मैले आफ्नो कर्तव्यमा जिम्मेवार हुन सिकेँ

19 फेब्रुअरी 2026

जिनी, चीन

सन् २०२१ को जुलाईमा, मलाई मण्डली अगुवाको रूपमा छानियो। मैले मनमनै सोचेँ, “साठी वर्षभन्दा बढीको उमेरमा यस्तो महत्त्वपूर्ण कर्तव्य लिन सक्नु साँच्चै नै परमेश्‍वरले मलाई उचाल्नुभएको हो।” मैले यो कर्तव्यमा सक्दो राम्रो गर्ने सङ्कल्प गरेँ। त्यसपछि, म आफ्नो कर्तव्यमा डुबेँ, समूह भेलाहरूमा उपस्थित भएर ब्रदर-सिस्टरहरूका समस्या समाधान गर्न थालेँ, र हरेक दिन आफूलाई व्यस्त राखेँ। केही समयपछि, मण्डलीको कामका विभिन्न पक्षमा केही सुधारहरू देखिन थाले, र मलाई निकै खुसी लाग्यो। अर्को वर्षको अगस्टमा, मलाई प्रचारकको रूपमा छानियो र दुईवटा मण्डलीको कामका लागि जिम्मेवार बनाइयो। मैले मनमनै सोचेँ: “म एउटै मण्डलीमा नै धेरै व्यस्त छु, र अब म अर्को मण्डलीको जिम्मेवारी आएको छ। त्यसले मलाई झन् थकित बनाउने छैन र? मेरो शरीरले यस्तो अवस्था झेल्न सक्छ र? साथै, अर्को मण्डलीले कामले त्यति राम्रा नतिजाहरू पनि पाइरहेको छैन, त्यसैले मैले झन् धेरै चिन्ता लिनुपर्नेछ!” यसबारे सोचेपछि, मैले यो कर्तव्य स्वीकार नगर्ने निर्णय गरेँ। मैले सोचेँ, “यसलाई अस्वीकार गर्न म के बहाना बनाउन सक्छु त? सायद म आफू धेरै बुढी भएकी, र अर्को मण्डलीको जिम्मेवारी लिन मसँग ऊर्जा वा शक्ति नभएकोले काममा ढिलाइ हुन्छ भन्न सक्छु, र त्यसपछि कुनै जवान व्यक्तिलाई खोज्नु भनि सुझाउ दिन्छु।” तर यसरी सोच्दा मलाई अलिकति असहज भयो। के म कर्तव्यबाट पन्छिँदै थिइनँ र? भनौँ-भनौँ लागेका शब्दहरूलाई मैले मुखमै रोकेँ। त्यसैले मैले प्रचारकको कर्तव्य स्वीकार गरेँ।

