नकारात्मकता फैलाउने कार्यलाई विश्‍लेषण गर्दा

25 अप्रिल 2023

गत डिसेम्‍बरको एक दिन, भेलापछि, मेरा अगुवाले उदेनाले सधैँ थकित भएको गुनासो गर्ने, काममा सुस्त हुने, मूल्य चुकाउन नमान्‍ने, र आफ्‍नो कर्तव्यमा परिणामहरू हासिल नगर्ने गरेकीले उनलाई बर्खास्त गरियो भनेर बताइन्। उनमा खराब मानवता पनि थियो, र उनी ब्रदर-सिस्टरहरूबीच नकारात्मकता फैलाउने अनि कर्तव्यमा बाधा दिने गर्थिन्। यी कारणहरूले गर्दा, उनलाई बर्खास्त गरिएको थियो। मेरा अगुवाले आफूले यसो भन्नुको तात्पर्यबारे मलाई उदाहरण दिइन्। उनले भनिन्, उदेनाले नयाँ विश्‍वासीहरूलाई मलजल गरेकी निकै महिना भइसक्यो। उनले नयाँ विश्‍वासीहरूका समस्याहरू समाधान गरिनन्, जसले गर्दा तिनीहरू नकारात्मकता र कमजोर अवस्थामा फसे। त्यसैले, उनको कर्तव्य प्रस्तुतिको आधारमा, मण्डलीले उनलाई बर्खास्त गऱ्यो। भेलामा, उदेनाले भनिन्, “म आफ्‍नो कर्तव्यमा मरिमेट्थेँ, तर बदलामा मैले यो पाउने? किन मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न दिइँदैन? ममा कुनै खराबी छ? के म यो कर्तव्य पूरा गर्न कुनै प्रकारले लायक छैनँ? म यो कर्तव्य फेरि कहिल्यै निर्वाह गर्नेछैनँ। यो त साह्रै लाजमर्दो कुरा हो। किन परमेश्‍वरले यस्तो गरिरहनुभएको छ मलाई थाहा छैन, तर म परमेश्‍वरको प्रेम महसुस गर्न सक्दिनँ।” उनले यसो पनि भनिन्, “आफ्‍नो काम त्यति राम्ररी नगर्ने कतिपय मानिसले पनि किन अभ्यास गर्ने मौका पाउँछन्, तर मैले चाहिँ पाउन सक्दिनँ?” हाम्रा अगुवाले उनीसँग सङ्गति गरे र उनले कसरी आफ्नो बोलीद्वारा नकारात्मकता फैलाउँछिन् भनेर विश्‍लेषण गरे, तर उदेनाले अझै पनि यो स्विकार्न सकिनन्। उनले आफ्‍नो भ्रष्टताबारे मात्रै कुरा गरिरहेकी छु, तर नकारात्मकता फैलाएकी छैनँ भनेर भनिन्। आफूलाई दोष लगाइँदै छ भन्‍ने उनलाई लाग्यो। उनले रिसाउँदै भनिन्, “यदि भेलाहरूमा आफ्‍नो स्थितिबारे कुरा गर्नु नकारात्मकता फैलाउनु हो भने, मैले कसरी सङ्गति गर्नुपर्ने मलाई थाहा छैन।” यो सुनेपछि, म निकै अन्योलमा परेँ। कुन प्रसङ्गमा उदेनाले यी शब्‍दहरू भनिरहेकी थिइन्? उनले भेलाहरूमा आफूले खुलासा गरेको भ्रष्टताबारे कुरा गरिरहेकी थिइन्, कि आफ्‍नै उद्देश्य वा अभिप्रायले जानाजानी नकारात्मकता फैलाइरहेकी थिइन्? यी शब्दहरूको आधारमा, के उनले नकारात्मकता फैलाइरहेकी छिन् भनेर भन्‍नु सही थियो? त्यो बेला, म निकै अन्योलमा थिएँ। हाम्रा अगुवाले उदेनालाई गलत बुझेकी र गलत सम्झेकी हुन् कि भनी म सोच्‍न बाध्य भएँ। परिस्थितिहरू आइपर्दा, मानिसहरूले परमेश्‍वरको इच्‍छा नजान्लान्, वा गलत बुझ्लान् वा गुनासो गर्लान्। तिनीहरूको स्थितिबारे भेलाहरूमा सङ्गति गर्नु सामान्य कुरा होइन र? के यो साँच्‍चै नकारात्मकता फैलाएको हो र? त्यो बेला, मलाई त्यसबारे अझ धेरै थाहा पाउन र किन अगुवाहरूले उनलाई त्यसरी लिए भनेर जान्‍न उनीहरूलाई सोध्‍न निकै मन लागेको थियो, तर म हिचकिचाएँ। सोचेँ, “मैले उदेनालाई एक-दुईपटक मात्रै भेटेकी छु, र म उनलाई त्यति राम्ररी चिन्दिनँ। धेरै मानिसले उनीसँग कर्तव्य निर्वाह गर्छन्। के तिनीहरूले उनलाई मैले भन्दा राम्ररी चिनेका छैनन् र? यदि उदेनालाई साँच्‍चै गल्तीबस बर्खास्त गरिएको हो भने, तिनीहरूले केही भन्‍नेथिए, त्यसैले मैले यसबारे चिन्ता लिनु पर्दैन।”

भोलिपल्ट, मैले अझै यसबारे विचार गरिरहेकी थिएँ, र मैले आफूलाई शान्त पार्न सकेकी थिइनँ। मैले यस्तो सोचिरहेँ, “के उदेनालाई साँच्चै उनकै व्यवहारले गर्दा बर्खास्त गरिएको थियो त? के उनले नकारात्मकता फैलाइरहेकी छिन् भन्‍नु सही थियो? असल व्यक्तिलाई बर्खास्त गर्नु दुष्ट काम हो। यसले मलाई अन्योलमा पारेको छ, त्यसैले मैले यसबारे सोधखोज गरिनँ भने, के यसको अर्थ मैले अन्धाधुन्ध यो कुरा मानिरहेकी छु भन्‍ने हो? के मामिलालाई यसरी सम्‍हाल्‍नु गैरजिम्‍मेवारी हो?” त्यो बेला मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। “मुक्ति पाउनका लागि सत्यता स्विकार्नु र सत्यता पछ्याउनुभन्दा बढी वास्तविक वा व्यावहारिक मार्ग अर्को छैन। यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वास रित्तो हुन्छ। सधैँ धर्मसिद्धान्तका रित्तो शब्दहरू बोल्ने, नाराहरू फलाक्‍ने, आडम्बरी कुरा गर्ने, नियमहरू पालन गर्ने तर सत्यता अभ्यास गर्नमा कहिल्यै ध्यान नदिनेहरूले जति नै धेरै वर्षदेखि विश्‍वासमा रहे पनि, केही प्राप्त गर्दैनन्। केही प्राप्त गर्ने मानिसहरूचाहिँ को हुन् त? तिनीहरू ती व्यक्तिहरू हुन्, जो आफ्नो कर्तव्य इमानदारीसाथ निर्वाह गर्छन् र सत्यता अभ्यास गर्न इच्छुक हन्छन्, जो आफूलाई परमेश्‍वरले सम्पिनुभएको कुरालाई मिसनको रूपमा लिन्छन्, जो आफ्नो सारा जीवन खुसीसाथ परमेश्‍वरमा समर्पण गर्दै बिताउँछन् र आफ्नो फाइदाको खातिर षड्यन्त्र रच्दैनन्, जो एकदमै व्यावहारिक हुन्छन् र जो परमेश्‍वरका योजनाबद्ध कार्यहरू पालन गर्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यताका सिद्धान्तहरू बुझ्न सक्षम हुन्छन् र हरेक काम उचित रूपमा गर्न जोरदार प्रयास गर्छन्, र त्यसरी तिनीहरू परमेश्‍वरको गवाहीको प्रभाव हासिल गर्न, र परमेश्‍वरको इच्छा सन्तुष्ट पार्न सक्छन्। आफ्नो कर्तव्यपालनको दौरान कठिनाइहरू आइपर्दा, तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र परमेश्‍वरको इच्छा बुझ्ने प्रयास गर्छन्, तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्षम हुन्छन्, र आफूले गर्ने सबै कुरामा सत्यताको खोजी र अभ्यास गर्छन्। तिनीहरू सुगारटान नारा घन्काउने वा आडम्बरी कुरा गर्ने गर्दैनन्, बरु एकदमै व्यावहारिक भई कामकुरा गर्न र सावधानीपूर्वक सिद्धान्त पछ्याउन ध्यान दिन्छन्। तिनीहरू आफूले गर्ने सबै कुरामा र सबै कुरा बुझ्नमा जोरदार प्रयास लगाउँछन्, र धेरै कुरामा सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूले ज्ञान र बुझाइ प्राप्त गर्छन्, र पाठहरू सिक्‍न र साँचो अर्थमा केही प्राप्त गर्न सक्षम हुन्छन्। अनि आफूमा गलत विचार आउँदा वा गलत स्थिति हुँदा, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र ती विचार हटाउन सत्यता खोजी गर्छन्; तिनीहरूले जुनै सत्यता बुझे पनि, तिनलाई आफ्नो हृदयमा कदर गर्छन्, र आफ्ना अनुभव र गवाहीबारे बोल्न सक्छन्। यस्ता मानिसहरूले अन्त्यमा सत्यता प्राप्त गर्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने होसियार व्यक्तिले सत्यता खोज्न र आफू वरपरका परिस्थितिबाट पाठहरू सिक्‍न सक्छन्। तिनीहरूले आफ्‍ना अनुभवहरूबाट फाइदा उठाउँछन्। मैले हरेक दिन देख्‍ने र सुन्‍ने कुरामा सिक्नुपर्ने पाठहरू हुन्छन्। तर विगतमा, बर्खास्त गरिएका वा हटाइएका मानिसहरूको व्यवहारबारे सङ्गति गरिएको बेला, म एक कानले सुनेर अर्को कानले उडाउने मात्रै गर्थेँ। म कहिल्यै यसलाई गम्‍भीरतासाथ लिँदिनथेँ, र यसबाट मैले केही पनि प्राप्त गरिनँ। यदि मैले यसपटक यसलाई आफूसँग कुनै सम्‍बन्ध नभएको कुराको रूपमा लिएकी, र आफूलाई अन्योलमै राखिराखेकी भए, यो अनुभवपछि मैले के प्राप्त गर्नेथिएँ? यसबारे विचार गरेपछि, मलाई यसपटक सत्यता खोज्नुपर्छ र सोध्‍नुपर्छ भन्‍ने लाग्यो। यदि उनको बर्खासी सही नै थियो भने पनि, यसको सैद्धान्तिक आधार जान्न सक्थेँ। यदि मैले सत्यता बुझेर यसलाई चिन्न सकेकी भए, यो व्यर्थ हुनेथिएन।

