म साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरू बीचको भिन्नता छुट्याउन सक्छु

14 नोभेम्बर 2022

शियाङवाङ, मलेशिया

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। परमेश्‍वरका वचनहरूले देहधारण के हो र झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्टलाई कसरी चिन्ने भन्ने कुरा प्रकट गर्छन्। मैले प्रभुलाई पछ्याउँदा, यो सत्यतालाई बुझिनँ। मैले पाष्टर र एल्डरहरूको कुरा सुनें। मलाई बहकिन्छु कि भन्ने डर भयो र मैले आफूलाई झूटा ख्रीष्टहरूदेखि जोगाइराखें। मैले घर खनेर आँगन पुरेँ। मैले परमेश्‍वरको कामबारे खोजी गर्ने आँट गरिनँ, र झण्डै परमेश्‍वरको मुक्ति गुमाएँ। म मुस्किलले बचेछु भनेर अहिले बुझें।

म सानैदेखि मण्डली जान्थेँ र बाइबल पढ्थें, र अलिक ठूलो भएपछि युवा समूहमा सामेल भएँ। हाम्रा पाष्टरले ईश्‍वरशास्‍त्रमा डक्टरेट गर्नुभएको थियो। उहाँले सधैँ पाष्टर बन्नु गाह्रो छ, पवित्र आत्माद्वारा प्रेरित हुनुपर्छ भनेर भन्ने गर्नुहुन्थ्यो। हामी उहाँलाई सम्मान गर्थ्यौं। उहाँ पवित्र आत्माद्वारा प्रेरित हुनुभएको छ र उहाँले प्रभुलाई खुसी पार्नुभएको छ भनेर हामी विश्‍वास गर्थ्यौं। उहाँले अक्सर यी पदहरू उद्धृत गर्नुहुन्थ्यो: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। आखिरी दिनहरूमा हामीलाई धोका दिने झूटा ख्रीष्टहरू हुनेछन् भनेर उहाँले बताउने गर्नुहुन्थ्यो। त्यसैले, हामी होशियार थियौं। विशेष गरी, हामीमध्ये बाइबलको ज्ञानको कमी भएका साना कदका व्यक्तिहरूलाई उहाँले अन्य सम्प्रदायहरूको कुरा नसुन्नू, तिनीहरूका कुराहरू नपढ्नू र नजाँच्नू भन्नुहुन्थ्यो। पादरीले पूर्वीय ज्योतिबारे निकै नकारात्मक कुराहरू भन्‍नुहुन्थ्यो र हामीलाई त्यसबाट टाढा रहनू भन्‍नुहुन्थ्यो। उहाँले हामीलाई हरेक दिन बाइबल पढ्नुपर्छ, पाप स्वीकार गर्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ, अनि प्रभु आउनुहुँदा उहाँको राज्यमा उठाइ लगिन तयार हुनुपर्छ भन्‍नुहुन्थ्यो। त्यति बेला मैले त्यो कुरा विश्‍वास गरें र अरू मण्डलीहरूमा जाने आँट गरिनँ। पाष्टरले जे भन्‍नुभयो, मैले त्यही गरें। त्यसो गरेर प्रभुको आगमनलाई सुरक्षितसाथ पर्खिरहेकी छु भनेर म विश्‍वास गर्थें।

एक दिन, हाम्रो मण्डलीका ब्रदर हुले मेरी आमा र बहिनी पूर्वीय ज्योतिमा सामेल हुनुभयो भनेर मलाई भन्‍नुभयो। यो सुनेर म स्तब्ध भएँ। मैले सोचें, “के पाष्टरले हामीलाई पूर्वीय ज्योतिबाट टाढा रहनू भनेर भन्‍नुहुन्छ होइन र? मेरी आमा कसरी त्यसमा सामेल हुनुभयो?” त्यसपछि, ब्रदर हुले पूर्वीय ज्योतिबारे केही भयानक अफवाहहरू मलाई बताउनुभयो। म झनै डराएँ। म आत्तिएँ। त्यसपछि, ब्रदर हुले मलाई कुरा साँचो हो कि होइन भनेर आमालाई सोध्नू र उहाँको कुरा रेकर्ड गरी उनलाई पठाउनू भनी भन्नुभयो।

अवश्यै पनि घरमा पुगेपछि, मेरी आमाले मलाई प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वरको रूपमा फर्किसक्नुभएको छ, र उहाँले मानिसहरूलाई धुन र परिवर्तन गर्न अनि हामीलाई पापबाट मुक्ति दिन परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गरिरहनुभएको छ भनेर बताउनुभयो। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढोस् र उहाँको काम जाँच गरोस् भनेर मेरी आमा चाहनुहुन्थ्यो। उहाँको यो कुरा सुनेर, पूर्वीय ज्योतिबारेका भयानक अफवाहहरूबारे सोच्न म बाध्य भएँ। म साँच्‍चै त्यसको विरुद्धमा थिएँ तर मैले उहाँको कुरा रेकर्ड गरिरहेकी हुनाले, आफूलाई रोकें र उहाँको कुरा सुनें।