त्यसपछि, मेरो हरेक दिनको हरेक घण्टा योजनाहरूले भरिएको हुन्थ्यो, र कहिलेकाहीँ त मैले हतारमा खाना खानुपर्थ्यो र काममा चलाखी गर्नुपर्थ्यो। यो सबै व्यस्ततामा, मैले यस्तो नसोची रहन सकिनँ, “म बुढी भइसकेँ, के मेरो शरीरले यस्तै गरी धान्न सक्छ र? थकानले ढलेँ भने के गर्ने? दुवै मण्डलीमा अगुवाहरू छन्, र उनीहरू कामलाई पछ्याउन निकै सक्रिय पनि छन्। उनीहरूको सहकार्यमा, मैले त्यति नजिकबाट कामलाई पछ्याउनु पर्ने छैन। मैले धेरै आराम गर्नुपर्छ। मेरो उमेरमा, मैले आफ्नो हेरचाह गर्न समय निकाल्नुपर्छ। हर बखत यति धेरै चिन्ता गर्दा म झन् बुढी देखिन्न र?” यो कुरा मनमा राखेर, मैले लामो सास फेरेँ, र सोचेँ, “मैले यो पहिले नै गरेकी भए, म यति व्यस्त हुने थिइनँ। सायद मलाई काम मिलाउन नै आउँदैन! जबसम्म म कामकुराहरू ठीकसँग मिलाउँछु, तबसम्म यो कर्तव्य मैले सोचेजस्तो बोझिलो हुनेछैन।” त्यसपछि, मैले सुसमाचार र मलजलको कामलाई कम पछ्याउन थालेँ। भेलापछि घर फर्किंदा, म कामको बारेमा धेरै सोच्दिनथेँ, मण्डली अगुवाहरूले त्यसलाई पछ्याउँदैछन् भन्ने विश्वास गर्थेँ। म केवल अनुभवात्मक गवाहीका भिडियोहरू हेर्थेँ र ब्रदर-सिस्टरहरूका प्रश्नहरूको जवाफ दिन्थेँ, धेरै कम दबाब महसुस गर्थेँ, र आफ्नो स्वास्थ्य सुधार्न केही स्वादिष्ट, पौष्टिक खाना कसरी बनाउने भनेर सोच्थेँ। थाहै नपाई, एक महिना बित्यो। म कामको जाँचबुझ गर्न मण्डलीहरूमा गएँ, तर त्यो महिना दुवै मण्डलीले कुनै पनि नयाँ विश्‍वासी पाएका रहेनछन्। यो खबर सुनेर म छक्क परेँ, र सोचेँ, “के भइरहेको छ? मण्डली अगुवाहरू सहकार्य गर्नमा व्यस्त छन्, त्यसोभए सुसमाचारको काममा कुनै नतिजा किन आएन? पहिले मण्डली अगुवाको रूपमा मेरो काम यति प्रभावहीन त थिएन!” म तुरुन्तै प्रार्थना गर्न परमेश्‍वरसामु आएँ, “हे परमेश्‍वर, यो महिना दुवै मण्डलीको सुसमाचारको काममा कुनै नतिजा आएको छैन, र समस्या कहाँ छ मलाई थाहा छैन। कृपया मलाई यसको कारण पत्ता लगाउन मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई के महसुस भयो भने म पछिल्लो समय आफ्नो देहका लागि जिइरहेकी रहेछु, राम्रो खाने, पिउने, र आराम गर्ने बारेमा मात्र सोच्दै आफ्नो कर्तव्यप्रति कुनै बोझ नलिने गरेकी रहेछु। मैले समयमै काममा रहेका समस्याहरूको जाँचबुझ वा समाधान गरिरहेकी थिइनँ, र काममा नतिजाहरू नआउनुका लागि म प्रत्यक्ष रूपमा जिम्मेवार थिएँ! त्यसैले म तुरुन्तै कारणहरूको संक्षेपीकरण गर्न मण्डली अगुवाहरूकहाँ गएँ। मैले के पाएँ भने मण्डली अगुवाहरूले काम कार्यान्वयन गरे तापनि, उनीहरूले केवल कामहरू सुम्पेका थिए, र त्यसपछि कुनै अनुगमन वा सुपरिवेक्षण गरेका थिएनन्, जसको अर्थ काम पूर्ण रूपमा कार्यान्वयन भएको थिएन। यो विशेष गरी सुसमाचारको काममा स्पष्ट देखिन्थ्यो, जहाँ ब्रदर-सिस्टरहरू कठिनाइहरूमा जिइरहेका थिए, र मण्डली अगुवाहरूले ती कुरालाई वास्तविक कठिनाइको रूपमा देखे, र तिनलाई कसरी समाधान गर्ने भन्ने थाहा थिएन। परिस्थिति बुझेपछि, म आफ्नो कर्तव्यमा लापरवाह भएकी रहेछु भन्ने लाग्यो, त्यसैले मैले उनीहरूसँग आफ्नो हालको स्थितिबारे खुलेर कुरा गरेँ र तुरुन्तै मण्डली अगुवाहरूसँग कामलाई कसरी पछ्याउने भन्ने बारेमा सङ्गति गरेँ, अब अरू ढिलाइ गर्ने आँट गरिनँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “अगुवा र कामदारहरूले हरेक समूहको कामलाई सक्रिय रूपमा निरीक्षण गर्नुपर्छ, हरेक समूहका सदस्यहरूको अवस्था कस्तो छ, त्यहाँ सङ्ख्या पुर्‍याउनलाई मात्रै कुनै अविश्‍वासीहरू छन् कि छैनन् वा मण्डलीको काममा बाधा दिन नकारात्मकता र धारणाहरू फैलाउने अविश्‍वासीहरू छन् कि छैनन् भनेर पुष्टि गर्नुपर्छ, र पत्ता लगाएपछि, यी मानिसहरूलाई पूर्ण रूपमा खुलासा