मैले प्रभुको पुनरागमनलाई स्वागत गरेको छु!

16 डिसेम्बर 2024

लि डेमिङ्, चीन

मेरो परिवार चार पुस्तादेखि क्याथोलिक रहिआएको छ, र ७० को दशकको अन्त्यतिर, हाम्रो घर भेला हुने स्थान भयो, र मेरा बुबा र काका दुवैले मण्डली डिकनको रूपमा सेवा गर्नुहुन्थ्यो। हरेक मुख्य पवित्र दिनमा, ठूलाहरूले मलाई बाइकमा राखेर पवित्र दिन मान्‍न लगभग २० माइल टाढा लिएर जान्थे। मलाई याद छ, पादरीले मासमा हामीलाई प्रायजसो यसो भन्थे: “आखिरी दिनहरू आइसकेका छन्, हामी सधैँ जागा रहनुपर्छ, हाम्रो आत्मालाई शुद्ध राख्‍नुपर्छ, र कुनै पनि ठूलो पाप गर्नु हुँदैन, किनभने कुनै पनि बेला प्रभु बादलको सवारीमा आएर हामीलाई स्वर्गमा लैजान सक्‍नुहुन्छ।” त्यो बेला, जवान होस् वा वृद्ध, गिर्जा आउने सबै मानिसहरू जोसले भरिन्थे, प्रार्थना-माला जप्थे, मासमा सहभागी हुन्थे, र असल कार्यहरू गर्थे, यसरी हरेक दिन प्रभुको पुनरागमनको तृष्णा गर्थे।

