आत्मसंरक्षणका परिणामहरू

25 फेब्रुअरी 2023

२०१९ मा हाम्रो मण्डलीको काम अनुगमन गर्न सिस्टर गुवानलाई सरुवा गरिएको थियो। मैले उनलाई दुई वर्षपहिले भेटेकी थिएँ, र यसपटक उनीसँग कुराकानी गर्दा उनी ठ्याक्‍कै पहिलेको जस्तै रहेछिन् भन्‍ने थाहा पाएँ। भेलाहरूमा उनले सधैँ धर्मसिद्धान्तको कुरा गर्दो रहेछिन्, परमेश्‍वरका वचनहरूको कुनै अनुभव वा बुझाइ बताउँदिनथिइन्। उनले अरू मानिसहरू आफ्‍नो काममा सङ्घर्ष गरिरहेका देख्दा उनले समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दिनथिइन्, बरु तिनीहरूलाई हकार्ने र झपार्ने गर्थिन्। यसले गर्दा ब्रदर-सिस्टरहरूले अभ्यासको मार्ग पाएनन् मात्र होइन, तिनीहरू दबिएर समेत बस्नुपऱ्यो। कतिपय मानिसहरूले तुरुन्तै आफ्‍नो नकारात्मक स्थिति परिवर्तन गर्न नसक्दा सिस्टर गुवानले तिनीहरूलाई हदबन्दीमा राख्थिन् र हप्काउँथिन्, यसले गर्दा ब्रदर-सिस्टरहरू बाध्यतामा पर्थे, र कतिले कर्तव्य पूरा गर्ने आत्मविश्‍वास गुमाउँथे। उनले कसरी आफ्‍नो जागिर र परिवार छोडिन्, कष्ट भोगिन् र मूल्य चुकाइन् भनेर प्रायजसो देखावटी गर्थिन् र समझ नभएका धेरै नयाँ विश्‍वासीहरूले उनलाई निकै आदर गर्थे। त्यो अवधिमा मण्डलीको काम राम्ररी अघि बढिरहेको थिएन र ब्रदर-सिस्टरहरू राम्रो स्थितिमा थिएनन्। पछि मैले के थाहा पाएँ भने सुसमाचार डिकन सिस्टर लीले आफ्‍नो कर्तव्यमा बोझ लिइरहेकी छैनन् वा कुनै व्यावहारिक काम गरिरहेकी छैनन्। धेरै सङ्गति र आलोचनापछि पनि उनी परिवर्तन भइनन्, बरु नकारात्मक र विरोधीसमेत बनिन्। यसले हाम्रो सुसमाचारको कामलाई रोकिरहेको थियो र उनलाई बर्खास्त गरिनुपर्थ्यो। यी समस्याहरूबारे मैले सिस्टर गुवानसँग कुरा गरेँ। तर उनले त्यो पदको लागि असल व्यक्ति भेट्टाउन गाह्रो छ भन्दै उनलाई बर्खास्त गर्नु हुँदैन भनेर जोड दिइन्। उनले मलाई ठूलो सोरमा यसो भनेर समेत सोधिन्, “तपाईंले सिस्टर लीका समस्याहरू पत्ता लगाएपछि कतिपटक प्रेमपूर्वक उनलाई सहयोग गर्ने प्रयास गर्नुभयो? के तपाईंले आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुभयो? त्यति अहङ्कारी नहुनुहोस्, बरु मानिसहरूमा भएका खुबीहरूलाई हेर्नुहोस्!” सत्यता स्वीकार गर्न सक्‍ने मानिसहरूलाई पो प्रेमपूर्वक सहयोग गर्न सकिन्छ। कुनै पनि सङ्गति स्वीकार नगर्ने र परिवर्तन नहुने व्यक्तिलाई त तुरुन्तैबर्खास्त गरिनुपर्छ। सुरुमा त म आफ्‍नो दृष्टिकोणमा नै अल्झिरहेँ, तर सिस्टर गुवानले स्वीकार गर्न मानिनन्, त्यसले गर्दा मलाई चिन्ता लाग्यो र हामी दुई जना बहस गर्न थाल्यौँ। अरू एक-दुई जना ब्रदर-सिस्टरहरूले मलाई जित्ने प्रयास नगर्न सल्‍लाह दिए, तर मलाई त्यो कुराले अलिक बन्धनमा पारेको महसुस भयो। उनले भनेको कुरा कसैले पनि बुझेका थिएनन्, त्यसकारण मैले सिस्टर लीलाई बर्खास्त गर्नुपर्छ भनेर जोड गरिरहेँ भने म अहङ्कारी र जिद्दी छु, मैले मण्डलीको काममा बाधा पुर्‍याइरहेकी छु भनेर तिनीहरूले भन्छन् होला भन्‍ने मलाई लाग्यो। यो सोचेर, मैले थप केही बोलिनँ।

