एन्जेलको कथा

25 अप्रिल 2023

मैले सिस्टर ये सियाङलाई २०२० को अगस्टमा फेसबुकमा भेटेँ। उनले मलाई प्रभु येशू फर्किसक्नुभएको, उहाँले धेरै सत्यता व्यक्त गरिरहनुभएको, र आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको कुरा बताइन्। उनले मलाई यो न्यायको काम गर्न उहाँ फर्कनुहुनेबारे भविष्यवाणीहरू पनि सुनाइन्: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। यो पढेर र ये सियाङको सङ्गति सुनेर, मैले प्रभु येशूले छुटकाराको काम मात्र गर्नुभएको रहेछ भनेर बुझेँ। विश्‍वासीहरूको पाप क्षमा गरिए पनि, हाम्रो पापी प्रकृति जस्ताको त्यस्तै छ। हामी मण्डली जान्छौँ, प्रार्थना गर्छौँ, र पाप स्विकार गर्छौँ, र पनि झूट बोलिरहन्छौँ र पाप गरिरहन्छौँ, पापको बन्धनबाट उम्कन सक्दैनौँ। न्याय र शुद्ध पार्ने कामका लागि हामीलाई परमेश्‍वर चाहिन्छ, जसले गर्दा हामी यी बन्धनबाट साँच्चै मुक्त हुन सक्छौँ र परमेश्‍वरको राज्यमा प्रवेश गर्न लायक हुन्छौँ। ये सियाङको सङ्गतिले धेरै अन्तर्दृष्टि दिन्थ्यो, मैले मण्डलीमा कहिल्यै नसुनेका कुराहरू उनले बताइन्। म खोजी र अनुसन्धान गर्न इच्छुक थिएँ।

दुई जना ब्रदरहरू हाम्रो गाउँमा सुसमाचार सुनाउन आएका थिए र मैले तिनीहरूलाई घरमा राखेँ। एकपटक, उनीहरूको प्रचार सुन्न बीस जनाभन्दा बढी गाउँलेहरू मेरो घरमा आए। तिनीहरूलाई सर्वशक्तिमान् परमेश्‍वरको वचन राम्रो लागेछ र तिनीहरूले त्यसबाट निकै पोषण पाए, र अनुसन्धान गरिरहन चाहे। अर्को दिन, पाष्टर र एल्डरहरूले ब्रदरहरू र उनीहरूले सुसमाचार प्रचार गरेको कुरा सुनेछन्, र मलाई रोक्न आए। ढोकाबाट छिर्नेबित्तिकै पाष्टर टियनले मलाई सोधे: “तपाईंको घरमा प्रचार गर्न को आएको छ?” तिनीहरूको कठोर भाव देखेर म घबराएँ। यदि पाष्टरहरूले दुई जना ब्रदर सुसमाचार सुनाउन आएका कुरा थाहा पाए भने उनीहरूलाई समस्या हुनेछ भनेर म चिन्तित भएँ। त्यसैले मैले भनेँ: “उनीहरू मैले अनलाइनमा भेटेका साथी हुन्।” त्यसपछि पाष्टर चेनले भनेः “हामीले उनीहरू सुसमाचार सुनाउन आएका हुन् भन्‍ने सुन्यौँ। तपाईंले उनीहरूलाई फेरि घरमा पटक्कै राख्न हुँदैन! यदि तपाईंले त्यसो गरेको थाहा पाएँ भने, म तपाईंका श्रीमानलाई तपाईंले लोग्नेमान्छेहरूलाई घरमा राखिरहनुभएको छ भनेर भन्दिन्छु!” उसले यसो भन्दा मलाई साह्रै रिस उठ्यो। ती ब्रदरहरूले गाउँलेहरूलाई सुसमाचार सुनाउँदा मात्र मैले उनीहरूलाई घरमा राखेकी थिएँ। मैले कुनै लज्जास्पद काम गरेकी थिइनँ, तर ती पाष्टर झूट बोलेर मलाई धम्की दिन चाहन्थे। त्यसपछि पाष्टर टियनले भनेः “उनीहरूको सुसमाचारमा विश्‍वास नगर्नुहोस्, प्रभु येशूले प्रष्टै यसो भन्नुभएको छः ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। आखिरी दिनहरूमा थुप्रै झूटा ख्रीष्टहरू देखा पर्नेछन्। प्रभु आउनुभएको छ भन्‍नेहरू सबै झूटा हुन्। तिनीहरूको छलमा नपर्नुहोस्! म यो तपाईंलाई बचाउन भनिरहेको छु। मलाई तपाईं धोकामा पर्नुहोला भन्‍ने डर छ।” त्यो बेला, मैले पाष्टरको कुरा बुझिनँ, मलाई लाग्यो, तिनीहरू लामो समयदेखि विश्‍वासी भएकाले धेरै कुरा बुझेका छन्, र तिनीहरूले भनेका कुराहरू बाइबलअनुरूप छन्। यदि तिनीहरू सही थिए र म वास्तवमै बहकिँदै थिएँ भने मैले के गर्ने होला? त्यसैले, मैले उनीहरूलाई विश्‍वास गरेँ। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सदस्यहरूले भेलाका लागि मलाई सम्पर्क गरे, तर मैले अस्विकार गर्न बहाना बनाएँ, आफ्नो फेसबुक एकाउन्टसमेत बद्लेँ, र उनीहरूसँग पूर्णरूपमा सम्बन्ध तोडेँ।

