खुकुरीको धारमा हिँडे जस्तो

17 डिसेम्बर 2024

२००५ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेको केही समयपछि नै, मैले मेरो पुरानो मण्डलीको एक जना ब्रदरलाई सुसमाचार सुनाएको थिएँ। त्यसपछि एक दिन दिउँसो, पाष्टर ली र सहकर्मी वाङ्ग हाम्रो घरमा आए। मेरो मुटु ढुकढुक गरिरहेको थियो। सोचेँ, “तिनीहरू किन आएछन्? के मैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गरेको छु भन्‍ने तिनीहरूले थाहा पाए? मण्डलीका अरू सदस्यहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेपछि, तिनीहरूले अफवाह फैलाएका, उनीहरूलाई डरधम्की दिएका, र उनीहरूका परिवारलाई उनीहरूको विश्‍वासको विरोध गर्न लगाएका थिए। तिनीहरूले मेरो विरुद्धमा कस्तो युक्ति प्रयोग गर्नेछन्?” चाँडै नै मेरो छोरा-छोरीहरू पनि देखा परे। म छक्‍कै परेँ। मेरा छोराछोरीले त व्यस्त छौँ भनेर भनेका थिए, तब किन तिनीहरू दुवै आज आएका छन्? के पाष्टर लीले बोलाएका हुन्? तिनीहरूले यो अग्रिम रूपमा मिलाएका रहेछन् भन्‍ने मलाई थाहा भयो। मैले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गरिहालेँ: “हे परमेश्‍वर, तिनीहरूले मलाई के गर्नेछन् मलाई थाहा छैन। मेरो कद अत्यन्तै सानो छ त्यसकारण यसको सामना कसरी गर्ने थाहा छैन। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् र साँचो मार्गमा दह्रिलो गरी खडा हुन सहयोग गर्नुहोस्।” प्रार्थना गरेपछि मलाई अलिक ढुक्‍क भयो।

ठीक त्यही बेला पाष्टर लीले मुस्कुराएर भने, “ब्रदर झाङ्ग, अहिले त तपाईंले पूर्वीय ज्योतिलाई स्वीकार गर्नुभएको छ रे। साँच्‍चै हो? पूर्वीय ज्योतिमा जति नै सत्यता भए पनि, हामीले यसलाई ग्रहण गर्नु हुँदैन। हामी सबैले प्रभुमा विश्‍वास गरेको धेरै वर्ष भयो, र हामीले उहाँको लागि प्रचार गरेका छौँ। हामी सबैलाई प्रभु येशू क्रूसमा टाँगिनुभयो र पापबलि बन्‍नुभयो, अनि हामीलाई पापबाट छुटकारा दिनुभयो भन्‍ने कुरा थाहा छ। हामी प्रभुको नाम र मार्गलाई सधैँ साथ दिनुपर्छ। हामीले अर्को परमेश्‍वरमा विश्‍वास गर्नु हुँदैन। प्रभु येशूबाट निस्केर अनि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेर, के तपाईंले प्रभुलाई धोका दिइरहनुभएको छैन र?”

