मैले अमूल्य गाडधन “चोरेँ”
अगष्ट २०१२ मा एक दिन, कामबाट घर आएर खाना खाइसकेपछि, म पलङमाथि अडेस लागेर आराम गरिरहेको थिएँ र मेरी श्रीमती गीत-सङ्गीत सुन्दै पलङको फेदमा बसिरहेकी थिइन्। मैले आकर्षक ट्युन भएको सङ्गीत उनको इयरफोनबाट सुनेँ। जिज्ञासा लागेर मैले उनलाई सोधेँ, “कुन गीत सुनेको?” उनले खुशी हुँदै भनिन्, “यो सर्वशक्तिमान् परमेश्वरको मण्डलीको भजन हो।” मैले तुरुन्तै सीधा भएर उनलाई गाली गरेँ, “किन तिनीहरूको गीत सुनेको? तिमीले सर्वशक्तिमान् परमेश्वरलाई मान्न थालेकी त छैनौ नि? इसाई भएर, हामीले प्रभुको नामलाई कायम राख्नुपर्छ। के सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नु प्रभुलाई धोका दिनु होइन र? बाइबलले के भन्छ याद गर: ‘येशू ख्रीष्ट हिजो, र आज, अनि सधैँ उस्तै हुनुहुन्छ’ (हिब्रू १३:८)। परमेश्वरको नाम कहिल्यै परिवर्तन हुँदैन।” मेरी श्रीमतीले धैर्यताको साथ भनिन्, “तपाईं भन्नुहुन्छ, परमेश्वरको नाम कहिल्यै परिवर्तन हुँदैन, त्यसो भए व्यवस्थाको युगमा किन परमेश्वरको नाम यहोवा थियो, अनुग्रहको युगमा येशू थियो? परमेश्वरको नाम परिवर्तन भएको छ भनेर भन्नुहुन्न र?” छक्क पर्दै, मैले सोचेँ, “उनले ठीक भनिन्! परमेश्वरको नाम यहोवाबाट येशूमा परिवर्तन भयो—यो अपरिवर्तनीय छैन।” त्यसपछि उनले यसो भनिन्: “प्रकाश ३:१२ मा के भनिएको छ तपाईंलाई याद छ? ‘जसले जित्छ उसलाई मैले मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु र ऊ त्यसउप्रान्त बाहिर जानेछैन: र म उसमा मेरो परमेश्वरको नाउँ र मेरो परमेश्वरको सहरको नाउँ लेख्नेछु, … र म उसमा मेरो नयाँ नाउँ लेख्नेछु।’ अनि प्रकाश १:८ ले यसो भन्छ, ‘म अल्फा र ओमेगा, … जो छ, जो थियो र जो हुन आउनेछ, सर्वशक्तिमान् हुँ।’ यी पदहरूले प्रभुको पुनरागमन भएपछि उहाँले सर्वशक्तिमान् भन्ने, अर्थात् सर्वशक्तिमान् परमेश्वर भन्ने नाम लिनुहुनेछ भनेर अगमवाणी गर्छन्। त्यसकारण मैले उहाँमा विश्वास गर्नु प्रभुलाई धोका दिनु होइन। यो त थुमाका पाइलाहरूलाई पछ्याउनु हो। यो कुरा प्रकाशको पुस्तकमा भनिएको यो वचन जस्तै हो: ‘यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्’ (प्रकाश १४:४)।” उनले भनेकी कुरा ठोस थियो, तर त्यो बेला मैले यो कुनै कुरालाई वास्ता गरिनँ। मैले रिसाउँदै उनको कुरा काटेँ, “तिमीले जे भने पनि, प्रभुले हामीलाई धेरै अनुग्रह गर्नुभएको छ र हामीले उहाँको नाउँ र उहाँको मार्गलाई सधैँ पालना गर्नुपर्छ। हामीले अकृतज्ञ हुने वा प्रभुलाई धोका दिने गर्नु हुँदैन!” मेरो कुरा भूँइमा खस्न नपाउँदै मेरी श्रीमतीले मलाई कडाइका साथ भनिन्, “आफूले नबुझेको कुराको आलोचना नगर्नुहोस्! यसको बारेमा विचार गर्नुहोस्। जब प्रभु येशूले देखा परेर काम गर्न थाल्नुभयो, धेरै मानिसहरूले मन्दिर छोडेर उहाँलाई पछ्याउन थाले। के तिनीहरूले यहोवा परमेश्वरलाई धोका दिए भनेर भन्नुहुन्छ? तिनीहरूले यहोवा परमेश्वरलाई धोका नदिएका मात्र होइनन्, तर तिनीहरूले प्रभुको मुक्ति पाए। तर यसको विपरीत, मुख्य पूजाहारीहरू, शास्त्रीहरू र फरिसीहरू यहोवाकै नाममा टाँस्सिरहे, र पवित्र-शास्त्रका शाब्दिक अर्थ र नियमहरूलाई नै पालन गरिरहे, यसरी प्रभु येशूलाई विरोध र प्रतिरोध गरे अनि अन्त्यमा उहाँलाई क्रूसमा टाँगे। तिनीहरूलाई आफू यहोवा परमेश्वरप्रति समर्पित छौँ भन्ने