गर्नुपर्छ र निकाल्नुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो; तिनीहरू निष्क्रिय हुनु हुँदैन, तिनीहरूले कार्य गर्न माथिका आदेश र झकझकाहट पर्खिरहनु हुँदैन, र तिनीहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूले भनेपछि केही थोरै मात्र काम गर्ने गर्नु हुँदैन। अगुवा र कामदारहरू आफ्‍नो काममा परमेश्‍वरका अभिप्रायहरूप्रति विचारशील हुनुपर्छ र उहाँप्रति बफादार हुनुपर्छ। तिनीहरूका लागि व्यवहार गर्ने सबभन्दा राम्रो उपाय भनेको सक्रिय भई समस्याहरू पहिचान र समाधान गर्नु हो। तिनीहरू, विशेषगरी आफूसँग आधारका रूपमा अहिलेका यी वचनहरू र सङ्गति हुँदा, निष्क्रिय रहनु हुँदै हुँदैन। तिनीहरूले सत्यतामाथि सङ्गति गरेर वास्तविक समस्या र कठिनाइहरू पूर्ण रूपमा समाधान गर्न पहल गर्नुपर्छ, र आफ्‍नो काम जसरी गर्नुपर्ने हो ठ्याक्कै त्यसरी नै गर्नुपर्छ। तिनीहरूले कार्यप्रगतिबारे तुरुन्तै र पूर्वसक्रिय रूपमा अनुगमन गर्नुपर्छ; तिनीहरूले सधैँ माथिको आदेश र झकझकाहट पर्खेर मात्र अनिच्छापूर्वक कदम चाल्न मिल्दैन। यदि अगुवा र कामदारहरू सधैँ नकारात्मक र निष्क्रिय रहन्छन् र वास्तविक काम गर्दैनन् भने, तिनीहरू अगुवा र कामदारका रूपमा सेवा गर्न लायक हुँदैनन्, र तिनीहरूलाई बर्खास्त गरेर तिनीहरूको कर्तव्य हेरफेर गरिनुपर्छ। अहिले आफ्‍नो काममा निष्क्रिय बन्‍ने अगुवा र कामदारहरू धेरै छन्। तिनीहरू माथिबाट आदेश र दबाब आएपछि मात्र थोरै काम गर्छन्; नत्र, तिनीहरू सुस्ताउँछन् र बिलम्ब गर्छन्। … माथिले कामको प्रबन्ध गरेपछि, तिनीहरू केही समय व्यस्त हुनेछन्, तर त्यो काम सम्पन्न भएपछि, अब के गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन किनकि तिनीहरू आफूले कस्ता कर्तव्यहरू पूरा गर्नुपर्छ भन्‍ने नै बुझ्दैनन्। अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै तिनीहरूले निर्वाह गर्नुपर्ने कामका बारेमा तिनीहरू कहिल्यै स्पष्ट हुँदैनन्; तिनीहरूका नजरमा, गरिनुपर्ने काम केही पनि हुँदैन। यदि मानिसहरूलाई पूरा गरिनुपर्ने कुनै काम छ भन्‍ने लाग्दैन भने, त्यहाँ के भइरहेको हुन्छ? (तिनीहरूले बोझ वहन गर्दैनन्।) सटीक रूपमा भन्दा, तिनीहरूले बोझ वहन गर्दैनन्; तिनीहरू निकै अल्छी पनि हुन्छन् र चैन-आरामको लोभ गर्छन्, सम्भव भएसम्म धेरै पटक विश्राम लिन्छन्, र कुनै पनि अतिरिक्त कामहरू पन्छाउने कोसिस गर्छन्। यी अल्छी मानिसहरूले प्राय यस्तो सोच्‍ने गर्छन्, ‘मैले किन यति धेरै चिन्ता गर्ने? धेरै चिन्ता गर्दा छिटो बूढो मात्र भइन्छ। त्यस्तो काम गरेर, यति धेरै भौँतारिएर, अनि आफूलाई त्यति थकाएर मलाई कसरी फाइदा हुन्छ? अत्यधिक थकानले म बिरामी भएँ भने के हुन्छ? मसँग उपचार गर्ने पैसा छैन। अनि म बूढो भएपछि मेरो हेरचाह कसले गर्छ?’ यी अल्छी मानिसहरू यति निष्क्रिय र पछौटे हुन्छन्। तिनीहरूमा एकरत्ती सत्यता हुँदैन, र तिनीहरूले केही पनि स्पष्ट देख्‍न सक्दैनन्। तिनीहरू प्रस्ट रूपले अन्योलमा परेका मानिस हुन्, होइनन् र? तिनीहरू सबै अन्योल परेका छन्, तिनीहरू सत्यताप्रति बेखबर छन् र तिनीहरूलाई यसमा कुनै चासो हुँदैन, अनि तिनीहरूलाई कसरी मुक्ति दिन सकिन्छ र? मानिसहरू किन जिउँदो लासझैँ सधैँ अनुशासनहीन र अल्छी हुन्छन्? यो तिनीहरूको प्रकृतिको मामिलासँग जोडिएको छ। मानव प्रकृतिमा एक प्रकारको आलस्य हुन्छ। मानिसहरूले जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरूलाई निरीक्षण गर्ने र झकझकाउने कोही न कोही व्यक्ति सधैँ चाहिन्छ। कहिलेकाहीँ मानिसहरूले देहको ख्याल गर्छन्, भौतिक सहजताको तृष्णा गर्छन्, र सधैँ आफ्‍ना लागि केही कुरा जोगाइराख्छन्—यी मानिसहरू दुष्ट अभिप्राय र धूर्त योजनाहरूले भरिपूर्ण हुन्छन्; यिनीहरू साँच्‍चै खत्तम हुन्छन्। तिनीहरूले जुनै महत्त्वपूर्ण कर्तव्य निभाइरहेका भए पनि, सधैँ आफूले सक्‍नेभन्दा कम नै गर्छन्। यो गैरजिम्‍मेवारी र अवफादारी हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२६))। मैले के देखेँ भने परमेश्‍वरले अगुवा र कामदारहरूले कामलाई सक्रिय रूपमा पछ्याउन्, अग्रसर भएर समस्याहरू समाधान गरुन् र कामका विभिन्न पक्ष कार्यान्वयन भएको सुनिश्चित गरुन् भनी चाहनुहुन्छ। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। मैले आफू पहिलो पटक मण्डली अगुवाको रूपमा छानिएको बेलालाई फर्केर सोचेँ। मेरो कर्तव्यप्रति ममा बोझ र जिम्मेवारीको बोध थियो, र मैले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्‍वरको मार्गदर्शन पनि महसुस गरेँ। म काममा भएका समस्याहरू पहिचान गरी समाधान गर्न सक्षम थिएँ, र मैले सन्तुष्टि महसुस गरेँ र आश्वासनको भावनाका साथ जिएँ। दुईवटा मण्डलीको कामका लागि जिम्मेवार बनेपछि, म हरेक दिन व्यस्त हुन्थेँ, र मलाई के चिन्ता लाग्थ्यो भने, मेरो उमेरलाई हेर्दा, यो स्तरको परिश्रम मेरो शरीरका लागि अति धेरै हुन सक्छ, त्यसैले म यो कर्तव्य गर्न अनिच्छुक थिएँ। मण्डली अगुवाहरूले काम कार्यान्वयन गरिरहेको देखेर, मैले परिस्थितिको फाइदा उठाएँ, र अगुवाहरूले काम गरिरहेकाले, मैले कामकुरालाई कम पछ्याउँदा पनि हुन्छ, र माथिल्लो तहका अगुवाहरूले थाहा पाउने छैनन् भनी सोचेँ। मैले केवल खाने, पिउने, र आफ्नो शरीरको हेरचाह गर्नमा ध्यान केन्द्रित गरेँ, र परिणाम स्वरूप, एक महिनापछि, दुवै मण्डलीको सुसमाचारको काममा कुनै नतिजा आएन। के मैले काममा ढिलाइ गरेकी थिइनँ र? सुरुमा, मेरो क्षमता औसत थियो, र मसँग कुनै विशेष प्रतिभा थिएन, र म साँच्चै यस्तो महत्त्वपूर्ण कर्तव्यका लागि अयोग्य थिएँ। परमेश्‍वरले मलाई तालिमको अवसर दिएर उचाल्नुभएको थियो, तर मैले यसको कदर गर्न सकिनँ। मैले आफ्नो कर्तव्य ठीकसँग पूरा गरेकी थिइनँ, म सधैँ आफ्नो देहको बारेमा सोच्ने र त्यसमा लिप्त हुने गर्थेँ, र म आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएकी थिएँ। म केवल अल्छी थिएँ, र ममा कुनै पनि बफादारी थिएन। मैले नोआको बारेमा सोचेँ, परमेश्‍वरको आज्ञा स्वीकार गर्दा उनी पनि धेरै वृद्ध थिए, तैपनि उनले आफ्नो शरीर वा कठिनाइहरूको वास्ता गरेनन्। उनले हरेक दिन लगनशीलताका साथ काम गरे, जहाज बनाउँदै सुसमाचार प्रचार गरे, र जतिसुकै थकाइलाग्दो वा गाह्रो भए तापनि, उनी दृढ रहे। उनले आफ्नो हृदयमा परमेश्‍वरको आज्ञा राखे, र परमेश्‍वरले उनलाई जहाज बनाउन निर्देशन दिनुभएपछि, उनीसँग हृदय र जिम्मेवारीको बोध थियो, र परमेश्‍वरले भनेअनुसार मात्र काम गरे। अन्ततः, उनले परमेश्‍वरको आज्ञा पूरा गरे र परमेश्‍वरको अनुमोदन प्राप्त गरे। मैले मण्डलीका केही वृद्ध ब्रदर-सिस्टरहरूको बारेमा पनि सोचेँ, जसमध्ये कोही असी वर्षभन्दा माथिका छन् र अझै पनि सुसमाचार प्रचार गरिरहेका छन्। म केवल साठीको उमेरमा थिएँ र मेरो स्वास्थ्य राम्रो थियो। दुईवटा मण्डलीको कार्यक्षेत्र ठूलो थिएन, र यसले मलाई बिरामी पार्ने वा थकानले ढाल्ने थिएन। तर म आफूले सक्ने बोझहरू पनि उठाउन अनिच्छुक थिएँ। उनीहरूसँग तुलना गर्दा, मलाई साँच्चै नै लाज लाग्यो! मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मैले यो कर्तव्य निर्वाह गर्न सक्नु भनेको तपाईंले मलाई उचाल्नु र अनुग्रह दिनु हो, तैपनि म लापरवाह र धूर्त भएँ, र मैले मण्डलीको काममा हानि पुऱ्याएँ। ममा साँच्चै नै मानवताको कमी रहेछ! यो तपाईंले मलाई प्रकट गर्नु र मुक्ति दिनुभएको हो, र म पश्चात्ताप गर्न तयार छु। यदि म शारीरिक सुखसुविधामा लिप्त भइरहेँ भने, तपाईंको ताडना र अनुशासन ममाथि परोस्!”

