मैले बल्‍ल शुद्धीकरणको बाटो भेट्टाएँ

16 डिसेम्बर 2024

रिचार्ड, अमेरिका

मेरो जन्‍म क्याथोलिक परिवारमा भएको थियो। म १३ वर्षको हुँदा प्रश्‍नोत्तरी अध्ययन गर्न थालेँ र बप्तिस्मा लिएर आधिकारिक रूपमा क्याथोलिक भएँ। त्यसपछि, मैले परमेश्‍वरको सेवा गर्न पादरी बन्‍ने सङ्कल्प गरेँ। २२ वर्षको हुँदा म क्याथोलिक मठमा गएँ जहाँ मैले धर्मविज्ञान र धर्मशास्‍त्र अनि अरू केही विषय अध्ययन गरेँ। तर केही समय बितेपछि पनि मलाई परमेश्‍वरको नजिक भएको अनुभव भएन, र विवाह गरेर परिवार बसाउने मेरो इच्‍छा पलाइरह्यो। म प्रार्थना गरिरहन्थेँ, तर पनि मैले यसलाई हटाउन सकिनँ। स्वर्गको राज्यमा प्रवेश गर्न सकूँ भनेर मैले परमेश्‍वरको अगाडि शुद्धता राख्छु भनी शपथ खाएको थिएँ तर मलाई त्यो प्रतिबद्धता त्याग्‍न मन लाग्यो। के मैले पाप गरिरहेको र परमेश्‍वरलाई झूट बोलिरहेको थिइनँ र? म कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्थेँ र? म १० वर्षसम्‍म त्यो इसाई मठमा बसेँ। स्नातक गरेपछि म इन्डोनेसियाको एउटा मठमा गएर अर्को एक वर्ष बसेँ तर बेला-बेला मनमा अशुद्ध विचारहरू आइरहन्थे। म निकै निरूत्साहित भएको थिएँ। अध्ययन पूरा गरेपछि मैले साधारण सदस्य बन्‍ने निर्णय गरेँ। म घर गएँ र विवाह गरेँ। तर दैनिक जीवनमा म घरका सानातिना कुराहरूका विषयमा मेरी श्रीमतीसँग प्रायजसो बहस गर्थेँ र त्यति धैर्यता देखाउँदिनथिएँ। कहिलेकहीँ आफ्‍ना हितहरूको रक्षा गर्न झूट बोल्थेँ। यी कुराका लागि गल्ती स्वीकार्न र पश्‍चात्ताप गर्न म बारम्‍बार परमेश्‍वरको अघि आउँथेँ तर पनि ती कुरा गरिरहन्थेँ। म मासमा गएर अनि अझै बढी प्रार्थना गरेर परमेश्‍वरसँगको मेरो सम्‍बन्धलाई सुधार्न चाहन्थेँ, तर त्यस कार्यले मेरा समस्याहरूलाई समाधान गरेन।

त्यसपछि म २०१४ मा अमेरिका आएँ। मैले मासमा अरू दुई सदस्य ली र लीयूलाई भेटेँ। मौका पाउँदा म तिनीहरूसँग विश्‍वासका मामिलाहरू बारे छलफल गर्थेँ। एकपटक हामीले धर्मशास्त्र आदानप्रदान गरिरहेका बेला लीयूले के बताए भने उनले एक जना बाइबलका ज्ञाता र पूर्वीय ज्योतिमा विश्वास गर्ने भक्त डिकनलाई चिनेका छन्। उनले मण्डलीका अरू जोशिला केही सदस्यहरू पनि यसमा लागेका छन् भनेर भने। पूर्वीय ज्योति कस्तो मण्डली रहेछ र किन धेरै जना उत्साही विश्‍वासी यसमा लागेका छन् भनेर उनले सोचेँ। म पनि यस कुराद्वारा अन्योलमा परेको थिएँ, किनभने मैले पनि पूर्वीय ज्योतिमा लागेका एक जना भक्त डिकनलाई चिनेको थिएँ। पूर्वीय ज्योतिले के प्रचार गर्छ वा यसले किन यति धेरै जना भक्त विश्‍वासीलाई आकर्षित गरेको छ मलाई थाहा थिएन। के यसले पवित्र आत्‍माको प्रेरणा पाएको हुन सक्छ? मैले यसको बारेमा जाँच गर्नुपर्छ र यसले त्यस्तो के विशेष कुरा प्रचार गर्छ भनेर हेर्नुपर्छ भन्ने मलाई लाग्यो। यदि यसले मलाई मेरो भक्तिमा र परमेश्‍वरलाई चिन्‍न सहायता गर्न सक्छ कि भन्‍ने मैले सोचेँ। यो सोचेपछि, मैले ली र लीयूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे गएर बुझ्‍ने चाहना छ भनेर बताएँ। तिनीहरू मसँग जान राजी भए।