म करिब दुई हप्तासम्म भेलामा गइनँ। मैले घरमै साथीहरूसँग अनलाइन कुरा गरेर र भिडियोहरू हेरेर दिनहरू काटेँ। मलाई साह्रै न्यास्रो लाग्थ्यो। म अक्सर सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरूसँग भेला भएको र त्यति बेला मेरो हृदय पूर्ण र खुसी भएका दिनहरूबारे सोच्थेँ, तर अहिले मलाई झन्-झन् धेरै असहज भइरहेको थियो। मैले सोचेँ: “यदि सर्वशक्तिमान् परमेश्‍वर साँच्चै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र मैले उहाँलाई स्विकार गरिनँ भने, के मैले उहाँको मुक्ति गुमाउनेछु? तर पाष्टरहरूले त गलत ख्रीष्टहरू मानिसलाई छल गर्न आखिरी दिनहरूमा देखा पर्नेछन् र प्रभुको पुनरागमनबारे प्रचार गर्ने सबै झूटा हुन् भन्थे। म छलमा परेँ भने के होला?” म अति दोधार र अन्योलमा परेँ, त्यसैले खोजी गर्दै प्रभुलाई प्रार्थना गरेँ: “हे प्रभु येशू, ममा समझ छैन र कसको कुरा सुन्ने मलाई थाहा छैन। कृपया, मलाई तपाईंको इच्छा बुझ्न र तपाईंको मुक्ति नगुमाउन अन्तर्दृष्टि दिनुहोस्।” प्रार्थना गरेपछि, म त्यतिकै खोजी नगरी भाग्नु हुँदैन भन्‍ने मलाई महसुस भयो, मैले यी समस्याबारे स्पष्ट हुन सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूलाई भेट्नुपर्थ्यो। तर, दुइटा भेलापछि नै पाष्टरहरूले थाहा पाउँदा म चकित भएँ। तिनीहरूले हामीलाई पाष्टर टियनको घरमा भेलाको लागि बोलाए। म अलि घबराएँ। पाष्टरहरूले के गर्नलागेका हुन्, मलाई थाहा थिएन। त्यो बेलुका, हामी पाष्टर टियनको घर गयौँ। त्यहाँ केही अन्य पाष्टर र एल्डरहरू पनि थिए। पाष्टर टियनले भनेः “हालै तपाईंहरू अनलाइन प्रवचनहरू सुन्दै हुनुहुन्छ भन्‍ने सुन्छु। किन तपाईंहरू हाम्रो सट्टा सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका प्रवचनहरू सुनिरहनुभएको छ? तपाईंहरू मण्डलीमा जबसम्म आउनुहुन्छ, हाम्रो प्रवचन सुन्नुहोस्, अनि प्रभुलाई प्रार्थना गरेर पाप स्विकार्नुहोस्, परमेश्‍वरले त्यसको सम्झना गर्नुहुनेछैन, र प्रभुको पुनरागमन भएपछि, उहाँले हामीलाई स्वर्ग लैजानुहुनेछ।” मैले सोचेँ: “परमेश्‍वरमा विश्‍वास गर्नेहरूले उहाँको वचन सुन्नुपर्छ। पाष्टर र एल्डरहरूले सधैँ हामीलाई उनीहरूको वचन सुन्न लगाउँछन्—के उनीहरूले मानिसहरूलाई परमेश्‍वरको साटो आफूसामु ल्याइरहेका छैनन् र?” म पाष्टरको कुरासँग असहमत भएँ, तर तिनको खण्डन गर्ने साहस गरिनँ। त्यसपछि पाष्टर टियनले हामीलाई एउटा नोटबुक दिँदै चिच्याएः “के तपाईंहरू अरू परमेश्‍वरमा विश्‍वास गरिरहनुहुन्छ? अहिले रोज्नुहोस्! तपाईंहरूको नाम यहाँ छ, चाँडो हस्ताक्षर गर्नुहोस्। विश्‍वास छाड्न रोज्नुहुन्छ भने टिक लगाउनुहोस्, हैन भने क्रस लगाउनुहोस्। अन्य परमेश्‍वरमा विश्‍वास गरिरहनुभयो भने धेरै समस्यामा पर्नुहुनेछ! हामी उप्रान्त तपाईंको परिवारलाई विवाह, अन्त्येष्टि, प्रसव वा घर निर्माणजस्ता कामकुरामा मदत गर्नेछैनौँ।” म जहाँ बस्छु, हामी ती चलनलाई निकै महत्त्व दिन्छौँ, र पाष्टरहरूको साथविना, गाउँलेहरूले पनि हामीलाई मदत गर्नेथिएनन्। त्यतिखेर, म अलि कमजोर भएँ। मैले सोचेँ: “मेरो परिवार घर बनाउने योजनामा छ। गाउँको चलनअनुसार, यसको नेतृत्व पाष्टर र एल्डरहरूले नगरी हुन्न। उनीहरूले स्वीकृति दिएनन् भने, मदत गर्न कोही आउनेछैनन्। यदि मैले अनलाइन भेलामा भाग लिइरहेँ भने, घरमा केही आइपर्दा गाह्रो हुनेछ। तर मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेकी छु र ती प्रभुको आवाज जस्तै लाग्छन्, फर्कनुभएका प्रभु येशू नै सर्वशक्तिमान् परमेश्‍वर हुन सक्छ। यदि मैले पाष्टरको कुरा सुनेर सर्वशक्तिमान् परमेश्‍वरलाई त्यागेँ भने, प्रभुको प्रतिरोध गरेकी हुनेछैनँ र?” यो सोचेर, मैले नोटबुकमा क्रस लगाएँ। अरूले एकपछि अर्को क्रस लगाए। एक जनाले मात्र टिक लगाए। पाष्टर क्रोधित भए र भनेः “भविष्यमा तपाईंहरूलाई समस्या पर्दा गाउँलेहरू मदत गर्न आउनेछैनन्। हामी तपाईंहरूका लागि प्रार्थना पनि गर्नेछैनौँ। यसपछि हाम्रो सम्बन्ध टुट्छ!”

मलाई रिस उठ्यो, तर सँगसँगै दोधारमा पनि थिएँ। अनि पाष्टरले भनेका गलत ख्रीष्टहरू नि? मैले सँगै भेला भएका दुई जना सिस्टरहरूबाट बुझ्न खोजेँ। एक जनाले मलाई सर्वशक्तिमान् परमेश्‍वरको वचन पढेर सुनाइन्। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको आधिकारिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। यसपछि, उनले सङ्गति दिइन्: “हामी कसरी साँचो ख्रीष्ट र झुटो ख्रीष्टलाई छुटाउन सक्छौ? ख्रीष्ट देह बन्नुभएका परमेश्‍वरका आत्मा हुनुहुन्छ, जो पृथ्वीमा मानवको रूपमा आउनुभएको छ। उहाँ सत्यताको मूर्तरूप, मुक्तिदाताको आगमन हुनुहुन्छ। ख्रीष्टले सत्यताहरू व्यक्त गर्न र रहस्यहरू खोल्न सक्नुहुन्छ। उहाँले मानिसलाई शुद्ध पार्न र मुक्ति दिन अनि स्वयम् परमेश्‍वरको काम गर्न सक्नुहुन्छ। वास्तवमा, झूटा ख्रीष्टहरू पिशाच हुन्। तिनीहरूले आफू परमेश्‍वर भएको जसरी दाबी गरे पनि, सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम गर्न सक्दैनन्। तिनीहरू बाइबलका केही वचन प्रचार गर्न वा मानिसहरूलाई बहकाउन केही चमत्कार मात्र गर्न सक्छन्।” त्यसपछि उनले मलाई मिल्दो उदाहरण दिइन्। यदि दश जना सेता कोट लगाएका र स्टेथोस्कोप भिरेका मानिसहरू सबै चिकित्सक भएको दाबी गर्छन्, तर एक जना मात्र साँचो चिकित्सक हुन् भने, हामी साँचो र झूटो कसरी छुट्याउन सक्छौँ? हामीले तिनीहरूको कपडा वा चालढाल मात्र हेर्नु हुँदैन, मुख्य कुरा तिनीहरू रोगको उपचार गर्न सक्छन् कि सक्दैनन् भनी हेर्नुपर्छ। यो गर्न सक्छन् भने तिनीहरू चिकित्सक हुन्। हामीले ख्रीष्टलाई चिन्न बाहिरी रूप मात्र हेर्नु हुँदैन। हामीले यसलाई उहाँको काम, वचन, र उहाँले प्रकट गर्ने स्वाभावका आधारमा निर्णय गर्नुपर्छ। उहाँले सत्यताहरू व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्नुहुहन्छ भने उहाँ ख्रीष्ट हुनुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरको वचन पढ्दा हामी सबैले उहाँका वचनहरू सत्यता हुन्, तिनमा शक्ति र अख्तियार छन् भनेर देख्न सक्छौँ। उहाँले परमेश्‍वरको ६ हजार वर्षे व्यवस्थापन योजनाका रहस्यहरू, उहाँको कामका तीन चरण, उहाँको देहधारण, र उहाँको नामहरू, र बाइबलको भित्री कथा खुलाउनुहुन्छ। उहाँले शैतानले तुल्याएको मानिसको भ्रष्टताको सत्यता र सार, र परमेश्‍वरविरुद्ध मानिसको विद्रोह र प्रतिरोधको स्रोत पनि खुलाउनुहुन्छ, जसले मानिसहरूलाई आफ्नो भ्रष्ट स्वाभाव थाहा पाउन मदत गर्दछ। उहाँले हामीलाई उहाँ कस्ता मानिसहरू रुचाउनुहुन्छ, कस्तालाई घृणा गर्नुहुन्छ, कस्ता मानिस परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छन, र कस्तालाई सजाय दिइनेछ जस्ता कुराहरू बताउनुहुन्छ। उहाँले हामीलाई उहाँको धर्मी, चिढ्याउन नसकिने स्वाभाव पनि प्रकट गर्नुहुन्छ। सर्वशक्तिमान् परमेश्‍वरले भ्रष्ट मानवजातिलाई मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ। यसबाट हामी के निश्चित हुन सक्छौँ भने, सर्वशक्तिमान् परमेश्‍वर देहधारी परमेश्‍वर र आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ। झूटा ख्रीष्टहरूले सत्यता व्यक्त गर्न सक्दैनन् वा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम गर्न सक्दैनन्, मानिसको भ्रष्ट स्वाभाव हटाउनु त परको कुरा हो। तिनीहरूले जति नै आफू परमेश्‍वर हुँ भने पनि, तिनीहरू झूटा र दुष्ट आत्मा हुन्, र तिनीहरूको पतन हुनेछ।

