वास्तविक व्यक्तिले जस्तो जिउने एउटै मात्र तरिका

11 अक्टोबर 2021

क्षिन्‍चेङ, चीन

मैले एक पटक एउटा जापानी लेखकले एउटा विक्रेताको बारेमा लेखेका उपन्यास पढेको थिएँ। ती विक्रेताले एक जना कपाल पातलो भएको चित्रकारलाई उनको कपालको समस्या समाधान हुन्छ भन्दै, कपाल लामो बनाउने सीरम, कपालमा लगाउने रङ्ग, वास्नादायी तेल, कपाल पातलो बनाउने कैँची, र कपाल काट्ने कैँची बेचे। ती चित्रकारले धेरै पैसा खर्च गरे तर उनी उही चिन्डे हुन लागेको अवस्थामा नै रहे। यहाँ लेखकले केही बेइमान विक्रेताहरूले गर्ने झूट कुरालाई देखाउन व्यंग्यको प्रयोग गरेका छन्। यस्तो कुरा झन्-झन् विग्रंदो छ तर कसैले समस्याको समाधान गर्न सक्दैन। म पनि पहिले यस्तै थिएँ। म धेरै पैसा कमाउनको लागि ग्राहकहरूलाई ठग्ने र झूट बोल्ने गर्थेँ। म त्यसैमा नै अल्झिँदै गएँ र आफैलाई रोक्न सकिनँ। त्यसपछि मैले सर्वशक्तिमान परमेश्‍वरको आखिरी दिनहरूका कामलाई स्वीकार गरेँ र सर्वशक्तिमान परमेश्‍वरको वचन पढेर केही सत्यताहरू बुझेँ। मेरो दृष्टिकोण परिवर्तन भयो र मैले परमेश्‍वरको वचनअनुसार सत्यताको अभ्यास गर्न र इमानदार बन्‍न थालें। खुला भएर र मानव जस्तै भएर जिउने एउटै मात्र उपाय यही हो।

मैले हजामको पसल खोल्ने बेलामा मैले इमानदार भएर व्यापार गर्छु भनेर प्रतिज्ञा गरेको थिएँ। मैले धेरै नाफा नखोजी त्यस्तै नै गरें। मैले मेरा ग्राहकको कपालमा गर्नुपर्ने सबै कुरा गर्थेँ र अरु हजामले लिनेभन्दा कम शुल्क लिन्थेँ। तर एक वर्षसम्म घाटाको व्यापार गरेपछि, मसँग अब घर भाडा, कर, सरसामान, कोठा तताउने आदिको लागि पैसा तिरेपछि २,००० युआनमात्र बाँकी रह्‍यो। मेरो पसलमा अरुको पसलमा भन्दा धेरै ग्राहक आउँथे तर मैले भन्दा उनीहरूले नै धेरै पैसा कमाउँथे। उनीहरूले ग्राहकलाई लुट्दै थिए र उही आधारभूत तरिका प्रयोग गरेर गलत प्रकारले नाफा कमाउँदैथिए भन्‍ने कुरा मलाई थाहा थियो। कहिलेकहीँ मलाई पनि त्यस्तै गर्न मन लाग्थ्यो तर पुरानो भनाइ छ, “गरिब तर गौरवान्वित”, त्यसैले त्यसरी पैसा कमाउन मलाई राम्रो लागेन। म जति नै गरिब भए तापनि, म इमानदार रहनुपर्छ भन्‍ने मलाई लाग्थ्यो। मैले यसबारेमा धेरै नै विचार गरें, तर मैले जति नै थोरै कमाए पनि मेरो विवेकअनुसार नै व्यापार गर्ने र असल मानिस बन्‍ने निर्णय लिएँ। तीन वर्ष यतिकै बितेर गयो, मसँगै काम सुरु गरेका अरु हजामहरूले अझ ठूलो पसल किनेका थिए वा व्यापार बढाएका थिए। कोही-कोहीको त आफ्नै गाडि पनि थियो तर म भने तीन वर्ष अगाडि जहाँ थिएँ अहिले पनि उही स्तरमा थिएँ।

एक दिन मेरा बुवा बिरामी हुनुभयो र अस्पतालमा भर्ना गर्नुपर्‍यो अनि उहाँको उपचारको लागि हजारौं हजार युआन खर्च लाग्नेथियो। मसँग त बचाएर राखेको पैसा खासै थिएन। मैले सकेजति पैसा सापटी मागेँ, तर त्यसले लाग्ने खर्चको आधाजति मात्र तिर्न पुग्यो। मैले सापटी लिएको रकम र त्यो कहिले सम्ममा तिरिसक्छु भन्‍ने कुरा अनिश्‍चित भएकोले मेरो मनमा युद्ध हुन थाल्यो: मैले अब ज्याला बढाउने हो कि? अलि धनी ग्राहकहरूलाई अलि महँगो गरूँ कि? म यस्तै अप्ठ्यारो स्थितिमा हुँदा मेरी साथीले भनिन्, “तिमी आफ्नो सम्मानको कुरामा अति नै आबद्ध भएको हुनाले नै तिमीलाई यस्तो समस्या भएको हो। अरु हजामको पसल गर्नेहरूले हजारौं हजार नाफा गर्छन् तर तिमिले त केही हजार मात्र नाफा गर्छौ। तिमी एकदम जिद्दी छौ। यदि तिमीले त्यो ऋण छिटै तिर्ने हो भने, तिमी आफ्नो व्यापारमा अलिक चलाख हुनुपर्छ। पैसा कमाउनको लागि तिमीलाई केही चलाख तरिकाहरू चाहिन्छ।” तिनी यति भनेर गइन् र अर्को पसलको मालिक आएर मलाई खिसी गरेर भने, “तिमी त यो पसल चलाउन एकदम सिपालु छौ! तिम्रो व्यापार राम्रो छ र सबैको बीचमा तिम्रो इज्जत पनि छ, तर यसले त्यति नाफा भने कमाउन सकेन। तिमी मदर टेरेसा बन्न चाहन्छौ? मसँग तिम्रो जस्तो सीप भएको भए, म त उहिल्यै धनी भैसक्नेथिएँ। तिमी साह्रै नै इमानदार छौ। कुनै पनि व्यापार गर्नको लागि त त्यसबारे सिपालु हुनुपर्छ तर तिमीले त आफैलाई थकित बनाउँदैछौ र पैसा पनि खासै कमाएका छैनौ। सबैले यस्तो भन्दैन र ‘दुनियाँ पैसाको इसारामा चल्छ’ अनि ‘मूर्खले मात्रै आफ्‍नो हातमा आएको पैसा लिँदैन’? तिमीले यस विषयमा विचार गर्नुपर्छ।” त्यो रात मलाई निन्द्रा लागेन, कोल्टो फेर्दै रात बिताएँ। “ती दुई जनाले भनेका कुरा ठीकै त हो,” मैले विचार गरें, “म सम्पूर्ण रूपमा नै इमानदार भएर व्यापार गर्छु, अनि कहिले पैसा कमाउने त? यस्तो भनाइ छ, ‘पैसा सबथोक होइन, तर योविना काम चल्दैन।’ एक पैसाले नायकलाई पनि जित्‍न सक्छ। अझ, मेरो बुवा अस्पतालमा हुनुहुन्छ र मैले उहाँको उपचारलाई ढीला गर्नु हुँदैन। मेरो बुवाको उपचार र ऋण तिर्नको लागि अलिअलि चलाखी तरिका अपनाएर पैसा कमाउन त ठीकै होला।” मैले यसरी नै आफूलाई सान्त्वना दिएँ र मेरा अलि धनी ग्राहकहरूबाट यसको प्रयोग सुरु गर्ने निर्णय लिएँ।

