बताउन नसक्‍नुपछाडि के लुकेको हुन्छ

25 अप्रिल 2023

सन् २०२१ मा क्याटी अगुवा निर्वाचित भइन्, र हामी सँगै मण्डलीको रेखदेख गर्थ्यौँ। केही समयपछि, मैले क्याटीलाई आफ्‍नै हिसाबले काम गर्न मन पर्ने रहेछ भन्‍ने थाहा पाएँ। उनी आफ्नो मुख्य जिम्‍मेवारी, लेख-रचनाको काममा व्यस्त हुँदाबाहेक, हामीसँग कामबारे बिरलै छलफल वा कुराकानी गर्थिन्, त्यसकारण हामीबीच कमै सहकार्य हुन्थ्यो। माथिल्‍लो तहका नेतृत्ववर्गले हामीलाई सँगै गर्न सुम्पेका प्रोजेक्टहरूमा उनी सहभागी हुँदिनथिइन्। उनले हामीलाई ती काम गर्न अनुरोध गर्दै मेसेज मात्रै गर्थिन्। पछि, उनी इन्‍चार्ज रहेको लेख-रचनाका काममा समस्याहरू रहेका र उनले समयमा अनुगमन गरिरहेकी छैनन् भन्‍ने मैले पत्ता लगाएँ। मेरी सहकर्मी जोइस र म क्याटीसँग सङ्गति गर्न गयौँ, र हामीले उनलाई अगुवा बन्‍नु भनेको मण्डलीका सबै प्रोजेक्टहरूको अनुगमन गर्नु र त्यसमा सहभागी हुनु हो भनेर बतायौँ। उनले आफू मण्डलीका प्रोजेक्टहरूसँग परिचित छैन, र आफूले कामका सिद्धान्तहरू वा कसरी अनुगमन गर्ने त्यो बुझेको छैन भनेर जवाफ दिइन्। उनले हामीलाई नै यी कुराहरू सम्‍हाल्‍नुहोस् भनिन्, किनभने आफू लेख-रचनाको काममा अत्यन्तै व्यस्त हुने र थप समय वा ऊर्जा नपाउने बताइन।

एकपटक, क्याटीले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू पालना नगर्ने मण्डली अगुवा र सुसमाचार डिकनबारे रिपोर्ट गरिएको पत्र पाइन्। क्याटीले उक्त पत्र खुरुक्कै माथिल्‍लो तहका नेतृत्ववर्गलाई पठाइन्, जसले हामी दुईलाई मिलेर यो समस्या समाधान गर्न अनुरोध गरे। तर त्यसपछि, क्याटीले मलाई ग्रुप च्याटमा समावेश गराइन्, र पत्र लेख्‍ने ब्रदर-सिस्टरलाई कुनै पनि समस्याहरू सीधै मलाई रिपोर्ट गर्नू भनेर भनिन्। त्यसपछि उनले आफूसँग यी कुराहरूका लागि समय नभएको, त्यसकारण उक्त पत्रमा भएको कुरा नपढी त्यो सिधै माथिल्लो तहका नेतृत्ववर्गलाई हस्तान्तरण गरेको कुरा बताइन्। मैले यसको जाँचपड्ताल गरेर सम्‍हालेको उनी चाहन्थिन्। क्याटीको मेसेज पढेपछि, मलाई केही गडबड छ जस्तो लाग्यो। माथिल्‍लो तहका नेतृत्ववर्गले हामीलाई सँगै समस्या समाधान गर्न अनुरोध गरेका थिए। उनले कसरी खुरुक्कै यी समस्याहरू मेरो काँधमा हालेर यसबारे चटक्क बिर्सन सकिन्? आफ्‍नो कर्तव्यप्रति अगुवा र सेवकहरूले राख्‍ने मनोवृत्ति यस्तो हुनु हुँदैन। मण्डलीको कामका समस्याहरू कसरी समाधान गर्ने भनेर जोइस र मैले उनीसँग केही समयअघि कुरा गर्दा, उनले आफू व्यस्त भएको, यो कुरा नबुझेको, र यो गर्न नसक्‍ने कुरा बताएकी थिइन्। अहिले, माथिल्‍लो तहका नेतृत्ववर्गले हामी दुईलाई यो रिपोर्ट सँगै मिलेर सम्‍हाल्‍न तोकेरै अनुरोध गरेका थिए, तर उनले त्यही बहाना बनाएकी थिइन्। उनी अगुवा भएको निकै महिना भइसकेको थियो, तर उनी कामको अनुगमन वा समस्याहरू समाधान गर्ने काममा फिटिक्कै सहभागी भइरहेकी थिइनन्। उनले व्यावहारिक काम नगर्ने झूटा अगुवाले जस्तो व्यवहार गरिरहेकी थिइन्। परमेश्‍वरले अगुवाहरूका जिम्‍मेवारीहरूबारे विस्तृतरूपमा बताउनुभएको छ र तिनीहरूले आफ्‍नो काम कसरी गर्नुपर्छ भनेर उहाँले एकदमै तोकेर सङ्गति दिनुभएको छ। उनले अगुवाको रूपमा भर्खरै काम थालेकी भए पनि, परमेश्‍वरको वचनअनुसार उनले गर्न सक्‍ने कुराहरू थिए। उनले काम वा सिद्धान्तहरू नबुझे पनि, कम्तीमा पनि उनले काम कस्तो भइरहेको छ भनेर अनुगमन गर्न सक्थिन्। तर क्याटीले सधैँ व्यस्त भएको, असक्षम, वा अनभिज्ञ भएको बहाना बनाउँथिन्। उनी परमेश्‍वरको वचनअनुसार काम गर्दिनथिइन्, र समस्या औँल्याइँदिँदा पनि, उनी सुन्दिनथिइन्। उनमा सत्यता स्वीकार गर्ने मनोवृत्ति थिएन। मैले उनको व्यवहारबारे माथिल्‍लो तहका नेतृत्ववर्गलाई रिपोर्ट गर्नुपर्छ कि भनेर सोचेँ। मैले यसबारे केही समय विचार गरिरहेँ, र एक-दुईपटक त मलाई माथिल्‍लो तहका नेतृत्ववर्गलाई यो कुरा भनूँ कि जस्तो लाग्यो। तर मलाई पहिले एकपटक क्याटीले एक अगुवाको समस्याबारे रिपोर्ट गरेको घटना याद आयो। मामिलाको पृष्ठभूमि राम्ररी नबुझी, उनले अगुवालाई त्यतिकै आलोचना गरिरहेकी छिन् भन्‍ने अड्कालेँ, त्यसकारण मैले उनको कडा चिरफार र खुलासा गरेँ। पछि, माथिल्‍लो तहका नेतृत्ववर्गले यो थाहा पाएपछि, मलाई अनुचित र आलोचक भएकोमा, र मानिसहरूलाई दमन गरेकोमा निराकरण गरे, र एउटा भेलामा मेरो व्यवहारको खुलासा र चिरफारसमेत गरे। यदि मैले माथिल्‍लो तहका नेतृत्ववर्गलाई उनको रिपोर्ट गरेकी भए मैले उनलाई दमन गरिरहेकी र बहिष्कार गरिरहेकी छु, र उनीविरुद्ध निहुँ खोजिरहेकी छु भनेर के तिनीहरूले सोच्‍नेथिइनन् र? मैले माथिल्‍लो तहका नेतृत्ववर्गमा त्यस्तो छाप पार्नु हुँदैनथ्यो। यदि यो पत्रको विषयमा मलाई बर्खास्त गरिएको भए, के इनामभन्दा बढी खतरा हुनेथिएन र? त्यसकारण, मैले केही समयको लागि उनको समस्या नबताउने निर्णय गरेँ।

