नाम र लाभका लागि लडेका ती दिनहरू

15 मार्च 2022

झाओ फ्यान, चीन

मैले जून २०२० मा मण्डलीको मलजल गर्ने कामको जिम्मेवारी सम्हालेँ। मलजल गर्ने कर्मचारीहरूको अभावले गर्दा हाम्रो काम प्रभावित भइरहेको थियो, त्यसैले म यसबारे निकै चिन्तित थिएँ। मैले सोचेँ, यदि मैले यो अभाव पूर्ति गरिनँ भने मैले व्यावहारिक काम नगरेको भनेर अगुवाहरूले सोच्न सक्छन्। म यसबारे चिन्तित भइरहेकी बेला एक अगुवाले मलाई एक कर्मचारीको प्रस्ताव गर्दै भर्खरै सरुवा भएकी सिस्टर सियायोदानले मलजलको काम गर्न सक्‍ने बताइन्। त्यो सुनेर म पुलकित भएँ र मेरो मन निकै हलुका भयो। अनि, सियायोदानको लागि नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने काम बन्दोबस्त गर्न मैले तुरुन्तै उनीसँग भेट्ने समय मिलाएँ।

ती सिस्टरलाई तालिम दिन र हाम्रो मलजलको कामलाई छिटो सुधार गर्न, मैले उनलाई नयाँ विश्‍वासीहरूका परिस्थितिहरूसँग परिचित गराउन केही मानिसहरू खोजेँ। तर केही समय नबित्दै, ती अगुवाले भिडियो कार्यको जिम्‍मेवारी सम्हाल्ने सिस्टर झोउ नुओलाई भिडियो बनाउन मदत गर्न सियायोदानको आवश्यकता परेको, र सियायोदानलाई तिनको टोलीमा सामेल गरिएको उल्लेख गर्दै एक सन्देश पठाइन्। त्यो सन्देश देखेर म त ट्वाल्लै परेँ: मैले उनलाई सम्पर्क गर्नेदेखि लिएर उनका कर्तव्य प्रबन्ध गर्नेसम्मका सबै कुरा गरेकी थिएँ, र हाम्रो काम सुधार गर्न म उनलाई छिटोभन्दा छिटो तयार पार्न चाहन्थेँ, तर झोउ नुओले बीचैमा बाधा हालिन्। मलाई लाग्यो, यदि सियायोदान गइन् भने, मलाई मदत गर्न अरू कसैलाई खोज्नुपर्ने हुन्छ, र यदि मैले कोही उपयुक्त व्यक्ति फेला पार्न सकिनँ भने, नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सकिंदैन। यदि यस्तो भयो भने, अगुवाहरूले मलाई के सोच्‍लान्? के मैले सियायोदानलाई प्रशिक्षण दिएको व्यर्थ हुँदैन र? त्यसरी त हुँदैन। मैले उनलाई रोक्‍ने तरिका खोज्न चाहेँ। त्यसैले, मैले तुरन्तै यसो भन्दै अगुवालाई जवाफ दिएँ—हामीलाई मलजल गर्ने कर्मचारीको नितान्त खाँचो छ र हामीले कामका आवश्यकताहरू र व्यक्तिगत क्षमताअनुसार मानिसहरूको खटापटाउलाई लेखाजोखा गर्नुपर्छ। अझ भन्‍ने हो भने, म चाहन्थेँ कि सियायोदानले पहिले पनि मलजल गर्ने काम गरेकी हुनाले उनलाई त्यही मलजलको काम निरन्तर गर्न दिनको लागि अगुवाले झोउ नुओसित कुरा गरून्। दुई दिनपछि मैले जवाफ पाएँ कि सियायोदानसित भिडियो निर्माणको राम्रो जग रहेको छ, र उनलाई पनि त्यसैमा रुचि छ, त्यसैले समग्रमा, उनी भिडियो निर्माणकार्यमा नै धेरै उपयुक्त छिन्। म निकै निराश भएँ र सोचेँ, यदि झोउ नूओले उनलाई नसोधेकी भए, सियायोदानले त्यो काम गर्नेबारे कहिल्यै सोच्नेथिनन्। तर त्यो निर्णय भइसकेको कुरा थियो, त्यसैले मैले अरू कसैलाई खोज्नु थियो, त्यो पनि छिटो, नत्र हाम्रो काममा धक्‍का पुग्‍नेथ्यो र अगुवाले पक्‍कै पनि मैले व्यवहारिक काम गरेकी छुइनँ भन्‍नेथिन्। मैले अन्य मण्डली सदस्यहरूको समीक्षा गरेँ र राम्रो क्षमता भएका केही सिस्टरहरू भेट्टाएँ, जो राम्रोसित खोजी