भोलिपल्ट, एक जना ग्राहक आफ्नो कपाल घुङ्ग्रिलो बनाउन आइन्। उनको लवाइ हेर्दा उनी निकै धनी जस्ती देखिन्थिन्, त्यसैले मैले यसलाई नै थप नाफा कमाउने मौकाको रूपमा लिएँ। उनले पैसा तिर्ने बेलामा मैले तुरुन्तै २०० युआन मागेँ। साँचो भन्नुपर्दा त्यति धेरै माग्दा मेरो मुटु बेसरी ढुकढुक गर्‍यो किनकि प्रायजसो मैले १२० युआन मात्र लिने गर्थें, त्यसकारण त्यति धेरै माग्दा उनले मलाई धेरै ज्याला लियो भनेर दोष लगाउने पो हुन् कि भनेर सोचेँ। यदि उनले ज्याला धेरै महँगो भयो भनिन् भने मैले अलिकति घटाइदिन सक्थेँ। दोषी भान भइरहेको हुनाले मैले उनको आँखामा हेर्न पनि सकिनँ। उनले खुशी भएर पैसा दिइन् र मेरो कामको पनि प्रशंसा गरिन्। उनी आफ्नो कपाल देखेर ज्यादै खुशी थिइन् र भनिन् यो कामको लागि त जति पैसा पनि दिन सकिन्छ। उनले आफ्ना साथीहरूलाई र परिवारका अन्य सदस्यहरूलाई पनि यहीँ आउने सल्लाह दिने कुरा बताइन्। उनी गएपछि केही बेरसम्म मलाई अशान्ति भयो। उनलाई मप्रति त्यति धेरै विश्‍वास थियो तर मैले उनलाई ठगेँ। म कस्तो अनैतिक मानिस। तर फेरि, “मूर्खले मात्रै आफ्‍नो हातमा आएको पैसा लिँदैन।” अनि मेरो ऋण पनि थियो, त्यसैले मैले मेरो दोषी भावनालाई दफनाइदिएँ। त्यस दिनदेखि मैले मेरो व्यापारप्रतिको धारणालाई परिवर्तन गरें। मेरो पसलमा कोही धनी ग्राहक आयो भने, तिनीहरूलाई मुस्कुराउँदै स्वागत गर्थेँ, र केही निश्‍चित सेवा र उत्पादनहरू प्रस्तावित गर्थेँ।

एक पटक, एउटी ग्राहकले आफ्नो कपाल धोएर मिलाउनुछ भनेर बताइन्। मैले विचार गरेँ, “कपाल धोएको त १० यूआनभन्दा पनि कम लाग्छ। त्यो भन्दा बढी कमाउनको लागि एउटा चलाखी गर्नुपर्‍यो।” त्यसकारण मैले भनें, “तपाईंको कपाल एकदम रूखो रहेछ। यदि तपाईंले यसको ख्याल गर्न सुरु गर्नुभएन भने तपाईंको कपाल झर्न थाल्न सक्छ, अनि फेरि स्त्रीहरूको लागि त कपाल दोस्रो अनुहार जस्तै हो। यदि कपालका समस्याहरू बढ्न थाले भने पछुताउन पनि ढीला भइसकेको हुनेछ।” मैले भनेका सबै कुराहरू सुनेर उनी विश्‍वस्त भइन् र उनले कपाल झर्नबाट रोक्ने र कपाललाई पोषण दिने कुराहरू किन्‍नको लागि ३०० यूआन खर्च गरिन्। त्यसपछि तातो तेलको उपचार पद्धतिको लागि उनी मेरो नियमित ग्राहक बनिन्। उनी गएपछि मलाई अलिकति अप्ठ्यारो महसुस भयो। मैले पैसा त पाएँ तर ती सामानहरू कतिको प्रभावकारी छन् भन्‍ने कुरामा म निश्‍चित थिइनँ। मैले भन्‍न त भनें तर त्यसले राम्रोसँग काम गरेन भने र उनी गुनासो बोकेर मकहाँ आइन् भने मैले के गर्ने? तर यसबारे चिन्ता गर्नुको कुनै औचित्य नै थिएन। किनकि मैले त्यो बेचिसकेको थिएँ। त्यसकारण त्यो कुरा त्यहीँ छोडें। केही दिनपछि मैले एकजना ग्राहकको कपाल काट्दै थिएँ। उनले कपालमा चायाँ परेको र टाउको चिलाउँछ भनेर बताइन्। मैले विचार गरें, “मैले मसँग भएको श्याम्पू बेचेर केही थप पैसा कमाउन सक्छु।” मैले चलाखीपूर्ण तरिकाले भनें, “टाउकोमा चायाँ पर्ने र चिलाउने त जलनको कारण हुन्छ र यदि यो बढ्यो भने तपाईंको कपाल झर्न सुरु हुन सक्छ। यसले आफैप्रतिको तपाईंको भावनालाई पनि प्रभाव पार्न सक्छ।” उनले यसबारे के गर्न सकिन्छ भनेर तुरुन्तै सोधिन् र मैले पनि उनलाई चायाँ हटाउने श्याम्पू चलाउने सल्लाह दिएँ र यसले असाध्यै राम्रो काम गर्छ भनेर भनेँ। उनले खुशी भएर श्याम्पू किनिन्। यसको लागि मैले उनीसँग ६८ यूआन लिएँ, जुन श्याम्पू मैले खालि २५ यूआनमा किनेको थिएँ। उनले मलाई घरीघरी धन्यवाद दिइन्। यसरी पैसा कमाउन कति सजिलो रहेछ भन्‍ने कुरा मैले महसुस गरें। त्यसैले त अरु पसलेहरू यति छिटो यति धनी भएका रहेछन्, अनि मैले मेरा बुवाको अस्पतालको पैसा तिर्नको लागि पनि चिन्ता गर्नुपर्दैन। यसरी मेरो हृदयमा अनुभव हुने अप्ठ्यारोपन पनि विस्तारै हराउँदै गयो र पैसा कमाउनको लागि झूट बोल्नुपर्ने रहेछ र ठग्नुपर्ने रहेछ भन्‍ने कुरा मैले विश्‍वास गर्न थालें।

