न्यायको ज्योति

1 अप्रिल 2025

उहाँले सारा पृथ्वीलाई अनुसन्धान गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्‍हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै र प्रेम र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै र प्रेम र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ)। परमेश्‍वरका वचनहरूको यो भजन गाउँदा मलाई मैले प्रभु येशूमा विश्‍वास गर्दाको पहिलेको कुरा याद आयो। पाष्टर र एल्डरहरूले सधैँ के भन्‍ने गर्थे भने, परमेश्‍वरले आखिरी दिनहरूमा आकाशमा ठूलो मेचमा बसेर हामीलाई न्याय गर्नुहुनेछ, प्रभु येशू ठूलो सेतो सिंहासनमा बस्‍नुभएको हुनेछ जहाँ उहाँले हामीले गरेको कामको आधारमा हाम्रो न्याय गर्नुहुनेछ, र यस क्रममा असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। म सधैँ त्यही कुरामा विश्‍वास गर्थेँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, र उहाँको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गरेपछि मात्रै मेरो होस खुल्यो र ती सबै मानव धारणा र कल्‍पनाहरू हुन् भन्‍ने थाहा भयो। वास्तवमा, परमेश्‍वर आफ्‍नो आखिरी दिनहरूको न्यायको लागि सत्यताहरू व्यक्त गर्न मानवजातिको बीचमा आइसक्‍नुभएको छ र ख्रीष्‍टको न्याय-आसनको अघि हुने न्याय धेरै पहिले नै सुरु भइसकेको छ।

२०१५ को कुरा हो, जुन बेला मैले विश्‍वास गरेको २० वर्ष भइसकेको थियो। अक्टोबरमा, मेरा सहकर्मीहरूले मलाई साथीहरू खोजेर च्याट गर्न फेसबुक प्रयोग गर्न लगाए। समय हुँदा म ब्रदर-सिस्टरहरूले गरेका पोष्टहरू हेर्थेँ, र मलाई मन परेको कुनै पनि पोष्ट म लाइक र सेयर गर्थेँ। फेब्रवरी २०१६ मा एक दिन मैले सधैँझैँ फेसबुक चलाइरहेकी थिएँ त्यस बेला मैले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको बारेमा गरिएको समूह छलफल देखेँ। सबै जनाले फरक-फरक कुरा भनेका थिए। कसैले न्याय भनेको के हो भन्‍ने थाहा नभएको कारण, आफूलाई यसको बारेमा लापरवाही बोल्‍न आँट आउँदैन, र हामीले परमेश्‍वरका भविष्यका कामहरूका बारेमा अनुमान गरेर बोल्‍नु हुँदैन भनेर भनेका थिए। अर्को व्यक्तिले भजनसंग्रह ७५:२ को वचन उल्‍लेख गरेको थियो: “धर्मी सभाहरू हासिल भएपछि म उचित रूपमा न्याय गर्नेछु।” यसको अर्थ परमेश्‍वरसँग हरेक व्यक्तिले गरेको कामको विवरण हुन्छ र जब प्रभु येशूले आखिरी दिनहरूमा मानिसहरूको न्याय गर्नुहुन्छ, तब उहाँले सबैलाई यो कुरा चलचित्र जस्तो सबैलाई देखाउनुहुन्छ, त्यसकारण हामीले राम्रो व्यवहार गर्नुपर्छ, सीधा बन्‍नुपर्छ, र कहिल्यै पनि दुष्कर्म गर्नु हुँदैन त्यसपछि परमेश्‍वरले हामीलाई नरकमा पठाउनुहुनेछ भनेर तिनीहरूले भनेका थिए। अर्को व्यक्तिले के भनेका थिए भने प्रकाशको पुस्तक अनुसार, परमेश्‍वरले आखिरी दिनहरूमा हामीलाई न्याय गर्दा उहाँले आकाशमा बसेर ठूलो सेतो सिंहासनबाट यसो गर्नुहुनेछ जहाँ प्रभु येशू ठूलो मेच राखेर यसमा बस्‍नुहुनेछ, र हरेक व्यक्तिको जीवनको पुस्तक खोल्‍नुहुनेछ, त्यसपछि तिनीहरूले गरेको कामको आधारमा तिनीहरूलाई एक-एक गरी न्याय गर्नुहुनेछ। असल काम गर्नेहरू परमेश्‍वरको राज्यमा लगिनेछन् र दुष्कर्म गर्नेहरूलाई नरकमा पठाइनेछ। यी सबै पोष्टहरू पढिसकेपछि, मैले प्रभु येशूले आखिरी दिनहरूमा मानिसहरूलाई न्याय गर्ने सम्‍बन्धी ती सबै विचारहरूको बारेमा मानसिक रूपमा रूपरेखा तयार गर्न थालेँ। प्रभु येशू आकाशमा ठूलो सेतो सिंहासनमा बस्‍नुहुनेछ र यस क्रममा मानिसहरू उहाँको अघि न्याय गरिनलाई घुँडा टेकेर बस्‍नेछन्। मानिसहरूले गरेको असल काम र दुष्ट कामको मात्राको आधारमा तिनीहरू स्वर्ग जानेछन् कि नरक भनेर प्रभु येशूले निर्धारित गर्नुहुनेछ। मैले प्रभुमा विश्‍वास गरेको २० वर्षभन्दा बढी भएको थियो, र मैले उत्साहको साथ उहाँलाई पछ्याएकी र सुसमाचार सुनाउने गरेकी थिएँ, र मैले उहाँका शिक्षाहरू अनुसार जिउन धेरै परिश्रम गरेकी थिएँ। मलाई उहाँले मेरो इमानदारीतालाई देखेर मलाई आफ्‍नो राज्यमा लैजानुहुनेछ भन्‍ने लागेको थियो।