त्यसपछि हामीले एक जना माथिल्‍लो तहका अगुवा चयन गर्नुपर्नेभयो र हामीलाई उचित उम्मेदवारहरू प्रस्ताव गर्न अनुरोध गरियो। केही ब्रदर-सिस्टरहरूले सिस्टर गुवानलाई सिफारिस गर्न चाहे। मलाई के लाग्यो भने उनमा सिद्धान्तहरू खोजी नगरी आफ्‍नै हिसाबले कामहरू गर्ने प्रवृत्ति छ, उनले धर्मसिद्धान्तको मात्रै कुरा गर्छिन्, र अरूका व्यावहारिक समस्याहरू समाधान गर्न सक्दिनन्। उनी असल अगुवा होइनन्। अरूले वास्तविकता देख्‍न सकून् भनेर मैले सङ्गति दिनुपर्छ। तर सुसमाचार डिकनलाई परिवर्तन गर्ने विषयमा सिस्टर गुवान र मेरो विवाद भएको थियो र म त्यसमा जित्‍न चाहन्छु भन्‍ने अरूले सोचेका थिए। यदि मैले अहिले सिस्टर गुवान असल उम्मेदवार होइनन् भनेँ भने के तिनीहरूले मलाई मैले उनीसँग बदला लिन र बाधा दिन यो मौकाको फाइदा उठाइरहेकी छु भनेर भन्‍नेछन्? मैले सोचेँ “ठिकै छ, जति कम समस्या, उति राम्रो। तिनीहरूलाई मन लाग्छ भने सिस्टर गुवानलाई चयन गर्न सक्छन्—मैले उनलाई भोट नगर्दा भइहाल्यो नि।” तर मूल्याङ्कन लेख्‍ने बेलामा मलाई चिन्ता लाग्यो। अरू सबैले सिस्टर गुवानको बारेमा निकै राम्रो कुरा भने, त्यसकारण मैले मेरो इमानदार विचार लेखेँ भने उनी राम्रो उम्मेदवार होइनन् भन्‍ने मलाई थाहा भएर पनि, मैले अरूसँग सत्यतामा सङ्गति गरिनँ, अनि सिद्धान्तहरूसँग मिल्‍ने उम्मेदवारहरू सुझाव गरिनँ भनेर अगुवाले भन्‍नेथिइन्। के मैले मण्डलीको काममा साथ दिइरहेकी छैनँ भनेर अगुवाले भन्‍नेछिन्? के उनले मलाई तालिम दिन छोड्नेछिन्? मलाई चेपारोमा परेकी छु जस्तो भयो। मैले जता मल्खु उतै ढल्कु हुने निर्णय गरेँ। त्यसकारण मैले मेरो मूल्याङ्कनमा सिस्टर गुवानका सकारात्मक पक्षका बारेमा मात्रै लेखेँ, र उनी सत्यता पछ्याउँछन्, उनमा असल मानवता छ, उनले अरूलाई प्रेमपूर्वक व्यवहार गर्छिन् र हामीमा भ्रष्टता देख्दा हामीलाई सहयोग गर्न परमेश्‍वरका उपयुक्त वचनहरू खोजी गर्छिन् भनेर गलत विवरण दिएँ। त्यो मूल्याङ्कन लेखेपछि, मलाई वास्तवमा मेरो आत्मा डुबेको जस्तो र मेरो विवेक दोषी भएको अनुभव भयो। त्यसपछि जब म परमेश्‍वरका वचनहरू पढ्थेँ, मलाई कुनै अन्तर्दृष्टि प्राप्त हुँदैनथियो, र आफ्नो कर्तव्य थकाइलाग्दो लाग्यो, तर मैले आत्मचिन्तन गरिनँ। यसका साथै, म आफ्नो भाग्यमा झुण्डिरहेकी थिएँ। यति धेरै उम्मेदवारहरूका बीचमा उनी पक्‍कै पनि चयन हुनेछैनन् भन्ने ठानेकी थिएँ। उनी चयन भइनन् भने मेरो झूटो मूल्याङ्कनको पर्दाफास हुँदैनथियो। पछि मलाई सिस्टर गुवान साँच्‍चै नै माथिल्‍लो तहका अगुवा चयन भएछिन् भन्‍ने थाहा भयो। म छक्क परेँ र मलाई निकै अप्ठ्यारो लाग्यो। के उनीबारे गरिएका सबै सकारात्मक मूल्याङ्कनद्वारा मानिसहरू बहकिए? तर अगुवालाई सत्य कुरा बताउने साहस मसँग अझै थिएन, त्यसकारण मैले सिस्टर गुवान साँच्‍चै नै नेतृत्व पदको लागि उपयुक्त छैनन् भने परमेश्‍वरले उनको खुलासा गर्नुहुनेछ भन्दै आफूलाई सान्त्वना थिएँ। मैले त्यही सोचेकी थिएँ, तर मलाई अप्ठ्यारो लागिरह्यो।

लगभग एक महिनापछि, एक जना अगुवाले पत्र लेखेर हामी सबैलाई सिस्टर गुवानको मूल्याङ्कन लेख्‍न अनुरोध गरिन्। मलाई माथिल्‍लो तहका अगुवाको रूपमा काम गर्दा उनको कर्तव्यमा पक्‍कै पनि समस्याहरू देखा परेका हुन सक्छन् भन्‍ने लाग्यो। मलाई डर लाग्यो, तर अगुवाले आफ्‍नो पत्रमा परमेश्‍वरका केही वचनहरू उद्धृत गरेकी पनि मैले देखेकी थिएँ। परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको मार्ग पछ्याओ: ‘परमेश्‍वरको मार्ग’ ले केलाई जनाउँछ? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। अनि, परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु भनेको के हो? उदाहरणको लागि, जब तैँले कसैको बारेमा मूल्याङ्कन गर्छस्—यो परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुसँग सम्‍बन्धित हुन्छ। तैँले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्छस्? (हामी इमानदार, न्यायसङ्गत, र निष्पक्ष हुनुपर्छ, र हाम्रा शब्‍दहरू भावनामा आधारित हुनु हुँदैन।) जब तैँले आफूले जे सोच्यो, र आफूले जे देख्यो, त्यही बोल्छस्, तब तँ इमानदार भइरहेको हुन्छस्। सबैभन्दा मुख्य कुरा, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नु भनेको परमेश्‍वरको मार्गलाई पछ्याउनु हो। परमेश्‍वरले मानिसहरूलाई यही कुरा सिकाउनुहुन्छ; यही नै परमेश्‍वरको मार्ग हो। परमेश्‍वरको मार्ग भनेको के हो? परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नु। के इमानदार बन्‍नु भनेको परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट टाढा बस्‍नुकै एक हिस्सा हो? के यो परमेश्‍वरको मार्ग पछ्याउनु हो? (हो।) यदि तँ इमानदार छैनस् भने, तैँले देखेको र सोचेको कुरा र तेरो मुखबाट निस्कने कुरा उस्तै हुँदैनन्। कसैले तँलाई सोध्छ, ‘त्यो व्यक्तिप्रति तपाईंको विचार के छ? के तिनले मण्डलीको कामको लागि जिम्‍मेवारी लिन्छन्?’ र तैँले जवाफ दिन्छस्, ‘तिनी निकै सिपालु छन्, तिनले मैलेभन्दा बढी जिम्‍मेवारी लिन्छन्, तिनको क्षमता मेरोभन्दा राम्रो छ, र तिनको मानवता पनि असल नै छ, तिनी परिपक्‍व र स्थिर छन्।’ तर के तैँले आफ्‍नो हृदयमा यही सोचिरहेको हुन्छस् त? तैँले वास्तवमा के सोचिरहेको हुन्छस् भने, यो व्यक्तिमा क्षमता भए पनि, भरोसा गर्न लायक छैन, र कपटी, र अत्यन्तै षड्यन्त्रकारी छ। तैँले मनमा वास्तवमा यस्तै सोचिरहेको हुन्छस्, तर बोल्‍ने समयमा, तँलाई लाग्छ, ‘मैले साँचो कुरा भन्‍नु हुँदैन, मैले कसैलाई पनि चिढ्याउनु हुँदैन,’ त्यसकारण तैँले झट्टै अरू नै कुरा भन्छस्, तैँले तिनीहरूको बारेमा राम्रा कुराहरू गर्ने निर्णय गर्छस्, र तैँले भनेको कुनै पनि कुरा तैँले वास्तवमा सोचेको कुरा हुँदैन, यो सबै झूट र ढोँग मात्रै हुन्छ। के यसले तैँले परमेश्‍वरको मार्ग पछ्याउँछस् भन्‍ने सङ्केत दिन्छ? दिँदैन। तैँले शैतानको मार्ग, भूतहरूको मार्ग लिएको हुन्छस्। परमेश्‍वरको मार्ग भनेको के हो? यो सत्यता हो, यो मानिसहरूको बानीबेहोराको आधार हो, यो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट टाढा बस्‍ने मार्ग हो। तैँले कुनै अर्को व्यक्तिसँग बोल्‍ने भए पनि, परमेश्‍वरले सुनिरहनुभएको हुन्छ, र तेरो हृदय नियालिरहनुभएको, तेरो हृदय जाँचिरहनुभएको हुन्छ। मानिसहरूले तैँले भन्‍ने कुरा सुन्छन्, तर परमेश्‍वरले तेरो हृदय जाँच्‍नुहुन्छ। के मानिसहरू मानिसहरूको हृदय जाँच्‍न सक्‍ने हुन्छन्? बढीमा, मानिसहरूले तैँले सत्यता बताइरहेको छैनस् भन्‍नेसम्‍म देख्‍न सक्छन्। तिनीहरूले सतहमा के छ त्यो देख्‍न सक्छन्। परमेश्‍वरले मात्रै तेरो हृदयको गहिराइलाई देख्‍न सक्‍नुहुन्छ, परमेश्‍वरले मात्रै तैँले के सोचिरहेको छस्, तैँले के योजना बनाइरहेको छस्, तेरो हृदयमा के-कस्ता तुच्छ युक्तिहरू छन्, के-कस्ता धोकेबाज तरिका र के-कस्ता कपटी विचारहरू छन् भनी देख्‍न सक्‍नुहुन्छ। अनि, तैँले सत्यता बताइरहेको छैनस् भन्‍ने देखेर, तँप्रतिको परमेश्‍वरको दृष्टिकोण के हुन्छ, तँप्रतिको उहाँको मूल्याङ्कन के हुन्छ? यसमा तैँले परमेश्‍वरको मार्ग पछ्याएको छैनस्, किनभने तैँले सत्यता बोलेको छैनस् भन्‍ने हुन्छ। यदि तैँले परमेश्‍वरका मापदण्डहरू अनुसार अभ्यास गरिरहेको थिइस् भने, तैँले सत्य कुरा बताउनुपर्थ्यो: ‘तिनीहरू क्षमता भएका मानिसहरू हुन्, तर तिनीहरू भरपर्दा छैनन्।’ यो मूल्याङ्कन निष्पक्ष वा सही भए पनि नभए पनि, यो हृदयबाट आएको र साँचो हुन्थ्यो; तैँले व्यक्त गर्नुपर्ने दृष्टिकोण र अडान यस्तै हुनुपर्थ्यो। तर तैँले यसो गरिनस्—अनि के तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको थिइस् त? (थिइनँ।) यदि तैँले सत्य कुरा भनिनस् भने, तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको छस् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेको छस् भनेर तैँले जोड दिनुको के अर्थ हुन्थ्यो? के परमेश्‍वरले तेरो चिच्याहटलाई सुन्‍नुहुने थियो? के परमेश्‍वरले तँ कसरी चिच्याउँछस्, कति चर्को गरी चिच्याउँछस्, वा तेरो इच्‍छा कति ठूलो थियो भन्‍ने कुरालाई ध्यान दिनुहुने थियो? तैँले कतिपटक चिच्याउँछस् भनेर उहाँले ध्यान दिनुहुने थियो? उहाँले ध्यान दिनुहुने थिएन। परमेश्‍वरले तैँले सत्यताको अभ्यास गर्छस् कि गर्दैनस्, तेरो जीवनमा परिस्थितिहरू आइपर्दा तैँले के निर्णय गर्छस् र तैँले कसरी सत्यताको अभ्यास गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्छ। यदि तेरो निर्णय सम्‍बन्धहरू कायम राख्‍नु, आफ्‍नै हितहरू र छविलाई कायम राख्‍नु हो, र यो पूर्ण रूपमा आत्मसंरक्षणको लागि हो भने, तेरो जीवनमा परिस्थिति आइपर्दा तेरो दृष्टिकोण र मनोवृत्ति यस्तो हुन्छ भनेर परमेश्‍वरले देख्‍नुहुनेछ, र उहाँले तेरो मूल्याङ्कन गर्नुहुनेछ: तँ उहाँको मार्ग पछ्याउने व्यक्ति होइनस् भनेर उहाँले भन्‍नुहुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा विश्‍वास गर्दा सबैभन्दा महत्वपूर्ण कुरा सत्य अभ्यास गर्नु हो)। परमेश्‍वरका वचनहरू पढेपछि म भावुक भएँ। मैले मूल्याङ्कन लेख्‍ने कार्यलाई कहिले पनि महत्त्वपूर्ण कुराको रूपमा लिएकी थिइनँ वा यस विषयमा मैले के-कस्ता सत्यताहरू अभ्यास गर्नुपर्छ भनेर कुनै खोजी गरेकी थिइनँ। मैले त्यो मूल्याङ्कन लेख्दा ममा साँच्‍चै अनुचित मनसाय वा भ्रष्टता प्रकट भएको थियो कि थिएन, परमेश्‍वरप्रतिको श्रद्धालु हृदयले उनलाई निष्पक्ष मूल्याङ्कन गरिरहेकी थिएँ कि थिइनँ भनेर पटक्कै मनन गरिनँ। त्यो बेला मलाई के महसुस भयो भने मूल्याङ्कन लेख्‍ने काम कसैले परमेश्‍वरको डर मान्छ कि मान्दैन, उसले मण्डलीको काम कायम राख्छ कि राख्दैन भन्‍ने कुरासँग सम्‍बन्धित हुन्छ। हामीले माथिल्‍लो तहका अगुवालाई चयन गरिरहेका थियौँ, जसमा केही मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेश समावेश थियो। झूटा कुरा बताएर लेखेको अनुचित मूल्याङ्कनले मानिसहरूलाई बहकाउन सक्थ्यो र अनुचित व्यक्तिलाई चयन गर्दा मण्डलीको काममा बाधा पुग्थ्यो, ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि हुन्थ्यो। सिस्टर गुवान माथिल्‍लो तहका अगुवाको लागि असल उम्मेदवार होइनन् भन्‍ने मलाई थाहा थियो, तर आफ्‍नै इज्‍जत र हैसियत जोगाउन, अनि मैले उनलाई बदला लिइरहेकी छु, उनलाई दमन गरिरहेकी छु भनेर अरूले भन्छन् भन्‍ने डरले मैले केही पनि भनिनँ। मैले इमानदार मूल्याङ्कन लेखेर सिस्टर गुवानको वास्तविक परिस्‍थितिबारे रिपोर्ट गर्न सक्थेँ, तर मलाई वास्तविकता थाहा हुँदाहुँदै पनि मैले अरूलाई यो कुरा बताइनँ, मण्डलीको कामलाई कायम राखिनँ भनेर अगुवाले भन्‍नेछिन् र त्यसले गर्दा उनले मलाई हेर्ने दृष्टिकोणमा असर पार्नेछ भन्‍ने मलाई डर लागेको