के हामी परम्‍परागत सदाचारहरूअनुसार जिउनुपर्छ?

25 फेब्रुअरी 2023

म प्राथमिक स्कूलमा छँदा, एउटा पाठले मलाई गहन प्रभाव पारेको थियो, जुन कोङ रोङले नास्पातीहरू दिएको कथा हो। कोङ रोङले आफ्ना दाजु र भाइहरूलाई सबैभन्दा ठूला नास्पातीहरू दिए, तर आफूले सबैभन्दा सानो नास्पाती लिए, र बुबाले तिनको प्रशंसा गरे। तिनको कथा थ्री क्यारेक्टर क्लासिक अर्थात् तीन अक्षरे कृतिमा लेखिएको थियो। त्यो बेला, मलाई तिनको चरित्र उत्कृष्ट लाग्थ्यो, र मैले पनि मनमनै त्यस्तै बालक बन्छु भनेर सोचेकी थिएँ। त्यसकारण, सानैदेखि कुनै मीठो वा रमाइलो कुरा छ भने, मलाई त्यो मन परे पनि, म कोङ रोङको अनुकरण गर्दै ती कुरा मेरा दिदी र बहिनीहरूलाई दिन्थेँ, र तिनीहरूसँग कहिल्यै झगडा गर्दिनथिएँ। यसले गर्दा मेरा दिदीबहिनीहरूले मलाई धेरै मन पराउँथे, ठूला-बडाहरूले मेरो झनै धेरै प्रशंसा गर्थे, र अरू बालबच्‍चाहरूलाई मबाट सिक्नू भन्थे। यसले गर्दा म मानिसहरूमा हुनुपर्ने मानवता यस्तै हो भनेर झनै बढी सोच्थेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि, म ब्रदर-सिस्टरहरूसँग पनि यस्तै मिलनसार भएँ। म आफ्‍नो कर्तव्य र जीवनमा, चीजबीजका लागि कहिल्यै पनि झगडा गर्थिनँ। सबै कुरामा म सधैँ अरूलाई प्राथमिकता दिन्थेँ। त्यसकारण, ब्रदर-सिस्टरहरूले मलाई मन पराउँथे, र सबैले म सहज र मिलनसार छु, स्वार्थी छैन, र अरूप्रति विचार पुऱ्याउँछु भनेर भन्थे। यसरी व्यवहार गर्दा मलाई आफैप्रति निकै गर्व लाग्थ्यो, र म सधैँ मेरो मानवता असल छ भनेर सोच्थेँ। पछि, निश्‍चित वातावरणहरूद्वारा खुलासा गरिएपछि, मैले विभिन्‍न कामकुराप्रतिको मेरा भ्रमित दृष्टिकोणहरूलाई बल्‍ल केही मात्रामा बुझेँ।

यस वर्षको जनवरीमा, सुसमाचार कामका आवश्यकताहरूको कारण, धेरै जना नयाँ सुसमाचार र मलजल सेवकहरू खोज्‍नुपर्ने भयो, त्यसकारण मैले मलजलकर्ताहरूलाई निरन्तर खोज्नु र तालिम दिनुपऱ्यो। कहिलेकहीँ, मलजलको लागि उपयुक्त ब्रदर-सिस्टरहरू भेट्टाउँदा, मभन्दा अगाडि नै सुसमाचार सेवकले तिनीहरूलाई लगिसकेका हुन्थे। यसमा मलाई निकै नरमाइलो लाग्थ्यो, तर मलाई यो कुरा भन्न असाध्यै लाज लाग्थ्यो, किनभने सबैले मलाई स्वार्थी ठान्‍नेछन् भन्ने म सोच्थेँ। त्यसकारण, मैले एउटा उपाय निकालेँ। म जानाजानी मलजल डिकनलाई मेसेज पठाउँथेँ, र तिनलाई मलजलको लागि योग्य मानिसहरूलाई सुसमाचार सेवकहरूले लगेका छन् भनेर भन्थेँ। यसले गर्दा मलजल डिकन सुसमाचार सेवकहरूप्रति पूर्वाग्रही बने र तिनीहरूबीच मैत्रीपूर्ण सहकार्य असम्‍भव भयो। यसबारे माथिल्‍लो तहका अगुवाले थाहा पाएपछि, उनले मलाई कडाइका साथ निराकरण गरिन् र कलह पैदा गरेर मण्डलीको काममा बाधा पुऱ्याउने यस्ता कुराहरू भनेकोमा मलाई खुलासा गरिन्। काटछाँट र निराकरणमा पर्दा मलाई दुःख लाग्यो, तर मैले कुनै पनि हिसाबले आत्मचिन्तन गरिनँ वा आफूलाई चिनिनँ।

त्यसपछि एक दिन, मैले लेइसी नामकी सिस्टर क्षमतावान् र समझदार छिन्, त्यसकारण उनी मलजल कामको लागि अत्यन्तै उपयुक्त व्यक्ति हुन् भन्‍ने सुनेँ। म नयाँ विश्‍वासीहरूलाई मलजल गर्न यी सिस्टरलाई सरुवा गराइमाग्न मण्डली अगुवाकहाँ गएँ। तर पछि, सुसमाचार प्रचार गर्न तत्काल मानिसहरूको खाँचो पऱ्यो, र मण्डली अगुवाले लेइसीलाई सुसमाचार सुनाउन पठाइन्। यो खबर सुनेपछि, मलाई निकै दुःख लाग्यो, र यसबारे मण्डली अगुवासँग कुरा गर्न मन लाग्यो, तर, यदि मैले त्यसो गरेँ भने, ब्रदर-सिस्टरहरूले पक्‍कै पनि मलाई म स्वार्थी छु र म यस्ता कुराहरूमा झगडा गर्न मन पराउँछु भनेर सोच्‍नेछन् भन्‍ने सोचेँ। मैले मनमनै भनेँ, “होस्, मैले यसो गर्नु हुँदैन। त्यसरी, म उदार र राम्रो प्रकृतिको व्यक्ति देखिनेछु।” त्यसकारण, मैले आफ्‍नो नाराजीलाई दबाएर राखेँ, मैले ढोँग गर्दै म लेइसीको निम्ति खुसी छु, र मलजल र सुसमाचार काम दुवै परमेश्‍वरको घरका काम हुन् भनेर भनेँ। पछि, मण्डली अगुवाले यसो भनेको सुनेँ, “ब्रदर जेरोमको क्षमता राम्रो छ र समस्याहरू समाधान गर्न तिनले सत्यतामा राम्ररी सङ्गति गर्छन्।” म यी ब्रदरलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न बोलाउन चाहन्थेँ, तर अनपेक्षित रूपमा, मण्डली अगुवाले तिनलाई सुसमाचार काममा पठाइसकेकी छु भनेर भनिन्। मैले अब यो कुरा सहनै सकिनँ। यसअघि, उनले सिस्टर लेइसीलाई सुसमाचार प्रचार गर्न पठाएकी थिइन्। किन उनले अर्को व्यक्तिलाई पनि सुसमाचार काममा खटाइन्? मलजलको काम गर्नको लागि हामीलाई मानिसहरूको धेरै खाँचो थियो। त्यसकारण, मैले मण्डली अगुवालाई यो परिस्थितिबारे बताएँ। मेरो कुरा सुनेपछि, उनले भनिन्, “मलजल कामको लागि ब्रदर जेरोमको धेरै खाँचो भएकोले म तिनलाई तपाईंसँग राख्नेछु।” तर मण्डली अगुवाले तिनलाई सुसमाचार काममा पठाइसकेकी हुनाले, यदि मैले तिनलाई लिने जोड गरेँ भने, तिनीहरूले मलाई म स्वार्थी छु र असल मानिसहरू लिन जोड गर्छु भनी सोच्‍छन् भन्‍ने चिन्ता लाग्यो। त्यसकारण, मैले तिनलाई सुसमाचार प्रचार गर्न नै दिने निर्णय गरेँ। यसबाट ममा असल मानवता छ, म स्वार्थी छैनँ, र अरूप्रति विचार पुऱ्याउन सक्छु भन्‍ने देखिनेथियो। समूहमा, मैले जेरोम असल सुसमाचार प्रचारक हुनेछन् भनेर मेसेज गरेँ र धेरैवटा खुसी दर्शाउने इमोजीहरू पठाएँ। वास्तवमा, यो सबै नाटक मात्रै थियो। म निकै भयानक मनस्थितिमा थिएँ, र ममा गुनासै-गुनासो थियो। कसरी अगुवाले सुसमाचार कामको लागि मात्र असल व्यक्तिहरू चाहिएको छ भनेर सोच्‍न सकिन्? उनले हाम्रा वास्तविक कठिनाइहरू देखिनन्। यसबारे जति सोचेँ, मलाई त्यति नै दुःख लाग्यो।