गर्थे र त्यस कामको लागि योग्य थिए। तिनीहरूमध्ये, सिस्टर याङ मिङ्ग्यी मिलनसार र कुरा गर्न सजिलो व्यक्ति थिइन्, र नयाँ विश्‍वासीहरू उनीसँग भेला हुन मन पराउँथे। उनी त्यस पदका लागि उपयुक्त थिइन्। म निकै खुसी भएँ र मिङ्गीलाई विशेष ध्यान दिएर ती सिस्टरहरूलाई तालिम दिन थालेँ। मैले सोचेँ, मैले यसपटक साँच्‍चै नै राम्रो गर्नुपर्छ र उनलाई सकेसम्म चाँडो जगेर्ना गरिहाल्नुपर्छ ताकि सबैले मलाई सक्षम व्यक्तिको रूपमा हेरून्।

मैले मलजलको काम गर्नको लागि केही थप सिस्टरहरू फेला पारिसकेकी भए पनि, म अझै पनि सियायोदानलाई फिर्ता ल्याउन चाहन्थेँ। एक दिन भेलामा, अर्की अगुवाले सियायोदानको बारेमा सोधिन्, अनि मेरो मन भित्रभित्रै चसक्‍क दुख्यो, र मैले मनमनै सोचेँ: “मैले यिनलाई झोउ नुओले सियायोदानको लागि भिडियो बनाउने कामको बन्दोबस्त गरेको कुरा भन्‍नुपर्छ ताकि यिनले झोउलाई निराकरण गरून् र सियायोदानलाई फिर्ता ल्याउन मलाई मदत गरून्। त्यसपछि त मसँग मलजल गर्ने अर्को सहयोगी हात हुनेछ र हामीले अझ राम्रो काम गर्नेछौँ।” त्यसैले, मैले ती अगुवालाई झोउ नुओले सियायोदानलाई भिडियो बनाउन लगेको सबै कुरा बताएँ र मैल उनलाई पहिला प्रशिक्षण दिइरहेकी थिएँ, तर झोउ नुओले उनलाई मबाट खोसेर लगिन् भनेर जोड दिएँ। उनले अनपेक्षित कुरा भनिन्, “मण्डली एउटै एकाइ हो र यसलाई विभाजित गर्न सकिँदैन। उनलाई जहाँ पठाइए पनि त्यो हाम्रै कामको लागि हो र भिडियो निर्माणमा धेरै मानिस चाहिन्छ, त्यसैले हामीले लड्नु हुँदैन। सियायोदानलाई त्यहाँ खटाइएको हुनाले हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ।” ती अगुवाले मेरो पक्ष नलिएको देख्दा म निराश भएँ।

केही पछि, भर्खरै जगेर्ना गरिएका केही सिस्टरहरूले नयाँ विश्‍वासीहरूलाई स्वतन्त्र रूपमा मलजल गर्न सक्‍न थाले, त्यसैले म खुसी थिएँ र मलाई मेरो प्रयास खेर गएको छैन र जब अगुवाहरूले यो कामको बारेमा थाहा पाउँछन् तब म तिनीहरूको नजरमा राम्रो देखिनेछु भन्‍ने लाग्यो। तर आश्‍चर्यको कुरा, एक दिन मेरी साझेदार सहकर्मी सिस्टर लि सियाङ्जेनले मलाई झोउ नुओले मिङ्ग्यीलाई भिडियो निर्माणको लागि चाहेको कुरा बताइन्। मलाई झनक्‍क रिस उठ्यो, र मैले भने: “मैले मिङ्‌ग्यीलाई पहिले नै तालिम दिइसकेको छु, अनि किन झोउ नुओ उनलाई भिडियो बनाउन लैजाँदै छिन्? उनले पहिले सियायोदानलाई लगिन् र अहिले मिङ्गीलाई लैजान चाहन्छिन्। मैले मेहनत गरेका सबै कुरा उनी लैजाँदै छिन् र मलाई केही पनि छोडिरहेकी छैनन्। के मेरो सबै प्रयास व्यर्थ भएनन् र?” मलाई पूरै उकुसमुकुस भयो र सियाङ्जेनलाई कड्कँदै भनेँ, “के तपाईं झोउ नुओलाई मिङ्ग्यीले पहिले नै मलजलको काम गरिरहेकी छिन्, त्यसैले उनले अरू कोही खोज्नुपर्छ भनेर भन्‍न सक्‍नुहुन्‍न?” के गर्ने के नगर्ने हुँदै सियाङ्जेनले भनिन्, “भिडियो निर्माण र मलजल दुवै काम वास्तवमै महत्त्वपूर्ण छन्, तर भिडियो निर्माणको लागि मान्छे भेट्न अलि गाह्रो छ। हामीले आगामी काम कसरी प्रबन्ध गर्ने भन्‍नेबारेमा थप छलफल गर्नुपर्छ।” मैले मनमनै सोचेँ: “के थप छलफल? झोउ नूओले मलाई चाहिएका मानिसहरू लैजाँदै छिन्। मैले त आफ्ना प्रशिक्षार्थीलाई पनि राख्‍न पाउँदिनँ, अनि सबैले मेरो बारेमा के सोच्लान्? यसरी हुँदैन। जे भएपनि, यसपटक मैले नेतृत्वसँग कुरा गर्नुपर्छ र उनीहरूलाई यसबारे छलफल गर्न लगाउनुपर्छ, नत्र यो साँच्‍चै अपमानजनक हुनेछ।”