आँखाको एक निमेसमा नै दश वर्ष बित्यो। मैले अलिकति पैसा कमाएँ, मेरा सबै ऋण चुक्ता भए, र मैले एउटा घर र गाडी पनि किनेँ। तर किन हो कुन्नि, मैले अझ आरामदायी जीवन जिएको भए तापनि, मैले कत्ति पनि खुशी भएको महसुस गर्न सकिनँ। मभित्र सधैँ नै यो खोक्रो असहज भावना रहिरह्‍यो। भनाई छ, “मान्छेले गर्छ, स्वर्गले देख्छ,” र “जे रोप्यो त्यही फल्छ।” कुनै न कुनै दिन मैले मूर्ख बनाएका ती सबै ग्राहकहरू आउनेछन् र बदला लिनेछन्, अनि मेरो बेइज्जत हुनेछ भन्‍ने मलाई डर लाग्यो। यो विचारले मलाई एकदम तर्साउँथ्यो र म डरमा जिउथें। यसले थकाउँथ्यो। म फेरि इमानदार भएर व्यापार सुरु गर्न चाहन्थेँ तर मैले त्यसो गर्न सकिनँ। म एउटा चोर जस्तै भएको थिएँ जसलाई त्यसो गर्ने बानी परिसकेको थियो—मैले छोड्न चाहेर पनि छोड्न सकिनँ।

म यसरी नै कष्टसाथ संघर्ष गरिरहेको बेला, नचाहँदा नचाहँदै पापमा फसेको बेलामा एकजना साथीले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार सुनाउनुभयो। उहाँले परमेश्‍वरको वचन सबै सत्य छन् र हाम्रा सबै समस्याहरूको समाधान गर्न सक्छन्, ती वचनले हाम्रो प्राणभित्र भएका कष्‍ट पनि निको पार्न सक्छन् भनेर भन्‍नुभयो। त्यसपछि म अरूसँग भेला भएर परमेश्‍वरका वचनहरू पढ्न, प्रशंसाका भजनहरू गाउन थालेँ, र साँच्‍चै मैले शान्तिको अनुभव गरेँ। यस्तो अनुभूति कसैले पनि मोल तिरेर पाउन सक्दैन। मैले मेरो विश्‍वासलाई राम्रोसँग अभ्यास गर्ने निश्‍चय गरेँ।

एउटा भेलामा दाजुभाइ-दिदीबहिनीले परमेश्‍वरको वचनबाट एउटा खण्ड पढ्नुभयो। “इमानदारीता भनेको तेरो हृदय परमेश्‍वरलाई दिनु, सबै कुरामा परमेश्‍वरसँग सच्चा हुनु, सबै कुरामा उहाँसँग खुलस्त हुनु, कुनै पनि कुरा कहिल्यै नलुकाउनु, आफूभन्दा माथिका र तलकालाई कहिल्यै धोका दिने प्रयास नगर्नु र कुनै पनि काम परमेश्‍वरको कृपा पाउन चापलुसी गर्नलाई मात्र नगर्नु हो। छोटकरीमा भन्ने हो भने इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो। … यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ उज्यालो बाटो खोज्नको लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। मेरो लागि यो एकदमै हृदय छुने खालको थियो। परमेश्‍वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र छली मानिसहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने मैले देखेँ। उहाँको राज्यमा प्रवेश गर्ने एउटा मात्र तरिका भनेको इमानदार मानिस बन्‍नु हो। ती दाजुभाइ-दिदीबहिनीहरू सबै शुद्ध र खुला हुनुहुन्थ्यो। कहिलेकहीँ उहाँहरूले आफैलाई जोगाउन वा आफ्नो पदलाई जोगाउन झूट बोल्नुभए तापनि, उहाँहरू सधैँ नै आफूलाई नियाल्‍न र इमानदार र खुला बन्‍न सक्नुहुन्थ्यो। उहाँहरूको जीवन साँच्‍चै नै स्वतन्त्र र मुक्त थियो। मण्डली संसारजस्तो छँदै-छैन भन्‍ने कुरा पनि मैले आभास गरेँ। परमेश्‍वरले इमानदार मानिसहरू मन पराउनुहुन्छ, अनि मानिस जति बढी इमानदार भयो परमेश्‍वरले उसलाई उति नै बढी मन पराउनुहुन्छ, तर जति बढी छली भयो उति नै बढी उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ। इमानदार मानिसहरूले मात्र साँचो खुशी र आनन्द प्राप्‍त गर्न सक्छन्। म साँच्‍चै नै परमेश्‍वरले मन पराउनुहुने इमानदार व्यक्ति बन्‍न चाहन्‍थेँ। तर म एउटी व्यापार गर्ने स्त्री हुँ, अनि पैसा नै सबै थोक मानिने यो भौतिकवादी समाजमा इमानदारिताको साथ व्यापार गर्नु भनेको पैसा कमाउन नसक्नु मात्र होइन, तर अरूको अगाडि मूर्ख बन्‍नु पनि हो भन्‍ने बारेमा मैले विचार गरेँ। यो समाजमा यसरी त टिकेर बस्न सकिँदैन र अन्तमा आफ्‍नो व्यवसायलाई त्याग्नुपर्ने हुन्छ। तर परमेश्‍वरले इमानदार मानिसलाई मन पराउनुहुन्छ भनेर उहाँको वचनले स्पष्‍ट बताउँछ, र छली गर्ने मानिसलाई मुक्ति दिन गाह्रै पर्छ। यदि परमेश्‍वरले चाहनुभएको जस्तै गरी मैले सत्यताको अभ्यास गरिनँ भने, र मेरो व्यापारमा लुकाएर काम गरिरहेँ, झूट बोलिरहेँ र ठगी गरिरहेँ भने, के यो परमेश्‍वरको लागि घिनलाग्दो कार्य हुँदैन र? मैले यो कुरालाई बारम्बार विचार गरेँ र अन्तमा परमेश्‍वरको वचनअनुसार व्यवहार गर्ने र सत्य बोल्ने र इमानदार मानिस बन्‍ने निर्णय गरेँ।

