इमानदार उजुरीको फल

21 अक्टोबर 2021

झाओ मिङ्ग, चीन

अप्रिल २०११ मा, मैले देशको अर्को भागमा रहेको एउटा मण्डलीकी याओ लान नामक अगुवाको स्थान लिनुपर्ने भयो। हस्तान्तरणको बेला, मण्डलीको अवस्थाको बारेमा याओ लानले मलाई विवरण दिने क्रममा, उनले आफ्नी छोरी जियाओमिन मलजल गर्ने काममा एक डिकन हुन्, र मण्डलीको कामको बारेमा परिचित हुनको लागि उनले मलाई सहायता गर्नेछिन् भनेर बताइन्। उनले मलाई यसरी क्रमबद्ध रूपमा सबै कुरा व्याख्या गरिदिएकी सुन्दा मैले केही सराहनाको अनुभूति नगरी म रहन सकिनँ। याओ लानले मण्डलीको काम निकै राम्ररी सम्हाल्ने र निकै सक्षम रहेकी देखिन्थ्यो, त्यसकारण उनले अहिले यति वृहत् प्रकारका कामको अगुवाइ गर्न सक्छिन् भन्‍ने कुरामा त्यति आश्‍चर्य थिएन। मैले मनमनै परमेश्‍वरको इच्‍छालाई बुझ्‍ने र मण्डलीको काम राम्ररी गर्न सक्दो प्रयास गर्ने सङ्कल्‍प गरेँ।

भोलिपल्‍ट, जियाओमिनले मलाई समूह अगुवाको मिटिङमा आफूसँगै लिएर गइन्। हामीले परमेश्‍वरका वचनहरू पढिसकेपछि मैले मेरो आफ्‍नै सान्दर्भिक अनुभव र बुझाइको बारेमा बताएँ। त्यसपछि सिस्टर जियाले असन्तुष्ट हुँदै भनिन्, “हाम्रो पहिलेको अगुवा याओ लानले परमेश्‍वरका वचनहरूको बारेमा यसरी सङ्गति गर्नुहुन्‍नथियो। उहाँले हामीलाई ती वचनहरू हरफ-हरफ गरी व्याख्या गरिदिनुहुन्थ्यो, यस क्रममा ‘यो प्रोत्साहन हो,’ र ‘यो चेतावनी हो,’ जस्ता कुरा भन्‍नुहुन्थ्यो।” अरू दाजुभाइ-दिदीबहिनीहरूले पनि याओ लानले कति स्पष्ट रूपमा सत्यताको बारेमा सङ्गति गर्थिन् भनेर बताउँदै सहमति जनाए। म पूर्ण रूपमा आश्‍चर्यचकित भएँ र मैले सोचेँ: “के परमेश्‍वरका वचनहरूमा सङ्गति गर्नु भनेको उहाँका वचनहरूका आधारमा हाम्रा आफ्‍नै अनुभव र बुझाइहरूको बारेमा बताउनु होइन र? कसरी याओ लानले आफूले कसरी परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्छिन् र तिनलाई आफै अनुभव गर्छिन् भन्‍ने बारेमा बताउँदिनन्? उनले किन दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरका वचनहरू हरफ-हरफ गरी व्याख्या गरिदिन्थिन्? के त्यसरी सङ्गति गर्दा तिनीहरूले सत्यता बुझ्‍न र आफूलाई चिन्‍न सक्छन्?” मैले तिनीहरूसँगको भेलामा परमेश्‍वरका वचनहरूको सङ्गति गर्ने सम्‍बन्धी सिद्धान्तहरूको बारेमा छलफल गर्न चाहन्थे, तर त्यसपछि मैले विचार गरेँ: “म यो मण्डलीको लागि नयाँ हुँ र मेरो कामको जिम्मेवारी याओ लानको हो। उनकी छोरी जियाओमिन पनि यहीँ छिन्। यदि मैले परमेश्‍वरका वचनहरू सम्‍बन्धी सङ्गति गर्ने याओ लानको तरिका ठेट अर्थको व्याख्या गर्ने कार्यमा केन्द्रित छ भनेर बताएँ भने र यो कुरा उनीसम्म पुग्यो भने, म आएको क्षणदेखि नै मैले उनको गल्ती खोतल्ने प्रयास गरेँ भन्न सक्नेछिन्, र मलाई नराम्रो सोच्‍नेछिन्। यदि मैले उनलाई रिस उठाएँ भने यसले अप्ठ्यारो परिस्थिति सिर्जना गर्नेछ।” त्यसकारण मैले मेरो मुख बन्द गरेँ, र त्यो कुरा त्यहीँ सीमित भयो।