भोलिपल्ट, उहाँले मलाई सर्वशक्तिमान् परमेश्‍वरको कामबारे जाँच गर्न आग्रह गर्नुभयो। त्यति बेला, पाष्टरले भन्‍नुभएका भयानक कुराहरूतिर मेरो सोचाइ गइरहेको थियो। मैले उहाँको कुरा सुनिरहेकी थिइनँ। मैले उहाँलाई सुझाव दिएँ, “पाष्टरहरूले जहिले पनि हामीलाई पूर्वीय ज्योतिको कुरा नसुन्नू भनेर भन्‍नुहुन्छ। तिनीहरूदेखि टाढा बस्‍नुहोस्!” उहाँले धैर्यपूर्वक जवाफ दिनुभयो, “तिनीहरूले हामीलाई परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्न किन हतोत्साहित गर्छन्? के प्रभुले त्यही चाहनुहुन्छ? प्रभु येशूले हामीलाई भन्‍नुभएको छ: ‘आत्मामा गरिब हुनेहरू धन्यका हुन्: किनभने स्वर्गको राज्य तिनीहरूकै हो(मत्ती ५:३)‘अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। परमेश्‍वर हामीले नम्रतापूर्वक खोजी गरेको चाहनुहुन्छ। पूर्वीय ज्योतिले प्रभुको पुनरागमनको गवाही दिन्छ, त्यसकारण हामीले यसबारे जाँच गर्नुपर्छ। तर पाष्टरले हामीलाई प्रभुको स्वागत गर्नदेखि रोक्छन्। के त्यो प्रभुका शिक्षा विरुद्ध जानु होइन र? हामीले अन्धाधुन्ध पाष्टरको कुरा नसुनी प्रभुको कुरा सुन्नुपर्छ। प्रभुको पालामा, विश्‍वासयोग्य यहूदीहरूले उहाँको आवाज सुनेनन्, तर पुजारी, शास्त्री र फरिसीहरूका झूटहरूलाई पछ्याए, प्रभुको निन्दा र विरोध गरे। तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे र परमेश्‍वरबाट सजाय भोगे। हामीले तिनीहरूबाट पाठ सिक्नैपर्छ! प्रकाशको पुस्तकमा भनिएको छ: ‘आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश अध्याय २, ३)। यसको अर्थ, प्रभु फर्कनुभएपछि बोल्नुहुनेछ। हामीले उहाँलाई स्वागत गर्न परमेश्‍वरको आवाज चिन्नुपर्छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू परमेश्‍वरको आवाज हुन् कि होइनन्, र उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ कि हुनुहुन्न भनेर हेर्नुपर्छ।” उहाँले आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू भन्‍ने पुस्तक लिनुभयो। म एकदमै खिन्न भएँ र आफ्नो कोठातिर लागें।

शान्त भएर आमाले भन्नुभएको कुराबारे सोचें। परमेश्‍वरको आवाज चिन्न सिक्नु र नम्र हृदयले खोजी गर्नु उहाँका शिक्षा अनुरूप छन्। पूर्वीय ज्योतिले प्रभुको पुनरागमनको गवाही दिइरहेको हुनाले, सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू नपढी अन्धाधुन्ध पाष्टरलाई पछ्याउनु अपरिपक्व हुनु जस्तो लाग्यो। यदि सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्थ्यो र मैले उहाँलाई स्वीकार गरिनँ भने, के मैले प्रभुलाई स्वागत गर्ने मौका गुमाउनेथिइनँ र? त्यसपछि, पाष्टरले हामीलाई आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू देखा पर्नेछन् भनेर भन्‍नुभएको कुरा मैले सम्झें। यदि अहिले म बहकिएँ भने, मेरो विश्‍वास व्यर्थ हुनेथियो। म गडबड र अन्योलमा थिएँ। मलाई कसको कुरा सुन्ने, कसको नसुन्ने भयो। त्यसकारण, म प्रभुसामु आएँ, उहाँलाई मार्गदर्शन मागें।

मेरी आमाले मलाई सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीबाट दिइएको सङ्गति सुन्न सल्लाह दिनुभयो। म एकछिन हिचकिचाएँ र त्यसपछि राजी भएँ। सुरुमा त मैले केही पनि मनमा हालिरहेकी थिइनँ, तर तिनीहरूले मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनाका रहस्यहरू र उहाँका तीन चरणका कामबारे बताउँदा, म तुरुन्तै आकर्षित भएँ। त्यो एकदमै नयाँ कुरा जस्तो लाग्यो। म थुप्रै बाइबल अध्ययन समूहहरूमा गएकी थिएँ तर यसबारे अघि कहिल्यै सुनेकी थिइनँ। त्यो भेलापछि मेरो हृदय परिवर्तन भयो। मैले परमेश्‍वरका आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्ने निर्णय गरें र मेरी आमाको रेकर्डिङ मेटाएँ।