म यसको बारेमा विचार गरिरहन्थेँ र मैले अनलाइनमा गएर “न्याय” भन्‍ने शब्‍द सर्च गर्न र के आउँदो रहेछ भनेर हेर्न सक्छु भन्‍ने मलाई अचानक सोच आयो। मैले मेरो सर्चमा यो देखेँ: “परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो।” यसले तुरुन्तै मेरो ध्यान खिच्यो। त्यहाँ के रहेछ भनेर हेर्न मैले लिङ्कमा क्‍लिक गरेँ। यो त सुन्दर र मर्मस्पर्शी भजन रहेछ: “आफ्‍नो जीवनमा, यदि मानिस शुद्ध पारिन चाहन्छ र आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्‍वरको अनुशासन र परमेश्‍वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्‍वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्‍वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसको लागि योभन्दा उत्तम आशिष, अनुग्रह वा सुरक्षा कुनै छैन(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो)। गीतका शब्‍दहरूले मेरो उत्सुकता जगाए। तिनमा परमेश्‍वरको न्याय र सजाय मानिसको मुक्तिको ज्योति हुन्, हाम्रो लागि ती सबैभन्दा ठूलो सुरक्षा र ठूलो अनुग्रह हो भनिएको रहेछन्। त्यसको अर्थ के होला भन्‍ने लाग्यो। शुद्ध भएर अर्थपूर्ण जीवन जिउनको लागि हामीले परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नुपर्छ भनेर पनि भनिएको रहेछ। यसको बारेमा सोच्दा मनमा केही प्रश्‍नहरू उठे: के न्यायले हाम्रो परिणाम मात्रै निर्धारित गर्दैन र? यो कसरी हाम्रो मुक्तिको ज्योति हुनसक्छ? मैले यो कुरा पहिले कहिल्यै सुनेकी थिइनँ। त्यस्तो न्याय मैले सोचेको न्यायभन्दा फरक थियो, तर मलाई यो मैले सोचेजस्तो सरल छैन भन्‍ने कता-कता लाग्यो। मैले भजनको स्रोत हेरेँ र यो सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको भजन रहेछ। म तिनीहरूको वेबसाइटमा गएँ। यसको डिजाइन चाखलाग्‍दो थियो र त्यसमा व्यापक किसिमका सामग्रीहरू रहेछ। मैले सबै किसिमका पुस्तक-पुस्तिका, परमेश्‍वरको प्रशंसाका भजनहरू, र सुसमाचार चलचित्र र अरू भिडियोहरू, साथै लिखित गवाहीहरू देखेँ। सुरुमा म पुस्तकहरू भएको भागमा गएँ जहाँ मैले न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ र ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू जस्ता शीर्षकहरू देखेँ। ती दुवैमा “न्याय” भन्‍ने शब्‍द उल्‍लेख गरिएको थियो। ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरूमा न्यायका बारेमा धेरै वटा लेखहरू थिए, जस्तै “न्यायद्वारा रूपान्तरण” र “न्याय ज्योति हो।” मैले एक-दुई वटा लेखहरू पढेँ, र ती सबै इसाईहरूले कसरी परमेश्‍वरका वचनहरूको न्याय अनुभव गरे र विश्‍वास र तिनीहरूका भ्रष्ट स्वभावको बारेमा तिनीहरूको दृष्टिकोण कसरी परिवर्तन भयो भन्‍ने बारेमा थिए। यो पढ्दा मलाई अझै धेरै जिज्ञासा जाग्यो। मैले सोचेँ: “के न्याय दण्डाज्ञा वा परिणाम निर्धारण गर्ने काम होइन, तर मुक्ति हो भन्‍ने हुन सक्छ? ‘परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो’ को अर्थ के हो?” न्याय सम्‍बन्धी यी पुस्तकहरू निकै उपयोगी छन् जस्तो लाग्यो र म ती पुस्तकहरूलाई ध्यान दिएर पढ्न चाहन्थेँ। तर काममा जाने बेला भएको थियो, त्यसकारण कम्प्युटर अफ गरेर म गएँ। तर दिनभरि म सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइट, “परमेश्‍वरको सजाय र न्याय नै मानिसको मुक्तिको ज्योति हो।” को बारेमा विचार नगरी बस्‍न सकिनँ। त्यहाँ केलाई न्याय भनेर भनिएको हो त्यो मैले पत्ता लगाउनै सकेकी थिइनँ।