म घर पुग्‍नासाथ उनीहरूलाई चिठी लेख्‍न लागेकी थिएँ, तर के लेख्‍ने मलाई थाहा थिएन। मैले सोचेँ, “आ भइहाल्यो। मैले मिङ्ग्यीसँग सीधै कुरा गर्नुपर्छ र उनलाई मलजलको काम गरिरहनू भनी भन्‍नुपर्छ, ताकि म उनलाई राखिराख्‍न सकूँ।” मैले मिङ्ग्यीलाई पत्र लेख्‍न मात्रै के लागेकी थिएँ, मेरो दिमाग शून्य भयो र के भन्‍ने थाहै भएन। मलाई साह्रै असहज महसुस भयो र पहिला के भएको थियो भनी सबै कुराबारे फेरि सोचेँ। मेरा प्रशिक्षार्थीहरूलाई झोउ नुओकहाँ स्थानान्तरण गर्दा म किन रिसाएँ र नेतृत्वलाई गुनासोसमेत गर्न चाहेँ? मिङ्ग्यीलाई फिर्ता पाउन म किन यति दृढ थिएँ? त्यसैले, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूलाई शान्त पार्न थालेँ, र त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परमेश्‍वरको घरमा, जबसम्म मानिसहरू सत्यको पछि लाग्छन्, तबसम्म उनीहरू परमेश्‍वरको सामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफ्नो काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसतर्फ लक्षित छैनन् तर तेरो आफ्नै लागि, तेरा आफ्नै स्वार्थी अभिलाषाहरू पूरा गर्नका लागि लक्षित छन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्‍वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। गैरविश्‍वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। गैरविश्‍वासीहरूमाझ, प्रत्येक व्यक्तिले आफ्ना कुरा आफैसँग गर्छ, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफूले लिन सक्‍ने कुनै पनि फाइदाका लागि लड्न बाध्य हुन्छन्। उनीहरू पूर्ण रूपले भिन्‍न, विभाजित, बेमेलको अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। तैपनि उनीहरूको उद्देश्यको प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ, आफूमाथिको आफ्नो नियन्त्रण भ्रष्ट शैतानी स्वभावद्वारा खोसिएको हुन्छ—जसको परिणामस्वरूप उनीहरू पापमा अझ गहिरो गरी डुब्छन्। परमेश्‍वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुआत बिन्दु गैरविश्‍वासीहरूका भन्दा फरक हुँदैन भने, यदि तिमीहरूका कार्यहरू पनि भ्रष्ट शैतानी स्वभावको चलाकी, नियन्त्रण र दाउपेचको अधीनमा हुन्छ र सुरुवाती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, घमन्ड र प्रतिष्ठा हुन्छ भने, तिमीहरूले गरेका कर्तव्य गैरविश्‍वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। त्यसपछि, मैले हिजोआज कस्तो व्यवहार गरिरहेकी छु भनेर सोचेँ। के म आफ्नो इज्‍जत र हैसियतका लागि अरूसँग लड्ने स्थितिमा थिइनँ र? सियायोदान हाम्रो चर्चमा आउँदै छिन् भन्‍ने थाहा पाउनेबित्तिकै मेरो पहिलो सोच भनेको उनलाई तालिम दिइसकेपछि हाम्रो टोलीको