हाम्रो दोस्रो भेलामा, ब्रदर झाङले बुद्धिमती र निर्बुद्धि कन्याहरूबारे बताउनुभयो। उहाँले भन्नुभयो, “बुद्धिमती कन्याहरू बुद्धिमान् हुन्छन् किनभने तिनीहरू परमेश्‍वरको आगमनको लागि तृष्णा गर्छन् र उहाँको आवाज सुन्छन्। तिनीहरूले प्रभु आउनुभएको छ भनेर सुन्दा, सक्रिय भई अनुसन्धान गर्छन्। तिनीहरू विवश हुँदैनन् र तिनीहरू आफ्नै धारणाहरूलाई पक्रेर बस्दैनन्। तिनीहरू यो परमेश्‍वरको आवाज हो भनेर निश्चित भएपछि, उहाँलाई स्वागत गर्छन् र पछ्याउँछन्। यी मानिसहरू झूटा ख्रीष्टहरूद्वारा मूर्ख बन्दैनन्। निर्बुद्धि कन्याहरूसित समझको कमी हुन्छ र सत्यताप्रति प्रेम हुँदैन। तिनीहरूले प्रभुलाई स्वागत गर्न उहाँको आवाज सुन्ने प्रयास गर्दैनन्, तर हैसियत र शक्तिको भक्ति गर्छन्, पाष्टरहरू र एल्डरहरूको कुरा सुन्छन्। प्रभुले ढोका ढकढकाउनुहुँदा, तिनीहरूले आफ्नो कान बन्द गर्छन् र ढोकाहरू बन्द गर्छन्। तिनीहरू अज्ञानी हुन्। केही मानिसहरूले परमेश्‍वरको आवाज चिन्छन् तर उहाँलाई पछ्याउने साहस गर्दैनन्, मानिसहरू र आफ्नो मण्डलीले इन्कार गर्छन् भनेर डराउँछन्। तिनीहरू सत्यता खोज्दैनन्, तब कसरी तिनीहरूले प्रभुको पुनरागमनलाई स्वागत गर्न सक्छन्?”

यो कुरा सुनेर मेरो होश खुल्यो। मैले बुझें, मैले यत्तिका समयसम्म पाष्टर र एल्डरहरूको कुरा सुनिरहेकी थिएँ, सर्वशक्तिमान् परमेश्‍वरको कामलाई खोजिरहेकी थिइनँ। यदि सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्थ्यो र मैले उहाँलाई स्वीकार गरिनँ भने, के म निर्बुद्धि कन्या हुनेथिइनँ र? प्रभु येशूले हामीलाई बताउनुभएको छ: “माग, अनि त्यो तिमीहरूलाई दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ(मत्ती ७:७)। मैले प्रभुलाई स्वागत गर्ने आशा गरें। पूर्वीय ज्योतिले उहाँ फर्कनुभएको छ भनेर गवाही दिएको हुनाले, म अनुसन्धान गर्ने बुद्धिमती कन्या हुनुपर्छ। त्यो परमेश्‍वरको इच्छा हो! त्यसैले, मैले मेरो अन्योलताबारे तिनीहरूलाई बताएँ। “प्रभु येशूले भन्नुभयो, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। पाष्टरहरू र एल्डरहरूले आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू र प्रभुको आगमनबारे कुनै पनि समाचार विरुद्ध हामीलाई चेतावनी दिन यी पदहरू प्रयोग गर्छन्। बहकिने डरले गर्दा हामी प्रभुको आगमनबारे अनुसन्धान गर्ने आँट गर्दैनौं, तर यो सही अभ्यास होइन जस्तो देखिन्छ। त्यसोभए, प्रभुले भन्नुभएको कुरालाई हामीले कसरी बुझ्नुपर्छ त? हामी कसरी झूटा ख्रीष्टहरूद्वारा बहकिन सक्दैनौं र प्रभुलाई स्वागत गर्न सक्छौं?”