त्यो साँझ घर पुगेपछि म त्यो साइटमा गएँ र “न्याय” भन्‍ने शब्‍द खोजी गरेँ। त्यसपछि मैले “ख्रीष्‍टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” भनेर लेखिएको देखेँ। त्यसमा एउटा खण्ड थियो जसले मलाई साँच्‍चै नै प्रभाव पार्‍यो। “विगतमा बताइएको, परमेश्‍वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको ‘न्याय’ ले अन्तिम दिनहरूमा परमेश्‍वरको सिंहासनका सामु आउने व्यक्तिहरूलाई उहाँले दिने न्यायलाई जनाउँछ। अन्तिम दिनहरू आएपछि, परमेश्‍वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, त्यसमाथि एउटा सेतो कपडा राखिनेछ, अनि त्यसपछि, सबै मानिसहरू भूइँमा घुँडा टेकिरहँदा ठूलो सिंहासनमा बसेर, उहाँले प्रत्येक व्यक्तिका पापहरू प्रकट गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा उचालिने वा आगो र गन्धकको कुण्डमा पठाइने भनी उहाँले निर्णय गर्नुहुनेछ भन्ने खालका अलौकिक कल्पनाहरूमा विश्‍वास गर्ने व्यक्तिहरू पनि सायद छन्। मानवले जे कुराको कल्पना गरे पनि, यसले परमेश्‍वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानवका कल्पनाहरू उसका विचारहरूका सृजना बाहेक अरू केही होइनन्; तिनीहरू मानवका मगजबाट आउँछन्, मानवले देखेका र सुनेका कुराहरूलाई जम्मा भएर जोडिएका हुन्छन्। त्यसकारण म भन्दछु, कि तिनीहरूले अनुमान गरेका चित्रहरू जतिसुकै बुद्धिमान् भए पनि, तिनीहरू केवल व्यङ्ग्य-चित्रहरू मात्र हुन् र तिनीहरूले परमेश्‍वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। जे नै भए पनि, मानवलाई शैतानले भ्रष्ट पारेको छ, यसैले उसले कसरी परमेश्‍वरका विचारहरूलाई बुझ्न सक्छ र? मानवले परमेश्‍वरको न्यायको कामलाई शानदार कुराको रूपमा कल्पना गर्छ। परमेश्‍वर आफैले नै न्यायको काम गर्नुहुने हुनाले, यो काम अथाह तहको हुने, र मरणशीलले बुझ्न नसक्ने, र यसले स्वर्गलाई थर्काउने, र पृथ्वीलाई हल्लाउने हुनेछ; यदि यसो होइन भने, यो कसरी परमेश्‍वरले गर्नुहुने न्यायको काम हुन सक्छ? यो न्यायको कार्य भएको हुनाले, परमेश्‍वरले काम गर्नुहुँदा खास गरी उहाँचाहिँ दबाब दिने र गौरवशाली हुनैपर्छ र न्याय गरिएकाहरू आँसु झार्दै चिच्याउने र कृपाको निम्ति आफ्ना घुँडा टेक्नेहरू हुनेछन् भनी उनले विश्‍वास गर्छन्। यस्तो दृश्य अवश्य पनि भव्य हुन्छ, र अति रोमाञ्चक हुन्छ…। परमेश्‍वरको न्यायको काम आश्‍चर्यपूर्ण हुन्छ भनी प्रत्येकले कल्पना गर्छ। तथापि, परमेश्‍वरले मानवका बीचमा आफ्नो न्यायको काम लामो समयदेखि सुरु गर्नुभएको भए पनि, तँ थकित निद्रामा आराम गरिरहेको छस् भनी के तँलाई थाहा छ? परमेश्‍वरको न्यायको काम औपचारिक रूपमा नै सुरु भयो भनी तैँले विचार गरेको समयमा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ? त्यसबेला, सायद, तैँले भर्खर मात्र जीवनको अर्थलाई बुझ्न लागेको हुनेछस्, तर परमेश्‍वरको दण्डको निर्दयी कार्यले तँलाई अझै गहिरो निद्रामा, नरकमा ल्याउनेछ। तब मात्र तैँले परमेश्‍वरको न्यायको कार्य पूरा भइसकेको एक्कासि महसुस गर्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। यो पढेपछि त म तीनछक्‍क परेँ। परमेश्‍वरको आखिरी दिनहरूको न्याय सम्‍बन्धी मैले गहन रूपमा राखेका विचार र दृष्टिकोणहरू स्पष्ट रूपमा खुलासा भए। परमेश्‍वरले आकाशमा न्यायको काम गर्नुहुन्छ भन्‍ने मेरो सोचाइ के मेरो अलौकिक सोचाइ मात्रै थियो? यसमा परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम पहिले नै सुरु भइसकेको छ र यो समाप्त हुन लागेको छ भनेर पनि भनिएको थियो, र यसले मानिसहरूलाई तुरुन्तै परमेश्‍वर देखापराइको खोजी गर्न चेतावनी दिएको थियो। मैले सोचेँ: “के यो परमेश्‍वरको आवाज हुनसक्छ?” त्यो सोच्दा मेरो मुटु छिटोछिटो चल्‍न थाल्यो र यसको बारेमा तुरुन्तै पत्ता लगाउन मन लाग्यो। त्यसकारण मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको च्याटबाट मेसेज गरेँ र म परमेश्‍वरको आखिरी दिनहरूको न्यायको बारेमा जान्‍न इच्छुक छु भनेर बताएँ। अचम्‍मको कुरा मैले तुरुन्तै प्रतिक्रिया प्राप्त गरिहालेँ र मण्डलीका सिस्टर लीयू र सिस्टर ली च्याटमा आए।

