काटछाँट र निराकरणलाई कसरी लिने

25 अप्रिल 2023

—भक्ति डायरी

बुधवार, अगस्ट १७, २०२२, सफा आकाश

आज मैले नयाँ कर्तव्य सुरु गरेकी छु। म लेखन काम गर्दै छु। अप्रत्याशित भए पनि, यो कर्तव्य पूरा गर्न पाउँदा म खुसी छु। यो परमेश्‍वरको अनुग्रह हो र उहाँले मलाई अभ्यास गर्ने मौका दिइरहनुभएको छ भन्‍ने मलाई थाहा छ। म राम्ररी काम गर्न चाहन्छु। तर यो काम मलाई कति थाहा छैन र यस्तो काममा मनमानी गरेको र सिद्धान्तहीन बनेकोमा अरूलाई कसरी काटछाँट र निराकरण गरिएको थियो भन्‍ने सोच्दा, मलाई चिन्ता लाग्‍न थालेको छ, र सोचेँ: “के यो कर्तव्यमा मलाई पनि काटछाँट र निराकरण गरिनेछ? तर फेरि, मैले काटछाँटबाट पाठहरू सिक्‍न सकेँ भने के यो राम्रो कुरा हुनेछैन र? यो त सत्यता प्राप्त गर्ने राम्रो अवसर हो!” त्यसकारण अन्त्यमा मैले यो कर्तव्य स्विकारेँ।

आइतबार, सेप्टेम्‍बर ४, २०२२, बादल लागेको छ

समय कति छिटो बित्छ। आँखा झिमिक्‍क गर्दा, मैले लेखन काम गरेको पनि पन्ध्र दिन बढी भइसकेछ। अगुवाले सिद्धान्तहरूमा दिएको सङ्गति र कामसम्‍बन्धी उनको मार्गनिर्देशनले गर्दा, म यो कामसँग अलिक परिचित भएकी छु र मैले केही सिद्धान्त सिकेकी छु। आज केही ब्रदर-सिस्टरहरूलाई सिद्धान्तहरूअनुसार काम नगरेका र मनमानी गरेका कारण निराकरण गरिएको मैले देखेँ। मलाई पनि निराकरण गरिनेछ भन्‍ने डरले म अलिक घबराएँ। अगुवाले भ्रष्ट स्वभावहरू र समस्याहरूको सारलाई परमेश्‍वरको वचनअनुरूप औँल्याइरहेका छन्,र यसले हामीलाई आफूलाई चिन्‍न र सत्यताका सिद्धान्तहरूमा प्रवेश गर्न सहयोग गर्छ भन्‍ने मलाई थाहा भए पनि, म काटछाँट वा निराकरणमा पर्न चाहन्‍नँ। ब्रदर साउललाई आज सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा नगरेकोमा निराकरण गरियो। अगुवाले यसबारे तिनलाई बारम्बार सङ्गति गरेका र यसलाई ठिक गरेका थिए, तर तिनले त्यही गल्ती गरिरहे। तिनी आत्मिकरूपमा असंवेदनशील छन् र सिद्धान्तहरू बुझ्दैनन् भनेर अगुवाले भनेका थिए। यी शब्‍दहरू मप्रति लक्षित नगरिएका भए पनि, “आत्मिकरूपमा असंवेदनशील” भन्‍ने शब्‍दहरू सुन्दा, मलाई अलिक सन्की चढ्यो। मैले आफैलाई चेतावनी दिएँ: “मैले सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ, र कुनै गल्ती गर्नु हुँदैन, नत्र मलाई निराकरण गरिनेछ। म आत्मिकरूपमा असंवेदनशील देखिएँ भने समस्यामा पर्नेछु। त्यस्तो व्यक्तिले कसरी मुक्ति पाउन सक्छ? के ऊ तालिम दिइन लायक हुन्छ?” यी कुराहरू सोच्दा म झनै चिन्तित भएँ। यस साँझ आफ्‍नो कर्तव्य पूरा गर्दा, म पुरै समय तनावमा थिएँ। गल्ती गर्छु कि भन्‍ने डरले मैले साह्रै सतर्कतासाथ कामकुरा गरेँ। तर अरूलाई निराकरण गरिँदा मलाई किन यसरी असर गर्छ मैले बुझेकी छैनँ।

शुक्रबार, सेप्टेम्‍बर ९, २०२२, सफा आकाश

आजभोलि म आफ्‍नो कर्तव्यमा अत्यन्तै आशङ्कित भएकी छु र सधैँ सतर्क भइरहेकी हुन्छु। गल्ती गर्छु कि भन्‍ने मलाई डर लाग्छ। कहिलेकाहीँ अरूले मेरो दृष्टिकोण सोध्छन्, तर आफूलाई पक्का भएको सुझाव बताउँदासमेत, मलाई गलत कुरा बोल्छु भन्‍ने डर लाग्छ। मैले आफ्‍नो दृष्टिकोण बताउनुअघि धेरै जनालाई भेटेर तिनीहरूको अनुमोदन पाउनुपर्छ। इमानदारीपूर्वक भन्नुपर्दा, यसरी आफ्‍नो कर्तव्य पूरा गर्नु साह्रै थकाइलाग्दो हुँदो रहेछ, र मलाई