ब्रदर झाङ भन्नुहुन्छ: “बाइबल पढेर हामी के थाहा पाउँछौं भने, प्रभु फर्कनुहुँदा मानिसहरूलाई धोका दिने झूटा ख्रीष्ट र अगमवक्ताहरू हुनेछन्। पादरीले मानिसहरूलाई झूटा ख्रीष्ट र अगमवक्ताहरूदेखि होशियार गराउन यो धर्मशास्त्र प्रयोग गर्ने हुनाले, धेरैजसो मानिसहरूले यसलाई आफ्नो विश्‍वासको लागि महत्वपूर्ण कुरा ठान्छन्। तिनीहरूले प्रभुको आगमनको समाचारलाई झूटो ठान्छन्। तर के यो प्रभु येशूका वचनहरूको अर्थ अनुरूप छ? प्रभु येशूले भन्नुभयो, ‘अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनी भन्छ भने विश्‍वास नगर्नू। झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै छल्न सकून्(मत्ती २४:२३-२४)। यसले हामीलाई बताउँछ, प्रभु येशूले हामीलाई आखिरी दिनहरूमा झूटा ख्रीष्टहरू र अगमवक्ताहरूदेखि होशियार रहन चेतावनी दिनुभयो। तिनीहरूले मानिसहरूलाई धोका दिन ठूला-ठूला चिह्नहरू र चमत्कारहरू देखाउनेछन्, त्यसैले, हामी समझदार हुनुपर्छ। फर्कनुभएका प्रभु सम्‍बन्धी सबै समाचारहरू झूटा हुनेछन् भनेर उहाँले कहिल्यै भन्नुभएन। प्रभु येशूले उहाँ फेरि आउनुहुनेछ भनेर भन्नुभएको कुरा हामी बिर्सन सक्दैनौं, त्यसैले, के प्रभुको पुनरागमन सम्‍बन्धी कुनै पनि समाचार झूटो हो भनेर पाष्टरहरूले उहाँको पुनरागमनलाई इन्कार गरिरहेका, प्रभुका वचन, आगमन र कामलाई निर्लज्ज पूर्वक इन्कार र निन्दा गरिरहेका छैनन् र? के तिनीहरूले मानिसहरूलाई बहकाइरहेका र प्रभुको विरोध गरिरहेका छैनन् र? यदि हामीले यस्ता समाचारहरूलाई गलत भनी विश्‍वास गर्दै यी पदहरूलाई प्रसङ्गबाहिर राख्यौं र प्रभुको अर्थलाई गलत बुझ्यौं भने, के त्यो परमेश्‍वरको आगमन र कामलाई निन्दा गरेको हुँदैन र? तब कसरी हामीले प्रभुको आगमनलाई स्वागत गर्न सक्छौं?”

उहाँको सङ्गति सुनेर मेरो आँखा खोलियो। ती पदहरूले के भन्छन् भने, झूटा ख्रीष्टहरूले मानिसहरूलाई धोका दिन आखिरी दिनहरूमा ठूला-ठूला चिह्नहरू र चमत्कारहरू देखाउनेछन्। पाष्टरहरूलाई बाइबल राम्ररी थाहा छ, तर झूटा ख्रीष्टहरू कसरी चिन्ने भनेर किन तिनीहरूलाई थाहा छैन। ब्रदर झाङले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका खण्डहरू पढ्नुभयो: “यदि, वर्तमान दिनका दौरान, चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू निकाल्न, बिरामीलाई निको पार्न, र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुनु छ भने, र यदि आएकाहरू येशू हुनुहुन्छ भन्ने यो व्यक्तिले दाबी गर्छ भने, यो येशूलाई नक्कल गर्ने दुष्ट आत्माहरूद्वारा पैदा गरिएको जालसाजी हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्याउनुहुन्न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन। … यदि, आखिरी दिनहरूमा, अझै पनि परमेश्‍वरले चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्नुभयो भने, र अझ पनि भूतप्रेतहरूलाई निकाल्नुभयो र बिरामीलाई निको पार्नुभयो भने—यदि उहाँले येशूले गर्नुभए जस्तै ठ्याक्कै गर्नुभयो भने—परमेश्‍वरले उही काम दोहोर्याउनुभएको हुनेथियो, र येशूका कामको कुनै महत्त्व वा मूल्य हुनेथिएन। त्यसैले, परमेश्‍वरले हरेक युगमा कामको एउटा चरण सम्पन्न गर्नुहुन्छ। उहाँका कामको हरेक चरण पूरा भएपछि, यसलाई दुष्ट आत्माहरूले चाँडै नै नक्कल गर्छन्, र शैतानले परमेश्‍वरका पाइलाहरू पछ्याउन थालेपछि, परमेश्‍वरले अलग तरीका अपनाउनुहुन्छ। परमेश्‍वरले उहाँका कामको एक चरण पूरा गर्नुभएपछि, दुष्ट आत्माहरूले यसको नक्कल गर्छन्। तिमीहरू यसबारे प्रस्ट हुनैपर्छ” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। “यदि, आखिरी दिनहरूको अवधिमा, बिरामीलाई चङ्गाइ गर्ने, भूत आत्‍माहरूलाई धपाउने, अनि मानिसको लागि क्रूसमा टाँगिने येशूजस्तै ‘परमेश्‍वर’ देखा पर्नुभयो भने, यो बाइबलमा दिइएको परमेश्‍वरको व्याख्यासँग मिल्‍ने र मानिसले सहजै स्वीकार गर्ने भए पनि, त्यो ‘परमेश्‍वर’, परमेश्‍वरका आत्माद्वारा होइन, तर दुष्ट आत्माद्वारा धारण गरिएको देह हुने थियो। किनभने उहाँले जे पहिले नै पूरा गरिसक्‍नुभएको छ त्यसलाई फेरि नदोहोर्याउनु परमेश्‍वरको कामको सिद्धान्त नै हो। त्यसकारण, परमेश्‍वरको दोस्रो देहधारणको काम पहिलोको कामभन्दा फरक छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)