छोटकरीमा परिचय गरेपछि मैले तिनीहरूलाई आफ्‍नो अन्योलताको बारेमा बताएँ। मैले भनेँ, “प्रकाशको पुस्तक अनुसार, आखिरी दिनहरूको न्यायको काम गर्न परमेश्‍वर ठूलो सेतो सिंहासनमा आकाशमा बस्‍नुहुनेछ, तर ‘ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ’ मा त्यो मानव धारणा मात्रै हो र परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम पहिले नै सुरु भइसकेको छ भनेर भनिएको रहेछ। यो सबको अर्थ के हो?”

सिस्टर लीयूले यसरी जवाफ दिँदै सङ्गति गरिन्: “यूहन्‍नाले पत्मोस टापूमा ठूलो सेतो सिंहासन देखेको बारेमा प्रकाशको पुस्तकमा बताएको कुरा परमेश्‍वरको आखिरी दिनहरूको न्यायको बारेमा दिइएको दर्शन र अगमवाणी मात्रै थियो। यो वास्तविक रूपमा हुने घटना थिएन। अर्थात्, परमेश्‍वरले आफ्‍नो न्यायको काम कसरी गर्नुहुन्छ भन्‍ने कुरा कसैले पनि जान्‍न वा निर्धारित गर्न सक्दैन, र यो भइसकेपछि मात्रै यसको तरिकाको बारेमा थाहा हुन्छ। अगमवाणी पूरा भएपछि मात्रै हामीले यो कुरा जान्‍न सक्छौँ।” उनले के पनि भनिन् भने, बाइबलमा न्यायको कामको बारेमा धेरै अगमवाणीहरू गरिएका छन्, जस्तै प्रकाश १४:६-७: “र मैले अर्को स्वर्गदूत आकाशको बीचमा उडेको देखेँ, जोसँग पृथ्वीमा बास गर्नेहरूलाई प्रचार गर्नको लागि अनन्त सुसमाचार थियो, र हरेक जाति, कुल, भाषा, र मानिसहरूलाई, तिनले उच्‍च सोरमा भने, परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ।” यूहन्‍ना ९:३९ पनि छ: “म यस संसारमा न्यायको लागि आएको हुँ, ताकि नदेख्‍नेले देख्‍न सकून्।” उनले “जोसँग पृथ्वीमा बास गर्नेहरूलाई प्रचार गर्नको लागि अनन्त सुसमाचार थियो” र “म यस संसारमा न्यायको लागि आएको हुँ” उल्‍लेख गरिन् र यी पदहरूले आखिरी दिनहरूमा परमेश्‍वर अवश्य नै पृथ्वीमा आउनुहुनेछ र उहाँको न्यायको काम गर्नुहुनेछ भनेर देखाउँछन् भनी भनिन्। उनले यूहन्‍ना ५:२२ पनि उल्‍लेख गरिन्। प्रभु येशूले भन्नुभयो, “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ।” र पद २७: “र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्‍ना ५:२७)। साथै, १ पत्रुस ४:१७ ले भन्छ: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।” उनले भनिन्, “यी पदहरूले न्याय पुत्रले गर्नुहुनेछ भनेर भन्छन्। पुत्र वा मानिसको पुत्रको अर्थ उहाँ मानिसबाट जन्‍मनुहुन्छ र उहाँमा सामान्य मानवता हुन्छ भन्‍ने हुन्छ। परमेश्‍वरको आत्मालाई मानिसको पुत्र भनेर भनिनेथिएन। त्यसकारण यो परमेश्‍वरले आखिरी दिनहरूमा मानिसको पुत्रको रूपमा देहमा न्यायको काम गर्नुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्न पर्‍याप्त छ। न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ भनेर पनि लेखिएको छ। त्यसको अर्थ, आखिरी दिनहरूको परमेश्‍वरको न्याय विश्‍वासीहरूबाटै सुरु हुन्छ।”