त्यसपछि, मैले शारीरिक सुखभोगमा लिप्त हुने आफ्नो स्थितिका बारेमा परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेँ। मैले परमेश्‍वरका वचनहरूका दुई खण्ड पढेँ: “मानिसको देह सर्प जस्तै हो: यसको सार भनेको उसको जीवनलाई हानि गर्नु हो—र जब त्यसले कामकुराहरू पूर्ण रूपमा आफ्नै मनमाफिक गराउँछ, तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ विलासी कामनाहरू हुन्छन्; यसले सधैँ आफ्ना लागि सोच्छ, र यसले सधैँ सहजताको कामना गर्छ र ऐसआराममा लिप्त हुन चाहन्छ, यसमा हतार र तत्परताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ, र यदि तैँले निश्चित हदसम्म यसलाई सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट बनाइमाग्छ। यसका सधैँ अनावश्यक आकाङ्‍क्षा तथा नयाँ मागहरू हुन्छन्, यसलाई अझ धेरै प्यारो बनाउन र सुखसयलमा जिउन तैँले देहका लागि गरेको सहायताको फाइदा उठाउँछ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद बनाउनेछस्। तैँले परमेश्‍वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्‍ने कुरा, तैँले देहविरुद्धको तेरो विद्रोह कसरी अभ्यास गर्छस् भन्‍नेमा निर्भर रहन्छ। परमेश्‍वरले तँलाई मुक्ति दिनुभएको छ, छनौट गर्नुभएको छ र पूर्वनिर्धारित गर्नुभएको छ, तैपनि आज यदि तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस् भने, तँ सत्यता अभ्यास गर्न अनिच्छुक छस् भने, परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयसहित तेरो आफ्नो देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले अत्यन्तै ठूलो पीडा सहनेछस्। यदि तैँले देहलाई सधैँ रिझाउँछस् भने, शैतानले तँलाई बिस्तारै निल्नेछ र तँ एक दिन भित्री रूपमा पूरै अँध्यारो हुने हदसम्म, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाउनेछ। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, तेरो हृदयमा उप्रान्त परमेश्‍वर हुनुहुनेछैन, र त्यस बेला तैँले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोड्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुन्जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। … शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनहरूको खुलासाद्वारा, मैले देहमा लिप्त हुनुको हानि र दुष्परिणामहरू बुझ्न सकेँ। व्यक्ति जति धेरै देहमा लिप्त हुन्छ र त्यसलाई माया गर्छ, त्यसको इच्छाहरू त्यति नै ठूलो हुँदै जान्छ, र अन्ततः त्यसले आफ्नै विनाश निम्त्याउँछ। म “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,” र “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो” जस्ता शैतानी दर्शनहरूअनुसार जिएकी थिएँ। तिनले मेरो विचार र दृष्टिकोणलाई विकृत तुल्याए, र मलाई जीवन धेरै थकाइलाग्दो हुनुहुँदैन, शारीरिक सुख र देहमा लिप्त हुनु नै साँचो खुशी र राम्रो जीवनको आधार हो भनी सोच्न लगाए। मौका पाउँदा, म केवल आफ्नो देहको बारेमा सोच्थेँ। परमेश्‍वरमा विश्वास गर्नुअघि म यसरी नै जिउँथेँ, ओछ्यानमा बसेर फलफूल र बियाँ खाँदै टिभी हेर्नु नै आनन्ददायी जीवनको प्रतीक हो भन्ने लाग्थ्यो, त्यसैले म सम्भव भएसम्म कामबाट जोगिन्थेँ र समय पाउने बित्तिकै आराम गर्थेँ। कहिलेकाहीँ, म वृद्ध मानिसहरूलाई रूखमुनि बसेर आराम गरिरहेको र आफूलाई हम्किरहेको देख्थेँ, र मलाई साँच्चै ईर्ष्या लाग्थ्यो, कुनै दिन म पनि त्यसरी जिउन पाए हुन्थ्यो भन्ने कामना गर्थेँ। परमेश्‍वरमा विश्वास गरेपछि, मेरो कर्तव्यले मलाई व्यस्त राख्दा मलाई दुःखी लाग्थ्यो, सधैँ कठिनाइ र थकानको डर मान्थेँ मान्ने, र धेरै चिन्ता लिन चाहन्नथेँ। म आफ्नो कर्तव्यप्रति लापरवाह थिएँ र ममा जिम्मेवारीको कुनै बोध थिएन। म साँच्चै नै स्वार्थी, घृणित, मानवताविहीन थिएँ, र परमेश्‍वरको सामु जिउन अयोग्य थिएँ! त्यो अवधिमा, मैले राम्रो खाएँ, पिएँ र आफ्नो शरीरको राम्रो हेरचाह गरेँ, तर मैले मण्डलीको काममा ढिलाइ गरेँ। यो त दुष्ट काम गर्नु थियो! मैले के देखेँ भने स्वार्थी र घृणित शैतानी स्वभावअनुसार जिउँदा र शारीरिक सुखभोगमा ध्यान केन्द्रित गर्दा, मानिसहरू झन्-झन् अल्छी हुन्छन्, वास्तविक कामबाट जोगिन्छन्, र अन्ततः झूटा अगुवा र कामदारहरू बन्छन् जसलाई खुलासा गरी हटाइन्छ। जब मैले यी कुराहरू बुझेँ, तब मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र पश्चात्ताप गरेँ, “हे परमेश्‍वर, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेकी छैन, म तपाईंको ऋणी छु र ब्रदर-सिस्टरहरूप्रति माफी चाहन्छु। अब मैले देहमा लिप्त हुनुको हानि र दुष्परिणामहरू बुझेकी छु, र म फेरि देहमा लिप्त भएर मण्डलीको काममा ढिलाइ गर्न चाहन्नँ।