लागेको थियो, तर अन्त्यमा तिनीहरू परमेश्वरद्वारा श्रापित र दण्डित हुन पुगे। के तपाईंलाई त्यो सबै कुरा थाहा छैन? तपाईंले साँच्चै नै सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नुपर्छ र ती परमेश्वरको आवाज र सत्यता हुन् कि होइनन् भनी हेर्नुपर्छ।” उनले भनेको कुरा उचित लाग्यो, तर सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बारेमा पाष्टरहरूले भनेका ती सबै कुरा सम्झिँदा मलाई थप कुरा सुन्न मन लागेन त्यसकारण म असहमति जनाउँदै बाहिर गएँ।
म र मेरी श्रीमतीको तर्क सुनेर हाम्री छोरीले मलाई के भयो भनी सोधिन्। मैले झोँक्किदै भनेँ, “तेरी आमाले प्रभुमा विश्वास गर्न छोडेकी छे। अहिले तिनले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छिन्। हामीले तिनलाई रोक्नुपर्छ—हामीले उनलाई प्रभुलाई धोका दिन लगाउनु हुँदैन! कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन!” मैले त्यसो भनेपछि हाम्री छोरी मेरो पक्षमा लागिन्। एक दिन, मेरी श्रीमती भेलाको लागि छिमेकीको घरमा गइन्, तर हाम्री छोरीले पछ्याउँदै गएर तमासा देखाएकी हुनाले उनले सहभागी हुन पाइनन् र छोरीसँगै घर फर्केर आउने बाहेक उनीसँग कुनै विकल्प थिएन। त्यस साँझ म कामबाट घर आएपछि, मेरी छोरीले दिउँसो भएको घटना बताइन् र मैले उनको तारिफ गरेँ: “तैँले राम्रो काम गरिस्। हामीले तेरी आमालाई फर्काएर ल्याउनैपर्छ। हामीले उनलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न दिन हुँदैन।” तर केही दिनपछि उनी स्कूल फर्केर गइन्, र दिउँसो म काममा गएको बेला मेरी श्रीमती फेरि भेलाहरूमा जान थाल्नेछिन् भन्ने मलाई चिन्ता लाग्यो। मैले हाम्रो१० वर्षको छोरालाई खुसुक्क भनेँ, “स्कूलबाट फर्केपछि, आमाले घरमा के गरिरहेकी छिन् हेर्नू त्यसपछि म कामबाट आएपछि मलाई भन्नू। म तँलाई मन पर्ने खाने कुरा किनिदिन्छु। आमालाई नभन् ल!” उसले सहमतिमा शिर हल्लायो। त्यहाँदेखि, हरेक दिन कामबाट घर आएपछि हाम्रो छोराले मलाई मेरी श्रीमतीका गतिविधिहरू बताउँथ्यो। विगत केही दिनदेखि उनी काममा मात्रै गइरहेकी छिन् भन्ने सुन्दा मलाई अलिक ढुक्क लाग्यो। तर मलाई एउटा कुरा अनौठो लाग्यो—किन उनी अहिले साँझमा गोट्टी खेल्न जाँदिनन्? उनी गोट्टी खेल्न भनेपछि हुरुक्कै हुन्थिन्, र घरको काम पनि बिर्सिन्थिन्, र मैले उनलाई कहिल्यै पनि नखेल भनेर बनाउन सकेको थिइनँ। अनि उनले आफै पनि प्रभुलाई प्रार्थना गरेकी र स्वीकार गरेकी थिइन्, तर उनी कहिल्यै परिवर्तन भएकी थिइनन्। अहिले, उनी गोट्टी खेल्न जान छोडेकी मात्र थिइनन् तर उनले घरलाई सफा-सुग्घर राख्न थालेकी थिइन् र खेतमा समेत काम गर्थिन्। के भएको हो? छिमेकीहरू सबैले मलाई सोधिरहेका थिए, “तपाईंकी श्रीमती किन गोट्टी खेल्न जान छोडिन्? खेल्ने मान्छे नपुग्दा हामी उनलाई बोलाउँछौँ तर उनी आउँदिनन्। उनले खेल्न छोडेकी त होइनन् नि? त्यो त सम्भव नै छैन!” म पनि छक्क परेको थिएँ—उनी कसरी यति परिवर्तन भइन्? एक दिन राती म अचानक बिउँझिएँ र पर्दामा प्रकाश टल्किरहेको थियो र कहाँबाट आएको रहेछ भनेर हेर्दै जाँदा, यो मेरी श्रीमतीको ब्लाङ्केटको छेउबाट आएको रहेछ। म छक्कै परेँ। आधा रातमा उनले के गरिरहेकी थिइन्? म बिस्तारै ओछ्यानबाट उठेँ र चाल मारेर उनीकहाँ गएँ—उनलाई थाहै भएन। मैले ब्लाङ्केटमुनि चिहाएँ र उनले