त्यो रात मैले सिस्टर मेरिलिनलाई उेदनाको बर्खासी कस्तो लाग्यो भनेर सोधेँ, किनभने मलाई उेनाबारे उनको मूल्याङ्कन बुझ्‍ने आशा थियो। उनले भनिन्, “मण्डलीले जे प्रबन्ध गर्छ उेना त्यही गर्छिन् र सबैसँग मिलेर बस्छिन्। उदेनाले भेलाहरूमा आफूले प्रकट गरेको भ्रष्टताबारे कुरा गरेकी थिइन्। उनमा परमेश्‍वरप्रति गलतबुझाइ र गुनासाहरू थिए, त्यसैले उनले ती कुराहरू भनेकी थिइन्। उनले नकारात्मकता फैलाइरहेकी थिइन् भन्‍ने मलाई लाग्दैन।” मैले सोचेँ, उनी उदेनासँग परिचित छिन्, र तिनको राम्रो मूल्याङ्कन गरेकी छिन्। उनले उदेना मानिसहरूसँग सामान्यतया मिलनसार छिन्, मण्डलीले जे प्रबन्ध गऱ्यो त्यही गर्छिन्, र खराब मानवता भएको जस्तो देखिँदिनन् भनेर भनिन्। त्यसोभए किन अगुवाले उनमा खराब मानवता छ र उनी नकारात्मकता फैलाउँछिन् भनेर भने? त्यसबाहेक, उदेनाले यी कुराहरू भन्‍नुका कारणहरू थिए। यदि हामीलाई बर्खास्त गरियो र हामी परमेश्‍वरको इच्‍छा बुझ्न सक्दैनौँ भने, के केही गलतफहमी हुनु र गुनासाहरू गर्नु सामान्य होइन र? यदि हामीले यसबारे भेलाहरूमा खुलस्त कुरा गरेर सङ्गति गऱ्यौँ भने, यो कसरी नकारात्मकता फैलाएको हो र? मैले यो कुरा पटक्‍कै बुझिनँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेर खोजी गरेँ।