थियो। त्यसकारण मैले धूर्त शैलीको सहारा लिएँ, अनि मूल्याङ्कनमा तथ्यहरूसँग बाझिने कुराहरू लेखेँ। मैले सिस्टर गुवानलाई सत्यता पछ्याउने र वास्तविक काम गर्ने व्यक्तिको रूपमा व्याख्या गरेकी थिएँ। मैले लेखेको कुरा पटक्‍कै साँचो थिएन। म कति धूर्त र चलाक रहेछु। परमेश्‍वर हामी इमानदार भएको, तथ्यहरूअनुरूप र उचित किसिमले बोलेको चाहनुहुन्छ। तर मैले अगुवा चयन गर्ने जस्तो महत्त्वपूर्ण कुराबारे झूट बोलेँ। परमेश्‍वरप्रति मसँग कुनै आदर थिएन। म त शैतानी र पैशाचिक प्रकृतिअनुसार जिइरहेकी थिएँ। त्यसरी नै झूट बोलेर दियाबलसको सुरुवात भएको थियो। मैले तथ्यहरूविपरीत झूट बोलिरहेकी थिएँ र त्यो वास्तवमा पैशाचिक प्रकृति थियो! मैले मण्डलीको कामबारे विचार गरिरहेकी थिइनँ, तर मैले तथ्यहरू विपरीत मूल्याङ्कन लेखेँ ब्रदर-सिस्टरहरूलाई बहकाएँ, जसले गर्दा तिनीहरूले गलत व्यक्तिलाई चयन गरे। त्यसो गर्नु परमेश्‍वरलाई छल गर्नु र उहाँको स्वभावलाई चिढ्याउनु थियो। यो महसुस हुँदा मलाई डर लाग्यो।

पछि मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा लापरवाह र झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यताका सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र खलबली पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा खलबली पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। परमेश्‍वरको कार्य र उहाँका घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक गैरविश्‍वासी, एक सेवाकर्ता बनाउँछ। तँ परमेश्‍वरको कुरा खान्छस्, परमेश्‍वरको कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको बहाना गर्छस्, र तँ परमेश्‍वरको घरमा फाइदा लुट्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, र तँ स्पष्ट रूपमै गैरविश्‍वासी होस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्तिमा मात्रै उहाँको डर मान्‍ने हृदय हुन्छ)। परमेश्‍वरका वचनहरूको प्रकाश मेरा लागि निकै हृदयस्पर्शी थियो। म परमेश्‍वरले भन्‍नुभएको जुन हातले खुवाउँछ त्यही हातलाई टोक्ने धोकेबाज थिएँ। मैले परमेश्‍वरका वचनहरू खानेपिउने, उहाँको भरणपोषणको आनन्द लिने गरिरहेकी थिएँ, तर मैले मण्डलीको कामलाई कायम राखिरहेकी थिइनँ। बरु मैले त पूर्णरूपमा आफ्‍नै हितका खातिर काम गरिरहेकी थिएँ, आफूलाई राम्ररी थाहा भएका सत्यताहरू अभ्यास गरिरहेकी थिइनँ, जसले गर्दा अरूले बहकाउमा परेर झूटा अगुवालाई चयन गर्न पुगे। के त्यो मण्डलीको काममा, र अरू ब्रदर-सिस्टरहरूलाई हानि गर्नु थिएन र? मैले यसबारे जति विचार गरेँ, त्यति नै यति धूर्त र खराब भएकोमा आफूप्रति घृणा जाग्यो। म त मण्डलीको कामलाई नभई आफैलाई रक्षा गर्न चाहन्थेँ। म कुनै पनि प्रकारले साँचो विश्‍वासी थिइनँ। मैले आत्माबाट नै निराश महसुस गरेँ। मैले परमेश्‍वरका वचनहरूबाट अन्तर्दृष्टि पाइरहेकी थिइनँ र आफ्‍नो कर्तव्यमा कुनै कुरा प्राप्त गरिरहेकी थिइनँ। परमेश्‍वरले मबाट आफ्‍नो मुहार लुकाइरहनुभएको थियो। यदि म पश्‍चाताप नगर्ने विश्‍वासघाती भइरहेमा परमेश्‍वरले अवश्य नै मलाई हटाउनुहुनेथियो। कुनै अपराध नसहने परमेश्‍वरको धर्मी स्वभावलाई मैले साँच्चै महसुस गरेँ, र सत्यता अभ्यास नगरेकोमा मलाई आफैप्रति घृणा जाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, अनि पश्‍चात्ताप र सत्यता अभ्यास गरी आफ्नो अपराधको क्षतिपूर्ति भर्न तयार भएँ!

मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “आफ्‍नो कर्तव्य पूरा गर्ने सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यताको वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितको बारेमा विचार गर्नु, र स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियतलाई त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य पूरा गर्दै गरेको व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य पूरा गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? यो त आफ्नो कर्तव्य पूरा गरेको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितको बारेमा सोच्नुपर्छ, परमेश्‍वरको इच्छाको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ र यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्‍नुपर्छ; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी हेर्छन् सो बारेमा सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ तब मात्र तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। यसको साथै, तैँले आफ्ना उत्तरदायित्वहरूलाई पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, आफ्ना स्वार्थी चाहनाहरूलाई पन्छाउन, आफ्ना आशयहरू र अभिप्रायहरूलाई पन्छाउन, परमेश्‍वरको इच्छाको बारेमा सोचविचार गर्न, र परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍न सक्‍नुपर्छ। तैँले केही समय यसलाई अनुभव गरिसकेपछि, यो नै व्यवहार गर्ने राम्रो शैली हो भन्ने कुरा तैँले महसुस गर्नेछस्। यो भनेको तुच्छ व्यक्ति वा बेकामे नबनीकन सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र घृणित वा निर्दयी बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा जिउनु र कार्य गर्नुपर्छ भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्ना चासोहरू सन्तुष्ट पार्ने तेरो हृदय भित्रको चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। मैले परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेट्टाएँ। हामीले सधैँ मण्डलीको कामलाई पहिलो स्थान दिनुपर्छ, र जब हाम्रो व्यक्तिगत हितहरू मण्डलीको कामसँग बाझिन्छ, तब हामीले आफूलाई त्यागेर आफ्‍ना हितहरूलाई छोडी दिनुपर्छ, र आफ्ना कर्तव्य र जिम्‍मेवारीहरूलाई प्राथमिकता दिनुपर्छ। यसपटक मलाई फेरि मूल्याङ्कन लेख्‍न लगाइएको थियो, र मैले परमेश्‍वरसामु पश्‍चात्ताप गर्नुथियो। मैले अरूले मलाई के सोच्लान् भनेर विचार गरिरहनु वा आफ्‍नो रक्षा गरिरहनु हुँदैनथियो। म सत्य कुरा लेखेर इमानदार बन्‍नुपर्थ्यो।

त्यसपछि मैले ब्रदर-सिस्टरहरूसित खुलस्तसित कुरा गरेँ। मैले तिनीहरूलाई आफूले प्रकट गरेको भ्रष्टताबारे, मेरो आत्मचिन्तन र मैले के सिकेँ भन्ने बारेमा बताएँ। मैले अगुवाहरूलाई चयन गर्ने सिद्धान्तहरूबारे पनि सङ्गति दिँदै, हामीले सत्यताको पछि लाग्ने, असल मानवता भएको, र व्यावहारिक काम गर्न सक्‍ने मानिसहरूलाई छान्‍नुपर्छ भनेर बताएँ। त्यस कुरालाई सिस्टर गुवानसँग तुलना गरेपछि, सबैले समझ प्राप्त गरे र नयाँ मूल्याङ्कन लेख्‍न तयार भए। मैले पनि सिस्टर गुवानको निरन्तर व्यवहारको आधारमा सही मूल्याङ्कन लेखेँ। त्यसलाई अभ्यास गर्दा मलाई शान्ति भयो।

