मैले प्रभुलाई स्वागत गर्ने अवसर झन्डै गुमाएँ

14 नोभेम्बर 2022

वाङ लेइ, चीन

म र मेरी श्रीमती १९९५ मा इसाई बन्यौं, र त्यहाँदेखि नै हामी हाम्रो खोजीमा अत्यन्तै उत्सुक थियौं, र चाँडै नै हामी सोला फाइड चर्चका सेवकू बन्यौं। अनि सन् २००० तिर, त्यस मण्डलीका धेरै जना सदस्यहरूले पूर्वीय ज्योतिको सुसमाचार सुने र सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न थाले। त्यहाँदेखि नै, पाष्टर र एल्डरहरूले सेवकहरूको भेलामा पूर्वीय ज्योतिको विरुद्ध निरन्तर प्रचार गर्न थाले। एकपटक, पाष्टर वाङ्गले बाइबलमा पावलले भनेका कुरा उल्‍लेख गरे: “तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्” (गलाती १:६-८)। उहाँले के पनि भन्‍नुभयो भने हामीले प्रभुको मार्ग पछ्याउनुपर्छ, र अन्य कुनै पनि सुसमाचार सुन्‍नु भनेको प्रभुलाई धोका दिनु हो र हामी दण्डको भागीदार हुनेछौं। पूर्वीय ज्योतिले प्रभु पहिले नै फर्केर आइसक्‍नुभएको छ र उहाँले आफ्‍ना वचनहरूमार्फत आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ भनेर प्रचार गरिरहेको थियो, र यो अन्य सुसमाचार थियो। हामीले यो सुसमाचार सुन्‍नु हुँदैन, यसमा विश्‍वास गर्नु हुँदैन—त्यसो गर्यौं भने हामीले प्रभुलाई धोका दिइरहेका हुनेछौं भनेर उनले भने। यदि कसैले पूर्वीय ज्योतिको बारेमा बतायो भने हामीले तुरुन्तै उसलाई बिदा गर्नुपर्छ भनेर हामीलाई मनाउन प्रयास गरे। हाम्रा पाष्टरहरूले बाइबल पदहरू औंल्याउनेबित्तिकै, म चुपचाप आफैलाई सतर्क गर्थेँ, “पादरीवर्गले हामीलाई पूर्वीय ज्योतिसँग सम्पर्क गर्न दिँदैनन्, र त्यो हाम्रो आफ्‍नै हितको लागि हो। मैले धर्मशास्‍त्रलाई राम्ररी बुझेको छैन र मेरो कद सानो छ, त्यसकारण मैले जे पायो त्यही सुन्‍नु हुँदैन। मैले प्रभुको धेरै अनुग्रह प्राप्त गरेको छु। मैले उहाँलाई धोका दिनु हुँदैन!” मलाई मेरा इष्टमित्र र आफन्तहरूले धेरैपटक सुसमाचार सुनाए, तर मैले ती सबैलाई इन्कार गरेँ। मैले प्रभुको मार्गलाई पछ्याउनुपर्छ, र जे पायो त्यही कुरा सुन्‍नु हुँदैन भन्‍ने सोचेँ। यदि मैले बहकाउमा परेर प्रभुलाई इन्कार गरेँ भने के हुनेछ? एक दिन म र मेरी श्रीमतीलाई सुसमाचार सुनाउन मेरी भतिजी आइन्, र मैले रिसाउँदै भनेँ, “बाइबलमा यसो भनिएको छ, ‘तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्’ (गलाती १:८)। हामी प्रभु येशूमा विश्‍वास गर्छौं, र यदि हामीले अन्य कुनै मार्ग पछ्यायौं भने, त्यो त प्रभुप्रतिको विश्‍वासत्याग र धोका हुनेछ। हामी दण्डमा पर्नेछौं। तिमीले तुरुन्तै आफ्‍नो पाप स्वीकार गरेर प्रभुको सामु पश्‍चात्ताप गर्नुपर्छ।” मैले पाष्टरले भनेको कुरा सुनिरहेको थिएँ। परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनाउन जो आए पनि, मैले कहिल्यै तिनीहरूको कुरा सुनिनँ, र तिनीहरूबाट टाढा बस्‍नको लागि सबै बहाना बनाउथें।

अर्कोपटक मेरी श्रीमती र म खेतमा काम गरिरहेको बेला, मेरी श्रीमतीले मलाई अत्यन्तै सतर्कतासाथ भनिन्, “प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ।” उनले यसो भन्दा मलाई के थाहा भयो भने उनले पूर्वीय ज्योतिको सुसमाचार मात्र सुनेकी थिइनन्, यसलाई ग्रहण पनि गरेकी रहेछिन्। मलाई रिस उठ्यो, र उनलाई हप्काउँदै भनेँ, “पाष्टरहरूले बारम्‍बार हामीलाई पूर्वीय ज्योतिको कुरा सुन्‍नु हुँदैन भनेर भनेका छन्। तिमीले किन तिनीहरूको कुरा सुनेनौ? अन्य मार्ग स्वीकार गर्नु भनेको प्रभुलाई धोका दिनु हो, र तिमी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्‍नेछैनौ!” मलाई झन्-झन् बढी रिस उठिरहेको थियो, अनि मैले बाइबलको यो पद स्मरण गरेँ: “अनि अरू मानिसहरूको पापमा सहभागी हुने पनि नगर: आफैलाई शुद्ध राख” (१ तिमोथी ५:२२)। उनले पूर्वीय ज्योतिलाई स्वीकार गरेर प्रभुलाई धोका दिएकी हुनाले, म उनको पापमा सहभागी हुनु हुँदैन भन्‍ने मलाई लागेको थियो। मैले पाष्टरलाई यसको बारेमा तुरुन्तै बताएँ, ताकि उहाँले उनलाई पछाडि फर्कन मनाउन सकून्। यो कुरा सुन्दा उहाँ निकै रिसाउनुभयो र भन्‍नुभयो, “मानिसहरूले प्रचार गर्ने अन्य विश्‍वासको बारेमा सुन्‍नु प्रभुलाई धोका दिनु हो, र उनलाई मण्डलीबाट निकालिनेछ। उनीसँग कुनै पुस्तक-पुस्तिका छन् कि हेर्नुहोस्, अनि भेट्टाउनुभयो भने नष्ट गर्नुहोस्। उनलाई निगरानी गर्न तुरुन्तै घर पुग्नुहोस्। तपाईंले उनलाई बाहिर गएर ती मानिसहरूको कुरा सुन्‍न दिनु पटक्‍कै हुँदैन।” यो कुरा सुनेर, मैले के विचार गरेँ भने, “हो! मेरी