एक दिन, जियाओमिनले थाहा नपाई सिस्टर जियाओले मलाई एउटा पत्र पठाइन्। पत्रमा यसभन्दा पहिले उनले याओ लानलाई केही सुझावहरू दिएको तर याओ लानले ती सुझाव स्वीकार नगरेको भनेर बताएको थियो। त्यति मात्र होइन, याओ लानले उनलाई रोक्न थालिन् र तबउप्रान्त उनलाई अतिथि-सत्कार गर्ने कर्तव्य गर्न पनि दिइनन्। म त छक्‍क परेँ। मैले सोचेँ: “पक्‍कै पनि सिस्टर जियाओकै गल्ती हुनुपर्छ। याओ लानले कसरी कसैलाई दमन गर्न सक्छिन्?” त्यसपछि मैले परिस्थितिको बारेमा थाहा पाउन जियाओमिनलाई सोधेँ। जियाओमिनले सिस्टर जियाओ अत्यन्तै उत्साहित छिन्, तर कुराहरूलाई प्रायजसो गलत रूपले बुझ्छिन् भनेर भनिन्। उनले त्यसपछि सिस्टर जियाओ स्थानीय रूपमा विश्‍वासी भनेर सबैले चिन्‍ने हुनाले उनको घर सुरक्षित छैन, र उनीसँग घरमा सुरक्षित वातावरण कायम गर्ने बुद्धिको कमी छ भनेर भनिन्। उनले सिस्टर जियाओको बारेमा केही नकारात्मक कुराहरू बताइन्। मैले मनमनै विचार गरेँ: “यदि त्यो सबै कुरा साँचो हो भने, सिस्टर जियाओ अतिथि-सत्कार गर्ने कर्तव्यको लागि साँच्‍चै योग्य छैनन्। तर उनले किन याओ लानले उनलाई दमन गर्छिन् भनेर भनिन्? सायद याओ लानप्रति उनको कुनै गुनासो छ।” तर, मलाई अझै पनि असहज महसुस भइरहेको थियो, त्यसकारण म सिस्टर जियाओलाई भेट्न घरैमा गएँ। उनको घर अतिथि-सत्कारको कामको लागि तुलनात्मक रूपमा उपयुक्त नै रहेछ, र उनमा बुद्धिको कमी नरहेको मैले पाएँ, त्यसकारण म अन्योलमा पर्न थालेँ। मैले यस्तो विचार गरेँ: “कसरी अवस्था जियाओमिनले भनेको भन्दा निकै फरक हुनसक्छ? के याओ लानले सिस्टर जियाओलाई दबाउँदै आएकी हुन् त?” थप विवरणहरूको बारेमा मैले सिस्टर जियाओलाई सोध्दा मैले के थाहा पाएँ भने याओ लानले सुरक्षित वातावरण एउटा निहुँको रूपमा प्रयोग गरिरहेकी छिन्, उनले धेरै जना डिकनहरूलाई आफ्‍नो कर्तव्य पूरा गर्नबाट रोकेकी छिन्, र परिणाम स्वरूप, दाजुभाइ-दिदीबहिनीहरूलाई मलजल गर्ने कोही पनि रहेनछन्। तिनीहरूले सामान्य मण्डली जीवन जिइरहेका थिएनन्। यी बन्दोबस्तहरू उचित छैनन् भनी सिस्टर जियाओले याओ लानसँग यी समस्याहरूको बारेमा कुरा उठाउँदा, याओ लान ले यो कुरालाई स्वीकार गर्न नमानेकी मात्र होइन, तर सिस्टर जियाओको कर्तव्य पनि उनीबाट खोसिन्। उनका समस्याहरूको बारेमा सिस्टरले जियाओले उजुरी गरेकी पत्रलाई समेत लुकाएर राखेकी रहेछिन्। यो सुन्दा म छक्‍क परेँ। त्यो कसरी हुनसक्छ? गल्ती स्पष्ट रूपमा याओ लानको नै रहेछ, तैपनि सिस्टर जियाओले भनेको कुरालाई उनले स्वीकार गरिनन्, र उनलाई दबाउने र उनको पत्रलाई लुकाउने काम पनि गरेकी रहेछिन्। उनी अवश्य नै सत्यतालाई स्वीकार गर्ने व्यक्ति थिइनन्! त्यो कुराले मलाई फेरि कसरी उनले परमेश्‍वरका वचनहरूको बारेमा सङ्गति दिँदा आफ्‍ना अनुभवहरू र बुझाइहरूको बारेमा कहिल्यै कुरा गर्दिनथिइन्, बरु परमेश्‍वरका वचनहरूलाई प्रसंगभन्दा बाहिर लगेर दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पार्थिन् भन्‍ने बारेमा स्मरण गरायो। उनी पूर्ण रूपमा परमेश्‍वरका वचनहरूको सङ्गति गर्ने सम्‍बन्धी सिद्धान्तहरूको विरुद्धमा जाने गरेकी रहिछन्। उनीसँग समस्या छ र मैले यसको बारेमा हाम्रा अगुवाहरूलाई उजुरी दिनुपर्छ भन्‍ने मलाई लाग्यो ताकि परमेश्‍वरको घरको काममा ढिलाइ नहोस्। तर त्यसपछि मैले विचार गरेँ: “सिस्टर जियाओले भनेको कुरा अनुसार, याओ लानमा कमजोर मानवता छ। अहिले मेरो कामको कार्यभारी उनी नै हुन्, त्यसकारण उनको बारेमा उजुरी गर्ने म नै हो भन्‍ने उनले थाहा पाइन् भने, उनले मलाई दमन गर्नेछिन् र मलाई मेरो कर्तव्यबाट निकाल्‍न सक्‍नेछिन्।” लामो सास फेर्दै, मैले केही नबोल्‍नु नै उचित हुन्छ भन्‍ने निर्णय गरेँ, तर सिस्टर जियाओले अतिथि-सत्कारको कर्तव्यलाई पुनः सुरू गर्ने बन्दोबस्त मिलाउने पनि निर्णय गरेँ।