ती सिस्टरको सङ्गतिपछि मेरो हृदय झन् प्रसन्न भयो। मैले साँचो ख्रीष्टलाई चिन्न पाष्टर वा एल्डरहरूको कुरा पछ्याउनु हुँदैन, मुख्य कुरा भनेको उहाँ सत्यता व्यक्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर हेर्नु हो। सर्वशक्तिमान् परमेश्‍वरले अति धेरै सत्यता व्यक्त गर्नुभएको छ, बाइबलका अति धेरै रहस्यहरू खुलाउनुभएको छ, र मानिसलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्नुभएको छ। यी कुरा मानवले गर्न सक्दैनथे। सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशूको हुनुहुन्छ भनेर म पूर्ण विश्‍वस्त भएँ। यसपछि, म अक्सर गाउँका ब्रदर-सिस्टरहरूसँग भेला हुन्थेँ।

२०२१ को अप्रिलमा, मेरा श्रीमानको पुरानो रोग बल्झियो र दुर्भाग्यवश उपचारको क्रममा उनी बिते। मेरा आफन्तहरू पाष्टरहरूले आएर प्रार्थना र अन्त्येष्टिको प्रबन्ध गरिदिऊन् भन्‍ने चाहन्थे, तर पाष्टर र एल्डरहरूले मलाई गिल्ला गरे र मलाई मेरो विश्‍वास त्याग्न बाध्य पार्ने मौका छोपे। गाउँ प्रशासन प्रमुख पनि तिनीहरूसँगै लागे, तिनीहरूको कुरा नसुनेकोले मलाई झपारे, र गाउँलेहरूलाई मेरो मदत गर्न दिएनन्। त्यसपछि उनले भने: “यदि तिमीले सबैसामु पाप स्विकार्छौ, सर्वशक्तिमान् परमेश्‍वरलाई त्याग्ने बाचा गर्छौ, र मण्डलीको भेलाहरूमा सहभागी हुन्छौ भने, हामी तिम्रा श्रीमानलाई दफन गर्न मदत गर्नेछौँ।” तिनीहरूले मलाई आफ्नो विश्‍वास त्याग्न बाध्य पार्न मेरा श्रीमानको दफन कार्यलाई प्रयोग गर्लान् भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ। यो अति घिनलाग्दो र घृणित कुरा थियो। मैले तिनीहरूसामु पाप स्विकार्नुपर्ने कारण नै थिएन। म आफ्नो पाँच महिनाको छोरा च्यापेर रून मात्र सक्थेँ। मैले जवाफ नदिएपछि, तिनीहरूले मेरो परिवारलाई म गलत हुँ भनी स्विकार्न धम्की दिन लगाए। मेरो लागि बोलिदिने त्यहाँ कोही थिएन। म थरथर काँपेँ र असहाय भएर एक्लो महसुस गरेँ। मैले सोचेँ: “यदि मैले म गलत रहेछु भनिनँ भने, मेरा श्रीमानलाई दफन गर्न कसैले मदत गर्नेछैन, तर यदि त्यसो भनेँ भने, परमेश्‍वरलाई इन्कार गरिरहेकी र धोका दिइरहेकी हुनेछु। अब मैले के गर्नुपर्ने?” पीडामा, मैले परमेश्‍वरलाई पुकारेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर! मलाई विश्‍वास छ तपाईं स्वयम् परमेश्‍वर, सबैका अद्वितीय सृष्टिकर्ता हुनुहुन्छ, तपाईं आश्रय दिनुहुने सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ, र सबथोक तपाईंकै हातमा छ। म तपाईंका बन्दोबस्तहरू पालन गर्न इच्छुक छु।” प्रार्थना गरेपछि, मलाई आफूले पढेको परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … जब आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच युद्ध हुन्छ, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट बनाउनुपर्छ, र उहाँलाई साक्षी दिन तँ कसरी दह्रिलो भएर खडा हुनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो जाँच हो र साक्षी दिनका लागि परमेश्‍वरलाई तेरो आवश्यकता पर्ने समय हो भन्‍ने तँलाई थाहा हुनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। मैले के बुझेँ भने यसो हेर्दा पाष्टरहरू र गाउँ प्रशासन प्रमुखले मलाई सताएको र अवरोध गरेजस्तो देखिए पनि, वास्तवमा, यो सब शैतानको छल र अवरोध थियो। तिनीहरूले यो मेरै राम्रोको लागि हो भने पनि, वास्तवमा अन्त्येष्टि, विवाह, प्रसव, र घर निर्माणजस्ता गाउँका चलनहरू प्रयोग गरेर गाउँलेहरूलाई मलाई त्याग्न, परमेश्‍वरलाई अस्विकार गर्न र धोका दिन बाध्य पार्न लगाउँदै थिए। तिनीहरू मलाई आफ्नो धर्ममा तान्न, तिनीहरूको पछि लाग्न र आज्ञा पालन गराउन पनि चाहन्थे। परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न धेरै अघि नै अनुग्रहको युग छोडिसक्नुभएको छ। यदि मैले पाष्टरहरू र गाउँ प्रशासन प्रमुखको कुरा सुनेर तिनीहरूसँगै मण्डली फर्किएँ भने, परमेश्‍वरद्वारा मुक्ति पाइने मौका गुमाउनेथिएँ, र मलाई नरकमा पठाएर तिनीहरूसँगै सजाय दिइनेथ्यो। त्यो शैतानको दुष्ट अभिप्राय थियो। तिनीहरू जसरी मेरो बाटोमा उभिए पनि, मैले तिनीहरूको कुरा सुन्नु हुँदैनथ्यो। मैले प्रार्थना गर्ने, परमेश्‍वरमा भरोसा राख्ने, आफ्नो गवाहीमा अडिग रहने, र शैतानलाई लज्जित तुल्याउने गर्नुपर्थ्यो। तर मलाई अझै श्रीमानको अन्त्येष्टिका लागि मदतको आवश्यकता थियो, जुन व्यवहारिक समस्या थियो। गाउँले, आफन्त र इष्टमित्रहरू सबै गाउँ प्रशासन प्रमुख र पाष्टरहरूको कुरा सुनेर मदत गर्दैनथे, अब मैले के गर्ने? मैले परमेश्‍वरलाई पुकारिरहेँ: “हे सर्वशक्तिमान् परमेश्‍वर, मेरा श्रीमानलाई दफन गर्न मलाई मदत गर्न कोही आउँछन् वा आउँदैनन् त्यो पूर्णरूपमा तपाईंको हातमा छ। यी कुराहरू म तपाईंलाई नै सुम्पन्छु। जे परे पनि, म तपाईंमा समर्पित हुनेछु र तपाईंलाई कहिल्यै विश्‍वासघात गर्नेछैनँ।” प्रार्थना गरेपछि मलाई अलि शान्त र कम पीडा महसुस भयो। ठिक त्यसपछि, मेरा काकाले बाहिर यसो भनेको सुनेँ: “मेरो बिन्ती छ, कृपया मदत गर्नुहोस्, म उनको तर्फबाट माफी माग्छु।” गाउँ प्रशासन प्रमुखले भनेः “उनी आफैले माफी माग्नुपर्छ।” मैले सोचेँ: “तिनीहरूले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन जे पनि गर्नेछन्, तर तिनीहरू जति कोसिस गर्छन्, म शैतानलाई लज्जित पार्ने आफ्नो गवाहीमा उति नै अडिग रहनैपर्छ।” करिब दस मिनेटपछि अप्रत्याशितरूपमा आमाको फोन आयो। उहाँले भन्नुभयोः “निराश नहोऊ, तिम्रा श्रीमानका केही सैनिक साथीहरूले तिमीलाई उनलाई दफन गर्न मदत गर्नेछन्, तिनीहरू आउँदै छन्।” त्यति बेला, म एकदमै भावुक भएँ। म सबैभन्दा असहाय अवस्थामा हुँदा परमेश्‍वरले मलाई त्यो सङ्कटमा मदत गर्न मानिसहरू पठाउनुभएको थियो। मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “तँ जान्दछस् कि तेरो वरिपरि वातावरणमा भएका सबै कुराहरू मेरो अनुमतिमा त्यहाँ छन्, सबै मैले नै योजना बनाएको हुँ। स्पष्ट रूपमा हेर र मैले तँलाई दिएको वातावरणमा मेरो हृदयलाई सन्तुष्ट बना। नडरा, सेनाहरूका सर्वशक्तिमान्‌ परमेश्‍वर अवश्य नै तेरो साथमा हुनेछ; उहाँ तेरो पछाडि खडा हुनुहुन्छ र उहाँ तेरो ढाल हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २६)। मैले सबथोक परमेश्‍वरको हातमा हुन्छ भन्‍ने बुझेँ। जबसम्म हामी परमेश्‍वरमा भरोसा राख्छौँ, उहाँले हामीलाई बाटो खोलिदिनुहुनेछ। तिनीहरूले मलाई अझै सताउँदै थिए, तैपनि मैले परमेश्‍वरको मार्गदर्शन देखेँ, मेरो हृदय दृढ भयो, र म नकारात्मक र कमजोर रहिनँ।