नतिजा राम्रो हुनेछ र त्यसमार्फत मैले आफ्ना सीपहरू प्रमाणित गरी अगुवाहरूको अनुमोदन प्राप्त गर्न सक्छु भन्‍ने थियो। त्यसैले मैले उनलाई तालिम दिन कुनै पनि कसर बाँकी छोडिनँ। उनलाई झोउ नुओले भिडियो निर्माणमा सरुवा गर्ने चाँजोपाँजो मिलाएकी छिन् भनेर सुन्दा, यदि मैले अर्को राम्रो कर्मचारी भेट्टाउन सकिनँ भने हाम्रो काममा धक्‍का पुग्छ, त्यसपछि म नेतृत्वको अगाडि नराम्रो देखिनेछु र मेरो पद गुम्‍नेछ भनेर म डराएँ। म झोउ नुओविरुद्ध पक्षपाती भएँ र नेतृत्वलाई सियायोदानलाई मकहाँ फर्काउन लगाउने प्रयास गरेँ। त्यसपछि, मिङ्ग्यीको सरुवा हुन लागेको सुनेपछि म कड्किएँ, र नेतृत्वसित गुनासो गर्न र उनलाई फिर्ता लिन समेत चाहेँ, र यी सबै मैले आफ्नो नाम र हैसियत कायम राख्‍नलाई नै गरेकी थिएँ। मैले अविश्‍वासीले जस्तै व्यवहार गरिरहेकी थिएँ, आफ्नो नाम र हैसियतको लागि लडिरहेकी थिएँ, घिनलाग्दो शैतानी स्वरूपमा जिइरहेकी थिएँ। परमेश्‍वरको घरले मानिसहरूलाई जगेर्ना गर्छ ताकि ब्रदर-सिस्टरहरूले आफ्नो क्षमताको सदुपयोग गर्न र सुसमाचार सुनाउने आफ्नो भूमिका निर्वाह गर्न सकून्। तर मैले मानिसहरूलाई जगेर्ना गर्ने कार्यलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यमको रूपमा लिइरहेकी थिएँ, आफ्नो इज्‍जत र हैसियत जोगाउन अरूसँग होडबाजी गरिरहेकी थिएँ। त्यो सामान्य मानवता थिएन! मैले आफैलाई म किन सधैँ आफ्नो इज्‍जत र हैसियतको लागि अरू मानिसहरूसँग लडिरहेकी छु भनेर प्रश्‍न सोध्‍नु थियो। मैले खोजी गर्दा, परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूमाझ मण्डली नेतृत्वका पदहरू तथा प्रतिष्ठाको निम्ति प्रतिस्पर्धा गर्छन्, तब तिनीहरू आफूले सक्ने सबै विधिहरू प्रयोग गरेर अरूलाई आक्रमण गर्ने र आफूलाई माथि उठाउने गर्छन्। तिनीहरू परमेश्‍वरको घरको काम तथा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई तिनीहरूले कति नराम्रोसित क्षति पुर्याउन सक्लान् भनी विचार गर्दैनन्। तिनीहरूले आफ्ना महत्वाकांक्षाहरू र चाहनाहरूलाई सन्तुष्ट गर्न सकिन्छ कि सकिँदैन, अनि तिनीहरूका आफ्नै हैसियत र प्रतिष्ठा सुरक्षित पार्न सकिन्छ कि सकिँदैन भनेर मात्र विचार गर्छन्। मण्डलीहरूमा अनि परमेश्‍वरका चुनिएका मानिसहरूको माझमा तिनीहरू राक्षस र दुष्ट मानिसको भूमिका खेल्छन्, रशैतानका नोकरको काम गर्छन्। तिनीहरू साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने मानिस हुँदै होइनन्, न त परमेश्‍वरलाई पछ्याउने मानिसहरू नै हुन्, झन् सत्यतालाई प्रेम र स्वीकार गर्ने मानिसहरू हुने त परको कुरा हो। जब तिनीहरूका अभिप्राय र लक्ष्य अझै पूरा हुन बाँकी हुन्छ, तब तिनीहरू कहिल्यै आच्मचिन्तन गरेर आफूलाई चिन्‍ने गर्दैनन्, आफ्ना अभिप्राय र लक्ष्य सत्यताबमोजिम छन् कि छैनन् भनी कहिल्यै चिन्तन गर्दैनन्, तिनीहरू मुक्ति प्राप्त गर्न सत्यता पछ्याउने मार्गमा कसरी हिँड्ने भनी कहिल्यै खोजी गर्दैनन्। तिनीहरू समर्पित मनस्थितिले परमेश्वरमा विश्वास गर्ने वा आफूले हिँड्नुपर्ने मार्ग रोज्ने