केही दिनपछि, मलाई अर्को परिस्थिति आइपर्‍यो। अगुवाले हामीलाई भर्खरै वृद्धि-विकास गरेका व्यक्तिहरूबारे रिपोर्ट बुझाउन अनुरोध गरिन्। सुसमाचार सेवकहरूले हामी मलजलकर्ताहरूले भन्दा धेरै मानिसहरूलाई वृद्धि-विकास गरिरहेका छन् भन्‍ने देखेँ, र मलाई फेरि यो असह्य भयो। मेरो मन असन्तुष्टि र गुनासोले तुरुन्तै भरियो। तिनीहरूले यति धेरै मानिसहरूलाई वृद्धि-विकास गर्छन् भन्‍ने मैले अपेक्षा गरेकी थिइनँ। मैले तिनीहरूलाई लेइसी र जेरोमलाई लिनसमेत दिएकी थिएँ। यो एकदमै अनुचित थियो। अहिले मलजलकर्ताहरूभन्दा सुसमाचार प्रचारकहरू धेरै थिए। भविष्यमा धेरै नयाँ विश्‍वासीहरू आउनेछन् र हाम्रो मलजलकर्ता कति थोरै छन् भन्‍ने सोच्दा, मलाई निकै दबाब महसुस भयो, साथै मेरा अगुवाप्रति पूर्वाग्रह पैदा भयो। मलाई उनले सुसमाचार कामबारे मात्रै सोच्छन्, र मलजल कामबारे कसैले सोच्दैनन् भन्‍ने जस्तो लाग्यो। यसबारे जति सोचेँ, मलाई त्यति नै नरमाइलो लाग्यो, र म बसेर नरोई सकिनँ। सुसमाचार डिकन र मण्डली अगुवाले हाम्रो समूहका नयाँ विश्‍वासीहरूबारे उत्साहका साथ बताएका देख्दा, मलाई आफू बिरानो व्यक्तिजस्तो लाग्यो, र मलाई यति हरेश लाग्यो कि समूह छोड्नसमेत मन लाग्यो। त्यस दिन दिउँसो, म यति दुःखी भएँ कि मलाई खानसमेत मन लागेन। म ओछ्यानमा एकलै सुँक्‍कसुँक्‍क गर्दै पल्टिरहेँ, र यदि यस्तै भइरह्यो भने, म बिरामी पर्नेछु जस्तो लाग्यो। मैले चिनेकी सिस्टरले मेरो स्थिति थाहा पाएपछि, अरूले मलाई नम्र ठानेर आदर गरून् भनी म सीधै बोल्दिनँ र आफ्‍नो वास्तविक रूप लुकाउँछु भनेर भनिन्। मेरी सिस्टरले सम्झाएपछि, मैले बल्‍ल आत्मचिन्तन गर्न थालेँ।

मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “वास्तवमा फरिसीहरू को हुन् भन्‍ने कुरा के तिमीहरूलाई थाहा छ? के तिमीहरूको छेउछाउमा कुनै फरिसीहरू छन्? यी मानिसहरूलाई किन ‘फरिसीहरू’ भनिन्छ? फरिसीहरूलाई कसरी व्याख्या गरिन्छ? तिनीहरू ढोङ्गी, पूर्ण रूपमा बनावटी मानिसहरू हुन्, र तिनीहरूले आफूले गर्ने हरेक काममा नाटक गर्छन्। तिनीहरूले के नाटक गर्छन्? आफू असल, दयालु, र सकारात्मक भएको नाटक गर्छन्। के तिनीहरू वास्तवमा यस्तै हुन्छन् त? बिलकुलै हँदैनन्। तिनीहरू ढोङ्गीहरू भएका हुनाले, तिनीहरूमा देखिने र प्रकट हुने हरेक कुरा झूटो हुन्छ; यो सबै बहाना हो—यो तिनीहरूको साँचो रूप होइन। तिनीहरूको साँचो अनुहार कहाँ लुकेको हुन्छ? यो अरूले कहिल्यै नदेख्‍ने गरी तिनीहरूको हृदयभित्रको गहिराइमा लुकेको हुन्छ। बाहिर देखिने हरेक कुरा नाटक हुन्छ, यो सबै बनावटी हुन्छ, तर तिनीहरूले मानिसहरूलाई मात्र मूर्ख बनाउन सक्छन्; परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैनन्। … अरूको लागि, यस्ता मानिसहरू अत्यन्तै भक्त र नम्र देखिन सक्छन्, तर यो वास्तवमा देखावटी मात्र हो; तिनीहरू सहनशील, धैर्य, र प्रेमिलो देखिन्छन्, तर यो वास्तवमा बहाना मात्र हो; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छौं भनी भन्छन्, तर त्यो वास्तवमा नाटक मात्र हो। अरूले यस्ता मानिसहरूलाई पवित्र सोच्छन्, तर यो वास्तवमा नौटङ्की मात्र हुन्छ। साँचो रूपमा पवित्र व्यक्तिलाई कहाँ भेट्न सकिन्छ? मानव पवित्रता सबै देखावटी हो। यो सबै नाटक र बहाना मात्र हो। बाहिरी रूपमा, तिनीहरू परमेश्‍वरप्रति निष्ठावान देखिन्छन्, तर वास्तवमा तिनीहरूले अरूले देखून् भनेर मात्रै कार्य प्रदर्शन गरिरहेका हुन्छन्। जब कसैले हेरिरहेका हुँदैनन्, तिनीहरू अलिकति पनि निष्ठावान हुँदैनन्, र तिनीहरूले गर्ने हरेक कुरा झारा टार्ने शैलीका हुन्छन्। सतही रूपमा, तिनीहरूले आफैलाई परमेश्‍वरमा समर्पित गरेका छन्, र आफ्‍ना परिवार र जागिर छोडेका छन्। तर गोप्य रूपमा तिनीहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरको लागि काम गर्ने नाउँमा गोप्य रूपमा मण्डलीमा आफ्नै उद्यम सञ्‍चालन गरिरहेका र आफ्‍नै कारोबार अघि बढाइरहेका हुन्छन्, र मण्डलीबाट लाभ लिइरहेका र भेटी चोरिरहेका हुन्छन्…। यी मानिसहरू आधुनिक ढोङ्गी फरिसीहरू हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। “यदि तैँले पछ्याउने कुरा सत्यता हो, र तैँले अभ्यास गर्ने कुरा सत्यता हो, र तेरा बोली र कार्यहरू परमेश्‍वरका वचनहरूमा आधारित छन् भने, अरूले सिद्धान्तअनुसारका तेरा बोली र कार्यहरूबाट लाभ र प्राप्ति हासिल गर्नेछन्। के त्यो तिमीहरू दुवैका लागि लाभदायी हुनेछैन र? यदि तँ परम्परागत संस्कृतिको सोचद्वारा बाँधिएर जिउँछस्, अरूले देखावटी व्यवहार गर्दा तँ पनि त्यसै गर्छस्, तिनीहरूले झुक्दै सम्‍मान दिँदा तैँले भद्र शिष्टता देखाउँछस्, र यसरी तिमीहरूले एकअर्कोको लागि देखावटी व्यवहार गर्छौ भने, तिमीहरू दुवै असल होइनौ। तँ र तिनीहरू झुक्दै सम्मान गर्दै हिँड्छौ अनि सत्यताबिना दिनभरि शिष्टतामा अलमिलन्छौ, र जीवनमा परम्परागत संस्कृतिले प्रवर्धन गरेको असल व्यवहार मात्र अँगाल्छौ। बाहिरबाट हेर्दा यस्तो व्यवहार परम्परागत देखिए पनि, यो सब आडम्बर हो, अरूलाई छल्ने र फसाउने, मान्छेलाई मूर्ख र बेबकुफ बनाउने, एक शब्द पनि इमानदार नहुने व्यवहार हो। तैँले यस्तो व्यक्तिसँग मित्रता गाँसिस् भने, अन्त्यमा तँ मूर्ख बन्छस् र उसको चालमा पर्छस्। तिनीहरूको राम्रो व्यवहारबाट तेरो लागि शिक्षाप्रद हुने कुनै कुरा पनि प्राप्त गर्न सकिँदैन। यसले तँलाई सिकाउने भनेकै झूट र छल हो: तैँले तिनीहरूलाई छल्छस्, तिनीहरूले तँलाई छल्छन्। अन्त्यमा तँलाई तेरो निष्ठा र मर्यादाको अत्यधिक अपमान भएको महसुस हुन्छ, र त्यसलाई तैँले केवल सहनुपर्ने हुन्छ। तैँले अझै बनावटी शिष्टचार र सुसंस्कृत भ्रदता देखाउनुपर्ने हुन्छ, अरूसँग बाझ्नु हुँदैन वा तिनीहरूबाट धेरै अपेक्षा गर्नु हुँदैन। तँ अझै धैर्य र सहनशील हुनुपर्नेछ, मुस्कान छर्दै उदासीन र खुल्ला मनले उदारताको बहाना गर्नुपर्नेछ। यस्तो स्थिति हासिल गर्न कति वर्षको कठिन तालिम चाहिन्छ? यदि तैँले आफूलाई अरूको अगाडि यसरी जिउन दबाब दिन्छस् भने, के तेरो जीवन थकाइलाग्दो हुनेछैन र? तँलाई आफूमा यति धेरै प्रेम छैन भन्‍ने राम्ररी थाहा भएर पनि, आफूसँग धेरै प्रेम भएको बहाना गर्नु—यस्तो ढोँग गर्नु सजिलो छैन! तैँले व्यक्तिको रूपमा यसरी व्यवहार गर्दा झनै बढी थकाइ महसुस गर्नेछस्; तँ तेरो अर्को जुनीमा मान्छेभन्दा गाई वा घोडा, सुँगुर वा कुकुर भएर जन्मनु राम्रो हुनेछ। मान्छेहरू तेरो लागि अति झुटा र दुष्ट छन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (३))। मानिसहरू परम्‍परागत संस्कृतिका विचारहरूको आधारमा ढोँगी जीवन जिउँछन्, जसले पीडा, निराशा, र एकलोपन मात्रै ल्याउँछ भनेर परमेश्‍वरले प्रकट गर्नुभयो। यसले मलाई भित्रैदेखि छोयो, किनभने यी विचारहरूले मलाई गहन रूपमा हानि गरेका थिए। विशेष गरी यो भाग पढ्दा, “तँलाई आफूमा यति धेरै प्रेम छैन भन्‍ने राम्ररी थाहा भएर पनि, आफूसँग धेरै प्रेम भएको बहाना गर्नु—यस्तो ढोँग गर्नु सजिलो छैन!” मलाई निकै लाज लाग्यो। यी वचनहरूले मलाई नै व्याख्या गरेका थिए। स्पष्टतः, म त्यति उदार थिइनँ, तर मैले उदार भएको नाटक गर्नुपरेको थियो, र मण्डलीको कामलाई ध्यान नदिँदा पनि, ध्यान दिएको नाटक गरेँ। लेइसी र जेरोमलाई सुसमाचार प्रचार गर्न लगाइँदा, म स्पष्ट रूपमा नै बेखुस थिएँ, तर म जबरजस्ती मुस्कुराएँ, र तिनीहरूले सुसमाचार प्रचार गर्ने कुरामा म खुसी भएको मेसेजसमेत पठाएँ। म अति झूटो र वास्तविक रूप लुकाउने व्यक्ति थिएछु। परमेश्‍वरको वचनले फरिसीहरू सधैँ वास्तविक रूप लुकाउने ढोँगीहरू थिए भनेर खुलासा गर्छ। यसो हेर्दा, तिनीहरूमा असल मानवता छ, र तिनीहरू सहनशील, नम्र, र धर्मनिष्ठजस्तो देखिन्थे, तर वास्तवमा, तिनीहरूले मानिसहरूलाई छल गरेर फन्दामा पार्न, आफ्‍नो हैसियत र पदको रक्षा गर्न यो विधि प्रयोग गर्थे। सत्यता र परमेश्‍वरलाई घृणा गर्नु तिनीहरूको सार थियो, त्यसैले प्रभु येशूले तिनीहरूलाई सर्पहरू भनी निन्दा गर्नुभयो र तिनीहरूलाई धिक्कार भन्नुभयो। यी कुराहरूलाई मनन गर्दा, मलाई डर लाग्यो। मेरो ढोँगीपन फरिसीहरूको जस्तै थियो। कर्मचारी नियुक्ति गर्ने मामिलामा, मैले म अरूसँग लडाइँ गर्दिनँ भनेर देखाएकी थिएँ, र यसको सट्टा अरूबाट राम्रो मूल्याङ्कन पाउन चाहन्थेँ। मैले मण्डलीका हितकै लागि यी सब गरेकी हुँ भनेर भन्थेँ, तर मैले आफ्‍नै छविबारे विचार गरिरहेकी थिएँ। सुसमाचार प्रचारकहरूले मलाई स्वार्थी, कमजोर मानवता भएको, र मण्डलीको कामलाई विचार नगर्ने व्यक्ति भन्‍नेछन् भन्‍ने मलाई चिन्ता लागेको थियो, त्यसकारण मैले आफूलाई संयम राख्‍नुपर्थ्यो। म बाहिरी रूपमा उदार र दिलदार देखिए पनि, म अति पीडामा हुन्थेँ र ममा ठूलो नाराजी हुन्थ्यो, अनि मण्डली अगुवा र सुसमाचार डिकनहरूप्रति पूर्वाग्रहसमेत राख्थेँ। तर मैले यी सोचाइलाई तिनीहरूबाट लुकाएर राखेँ, ताकि ब्रदर-सिस्टरहरूले ममा असल मानवता छ र म मण्डलीको कामलाई कायम राख्न सक्छु भन्‍ने ठानून्। मैले आफ्‍ना अभिप्रायहरू र आफूले प्रकट गरेको कुरालाई मनन गरेँ, र आफ्‍नो व्यवहारप्रति मलाई घृणा जाग्यो। मैले आफ्नो देखावटी असल कार्यद्वारा मानिसहरूलाई छल गरेँ र तानेँ, आफ्‍नै छवि बनाएँ, र मैले भनेका र गरेका सबै कुरा परमेश्‍वरको लागि घृणित र तिरस्कारपूर्ण थिए।