मेरा बुबा र काका दुवै ९० को दशकको सुरुतिर बित्‍नुभयो र मैले डिकनको भूमिका निर्वाह गरेँ। म गिर्जाका सदस्यहरूलाई प्रार्थना-माला जप्नमा र सेवामा अगुवाइ गर्थेँ, र म धर्मशास्त्र पढ्थेँ र प्रवचन दिन्थेँ। त्यसपछि १९९९ को वसन्तमा, हाम्रा पादरीले मलाई हङकङबाट आएको एउटा सुसमाचार पर्चा दिएर प्रभुको पुनरागमन हुनै लागेको छ भन्‍ने खुसीको खबर सुनाउन सबैलाई तुरुन्तै परिचालन गर्नू भने। मैले सबैलाई बोलाएँ, र दिनमा तीनपटक प्रार्थना-माला जप्न अनुरोध गरेँ। मैले तिनीहरूलाई बाइबलमा भविष्यवाणी गरिएको प्रभुको आगमनसम्‍बन्धी चिन्‍हहरूबारे व्याख्या गरिदिएँ। मैले भनेँ, “विश्‍वासी मित्रहरू, प्रभु चाँडै फर्कन लाग्‍नुभएको छ। प्रभु येशूले भन्नुभयो: ‘र त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्ह देखा पर्नेछ: र त्यसपछि पृथ्वीका सबै जातिहरूले शोक गर्नेछन्: अनि तिनीहरूले मानिसको पुत्रलाई ठूलो शक्ति र वैभवसाथ स्वर्गको बादलमा आइरहेको देख्‍नेछन्’ (मत्ती २४:३०)। जब प्रभु आउनुहुन्छ, तब आकाशमा ठूलो चिन्‍ह देखा पर्नेछ। हामीलाई स्वर्गमा लैजान ठूलो ज्योति र महिमामा प्रभु बादलको सवारीमा आउनुभएको हामी सबैले आफ्‍नै आँखाले देख्‍नेछौँ। २००० वर्ष लाग्‍न केही महिना मात्रै बाँकी छ। हामीले अविश्वासी इष्टमित्र, आफन्त, र चिनेजानेकाहरूलाई सुसमाचार सुनाउन ढिलो गर्नु हुँदैन। अझै बढी प्राण बचायौँ भने प्रभुको नजरमा हामीले धेरै श्रेय पाउनेछौँ।” यो सुनेर सबै उत्साहित भए, र तिनीहरूले सांसारिक कुराहरूको लोभ गर्न छोड्नुपर्छ र इष्टमित्र र परिवारलाई अझै धेरै सुसमाचार सुनाउनुपर्छ भनेर छलफल गर्न थाले। थाहै नपाई नोभेम्बर महिना आयो, र मेरी श्रीमतीले सामान्यभन्दा अलिक फरक व्यवहार गर्न थालेकी मैले देखेँ। रातको खानापछि उनी हरेक रात धर्मशास्त्र पढ्न हाम्रो गाउँकी सिस्टर टियान सिआयोको घरमा जान्थिन्, र उनले केही दिनदेखि मसँग साँझको प्रार्थना पनि गरेकी थिइनन्। म निकै अन्योलमा परेको थिएँ, र उनी अर्को सम्प्रदायमा पो लागिन् कि भन्‍ने लाग्यो। एक दिन अपराह्न, मेरी श्रीमतीले मलाई सोधिन्, “हामीले विश्‍वास गरेको धेरै वर्ष भयो। के तपाईं प्रभुको पुनरागमनको आशा गरिरहनुभएको छ?” मैले नहिचकिचाई भनेँ, “के यो सोध्नपर्ने कुरा हो र? अवश्य नै म आशा गर्छु!” त्यसपछि उनले मलाई गम्भीरतापूर्वक भनिन्, “मसँग तपाईंको लागि खुसीको खबर छ। प्रभु फेरि देहधारी भएर फर्किनुभएको छ, र उहाँले प्रकाशको पुस्तकमा उल्‍लेख गरिएको चर्मपत्रको मुठो खोल्‍नुभएको छ।” म त छक्‍कै परेँ। मैले ठूलो सोरमा उनलाई भनेँ, “होइन के भन्दैछौ? प्रभु येशू अवश्य नै बादलको सवारीमा फर्कनुहुनेछ। उहाँ कुनै पनि हालतमा देहमा फर्केर आउनुहुन्‍न!” त्यसपछि उनले भनिन्, “तपाईंले यसबारे खोजनिधीसमेत गर्नुभएको छैन। तपाईंले कसरी उहाँ देहमा फर्केर आउन सक्नुहुन्न भनेर अन्धाधुन्ध निर्धारित गर्न सक्‍नुहुन्छ? हामीले विश्‍वास गरेको यतिका वर्षमा, के हामीले प्रभुको पुनरागमनलाई स्वागत गर्ने आशा गर्दैआएका छैनौँ र? तपाईंले आफ्ना धारणाअनुसार अन्धो मान्यता राखेर उठाइलगिने मौका गुमाउनुहोला नि। मलाई लाग्छ तपाईंले शान्त भएर यसलाई साँच्‍चै अनुसन्धान गर्नुपर्छ।” तर उनले भनेका केही कुरामा पनि मलाई पत्यार लागेन। यसपछि उनलाई बहकाइएको छ भन्‍ने मलाई चिन्ता लाग्यो, त्यसकारण मैले उनलाई प्रभुको दोस्रो आगमनसम्‍बन्धी अगमवाणीहरूबारे बताइरहेँ, “प्रभु येशू क्रूसमा टाँगिएर पुनरुत्थान हुनुभएपछि, उहाँको महिमित शरीर बादलमा सवारी भई स्वर्गमा जानुभयो। जब उहाँ फर्केर आउनुहुन्छ, तब उहाँ आफ्नो सारा महिमामा बादलको सवारीमा आत्मिक रूपमा देखा पर्नुहुनेछ। उहाँ कसरी देहमा फर्केर आउन सक्‍नुहुन्छ? बाइबलले भन्छ: ‘हेर, उहाँ बादलको सवारीमा आउनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ(प्रकाश १:७)। ‘ती दिनहरूको संकष्टपछि तुरुन्तै, सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले ज्योति दिनेछैन, र आकाशबाट ताराहरू खस्नेछन्, र स्वर्गका शक्तिहरू हल्‍लिनेछन्: र त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्ह देखा पर्नेछ: र त्यसपछि पृथ्वीका सबै जातिहरूले शोक गर्नेछन्: अनि तिनीहरूले मानिसको पुत्रलाई ठूलो शक्ति र वैभवसाथ स्वर्गको बादलमा आइरहेको देख्‍नेछन्(मत्ती २४:२९-३०)। यहाँ हामी देख्‍न सक्छौ, जब उहाँ आउनुहुन्छ तब सूर्य अँध्यारो हुनेछ र चन्द्रमाले ज्योति गुमाउनेछ। ताराहरू आकाशबाट खस्‍नेछन् र प्रभु बादलको सवारीमा आउनुहुनेछ। तर अहिलेसम्‍म, यीमध्ये कुनै पनि चिन्‍ह देखा परेका छैनन्। उहाँ आइसक्‍नुभएको छ भनेर तिमी कसरी भन्‍न सक्छौ?” त्यसपछि उनले एकदमै शान्त हुँदै भनिन्, “प्रभुका अगमवाणीहरू सबै नै गुप्त रहस्य हुन्। यदि हामीले आफ्ना धारणा र कल्‍पनाहरूका आधारमा अन्धाधुन्ध शाब्दिक रूपमा व्याख्या गर्‍यौँ भने, उहाँका वचनहरूलाई गलत रूपमा अर्थ्याउने सम्‍भावना हुन्छ। फरिसीहरूबारे नै विचार गर्नुहोस्। तिनीहरूले धर्मशास्‍त्रहरूलाई शाब्दिक रूपमा अर्थ्याए र आफ्ना धारणाअनुसार चले र मसीह राजदरबारमा जन्‍मनुहुनेछ र शक्ति लिनुहुनेछ भनेर सोचे, तर प्रभु येशू दरबारमा जन्‍मनुभएन। उहाँ सिकर्मीको छोराको रूपमा डुँडमा जन्‍मनुभयो, यति मात्र होइन उहाँ कुनै प्रकारको शासक हुनुहुन्‍नथियो। फरिसीहरूले प्रभु येशूको जन्‍म र काम तिनीहरूका धारणासँग मिल्दै नमिलेको देखे, त्यसकारण उहाँ आउनुभएका मसीह हुनुहुन्छ भनेर पटक्‍कै स्विकार्न मानेनन्, र तिनीहरूले उहाँको निन्दा र विरोध गरे। हामीले फरिसीहरूले जस्तै गल्ती गर्नु हुँदैन!” उनले यसो भन्दा मलाई झर्को लाग्यो र सोचेँ, “जे भए पनि, मण्डली डिकन म हुँ र उनीभन्दा धेरै शिक्षित छु, तर उनी मेरो कुरा सुन्‍नै मान्दिनन्, र मैले प्रभुका अगमवाणीहरूलाई अन्धाधुन्ध गलत अर्थ्याइरहेको छु भनेर समेत भन्छिन्।” मेरो अनुहार अँध्यारो भयो र मैले उनलाई रुखो शैलीमा भनेँ, “मैले तिमीलाई बारम्‍बार भनेँ तर तिमी कुरै सुन्दिनौ। तिमी साँच्‍चै बहकाउमा परेछौ! तिमी ती भेलाहरूमा जान छोड्नुपर्छ।” तर उनले दृढतासाथ भनिन्, “मैले स्पष्ट रूपमा अनुसन्धान गरिसकेँ, र मैले फर्कनुभएका प्रभुलाई विश्‍वास गरेकी छु। यदि तपाईं विश्‍वास गर्नुहुन्न भने, त्यो तपाईंको कुरा हो, तर मलाई बाधा नदिनुहोस्।” उनले यसो भनेको सुन्दा मलाई झर्को लाग्यो र रिस उठ्यो। मैले उनलाई बचाउने प्रयासमा अरू एक-दुई जना मण्डली डिकनहरू बोलाएँ र उनलाई रोक्ने प्रयास गरेँ। एक डिकनले उनलाई निकै निर्धक्‍कसाथ भने, “क्याथोलिक धर्म मात्रै सही धर्म हो। प्रभु आउनुभएपछि, अरू सबै सम्प्रदायहरू क्याथोलिक धर्ममा फर्केर आउनेछन्। इसाई जगतको एकता यही हो। तपाईंलाई अवश्य नै यो कुरा थाहा होला, किनभने हामी दुवैका परिवार पहिलेदेखि नै क्याथोलिक हुन्।” तर मेरी श्रीमतीले यसो भन्दै प्रतिक्रिया दिइन्, “प्रभुको आगमन हुँदा अरू सबै सम्प्रदाय क्याथोलिक चर्चमा आउँछन् भन्‍ने विषयमा पवित्र आत्‍माको वचनको कुनै आधार छ? के प्रभु येशूले कहिल्यै त्यसो भन्‍नुभयो? के प्रोटेस्टेन्ट चर्च र पूर्वीय अर्थोडक्स चर्चका सदस्यहरू क्याथोलिक चर्चसँग पुनः एकीकृत हुन चाहन्छन्? बाइबलले धेरै पहिले नै यसो भनेर अगमवाणी गरेको छ: ‘अनि आखिरी दिनहरूमा प्रभुको घरको पर्वतलाई, पर्वतहरूको टुप्पोमा खडा गरिनेछ, र यसलाई पहाडहरूभन्दा माथि उठाइनेछ, र सबै जातिहरू यसतर्फ ओइरिँदै आउनेछन्(यशैया २:२)। यहाँ ‘पर्वतहरू’ ले विभिन्‍न सम्प्रदायहरूलाई जनाउँछन्। प्रभुले पुनः एकीकरण गर्ने काम गर्नु भनेको प्रोटेस्टेन्ट क्याथोलिकमा फर्कनु वा क्याथोलिक प्रोटेस्टेन्टमा फर्कनु होइन, बरु, यो त सबै सम्प्रदायका साँचो विश्‍वासीहरू परमेश्‍वरको सिंहासनअगाडि आउनु हो। यसरी सबै विश्‍वास एउटै बनेर प्रभुको धार्मिकता स्पष्ट हुनेछ र सबै मानिस पूर्ण रूपमा विश्‍वस्त हुनेछन्।” उनको कुरा सुन्दा, मलाई निकै नवीन र अन्तर्दृष्टिपूर्ण लाग्यो। डिकनहरू पनि अवाक् भए, र एक जनाले जोड दिँदै यसो मात्रै भने, “तपाईं एक साधारण विश्‍वासी मात्रै हुनुहुन्छ—के तपाईंलाई पादरीलाई भन्दा बढी थाहा छ भन्‍ने लाग्छ? तपाईंले जे भन्‍नुभए तापनि, अन्त्यमा सबै सम्प्रदाय क्याथोलिक धर्ममा फर्कनेछन्। क्याथोलिक धर्मलाई त्याग्‍नेहरूले परमेश्‍वरलाई धोका दिएका छन्, तिनीहरूले मुक्ति पाउनेछैनन्, र तिनीहरूका आत्मा स्वर्ग जानेछैनन्। तपाईं बहकाउमा पर्नुभएको छ। म तपाईंलाई तुरुन्तै पाप स्वीकार गर्न सल्‍लाह दिन्छु। फर्केर आउन त्यति ढीला भएको छैन।” उनले दृढतासाथ भनिन्, “म बहकाउमा परेकी छैनँ। मैले पवित्र आत्माले मण्डलीहरूलाई दिनुभएका वचनहरू सुनेकी छु र थुमाका पाइलाहरू पछ्याइरहेकी छु। मैले परमेश्‍वरको नयाँ कामलाई स्वीकार गरेकी छु। म यही मार्गमा हिँड्नेछु, र कसैले पनि मेरो मार्गमा बाधा दिन सक्दैन।” सुरुमा त मलाई ती दुई डिकनहरूले उनलाई रोकून् भन्‍ने चाहन्थेँ, तर तिनीहरूले उनलाई विश्‍वस्त पार्न सक्दैनन् भन्‍ने मात्र होइन, तर उनको जवाफले तिनीहरूलाई अवाक् बनाउनेछिन् भनेर मैले कहिल्यै पनि कल्‍पना गरेको थिइनँ। त्यसपछि, मेरी श्रीमतीको विश्‍वास अझै दह्रिलो भयो। उनले के भनिन् भने, सुरुमा त उनलाई आफू मद्वारा अलिक विवश पारिएको महसुस भएको थियो र उनी हिचकिचाएकी थिइन्, तर डिकनहरूले उनलाई बाधा दिन खोज्दा, तिनीहरूले सत्यता बुझेका छैनन्, तिनीहरू साँच्‍चै अहङ्कारी छन्, र नम्र भएर खोजी गर्न चाहँदैनन् भन्‍ने कुरा उनले स्पष्ट रूपमा देखिछिन्। त्यसउप्रान्त उनलाई विवश पारिएको महसुस भएन र उनले हरेक दिन भेलाहरूमा सहभागिता जनाइरहिन्।

