्थ्यो, किनभने तिनीहरूले कामको बोझ लिइरहेका र आफ्‍नो कर्तव्य पूरा गरिरहेका हुन्थे। ममा मौनता र अवहेलनाको आचरण हुनु हुँदैनथियो। मैले तिनीहरूलाई मेरो काम सम्‍बन्धी मेरा कठिनाइहरू र वास्तविक परिस्थितिको बारेमा तिनीहरूलाई खुलस्त बताउनुपर्थ्यो। मण्डलीको कामको लागि त्यो अझै राम्रो हुनेथियो। रेखदेखलाई स्वीकार गरेपछि, मैले आफ्‍नै कमीकमजोरीलाई देख्‍न सक्छु र मेरो कर्तव्य सिद्धान्तहरू अनुरूप छ कि छैन भनेर मनन गर्न सक्छु। अब, मैले परमेश्‍वरको इच्‍छालाई बुझेँ। अरूले मलाई नियमित रूपमा रेखदेख गर्दा र मेरो कामको जाँच गर्दा यसले मलाई आफ्नै इच्छाअनुसार चल्नबाट, र यसरी मण्डलीको कामलाई बाधा दिन र बिथोल्नबाट रोक्‍न सक्छ। यो वास्तवमा नै परमेश्‍वरले मलाई दिनुहुने सुरक्षा हो।

मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ, “के तिमीहरूलाई सबै जना सिद्ध हुन्छन् भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्‍नैपर्छ। तथ्य यही हो। आफ्‍नो योग्यता र सामर्थ्य वा गल्तीहरूप्रति पनि मानिसहरूमा हुनुपर्ने उचित मनोवृत्ति यही हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यताको वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, एकअर्काको सबल पक्षको प्रयोग गर्दै आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने हरेकको आ-आफ्‍नै सबल पक्ष र कमजोरी हुन्छ, र यो संसारमा सिद्ध मानिस कोही पनि छैन। मानिसहरू जति नै दह्रिलो भए पनि, तिनीहरूसँग अझै पनि कमीकमजोरी हुन्छ र तिनीहरूलाई अरूबाट सहयोग चाहिन्छ। हामीले मण्डलीमा जे कर्तव्य पूरा गरे पनि, यसलाई अरूको सहयोग र सहकार्यबाट अलग गर्न सकिँदैन। शैतानले हामीलाई यति गहन रूपमा भ्रष्ट तुल्याएको छ कि, हामी सधैँ हाम्रो भ्रष्ट स्वभाव अनुसार व्यवहार गर्छौँ, त्यसकारण हामीलाई हाम्रा ब्रदर-सिस्टरहरूले सम्‍झाउनुपर्छ र रेखदेख गर्नुपर्छ ताकि हामी सिद्धान्तहरूबाट बाहिर जानबाट जोगिन अनि हाम्रा गल्तीहरूलाई कम गर्न सकौँ। जब अरू मेरो काममा देखिने समस्याहरूका बारेमा बुझ्‍न आउँछन्, तब मैले आफूलाई सुधार गर्न यो अवसर लिनुपर्छ, र मेरा कमजोरीहरूलाई हटाउन तिनीहरूको सबल पक्षबाट सिक्‍नुपर्छ। यसरी मलाई र मण्डलीको काम दुवैमा सहयोग पुग्थ्यो। म मेरो काम रेखदेख गर्ने सिस्टर लगायत अरू कोहीभन्दा पनि सिपालु रहेनरहेछु भन्‍ने मलाई स्पष्ट थाहा भयो। मैले अरूको अगुवाइ र सल्‍लाहलाई स्वीकार गर्नुपर्छ, मेरो अमिल्दा सोच र गल्तीहरूलाई सुधार गर्नुपर्छ, र आफ्‍नै कमजोरीहरूलाई खुलासा गरेर अरूबाट सहयोग लिनुपर्छ। सामान्य समझ र मानवता भएको व्यक्ति यस्तै हुन्छ। यो कुरा जानेपछि, मैले मेरा गलत विचारहरूलाई त्याग्‍न थालेँ। मलाई अरू कसैको रेखदेखविना मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सक्छु भन्‍ने लाग्‍न छोड्यो। बरु, मलाई ममा धेरै कमीकमजोरी छ र म सिद्ध छैन भन्‍ने अनुभव भयो। त्यसपछि, मैले मेरी सिस्टरको सल्‍लाह स्वीकार गर्न थालेँ, र उनले प्रश्‍नहरू सोध्दा वा नयाँ विश्‍वासीहरूका स्थितिको बारेमा जान्‍न चाहँदा, म खुलस्त छलफल गर्थेँ र उनलाई विस्तृत रूपमा बताउथेँ। यसरी, म आफ्‍नो कर्तव्यमा अझै प्रभावकारी भएँ।

एक दिन, मेरी सिस्टरले मलाई नयाँ विश्‍वासीहरूको स्थितिको बारेमा सोधिन्। मैले कुनै कुरा बाँकी नराखी उनका प्रश्‍नहरूको जवाफ दिएँ र कतिपय नयाँ विश्‍वासीहरू अनियमित रूपमा सहभागी हुनुका कारणहरू विस्तृत रूपमा बताएँ। उनले मलाई केही मुख्य कुराहरू सम्झाइन्, र मैले ती लेखेँ र साथमा बोकेर हिँड्न थालेँ। अरूबाट सल्‍लाह लिनु निकै राम्रो कुरा हो भन्‍ने थाहा पाएँ। कहिलेकहीँ उनले मेरा कमीकमजोरी औँल्याउँदा, म तुरुन्तै स्वीकार गर्न सक्दिनथिएँ, तर पनि उनले मलाई नै सहयोग गरिरहेकी छिन्, त्यसकारण म नकारात्मक भएर अटेरी बन्‍नु हुँदैन भन्‍ने बुझ्थेँ। म परमेश्‍वरको अघि प्रार्थना र खोजी गर्न आउनुपर्थ्यो, जुन म र मण्डलीको काम दुवैको लागि फाइदाजनक हुन्थ्यो। मेरो जिम्‍मेवारी भनेको नयाँ विश्‍वासीहरूलाई राम्ररी मलजल गर्नु हो, ताकि तिनीहरूले तुरुन्तै साँचो मार्गमा जगत बसाल्‍न सकून्, र म अरूको रेखदेख स्वीकार गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न तयार छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

पढाइ छोड्दा

म सानो छँदादेखि नै मेरा आमाबुबाले मलाई हाम्रो छोरा छैन, अनि तँ र तेरी बहिनी गरी दुइटी छोरी मात्र छौ, त्यही भएर हामीलाई परिवारको सामना गर्न...

एक प्रतिभारको परीक्षा

क्षियाङदाओ, दक्षिण कोरिया“हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले...

इमानदार उजुरीको फल

झाओ मिङ्ग, चीनअप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्