यस विन्दुमा म चकित भएँ र सोचेँ, “मैले विश्‍वास गरेको यतिका वर्ष भयो र उनले उल्‍लेख गरेका यी बाइबल पदहरू मैले पहिले पनि पढेकी थिएँ। पृथ्वीमा आफ्‍नो न्याय काम गर्न परमेश्‍वर मानिसको पुत्रको रूपमा देहधारी हुनुहुनेछ भन्‍ने किन मैले कहिल्यै थाहा पाइनँ? मैले पत्मोस टापूमा यूहन्‍नाले देखेको दर्शनलाई हुबहू रूपमा लिएर परमेश्‍वरले आफ्‍नो न्यायको काम त्यसरी गर्नुहुनेछ भनेर कल्‍पना गरेकी थिएँ, तर न्याय सम्‍बन्धी अरू पदहरूलाई बेवास्ता गरेकी थिएँ। मेरो बुझाइ कति सीमित थिएछ।” यी पदहरूलाई हेर्ने क्रममा, मैले सिस्टर लीयूको सङ्गतिको बारेमा मनन गरेँ।

ठीक त्यही बेला, सिस्टर लीले यसो भन्दै सङ्गतिलाई जारी राखेकी सुनेँ: “सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ र यस क्रममा उहाँले हरेकको परिणाम प्रकट गर्नुहुन्छ र हाम्रो वर्ग अनुसार हामीलाई वर्गीकरण गर्नुहुन्छ। आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि गरिने न्यायको काम यही हो र यसले बाइबलका ती अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छन्। देहधारी परमेश्‍वरले विपत्तिहरू आउनुभन्दा पहिले विजेताहरूको समूह निर्माण गर्नकै लागि नै मुख्य रूपमा सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ। परमेश्‍वरको देखा-पराइको तृष्णा गर्ने हरेक सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छन्, र ती सत्यता हुन्, ती परमेश्‍वरको आवाज हुन् भन्‍ने देख्छन्, र तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरतर्फ फर्किन्छन्। तिनीहरू बुद्धिमती कन्याहरू हुन् जो परमेश्‍वरको सिंहासनको अघि उठाइलगिन्छन् जहाँ तिनीहरूलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय र शुद्धीकरण गरिन्छ। विजेताहरूको समूह निर्माण गरिएपछि परमेश्‍वरले ठूला-ठूला विपत्तिहरू पठाएर असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ, यसरी पागलले झैँ परमेश्‍वरको विरोध गर्ने दुष्टहरूलाई पूर्ण रूपमा नष्ट गर्नुहुनेछ। त्यही बेला परमेश्‍वरको आखिरी दिनहरूको न्याय पूर्ण रूपमा अन्त्य हुनेछ। विपत्तिहरू झन्-झन् खराब हुँदै गइरहेका छन् र चार रक्त-चन्द्रमा देखा परिसकेका छन्। सलहको महामारी, बाढी-पहिरो, खडेरी, अनिकाल, र विपत्तिहरू आएका छन्। महा-विपत्तिहरू आउनै लागेका छन्। ती आएपछि, दुष्कर्म गर्ने र परमेश्‍वरका शत्रुहरू सबै अनि शैतानको स्वामित्वमा रहेका सबै नष्ट हुनेछन्। परमेश्‍वरका वचनहरूको न्यायलाई स्वीकार गर्ने र शुद्धीकरण प्राप्त गर्ने मानिसहरूलाई रक्षा गरिनेछ र तिनीहरू बाँच्‍नेछन् र परमेश्‍वरको राज्यमा लगिनेछ। के ठूलो सेतो सिंहासनको अघि हुने आखिरी दिनहरूको न्याय त्यही होइन र?”