यी खण्ड पढिसकेपछि, उहाँले यो सङ्गति गर्नुभयो: “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न अनि आफ्नो काम दोहोऱ्याउनुहुन्न। कामको प्रत्येक नयाँ चरणमा, उहाँले मानिसहरूलाई अभ्यासको नयाँ मार्गमा डोऱ्याउनुहुन्छ। उदाहरणको लागि, प्रभु येशू आउनुहुँदा उहाँले व्यवस्था र आज्ञाहरू फेरि दिनुभएन, तर यी कुराहरूको आधारमा छुटकाराको काम गर्नुभयो। उहाँले पश्चात्तापबारे सिकाउनुभयो, मानिसहरूलाई पाप स्वीकार गर्न र पश्चात्ताप गर्न, क्षमा दिन, प्रेम गर्न र धेरै कुरा सिकाउनुभयो। उहाँ मानिसको लागि पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले चिह्नहरू वा चमत्कारहरू देखाउनुहुन्न। उहाँले छुटकाराको कामको जगमा रही न्याय र धुने काम गर्नुहुन्छ। उहाँले सत्यताहरू व्यक्त गर्नुहुन्छ, मानिसको भ्रष्टता र प्रकृति खुलासा गर्नुहुन्छ, र उहाँले मानिसहरूको धार्मिकताको न्याय गर्नुहुन्छ। उहाँले तिनीहरूलाई धोइन र मुक्ति पाउन आवश्यक पर्ने सबै सत्यताहरू दिनुहुन्छ, तिनीहरूलाई शैतानको प्रभाव र तिनीहरूकै भ्रष्टताबाट पूर्ण मुक्ति दिनुहुन्छ ताकि परमेश्‍वरले तिनीहरूलाई ग्रहण गरून्। यसरी मानिसजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको अन्त्य हुन्छ। परमेश्‍वरको काम हरेक चरणमा उच्च हुँदै जान्छ र कहिल्यै दोहोरिँदैन। यदि प्रभु चिह्नहरू र चमत्कारहरू देखाउँदै र बिरामी निको पार्दै फर्कनुभयो भने, परमेश्‍वरको काम दोहोरिनेथियो र अर्थहीन हुनेथियो। कतिपय मानिसहरूले के दाबी गर्छन् भने, परमेश्‍वरले केवल चिह्नहरू र चमत्कारहरू देखाउन अनि बिरामीलाई निको पार्न सक्नुहुन्छ। तिनीहरूले परमेश्‍वरलाई सीमित गर्छन् र उहाँको काम अघि बढ्न सक्दैन भनेर सोच्छन्। त्यसैकारणले त, परमेश्‍वरको काम कहिल्यै दोहोरिँदैन र यी सब कुरा गर्ने जो कोही निश्चय नै झूटो ख्रीष्ट हुनेथियो। धेरैजसो झूटा ख्रीष्टहरूभित्र दुष्ट आत्माहरू पसेका हुन्छन्। तिनीहरूले सत्यता व्यक्त गर्न, नयाँ युग सुरु गर्न वा पुरानो युगलाई अन्त गर्न सक्दैनन्। तिनीहरूले गर्न सक्ने भनेकै प्रभु येशूको नक्कल उतार्नु र सामान्य छली चमत्कारहरू देखाउनु हो। तर प्रभु येशूले जे गर्नुभयो जस्तै कि पुनरुत्थान गर्नुभयो अनि पाँच वटा रोटी र दुई वटा माछाले ५,०००जनालाई खुवाउनुभयो, त्यस्ता कामको तिनीहरूले नक्कल उतार्न सक्दैनन्। परमेश्‍वरसँग मात्र त्यस प्रकारको शक्ति छ, झूटा ख्रीष्टहरूसँग छैन। सत्यता व्यक्त नगरी, सानातिना चिह्नहरू र चमत्कारहरू देखाएर आफूलाई ख्रीष्ट कहलाउने कुनै पनि व्यक्ति अवश्यै वास्तविक ख्रीष्ट होइन। हामी यस सिद्धान्तद्वारा झूटा ख्रीष्टहरूलाई साँचो ख्रीष्टदेखि छुट्याउन सक्छौं।”