मेरा श्रीमानको अन्त्येष्टिको व्यवस्था गरिसकेपछि, उहाँकी आमाले मलाई अक्सर गाली गर्नुहुन्थ्यो, मैले प्रभु येशूलाई विश्‍वासघात गरेर गलत परमेश्‍वरमा विश्‍वास गरेकीले गाउँलेहरूले हामीलाई पन्छाइरहेका छन् भन्नुहुन्थ्यो। ती कुरामा मलाई मेरा आफन्तले पनि टोकस्थे। मेरो मावली खलक पनि मेरो नजिक आउन आँट गर्दैनथे। मेरी आमा मात्र मलाई भेट्न आउनुहुन्थ्यो, तर मलाई आग्रह गरिरहनुहुन्थ्यो: “तिमी किन पाष्टरहरू, गाउँ प्रशासन प्रमुख, वा गाउँ प्रमुखको कुरा सुन्दिनौ? आफूलाई हेर त, अब त तिम्रा श्रीमान पनि छैनन्, तिमी यी मानिसहरू वा तिम्रा श्रीमानको आफन्तमा भर पर्दिनौ भने कसमा भर पर्छौ? तिम्रो बच्चा सानै छ। तिमीले पाप स्विकारेर सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न छाड्नुपर्छ!” म जहाँ गए पनि, गाउँलेहरू मेरो कुरा काट्थे र मेरो मामिला चेवाचर्चाको विषय बनेको थियो। पहिले हामी कति राम्रो मिल्थ्यौँ भनेर म सोँच्थेँ, तर अहिले तिनीहरू मेरो विश्‍वासकै कारण मलाई सताउँदै र बहिष्कार गर्दै छन्। यो कुराले मलाई निकै चोट पुऱ्यायो र दुःखी बनायो। त्यसबेला, म्यानमारमा इन्टरनेट काटिएको थियो। त्यसकारण म अनलाइन भेला हुन वा प्रवचन सुन्न सक्दिनथेँ, र अन्य सदस्यहरू परमेश्‍वरका वचनहरूमा सङ्गति गरेर मलाई मदत गर्न मेरो घरमा आउने आँट गर्दैनथे। मलाई निस्पट्ट अन्धकारमा खसेको जस्तो हुन्थ्यो। म त यी अँध्यारा दिनहरूबाट बाहिर निस्कन मार्गदर्शन माग्दै हरेक दिन परमेश्‍वरलाई प्रार्थना मात्र गर्न सक्थेँ। एक दिन, मैले परमेश्‍वरका वचनको टेक्स्ट मेसेज पाएँ। “निराश नबन्, कमजोर नबन्, अनि म तेरो लागि सबै कुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले कठिन परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरो निम्ति तिमीहरूसँग भएको प्रेम बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ, केवल परीक्षाको कठिनाइ व्यक्ति अनुरूप फरक हुनेगर्छ। परीक्षाहरू मैले दिएका आशिषहरू हुन्, अनि तिमीहरूमध्ये कति जना मकहाँ बारम्बार आएर मेरो आशीर्वादको निम्ति घुँड़ा टेकेर प्रार्थना गर्छौ? मूर्ख बालकहरू! तिमीहरू सधैँ यो सोच्छौ कि केही ठूलठूला शब्दहरू मेरा आशीर्वादहरू हुन्। तर पनि तिक्तता पनि आशीर्वादहरू हुन् भन्‍ने तिमीहरू जान्दैनौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। त्यो पढेर म साह्रै भावुक भएँ। गम्भीर रोगमा अचानक अचुक औषधि पाएजस्तै भयो र ममा विश्‍वास र शक्ति भरियो। मैले परमेश्‍वरको वचन मनन गर्दा, परमेश्‍वरलाई पछ्याउनु सजिलो छैन, हरेकले पीडा र दुखकष्ट भोग्नुपर्छ। मेरो शरीरमा कष्ट भए तापनि, यसले मलाई परमेश्‍वरलाई प्रार्थना र भरोसा गर्न अक्सर उत्प्रेरित गर्न सक्यो। र मैले जति कष्ट भोगेँ, सत्यता खोज्न उति नै उत्प्रेरित भएँ। थाहै नपाई, मैले परमेश्‍वरको सार्वभौमिकताबारे केही ज्ञान पाएकी थिएँ, परमेश्‍वरसित मेरो सम्बन्ध झन् निकट बनेको थियो, र म उहाँलाई पछ्याउन झन् सङ्कल्पित भएकी थिएँ। बच्चै छँदादेखि मैले प्रभुलाई विश्‍वास गरेकी थिएँ, तर मैले त उहाँबाट प्राप्त अनुग्रह, आशिष्, शान्ति र खुसीको आनन्द लिन मात्र जानेकी थिएँ। मैले कहिल्यै कुनै पीडा र परीक्षा भोगेकी थिइनँ। मैले प्रभुबारे केही जानेकी थिइनँ, मानिसहरूलाई चिन्नु त परको कुरा थियो। तर मैले सर्वशक्तिमान् परमेश्‍वरको विश्‍वासीको रूपमा, यी सतावट र कठिनाइमार्फत, कष्ट थोरै भोगे पनि, मानिसहरू चिन्न सिकेकी थिएँ, पाष्टर र एल्डरहरूको कुरूप, छली, परमेश्‍वरविरोधी रूप प्रष्टै देखेँ। पहिले, मैले पाष्टरहरूले बाइबलको व्याख्या र हाम्रो लागि प्रार्थना गर्न सकेको देखेकीले, तिनीहरू हाम्रो हेरचाह गर्छन्, बाइबल बुझ्छन् र परमेश्‍वरलाई चिन्छन् भन्ठानेकी थिएँ। तर प्रभु येशू फर्कनुभएको छ भनेर सुनेपछि, तिनीहरू खोजी र अनुसन्धान गर्न इच्छुक भएनन्। तिनीहरूले विश्‍वासीहरूलाई पनि परमेश्‍वरको कामबारे अनुसन्धान गर्न रोक लगाए अनि मलाई आक्रमण गर्न र सर्वशक्तिमान् परमेश्‍वरलाई त्याग्न बाध्य पार्न गाउँको चलन र गाउँलेलाई प्रयोग गरे। मैले तिनीहरू ढोँगी फरिसीहरू हुन् भन्‍ने बुझेँ र तिनीहरूलाई पूर्णरूपले अस्वीकार गरेँ। ती पीडादायक र उदासिन दिनहरू सम्झिँदा, परमेश्‍वरका वचनको मार्गदर्शन नपाएको भए, मलाई ती पिशाचहरूले पागल बनाउँथे होला। परमेश्‍वरको वचनद्वारा नै मैले यी सबै कठिनाइ पार गरेँ। म सर्वशक्तिमान् परमेश्‍वरप्रति साँच्चै कृतज्ञ छु! केही समयपछि, म्यानमारमा फेरि इन्टरनेट आयो। मैले केही अन्य सदस्यलाई सम्पर्क गरेँ र तिनीहरूसँग भेला भएँ। तर पाष्टर र गाउँ प्रशासन प्रमुखको सतावट झन् बढ्यो।