म शान्त भएँ, र शान्त शैलीमा भनेँ, “पाष्टर ली, हामी निष्पक्ष र व्यवहारिक हुनुपर्छ। हामीले प्रमाण अनुसार व्यवहार गर्नुपर्छ स्वेच्‍छाचारी रूपमा दोष दिनु हुँदैन। तपाईंले पूर्वीय ज्योतिको मार्गलाई अनुसन्धान गर्नुभएको छैन वा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नुभएको छैन, त्यसकारण मैले पूर्वीय ज्योतिलाई स्वीकार गरेर प्रभुलाई धोका दिइरहेको छु भनेर तपाईं कसरी निष्कर्ष निकाल्‍न सक्‍नुहुन्छ? सत्यता कहाँबाट आउँछ तपाईंलाई थाहा छ? कसले सत्यता व्यक्त गर्नुहुन्छ तपाईंलाई थाहा छ? प्रभु येशूले भन्नुभयो, ‘म बाटो, सत्य र जीवन हुँ(यूहन्‍ना १४:६)। परमेश्‍वर मात्रै सत्यताको स्रोत हुनुहुन्छ। तपाईंले पूर्वीय ज्योतिमा जति नै सत्यता भए पनि, हामीले यसलाई स्वीकार गर्न सक्दैनौँ भनेर तपाईंले कसरी भन्‍न सक्‍नुहुन्छ? के त्यो जानी-जानी सत्यतालाई विरोध गर्नु, र परमेश्‍वरको विरोध गर्नु होइन र? के हामी प्रभुका विश्‍वासी भन्‍न समेत लायकका छौँ र? मैले आजभोलि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेको छु, र ती सबै सत्यता हुन्, ती वचनहरूले धेरै सत्यता र रहस्यहरू प्रकट गर्छन् भन्‍ने मैले देखेको छु। वर्षौंको विश्‍वासमा मैले भोगेका सबै संघर्षहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूद्वारा समाधान भएका छन्। म सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा पूर्ण विश्‍वास गर्छु। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउनु भनेको प्रभुको पुनरागमनलाई स्वागत गर्नु हो! तपाईं सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विश्‍वास गर्नु प्रभु येशूलाई धोका दिनु हो भनेर भन्‍नुहुन्छ। के त्यो सत्यता अनुरूप छ? जब प्रभु येशू काम गर्न आउनुभयो, तब धेरै जना मानिसहरूले मन्दिर छोडेर उहाँलाई पछ्याउन थाले। के त्यसको अर्थ तिनीहरूले यहोवा परमेश्‍वरलाई धोका दिए भन्‍ने हुन्छ? प्रभु येशूको छुटकाराको काम यहोवा परमेश्‍वरले गर्नुभएको व्यवस्था घोषणाको कामभन्दा फरक भएको भए पनि, र परमेश्‍वरको नाम पनि परिवर्तन भएको भए पनि, प्रभु येशू र यहोवा एउटै र उही परमेश्‍वर हुनुहुन्छ। प्रभु येशूमा विश्‍वास गरेर, तिनीहरूले यहोवा परमेश्‍वरलाई धोका दिइरहेका थिएनन्, तर तिनीहरूले थुमाका पाइलाहरू पछ्याइरहेका र परमेश्‍वरको मुक्ति प्राप्त गरिरहेका थिए। वास्तवमा, यहोवा परमेश्‍वरमा विश्‍वास गर्ने तर प्रभु येशूलाई स्वीकार नगर्नेहरू नै परमेश्‍वरलाई त्याग्‍ने र उहाँलाई धोका दिने मानिसहरू थिए। सर्वशक्तिमान्‌ परमेश्‍वरको काम प्रभु येशूको कामभन्दा फरक छ र परमेश्‍वरको नाम परिवर्तन भएको छ, तर उहाँहरू एउटै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले फरक-फरक युगमा फरक-फरक काम गर्नुहुन्छ। अनुग्रहको युगमा प्रभु येशूले छुटकाराको काम गर्नुभयो, जुन हाम्रो पाप क्षमा गर्ने काम मात्रै थियो। उहाँले मानवजातिको पापी प्रकृतिलाई समाधान गर्नुभएन। त्यसैले उहाँले न्यायको काम गर्न फेरि आउँछु भनी प्रतिज्ञा गर्नुभयो। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ, अनि हाम्रो शैतानी स्वभाव र पापी प्रकृतिलाई समाधान गर्न, र हामी परमेश्‍वरद्वारा प्राप्त गरिन सकौँ भनेर हामीलाई पापबाट पूर्ण रूपमा मुक्ति दिन प्रभुले गर्नुभएको छुटकाराको कामको जगमा रही हामीलाई न्याय गर्न सत्यताहरू व्यक्त गरिरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका काम र वचनहरूले प्रभु येशूका अगमवाणीहरूलाई पूर्ण रूपमा पूरा गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास प्रभु येशूप्रतिको धोका होइन। यो त थुमाका पाइलाहरू पछ्याउनु हो। के सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार नगरी प्रभु येशूमा विश्‍वास गर्दा हामी यहोवा परमेश्‍वरलाई मात्रै विश्‍वास गर्ने तर प्रभु येशूलाई इन्कार गर्ने फरिसीहरू जस्तै हुँदैनौँ र? त्यस्ता मानिसहरूले नै परमप्रभुलाई विरोध गर्ने र धोका दिने गर्छन्! तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा राम्ररी खोजीनिधो गर्नुपर्छ र उहाँका वचनहरू परमेश्‍वरको आवाज हुन् कि होइनन् भनेर हेर्नुपर्छ। यसलाई स्वेच्‍छाचारी रूपमा आलोचना गर्ने वा दोष दिने नगर्नुहोस्, नत्र तपाईंहरू प्रभुलाई विरोध गरेकोमा दोषी ठहरिन सक्‍नुहुन्छ!”

