मैले जीवनको जिउँदो पानीको आनन्द लिएकी छु
मेरो परिवारले तीन पुस्तादेखि प्रभुमा विश्वास गर्दै आएको छ। म सानै हुँदादेखि नै परिवारको साथ लागेर मण्डली जान थालेँ। ठूलो भएपछि, मैले डिकन र लेखापालको काम गर्दै मण्डलीमा सेवा गरेँ। मैले सधैँ उत्साहको साथ प्रभुको सेवा गरेको छु। तर समय बित्दै जाँदा मण्डली निकै उजाड लाग्न थाल्यो र पाष्टर र एल्डरहरूले कुनै नयाँ ज्योति नदिई उही पुरानै कुराहरू प्रचार गरिरहन्थे। तिनीहरूले हाम्रा वास्तविक कठिनाइ र समस्याहरू समाधान गर्न सक्दैनथिए। तिनीहरूले सधैँ प्रभुको लागि आफूले गरेको कामको बारेमा कुरा गरिरहेका हुन्थे, तिनीहरूले कति धेरै कष्ट भोगे र कति धेरै मूल्य चुकाए त्यसको बारेमा धाक लगाइरहेका हुन्थे। म त्यस्तो कुरा सुन्दा-सुन्दा दिक्क थिएँ। र प्रत्येक आइतबारको सेवामा पादरीवर्गले लेखेर कण्ठ गरेका शब्दहरूको आधारमा मानिसहरूको लागि प्रार्थना गरेको देख्थेँ र मलाई यो पाखण्डी लाग्थ्यो। साँचो प्रार्थनामा प्रभुसँग हृदयबाट बोल्नुपर्छ, चाहे एक-दुई शब्द नै किन नहोस्। किनभने प्रभुले भन्नुभएको छ, “परमेश्वर आत्मा हुनुहुन्छ: अनि उहाँलाई आराधना गर्नेहरूले उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ” (यूहन्ना ४:२४)। तिनीहरूले पहिले नै लेखिएका प्रार्थनाका शब्दहरू प्रयोग गर्नु साँचो प्रार्थना थिएन र तिनीहरूले अवश्य नै प्रभुलाई आनन्दित तुल्याउन सक्दैनथिए। जब मण्डली अगुवाहरूले डिकन पदहरूमा मानिसहरू नियुक्त गर्थे, तिनीहरूले बाइबलले सिकाए जस्तो राम्रो बानीव्यहोरा भएका, विश्वासयोग्य, लोभ नगर्ने, र समान व्यवहार गर्ने मानिसहरूको छनौट गर्दैनथिए। बरु, तिनीहरूले धेरै दशांस-भेटी दिने मानिसहरूलाई अत्यन्तै उत्साहको साथ नियुक्त गर्थे। मण्डलीका अगुवाहरूको बानीबेहोरा हरेक दृष्टिकोणले प्रभुका शिक्षाहरूका विपरीत हुन्थे; तिनीहरूले आफ्नै व्यक्तिगत सिद्धान्तको आधारमा मण्डली परिवारको नेतृत्व गर्थे। मैले त्यस्तो मण्डलीमा प्रभुको कुनै अगुवाइ आएको देखिनँ, मैले पवित्र आत्माको कार्य अनुभव गर्न, वा मेरो जीवनको लागि कुनै भरणपोषण प्राप्त गर्न सकिनँ। अरू मण्डली सदस्यहरू पनि आत्मिक रूपमा कमजोर थिए र तिनीहरूको विश्वास कमजोर हुँदै गइरहेको थियो। पादरीवर्गले मण्डलीमा जागृति ल्याउने तरिकाहरूको बारेमा सोच्ने प्रयास गरे जस्तै विश्वासीहरूको लागि भ्रमण र समर क्याम्पको आयोजना गर्ने इत्यादि, तर यो रमाइलो मात्रै थियो, र यो सकेपछि सबै जना फेरि उत्साह विहीन भइहाल्थे। म मण्डलीप्रति साँच्चै नै खिन्न भएकी थिएँ, र त्यस्तो ठाउँमा परमेश्वरको आराधना गरेर मैले केही पनि प्राप्त गर्न सक्दिनँ भन्ने मलाई लाग्यो। मैले मेइ २०१३ मा मण्डली छोड्ने निर्णय गरेँ।