यस वर्षको जून महिनामा, क्याटीको मण्डलीको सुसमाचार काम खराब भइरहेकोले, माथिल्‍लो तहका नेतृत्ववर्गले ब्रदर जेरीलाई सुसमाचार कामको जिम्‍मा लिन लगाए। केही कर्मचारीहरूलाई नयाँ काममा लगाइएको थियो, र जेरी र केही सुसमाचार सुपरभाइजरहरूले छलफल गरेर क्याटीको अनुमोदन नलिई सिद्धान्तहरूका आधारमा केही बन्दोबस्त मिलाएका थिए। यसबारे क्याटीले थाहा पाएपछि, उनलाई जेरीले गम्‍भीररूपमा लिएका छैनन् भन्‍ने लाग्यो र तिनको पिठ्यूँपछाडि उनले आलोचना गरिन्। उनले जेरी आफ्‍नै सानो राज्य बनाउन चाहने ख्रीष्टविरोधीजस्तै हुन्, र तिनी ख्रीष्टविरोधी नभए पनि, व्यावहारिक काम नगर्ने झूटो अगुवा हुन् भनेर भनिन्। क्याटीले ब्रदर-सिस्टरहरू, र सुपरभाइजरहरूबीचको सम्‍बन्धलाई कमजोर तुल्याइरहेकी थिइन्। उनले केही सहकर्मी र सुपरभाइजरहरूलाई आपसमा डाह गर्न उक्साइन्, जसले गर्दा सुसमाचारको काम पूरा गर्न कठिन भयो। उनले जेरीको काम कस्तो भइरहेको छ भनेर बुझ्‍न, र तिनको परिस्थितिको फाइदा उठाएर तिनलाई बदला लिने मौका खोज्न मात्रै एउटी सिस्टरलाई सुसमाचार काममा सहभागी गराइन्। पछि, उनले जेरीका कर्तव्यमा केही सानातिना समस्या भेट्टाइन् र तिललाई पहाड बनाइन्, अनि एउटी सिस्टरलाई माथिल्‍लो तहका नेतृत्ववर्गलाई जेरीको रिपोर्ट गर्न मनाइन्। उनले जेरीलाई पुरै तहसनहस पार्न माथिल्‍लो तहका नेतृत्ववर्गलाई प्रयोग गर्ने प्रयास गरिरहेकी थिइन्। यो थाहा पाएर म छक्‍क परेँ। क्याटीले आफ्‍नो प्रतिष्ठा र हैसियतका लागि सहकर्मीहरूलाई आक्रमण गर्न र निष्कासन गर्न कुनै कसर बाँकी छोडिरहेकी थिइनन्। उनी मण्डलीको मुख्य कामका जिम्‍मेवार ब्रदर-सिस्टरहरूलाई खसाल्न चाहिन्थिन्। उनले मण्डलीको कामको रक्षा पटक्‍कै गरिरहेकी थिइनन्। यो त परमेश्‍वरको वचनले प्रकट गरेको जस्तै हो: “ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, बहिष्कार, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्य सबै लक्षित हुन्छन्। निस्सन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र ख्रीष्टविरोधीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूलाई निसाना बनाउन यस्ता माध्यमहरू प्रयोग गर्छन्, र तिनीहरूलाई जित्‍न र आफ्‍नै स्थान दह्रिलो बनाउन चाहन्छन्। यसरी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्नु खराब गुण हो। तिनीहरूको भाषा र शैलीमा आक्रामकता अर्थात् खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने प्रवृत्ति हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई गोलमटोल पार्दा मानिसहरूलाई जित्‍ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। भिन्‍न मतधारीहरूलाई यसरी आक्रमण र बहिष्कार गर्ने यो कार्य कस्तो मानसिकताबाट निस्केको हुन्छ? धेरैयजसो समय यो डाही मानसिकताबाट आएको हुन्छ। दुराशयी स्वभावमा, डाहाले कठोर घृणा बोकेको हुन्छ; अनि फलस्वरूप, डाहाका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, र तिनीहरूले आफ्‍नो हैसियत गुमाए भने, तिनीहरूको मनमस्तिष्कमा घात हुन्छ; तिनीहरू यस कुरालाई न त स्विकार्छन् न त यसप्रति खुशी नै हुन्छन्, जसले गर्दा झन् सजिलैसित बदलाको कठोर मानसिकता पैदा हुन्छ। बदला एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा उत्कृष्ट रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाहा र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, मानिसहरूले प्राय आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्‍म अर्को पक्षले भनेको मान्दैन, तबसम्‍म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरू शान्त हुन्छन्। मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई हेप्‍नु।) अरूलाई हेप्‍ने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ निष्क्रिय र कमजोर भएर सहनै नसक्‍ने अवस्थामा पुगुन्जेल, तिनीहरूले तँलाई हेप्‍नेछन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुशी हुनेछन्, किनभने तिनीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुन्छन्। के दोष दिनु पनि अरूलाई हेप्‍नुको एउटा माध्यम हो? (हो।) ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई दोष दिन्छन्? तिनीहरूले तिललाई पहाड बनाउँछन्। उदाहरणको लागि, तैँले कुनै काम गरिस् जसमा कुनै समस्या छैन, तर तिनीहरूले तँलाई आक्रमण गर्न यसलाई निहुँ बनाउँछन्। तँलाई लाञ्छना लगाउन तिनीहरूले सबै किसिमका उपाय सोच्छन्, र तीललाई पहाड बनाएर तँलाई यसरी दोष लगाउँछन् कि ख्रीष्टविरोधीहरूको कुरा सुन्‍नेहरूले यो कुरा ठीकै हो र तैँले गलत काम गरिस् भन्‍ने सोच्छन्। योसँगै, ख्रीष्टविरोधीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुन्छन्। यो मतविरोधीहरूलाई दोष दिनु, आक्रमण गर्नु, र बहिष्कार गर्नु हो। बहिष्कार गर्नु भनेको के हो? यसको अर्थ तँ तेरा व्यवहारहरूमा जति नै सही भए पनि—र वास्तवमा तँ सही छस् भनेर ख्रीष्टविरोधीहरूलाई पनि थाहा भए पनि—तिनीहरूले तँलाई डाहा र घृणा गर्ने हुनाले, र तँलाई जानीजानी आक्रमण गर्ने प्रयास गर्ने हुनाले, ख्रीष्टविरोधीहरूले तैँले गरेको काम गलत हो भनी भन्‍नेछन्। त्यसपछि तँलाई विवाद गरेर जित्‍नको लागि तिनीहरूले आफ्‍नै दृष्टिकोण र भ्रमहरू प्रयोग गर्छन् र सुन्‍नेहरू सबैलाई विश्‍वासलाग्दो तरिकाले बोलेर तिनीहरूको कुरा नै सही र ठीक छ भन्‍ने अनुभूति गराउँछन्। त्यसपछि, ती सबै मानिसहरू तेरो विरुद्धमा र ख्रीष्टविरोधीहरूको पक्षमा खडा हुनेछन्। ख्रीष्टविरोधीहरूले तँलाई आक्रमण गर्न, निष्क्रिय र कमजोर बनाउन, र सबैको अनुमोदन प्राप्त गर्नको लागि यसको प्रयोग गर्छन्। योसँगै, तिनीहरूले भिन्‍न मतधारीहरूलाई आक्रमण र बहिष्कार गर्ने आफ्‍नो उद्देश्य हासिल गरेका हुन्छन्। भिन्‍न मतधारीहरूलाई बहिष्कार गर्ने कार्य कहिलेकहीँ आमनेसामनेको विवादमार्फत हुन्छ, वा कहिलेकहीँ कसैप्रतिको आलोचना, षड्यन्त्र, निन्दा, र पिठ्यूँपछाडिको कुरा बुनाइमार्फत हुन्छ। उदाहरणको लागि, यदि ख्रीष्टविरोधीहरूले कुनै मतविरोधीलाई बहिष्कार गर्न चाहन्छन् भने, तिनीहरूले त्यस व्यक्तिका गल्तीहरूबारे हल्‍ला फिँजाएर त्यस मतविरोधी र अरू मानिसहरूबीचको सम्‍बन्ध कमजोर पार्छन्, मानिसहरूलाई त्यस मतविरोधीबाट टाढा लैजान्छन्, र यसरी त्यस मतविरोधीलाई एकल्याउने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। त्यसपछि, तिनीहरूले त्यस मतविरोधीहरूलाई नजितेसम्‍म र तिनीहरूको प्रतिष्ठा बरबाद नगरेसम्‍म, अवसरहरूको फाइदा लिँदै तिनीहरूविरुद्ध हानिकारक जानकारी प्रयोग गरिरहन्छन्न्। ख्रीष्टविरोधीहरूको सोचाइमा, यो प्रतिस्पर्धीलाई तोड्ने कार्य हो, ताकि तिनीहरूले ख्रीष्टविरोधीहरूको पद खतरामा नपारून्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दुई)। ख्रीष्टविरोधीहरू आफ्‍नो प्रतिष्ठा र हैसियत जोगाउन हद पार गर्छन् भनेर परमेश्‍वर प्रकट गर्नुहुन्छ। मण्डलीमाथि राजाले जस्तो शासन गर्न, तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई आक्रमण र इन्कार गर्छन्, र घृणासमेत गर्छन्। तिनीहरूका लागि सत्यता खोज्नेहरू काँडा हुन्, त्यसकारण तिनीहरू उनीहरूका सानातिना समस्याहरूलाई ठूला बनाउँछन्, र सत्यता पछ्याउनेहरूलाई दण्ड दिन तिनीहरू जानाजानी उनीहरूलाई न्याय र आक्रमण गर्छन्। तिनीहरू मण्डलीमा शक्ति हत्याउन सत्यता खोज्नेहरूलाई कमजोर पार्छन्। क्याटीले मण्डलीमा कलह उब्जाइन्। उनले सुसमाचार काम व्यवस्थापन गर्ने जेरीलाई आक्रमण गरिन् र दोष दिइन्, र उनलाई दण्ड दिन माथिल्‍लो तहका नेतृत्ववर्ग प्रयोग गर्नसमेत चाहिन्। अझै खराब त, उनले आफ्‍ना सहकर्मीहरूसँग सहकार्य गर्दिनथिइन्, र सधैँ एकलै काम गर्थिन्। तर उनले माथिल्‍लो तहका नेतृत्ववर्गले मिलेर काम गर्दैनन् भनेर आलोचना गर्दै अफवाह फैलाइन्, जसले गर्दा ब्रदर-सिस्टरहरूबीच नेतृत्ववर्गप्रति पूर्वाग्रह पैदा भयो। उनले मण्डलीमा राजाले जस्तो शासन गर्ने उद्देश्य पूरा गर्न यसो गरेकी थिइन्। उनले जानाजानी मानिसहरूलाई दण्ड दिइरहेकी र सुसमाचार कामलाई कमजोर पारिरहेकी थिइन्। क्याटीले गरिरहेको यो काम माथिल्‍लो तहका नेतृत्ववर्गले थाहा पाएपछि, उनी ख्रीष्टविरोधीको मार्गमा हिँड्ने झूटो अगुवा हुन् भन्‍ने बुझे र उनलाई नेतृत्व पदबाट तुरुन्तै हटाए।

पछि, मेरी सहकर्मी र मैले क्याटीसँग सङ्गति गर्‍यौँ र उनको व्यवहारलाई विश्‍लेषण गर्‍यौँ। जेरीलाई रिपोर्ट गर्न कसैलाई उक्साउनु मण्डलीको कामलाई भताभुङ्ग पार्नु र बाधा दिनु हो, र उनी ख्रीष्टविरोधीको मार्गमा छिन् भनेर भन्यौँ। उनले यो स्विकार्न नमानेकी मात्र होइनन्, तर आफ्‍नो प्रतिरक्षासमेत गर्दै आफ्नो कुनै गुप्त मनसाय नभएको, र आफूले सामान्यरूपमा नै समस्याको रिपोर्ट गरेको, त्यसकारण त्यो मण्डलीको काममा बाधा दिनु होइन भनेर भनिन्। उनले स्पष्ट तथ्यहरू हुँदासमेत आफ्‍ना गल्ती स्विकार्न नमानेकी, आफ्‍नो पक्षमा तर्क गर्दै वाक्छल गरेकी मैले देखेँ। मलाई परमेश्‍वरका यी वचनहरू याद आयो, “जब केही पनि भएको हुँदैन, तब तैँले सत्यताप्रति व्यक्तिको मनोवृत्ति कस्तो छ भनेर देख्‍न सक्दैनस्। जब मानिसहरूलाई काटछाँट, निराकरण, र बर्खास्त गरिन्छ, तब सत्यताप्रतिको तिनीहरूको साँचो मनोवृत्ति देखिन्छ। सत्यता स्विकार्ने मानिसहरूले यस कुरालाई हर परिस्थितिमा स्विकार्न सक्छन्; तिनीहरू गलत छन् भने, तिनीहरूले आफ्‍नो गल्ती स्विकार्न, वास्तविकता सामना गर्न, र सत्यता स्विकार्न सक्छन्। सत्यतालाई प्रेम नगर्नेहरूको कुरा गर्दा, तिनीहरूको गल्ती स्पष्ट देखिए पनि, तिनीहरूले आफू गलत छु भनेर स्वीकार गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको घरले कारबाही गर्दा त्यो स्विकार्नु त परै जाओस्। अनि कतिपय मानिसहरूसँग के-कस्ता तर्क हुन्छन्? ‘मेरो अभिप्राय राम्रै गर्नु थियो, तर मैले राम्रो गरिनँ, त्यसकारण मैले नराम्रो काम गरेकोमा तपाईंले मलाई दोष दिन पाउनुहुन्‍न। मेरो अभिप्राय असल छ र मैले कष्ट भोगेँ, मूल्य चुकाएँ र आफैलाई अर्पित गरेँ। त्यो दुष्कर्म गर्नु होइन!’ तिनीहरूले परमेश्‍वरको घरलाई आफूमाथि कारबाही गर्न नदिनका लागि यसलाई आफ्‍नो तर्क र बहानाको रूपमा प्रयोग गर्छन्। के यो उचित छ त? व्यक्तिले जुनसुकै तर्क वा बहाना प्रयोग गरे पनि, यसले सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति, र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई लुकाउन सक्दैन। यो व्यक्तिको प्रकृति र सार सम्‍बन्धी समस्या हो, र यसले नै समस्याको जड बताउँछ। तैँले समस्या सामना गरे पनि नगरे पनि, सत्यताप्रतिको तेरो मनोवृत्तिले तेरो प्रकृति र सारलाई प्रतिनिधित्व गर्छ—यो परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति हो। तैँले सत्यतालाई जसरी लिन्छस्, त्यसमार्फत तैँले परमेश्‍वरलाई कसरी हेर्छस् भन्‍ने कुरा थाहा पाउन सकिन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ (भाग एक))। वास्तवमै हो। सत्यता नस्विकार्नेहरूले कहिल्यै आफ्ना गल्ती स्विकार्दैनन्। तिनीहरूले दुष्कर्म गरेर मण्डलीको काममा बाधा नै दिए पनि, आफ्‍नो अभिप्राय सही छ भन्नेछन्, र आफ्‍ना अपराध र दुष्कर्मबाट आफूलाई दोषमुक्त गर्ने चाहना गर्छन्, मानौँ तिनीहरूले अनुचित मनसाय राखेका थिएनन्, र तिनीहरूले मण्डलीको काममा बाधा नै दिए पनि, तिनीहरूलाई जिम्‍मेवार ठहराउनु हुँदैन। मलाई क्याटी पनि ठिक यस्तै छिन् भन्‍ने महसुस भयो। तिनले स्पष्टसित गुप्तमा मानिसहरूलाई भताभुङ्ग पारिरहेकी, बाधा र दण्ड दिइरहेकी थिइन्, तर उनले आफ्नो गलत मनसाय थिएन भन्दै आफूलाई सही ठहराइरहेकी थिइन्। तथ्यहरू हुँदाहुँदै समेत उनले आफ्‍ना गल्ती स्विकार्न मानिनन्। उनले सत्यतालाई पूर्णतया इन्कार गरिन्। क्याटीले आफू भर्खरै अगुवा बनेको, र उनले धेरैवटा काम नबुझेको र गर्न नसक्‍ने पनि बताउने गर्थिन्। यसले के प्रमाणित गर्छ भने परमेश्‍वरले अगुवाहरूलाई दिनुभएका जिम्‍मेवारी र मागहरूबारे उनलाई थाहा भए पनि, उनले परमेश्‍वरको वचन पालना गरिनन्। माथिल्‍लो तहका नेतृत्ववर्गले सबैले मिलेर सहकार्य गर्नुपर्छ भनेर सङ्गति गरेका थिए, तर उनले त्यो सुनिनन् र आफ्‍नै तरिकाले काम गरिन्। उनको व्यवहारले उनी परमेश्‍वरको वचन वा सकारात्मक कुराहरू स्विकार्दिनन् वा मान्दिनन् भन्‍ने कुरा स्पष्ट पाऱ्यो। अन्तिममा, उनले आफ्नो नाम र हैसियतका खातिर सुसमाचार कामलाई छताछुल्ल पार्न ब्रदर जेरीलाई दण्डसमेत दिन चाहिन्। उनले मण्डलीको कामलाई अलिकति पनि समर्थन गर्थिनन्, सत्यतालाई प्रेम वा स्वीकार नगर्ने उनको प्रकृति नै थियो, र उनलाई बर्खास्त गरिनु पूर्णतया परमेश्‍वरको धार्मिकता थियो भन्‍ने कुराको यो पर्याप्त प्रमाण हो। यो कुरा महसुस गरेपछि मैले उनलाई अझै बढी बुझेँ। मैले आत्मचिन्तन पनि गरेँ। पहिले, मलाई क्याटी व्यावहारिक काम नगर्ने झूटो अगुवा हुन् भन्‍ने लागेको थियो, र मैले उनका समस्याहरू माथिल्‍लो तहका नेतृत्ववर्गकहाँ रिपोर्ट गर्न चाहेकी थिएँ, तर किन अन्त्यमा मैले त्यसो गरिनँ? मैले परमेश्‍वरलाई प्रार्थना गरेर आफ्‍नो स्थितिबारे बताएँ, र आफ्‍नो समस्या बुझ्‍न मार्गदर्शन मागेँ।

मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ। “काम गर्ने क्रममा कतिपय मानिसहरूले आफ्‍नै इच्‍छा पछ्याउँछन्। तिनीहरूले सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, अनि तिनीहरूलाई काटछाँट र निराकरण गरिँदा, तिनीहरूले केवल शब्दले मात्र अहङ्कारी भएको स्विकार्छन् र तिनीहरूसँग सत्यता नभएकोले मात्रै तिनीहरूबाट गल्ती भएको हो भन्छन्। तिनीहरूले आफ्नो हृदयमा भने यसो भनेरसमेत गुनासो गर्छन्, ‘मबाहेक अरू कसैले पनि खतरा मोल्दैनन्—अनि अन्तिममा, केही गलत हुँदा, तिनीहरूले सबै जिम्मेवारी ममाथि थोपर्छन्। के यो मेरो मूर्खता होइन र? अर्कोपटक म त्यसरी खतरा मोलेर त्यही कुरा गर्न सक्दिनँ। अगाडि हिँड्यो भने सबको नजर परिहाल्छ!’ यस मनोवृत्तिको बारेमा तिमीहरूलाई के लाग्छ? के यो पश्‍चात्तापको मनोवृत्ति हो? (होइन।) यो के मनोवृत्ति हो त? के तिनीहरू अस्थिर र छली बनिरहेका छैनन् र? तिनीहरूले आफ्नो मनमा यस्तो सोच्छन्, ‘यसपटक म भाग्यशाली भएँ, यसले विपत्ति ल्याएन। भनाइ नै छ, हरेक गल्तीबाट सिकिन्छ। भविष्यमा म अझै होशियार हुनुपर्छ।’ तिनीहरूले कुनै मामला हेर्न र सामना गर्नको लागि सत्यता खोजी गर्दैनन्, बरु आफ्‍नो छुद्रता र चतुर युक्ति प्रयोग गर्छन्। के तिनीहरूले यसरी सत्यता प्राप्त गर्न सक्छन् र? सक्दैनन्, किनभने तिनीहरूले पश्‍चात्ताप गरेकै हुँदैनन्। पश्‍चात्ताप गर्दा गर्नुपर्ने पहिलो कुरा आफूले गरेको गल्ती पहिचान गर्नु हो: तैँले कहाँ गल्ती गरिस्, समस्याको सार के थियो, अनि तैँले कस्तो भ्रष्ट स्वभाव प्रकट गरिस् भनी बुझ्नु हो; तैँले यी कुराहरू मनन गर्नु र सत्यता स्विकार्नुपर्छ, त्यसपछि सत्यताअनुसार अभ्यास गर्नुपर्छ। यो मात्रै पश्‍चात्तापको मनोवृत्ति हो। अर्कोतर्फ, यदि तैँले विस्तृत रूपमा धूर्त शैलीहरूको बारेमा विचार गर्छस्, तँ पहिलेभन्दा छली बन्छस्, तेरा तरिकाहरू अझै चलाख र गुप्त हुन्छन्, अनि परिस्थिति सामना गर्ने तँसँग अझै बढी विधिहरू हुन्छन् भने, यो समस्या केवल छली बन्‍नुजस्तो सरल छैन। तैँले छलपूर्ण माध्यमहरूको प्रयोग गरिरहेको छस् र तँसँग रहस्यहरू छन् जसलाई तँ खोल्न सक्दैनस्। यो दुष्टता हो। तैँले पश्‍चात्ताप नगरेको मात्र छैनस्, तँ झन् धूर्त र छलीसमेत बनेको छस्। परमेश्‍वरले तँलाई अत्यन्तै हठी र दुष्ट, सतही रूपमा आफ्नो गल्ती मान्‍ने अनि निराकरण र काटछाँट स्विकार्ने, तर वास्तवमा अलिकति पनि पश्‍चात्तापी मनोवृत्ति नभएको व्यक्तिको रूपमा हेर्नुहुन्छ। किन हामी यसो भन्छौँ? किनभने यो घटना भइरहेको वा भएपछिको अवस्थामा, तैँले सत्यता खोज्दै खोजिनस्, चिन्तन गर्ने वा आफूलाई चिन्‍ने प्रयास गर्दै गरिनस्, र सत्यताअनुसार अभ्यास गर्दै गरिनस्। तेरो मनोवृत्ति भनेको समस्या समाधान गर्नको लागि शैतानका दर्शन, तर्क र विधिहरू प्रयोग गर्नु हो। वास्तवमा, तैँले यो समस्यालाई पन्छाइरहेको छस्, र यसलाई अरूले देख्दै नदेखून् भनेर, गल्तीको निशान नछोडी, राम्रोसित पोको पार्दै छस्। अन्त्यमा, तँलाई तँ निकै बाठो छस् भन्‍ने लाग्छ। परमेश्‍वरले यी कुराहरूलाई हेर्नुहुन्छ, तैँले आफूमाथि समस्या आइपर्दा साँचो रूपमा मनन गरेको, आफ्नो पाप स्वीकार गरेको, र पश्‍चात्ताप गरेको, त्यसपछि सत्यता खोजी गर्न र सत्यताअनुसार अभ्यास गर्न अघि बढेको कुरालाई हेर्नुहुन्‍न। तेरो मनोवृत्ति सत्यताको खोजी गर्ने वा सत्यताको अभ्यास गर्ने मनोवृत्ति होइन, न त यो परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुने मनोवृत्ति नै हो, बरु यो त तेरो समस्यालाई समाधान गर्नको लागि शैतानका तरिका र विधिहरूको प्रयोग गर्ने मनोवृत्ति हो। तैँले अरूमा गलत छाप छोड्छस् र परमेश्‍वरद्वारा खुलासा हुने कुराको प्रतिरोध गर्छस्, अनि तँ परमेश्‍वरले तेरो लागि योजनाबद्ध गर्नुभएका परिस्‍थितिहरूविरुद्ध प्रतिरक्षा र मुकाबला गर्छस्। यसको अर्थ तेरो हृदय पहिलेको भन्दा बढी बन्द र परमेश्‍वरदेखि झन् टाढिएको छ। अनि यसरी के यसबाट कुनै राम्रो नतिजा आउँछ त? के तँ अझै पनि ज्योतिमा, शान्ति र आनन्दमा रमाउँदै जिउन सक्छस्? सक्दैनस्। यदि तँ सत्यताबाट अलग बस्छस् र परमेश्‍वरबाट पनि अलग बस्छस्, तँ निश्‍चय नै अन्धकारमा खस्‍नेछस् अनि रुनेछस् र दाह्रा किट्नेछस्। के यस्तो स्थिति मानिसहरूमा व्याप्त छ? (छ।) कतिपय मानिसहरू बारम्बार यसो भन्दै आफूलाई चेतावनी दिन्छन्, ‘यसपटक मेरो निराकरण गरिएको छ। अर्कोपटक, म अझै बढी बाठो र होशियार बन्नुपर्छ। बाठो बन्‍नु भनेको जीवनको जग हो—अनि जो मानिसहरू बाठा छैनन् तिनीहरू मूर्ख हुन्छन्।’ यदि तैँले सधैँ आफूले आफैलाई निर्देशित र सचेत गरिरहेको छस् भने, के तँ कहिल्यै कतै पुग्‍नेछस्? के तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्? यदि कुनै समस्या तँमाथि आइपर्छ भने, तैँले सत्यताको एउटा पक्ष खोज्नु र बुझ्नुपर्छ र सत्यताको त्यो पक्ष प्राप्त गर्नुपर्छ। सत्यतालाई बुझेर के हासिल गर्न सकिन्छ त? जब तैँले सत्यताको एउटा पक्षलाई बुझ्छस्, तब तैँले परमेश्‍वरको इच्‍छाको एउटा पक्षलाई बुझ्छस्; परमेश्‍वरले किन तँमाथि यो कुरा गर्नुभयो, उहाँले किन तँबाट यस्तो अपेक्षा गर्नुहुन्छ, तँलाई ताडना दिन र अनुशासनमा राख्‍न उहाँले किन यस्तो परिस्‍थितिको योजना गर्नुहुन्छ, उहाँले तँलाई काटछाँट र निराकरण गर्न किन यो समस्याको प्रयोग गर्नुहुन्छ, र तँ यो समस्याको सन्दर्भमा किन पतन, असफल, र खुलासा भएको छस् भनी बुझ्छस्। यदि तैँले यी कुराहरूलाई बुझ्छस् भने, तैँले सत्यता खोजी गर्न सक्‍नेछस् र जीवन प्रवेश हासिल गर्नेछस्। यदि तैँले यी कुराहरूलाई बुझ्दैनस् र यी तथ्यहरूलाई स्वीकार गर्दैनस्, बरु विरोध र प्रतिरोध गर्न, आफ्‍नै युक्तिहरूको प्रयोग गरी छद्म भेष धारण गर्न, अनि अरू सबैलाई र परमेश्‍वरलाई गलत मुहार देखाउन जिद्दी गर्छस् भने, तैँले सदासर्वदा नै सत्यता प्राप्त गर्न सक्‍नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ)। परमेश्‍वरको वचनले के प्रकट गर्छ भने गल्ती गर्नेहरूले आफ्‍नो असफलताको जडबारे मनन गर्दैनन् वा आफ्‍नो समस्या समाधान गर्न सत्यता खोज्दैनन्, तर अर्को गल्ती