उनको सङ्गति सुनेपछि मलाई अन्तर्दृष्टि प्राप्त भयो। सर्वशक्तिमान्‌ परमेश्‍वरले न्यायको काम गर्न सत्यता व्यक्त गर्नु नै आखिरी दिनहरूमा हुने ठूलो सेतो सिंहासनको न्याय हो भन्‍ने मलाई थाहा भयो। तर मेरो अन्योलता पूर्ण रूपमा समाधान भएको थिएन। तिनीहरूले परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन आखिरी दिनहरूमा सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ भनेर भनेका थिए तर मलाई लागेको थियो, “प्रभुले हाम्रो पाप क्षमा गरिसक्‍नुभएको छ र हामीलाई पापीको रूपमा हेर्नुहुन्‍न। किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको कामद्वारा मानवजातिलाई शुद्ध पार्नु र मुक्ति दिनु आवश्यक छ?” मैले सिस्टरहरूलाई यो प्रश्‍न गरेँ, अनि उनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका थप दुई खण्डहरू पढेर सुनाए: “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)

यो पढेपछि, सिस्टर लीले आफ्‍नो सङ्गतिलाई जारी राखिन्: “अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम गर्नुभयो, जुन मानवजातिको पापलाई क्षमा गर्नु मात्रै थियो। उहाँले हाम्रो भ्रष्ट स्वभावलाई समाधान गर्नुभएन। प्रभुमाथिको हाम्रो विश्‍वासद्वारा हामीलाई हाम्रा पापहरूबाट क्षमा गरिन्छ, र हामीले मुक्ति पाउँछौँ र हामी दोषमुक्त हुन्छौँ, जसको अर्थ हामी व्यवस्थाद्वारा दोषी ठहरिँदैनौँ र श्रापित हुँदैनौँ, तर पाप गर्ने र परमेश्‍वरको विरोध गर्ने हाम्रो शैतानी प्रकृति हामीभित्र नै रहन्छ। हाम्रो पापी प्रकृतिलाई उखेलिएको हुँदैन। त्यसैले हामी अझै पनि हाम्रो पापी प्रकृतिको बन्धनमा छौँ र हामी अझै पनि पाप गर्ने र झूट बोल्‍ने गर्छौँ। क्षमता र सामर्थ्य भएका कतिपय मानिसहरू अहङ्कारी र दृढ हुन्छन् र तिनीहरूले थोरै काम गरेका छन् भन्दैमा, तिनीहरू धाक लगाउँछन्, नाम र हैसियतको लागि लडाइ गर्छन्, र षड्यन्‍त्रमा लाग्छन्। तिनीहरूले कठिन परिश्रम गरेको र परित्यागहरू गरेको जस्तो देखिन्छ र तिनीहरूले यो परमेश्‍वरलाई प्रेम गर्न र सन्तुष्ट पार्नको लागि गरेको हो भनेर भन्छन्, तर वास्तवमा यो आशिष्‌ पाउन र मुकुट पाउनको लागि हुन्छ। आपद् वा परीक्षाको बेला तिनीहरूले परमेश्‍वरसँग तर्क गर्छन् र उहाँप्रति असन्तुष्ट हुन्छन् वा परमेश्‍वर अधर्मी हुनुहुन्छ भनेर समेत भन्छन्, र तिनीहरूले उहाँलाई इन्कार गर्छन् र धोका दिन्छन्। सधैँ परमेश्‍वरको विरोध र आलोचना गर्ने, यस्तो मानिस कसरी आफ्‍नो पापबाट मुक्त हुन सक्छ, र परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्यका हुन सक्छ? प्रभु पवित्र हुनुहुन्छ: ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन’ (हिब्रू १२:१४)। त्यही कारणले गर्दा, प्रभु येशूले फेरि आउनेछु भनी प्रतिज्ञा गर्नुभयो। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर प्रभु येशूको छुटकाराको कामको जगमा काम गर्न आउनुभएको छ। उहाँले मानवजातिलाई एक पटक सधैँको लागि शुद्ध पार्न र मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ र आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ, ताकि हामी हाम्रो पापबाट र भ्रष्ट स्वभावबाट मुक्त भएर पूर्ण रूपमा मुक्ति प्राप्त गर्न र परमेश्‍वरद्वारा प्राप्त गरिन सकौँ।”