फ्लासलाइट बालेर किताब पढिरहेकी रहेछिन्! यो पक्कै पनि सर्वशक्तिमान् परमेश्वरको मण्डलीको पुस्तक हुनुपर्छ भन्ने मलाई थाहा थियो। उनी नतर्सिऊन् भनेर म चाल मारेर मेरो ओछ्यानमा फर्किएँ र पल्टिएँ। सोचेँ, “उनले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न छोडिन् भन्ने लागेको थियो। उनले अझै पनि त्यो किताब पढिरहेकी छिन् भन्ने मलाई थाहै थिएन। यसमा के लेखिएको रहेछ र उनी यति आकर्षित भइन्, र उनलाई यो किताब ओछ्यानमा लुकेर पढ्न मान लाग्यो? अनि मैले जति विरोध गरे पनि, किन उनले विश्वास गरिरहन्छिन्? विश्वास गर्नै गाह्रो!” मैले मेरी श्रीमती परिवर्तन भएको बारेमा पनि सोचेँ र आफैलाई प्रश्न गरेँ: उनलाई त्यो पुस्तकले परिवर्तन गरेको रहेछ भने के गर्ने? मलाई कसैले नदेखी यो किताब पढेर यसमा के लेखिएको रहेछ हेर्न मन लाग्यो।
एक दिन काममा छुट्टि भएको बेला, मेरी श्रीमती खाजा खाएर काममा गएपछि, अचानक मलाई उनको त्यो किताबको बारेमा याद आयो। सोचेँ, मौका आजै हो, होइन त? उनी घरमा नभएकी हुनाले, मैले त्यो किताबमा के लेखिएको रहेछ भनेर हेर्ने, अनि उनलाई के कुराले यति तानिरहेको छ भनेर पत्ता लगाउँछु भन्ने सोचेँ। किताब खोज्न मैले सबै कुरा लथालिङ्ग बनाएँ, र अन्तिममा लुगाको बीचमा राखिएको अवस्थामा भेट्टाएँ। तुरुन्तै हातमा लिएँ र यसको बाहिरपट्टि वचन देहमा देखा पर्नुहुन्छ भन्ने लेखिएको रहेछ। के लेखिएको रहेछ भनेर जान्ने उत्सुकताले, मैले यसलाई खोलेँ र यो अध्यायको शीर्षकद्वारा आकर्षित भएँ: “परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ।” मैले यसको हरेक वाक्य पढेँ। यो किताबमा दिइएका शब्दहरूले मेरो मनमा हलचल मच्चाए, विशेष गरी यी दुई खण्डहरूले। “हामी सबैले विश्वास गर्छौँ कि परमेश्वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्वरद्वारा दण्डित हुनेछन्। परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि व्यक्तिलाई उहाँले नरकमा फालिदिनुहुनेछ; परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि राष्ट्रलाई परमेश्वरले विनाश गर्नुहुनेछ; परमेश्वरको कामको विरोधमा उठ्ने कुनै पनि राष्ट्रलाई उहाँले यस पृथ्वीबाट पूर्ण रूपमा मेटाउनुहुनेछ, र त्यो अस्तित्वमा रहनेछैन। म सबै राज्यका, सबै देशका, र सबै उद्योगहरूसमेतका मानिसहरूलाई परमेश्वरको आवाज सुन्न, परमेश्वरको कामलाई हेर्न र मानवजातिको नियतिलाई ध्यान दिन, अनि यसरी परमेश्वरलाई सबैभन्दा पवित्र, सबैभन्दा सम्मानित, सर्वोच्च, मानवजातिमाझ आराधनाको एक मात्र पात्र बनाउन, र अब्राहामका सन्तानहरू यहोवाका प्रतिज्ञाअन्तर्गत जिएझैँ, र परमेश्वरले सुरुमा सृष्टि गर्नुभएका आदम र हव्वा अदनको बगैँचामा जिएझैँ सम्पूर्ण मानवजातिलाई परमेश्वरको आशिष्मुनि जिउन सक्षम तुल्याउन आग्रह गर्छु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। “परमेश्वरको काम शक्तिशाली छालजस्तै माथितिर बढ्छ। कसैले पनि उहाँलाई थुन्न सक्दैन, र उहाँको दौडलाई कसैले पनि रोक्न सक्दैन। उहाँका वचनहरूलाई ध्यानसँग सुन्नेहरू, र उहाँलाई खोज्ने र तिर्खाउनेहरूले मात्र उहाँका पाइलाहरू पछ्याउँछन् र उहाँको प्रतिज्ञा प्राप्त गर्छन्। जसले गर्दैनन् तिनीहरूले ठूलो विपत्ति भोग्नेछन् र तिनीहरूले पाउन लायकको दण्ड पाउनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ)। यो