एक दिन, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “सर्वप्रथम हामी नकारात्मकता प्रकट गर्ने कार्यलाई कसरी बुझ्‍ने र पहिचान गर्ने, मानिसहरूको नकारात्मकतालाई कसरी छुट्याउने, र तिनीहरूका के-कस्ता टिप्‍पणी र प्रकटीकरणहरूले नकारात्मकता प्रकट गर्छन्, त्यसलाई हेरौँ। सबैभन्दा मुख्य कुरा, मानिसहरूले देखाउने नकारात्मकता सकारात्मक हुँदैन, यो सत्यतासँग बाझिने विपरीत कुरा हो, यो तिनीहरूको भ्रष्ट स्वभावबाट आउने कुरा हो। आफूमा भ्रष्ट स्वभाव छ भने सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न गाह्रो हुन्छ—र यी कठिनाइहरूका कारण, मानिसहरूमा नकारात्मक सोच र अन्य नकारात्मक कुराहरू प्रकट हुन्छन्। तिनीहरूले सत्यता अभ्यास गर्ने सन्दर्भमा यी कुराहरू देखा पर्छन्; यी कुराहरू मानिसहरूले सत्यता अभ्यास गर्ने प्रयास गर्दा तिनीहरूलाई असर र अवरोध गर्ने विचार र दृष्टिकोणहरू हुन्, र यी पूर्ण रूपमा नकारात्मक कुराहरू हुन्। यी नकारात्मक विचारहरू मानिसका धारणाहरूसँग जति नै मिले पनि र सुन्दा जति नै उचित लागे पनि, यी परमेश्‍वरका वचनहरूको बुझाइबाट आएका हुँदैनन्, झन् यी कुरा परमेश्‍वरका वचनहरू अनुभव गर्ने र जान्‍ने कार्य हुनु त परै जाओस्। यसको साटो, यी मानव मनबाट आएका हुन्छन्, र सत्यतासँग पटक्‍कै मिल्दैनन्—त्यसकारण यी नकरात्मक र विपरीत कुराहरू हुन्। नकारात्मकता प्रकट गर्ने मानिसहरूको अभिप्राय भनेको सत्यता अभ्यास गर्ने आफ्नो असफलताका धेरै वस्तुगत कारणहरू खोज्‍नु हो, ताकि आफूलाई अरूले बुझून् र सहानुभूति दिऊन्। विभिन्‍न हदसम्‍म, यो व्यवहारले सत्यता अभ्यास गर्ने मानिसहरूको पहलमा असर र आक्रमण गर्छ, र धेरै मानिसहरूलाई त सत्यता अभ्यास गर्नबाट समेत रोक्‍न सक्छ। यी परिणाम र प्रतिकूल असरहरूले गर्दा यी नकारात्मक कुराहरूलाई विपरीत, परमेश्‍वरको प्रतिरोधी र सत्यताप्रति पूर्ण शत्रुवत् भनेर परिभाषित गर्न अझै लायक हुन्छ। कतिपय मानिसहरू नकारात्मकताको सारलाई देख्‍न नसक्‍ने हुन्छन्, र निरन्तर नकारात्मकता सामान्य कुरा हो, यसले तिनीहरूको सत्यको खोजीमा ठूलो असर गर्दैन भन्‍ने सोच्छन्। यो गलत कुरा हो; वास्तवमा, यसले निकै ठूलो असर गर्छ, र नकारात्मकता सहनै नसकिने गरी ठूलो भयो भने, यो सहजै धोकामा परिणत हुन सक्छ। यो भयानक परिणाम नकारात्मकताबाटै आउँछ। त्यसो भए, नकारात्मकताको प्रकटीकरणलाई कसरी पहिचान गर्नु र बुझ्नुपर्छ? सरल रूपमा भन्दा, नकारात्मकता प्रकट गर्नु भनेको मानिसहरूलाई छल गर्नु र तिनीहरूलाई सत्यता अभ्यास गर्नबाट रोक्‍नु हो; यो सामान्य विधिजस्ता देखिने नरम रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई छल र पासोमा पार्नु हो। के यो तिनीहरूको लागि हानिकारक हुन्छ? यो वास्तवमा तिनीहरूको लागि अत्यन्तै हानिकारक हुन्छ। त्यसकारण, नकारात्मकता प्रकट गर्नु भनेको प्रतिकूल कुरा हो, र यसलाई परमेश्‍वरले निन्दा गर्नुहुन्छ; नकारात्मकता प्रकट गर्ने कार्यको सबैभन्दा सरल अर्थ यही हो। अनि, नकारात्मकता प्रकट गर्नुको नकारात्मक पक्ष के हो? के-कस्ता कुराहरू नकरात्मक हुन्छन्, र मानिसहरूमा प्रतिकूल असर पार्न र तिनीहरूमा बाधा र हानि गर्न सक्छन्? नकारात्मकतामा के कुरा समावेश हुन्छ? यदि मानिसहरूमा परमेश्‍वरका वचनहरूसम्‍बन्धी विशुद्ध बुझाइ छ भने, के तिनीहरूले सङ्गति गर्ने शब्‍दहरूमा कुनै नकारात्मकता हुन्छ? यदि मानिसहरूका निम्ति परमेश्‍वरले तय गर्नुभएका परिस्‍थितिहरूप्रति तिनीहरूमा साँचो आज्ञापालनको मनोवृत्ति छ भने, यी परिस्‍थितिहरूसम्‍बन्धी तिनीहरूको ज्ञानमा कुनै नकारात्मकता हुन्छ? जब तिनीहरूले आफूले अनुभव गरेका र जानेका कुरा सबैलाई बताउँछन्, के यसमा कुनै नकारात्मकता हुन्छ? अवश्य नै हुँदैन(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने मानिसहरूले परमेश्‍वरको काम वा उहाँले तय गर्नुभएका परिस्थिति र मामिलाहरू स्विकार्न नसक्नु, तिनीहरूमा खोजी वा आज्ञापालन गर्ने मनोवृत्ति नहुनु, र तिनीहरू उहाँप्रति असन्तुष्ट बन्नु, तिनीहरूले गुनासो गर्नु, र उहाँलाई प्रतिरोध वा विरोधसमेत गर्नु, यी सबै नकारात्मक स्थिति हुन्। यदि मानिसहरू यी नकारात्मक स्थितिमा जिउँछन् र सत्यता खोज्ने वा आफ्‍ना गलत दृष्टिकोणबारे मनन र विश्‍लेषण गर्ने गर्दैनन्, तर अरूसँग परमेश्‍वरको घरको कामबारे आफ्‍नो असन्तुष्टि पोख्छन्, र उहाँबारे गलतबुझाइ र गुनासाहरू फैलाउँछन् भने, यस्तो बोल्‍नु नै नकारात्मकता फैलाउनु हो। मैले परमेश्‍वरको वचन मनन गर्दा, उदेना आफ्‍नो कर्तव्यमा प्रभावकारी नभएको थाहा पाएँ। उनको बर्खासीलाई कुनै पनि समझदार व्यक्तिले परमेश्‍वरको धार्मिकता मान्नेथिए। तिनीहरूले चुपचाप आत्मचिन्तन गर्नेथिए, पाठहरू सिक्न प्रयास गर्नेथिए, र आफू किन प्रभावकारी भएनन्, समस्या के हो, र आफू कसरी असफल भए भनेर सोच्‍नेथिए। सत्यतालाई साँचोरूपमा पछ्याउने व्यक्तिले यी प्रश्‍नहरूलाई ध्यानपूर्वक मनन गर्नेथिए। तिनीहरूले परमेश्‍वरको