जनवरी २०२२ मा एक दिन, तिनीहरूले गाउँ भेला बोलाए। करिब तीन सय मानिस जम्मा भएका थिए। तिनीहरूले हामी चौध जना विश्‍वासीलाई बाहिर तातो घाममा ठिङ्ग्राएर उभ्याए। गाउँ प्रशासन प्रमुखले भनेः “यस गाउँमा दुईवटा विश्‍वास रहनु हुँदैन। तिमी सर्वशक्तिमान् परमेश्‍वरका अनुयायीहरूले छनौट गर्न सकून् भनेर मैले यो भेला बोलाएको हुँ। सम्पूर्ण गाउँको तर्फबाट म तिमीहरूलाई सोध्छु, तिमीहरू सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरिरहन्छौ कि मण्डलीमा फर्कन्छौ?” तिनीहरूले हाम्रा आफन्तहरूलाई बोलाएर एक-एक गरी हामीलाई मनाउने कोसिस गरे। ब्रदर आइ वाङका बुबा गाउँ प्रमुख थिए जसले ब्रदर वाङलाई घुँडा टेकेर पाप स्विकार्न दबाब दिए। आइ वाङले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्नुमा कुनै गलत छैन भन्दै घुँडा टेक्न मानेनन्। उनका बुबाले रिसाउँदै भनेः “बुबाआमाले जे विश्‍वास गर्छन् तैँले त्यही विश्‍वास गर्नुपर्छ। के तैँले हाम्रो कुरा नसुनी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गरेर हामीलाई त्यागिरहेको छैनस् त?” आइ वाङले जवाफ दिएः “म परमेश्‍वरमा विश्‍वास गर्छु, मैले तपाईंहरूलाई त्याग्दै छु भनेर कहिले भनेँ? म मेरा आमाबुबालाई माया गर्छु, तर त्योभन्दा बढी हाम्रा सृष्टिकर्ता परमेश्‍वरलाई माया गर्छु।” उनका बुबा पहिलेभन्दा झन् रिसाएर गर्जिए: “तँ मेरो छोरा होस्! तेरो सबथोक मेरै हातमा छ! म तँलाई मसँग यसरी बोल्न दिन्नँ!” यो देख्दा, मलाई ती मानिसहरूको अहङ्कार झनै प्रष्ट भयो। तिनीहरूले प्रभुमा विश्‍वास गरे पनि उहाँलाई श्रद्धा गर्दैनथे, न त उहाँको महिमा नै गर्थे। त्यसपछि एक जना सरकारी अधिकारीले भने: “चीनमा मानिसहरूलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने अनुमति छैन, र त्यसो गर्नेलाई गिरफ्तार गरिन्छ। यहाँ हाम्रो आफै अनुसन्धान गर्ने योजना छ। कसले तिमीहरूलाई यो विश्‍वास गर्न लगायो? तिमीहरूको अगुवा को हो?” हामी सबैले हाम्रो कुनै अगुवा छैन भन्यौँ। त्यसपछि अर्को अधिकारीले हामीलाई जवाफ दिन दबाब दिए, तर हामीले हाम्रो अगुवा छैन भनिरह्योँ। त्यसपछि जिल्लाका सरकारी अधिकारीले हामीलाई सोधेः “सर्वशक्तिमान् परमेश्‍वर भनेको के हो?” मैले भनेँ: “तपाईंलाई थाहा छैन? सर्वशक्तिमान् परमेश्‍वर भनेको सृष्टिका प्रभु, तपाईंलाई नै सृष्टि गर्ने प्रभु हुनुहुन्छ।” यो सुनेर उनी रिसले चूर भए र हामीलाई अन्तिम छनौट गर्नू भने। सर्वशक्तिमान् परमेश्‍वरमै विश्‍वास गरिराख्न चाहनेले “जारी राख्छु” र विश्‍वास छोड्न चाहनेले “छाड्छु” भन्नुपर्थ्यो। “जारी राख्छु” भन्यौँ भने, हामीलाई तह लगाउन माथिल्लो तहमा रिपोर्ट गरिनेथ्यो। गाउँ प्रशासन प्रमुखले पनि “जारी राख्छु” भन्‍ने जतिले गाउँ छाड्नुपर्छ तर “छाड्छु” भन्‍ने जति गाउँमै बसेर मण्डलीमा फर्कन सक्छन् भने। त्यसपछि तिनीहरूले हामीलाई एक-एक गरी आफ्नो निर्णय भन्न लगाए। मअघि उभिएका तीन जना सिस्टरले सतावटको डरले “छाड्छु” भने। जब मेरो पालो आयो, मेरी आमाले ढाडमा मेरो बच्चा बोकेर मलाई “छाड्छु” भनेर विश्‍वास गर्न छोड् भन्दै कराउनुभयो। त्यतिखेर मेरी आमा र बच्चालाई हेर्दा एकदमै पीडा भयो। मलाई पक्राउ गरियो भने के होला भन्‍ने डर भयो, मेरी आमालाई मेरो बच्चाको हेरचाह गर्नु अति गाह्रो हुनेथ्यो। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेर विश्‍वास मागेँ। मैले प्रभु येशूका वचनहरू सम्झेँ। “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्‍ने, मेरो लायक हुँदैन(मत्ती १०:३७-३८)। “धार्मिकताको खातिर सताइनेहरू आशिषित्‌ हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:१०)। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरले भन्नुभएको छ, ‘परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ।’ यी वचनहरूको अर्थ के हो? यी वचनहरूको उद्देश्य सबै मानिसहरूलाई यो कुरा बताउनु हो: हाम्रो जीवन र हाम्रो आत्मा परमेश्‍वरबाट आएका हुन्; ती परमेश्‍वरबाट सृष्टि गरिएका कुरा हुन्। ती हाम्रा बुबाआमाबाट आएका होइनन्, र ती प्रकृतिबाट आउने त झन् प्रश्‍नै उठ्दैन। ती हामीलाई परमेश्‍वरले दिनुभएको हो। हाम्रो देहको जन्म मात्रै हाम्रा बुबाआमाबाट भएको हुन्छ, तर त्यो पनि परमेश्‍वरका बन्दोबस्तहरूबाट आउँछ। मानवजातिलाई र मानिसहरूका पुर्खाहरूलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हुनाले, हाम्रा बुबाआमालाई पनि परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो र निस्सन्देह नै उनीहरू प्रकृतिबाट आएका होइनन्। मानिसहरूको नियति