परमेश्‍वरबाट टाढिएकी छु जस्तो लाग्छ। आज मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मेरो मन साह्रै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “परमेश्‍वरको घरमा काम गर्ने कतिपय ख्रीष्टविरोधीहरूले गल्तीहरू नगर्न, काटछाँट र निराकरणमा नपर्न, माथिको रिस नउठाउन वा आफूले खराब काम गरेको अगुवालाई थाहा नदिन एकदमै सावधानीसाथ काम गर्ने मनमनै सङ्कल्प गर्छन्, र यदि तिनीहरूले असल कार्य गर्दै छन् भने त्यो कुरा मानिसहरूले देखून् भन्‍ने सुनिश्‍चित गर्छन्। तैपनि, जति नै सावधान भए पनि, तिनीहरूले गलत स्थानबाट काम सुरु गर्ने हुनाले र गलत मार्ग लिने हुनाले, अनि प्रतिष्ठा र हैसियतको लागि मात्रै काम गर्ने र सत्यता कहिल्यै खोजी नगर्ने हुनाले, तिनीहरूले प्राय सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, शैतानका दासहरूको रूपमा काम गर्छन् र बारम्बार अपराधहरूसमेत गर्छन्। त्यस्ता मानिसहरूले प्राय सिद्धान्तहरू उल्‍लङ्घन गर्नु र अपराधहरू गर्नु एकदमै सामान्य कुरा हो। त्यसकारण, तिनीहरू काटछाँट र निराकरणमा पर्नबाट जोगिन अवश्‍यै गाह्रो हुन्छ। अब, काटछाँट र निराकरणमा नपरेको बेला, किन ख्रीष्टविरोधीहरूले यति सतर्कतासाथ काम गर्छन्? एउटा कारणचाहिँ पक्‍कै पनि के हो भने, तिनीहरूले यस्तो सोच्ने गर्छन्, ‘म अत्यन्तै होसियार हुनुपर्छ—आखिर, सतर्कता नै सुरक्षाको आधार होअसल व्यक्तिको जीवनमा शान्ति हुन्छ। मैले यी सिद्धान्तहरू पालना गर्नुपर्छ र हरक्षण आफूलाई गलत काम गर्न वा समस्यामा पर्नबाट जोगिन स्मरण गराउनुपर्छ, र आफ्ना भ्रष्टता र अभिप्रायहरू दबाउनुपर्छ। मैले गलत काम गरिनँ र म अन्त्यसम्‍मै दृढ रहेँ भने, आशिष्‌हरू प्राप्त गर्नेछु, र म विपत्तिहरूबाट जोगिनेछु, र परमेश्‍वरमाथिको विश्‍वासमा सफल हुनेछु!’ तिनीहरूले प्राय यसरी नै आफूलाई प्रोत्साहन, उत्प्रेरणा र उत्साह दिन्छन्। तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले गल्ती गरे भने, यसले आशिष्‌ पाउने तिनीहरूको अवसरलाई एकदमै धेरै घटाउँछ। के तिनीहरूको हृदयको गहिराइमा यस्तै हिसाबकिताब र विश्‍वास हुँदैन र? ख्रीष्टविरोधीहरूको यो हिसाबकिताब वा विश्‍वास सही छ कि गलत छ भन्‍ने कुरालाई एकातिर पन्छाएर हेर्दा, यस विश्‍वासको आधारमा तिनीहरूले आफ्नो निराकरण र काटछाँट हुँदा सबैभन्दा बढी के कुराको चिन्ता गर्छन्? (आफ्नो सम्‍भाव्यता र नियतिको बारेमा।) तिनीहरूले आफ्नो सम्‍भाव्यता र नियतिलाई निराकरण र काटछाँटसँग जोड्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिसँग सम्‍बन्धित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। यो खण्डले मेरो स्थितिलाई ठ्याक्‍कै व्याख्या गर्छ। अरू मानिसहरू निराकरणमा परेका देख्दा, म यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्दिनँ वा किन यी मानिसहरूलाई निराकरण गरियो, तिनीहरूले कसरी बाटो बिराए, म तिनीहरूको असफलताबाट कसरी पाठ सिक्‍न सक्छु, र सिद्धान्तहरूअनुसार काम गर्न भविष्यमा म त्यसरी बाटो बिराउनबाट कसरी बच्‍न सक्छु भनेर खोजी गर्दिनँ। बरु, म निराकरण र आफ्नो भाग्यलाई अदृश्यरूपले तर घनिष्ठसित जोड्छु। जति गम्‍भीररूपमा निराकरण गरिन्छ, आशिष पाउने आशा त्यति नै कम हुन्छ भन्‍ने मलाई लाग्छ। म झनै सतर्क र