त्यहाँ पुगेएपछि, एक जना सिस्टरले हामीलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको व्युत्पत्ति र विकास शीर्षकको भिडियो देखाइन्। यसबाट मैले के थाहा पाएँ भने मैले धेरै अघिदेखि अपेक्षा गरेजस्तै प्रभु येशू फर्केर आइसक्‍नुभएको छ। उहाँ देहमा आउनुभएका सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, जसले आखिरी दिनहरूको न्यायको काम गर्नका लागि सत्यताहरू व्यक्त गरिरहनुभएको छ। त्यसैले सत्यतालाई प्रेम गर्ने र परमेश्‍वरको आगमनको तृष्णा गर्ने सबै सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्छन्, ती सत्यता र परमेश्‍वरका आवाज हुन् भनेर बुझ्छन्, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गर्छन्। साथै, सर्वशक्तिमान् परमेश्‍वरको सुसमाचार पूर्वको चीनबाट पश्चिमका धेरैवटा देशमा फैलिएको छ, र यसरी प्रभु येशूको अगमवाणी पूरा भएको छ: “जसरी बिजुली पूर्वबाट चम्किँदा पश्‍चिमसम्मै चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। यो अगमवाणी त्यसरी पूरा भएकोमा म निकै चकित भएँ। मैले यतिका वर्ष यो वचन पढेर पनि बुझेको थिइनँ। त्यसपछि एक जना ब्रदरले बाइबल र परमेश्‍वर नामक सुसमाचार चलचित्र देखाए। यो चलचित्रले अझै गहन रूपमा मेरो मन छोयो र बाइबलमा धेरै रहस्य रहेछन् भन्‍ने मलाई थाहा भयो। मैले एकदमै धेरै आत्मिक पुस्तकहरू पढेको थिएँ तर कुनै पनि धर्मशास्‍त्री वा बाइबल व्याख्याकर्ताले बाइबलमा लुकेको सत्यता, यो कसरी अस्तित्वमा आयो, र परमेश्‍वरसँगको यसको सम्‍बन्धलाई यति स्पष्ट रूपमा व्याख्या गरेको कहिल्यै देखेको थिइनँ। त्यो चलचित्रबाट मैले धेरै कुरा सिकेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सुनिसकेपछि धेरै जना जोशिला विश्‍वासीले किन उहाँलाई ग्रहण गरे भन्‍ने कुरा मैले देख्‍न सकेँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम बारे अनुसन्धान गर्ने निर्णय गरेँ।