एक दिन, मैले एकजना ग्राहकको कपाल काट्दै थिएँ, तिनले मलाई आफ्नो कपाल रूखो छ कि भनेर सोधे, अनि रूखो छ भने, तेल लगाएर उपचार गर्ने इच्छा गरे। मैले विचार गरेँ, “कपाल काटेर मैले दश यूआन मात्र कमाउँछु, तर तेल लगाएर उपचार गर्‍यो भने त कम्तीमा अर्को एक सय यूआन पाउँछु। यो ग्राहक आफैले भनेको हो—मैले उनलाई गर्नुस् भनेर बढी पैसा कमाउन कर गरेकी होइनँ।” मैले उनको कपाल हेरेँ र कति पनि रूखो नभएको देखेँ, तर मैले उनलाई सत्य कुरा बताएँ भने त पक्कै पनि उनले यो उपचार गर्ने इच्छा गर्नेथिएन। म दोधारमा परिरहेको बेला परमेश्‍वरको यो वचन मेरो मनमा आयो: “इमानदार हुनु भनेको आफ्ना कार्य र बोलीहरूमा विशुद्ध हुनु हो र परमेश्‍वर वा मानिस कसैलाई पनि धोका नदिनु हो” (वचन देहमा देखा पर्नुहुन्छको “तीन अर्तीहरू”)। परमेश्‍वरको वचनले मलाई इमानदार मानिस आफ्नो काममा र बोलीमा व्यवहारिक र वास्तविक हुन्छ भनेर ठीक समयमा स्मरण गरायो। उनीहरू परमेश्‍वरको अगाडि र अरू मानिसहरूको अगाडि छली हुँदैनन्। म इमानदार मानिस बन्‍न चाहेको हुनाले, मैले परमेश्‍वरको वचनअनुसार काम गर्नुपर्छ र सत्य कुरा भन्‍नुपर्छ। त्यसकारण मैले ग्राहकलाई भनेँ, “तपाईंको कपाल रूखो छैन। बेकारमा पैसा खर्च नगर्नुहोस्।” तिनले छक्‍क पर्दै भनिन्, “तपाईंमा व्यावसायिक निष्ठा रहेछ, र यो देखेर म छक्क परेँ। आजभोलि तपाईंजस्ता मानिसहरू व्यापारमा कमै मात्र छन्। म पक्कै मेरो परिवारका सबै सदस्यहरूलाई कपाल बनाउन यहीँ पठाउँछु।” ग्राहकले यस्तो भनेको सुनेर म निकै खुशी भएँ—मैले परमेश्‍वरलाई बारम्बार धन्यवाद दिएँ। इमानदार हुनु र सत्य बोल्नु कति सुन्दर र मिठास दिने कुरा हुँदो रहेछ भन्‍ने मैले अनुभव गरेँ!

त्यसपछिका दिनहरूमा, मैले परमेश्‍वरले चाहनुहुने इमानदार व्यक्तिजस्तै व्यवहार गरेँ। मैले थाहा पाउनुभन्दा अगाडि नै कोही आएर गुनासो पो गर्छ कि भन्‍ने डर, मेरो हृदयमा भएको चिन्ता हराएर गए। हरेक रात मलाई मीठो निन्द्रा लाग्थ्यो। मैले सत्यता अभ्यास गर्न इमानदार भएर बोल्न सक्ने रहेछु भन्‍ने विचार गरेँ। तर अचम्मको कुरा, मेरा दुष्‍ट स्वभाव र दर्शनहरूले गहिरो जरा गाडेका थिए। धेरै नाफा कमाउने परीक्षा आउँदा, म मेरो पुरानो तरिकामा नै फर्कन्थेँ।

एक दिन, पाँचजना स्त्रीहरू मेरो पसलमा आए। उनीहरू भर्खरै मात्र यात्राबाट फर्केका थिए र उनीहरूको ट्याक्सी चालकले मेरो पसल सिफारिश गरेछन् र उनीहरू सीधै यहाँ आए। एक जना स्त्रीले भनिन्, “मूल्य ठूलो कुरा होइन, तपाईंले आफ्नो काम राम्रोसँग गर्नुहोस्।” उनको कुरा सुनेर मैले मनमनै विचार गरेँ, “यो त मेरै खल्तीमा आउने कुरा हो। म एक पटकको लागि सत्यलाई टार्छु र परमेश्‍वरले मलाई क्षमा दिनुपर्ने हो।” त्यसैले मैले १६०-यूआनमा घुङ्ग्राउने कपालको मूल्य २६० यूआन भनेँ, अनि तिनीहरूले केही पनि भनेनन्। यसरी मैले फाल्टो ५०० कमाएँ। पैसा पाउँदा म निकै खुशी भएँ किनकी अब त्यो महिनाको घरभाडाको लागि मैले चिन्ता गर्नुपर्दैन भन्‍ने मैले विचार गरेँ। तर त्यो रात मलाई निराश र अशान्ति भयो। म सुत्‍न नसकेर यताउता कोल्टो फेर्दै बसेँ।