त्यसपछि, प्रभुका शिक्षाहरू अनुरूप रहेको र मेरो जीवनको लागि भरणपोषण गर्न सक्ने मण्डलीको खोजी गर्ने प्रयासमा, म अनलाइन गएर देश-विदेशका चर्चित पाष्टरहरूका प्रवचनहरू सुन्न थालेँ। म मेरो पुरानो मण्डलीको एक जना प्रचारकसँग पनि सम्पर्कमा नै रहेँ, जसले ईश्वरशास्त्र स्कूलबाट दीक्षान्त पाएपछि उहाँको आफ्नै मण्डली सुरु गर्नुभएको थियो। मैले अनलाइन प्रवचनहरू सुन्ने र उहाँसँग भेलाहरूमा जाने गरिरहेकी थिएँ, तर एउटै पनि प्रवचन मेरो लागि आनन्दमय वा भरणपोषण गर्ने किसिमको थिएन। तीन महिनापछि मैले अर्को मण्डलीलाई सम्पर्क गरेँ। मलाई तिनीहरूको शिक्षा बाइबल अनुरूप छ भन्ने लाग्यो, त्यसकारण म तिनीहरूका विभिन्न क्रियाकलापहरूमा सहभागी हुन थालेँ। तर केही समयपछि हरेक सेवाको सुरु र अन्त्यमा तिनीहरूले अन्यभाषाहरूमा प्रार्थना गर्दा रहेछन् भन्ने थाहा पाएँ, र तिनीहरूले अन्यभाषाहरूमा बोल्नु मात्रै पवित्र आत्माको काम भएको र मुक्ति पाएको प्रमाण हो भनी भने। तर म त्यस कुरामा सहमत नै भइनँ, किनभने बाइबलमा, गलाती ५:२२-२३ मा यसो भनिएको छ, “तर पवित्र आत्माको फल भनेका प्रेम, आनन्द, शान्ति, धैर्यता, भद्रता, भलाइ, विश्वास, नम्रता, संयमता हुन्।” मैले धर्मशास्त्रलाई कसरी बुझेकी थिएँ भने प्रभुका वचनहरूलाई बुझ्नु र जीवनमा पवित्र आत्माका नौ फलहरू फलाउनु नै शुद्ध विश्वास हो र पवित्र आत्माको काम भएको प्रमाण हो। र सेवाहरूमा, र पाष्टरहरूले कुनै नयाँ ज्योति नदिई उही पुरानै कुराहरू प्रचार गरिरहेका हुन्थे। सेवाको बेला मण्डलीका धेरैजसो मानिसहरूले सहमतिमा शिर हल्लाउँथे। तिनीहरूले औपचारिकताको लागि मात्रै सहभागिता जनाउँथे। धेरैजसो मानिसहरू नकरात्मक, निराश अवस्थामा हुन्थे। प्रभुलाई आराधना गर्दा मानिसहरूमा हुनुपर्ने आनन्द मैले देख्न सकिनँ। त्यस्तो मन्द तरिकाले यी सेवाहरू अघि बढाइएको देख्दा म मनमनै सोच्थें, “के मानिसहरू अल्याङटल्याङ गरेको देख्दा प्रभु आनन्दित हुनुहुनेछ? के प्रभु सेवाको बेला साँच्चै हामीसँग हुनुहुनेछ?” त्यसपछि मलाई प्रकाशको पुस्तकको यो वचन याद आयो: “र लाओडिकियाको मण्डलीको दूतलाई लेख…। मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसो छौ न तातो छौ: तिमीहरू कि त चिसो कि त तातो भएको म चाहन्छु। त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु” (प्रकाश ३:१४-१६)। के यो मण्डली लाउडिकियाको मण्डलीकै अवस्थामा थिएन र? मण्डलीले पनि मेरा आत्मिक आवश्यकताहरूलाई पूरा गर्न सकेन, र मलाई रित्तो र विवश अनुभव भयो। म गएको हरेक मण्डली उस्तै रहेको मैले देखेँ। सेवाहरूमा सबै जना नियमहरूमा बाँधिएका र औपचारिकता पूरा गरिरहेका हुन्थे, तर मैले पवित्र आत्माको काम वा अगुवाइ अनुभव गर्न सक्दिनथिएँ। म साँच्चै पीडामा थिएँ। त्यो बेला मेरो एउटै आशा भनेको प्रभु चाँडै फर्केर आउनुभएको होस्, र उहाँले हामीलाई गोठालो गर्नुभएको होस् भन्ने थियो। मैले बारम्बार प्रभुसँग प्रार्थना गर्थेँ: “हे प्रभु! तपाईं कहिले आउनुहुनेछ?”