पाष्टर लीले अप्ठ्यारो मान्दै हेरे, त्यसकारण सहकर्मी वाङ्गले हतार-हतार अवस्थालाई सहज तुल्याउने प्रयास गरे: “हामी पूर्वीय ज्योतिको विरोध गर्छौँ र हाम्रा सदस्यहरू यसमा संलग्‍न होस् भन्‍ने चाहँदैनौँ किनभने हामी मण्डलीको रक्षा गर्न र बगालको हेरचाह गर्न चाहन्छौँ। प्रभुले हामीलाई त्यसको लागी कसरी दोषी ठहर्‍याउन सक्‍नुहुन्छ? पाष्टर लीले तपाईंको जीवनप्रति उहाँसँग जिम्‍मेवारी छ भन्‍ने सोच्‍नुहुन्छ। तपाईंले गलत मार्ग लिएको उहाँ चाहनुहुन्‍न! तपाईं सहकर्मी हुनुहुन्थ्यो, र तपाईंले मण्डलीको लागि धेरै कुरा गर्नुभएको छ। सबैले तपाईंलाई सम्‍मान गर्छन् र भरोसा गर्छन्। तपाईं छोडेर सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न जानुभयो भने तिनीहरू सबै निराश हुनेछन्!” पाष्टर लीले पनि हतार-हतार सहमति जनाउँदै भने, “सहकर्मी वाङ्गले ठीक भन्‍नुभयो। तपाईंले यत्रो वर्ष धेरै परिश्रम गर्नुभएको छ। तपाईंले आफ्‍नो लागि कमाएको नाम छोडेर जाँदा यो लाजमर्दो कुरा हुनेछ! फर्केर आउनुहोस्। सबै जना तपाईंलाई पर्खिरहेका छन्। हाम्रो मण्डलीले रिटायरमेन्ट होम तयार गरेको छ, हामीले विदेशका धार्मिक समूहहरूसँग सम्पर्क गरेका छौँ र तिनीहरूले हामीलाई आर्थिक सहयोग गर्दैछन्। तपाईं फर्केर आउनुभयो भने, हामी तपाईंलाई तुरुन्तै एउटा कार दिन्छौँ। तपाईं रिटायरमेन्ट होम चलाउनुहुन्छ कि मण्डली चलाउनुहुन्छ, अथवा मण्डलीको आर्थिक कुरालाई व्यवस्थापन गर्ने कामलाई निरन्तर दिनुहुन्छ, त्यो तपाईंकै हातमा छ।”

मैले तिनीहरूको कुरा जति सुनेँ, मलाई त्यति नै अनौठो लाग्यो। कसरी विश्‍वासीले यस्तो बोल्‍न सक्छ? मलाई बाइबलमा दियाबलसले प्रभु येशूलाई गरेको परीक्षा याद आयो: “फेरि, दुष्टले उहाँलाई एकदमै अग्लो पहाडमा लैजान्छ र संसारका राज्यहरू र तिनको महिमा देखाउँछ; अनि उहाँलाई भन्यो, यदि तपाईंले लम्‍पसार परेर मेरो आराधना गर्नुभयो भने, म तपाईंलाई यी सबै थोक दिनेछु” (मत्ती ४:८-९)। के तिनीहरूले भनिरहेका सबै कुराहरू शैतानले भनेकै भावमा, त्यही शैलीमा थिएन र? “यो त शैतानको छल हो!” मैले सोचेँ। “तिनीहरूले मलाई हैसियत र पैसाको लोभ देखाएर मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिन लालच देखाइरहेका छन्। तिनीहरू मलाई फसाउने प्रयास गरिरहेका छन्!” मैले विश्‍वास गरेको १० वर्ष भयो र प्रभुको पुनरागमनलाई स्वागत गर्ने सौभाग्य पाएको थिएँ। म शैतानको बहकाउमा परेर प्रभुलाई धोका दिन सक्दिनँ भन्‍ने मलाई थाहा थियो। त्यसकारण मैले भनेँ, “मैले परमेश्‍वरको आवाज सुनेको छु र अनन्त जीवनको मार्ग भेट्टाएको छु। म परमेश्‍वरलाई पछ्याउन चाहन्छु। तपाईंहरूले मलाई मनाउन दुःख नगर्नुहोस्। म सर्वशक्तिमान्‌ परमेश्‍वरलाई छोड्दिनँ।”