अत्यन्तै अख्तियारपूर्ण, र अत्यन्तै शक्तिशाली लाग्यो—यी वचनहरू पक्कै पनि कुनै व्यक्तिबाट आएका थिएनन्! यी वचनहरू परमेश्वरका वचनहरू जस्तै लाग्यो। के सर्वशक्तिमान् परमेश्वर साँच्चै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ? तर प्रभु येशू मात्रै साँचो परमेश्वर हुनुहुन्छ—के सर्वशक्तिमान् परमेश्वर र प्रभु येशू एउटै परमेश्वर हुनुहुन्छ? यदि त्यसो हो भने, मेरी श्रीमतीलाई बाधा दिएर के मैले परमेश्वरको विरुद्धमा काम गरिरहेको थिइनँ र? “नरकमा पठाइनेछ,” “ठूलो विपत्ति” र “पाउन लायकको दण्ड” जस्ता वाक्यांशहरू पढ्दा म डरले थरथर कामे, र सोचेँ, “मैले अबदेखि मेरी श्रीमतीलाई बाधा दिनु हुँदैन, र मैले सर्वशक्तिमान् परमेश्वरको कामको बारेमा अन्धाधुन्ध आलोचना गर्ने र यसलाई दोष दिने गर्नु हुँदैन। मैले समय खेर फाल्नु हुँदैन, तर यो पुस्तक पढेर अनुसन्धान गर्नुपर्छ, अनि हेर्नुपर्छ।”
त्यस दिनदेखि, मेरी श्रीमती घरमा नभएको बेला म कसैले थाहा नपाउने गरी वचन देहमा देखा पर्नुहुन्छ पढ्थेँ। एक दिन बिहानै उनले मलाई त्यस दिन राती ओभरटाइम काम गर्नुपर्छ भनेर उनले भनिन्, र मैले त्यो किताब अझै धेरै पढ्न पाउँछु भन्ने लाग्यो। त्यस दिन मैले दुई घण्टा पहिले नै काम सकेर साइकलमा हतार-हतार घर आएँ, र घरमा पुग्ने बित्तिकै मैले उक्त किताब लिएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मेरो सम्पूर्ण व्यवस्थापन योजना अर्थात् छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा)। “आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्बन्धित छन्, र यो साङ्लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्न सकिन्छ। परमेश्वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। परमेश्वरको काम अनन्त रूपमा अपरिवर्तनीय होइन रहेछ, तर यो सधैँ अघि बढिरहेको हुने रहेछ। सर्वशक्तिमान् परमेश्वरले गर्नुहुने काम प्रभु येशूको छुटकाराको कामको जगमा निर्मित रहेछ। यो अनुग्रहको युगको कामको विकास, र व्यवस्थाको युगको कामको उत्थान रहेछ। के यो साँच्चै नै एउटै परमेश्वरको काम हुन सक्छ? मैले कहिल्यै पनि परमेश्वरको काम सम्बन्ध यी रहस्यहरू सुनेको थिइनँ। परमेश्वर स्वयम् बाहेक, कसले मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापन योजना साथै परमेश्वरको कामका चरणहरूलाई यति स्पष्ट र ठोस रूपमा व्याख्या गर्न सक्थ्यो र? वचन देहमा देखा पर्नुहुन्छ भन्ने यो पुस्तकप्रति म जिज्ञासु पनि थिएँ र ममा यसप्रति श्रद्धा पनि पैदा भएको थियो, र मौका पाउने बित्तिकै म कसैले नदेखी यो किताब पढ्थेँ।
एक दिन, यस किताबमा मैले यो खण्ड पढेँ। “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्वरद्वारा सिद्ध पारिइ नसकेको तँजस्तो पापी—के तँ परमेश्वरका अभिप्रायअनुरूप बन्न सक्छस्? अझै आफ्नो पुरानो सत्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिको कारण तँ पापी छैनस् भन्ने साँचो हो, तर यसले तँ पापरहित वा फोहोररहित छस् भन्ने कुरालाई प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी पवित्र बन्न सक्छस्? भित्री रूपमा, तँ फोहोरले भरिएको, स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ त निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदम छुटाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्वरका अभिप्रायअनुरूप बन्नका लागि, परमेश्वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुनाले, तँ पवित्र बन्ने कुनै सम्भावना हुँदैन। यसरी तँ परमेश्वरको साथमा असल आशिषहरूको आनन्द उठाउन अयोग्य हुनेछस्, किनभने तैँले मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको एक चरण छुटाएको छस्, जुन परिवर्तन हुनु र सिद्ध पारिनुको महत्त्वपूर्ण चरण हो। भर्खरै छुटकारा दिइएको पापी, यसर्थ तँ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पद र पहिचानको सम्बन्धमा)। यी वचनहरूले मेरो अन्तस्करणका विचारहरूलाई खोतलेर देखाइदिए। मैले विश्वास गरेको यतिका वर्ष भइसकेको थियो, र मैले सधैँ प्रभुलाई प्रार्थना गरिरहेको र पाप स्वीकार गरिरहेको हुने भए पनि, म झूट नबोली र छल नगरी बस्न सक्दिनथिएँ, म अहङ्कारी थिएँ र आफ्नो प्रदर्शन गर्थेँ, र म अझै पनि पापका बन्धनहरूबाट मुक्त हुन सकेको थिइनँ। पहिले त, म प्रभु येशूले हामीलाई हाम्रो पापबाट छुटकारा दिनुभएको छ, त्यसकारण उहाँ आउनुभएपछि उहाँले हामीलाई सीधै स्वर्गको राज्यमा लैजानुहुनेछ भन्ने सोच्थेँ। तर प्रभु पवित्र हुनुहुन्छ भन्ने कुरा मैले कहिल्यै स्मरण गरेको थिइनँ, त्यसैले पापमा जिइरहेका हामी परमेश्वरको राज्यमा प्रवेश गरेर परमेश्वरका आशिषहरू पाउन सक्थ्यौँ र? त्यो बेला, मेरो आफ्नै भविष्यको बारेमा म निश्चित थिइनँ! म सोच्थेँ, “यहाँ भनिएको कुरा साँचो रहेछ भने के गर्ने? मैले मेरो विश्वासमा बाटो बिराइरहेको रहेछु, र प्रभु येशूको छुटकारालाई ग्रहण गर्नु मात्रै पर्याप्त छैन रहेछ भने के गर्ने?” मैले यो किताब जति पढेँ मलाई यो त्यति साधारण किताब होइन, सर्वशक्तिमान् परमेश्वरले धेरै रहस्यहरू प्रकट गर्नुभएको रहेछ, त्यसकारण यो पक्कै पनि परमेश्वरबाट, अर्थात् पवित्र आत्माबाट आएको हुनुपर्छ भन्ने लाग्न थाल्यो। के पवित्र आत्माले मण्डलीहरूलाई दिनुहुने वचनहरू भनी प्रकाशको पुस्तकमा अगमवाणी गरिएका वचनहरू यिनै हुन सक्छन्? यदि यो साँचो हो भने, यो पुस्तक बहुमूल्य गाडधन हो!
सर्वशक्तिमान् परमेश्वरमाथिको मेरी श्रीमतीको विश्वासप्रति मैले पहिले जत्तिको विरोध गर्न छोडेको छु भनेर उनले थाहा पाएछिन्, त्यसकारण उनले लुकेर किताब पढ्न छोडिन्। कहिलेकहीँ उनले मलाई सुनाउन ठूलो सोरले समेत पढ्थिन्। एक दिन म कामबाट घर फर्किँदा उनी परमेश्वरका वचनहरू पढिरहेकी थिइन्। म आउँदै गरेको देखेर, उनले खुशी हुँदै भनिन्, “सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्न आउनुहोस्! वचन देहमा देखा पर्नुहुन्छ भन्ने यो किताबमा परमेश्वरले आखिरी दिनहरूमा बोल्नुभएका वचनहरू छन्। यसले हामीले हाम्रो विश्वासमा कहिल्यै नबुझेका सत्यताका सबै रहस्यहरूलाई खुलासा गर्छ। म तपाईंलाई एक-दुई वटा खण्ड पढेर सुनाऊँ?” मैले सोचेँ, “तिमीलाई थाहै छैन। मैले धेरै पहिलेदेखि सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न थालिसकेँ।” मैले उनको कुरा इन्कार नगरेको देखेर, उनले परमेश्वरका वचनहरूको पुस्तक खोलिन् र पढ्न थालिन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानी भ्रष्ट स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुनेले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध पारिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध पारिन र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टता फालेर शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। ती तीन चरणहरूलाई अलग गर्ने सबै मानिसहरू परमेश्वरकै विरोधमा खडा हुन्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३))। मेरी श्रीमतीले पढिसकेपछि, मैले उनलाई ती वचनहरू मलाई बुझाइदिन अनुरोध गरेँ। मेरो आचरणमा यति ठूलो परिवर्तन आएको देख्दा उनलाई अलिक अचम्म लाग्यो, र खुशीसाथ मसँग सङ्गति गरिन्, “तपाईं सर्वशक्तिमान् परमेश्वरलाई विश्वास गर्नु प्रभु येशूलाई धोका दिनु हो भनेर सधैँ भन्नुहुन्छ, तर वास्तवमा, यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्वर सबै एउटै परमेश्वर हुनुहुन्छ। परमेश्वरले मानवजातिको आवश्यकताको आधारमा फरक-फरक युगमा फरक-फरक काम गर्नुहुन्छ। व्यवस्थाको युगमा, यहोवा परमेश्वरले व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो, र प्रारम्भिक मानवजातिलाई पृथ्वीमा जीवन जिउन अगुवाइ गर्नुभयो अनि मानिसहरूलाई पाप के हो र यहोवा परमेश्वरको आराधना कसरी गर्ने सो सिकाउनुभयो। तर व्यवस्थाको युगको अन्त्यतिर, मानवजातिको भ्रष्टता झन्-झन् गहन हुँदै गयो—कसैले पनि व्यवस्थालाई पालन गर्न सकेनन्, तिनीहरूले झन्-झन् बढी पाप गरिरहेका थिए, र व्यवस्थाको अधीनमा मृत्युदण्ड पाउने खतरामा परे। मानवजातिलाई मुक्ति दिनको लागि, परमेश्वर व्यक्तिगत रूपमा देह बन्नुभयो र मानिसको पापबलिको रूपमा बलिदान भएर हामीलाई पापबाट छुटकारा दिनुभयो। त्यसरी, पाप गरेपछि मानिसहरूले प्रार्थना गर्नुपर्छ, पाप स्वीकार गर्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ, अनि तिनीहरूको पाप क्षमा हुन्छ। प्रभु येशूले अनुग्रहको युगमा गर्नुभएको छुटकाराको काम यही हो। हाम्रो पाप क्षमा भए पनि, र प्रभुले दिनुभएको शान्ति, आनन्द, र अनुग्रहमा हामी रमाउन पाए पनि, साथै हामीले एक-दुई वटा सुकर्म गर्न सके पनि, हाम्रो पापी प्रकृतिको समस्या अझै पनि समाधान भएको छैन। हामी अझै पनि झूट नबोली, पाप नगरी, अहङ्कार नगरी अनि देखावटी व्यवहार नगरी बस्न सक्दैनौँ। हामीले आशिष पाउन वा उहाँको राज्यमा प्रवेश गर्न अर्थात् उहाँसँग लेनदेन गर्नको लागि परमेश्वरमा विश्वास गरेका हुन्छौँ। कठिनाइ, परीक्षा, वा विपत्तिको बेला हामीले परमेश्वरलाई दोष दिने वा इन्कार गर्ने र धोका दिने समेत गर्छौँ। जब परमेश्वरको काम हाम्रो धारणाहरूसँग मिल्दैन, तब हामीले मनोमानी ढङ्गले उहाँलाई आलोचना गर्छौँ, दोष दिन्छौँ र विरोध गर्छौँ। परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ, त्यसो भए सधैँ पाप गर्दै र परमेश्वरको विरोध गर्दै हिँड्ने हामी मानिसहरू कसरी उहाँको राज्य प्रवेश गर्न योग्य छौँ र? त्यसैले प्रभु येशूले मानिसको पापी प्रकृति र हाम्रो पापको जडलाई समाधान गर्न, अनि हामीलाई अन्त्यमा परमेश्वरको राज्यमा ल्याउनको लागि फेरि आउनेछु भनेर प्रतिज्ञा गर्नुभयो। अब सर्वशक्तिमान् परमेश्वर आउनुभएको छ र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिनको लागि उहाँले परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। सर्वशक्तिमान् परमेश्वरले परमेश्वरको कामका सबै रहस्यहरूलाई खुलासा गर्नुभएको छ, र हामीलाई स्पष्ट रूपमा सत्यताहरू बताइरहनुभएको छ, जस्तै शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्वरले कसरी मानिसलाई कसरी मुक्ति दिनुहुन्छ, परमेश्वरले कस्तो प्रकारका मानिसहरू मन पराउनुहुन्छ र आशिष दिनुहुन्छ, र कस्ता मानिसहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ र दण्ड दिनुहुन्छ, मुक्ति पाउनु र पूर्ण मुक्ति पाउनु बीचको भिन्नता, कस्ता मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्, र अरू धेरै कुरा। निश्चित रूपमा, मानिसको भ्रष्टताको सत्यतालाई न्याय गर्ने र खुलासा गर्ने सर्वशक्तिमान् परमेश्वरका वचनहरूले मानवजातिका शैतानी स्वभावहरूलाई प्रकट गर्छन् जस्तै अहङ्कार, कुटिलपन, छलीपन, सत्यताप्रति दिक्क मान्ने बानी, साथै हाम्रा विभिन्न धारणा, कल्पना, र मूर्ख दृष्टिकोण, र उहाँले हाम्रो जीवन स्वभाव परिवर्तन गर्ने मार्ग देखाउनुहुन्छ। यसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। सर्वशक्तिमान् परमेश्वरको मण्डलीका परमेश्वरको न्याय, सजाय, परीक्षा, शुद्धीकरण, सफाइ, र निराकरण अनुभव गरेपछि कतिपय ब्रदर-सिस्टरहरूले आफ्नो भ्रष्ट स्वभावको बारेमा साँचो बुझाइ प्राप्त गरेका छन् र तिनीहरूले यसलाई घृणा गर्छन्, अनि तिनीहरूले आफ्नो भ्रष्टताको सत्यतालाई थाहा पाएका छन्। तिनीहरूले कुनै उल्लङ्घन नसहने परमेश्वरको धर्मी स्वभावलाई पनि देखेका छन्; तिनीहरूमा परमेश्वरलाई आदर गर्ने हृदयको विकास भएको छ, र तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव अनुसार जिउन, वा परमेश्वरलाई धोका दिन वा उहाँलाई विरोध गर्न छोडेका छन्, र तिनीहरूले साँचो रूपमा पश्चात्ताप गरेका छन् र तिनीहरू परिवर्तन भएका छन्। त्यसकारण, परमेश्वरको आखिरी दिनहरूको न्यायको काम मानवजातिलाई मुक्ति दिनको निम्ति उहाँले पूरा गर्नुहुने सबैभन्दा महत्त्वपूर्ण चरण हो, र यो उहाँको सबैभन्दा अन्तिम चरण हो। सर्वशक्तिमान् परमेश्वरका वचनहरूको न्यायलाई स्वीकार गर्नु नै परमेश्वरको राज्यमा प्रवेश गर्ने एउटै मात्र मार्ग हो। परमेश्वरले फरक-फरक युगमा फरक-फरक काम गर्नुभएको, र उहाँले फरक-फरक नाम लिनुभएको भए पनि, यो सबै एउटै परमेश्वरको काम हो। यी तीन चरणका काम—व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युग—सबै झन्-झन् गहन र उच्च हुँदै आएका छन्, र हरेक चरण विगतको चरणको काममा निर्मित भएका छन्। हरेक काम अर्को कामसँग गहन रूपमा सम्बन्धित छन्, र कामका यी तीन चरणहरू मात्रै मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने एउटै मात्र बाटो हुन्।” त्यसपछि उनले भनिन्, “त्यसैले मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेर प्रभु येशूलाई धोका दिइरहेकी छैन, तर मैले परमेश्वरको कामको गतिलाई पछ्याइरहेकी र प्रभुलाई स्वागत गरिरहेकी छु।” उनको सङ्गतिले मलाई साँच्चै नै अन्तर्दृष्टि दियो। परमेश्वरले मुक्ति दिने आफ्नो काम चरणबद्ध रूपमा गर्नुहुन्छ, उहाँले योजना बनाउनुभएको छ, कामको हरेक चरण राम्ररी विचार गरेर गरिएको हुन्छ, र मानवजातिको आवश्यकता अनुसार पूरा गरिन्छ भन्ने मलाई थाहा भयो। मैले परमेश्वरको कामलाई अत्यन्तै सरल ठानिरहेको थिएँ। प्रभुको नाममा लागिरहेर, प्रभुको मार्गमा लागिरहेर अनि उहाँ फर्केर आउनुहुन्छ भनी प्रतीक्षा गरिरहेर म स्वर्गको राज्यमा प्रवेश गर्न सक्छु भनेर सोच्नु मेरो मूर्खता र अज्ञानता रहेछ!