पछि, मैले परम्‍परागत संस्कृति र सदाचारबारे विश्‍लेषण गर्ने परमेश्‍वरको सङ्गति निकैपटक सुनेँ, र मनन गर्न थालेँ। मलाई कस्तो प्रकारको परम्‍परागत सांस्कृतिले नियन्त्रण गरेको थियो जसले गर्दा म यति ढोँगी भएर पीडामा जिएँ? मैले परमेश्‍वरका केही वचनहरू पढेँ। “परम्परागत संस्कृतिमा कोङ रोङले ठूला नस्पातिहरू दिएको एउटा कथा छ। तिमीहरूलाई के लाग्छ: के कोङ रोङजस्तो हुन नसक्‍ने कोही असल व्यक्ति होइन र? मानिसहरू कोङ रोङजस्तो हुन सक्‍ने व्यक्ति कुलिन चरित्रको, निष्ठामा दृढ, र निःस्वार्थ रूपमा परोपकारी—अर्थात असल व्यक्ति हुन्छ भनेर सोच्ने गर्थे। के यो ऐतिहासिक कथाको कोङ रोङ सबैले पछ्याएको आदर्श व्यक्ति हो? के यस पात्रले मानिसहरूको हृदयमा निश्‍चित ठाउँ ओगट्को छ? (छ।) तर उसको नामले होइन, उसको सोच र अभ्यास, उसको नैतिकता र व्यवहारले मानिसहरूको हृदयमा ठाउँ ओगटेको हुन्छ। मानिसहरूले यस्ता अभ्यासहरूलाई ठूलो महत्त्व र अनुमोदन प्रदान गर्छन्, अनि भित्रभित्रै कोङ रोङको सद्गुणको प्रशंसा गर्छन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। “बुद्धिजीवीहरू परम्परागत संस्कृतिद्वारा गहन रूपमा प्रभावित हुन्छन्। तिनीहरूले यसलाई केवल स्विकार्ने मात्र गर्दैनन्—बरु ती परम्परागत संस्कृतिका धेरै सोच र दृष्टिकोणहरूलाई हृदयभित्रैदेखि अँगाल्ने, र तिनलाई सकारात्मक कुराको दर्जा दिने गर्छन्। तिनीहरू केही प्रसिद्ध भनाइहरूलाई सूक्तिको रूपमा समेत लिन्छन्। यी कुरा गरेर तिनीहरू जीवनमा पथभ्रष्ट हुन्छन्। परम्परागत संस्कृति कन्फ्युसियसवादको शिक्षामा समाहित छ, जसमा मुख्यतः परम्परागत नैतिकता र संस्कृतिलाई बढवा दिने विचारधारा र सिद्धान्तहरू समावेश छन्। कन्फुसियस र मेन्सियसलाई सन्तको रूपमा श्रद्धा गर्ने शासकवर्गले आफ्नो राजवंशभरि यी शिक्षालाई ठूलो महत्त्व दिँदै आएका छन्। कन्फुसियसवादको शिक्षाअनुसार, मानिसले एक व्यक्तिको रूपमा आफूले परोपकार, न्याय, शिष्टाचार, बुद्धि र इमान्दारी कायम गरेको सुनिश्‍चत गर्नुपर्छ, त्यसको अर्थ परिस्थितिहरू आइपर्दा व्यक्तिले सर्वप्रथम शान्त र शालीन हुन, अनुग्रहशील बन्‍न, आफूले भन्‍नुपर्ने कुरा राम्रोसँग भन्‍न, प्रतिस्पर्धा वा लडाइँ नगर्न अनि अरूबाट आदर पाउन शिष्ट बन्‍न सिक्‍नुपर्छ—यस्तो व्यक्ति मात्र आफ्नो व्यवहारमा उदाहरणीय हुन्छ। यस्तो व्यक्तिले आफूलाई आम मानिसभन्दा माथि राख्छ; उसको लागि अरू सबै जना अनुग्रह र सहनशीलता प्रदान गरिनुपर्नेहरू हुन्। ज्ञानको ‘प्रभाव’ निकै ठूलो हुन्छ! के यस्ता मानिसहरू एकदमै ढोँगीजस्ता देखिँदैनन् र? धेरै ज्ञानले मानिसहरू ढोँगी बन्छन्। ज्ञानी र परिष्कृत शिक्षितहरूको यो झुन्डलाई ‘बौद्धिक माधुर्य’ भन्‍ने वाक्यांशले व्याख्या गर्छ। … तिनीहरू विशेष गरी आफूले भद्र ठानेका मानिसहरूले अपनाएको चालचलन अध्ययन र अनुकरण गर्ने लक्ष्यमा हिँड्छन्। तिनीहरू एकआपसमा कुरा गर्दा, कामकुराबारे छलफल गर्दा तिनीहरूको लवज कस्तो हुन्छ? तिनीहरू एकदमै कोमल अभिव्यक्तिहरू दिन्छन्, तिनीहरूका शब्दहरू परिष्कृत र सूक्ष्म हुन्छन्, र तिनीहरूले केवल आफ्नै राय मात्र व्यक्त गर्छन्। तिनीहरू अरूको राय गलत छ भनेर थाहा हुँदासमेत त्यसलाई गलत भन्दैनन्—त्यसरी एकले अर्कोलाई चोट पुऱ्याउँदैन। अनि, तिनीहरूको बोली पनि एकदमै नरम हुन्छ, नौनीजस्तै नरम: पीडारहित मिठास जसले सुन्‍नेहरूलाई वाकवाकी लगाउँछ, अनि चिन्तित र क्रोधित बनाउँछ। यस्ता मानिसहरू साँच्‍चै ढोँगी हुन्। तिनीहरू सानोभन्दा सानो कुरामा समेत ढोँग गर्छन्, राम्रोसँग ढाकछोप गर्छन्, अनि त्यो के हो भनेर कसैले बताउन सक्दैन। तिनीहरूले आम मानिसहरूअघि कस्तो हाउभाउ देखाउन चाहन्छन्? तिनीहरू कस्तो प्रकारको छवि बसाल्न चाहन्छन्? तिनीहरूले अरूलाई आफू विनम्र सज्‍‍जन भएको देखाउने प्रयास गर्छन्। सज्‍‍जनअरू सबैभन्दा श्रेष्ठ हुन्छन्; तिनीहरू आदरयोग्य हुन्छन्। तिनीहरूको रायले सामान्य व्यक्तिको रायले भन्दा बढी महत्त्व राख्छ, र तिनीहरूले राम्रोसँग कुरा बुझ्छन् भनेर मानिसहरूले सोच्ने गर्छन्, त्यसकारण उनीहरूले आफ्ना सबै मामिलामा यस्ता बुद्धीजीवीहरूसँग परामर्श लिन्छन्। ती बुद्धिजीवीहरूले प्राप्त गर्न चाहेको परिणाम यही हो। तिनीहरू सबै सन्तको रूपमा पुज्य हुन चाहन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग एक))। परमेश्‍वरको वचनले मेरो समस्यालाई सटीक रूपमा व्याख्या गर्‍यो। किन मैले यी ढोँगी असल कार्यहरूलाई अनुकरण गर्नुपर्ने सकारात्मक कुराको रूपमा लिन सकेँ? किनभने म कोङ रोङले नास्पातीहरू दिएको परम्‍परागत सांस्कृतिक विचारद्वारा प्रभावित थिएँ। म सानैदेखि यो विचारअनुसार जिएकी थिएँ। म असल बच्‍चा हुँ भनेर मानिसहरूलाई सोच्‍न लगाउन, आफ्ना धेरै खेलौना र खानेकुरा मेरा दिदीबहिनीहरूलाई दिन्थेँ। ठूलो भएपछि, म नम्र थिएँ र सबै कुरामा उदारता देखाउँथेँ। मैले त्यो मन नलागी-नलागी गर्ने भए पनि, त्यसो गरेर मात्रै ममा असल मानवता र असल बानीबेहोरा छ भन्‍ने देखिन्छ, र अरूबाट आदर पाउने एउटै मात्र तरिका यही हो भनेर सोच्थेँ, त्यसकारण म मन नलागी-नलागी ती कुरा सहन्थेँ। परमेश्‍वरमा विश्‍वास गरेपछि पनि म अझै यो परम्‍परागत धारणालाई सत्यताको रूपमा अभ्यास गर्थेँ। यी दुई कर्मचारी नियुक्ति गर्ने मामिलामा, म सहनशील भइरहेकी थिएँ। स्पष्ट रूपमा मलजलकर्ताको कमी थियो, तर मैले निस्स्वार्थ भक्तिको मुकुण्डो ओडेँ र मलजल कार्यको लागि उपयुक्त दुई व्यक्तिलाई सुसमाचार प्रचार गर्न दिएँ। यसले मलाई निकै आदर्श र उदार देखायो, तर वास्तवमा, कर्मचारी कम भएको कारण म यति नकारात्मक भएँ कि लुकेर धेरैपटक रोएँ। मैले मण्डली अगुवाप्रति पूर्वाग्रह पालेँ, र आखिर, मलजल काममा असर पुग्‍यो। यसरी “दिनुको” अर्थ के रह्यो र? मैले आफ्‍नो असल छविको लागि कोङ रोङको जस्तै आदर्श व्यवहार अपनाएँ, र यसले मण्डलीलाई असर गर्छ कि गर्दैन भनेर वास्ता गरिनँ। म एउटा असली ढोँगी थिएँ। मलाई साँच्‍चै मण्डलीको कामको चिन्ता भएको भए, मैले मलजल कामको वास्तविक आवश्यकताअनुसार कर्मचारीको खाँचो मूल्याङ्कन गर्नेथिएँ, तर आफ्‍नो छवि जोगाउन, सिद्धान्तहरू पालन नै गरिनँ। कर्मचारीको कमीको कारण मलजल काममा असर पर्दासमेत, अझै उदार भई मानिसहरूलाई छोडिदिन जोड गरेँ। मैले अरूको प्रशंसा त कमाएँ तर मलजल काममा ढिलाइ गरेँ। परमेश्‍वरले यस्ता मानिसहरूलाई ढोँगी भन्‍नु अचम्‍म होइन। मेरो व्यवहार साँच्‍चै नै गलत छ भन्‍ने मलाई महसुस भयो।