त्यसपछि मेरो छोरी रुन थालिन् र भनिन्, “बुबा, एकछिन मेरो कुरा सुन्‍नुहोस्! आमा बित्‍नुभएको धेरै भएको छैन। हामीले पर्‍याप्त दुःख पाइसकेका छौँ। तपाईंले पूर्वीय ज्योतिमा विश्‍वास गरेर मण्डलीबाट बहिष्कार भएपछि, ब्रदर-सिस्टरहरूले हामीलाई पनि हेला गर्छन्!” मलाई मेरी छोरी त्यसरी रोएको देख्दा नराम्रो लाग्यो। मभित्र भीषण संघर्ष चल्यो। “यदि मैले मण्डलीमा फर्केर जाने सहमति जनाएँ भने, म तिरस्कृत हुनेथिइनँ र मैले आफ्‍नो पद फिर्ता पाउँथेँ, तर त्यो प्रभुको लागि ढोका बन्द गर्नु सरह हुनेथियो। त्यो ठूलो धोका हुनेथियो!” कुनै सजिलो विकल्‍प थिएन। यो पीडाको बीचमा मैले मनमनै परमेश्‍वरलाई पुकारेँ: “हे सर्वशक्तिमान्‌ परमेश्‍वर, म त चेपारोमा परेको छु। विचलित हुनबाट बच्‍न मलाई विश्‍वास र सामर्थ्य दिनुहोस्, ताकि मैले खडा भएर दृढतासाथ तपाईंलाई पछ्याउन सकूँ।” त्यो बेला मलाई मैले केही दिन पढेका सर्वशक्तिमान्‌ परमेश्‍वरका कतिपय वचनहरू याद आयो: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। परमेश्‍वरका वचनहरूले मलाई सामर्थ्य दिए र मैले समझशक्तिको प्रयोग गर्नुपर्छ भन्‍ने चेतावनी दिए। त्यस दिन मैले सामना गरेको कुराको पछाडि शैतानका चलाकीहरू थिए। मलाई लोभ्याउन र आक्रमण गर्न प्रयास गर्दै शैतानले मेरो हैसियत र परिवारलाई प्रयोग गरिरहेको थियो, मलाई परमेश्‍वरलाई धोका दिन लगाउने उद्देश्यले मेरो मनमा दुष्टता हालिदिने प्रयास गरिरहेको थियो। म शैतानको फन्दामा पर्नु हुँदैनथियो! मैले मेरा छोराछोरीलाई भनेँ, “मैले यसलाई अनुसन्धान गरेको छु र यो सबै स्पष्ट भएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ, र उहाँका वचनहरू र कार्य साँचो मार्ग हुन्। हामीले यतिका वर्षदेखि प्रभुको पुनरागमनको प्रतीक्षा गरेका थियौँ। अहिले उहाँ आउनुभएको छ र आफ्‍नो न्यायको काम गर्नको लागि उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ, हामीले उहाँको कामको गतिलाई पछ्याउनुपर्छ, र परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार गर्नुपर्छ ताकि हामी विपत्तिहरूबाट उम्केर परमेश्‍वरको राज्यमा प्रवेश गर्न सकौँ। हामी अरूद्वारा इन्कारिन डर मान्‍नु हुँदैन, तर प्रभुद्वारा हटाइने, र उठाइ हुने मौका गुमाउने बारेमा डर मान्‍नुपर्छ। नत्र त महा-विपत्तिहरूमा हामी रोइरहेका र दाह्रा किटिरहेका हुनेछौँ! तिमीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूलाई आफै हेर्नुपर्छ। तिमीहरूले ती वचनमा परमेश्‍वरको आवाज सुन्‍नेछौ। त्यसपछि तिमीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूका ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरालाई पुष्टि गर्न सक्छौ!” मेरा छोराछोरीले जिद्दी गर्न छोडे, र मैले परमेश्‍वरलाई उहाँको अगुवाइको लागि मनमनै धन्यवाद दिएँ।

तिनीहरू अलिकति पनि प्रभावित भएनन्, तर चित्त नबुझेर हिँडे। तिनीहरू विवाह प्रस्तावद्वारा मलाई परीक्षा गर्न एक-दुई दिनपछि फेरि आए। पाष्टर लीले भने, “तपाईंले भर्खरै आफ्‍नी श्रीमती गुमाउनुभएको छ, तपाईंकी छोरीको विवाह भइसक्यो, र तपाईंको छोरा घरमा त्यति बस्दैन। एकलै बस्दा तपाईंलाई पक्‍कै पनि गाह्रो भएको हुनुपर्छ। तपाईंसँग यहाँ खाना पकाइदिने कोही त हुनु नै पर्छ। मण्डलीको सिस्टर वाङ्ग पनि एकल नै हुनुहुन्छ। उहाँ निकै राम्रो हुनुहुन्छ, सबैले उहाँलाई मन पराउँछन्, र आफ्‍नो विश्‍वासमा जोशिलो हुनुहुन्छ। तपाईंहरू विवाह गरेर, एक-अर्काको लागि साथ दिन सके, र सँगै प्रभुको सेवा गर्न सके, राम्रो हुनेथिएन र?” त्यस साँझ सिस्टर वाङ्गले कल गरिन्, र उनले मलाई पूर्वीय ज्योतिमा विश्‍वास गर्न छोड्नू भनेर अनुरोध गरिरहिन्। उनले मेरो छोराको विवाहको लागि पैसा छैन भने, मलाई एक भन्‍नू भनेर पनि भनिन्। यो सुन्दा मलाई निकै मन दुख्यो। मेरी श्रीमती बिरामी थिइन् र ओछ्यानमा थिइन्, र उनको लागि औषधि लिन जाँदा मेरी छोरी कार दुर्घटनामा परिन्। यसले गर्दा उनी अस्पतालमा बस्‍नुपर्‍यो। सिस्टर वाङ्ग मेरी श्रीमती र छोरी दुवैलाई हेरचाह गर्न आएकी थिइन्। म उनीप्रति सधैँ अत्यन्तै आभारी थिएँ। मैले उनको सल्‍लाह लिइनँ भने के यसले सिस्टर वाङ्गको मनमा चोट पुर्‍याउनेछ? तर हाम्रो सम्‍बन्धलाई रक्षा गर्न उनले भनेको मानेँ भने मैले प्रभुलाई धोका दिइरहेको हुनेथिएँ। मलाई निकै चिन्ता लाग्यो, र मैले परमेश्‍वरसँग बारम्‍बार प्रार्थना गरिरहेँ। मैले यसको बारेमा निकै संघर्ष गरेँ त्यसपछि मैले कोमलता पूर्वक उनको प्रस्तावलाई अस्वीकार गरेँ।