श्रीमतीलाई बचाउने एउटै मात्र उपाय भनेको पाष्टरले भनेको कुरा मान्‍नु हो। नत्र, उनलाई प्रभुले इन्कार गर्नुहुनेछ र उनले स्वर्ग जाने मौका गुमाउनेछिन्।” त्यहाँदेखि मैले मेरी श्रीमतीलाई कडाइका साथ निगरानी गरेँ र म नजिक हुँदा उनलाई पूर्वीय ज्योतिका मानिसहरूलाई सम्पर्क गर्न दिँदिनथिएँ। म काममा जाँदा मैले हाम्री दुई जना छोरीलाई उनको निगरानी गर्न लगाउथें। तर तिनी अझै पनि भेलाहरूमा लुकेर जाने गर्थिन्। एकदिन म कामबाट घर फर्केँ र मेरी श्रीमतीलाई देखिनँ, तिनी अन्य भेलामा गएकी छिन् भन्‍ने मलाई थाहा थियो। मलाई अत्यन्तै रिस उठ्यो। मैले जे गरे पनि उनलाई काबुमा राख्‍न सकिनँ, त्यसकारण मैले अलिक कडा गर्नुपर्छ भन्‍ने सोचेँ। म हात बाँधेर बसी उनले प्रभुलाई धोका दिएर उहाँद्वारा फ्याँकिएको हेर्न सक्दिनथिएँ। जब उनी आइन्, मैले उनीमाथि हात उठाएँ। मैले मेरो वर्षौंको वैवाहिक जीवनमा पहिले कहिल्यै पनि उनलाई हिर्काएको थिइनँ। मलाई त्यो कुराप्रति नमिठो अनुभूति भयो, तर मैले सोचेँ, तिनी गलत मार्गमा पुग्‍नेछिन् र प्रभुको मुक्ति गुमाउनेछन् भन्‍ने मलाई डर लागेको थियो। तर मैले जे गरे पनि, उनी पूर्वीय ज्योतिमाथिको आफ्‍नो विश्‍वासमा दह्रिलो भई बसिन्। के गर्ने थाहा नभएपछि, मलाई उनका पुस्तक-पुस्तिका नष्ट गर्ने बारेमा पाष्टर वाङ्गले भन्‍नुभएको कुरा याद आयो। उहाँले भन्‍नुभएको कुरा ठीक थियो, किनभने पढ्ने पुस्तक नभएपछि, उनले आफ्‍नो विश्‍वासको अभ्यास कसरी गर्न सक्थिन् र? रिसले चूर भएर, मैले गुप्त रूपमा उनको पुस्तक-पुस्तिका खोजेँ र नष्ट गरेँ, तर उनमा पछाडि फर्कने कुनै अभिप्राय थिएन। कसरी-कसरी उनी सधैँ मेरो आँखा छलेर भेलाहरूमा जान्थिन्, र उनले सधैँ मलाई यो परमेश्‍वरको आवाज हो कि होइन भनी आफै हेर्न सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुहोस् भनेर भन्थिन्। साँचो कुरा भन्दा, म अलिक डगमगाइरहेको थिएँ। मेरी श्रीमतीले सधैँ सहज व्यवहार गर्थिन्—उनी कहिल्यै पनि यस्तो जिद्दी थिइनन्। यसपटक किन उनले अलिकति पनि सम्झौता नगरेकी हो मैले पत्ता लगाउन सकेको थिइनँ। मलाई पूर्वीय ज्योतिले साँच्‍चै के प्रचार गरिरहेको छ, र यसले किन उनलाई यति दह्रिलो गरी तानको छ भन्‍ने प्रश्‍न उठ्यो। म सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न चाहन्थेँ। तर जब मलाई पाष्टरले भनेको कुरा याद आउँथ्यो, मैले आफैलाई चेतावनी दिन्थें, “हामी हाम्रो विश्‍वासमा प्रभुकै मार्गमा रहनुपर्छ। बाटो बिराएर जानु भनेको प्रभुलाई धोका दिनु हो!” त्यसकारण मैले दृढ रूपमा इन्कार गर्थेँ।

एकदिन म कोइला खानीमा हुँदा, मेरो सहकर्मीले सल्‍काउन लागेको विस्फोटक पदार्थ अचानक पड्क्यो, र ऊ त्यहीँ नै अन्धो भयो। म पनि नजिकै थिएँ, तर म ठीकठाक थिएँ। म डरले कामिरहेको थिएँ। मलाई मेरो सहकर्मीप्रति चिन्ता लागेको थियो, तर परमेश्‍वरले मलाई रक्षा गर्नुभएकोमा खुशी पनि थिएँ। घर आइपुग्दा मेरो डर अझै हराएको थिएन र मैले मेरी श्रीमतीलाई त्यस घटनाको बारेमा बताएँ। उनको प्रतिक्रिया यस्तो थियो, “उहाँ शारीरिक रूपमा अन्धो हुनुभयो, तर तपाईं आत्मिक रूपमा अन्धो हुनुहुन्छ। म सधैँ तपाईंलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुहोस् भनिरहेकी हुन्छु, तर तपाईं इन्कार गर्नुहुन्छ र उहाँलाई दोष समेत दिनुहुन्छ। तपाईं परमेश्‍वरको सुरक्षाको कारण सकुशल आउनुभयो, तर यो उहाँको चेतावनी पनि थियो!” उनको यो कुराले मलाई प्रभाव पार्‍यो। यो साँच्‍चै परमेश्‍वरले मलाई दिनुभएको चेतावनी थियो भने के हुने हो? केही दिनपछि म खानीमा कन्भेयर बेल्ट जाँचिरहेको थिएँ, अचानक मलाई रिङटा लाग्यो र म झण्डै बेल्टमा लडेँ। डरले मलाई चीसो पसिना आयो, र म लडेको भए, म किमा हुनेथिएँ। म यति आत्तिएको थिएँ कि म त्यो भन्नै सक्दिनँ र घर आइपुगेपछि मैले यसको बारेमा श्रीमतीलाई भनेँ। मैले उनलाई सोधेँ, “विश्‍वासी भएकोले, मलाई किन सुरक्षित राखिँदैनँ? के भइरहेको छ?” उनले भनिन्, “प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। तपाईंले उहाँलाई विरोध गरिरहनुहुन्छ, त्यसकारण यो तपाईंलाई परमेश्‍वरको चेतावनी हो! तपाईंले उहाँसँग लडाइँ गर्न छोड्नुपर्छ।” त्यो बेला मलाई डर लाग्यो र मैले उनलाई रोकिरहनु हुँदैन भन्‍ने लाग्यो। तर त्यसपछि मलाई पाष्टरले उनले प्रभुलाई धोका दिँदै अन्य मार्ग पछ्याइरहेकी छिन्, र यो परमेश्‍वरले मलाई जाँच गर्नुभएको हो, र म उहाँको पक्षमा दृढ भई खडा हुनुपर्छ भनी भन्‍नुभएको कुरा याद