सावधान भएकी छु, किनभने गल्ती गरिएन वा निराकरणमा परिएन भने, मैले आशिष पाउने आशा हुन्छ भन्‍ने मलाई लाग्छ। मैले निराकरणलाई गलत तरिकाले बुझेको र आशिषलाई अति धेरै मूल्यवान् ठानेकोले, म आफ्नो भाग्य मुछिएका कुराहरूप्रति अति संवेदनशील छु र आफूले गर्ने सबै कुरामा हदै सतर्क हुन्छु। म सतर्क भइनँ भने, मलाई निराकरण गरिनेछ र राम्रो परिणाम गुमाउनेछु भन्‍ने मलाई डर लाग्छ। म अत्यन्तै दुष्ट र छली रहेछु भन्‍ने मलाई थाहा भएको छ! अगुवाले हामीलाई धेरैपटक सिद्धान्तहरूमा सङ्गति दिन्छन् र हामीलाई डोर्‍याउँछन्, तर हामी तिनका कुरा गम्‍भीररूपमा लिने गर्दैनौँ। हामी मनोमानी र अन्धाधुन्ध काम गर्ने र मण्डलीको काममा बाधा दिने गर्छौँ। के हामीलाई निराकरण गर्नु पूर्णतया सामान्य कुरा होइन र? समझदार व्यक्तिले यस कुराको आधारमा आत्मचिन्तन गर्छ, अनि आफ्नो कमजोर पक्ष वा आत्मिकरूपमा असंवेदनशील पक्षबारे मनन गर्छ, र सत्यता खोजेर तुरुन्तै आफ्‍ना विचलनहरू सुधार्छ। सकारात्मकरूपमा प्रवेश पाउने र सत्यता खोज्ने व्यक्ति उही हो। हामीलाई सत्यतामा प्रवेश गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सहयोग गर्नका लागि निराकरण गरिन्छ। तर मैले सत्यता नखोज्ने वा मनन नगर्ने मात्र होइन, तर म सतर्क हुन्छु र गलतरूपमा बुझ्छु। म सही र गलत छुट्याउन सक्दिनँ! परमेश्‍वरको वचनको प्रकाशको कारण, अहिले मैले आफ्‍नो स्थितिलाई केही बुझेकी छु।

सोमवार, सेप्टेम्‍बर १२, २०२२, भारी वर्षा

आजको भेलामा, अगुवाले निराकरणमा परेपछि साउल नकरात्मक बनेका छन्, र तिनले बन्धनमा र दमनमा परेको महसुस गरेका छन् भन्‍ने थाहा पाए। तिनले हामीलाई पनि बन्धनमा परेको महसुस भयो कि भनेर सोधे। मलाई हालैको स्थितिबारे याद आयो र मलाई अलिक बन्धनमा परेको महसुस भएको छ भनेर मैले भनेँ। त्यसपछि अगुवाले मलाई केही सङ्गति दिए र त्यसले मलाई साँच्‍चै छोयो। तिनले भने: “किन कतिपय मानिसहरू बारम्‍बार निराकरण गरिए पनि सत्यता प्राप्त गर्दैनन्, र बाध्यता, दमन, र पीडामा परेको महसुस हुन्छ भनी भन्छन्? किनभने तिनीहरू सत्यता बुझ्‍ने वा प्राप्त गर्ने कार्यमा ध्यान दिँदैनन्, अर्थात् तिनीहरू केही प्राप्त गर्दैनन्। निराकरणमा पर्दा तिनीहरू प्रतिरोधी बन्छन् र रिसाउँछन्। तिनीहरू अरूको विरुद्धमा जान्छन्। के ऊ सत्यता स्विकार्ने व्यक्ति हो? वास्तवमा, यी मानिसहरूलाई सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गरेकाले निराकरण गरिन्छ, तर तिनीहरू मनन गर्न मान्दैनन्, सुस्तसमेत हुन्छन्। यसले तिनीहरू सत्यता स्वीकार गर्दैनन्, र सत्यताविरुद्ध जान्छन् र विपरीत हुन्छन् भन्‍ने देखाउँछ। सत्यताविपरीत हुनु भनेको वास्तवमा परमेश्‍वरविपरीत हुनु हो। यसको प्रकृति अत्यन्तै गम्‍भीर हुन्छ।” अगुवाको सङ्गतिले बल्‍ल मलाई सत्यता इन्कार गर्नु वा निराकरण गरिनुको प्रकृति कति गम्‍भीर रहेछ, र यो स्थिति कति खतरनाक रहेछ भन्‍ने महसुस गरायो। घर पुगेपछि, मलाई निकै बेरसम्‍म अत्यन्तै अशान्ति भयो र सुत्‍न सकिनँ, ओछ्यानमा पल्टिरहेँ। मलाई यो परिस्थिति संयोग होइन र यसको पछाडि परमेश्‍वरको इच्‍छा छ भन्‍ने लाग्छ। मैले सोच्न थालेकी छु, सत्यता स्वीकार नगर्ने कार्य कसरी प्रकट हुन्छ? म यो परिस्थितिमा कसरी पाठ सिक्‍न र मनन गर्न सक्छु?