इच्‍छा नबुझे पनि, वा तिनीहरूमा धारणा वा गलतबुझाइहरू भए पनि, तिनीहरूले कम्तीमा ती कुरा फैलाउनेथिएनन्, र आफ्‍नो नकारात्मक स्थिति हटाउन परमेश्‍वरलाई प्रार्थना गर्नेथिए र सत्यता खोज्नेथिए। उदेनाको सन्दर्भमा भन्नुपर्दा, उनले आफूलाई बुझ्‍न वा परमेश्‍वरको इच्‍छा खोज्न मनन गर्ने प्रयास गरिनन्, न त आफूले कस्ता पाठहरू सिक्‍नुपर्छ भनेर नै खोजी गरिन्। बरु, उनले मण्डलीका बन्दोबस्तहरूलाई विरोध गरिन्, अवज्ञा गरिन्, र तीबारे गुनासो गरिन्, अनि भेलाहरूमा परमेश्‍वरबारे आफ्ना धारणा र गलतबुझाइहरू फैलाइन्। उनले आफ्‍नो सङ्गतिमा, आफ्ना गलत दृष्टिकोणहरूलाई पहिचान गर्ने वा विश्‍लेषण गर्ने गर्दिनथिइन्, न त अभ्यास र प्रवेशको मार्ग नै खोज्थिन्। उनमा खोजी र मनन गर्ने मनोवृत्तिको समेत कमी थियो। ब्रदर-सिस्टरहरूले परमेश्‍वरबारे उनका धारणा र गलतबुझाइहरू, उनको गुनासो र असन्तुष्टि, परमेश्‍वर र परमेश्‍वरको घरका बन्दोबस्तहरू अनुचित छन् भन्‍ने उनका दाबीहरू, अरूलाई किन अवसर दिइन्छ तर उनलाई दिइँदैन भन्‍ने उनको प्रश्‍न, परमेश्‍वरले उनलाई यस्तो व्यवहार गर्नु हुँदैन भन्‍ने उनको गुनासो, साथै “म फेरि कहिल्यै यो कर्तव्य निर्वाह गर्नेछैनँ, यो साह्रै लालमर्दो कुरा, म परमेश्‍वरको प्रेम महसुस गर्न सक्दिनँ” भन्‍ने अभिव्यक्तिहरू सुनेका थिए। झट्ट हेर्दा, उनले आफ्‍नो भ्रष्ट स्थितिबारे खुलस्त बताइरहेकी छिन् जस्तो देखिन्थ्यो, तर उनको बोलीपछाडि, उनी परमेश्‍वरसँग बहस गरिरहेकी र उहाँविरुद्ध चिच्याइरहेकी हुन्थिन्। परमेश्‍वरले उनलाई अनुग्रह र आशिष दिन नमान्‍नुभएको कारण उनका परिणामहरू खराब भए, र परमेश्‍वर पक्षपात हुनुभएको र उहाँमा प्रेम नभएको कारण उनलाई प्रतिस्थापित गरियो भन्‍ने उनले सोचेकी थिइन्। उनले आफ्ना गलत कदमहरू अनि आफू काटछाँट र निराकरणमा परेको कुरालाई लाजमर्दो कुरा ठानिन्, र आफ्नो कर्तव्य निस्सासिने र उकुसमुकुस पार्ने खालको छ भन्‍ने सोचिन्। उनले अपमान भोग्नुभन्दा बरु कर्तव्य नै निर्वाह नगर्न रोजिन्। उनका शब्‍दहरूको सारलाई हेर्दा, यो कुनै पनि हालतमा उनी खुलस्त हुने र उनको भ्रष्ट स्थितिबारे बताउने कुरा थिएन। यो त नकारात्मकता र धारणाहरू फैलाउने कामबाहेक अरू केही थिएन। यो त परमेश्‍वरसँग बहस गर्नु, चिच्याउनु, र उहाँको विरोध गर्नु थियो। पछि, मैले के थाहा पाएँ भने उदेनाले यो भनेपछि, केही ब्रदर-सिस्टरहरूले उनीप्रति सहानुभूति राख्दै उनको पक्ष लिए। आफ्‍नो कर्तव्यबाट भर्खरै बर्खास्त गरिएका अरूले पनि उनको कुरा सुनेर उनको दृष्टिकोण स्विकारे र मण्डलीलाई अनुचित ठाने र भने, “मलजलको काममा राम्रो काम नगर्ने अरूले अझै अभ्यास गर्ने मौका पाएका छन्, तर किन मण्डलीले हामीलाई मौका दिँदैन?” तिनीहरूले मण्डलीका बन्दोबस्तहरूमा प्रश्‍न उठाए र सत्यता खोज्न वा पाठहरू सिक्‍न सकेनन्। मैले समझ नभएका मानिसहरूलाई उदेनाका कुराले अन्योलमा पारेका अनि जसले गर्दा मण्डली जीवनमा बाधा र व्यवधान आएको देखेँ। पछि मैले के थाहा पाएँ भने केही अप्रभावकारी मानिसहरूले अभ्यास गर्ने मौका पाएका छन् तर मैले पाएकी छैनँ भन्‍ने उदेनाको दाबी तथ्यहरूअनुरूप पटक्‍कै थिएन। केही ब्रदर-सिस्टरहरू कामसित परिचित थिएनन् किनभने तिनीहरूले भर्खरै काम गर्न थालेका थिए, त्यसकारण सुरुमा तिनीहरू त्यति प्रभावकारी थिएनन्, तर सत्यताका सिद्धान्तहरूमा सङ्गति पाएपछि, तिनीहरूले बुझ्न, प्रवेश गर्न, प्रगति गर्न, र तालिमका लागि योग्यता देखाउन सके। अरूको कर्तव्यमा विचलन र असफलताहरू थिए, तर सङ्गति र सहयोग दिइएपछि, तिनीहरूले आत्मचिन्तन गर्न, सिद्धान्तहरू खोज्न, र परिवर्तन हुन, र चाँडै प्रगति गर्न सके। उदेनाले नयाँ विश्‍वासीहरूलाई मलजल गर्न थालेपछि, अगुवाहरूले उनलाई धेरैपटक सहयोग गरे, र अभ्यास गर्ने प्रशस्त मौका दिए, तर उनले कहिल्यै मन लगाइनन् वा मेहनत गरिनन्, र ब्रदर-सिस्टरहरूले उनका समस्याहरू औँल्याइदिँदा, उनी त्यसलाई गम्भीररूपमा लिँदिनथिइन्। वर्षौँ अभ्यास गरेपछि, उनले कुनै प्रगति गरिनन् र अझै पनि नयाँ विश्‍वासीहरूका कठिनाइहरू समाधान गर्न सक्दिनथिइन्, त्यसैले मण्डलीले उनलाई बर्खास्त गरेको थियो। तर उनले कहिल्यै आत्मचिन्तन गरिनन् वा आफू किन असफल भइन् भनेर बुझ्‍ने प्रयास गरिनन्, न त उनी आफ्‍नो कर्तव्यमा असफल भएकोमा आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस नै गरिन्। बरु, उनले मण्डलीले उनलाई मौका दिएन भनेर दाबी गरिन्, परमेश्‍वर अनुचित हुनुहुन्छ भनिन्, र परमेश्‍वरसँग प्रेम छैन भनेर गुनासो गरिन्। यो त आफ्‍नो भनाइलाई मिलाउन तथ्यहरूलाई अनुचित तरिकाले बङ्ग्याउने कार्य मात्रै थियो। यो महसुस गरेपछि, ममा पहिले कसरी समझको कमी थियो भन्‍ने मैले सम्झेँ। नकारात्मकता र धारणाहरू फैलाउने उदेनाको स्पष्ट समस्यालाई मैले राम्ररी देख्‍न सकिनँ। मैले यो वास्तवमा मण्डलीको गल्ती होला भन्‍ने सोचेँ, र यसलाई सुधार्न चाहेकी थिएँ। म साँच्‍चै अत्यन्तै अज्ञानी र अन्धो थिएँ।