आयो। उनले मलाई विश्‍वस्त तुल्याउनेछिन् र म डगमगाउनेछु भन्‍ने डरले मैले यसको बारेमा थप विचार गर्ने आँट गरिनँ। मैले उनलाई भेलाहरू जानबाट रोकिरहेँ र उनलाई पाप-स्वीकार र पश्‍चात्ताप गर्न दबाब दिइरहेँ। तर उनलाई रोक्‍ने प्रयास गर्दा, कुनै कारणले गर्दा म कमजोर र शिथिल भएको थिएँ। मसँग कुनै शक्ति थिएन र म काममा जानै सकिनँ। म लासजस्तो भएर ओछ्यानमा सुतिरहेँ। मैले बारम्‍बार प्रभुसँग प्रार्थना गरेँ, तर कुनै सुधार भएन। मेरी श्रीमतीले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पुकार्नुहोस्, उहाँले मात्रै तपाईंलाई मुक्ति दिन सक्‍नुहुन्छ भनेर भनिन्। अन्योलग्रस्त भएको बेला, मैले यसो गरी हेरूँ न त भन्ने निर्णय गरेँ। मैले हृदयबाट चुपचाप पुकारेँ: “हे, सर्वशक्तिमान्‌ परमेश्‍वर! सर्वशक्तिमान्‌ परमेश्‍वर …” म छक्‍क परेँ, किनभने मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पुकार्नेबित्तिकै, मैले बिस्तारै मेरो सामर्थ्य प्राप्त गर्न थालेँ। थप एकदुईपटक यस्तै भइरह्यो। म उनको मार्गमा खडा हुँदा, मैले मेरो सबै सामर्थ्य गुमाएको थिएँ, र मैले काम समेत गर्न सकिनँ। तर मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई प्रार्थना गर्नेबित्तिकै, मेरो सामर्थ्य बिस्तारै फर्केर आयो। त्यसउप्रान्त म त्यति कठोर भइनँ, र मैले उनलाई बाधा दिन छोडेँ। मैले के सर्वशक्तिमान्‌ परमेश्‍वर साँच्‍चै नै फर्कनुभएका प्रभु येशू हुन सक्‍नुहुन्छ त भनी आफैलाई प्रश्‍न गरेँ? अर्कोपटक मेरी श्रीमतीले मलाई साँचो मार्गको खोजी गर्न आग्रह गर्दा, मैले सहमति जनाएँ।

त्यही दिन मैले केही मानिसहरूले मेरी सालीको घरमा पूर्वीय ज्योतिको सुसमाचार सुनाइरहेको देखेँ। एकजना सिस्टरले परमेश्‍वरले व्यवस्थाको युगदेखि अनुग्रहको युगसम्‍म गर्नुभएको काम, प्रभु येशूले हामी मानवजातिलाई हाम्रो पापबाट छुटकारा दिँदै क्रूसीकरणको काम गर्नुभएको बारेमा बताइन्। त्यसपछि उनले प्रभु येशूका वचनहरू र बाइबलमा दिइएका अगमवाणीहरूलाई परमेश्‍वर आखिरी दिनहरूमा आउनुहुन्छ, सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, मानिसको पापी प्रकृतिलाई हटाउनुहुन्छ, हामीलाई पूर्ण रूपमा शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ, अनि हामीलाई उहाँको राज्यमा लैजानुहुन्छ भन्‍ने सङ्गतिसँग जोडिन्। उनले उठाइ हुनु भनेको के हो, बुद्धिमती र निर्बुद्धि कन्याहरू को हुन्, र यस्तै धेरै कुराको बारेमा पनि बताइन्। तिनीहरूको सङ्गति अत्यन्तै स्पष्ट र पूर्ण रूपमा बाइबलअनुरूप थियो। यसले साँच्‍चै नै मेरो हृदय ज्योतिले भरिदियो। इसाई भएपछिका यतिका वर्षमा मैले यस्तो कुरा कहिल्यै सुनेको थिइनँ। मैले मनमनै पूर्वीय ज्योतिका प्रवचनहरूमा साँच्‍चै नै पवित्र आत्‍माको कार्य छ भन्‍ने सोचेँ र यो मलाई वास्तवमै भरणपोषण गर्ने किसिमको लाग्यो। मैले मण्डलीले किन यसबाट हामीलाई टाढा राख्यो भन्नेबारेमा विचार गरेँ र मण्डली गएपछि तिनीहरूसँग सङ्गति गर्न चाहेँ ताकि तिनीहरूले पनि पूर्वीय ज्योतिको बारेमा सबै कुरा सुन्‍न सकून्, र यो साँचो मार्ग हो कि होइन सो विचार गर्न सकून्। तिनीहरूलाई भेट्न जाने मौका पाउनुभन्दा पहिले नै, तिनीहरू मेरो घरमा आए, र मेरी श्रीमतीलाई पूर्वीय ज्योति त्याग्‍न लगाउन जोड गरे। उनले तिनीहरूसँग दुईतीन घण्टा विवाद गरिन्, र उनले यसमाथिको आफ्‍नो विश्‍वासलाई कायम राख्‍ने अठोट गरेको देखेपछि, पाष्टर वाङ्गले उनलाई हकारे, “तपाईं सुन्‍न मान्‍नुहुन्‍न, तर पूर्वीय ज्योतिमा विश्‍वास गर्न जिद्दी गर्नुहुन्छ। त्यो त प्रभुप्रतिको विश्‍वासत्याग र धोका हो! तपाईं प्रभुबाट बारालिनुभयो भने तपाईं सुरक्षित हुनुहुनेछैन, र तपाईंलाई केही भयो भने, मण्डली तपाईंको लागि आउनेछैन!” अर्को पाष्टरले पनि उनलाई ठूलो सोरमा गाली गर्‍यो: “तपाईंले प्रभुलाई पिठ्युँ फर्काइरहनुभएको छ, र तपाईंले तुरुन्तै पाप स्वीकार गरेर पश्‍चात्ताप गर्नुपर्छ। नत्र, तपाईंलाई मण्डलीबाट निकालिनेछ!” तिनीहरूले मेरी श्रीमतीलाई भूँइमा घुँडा टेकेर प्रभुकहाँ पाप स्वीकार गर्न पनि लगाउन चाहन्थे। तिनीहरूको आक्रमक शैलीदेखि मलाई साँच्‍चै नै झिजो लाग्यो र मैले विचार गरेँ, “यदि उनको विश्‍वास सही छैन भने पनि, तपाईंहरूले मनोमानी ढङ्गले आलोचना गर्ने र दोष दिने गर्न सक्‍नुहुन्‍न। तपाईंहरू क्षमाशील, प्रमेपूर्ण हुनुपर्छ, र उनीसँग धैर्यतासाथ सङ्गति गर्नुपर्छ। प्रभुको इच्‍छा त्यही हो। तपाईंहरू कसरी यति तानाशाही हुन सक्‍नुहुन्छ?”