अनपेक्षित रूपमा, केही दिनपछि, याओ लानको दुष्कर्मको बारेमा सिस्टर चेनले पनि मलाई उजुरी गरिन्। उनले के भनिन् भने, ब्रदर वान र उनकी श्रीमती नयाँ विश्‍वासीहरू थिए र चिनियाँ कम्युनिस्ट पार्टीका पक्राउ र सतावटको कारण अलिक डराएका थिए, त्यसकारण तिनीहरूले अतिथि-सत्कारको कर्तव्य लिने आँट गरेनन्। तिनीहरूलाई सहायता गर्नको लागि याओ लानले सत्यताको बारेमा सङ्गति नगरेकी मात्र होइन, उनले तिनीहरूलाई हप्काउने र तिनीहरूलाई सहायता गर्नको लागि कसैलाई अनुमति दिन समेत इन्कार गरिन्। अन्तिममा, ब्रदर वाङ्ग र उनकी पत्‍नी नकरात्मकतामा डुबे र उप्रान्त भेलाहरूमा सहभागी हुने इच्‍छा गरेनन्। जब सिस्टर चेनले याओ लानलाई यो दाजुभाइ-दिदीबहिनीहरूलाई व्यवहार गर्ने उचित तरिका होइन भनेर भनिन्, उनले आफ्‍नो बारेमा मनन नै गरिनन्, बरू सिस्टर चेनको सुरक्षामा सम्झौता भएको छ भन्‍ने झूटो हल्‍ला फिँजाइन्। त्यसपछि उनले सिस्टर चेनलाई मण्डलीबाट धेरै महिनासम्‍म अलग गरिन्, यस क्रममा उनलाई मण्डली जीवनमा सहभागी हुन दिइनन्। एक जना अर्को सिस्टर पनि थिइन्, जसले मलजलको काम गर्दै आएकी थिइन्। भेलाहरूमा, उनले परमेश्‍वरका वचनहरूलाई आफ्‍नो सङ्गतिमा समावेश गर्थिन् र उनले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेकी छिन् भन्‍ने बारेमा पूर्ण रूपमा खुला र इमानदार भएर बताउँथिन्। याओ लानले यसलाई अवसरको रूपमा लिँदै उनलाई उनको कर्तव्यबाट हटाइन्। त्यसपछि उनले आफ्‍नै छोरी, जियाओमिनलाई मलजलको कर्तव्यमा बढुवा गरिन् र दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्‍नी छोरीलाई राम्ररी तालिम दिन अह्राइन्, किनभने उनले भविष्यमा परमेश्‍वरको घरमा महत्त्वपूर्ण कामहरू लिनेवाला थिइन्। याओ लानले आफ्‍नो श्रीमानलाई पनि समूह अगुवामा बढुवा गरिन्, तर वास्तवमा ऊ साँचो विश्‍वासी थिएन, र भेलाहरूमा कुनै पनि महत्त्वपूर्ण कुराको बारेमा सङ्गति गर्न सक्दैनथियो। याओ लानले भावनाको आधारमा व्यवहार गर्थिन् र आफ्‍नो श्रीमानलाई मण्डलीमा जबरजस्ती ल्याएर उसलाई समूह अगुवाको काम दिइन्—यो प्रशासनिक आदेशहरूको गम्‍भीर उल्लंघन थियो। अनि उनको दुष्कर्म त्यहाँ रोकिएन। याओ लान र उनकी छोरीले मण्डलीलाई सम्राटहरूले जस्तो दाजुभाइ-दिदीबहिनीहरूलाई मनोमानी ढङ्गले दमन गर्दै र आदेश दिँदै शासन गर्थे, यहाँसम्‍म कि उनलाई देख्दा समेत तिनीहरू डराउने अवस्थामा पुगेका थिए र कसैले पनि आवाज उठाउने आँट गर्दैनथिए। सिस्टर चेनको कुरा सुन्दै गर्दा, म छक्‍क पनि परेँ र मलाई रिस पनि उठ्यो। सुरुमा मलाई याओ लानले आफ्‍नो कामको जिम्‍मा दिँदा, मलाई उनीप्रति सराहना लागेको थियो किनभने उनले मलाई सबै काम राम्ररी अघि बढिरहेका छन् भनेर भनेकी थिइन्। तर यो सबै झूट थियो। उनले सङ्गतिको बेला परमेश्‍वरका वचनहरूलाई प्रसंगभन्दा बाहिर लिएर उद्धरण गर्ने र कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई अक्षरहरू र सिद्धान्तहरू प्रचार गरेर बहकाउने मात्र गरेकी थिइनन्, उनले आफ्‍नो पदका आशिषहरूलाई उपभोग गर्दै दाजुभाइ-दिदीबहिनीहरूलाई हेप्‍ने समेत गर्ने गरेकी रहेछिन्। उनी मण्डलीलाई निरङ्कुश