मैले मनमनै सोचेँ: “उनी त्यति शिक्षित छैनन्, र बाइबल राम्ररी बुझेकी छैनन्, र पनि उनका तर्कहरूद्वारा कसरी ती दुई डिकनहरू अक्‍क न बक्‍क भए? उनले यस्तो उल्‍लेखनीय प्रकारका कस्ता प्रवचनहरू सुनिरहेकी छिन्?” मेरी श्रीमतीको परिवर्तन देखेर म निकै छक्‍क परेको थिएँ। उनले भनेको कुरालाई मैले ध्यान दिएर विचार गरेँ, र त्यसमा केही त छ जस्तो लाग्यो। के उनले विश्‍वास गरेको कुरा साँच्‍चै नै पवित्र आत्माबाट आएको हुन सक्छ? मलाई त्यो सम्‍भव छैन जस्तो लाग्यो। यदि यो प्रभुबाट नै आएको हो भने, हाम्रा पादरीहरूलाई यसबारे थाहा हुनुपर्ने हो, त्यसोभए किन तिनीहरूले यस्तो कुरा उल्‍लेख गरेको मैले सुनेको छैनँ? म मेरा जेठानसँग यसबारे कुरा गर्न गएँ। तिनी पनि मण्डली डिकन नै थिए। तर अचम्‍मको कुरो, मैले आफ्‍नो कुरा सक्‍नेबित्तिकै, तिनले रिसाउँदै भने, “प्रभु सम्भवतः देहमा फर्केर आउन सक्‍नुहुन्‍न! पूर्वीय ज्योति भन्‍ने मण्डली देखा परेको छ। तिनीहरू प्रभु येशू देहमा फर्केर आउनुभएको छ र उहाँलाई सर्वशक्तिमान्‌ परमेश्‍वर भनिन्छ भनेर भन्छन्। तिनीहरूको शिक्षा निकै उच्चकोटिको छ र तिनीहरूले धेरै जना उत्साही विश्‍वासीहरूलाई चोरेर लगेका छन्। हाम्रो मण्डलीका मात्रै एक दर्जनभन्दा धेरै बहकिएका छन्, र त्यसमा एक जना पादरीसमेत छ। हामीले जे भने पनि तिनीहरू फर्केर आउनेछैनन्। जेसुकै भए पनि, तिनीहरूले प्रचार गर्ने कुरा नसुन्‍नुहोस्।” मेरा जेठानको कुरा सुन्दा, मलाई मेरी श्रीमतीले पूर्वीय ज्योतिका प्रवचनहरू सुनिरहेकी रहेछिन् भन्‍ने थाहा भयो। मेरा जेठानको घरबाट म सीधै अर्का डिकनको घरमा गएँ र अरू विश्‍वासीहरूलाई पूर्वीय ज्योतिबाट टाढा बस्‍न लगाउन तिनलाई भनेँ। यसको साथसाथै म झन् उत्सुकसमेत हुन थालेँ र ममा यसबारे अलिक विरोधी भावना जागेको थियो। म सोच्थेँ, “पूर्वीय ज्योति वास्तवमा के भन्दो रहेछ? किन यत्तिका धेरै विश्‍वासी तिनीहरूकहाँ गएका छन्? तिनीहरूले कसरी पादरीलाई समेत बहकाउन सके? तिनीहरूका प्रवचनहरू जति नै राम्रो भए पनि, के तिनले हाम्रा क्याथोलिक सत्यताहरूलाई उछिन्‍न सक्छन्? मौका पाएँ भने, म तिनीहरूले के प्रचार गर्दा रहेछन् हेर्न चाहन्छु।”

पूर्वीय ज्योतिको कुनै पनि व्यक्तिलाई खण्डन गर्नको लागि सुससज्जित हुन मैले अझै बढी बाइबल पढ्न थालेँ। मैले प्रभुको पुनरागमनसँग सम्‍बन्धित अगमवाणीहरू खोजी गरेँ र तिनलाई बारम्‍बार पढेँ। प्रभु येशूले भन्‍नुभएको कुरा मैले पढेँ: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। प्रभुका वचनहरू पढ्दा मलाई लाग्यो: “त्यो कुरा ठीक हो, प्रभुको भेडाले उहाँको आवाज सुन्छ। त्यसैले पूर्वीय ज्योतिले प्रचार गरेको कुरा सुनेपछि धेरै जना उत्साही विश्‍वासीहरूले पूर्वीय ज्योतिलाई स्वीकार गरेका छन्, र फर्किन इन्कार गर्छन्। यसले वास्तविकता स्पष्ट पार्छ! तिनीहरू सबै अन्तर्दृष्टि र विश्‍वासमा दह्रिलो जग भएका लामो समयदेखिका क्याथोलिक विश्‍वासीहरू हुन्। तिनीहरूले पूर्वीय ज्योतिलाई ग्रहण गर्नुभन्दा पहिले पक्‍कै पनि अनुसन्धान गरेका हुनुपर्छ। के तिनीहरूले पढ्ने पुस्तकमा सत्यता हुन सक्छ, र के यो परमेश्‍वरको आवाज हो? यदि मैले यसलाई जाँच गरिनँ भने, तिनीहरूले प्रचार गर्ने कुरा परमेश्‍वरबाट आएको हो कि होइन भनेर मैले कसरी थाहा पाउने? पहिला म यो के रहेछ हेर्छु, त्यसपछि यदि यसमा सत्यता रहेछ र यो बाइबलअनुरूप रहेछ भने, म अनुसन्धान गरिरहनेछु। यदि यो क्याथोलिक विश्‍वाससँग मेल खाँदैन भने, म यसलाई अझै इन्कार गर्न सक्छु।”