पछि मैले विचार गरेँ, कि इमानदार व्यक्ति हुनु भनेको सकारात्मक कुरा हो र हामीले आफैलाई कसरी चलाउँछौं र यो कुरा हामीले मुक्ति पाउँछौं कि पाउँदैनौं र परमेश्‍वरको राज्यमा प्रवेश गर्न पाउँछौं कि पाउँदैनौं त्योसँग सम्बन्धित छ। त्यसकारण मैले किन व्यवहारमा उतार्न सकिनँ? वास्तविक कारण के थियो? यसको उत्तर खोज्दै, मैले परमेश्‍वरको वचनको भिडियो हेरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कसैलाई पनि धोका नदिऊँ भनेर मानिसहरूले विगतमा आफ्‍नो व्यापार सञ्‍चालन गर्थे; जोसुकैले खरिद गरे पनि तिनीहरूले सामग्रीहरू उही मूल्यमा बिक्री गर्थे। के यहाँ असल विवेक र मानवताको कुनै तत्वलाई सम्प्रेषित गरिएको छैन र? जब मानिसहरूले यसरी असल नियतसाथ आफ्‍नो व्यापार सञ्‍चालन गर्थे, त्यस बेला तिनीहरूमा केही विवेक र केही मानवता थियो भनेर देख्‍न सकिन्छ। तर पैसासम्‍बन्धी मानिसको सधैँ बढिरहने मागसँगै, मानिसहरूले पत्तै नपाई पैसा, प्राप्ति, र सुख-चैनलाई झन्-झन् बढी प्रेम गर्न थाले। छोटकरीमा, मानिसहरूले पैसालाई पहिलेभन्दा निकै महत्त्वपूर्ण ठान्‍न थाले। जब मानिसहरूले पैसालाई अझै महत्त्वपूर्ण रूपमा हेर्न थाले, तब आफ्‍नो मर्यादा, तिनीहरूको प्रसिद्धि, तिनीहरूको राम्रो नाम र तिनीहरूको इज्‍जतलाई तिनीहरूले त्यति धेरै महत्त्व दिन छाडे, होइन र? जब तँ व्यापारमा संलग्‍न हुन्छस्, मानिसहरूलाई ठगेर धनी बन्‍नको लागि अरूले विभिन्‍न माध्यमहरू प्रयोग गरेको तैँले देख्छस्। कमाइएको पैसा भ्रष्ट तरिकाले प्राप्त गरिएको भए पनि, तिनीहरू झन्-झन् धनी बन्दै जान्छन्। तिनीहरू तेरोजस्तै व्यापारमा संलग्‍न भए पनि, तिनीहरूको सम्पूर्ण परिवारले तैँलेभन्दा बढी जीवनको आनन्द लिन्छन्, अनि तँलाई नरमाइलो लाग्छ, र तैँले आफूले आफैलाई भन्छस्, ‘म किन त्यसो गर्न सक्दिनँ? किन मैले तिनीहरूले जति नै कमाउन सक्‍दिनँ? मैले अझै धेरै पैसा कमाउन, मेरो व्यापारलाई सम्‍पन्‍न बनाउन कुनै उपाय सोच्‍नुपर्छ।’ त्यसपछि तँ धेरै पैसा कसरी कमाउने भनेर अत्यधिक चिन्तन गर्छस्। पैसा कमाउने सामान्य विधिअनुसार अर्थात् सबै ग्राहकहरूलाई उही रकममा सामान बिक्री गर्ने कार्यबाट तैँले कमाउने कुनै पनि नाफा असल नियतबाट आएको हुन्छ। तैपनि, यो छिटो धनी बन्‍ने तरिका होइन। नाफा कमाउने इच्‍छाद्वारा उत्प्रेरित भएर, तेरो सोचाइमा नै क्रमिक रूपान्तरण आउँछ। यो रूपान्तरणको अवधिमा, व्यवहारसम्‍बन्धी तेरा सिद्धान्तहरूमा पनि परिवर्तन आउन थाल्छन्। जब तैँले कसैलाई पहिलोपटक धोका दिन्छस्, तैँले आफैलाई यसो भन्दै बचाऊ गर्छस्, ‘मैले कसैलाई धोका दिने यसपटक मात्रै हुनेछ। म यस्तो फेरि कहिल्यै गर्नेछैन। म मानिसहरूलाई धोका दिन सक्‍दिनँ। धोका दिनुका गम्‍भीर परिणामहरू छन्। यसले मलाई धेरै कष्ट ल्याउनेछ!’ जब तैँले पहिलोपटक कसैलाई धोका दिन्छस्, तेरो हृदयमा केही असहजता हुन्छ; यो मानिसको विवेकको कार्य हो—तँलाई असहज महसुस गराउने र तँलाई धिक्‍कार्ने, ताकि तैँले कसैलाई धोका दिँदा तँलाई अस्वाभाविक महसुस होस्। तर तैँले कसैलाई सफलतापूर्वक धोका दिएपछि, तँसँग अहिले पहिलेको भन्दा धेरै पैसा भएको देख्छस्, र तँलाई आफ्नो लागि यो तरिका निकै लाभदायक हुन सक्छ भन्‍ने लाग्छ। तेरो हृदयमा भएको हल्‍का पीडाको बावजूद पनि, तँलाई आफ्नो सफलतामा आफैलाई बधाई दिने मन हुन्छ, र आफैप्रति खुसी महसुस हुन्छ। पहिलोपटक, तैँले तेरो आफ्‍नै व्यहोरा, तेरो धोकेबाज मार्गलाई स्वीकार गर्छस्। त्यसपछि, यस्तो धोकाद्वारा मानिस दूषित भइसकेपछि, यो कुनै व्यक्ति जुवा-तासमा संलग्‍न भएपछि ऊ जुवाडे बन्‍नुजस्तै हुन्छ। तेरो अनभिज्ञतामा, तैँले आफ्‍नै धोकेबाज व्यहोरालाई स्वीकृती दिन्छस् र त्यसलाई स्वीकार गर्छस्। अनभिज्ञतामा, तैँले धोकेबाज कार्यलाई उचित व्यावसायिक बानीबेहोरा र तेरो अस्तित्व र जीविकाको लागि सबैभन्दा उपयोगी माध्यमको रूपमा लिन्छस्; तँलाई लाग्छ, यसो गरेर तैँले चाँडै नै सम्पत्ति कमाउन सक्छस्। यो एक प्रक्रिया हो: सुरुमा, मानिसहरूले यस प्रकारको बानीबेहोरालाई स्वीकार गर्न सक्दैनन्, र तिनीहरूले यस्तो बानीबेहोरा र अभ्यासलाई नीच दृष्टिले हेर्छन्। त्यसपछि तिनीहरूले आफै प्रयोग-परीक्षण गर्दै यो बानीबेहोरालाई आफै अभ्यास गरेर हेर्न थाल्छन्, अनि तिनीहरूको हृदय क्रमिक रूपमा परिवर्तन हुन थाल्छ। यो कस्तो प्रकारको रूपान्तरण हो? यो प्रचलनको स्वीकृती र अङ्गीकार हो, सामाजिक प्रचलनले तँमा राखिदिएको यो विचारको स्वीकृती र अङ्गीकार हो। यसको बारेमा महसुस नै नगरीकन, तैँले मानिसहरूसँग व्यापार गर्दा यदि तैँले धोका दिँदैनस् भने, तँलाई अझै खराब महसुस हुन्छ; तैँले मानिसहरूलाई धोका दिइनस् भने, तँलाई आफूले कुनै कुरा गुमाइरहेको भान हुन्छ। अनजानमा, यो धोका तेरो प्राण, तेरो मेरुदण्ड, तेरो जीवनको सिद्धान्त नै बनिसकेको अपरिहार्य बानीबेहोरा बन्छ। मानिसले यो व्यहोरा र यो सोचाइलाई स्वीकार गरिसकेपछि, के यसले उसको हृदयमा परिवर्तन ल्याएको हुँदैन र? तेरो हृदय परिवर्तन भएको हुन्छ, त्यसकारण के तेरो सत्यनिष्ठा पनि परिवर्तन भएको हुँदैन र? के तेरो मानवता परिवर्तन भएको हुन्छ? के तेरो विवेक परिवर्तन भएको हुन्छ? (हुन्छ।) हो, तिनीहरूको हृदयदेखि तिनीहरूको विचारसम्‍म, उक्त व्यक्तिको हरेक भाग गुणात्‍मक रूपले परिवर्तन भएर जान्छ, यतिसम्‍म कि तिनीहरू भित्रदेखि बाहिरसम्‍म परिवर्तन हुन्छन्। यो परिवर्तनले तँलाई परमेश्‍वरबाट झन्-झन् टाढा तान्छ, र तँ झन्-झन् बढी शैतानसँग मिल्दै जान्छस्; तँ झन्-झन् बढी शैतानजस्तै बन्छस्” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६”)। परमेश्‍वरको वचनले वास्तविकतालाई झल्काउँछ। म ठ्याक्कै यस्तै नै थिएँ। सुरुमा मैले मेरो विवेकअनुसार काम गरेँ र इमानदार भएर व्यापार गरेँ। तर जब मेरा बुवालाई अस्पतालमा भर्ना गर्नुपर्‍यो, तब साथीहरू र सहकर्मीहरूको दबाबमा परेर मैले धेरै पैसा कमाउनको लागि झूट बोल्न र ठगी गर्न थालेँ। अनि म आफैलाई रोक्न नसक्ने गरी त्यसैमा फसेँ। मैले यो रोक्न चाहेँ तर सकिनँ। यो सबै शैतानको भ्रष्‍टताबाट आएको हो भन्‍ने कुरा मैले देखेँ। म समाजबाट प्रभावित भएँ र “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पैसा नै पहिलो कुरा हो,” “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” र “दुनियाँ पैसाको इसारामा चल्छ” जस्ता शैतानको दर्शनलाई मेरो आफ्नो जीवन-नारा बनाएँ। मैले आदरणीय तरिकाले पैसा कमाउनको सट्टामा दुष्‍ट प्रवृत्तिलाई पछ्याउन थालेँ। मैले, अरूमा देखेका कुराहरूलाई मिलाएर कसरी आफूमा लागू गर्ने भन्‍ने कुरा सिक्दै, नाफाको लागि आफ्नो आधारभूत आचरणको स्तरलाई त्यागेँ। मैले मेरो दिमाग खियाएँ र ग्राहकलाई ठग्न, झन् स्वार्थी बन्‍न, चलाकी गर्न, दुष्‍ट र लोभी हुनको लागि मैले केही कुरा बाँकी राखिनँ। मैले एउटा साधारण व्यक्तिमा हुनुपर्ने मेरो विवेक, तर्क-शक्ति, र गरिमालाई गुमाएँ। गएका वर्षहरूमा मैले झूट बोलेर अनि ठगेर धेरै पैसा कमाएर आफ्‍नो ऋण तिर्न र अझ आरामदायी जीवन जिउन सकेको भए तापनि, मैले साँचो खुशीको अनुभव गरेको थिइनँ। मैले लगातार नै दोषी भएको महसुस गरिरहेँ र सधैँ नै मेरा झूटहरूको बारेमा थाहा पाउने हो कि अनि मेरो नाम बदनाम हुने हो कि भनेर चिन्तित बनिरहेँ। तर म यसमा फसिरहेकी थिएँ र यसबाट उम्कन सकिरहेकी थिइनँ। म विश्‍वासी भइसकेपछि, परमेश्‍वरले इमानदार मानिसलाई मन पराउनुहुन्छ भन्‍ने जानिसकेपछि, प्रार्थनाद्वारा परमेश्‍वरको वचनअनुसार काम गर्ने समाधान खोजिसकेपछि पनि, जब धेरै पैसा देखेँ मैले आफैलाई झूट बोल्न र ठग्नबाट रोक्न सकिनँ। म शैतानद्वारा कति गहिरो रूपमा भ्रष्‍ट पारिएकी रहेछु भन्‍ने मैले देखेँ। जीवन जिउने सम्‍बन्धी यी शैतानी दर्शनहरू नकारात्मक छन्, जसले मानिसलाई गलत बाटोतिर डोर्‍याउँछन् र भ्रष्ट तुल्याउँछ भन्‍ने कुरा मैले बुझेँ। तिनीहरूले मलाई यति भ्रष्‍ट बनाएका थिए कि म झन्-झन् दुष्‍ट र पतित बन्दै गएँ। यस्ता विचारहरूमा जिउनु र बेइमान भएर व्यापार गर्नु जीवनको सही बाटो होइन। परमेश्‍वरको वचनलाई अभ्यास गर्नु, र परमेश्‍वरले चाहनुभएको जस्तै इमानदार मानिस भएर सत्यताको अभ्यास गर्नु नै जीवनको एउटा मात्र सही बाटो हो।