रूपमा शासन गर्ने, आफूलाई मन लागे अनुसार अरूलाई दमन गर्ने, र मानिसहरूलाई तिनीहरूको कर्तव्यबाट हटाउनेसम्‍मको हदमा समेत पुगेकी रहेछिन्। उनले आफ्‍नो नजिककाहरूलाई बढुवा दिने र हेरचाह गर्ने गरेकी, र नातावाद गर्ने गरेकी रहेछिन्। उनको निर्दयी र लापरवाही व्यवहार साथै उनका विभिन्‍न दुष्ट कार्यहरूले उनी कट्टर ख्रीष्ट-विरोधी हुन् भन्‍ने देखाएको थियो। अब उनको कर्तव्यको दायरा अझै वृहत् थियो, त्यसकारण अझै बढी दाजुभाइ-दिदीबहिनीहरूलाई अवश्य नै हानि हुनेथियो। मैले उनको बारेमा माथिको अगुवालाई जति सक्दो चाँडो उजुरी गर्नुपर्छ र मण्डलीको कामलाई समर्थन गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तैपनि, जब मैले उनको बारेमा उजुरी गर्ने विषयमा विचार गर्न थालेँ, मलाई चिन्ता लाग्‍न थाल्यो: “मेरो कामको कार्यभारी याओ लान नै हुन्। यदि मैले नै उनको बारेमा उजुरी गरेको हो भन्‍ने उनले थाहा पाइन् भने, उनको व्यवहार अनुसार त, उनले मलाई मण्डली अगुवाको रूपमा रहेको मेरो पदबाट निकाल्‍ने र मलाई घर पठाउने धेरै सम्‍भावना छ। उनले मलाई दमन गर्ने र दण्ड दिने केही निहुँ पनि भेट्टाउन सक्छिन्। मेरो जीवन अत्यन्तै कठिन हुनेछ। मलाई मण्डलीबाट निकालियो भने के गर्ने? त्यसपछि त परमेश्‍वरमाथिको मेरो विश्‍वासको यात्रा समाप्त हुनेछ। मैले यथार्थलाई ध्यान दिनुपर्छ। म सुरुमा मण्डलीको काम मिलाउँछु, त्यसपछि हेर्छु।” त्यसकारण, आफूलाई रक्षा गर्नको लागि, मैले उनको बारेमा उजुरी र खुलासा नगर्ने निर्णय गरेँ। तर अर्को भेलामा मैले दमनमा परेका ती सबै दाजुभाइ-दिदीबहिनीहरूको अनुहारमा अपेक्षाको भाव देखेँ, म साँच्‍चै व्याकुल भएँ र मेरो विवेक दोषी भयो। यसको साथै, जब मैले जियाओमिनले सत्यताको बारेमा सङ्गति गर्ने याओ लानको क्षमताको बारेमा प्रशंसा गर्दै हिँडेको र दाजुभाइ-दिदीबहिनीहरूलाई हेपाहा तरिकाले बन्धनमा राख्‍ने र भाषण गर्ने गरेकी देखेँ, मलाई झनै रिस उठ्यो। मैले मनमनै विचार गरेँ: “मैले याओ लान र जियाओमिनको दुष्कर्मको बारेमा अगुवालाई बताउनैपर्छ। दुष्ट व्यवहार गर्दै मनोमानी ढङ्गले दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्न मैले तिनीहरूलाई अनुमति दिनु हुँदैन।” त्यसकारण, मैले तिनीहरूको बारेमा दाजुभाइ-दिदीबहिनीहरूले मलाई बताएको सबै कुरा लेखेँ। तैपनि, भेलापछि ममा फेरि द्वन्द्व सिर्जना भयो: यदि याओ लानले थाहा पाइन् भने मलाई दण्ड दिन तिनले के गर्नेछिन्? तर मैले आफैलाई रक्षा गर्ने र ती दुई जनाको बारेमा खुलासा नगर्ने निर्णय गरेँ भने, कै मैले दुष्ट काम गरिरहेकी हुनेछैन र? म चेपारोमा परेकी थिएँ र मलाई कसिलो गरी बाँधिएको झैँ लाग्यो, यति कसिलो कि मलाई सास फेर्न नै कठिन भइरहेको थियो। आँसु झार्दै, मैले घुँडा टेके र परमेश्‍वरको अघि यसो भन्दै प्रार्थना गरेँ, “प्रिय परमेश्‍वर, म मेरा अगुवाहरूलाई याओ लान र उनकी छोरीको बारेमा उजुरी दिन चाहन्छु, तर तिनीहरूले मलाई बदला लिनेछन् भन्‍ने डर छ। हे परमेश्‍वर, बिन्ती छ, मलाई अन्धकारका शक्तिहरूको दमन तोड्न, र सत्यताको अभ्यास गरेर मण्डलीको काममा समर्थन गर्न सहायता गर्नुहोस्।”