मैले त्यस दिन अगुवाबाट सिस्टर गुवानलाई बर्खास्त गरिएको छ भन्‍ने पत्र पाएँ। उनले के पनि भनिन् भने त्यस पदमा हुँदा सिस्टर गुवान अहङ्कारी, एकतन्त्री, र सहकार्य नगर्ने व्यक्ति बनेकी थिइन्, जसले गर्दा मण्डलीका धेरैवटा काममा बाधा पुग्यो। उनले अरूलाई दमन गर्न आफ्‍नो पदको दुरुपयोग पनि गर्थिन्, जसले गर्दा तिनीहरू नकारात्मक बने। पत्रमा भनिएका यी कुराहरू मेरो लागि एकपछि अर्को थप्‍पडसरह थिए। मेरो अनुहार पाकिरहेको थियो, र मेरो दिमाग पुरै ज्ञानशून्य भयो। मैले साँच्‍चै परमेश्‍वरलाई चिढ्याएकी छु, र म झूटा अगुवाको दुष्कर्ममा सहभागी छु भन्‍ने मलाई थाहा भयो। उनले पहिले पनि त्यस्तै व्यवहार गरेकी थिइन्, र मलाई यसबारे थाहा थियो, तर मैले उनको बारेमा रिपोर्ट गर्न नसकेकी मात्र होइन, उनलाई अगुवाको रूपमा सिफारिस गर्न ब्रदर-सिस्टरहरूलाई सहयोग गरेँ। मलाई मण्डलीको कामप्रति जिम्‍मेवारीको कुनै बोध थिएन भन्‍ने थाहा भयो। मैले झूटो अगुवालाई दुष्कर्म गर्न र परिस्थितिलाई झन् खराब बनाउन गोप्य रूपमा सहयोग गरिरहेकी थिएँ। मैले सत्यता अभ्यास नगरेकोमा बहानासमेत खोजेँ। आफूलाई थाहा भएको कुरा रिपोर्ट गरिनँ भने पनि परमेश्‍वरले त्यो प्रकट गर्नुहुन्छ भन्‍ने मलाई लाग्यो। परमेश्‍वरले सबै कुरा प्रकट गर्नुहुन्छ, तर हामीले आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ, झूटा अगुवाहरूलाई खुलासा गर्नुपर्छ र मण्डलीको कामलाई कायम राख्नुपर्छ। तर म चुपचाप पर्खेर बसेँ, परमेश्‍वरले नै कदम चालेर उनलाई खुलासा गर्नुभएको म चाहन्थेँ। मैले आफ्‍नो कर्तव्य, आफ्नो जिम्‍मेवारी पूरा गरिनँ। त्यसले गम्‍भीर रूपमा मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि गर्‍यो। मैले यसबारे जति विचार गरेँ मलाई त्यति नै नराम्रो लाग्यो। मेरो अपराध सुधार्नै नसकिने भइसकेको छ भन्‍ने मलाई थाहा भयो। यस पीडामा म प्रार्थना र पश्‍चात्ताप गर्दै परमेश्‍वरको अघि आएँ। समस्या आउनेबित्तिकै मैले किन आफ्‍नै हितहरूको रक्षा गरेँ भन्‍ने बारेमा पनि मलाई जान्‍न मन लाग्यो। यस समस्याको जड के थियो?

मैले भक्तिको समयमा यो खण्ड पढेँ: “मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मनिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति, भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण भइसकेका छन्, र यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ; भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्‍वरका वचनहरूले मलाई के देखाए भने म विश्‍वासी भए पनि, मैले परमेश्‍वरका वचनहरूको सत्यतालाई आफू जिउने मापदण्डको रूपमा लिइरहेकी थिइनँ। म अझै पनि शैतानका यस्ता अवधारणाअनुसार जिइरहेकी थिएँ, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “नाफा नै ठूलो कुरा हो,” र “आफ्‍नो रक्षा गर, दोषबाट उम्‍कन मात्र प्रयास गर।” म यी शैतानी विषहरूअनुसार जिइरहेकी थिएँ। मलाई जीवनमा मानिसहरूले आफ्‍नै बारेमा चिन्ता गर्नुपर्छ, र आफ्‍नै हितहरूको रक्षा गर्नुपर्छ, ताकि उनमा हानि नहोस् भन्‍ने लाग्थ्यो। स्मार्ट बन्ने र हानिबाट बच्ने एक मात्र तरिका त्यही थियो। तर यो सिकाइबाट मैले के बुझेँ भने यी शैतानी विषहरूअनुसार जिउँदा क्षणिक रूपमा मेरा हितहरूको रक्षा भए पनि यसले मलाई मानवको रूपकोमेरो सीमा त्याग्‍न लगाएको छ। म स्वार्थी, छली, र खराब बनेँ, र म आफ्‍नो विवेकको विरुद्धमा गएर बेइमान समेत भएँ। म चरित्र वा मर्यादानभएको, भरोसा गर्न नसकिने व्यक्ति बनेँ, र अन्ततः मैले ब्रदर-सिस्टरहरूको जीवनमा हानि गरेँ र मण्डलीको काममा गम्‍भीर बाधा पुर्‍याएँ, यसरी मैले कहिले पनि पूर्ति गर्न नसक्‍ने अपराध गरेँ। शैतानले मलाई कति धेरै भ्रष्ट तुल्याएको रहेछ, मसँग कुनै विवेक रहेनछ र परमेश्‍वरसामु जिउन योग्य रहेनछु भन्‍ने कुराप्रति मलाई घृणा लाग्यो। अनि यो अनुभवले मलाई के देखायो भने मैले