परमेश्‍वरको हातमा छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्न सक्नु भनेको उहाँले हामीलाई दिनुभएको अवसर हो; यसलाई परमेश्‍वरले नै तोक्‍नुभएको हो, र यो उहाँको अनुग्रह हो। त्यसकारण, तँसँग अर्को कुनै व्यक्तिप्रति दायित्व लिने वा जिम्‍मेवारी बहन गर्ने उत्तरदायित्व हुँदैन; तेरो एउटै मात्र उत्तरदायित्व भनेको परमेश्‍वरको निम्ति सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्नु हो। मानिसले सबैभन्दा बढी गर्नुपर्ने कुरा यही हो, र, व्यक्तिको जीवनका सबै ठूला मामलाहरूमध्ये, तिनीहरूले सबैभन्दा बढी पूरा गर्नुपर्ने कुरा यही हो—यो व्यक्तिको जीवनको मुख्य मामला हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना बहकिएका दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ)। मैले बुझेँ, हाम्रो नियति परमेश्‍वरको हातमा छ। हामी कहाँ जन्मिन्छौँ, हाम्रा आमाबुबा को हुन्छन्, हामीमा कस्ता कठिनाइ आइपर्छ—यी सब कुरा धेरैअघि नै परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। मैले आफ्नो बच्चा जन्माए पनि, उसका लागि गर्न सक्ने भनेको आमाको कर्तव्य पूरा गर्नु मात्र हो, अर्थात् उसलाई जन्माउनु र हेरचाह गर्नु हो। तर म उसको नियति वा उसलाई आईपर्ने कुरा परिवर्तन गर्न सक्दिनँ। केही बालबालिका सानैमा अनाथ हुन्छन्, तर पनि तिनीहरू वयस्क बन्छन्। जसरी म सानै छँदा मेरा बुबाआमाले सम्बन्धविच्छेद गरे, र अरू बच्चाहरूको जस्तो मेरो ख्याल राख्ने बुबा थिएन, तैपनि म हुर्केर स्वस्थ वयस्क बनेँ। मेरो बच्चाको भविष्य परमेश्‍वरले निर्धारण गर्नुहुन्छ। मेरी आमा जवानै हुनुहुन्थ्यो। म नजिक नभए पनि उहाँले मेरो बच्चाको हेरचाह गर्न सक्नुहुन्थ्यो। मैले उनीहरूलाई परमेश्‍वरको हातमा सुम्पेर उहाँका बन्दोबस्तहरू मान्नुपर्थ्यो। मलाई झन्-झन्, मैले परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ र उहाँको अनुसरण गर्नुपर्छ, परमेश्‍वरको गवाहीमा अडिग रहनुपर्छ र शैतानलाई लज्जित तुल्याउनुपर्छ भन्‍ने महसुस भयो। त्यसैले म उभिएँ र भनेँ: “म जारी राख्नेछु!” गाउँ प्रशासन प्रमुखले भनेः “जारी राख्न रोज्नेहरूले गलत गर्दै छन्।” मैले जवाफ दिएँ: “म परमेश्‍वरलाई विश्‍वास गर्छु र पछ्याउँछु। म उहाँको वचन मात्र सुन्छु। यो गलत हैन!” ती अधिकारीले रिसाउँदै मलाई धर्मत्यागी र प्रभुप्रति विश्‍वासघाती भनेर गाली गरे। तर मेरो हृदयमा मलाई थाहा थियो, सर्वशक्तिमान् परमेश्‍वरले थुप्रै सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्नुभएको छ, र उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। मैले परमेश्‍वरको आवाज सुनेकी र प्रभुको मुक्ति स्विकारेकी थिएँ। म थुमाको पाइला पछ्याइरहेकी थिएँ, यो कसरी प्रभुप्रति विश्‍वासघात हो र? म तिनीहरूको घोर खण्डन गर्न चाहन्थेँ, तर तिनीहरूको खैलाबैलाले गर्दा मलाई मौकै मिलेन। एल्डर लीले मलाई बैगुनी नीच भनेर सराप्दै पिट्नलाई फल्याक टिपे। मलाई साह्रै डर लाग्यो र मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ। अचम्म, अचानक मेरी सासु अगाडि आएर तिनलाई रोक्नुभयो। मैले सुरक्षाका लागि परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यसपछि अन्य पाँच जना सदस्यले “जारी राख्ने” निर्णय गरे। हामीले सम्झौता नगरेको देखेर, तिनीहरूले हाम्रो अगुवा को हो भनेर केरकार गरिरहे। कसैले जवाफ दिएनन्। हामी घाममा त्यत्रो लामो समयदेखि ठिङ्ग्रिरहेका थियौँ, बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म, लगातार सात घण्टाभन्दा बढी, खाना वा पानी केही खाएका थिएनौँ। त्यसले गर्दा, निम्न रक्तचाप भएका एक जना कमजोर ब्रदर बेहोस भए। उनको परिवार उनलाई मदत गर्न आए, तर गाउँ प्रशासन प्रमुखले तिनीहरूलाई मदत गर्न दिएनन्। तिनले भनेः “यदि तिम्रो परमेश्‍वर साँचो हो भने ऊ किन बेहोस भयो त?” त्यसपछि, गाउँ प्रशासन प्रमुखले हामीलाई आफ्नो परिवार, पशुधन, र सम्पति लिएर त्यही साँझ गाउँ छाड्नू भने। उनले हामी गएपछि हाम्रा घरहरू जलाएर नष्ट पारिनेछ पनि भने। जिल्लाका सरकारी अधिकारीले भने: “समय बरबाद नगर्नुस्, यिनीहरू मर्न तयार हुन्छन् तर अगुवाको नाम भन्‍नेछैनन्। यिनीहरूलाई पहिला घर पठाउनुस्। यिनीहरूको रिपोर्ट म भोलि सरकारलाई पठाउनेछु र उच्च तहले त्यसको निर्णय गर्नेछ। यिनीहरूको सातो जानेछ।” तर मलाई खासै डर लागेन। मलाई थाहा थियो, सबथोक परमेश्‍वरको हातमा हुन्छ र उच्च तहका अधिकारीहरू आउने-नआउने वा हामीलाई गिरफ्तार गर्ने-नगर्ने, ती सबै परमेश्‍वरको हातमा र परमेश्‍वरद्वारा व्यवस्थित हुन्छन्।