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “अनि, व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने देहगत सुखचैनमा लिप्त हुनको लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? तिमीहरूको विचार बताओ। (सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। मलाई भन त, यदि सारा जीवनभर व्यक्तिको दैनिक व्यवहार र विचारहरू रोग र मृत्युबाट बच्‍नमा, आफ्‍नो शरीर स्वस्थ र रोगबाट मुक्त राख्‍नमा, र लामो आयु कायम राख्‍नमा केन्द्रित हुन्छ भने, के व्यक्तिको जीवनमा हुनुपर्ने मूल्य यही हो त? (अहँ, होइन।) व्यक्तिको जीवनको मूल्य त्यस्तो हुनु हुँदैन। त्यसोभए, व्यक्तिको जीवनको मूल्य के हुनुपर्छ? अहिले भर्खरै, कसैले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्ने कुरा उल्‍लेख गरेको थियो, जुन एउटा विशेष पक्ष हो। अरू कुनै छ? प्रार्थना वा सङ्कल्प गर्दा प्रायजसो तिमीहरूमा आइरहने आकाङ्क्षाबारे मलाई भन। (परमेश्‍वरले हाम्रो लागि मिलाउनुभएका बन्दोबस्त र योजनाबद्ध कार्यहरूमा समर्पित हुनु।) (परमेश्‍वरले हामीलाई दिनुभएको भूमिका राम्ररी निर्वाह गर्नु, र आफ्‍नो मिसन र जिम्‍मेवारी पूरा गर्नु।) अरू केही छ? एक हिसाबमा, यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, यो आफ्‍नो क्षमता र सामर्थ्यले भ्याउन्जेल भरमग्दुर प्रयाससाथ सबै कुरा गरेर कम्तीमा पनि तँलाई तेरो विवेकले दोष नलगाउने अवस्थामा पुग्‍नु, अनि आफ्‍नै विवेकसँग शान्तिसाथ रहन सक्‍ने र अरूको नजरमा ग्रहणयोग्य हुने अवस्थामा पुग्‍नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्‍मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत क्षमताहरू जे-जस्ता भए पनि, तैँले तेरो पूरै जीवनभरि नै मानिसहरूले जीवनमा बुझ्‍नुपर्ने सिद्धान्तहरू केही मात्रामा बुझेको हुनुपर्छ। उदाहरणको लागि, मानिसहरू कस्तो मार्ग हिँड्नुपर्छ, तिनीहरू कसरी जिउनुपर्छ, र अर्थपूर्ण जीवन कसरी जिउने हो—कम्तीमा, तैँले थोरै नै भए पनि जीवनको साँचो मूल्य खोजी गर्नुपर्छ। यो जीवन व्यर्थमा जिउनु हुँदैन, र कोही पनि यो पृथ्वीमा व्यर्थमा आएको हुँदैन। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामीले ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गरिरहेका छैनौँ; तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। … जब व्यक्ति यो संसारमा आउँछ, ऊ देहको आनन्द लिनको लागि मात्रै आएको हुँदैन, न त ऊ खानपिउन र रमाइलो गर्नको लागि मात्रै आएको नै हुन्छ। व्यक्ति यी कुराहरूको लागि मात्रै जिउनु हुँदैन; मानव जीवनको मूल्य त्यो होइन, न त त्यो सही मार्ग नै हो। मानव जीवनको मूल्य र पछ्याउनुपर्ने सही मार्गमा त कुनै बहुमूल्य कुरा हासिल गर्ने र मूल्यसहितको कुनै एउटा वा धेरै काम पूरा गर्ने कार्य समावेश हुन्छ। यसलाई करियर भनिँदैन; यसलाई सही मार्ग भनिन्छ, यसलाई उचित काम पनि भनिन्छ। मलाई भन् त, के व्यक्तिले केही मूल्यवान् काम पूरा गर्न, अर्थपूर्ण र मूल्यवान् जीवन जिउन, अनि सत्यता पछ्याउन र प्राप्त गर्नको लागि मूल्य चुकाउनु सार्थक हुन्छ? यदि तँ साँच्‍चै सत्यता खोज्‍न र बुझ्‍न चाहन्छस् भने, र जीवनको सही मार्ग हिँड्न, कर्तव्य राम्ररी पूरा गर्न, र बहुमूल्य र अर्थपूर्ण जीवन जिउन चाहन्छस् भने, तैँले तेरो सारा ऊर्जा लगाउन, मूल्य चुकाउन, र तेरा सबै समय र दिनहरू अर्पन हिचकिचाउनु हुँदैन। यदि यो अवधिमा तैँले थोरै रोगबिमार सहनुपर्‍यो भने पनि केही हुँदैन, यसले तँलाई चकनाचुर पार्दैन। के यो कुरा सहजता र फुर्सतको जीवन बिताउनु, पोषण पुग्‍ने र स्वस्थ रहने गरी शरीरको हेरचाह गर्नु, अनि अन्त्यमा लामो आयु प्राप्त गर्नुभन्दा निकै उत्कृष्ट कुरो होइन र? (हो।) यी दुईमध्ये कुन विकल्‍पचाहिँ मूल्यवान्‌ जीवनको लागि हितकर हुन्छ? मानिसहरूले अन्त्यमा मृत्यु सामना गर्दा, यीमध्ये कुन विकल्पले तिनीहरूलाई सान्त्वना दिन्छ र कुनै पछुतो गराउँदैन? (अर्थपूर्ण जीवन जिउँदा।) अर्थपूर्ण जीवन जिउनु भनेको आफ्‍नो हृदयमा परिणामहरू पाएको र सान्त्वना मिलेको अनुभव गर्नु हो। मृत्यु हुनुअघिसम्‍मै राम्रो खाइरहने, र सुन्दरता कायम राखिराख्‍ने मानिसहरूको बारेचाहिँ के भन्‍न सकिन्छ? तिनीहरूले अर्थपूर्ण जीवनको खोजी गर्दैनन्, त्यसकारण मर्ने बेलामा तिनीहरूलाई कस्तो महसुस हुन्छ? (तिनीहरूले व्यर्थमा जिएछु जस्तो महसुस गर्छन्।) व्यर्थमा जिउनु—यी दुई शब्‍दहरू तीखा छन्(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने एक सृजित प्राणीको कर्तव्य पूरा गरेर मात्रै व्यक्तिले मूल्यवान र अर्थपूर्ण जीवन जिउन सक्छ। यो नै सबैभन्दा सही छनौट पनि हो। मैले आफ्नो राम्रो हेरचाह गरेकी थिएँ, तर मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरिरहेकी थिइनँ। के मैले यसरी आफ्नो जीवन खेर फालिरहेकी थिइनँ र? जब मेरो मृत्युको दिन आउँछ, तब मसँग पछुतो र खेद मात्र बाँकी रहनेछ। सांसारिक मानिसहरू जस्तै, जसले धेरै शारीरिक सुखसुविधा र आरामदायी जीवन बिताए तापनि, जीवनको मूल्य वा अर्थ बुझ्दैनन् र दिशा वा उद्देश्यविना जिउँछन्। मैले जीवनको सही मार्ग भेट्टाएकी थिएँ र कसरी जिउने भनेर थाहा पाएकी थिएँ, र म अब यसरी आफ्नो देहका लागि जिउन चाहन्नथेँ। म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, एक मूल्यवान र अर्थपूर्ण जीवन जिउन, र मेरो जीवन व्यर्थमा नबाँच्न चाहन्थेँ। वास्तवमा, अगुवा र प्रचारकको कर्तव्यमा तालिम लिएर र काम कार्यान्वयन गर्न ब्रदर-सिस्टरहरूसँग धेरै पटक सङ्गति गरेर, मैले पहिले बुझ्न नसकेका सत्यताहरूको बारेमा स्पष्ट बुझाइ प्राप्त गरेकी थिएँ। शारीरिक रूपमा केही थकान र कठिनाइ भए तापनि, मलाई त्यति धेरै कष्ट भोगेको जस्तो लागेन, र आफ्नो कर्तव्यमा आफ्नो पूर्ण शक्ति लगाउन सक्षम हुँदा मलाई स्थिर र सन्तुष्ट महसुस भयो। वास्तविक सहकार्य र परमेश्‍वरमाथिको निर्भरताद्वारा, धेरै कठिनाइहरू थाहै नपाई समाधान भएका थिए, र मेरो कर्तव्यको कार्यसम्पादनले पनि नतिजाहरू ल्याउँदा, मेरो हृदयमा आनन्द आयो। केवल आफ्नो देहविरुद्ध विद्रोह गरेर र वास्तविक काम गरेर मात्र, मेरो हृदय आनन्दले भरिन सक्थ्यो र साँचो स्थिरता र शान्ति पाउन सक्थ्यो। यी कुराहरू बुझेपछि, मेरो हृदय उज्यालो र थप स्थिर महसुस भयो।