पछि, मैले परमेश्‍वरका केही वचनहरू पढेँ, जसले मेरो मन छोए। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरूले स्पष्टसित के कुरा जान्‍नुपर्छ भने, सद्गुणसम्बन्धी कुनै पनि भनाइ सत्यता होइन, यसले सत्यताको ठाउँ लिने त कुरै नगरौँ। ती सकारात्मक कुरा पनि होइनन्। यो निश्‍चित रूपले भन्‍न सकिन्छ कि सद्गुणसम्बन्धी ती भनाइहरू विधर्मी भ्रमहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई झुक्क्याउँछ। ती कुरा मानिसहरूमा हुनुपर्ने सत्यताको वास्तविकता होइनन्, न त सामान्य मानवजातिले जिउनुपर्ने सकारात्मक कुरा नै हुन्। सद्गुणसम्बन्धी यी भनाइहरूमा कृत्रिमता, ढोँग, जालसाजी र चालहरू हुन्छन्—ती झूटा व्यवहार हुन्, ती मानिसहरूको विवेक र समझ वा तिनीहरूको सामान्य सोचाइबाट उत्पन्‍न भएका होइनन्। तसर्थ, सद्गुणसम्बन्धी परम्परागत संस्कृतिका सबै भनाइहरू निराधार र निरर्थक विधर्म र भ्रमहरू हुन्। सद्गुणबारे शैतानले अघि सारेका ती भनाइहरूलाई आज यी केही सङ्गतिद्वारा पूरै मरणासन्‍न पारिएको छ। यदि ती सकारात्मक कुरासमेत होइनन् भने, कसरी मानिसहरूले तिनलाई स्विकार्न सकेका छन्? कसरी मानिसहरू ती विचार र दृष्टिकोणअनुसार जिउन सकेका छन्? यसको कारण के हो भने, सद्गुणसम्बन्धी ती भनाइ मानिसहरूका धारणा र कल्पनासँग एकदमै राम्रोसँग मेल खान्छन्। यी भनाइहरूले प्रशंसा र अनुमोदनको भावना पैदा गर्छन्, त्यसकारण मानिसहरूले सद्गुणसम्बन्धी यी भनाइहरूलाई मनैदेखि स्वीकार गर्छन्, अनि ती अभ्यास गर्न नसके पनि, भित्रभित्रै उत्साहका साथ तिनलाई अँगाल्छन् र पूजा गर्छन्। यसरी शैतानले मानिसहरूलाई झुक्क्याउन, तिनीहरूका हृदय र व्यवहारलाई नियन्त्रण गर्न सद्गुणसम्बन्धी विभिन्‍न भनाइहरू प्रयोग गर्छ, किनभने मानिसहरू आफ्नो हृदयमा सद्गुणसम्बन्धी हरप्रकारका भनाइहरूलाई पूजा गर्छन् र अन्धाधुन्ध विश्‍वास गर्छन्, अनि तिनीहरू सबै अझ धेरै मर्यादित, कुलिन र दयालु भएको देखावटी गर्न ती कुरा प्रयोग गर्न मन पराउँछन्, र त्यसरी उच्‍च सम्मान र प्रशंसा पाउने आफ्नो लक्ष्य हासिल गर्छन्। सङ्क्षेपमा भन्‍नुपर्दा, मानिसहरूले सद्गुणसम्बन्धी कुनै न कुनै व्यवहार वा मानव गुण देखाउनुपर्छ भनेर सद्गुणसम्बन्धी सबै प्रकारका भनाइहरूले भन्‍ने गर्छन्। ती व्यवहार र मानव गुणहरू निकै भव्य देखिन्छन्, र तिनको सम्मान गरिन्छ, त्यसकारण सबै मानिस आफ्नो मनमा एकदमै धेरै त्यसैको आकाङ्क्षा राख्छन्। तर तिनीहरूले के विचार गरेका हुँदैनन् भने, सद्गुणसम्बन्धी यी भनाइहरू सामान्य व्यक्तिले पालन गर्नुपर्ने व्यवहारका सिद्धान्त हुँदै होइनन्; बरु, ती त व्यक्तिले बनावटी रूपमा धारण गर्न सक्‍ने विभिन्‍न प्रकारका ढोँगी व्यवहार हुन्। ती विवेक र समझबाट टाढिएका विचलनहरू हुन्, सामान्य मानवताको इच्छाबाट अलग्गिएका कुराहरू हुन्। शैतानले मानिसहरूलाई झुक्क्याउन, अनि त्यसलाई र ढोँगी सन्त भनाउँदाहरूलाई उपासना गर्न लगाउन सद्गुणसम्बन्धी गलत र बनावटी भनाइहरू प्रयोग गर्छ, र यसरी मानिसहरूलाई सामान्य मानवता र मानव व्यवहारको मापदण्डलाई साधारण, सरल र तुच्छ कुराको रूपमा समेत देखाउँछ। मानिसहरूले ती कुरालाई तिरस्कार गर्छन् र असाध्यै घृणित ठान्छन्, किनभने सद्गुणसम्बन्धी शैतान-समर्थित ती भनाइहरू हेर्दा अति मनमोहक र मानिसका धारणा र कल्पनाहरूसँग एकदमै मेल खाने हुन्छन्। तर तथ्य के हो भने, सद्गुणसम्बन्धी कुनै पनि भनाइ मानिसहरूले आफ्नो आचरण र संसारसँगको व्यवहारमा पालन गर्नुपर्ने सिद्धान्त होइन। यसबारे सोच्—के यो त्यस्तै होइन र? सारगत रूपमा, सद्गुणसम्बन्धी भनाइहरू मानिसहरूलाई सतही रूपमा अझ मर्यादित र उच्‍च जीवन जिउन लगाउने मापदण्ड मात्र हुन्, जसमार्फत तिनीहरूले अरूलाई आफ्नो उपासना र प्रशंसा गर्ने तर तुच्छ नठान्‍ने तुल्याउन सक्छन्। ती भनाइहरूको सारले के देखाउँछ भने, ती मानिसहरूले असल व्यवहारद्वारा सद्गुण देखाऊन् भन्‍ने मापदण्ड मात्र हुन्, र यसरी तिनले भ्रष्ट मानवताका महत्त्वाकाङ्क्षा र असाधारण चाहनाहरूलाई छोप्छन् र रोक्छन्, अनि मानिसको दुष्ट र घिनलाग्दो प्रकृति र सारलाई ढाकछोप गर्छन्। ती सतही असल व्यवहार र अभ्यासद्वारा व्यक्तिको व्यक्तित्व बढाउन, अरूको नजरमा उसको छवि उच्‍च पार्न र ऊप्रतिको संसारको सम्‍मानलाई अझ व्यापक पार्नका लागि हुन्। यी बुँदाहरूबाट सद्गुणसम्बन्धी भनाइहरू देखावटी व्यवहार र अभ्यासद्वारा मानिसका भित्री सोच र दृष्टिकोण, तिनीहरूको घृणित चेहरा, अनि तिनीहरूको प्रकृति र सारलाई ढाकछोप गर्नका लागि हुन् भन्‍ने देखिन्छ। के ती कुरालाई सफलतापूर्वक ढाकछोप गर्न सकिन्छ? ती कुरालाई ढाकछोप गर्ने प्रयास गर्दा ती सबै झन् बढी देखिँदैनन् र? तर शैतानले यसबारे वास्ता गर्दैन। त्यसको उद्देश्य भ्रष्ट मानवताको घृणित चेहरा ढाक्‍नु, मानिसको भ्रष्टताको सत्यता ढाकछोप गर्नु हो। त्यसकारण, शैतानले मानिसहरूलाई देखावटी सद्गुणी व्यवहार अपनाएर भेष बदल्न लगाउँछ, जसको अर्थ यसले सद्गुणका नियम र व्यवहारहरू प्रयोग गरी मानिसको स्वरूपको एउटा स्वच्छ प्याकेज बनाउँछ, जसले व्यक्तिको मानव गुण र व्यक्तित्वलाई सुदृढ़ देखाउँछ ताकि उसले अरूबाट सम्मान र प्रशंसा पाउन सकोस्। मुलतः सद्गुणसम्बन्धी ती भनाइहरूले कुनै व्यक्ति उसको व्यवहारको आधारमा उच्‍च छ कि तुच्छ छ भनेर निर्धारण गर्छन्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (१०))। परमेश्‍वरका वचनहरू पढिसकेपछि मात्रै मैले के बुझेँ भने मैले सधैँ भ्रामक दृष्टिकोण राखेर हिँडेकी रहेछु, अर्थात् मैले परम्‍परागत संस्कृतिको सदाचारलाई व्यक्तिको मानवता असल छ कि खराब छ भनेर मापन गर्ने मापदण्डको रूपमा लिएकी रहेछु। म गल्तीले सदाचारलाई सत्यताको रूपमा हेर्थेँ, सदाचार भएका मानिसहरूको मानवता असल हुन्छ भन्‍ने सोच्थेँ। वास्तवमा, सदाचार मानिसहरूले पछ्याउनुपर्ने जीवनको सिद्धान्त होइन। यो त ढोँग हो, र यसको सार शैतानले मानिसहरूलाई छल्न र भ्रष्ट तुल्याउन प्रयोग गर्ने विधि हो। शैतानले मानिसहरूमा जिउनका लागि नैतिक मापदण्डहरू हालिदिन परम्‍परागत संस्कृतिलाई प्रयोग गर्छ, ताकि तिनीहरूले आफ्‍नो वास्तविक रूप र आफ्‍नो भित्री भ्रष्टतालाई लुकाउन अनि अरूको आदर पाउनका लागि देखावटी असल कामहरू प्रयोग गरून्, परिणामस्वरूप, मानिसहरू झन् ढोँगी र छली बन्छन्। म पनि यस्तै छु भन्‍ने मलाई थाहा भयो। परम्‍परागत संस्कृतिको सदाचारलाई मैले आफ्ना कार्यहरूका लागि मापदण्डको रूपमा लिएकी थिएँ। म यस्ता कुराहरूमा झगडा गर्दिनँ, र अरूसँग मिलेर बस्‍न सक्छु जस्तो देखिए पनि, वास्तवमा, म असल छु भनेर मानिसहरूलाई भन्‍ने बनाउन र तिनीहरूको हृदयमा आफ्‍नो छविलाई कायम राख्‍न मैले जबरजस्ती असल कार्यहरू गरिरहेकी थिएँ। तर मैले मण्डलीको कामलाई ध्यान दिइरहेकी छु भनेर भनेँ। म कति छली थिएँ!