हाम्रा छलफलहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले के बताए भने आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई सधैँका लागि शुद्ध पार्न र मुक्ति दिनका लागि परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। यो सुन्दा म अन्योलमा परेँ, किनभने प्रभु येशूले क्रूसमा टाङ्गिरहनुभएको बेला “यसलाई पूरा गरिएको छ” भनेर भन्‍नुभएको छ। त्यसको अर्थ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य पूरा भएको छ भन्‍ने हुनुपर्ने हो, त्यसैले किन परमेश्‍वरले हामीलाई शुद्ध पार्न र मुक्ति दिनका लागि न्याय गर्नु आवश्यक छ र? म यसबारे पत्ता लगाउन चाहन्थेँ तर ढिला भइरहेको थियो, त्यसैले मैले भोलिपल्‍ट आउने बन्दोबस्त मिलाएँ। घरतिर लाग्दा म निकै हर्षित थिएँ। त्यस दिनको सङ्गतिबाट मैले धेरै कुरा सिकेको थिएँ र म प्रभुको नजिक भएको छु जस्तो लाग्यो। सर्वशक्तिमान् परमेश्‍वरको काम वास्तवमा नै प्रभुका आखिरी दिनहरूको काम हो जस्तो देखिन्थ्यो। प्रभु साँच्‍चै नै फर्किनुभएको हो र म पनि पत्रुसजस्तै उहाँसँगै जिउन पाएँ भने त राम्रो हुनेथियो। यो सोचाइले निकै उत्साहित बनायो र भोलिपल्‍टको भेला कहिले आउला भन्‍ने लाग्यो।

भोलिपल्‍ट काम सक्‍नेबित्तिकै, म हाम्रो भेला हुने स्थानमा हतार-हतार गएँ र समय खेर नफाली सिस्टरलाई सोधिहालेँ, “तपाईँ भन्‍नुहुन्छ, प्रभु येशू फर्केर आइसक्‍नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। त्यो कसरी हुन सक्छ? क्रूसमा टाङिरहनुभएको बेला उहाँले यसो भन्‍नुभयो ‘यसलाई पूरा गरिएको छ।’ त्यसको अर्थ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य पूरा भयो। हाम्रो पाप हाम्रो विश्‍वासद्वारा क्षमा हुन्छ—हामी विश्‍वासद्वारा नै धर्मी ठहरिन्छौँ र मुक्ति पाउँछौँ, अनि जब प्रभु आखिरी दिनहरूमा आउनुहुन्छ तब उहाँले हामीलाई सिधै आफ्‍नो राज्यमा लैजान सक्‍नुहुन्छ। उहाँले किन थप मुक्तिको काम गर्नुहुन्छ र?”

ती सिस्टरले भनिन्, “प्रभु येशूले भन्नुभयो, ‘यसलाई पूरा गरिएको छ’ किनभने उहाँको छुटकाराको काम पूरा भएको थियो। यसको अर्थ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका सबै कार्य पूरा भएको थियो भन्‍ने होइन। प्रभु येशूले ‘यसलाई पूरा गरिएको छ’ भन्नुभएको आधारमा हामीले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा भयो र उहाँ फर्केर आउनुहुँदा उहाँले नयाँ काम गर्नुहुन्‍न भनेर निर्धारण गर्छौँ भने, प्रभु येशूले किन यी अगमवाणीहरू गर्नुभयो त? प्रभुले भन्‍नुभयो: ‘मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ(यूहन्‍ना १६:१२-१३)। ‘मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। १ पत्रुस ४:१७ मा पनि यसो भनिएको छ: ‘किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।’ यी अगमवाणीहरूले के देखाउँछन् भने, आखिरी दिनहरूमा प्रभु फर्कनुहुँदा उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन अझै धेरै सत्यता व्यक्त गर्नुहुनेछ र न्यायको काम गर्नुहुनेछ। यदि हामीले मानव धारणाहरूअनुसार सोच्छौँ र परमेश्‍वरको मुक्तिको काम पूर्ण रूपमा सकियो भनेर भन्छौँ भने, यी अगमवाणीहरू कसरी पूरा हुनेछन्? बाइबलले पनि आखिरी दिनहरूमा प्रभुले बाख्राबाट भेडा, सामाबाट गहूँ, निर्बुद्धि कन्याहरूबाट बुद्धिमती कन्या, र खराब नोकरहरूबाट असल नोकरहरू अलग गरेर हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ भनेर अगमवाणी गरेको छ। प्रभु येशूले भन्‍नुभयो: ‘असल बिउ रोप्‍ने मानिसको पुत्र नै हो; जमिन संसार हो; असल बिउ राज्यका सन्तान हुन्; तर सामाहरू दुष्टका सन्तान हुन्;ती छर्ने शत्रु दियाबलस हो; फसलचाहिँ संसारको अन्त हो; र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन्। यसकारण जसरी सामाहरूलाई जम्मा गरेर आगोले जलाइन्छ; संसारको अन्तमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरू पठाउनेछ, र तिनीहरूले उल्लङ्‌घन गर्ने र अधर्म गर्ने सबै थोकहरूलाई उसको राज्यबाट जम्मा गर्नेछन्; अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्: त्यहाँ विलाप र दाह्रा किटाइ हुनेछ। त्यसपछि धर्मीजनहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्किऊन्। सुन्‍ने कानहरू हुनेले, सुनोस्(मत्ती १३:३७-४३)। प्रकाशको पुस्तकले पनि आखिरी दिनहरूमा परमेश्‍वरले विजेताहरूको समूह बनाउनुहुनेछ र उहाँको राज्य पृथ्वीमा आउनेछ भनेर अगमवाणी गरेको छ। यी सबै प्रभुले आखिरी दिनहरूमा गर्नुहुने काम हुन्। यदि हामी प्रभु येशूले भन्‍नुभएको ‘यसलाई पूरा गरिएको छ’ को अर्थ मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कार्य पूर्णतया पूरा भएको छ भन्‍ने मानव बुझाइलाई पछ्याउँछौँ भने, ती अगमवाणीहरू कसरी पूरा हुनेछन्? त्यसकारण प्रभुका वचनहरूको यो बुझाइ स्पष्ट रूपमा गलत छ, र प्रभुको आशय र परमेश्‍वरको कामको वास्तविकताअनुरूप छैन।”