गर्दैनन्। बरु, तिनीहरू यस्तो सोच्दै आफ्नो दिमाग खियाउँछन्: ‘अगुवा वा सेवकको पदमा म कसरी पुग्‍न सकुँला? मण्डलीका अगुवा र सेवकहरूसँग मैले कसरी प्रतिस्पर्धा गर्न सकुँला? कसरी मैले परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न, र ख्रीष्टलाई नाममात्रको बनाउन सकुँला? कसरी मैले मण्डलीमा आफ्नो ठाउँ सुरक्षित गर्न सकुँला? कसरी मैले मण्डलीमा आफ्नो दरिलो पकड सुनिश्चित गर्न, हैसियत प्राप्त गर्न, आफू सफल हुने निश्‍चित गर्न र असफल नहुन, र अन्त्यमा परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रणमा राख्ने र आफ्नै राज्य स्थापना गर्ने आफ्नो लक्ष्य हासिल गर्न सकुँला?’ ख्रीष्टविरोधीहरू यिनै कुराहरूबरे सोच्दै दिनरात बिताउँछन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। “सत्यता सिद्धान्तहरू, परमेश्‍वरका आज्ञाहरू, र परमेश्‍वरको घरको कामलाई कसरी लिने, वा आफूले सामना गर्ने कुराहरू कसरी सम्‍हाल्‍ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्‍भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्‍वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्‍ने, परमेश्‍वरलाई कसरी सन्तुष्ट तुल्याउने, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि, र कतै तिनीहरूको प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्‍नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसहरूले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्‍ने कुरा थाहा पाउँछन् भने, तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसहरूले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठ हासिल गर्न दिन्छन्, वा तिनीहरूको बोली अख्‍तियारपूर्ण बन्छ र अझै धेरै मानिसहरूले तिनीहरूको कुरा मान्छन् भने, तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र, तिनीहरूले परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्‍नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणित कुरा होइन र? कुनै पनि परिस्थितिमा, ख्रीष्टविरोधीहरू आफ्‍नो हैसियत र प्रतिष्ठालाई सबैभन्दा महत्त्वपूर्ण ठान्छन्। तिनीहरूसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैन(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका यी वचनहरूले ख्रीष्टविरोधीहरूलाई अति स्वार्थी, आफ्नो हितलाई सबैभन्दा माथि राख्‍ने व्यक्तिहरूको रूपमा खुलासा गर्छन्। यदि कसैले तिनीहरूको नाम र हैसियतमा धक्‍का पुर्‍यायो भने, उनीहरूसँग लड्न तिनीहरू आफ्नो दिमाग खियाउँछन्, मण्डली र ब्रदर-सिस्टरहरूलाई फाइदा हुने कुराबारे तिनीहरू कुनै विचार गर्दैनन्। मैले आत्मसमीक्षा गरेँ र ख्रीष्टविरोधी जस्तै काम गरिरहेको रहेछु भनेर महसुस गरेँ। म सियायोदान र मिङ्ग्यीलाई मेरो कार्य प्रदर्शन सुधार गर्न र अगुवाहरूको अनुमोदन प्राप्त गर्नहेतु नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामामा लगाउन चाहन्थेँ। झोउ नुओले उनीहरूलाई स्थानान्तरण गर्दा, त्यसबाट मेरा कार्य नतिजाहरूमा