मैले प्रार्थना गरेपछि, परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्‍छा पूरा गर्ने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरूको “अध्याय १३”)। जब मैले परमेश्‍वरका वचनहरूका यी प्रकाशहरू पढ्दा मलाई आफैप्रति धेरै लाज भयो। मैले परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ, तर मेरो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ थिएन। मैले परमेश्‍वरको आज्ञालाई गम्‍भीर रूपमा लिइरहेकी थिइनँ, र समस्याहरूका बीचमा मैले आफ्‍नै हितहरूको बारेमा मात्रै विचार गरिरहेकी थिएँ। मैले परमेश्‍वरको घरको कामको रक्षा पटक्‍कै गरिरहेकी थिइनँ। याओ लानले परमेश्‍वरका वचनहरूलाई प्रसंगभन्दा बाहिर लगेर व्याख्या गरिरहेकी छिन्, उनले मण्डलीमा तानाशाहीले जस्तो काम गरिरहेकी छिन्, र उनले दाजुभाइ-दिदीबहिनीहरूलाई दबाब दिने र दमन गर्ने गरिरहेकी छिन् भन्‍ने मैले स्पष्ट रूपमा पत्ता लगाएकी थिएँ। आफ्‍नो नजिकका मानिसहरूलाई बढुवा गर्न र आफ्‍नो शक्तिलाई बलियो बनाउनको लागि, उनले मानिसहरूलाई मनोमानी ढङ्गले तिनीहरूका कर्तव्यबाट मुक्त गरिरहेकी थिइन्, यसरी मण्डली जीवनमा गहन रूपमा वाधा र हस्तक्षेप गरिरहेकी थिइन् र दाजुभाइ-दिदीबहिनीहरूलाई बन्धनमा राख्‍ने र हानि गर्ने गरिरहेकी थिइन्। विशेष गरी अब उनको कामको क्षेत्र बढेको हुनाले, उनी अझै बढी दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने स्थानमा थिइन्। तर म याओ लानको हैसियत र प्रभावको बारेमा डराएकी थिएँ, उनले मलाई दमन गर्छिन् र निकाल्छिन्, मैले मेरो पद र भविष्यका सम्‍भावनाहरू गुमाउँछु, र उनले र उनकी छोरीले मलाई बदला लिएर मलाई हानि गर्नेछन् भनेर डराएकी थिएँ, त्यसकारण मैले सिद्धान्तहरूलाई पालन गरेर तिनीहरूको खुलासा र उजुरी गर्ने आँट गरिनँ। त्यसकारण, मैले ख्रीष्ट-विरोधीहरू र दुष्ट मानिसहरूले मण्डलीमा मनोमानी गरेको हेरिरहेँ। दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गरिएको थियो र तिनीहरूको जीवनमा क्षति पुर्‍याइएको थियो, तैपनि मैले खडा भएर शैतानको खुलासा गर्ने आँट गरिनँ। म कति नीच, स्वार्थी, घृणित व्यक्ति थिएँ! त्यसपछि मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिक्रियावादी छ अनि शैतानका दर्शनहरूले भरिपूर्ण छ र ती दर्शनहरूमा डुबेको छ भन्‍ने देख्‍न सकिन्छ—यो यसको पूर्णतामा यस्तो प्रकृति हो जसले परमेश्‍वरलाई विश्‍वासघात गर्छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने”)। “जहाँसम्म शैतानको विष के हो भन्ने कुरा छ, यसलाई शब्दहरूद्वारा पूर्ण रूपमा अभिव्यक्त गर्न सकिन्छ। उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको तर्क मानिसहरूको जीवन बनिसकेको छ। जेसुकै भए पनि, मानिसहरूले यो आफ्नै लागि मात्र गरिरहेका हुन्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन र दर्शनयही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। शैतानका यी शब्दहरू नै ठ्याक्‍कै शैतानको विष हो र जब