त्यसपछि एक बिहान खाजा खाएपछि, मेरी श्रीमती फेरि गएछिन् भन्‍ने थाहा पाएँ। उनी फेरि पनि सिस्टर टियान सिआयोको घरमा गएकी छिन् भन्‍ने मलाई थाहा थियो। मैले मनमनै सोचेँ, “उनी हरेक दिन भेलाहरूमा जाँदैछिन् भने, यी प्रवचनहरू पक्‍कै पनि निकै लोभ्याउने किसिमका हुनुपर्छ! तिनीहरूले खास के भन्दा रहेछन् हेर्न चाहन्छु।” म टियान सिआयोको घरमा पुगेपछि, मैले हाम्रा अरू केही विश्‍वासीहरूलाई मात्रै होइन, तर ब्रदर वाङ मिङ्ग्यीलाई पनि देखेँ। तिनले मलाई भेलामा सहभागी हुन आमन्त्रित गरे। म सुन्‍नलाई बसेँ र मनमनै प्रभुलाई प्रार्थना गरेँ, अनि मेरो हृदयलाई रक्षा गर्नुहोस्, मलाई समझशक्ति दिनुहोस् ताकि म बहकाउमा नपरूँ भनेर उहाँलाई अनुरोध गरेँ। मिङ्ग्यीले भने, “बाइबलमा तीनवटा भाग छन्: पुरानो करार, नयाँ करार, र प्रकाशको पुस्तक। हरेक भागले परमेश्‍वरको फरक-फरक युगको कामको विवरण दिन्छ। पुरानो करारले व्यवस्थाको युगमा परमेश्वरले गर्नुभएको कामको विवरण दिन्छ, जुन बेला उहाँले मोशाद्वारा दश-आज्ञाका साथै व्यवस्था र उर्दीहरू जारी गर्नुभयो, ताकि मानिसहरूले पाप के हो र पृथ्वीमा कसरी जिउने भन्‍ने कुरा सिकून्। नयाँ करारले अनुग्रहको युगमा परमेश्वरले गर्नुभएको कामको विवरण दिन्छ, जुन बेला प्रभु येशू मानवजातिको लागि अनन्त पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो, तिनीहरूलाई पापबाट छुटकारा दिनुभयो, व्यवस्था अन्तर्गत दोषी ठहराइएर दण्डित हुनबाट बचाउनुभयो। प्रकाशको पुस्तकले परमेश्‍वरका आखिरी दिनहरूको काम अर्थात् राज्यको युगको कामबारे अगमवाणी गरेको छ, जुन बेला परमेश्‍वर देह बनेर गुप्तमा आउनुहुन्छ, मानवजातिलाई न्याय गर्न र शुद्ध पार्न, हामीलाई पापका बन्धनहरूबाट पूर्ण रूपमा मुक्त गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। सत्यताको खोजी गर्नेहरू सबैका लागि यो ठूलो मुक्ति हो।” तिनले यसो पनि भने, “वास्तवमा, परमेश्‍वरले आखिरी दिनहरूमा देहधारी भई आउनेछु भनेर धेरै पहिले नै अगमवाणी गर्नुभएको थियो। यसबारे बाइबलमा धेरै अगमवाणीहरू छन्। प्रभु येशूले भन्‍नुभयो: ‘त्यसोभए तिमीहरू पनि तयार बस; किनभने तिमीहरूले सोच्दै नसोचेको बेला मानिसको पुत्र आउनुहुनेछ(लूका १२:४०), अनि प्रकाशको पुस्तकमा यस्तो अगमवाणी छ: ‘हेर, म चोरको रूपमा आउँछु(प्रकाश १६:१५)। यहाँ, ‘किनभने तिमीहरूले सोच्दै नसोचेको बेला मानिसको पुत्र आउनुहुनेछ’ र ‘चोरको रूपमा’ ले मानिसहरूले अपेक्षा नगरेको बेला ‘मानिसको पुत्र’ गुप्तमा आउनुहुने बारेमा बताउँछ। ‘मानिसको पुत्र’ ले परमेश्‍वरको देहधारणलाई जनाउँछ। प्रभु येशूजस्तै—आखिरी दिनहरूका देहधारी परमेश्‍वर पनि मानिसबाट अर्थात् सर्वसाधारण मानिसहरूको परिवारमा जन्‍मनुभयो। उहाँ साधारण व्यक्तिजस्तै देखिनुहुन्छ, तर उहाँभित्र पवित्र आत्‍मा छ, र उहाँको सार ईश्‍वरीय हो। उहाँ स्वयम् देहधारी परमेश्‍वर हुनुहुन्छ। जसरी यहोवा परमेश्‍वर आत्मा हुनुभएकोले उहाँलाई मानिसको पुत्र भन्‍न सकिँदैन, त्यसरी नै यदि उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्छ भने, उहाँलाई मानिसको पुत्र भन्‍न सकिँदैन।” मिङ्ग्यीले परमेश्‍वर देहमा आउनुभएको छ भनेर निरन्तर गवाही दिइरहेको सुन्दा मलाई अलिक झर्को लाग्यो, र मलाई सुन्‍न मन लागेन। म उभिएँ र यसो भन्दै तिनको खण्डन गरेँ, “प्रभु येशू देहमा आउनुभएको छ भन्‍ने विषयमा तपाईंले भन्‍नुभएको कुरालाई म स्वीकार गर्न सक्दिनँ। बाइबलले स्पष्ट रूपमै यसो भनेर भविष्यवाणी गरेको छ: ‘गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेर्दै उभिरहन्छौ? तिमीहरूमाझबाट स्वर्ग लगिने यो येशू, तिमीहरूले उहाँलाई स्वर्ग जाँदा देखेझैँ गरी आउनुहुनेछ’ (प्रेरित १:११)। पुरोहितहरूले प्रायजसो हामीलाई के भन्‍ने गर्छन् भने, प्रभु आत्माको स्वरूपमा बादलको सवारीमा स्वर्ग जानुभयो, त्यसकारण जब उहाँ फर्केर आउनुहुन्छ, तब उहाँको आगमन आत्मिक रूपमै हुनेछ, उहाँ सारा महिमामा बादलको सवारीमा आउनुहुनेछ। कल्‍पना गर्नै नसकिने कष्ट सहेर प्रभु येशू हाम्रो लागि क्रूसमा टाँगिनुभयो। उहाँ देहमा आउनुहुनेछैन।” यसको प्रतिक्रियामा मिङ्ग्यीले शान्त भएर मलाई प्रोत्साहन दिए, “ब्रदर, बसेर यस विषयमा थप सङ्गति गरौँ। परमेश्‍वरका वचनहरू सत्यता हुन् र तिनले हाम्रा सबै शङ्काहरू समाधान गर्न सक्छन्।” मैले मिङ्ग्यीप्रति अशिष्ट व्यवहार गरेको थिएँ, तर पनि तिनले मलाई धैर्यताको साथ सल्‍लाह दिने प्रयास गरिरहेका थिए, त्यसकारण तिनलाई अप्ठ्यारोमा नपार्न, त्यहाँ बस्‍नेबाहेक अरू विकल्‍प मसँग थिएन। तर मलाई अझै पनि बहकाउमा पर्छु कि भन्‍ने डर थियो, र मैले मनमनै सोचेँ, “ब्रदर वाङ राम्रो बोल्छन्, म तिनलाई आफ्नो बाइबलको ज्ञानद्वारा उछिन्‍न सक्दिनँ। यदि मैले सुनिरहेँ र बहकाउमा परेको थाहा पाउन सकिनँ भने, मैले के गर्ने? मलाई आफूले मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्न सक्दिनँ कि भन्‍ने डर छ। त्यस्तो हुनु हुँदैन। मैले तिनको कुरा अब सुन्‍नु हुँदैन। म घर जानुपर्छ अनि पहिला बाइबल राम्ररी अध्ययन गर्नुपर्छ।” त्यसकारण, म बहाना बनाएर त्यहाँबाट हिँडेँ।

घर पुगेपछि, मैले प्रभु देहमा फर्किनुभएको विषयलाई विचार गरेँ, र मेरो मनमा पुरै हलचल मच्चियो। “सायद मेरी श्रीमती बहकाउमा पर्न सक्छिन्, तर ती सबै भक्त विश्‍वासीहरूलाई बहकाउनु असम्‍भव देखिन्छ! यदि प्रभु साँच्‍चै नै देहमा फर्केर आउनुभएको छ र मैले यसबारे खोजनिधी गरिनँ भने प्रभुलाई स्वागत गर्ने मौका गुमाउन सक्छु। तर यदि पूर्वीय ज्योति साँचो मार्ग होइन र म गलत मार्गमा लाग्‍न पुगेँ भने, त्यो प्रभुलाई धोका दिनु हुनेछ र मेरो आत्माले मुक्ति पाउन सक्दैन।” केही समयसम्‍म, के गर्नुपर्ने मलाई थाहा भएन, मलाई खानेकुरा खल्‍लो लाग्यो र रातभरि कोल्टे फेरेर बिताएँ। पीडामा मैले पवित्र हृदयको फोटोअगाडि घुँडा टेकेँ र प्रार्थना गरेँ, “हे प्रभु येशू, पूर्वीय ज्योति साँच्चै तपाईंको पुनरागमन हो कि होइन मलाई थाहा छैन। बिन्ती छ मलाई समझशक्ति दिनुहोस् र मलाई बाटो बिराएर गलत मार्गमा हिँड्न नदिनुहोस्। हे परमेश्‍वर, तपाईंको छोरालाई अगुवाइ गर्नुहोस्।”