तेस्रो दिन बिहान, सरकारले गाउँ प्रशासन बैठक बोलायो। ४०० जनाभन्दा बढी मानिस भेला भए। तिनीहरूले हामीलाई परमेश्‍वरको निन्दा गर्न र धर्मत्याग प्रतिज्ञामा हस्ताक्षर गर्न बाध्य पार्लान् भन्‍ने मलाई चिन्ता लाग्यो, तसर्थ मैले परमेश्‍वरलाई प्रार्थना गरेर हामी आफ्नो गवाहीमा अडिग रहन सकौँ भनेर सुरक्षा मागेँ। बैठकमा जिल्लाका सरकारी अधिकारीले हामीलाई भनेः “तिमीहरू सबै जवानै छौ र केही बुझ्दैनौ। आज म यहाँ तिमीहरूलाई दोष दिन आएको हैन। तर अबउप्रान्त, तिमीहरूले आफ्नो आमाबुबाको आज्ञा पालन र कडा परिश्रम गर्नैपर्छ, अनि सर्वशक्तिमान् परमेश्‍वरको वचन सुन्न र उहाँको सुसमाचार सुनाउन छाड्नैपर्छ, नत्र गाउँ प्रशासन प्रमुखले तिमीहरूलाई पक्रेर सरकारलाई सुम्पनेछन्।” प्रशासन परिषदका अधिकारीले सबैलाई भने: “हामी सर्वशक्तिमान् परमेश्‍वरका अनुयायीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीले जस्तै व्यवहार गर्नेछौँ। चिनियाँ कम्युनिस्ट पार्टीले यी विश्‍वासीहरूलाई खोजीखोजी गिरफ्तार गर्छ र तिनीहरूलाई कुटेर मार्न सक्छ, तर त्यसलाई दण्ड हुँदैन। हामी यहाँ हाम्रो वे राज्यमा त्यसै गर्नेछौँ। यी सबै विश्‍वासीहरूलाई पक्राउ गरिनेछ, चाहे तिनीहरूले कुनै गल्ती गरेका हुन् वा नहुन्, त्यसपछि तिनीहरूलाई कुटेर मारिनेछ, तर हामीलाई दण्ड हुँदैन। कसैले पनि ‘ती विश्‍वासीहरूले केही गलत गरेका थिएनन्’ भन्न सक्लान्। यो सरकारको आदेश हो। प्रतिरोध नगर्नू, र सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरू देख्यौ भने तिनीहरूको रिपोर्ट गर्नू।” त्यसपछि उनले हामी विश्‍वासीहरूतिर देखाउँदै सबैलाई भने: “यिनीहरूको अनुहार राम्रो हेर, तिमीहरूले यिनीहरूलाई चिन्नुपर्नेछ। यी मानिसहरू सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छन्। यिनीहरूलाई भेला भएको वा सुसमाचार सुनाएको देख्यौ भने रिपोर्ट गर्नू!” त्यसपछि उनले जिल्लाका एक कर्मचारीलाई परमेश्‍वरको निन्दा गरिएको कुरा सबैलाई पढेर सुनाउन लगाए। मानिसहरू सरकारको कुराको छलमा परे, र केहीले हामीलाई घृणाको दृष्टिले हेरे। तिनीहरूको कुराले मलाई साह्रै रिस उठ्यो। मलाई थाहा थियो, सरकारले हामी विश्‍वासीहरूलाई आफ्नो विश्‍वास त्याग्न बाध्य तुल्याउन र मानिसहरूलाई सर्वशक्तिमान् परमेश्‍वरको काम जाँच्न, काँतर र त्रसित हुन लगाउन सताइरहेका थिए ताकि तिनीहरूले परमेश्‍वरको मुक्ति गुमाऊन्। यसले गर्दा ममा ती पिशाचहरूप्रति झन् बढी घृणा जाग्यो। त्यसपछि सरकारले हामीलाई घर जान दियो। घर पुगेपछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ। “शैतान जति नै ‘शक्तिशाली’ भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानि पुऱ्याउने यसको क्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्‍मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्‍वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्‍वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्‍वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्‍वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्‍लाउने स्वतन्त्रता समेत छैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्‍वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्‍वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्‍ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठ भई पालन गर्नु हो: परमेश्‍वरको सेवामा हुनु, र परमेश्‍वरको लागि भिन्न धार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्‍तियारसँग जोडिएको छैन; त्यो परमेश्‍वरको सेवा गर्ने मेसिनजस्तै परमेश्‍वरको हातमा खेलिरहेको हुन्छ!(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १)। परमेश्‍वरको वचन पढेर मैले विश्‍वास प्राप्त गरेँ। पाष्टर र एल्डरहरूले हामीलाई दबाब दिन सक्थे, सरकारले हामीलाई गिरफ्तार गर्न र सताउन सक्थे, र तिनीहरूले हामीलाई सर्वशक्तिमान् परमेश्‍वर त्याग्न बाध्य पार्ने कोसिसमा हाम्रा परिवारलाई प्रयोग गर्न सक्थे, तर तिनीहरूले जेसुकै भनून् वा गरून्, परमेश्‍वरको अनुमतिविना हामीलाई केही गर्न सक्दैनथे। जस्तै, एल्डर लीले मलाई फल्याकले कुट्न खोज्दा, मलाई घृणा गर्ने मेरी सासुले अचानक मेरो लागि उभिएर उनलाई रोकिन्। यो सबै परमेश्‍वरको हातमा थियो। मैले सबै कुरामाथि परमेश्‍वरको शक्ति र सार्वभौमिकता रहेको र उहाँले मेरो हेरचाह गर्दै हुनुहुन्छ भन्‍ने महसुस गरेँ। परमेश्‍वरले मेरो कदअनुसार परिस्थितिहरू मिलाउनुहुन्छ र उहाँले मलाई धेरै गह्रौँ बोझ दिइरहनुभएको छैन भन्‍ने मलाई थाहा भयो। यी अनुभवहरूमार्फत परमेश्‍वरमा मेरो विश्‍वास बढ्यो र परमेश्‍वरले गर्नुहुने सबै कुरा राम्रै हुन्छन् भन्‍ने मलाई महसुस भयो। म परमेश्‍वरप्रति अति कृतज्ञ छु! यस अनुभवले मलाई परमेश्‍वरलाई घृणा र विरोध गर्ने पाष्टर र एल्डरहरूको प्रवृति प्रष्ट देक्न पनि मदत गऱ्यो। परमेश्‍वरका वचनहरूले भन्छन्, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। पाष्टर र एल्डरहरूले बाइबल पटक्कै बुझेका थिएनन्। तिनीहरू बाइबलको शब्द र सिद्धान्त मात्र सिकाउँथे, प्रभुलाई फिटिक्कै स्वागत गर्दैनथे, सत्यता खोज्नु त परै जाओस्। तिनीहरूले