पछि, मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “समझदार र बुद्धिमान् व्यक्तिले परोपकार, न्याय, शिष्टाचार, बुद्धि र इमानदारीसम्बन्धी परम्परागत साँस्कृतिक विश्‍वासहरूबाट उत्पन्‍न विभिन्‍न व्यवहार र अपेक्षाहरूलाई तुरुन्तै विश्‍लेषण गर्नुपर्छ। हेर्, तीमध्ये कुन तँलाई सबैभन्दा बढी मन पर्छ, कुनलाई तँ निरन्तर पालन गर्छस्, र कुनचाहिँ तैँले मानिस र घटनाहरूलाई हेर्ने अनि तैँले व्यवहार र कार्य गर्ने तरिकाको निरन्तर आधार र मार्गदर्शन हो। त्यसपछि, तैँले पालन गर्ने कुराहरूलाई परमेश्‍वरका वचन र मापदण्डहरूसँग दाँजेर परम्परागत संस्कृतिका यी कुराहरू विरोधाभासपूर्ण र परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताको विपरीत छन् कि छैनन् भनेर हेर्नुपर्छ। यदि तैँले साँच्‍चि नै कुनै समस्या भेट्टाइस् भने, त्यो परम्परागत संस्कृति खास गरी कहाँनेर गलत र निरर्थक भएको छ भनेर तुरुन्तै विश्‍लेषण गर्नुपर्छ। तैँले यी समस्यालाई प्रस्ट पारिसकेपछि, सत्यता के हो र भ्रम के हो भनेर थाहा पाउनेछस्। तैँले अभ्यासको मार्ग पाउनेछस्, र आफू हिँड्ने मार्ग छनौट गर्नेछस्। यसरी सत्यता खोजी गर्, अनि तँ तेरा मार्गहरू सुधार्न सक्षम हुनेछस्(वचन, खण्ड ६। सत्यताको पछि लाग्‍नेबारे। सत्यता पछ्याउनु भनेको के हो (५))। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने यदि तपाईं यी परम्‍परागत विचारहरूअनुसार जिउन चाहनुहुन्‍न भने, पहिला, तपाईंले यी कुराहरूलाई चिनेर विश्‍लेषण गर्नुपर्छ, र ती कहाँ गलत छन्, किन ती निरर्थक छन्, ती कुराले कसरी सत्यता उल्‍लङ्घन गर्छन्, र तीअनुसार जिउँदा के-कस्ता परिणामहरू आउँछन् भन्‍ने कुरा पत्ता लगाउनुपर्छ। तपाईंले यी कुरालाई स्पष्टसित देखेपछि मात्रै ती त्याग्‍न र सत्यता स्वीकार गर्न सक्‍नुहुन्छ। मैले यस्तो सोच्‍न थालेँ: के कोङ रोङले नास्पातीहरू दिएको कथामा “दिने कार्य” सत्यताका सिद्धान्तहरूअनुसार छ? के यो “दिने कार्य” परमेश्‍वरले सामान्य मानवताको लागि दिनुभएको एउटा मापदण्ड हो? सबै कुरा सहनेहरू साँच्‍चै नै असल मानिस हुन्? मेरो आफ्‍नै अन्धो सहनशीलताले गर्दा मलजल कार्यमा गम्‍भीर रूपमा कर्मचारीको कमी भएको थियो। सबै कुरामा उदारता र सहनशीलता देखाउनको लागि, मैले धेरै ढोँगी झूटहरू बोलेँ। यी परम्‍परागत विचारहरूमा शिक्षा पाएकोले, म असल व्यक्ति बन्नुको सट्टा, ढोँगी र छली व्यक्ति बनेकी थिएँ। मैले अरूबाट उच्च आदर पाउँदा, म खुसी भइनँ, बरु म झन्-झन् निराश र दुःखी भएँ। यी कुरा मैले परम्‍परागत संस्कृतिको पूजा गर्दा पाएका तीता परिणामहरू थिए। परमेश्‍वरले परम्‍परागत संस्कृतिको सारलाई प्रकट नगर्नुभएको भए, म सारा जीवनभरि अन्धो हुनेथिएँ। सत्यता व्यक्त गर्नुभएकोमा र परम्‍परागत विचारहरूलाई विश्‍लेषण गर्नुभएकोमा, अनि मलाई जागरूक हुन सक्षम बनाउनुभएकोमा मैले परमेश्‍वरलाई धन्यवाद नदिरहन सकिनँ।