त्यसपछि, मैले प्रभुको पुनरागमनसम्‍बन्धी सबै पदहरू पढ्न थालेँ, र पवित्र आत्माको अगुवाइद्वारा, मैले प्रभु गुप्तमा आउनुहुन्छ भन्‍ने बारेका केही अगमवाणीहरू भेट्टाएँ, र रहस्य पत्ता लगाएँ। प्रभुको गुप्त आगमनलाई स्वागत गर्नेहरूले उहाँसँग भोजमा सहभागिता जनाउनेछन्, र आशिष्‌ पाउनेछन् भनेर धेरैवटा पदमा उल्‍लेख गरिएको रहेछ भन्‍ने मलाई थाहा भयो। उदाहरणको लागि, “अनि मध्यरातमा एउटा चिच्याहट सुनियो: हेर, दुलहा आउनुभयो, र तिमी उहाँलाई भेट्न जाऊ। त्यसपछि ती सबै कन्याहरूले उठेर आ-आफ्नो बत्ती तयार पारे। … दुलहा आइपुग्यो; र तयार भइसकेकाहरू तिनीसँगै विवाहभित्र प्रवेश गरे, र ढोका बन्द भयो(मत्ती २५:६-७, १०)। “हेर, म चोरको रूपमा आउँछु। जो सतर्क रहन्छ, र आफ्नो वस्त्र सुरक्षित राख्छ त्यो धन्यको हो, नत्र ऊ नाङ्गो भएर हिँड्नुपर्नेछ, र तिनीहरूले उसको लाज देख्‍नेछन्(प्रकाश १६:१५)। “अनि तिमीहरू पनि आफ्‍ना मालिक विवाह-भोजबाट फर्केर आउने बेलाको प्रतीक्षा गर्ने मानिसहरूजस्तै हौ; तिनी आइपुगेर ढकढक्याउँदा, तिनीहरूले तुरुन्तै तिनको लागि ढोका खोलिदिन्छन्। धन्य छन् ती सेवकहरू जसलाई मालिकले फर्की आउँदा पर्खिरहेको पाउँछन्। म तिमीहरूलाई आमेन भन्छु, तिनले पटुका बाँध्नेछन्, र तिनीहरूलाई खान बसाउनेछन्, र तिनीहरूको सेवा गर्नेछन्। अनि यदि तिनी दोस्रो प्रहर, वा तेस्रो प्रहरमा आए भने, र तिनले तिनीहरूलाई त्यस्तै अवस्थामा पाए भने, धन्य छन् ती सेवकहरू(लूका १२:३६-३८)। “हेर, म प्रवेशद्वारमा उभिन्छु, र ढकढक्याउँछु। यदि कुनै मानिसले मेरो आवाज सुन्छ, र मरो लागि ढोका खोलिदिन्छ भने, म ऊकहाँ गएर ऊसँगै भोजन गर्नेछु, र उसले मसँग भोजन गर्नेछ(प्रकाश ३:२०)। मैले यी पदहरूबारे बारम्बर मनन र प्रार्थना गरेँ। मैले यी “मध्यरातमा एउटा चिच्याहट सुनियो,” “चोरको रूपमा,” “यदि तिनी दोस्रो प्रहर, वा तेस्रो प्रहरमा आए भने,” र “यदि तिनी दोस्रो प्रहर, वा तेस्रो प्रहरमा आए भने,” सबै वचन मानिसहरू सचेत नभएको बेला प्रभु गुप्तमा आउने बारेमा रहेछन् भनेर बुझेँ। ती मानिसहरूले प्रभु मानवजातिलाई मुक्ति दिन गुप्तमा आउनुहुन्छ भन्‍ने बारेमा बताएको कुरा बाइबल र प्रभुको वचनअनुरूप रहेछ! यदि मैले प्रभुको गुप्त आगमनलाई स्वागत गर्न सकेँ भने, के म आशिषितहरूमध्ये एक बन्‍नेछैनँ र? पवित्र आत्माको अन्तर्दृष्टिद्वारा नै मैले प्रभुको पुनरागमनसम्‍बन्धी यो रहस्यलाई पत्ता लगाउन सकेँ। प्रभुप्रति मेरो हृदय शब्दमा बयान गर्न नसकिने कृतज्ञताले भरियो। मैले बाइबलमा खोजी गरिरहेँ। प्रभु येशूले यसो भन्‍नुभएको छ: “किनभने जसरी स्वर्गमुनिबाट ज्योति चम्कँदा स्वर्गमुनिका भागहरू चम्कन्छन्, त्यसरी नै मानिसको पुत्र पनि उहाँको दिनमा चम्कनुहुनेछ। तर सुरुमा उहाँले धेरै कष्टहरू भोग्‍नुपर्छ, र यो पुस्ताद्वारा इन्कार हनुपर्छ(लूका १७:२४-२५)। पहिले त, म प्रभु येशू आत्मामा फर्केर आउनुहुन्छ भन्‍ने विश्‍वास गर्थेँ, तर प्रभुले स्पष्ट रूपमा नै भन्‍नुभएको छ: “सुरुमा उहाँले धेरै कष्टहरू भोग्‍नुपर्छ, र यो पुस्ताद्वारा इन्कार हनुपर्छ।” यदि प्रभु आत्मिक रूपमा आउनुभएको भए, उहाँलाई देख्‍नेबित्तिकै मानिसहरू डरले काम्‍नेथिए र भुईंमा लम्पसार पर्नेथिए, त्यस्तो अवस्थामा उहाँले कसरी कष्ट भोग्न सक्नुहुन्थ्यो वा उहाँ मानिसहरूद्वारा इन्कार गरिन सक्नुहुन्थ्यो र? मानिसको पुत्रको रूपमा देहधारी परमेश्‍वरले मात्रै कष्ट भोग्‍नुहुने र उहाँ इन्कार गरिनुहुनेथियो। के पूर्वीय ज्योतिको गवाही सही र प्रभु येशू देहमा आएर मानिसको पुत्रको रूपमा फर्किनुभएको हुनसक्छ? तर त्यसपछि मलाई प्रकाश १:७ को वचन याद आयो, जसमा भनिएको छ: “हेर, उहाँ बादलको सवारीमा आउनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ, र उहाँलाई घोच्‍नेहरूले पनि देख्‍नेछन्। अनि पृथ्वीका सबै जातिहरूले उहाँको खातिर बिलौना गर्नेछन्।” यो पदअनुसार, प्रभु हामीलाई लिन महिमित रूपमा बादलको सवारीमा आउनुहुनेछ, र सबैले उहाँलाई देख्‍नेछन्। यदि प्रभु गुप्तमा देहमा आउनुभयो भने, बाइबलको त्यो पदलाई कसरी व्याख्या गर्न सकिन्छ? के गुप्तमा आउने र बादलको सवारीमा आउने भनी दिइएका अगमवाणीहरू विरोधाभासपूर्ण छैनन् र? मैले यो कुराको शिर-पुच्छर केही ठम्याउन सकिनँ।

थाहै नपाई, सन् २००० को नयाँ वर्षको दिन पनि आयो, तर प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर मैले साँचेको आशा साकार भएन। प्रभुको पुनरागमनसम्‍बन्धी चिन्‍हहरू लगभग सबै पूरा भइसकेका छन् भन्‍ने मलाई थाहा थियो। नयाँ सहस्राब्दीभन्दा पहिले प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्‍ने विचारप्रति मेरो मनमा प्रश्‍न उठ्न थाल्यो। हृदयमा म प्रभु गुप्तमा आउनुहुने विचारप्रति नै झन्-झन् झुकिरहेको थिएँ। यसबारे गरिएका अगमवाणीहरूलाई मैले खोजिरहेँ। मैले प्रभु येशूलाई यसो भनेर प्रार्थना पनि गरेँ, “हे प्रभु, सहस्राब्दी आएको छ, तर मैले तपाईंलाई बादलको सवारीमा आउनुभएको देखेको छैनँ। म निराश र पीडामा छु। अहिले पूर्वीय ज्योतिले मात्र तपाईं फर्केर आइसक्‍नुभएको छ भनेर गवाही दिन्छ। हे प्रभु येशू, के तपाईं साँच्‍चै फर्केर आइसक्‍नुभएको छ? बिन्ती छ मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म तपाईंको कामलाई चिन्‍न सकूँ।” यस बेला मलाई मिङ्ग्यीको सङ्गति अझै सुन्‍न मन लाग्यो किनभने यदि पूर्वीय ज्योति नै साँच्चै प्रभुको पुनरागमन हो भने, र मैले यसलाई स्वीकार गरिनँ भने परमेश्‍वरको कामले मलाई हटाउनेछ भन्‍ने मलाई लागिरहेको थियो। मैले यसबारे जति धेरै विचार गरेँ, मलाई त्यति नै चिन्ता भयो। जनवरी महिनामा एक दिन म त्यतिकै बस्‍नै सकिनँ। मैले मेरी श्रीमतीलाई मिङ्ग्यीको कुरा सुन्‍न मन लाग्यो भनेर भनेँ। तिनलाई भेटिसकेपछि मैले भनेँ, “आजभोलि म घरमै बसेर धर्मशास्‍त्रका धेरै खण्डहरू पढिरहेको छु र तपाईंले भन्‍नुभएको कुरा अगमवाणीहरूसँग मेल खान्छ जस्तो मलाई लाग्छ। अहिले म प्रभु गुप्तमा मानिसको पुत्रको रूपमा आउनुभएको छ भन्‍ने विचारलाई स्वीकार गर्न सक्छु, तर यो अगमवाणी पनि दिइएको छ: ‘हेर, उहाँ बादलको सवारीमा आउनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ, र उहाँलाई घोच्‍नेहरूले पनि देख्‍नेछन्। अनि पृथ्वीका सबै जातिहरूले उहाँको खातिर बिलौना गर्नेछन्(प्रकाश १:७)। यसले प्रभु ठूलो महिमामा बादलमा आउनुहुनेछ भनेर भन्छ। के त्यो कुरा प्रभु गुप्तमा आउनुहुन्छ भन्‍ने अगमवाणीसँग बाझिँदैन र? प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँका सबै वचनहरू पूरा हुन्छन् भन्‍ने कुरामा कुनै शङ्का छैन। यसभित्र पक्‍कै पनि केही रहस्य लुकेको हुनुपर्छ।”

तिनले मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका केही खण्ड पढेर सुनाए, अनि मसँग धैर्यताको साथ सङ्गति गरे, र मैले त्यो रहस्यलाई बुझ्‍न सकेँ।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: ‘म जसरी गएको छु त्यसै गरी आउनेछु’ भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरूमाझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसलाई थाहा छैन र यसबारे अज्ञात रहन्छ। उहाँ अघि नै ‘सेतो बादलमा’ (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्‍ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ)

धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताको तृष्णा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ)