मानिसहरूले यसलाई ग्रहण गर्छन्, तब यो तिनीहरूको प्रकृति नै बन्छ। शैतानको प्रकृति यी शब्दहरूबाट उदाङ्गो हुन्छ; यी शब्दहरूले त्यसको पूर्ण रूपमा प्रतिनिधित्व गर्छन्। यो विष मानिसहरूको जीवन र साथसाथै तिनीहरूको अस्तित्वको आधार स्तम्भ बन्छ, र भ्रष्ट मानवजाति हजारौं वर्षदेखि यही विषको प्रभुत्वमा रहिआएको छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने म शैतानद्वारा भ्रष्ट तुल्याइएको र कुल्चीमिल्ची गरिएकी छु, र मेरो हाड र रगत नै शैतानी विष, दर्शन, र नियमहरूले भरिएको र यो नसा-नसामा बगिरहेको थियो, यहाँसम्‍म कि म आफै झन्-झन् दुष्ट र स्वार्थी बन्दै गइरहेकी थिएँ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “कुनै कुरा गलत छ भन्‍ने थाहा छ भने, त्यो नभनेकै बेस,” र “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्‍पिस हुन्छन्,” जस्ता शैतानी विषहरूमा जिइरहेकी थिएँ। मेरा विचारहरू सबै मोडिएका थिए र ममा जीवन सम्‍बन्धी भयानक मूल्य-मान्यता र दृष्टिकोणहरू थिए। मैले मेरा आफ्‍नै चासो, मेरो भविष्यका सम्‍भावनाहरू, र मेरो गन्तव्यलाई अरू कुनै कुराभन्दा महत्त्वपूर्ण ठानेकी थिएँ। याओ लान र उनका दुष्ट ख्रीष्ट-विरोधीहरूको शक्तिले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गरिरहेको देख्दा, मैले तिनीहरूको खुलासा र उजुरी गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो। तर दमनमा पर्छु र मेरो पद र भविष्यका सम्‍भावनाहरू गुमाउँछु भन्‍ने डरले, मैले यसको लागि जति नै संघर्ष गरे पनि, मैले यसो गर्ने आँट गरिनँ। त्यसकारण मैले ख्रीष्ट-विरोधीहरूलाई मण्डलीमा अवरोध गर्न र जथाभाबी रूपमा व्यवहार गर्न दिएको थिएँ, यस क्रममा मैले कुनै पनि निष्पक्ष शब्‍द बोल्‍ने आँट गरिनँ। म शैतानका विषहरूद्वारा अत्यन्तै बाँधिएकी र पीडित भएकी हुनाले, म यसको मतियार, यसको कुकुर बनेकी थिएँ भन्‍ने मैले महसुस गरेँ; यो परमेश्‍वरको लागि घिनलाग्दो कुरा थियो, र म उहाँको अघि जिउन अयोग्य थिएँ। मैले परमेश्‍वरको काम र अगुवाइमा वर्षौंदेखि आनन्द लिएकी थिएँ, र उहाँले मलाई माथि उठाउनुभएको थियो त्यसकारण मैले मण्डली अगुवाको रूपमा मेरो कर्तव्य पूरा गर्न सकेकी थिएँ। तैपनि, यसको कदर कसरी गर्ने मलाई थाहा थिएन र मैले कसरी दाजुभाइ-दिदीबहिनीहरूको वास्ता गर्ने वा परमेश्‍वरको घरको काममा साथ दिने भन्ने बारेमा विचार गरिनँ। म गरिमा वा इज्‍जतविना नै, मेरो आफ्‍नै स्वार्थी इच्‍छाहरूमा लपेटिएर जिएँ। म दाजुभाइ-दिदीबहिनीहरूले मलाई गरेको भरोसाको स्तरमा जिउन असफल भएकी थिएँ, र त्योभन्दा पनि बढी, म परमेश्‍वरले मलाई दिनुभएको आज्ञाको स्तरमा जिउन असफल भएकी थिएँ। यो सोचेपछि, मलाई आफैप्रति यति स्वार्थी र घृणित भएकोमा घृणा लाग्यो र पश्‍चात्ताप गर्न तयार हुँदै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरलाई सामर्थ्य दिन र यी अन्धकारका प्रभावहरूबाट मुक्त भएर सत्यता अभ्यास गर्न सक्‍ने बनाउन मलाई सहायता गर्नुहोस् भनी बिन्ती गरेँ।