परमेश्‍वरलाई पटक्‍कै बुझेकी रहेनछु, उहाँले सबै कुरा छानबिन गर्नुहुन्छ भनेर विश्‍वास गर्दिनरहेछु। सिस्टर गुवानबारे मलाई थाहा भएको कुरामा मैले अरूसँग सङ्गति गरेँ भने, मैले उनलाई बदला लिन खोजिरहेकी छु, जानाजानी उनलाई दमन गरिरहेकी छु भनेर तिनीहरूले सोच्छन् भन्‍ने मलाई चिन्ता लागेको थियो। तर परमेश्‍वरको घरमा सत्यताको राज चल्छ र परमेश्‍वर सबै थोक देख्‍नुहुन्छ। मेरो नियत सही भएमा र म सिद्धान्तहरूअनुसार चलेँ भने अरूले सत्यता बुझेपछि मलाई समर्थन गर्नेथिए। कतिपयले मलाई सुरुमा गलत रूपमा बुझे पनि, मैले परमेश्‍वरको अघि आफ्‍नो कर्तव्य पूरा गरिरहेकी हुनेथिएँ र मेरो विवेक सफा हुनेथियो। यो कुरा बुझेपछि मलाई निकै धेरै शान्ति मिल्यो, र भविष्यमा म अवश्य नै सिद्धान्तहरू पालना गर्नेछु भनेर मैले सङ्कल्प गरेँ।

यी सबै घटनापछि मैले सत्यता कहिल्यै स्वीकार नगर्ने र आफ्‍नो कर्तव्यमा बोझ नलिने सुसमाचार डिकन सिस्टर लीको बारेमा विचार गरेँ। सिद्धान्तहरूका आधारमा उनलाई बर्खास्त गरिनुपर्थ्यो। मैले अरू एक-दुई जना डिकनहरूलाई आफ्‍नो विचार बताएँ। ती डिकनहरूले भने, “हामीले उनलाई अहिले बर्खास्त गर्‍यौँ भने मण्डलीमा उनको ठाउँमा उचित व्यक्ति हुनेछैन। अहिलेको लागि हामी उनलाई सहयोग र साथ दिऊँ।” मैले सोचेँ, मैले उनलाई धेरैपटक सहयोग र साथ दिइसकेकी छु, तर उनले स्वीकार गर्न मानिनन्। उनले सुसमाचार डिकनको रूपमा सेवा गरिरहिन् भने काममा अझै धेरै बाधा दिनेछिन्। तर सुसमाचार डिकनको लागि मण्डलीमा अरू कुनै असल उम्मेदवारहरू छैनन् भन्‍ने कुरा साँचो थियो। अनि यदि अरू सबै जना यो कुरामा असहमत हुँदाहुँदै पनि मैले यसमा जोड गरिरहेँ भने, के तिनीहरूले मलाई अत्यन्तै अहङ्कारी र जिद्दी भन्‍नेछैनन् र? एकछिनको लागि त के गर्ने मलाई थाहा भएन, त्यसकारण म प्रार्थना र खोजी गर्दै परमेश्‍वरसामु आएँ। प्रार्थना गरेपछि, मैले फेरि पनि आफ्‍नै हितको रक्षा गर्न थालेछु भन्‍ने मलाई महसुस भयो। मैले आफ्‍नो कर्तव्यमा सत्यताका सिद्धान्तहरू पालना गर्नुपर्थ्यो—मैले सही र गलतलाई धमिलो बनाउनु हुँदैनथियो। सिद्धान्तहरूका आधारमा यसलाई विचार गर्दा सिस्टर ली झूटो सेवक थिइन्। हामीले उनलाई त्यही पदमा राखिरह्यौँ भने सुसमाचारको काममा बाधा पुग्नेथियो। अरूले मलाई अहङ्कारी भन्छन् भन्‍ने डरले मैले त्यो समस्यालाई निराकरण गर्न इन्कार गर्नु हुँदैनथियो—मैले सिद्धान्तहरू पालना गर्नुपर्थ्यो। त्यसकारण मैले मेरा सहकर्मीहरूसँग सान्दर्भिक सत्यताहरूबारे सङ्गति गरेँ, र तिनीहरू सुसमाचार डिकनलाई बर्खास्त गर्न सहमत भए। त्यसपछि, माथिल्‍लो तहका अगुवाले अर्को मण्डलीका एक जना सिस्टरलाई हाम्रो सुसमाचार कामको रेखदेख गर्न खटाइन्। उनले आफ्‍नो कर्तव्यमा बोझ लिन्थिन् र सिद्धान्तहरू बुझेकी थिइन्। हाम्रो सुसमाचारको कामले प्रगति गर्दै गयो। मलाई पनि ढुक्‍क र शान्ति महसुस भयो, मानौँ यो जिउने सुन्दर तरिका हो, र मैले बल्‍ल केही सत्यता अभ्यास गर्न सकेँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अहङ्कारी स्वभावका परिणामहरू

सन् २००६ मा म हाइस्कूलको विद्यार्थी नै थिएँ। हामीले बाइबल अध्ययन गर्दा, शिक्षकहरूले मलाई अक्सर सुरुमा मन्तव्य दिन र हामीलाई प्रचार गर्ने...

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

असफलताको बीचमा माथि उठ्दा

फेङ्क्‍वी, दक्षिण कोरियामैले परमेश्‍वरलाई भेट्टाउनुभन्दा पहिले, मलाई चिनियाँ कम्युनिस्ट पार्टीले शिक्षा-दीक्षा दिएको थियो। आफ्‍नो लागि नाम...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्