धक्‍का पुग्‍ने र त्यसपछि मेरो नाम र प्रतिष्ठा नै खतरामा पर्ने कुराको मलाई चिन्ता लाग्यो, र त्यसकारण म ती दुई सिस्टहरूलाई फिर्ता ल्याउन उनीसँग सिधै लड्न चाहेँ, तर मेरो व्यवहारले मण्डलीको हितलाई हानि पुर्‍याउन सक्छ भनेर सोचिनँ। मैले आफ्नै नाम र हैसियतबारे मात्र सोचिरहेकी थिएँ। म एकदमै स्वार्थी थिएँ, मसँग मानवता र समझ छँदै थिएन। ब्रदर-सिस्टरहरू कसैको निजी सम्पत्ति होइनन्। उनीहरूको क्षमता र शक्ति सबै नै परमेश्‍वरद्वारा निर्धारित थिए, र उहाँको कामको लागि उनीहरूलाई ती क्षमता दिइएका थिए। “तेरो र मेरो” वा “जसले मह काड्छ उसैले हात चाट्छ” भन्‍ने कुरा आउँदैन। मण्डलीमा जहाँ आवश्यकता पर्छ त्यहीँ मानिसहरू जानुपर्छ। त्यो स्पष्ट रूपमै सही कुरा हो। झोउ नुओले सिद्धान्त पालन गर्नु र मानिसहरूलाई उनीहरूको क्षमताअनुसार मण्डलीका लागि प्रशिक्षण दिनु व्यावहारिक र उचित थियो। तर मैले पहिला ती दुई सिस्टरहरूलाई तालिम दिनको लागि छनौट गरेँ, त्यसैले उनीहरूलाई कसैले छुनु हुँदैन भन्‍ने सोच पालेँ। मण्डलीको लागि मानिसहरूलाई तालिम दिने कार्यको समेत फाइदा उठाउँदै, मैले ब्रदर-सिस्टरहरूलाई आफ्नो निजी सहायकहरूजस्तै व्यवहार गरेँ, मानिसहरूबाट सम्मान प्राप्त गर्ने आफ्नै महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्नको लागि उनीहरूलाई प्रयोग गरेँ। झोउ नुओको कार्यले मेरो नाम र हैसियतमा धक्‍का पुर्‍याउँदा, मैले उनलाई रोक्‍न चाल चल्ने प्रयास गरेँ र आफ्नो कुण्ठालाई ओकलेँ। के त्यो “यी मेरा भेडा हुन् र तिनलाई कसैले चोर्न सक्दैन” भनी चर्चका पादरीहरूले दाबी गरेजस्तै थिएन र? पाष्टर र एल्डरहरूले विश्‍वासीहरूमाझ आफ्नो हैसियत सुरक्षा गर्न र जीविकोपार्जन कायम राख्‍नको लागि परमेश्‍वरको आखिरी दिनहरूको कामको विरोध र निन्दा गर्न आफूले गर्नसक्‍ने सबै गर्छन्, र यसरी तिनीहरूले विश्‍वासीहरूलाई साँचो मार्गबारे अनुसन्धान गर्नबाट रोक्छन्, र मण्डलीहरूलाई आफ्नो मुट्ठीमा बलियोगरि नियन्त्रणमा राख्छन्। अगुवाहरूको अनुमोदन पाउन र मण्डली सदस्यहरूको सम्मान प्राप्त गर्नको लागि मैले पनि मैले तालिम दिएकाहरूलाई बलियोगरि आफ्नो मुट्ठीमा राख्‍न चाहेँ, र यसरी मैले उनीहरूलाई आफ्नै व्यक्तिगत समपत्तिझैँ व्यवहार गरेँ, र उनीहरूलाई सरुवा हुन नदिन खोजेँ। कसरी म ती पादरी सदस्यहरूभन्दा फरक थिएँ र? के म परमेश्‍वरविरुद्धको ख्रीष्टविरोधी मार्गमा थिइनँ र? यो कुरा थाहा पाउँदा म त खङ्ग्रङ्ग भएँ। म कति स्वार्थी र घृणित रहेछु भनेर बुझेँ, मैले मण्डलीको हितलाई पटक्‍कै कायम गरिरहेकी थिइनँ, बरु आफ्नै हैसियतलाई मात्र ध्यान दिइरहेकी थिएँ। नाम र हैसियत कमाउने चाहनाले म अन्धी भएकी थिएँ—सोच्दै डर लाग्‍ने! मैले मण्डलीबाट निकालिएका ख्रीष्टरोधीहरूबारे सोचेँ। पश्‍चत्ताप नगरी नाम र हैसियतको पछि लागेका कारण र असाध्यै खराब काम गर्न पुगेकाले गर्दा तिनीहरूलाई निष्कासित गरिएको थियो। यदि म त्यही मार्गमा लागिरहेँ भने मेरो नतिजा पनि त्यस्तै हुनेछ भन्‍ने मलाई थाहा थियो।

मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “जब तँलाई हैसियतको लागि निरन्तर प्रतिस्पर्धा गर्ने सोच र चाहना हुन्छ, तब त्यसलाई समाधान नगरी त्यतिकै छोडियो भने, यस प्रकारको स्थितिले के-कस्ता खराब कुराहरूतर्फ डोऱ्याउनेछ भनेर तँलाई थाहा हुनुपर्छ। त्यसैले सत्यताको खोजी गर्नको लागि अबेर नगर्, हैसियतको लागि प्रतिस्पर्धा गर्ने तेरो चाहना छिप्पिनुअगावै सुल्झाइदे, र यसलाई सत्यताको अभ्यासद्वारा विस्थापित गरिदे। जब तैँले सत्यताको अभ्यास गर्छस्, हैसियतको लागि लड्‍ने तेरो चाहना र महत्त्वाकाङ्क्षा कम हुनेछ, र तैँले मण्डलीको काममा बाधा दिनेछैनस्। यसरी, तेरा कार्यहरूलाई परमेश्‍वरले स्मरण र अनुमोदन गर्नुहुनेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका यी वचनहरूले मलाई अभ्यासको मार्ग दिए। म आफ्नो व्यक्तिगत हितका लागि लडिरहेकी बेला, मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्थ्यो र आफूलाई त्याग्‍नुपर्थ्यो, आफ्ना इच्छाहरू छोड्नुपर्थ्यो, सत्यता सिद्धान्तहरू खोजी गरी तिनको पालन गर्नुपर्थ्यो। वास्तवमा, सियायोदान र मिङ्ग्यीलाई जहाँ खटाइए पनि, यो त मण्डलीको खातिर मानिसहरूलाई जगेर्ना गर्नलाई थियो, र यसको अन्तिम लक्ष्य भन्‍नु नै तिनीहरू हरेकको क्षमतालाई बाहिर निकाल्नु थियो ताकि तिनीहरूले सकेसम्म सर्वोत्तम शैलीमा आफ्नो कर्तव्य पालन गर्न र परमेश्‍वरको गवाही दिन सकून्। म खुसी हुनुपर्छ, र आफ्नो नाम र हैसियतको लागि लड्नु हुँदैन। अनि, मण्डलीमा जगेर्ना गर्ने कार्य सिद्धान्तअनुरूप हुन्‍छ। यो कार्य मण्डलीको कामको आवश्यकतामा आधारित, र मानिसहरूको व्यक्तिगत क्षमताअनुसार हुन्छ। कुनै पनि कर्तव्यका लागि मानिसहरूको उपयुक्तता उनीहरूको क्षमताको आधारमा निर्धारण गरिनुपर्छ। यदि कसैसँग बहुप्रतिभा छ भने, उसलाई त्यही कर्तव्यमा खटाइनुपर्छ, जहाँ उसको सबैभन्दा बढी खाँचो हुन्छ, जुन कर्तव्यमा बढी मानिसहरूको आवश्यकता पर्छ, र जुन कर्तव्य पूरा गर्न ऊ इच्छुक रहन्‍छ। भिडियो निर्माणका लागि क्षमता भएका मानिसहरू धेरै हुँदैनन्। तर मलजल गर्ने कामको हकमा भन्‍नुपर्दा, शुद्धा बुझाइ भएका र परमेश्‍वरको कामका दर्शनहरूसँग सम्बन्धित सत्यताहरूबारे स्पष्टता हासिल गरेका र प्रेमिलो र धैर्यवान् व्यक्तिहरूले त्यो कर्तव्य राम्ररी गर्न सक्छन्। हामीसँग भिडियो निर्माणभन्दा मलजलको कामका लागि धेरै कामदार छन्। सियायोदानसँग चित्र सम्पादन गरेको अनुभव थियो, त्यसैले उनीसँग भिडियो निर्माणको लागि केही सीप थिए। उनी भिडियो बनाउन इच्छुक पनि थिइन्, त्यसैले उनलाई त्यस कर्तव्यमा राखिनु मनासिब थियो। सियायोदान र मिङ्ग्यीलाई प्रशिक्षार्थीको रूपमा गुमाए पनि, मैले मण्डलीभित्र जगेर्ना गर्नका लागि अरू ब्रदर-सिस्टरहरू भेट्टाउन सक्थेँ। मलाई अलि बढी समय र प्रयास मात्र आवश्यक पर्थ्यो। यी सबै बुझेपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ। म आफ्नो मनसाय सच्याउन, कर्तव्यमा सिद्धान्तहरू पालन गर्न, र आफ्नो इज्‍जत र हैसियतका लागि झोउ नुओसँग संघर्ष गर्न छोड्न म तयार भएँ।