त्यसपछि, मैले के सोचेँ भने, “कोङ रोङको नास्पाती दिने सदाचार देखावटी असल व्यवहार मात्रै भएकोले, र तिनमा असल मानवता थियो भन्‍ने यसको अर्थ नभएको हुनाले, साँचो असल मानवता भनेको के हो त?” मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ, “असल मानवता हुनका लागि एउटा मापदण्ड हुनुपर्छ। यसमा संयमको बाटो अपनाउने, सिद्धान्तहरूलाई नपछ्याउने, कसैलाई चोट नपुऱ्याउन कोसिस गर्ने, जहाँ जाँदा पनि चापलुसी गरेर कृपा पाउने, आफूले भेट्ने सबै जनासँग नरम र चिप्लो कुरा गर्ने, र सबैलाई आफ्नो बारेमा राम्रो कुरा गर्न लगाउने कुरा समावेश हुँदैन। यो मापदण्ड होइन। त्यसो भए, मापदण्ड के हो त? मापदण्ड भनेको परमेश्‍वर, सत्यता, कर्तव्य निर्वाह, अनि हरप्रकारका मानिस, घटना र परिस्थितिसितको व्यवहारमा सिद्धान्तहरू अपनाउनु र जिम्मेवारी उठाउनु हो। यो सबैले स्पष्ट रूपमा देख्‍न सक्‍ने कुरा हो; यो कुराको बारेमा सबैलाई आफ्‍नो हृदयमा स्पष्ट थाहा हुन्छ। यसबाहेक, परमेश्‍वरले मानिसहरूको हृदय तलास गर्नुहुन्छ र तिनीहरू प्रत्येकको हर अवस्थाबारे जान्नुहुन्छ; तिनीहरू जोसुकै होऊन्, कसैले पनि परमेश्‍वरलाई मूर्ख बनाउन सक्दैन। कतिपय मानिसहरू आफूसँग असल मानवता छ, आफू कहिल्यै अरूको बारेमा नराम्रो बोल्दिनँ, र अरूको हितहरूमा कहिल्यै हानि गर्दिनँ भनेर सधैँभरि घमन्ड गर्छन्, र आफूले अरू मानिसहरूका सम्पत्तिहरूको कहिल्यै लालच नगरेको दाबी गर्छन्। जब हितहरूको विषयमा विवाद हुन्छ, तिनीहरू अरूको फाइदा उठाउनुभन्दा घाटा सहन रुचाउँछन्, र अरू सबैले तिनीहरूलाई असल मानिस ठान्छन्। तापनि, परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरू चलाक र चिप्ला कुरा गर्ने गर्छन्, सधैँ तिनीहरूका आफ्नै लागि योजना बनाउँछन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको घरको हितको बारेमा सोच्दैनन्, तिनीहरू परमेश्‍वरले जरुरी ठान्नुभएको कुरालाई जरुरी ठान्दैनन् वा परमेश्‍वरले सोच्नु भएजस्तो प्रकारले सोच्दैनन्, र तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्न आफ्ना रुचिहरूलाई पन्साउन सक्दैनन्। तिनीहरू कहिल्यै आफ्नो रुचिहरू त्याग्दैनन्। दुष्कर्मीहरूले दुष्कर्म गरिरहेका देखेर पनि तिनीहरूले तिनीहरूको पर्दाफास गर्दैनन्; तिनीहरूसित कुनै पनि प्रकारका सिद्धान्तहरू हुँदैन। यो कस्तो प्रकारको मानवता हो? यो राम्रो मानवता होइन। यस्तो व्यक्तिले के भन्छ त्यसमा ध्यान नदे; ऊ कसरी जिउँछ, उसले के प्रकट गर्छ, र उसले आफ्ना कर्तव्यहरू पूरा गर्दा उसको आचरण कस्तो हुन्छ, साथसाथै उसको आन्तरिक अवस्था कस्तो छ र उसले कुन कुरालाई प्रेम गर्छ त्यो तैँले हेर्नुपर्छ। यदि उसको आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरप्रतिको उसको बफादारीभन्दा बढी छ भने, यदि उसको ख्याति वा सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरको घरको हितप्रतिभन्दा बढी छ वा यदि उसले आफ्नै ख्याति र सम्पत्तिप्रतिको प्रेम परमेश्‍वरका निम्ति देखाएको सम्मानभन्दा बढी हुन्छ भने, के त्यस्तो व्यक्तिमा मानवता हुन्छ? त्यो मानवता भएको व्यक्ति होइन। उसको व्यवहारलाई अरूले र परमेश्‍वरले देख्न सक्नुहुन्छ। त्यस्तो व्यक्तिले सत्यता प्राप्त गर्नु धेरै कठिन हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने साँचो रूपमा असल मानवता भएको व्यक्तिले सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ, ऊ आफ्‍नो कर्तव्यमा जिम्‍मेवार हुन्छ, सत्यताका सिद्धान्तहरूमा लागिरहन्छ, र मण्डली कामलाई कायम राख्छ। बाहिरी रूपमा कसैलाई नचिढ्याउने, अन्धाधुन्ध र सिद्धान्तविना सहनशील हुने, र अरूबाट फाइदा लिनुको सट्टा आफै घाटा बेहोर्ने मानिसहरूको बाहिरी रूपमा असल चरित्र देखिए पनि, तिनीहरूले आफ्‍नो कर्तव्यमा सधैँ आफ्‍ना हितको रक्षा गर्ने प्रयास गर्छन्, कहिल्यै सत्यता अभ्यास गर्दैनन्, र मण्डलीको कामबारे कहिल्यै विचार गर्दैनन्। त्यस्ता मानिसहरूमा असल मानवता हुँदैन। मलाई अबदेखि परम्‍परागत संस्कृतिअनुसार जिउन र झूटो असल व्यक्ति बन्न मन थिएन। म परमेश्‍वरका मापदण्डहरूअनुसार मानव स्वरूपमा जिउन चाहन्थेँ।