बुधवार, सेप्टेम्‍बर १४, २०२२, सफा आकाश

साउललाई आज बर्खास्त गरियो। अरू केही पनि सत्यता स्वीकार नगरेको र आफ्‍नो कर्तव्यमा प्रगति नगरेकोले बर्खास्त भए। मलाई एउटी सिस्टरबाट के थाहा भयो भने साउलले प्रायजसो आफ्‍नो कर्तव्य मनोमानी ढङ्गले गर्थे र सिद्धान्तहरू उल्‍लङ्घन गर्थे, र हरेकपटक नै अगुवाले तिनलाई धैर्यसाथ सिद्धान्तहरूमा सङ्गति दिन्थे। कहिलेकाहीँ तिनले साउललाई काटछाँट गर्थे र उनको समस्याको सार औँल्याइदिन्थे, तर साउलले सत्यता खोजेनन् वा मनन गरेनन्। काटछाँटमा परेको प्रतिक्रियास्वरूप, तिनी सुस्त भए र कामको छलफलहरूमा आफ्‍नो दृष्टिकोण बताउन मान्दैनथे। एकपटक एउटा भेलामा, तिनले यसोसमेत भने: “मैले राम्रो काम गर्दा अगुवाले देख्दैनन्, र नगर्दा मलाई निराकरण गरिन्छ।” तिनले यसो भनेको सुन्दा विश्‍वासै लागेन, र तिनले यसो भन्‍न सकेको तथ्यले तिनी सत्यता पटक्‍कै स्वीकार गर्दैनथे भन्‍ने देखायो! मैले परमेश्‍वरको वचनका केही खण्ड पढेँ। “जब ख्रीष्टविरोधीहरूलाई काटछाँट र निराकरण गरिन्छ, तब तिनीहरूले सुरुमा आफ्‍नो हृदयको गहिराइदेखि नै यो कुरालाई विरोध र इन्कार गर्छन्। तिनीहरूले यस विषयमा लडाइँ गर्छन्। अनि किन त्यसो गर्छन् त? किनभने ख्रीष्टविरोधीहरू प्रकृति र सारले नै सत्यताप्रति दिक्‍क र घिन मान्छन्, र तिनीहरूले सत्यता कदापि स्विकार्दैनन्। प्राकृतिक तवरबाटै, ख्रीष्टविरोधीको सार र स्वभावले उसलाई आफ्‍ना गल्तीहरू मान्‍न वा आफ्‍नो भ्रष्ट स्वभाव स्विकार्नबाट रोक्छ। यी दुई तथ्यहरूको आधारमा, ख्रीष्टविरोधीहरूले काटछाँट र निराकरणप्रति पूर्ण रूपमा र अत्यन्तै इन्कार र विरोध गर्ने मनोवृत्ति राख्छन्। तिनीहरूले आफ्‍नो हृदयको गहिराइबाटै यसलाई घृणा र इन्कार गर्छन्, र तिनीहरूमा स्वीकार वा समर्पणको थोरै लक्षणसमेत हुँदैन, तिनीहरूमा साँचो मनन वा पश्‍चात्ताप हुनु त परको कुरा हो। जब ख्रीष्टविरोधीलाई काटछाँट र निराकरण गरिन्छ, जोसुकैले त्यो कारबाही गरे पनि, यो जेसँग सम्‍बन्धित भए पनि, यसको लागि तिनीहरू जति हदसम्‍म दोषी भए पनि, गल्ती जति स्पष्ट भए पनि, तिनीहरूले जति धेरै दुष्टता गरेका भए पनि, वा तिनीहरूको दुष्टताले मण्डलीमा जे-जस्ता परिणामहरू निम्त्याए पनि—ख्रीष्टविरोधीहरूले यीमध्ये कुनै पनि कुराको विचार गर्दैनन्। ख्रीष्टविरोधीको नजरमा त उसलाई काटछाँट र निराकरण गर्ने व्यक्तिले उसलाई मात्र पिरोलिरहेको हुन्छ, वा उसलाई दण्ड दिन जानीजानी उसका गल्तीहरू खोतलिरहेको हुन्छ। ख्रीष्टविरोधीले उसलाई हेपिएको र अपमानित गरिएको छ, उसलाई मानवीय व्यवहार गरिएको छैन, र उसलाई हेला र तिरस्कार गरिएको छ भन्‍नेसमेत सोच्छ। काटछाँट र निराकरणमा परेपछि, ख्रीष्टविरोधीले आफूले के गल्ती गरेँ, कस्तो भ्रष्ट स्वभाव प्रकट गरेँ, त्यस विषयमा सिद्धान्तहरू खोजी गरेँ कि गरिनँ, वा सत्यताका सिद्धान्तअनुसार व्यवहार गरेँ कि गरिनँ वा आफ्‍नो जिम्‍मेवारी पूरा गरेँ कि गरिनँ भनेर कहिल्यै मनन गर्दैन। तिनीहरूले आफूलाई जाँच्दै जाँच्दैनन् वा