मैले अझै उत्कटताको साथ प्रभुको पुनरागमनको र मेरो जीवनको लागि भरणपोषण प्रदान गर्न सक्ने मण्डली भेट्टाउन सकूँ भनेर आशा गर्न थालेँ। मैले निरन्तर अनलाइन खोजी गर्न थालेँ। हरेक अवसरमा म परमेश्वर देखा-पराइसँग सम्बन्धित “परमेश्वरको आवाज” र “परमेश्वरका पाइलाहरू” जस्ता शब्दहरूको खोजी गर्थेँ। जनवरी २७, २०१६ को बिहान, मैले अनलाइन गएर प्रभुको पुनरागमन सम्बन्धी जानकारीको खोजी गरेँ। मैले एउटा भिडियो भेटेँ र त्यहाँ दिइएका वचनहरू सुन्दा मेरो हृदय छोयो। “सारा ब्रह्माण्डभन्दा माथि मेरो राज्य आकारमा आइरहेको छ, र मेरो सिंहासनले करोडौँ मानिसहरूको हृदय ओगट्छ। स्वर्गदूतहरूको सहकार्यमा मेरो महान् उपलब्धिलाई चाँडै नै पूरा गरिनेछ। मेरा सबै पुत्रहरू र मेरा मानिसहरू उत्कट इच्छासाथ मेरो पुनरागमनको प्रतीक्षा गर्दै, म तिनीहरूबाट फेरि कहिल्यै अलग नहुने गरी तिनीहरूसँग पुनर्मिलन हुने तृष्णा गर्छन्। म तिनीहरूसँगै भएका कारण मेरा राज्यका सबै मानिस एकअर्कातर्फ नदौडी र हर्षित नभई कसरी बस्न सक्थे र? के यो त्यस्तो पुनर्मिलन हो जसका लागि कुनै मूल्य चुकाउनु आवश्यक छैन? म सबै मानिसहरूका नजरमा सम्मानित छु, म सबैका शब्दहरूमा प्रचारित छु। त्यसमाथि, जब म फर्कनेछु, तब म शत्रुका सबै शक्तिहरूलाई विजय गर्नेछु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २७)। मैले यसमा भनिएका सबै कुरा बुझ्न नसके पनि, यो सुन्दा “सारा ब्रह्माण्डभन्दा माथि मेरो राज्य आकारमा आइरहेको छ, र मेरो सिंहासनले करोडौँ मानिसहरूको हृदय ओगट्छ।” “जब म फर्कनेछु, तब म शत्रुका सबै शक्तिहरूलाई विजय गर्नेछु।” मलाई हरेक वचन अख्तियारपूर्ण र शक्तिशाली लाग्यो, र ती कुनै पनि मानवले बोल्न सक्ने वचनहरू होइनन् भन्ने लाग्यो। म तुरुन्तै सीधा भएर बसेँ अनि तल्लीन भएर सुनेँ। त्यसपछि मैले भिडियोमा यसो भनिएको सुनेँ: “समय आइपुगेको छ! म मेरो कार्यलाई अघि बढाउनेछु, म मानिसहरूका बीचमा राजाको रूपमा शासन गर्नेछु! म फर्कन लागेको अवस्थामा छु! र म बिदा हुनलागेको छु! सबैले आशा गरेको यही नै हो, तिनीहरूले कामना गर्ने यही नै हो। म सारा मानवजातिलाई मेरो दिनको आगमन देख्ने तुल्याउने छु, र तिनीहरूले मेरो दिनको आगमनलाई आनन्दको साथ स्वागत गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २७)। मैले जति सुनेँ, मलाई यी वचनहरू अत्यन्तै अख्तियारपूर्ण र हृदय-स्पर्शी लाग्यो। मैले यस्तो विचार गरेँ, “यी वचनहरू कहाँबाट आएका हुन्?” भिडियोको अन्त्यमा मैले यो लेखिएको देखेँ: “वचन देहमा देखा पर्नुहुन्छ।” मैले तुरुन्तै दुई वटा इसाई पुस्तक पसलमा फोन गरेँ र तिनीहरूसँग त्यो पुस्तक छ कि भनेर सोधेँ, तर तिनीहरू दुवैले छैन भनेर भने। मलाई साँच्चै खिन्न लागिरहेको थियो, तर त्यसपछि मैले भिडियोको अन्त्यमा सम्पर्क नम्बर देखेँ, र मैले तुरुन्तै कल गरेँ। एक जना सिस्टरले फोन उठाउनुभयो, र हाम्रो कुराकानीबाट मैले के थाहा पाएँ भने यो पैसाले किन्न सकिने पुस्तक रहेनछ। मलाई मैले सुनेका वचनहरू अत्यन्तै मूल्यवान् लागेको थियो, त्यसकारण मैले उहाँलाई मैले यो पुस्तक पढ्नुपर्छ भनेर भनेँ! त्यसपछि हामीले भेट्ने समय मिलायौं।
फेब्रवरी ५, २०१६ मा, सिस्टर वाङ्ग र सिस्टर जिन मेरो घरमा आउनुभयो। मैले हालैका वर्षहरूमा भएको मण्डलीहरूका अवस्थाको बारेमा अनि मैले कसरी पवित्र आत्माको काम भएको र मेरो जीवनलाई भरणपोषण गर्न सक्ने मण्डली खोजिरहेकी छु त्यसको बारेमा बताएँ। उहाँहरूले मलाई सोध्नुभयो, “तपाईंलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरू कस्तो लाग्यो?” मैले भनेँ, “ती अत्यन्तै अख्तियारपूर्ण र शक्तिशाली छन्, कुनै मानवले बोल्न नसक्ने वचन जस्ता छन्। ती परमेश्वरको आवाज जस्तो सुनिन्छन्।” सिस्टर वाङ्गले भन्नुभयो, “यी वचनहरू परमेश्वरका आवाज हुन्। यी वचनहरू फर्कनुभएका प्रभु येशूले बोल्नुभएका वचनहरू हुन्—देहमा आउनुभएका सर्वशक्तिमान् परमेश्वरका वचनहरू। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले परमेश्वरको घरबाट सुरु गर्दै न्यायको काम गर्नुहुन्छ, उहाँले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सारा सत्यता व्यक्त गर्नुहुन्छ। उहाँले परमेश्वरको ६,००० वर्षे व्यवस्थापन योजनाका सबै रहस्यहरू, मानिसलाई मुक्ति दिने परमेश्वरको कामका तीन चरणहरूका रहस्यहरू, देहधारणका रहस्यहरू र बाइबल पछाडिको कथा, शैतानले मानवजाति कसरी भ्रष्ट तुल्याउँछ, परमेश्वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ, मानिसहरू कसरी पापबाट मुक्त हुन र परमेश्वरद्वारा धोइन सक्छन्, मानवजातिको परिणाम के हुनेछ, मुक्ति पाउन र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्ने गरी मानिसहरूले कसरी खोजी गर्न सक्छन्, र इत्यादि कुराहरू प्रकट गर्नुहुन्छ। परमेश्वरले हामीसँग यी सबै रहस्यहरू र सत्यताहरू बाँड्नुहुन्छ। यसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ’ (यूहन्ना १६:१२-१३)। वचन देहमा देखा पर्नुहुन्छमा आखिरी दिनहरूमा परमेश्वर स्वयम्ले व्यक्त गर्नुभएका वाणीहरू समावेश छन्। यो परमेश्वरले हामीलाई दिनुभएको जीवनको पानी, अनि अनन्त जीवनको मार्ग हो। हामीले हाम्रो जीवनको भरणपोषण प्राप्त गर्नको लागि थुमाका पाइलाहरूलाई पछ्याउने र परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू प्राप्त गर्नु मात्रै आवश्यक हुन्छ। त्यसपछि हाम्रो खडेरीमा परेको आत्माको भोक र तृष्णा मेटिन सक्छ।” उहाँले यसो भनेको सुन्दा म चकित भएँ। मैले सोचेँ, “प्रभु साँच्चै फर्केर आउनुभएको हो? के मैले तृष्णा गर्दै आइरहेको प्रभु येशू सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ?” प्रभु येशू फर्केर आउनुहुन्छ भन्ने मलाई थाहा भएको भए पनि, उहाँहरूले गवाही दिनुभएको सर्वशक्तिमान् परमेश्वरलाई मैले पूर्ण रूपमा स्वीकार गर्न सकिनँ। त्यसपछि मलाई फरिसीहरूको बारेमा याद आयो, जसले सधैँ मसीहको आगमनको प्रतीक्षा गर्दै आइरहेका थिए तर जब प्रभु येशू काम गर्न आउनुभयो, तब तिनीहरूले उहाँलाई स्वीकार गर्न मानेनन्। तिनीहरूले पागलले झैँ प्रभु येशूलाई दोष दिँदै र निन्दा गर्दै जिद्दी भएर आफ्नै धारणाहरूलाई नै पक्रिरहे र तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न पुगे। तिनीहरूले परमेश्वरको स्वभावलाई उल्लङ्घन गरे र परमेश्वरले तिनीहरूलाई श्राप र दण्ड दिनुभयो। प्रभु येशूको पुनरागमन हुँदा फरिसीहरू जस्तो नहुनू भनी मैले आफैलाई धेरै पटक चेतावनी दिएकी थिएँ। मलाई शिमियोन र हन्ना अगमवक्ताहरूका बारेमा पनि याद आयो। मैले सधैँ तिनीहरूलाई आदरका साथ हेर्ने गर्थेँ, र तिनीहरूले जस्तै प्रभु येशू आउनुभएपछि उहाँलाई पहिचान गर्न चाहन्थेँ। अब मैले प्रभु येशूको पुनरागमनको बारेमा खबर सुनेकी थिएँ, त्यसकारण मैले यसको बारेमा खोजी र अनुसन्धान नगरिकन कसरी बस्न सक्थेँ र? त्यसपछि सिस्टरहरूले मलाई वचन देहमा देखा पर्नुहुन्छको प्रतिलिपि दिनुभयो। उहाँहरूले मलाई यसमा लेखिएका हरेक वचन परमेश्वरको मुखबाट आएका हुन् र मैले यसलाई ध्यान दिएर पढ्नुपर्छ भनेर पनि भन्नुभयो।
त्यहाँदेखि मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्न थालेँ, र सर्वशक्तिमान् परमेश्वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूसँग अनलाइन भेलामा सहभागी हुन थालेँ। एक दिन, मैले सर्वशक्तिमान् परमेश्वरका यी वचनहरू पढेँ: “परमेश्वरप्रतिको साँचो विश्वासको अर्थ निम्न हुन्छन्: परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने विश्वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्वर का अभिप्रायहरू पूरा गर्छ, र परमेश्वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र ‘परमेश्वरमाथिको विश्वास’ भन्न सकिन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। मैले आफ्नो हृदयमा “आमेन” भनेर भनेँ, र मेरो विश्वासमा मेरा विगतका भोगाइहरूलाई सम्झेँ। म प्रभु येशूले दिनुभएको छुटकाराको अनुग्रहप्रति आत्मसन्तुष्ट थिएँ, किनभने मैले भेला हुनु, प्रार्थना गर्नु, बाइबल पढ्नु, र प्रभुको लागि काम गर्नु विश्वास गर्नु सरह हो भन्ने सोच्ने गर्थेँ। मैले विश्वासको साँचो अर्थ बुझेको थिइनँ। यी वचनहरू पढेपछि तिनले मलाई साँच्चै नै ज्योति दिए—हाम्रो भ्रष्ट स्वभावलाई परिवर्तन गर्नको लागि विश्वासमा परमेश्वरका काम र वचनहरूको अनुभव गर्नु आवश्यक हुन्छ, यसरी हामीले सत्यता प्राप्त गर्न, र परमेश्वरलाई चिन्न सक्छौं भन्ने देखेँ। यो परमेश्वरमाथि विश्वास गर्नु हो। यी थोरै, स्पष्ट शब्दहरूले विश्वासको साँचो अर्थलाई पूर्ण रूपमा व्याख्या गरिदिए र मलाई परमेश्वरमा विश्वास गर्ने मार्ग देखाए। परमेश्वरले मात्रै त्यस्ता वचनहरू बोल्न सक्नुहुन्थ्यो। पछि मैले मानिसको भ्रष्टताको सत्यता र सारलाई खुलासा गर्ने सर्वशक्तिमान् परमेश्वरका केही वचनहरू पढेँ। उदाहरणको लागि, हामीले गर्ने काम र समर्पण परमेश्वरप्रतिको प्रेम र उहाँलाई सन्तुष्ट पार्नको लागि हुंदैन, बरु परमेश्वरको राज्यमा आशिष्हरू प्राप्त गर्ने आशाले परमेश्वरसँग लेनदेनका लागि गरिरहेका हुन्छौं भन्ने कुरा उहाँले प्रकट गर्नुहुन्छ। उहाँले हाम्रो अहङ्कार र घमण्डलाई, अनि परमेश्वरप्रतिको हाम्रो डरको अभावलाई खुलासा गर्नुहुन्छ। उहाँको काम हाम्रा धारणाहरूसँग नमिल्ने बित्तिकै, हामीले मनोमानी ढङ्गले यसको आलोचना गर्ने र दोष दिने गर्छौं। यो त हिब्रू ४:१२ मा भनिएको जस्तै हो, “परमेश्वरको वचन शीघ्र र शक्तिशाली अनि दुई-धारे तरबारभन्दा पनि धारिलो छ, जसले प्राण र आत्मा अनि जोर्नी र मासीसम्म अलग हुने गरी छेड्छ र यसले हृदयका विचार र अभिप्रायहरू खुट्ट्याउँछ।” सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू साँच्चै नै परमेश्वरका वचनहरू हुन् भन्ने मलाई अझै बढी अनुभव भयो, किनभने परमेश्वरले मात्रै मानव हृदयको गहिराइलाई छानबिन गर्न, हाम्रा सोचाइ र विचारहरूलाई जाँच्न, र हामीले के सोचिरहेका छौं त्यो कुरा जान्न सक्नुहुन्छ, र परमेश्वरले मात्रै हाम्रो भ्रष्टताको सत्यतालाई स्पष्ट रूपमा विश्लेषण गर्न सक्नुहुन्छ। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले बाइबलका त्यस्ता धेरै खण्डहरूका रहस्यहरू प्रकट गरे, जुन खण्डहरूलाई मैले कहिल्यै बुझेकी थिइनँ, जस्तै “उठाइलगिनुको अर्थ” वास्तवमा के हो, जीवनको नदीको पानी भनेको के हो, नयाँ यरूशलेम भनेको के हो, बुद्धिमती र निर्बुद्धि कन्याहरू को हुन्, चर्मपत्रको मुट्ठो र यसका सात मोहोरहरू खोल्नु भनेको के हो, र इत्यादि कुरा। यसले साँच्चै मेरो आँखा खोलिदियो—म अत्यन्तै विश्वस्त भएँ। बाइबलका यी रहस्यहरूलाई परमेश्वर स्वयम्ले बाहेक अरू कसैले पनि खुलासा गर्न सक्दैनथिए। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू जति पढेँ, मलाई आत्मिक रूपमा त्यति नै तृप्त महसुस भयो। यो लामो खडेरीपछि परेको सुन्दर झरी जस्तै थियो र यसले मेरो जीवनलाई भरणपोषण र पानी दियो। यी वचनहरू पवित्र आत्माका वचनहरू हुन् र परमेश्वरले मानवजातिसँग बोलिरहनुभएको छ, सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने कुरामा म पूर्ण रूपमा विश्वस्त भएँ। प्रभु येशूले भन्नुभएको यो वचनको पछाडि के अर्थ थियो त्यस कुरालाई मैले अनुभव गरेँ, “तर मैले दिने पानी जसले पिउँछ ऊ कहिल्यै तिर्खाउनेछैन; तर मैले उसलाई दिने पानी अनन्त जीवनमा उम्रिनिस्कने पानीको इनार हुनेछ” (यूहन्ना ४:१४)। के रहेछ भने, आखिरी दिनहरूका ख्रीष्टसँग मात्रै जिउँदो पानीको मूल रहेछ, र मैले बल्ल यो जीवनको मूलको स्रोत भेट्टाएकी थिएँ।
सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि र दाजुभाइ-दिदीबहिनीहरूसँग भेला र सङ्गति गरेपछि, मैले धार्मिक संसारको उजाड अवस्थाको सार र कारणलाई बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। आज, परमेश्वरको वर्तमान वचनहरूलाई पछ्याउनेहरू सबैजना पवित्र आत्माको प्रवाहमा हुन्छन्; परमेश्वरको आजको वचनप्रति अपरिचित रहनेहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर हुन्छन्, र त्यस्ता मानिसहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। पवित्र आत्माको वर्तमान वाणीहरूबाट अलग रहेको सेवा देहको, र धारणाहरूको सेवा हो, र यो परमेश्वरका अभिप्रायअनुसार हुनु असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूमाझ जिउँछन् भने, तिनीहरूले परमेश्वरका अभिप्राय अनुसार केही पनि गर्न सक्दैनन्, र तिनीहरूले परमेश्वरको सेवा गरे तापनि, तिनीहरूले तिनीहरूका कल्पना र धारणाहरूमाझ सेवा गर्छन्, अनि परमेश्वरको अभिप्रायहरूअनुसार सेवा गर्न तिनीहरू पूर्ण रूपमा असमर्थ हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। “परमेश्वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। … नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्नै मनभित्र जिउँछन् र आफ्नै मस्तिष्कको विश्लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्न सकिन्छ र मण्डली भन्न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)। यो पढेपछि, मलाई के थाहा भयो भने मेरो पुरानो मण्डली र म गएका विभिन्न सम्प्रदायहरूले परमेश्वरको नयाँ कामलाई पछ्याउन नसकेका हुनाले, तिनीहरू पवित्र आत्माको कामबाट अलग भएका र धार्मिक केन्द्रहरूमा परिणत भएका रहेछन्, र ती उप्रान्त परमेश्वरका मण्डलीहरू थिएनन्। पादरीवर्गले बाइबलीय ज्ञान र धर्मसिद्धान्तको मात्रै व्याख्या गर्थे, सधैँ आफैलाई उचाल्ने र आफ्नै गवाही दिने गर्थे, तिनीहरूले कति कष्ट भोगेका छन् र त्याग गरेका छन् त्यस कुरामा धाक लगाउने गर्थे। तिनीहरूले कहिल्यै पनि परमेश्वरलाई उचाल्ने वा उहाँको गवाही दिने गर्दैनथिए र तिनीहरूले अरूलाई प्रभुका वचनहरू अभ्यास गर्न अगुवाइ गर्दैनथिए। तिनीहरूमध्ये कतिले त नातावाद-कृपावादको आधारमा मण्डलीको पदहरूमा मानिसहरूलाई नियुक्त गर्थे, र अन्यभाषाहरूमा बोल्ने मानिसहरू पवित्र आत्माले भरिएका हुन्छन् र त्यसले तिनीहरू परमेश्वरद्वारा मुक्ति पाएका छन् भन्ने प्रमाणित गर्छ भनेर भन्थे। तिनीहरूले आफ्नै सोचाइ, धारणा र कल्पनाहरूका आधारमा विभिन्न कुराहरूको परिकल्पना गर्थे। आफ्ना मण्डलीहरूलाई यसरी अगुवाइ गरेर, धार्मिक अगुवाहरू प्रभुका शिक्षाहरूबाट अलग भएका छन्, र प्रभुको इच्छा विपरीत गएका छन्। तिनीहरूले आफू विश्वासी हौं त भन्थे तर तिनीहरूले प्रभुको मार्गलाई पालना गर्दैनथिए वा उहाँका आज्ञाहरू मान्दैनथिए। तिनीहरूको मार्ग पूर्ण रूपमा प्रभुको विरुद्धमा गएको थियो। प्रभुले कसरी त्यसलाई स्वीकार गर्न सक्नुहुन्थ्यो र? ती स्थानहरूलाई उप्रान्त मण्डली भनेर समेत गन्ती गर्न सकिँदैनथियो। तिनीहरू सम्प्रदाय वा धार्मिक समुदायका स्थानहरू मात्रै हुन्। त्यसकारण मैले त्यहाँ मेरो विश्वासको अभ्यास गर्दा परमेश्वरको अगुवाइ प्राप्त गर्न सकिनँ। म आत्मिक रूपमा सुक्खा र भरणपोषण विहीन रहेँ।