त्यसपछि, मेरी श्रीमतीले मलाई सर्वशक्तिमान् परमेश्वरको वचनको अर्को खण्ड पढेर सुनाइन्। “मलाई कुनै समय यहोवा भनेर बोलाइन्थ्यो, कुनै समय मानिसहरूले मलाई मसीह भनेर पनि चिन्थे, र कुनै समय मानिसहरूले मलाई प्रेम र आदरसाथ मुक्तिदाता येशू भनी बोलाउँथे। आज, म अब उप्रान्त मानिसहरूले विगतको समयमा चिनेको यहोवा वा येशू होइनँ। बरु म त आखिरी दिनहरूमा फर्केर आएको परमेश्वर, युग अन्त्य गर्ने परमेश्वर हुँ; म पृथ्वीको पल्लो छेउबाट उदय हुने, मेरो सम्पूर्ण स्वभावले भरिएको, र अख्तियार, आदर र महिमाले भरिपूर्ण परमेश्वर स्वयम् हुँ। मानिसहरू कहिल्यै मेरो सम्पर्कमा आएका छैनन्, तिनीहरूले मलाई कहिल्यै चिनेका छैनन्, र तिनीहरू सदैव मेरो स्वभावबारे अनभिज्ञ रहेका छन्। संसारको सृष्टिदेखि अहिलेसम्म, एउटा व्यक्तिले पनि मलाई देखेको छैन। आखिरी दिनहरूमा मानिसहरूकहाँ देखा पर्नुहुने तर उनीहरूमाझ गुप्त रहनुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँ मानिसहरूमाझ, सत्य र वास्तविक रूपमा, जलिरहेको सूर्य र दन्किरहेको ज्वालाजस्तै, शक्तिले भरिपूर्ण र अख्तियारले भरिएर बास गर्नुहुन्छ। मेरा वचनहरूद्वारा न्याय नगरिने एक जना व्यक्ति वा वस्तु छैन, र आगोको प्रज्वलनद्वारा शुद्ध नपारिने एक जना व्यक्ति वा वस्तु छैन। अन्ततः, मेरा वचनहरूका कारण सबै राष्ट्रहरू आशिषित हुनेछन्, र मेरा वचनहरूका कारण टुक्रा-टुक्रा पनि पारिनेछन्। यसरी, आखिरी दिनहरूमा सबै मानिसहरूले म फर्केर आएको मुक्तिदाता हुँ, र म सर्वशक्तिमान् परमेश्वर हुँ, जसले सारा मानवजातिलाई विजय गर्नुहुन्छ भनी देख्नेछन्। अनि म एक पटक मानिसका निम्ति पापबलि थिएँ, तर आखिरी दिनहरूमा म सबै थोकलाई जलाउने दन्किँदो सूर्यका ज्वालाहरू, साथै सबै थोकलाई प्रकाश गर्ने धार्मिकताको सूर्य पनि बनेको छु भनी सबैले देख्नेछन्। आखिरी दिनहरूमा मेरो काम यही हो। मैले यो नाउँ धारण गरेँ र म आफूसँग यो स्वभाव बोक्छु, ताकि म धर्मी परमेश्वर, जलिरहेको सूर्य, दन्किरहेको ज्वाला हुँ भन्ने सबै मानिसहरूले देखून्, र ताकि सबैले म, एक मात्र साँचो परमेश्वरको आराधना गरून्, र ताकि तिनीहरूले मेरो साँचो मुहार देख्न सकून्: म इस्राएलीहरूको परमेश्वर मात्र होइन, र म उद्धारकर्ता मात्र होइन; बरु म स्वर्गहरू, र पृथ्वी र समुद्रभरिका सबै प्राणीहरूका परमेश्वर हुँ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि मनमा स्पष्टता छायो, र यहोवा, प्रभु येशू, र सर्वशक्तिमान् परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त भएँ। मेरी श्रीमतीले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नु प्रभु येशूलाई धोका दिनु थिएन, तर यसो गरेर उनले थुमाका पाइलाहरूलाई पछ्याइरहेकी थिइन्! पहिले, मैले उनलाई बाधा दिने प्रयास मात्रै गरिनँ, तर मैले हाम्रा छोरा-छोरीलाई पनि उनलाई बाधा दिन र उनको निगरानी गर्न लगाएँ। मलाई त्यसप्रति साँच्चै पछुतो लाग्यो—मैले त परमेश्वरको विरुद्धमा काम गरिरहेको, दुष्कर्म गरिरहेको थिएँ! तर परमेश्वरले अझै पनि मलाई कृपा गर्नुभयो, मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभयो, उहाँको आवाज सुनेर उहाँको सिंहासनअघि आउने मौका दिनुभयो। त्यो साँच्चै नै परमेश्वरको प्रेम हो! त्यही रात, मैले सर्वशक्तिमान् परमेश्वरको अघि घुँडा टेकेँ र उहाँलाई प्रार्थना गरेँ, अनि मलाई चुन्नुभएकोमा र उहाँका पाइलाहरू पछ्याउने, थुमाको विवाह-भोजमा सहभागी हुने मौका दिनुभएकोमा धन्यवाद दिएँ। म त साँच्चै विश्वस्त भएँ! सर्वशक्तिमान् परमेश्वरको मुक्तिको लागि म उहाँलाई धन्यवाद दिन्छु!