झोउ नुओले केही दिनपछि अर्को मण्डलीबाट उनका लागि दुई जना कामदार पठाइएकोले अब सियायोदान र मिङ्ग्यीलाई फिर्ता पठाउन सकिने खबर पठाइन्। उनले उनीहरूको क्षमताको आधारमा अन्य काममा उनीहरूलाई फेरि लगाउन सकिने बताइन्। त्यो कुरा सुन्दा, मैले एकदमै लज्‍जित महसुस गरेँ। त्यसपछि, मैले ती सिस्टरहरूलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कार्यमा फर्कने प्रबन्ध मिलाएँ। त्यसको केही समयपछि नै, मण्डली अगुवाले मिङ्ग्यीको लागि चित्र बनाउने काम बन्दोबस्त गर्दै छिन् भन्‍ने मैले सुनेँ। मैले सोचेँ, “मिङ्ग्यी मलजल गर्ने काममा एकदमै राम्रो छिन्, त्यसैले उनलाई किन त्यो कर्तव्यबाट अन्त कतै पठाउने? यदि उनी स्थानान्तरण भइन् भने, के उनलाई तालिम दिनमा मैले लगाएको सबै प्रयत्‍न खेर जाँदैन र? मैले उनीसग कुरा गर्नुपर्छ र उनलाई मलजल गर्ने कर्तव्यमै बस भनेर भन्‍नुपर्छ।” मलाई यी सोचाइ आउँदा, म फेरि नाम र हैसियतको लागि लडिरहेकी छु भन्‍ने महसुस भय़ो, त्यसैले मैले तुरुन्तै परमेश्‍वरसामु प्रार्थना गरेँ, र आफूलाई त्याग्‍न र मण्डलीको हितलाई पहिलो स्थानमा राख्‍न मलाई मार्गदर्शन दिनुहोस् भनी उहाँमा बिन्ती बिसाएँ। मिङ्ग्यीलाई जहाँ पठाइए पनि, त्यो पक्‍कै पनि मण्डलीको आवश्यकताको लागि हुनेथ्यो। मैले नाम र हैसियतको लागि काम नगरी त्यो स्वीकार गर्नुपर्थ्यो। त्यसरी सोच्दा मलाई धेरै सहज महसुस भयो। केही पछि मैले ती अगुवालाई भेटेँ, अनि उनले मिङ्ग्यीले राम्रो चित्र कोर्थिन्, त्यसैले सिद्धान्तहरूअनुसार उनी त्यो कर्तव्यको लागि अझ धेरै उपयुक्त थिइन् भनेर भनिन्। त्यो सुनेर म रिसाइनँ र निराश पनि भइनँ, बरु मुस्कुराउँदै भनेँ, “परमेश्‍वरलाई धन्यवाद! मलाई थाहा छ, पहिले भएको भए म नाम र हैसियतको लागि लड्नेथेँ, तर परमेश्‍वरका वचनहरूमा प्रकट भएका कुराहरूमार्फत, म कति स्वार्थी रहेछु, र त्यस कुराप्रति परमेश्‍वरलाई कति घिन लाग्छ भनेर मैले बुझेकी छु, र मण्डलीद्वारा जुनसुकै बन्दोबस्त गरिए पनि त्यो सिद्धान्तमा आधारित हुन्छ भनेर मलाई थाहा छ। मिङ्ग्यी चित्र कोर्नमा उत्तम छिन्, त्यसैले उनलाई त्यो कर्तव्यमा खटाइनु सिद्धान्तमा आधारित छ र यसमा मलाई कुनै आपत्ति छैन।” मेरो कुरा सुनेपछि अगुवा मुस्कुराइन्।

यो अनुभवले मलाई साँच्‍चै के देखायो भने, आफ्नो नाम र हैसियतको लागि लड्नुको सट्टा मण्डली र ब्रदर-सिस्टरहरूको हितलाई विचार गर्दा मलाई सहज र हृदयमा शान्ति अनुभूति हुन्छ। परमेश्‍वरलाई धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

म किन अघि बढ्न डराउँछु?

जुन २०१९ मा मैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेँ, र त्यसपछि मैले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न सुरु गरेँ। केही नयाँ विश्‍वासीहरू मेरो...

सुसमाचार प्रचार गर्नुको चाबी जिम्‍मेवारी नै हो

म आफ्‍नो कर्तव्यलाई त्यति गम्‍भीर रूपमा लिँदिनथिएँ र प्रायजसो सुस्त हुन्थेँ। म प्रायजसो अल्याङटल्याङ गर्थेँ। म सुसमाचार प्रचार गर्न लायक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्