मैले ब्रदर झाङको सङ्गतिबाट यो सिकें: परमेश्‍वरको काम नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन र कहिल्यै दोहोरिँदैन। झूटा ख्रीष्टहरूले परमेश्‍वरको काम गर्न सक्दैनन्। तिनीहरूले उहाँका पुरानो कामको नक्कल उतार्छन् र मानिसहरूलाई धोका दिन केही चमत्कारहरू देखाउँछन्। यस सिद्धान्तद्वारा झूटा ख्रीष्टहरूलाई चिन्न सकिन्छ। यो त वास्तविक सरसामानजस्तै देखिने संसारका नक्कली सामान जस्तै हो, तर आखिर तिनीहरू झूटा ख्रीष्टहरू जस्तै नक्कली हुन्छन्। यो मेरो लागि अन्तरदृष्टिपूर्ण थियो।

ब्रदर झाङले आफ्नो सङ्गति निरन्तर गर्नुभयो: “झूटा ख्रीष्टहरूलाई चिन्ने सबैभन्दा महत्वपूर्ण सिद्धान्त हो ख्रीष्टको सारलाई चिन्नु। यो सबैभन्दा महत्वपूर्ण कुरा हो।” उहाँले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका दुई वटा खण्डहरू पढ्नुभयो: “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुभएकोले, उहाँले आफूले चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएकोले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यलाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। त्यो देह जसमा परमेश्‍वरको सार हुँदैन त्यो निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। अनि त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी देखा पर्ने घटना भन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरू)। यदि मानिसले उहाँको बाहिरी देखा पर्ने घटनालाई मात्र जाँच्छ भने, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसको बारेमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार छ, र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन, तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न, अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न, र मानिसलाई जीवन दिन सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन, तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