एक दिन, पाष्टर ली आए र मलाई खेतमा काम गरिरहेको भेटे। तिनले भने, “ब्रदर झाङ्ग, आफ्‍नो बारेमा नसोचे पनि, आफ्‍नो छोराछोरीको बारेमा त सोच्‍नुहोस्। तपाईंको छोराले भर्खरै मगनी गरेको छ, र केटीको सबै परिवारले प्रभुमा विश्‍वास गर्छन्। तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ भन्‍ने थाहा पाए भने, के तिनीहरूले उनलाई अझै पनि तपाईंको परिवारमा विवाह गर्न दिनेछन्? के तपाईंको छोराको विवाह बरबाद हुनेछैन र? तपाईंले यसको बारेमा विचार गर्नुपर्छ।” यस बेला, मैले सोचेँ, “मलाई साँचो मार्गबाट टाढा राख्‍नको लागि मेरो छोराको विवाह प्रयोगद्वारा तपाईंले मलाई धम्की दिइरहनुभएको छ। यो घृणित कार्य हो!” मैले तिनलाई दृढताको साथ भनेँ, “सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास मेरो आफ्‍नै व्यक्तिगत मामला हो। मेरो छोराको विवाहसँग यसको कुनै सम्‍बन्ध छैन। यसको साथै, त्यसको विवाह सफल हुन्छ कि हुँदैन भन्‍ने कुरा परमेश्‍वरको हातमा छ। मैले सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने निर्धारित गरेको छु र म उहाँलाई अन्त्यसम्‍मै पछ्याउनेछु। मेरा छोराछोरीले यो कुरा बुझेका छैनन्, तर तिनीहरूले एक दिन बुझ्‍नेछन्।” सुरुमा त मलाई पाष्टर लीले कुरा मात्रै गर्छ भन्‍ने सोचेको थिएँ, तर अचम्‍मको कुरा, तिनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धोका दिन लगाउनको लागि त्यस्तो महत्त्वपूर्ण कुराको प्रयोग समेत गरिरहेका थिए।

म केही दिनपछि मेरो छोराको वेल्डिङ पसलमा गएँ। तिनले अनुहार खुम्च्याउँदै भने, “बुबा, मेरी हुनेवाला श्रीमतीले भनेको पाष्टर ली उनको परिवारकहाँ गएर तपाईंले पूर्वीय ज्योतिमा विश्‍वास गर्नुहुन्छ भनेर भनेछन्। यदि तपाईंले यो छोड्नुभएन भने, विवाह रद्द भयो भनेर तिनले भनिनन्।” म चकित र क्रोधित भएँ। पाष्टर लीले साँच्‍चै नै मलाई धम्की दिन मेरो छोराको विवाहलाई प्रयोग गरिरहेका थिए। प्रभुको विश्‍वासीले कसरी यस्तो घृणित काम गर्न सकेको? मेरो छोरालाई त्यति व्याकुल भएको देख्दा, निकै नरमाइलो लाग्यो। तिनीहरूको विवाह हुन १८ दिन मात्रै बाँकी थियो। के यो सबै त्यसरी भताभुङ्ग हुन लागेको थियो त? मेरो आँखा आँसुले भरिए। तिनले त्यसपछि भने, “बुबा, तिनले विवाहको लागि तीन वटा सर्त छन् भनेर पनि भनेकी छिन्। पहिलो हामी बाबु-छोराको सम्‍बन्ध तोड्नु। दोस्रो वृद्ध भएपछि तपाईंको हेरचाह नगर्नु। तेस्रो पारिवारिक सम्‍बन्ध तोड्नु। मेरी आमा हामीसँग हुनुहुन्‍न। हाम्रो परिवारको लागि पूर्वीय ज्योतिमा विश्‍वास गर्न छोड्नुहोस्।” मेरो छोराका शब्‍दहरू सुन्दा र तिनको अनुहारमा पीडा देख्दा यसले मेरो मुटु छुराले जस्तै घोच्यो। मैले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेकै कारणले, यी पादरीहरूले मलाई शत्रुलाई जस्तो धम्की दिइरहेका छन्, मेरो छोरालाई मसँगको सम्‍बन्ध तोड्न बाध्य गरिरहेका छन्। यो घृणास्पद कुरा हो! मैले मेरो छोरालाई भनेँ, “बाबु, अहिले तँ ठूलो भइसकिस् र मैले तेरो हेरचाह गरिरहनु पर्दैन। म बूढो भएँ। म मेरा बाँकी दिनहरूमा आफ्‍नो विश्‍वास अभ्यास गर्न र परमेश्‍वरलाई पछ्याउन मात्रै चाहन्छु। आशा छ तैँले यो कुरा बुझ्‍न सक्छस्।” त्यति भनेर, म पसल छोडेर गएँ। घर पुगेर, म प्रार्थनामा परमेश्‍वरको अघि आएँ: “हे सर्वशक्तिमान् परमेश्‍वर! पाष्टरले मलाई दुःख दिन र बाध्य गर्न सक्‍ने जति सबै चलाकीहरू प्रयोग गरिरहेको छ। मेरो छोराले मसँग सबै सम्‍बन्ध तोड्दैछ। अहिले मलाई अत्यन्तै कमजोर महसुस भइरहेको छ। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस् र विश्‍वास दिनुहोस्।”