त्यो रात म सुत्‍न नसकेर कोल्टे फेरिरहेको थिएँ। पाष्टर भएर पनि किन तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई त्यस्तो व्यवहार गरे, सो मैले बुझ्‍न सकेको थिइनँ। प्रभुले हामीलाई सिकाउनुभएजस्तो तिनीहरूसँग अलिकति पनि प्रेम, करुणा, र सहनशीलता थिएन। तिनीहरू कस्ता किसिमका पादरीवर्ग हुन्? मलाई अझै के कुराले छक्‍क पार्यो भने मण्डलीमा मेरी श्रीमतीको बारेमा झूटो हल्‍ला तुरुन्तै फैलियो र सबैले उनले पूर्वीय ज्योतिमा विश्‍वास गर्छिन् र उनको दिमाग ठेगानमा छैन भनिरहेका थिए। मलाई अत्यन्तै रिस उठ्यो। एउटा भेलामा, मैले पाष्टर वाङ्गलाई सोधेँ: “मेरी श्रीमतीलाई केही भएको छैन, किन तपाईंहरूले उनलाई बौलाही भनिरहनुभएको छ? तपाईंहरूले कसरी यस्तो हुँदै नभएको कुरा निकाल्‍न सक्‍नुहुन्छ?” उहाँले उदासीनताका साथ यसो भन्‍नुभएको सुन्दा म त चकित भएँ, “हामीलाई अरू विश्‍वासीहरूले पनि पूर्वीय ज्योतिलाई पछ्याएर प्रभुलाई धोका देलान् भन्‍ने डर छ, तिनीहरूको जीवनको फिक्रीको कारणले यसो गरिएको हो …” त्यो कुरा पाष्टरको मुखबाट निस्‍केको सुन्दा मलाई पत्याउनै गाह्रो भयो। प्रभु येशूले स्पष्ट रूपमा नै भन्‍नुभएको छ: “तर तिमीहरूको बोली-वचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ(मत्ती ५:३७)। उहाँले हामीलाई इमान्दारीपूर्वक बोल्‍न, कालोलाई कालो भन्‍न सिकाउनुभएको छ, हामीले झूटो बोल्‍ने, ठग्‍ने, वा झूटो कुरा निकाल्‍ने गर्नु हुँदैन। तर पाष्टरहरूले त सीधै झूट बोलिरहेका थिए, र तिनीहरूलाई यसप्रति खेदसमेत भएको थिएन। पाष्टर वाङ्गले यो मण्डली परिवारको भलाइको लागि गरिएको हो भन्‍ने दुस्साहस समेत गरे। तिनीहरूले विश्‍वासीको जस्तो व्यवहारसमेत गरिरहेका थिएनन्। मैले त्यो भेलाको एउटै शब्‍दमा पनि ध्यान दिन सकिनँ र म निकै चाँडै त्यहाँबाट निस्किएँ। पाष्टरहरूले फैलाएको झूटको कारण मेरो श्रीमतीको बारेमा सोध्‍न धेरै आफन्त र इष्टमित्रहरू आए र सारा टोलले नै यसबारेमा कानेखुसी गरिरहेका थिए। यसले म र मेरी श्रीमतीलाई कठिन परिस्थितिमा पार्‍यो। पाष्टरहरूको व्यवहारले मलाई चोट पुगेको थियो र म खिन्‍न भएको थिएँ मैले निरन्तर प्रार्थना गरिरहेको थिएँ: “हे प्रभु, विश्‍वासीहरूलाई पूर्वीय ज्योतिको बारेमा अनुसन्धान गर्नबाट रोक्‍नको लागि पाष्टरहरूले सत्यतालाई बङ्ग्याइरहेका छन् र मेरी श्रीमतीको बारेमा झूट फैलाइरहेका छन्। म तिनीहरूको कार्यलाई अलिकति पनि स्वीकार गर्दिनँ। प्रभु, मैले पूर्वीय ज्योतिले प्रचार गरेको कुरा सुनेको छु र यो सुन्दर, र अत्यन्तै व्यवहारिक लाग्यो, तर तपाईंलाई धोका दिन्छु कि भन्‍ने मलाई डर छ। के गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् र मलाई भेदशक्ति दिनुहोस्।”

म केही समय अत्यन्तै अन्योल भएँ र पूर्वीय ज्योतिका मानिसहरूसँग गरेको सङ्गतिको बारेमा विचार गरिरहेँ। तिनीहरू सबै इज्‍जतदार थिए र कोमल तरिकाले बोल्थे। तिनीहरू साँच्‍चै नै भक्तिपूर्ण देखिन्थे, साथै प्रभुका वचनहरूसम्‍बन्धी तिनीहरूको सङ्गति साँच्‍चै नै अन्तर्दृष्टि दिने किसिमका थिए। त्यो पाष्टरहरूले बोलेको जस्तो पटक्‍कै थिएन। तर यदि यो नै साँचो मार्ग हो भने, किन पाष्टर र एल्डरहरूले यसलाई स्वीकार गर्दैनन् वा विश्‍वासीहरूलाई यसबारे अनुसन्धान गर्न दिँदैनन्? म घरी यता र घरी उताको कुरा सम्झिँदै यसबारेमा दोधार भइरहेको बेला, अचानक प्रताप र अख्‍तियारले भरिएको आवाजले यसो भनेको अनुभूति भयो, “शङ्का नगर्, तर सधैँ विश्‍वास गर्!” त्यो आवाज सुन्दा म परमेश्‍वरको आमनेसामने छु, उहाँको कुरा सुनिरहेको छु जस्तो लाग्यो। म पूर्ण रूपमा