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “एउटा अगुवा वा कामदारले जुनसुकै महत्त्वपूर्ण काम गर्ने भए पनि, र यो कामको प्रकृति जस्तोसुकै भए पनि, तिनीहरूको पहिलो प्राथमिकता भनेको त्यो काम कस्तो भइरहेको छ भनेर बुझ्नु र बोध गर्नु हो। कामकुरालाई अनुगमन गर्न र प्रश्‍नहरू सोध्‍न अनि प्रत्यक्ष सूचना प्राप्त गर्न तिनीहरू व्यक्तिगत रूपमा त्यहाँ उपस्थित हुनैपर्छ। तिनीहरूले केवल हल्लाको भरमा चल्ने वा अरूका रिपोर्टहरू सुन्‍ने गर्नु हुँदै हुँदैन। बरु, तिनीहरूले कर्मचारीहरूको अवस्था कस्तो छ, काम कसरी अघि बढिरहेको छ भनेर नियाल्नुपर्छ, र के-कस्ता कठिनाइहरू छन्, कुनै क्षेत्रहरू माथिका मागहरूसित बेमेलमा छन् कि, सिद्धान्तहरू उल्लङ्घन भएका छन् कि, कुनै बाधा वा अवरोधहरू छन् कि, व्यावसायिक कामका सम्बन्धमा कुनै आवश्यक सामान वा त्यससम्बन्धी प्रशिक्षण सामग्रीहरूको कमी छ कि भनेर बुझ्नुपर्छ—तिनीहरूले यी सबै कुराबारे पूर्ण सुझबुझ राखिरहनुपर्छ। तिनीहरूले जति वटा विवरणहरू सुने पनि वा हल्लाबाट जति नै जानकारी पाए पनि, यी कुनै पनि कुरा व्यक्तिगत रूपमा गएर हेरे जतिको राम्रो हुँदैन; तिनीहरूले आफ्नै आँखाले कामकुरा हेर्दा बढी सही र भरपर्दो हुन्छ; तिनीहरू अवस्थाका सम्पूर्ण पक्षहरूसित परिचित भइसकेपछि, के भइरहेको छ भन्‍नेबारे तिनीहरूलाई राम्रो ज्ञान हुन्छ। तिनीहरूले विशेष गरी को राम्रो क्षमतायुक्त र संवर्धनको लायक छ भन्‍ने कुरा स्पष्ट र सही रूपले बुझेको हुनुपर्छ, किनभने यसले मात्रै तिनीहरूले सही तरिकाले मानिसहरूलाई संवर्धन र प्रयोग गर्न सहयोग गर्छ, जुन अगुवा र कामदारहरूले आफ्‍नो काम राम्ररी गर्नु छ भने महत्त्वपूर्ण हुन्छ। अगुवा र कामदारहरूसित राम्रो क्षमता भएका मानिसहरूलाई संवर्धन गर्ने र प्रशिक्षण दिने मार्ग र सिद्धान्तहरू हुनुपर्छ। यसको साथै, तिनीहरूले मण्डलीका काममा देखा पर्ने विभिन्न प्रकारका समस्या र कठिनाइहरूबारे बोध र बुझाइ प्राप्त गरेको हुनुपर्छ, र तिनलाई कसरी सुल्झाउने भनेर जानेको हुनुपर्छ, र तिनीहरूसित कामको प्रगति कस्तो हुनुपर्छ वा भावी सम्भाव्यता कस्तो हुनुपर्छ भन्नेबारे आफ्नै विचार र सुझावहरू पनि हुनुपर्छ। यदि तिनीहरूले आँखा चिम्लेर, शङ्का नगरी वा संशय नमानी त्यस्ता विषयहरूमा बोल्न सक्छन् भने, उक्त काम गर्न अझ धेरै सजिलो हुनेछ। अनि यस तरिकाले काम गर्दा, अगुवाले आफ्ना जिम्‍मेवारीहरू पूरा गरिरहेको हुनेछ, होइन र? तिनीहरूलाई माथि उल्लेख गरिएका कामका समस्याहरू कसरी समाधान गर्ने भन्‍नेबारे राम्ररी थाहा हुनुपर्छ, र तिनीहरूले यी कुराहरूबारे प्रायः मनन गरिरहनुपर्छ। जब तिनीहरूलाई कठिनाइहरू आइपर्छन्, तब तिनीहरूले यी कुराहरूबारे सबैसँग सङ्गति र छलफल गर्नुपर्छ, र समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यसरी दृढ रूपले व्यावहारिक भएर वास्तविक काम गरियो भने, त्यस्ता कुनै कठिनाइहरू हुनेछैनन् जुन समाधान गर्नै नसकियोस्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४))। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने एउटा साँच्चिकै असल अगुवाले परमेश्‍वरको घरको कामलाई इमानदारी र जिम्मेवारीपूर्वक सम्हाल्छ, देहमा लिप्त हुँदैन, सबै कुरामा परमेश्‍वरको घरको हितलाई प्राथमिकता दिन्छ, र कार्य बन्दोबस्तअनुसार आफ्नो कर्तव्य पूरा गर्छ। जब कुनै काममा कठिनाइहरू देखा पर्छन्, तिनीहरूले त्यसलाई समाधान गर्न ब्रदर-सिस्टरहरूसँग मिलेर सत्यता खोज्छन्। एक अगुवा र कामदारको रूपमा, राम्रो काम गर्नका लागि, तिनीहरूले पूर्ण रूपमा काम गर्ने ठाउँमा नै गएर, कामको विस्तृत रूपमा जाँचबुझ र अनुगमन गर्नुपर्छ, र समस्याहरू पत्ता लगाएर तुरुन्तै समाधान गर्नुपर्छ, केवल आदेश दिने वा रिपोर्ट सुन्ने मात्र होइन। यस प्रकारको दृष्टिकोणले राम्रा नतिजाहरू हासिल गर्दैन। मैले आफ्नो कर्तव्य कसरी पूरा गरेकी थिएँ भनेर सोचेँ—आफ्नो देहमा लिप्त भएर र झाराटारुवा भएर, विवरणहरूमा ध्यान नदिएर वा समस्याहरू पहिचान गरे पनि समाधान नगरेर। मैले एक अगुवाको रूपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइनँ, म हैसियतका लाभहरूमा रमाउने एक झूटा अगुवा मात्र थिएँ, र मप्रति परमेश्‍वरको घृणा र तिरस्कार जगाएँ। यसपछि, मैले काम गर्ने ठाउँमा नै गएर समय बिताउन थालेँ, समस्याहरूको जाँचबुझ र समाधान गर्न, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको कठिनाइहरूको विस्तृत रूपमा विश्लेषण गर्न र समाधानहरूको बारेमा सङ्गति गर्न थालेँ। केही समयको सहकार्यपछि, मण्डलीको कामका विभिन्न पक्षका नतिजाहरूमा केही सुधार आए।