पछि, मलाई परमेश्‍वरको वचनको एउटा खण्ड याद आयो। “आधारभूत रूपमा, यी त नकारात्मकता प्रकट गर्ने मानिसहरूका विभिन्‍न स्थिति र प्रकटीकरणहरू हुन्। जब तिनीहरूको प्रतिष्ठा, इज्‍जत, हितहरू, साथै इच्‍छा, अभिरुचि, आदि इत्यादि पूरा भएको हुँदैन, जब परमेश्‍वरले तिनीहरूका धारणा, कल्‍पना, र तिनीहरूका हितहरूसँग सम्‍बन्धित कुराहरूका विपरीत काम गर्नुहुन्छ, तब तिनीहरू अवज्ञा र असन्तुष्टिजस्ता भावनाहरूका सिकार बन्छन्। अनि जब तिनीहरूमा यस्तो अवज्ञा र असन्तुष्टि हुन्छ, तब तिनीहरूको मस्तिष्कले बहाना, निहुँ, स्पष्टीकरण, प्रतिरक्षा, र अन्य असन्तुष्ट विचारहरू पैदा गर्न थाल्छ। जब यस्ता असन्तुष्ट विचारहरू पैदा हुन्छन्, तब परमेश्‍वरको प्रशंसा, आज्ञापालन, र अझ भन्‍ने हो भने, उहाँको खोजी गर्नुको सट्टा, तिनीहरू आफ्‍ना धारणा, कल्‍पना, विचार र दृष्टिकोण, वा दुस्साहस प्रयोग गरेर उहाँविरुद्ध लडाइँ गर्छन्। अनि तिनीहरूले कसरी लडाइँ गर्छन्? तिनीहरूले अवज्ञा र असन्तुष्टि फैलाउन थाल्छन्, र त्यसको प्रयोग गरेर आफ्‍ना विचार र दृष्टिकोणहरू परमेश्‍वरलाई स्पष्ट रूपमा बताउन, आफ्ना इच्‍छाहरू पूरा गर्नका लागि परमेश्‍वरलाई आफ्ना इच्‍छा र मागहरूअनुसार काम गर्न लगाउने प्रयास गर्छन्; त्यसपछि मात्रै तिनीहरूलाई शान्ति हुन्छ। खास गरी, परमेश्‍वरले मानिसहरूलाई न्याय र सजाय गर्न, तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध पार्न, र मानिसहरूलाई शैतानको प्रभावबाट मुक्त गर्न धेरै सत्यता व्यक्त गर्नुभएको छ, र यी सत्यताहरूले कति जनाको आशिष्‌ पाउने सपना अनि स्वर्गमा उठाइलगिने दिनरातको कल्‍पना कसरी चकनाचूर पारेका छन् कसलाई थाहा छ र! तिनीहरू यसलाई सही बनाउन र पहिलेकै अवस्थामा फर्काउन सबथोक गर्न चाहन्छन्—तर तिनीहरू विवश छन्, नकारात्मकता र द्वेषमार्फत विपत्तिमा पर्न मात्र सक्छन्। तिनीहरू परमेश्‍वरले तय गर्नुभएका सबै कुरा पालना गर्न मान्दैनन्, किनभने परमेश्‍वरले गर्नुहुने काम तिनीहरूका धारणा, इच्‍छा र सोचसँग बाझिन्छ। विशेष गरी, जब मण्डलीले सफाइको काम गर्छ र धेरै मानिसहरूलाई हटाउँछ, तब यी मानिसहरूले के सोच्छन् भने, परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्‍न, परमेश्‍वरले गलत काम गर्नुभएको छ, तिनीहरूसँग अनुचित व्यवहार गरिएको छ, र त्यसैले तिनीहरू विरोधहेतु एक हुन चाहन्छन्, परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने कुरा इन्कार गर्ने प्रयास गर्छन्, परमेश्‍वरको पहिचान र सार इन्कार गर्छन्, र परमेश्‍वरको धर्मी स्वभाव इन्कार गर्छन्। अवश्य नै, तिनीहरूले सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता पनि इन्कार गर्छन्। अनि, कुन माध्यमद्वारा तिनीहरूले यी सबै कुरा इन्कार गर्छन्? प्रतिरोध र विरोधद्वारा। यसको अर्थ के हुन्छ भने, ‘परमेश्‍वरले गर्नुहुने काम मरा धारणाहरूविपरीत हुन्छन्, त्यसकारण म आज्ञापालन गर्दिनँ, र तपाईं सत्य हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दिनँ। म तपाईंसँग तर्क गर्नेछु, र म मण्डलीका मानिसहरूमाझ यी विचारहरू फैलाउनेछु। म जे चाहन्छु त्यही भन्‍नेछु, र परिणाम जेसुकै होस् मलाई त्यसको मतलब छैन। मसँग वाक्‌ स्वतन्त्रता छ, र तपाईंले मेरो मुख बन्द गर्न सक्‍नुहुन्‍न, म जे चाहन्छु त्यही भन्‍नेछु। तपाईंले के गर्न सक्‍नुहुन्छ?’ जब यी मानिसहरूले यी भ्रमपूर्ण व्यक्तिगत विचार र सोचहरू फैलाउन जिद्दी गर्छन्, तब के तिनीहरूले आफ्‍नै बुझाइबारे कुरा गरिरहेका हुन्छन् त? के तिनीहरूले सत्यता सङ्गति गरिरहेका हुन्छन् त? अवश्य नै हुँदैनन्। तिनीहरूले नकारात्मकता फैलाइरहेका र दुष्ट भ्रमहरू प्रचार गरिरहेका हुन्छन्। तिनीहरूले आफ्नो भ्रष्टता वा आफूले सत्यताविपरीत गरेका कुराहरू चिन्‍ने वा खुलासा गर्ने प्रयास गरिरहेका हुँदैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू नै प्रकट गरिरहेका हुन्छन्; बरु, तिनीहरूले आफूलाई सही प्रमाणित गर्न आफ्‍ना गल्तीहरूको औचित्य पुष्टि गर्न र प्रतिरक्षा गर्न सक्दो प्रयास गरिरहेका हुन्छन्, र योसँगै तिनीहरूले हास्यास्पद आलोचनाहरू गर्दै विपरीत र भ्रामक विचार र अन्तर्दृष्टिहरू, साथै विकृत र दुष्ट शब्‍दहरू फैलाइरहेका हुन्छन्। परमेश्‍वरका चुनिएका मानिसहरू र मण्डलीमा यसले पार्ने प्रभाव भनेको बाधा र भ्रम पैदा हुनु हो; यसले मानिसहरूलाई नकारात्मकता र अन्योलको स्थितिमा समेत डुबाउँछ—यी सबै नै मानिसहरूले नकारात्मकता फैलाउँदा पैदा हुने प्रतिकूल प्रभावहरू हुन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनले प्रकट गरेको कुराबाट मैले के देखेँ भने नकारात्मकता र धारणाहरू फैलाउने मानिसहरूले समस्या सामना गर्दा परमेश्‍वरका बन्दोबस्तहरू पालना गर्दैनन्। तिनीहरू परमेश्‍वरबाट आएका कुराहरू स्विकार्दैनन्, र तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासीहरूका जस्तै हुन्छन्। तिनीहरू मूलतः गैर-विश्‍वासी हुन्। परिस्थितिहरू आइपर्दा सत्यता खोज्नुको सट्टा, तिनीहरू आफ्‍नै धारणा र विश्‍वासमा भरोसा गर्छन्, र कामकुरा तिनीहरूको कामनाविपरीत हुँदा वा त्यसले तिनीहरूको हितमा हानि पुऱ्याउँदा, तिनीहरू अवश्य नै परमेश्‍वरविरुद्ध गुनासो गर्छन् र उहाँको विरोध गर्छन्, आफ्‍ना ब्रदर-सिस्टरहरूबीच मनमानी आलोचना गर्ने र धारणाहरू फैलाउने गर्छन् र हृदयमा परमेश्‍वरप्रति अलिकति पनि श्रद्धा नराखी आफूलाई जे मन लाग्यो त्यही भन्छन्। मुख्यतः मैले नकारात्मकता फैलाउनुको अर्थ नबुझेकी हुनाले उदेनाले नकारात्मकता र धारणाहरू फैलाउनुको सारलाई मैले देख्‍न सकिनँ र उनले भेलामा दिने नकारात्मक टिप्पणीहरूलाई उनी आफ्‍नो भ्रष्ट अभिव्यक्तिबारे खुलस्त बताइरहेकी छिन् भन्‍ने ठानेँ। त्यस्तो बेला नकारात्मक र कमजोर हुनु अनि परमेश्‍वरबारे धारणाहरू राख्नु सामान्य हो भन्‍ने मलाई लाग्यो। उदेनाले आफ्‍नो स्थितिबारे कुरा गर्दा आफ्‍नो हृदयका धारणाहरू प्रकट गर्दा, मैले यो सामान्य हो भन्‍ने सोचेँ। तर आफ्‍नो भ्रष्टताबारे खुलस्त बताउनु अनि नकारात्मकता र धारणाहरू फैलाउनु बिलकुलै फरक कुरा हुन्। परिस्थितिहरू हाम्रो इच्‍छाविरुद्ध हुँदा, हामीमा परमेश्‍वरबारे धारणा र गलतफहमीहरू पैदा हुन सक्लान्, तर यदि हामी साँचोरूपमा परमेश्‍वरमा विश्‍वास गर्छौँ, हामीमा विवेक र समझ छ, हामी परमेश्‍वरको डर मान्छौँ भने, हामीलाई परमेश्‍वरको इच्‍छा थाहा नभए पनि, हामी प्रार्थना र खोजी गर्छौँ, मनलागी बोल्नेछैनौँ, परमेश्‍वरबाट प्राप्त गर्न सक्छौँ, पाठ सिक्छौँ, र आफ्‍ना धारणाहरू हटाउन सत्यता खोज्छौँ। सङ्गतिमा हामी यी धारणाहरू कहाँ गलत रहेछन् भनेर विश्‍लेषण गर्नेर्छौँ, आफ्‍नो भ्रष्टता खुलासा र स्वीकार गर्छौँ, र आफ्‍नो कुरूप अनुहार उदाङ्गो पार्छौँ। ब्रदर-सिस्टरहरू हाम्रो सङ्गति सुनेर भ्रमित हुँदैनन्, न त तिनीहरूमा परमेश्‍वरविरुद्ध गलतबुझाइ र गुनासाहरू विकास हुन्छन्। बरु, तिनीहरूले सत्यता बुझ्‍न सक्छन् र गलत दृष्टिकोणहरूलाई चिनेर इन्कार गर्न सक्छन्। हाम्रो सङ्गतिले सकारात्मक परिणाम ल्याउँछ। खुलस्त हुनु र सङ्गति गर्नुको अर्थ यही हो। नकारात्मकता र धारणाहरू फैलाउनुको सार फरक हो। झट्ट हेर्दा यो आफ्‍नो स्थितिबारे बताउनु वा आफ्‍नो भ्रष्टतालाई खुलस्त पार्नु हो जस्तो देखिन्छ, तर यसको उद्देश्य सत्यता खोज्नु, परमेश्‍वरको इच्‍छा बुझ्‍नु, वा आफ्‍ना समस्याहरू समाधान गर्नु होइन। बरु, तिनीहरूले सङ्गतिको बेला आफ्‍ना नकारात्मक भावनाहरू र असन्तुष्टिलाई पोखाउन यसको प्रयोग गर्छन्, परमेश्‍वरले तय गर्नुभएका परिस्थितिहरूबारे गुनासो गर्छन्, अरूले तिनीहरूलाई समस्यामा पार्छन् भन्‍ने सोच्छन्, वा परमेश्‍वरबारे धारणा र गलतफहमीहरूसमेत फैलाउँछन् वा हास्यास्पद वा नकारात्मक दृष्टिकोणहरू फिँजाउछन्। तर तिनीहरू कहिल्यै आफ्‍नो भ्रष्ट स्वभावलाई स्विकार्ने, आत्मचिन्तन गर्ने, वा पाठ सिक्‍ने गर्दैनन्। कतिपय मानिसहरू त आफ्ना समस्याहरूबारे कुरा गर्नसमेत मान्दैनन्, र असफलताको दोष वस्तुगत कारणहरूलाई दिन्छन्। मानिसहरूले यस्तो सङ्गति सुनेपछि, यदि सत्यतालाई बुझेनन् वा ध्यानपूर्वक छुट्याएनन् भने, तिनीहरू सहजै छलमा पर्छन्, यसरी यस्तो कुरा बोल्‍ने व्यक्तिप्रति सहानुभूति राखेर परमेश्‍वरविरुद्ध तिनीहरूको पक्षमा खडा हुन्छन्, वा परमेश्‍वर र परमेश्‍वरको घरबारे गलतरूपमा बुझ्छन् र गुनासो गर्छन्। यसको साथै, म कसैले नकारात्मकता र धारणाहरू फैलाइरहेका छन् कि छैनन् भनेर प्रसङ्गअनुसार र तिनीहरूको भनाइमा अभिप्राय छ कि छैन भन्‍ने आधारमा मूल्याङ्कन गर्थेँ। यसबाट मैले सत्यतालाई वा मामिलाहरूलाई कसरी हेर्ने त्यो बुझेकी रहनेछु भन्‍ने देखिन्छ। वास्तवमा, कुनै व्यक्तिले नकारात्मकता फैलाइरहेको छ कि छैन भनेर बुझ्न, उसको उद्देश्य वा बोलीको प्रसङ्ग महत्त्वपूर्ण होइन, तर उसले भनेको कुराको सार र परिणामहरू महत्त्वपूर्ण हुन्। यदि कसैले परमेश्‍वरप्रति असन्तुष्टि व्यक्त गर्न बोल्छ, र परमेश्‍वरबारे धारणाहरू फैलाउँछ, अनि उसका वरपरका मानिसहरूमा नकारात्मक प्रभाव पार्छ, जसले गर्दा मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन्, उहाँलाई दोष दिन्छन्, मण्डलीको विरोध गर्छन्, र तिनीहरू नकारात्मकतामा डुब्छन् भने, उसले यो जानाजानी गरोस् वा अनजानमा, उसको बोलीले नकारात्मकता फैलाइरहेको हुन्छ र मण्डली जीवनमा बाधा दिइरहेको हुन्छ।