यस्तो कुराबारे मनन नै गर्दैनन्, न त यी विषयहरूलाई सोचविचार नै गर्छन्। यसको सट्टा, तिनीहरूले निराकरण र काटछाँटप्रति आफ्‍नै इच्‍छाले र रिससहित प्रतिक्रिया दिन्छन्। जब ख्रीष्टविरोधीलाई काटछाँट र निराकरण गरिन्छ, तब ऊ रिस, द्वेष, र असन्तुष्टिले भरिन्छ, र कसैको सल्‍लाह सुन्दैन। उसले निराकरण र काटछाँट स्विकार्न इन्कार गर्छ, र ऊ आफ्‍नो बारेमा सिक्‍न र मनन गर्न परमेश्‍वरकहाँ फर्केर आउन सक्दैन, अनि झारा टार्ने वा लापरवाह बन्‍ने वा आफ्‍नो कर्तव्यमा जे पायो त्यही गर्नेजस्ता सिद्धान्तहरू उल्‍लङ्घन गर्ने आफ्नो व्यवहार सुधार्न सक्दैन, न त उसले यस मौकालाई आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्नको लागि नै प्रयोग गर्न सक्छ। बरु, उसले आफ्‍नो प्रतिरक्षा गर्न र आफूलाई निर्दोष ठहराउन बहानाहरू बनाउँछ, अनि कलह पैदा गर्न र अरूलाई उक्‍साउन विभिन्‍न कुराहरूसमेत बोल्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र)। “जुनसुकै वातावरण उत्पन्न भए पनि—विशेष गरी प्रतिकूल परिस्थितिको सामना गर्दा, र विशेष गरी परमेश्‍वरले मानिसहरूलाई प्रकट वा भन्डाफोर गर्नुहुँदा—व्यक्तिले गर्नुपर्ने सबैभन्दा पहिले कुरा परमेश्‍वरका वचन र कार्यहरू सही छन् कि गलत भनी जाँच्नु, अध्ययन गर्नु वा मूल्याङ्कन गर्नुको साटो आफ्नै बोलीवचन र कार्यहरू अनि आफ्नै भ्रष्ट सारबारे मनन र जाँच गर्न परमेश्‍वरसामु आउनु हो। यदि तँ तेरो उचित स्थानमा बस्छस् भने, तैँले के गर्नुपर्छ त्यो ठिकसँग जान्नुपर्छ। मानिसहरूमा भ्रष्ट स्वभाव छ र तिनीहरूले सत्यता बुझ्दैनन्। यो त्यस्तो ठूलो समस्या होइन। तर जब मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र सत्यता बुझ्दैनन्, तापनि अझै सत्यको खोजी गर्दैनन्—अब उनीहरूमा एक वास्तविक समस्या हुन्छ। तँसित भ्रष्ट स्वभाव छ र तँ सत्यता बुझ्दैनस्, त्यसैले तँ अझै पनि मनमानी रूपले परमेश्‍वरको आलोचना गर्छस्, र तेरो मनस्थिति, रुचि र भावनाहरूद्वारा निर्देशित भएर उहाँको नजिक आउँछस् वा उहाँसित अन्तरक्रिया गर्छस्। तैपनि, यदि तैँले सत्यताको खोजी र अभ्यास गर्दैनस् भने, स्थितिहरू त्यति सरल हुनेवाला छैनन्। तँ परमेश्‍वरमा समर्पित हुन असमर्थ मात्र हुनेछैनस्, तैँले त उहाँ धर्मी हुनुहुन्‍न, उहाँले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्‍ने जरुरी छैन भन्दै, उहाँको विषयमा गलत बुझ्‍ने र गुनासोहरू गर्ने, उहाँको आलोचना गर्ने, र उहाँलाई गाली र अस्वीकार गर्ने कामसमेत गर्नेछस्। तैँले अझै पनि यस्ता कुराहरू उत्पन्न हुन दिनु के खतरनाक हुँदैन र? (हुन्छ।) यो धेरै खतरनाक हुन्छ। सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य पनि चुकाउनुपर्ने हुन्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग तीन))। “प्रायजसो निष्क्रिय हुने हरेक व्यक्तिको हकमा भन्दा, सत्यता स्विकार्न नसक्‍नाले यस्तो भएको हुन्छ। यदि तँ सत्यता स्विकार्दैनस् भनेँ, निष्क्रियताले तँलाई भूतले