गरिएमा निराकरणमा परिन्छ भनेर चिन्ता गर्छन् त्यसैले फेरि समस्याहरू आइपर्दा चाल चल्न र परमेश्‍वरविरुद्ध सतर्क हुन थाल्छन् भने, यस्तो व्यक्तिमा छली र दुराग्रही स्वभाव हुन्छ। मैले त्यस्तै व्यवहार गरिरहेकी थिएँ। पहिले, मैले क्याटीको परिस्थिति नबुझी, उनलाई आलोचक भएको आरोप लगाएँ र दमन गरेँ। त्यसको लागि मलाई अगुवाले खुलासा र चिरफार गरे। मैले पछि आफ्नो अहङ्कारी स्वभाव चिनेँ, यो असफलता विश्‍वासीको रूपमा मैले जीवनमा गरेको अपराध हो भनेर आफूलाई चेतावनी दिएँ र पाठ सिकेर यस्तै गल्ती फेरि गर्नु हुँदैन भन्‍ने मलाई थाहा भयो। तर साथै, म परमेश्‍वरप्रति अलिक सतर्क हुन थालेँ। मैले यसरी फेरि कसैलाई दमन गरेँ, र ख्रीष्टविरोधीको मार्गमा हिँड्ने व्यक्ति निर्धारित भएँ भने, अगुवाको रूपमा मेरो काम समाप्त हुनेछ र सबै इज्‍जत गुमाउनेछु भन्‍ने मलाई धेरै चिन्ता लागेको थियो। त्यसकारण यसपटक, क्याटी व्यावहारिक काम नगर्ने झूटो अगुवा हुन् भन्‍ने मैले थाहा पाएपछि, उनको रिपोर्ट गर्ने आँट गरिनँ र म पुरै आशङ्काले भरिएँ। अगुवाले मलाई म उनीसँग अति कठोर भएँ, मैले गल्ती कोट्याउँदै पुरानो कुरा नछोडेको, उनलाई दमन र बहिष्कार गरिरहेकी छु भन्ठान्छन् भन्‍ने चिन्ता लाग्यो। आफ्‍नो प्रतिष्ठा र हैसियत जोगाउन, मैले केही नबोल्‍ने निर्णय गरेँ। रिपोर्ट गर्दा उल्टै आफूलाई असर गरेर आफ्नो हैसियत खतरामा पर्छ भन्‍ने मलाई डर लाग्यो। क्याटीको समस्या रिपोर्ट गर्नु पूर्णरूपमा सामान्य कुरा थियो, तर म साह्रै आशङ्कित भएँ, र माथिल्‍लो तहका नेतृत्ववर्गले के सोच्‍लान् भनेर अनुमान गरेँ। म उनीहरू र परमेश्‍वरविरुद्ध प्रतिरक्षात्मक बनेँ, र परमेश्‍वरसँग खेल खेलेँ। म कति छली थिएँ! क्याटीले सुसमाचार काममा कलह उब्जाइरहेकी, बाधा दिइरहेकी र त्यसलाई कमजोर पारिरहेकी थिइन्। परमेश्‍वरले तिनको खुलासा गरेर आफ्‍नो कामको रक्षा गरिरहनुभएको थियो। कुनै पनि व्यक्तिको विचार, अभिप्राय, वा काम परमेश्‍वरको छानबिनबाट उम्‍कन सक्दैन भन्‍ने मैले देखेँ। यी सबै कुरा देखेर पनि ममा किन परमेश्‍वरमा विश्‍वास थिएन? यदि मैले क्याटीलाई दमन गर्ने कुनै अभिप्राय नराखी आफूले देखेको कुराको आधारमा उनको व्यवहारबारे निष्पक्ष रिपोर्ट गरिरहेकी थिएँ भने अगुवाले बर्खास्त गर्छन् भनेर किन म सधैँ चिन्तित थिएँ?

मैले आफ्नो भक्तिको समयमा, परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ जसद्वारा आफ्‍नो समस्या अझै राम्ररी बुझेँ। परमेश्‍वरको वचनले भन्छ, “यदि परमेश्‍वरप्रति तँमा साँचो विश्‍वास छैन, र परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍ने कुरामा तँ विश्‍वास गर्दैनस् भने, तैँले कुनै उपलब्धि हासिल गर्न सक्दैनस्। धेरै मानिसहरूले सत्यता बुझ्दैनन्; तिनीहरूले परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भन्‍नेमा विश्‍वास गर्दैनन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। तिनीहरूले संसारका अधिकारीहरूले एकअर्काका हितहरू रक्षा गरिरहेका हुन्छन्, र परमेश्‍वरको घरले पनि त्यसै गर्नुपर्छ भनेर सधैँ सोचिरहेका हुन्छन्। अवश्य नै, तिनीहरूले परमेश्‍वर सत्यता र धार्मिकता हुनुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्। त्यसकारण, यस्तो व्यक्तिलाई गैरविश्‍वासी भनेर भन्‍न सकिन्छ। तैपनि, अल्‍पसङ्ख्यक मानिसहरूले व्यावहारिक समस्याहरू रिपोर्ट गर्न सक्छन्। यस्ता मानिसहरूलाई परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने मानिसहरू भनेर भन्‍न सकिन्छ; तिनीहरू जिम्‍मेवार मानिस हुन्। धेरै मानिसहरूले आफूले देखेका गम्‍भीर समस्याहरू समाधान गर्दैनन्, न त तिनीहरूले यसबारेमा माथि रिपोर्ट नै गर्छन्। माथिबाट यसबारेमा सोझै अनुसन्धान गरिएपछि मात्रै तिनीहरूले समस्याबारे रिपोर्ट गर्न र यसको गम्‍भीरता अनुभूति गर्न थाल्छन्। यसले काममा ढिलाइ हुन्छ। त्यसकारण, तँ साधारण ब्रदर वा सिस्टर, अथवा अगुवा वा सेवक भए पनि, आफूले समाधान गर्न नसक्‍ने र बृहत् कार्य सिद्धान्तहरूसँग सम्‍बन्धित कुनै समस्या सामना गर्दा, तैँले यसबारेमा सधैँ माथि रिपोर्ट गर्नुपर्छ र समयमै उहाँको अगुवाइ खोज्‍नुपर्छ। यदि तैँले अलमलमा पार्ने समस्या वा कठिनाइहरू सामना गर्छस् तर तिनलाई समाधान गर्दैनस् भने, कतिपय काम अघि बढ्न सक्‍नेछैनन्; त्यस कामलाई पन्छाउनु र रोक्‍नुपर्ने हुन्छ। यसले मण्डलीको कामको प्रगतिमा असर गर्छ। त्यसकारण, जब कामको प्रगतिमा प्रत्यक्ष असर गर्ने त्यस्ता समस्याहरू पैदा हुन्छन्, तिनलाई खुलासा गरेर समयमै समाधान गरिनुपर्छ। यदि समस्या समाधान गर्न सजिलो छैन भने, तैँले सत्यता बुझ्‍ने र त्यस क्षेत्रमा विशेषज्ञता भएका मानिसहरूलाई खोजेर, तिनीहरूसँग मिलेर सँगै अनुसन्धान गरी समस्या समाधान गर्नुपर्छ। यस्ता समस्याहरू समाधान गर्ने