यसपटक, मैले उदेनालाई चिनिनँ, किनभने नकारात्मकता फैलाउनुको अर्थ मलाई थाहा नहुनुबाहेक, मैले असल र खराब मानवताबीच सही भिन्‍नता छुट्याउन सकेकी थिइनँ। पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पाठ गरिएको भिडियो हेरेँ, जसले मलाई सत्यताको यो पक्ष बुझ्‍न सहयोग गऱ्यो। परमेश्‍वरका वचनहरूले भन्छ, “जब मानिसहरूमा फरकफरक कुराहरू आइपर्छन्, तब तिनीहरूमा अनेकथरीका प्रकटीकरण देखिन्छन्, र त्यसले असल र खराब मानवताबीचको भिन्‍नता देखाउँछ। त्यसो भए, मानवता मापन गर्ने मापदण्डहरू के-के हुन्? कुनै व्यक्ति कस्तो व्यक्ति हो, र उसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा कसरी मापन गर्नुपर्छ? यो कुरा तिनीहरूले सत्यलाई प्रेम गर्छन् कि गर्दैनन् र तिनीहरूले सत्यता स्वीकार र अभ्यास गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। मानिसहरू सबैमा भित्री रूपमा धारणा र विद्रोहीपन लुकेको हुन्छ, तिनीहरू सबैमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले कहिलेकाहीँ यस्तो समय आइपर्छ जुन बेला परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको हितसँग नमिल्‍ने कुराहरू गर्न लगाउनुहुन्छ, र तिनीहरूले छनौट गर्नुपर्ने हुन्छ—यी कुराहरू तिनीहरू सबैले प्राय अनुभव गर्ने कुराहरू हुन्, तिनीहरू कोही पनि यी कुराहरूबाट बच्न सक्दैनन्। हर व्यक्तिलाई त्यस्ता समयहरू आइपर्छन् जुन बेला उसले परमेश्‍वरलाई गलत बुझ्‍ने र परमेश्‍वरबारे धारणा बोक्‍ने, वा आक्रोशित हुने, वा पछि हट्ने, वा परमेश्‍वरप्रति विद्रोही हुने काम गर्छ—तर सत्यताप्रति मानिसहरूको मनोवृत्ति फरकफरक हुन्छ, र यसलाई तिनीहरूले फरकफरक तरिकाले नै लिन्छन्। कतिपय मानिसहरू आफ्‍ना धारणाहरूबारे कहिल्यै केही बोल्दैनन्, बरू आफै सत्यता खोजेर त्यसलाई समाधान गर्छन्। किन तिनीहरूले ती कुराबारे केही बोल्दैनन्? (तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ।) ठीक भन्यौ: तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ। यस्तो कुरा बोल्दा नकारात्मक असर पर्छ भन्‍ने तिनीहरूलाई डर लाग्छ, र तिनीहरूले कसैलाई असर नगरी हृदयभित्रै यसलाई समाधान गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यस्तै स्थितिमा भएका अरूहरूलाई भेट्छन्, तब तिनीहरूले उनीहरूलाई सहयोग गर्न आफ्‍नो अनुभव प्रयोग गर्छन्। यो दयालु हृदयको हुनु हो। दयालु हृदय भएका मानिसहरूले अरूप्रति प्रेमिलो व्यवहार गर्छन्, र तिनीहरू अरूलाई समस्या समाधान गर्न सहयोग गर्ने इच्‍छा गर्छन्। तिनीहरूले काम गर्दा र अरूलाई सहयोग गर्दा सिद्धान्तहरू पालना गर्छन्, अरूलाई फाइदा होस् भनेर नै तिनीहरूले अरूका समस्याहरू समाधान गर्न सहयोग गर्छन्, र तिनीहरूले अरूलाई फाइदा नपुग्‍ने केही कुरा बोल्दैनन्। यो प्रेम हो। त्यस्ता मानिसहरूसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तिनीहरूको व्यवहार सिद्धान्त-आधारित र बुद्धिमानीपूर्ण हुन्छ। मानिसहरूको मानवता असल छ कि खराब भनेर मापन गर्ने मापदण्ड यिनै हुन्। नकारात्मक कुराले कसैलाई फाइदा गर्दैन, र तिनीहरूले यी कुराहरू बोले भने अरूलाई असर गर्छ भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, त्यसैले त्यो समाधान गर्नलाई तिनीहरूले मनमनै परमेश्‍वरलाई प्रार्थना गर्दै सत्यता खोजी गर्ने निर्णय गर्छन्। तिनीहरूको धारणा जे-जस्तो भए पनि, त्यसलाई तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्ने हृदयका साथ लिन र समाधान गर्न सक्छन्, र त्यसपछि सत्यताको बुझाइ प्राप्त गरेर पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्षम बन्छन्; यसरी, तिनीहरूमा धारणाहरू झन्झन् कम हुँदै जान्छन्। तर कतिपय मानिसहरूमा कुनै समझ हुँदैन। तिनीहरूमा धारणाहरू पैदा हुँदा, तिनीहरूले तिनका बारेमा सबैसँग सङ्गति गर्न मन पराउँछन्। तर यसले समस्या समाधान गर्दैन, बरु अरूमा धारणाहरू पैदा हुन्छ—के यसले तिनीहरूलाई असर गर्दैन र? कतिपयले चाहिँ आफूमा धारणाहरू हुँदा ब्रदर-सिस्टरहरूलाई भन्दैनन्, तिनीहरू आफ्नो वास्तविकता उनीहरूले जानेर त्यसलाई आफ्नो विरुद्ध प्रयोग गर्लान् भन्‍ने डर मान्छन्—तर घरमा हुँदा, तिनीहरू आफ्‍नो घरका अविश्‍वासीहरूलाई ब्रदर-सिस्टरहरूजस्तो ठान्दै, धक नमानी आफूलाई जे मन लाग्यो त्यही बोल्छन्। त्यसो गर्दा के-कस्ता परिणाम आउँछन् भन्‍नेबारेमा विचार गर्दैनन्। के यसरी व्यवहार गर्नु सिद्धान्तअनुसार हुन्छ त? उदाहरणको लागि, तिनीहरूका आफन्तहरूमा परमेश्‍वरमा विश्‍वास गर्ने र नगर्नेहरू हुन सक्छन्, वा आधा विश्‍वास गर्ने र आधा शङ्का गर्ने हुन सक्छन्; जब तिनीहरूमा धारणाहरू पैदा हुन्छ, तब तिनीहरूले यो कुरा परिवारका सदस्यहरूमाझ फैलाउँछन्, जसले गर्दा यी सबै मानिसहरू पनि तिनीहरूसँगै तानिन्छन्, र परमेश्‍वरको बारेमा धारणा र गलतबुझाइ बोक्‍न थाल्छन्। धारणा र गलतबुझाइहरू अन्तर्निहित रूपमैघातक हुन्छन्, र ती फैलेपछि, यी कुराहरूलाई वास्तविक रूपमा नबुझ्‍ने मानिसहरूलाई साँच्‍चै हानि हुन सक्छ। विशेष गरी, अन्योलमा परेका मानिसहरू यी कुरा सुनेपछि झन् अन्योलमा पर्न सक्छन्। सत्यता बुझेका र त्यस्तो कुरा पहिचान गर्न सक्‍ने मानिसहरूले मात्रै यी विपरीत कुराहरू अर्थात् धारणा, नकारात्मकता, र गलतबुझाइका कुराहरू इन्कार गर्न र परमेश्‍वरमार्फत सुरक्षा पाउन सक्छन्। धेरैजसो मानिसहरूमा यस्तो कद हुँदैन। कतिले यी कुराहरू गलत हुन् भन्‍ने अनुभूति गर्न सक्छन्—जुन आफैमा निकै राम्रो कुरा हो—तर तिनीहरूले यी कुराको वास्तविकता बुझ्नै सक्दैनन्। त्यसकारण, प्रायजसो धारणा र नकारात्मकता फैलाइरहने मानिसहरू हुँदा, यी नकारात्मक कुराहरूले धेरैलाई बाधा दिन्छन्, र कमजोर र नकारात्मक बनाउँछन्। यो कुरा निश्‍चित छ। यी नकरात्मक र विपरीत कुराहरूमा नयाँ विश्‍वासीहरूलाई अन्योलमा पार्ने र हानि गर्ने ठूलो शक्ति हुन्छ। पहिले नै जग बसालिसकेका मानिसहरूलाई यी कुराले त्यति असर गर्दैनन्; केही समयपछि, त्यस्ता मानिसहरूले सत्यता बुझेर आफूलाई पहिलेकै अवस्थामा फर्काउन सक्छन्। तर जग नबसालेका नयाँ विश्‍वासीहरूले यी नकारात्मक कुराहरू सुने भने, तिनीहरू सहजै नकारात्मक र कमजोर बन्‍न सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरू त झन् पछि हटेर परमेश्‍वरमा विश्‍वास गर्नसमेत छोड्न सक्छन्; ती दुष्कर्मीहरूले धारणाहरू फैलाएर परमेश्‍वरको घरको काममा बाधासमेत दिन सक्छन्। निर्धक्‍क नकारात्मकता र धारणाहरू फैलाउने ती मानिसहरू कस्ता हुन्? तिनीहरू सबै दुष्कर्मीहरू, पिशाचहरू हुन्, र तिनीहरू सबैलाई खुलासा गर्नु र हटाउनुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति हुनुपर्ने मानिसको मनोवृत्ति)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने व्यक्तिमा असल मानवता छ कि खराब मानवता छ भन्‍ने कुरा तिनीहरूसँग मिलेर रहनु सहज हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुँदैन, न त तिनीहरू कति उत्साहित देखिन्छन्, तिनीहरू कति असल कुरा गर्छन्, वा कति जनाले तिनीहरूलाई अनुमोदन गर्छन् भन्‍ने कुरामा नै आधारित हुन्छ। महत्त्वपूर्ण कुरा भनेको तिनीहरू परमेश्‍वर र सत्यतालाई कसरी लिन्छन्, आफ्‍नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति कस्तो छ, र तिनीहरू सत्यतालाई प्रेम गर्न र यसलाई स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। उदेनालाई बर्खास्त गरियो, तर त्यति ठूलो धक्का पर्दा पनि, उनले सत्यता खोजिनन्, न त परमेश्‍वरको डर नै मानिन्। उनले धारणाहरू र नकारात्मकतासमेत फैलाइन्, जसले गर्दा अरूले पनि उनले जस्तै परमेश्‍वर र मण्डलीको प्रबन्धबारे गुनासो गरे। उनले अगुवाले गरेको खुलासा र विश्‍लेषणलाई पनि स्वीकार गरिनन्, र आफूलाई ठिक ठहराउने प्रयास गरिन्। यो व्यवहारले मात्रै पनि उनी सत्यता स्वीकार गर्दिनथिइन् र उनमा खराब मानवता थियो भन्‍ने देखाउँछ। उनको हृदय सही थिएन। यो परमेश्‍वर वा मण्डलीप्रति केन्द्रित थिएन। परिस्थिति उनको अनुसार नहुँदा, उनले परमेश्‍वरको विरोध गरिन् र उहाँविरुद्ध गुनासो गरिन्। यसले पूर्णरूपमा उनको दुष्ट प्रकृति, उनमा पूर्णतया समझको कमी भएको, र उनको हृदयमा परमेश्‍वरप्रति कुनै डर नभएको कुरा प्रकट गर्छ। मैले यी कुराहरू जाँच गरी परमेश्‍वरको वचन प्रयोग गरेर उदेनाको व्यवहारलाई विश्‍लेषण गरेपछि, मेरो मन निकै स्पष्ट भयो, र मैले उदेना वास्तवमा कस्तो व्यक्ति हुन् भन्‍ने पनि स्पष्टसित देख्न सकेँ। उनी खराब मानवता र सत्यतालाई तिरस्कार गर्ने प्रकृति भएको गैर-विश्‍वासी थिइन्। परमेश्‍वरको काम उनका धारणाहरूविपरीत हुनेबित्तिकै, उनी परमेश्‍वरलाई दोष दिन्थिन्, घृणा गर्थिन्, र उहाँविरुद्ध चिच्याउँथिन्। मण्डलीले उनलाई सहीरूपमा, सत्यताका सिद्धान्तहरूअनुसार, अनि निष्पक्ष र न्यायसङ्ग तवरले सम्‍हालेको रहेछ।