यी सिस्टरको सङ्गतिद्वारा म पूर्ण रूपमा विश्‍वस्त भएँ, र शिर हल्‍लाउँदै उनको कुरा सुनिरहेँ। मैले यस्तो स्पष्ट कुरा किन कहिल्यै बुझिनँ? उनले त्यसपछि सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूका धेरै वटा खण्ड पढिन्: “किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। “परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; नत्र, कुनै पनि मानवता किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। … दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)

सर्वशक्तिमान्‌ परमेश्‍वरका यी वचनहरू पढिसकेपछि, ती सिस्टरले यो सङ्गति दिइन्: “प्रभु येशूले अनुग्रहको युगमा छुटकाराको काम गर्नुभयो र मानवजातिलाई तिनीहरूको पापबाट छुटकारा दिनुभयो। हामीले उहाँमा विश्‍वास गर्‍यौँ, प्रार्थना, पाप स्वीकार, र पश्‍चात्ताप गर्‍यौँ भने हाम्रो पाप क्षमा हुन्छ। हामीले प्रभुका अनुग्रह पाउन सक्छौँ, र हाम्रो पापका लागि व्यवस्थाअनुसार दोषी ठहरिएर दण्डित हुँदैनौँ। ‘विश्‍वासद्वारा मुक्ति पाउनु’ को वास्तविक अर्थ र प्रभु येशूको छुटकाराको कामले हासिल गरेको कुरा यही हो। प्रभु येशूले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र उप्रान्त हामी कुनै पनि स्पष्ट पाप गर्दैनौँ; कहिलेकहीँ हामी असल कामहरू गर्छौँ। तर हामी अझै पनि पापबाट मुक्त छैनौँ। हामी आफ्‍नो हितका लागि अझै पनि झूट बोल्‍ने र धोका दिने गर्छौँ, हामी लोभी, डाही, घृणा गर्ने छौँ, अनि दुष्ट विचारहरू पाल्छौँ। हामी सांसारिक प्रचलनहरूको प्रलोभनलाई प्रतिरोध गर्न सक्दैनौँ, हामी पैसाको लालच गर्छौँ अनि अभिमान मन पराउँछौँ। हामीलाई मन नपर्ने कामहरू गर्ने मानिसलाई हामी धाक देखाएर तिरस्कार गर्छौँ। हामी अहङ्कार, छलीपन, सत्यतादेखि वाक्क लाग्ने र यस्तै धेरै शैतानी स्वभावले भरिएका छौँ। यी शैतानी स्वभावहरू बाहिरी पापहरूभन्दा अझै गहन हुन्छन् र तिनले अझै गहिरो जरा गाडेका हुन्छन्। शैतानले नै ती कुरा हामीमा राखिदिएको हुन्छ र हामीले पाप गर्नु र परमेश्‍वरको विरोध गर्नुको जड तिनै हुन्। यी कुराहरू नहटाएसम्‍म, हामी पाप नगरी बस्‍नै सक्दैनौँ र हामी पापको बन्धनबाट मुक्त हुन सक्दैनौँ। बाइबलले भन्छ: ‘तिमीहरू पवित्र बन; किनभने म पवित्र छु(१ पत्रुस १:१६)। परमेश्‍वर पवित्र हुनुहुन्छ र उहाँको राज्य पनि पवित्र नै छ। उहाँले फोहोरी मानिसलाई यहाँ प्रवेश गर्न दिनुहुन्‍न। हामीमध्ये हरेक दिन पाप गर्नेहरू पापका दास हुन्, त्यसकारण हामी कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छौँ? प्रभु येशूको छुटकाराको काम मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको एउटा भाग मात्रै थियो, सम्पूर्ण भाग थिएन। हाम्रा पापहरू क्षमा मात्रै भएका छन् तर हामी पापबाट मुक्त भएका वा शैतानको प्रभावबाट बाहिर निस्केका छैनौँ। परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा प्राप्त गर्न बाँकी नै छ। आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ। उहाँले हाम्रा भ्रष्ट स्वभावलाई शुद्ध पार्न र परमेश्‍वरको विरोध गर्ने हाम्रो पापी शैतानी प्रकृतिलाई हटाउन सत्यताहरू व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, ताकि हामी पापको बन्धनबाट पूर्ण रूपमा निस्कन, पूर्णतया मुक्ति पाउन, र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सकौँ। सर्वशक्तिमान् परमेश्‍वरको आगमन र कामले असल र खराब नोकर, भेडा र बाख्रा, गहुँ र सामा, बुद्धिमती र निर्बुद्धि कन्यालाई पनि प्रकट गर्छ। प्रभुको आवाज सुन्‍न नमान्‍ने, सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई इन्कार र निन्दा गर्नेहरू निर्बुद्धि कन्या, सामा, र दुष्ट नोकरहरू हुन्, जो अन्तिममा विपत्तिमा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूमा परमेश्‍वरको आवाज चिन्‍ने र उहाँका आखिरी दिनहरूको काम स्वीकार गर्नेहरू बुद्धिमती कन्या, गहूँ, र भेडा हुन्। तिनीहरू आखिरी दिनहरूको न्यायबाट गुज्रनेछन्, तिनीहरूलाई शुद्ध पारिनेछन्, र अन्त्यमा परमेश्‍वरको राज्यमा ल्याइन्छ। यसले प्रकाशको पुस्तकको अगमवाणीलाई पूर्ण रूपमा पूरा गर्छ। त्यसकारण जब परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम समाप्त हुन्छ, तब मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन कार्य पूर्ण रूपमा पूरा हुनेछ।”