त्यसपछि, परमेश्‍वरका वचनहरूमा मैले यो पढेँ: “परमेश्‍वरको स्वभाव सबै थोकहरू र सबै जीवित प्राणीहरूका शासकको, सारा सृष्‍टिका प्रभुको स्वभाव हो। उहाँको स्वभावले आदर, शक्ति, प्रताप, महानता, र सबैभन्दा महत्वपूर्ण सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको सङ्केत हो, सबै धार्मिकताको सङ्केत, सबै सुन्दरता र असलपनको सङ्केत हो। यी सबैभन्दा अझ महत्वपूर्ण कुरा त विजयी गर्न नसकिने वा अन्धकार र कुनै पनि शत्रुको शक्तिले आक्रमण गर्न नसकिने[क] व्यक्तिलाई सङ्केत गर्दछ, साथै सृष्‍टि गरिएका कुनै प्राणीले उल्‍लङ्घन (उहाँले कुनै उल्‍लङ्घन सहन सक्‍नुहुन्‍न)[ख] गर्न नसकिने व्यक्तिलाई सङ्केत गर्दछ। उहाँको स्वभावले सर्वोच्‍च शक्तिको सङ्केत गर्छ। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई अवरोध पुर्‍याउन सक्दैन” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ”)। परमेश्‍वरका वचनहरूबाट मैले सबै थोकमाथि परमेश्‍वरले नै शासन गर्नुहुन्छ, उहाँको स्वभाव नै सबैभन्दा महान् अख्‍तियारको छाप हो, र कुनै पनि शत्रुको शक्ति वा अन्धकारको शक्तिले यसलाई उल्‍लङ्घन गर्न सक्दैन भन्‍ने बुझेँ। परमेश्‍वरले मण्डलीबाट शैतानका सबै हानिकारक दुष्ट शक्तिहरूलाई सफाइ गर्नुहुन्छ र तिनीहरूलाई पूर्ण रूपमा हटाउनुहुन्छ। परमेश्‍वरको कामको दिशा यही हो र यो परमेश्‍वरले पूरा गर्नुहुने यथार्थता हो। याओ लानले दाजुभाइ-दिदीबहिनीहरूलाई नियन्त्रण गर्दै र दमन गर्दै, आफ्‍ना नजिकका मानिसहरूलाई वृद्धि-विकास गर्ने र आफ्‍नै राज्य स्थापित गर्ने गर्दै उत्पीडकले जस्तो मण्डलीमा शासन गरिरहेकी थिइन्। तिनले परमेश्‍वरको कामलाई वाधा दिएकी र हस्तक्षेप गरेकी थिइन्, सबै किसिमका दुष्कर्महरू गरेकी थिइन्, र परमेश्‍वरको स्वभावलाई गम्‍भीर रूपमा उल्‍लङ्घन गरेकी थिइन्। तिनी ख्रीष्ट-विरोधी दैत्य थिइन् जसलाई ढिलो-चाँडो मण्डलीबाट निकालिने नै थियो। मैले यसभन्दा पहिले परमेश्‍वरको घरले कसरी धेरै दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरूलाई हटाएको थियो त्यसको बारेमा सोचेँ: तिनीहरू जति नै भयानक भए पनि, तिनीहरू केही समयसम्‍म मात्रै सफल हुन सके, र आखिरमा तिनीहरू परमेश्‍वरको दण्डबाट उम्कन सकेनन्। के यो परमेश्‍वरको धार्मिकता थिएन र? तैपनि मैले परमेश्‍वरको धार्मिकतालाई बुझेकी थिइनँन, र परमेश्‍वरको घरमा सत्यता र धार्मिकताको प्रभाव हुन्छ, परमेश्‍वरले नै शासन गर्नुहुन्छ भन्‍ने तथ्यमा विश्‍वास गरेकी थिइनँ। मैले परमेश्‍वरको घरलाई यसरी हेरेकी थिएँ मानौं यो संसारजस्तै छ, मानौं जोसँग हैसियत र शक्ति छ उसले मेरो भविष्य नियन्त्रण गर्न सक्छ, र यदि म याओ लान र तिनकी छोरीको विपक्षमा उभिएँ भने, मैले मेरा भविष्यका सम्‍भावना र गन्तव्यलाई गुमाउनेछु भन्‍ने मलाई लागेको थियो। तिनीहरूले मलाई बदला लिनेछन् भनेर समेत म डराएकी थिएँ—मैले सबै थोकमाथिको परमेश्‍वरको शासनमा भरोसा गरेकी थिइनँ। यस प्रकारको विश्‍वास परमेश्‍वरको लागि साँच्‍चै नै अपमान थियो! त्यसपछि परमेश्‍वरका वचनहरूमा मैले यो कुरा पढेँ: “अँध्यारो प्रभावहरू देखि मानिस उम्किनको लागि मेरा वचनहरू आधार हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्ने छैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्‍वरका वचनहरूको अगुवाइमुनि जिउनु, परमेश्‍वरप्रति वफादारिताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्‍वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गरिदै गर्दा विस्तारै रुपान्तरण हुनेछन्, अनि काम गहिरो हुँदै जाँदा तिनीहरू रुपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्‍वरद्वारा हासिल गरिएका हुन्छन् जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्” (वचन देहमा देखा पर्नुहुन्छको “अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्”)। परमेश्‍वरका वचनहरूले मलाई मार्ग देखाए। यदि मैले शैतानको अन्धकारपूर्ण प्रभावका बन्धनहरूलाई तोड्नु थियो भने, मैले परमेश्‍वरका वचनहरू अनुसार अभ्यास गर्नुपर्थ्यो। मैले मेरा व्यक्तिगत चासोहरू र मेरो भविष्य सम्‍बन्धी विचारलाई त्यागेर, सत्यताको अभ्यास गर्नुपर्थ्यो, ख्रीष्ट-विरोधीहरूको खुलासा र उजुरी गरेर, परमेश्‍वरको घरको काममा साथ दिनुपर्थ्यो। यदि मलाई मेरो कर्तव्यबाट हटाइयो र मैले मेरो पद र सम्‍भावनाहरूलाई गुमाएँ भने पनि, म सत्यता सिद्धान्तहरूमा नै लागिरहनुपर्थ्यो। मैले यो कुरा बुझेपछि, मैले सामर्थ्य पाएँ, र मैले याओ लान र जियाओमिनको बारेमा उजुरी गर्दै मेरा अगुवाहरूलाई एउटा पत्र लेखेँ।