उदेनाले, यदि भेलामा आफ्‍नो स्थितिबारे छलफल गर्नु नकारात्मकता फैलाउनु हो भने, सङ्गति कसरी गर्ने मलाई थाहा छैन भनेर पनि भनेकी थिइन्। उनी पटक्‍कै सत्यता स्वीकार गर्दिनन् भन्‍ने मैले देखेँ। उनले नकारात्मकता फैलाइन्, र अरूले यो देखेर उनलाई रोक्‍ने र प्रतिबन्धित गर्ने प्रयास गरेका थिए। उनले आत्मचिन्तन नगरेकी मात्र होइन, तर कसरी सङ्गति गर्नुपर्छ भन्‍ने पनि आफूलाई थाहा नभएको पनि उनले बताइन्। उनको भनाइ तात्पर्य के थियो भने अरूले उनलाई बाध्यतामा पारिरहेका छन्, र उनले फेरि खुलस्त हुने र सङ्गति गर्ने आँट गरिनन्। उनले मानिसहरूलाई अरूका समस्यामा ध्यान केन्द्रित गराउन अरूलाई दोष लगाइरहेकी थिइन्। उनले झूटो प्रतिकार गरिरहेकी थिइन्। अरूले उनको कुरा सुनेर त्यसको वास्तविकता नबुझ्दा, उनले तिनीहरूलाई अन्योलमा पारिन्। यस्तो परिस्थिति आइपऱ्यो भने, कसरी अभ्यास गर्ने भनेर मानिसहरूलाई थाहा हुँदैन। त्यसकारण, नकारात्मकता फैलाउनबाट बच्‍न, हामीले भविष्यमा कसरी खुलस्त हुने र सङ्गति गर्ने? पछि, मैले यस क्षेत्रमा अभ्यासको मार्ग खोजेँ, र परमेश्‍वरको वचनको यो खण्ड पढेँ: “जब मानिसहरूमा शैतानी प्रकृति हुन्छ—र जब तिनीहरू शैतानी प्रकृतिअनुसार जिउँछन्—तिनीहरूलाई नकारात्मक स्थितिमा पर्नबाट बच्‍न निकै गाह्रो हुन्छ। त्यस्तो नकारात्मकता खास गरी तिनीहरूले सत्यता बुझेका छैनन् भने झन् बढ्ता रूपमा देखा पर्छ। हरेक व्यक्ति कुनै न कुनै बेला नकारात्मक बनेको हुन्छ। कतिपय मानिसहरू सधैँजसो नकारात्मक हुन्छन्, जबकि अरूचाहिँ बिरलै नकारात्मक हुन्छन्। कतिपय मानिसहरू लामो समय नकारात्मक हुन्छन्, कतिचाहिँ एकैछिन हुन्छन्। मानिसहरूको कद फरकफरक हुन्छ, त्यसकारण तिनीहरूको नकारात्मक स्थिति पनि फरकफरक नै हुन्छ। … बारम्‍बार नकारात्मकतामा पर्ने समस्या कसरी समाधान गर्न सकिन्छ? यदि मानिसहरूलाई सत्यता कसरी खोजी गर्ने थाहा छैन भने, तिनीहरू दह्रिलो गरी खडा हुन सक्दैनन्। यदि तिनीहरूलाई परमेश्‍वरको वचन कसरी खाने-पिउने थाहा छैन भने, र यदि तिनीहरूलाई परमेश्‍वरसित कसरी प्रार्थना गर्ने थाहा छैन भने, तिनीहरू एकदमै समस्यामा हुन्छन्; तिनीहरू ब्रदर-सिस्टरहरूको सहयोग र साथमा मात्रै भरोसा गर्न सक्छन्। अनि, यदि कसैले तिनीहरूलाई सहयोग गर्न सक्‍दैनन् वा तिनीहरूले नै सहयोग स्विकार्दैनन् भने, तिनीहरू औधी नकारात्मक बन्‍ने सम्‍भावना धेरै हुन्छ, र तिनीहरूले विश्‍वास गर्न समेत छोड्न सक्छन्। मानिसहरूले सधैँ धारणाहरू पाल्नु, र सधैँ नकारात्मक बन्‍नु पनि कति खतरनाक हुन्छ, त्यो पनि हेर। तिनीहरूलाई सत्यताबारे जसरी सङ्गति गरिए पनि तिनीहरू सत्यता स्विकार्न मान्दैनन्, र तिनीहरू सधैँ आफ्‍नै धारणा र कल्‍पनाहरू सही हुन् भन्‍ने सोच्छन्—यस्ता मानिसहरू निकै समस्याग्रस्त हुन्छन्। तर तँ जति नै नकारात्मक भए पनि, तैँले आफ्‍नो हृदयमा के कुरा बुझ्‍नुपर्छ भने तँसँग धारणाहरू छन् भन्दैमा, ती सत्यताअनुरूप हुन्छन् भन्‍ने हुँदैन। यो तेरो बुझाइको समस्या हो। यदि तँसँग थोरै भए पनि समझ छ भने, तैँले धारणाहरू फैलाउनु हुँदैन; मानिसहरूले कम्तीमा पनि यो कुरा पालन गर्नुपर्छ। यदि तँमा परमेश्‍वरप्रति कुनै डर छ, र आफू परमेश्‍वरलाई पछ्याउने व्यक्ति हुँ भनेर स्विकार्न सक्छस् भने, तैँले सत्यता खोजी गर्नुपर्छ, आफ्‍ना धारणाहरू समाधान गर्नुपर्छ, सत्यता पालन गर्न सक्‍ने बन्‍नुपर्छ, र बाधा र व्यवधान ल्याउने कुनै पनि काम गर्नु हुँदैन। … तैँले परमेश्‍वरलाई गलत अर्थ्याउँछस्, र तँ नकरात्मक भएर परमेश्‍वरको बारेमा गुनासो गर्छस् भने—त्यस्तो परिस्थितिमा के गरिनुपर्छ? यसलाई सम्‍बोधन गर्न सजिलो छ। सत्यता बुझ्ने केही मानिसहरूलाई खोज् र आफ्नो हृदयमा भएको कुरा बताउँदै, तिनीहरूसँग सङ्गति र खोजी गर्। योभन्दा पनि अझ महत्त्वपूर्ण भनेको परमेश्‍वरसामु आउनु र सच्‍चा रूपमा प्रार्थना गर्नु र उहाँसित यी सबै नकारात्मकता, कमजोरी र आफूले नबुझेका र समाधान गर्न नसकेका कुराहरूबारे सङ्गति गर्नु हो—यी कुराहरूलाई नलुका। यदि तँसँग शब्दमा व्यक्त गर्न नसकिने कुराहरू, अर्थात् तैँले अरू कसैलाई भन्‍न नसक्‍ने कुराहरू छन् भने, परमेश्‍वरको अघि आएर उहाँलाई प्रार्थना गर्नु झनै अनिवार्य हुन्छ(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने मानिसहरूले आफूलाई मन नपर्ने परिस्थितिहरू सामना गर्दा, भ्रष्टता प्रकट गर्न सक्छन् र तिनीहरूमा नकारात्मक स्थिति हुन सक्छ, वा तिनीहरू परमेश्‍वरबारे गुनासो गर्न सक्छन्। हामीमा यस्ता नकारात्मक स्थितिहरू हुँदा, हामीमा परमेश्‍वरको डर मान्‍ने हृदय हुनैपर्छ, हामीले आफ्नो जिब्रो काबुमा राख्‍न सिक्नैपर्छ, आफूलाई थाहा नभएको वा आफूले नबुझेका कुराहरू जताततै फैलाउनै हुँदैन, र अरूलाई बाधा पुऱ्याउनै हुँदैन। न्यूनतम कुरा यही हो। साथै, हामीले परमेश्‍वरसामु आएर प्रार्थना गर्नैपर्छ, परमेश्‍वरको वचन खाने-पिउने, समस्या समाधान गर्न सत्यता खोज्नैपर्छ, र जतिसक्दो चाँडो नकारात्मकता र धारणाहरूबाट बाहिर निस्कनैपर्छ। यदि हामी आफै यो समाधान गर्न सक्दैनौँ भने, हामीले अगुवा र सेवकहरूसँग वा सत्यता बुझ्‍ने कुनै व्यक्तिसँग सङ्गति माग्न सक्छौँ। समस्याहरू समाधान गर्न सामान्यरूपमा सत्यता खोज्नु, र नकारात्मकता नफैलाउनु भनेको यही हो। तर हामीले सही व्यक्तिसँग खोजी गर्नैपर्छ। कतिपय नयाँ विश्‍वासीहरू सत्यता बुझ्दैनन् वा तिनीहरूमा बुझ्ने कद एकदमै सानो हुन्छ। तिनीहरूसँग खुलस्त कुरा गरेर सङ्गति गर्दा हामीलाई सहयोग नपुग्ने मात्र होइन, तर हामी तिनीहरूमा धारणा र गलतबुझाइहरू पनि हाल्न सक्छौँ। यस्तो सङ्गतिले मानिसहरूलाई सुधार गर्दैन, तर तिनीहरूलाई ठेस लाग्‍ने खतरामा पार्छ। हामी जति नै नकारात्मक भए पनि, वा हामीमा जे-जस्ता धारणा वा गलतबुझाइहरू भए पनि, हामी सबै प्रार्थना र खोजी गर्न परमेश्‍वरसामु आउनैपर्छ, परमेश्‍वरको वचनमा सत्यता खोज्नैपर्छ, र पवित्र आत्‍माको अन्तर्दृष्टि खोज्नैपर्छ। हामीले सत्यता बुझेर आफ्ना धारणा र गलबुझाइहरू हटाएपछि, अरूसँग आफ्‍नो अनुभव बाँड्न सक्छौँ। तपाईंले कसरी सत्यता खोजी गर्नुभयो, आफ्‍नो गलत दृष्टिकोण पहिचान गर्नुभयो, नकारात्मक कुराहरू चिन्नुभयो, कसरी परमेश्‍वरको इच्‍छा बुझ्‍नुभयो, अनि परमेश्‍वरबारे आफ्‍ना धारणा र गलतबुझाइहरू हटानुभयो भन्‍नेबारे सङ्गति गर्न सक्‍नुहुन्छ। साँचोरूपमा खुलस्त कुरा गरेर सङ्गति गर्नु, र परमेश्‍वरको गवाही दिनु भनेको यही हो। यसरी खुलस्त हुँदा मानिसहरूको उत्थान हुन्छ। यो कुरा बुझेपछि, मैले अभ्यासको मार्ग भेट्टाएँ।