त्यसपछि, हामीले सर्वशक्तिमान् परमेश्वरका वचनहरूका केही थप खण्डहरू पढ्यौं। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले यो तथ्य पूरा गर्नुहुनेछ: उहाँले ब्रह्माण्डका सारा मानिसहरूलाई उहाँको अघि आएर पृथ्वीमा परमेश्वरको आराधना गर्ने तुल्याउनुहुनेछ, अनि अरू ठाउँको उहाँको कार्य अन्त्य हुनेछ, र मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। यो योसेफजस्तै हुनेछ: सबै जना खानेकुराको लागि तिनीकहाँ आए, र तिनको सामने घुँडा टेके, किनभने तिनीसँग खाने कुराहरू थिए। अनिकालबाट बच्नको लागि, मानिसहरू साँचो मार्गको खोजी गर्न बाध्य हुनेछन्। सम्पूर्ण धार्मिक समुदायले प्रचण्ड अनिकाल भोग्नेछ, अनि आजका परमेश्वर मात्रै मानिसको आनन्दको लागि प्रदान गरिएको सधैँ बगिरहने मूल भएको जिउँदो पानीको मूल हुनुहुन्छ, र मानिसहरू आउनेछन् र उहाँकै भर पर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सहस्राब्दीय राज्यको आगमन भएको छ)। “मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई, र सारा मानिसलाई पनि पूर्वतिर ल्याएँ, तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस् भनेर, यससँगै होस् र उपरान्त खोज्न नपरोस् भनेर मैले तिनीहरू सबैलाई प्रकाशमा ल्याएँ। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्ने, मसँग इस्राएलमा भएको महिमा देख्ने, तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्ने, र तिनीहरूलाई सेता बादलहरूका गुच्छा र झुप्पा-झुप्पा प्रशस्त फलहरू देख्ने तुल्याउनेछु। यसभन्दा पनि बढी, म तिनीहरूलाई इस्राएलको यहोवा परमेश्वर देख्ने, यहूदीहरूको ‘मालिक’, प्रतीक्षा गरिएको मसीह, र सारा युगभरि राजाहरूद्वारा सताइएको मेरो पूर्ण देखापराइ देख्ने तुल्याउनेछु। आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै काम मानिसलाई प्रकट गर्दै, अनि मलाई वर्षौंदेखि प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म फेरि देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई मेरो महिमित मुहार देखाउँदै, म सारा ब्रह्माण्डभरि काम गर्नेछु र महान् काम निर्वाह गर्नेछु, ताकि मैले मेरो महिमा धेरै पहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्ने कुरा सबैले जानून्, किनभने अन्तिम दिनहरू आइसकेका छन्!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सात मेघगर्जनको आवाज—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्ने अगमवाणी)। परमेश्वरका वचनहरू पढेर अनि दाजुभाइ-दिदीबहिनीहरूसँग भेला भएर मैले के बुझेँ भने आखिरी दिनहरूमा प्रभु येशू काम गर्न देहमा फर्केर आउनुभएको छ। उहाँले राज्यको युग सुरु गरेर अनुग्रहको युगको अन्त्य गर्नुभएको छ, र यसको परिणाम स्वरूप, पवित्र आत्माको काम परमेश्वरको आखिरी दिनहरूको काममा परिवर्तन भएको छ। धार्मिक संसारले पवित्र आत्माको कामलाई पूर्ण रूपमा गुमाएका छन्। धार्मिक भवनहरूमा अल्झेका ती मानिसहरू अन्धकार र उजाड अवस्थामा परेका छन्। व्यवस्थाको युगको अन्त्यमा, देहधारी हुनुभएका प्रभु येशूले मन्दिरभन्दा बाहिर नै नयाँ र उच्च काम गर्नुभयो, यसरी उहाँले राज्यको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। परमेश्वरको काम त्यो युगको छुटकाराको काममा सर्यो त्यसपछि मन्दिर उजाड बन्यो। यहोवा परमेश्वरकै काममा टाँसिइरहनेहरू र प्रभु येशूको कामलाई स्वीकार नगर्नेहरू सबै अन्धकारमा परे र बिचल्ली भए। त्यसले मलाई आमोस ८:११ को वचन स्मरण गरायो: “हेर, ती दिनहरू आउँछन्, परमप्रभु यहोवाले भन्नुभयो, म मुलुकभरि अनिकाल ल्याउनेछु, त्यो रोटीको अनिकाल हुनेछैन, न त पानीको हाहाकार नै हुनेछ, तर त्यो यहोवाको वचन सुन्न नपाउने अनिकाल हुनेछ।” त्यसपछि, मैले बल्ल बुझेँ। म धेरै वटा मण्डलीमा गएँ र धेरै जना चर्चित पाष्टरहरूका प्रवचनहरू सुनेँ, तर मैले कहिल्यै पनि जीवनको भरणपोषण प्राप्त गरिनँ। मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुनेपछि मेरो भोको आत्मा तृप्त भयो। परमेश्वरले नयाँ काम गरिरहनुभएको र पवित्र आत्माको काम सरेको हुनाले नै यसो भएको हो भन्ने मलाई थाहा भयो। पवित्र आत्माले अहिले सर्वशक्तिमान् परमेश्वरको नाममा गरिएको कार्यलाई मात्रै समर्थन गर्नुहुन्छ। मानिसहरूले प्रभु येशूको कामलाई जति नै राम्ररी पछ्याए पनि, यसलाई परमेश्वरले उप्रान्त समर्थन गर्नुहुन्न।