त्यसपछि मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ: “कोही कसरी इमानदार व्यक्ति हुन सक्छ? इमानदार व्यक्ति हुँदा उसले कसरी अभ्यास गर्छ? (छलकपटमा संलग्‍न नभई र बोल्दा कमजोर नभई बोल्छ।) त्यो सही हो, र त्यसभित्र विस्तृत विवरण छ। ‘कमजोर नभई’ भनेको अर्थ के हो? यसको अर्थ झुटो नबोल्नु वा तैंले भन्ने कुरामा व्यक्तिगत अभिप्राय र उद्देश्यहरू नराख्‍नु हो। यदि तँ छलकपट गर्छस् वा व्यक्तिगत अभिप्राय र उद्देश्यहरू राख्छस् भने, झुटा कुराहरू स्वाभाविक रूपमा बाहिर आउनेछन्। यदि तँमा कुनै छलकपट वा व्यक्तिगत अभिप्राय वा उद्देश्यहरू छैनन् भने, तब तैँले भन्ने कुरा कमजोर हुनेछैन, न त त्यसमा कुनै झुट हुन्छ; जब तँ ‘हो’ भन्छस्, त्यसको अर्थ ‘हो’ नै हुनेछ, र जब तँ ‘होइन’ भन्छस्, त्यसको अर्थ ‘होइन’ नै हुनेछ। पहिले तेरो हृदयलाई शुद्ध पार्नु सबैभन्दा महत्त्वपूर्ण कदम हो। एकपल्ट तेरो हृदय शुद्ध भएपछि तेरो अहङ्कार र छलपूर्ण झुटका समस्याहरू सबै समाधान हुनेछन्। इमानदार व्यक्ति हुनका निम्ति सबैले आफ्नो हृदयलाई यी अपमिश्रणहरूबाट शुद्ध पार्नुपर्छ; त्यसो गरिसकेपछि, इमानदार व्यक्ति बन्न सजिलो हुनेछ। के इमानदार व्यक्ति हुन कठिन छ त? छैन, यो कठिन छैन। तँभित्र जति धेरै अवस्था वा भ्रष्ट स्वभावहरू भए पनि त्यहाँ एउटा सत्य छ जसले ती सबैको समाधान गर्न सक्छ। झुटो नबोल्, कालोलाई कालो भन् सेतोलाई सेतो भन्, सत्यअनुसार अभ्यास गर्, र तैँले गर्ने सबै कुरामा पारदर्शी बन्; परमेश्‍वरको सामु मानिसको रूपमा जीवन बिता र ज्योतिमा जिउने गर्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग”)। मैले परमेश्‍वरको वचनबाट नै अभ्यास गर्ने मार्ग भेटेँ। सर्वप्रथम हामीले हाम्रो मनसाय ठीक बनाउनुपर्छ, झूट बोल्नुहुँदैन र छल गर्ने विचार नै राख्‍नु हुँदैन। हामीले खुला जीवन जिउनुपर्छ, मानिसको आदर र भरोसाको योग्य हुनुपर्छ र अझ बढी मानव जस्तै भएर जिउनुपर्छ। परमेश्‍वरले इमानदार मानिसलाई मन पराउनुहुन्छ र आशिष दिनुहुन्छ। त्यस्तो मानिस अन्धकारमा वा पीडामा बाँच्दैन र आफ्नो दिमागलाई झूट बोलिरहन बाध्य गर्दैन। विशेष गरी, उनीहरू आफूले बोलेको झूटले पिरोल्न आउलान् भन्‍ने डरमा हरेक दिन जिउँदैनन्। इमानदार मानिसहरू त्यसरी नियन्त्रित हुँदैनन्, तर उनीहरू स्वतन्त्र र शान्तिमा रहन्छन्। जब मैले यसको साँचो अर्थलाई बुझेँ, म परमेश्‍वरले चाहनुहुने इमानदार व्यक्ति भएर जिउनलाई तयार बनेँ।