जस्तै दुःख दिनेछ, जसले गर्दा तँ निरन्तर निष्क्रियताको स्थितिमा जिउनेछस् र तैँले परमेश्‍वरप्रति धिक्‍कारपूर्ण, अनाज्ञाकारी र असन्तुष्ट मनोवृत्ति विकास गर्नेछस्। यो कुरा बढेर जब तँ परमेश्‍वरलाई विरोध गर्ने, उहाँविरुद्ध विद्रोह गर्ने र चिच्याउने अवस्थामा पुग्छस, तब तँ तोडिने स्थितिमा पुगेको हुन्छस्। अनि, जब मानिसहरूले तँलाई विश्‍लेषण गर्न र नाम दिन थाल्छन्, तब अवस्थाको भयङ्कर वास्तविकता महसुस गर्न अति ढिलो भइसकेको हुनेछ र तँ छाती पिट्दै भुइँमा लड्नेछस्। त्यसपछि त तैँले परमेश्‍वरको दण्ड कुर्न मात्र सक्छस्!(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचनले मलाई के कुरा बुझ्‍न सहयोग गर्‍यो भने व्यक्तिले सत्यता स्वीकार गर्छ कि गर्दैन भन्‍ने कुरा उसले निराकरणलाई कसरी लिन्छ त्यसमा स्पष्ट देखिन्छ। निराकरणमा पर्दा, सत्यता खोज्ने र स्विकार्नेहरूले मनन गर्न सक्छन्, र तिनीहरूलाई जति गम्‍भीररूपमा निराकरण गरिएको भए पनि, तिनीहरू सधैँ परमेश्‍वरलाई प्रार्थना गर्न सक्छन्, तिनीहरूले कहाँ गल्ती गरे, के कारणले यसो भयो, र कस्तो भ्रष्ट स्वभाव प्रकट गरे भन्‍ने कुरालाई विचार गर्न र त्यसपछि सत्यता खोज्न र यसबाट सिक्‍न सक्छन्। केही नकारात्मकता र कमजोरीपन आउलान्, तैपनि तिनीहरूले आफ्‍नो भ्रष्टताको गहिराइ र आफ्‍ना अपराधहरूको गम्‍भीरता देख्‍ने हुनाले, तिनीहरूलाई ग्‍लानि र पश्‍चात्ताप लाग्न थाल्छ, यसरी तिनीहरूले हृदयबाट आफूलाई घृणा गर्छन्। तर यो नकारात्मक अवस्था बितेर जानेछ। तिनीहरूले सत्यता खोज्न र यी असफलताहरूबाट आत्मचिन्तन गर्न सक्छन्, र जब तिनीहरू आफ्‍नो समस्यालाई राम्ररी चिनेर आफ्‍नो कार्यको प्रकृतिलाई स्पष्टरूपमा देख्छन्, तब निराकरणमा परमेश्‍वरको प्रेम र सुरक्षा देख्छन्, र परमेश्‍वरलाई धन्यवाद दिन्छन्। यस्तो क्षणमा व्यक्तिको स्थिति सही र सकारात्मक हुन्छ। तर सत्यता नस्विकार्ने व्यक्तिले निराकरणलाई फरक तरिकाले लिन्छ। कतिले खुलेआम गुनासो नगरे पनि, कहिल्यै आत्मचिन्तन गर्दैनन् वा परमेश्‍वरको वचनअनुसार आफूलाई चिन्दैनन्। तिनीहरू मनमनै तर्क र विरोध गर्छन्, र बहाना बनाउँछन्, अर्थात् तिनीहरू यसबारे जति विचार गर्छन्, त्यति नै तिनीहरूलाई दुःख लाग्छ र पीडा हुन्छ, यहाँसम्‍म कि आफूलाई अन्याय भएको समेत महसुस हुन्छ। स्वभाविकतः यसले नकारात्मक भावनाहरू पैदा गर्छ। यी नकरात्मक भावनाहरूमा वास्तविकता र अरूप्रति तिनीहरूको असन्तुष्टि हुन्छ। सत्यता स्वीकार गर्नेहरूले निराकरणले तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव राम्ररी चिन्‍न, पश्‍चात्ताप गर्न, र परिवर्तन हुन सहयोग गर्छ, र यो तिनीहरूको विश्‍वासको मोड हो भन्‍ने थाहा पाउँछन्। तर सत्यता स्वीकार नगर्नेहरूलाई खुलासा गरेर निकालिनेछ। धेरै नकारात्मक बन्‍नेहरू सबैले सत्यता स्वीकार गर्दैनन्, तिनीहरू स्वभावले नै सत्यताप्रति दिक्‍क मान्छन्, र तिनीहरू जति वर्षदेखि विश्‍वासमा भए पनि अघि बढ्न सक्दैनन्। निराकरणमा पर्दा, साउलले