पछि, मैले अरू धेरै मण्डलीहरूको जिम्मेवारी लिएँ, मुख्यतया सुसमाचारको काममा ध्यान केन्द्रित गरेँ, र म लगभग हरेक दिन बिहानदेखि साँझसम्म व्यस्त हुन्थेँ। कहिलेकाहीँ म सोच्थेँ, “म अहिले अलि बुढी भइसकेँ र मेरो रक्तचाप पनि अलि बढेको छ, के मेरो शरीरले साँच्चै यस्तो अवस्था धान्न सक्छ र?” जब मैले सुसमाचार डिकन र समूह अगुवाहरूले सहकार्य गरिरहेको देखेँ, मैले अब विवरणहरू पछ्याउन चाहिनँ, ताकि मेरो देहलाई त्यति धेरै थकित हुनबाट बचाउन सकूँ। यस बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “जब तेरो कर्तव्य र जिम्मेवारीहरूको कुरा आउँछ, र, यसलाई अझ बृहत् रूपमा भन्दा, परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा र परमेश्‍वरले तेरा लागि छुट्याउनुभएको केही महत्त्वपूर्ण कामको कुरा आउँछ, तब तैँले सधैँ मूल्य चुकाउनुपर्छ। त्यो जतिसुकै कठिन भए पनि—चाहे तैँले हड्डी घोट्नुपरे पनि, चाहे तँमाथि सतावट आइपरे पनि, वा त्यसले तेरो जीवनलाई जोखिममा पारे पनि—तैँले मूल्य चुकाउन हिचकिचाउनु हुँदैन, बरु आफ्नो बफादारी अर्पण गर्नुपर्छ र मृत्युसम्मै समर्पित हुनुपर्छ। यो सत्यता पछ्याउनुको वास्तविक प्रकटीकरण, वास्तविक अर्पण, र साँचो अभ्यास हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। मैले आफ्नो हृदयमा परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म फेरि आफ्नो देहमा लिप्त हुन प्रलोभित भएकी छु, र मलाई थाहा छ यदि मैले यसरी आफ्नो कर्तव्य पूरा गरेँ भने, यसले काममा ढिलाइ गर्नेछ। म आफ्नो देहलाई ध्यान दिन चाहन्नँ, र म तपाईंको माग र मापदण्डहरूतिर अघि बढ्ने प्रयत्न गर्न र आफ्नो सम्पूर्ण प्रयास लगाउन तयार छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्!” त्यसैले, म सहभागी भएँ, र ब्रदर-सिस्टरहरूसँग मिलेर, सुसमाचारको काममा रहेका समस्याहरूको बारेमा विस्तृत रूपमा सङ्गति र छलफल गरेँ। सबैले एकै हृदय र मनले सहकार्य गर्दा, सुसमाचारको कामका नतिजाहरू अघिल्लो महिनाको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भए। जब मैले आफ्नो शारीरिक हितको बारेमा सोच्न छाडेँ र आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा समर्पित गरेँ, त्यति थकान महसुस भएन, र मैले आफ्नो हृदयमा सन्तुष्टि र आनन्द महसुस गरेँ। परमेश्‍वरको मार्गदर्शनका लागि उहाँलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

लापरवाहीपन पछाडिको सत्यता

भिक्टर, दक्षिण कोरियागत अक्टोबर हामीले एउटा भिडियो बनाउने काम सक्यौँ। हामीले यसमा धेरै मेहनत लगाएका, र धेरै समय र शक्ति खर्च गरेका थियौँ,...

आफ्‍नो कर्तव्य पूरा गर्नु भनेको के हो मैले बल्‍ल बुझेँ

क्षुन्‍क्‍वी, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र...

आखिरमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनेर मैले सिकेँ

क्षिन्‍चेङ, इटालीसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही...

झूटो अगुवाको चेतना खुल्छ

सन् २०१९ मा, म मण्डली अगुवा चयन भएँ, यो, परमेश्‍वरले मलाई उच्च पार्नुभको हो भनेर मलाई थाहा थियो र मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्