उनको सङ्गतिले मेरो आँखा खोलिदियो। मैले के थाहा पाएँ भने प्रभु येशूले छुटकाराको काम मात्रै गर्नुभयो र सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको न्यायको कामले मात्रै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन सक्छ। हामी आफ्नो विश्‍वासको कारण हाम्रो पापबाट छुटकारा पाउँछौँ, तर हाम्रो पापी प्रकृतिले अझै गहिरो जरा गाडेर बसेको छ, त्यसैले हामी निरन्तर पाप गर्ने र स्वीकार गर्ने अवस्थामा जिउँछौँ। पहिले मैले गर्न सक्ने भनेकै आफूलाई पाप नगर्न, धर्मशास्‍त्र पढ्न, र मठका नियमहरू पालन गर्न जबरजस्ती गर्नु थियो, तर यसले मलाई पाप गर्नबाट रोक्‍न सक्दैनथियो। त्यसपछि मैले के बुझेँ भने पापमय अवस्थाको समस्यालाई समाधान गर्ने एउटै मात्र तरिका भनेको आखिरी दिनहरूमा परमेश्वरको न्याय भोगेर शुद्ध हुनु हो। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानिसहरूलाई शुद्ध पार्न कसरी न्यायको काम गर्नुहुन्छ भनेर मैले यी सिस्टरलाई उत्सुकताका साथ सोधेँ। उनले परमेश्‍वरका वचनहरू पाठ गरिएको एउटा भिडियो देखाइन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ: “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। हामीले भिडियो हेरेपछि उनले आफ्‍नो सङ्गतिलाई जारी राखिन्। “सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूलाई न्याय गर्न र शुद्ध पार्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। उहाँले शुद्ध हुन र पूर्ण मुक्ति पाउनका लागि भ्रष्ट मानवजातिले बुझ्‍न र प्रवेश गर्न चाहिने सबै सत्यता व्यक्त गर्नुहुन्छ। उहाँले आफ्‍नो ६,००० वर्षे व्यवस्थापन योजनाका रहस्यहरू प्रकट गर्नुभएको छ, र परमेश्‍वरले देहमा गर्नुहुने कामका रहस्य, उहाँका आखिरी दिनहरूको न्यायको काम र उहाँका नामका रहस्यहरू खुलासा गर्नुभएको छ। उहाँले मानवजातिले किन पाप गर्छ र परमेश्‍वरको विरोध गर्छ त्यसको जड र शैतानले हामीलाई भ्रष्ट बनाउनुको सत्यता र सबै किसिमका भ्रष्ट स्थितिहरूको सत्यतालाई पनि प्रकट गर्नुहुन्छ। त्यसबाहेक, उहाँले परमेश्‍वरको पवित्र, धर्मी, चिढ्याउन नसकिने स्वभाव पनि प्रकट गर्नुहुन्छ र कसले उहाँलाई खुसी पार्छ, कसले उहाँमा घृणा जगाउँछ, परमेश्‍वरको राज्यमा को प्रवेश गर्न सक्छ र कसले दण्ड पाउनेछ, अनि हरेक प्रकारका व्यक्तिको गन्तव्य र परिणामबारे पनि हामीलाई बताउनुहुन्छ। उहाँले