काममा ढिलाइ हुनु हुँदैन। तैँले तिनलाई समाधान गर्दा जति दिन ढिलाइ गर्छस् कामको प्रगतिमा पनि त्यति नै दिन ढिलाइ हुन्छ। यो व्यक्तिलाई बाधा दिने कुरा होइन; यसले मण्डलीको काममा असर गर्छ, साथै परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो कर्तव्य कसरी निभाउँछन् भन्‍ने कुरामा असर गर्छ। त्यसकारण, जब तैँले यस प्रकारको कुनै जटिल समस्या वा कठिनाइ सामना गर्छस्, तब त्यसलाई समाधान गरिनुपर्छ। यदि तँ साँच्‍चै यसलाई समाधान गर्न सक्दैनस् भने, तैँले तुरुन्तै यसबारेमा माथि रिपोर्ट गर्नुपर्छ। उहाँले सीधै यसलाई समाधान गर्नुहुनेछ, वा तँलाई बाटो देखाउनुहुनेछ। यदि कुनै अगुवाले यस्ता समस्याहरू समाधान गर्न सक्दैन, अनि यसलाई माथि रिपोर्ट गरेर उहाँबाट अगुवाइ माग्‍नुको सट्टा, समस्यालाई हेरेर बस्छ भने, त्यो अगुवा अन्धो छ; तिनीहरू मरेतुल्य छन्, र तिनीहरू बेकामका छन्। तिनीहरूलाई बर्खास्त गरेर पदबाट हटाइनुपर्छ। यदि यस्तो बेकामको व्यक्तिलाई उसको पदबाट हटाइएन भने, परमेश्‍वरको घरको काम अघि बढ्न सक्दैन; तिनीहरूको हातमा यो बरबाद हुनेछ। यसलाई तुरुन्तै समाधान गरिहाल्‍नुपर्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। “तैँले आफ्‍नो कामको बेला जति नै जटिल समस्या वा कठिनाइ सामना गरे पनि, यदि यसले परमेश्‍वरका चुनिएका मानिसहरूको कर्तव्य निभाउने शैलीमा असर गर्न, वा मण्डलीको कामको सामान्य प्रगतिमा बाधा दिन सक्छ भने, यसलाई समयमै समाधान गरिनुपर्छ। यदि तैँले यो आफै समाधान गर्न सक्दैनस् भने, यसलाई समाधान गर्न तँसँग सहकार्य गर्नका लागि सत्यता बुझ्‍ने अन्य धेरै मानिसहरू खोज्‍नुपर्छ। यदि यसरी पनि अझै समस्या समाधान गर्न सकिएन भने, तैँले यो समस्याबारे माथि रिपोर्ट गर्नुपर्छ र उहाँको अगुवाइ खोज्‍नुपर्छ। यो अगुवा र सेवकहरूको जिम्‍मेवारी र दायित्व हो(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचन पढेपछि, मैले के देखेँ भने आफूले विश्‍वास गरेको धेरै भएको र परमेश्‍वरका धेरै वचन पढेको भए पनि, परमेश्‍वरप्रति ममा एकदमै थोरै विश्‍वास थियो र मैले उहाँको धर्मी स्वभाव बुझेकी थिइनँ। परमेश्‍वरको घरमा सत्यताले शासन गर्छ भनेर मैले सच्चा विश्‍वास गरेकी थिइनँ, त्यसकारण मेरो हृदयमा शङ्का र सतर्कताको अझै बास थियो। वास्तवमा, मण्डलीले सत्यताका सिद्धान्तहरूको आधारमा मानिसहरूलाई मूल्याङ्कन गरेर बर्खास्त गर्छ। यदि कुनै व्यक्ति अगुवा हो भने पनि, यदि उसले केही समयसम्‍म वास्तविक काम गर्दैन, आफ्‍नो कर्तव्यमा आफुखुसी गर्दै जथाभाबी गर्छ, वा बारम्‍बार सङ्गति दिँदा र निराकरण गर्दा पनि परिवर्तन हुँदैन भने, उसलाई जोगाउने वा उक्साउने नगरेर सरुवा वा बर्खास्त गरिन्छ। परमेश्‍वरको घरले कसैलाई बर्खास्त गर्दा वा हटाउँदा, यो उसले आफ्‍नो कर्तव्यमा निरन्तर देखाएको व्यवहारको आधारमा हुन्छ अनि तिनीहरू परमेश्‍वर र सत्यतालाई कसरी लिन्छन् त्यो पनि विचार गरिन्छ। यी कुराहरू कहिल्यै मनमानी ढङ्गमा गरिँदैन। अगुवाको रूपमा काम गरेको विगत दुई-तीन वर्षलाई फर्केर हेर्दा, आफ्‍नो कर्तव्यमा समस्या देखा परेको बेला, मेरा अगुवाहरूले पत्ता लगाएपछि सधैँ सत्यतामा सङ्गति गर्थे, मलाई सहयोग गर्थे, र समस्या औँल्याइदिन्थे। गम्‍भीर समस्यामा, तिनीहरू मलाई निराकरण, खुलासा र चिरफार गर्थे, र आफूलाई बुझ्‍न सहयोग गर्थे। मैले सत्यता नबुझेको र आफ्नो अहङ्कारी स्वभावमा भर परेको कारण क्याटीलाई दमन गर्दा, अगुवाले मलाई त्यसको लागि बर्खास्त गरेनन्, बरु मेरा समस्याहरू औँल्याएर मलाई पश्‍चात्ताप गर्ने मौका दिए। साथै, क्याटी मण्डली अगुवा निर्वाचित भएकी थिइन्, तर उनले कहिल्यै कुनै व्यावहारिक काम गरिनन् र ख्रीष्टविरोधीको मार्गमा हिँडेर सुसमाचार काममा बाधा दिँदै र क्षति पुऱ्याउँदै दुष्कर्म गरेकी थिइन्। माथिल्‍लो तहका नेतृत्ववर्गले यो थाहा पाएपछि, उनलाई तुरुन्तै बर्खास्त गरे। मैले व्यक्तिगत रूपमा देखेका र अनुभव गरेका कुराहरू परमेश्‍वरको घरमा सत्यता र धार्मिकताले शासन गर्छन् भन्‍ने कुराका प्रमाण थिए। तर मैले क्याटीका समस्याहरू रिपोर्ट गरेँ भने, मैले प्रतिभाशाली व्यक्तिलाई दमन र बहिष्कार गरिरहेको देखिन्छ, र मलाई बर्खास्त गरिन्छ भन्‍ने सोचेँ। यस्तो सोचाइ पूर्णतः गलत थियो, र म अत्यन्तै छली थिएँ र ममा परमेश्‍वरप्रति साँचो विश्‍वासको कमी थियो। साथै मलाई म मण्डलीको कामलाई कायम राख्नु र मानिसहरूलाई दमन गर्नु भनेको के हो भनेर स्पष्ट रहेनछु भन्‍ने थाहा भयो। वास्तवमा, यदि सिद्धान्तहरूको आधारमा व्यक्ति व्यावहारिक काम नगर्ने झूटा अगुवा भनेर चिनियो, र यदि मण्डलीको कामको रक्षा गर्न उसको रिपोर्ट गरियो, र यो बनावटी वा मनमानी मनगढन्ते ढङ्गले नभई, तथ्यहरूका आधारमा गरियो भने, यो सिद्धान्तहरू पालना गरेर मण्डलीको कामको रक्षा