चकित भएँ। म बसिरहेँ र मलाई अलिक डर लाग्यो। मलाई प्रकाशको पुस्तकको यो अगमवाणी याद आयो, “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्(प्रकाश २:७)। मलाई मेरी श्रीमतीले सधैँ सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै वचनहरू व्यक्त गर्नुभएको छ भनेर भनेको पनि याद आयो। के ती वचनहरू आत्माले मण्डलीहरूलाई भन्‍नुभएका वचनहरू हुन सक्छन्? त्यही बेला, मैले पूर्वीय ज्योतिको बारेमा अनुसन्धान गर्ने निर्णय गरेँ। परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही बाँड्नको लागि मेरी श्रीमतीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट ब्रदर झोउलाई बोलाइन्। मैले ती ब्रदरलाई सोधेँ, “पावलले बाइबलमा यसो भनेका छन्: ‘तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहमा बोलाउनुहुनेबाट तिमीहरू त्यति चाँडै अलग भएर अर्को सुसमाचारमा जान्छौ भन्‍नेप्रति मलाई आश्‍चर्य लाग्छ: जुन अर्को सुसमाचार होइन; तर तिमीहरूलाई समस्या दिने, र ख्रीष्‍टको सुसमाचारलाई बिगार्ने कतिपय छन्। तर हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारभन्दा फरक सुसमाचार हामीले, वा स्वर्गका दूतले तिमीहरूलाई प्रचार गर्छौं भने, ऊ श्रापित होस्’ (गलाती १:६-८)। पाष्टर र एल्डरहरूले सधैँ यसको अर्थ यदि हामी प्रभुको मार्गबाट बाहिर गयौं अनि अन्य सुसमाचार सुन्यौं भने, त्यो विश्‍वासत्याग हो, र प्रभुलाई धोका दिनु हो भनेर भन्छन्। मलाई चिन्ता लागेको छ, के सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु प्रभुलाई धोका दिनु होइन र?” जवाफमा, उनले मलाई सोधे, “पाष्टर र एल्डरहरूले यसको अर्थ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रभुको मार्गबाट बाहिर जानु, अन्य सुसमाचारलाई स्वीकार गर्नु, र उहाँलाई धोका दिनु हो भन्‍ने अर्थ लगाउँछन्। के पावलले भनेको कुराको यो सही बुझाइ हो? के ‘अन्य सुसमाचार’ भन्‍ने वाक्यांशद्वारा पावलले परमेश्‍वरको आखिरी दिनहरूको पुनरागमनसम्‍बन्धी राज्यको सुसमाचारलाई जनाइरहेका थिए भनेर तिनीहरूले निश्‍चित गर्ने आँट गर्छन्? के पावलले भनेको कुरा त्यही हो?” मैले केही बोल्‍न सकिनँ। पावलले कहिल्यै त्यसो भनेका थिएनन् भन्‍ने मलाई थाहा भयो। त्यसपछि उनले मसँग थप सङ्गति गरे: “पावलको चेतावनीको प्रसङ्ग के थियो भने प्रभु येशूले आफ्‍नो छुटकाराको काम समाप्त गर्नेबित्तिकै, जब उहाँको स्वर्गको राज्यसम्‍बन्धी सुसमाचार फैलाइँदैथियो त्यही बेला उनले यसो भनेका थिए। धेरै जना गलातीहरूले प्रभु येशूलाई स्वीकार गरेका थिए, तर कति जना मानिसहरू भ्रममा परेर अन्य सुसमाचारमा विश्‍वास गर्न थालेका थिए। यही कारणले गर्दा गलातियाका मानिसहरूलाई अनुग्रहको युगमा, सुसमाचार एउटै छ जुन सुसमाचार प्रभु येशूको छुटकाराको कामसम्‍बन्धी सुसमाचार हो भनेर पावलले यो पत्र लेखेका थिए। यदि कसैले प्रभु येशूको भन्दा फरक सुसमाचार प्रचार गर्‍यो भने, त्यो ‘अन्य सुसमाचार’ र मानिसहरूलाई बहकाउने सुसमाचार हुन्थ्यो। परमेश्‍वरले आफ्‍नो आखिरी दिनहरूको काम गर्नुभएको थिएन र पावलले यो कुरा बताउँदा कसैले पनि आखिरी दिनहरूको सुसमाचार सुनाइरहेका थिएनन्। त्यही कारणले गर्दा पावलले प्रभुको आखिरी दिनहरूको पुनरागमनसम्‍बन्धी सुसमाचारको बारेमा उल्‍लेख गरिरहेका थिएनन्। अनुग्रहको युगका मण्डलीहरूलाई पावलले दिएका वचनहरूको स्वेच्छाचारी ढङ्गले प्रयोग गरी आखिरी दिनहरूको परमेश्‍वरको देखा पराइ र कार्यलाई दोष दिएर, तिनीहरूले कुरालाई प्रसङ्ग बाहिर लगिरहेका र धर्मशास्‍त्रलाई गलत अर्थ लगाइरहेका छन्। के यो मूर्खता होइन र?”