हामीलाई हाम्रो जीवन स्वभाव परिवर्तन गर्ने मार्ग पनि दिनुहुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरू अहिले परमेश्‍वरका वचनहरूको न्याय र सजायबाट गुज्रिरहेका छन् र तिनीहरूले शैतानले हामीलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, हामी अहङ्कार र छलीपनजस्ता शैतानी स्वभावहरूले भरिएका छौँ। हामी मानव रूपमा अलिकति पनि जिउँदैनौँ। हामी कुनै उल्‍लङ्घन नसहने परमेश्‍वरको धर्मी स्वभावलाई पनि देख्छौँ र परमेश्‍वरप्रति आदरभाव विकास गर्छौँ, साँचो रूपमा पश्‍चात्ताप गरेर आफूलाई घृणा गर्न थाल्छौँ, र देहसुख त्यागेर सत्यता अभ्यास गर्न इच्‍छुक हुन्छौँ। त्यसपछि हाम्रा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा परिवर्तन हुँदै जान्छन् र हामी उप्रान्त परमेश्‍वरप्रति यति विद्रोही र अवज्ञाकारी हुँदैनौँ, तर उहाँप्रति केही समर्पणता प्राप्त गर्छौँ।” सङ्गतिपछि उनले मलाई साँचो ज्योति देखा पर्दा नामक गवाही भिडियो देखाइन्। मुख्य पात्रसँग सानातिना केही प्रतिभा भएको कारण तिनले अरूमाथि हक जमाउने, र सबैलाई तुच्छ ठान्नेगर्छन्। तिनी अहङ्कारी र धाक लगाउने हुन्छन् र सबैले तिनको कुरा मानून् भन्‍ने चाहन्छन्। तिनी एक विश्‍वासी हुन्छन् र धेरै प्रार्थना गर्ने र पाप स्वीकार गर्ने गर्छन्, तर तिनी नरिसाई बस्‍न सक्दैनन् र अरूलाई हप्काउने गर्छन्। तिनका सबै सहकर्मी तिनीबाट टाढा बस्‍ने गर्छन् र तिनकी श्रीमती र छोरी पनि तिनीदेखि डराउँछन्। तिनको विश्वासपात्र कोही पनि हुँदैन। पापमा जिएर तिनले नराम्ररी दुःख पाउँछन्। तिनले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन्, अनि परमेश्‍वरका वचनहरूको न्याय र प्रकाशबाट तिनले सधैँ आफूलाई पहिलो स्थानमा राख्‍ने गरेको, आफ्नै बढिबढाइ गर्नेगरेको र अरूलाई आफ्‍नो कुरा मान्‍न लगाउने गरेको कारण त आफू अहङ्कारी र अविवेकी व्यक्ति भएकोले रहेछ, र यी शैतानी स्वभावका अभिव्यक्तिहरू हुन् भन्‍ने थाहा पाउँछन्। परमेश्‍वरले यस्तो कुरालाई घिन गर्नुहुन्छ र यस्तो कुराले अरूलाई टाढा बनाउँछ। यो कुरा थाहा पाएपछि तिनले साँचो रूपमा आफूलाई घृणा गर्छन् र पछुतो मान्छन्। त्यसपछि तिनले अरूसँग नरम व्यवहार गर्छन् र समस्याको सामना गर्दा तिनले देहसुखलाई त्याग्छन्, सत्यता खोजी गर्छन्, र अरूको कुरा सुन्छन्। तिनी क्रमिक रूपमा पहिलेको भन्दा कम अहङ्कारी बन्दै जान्छन्।