यो पढेपछि उहाँले सङ्गति गर्नुभयो: “ख्रीष्ट देहमा हुनुभएका परमेश्‍वर हुनुहुन्छ। उहाँ देहको रूपमा परमेश्‍वरका आत्मा हुनुहुन्छ, उहाँसित सामान्य मानवता छ, र उहाँमा ईश्‍वरत्व भरपूर छ। ख्रीष्ट एकदमै सामान्य देखिनुहुन्छ, तर उहाँको सार ईश्‍वरीय छ, त्यसैले, उहाँले सत्यता र परमेश्‍वरको धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग सुरु गर्नुहुन्छ र पुरानो युगको अन्त्य गर्नुहुन्छ। उहाँले मानिसजातिलाई छुटकारा र मुक्ति दिन सक्नुहुन्छ। उहाँले मानिसहरूलाई पोषण दिन र गोठालो गर्न सत्यता व्यक्त गर्न सक्नुहुन्छ। कसैले पनि उहाँको स्थान लिन सक्दैन। प्रभु येशू नै ख्रीष्ट, देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। उहाँ देहमा सामान्य व्यक्ति जस्तै देखिनुहुन्थ्यो, तर उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो अनि मानिसलाई पश्चात्तापको मार्ग दिनुभयो। उहाँले पापहरू क्षमा गर्न सक्नुभयो। उहाँले क्रूसमा टाँगिएर हामीलाई पापबाट छुटकारा दिनुभयो। उहाँले धेरै चिह्नहरू र चमत्कारहरू देखाउनुभयो जस्तो कि आँधीलाई शान्त पार्नुभयो, पाँच वटा रोटी र दुई वटा माछाले धेरैलाई खुवाउनुभयो र मृतकहरूलाई बिउँताउनुभयो। उहाँले परमेश्‍वरको अख्तियार प्रदर्शन गर्नुभयो। साथै, उहाँले टाढा-टाढासम्म प्रचार गर्नुभयो र मानिसहरूलाई तिनीहरूको आवश्यकताअनुसार पोषित गर्न र गोठालो गर्न सत्यताहरू व्यक्त गर्नुभयो। प्रभु येशूका काम र वचनहरूले हामीलाई यो कुरा देखाए: उहाँ बाटो, सत्यता र जीवन हुनुहुन्छ। उहाँका काम र वचनहरूले उहाँ देहधारी परमेश्‍वर र मानिसजातिको मुक्तिदाता हुनुहुन्छ भनेर ठोस प्रमाण दिन्छन्। सर्वशक्तिमान् परमेश्‍वर आखिरी दिनहरूमा आउनुभएको छ, उहाँले राज्यको युग सुरु गर्नुभएको छ र अनुग्रहको युगको अन्त्य गर्नुभएको छ र मानिसहरूलाई न्याय गर्ने र धुने कार्य गरिरहनुभएको छ। उहाँले उहाँको उल्‍लङ्घन गर्न नसकिने धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूले उहाँको ६,००० वर्षे व्यवस्थापन योजना प्रकट गर्छन् अनि मानिसले पाप गर्नु र परमेश्‍वरलाई विरोध गर्नुको कारणको जड र तिनीहरूको भ्रष्ट स्वभावहरूलाई खुलासा गर्छन् र तिनीहरूलाई शुद्ध हुन र पूर्ण रूपले मुक्ति पाउन चाहिने सबै सत्यताहरू स्पष्टसित बताउँछन्। यसमा, कसरी परमेश्‍वरले मानिसलाई न्याय गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ, कसरी तिनीहरूले परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ र उहाँमा विश्‍वास गर्नुपर्छ, कसले उहाँलाई खुसी पार्छन् अनि उहाँले कसलाई तिरस्कार गर्नुहुन्छ र हटाउनुहुन्छ, शुद्धता र सिद्धताको पछि लाग्नु, मानिसजातिको परिणाम र अन्य धेरै कुराहरू समावेश छन्। परमेश्‍वरको न्याय र सजाय मार्फत, हामीले शैतानको कारण हामीभित्र भएको भ्रष्टताको सत्यतालाई बुझ्यौं र परमेश्‍वरको धर्मी, पवित्र स्वभावबारे थाहा पायौं। हामीले परमेश्‍वरसामु पश्चात्ताप गऱ्यौं। हामी परमेश्‍वरप्रति समर्पित हुन थाल्यौं र हाम्रो जीवन स्वभाव परिवर्तन हुन थाल्यो। सर्वशक्तिमान् परमेश्‍वरका काम र वचनहरूले उहाँ देहधारी परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भनेर प्रमाणित गर्छन्। झूटा ख्रीष्टहरू दुष्ट आत्माहरू हुन्। तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन्, मानिसजातिलाई मुक्ति दिने त झन् कुरै आएन। तिनीहरूले मानिसहरूलाई बहकाउन र हानि गर्न बनावटी झूटहरू र भ्रमहरू फैलाउँछन्। झूटो ख्रीष्टलाई पछ्याउने जो-कोहीले जीवन पोषण वा पवित्र आत्माको काम प्राप्त गर्न सक्दैन। तिनीहरूले जतिसुकै लामो समयदेखि विश्‍वास गरेका भए तापनि, परमेश्‍वर वा सत्यतालाई कहिल्यै बुझ्नेछैनन् न त तिनीहरूको स्वभाव नै परिवर्तन हुन्छ। झूटो ख्रीष्टलाई पछ्याउनु भनेको प्रेतलाई पछ्याउनु हो। आफूलाई परमेश्‍वर वा ख्रीष्ट कहलाउने तर सत्यता व्यक्त नगर्ने जो-कोही अवश्यै झूटो ख्रीष्ट हो, प्रेत हो। झूटा ख्रीष्टहरूले सत्यता व्यक्त गर्न वा परमेश्‍वरको काम गर्न सक्दैनन्। तिनीहरूले जति नै आफूलाई ख्रीष्ट कहलाए तापनि, तिनीहरू ख्रीष्ट होइनन्। साँचो र झूटोको संसारै बेग्लाबेग्लै छ। तिनीहरूले आफूलाई ख्रीष्ट कहलाउँदैमा त्यो साँचो हुँदैन। त्यो त उहाँको सार र उहाँले गर्ने कामद्वारा निर्धारित हुन्छ। ख्रीष्ट मात्र सत्यता, बाटो र जीवन हुनुहुन्छ। ख्रीष्टले सत्यता र परमेश्‍वरको धार्मिकता व्यक्त गर्नुहुन्छ अनि परमेश्‍वरको काम गर्नुहुन्छ। यो कुरा उहाँको सारद्वारा निर्धारित हुन्छ। परमेश्‍वरबाट आएको कुनै पनि कुरा फुल्छ-फल्छ। मानिसहरूले परमेश्‍वरको कामलाई जति नै विरोध, निन्दा र इन्कार गरे तापनि, कसैले यसलाई रोक्न सक्दैन। ख्रीष्टको सारलाई कसैले पनि इन्कार गर्न सक्दैन। उहाँ ख्रीष्ट हुनुहुन्छ र सदैव ख्रीष्ट नै रहनुहुनेछ। प्रभु येशूले काम गर्नुहुँदा, यहूदी अगुवाहरू र रोमी सरकारले उहाँको निन्दा र विरोध गरे, अनि उहाँलाई क्रूसमा टाँगे। उहाँलाई त्यस युगले इन्कार गऱ्यो, तर अहिले २,००० वर्षपछि उहाँको सुसमाचार फैलिएर संसारको हरेक कुनामा पुगेको छ र सम्पूर्ण धार्मिक संसारले उहाँलाई स्वीकार गर्छ। अहिले आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरलाई चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारले निन्दा गर्छन्, तर सत्यता सधैँ अटल रहनेछ। यसलाई कसैले नकार्न सक्दैन! सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू संसारलाई गवाही दिन केही समयदेखि अनलाइन उपलब्ध छन्। मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा परमेश्‍वरको आवाजलाई चिन्दैछन्, उहाँ फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर बुझ्दैछन् र उहाँतर्फ फर्कंदैछन्। झूटा ख्रीष्टहरूसँग सत्यताको कमी हुन्छ र तिनीहरूले मानिसहरूलाई जित्न सक्दैनन्। तिनीहरूका वचनहरू र कार्यहरूलाई खुल्ला गर्न सकिँदैन र तिनीहरूले त्यसलाई सबैले अनुसन्धान गरून् भनी कहिल्यै पनि अनलाइन उपलब्ध गराउँदैनन् किनभने तिनीहरू अन्धकार र दुष्ट छन् र ज्योति सहन सक्दैनन्। तिनीहरूले सानातिना चिह्नहरू र चमत्कारहरू देखाउँछन् र देखावटी झूटहरू फैलाउँछन्, अनि ओझेलमा रहेर अज्ञानी र मूर्ख मानिसहरूलाई बहकाउँछन्। झूटा ख्रीष्ट वा दुष्ट आत्माबाट आएको कुनै पनि कुरा टिक्न सक्दैन। ती चाँडै छरपस्ट हुन्छन् र हराएर जान्छन्।”