परमेश्‍वरका वचनहरू पढिसकेपछि, मिङ्ग्यीले यसो भन्दै सङ्गति गरे, “आखिरी दिनहरूमा हुने परमेश्‍वरको पुनरागमनका दुईवटा चरण छन्। पहिलो, उहाँ मानिसको पुत्रको रूपमा देहधारी भएर गुप्तमा आउनुहुन्छ। उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ, अनि अन्त्यमा विजेताहरूको समूह निर्माण गर्नुहुन्छ। त्यसपछि परमेश्‍वरको गुप्त देहधारणको काम समाप्त हुनेछ। त्यसपछि उहाँले ठूला-ठूला विपत्तिहरू पठाउनुहुनेछ, असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। ठूला-ठूला विपत्तिहरू समाप्त भएपछि, परमेश्‍वर बादलको सवारीमा आएर सबै राष्ट्रका सबै मानिसहरूकहाँ देखा पर्नुहुनेछ। यसले प्रभुको यो अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ: ‘र त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्ह देखा पर्नेछ: र त्यसपछि पृथ्वीका सबै जातिहरूले शोक गर्नेछन्: अनि तिनीहरूले मानिसको पुत्रलाई ठूलो शक्ति र वैभवसाथ स्वर्गको बादलमा आइरहेको देख्‍नेछन्(मत्ती २४:३०)। मानिसको सोचाइमा, प्रभु बादलको सवारीमा आउनुहुने समय सबै राष्ट्रका मानिसहरूको लागि ठूलो हर्षोल्लासको समय हुनुपर्ने हो, तर किन उहाँले वेदनाको रुवाइ हुनेछ भनेर भन्‍नुभयो? किनभने तिनीहरूले विरोध गरेका सर्वशक्तिमान्‌ परमेश्‍वर नै वास्तवमा फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूले देख्‍नेछन्। तर त्यो बेलासम्‍म, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भइसकेको हुनेछ। तिनीहरूले ‘प्रभु येशू सेतो बादलमा आउनुहुने कुरा’ बाहेक, अरू कुरालाई स्विकार्न इन्कार गरिरहेका हुनाले, प्रभुलाई स्वागत गरेर मुक्ति पाउने मौका गुमाएका हुन्छन्। तिनीहरूले रुन र दाह्रा किट्न, अनि दण्डित हुन मात्रै सक्‍नेछन्। देहधारी परमेश्‍वर काम गर्न गुप्तमा फर्केर आउनु मानिसको मुक्तिको लागि मात्र होइन, तर मानिसहरूलाई खुलासा गरेर हटाउनको लागि पनि हो भन्‍ने कुरा हामी देख्‍न सक्छौँ। परमेश्‍वरको भेडाले उहाँको सोर सुन्छ, र उहाँले देहमा रही गुप्तमा काम गर्नुहुँदा उहाँको सोर सुनेर उहाँलाई स्वीकार गर्नेहरू परमेश्‍वरको सिंहासनसामु आउँछन्। यी मानिसहरू परमेश्‍वरका भेडा हुन्, तिनीहरू बुद्धिमती कन्या हुन्, र हरेक दिन परमेश्‍वरको वचन पढ्छन्, र तिनीहरूलाई ख्रीष्‍टको आसनअगाडि न्याय गरिनेछ। आफ्नो भ्रष्टताबाट मुक्त हुन सक्ने अनि परमेश्‍वरको न्याय र सजायद्वारा शुद्ध हुन सक्‍नेहरूले विपत्तिहरूको बेला सुरक्षा पाउनेछन् र तिनीहरू बाँच्‍नेछन्। तर परमेश्‍वरको आवाज नसुन्‍ने र उहाँको विरोध गर्ने दुष्ट र दुष्टका शक्तिहरूलाई परमेश्‍वरको देहधारणको कार्यद्वारा खुलासा गरेर हटाइनेछ र अन्त्यमा तिनीहरू ठूला-ठूला विपत्तिहरूमा दण्डित हुनेछन्। गुप्तमा गरिने परमेश्‍वरको कामले भेडालाई बाख्राबाट, गहुँलाई सामाबाट, बुद्धिमती कन्यालाई निर्बुद्धि कन्याबाट, साँचो विश्‍वासीलाई झूटो विश्‍वासीबाट, असल नोकरलाई दुष्ट नोकरबाट अलग गर्छ—यी सबै कुरा प्रकट गरिन्छ। सबैलाई तिनीहरूको प्रकारअनुसार थाहै नपाई छुट्याइनेछ। परमेश्‍वरको कार्यको बुद्धि यही नै हो!” तिनीबाट यो सङ्गति सुनेपछि अचानक मेरो आँखा खोलियो। प्रभुको पुनरागमनसम्‍बन्धी बाइबलमा दिइएका अगमवाणीहरू यसरी पूरा हुनेछन् भन्‍ने थाहा पाएँ, र मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा परमेश्‍वरको अख्तियार देख्‍न सकेँ। परमेश्‍वरको उल्‍लङ्घन गर्न नसकिने धार्मिकताको त्यो बोध गरेपछि म डरले थुरथुर कामेँ। यदि म प्रभु बादलको सवारीमा आउनुहुन्छ भन्‍ने धारणामा नै अल्झिरहेँ र देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरूलाई स्वीकार गरिनँ भने, मैले मुक्ति पाउने मौका गुमाउँछु भन्‍ने मलाई थाहा थियो! साँचो मार्गको खोजी गर्ने अग्रसरता जनाएर प्रभुद्वारा त्यागिन र हटाइनबाट बच्‍न सकेकोमा म कति भाग्यमानी रहेछु भनेर मनमनै खुसी भएँ। त्यो दिन मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका केही खण्ड मात्र पढेर पनि प्रभुको पुनरागमनको रहस्यबारे केही कुरा सिकेँ। धेरै जना विश्‍वासीहरू फर्केर आउन नमान्‍नु कुनै अचम्म होइन भन्ने कुरा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेपछि थाहा पाएँ।

म आफ्नो अन्योलतालाई अझ हटाउन उत्सुक थिएँ, त्यसकारण मैले मिङ्ग्यीलाई थप प्रश्‍न गरिरहेँ, मैले भनेँ, “प्रभु येशू आफ्‍नो पुनरुत्थानपछि ४० दिनसम्म आफ्‍ना चेलाहरूकहाँ देखा पर्नुभयो, त्यसपछि पुनरुत्थान भएको आफ्नो आत्मिक शरीरमा नै आकाशमा उचालिनुभयो। हामीले प्रभु आखिरी दिनहरूमा संसारको न्याय गर्न आउनुहुँदा, ठूलो सेतो सिंहासनमा विराजमान, महिमित र विस्मयकारी आत्मिक स्वरूपमा देखा पर्नुहुन्छ र सारा मानिसहरूलाई न्याय गर्नुहुनेछ, अनि ठूलो पाप गर्नेहरू नरक जान्छन्, तर असल काम गर्नेहरू स्वर्ग जान्छन् भनेर नै सधैँ सोच्‍ने गरेका छौँ। तर तपाईंले प्रभु आखिरी दिनहरूमा आफ्‍नो न्यायको काम गर्न देहमा फर्केर आउनुहुन्छ भनेर गवाही दिनुहुन्छ। के यसको बाइबलीय आधार छ?” तिनले भने, “आखिरी दिनहरूमा परमेश्‍वर न्यायको काम गर्न मानिसको पुत्रको रूपमा देह बन्‍नुहुन्छ भन्‍नेबारे बाइबलमा अगमवाणीहरू दिइएका छन्। उदाहरणको लागि, ‘किनकि पूर्वबाट ज्योति निस्केर पश्‍चिमतिर देखा परेजस्तै: मानिसको पुत्रको पुनरागमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। ‘न त पिताले नै कुनै पनि मानिसको न्याय गर्नुहुन्छ, बरु उहाँले सबै न्यायको जिम्‍मा पुत्रलाई सुम्पनुभएको छ(यूहन्ना ५:२२)। ‘अनि उहाँले उहाँलाई न्याय गर्ने शक्ति दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्‍ना ५:२७)। ‘जसले मलाई घृणा गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, उसलाई न्याय गर्ने एउटा छ; मैले बोलेको वचन, त्यसले नै उसलाई आखिरी दिनहरूमा न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। ‘मैले तिमीहरूलाई अझै धेरै कुरा भन्‍नु छ: तर तिमीहरूले अहिले सुन्‍न सक्दैनौ। तर जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यता सिकाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘किनभने परमेश्‍वरको घरबाट न्याय सुरु हुनुपर्ने समय आएको छ(१ पत्रुस ४:१७)। यसमा ‘पुत्रलाई,’ र ‘मानिसको पुत्र’ भनेर उल्‍लेख गरिएको कुराले परमेश्वरको देहधारी रूपलाई जनाउँछ। आखिरी दिनहरूमा, परमेश्‍वरका आत्मा मानिसका पुत्रको रूपमा देह बन्‍नुहुन्छ र आफ्नो न्यायको काम गर्न सत्यताहरू घोषणा गर्नुहुन्छ, अनि परमेश्‍वरको घरबाट सुरु हुने न्याय यही हो। भन्‍नुको अर्थ, आखिरी दिनहरूका ख्रीष्‍टले आफ्नो न्यायको काम स्वीकार गर्नेहरूलाई सबै सत्यतामा प्रवेश गर्न डोर्‍याउँदै शुद्ध गर्न र मुक्ति दिन तिनीहरूमाझ सत्यता व्यक्त गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। देहधारी परमेश्‍वरले गुप्तमा गर्नुहुने काम यही हो। जहाँसम्‍म परमेश्‍वरको विरोध गर्नेहरू सबैको कुरा छ, उहाँले तिनीहरूलाई निराकरण गर्न विपत्तिहरूको प्रयोग गर्दै सीधै दोषी ठहर्‍याएर नष्ट गर्नुहुनेछ। आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान् परमेश्‍वरले परमेश्‍वरको घरबाट सुरु गरेर न्यायको काम गर्दै मानिसलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुहुन्छ। यसले आखिरी दिनहरूमा हुने प्रभुको पुनरागमनसम्‍बन्धी अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छ।” यो सुनेपछि मलाई झन् धेरै अन्तर्दृष्टि प्राप्त भयो। त्यसपछि, मिङ्ग्यीले सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनका थप केही खण्डहरू पढेर सुनाए र परमेश्‍वरले आखिरी दिनहरूमा किन आत्मिक स्वरूपमा आफ्‍नो न्यायको काम गर्नुहुन्‍न, तर देहमा व्यक्तिगत रूपमा नै त्यो काम गर्नुहुन्छ भन्‍नेबारे मसँग सङ्गति गरे।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्‍नुभएको भए, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचन लागु सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र त्यसबाहेक, ऊ उहाँको वचनको प्राप्तिमा प्रवेश गर्न सक्दछ। र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। परमेश्‍वर देह नबन्नुभएको भए, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो मुक्ति प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउने उपाय नहुनाले, तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))

यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यसरी मात्र उहाँको वचनद्वारा नतिजा प्राप्त गरिन्छ, आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अख्तियार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))

त्यसपछि तिनले मसँग यसो भन्दै सङ्गति गरे, “परमेश्‍वरका वचनहरूबाट हामी के बुझ्छौँ भने पहिलोपटक परमेश्‍वर देह बन्‍नुहुँदा, उहाँ मानिसको पाप लिन पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो, त्यसकारण हामीले प्रभुमा विश्‍वास गरेपछि हाम्रा पाप क्षमा हुन्छ। तर हाम्रो पापको जड अर्थात् हाम्रो पापी प्रकृति हामीभित्रै छ। हामीले निरन्तर पाप गरिरहेका अनि अहङ्कार, कपटीपन, र दुष्टताजस्ता भ्रष्ट स्वभावहरू प्रकट गरिरहेका हुन्छौँ। हामी झूट बोल्छौँ र छल गर्छौँ, र हामी घृणास्पद छौँ। विपत्ति आउँदा वा हाम्रो परिवारमा कठिनाइ आइपर्दा, हामी परमेश्‍वरलाई दोष दिने र आलोचना गर्ने गर्छौँ, अनि उहाँलाई इन्कारसमेत गर्छौँ। यो इन्कार गर्न नसकिने तथ्य हो। परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसकारण अशुद्ध व्यक्तिले उहाँलाई देख्‍न सक्दैन। हामी फोहोरी र भ्रष्ट छौँ, अनि हामी पाप गर्छौँ र परमेश्‍वरको विरोध गर्छौँ, तब हामी कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छौँ? जब प्रभु येशू आखिरी दिनहरूमा फर्केर आउनुहुन्छ, तब उहाँले मानिसलाई शुद्ध पार्न र परिवर्तन गर्न सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, ताकि मानिसहरूले आफ्‍नो पाप र भ्रष्टतालाई पूर्ण रूपमा त्याग्‍न सकून्, परमेश्‍वरले दिनुभएको मुक्ति पाएर उहाँको राज्यमा प्रवेश गर्न सकून्। आखिरी दिनहरूमा उहाँले गर्नुहुने न्याय मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि हो। त्यसकारण उहाँले आफ्‍नो काम देहमा गर्नु सबैभन्दा उचित हो। यदि परमेश्‍वरका आत्माले मानिसहरूको न्याय गर्नुहुने हो भने, तिनीहरूले शुद्ध हुन वा मुक्ति पाउन सक्नेथिएनन्। किनभने मानिसहरू मरणशील छन्, तिनीहरू देहका हुन्, र हामी सबैलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसकारण हामी शैतानी स्वभाव, फोहोर, र भ्रष्टताले भरिएका छौँ। हामी कहिल्यै पनि परमेश्‍वरका आत्माको नजिक पुग्‍न सक्दैनौँ। यदि उहाँका आत्माले हामीलाई सीधै न्याय गर्नुभयो भने, हाम्रो विद्रोह र अनाज्ञाकारिताको कारण हामीलाई मेटाइनेथियो। परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्‍नु त गर्जन र चट्याङजस्तै हुनेथियो। हामीले नबुझ्‍ने मात्र होइन, तर यसले हामीलाई भयभीत तुल्याउनेथियो। मानवजातिलाई त्यसरी न्याय गर्दा चाहेको उद्देश्य हासिल हुनेथिएन। म तपाईंलाई एउटा उदाहरण दिन्छु। मानौँ एउटा सानो चरा घाइते भएको रहेछ र हामी यसलाई सहयोग गर्न चाहन्छौँ, तर यो हामीदेखि डराएको हुन्छ र हामीलाई त्यसको नजिक जान दिँदैन, किनभने यो हामीभन्दा पूर्ण रूपमा पृथक छ, र यसले हामीले बोलेको कुरा र हाम्रा अभिप्राय बुझ्न सक्दैन। तर यदि हामी सानो चरामा परिणत भएर त्यसलाई सहयोग गर्न नजिक गयौँ भने, त्यो हामीदेखि डराउनेथिएन वा त्यसले हामीलाई विरोध गर्नेथिएन। त्यसरी नै, अत्यन्तै गहन रूपमा भ्रष्ट भएका हामी मानिसलाई राम्ररी मुक्ति दिन परमेश्‍वर देह बन्‍नुहुन्छ र सामान्य व्यक्तिको भेष धारण गर्नुहुन्छ। उहाँ सत्यता व्यक्त गर्नुहुन्छ, मानिसहरूले बुझ्न सक्ने भाषामा बोल्‍नुहुन्छ, अनि हाम्रो भ्रष्टता र विद्रोहीपन, साथै परमेश्‍वरलाई विरोध गर्ने हाम्रो पापी प्रकृति खुलासा गर्नुहुन्छ, यसरी हामीलाई उहाँको धर्मी स्वभाव देखाउनुहुन्छ, ताकि हामीले परमेश्‍वर एकदमै वास्तविक हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सकौँ। त्यसपछि उहाँले स्पष्ट रूपमा हामीलाई आफ्ना इच्‍छा र मागहरू, अनि मानिसहरूले अभ्यास गर्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताहरू बताउन पनि सक्‍नुहुन्छ, र यसरी हामीलाई हाम्रो स्वभाव परिवर्तन गर्ने र शुद्ध हुने मार्ग देखाउनुहुन्छ। परमेश्‍वरले आफ्‍नो काम देहमा गर्नुहुँदा हाम्रा धारणा र विद्रोहीपन अझै राम्ररी प्रकट हुन सक्छ। पहिलोपटक परमेश्‍वर देहधारण गरी काम गर्न आउनुहुँदा, प्रभु येशूका काम र वचनहरू अख्तियारपूर्ण र शक्तिशाली छन् भनेर फरिसीहरूलाई राम्ररी थाहा थियो, तर तिनीहरूले उहाँ महान् मानिसजस्तो देखिनुहुन्‍न, उहाँ सिकर्मीको छोरा हुनुहुन्छ, अनि उहाँले भन्‍नुभएका र गर्नुभएका कुराहरू तिनीहरूका धारणा र कल्‍पनाहरूसँग मिल्दैनन् भन्‍ने देखे, त्यसकारण तिनीहरूले यसबारे जाँच गर्नसमेत मानेनन्, अनि उहाँलाई इन्कार र निन्दा मात्रै गरे, अनि अरूलाई परमेश्‍वरको काम अनुसन्धान गर्नबाट रोके। अन्त्यमा, तिनीहरूले प्रभु येशूलाई क्रूसमा टाँगे। आखिरी दिनहरूमा परमेश्‍वर आफ्‍नो न्यायको काम गर्न फेरि देहधारी हुनुभएको छ, अनि परमेश्‍वर बोल्‍न र आफ्‍नो काम गर्न देहमा आउनुभएको कुरा मानिसहरूका धारणासँग नमिलेको कारण, हामी परमेश्‍वरलाई आफ्नो अहङ्कारद्वारा हदबन्दी गर्छौँ, उहाँको आलोचना र उहाँको कामको विरोध गर्छौँ। विशेषगरी धार्मिक संसारका पादरीवर्गले परमेश्‍वरलाई पागलले झैँ विरोध गरिरहेका, दोष दिइरहेका, र निन्दा गरिरहेका छन्। यदि परमेश्‍वरले यो काम गर्न देहधारण नगरी न्यायको काम गर्न पवित्र आत्मा आउनुभएको भए, कसले उहाँलाई यत्तिका अनादर गर्ने आँट गर्थ्यो र? के त्यसले मानिसहरूको भ्रष्टता प्रकट गर्न सक्थ्यो? देहमा आउनुभएका परमेश्‍वरले मात्रै हाम्रा सबै विद्रोहीपन, भ्रष्टता, र परमेश्‍वरसम्‍बन्धी धारणाहरूलाई प्रकट गर्न सक्‍नुहुन्छ। सत्यतालाई प्रेम गर्नेहरूले उहाँको न्याय र प्रकाशहरूद्वारा आफ्‍नो भ्रष्ट स्वभाव, अनाज्ञाकारी प्रकृति र परमेश्वरप्रति विद्रोहीपनको शैतानी प्रकृतिलाई पहिचान गर्न सक्छन्। तिनीहरूले पश्‍चात्ताप गर्न र आफूलाई घृणा गर्न सक्छन्, र अन्त्यमा उहाँका वचनहरूद्वारा तिनीहरूलाई विजय र शुद्ध पारिन्छ, अनि परमेश्‍वरले तिनीहरूलाई आफ्‍नो राज्यमा लैजानुहुन्छ। तर आफ्‍नै धारणा र कल्‍पनाहरूमा जिद्दी गरेर परमेश्‍वरलाई इन्कार र विरोध गर्ने, सत्यता स्वीकार गर्न नमान्‍ने, तर परमेश्‍वरसँग लड्न जोड गर्नेहरूलाई उहाँले सामाका रूपमा खुलासा गर्नुहुनेछ। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको कामले खुलासा गर्ने दुष्टका सेवकहरू र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले मुक्ति नपाउने मात्र होइन, तर परमेश्‍वरले तिनीहरूलाई फरिसीहरूलाई जस्तै श्राप र दण्ड दिनुहुनेछ। त्यसकारण, देहधारी परमेश्‍वर आखिरी दिनहरूमा आफ्नो न्यायको काम गर्न आउनु भ्रष्ट मानवजातिलाई मुक्ति दिनको लागि सबैभन्दा उपयोगी कुरा हो।”