गर्नु हो, दमन गर्नु होइन। यदि हाम्रा अभिप्राय कसैलाई बदला लिनु वा दण्ड दिनु हो भने, यदि कसैले हामीले भनेको नमानेको कारण वा उसले हाम्रो हैसियत खतरामा पारेको वा यसलाई नस्विकारेको कारण उसलाई आलोचना गरिरहेका वा दोष दिइरहेका छौँ, र उसलाई झूटो आरोप लगाउन वा दण्ड दिन तथ्यहरूसमेत बङ्ग्याउँछौँ भने यो दमन हो। मैले रिपोर्ट गर्न चाहेको क्याटीका व्यवहारलाई उनीसँग अन्तरक्रिया गर्दा देखेकी थिएँ। मेरो रिपोर्ट निराधार वा बदला लिनको लागि थिएन। यो त मैले समस्याहरू रिपोर्ट गर्न र मण्डलीको काममा हानि हुन नदिन चाहेकोले थियो। यो त मण्डलीको कामको रक्षा गर्नु थियो, उनलाई दमन गर्नु वा दण्ड दिनु थिएन। साथै, अगुवाको एउटा जिम्‍मेवारी भनेको “काममा अलमल र कठिनाइहरू उत्पन्‍न भएको अवस्थामा चाँडै रिपोर्ट गर्ने र मार्गनिर्देशनको खोजी गर्ने(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। अहिले, हामी कसैले पनि सत्यता बुझ्दैनौँ, त्यसकारण जब हामी आफ्नो काममा धेरै अन्योल हुन्छौँ र कठिनाइहरू, आफूले पूर्णरूपमा बुझ्‍न नसकेका कुराहरू, वा आफूले पूर्णतः चिन्‍न नसक्‍ने मानिसहरूको सामना गर्छौँ, तब हामीले माथिल्‍लो तहका नेतृत्ववर्गलाई यसको तुरुन्तै रिपोर्ट गर्नुपर्छ। मण्डलीको महत्त्वपूर्ण काम गर्ने मानिसहरूमा यो विशेष गरी लागू हुन्छ। व्यक्ति अगुवा हो वा उसले प्रोजेक्टको रेखदेख गरिरहेको छ भन्दैमा ऊ प्रयोगयोग्य छ भन्नु मिल्दैन, किनभने व्यक्तिले सत्यता प्राप्त गर्नुअघि आफ्‍नो भ्रष्ट स्वभाव पछ्याउन सक्छ र उसले कुनै बेला मण्डलीको काममा बाधा दिन सक्छ। उसले कहिले बाटो बिराएर परमेश्‍वरको विरोध गर्छ थाहा हुँदैन। कसैको रिपोर्ट गर्नु उसको निन्दोचर्चो गर्नु होइन। यो तिनीहरूका कमजोरीमा ध्यान लगारहनु, वा सानातिना गल्ती खोतलिरहनु होइन, तर यो त अरूलाई कसरी चिन्‍ने र व्यवहार गर्ने भनेर सिद्धान्तहरू खोज्नु हो। मण्डलीको कामको रक्षा गर्न यो गरिन्छ। यदि यो व्यक्ति ठिक छ र समस्या हाम्रै समझअनुसार छ भन्‍ने पत्ता लाग्यो भने, माथिल्‍लो तहका नेतृत्ववर्गलाई रिपोर्ट गरेर र सङ्गति खोजेर, हामी सिद्धान्तहरू सिक्‍न र मानिसहरूसँग निष्पक्ष व्यवहार गर्न सक्‍नेछौँ। यदि खोजी गरेर, यो व्यक्तिको काममा साँच्‍चै समस्याहरू छन् भन्‍ने निर्धारित गरियो भने, हामीले तुरुन्तै तिनीहरूसँग सङ्गति गर्न, र तिनीहरूलाई तिनीहरूका समस्याहरू चिन्न र सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सहयोग गर्न पनि सक्छौँ। यसो गर्नु मण्डलीको काम र ब्रदर-सिस्टरहरूका लागि फाइदाजनक हुन्छ। वास्तवमा, कामको प्रगतिमा असर हुन नदिन कमजोर मानवता भएका र मण्डलीको काम पटक्कै कायम नराख्ने मानिसहरूलाई तुरुन्तै सरुवा वा बर्खास्त गर्नुपर्छ। त्यसकारण, समस्याहरूको तुरुन्तै रिपोर्ट गर्नु अगुवाहरूको कर्तव्य र जिम्‍मेवारी हो। मैले परमेश्‍वरको इच्‍छा बुझेपछि यदि अर्का मण्डली अगुवा वा सुपरभाइजरमा समस्या देखेँ भने, आफूले पूर्ण नबुझेको जुनसुकै कुराबारे म सहकर्मीहरूसँग छलफल गर्नेछु, र यदि कसैले पनि मामिला स्पष्टसित बुझ्‍न सकेन भने, माथिल्‍लो तहका नेतृत्ववर्गलाई तुरुन्तै यसको रिपोर्ट गरेर सिद्धान्तहरू खोज्नेछु भन्‍ने सङ्कल्प गरेँ। म उप्रान्त आफ्‍नै हितहरूलाई मात्रै विचार गरेर स्वार्थी र छली हुनु हुँदैनथ्यो। चाँडै नै, मैले मेरी सहकर्मी सिस्टर जेनीले आफ्‍नो कर्तव्यका सिद्धान्तहरू बुझेकी छैनन्, उनी सधैँ सानातिना कुरामा ध्यान लगाइरहेकी, र भिडियो कामको प्रगतिमा ढिलाइ गरिरहेकी हुन्छिन् भन्‍ने थाहा पाएँ। माथिल्‍लो तहका नेतृत्ववर्गले भिडियो काममा किन ढिलाइ भएको भनेर सोध्दा, मैले जेनीका समस्याहरूबारे यथार्थरूपमा बताएँ। त्यसपछि तिनीहरूले यो कर्तव्य कसरी पूरा गर्ने भनेर केही सिद्धान्तहरूमा सङ्गति दिँदै अझ स्पष्ट बाटो देखाए र भिडियो काममा उल्लेखनीय प्रगति भयो। यो परिणाम देख्दा मलाई गहन शान्ति भयो र सत्यता अभ्यास गर्नुको आनन्द महसुस भयो।

यस अनुभवबाट, मैले आफ्नो भ्रष्ट स्वभावबारे र मैले किन रिपोर्ट गर्ने आँट गरिनँ भनेर केही बुझाइ प्राप्त गरेँ। म अति स्वार्थी र घृणित रहेछु, मैले आफ्नो हैसियतको अत्यन्तै मोल गरेँ भनेर मलाई थाहा भयो। केवल आफ्‍ना हितहरूको रक्षा गर्न, मलाई समस्याबारे रिपोर्ट गर्न र प्रतिभाशाली व्यक्तिलाई दमन गरेको आरोप लाग्छ भन्‍ने डर लागेको थियो। मलाई मेरो भ्रष्ट स्वभाव बुझ्‍न, मेरा गलत सोचाइ र दृष्टिकोण सच्याउन, र अभ्यासको मार्ग प्राप्त गर्न डोऱ्याउने परमेश्‍वरको वचन नै थियो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

बन्धन

सन् २००४ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, र केही समयपछि नै, सुसमाचार प्रचार गरेको निहुँमा मलाई...

एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्