भोलिपल्ट दिउँसोतिर, मैले एकजना ग्राहकको कपाल काट्दैथिएँ मैले कपाल बाक्लो बनाउनको लागि उपचार गर्न सल्लाह दिएको स्त्री निराश अनुहार लिएर आइन्। मैले सोचेँ, “उनले समस्या उत्पन्‍न गर्छिन् जस्तो छ। यदि उनले त्यो सामान राम्रो थिएन भनिन् र अरू ग्राहकले सुने भने के होला? यसले मेरो व्यापारमा नराम्रो असर पार्न सक्छ। मैले उनलाई यहाँबाट कसरी बाहिर निकाल्न सक्छु होला?” मैले उनलाई कसरी नियन्त्रण गर्ने होला भनेर विचार गर्दै-गर्दा मलाई परमेश्‍वरको यो वचन याद आयो: “झुटो नबोल्, कालोलाई कालो भन् सेतोलाई सेतो भन्, सत्यअनुसार अभ्यास गर्, र तैँले गर्ने सबै कुरामा पारदर्शी बन्; परमेश्‍वरको सामु मानिसको रूपमा जीवन बिता र ज्योतिमा जिउने गर्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग”)। मैले अब उसो झूट बोल्नु र धोका दिनु हुँदैन, ती महिलाले जे भने पनि, अरू ग्राहकले मेरो बारेमा जे सोचेँ पनि, मैले अब उसो पैसा कमाउन सके पनि नसके पनि, म परमेश्‍वरको वचनअनुसार इमानदार बन्‍नुपर्छ र सत्य बोल्नुपर्छ र उनको गुनासो ठीक प्रकारले स्विकार्नुपर्छ। मैले यही विचार गर्दै गर्दा उनले रिसाएर भनिन्, “तपाईंले त यसले कपाल बाक्लो बनाउँछ भन्‍नुभएको होइन? मेरो एक केस्रा कपाल पनि नयाँ पलाएको छैन। तपाईंले मलाई ठग्दैहुनुहुन्थ्यो होइन?” मैले उनलाई इमानदार भएर भनेँ, “केही ग्राहकहरूले यो अलिक प्रभावकारी छ भनेका छन् र अरूले यो प्रभावकारी छैन भनेका छन्। म आफैले यो प्रयोग गरेकी छैनँ, त्यसैले मैले यसै हुन्छ भन्‍न सकिनँ। यदि यसले काम गरेको छैन जस्तो लाग्यो भने प्रयोग गर्न छोडिदिनुहोस् र म तपाईंको पैसा फिर्ता गरिदिनेछ।” मैले यति भनेको सुनेर उनको रिस हरायो र उनले मुस्कुराएर भनिन्,“मैले त यो कुराको सत्यता मात्र बुझ्न चाहेकी थिएँ। तपाईं इमानदार हुन तयार हुनुभएको हुनाले मलाई पैसा फिर्ता गर्नु पर्दैन। तरै पनि, यसले मेरो कपाल बाक्लो नबनाएको भए तापनि पहिलेको भन्दा चम्किलो र मुलायम बनाएको छ।” उनी बाहिर गएपछि, मैले भर्खरै भएको घटनामाथि विचार गरेँ। इमानदार हुने र सत्यताको अभ्यास गर्दा बेफाइदा हुँदैन रहेछ भन्‍ने कुराको साँचो अनुभव मैले गरेकी थिएँ। यसले अरूको आदर र भरोसा जित्ने मात्र होइन, तर यसले राम्रो अनुभूति पनि दिन्छ। यसले मलाई इमानदार व्यक्ति बन्‍नको लागि अझ बढी आत्मविश्‍वास दियो।