त्यो कुरा मलाई साँच्‍चै नै ठीक लाग्यो। हाम्रो विश्‍वासद्वारा हाम्रो पाप क्षमा हुने भए पनि, हाम्रो पापी प्रकृति हटेको हुँदैन। मलाई हाम्रो मण्डलीको अवस्थाको बारेमा याद आयो। पाष्टर र एल्डरहरूले सेवाहरूमा जीवनको भरण-पोषण प्रदान नै नगरी बाइबलीय सिद्धान्त मात्र प्रचार गर्थे र तिनीहरू पैसाको लोभ गर्थे र शक्तिको लागि होड गर्थे। तिनीहरूले गुटबन्दी गर्ने, अनि एक-अर्काको आलोचना र अवमुल्यन गर्थे। ब्रदर-सिस्टरहरू कमजोर महसुस गर्थे, र तिनीहरूको विश्‍वास र प्रेम सिलाइरहेको थियो। धेरैजसो मानिसहरूले सांसारिक प्रचलनहरूलाई पछ्याउँथे र देहका सुख-चैनको लोभ गर्थे। तिनीहरूले आफूलाई पापबाट छुटाउन सक्दैनथिए। मैले आफूलाई झूट बोल्‍न र पाप गर्नबाट रोक्‍न नसकेको बारेमा पनि सोचेँ। म प्रभुका वचनहरूलाई अभ्यास गर्न सक्दिनथिएँ, र पाप गर्ने र स्वीकार गर्ने चक्रमा जिउँथेँ। त्यसरी म कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्थेँ? परमेश्‍वर फेरि आएर हामीलाई न्याय गर्नु र शुद्ध गर्नु साँच्‍चै नै आवश्यक थियो। मैले सिस्टरहरूलाई उत्सुकताको साथ सोधेँ, “परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई कसरी उहाँको न्यायद्वारा शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ?”

तिनीहरूले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको अर्को खण्ड पढेर सुनाए: “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरको इच्छा खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र अझ पवित्र बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

सिस्टर लीले आफ्‍नो सङ्गतिलाई जारी राखिन्: “सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन आखिरी दिनहरूको न्यायको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँले भ्रष्ट मानवजातिलाई पूर्ण रूपमा मुक्ति पाउन र शुद्ध हुनको लागि बुझ्‍नु पर्ने र प्रवेश गर्नु पर्ने सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिको भ्रष्टताको सार र सत्यतालाई खुलासा मात्रै गर्नुहुन्‍न, तर संसारका सबै अन्धकार र दुष्टताको जडलाई पनि खुलासा गर्नुहुन्छ। उहाँका वचनहरूले मानिसहरूलाई मुक्ति पाउने र भ्रष्टताबाट स्वतन्त्रता हुने बाटो मात्र देखाउँदैनन्, तर ती वचनहरूले मानवजातिप्रतिको परमेश्‍वरको इच्‍छा र मापदण्डहरूलाई पनि खुलस्त रूपमा प्रकट गर्छन्। ती वचनहरूले परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाका रहस्यहरू मात्रै प्रकट गर्दैनन्, तर मानिसहरूलाई तिनीहरूको परिणाम र गन्तव्यहरूका बारेमा पनि बताउँछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मानिसको भ्रष्टताको सारलाई पूर्ण रूपमा खुलासा गर्छन्, यसरी हामी विश्‍वस्त नभई बस्‍न सक्दैनौँ। हामीले परमेश्‍वरको न्यायका वचनहरू जति अनुभव गर्छौँ, मानवजाति शैतानद्वारा कति गहन रूपले भ्रष्ट तुल्याइएको छ भन्‍ने कुरा हामी त्यति नै देख्छौँ। जब हामी हाम्रो शैतानी स्वभाव र हाम्रो भ्रष्टताको सत्यतालाई पूर्ण रूपमा देख्छौँ, तब हामीले परमेश्‍वर कति धेरै पवित्र र धर्मी हुनुहुन्छ भन्‍ने कुरा देख्छौँ। त्यसपछि हाम्रो हृदयमा परमेश्‍वरको लागि आदर र प्रेम पैदा हुन्छ र हामी कति भ्रष्ट छौँ र हामीमा मानवताको कति अभाव छ भन्‍ने कुरा वास्तविक रूपमा देख्छौँ। हामी परमेश्‍वरको अघि जिउन योग्यका छैनौँ भन्‍ने देख्छौँ। त्यसपछि हामीले आफैलाई घृणा गर्न थाल्छौँ र उप्रान्त शैतानी स्वभाव अनुसार जिउन चाहँदैनौँ। हामी सहर्ष परमेश्‍वरको न्यायमा समर्पित हुन्छौँ, साँचो रूपमा पश्‍चात्ताप गरेर परिवर्तन हुन्छौँ। यदि परमेश्‍वरका वचनहरूको न्याय र प्रकाश नभएको भए, के हाम्रो शैतानी प्रकृति प्रार्थना गरेर, पाप स्वीकार गरेर, अनि आफूलाई नियन्त्रण गर्ने प्रयास गरेर समाधान हुन सक्थ्यो? के हामी पापका बन्धनहरूबाट उम्‍कन सक्थ्यौँ? हामी पापबाट उम्‍कन सक्दैनौँ, त्यसकारण हामीले कसरी साँचो रूपमा पश्‍चात्ताप गर्न र परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्यका हुन सक्छौँ? त्यसैले परमेश्‍वरको न्याय र सजाय मुक्ति हुन्। ती मुक्तिको ज्योति हुन्। परमेश्‍वरका वचनहरूको न्यायलाई स्वीकार गर्न नचाहनेहरू ठूला-ठूला विपत्तिहरूमा पर्नेछन् अनि तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्।”

सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर अनि यी सिस्टरहरूसँग केही दिन सङ्गति गरिसकेपछि, मैले हृदयदेखि नै मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनका लागि सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको न्याय कति अत्यावश्यक छन् भन्‍ने कुरा थाहा पाएँ। त्यस बेला मैले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनुभव गरेकी थिइनँ, तर सिस्टरहरूको सङ्गति र अरूका गवाहीहरूद्वारा, मैले के थाहा पाएँ भने सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामले साँच्‍चै नै मानिसहरूलाई परिवर्तन गर्न र शुद्ध गर्न सक्‍ने रहेछ र भ्रष्ट मानवजातिको रूपमा हामीलाई चाहिने कुरा त्यही हो। म सधैँ के सोच्थेँ भने आखिरी दिनहरूमा परमेश्‍वरले आकाशमा ठूलो सेतो सिंहासनमा बसेर न्यायको काम गर्नुहुनेछ र विश्‍वासीहरू प्रभुलाई भेट्न उठाइलगिनेछन्। अहिले त्यो कुरा अत्यन्तै काल्‍पनिक रहेछ भन्‍ने लाग्यो। अहिले मैले के महसुस गरेँ भने परमेश्‍वर सबै साँचो विश्‍वासीहरूलाई शुद्ध पार्न र मुक्ति दिनको लागि आखिरी दिनहरूमा वचनहरूद्वारा न्यायको काम गर्न देह बन्‍नुहुन्छ। त्यसपछि मात्रै उहाँलाई विरोध गर्ने सबैलाई नष्ट गर्न उहाँले विपत्तिहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको न्यायको काम कति व्यवहारिक छ! त्यसपछि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचनहरू पढेँ, र तिनमा प्रकट गरिएका धेरै रहस्य र सत्यताहरू पढेँ, जस्तै व्यवस्थाको युग, अनुग्रहको युग, र राज्यको युगका उहाँका तीन चरणका कामहरू र ती कामहरूले के हासिल गर्छन् त्यसको भित्री कथा, शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले उहाँको न्यायको कामद्वारा कसरी मानवजातिलाई मुक्ति दिनुहुन्छ र शुद्ध पार्नुहुन्छ, हरेकको गन्तव्य र परिणाम के हुनेछ, परमेश्‍वरको राज्य कसरी पृथ्वीमा पूरा हुनेछ, र अरू धेरै कुरा। यो आँखा खोल्‍ने र पूर्ण तुल्याउने किसिमको छ! अहिले मैले सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको यो वचन अनुभव गरेँ: “किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो।” यी वचनहरू कति व्यवहारिक छन्! सर्वशक्तिमान्‌ परमेश्‍वरले बोल्‍नुभएका वचनहरूमा मैले परमेश्‍वरको आवाज सुनेकी छु र म परमेश्‍वरको सिंहासनअघि आएकी छु। यो त परमेश्‍वरले मलाई उत्थान गर्नुभएको र दया देखाउनुभएको हो। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के परमेश्‍वरले बाइबलभन्दा बाहिर वचनहरू बोल्‍नुभएको छ?

जनवरी २०२८ मा एक दिन मैले सिस्टर जिए र सिस्टर चेनलाई अनलाइनमा भेटेँ, र तिनीहरूसँग बाइबलको बारेमा पृथक अन्तर्ज्ञान रहेछ। तिनीहरूको सङ्गति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्