मैले भेलामा यो बुझाइ बताएँ र सिस्टर वाङ्गले यो सङ्गति बाँड्नुभयो: “वास्तवमा, धार्मिक संसारमा परेको अनिकालको पछाडि परमेश्वरको इच्छा छ। धर्ममा परेको अनिकालले गर्दा साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने र सत्यतालाई प्रेम गर्नेहरूले धार्मिक संसारलाई त्याग्छन् र पवित्र आत्माले मण्डलीहरूलाई भन्नुभएको वचनको खोजी गर्छन् र परमेश्वरको देखा-पराइ र कामको खोजी गर्छन्। परमेश्वरको आवाज सुन्ने र सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्ने र पालन गर्ने सबै बुद्धिमती कन्याहरू हुन्, र तिनीहरू परमेश्वरको सिंहासनको अघि उठाइलगिनेछन्! तिनीहरू सर्वशक्तिमान् परमेश्वरका वचनहरूको न्याय, शुद्धीकरण, र सिद्धता तुल्याउने कार्यबाट भएर जान्छन्, र शैतानले तिनीहरूलाई कसरी भ्रष्ट तुल्याउँछ भन्ने कुराको सत्यता देख्छन्। तिनीहरूको अहङ्कारी, कुटिल, धूर्त शैतानी स्वभावहरू क्रमिक रूपमा धोइन्छन् र रूपान्तरण हुन्छन्। तिनीहरूले परमेश्वरलाई झन्-झन् राम्ररी चिन्न थाल्छन् र आफ्नो जीवनमा क्रमिक रूपमा वृद्धि हुन्छन्। तिनीहरूले परमेश्वरमा समर्पित र वफादार भएको बारेमा सबै प्रकारका गवाही दिन्छन्। परमेश्वरले विपत्तिहरूभन्दा पहिले निर्माण गर्नुहुने विजेताहरू तिनीहरू नै हुन्, र तिनीहरू पहिलो फल हुन्। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ: ‘यिनीहरू ती हुन् जो कुनै पनि स्त्रीहरूद्वारा अशुद्ध पारिएका छैनन्; किनकि तिनीहरू कुमार हुन्। यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्। परमेश्वर र थुमाका लागि पहिलो फल यिनीहरूलाई मानिसबीचबाट छुटकारा दिइएको थियो’ (प्रकाश १४:४)। परमेश्वरले विजेताहरूको यो समूह निर्माण गरिसक्नुभएपछि, परमेश्वरको घरबाट सुरु गरिने देहधारी परमेश्वरको न्यायको काम समाप्त हुनेछ। त्यसपछि, उहाँले विपत्तिहरू वर्षाउनुहुनेछ, असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। त्यसपछि परमेश्वरको न्यायको कामलाई इन्कार गर्ने, सर्वशक्तिमान् परमेश्वरलाई दोष दिने र विरोध गर्नेहरू सबै विपत्तिहरूको चपेटामा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। परमेश्वरद्वारा धोइएकाहरूले मात्रै परमेश्वरको सुरक्षा पाउनेछन् र तिनीहरू मात्रै बाँच्नेछन्, अनि आखिरमा परमेश्वरको राज्यमा ल्याइनेछ।”
सिस्टरको सङ्गतिबाट मैले परमेश्वरको काम र परमेश्वरको इच्छालाई बुझेँ। मैले परमेश्वरको प्रेम कति वास्तविक रहेछ भन्ने अनुभव गरेँ। परमेश्वरले मलाई पन्छ्याउनुभएको थिएन, र उहाँले मलाई मेरो जीवनकालमा नै प्रभु येशूको पुनरागमन स्वागत गर्ने मौका दिनुभएको थियो। उहाँले मलाई यी सारा वचनहरू दिनुभएको छ र मलाई धेरै सत्यताहरू दिनुभएको छ, जसले मेरो तृषित आत्मालाई तृप्त पार्छन्। म यसको बारेमा जति विचार गर्छु मलाई त्यतिकै आशिषित महसुस हुन्छ! मैले परमेश्वरका यी वचनहरू पनि पढेँ: “जीवनको बाटो जोसुकै व्यक्तिले आफ्नो बनाउन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्ने कुरा नै हो। किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ, अर्थात् परमेश्वर स्वयम्को स्वामित्वमा मात्रै जीवनको सार रहेको हुन्छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको बाटो हुन्छ। त्यसैले, परमेश्वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)। सर्वशक्तिमान् परमेश्वर नै सबै थोकको जीवनको स्रोत हुनुहुन्छ—उहाँका वचनहरू सत्यता, बाटो, र जीवन हुन्। तिनले हामीलाई अटुट रूपमा पानी हाल्छन् र पोषण दिन्छन्। र अब, मैले परमेश्वरका वचनहरूको पानी र भरणपोषण प्राप्त गरेकी छु र म सिंहासनबाट बग्ने जीवनको जिउँदो पानीको आनन्द लिन्छु। म साँच्चै नै थुमाको विवाह-भोजमा सहभागी भइरहेकी छु। मलाई मुक्ति दिनुभएकोमा म सर्वशक्तिमान् परमेश्वरप्रति अत्यन्तै कृतज्ञ छु!