परमेश्‍वरका आखिरी दिनहरूको कामको सामना गर्दा, खोजी वा अनुसन्धान गरेनन्, प्रभुको वचनलाई गलत अर्थ्याए, र विश्‍वासीहरूलाई बहकाउन धारणाहरू फैलाए। तिनीहरूले प्रभुको पुनरागमनबारे प्रचार गर्ने सबै गलत हुन् भन्दै, विश्‍वासीहरूलाई प्रभुको आवाज सुन्न र प्रभुलाई स्वागत गर्न रोके। तिनीहरूले यो सब विश्‍वासीहरूलाई बचाउन गरेको हो समेत भने, तर वास्तवमा, सबैले सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याए भने तिनीहरूको कुरा कसैले सुन्नेछैनन्, र आफ्नो हैसियत र रोजीरोटी खतरामा पर्नेछ भन्‍ने तिनीहरूमा डर थियो। त्यसकारण तिनीहरूले हामीलाई उहाँलाई त्याग्न बाध्य पार्न खोजे। तिनीहरूले अन्त्येष्टि, विवाह, प्रसव, र घर निर्माणजस्ता चलनहरू प्रयोग गरेर मलाई धम्की दिने र धर्मत्याग प्रतिज्ञामा हस्ताक्षर गर्न बाध्य पार्ने कामसम्म गरे। तिनीहरूले मलाई सर्वशक्तिमान् परमेश्‍वरलाई त्याग्न लगाउन मेरा श्रीमानको दफनकार्यलाई समेत प्रयोग गरे। मैले नमानेपछि, तिनीहरूले मलाई सताउन सरकारसँग मिलेर गाउँ भेला राखे, र मलाई लोभ्याएर परमेश्‍वरप्रति विश्‍वासघात गराउन मेरो परिवारलाई प्रयोग गरे। तिनीहरू हामीलाई गाउँबाट खेद्न, हाम्रा घरहरू जलाएर नष्ट पार्न, र हामीलाई उच्च अधिकारीसामु सुम्पिनसमेत चाहन्थे। तिनीहरूले हामीलाई सताउन कुनै कसर बाँकी राखेनन् ताकि हामीले सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वासघात गरूँ अनि मुक्ति पाइने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौका गुमाऊँ। ती पाष्टरहरू साँच्चै कपटी र दुष्ट थिए! प्रभु येशूले फरिसीहरूलाई गरेको निन्दा मैले सम्झेँ। प्रभु येशूले भन्नुभयो, “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। … शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१३, १५)। पाष्टर र एल्डरहरूले बगालको रक्षा गर्ने निहुँमा मानिसहरूलाई परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गर्न रोके। तिनीहरूले मानिसहरूलाई तिनीहरूको पछि लागेर परमेश्‍वरलाई त्याग्न बहकाए र अन्तिममा उनीहरूलाई नरकमा पुऱ्याउनेछन्। तिनीहरू जिउँदो दियाबलस हुन् जसले मानिसहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न रोक्छन्। तिनीहरू पिशाच र ख्रीष्टविरोधी हुन् जसले परमेश्‍वरलाई विरोध र मानिसहरूलाई हानि गर्छन्। परमेश्‍वरलाई घृणा गर्ने तिनीहरूको सारलाई मैले प्रष्टै बुझेँ, र म परमेश्‍वरलाई पछ्याउने आफ्नो विश्‍वासमा झन् अडिग भएँ। तिनीहरूले मलाई बहकाउने र अवरोध गर्ने जतिसुकै प्रयास गरे पनि, म सर्वशक्तिमान् परमेश्‍वरलाई त्याग्नेथिइनँ। म आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु र परमेश्‍वरको देखापराइको तृष्णा गर्नेहरू बढीभन्दा बढीलाई उहाँको मुक्ति स्विकार्न उहाँसामु ल्याउनेछु भनी मैले प्रार्थना गरेँ। हामीलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न र अनलाइन भेला हुन रोक्नका लागि गाउँ प्रशासन प्रमुखले अधिकारीहरूलाई हरेक तीन दिनमा हाम्रो फोन जाँच्न र हाम्रो फोनमा फेसबुक देख्नेबित्तिकै हटाउन लगाउँथे। तिनीहरू र सरकारको निगरानीबाट जोगिन, हामी आफ्नो कृषि औजार लिएर पहाडतिर जान्छौँ र काम गरेजस्तो गर्छौँ र गोप्यमा भेला हुन सक्छौँ। गाउँमा हामी सामान्यतया आफ्नो विश्‍वासबारे स्वतन्त्ररूपमा बोल्न आँट गर्दैनौँ। तर तिनीहरूले हामीलाई जसरी सताए पनि हामी परमेश्‍वरमै भरोसा राख्छौँ र अन्य गाउँहरूमा सुसमाचार सुनाइरहन्छौँ। समय बित्दै जाँदा, धेरै मानिसहरू सुसमाचार ग्रहण गर्न आएका छन्। तर मैले सुसमाचार सुनाइरहेकी कुरा गाउँ प्रमुखले थाहा पाएछन् र उनले मलाई अरूको पोल खोल्न र मैले कसलाई प्रचार गरेकी थिएँ त्यो स्विकार्न दबाब दिए। मैले केही नभनेपछि उनले मलाई विश्‍वास त्याग्न लगाएर मण्डलीमा फर्काउन कोसिस गर्ने नत्र मलाई गिरफ्तार गर्ने धम्की दिए। सामान्यरूपमा भेला भई सुसमाचार सुनाउन, अनि सतावट र गिरफ्तारीबाट बच्न, म म्यानमारबाट भागेर अर्को देशमा गएँ। अहिले म केही अन्य ब्रदर-सिस्टरहरूसँग बस्छु। हामी सङ्गति गर्छौँ, सुसमाचार प्रचार गर्छौँ, र परमेश्‍वरको कामको गवाही दिन्छौँ। मलाई धेरै रमाइलो भइरहेको छ। यी सबमा मैले पीडा र सतावट भोगेँ, पाष्टर र एल्डरहरूलाई केही मात्रामा चिनेँ म सरकारको दुष्टता झन् प्रष्टरूपमा देख्न सक्छु, र म अब तिनीहरूको बन्धनमा छैनँ। मैले परमेश्‍वरको सार्वभौकिताबारे पनि केही ज्ञान पाएँ र उहाँप्रति मेरो विश्‍वास बढेको छ। मैले यी कुराहरू आरामदायी वातावरणमा प्राप्त गर्न सक्दिनथेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको न्यायले मलाई बचायो

सेप्टेम्‍बर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा, मेरो राम्रो सङ्गति, छिटो बुझाइ, र...

अब म डरले लुरुक्क पर्दिनँ

मैले सेप्टेम्‍बर २ मा एउटी सिस्टर पक्राउ परेकी सुनेँ। त्यो दिन म अगुवाको घर जाँदै थिएँ, तर घरमा कोही थिएन। अगुवाको घर छेउमा बस्‍ने सिस्टर...

ईर्ष्या नगरी सहज श्‍वास फेर्ने

अन्जिङ्ग, चीनसन् २०१७ को जनवरीमा, मलाई मण्डलीभित्र सिञ्‍चन गर्ने काम दिइएको थियो। यो काममा प्रशिक्षित हुने मौकाको लागि म परमेश्‍वरप्रति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्