ब्रदर झोउको सङ्गतिले मलाई पाष्टरले के भनेका थिए भन्नेबारेमा केही अन्तर्ज्ञान त दियो, तर मसँग अझै केही आशङ्काहरू थिए। प्रभुमा विश्‍वास गर्नु भनेको उहाँको नाम र उहाँको मार्गप्रति विश्‍वासयोग्य हुनु हो। यदि मैले पूर्वीय ज्योतिको मार्गलाई स्वीकार गरेँ भने, के मैले प्रभुलाई धोका दिइरहेको हुनेथिइनँ र? उनले भने, “यसबारेमा विचार गर्नुहोस्। जब प्रभु येशू देखा पर्नुभयो र उहाँले काम गर्न थाल्‍नुभयो, तब यहोवा परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरूले प्रभुको मार्गको बारेमा सुने र उहाँलाई पछ्याउन थाले। त्यसो भए, के तिनीहरूले यहोवा परमेश्‍वरलाई धोका दिइरहेका थिए त? के यो विश्‍वासत्याग थियो र? स्पष्टै छ, थिएन। तिनीहरूले थुमाका पाइलाहरूलाई पछ्याइरहेका थिए। तिनीहरू परमेश्‍वरका भक्त अनुयायीहरू थिए। तर जिद्दी भई पुरानो करारको व्यवस्थामा लागिरहने र प्रभु येशूलाई इन्कार गर्नेहरू यहोवा परमेश्‍वरप्रति समर्पित छन् भन्‍ने देखिन्थ्यो, तर यथार्थमा, परमेश्‍वरको विरुद्धमा सबैभन्दा बढी विद्रोह गर्ने र उहाँको विरोध गर्ने तिनीहरू नै थिए। तिनीहरूले परमेश्‍वरको विगतको कामलाई मात्रै समर्थन गर्थे, तर परमेश्‍वरको वर्तमान कार्य र वचनहरूलाई स्वीकार गर्न वा त्यसमा समर्पित हुन मान्दैनथिए। तिनीहरूले यसलाई दोष दिने र यसविरुद्ध लडाइँ गर्ने समेत गरे। त्यही कारणले गर्दा प्रभुलाई धोका दिनेहरू, अनि उहाँद्वारा इन्कार गरिएका र हटाइकाहरू तिनीहरू नै थिए।” ब्रदर झोउले यो पनि भने, “परमेश्‍वरको काम सधैँ अघि बढिरहेको हुन्छ र उहाँले आफ्‍नो व्यवस्थापन योजना र मानवजातिको खाँचोअनुसार सधैँ नयाँ र उच्‍च काम गरिरहनुभएको हुन्छ। अनुग्रहको युगमा, प्रभु येशूको छुटकाराको काम हामीलाई हाम्रो पापबाट छुटकारा दिनको लागि मात्रै थियो, त्यसकारण, हामीले पाप गरेपछि, प्रभु येशूलाई प्रार्थना गर्यौं भने हाम्रो पाप क्षमा हुन सक्छ। तर त्यसले हामीभित्र भएको पापी प्रकृतिलाई हटाउन सकेन। हामी अझै पनि पाप गर्ने र पाप स्वीकार गर्ने, अनि फेरि पाप गर्ने र पाप स्वीकार गर्ने दुःखद चक्रमा जिइरहेका छौं, र पापको बन्धनबाट उम्कन पटक्‍कै सकेका छैनौँ। अनि प्रभुका विश्‍वासीहरू अचेल कस्तो स्थितिमा रहेर बाँचिरहेका छन्? तिनीहरूले सधैँ नाम र हैसियतको खातिर झूट बोलिरहेका र ठगिरहेका छन्, यसरी सांसारिक प्रचलनलाई पछ्याउने, अनि पैसाको लोभ गर्ने गर्छन्। विश्‍वासीहरूको बीचमा डाहा र आपसी मतभेद हुन्छ, दोषारोपण हुन्छ, र कुनै प्रेम हुँदैन। सहकर्मीहरू षड्यन्त्र र सत्ता खोसाखोसमा संलग्‍न हुन्छन् जसले मण्डलीहरू टुक्रा-टुक्रा बन्छन्। पाष्टर र एल्डरहरूले त फर्कनुभएका प्रभु येशूको कामलाई समेत अनुसन्धान गर्न इन्कार गर्छन्, बरु अफवाह फैलाउने, उहाँको कामलाई विरोध गर्ने र दोष दिने, अनि अरूलाई साँचो मार्गको खोजी गर्नबाट रोक्‍ने काम गर्छन्। कतिले त चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दै आखिरी दिनहरूको सुसमाचार सुनाउनेहरूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने समेत गरेका छन्।” उनले भने, “परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, र उहाँको राज्य पवित्र भूमि हो। सधैँ पाप गर्ने र उहाँको विरोध गर्नेहरूलाई परमेश्‍वरले कसरी आफ्‍नो राज्यमा प्रवेश गर्न दिनुहुन्छ? त्यही कारणले गर्दा प्रभु येशूले फेरि आउनेछु भनी प्रतिज्ञा गर्नुभयो। सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा आउनुभएको छ, र उहाँले प्रभु येशूको छुटकाराको कामको जगमा रही सत्यताहरू व्यक्त गरिरहनुभएको र न्यायको काम गरिरहनुभएको छ। यो हाम्रो पापी प्रकृतिलाई समाधान गर्नको लागि हो, ताकि हामीले पापलाई त्याग्‍न सकौं, परमेश्‍वरको मुक्ति प्राप्त गरेर, उहाँको राज्यमा लगिन सकौं। यसले प्रभु येशूको यो अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ: ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)।”

सङ्गतिको यो विन्दुमा, ब्रदर झोउले परमेश्‍वरका केही वचनहरू पढे। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभयो, र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो। उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले अझ उच्च सत्यको आनन्द लिनेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “यहोवाको कामपछि, येशू मानिसहरूको माझमा उहाँको काम गर्न देह बन्नुभयो। उहाँको काम एक्लोपनामा गरिएको थिएन, तर यहोवाको काममाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगका निम्ति काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वरले अर्को युगका लागि आफ्नो काम गर्न अघि बढनुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन सधैं अगाडि बढिरहेको छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि एकपटक पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने त्यहाँ नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँदछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, त्यहाँ सधैं नयाँ सुरुआत हुनु पर्दछ र त्यसले सधैं एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसद्वारा उहाँको जस्तै प्रकारले विरोध भए पनि परमेश्‍वरले सधैं आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। यो पढेपछि, उनले भने, “सर्वशक्तिमान्‌ परमेश्‍वरले न्यायको काम गर्नुहुन्छ, र यो प्रभु येशूको छुटकाराको काम र व्यवस्थाको युगमा यहोवा परमेश्‍वरले गर्नुभएको कामभन्दा फरक भए तापनि, यो काम ती दुई चरणको कामको जगमा आधारित छ। यो परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा शुद्ध गर्न र मुक्ति दिनको लागि आखिरी दिनहरूमा गर्नुहुने कामको चरण हो। हरेक चरण विगतको चरणभन्दा उच्‍च हुन्छ, र ती सबैलाई एउटै परमेश्‍वरले पूरा गर्नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, र पापबाट पूर्ण रूपमा मुक्त हुने र शुद्ध हुने हाम्रो एउटै मात्र उपाय भनेको सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामलाई स्वीकार गर्नु हो। त्यसपछि मात्रै हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्नु भनेको प्रभुको आवाज सुनेर उहाँलाई स्वागत गर्ने बुद्धिमती कन्या बन्‍नु हो। यो सिंहासनको अघि उठाइलगिनु र प्रभुको विवाह-भोजमा सहभागी हुनु हो! त्यो कसरी प्रभुको मार्गबाट टाढा जाने वा उहाँलाई धोका दिने कार्य हुन सक्छ?” यो कुरा सुन्दा म अत्यन्तै उत्साहित भएँ। प्रभु येशूले हाम्रो पापको क्षमा दिन छुटकाराको काम मात्रै गर्नुभयो, तर उहाँले हाम्रो पापी प्रकृतिलाई समाधान गर्नुभएन भन्‍ने मैले थाहा पाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा न्यायको काम गर्न आउनुभएको छ, जुन हाम्रो पापी प्रकृतिबाट मुक्त हुने, हामीलाई शुद्ध गर्ने र पूर्ण उद्धार गर्ने अनि हामी स्वर्गको राज्यमा प्रवेश गर्न सकौं भनेर हामीलाई मुक्ति दिने एउटै मात्र तरिका हो। मलाई पूर्वीय ज्योतिको कुरा सुन्‍नु प्रभुलाई धोका दिनु होइन, बरु उहाँको आवाज सुन्‍नु र उहाँलाई स्वागत गर्नु हो भन्‍ने थाहा भयो। यो त थुमाका पाइलाहरूलाई पछ्याउनु हो! त्यसले मलाई प्रकाशको पुस्तकको यो पद स्मरण गरायो: “यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्(प्रकाश १४:४)। अब प्रभु फर्किसक्‍नुभएको हुनाले, फर्केर आउनुभएका प्रभुका वचनहरू र कार्यलाई स्वीकार नगर्नु मात्रै उहाँलाई धोका दिनु हो! त्यो बेला, मेरो भावना छताछुल्ल भएको थियो। मैले वर्षौंदेखि प्रतीक्षा गर्दै आइरहेको प्रभु येशू त सर्वशक्तिमान्‌ परमेश्‍वर नै हुनुहुँदो रहेछ! मैले बल्‍ल प्रभुलाई स्वागत गर्न सकेँ! मैले मेरो जीवनकालमा नै प्रभुको आवाज सुनेर उहाँलाई स्वागत गर्न सकेँ—कस्तो ठूलो आशिष्‌! तर प्रभुलाई त्यसरी स्वागत गर्नेछु भनेर मैले कहिल्यै पनि कल्‍पना गरेको थिइनँ। मानिसहरूले मसँग वर्षौंदेखि सुसमाचार सुनाउँदै आएका थिए, तर मैले पादरीवर्गका झूटहरूलाई सुन्दै आइरहेको हुनाले, मैले परमेश्‍वरको लागि बारम्‍बार ढोका बन्द गरेँ, र मेरी श्रीमतीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न मैले गर्न सक्‍ने सबै गरेँ। अनि पादरीवर्गले उक्साएको हुनाले, मैले मेरी श्रीमतीका परमेश्‍वरका वचनहरूका प्रतिहरू पनि नष्ट गरेँ। म साँच्‍चै दण्डको योग्य थिएँ। म परमेश्‍वरको अघि आउन योग्य थिइनँ!

पाष्टर र एल्डरहरू सबैले बाइबल राम्ररी जानेका थिए र धेरै वर्षदेखि प्रभुको सेवा गरेका थिए। कसरी तिनीहरूले धर्मशास्‍त्रको खण्डलाई लिने र छनौट गर्ने, अनि मानिसहरूलाई बहकाउन त्यसलाई गलत रूपले अर्थ्याउने, अनि साँचो मार्गको खोजी गर्नबाट विश्‍वासीहरूलाई रोक्‍नको लागि अफवाहहरूसमेत निर्माण गर्न सके? भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूसँग केही सङ्गति गरेपछि मैले यी कुरालाई अलिक राम्ररी बुझेँ। प्रभु येशू काम गर्न आउनुभएको बेलाको बारेमा विचार गर्नुहोस्। उहाँलाई दोष दिन र विरोध गर्न किन फरिसीहरूले झूटहरू निर्माण गरे? यूहन्‍नाको सुसमाचारको ११ अध्यायको पद ४७ र ४८ मा यसो भनिएको छ, “तब मुख्य पुजारीहरू र फरिसीहरू भेला भए, र भने हामी के गरौं? किनकि यो मानिसले धेरै आश्‍चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्‍वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र जाती दुवैलाई लैजानेछन्।” अनि मत्ती २३:१३-१४ मा यसो भनिएको छ, जहाँ प्रभु येशूले फरिसीहरूलाई यसो भनेर हप्काउनुभयो: “तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ।” बाइबलका यी खण्डहरूले हामीलाई के देखाउँछन् भने प्रभु येशूसँग लड्दै र उहाँलाई दोष दिँदै, अनि विश्‍वासीहरूलाई भ्रममा पार्दै, फरिसीहरूले उन्मत्त रूपमा झूट बोले ताकि तिनीहरू आफ्‍नो हैसियत र जीवनशैलीमा रहिरहन सकून्। प्रभु येशूको मार्गले व्यवस्था उल्‍लङ्घन गर्छ, यो विधर्म हो र यसले मानिसहरूलाई बहकाउँछ भनी तिनीहरूले दाबी गरे। उहाँले भूतहरूको राजा बालजिबुलमार्फत भूत धपाउनुहुन्छ भन्दै तिनीहरूले उहाँको गिल्‍ला र निन्दा गरे। तिनीहरूले प्रभु येशूको पुनरुत्थानको तथ्यबारे झूट बोल्‍न र ढाकछोप गर्नको लागि सिपाहीहरूलाई घुस समेत दिए। यसको परिणामस्वरूप, धेरैजसो विश्‍वासीहरू बहकिए र तिनीहरूले प्रभु येशूलाई इन्कार गरे, अनि उहाँको मुक्ति गुमाए। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ। धार्मिक संसारका पादरीवर्गले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू कति अख्तियारपूर्ण र शक्तिशाली छन्, र मानिसहरूले तिनमा तुरुन्तै परमेश्‍वरको आवाज चिन्‍न सक्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्छन् भन्‍ने थाहा छ। त्यसकारण यो पाष्टर र एल्डरहरूको निम्ति साँच्‍चै चुनौतीपूर्ण छ। यदि सबै जनाले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरे भने, कसले तिनीहरूको कुरा सुन्‍नेछन् र? कसले तिनीहरूलाई दशांश-भेटी दिनेछन्? त्यही कारणले गर्दा तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको निन्दा गरेर अनि उहाँलाई उन्मत्त रूपमा दोष दिएर, मानिसहरूलाई बहकाएर, अनि परमेश्‍वरको आवाज सुन्‍न र प्रभुलाई स्वागत गर्नबाट तिनीहरूलाई रोकेर आफ्‍नै हैसियत र आयको रक्षा गर्ने प्रयास गर्छन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई दोष दिनु र विरोध गर्नु कसरी फरिसीहरूले प्रभु येशूलाई गरेको व्यवहारभन्दा फरक छ र? के तिनीहरू मानिसहरूलाई परमेश्‍वरतर्फ फर्कनबाट रोक्‍ने ख्रीष्टविरोधीहरू होइनन् र? सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका अर्को खण्ड पढौं। यसले पाष्टरहरूको सार बुझ्‍न तपाईंलाई सहयोग गर्नेछ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर तिनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझेका हुँदैनन्। तिनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, तिनीहरूमध्ये कोही परमेश्‍वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। तिनीहरू सबै जना परमेश्‍वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका, दुष्ट मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास भएको दाबी गर्दै तिनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिसहरू मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरूको मालिक हो, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूको बाटोमा जानाजान आउने दुष्टात्माहरू हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधाअड्चनहरू हुन्। तिनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर तिनीहरू मानिसहरूलाई परमेश्‍वर विरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्ट विरोधीहरू बाहेक केही होइनन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? तिनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतानहरू हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। पाष्टरहरूले आफ्‍ना बगालको रक्षा गरिरहेका छौं भन्ने दाबी गर्छन्, तर यथार्थमा, तिनीहरूले आफ्‍नै हैसियत र आयको रक्षा गरिरहेका हुन्छन्। पाष्टरहरू बाहिरी रूपमा कति भक्त देखिन्छन् भन्‍ने मात्रै मैले देख्‍ने गरेको थिएँ, तर तिनीहरूको कार्य-व्यवहारपछाडिका मनसायलाई मैले बुझ्‍न सकेको थिइनँ। त्यसकारण तिनीहरूले मलाई मूर्ख बनाउन सके। यदि हामीले यसको बारेमा विचार गर्‍यौँ भने, प्रभुलाई स्वागत गर्नु ठूलो कुरा हो भन्‍ने हामीलाई थाहा हुन्छ। पाष्टर र एल्डरहरूका रूपमा तिनीहरूले जब प्रभु आइसक्‍नुभएको छ भनी कसैले गवाही दिएको सुन्छन्, तब तुरुन्तै यसको बारेमा खोजी र अनुसन्धान, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभुको आवाज सुन्‍न र उहाँलाई स्वागत गर्न अगुवाइ गर्नुपर्ने हो। तर आफ्‍नो पद र तलबको बढी चिन्ता गर्दै, तिनीहरू धर्मशास्‍त्रलाई गलत रूपमा अर्थ्याउने, मानिसहरूलाई बहकाउने, र साँचो मार्गको अनुसन्धान गर्नबाट तिनीहरूलाई रोक्‍ने कार्यमा होमिन्छन्। जब कसैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्छ, तब तिनीहरूले तथ्यहरूलाई बङ्ग्याउँछन् र तिनीहरूको चरित्र हत्या गर्छन्, ताकि अरू विश्‍वासीहरूले पनि तिनीहरूलाई दोष दिऊन् र इन्कार गरून्। मण्डलीको पादरीवर्ग अत्यन्तै धूर्त, दुष्ट छन्! आफ्‍नो पद र जीवनशैलीको लागि, तिनीहरू राज्यमा प्रवेश गर्ने दाजुभाइ-दिदीबहिनीहरूको मौकालाई नष्ट गर्न हिचकिचाउँदैनन्। यो घृणास्पद कुरा हो! ती मण्डली पादरीहरू परमेश्‍वरविरोधी, ख्रीष्टविरोधी हुन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। म पहिले कसरी त्यति मूर्ख र अज्ञानी हुन सकेँ, म छक्‍क पर्छु। मैले प्रभुका वचनहरू सुनेर होइन, पाष्टरहरूको झूटहरूलाई सुनेर उहाँमा विश्‍वास गरेको थिएँ, धार्मिक धारणाहरूमा मरिहत्ते गरेर लागिपरेको र परमेश्‍वरको निम्ति बारम्‍बार ढोका बन्द गरेको थिएँ। पादरीवर्गसँग मिलेर परमेश्‍वरसँग लडाइँ गर्दै मैले मेरी श्रीमतीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नबाट रोकेको थिएँ। तिनीहरूले मलाई झण्डै बरबाद गरे। कस्तो डरलाग्दो कुरा! आखिरी दिनहरूमा परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कामले नै पादरीवर्गको साँचो अनुहार खुलासा गर्‍यो, र यसरी तिनीहरू परमेश्‍वरविरोधी फरिसीहरू र ख्रीष्टविरोधीहरू हुन् भन्‍ने मैले देखेँ, अनि तिनीहरूको छल र नियन्त्रणबाट मुक्त भएँ। परमेश्‍वरको काम अत्यन्तै यथार्थ छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले आखिरी दिनहरूमा झुटा कुराहरूमा विश्वास गरेकी कारण येशू ख्रीष्टको उद्धार झन्डै गुमाएँ

ली शेंगमेई, दक्षिण कोरियाद्वारा परिचय जब उनले प्रभुको पुनरागमनको खबर सुनिन्, उनी आखिरी दिनहरूमा हुने परमेश्‍वरको कामको गम्भीरतासाथ खोजी र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्