मिङ्ग्यीको सङ्गतिले मलाई निकै अन्तर्दृष्टि प्रदान गर्‍यो। मलाई व्यवस्थाको युगको याद आयो। जब यहोवा परमेश्‍वर सीनै पर्वतमा इस्राएलीहरूको अघि देखा परेर बोल्‍नुभयो, तब तिनीहरूले परमेश्‍वरको आवाजलाई गर्जनजस्तो सुने र तिनीहरू डरए। तिनीहरूले मोशालाई भने, “तपाईं हामीसँग बोल्‍नुहोस्, अनि हामी सुन्‍नेछौं: परमप्रभु हामीसँग नबोलून्, नत्र हामी मर्नेछौँ” (प्रस्थान २०:१९)। परमेश्‍वर पवित्र हुनुहुन्छ, र हामी भ्रष्ट मानव हौँ। हामीले परमेश्‍वरका आत्मासँग प्रत्यक्ष सम्पर्क गर्न सक्दैनौँ। मैले प्रभु येशू देहको रूपमा फर्केर आइसक्‍नुभएको छ भन्‍ने खबर पहिलोपटक सुनेको घटना पनि मलाई याद आयो। म धारणा र प्रतिरोधले भरिएको थिएँ, र म असह्य अहङ्कारी थिएँ। यसबारे खोजनिधी वा जाँच नगरी, मैले सम्भवतः प्रभु देहमा आउन सक्‍नुहुन्‍न भनेर अन्धाधुन्ध निर्धारण र न्याय गरेँ। मैले मण्डलीमा प्रतिबन्ध लगाएँ, अरूलाई साँचो मार्ग अनुसन्धान गर्नबाट रोकेँ, र मेरी श्रीमतीलाई भेलाहरूमा जानबाट रोक्‍ने प्रयास गरेँ। मेरो व्यवहार प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूको भन्दा कसरी फरक भयो र? म अत्यन्तै अहङ्कारी र विद्रोही भएको थिएँ। यदि परमेश्‍वरका आत्माले न्यायको काम गर्नुभएको भए, म मेटिसकेको हुनेथिएँ, तब मैले कसरी परमेश्‍वरको मुक्ति पाउने मौका प्राप्त गर्नेथिएँ र? देहधारी परमेश्‍वरले न्यायको काम गर्नु साँच्‍चै नै उहाँले मानिसलाई दिनुभएको मुक्ति हो! देहधारी परमेश्‍वरले आखिरी दिनहरूमा आफ्‍नो काम गर्नु अत्यावश्यक थियो!

मिङ्ग्यीले त्यसपछि मसँग थप एक-दुईपटक सङ्गति गर्नुभयो र मैले सर्वशक्तिमान् परमेश्‍वरका धेरै वचनहरू पढेँ। उहाँका वचनहरूबाट मैले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका तीन चरणाका कामको भित्री कथा र अर्थ, परमेश्‍वरका देहधारणहरूको रहस्य, उहाँका नाउँहरूको रहस्य, बाइबलको भित्री सत्यता, उहाँको आवाज कसरी सुन्‍ने, झूटा ख्रीष्‍टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी छुट्याउने, परमेश्‍वरले कस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ, उहाँले कस्ता मानिसहरूलाई हटाउनुहुन्छ इत्यादि कुरा सिकेँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू जति धेरै पढेँ, उहाँको काम र इच्‍छालाई त्यति नै बुझेँ। मैले पहिले नबुझेका बाइबलका धेरै रहस्य बुझेँ, र पहिले कहिल्यै नठम्याएका धेरै कुरा स्पष्ट भए। यो मेरो लागि एकदमै पोषणयुक्त थियो। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वरको आवाज हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएका एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराप्रति म हृदयदेखि नै निश्‍चित भएँ! किनभने परमेश्‍वरले मात्रै सत्यताहरू घोषणा गर्न, रहस्यहरू प्रकट गर्न, र हामीलाई अनन्त सत्यता र जीवन दिन सक्‍नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै साँच्‍चै फर्कनुभएका प्रभु हुनुहुन्छ! म बाइबलका वचनहरूको शाब्दिक अर्थमा टाँसिएर बस्ने गर्थेँ, र परमेश्‍वरलाई आफ्ना धारणा र कल्‍पनाहरूको आधारमा चित्रित गर्थेँ। मैले परमेश्‍वरको नयाँ कामलाई जाँचिनँ, तर फर्कनुभएका परमेश्‍वरलाई जिद्दी भई इन्कार गरेँ। मैले परमेश्‍वरको विरोध गर्ने फरिसी बनेर प्रभुको पुनरागमनलाई स्वागत गरी स्वर्गमा प्रवेश गर्ने मौका झण्डै गुमाएँ। यदि पवित्र आत्‍माले मलाई समयमा नै अगुवाइ गरेर नबचाउनुभएको भए, म पक्‍कै पनि मेरा धारणाहरूद्वारा बरबाद हुनेथिएँ। परमेश्‍वरको कृपा र मुक्तिले गर्दा नै मैले उहाँको पुनरागमनलाई स्वागत गरेर उहाँको विवाह-भोजमा सहभागिता जनाउन सकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको आवाज सुन्‍नु र प्रभुलाई स्वागत गर्नु

लुइस, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक...

त्रीएकत्वको रहस्य खुलासा

म २० वर्षअघि एक जना एल्डर मार्फत इसाई भएको थिएँ। उहाँले मलाई ब्रह्माण्डका सबै कुरामध्ये साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्