भोलिपल्‍ट सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर लिन मेरो घरमा आए र मैले उनलाई यो सबै कुरा भनेँ। उनले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर सुनाए। “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग बाजी थाप्‍ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दा पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूको कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग बाजी थापेको हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो। … मानिसहरूले गर्ने प्रत्येक कुराले उनीहरूलाई उनीहरूको प्रयासमा निश्चित मूल्य चुकाउन लगाउँछ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्‍वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका ती वचनहरूको आधारमा उनले आत्मिक युद्धहरूका बारेमा बताउँदा, मैले के बुझेँ भने जब हामीलाई पादरीवर्गले बाधा दिन्छन्, दुःख दिन्छन्, र बाध्य गर्छन्, तब यो कुरा मानिसहरूले गरेको हो जस्तो देखिन्छ, तर वास्तवमा, शैतानले नै हामीलाई बाधा दिने प्रयास गरिरहेको हुन्छ। परमेश्‍वरले जहाँ-जहाँ काम गर्नुहुन्छ, त्यहाँ-त्यहाँ शैतानले बाधा दिइरहेको हुन्छ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामलाई शैतानले घृणा गर्छ त्यसकारण परमेश्‍वरलाई पछ्याउनबाट मानिसहरूलाई रोक्‍न, तिनीहरूलाई आफूसँग नरकमा लैजान यसले सबै प्रकारका युक्ति र चलाकीहरू प्रयोग गर्छ। पाष्टर ली र अरूले मलाई साँचो मार्गबाट टाढा राख्‍ने प्रयास गरे, बारम्‍बार मसँग जिद्दी गरिरहे, अनि मलाई कार दिने, मलाई मण्डलीको आर्थिक कारोबार वा रिटायरमेन्ट होम व्यवस्थापन गर्न लगाउने भनेर भने। तिनीहरूले मलाई श्रीमती पनि खोजी दिने प्रस्ताव गरे। त्यो कुनै उपायले काम नगर्दा, तिनीहरूले मलाई धम्की दिन मेरो छोराको विवाह प्रयोग गरे। तिनीहरूले धम्की पनि प्रयोग गरे र लोभ पनि प्रयोग गरे। यो कुटिल र खराब कुरा थियो।