यो भिडियो हेर्दा म निकै उत्साहित भएँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन्, तिनले साँच्‍चै नै मानिसहरूलाई शुद्ध पार्न र परिवर्तन गर्न सक्छन् भन्‍ने कुरा देखेँ। मैले मौका पाउनसाथ सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्न र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सुसमाचारका भिडियो र भजन भिडियोहरू हेर्न थालेँ। जति हेरेँ, मेरो मनमा कुराहरू त्यति नै स्पष्ट हुँदै गए। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता र पवित्र आत्माका आवाज हुन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित भएँ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरको आवाज सुन्‍नु र प्रभुलाई स्वागत गर्नु

लुइस, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक...

आधुनिक फरिसीहरूको पहिचान गर्नु, परमेश्‍वरका पाइलाहरू पछ्याउनु

फाङ्ग्जिया, ब्राजिल मैले सबैभन्दा बढी सम्‍मान गरेका मानिसहरू पाष्टरहरू नै थिए “सिस्टर फ्याङ्ग सुन्‍नुस् त, सहर बाहिरको एक जना पाष्टर...

प्रकाश २२:१८-१९ को साँचो अर्थ बुझिसकेपछि, मैले खुशीसाथ फर्केका प्रभुलाई स्वागत गरे

युटिंग, जापान द्वारा प्रभु आउनुभएको छ भनेर सुनेपछि हिच्किचाउनु प्रभुमा मैले विश्वास गरेपछि, मैले मेरा पास्टरहरूले प्रायः यसो भनेका सुनें,...

अब उप्रान्त पैसाको लागि लामो समय कार्य नगरेकोले, मैले सुखी जीवन फेला पारें

अरूहरूले हेलाको दृष्टिले हेर्नबाट जोगिन, ऊ पैसा कमाउनको निम्ति एकदम प्रयत्न गर्छिन्, र दु:खको एक कटु खडेरीमा परि सुकिजान्छन्। चिन्तित र हराएकी, उनलाई परमेश्‍वरका वचनहरूले जीवनमा नयाँ दिशा दिन्छन्, ऊ अब पैसाको लागि लामो समय काम गर्दिनन्, र उनी खुशीको जीवन बिताउन थाल्दछिन्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्