यो अनुभवले मलाई नकारात्मकता फैलाउनु र सामान्यरूपमा खुलस्त हुनुबीचको भिन्‍नता सिकायो, असल र खराब मानवतालाई मूल्याङ्कन गर्ने सिद्धान्त दियो, साथै मण्डलीमा लुकेर बसेका गैर-विश्‍वासीहरूलाई चिन्न मदत गऱ्यो। मलाई लाग्छ, यो निकै फाइदाजनक थियो। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

निराकरणपछिको जागरूकता

२०२० को अन्त्यतिर, मैले मण्डलीमा नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने कामको जिम्‍मा लिएँ। सुरुमा तिनीहरू त्यति धेरै थिएनन्, त्यसकारण तिनीहरूले...

परमेश्‍वरबारे आफ्नो गलतबुझाइबाट म बल्‍ल मुक्त भएँ

सन् २०१९ मा म मण्डली अगुवा थिएँ। म आफ्ना जिम्‍मेवारीहरू बेवास्ता गरेर नाम र हैसियतको पछि मात्रै लागिरहेकी थिएँ, सहकर्मीलाई ईर्ष्या गर्थेँ र...

मेरो छोरोको मृत्युपछि

सन् २०१४ को एक दिन, मेरी छोरीले मलाई अनपेक्षित रूपमा फोन गरी र मेरो छोरालाई माछा मार्दा बिजुलीको झट्का लागेछ भनेर बताई। ठ्याक्कै के भएको हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्