परमेश्‍वरको वचन पढ्ने क्रममा, मैले अभ्यासको मार्ग भेट्टाएँ। “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवनमा प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्नु सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्‍वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्‍वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्‍वरले मात्र तँलाई छानबिन गर्नुहुन्‍न, तर अरू मानिसहरूले पनि तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भनी देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्‍नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्‍न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, निल र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्तिमा मात्रै उहाँको डर मान्‍ने हृदय हुन्छ)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने मैले आफ्‍नो वास्तविक रूप लुकाएर अरूलाई झूटो छवि देखाउनु हुँदैन। बरु म इमानदार, सरल, र खुलस्त बोल्‍ने व्यक्ति बन्‍नुपर्छ, र आफूमा भएको कुनै पनि समस्याबारे मन खोलेर बताउनुपर्छ, ताकि मेरा ब्रदर-सिस्टरहरूले मलाई अझै राम्ररी सहयोग गर्न सकून्। मैले नभनेपछि र अन्धाधुन्ध कुराहरू सहेर आफ्‍नो वास्तविक रूप लुकाएपछि, सबैले मलजलकर्ताको कुनै कमी छैन भन्‍ने सोचे, र काम राम्ररी अघि बढिरहेको छ भन्‍ने ठाने, तर वास्तवमा, मैले कष्ट भोगिरहेकी थिएँ, र मण्डलीको काममा हानि भइरहेको थियो। त्यसकारण, मैले परमेश्‍वरको वचनअनुसार होसियारी भई अभ्यास गरेँ र ब्रदर-सिस्टरहरूलाई स्पष्ट रूपमा बताएँ। त्यसपछि, तिनीहरू सबैले मलजल काम गर्न केही व्यक्तिहरू प्रदान गरे। यसले मलाई परमेश्‍वरको वचनअनुसार अभ्यास गर्न कति सजिलो र आनन्दमय हुन्छ भन्‍ने कुरा देखायो। परम्‍परागत संस्कृतिअनुसार जिउँदा, हामी झन्-झन् भ्रष्ट, झन्-झन् झूटा र छली, अनि झन्-झन् दुःखी बन्दै मात्रै जान्छौँ। सत्यता अभ्यास गरेर मात्रै हामी मानव स्वरूपमा जिउन, साँचो रूपमा असल व्यक्ति बन्‍न, अनि वास्तविक शान्ति र आनन्द अनुभव गर्न सक्छौँ! परमेश्‍वर धन्यवाद!

अर्को: जोइको कथा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बन्धन

सन् २००४ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र केही समयपछि नै, सुसमाचार प्रचार गरेको निहुँमा मलाई...

मेरा आमाबाबुको वास्तविकता देख्दा

मैले सानै छँदादेखि, आफ्ना आमाबाबुलाई परमेश्‍वरलाई पछ्याउने कार्यको आदर्शका रूपमा हेर्थेँ। उहाँहरू आफ्ना विश्‍वासमा निकै उत्साहित र त्यागहरू...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्