एक पटक हप्ताको अन्तिम दिन मेरी दिदी कपाल धुन मेरो पसलमा आउनुभयो, त्यस बेला एक जना ग्राहक आफ्नो कपाल रङ्गाउन आएकी थिइन्। मैले उनको कपाल हेरेँ र भनेँ, “तपाईंले भर्खरै मात्र कपाल रङ्गाउनुभएको रहेछ। तपाईंले केही समय पर्खनु राम्रो हुन्छ किनकी यी रसायनहरू तपाईंको कपालको लागि हानिकारक हुन्छन्।” ग्राहकले केही अचम्म मानेर भनिन्, “यसरी व्यापार गर्ने मानिसहरू पनि छन् भन्‍ने कुरामा मलाई त विश्‍वासै लागेको छैन। त्यसैले तपाईंले यति राम्रो व्यापार गर्दैहुनुहुन्छ। सफल व्यापारको लागि असल चरित्र चाहिन्छ!” उनी गएपछि मेरी दिदीले मलाई हाँसउठ्दो प्रकारले हेरेर भन्‍नुभयो, “तिमीलाई जरो आएको वा केही भएको छ? त्यो पैसा तिम्रो हातैमा थियो तर तिमीले लिएनौ।” मैले शान्त भएर भनेँ, “हाम्रो आचरणले हाम्रो व्यापारमा असर पार्छ। कसरी एउटा खराब मानिसले असल व्यापार चलाउन सक्छ? बेइमान भएर पैसा छिटो कमाउन त सकिन्छ, तर त्यो लामो समय टिक्दैन। म आजकल पूरा इमानदार भएर काम गर्छु र यसरी विवेकी भएर कमाएकोमा म खुशी छु।” मेरी दिदी मुस्कुराउनुभयो र भन्‍नुभयो, “पहिले त तिमीले यसरी व्यापार गर्दैनथ्यौ। तिमी साँच्‍चै नै बदलिएछौ।” उहाँको अनुहारमा आश्चर्य देखेर मैले परमेश्‍वरलाई बारम्बार धन्यवाद दिएँ। परमेश्‍वरको वचनको कारण नै यी सबै भए, र मैले इमानदार व्यक्ति भएर सत्य बोल्दा पाउने शान्तिको अनुभव गरेँ।

त्यसपछि, हरेक साप्ताहिक बिदा र छुट्टीहरूमा मेरो पसलमा व्यापार असाध्यै बढ्यो, अनि धेरै ग्राहकहरू आफ्ना साथीहरूले भनेको कारण आउन थाले। म झूट नबोली व्यापारमा सफल हुन्छु जस्तो लाग्दैनथ्यो र मानिसहरूले मेरो खिल्ली उडाउँछन् जस्तो लाग्थ्यो। तर बल्ल मैले बुझेँ कि यो कति हास्यास्पद र बेतुका धारणा थियो। शैतानी दर्शनहरूका अनुसार काम गर्दा क्षणिक लाभ ल्याउँछ तर यसले खोक्रोपना र पीडाबाहेक अरू केही दिँदैन। यसरी जिउनु मानव जसरी जिउनु नभई घृणित र खराब तरिकामा जिउनु हो। अहिले मैले सत्यताको अभ्यास गर्न, इमानदार भएर बोल्न र सही जीवन जिउनको लागि आफूलाई केन्द्रित गरेको छु। मैले अरूको सम्मान र भरोसा मात्र होइन, तर व्यक्तिगत रूपमा मलाई शान्तिको अनुभूति हुन्छ। यो जिउने सुन्दर तरिका हो! अहिले ममा आएको सानो परिवर्तन सबै परमेश्‍वरको वचनले गर्दा हो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद!

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

परमेश्‍वरको मुक्ति

यिचेन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको कामको हरेक चरण—चाहे यो कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्