केही दिनपछि, अगुवाहरूले याओ लान र जियाओमिनले गरेका दुष्ट कार्यहरूका तथ्यहरूलाई खुलासा गर्नको लागि सबै दाजुभाइ-दिदीबहिनीहरूलाई भेला गरे। सिद्धान्तहरू अनुसार, याओ लान, उनका श्रीमान, र जियाओमिन सबैलाई तिनीहरूका कर्तव्यबाट निकालियो। याओ लान र उनकी छोरीले यसको बारेमा मनन गरेनन् वा आफूलाई चिन्‍ने प्रयास गरेनन्, बरु पछुतो लागेको नाटक गर्दै तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको घर-घर गए, र दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने प्रयास गर्दै तिनीहरूले तिनीहरूलाई कति गलत रूपमा व्यवहार गरिएको छ भनेर गुनासो गरे। तिनीहरू पूर्ण रूपमा पश्‍चाताप विहीन थिए, र अन्तिममा, तिनीहरूका दुष्ट कार्यहरूको कारण, तिनीहरूले ख्रीष्ट-विरोधी र दुष्कर्मीहरू बन्‍ने अठोट गरेका थिए, जसले सबै प्रकारका दुष्ट कामहरू गरेका थिए, र जसलाई मण्डलीबाट निकाला गरियो। मण्डली जीवन सामान्य स्थितिमा फर्कियो, दाजुभाइ-दिदीबहिनीहरूले ताली बजाए र हर्षोल्‍लास मनाए, र सबैले परमेश्‍वरको धार्मिकता र पवित्रताको प्रशंसा गरे। यसले मलाई अझै स्पष्ट रूपमा के कुरा देख्‍न सहायता गर्‍यो भने, परमेश्‍वरको घरमा धार्मिकता र सत्यता नै मुख्य हुन्छ, ख्रीष्‍टले नै शासन गर्नुहुन्छ, र ख्रीष्ट-विरोधी दुष्ट शक्तिहरू जति नै दुष्ट र व्याप्त भए पनि वा तिनीहरू जति नै शक्तिशाली भए पनि, तिनीहरूले परमेश्‍वरको अख्तियारलाई जित्‍न वा परमेश्‍वरको काममा वाधा दिन सक्दैनन्, कसैको गन्तव्यलाई नियन्त्रण गर्ने कुरा त परै जाओस्। परमेश्‍वरको हातमा तिनीहरू चेसका गोटी जस्तै हुन्, परमेश्‍वरका चुनिएका जनहरूलाई भेदशक्तिको विकास गर्न सहायता गर्ने औजारहरू हुन्। तिनीहरूको कार्य-प्रदर्शनले गर्दा अरूले ख्रीष्ट-विरोधी र दुष्ट मानिसहरूलाई वास्तविक रूपमा चिन्‍न सहायता गर्छ, ताकि तिनीहरूले बाटो नबिराऊन्। यी ख्रीष्ट-विरोधीहरूलाई उजुरी गरेको यो अनुभवबाट, मलाई परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि, मार्गदर्शन, र अगुवाइले नै अन्धकारका शक्तिहरूलाई तोड्न र सत्यताको अभ्यास गर्न सक्‍ने तुल्यायो। मलाई हृदयमा सहज र शान्तिको महसुस भयो, र मलाई यसरी व्यवहार गर्नु मात्रै गरिमा र इज्‍जत सहित जिउने एक मात्र तरिका हो भन्‍ने लाग्यो; मलाई मुक्त र स्वतन्त्र भएको अनुभूति भयो। यो इमानदार उजुरी लेख्‍नुको फल थियो।

सारा महिमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई होस्! आमेन!

फूटनोटहरू:

क. मूल पाठमा “यो हुन अयोग्य हुनुको सङ्केत हो” भनेर पढिन्छ।

ख. मूल पाठमा “साथै उल्‍लङ्घन गरिन नसक्‍नुको प्रतीक (र उल्‍लङ्घन गरिएको नसहनु)” भनेर पढिन्छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

मौनताको पछाडि

ली झी, ग्रीसम खासै धेरै बोल्ने मान्छे होइन, र म अकसर मनदेखि खुलेर कुरा पनि गर्दिँनँ। मैले सधैँ यो मेरो अन्तर्मुखी व्यक्तित्वले गर्दा भएको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्