ब्रदर लिनले थप सङ्गति बाँडे: “जब प्रभु येशू देखा पर्नुभयो र उहाँले काम गर्न थाल्‍नुभयो, तब यहूदी विश्‍वासका अगुवाहरूले सत्यता र परमेश्‍वरलाई घृणा गरे। प्रभु येशूको मार्ग अख्तियारपूर्ण छ भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा थियो। तिनीहरूले यसको बारेमा अनुसन्धान गर्न नमानेका मात्र होइनन्, तर तिनीहरूले पागलले झैँ उहाँलाई विरोध गरे, दोष दिए र निन्दा गरे। मानिसहरूलाई उहाँलाई पछ्याउनबाट रोक्‍न र उहाँलाई क्रूसमा टाँग्‍न लगाउन तिनीहरूले आफूले सक्‍ने सबै कुरा गरे। यदि मानिसहरूले प्रभु येशूलाई पछ्याए भने तिनीहरूले आफ्‍नो हैसियत र रोजीरोटी गुमाउँछन् भन्‍ने डरले तिनीहरूले यसो गरेका थिए। यो कुरा बाइबलमा लेखिएको जस्तै छ, ‘तब मुख्य पुजारीहरू र फरिसीहरू भेला भए, र भने हामी के गरौं? किनकि यो मानिसले धेरै आश्‍चर्यकर्महरू गर्छ। यदि हामीले उसलाई छोडिदियौँ भने, सबै मानिसले उसमाथि विश्‍वास गर्नेछन्: अनि रोमीहरू आउनेछन् र हाम्रो स्थान र जाती दुवैलाई लैजानेछन्। … तब त्यस दिनदेखि उहाँलाई मार्न तिनीहरू एकमत भए’ (यूहन्‍ना ११:४७, ४८, ५३)। परमेश्‍वर मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन न्यायको काम गर्न आखिरी दिनहरूमा आउनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरा धार्मिक पादरीवर्गलाई थाहा छ, तर तिनीहरूले उहाँका वचनहरूको खोजी वा अनुसन्धान गर्दैनन्। तिनीहरूले पागलले झैँ उहाँलाई विरोध गर्ने र दोष दिने, अनि अरूलाई उहाँलाई पछ्याउनबाट रोक्‍ने समेत गर्छन्। तिनीहरूको सार प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूको भन्दा कसरी फरक भयो र? प्रभु येशूले धेरै पहिले नै ती ढोङ्गीहरूलाई दोषी ठहर्‍याउनुभयो र सराप्‍नुभयो। प्रभु येशूले भन्नुभयो, ‘शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ!(मत्ती २३:१३)शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले परमेश्‍वरको विरोध गर्ने धार्मिक अगुवाहरूको सार र जडलाई पनि खुलासा गर्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, ‘भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना परमेश्‍वरलाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोक्दा पनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास गरेको दाबी गरेर पनि उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)।” परमेश्‍वरका वचनहरू पढेपछि, मैले सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने धार्मिक अगुवाहरूको शैतानी प्रकृतिलाई अझै राम्ररी बुझेँ। तिनीहरूले उग्र रूपमा सर्वशक्तिमान्‌ परमेश्‍वरलाई विरोध गर्छन् र दोष दिन्छन् र परमेश्‍वरको आखिरी दिनहरूको कामको गवाही दिने ब्रदर-सिस्टरहरूलाई सताउँछन्, किनभने तिनीहरूले परमेश्‍वरका भेडाहरूमाथिको शक्तिलाई सधैँभरि कायम राख्‍न चाहन्छन्। तिनीहरूले परमेश्‍वरका भेडाहरूलाई आफ्‍नो बनाउन, आफ्‍नो नियन्त्रणमा राख्‍न चाहन्छन्। तिनीहरूले जुन कुरा गर्न सक्दैनन् त्यो कुरा गर्नबाट विश्‍वासीहरूलाई रोक्छन्—परमेश्‍वरको राज्यमा प्रवेश गर्न। तिनीहरू नरक जानेछन् र अरूलाई पनि आफूसँग तानिरहेका हुन्छन्। तिनीहरू साँच्‍चै नै भूतहरूका समूह हुन्! यदि मैले मेरो मार्गमा बाधा हुने पादरीवर्गका प्रयासहरूलाई व्यक्तिगत रूपमा अनुभव नगरेको भए, यदि आखिरी दिनहरूमा देहधारी परमेश्‍वर देखा परेर काम नगर्नुभएको भए, मण्डलीहरूमा लुकिरहेका यी दुष्ट नोकरहरू र ख्रीष्ट-विरोधीहरूलाई खुलासा नगर्नुभएको भए, मैले परमेश्‍वरलाई विरोध गर्ने तिनीहरूको दुष्ट सारलाई कहिल्यै पनि देख्‍नेथिइनँ। मलाई थाहै नभई तिनीहरूले मलाई बहकाउने र बरबाद गर्नेथिए। मैले तिनीहरूको ढोङ्गी, घृणित रूप देखेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको मेरो विश्‍वास झन् दह्रिलो भयो।