यस सङ्गतिले मलाई कसरी झूटा ख्रीष्टहरू र साँचो ख्रीष्टलाई चिन्ने भनेर देखाइदियो। म अत्यन्तै हर्षित भएँ। ख्रीष्ट मात्र सत्यता, बाटो र जीवन हुनुहुन्छ। उहाँले मात्र सत्यता व्यक्त गर्न र परमेश्‍वरको काम गर्न सक्नुहुन्छ। आफू ख्रीष्ट भएको दाबी गर्ने तर सत्यता व्यक्त गर्न नसक्ने वा मानिसजातिलाई मुक्ति दिन नसक्ने जो-कोही झूटो ख्रीष्ट हो। यो कुरा थाहा पाउनु अद्भुत कुरा हो! मैले अन्धाधुन्ध पाष्टरको भक्ति गरें र उहाँले भनेको कुरामा विश्‍वास गरें। बहकिने डरले गर्दा मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई खोज्ने साहस गरिनँ। आफ्नो मण्डली र पाष्टरलाई विश्‍वास गर्नु सही बाजी मार्नु हो र म प्रभुको राज्यमा प्रवेश गर्नेछु भनेर मैले सोचें। पादरीले प्रभुको आगमन सम्‍बन्धी कुनै पनि समाचार झूटो हो भनी भन्‍नुहुन्थ्यो र हामीलाई साँचो मार्ग खोजी गर्नदेखि रोक्‍नुभयो। उहाँहरू धोकेबाज, अन्धा अगुवाहरू हुनुहुँदो भनेर मैले अहिले बुझें। म पनि मूर्ख थिएँ। मैले प्रभुको आवाजलाई सुनिनँ तर कुनै शङ्का नगरी उहाँहरूको विश्‍वास गरें। मैले घर खनेर आँगन पुरेँ र प्रभुलाई स्वागत गर्ने मौका झण्डै गुमाएँ। मुस्किलले बचेँ!

मैले अझ धेरै सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेँ अनि देहधारण, परमेश्‍वरको काम र मानिसको काम बीचको भिन्नता र बाइबलको भित्री रहस्यबारे अझ धेरै सिकें। यो अन्तरदृष्टिपूर्ण थियो। सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ! मैले उहाँको आखिरी दिनहरूको कामलाई स्वीकार गरें।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा दिइएको हो?

१९९८ मा, मेरो काकाको छोरा याङ्ग मलाई प्रभु येशूको सुसमाचार सुनाउन आए। तिनले मेरो लागि एउटा बाइबल पनि ल्याइदिएका रहेछन्, र सारा बाइबल...

आधुनिक फरिसीहरूको पहिचान गर्नु, परमेश्‍वरका पाइलाहरू पछ्याउनु

फाङ्ग्जिया, ब्राजिल मैले सबैभन्दा बढी सम्‍मान गरेका मानिसहरू पाष्टरहरू नै थिए “सिस्टर फ्याङ्ग सुन्‍नुस् त, सहर बाहिरको एक जना पाष्टर...

विद्रोहीले पश्चात्ताप गर्छ

गु वेनकिंग: म सन् १९९० मा इसाई बनें। एक जना मण्डली अगुवा थिए जसले बाइबल हाम्रो विश्‍वासको जग हो र हामीले विश्‍वासीहरूको हैसियतमा बाइबल पालन...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्