मैले मेरो पुरानो मण्डलीका ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार गरिरहेँ। एक दिन बिहान हामी भेलामा हुँदा, पाष्टर ली र तिनको जत्था हाम्रो घरमा फेरि आएर भने, “हामीले तपाईंलाई पूर्वीय ज्योति छोड्नुहोस् भनेर बारम्‍बार भनेका छौँ। तपाईं भनेको नमान्‍ने मात्र होइन, तर मेरो भेडालाई चोरेर तिनीहरूलाई पूर्वीय ज्योतिको प्रचार पनि गरिरहनुभएको छ। तपाईं साँच्‍चै मेरो विरुद्धमा उठ्न चाहनुहुन्छ?” मैले भनेँ, “पाष्टर ली, त्यस्तो कुरा गर्नु ठीक होइन। मण्डली परमेश्‍वरको हो, र बगाल पनि उहाँकै हो। तपाईं पाष्टर मात्र हुनुहुन्छ। भेडाहरू तपाईंका हुन् भनेर तपाईं कसरी भन्‍न सक्‍नुहुन्छ? मैले ब्रदर-सिस्टरहरूलाई सुसमाचार प्रचार गरिरहेको छु ताकि तिनीहरूले परमेश्‍वरको आवाजलाई सुनेर उहाँको सिंहासन अघि फर्कन सकून्। यो सही र उचित कार्य हो। तपाईं किन बाधा दिनुहुन्छ? सबै जनाले कमजोर र नकारात्मक महसुस गरिरहेका छन्। तिनीहरू आत्मिक रूपमा सुकेका छन् र अन्धकारमा छन्। तिनीहरूले कुनै पनि जीवनको भरण-पोषण प्राप्त गरिरहेका छैनन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले वचनहरू बोल्‍नुभएको छ, र हामीलाई अनन्त जीवनको मार्ग दिनुभएको छ। तपाईंले किन मानिसहरूले ती पढून् भन्‍ने चाहनुहुन्‍न? तपाईंले किन मानिसहरूलाई साँचो मार्गको खोजी गर्ने तिनीहरूको अधिकार र स्वतन्त्रताबाट बन्चित गर्नुहुन्छ? तपाईंले तिनीहरूलाई त्यसरी रोकेर, के तपाईंले तिनीहरूलाई तिर्खाएर मर्न र धर्मको मरुभूमिमा विस्थापित छोडिरहनुभएको छैन र? त्यसो गर्नु भनेको असल नोकर बन्‍नु हो कि दुष्ट नोकर बन्‍नु हो?” पाष्टर लीको अनुहार तुरुन्तै परिवर्तन भयो र तिनले क्रोधित हुँदै चिच्याए भने, “तपाईंलाई सुधार गर्न नसकिने भयो। तपाईंले हामीलाई विश्‍वासमा पछ्याउनुभएन भने, हेरी मात्र राख्‍नुहोस्, तपाईं नरकमा दण्डित हुनुहुनेछ!” मैले भनेँ, “म नरक जान्छु कि जाँदिन भन्‍ने कुरा तपाईंले भन्‍ने कुरा होइन। प्रभुको आवाज कसरी चिन्‍ने वा उहाँलाई कसरी स्वागत गर्ने त्यो समेत तपाईंलाई थाहा छैन। तपाईंले कसरी अरूलाई उहाँको राज्यमा डोर्‍याएर लैजान सक्‍नुहुन्छ? आखिरी दिनहरूका ख्रीष्‍ट मात्रै स्वर्गको राज्यको प्रवेशद्वार हुनुहुन्छ। मैले उहाँबाट अनन्त जीवनको बाटो पाएको छु। मेरो जीवनको जिम्‍मेवारी परमेश्‍वरसँग छ, तपाईंसँग होइन।” मैले त्यो कुरा बताएपछि तिनीहरू खिन्‍न हुँदै गए। त्यसपछि कसैले पनि मकहाँ आउने झमेला गरेन।

यो आत्मिक युद्धबाट गुज्रेपछि मैले शैतानका चलाकीहरूको बारेमा केही कुरा बुझेँ। मैले धार्मिक संसारका पाष्टर र एल्डरहरू ढोङ्गी फरिसीहरू मात्र हुन्, र ख्रीष्टलाई इन्कार र प्रतिरोध गर्ने ख्रीष्ट-विरोधीहरू मात्र हुन् भन्‍ने पनि थाहा पाएँ। म तिनीहरूको नियन्त्रणबाट पूर्ण रूपमा मुक्त भएँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मलाई हरेक कदममा शैतानमाथि विजय गर्न र साँचो मार्गमा दह्रिलो गरी खडा हुन सहायता गरे। म परमेश्‍वरलाई साँच्‍चै धन्यवाद दिन्छु! मैले भोगेको सबै कुराको बारेमा फर्केर हेर्दा, यो सबै एउटा ठूलो जाँच थिएछ भन्‍ने देख्छु। म जीवन र मृत्युको दोसाँधमा थिएछु। परमेश्‍वरका वचनहरूको अगुवाइ नपाएको भए, मैले कहिल्यै पनि शैतानको षड्यन्त्रलाई देख्‍न सक्‍नेथिइनँ। यदि मैले देहलाई पछ्याएर शैतानको अघि झुकेको, र सही मार्गबाट बाहिर गएको भए, त्यो परमेश्‍वरलाई गम्‍भीर रूपमा धोका दिनु हुनेथियो। मैले परमेश्‍वरको स्वभावलाई चिढ्याएर मेरो मुक्तिको अवसरलाई पूर्ण रूपमा गुमाउनेथिएँ। म साँच्‍चै नै खुकुरीको धारमा हिँडिरहेको थिएँ! परमेश्‍वरको सुरक्षा र मुक्तिको लागि म अत्यन्तै कृतज्ञ छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मेरो परिवारको पिँजडाबाट उम्‍कँदा

मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई २००५ मा स्वीकार गरेँ। त्यो अवधिमा, मैले भेलाहरूमा सहभागी भएर अनि परमेश्‍वरका वचनहरू...

घरमा आत्मिक युद्ध

By Ruth, the United States अगष्ट २०१८ मा, एक मित्रले मलाई प्रभु येशू फर्किसक्नुभएको छ र उहाँले परमेश्‍वरको घरबाट सुरु गरी न्यायको कार्य...

म र परमेश्‍वरको राज्यको बीचमा मेरो पाष्टर खडा भयो

नोभेम्बर २०२० मा, एक जना ब्रदरले मलाई अनलाइन भेलामा सहभागी हुन बोलायो। मलाई के लाग्यो भने म मेरो मण्डलीमा सधैँ उही पुरानै प्रवचनहरू सुन्छु,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्