मनन गरेनन्, वा मनमानी ढङ्गले काम गर्नुको प्रकृति र परिणामहरूलाई चिनेनन्, अभ्यासका सिद्धान्तहरू खोजी गर्नु त परको कुरा थियो। बरु, तिनी सीमित, नकारात्मक र निरुत्साहित भए। सुरुमा त मलाई निराकरण गरिएपछि निराश हुनु सामान्य कुरा हो र केही दिन मनन गरेपछि तिनलाई ठिक हुनेछ भन्‍ने लागेको थियो। तर कतिपय ब्रदर-सिस्टरहरूले तिनी पहिले पनि यस्तै थिए—बाहिरीरूपमा जोसिलो र सक्रिय देखिन्थे, तर काममा समस्या देखा परेपछि तिनलाई निराकरण गर्नेबित्तिकै, तिनी नकरात्मक र निरुत्साहित हुन्थे, र समस्याका छलफलहरूमा योगदान दिन छोड्थे भनेर बताए। तिनले कामसम्‍बन्धी धेरै सुझाव दिँदा, धेरै समस्या खुलासा हुन्छन्, त्यसैले थोरै समस्या खुलासा होस् भनी थोरै सुझाव र विचार बताएको भन्थे। हालैको तिनको काटछाँटपछि, तिनलाई कर्तव्यमा आफू बन्धन र दमनमा परेको महसुस भयो, र तिनलाई निराशा र पीडा पनि भयो। तिनको यो नकारात्मक मनोवृत्ति वास्तवमा सत्यता इन्कार गर्नु, अनि परमेश्‍वरलाई दोष दिनु र विरोध गर्नु हो। तिनले ख्रीष्टविरोधी स्वभाव प्रकट गरिरहेका छन्। मलाई बल्‍ल के थाहा भयो भने यो नकारात्मकताको पछाडि परमेश्‍वरलाई विरोध गर्ने शैतानी स्वभाव लुकेको हुन्छ। के साउलले गलत मार्ग लिनु मेरो लागि चेतावनीको घण्टी होइन र? सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य पनि चुकाउनुपर्ने हुन्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ।” मैले यो कुरा यसअघि व्यक्तिगतरूपमा अनुभव गरेकी छैनँ, तर हालै मैले भोगेका कुरालाई हेर्दा, यी वचनहरूले मेरो हृदयलाई सहमत हुन लगाउँछन्। निराकरणमा पर्दा सत्यता नखोज्नु वा स्वीकार नगर्नु अत्यन्तै खतरनाक कुरा हो। हालै बर्खास्त भएका ब्रदर-सिस्टरहरू वास्तवमा प्रतिभावान् थिए, तर तिनीहरूको घातक कमजोरी भनेको सत्यताप्रति दिक्‍क मान्‍नु र यसको खोजी नगर्नु थियो, जसले गर्दा तिनीहरूले आफ्‍नो कर्तव्यमा कहिल्यै परिणाम प्राप्त गरेनन् र अन्त्यमा तिनीहरू बर्खास्त भए। म यसबारे जति सोच्छु, त्यति नै सत्यता खोज्नुको महत्त्वलाई बुझ्छु।

बिहीवार, सेप्टेम्‍बर १५, २०२२ सिमसिमे पानी

त्यस रात अगुवाले दिएको सङ्गति केही दिनसम्‍म मेरो दिमागमा रहिरह्यो, र मलाई परमेश्‍वरका यी वचनहरू याद आइरह्यो: “यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरको इच्छा खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। पहिले, मैले परमेश्‍वरका यी वचनहरू: “तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्,” र “तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्,” पढ्दा, मलाई धार्मिक धारणाहरूमा अल्झिरहने धार्मिक संसारका मानिसहरूको झल्याँस्स याद आयो। तिनीहरू अनुग्रहद्वारा मुक्ति पाउन मात्रै चाहन्छन्। तिनीहरू परमेश्‍वरका आखिरी दिनहरूको न्यायको काम स्विकार्न मान्दैनन्। तिनीहरू परमेश्‍वरको ठूलो सेतो सिंहासनबाट भाग्‍ने कठपुतली र धोकेबाज हुन्। तर म सोच्छु, के परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्नु भनेको उहाँको न्याय स्विकार्नु पनि हो? के परमेश्‍वरको दृष्टिकोण यस्तै छ? परमेश्‍वरको न्याय र सजाय स्विकार्नु भनेको वास्तवमा के हो? मैले परमेश्‍वरका वचनहरू मनन गरेर के महसुस गरेँ भने परमेश्‍वरका आखिरी दिनहरूको काम ग्रहण गर्नु भनेको उहाँका आखिरी दिनहरूको न्याय साँचोरूपमा स्विकार्नु होइन। परमेश्‍वरका आखिरी दिनहरूको न्याय स्विकार्न कम्तीमा पनि निराकरण स्विकार्न सक्नैपर्छ। निराकरण स्विकार्न सकिँदैन भने, कुनै हालतमा परमेश्‍वरको न्याय र सजाय स्विकार्न सकिँदैन। मैले निराकरणलाई सहीरूपमा कसरी लिने भन्‍नेबारे परमेश्‍वरको थप वचन पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “काटछाँट र निराकरण हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्‍नुपर्ने कुरा के हो? व्यक्तिले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट र निराकरण अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा र मुक्ति प्राप्त गर्ने क्रममा दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट र निराकरण गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट र निराकरण गर्नु तिनीहरूको भविष्य र भाग्यसँग सम्‍बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट र निराकरण गरिन्छ? के यो मानिसहरूलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निभाउन मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट र निराकरण गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, तर यो मानिसहरूलाई सहायता गर्ने तरिका पनि हो। काटछाँट र निराकरण गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न मदत गर्छ, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्ने मौका दिन्छ। जे-जस्तो नै भए पनि, काटछाँट र निराकरणले तँलाई सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई गल्ती गर्न र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरू निराकरण र काटछाँट भोगेर ठिकसित व्यवहार गर्न सक्षम हुनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। निराकरणप्रति हामीमा हुनुपर्ने सही मनोवृत्ति र अभ्यासको मार्गबारे परमेश्‍वरको वचनले स्पष्टरूपमा बताएको छ। वास्तवमा, निराकरणमा पर्नु भाग्यसँग सम्‍बन्धित हुँदैन। प्रयोग गरिएको भाषा कठोर, घोच्ने, वा दोष लाउने किसिमको नै भए पनि, यो सब हामीलाई आफ्नो भ्रष्टता, मनमानी व्यवहार, सिद्धान्तविहीन कार्यलाई चिन्न, र हाम्रो कामका विचलनहरू देख्‍न सहयोग गर्नु हो। यो हामीलाई सत्यता खोज्न र सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सहयोग गर्नको लागि हो। बारम्‍बार वा गम्‍भीररूपमा निराकरणमा पर्नु भनेको व्यक्तिको भाग्य राम्रो छैन भन्‍ने होइन, न त निराकरणमा नपर्नु भनेको व्यक्तिको भाग्य राम्रो हुनेछ भन्‍ने नै हो। कतिलाई बारम्‍बार काटछाँट र निराकरण गरिएला, र यो कहिलेकाहीँ गम्भीर, चोट पुर्‍याउने किसिमको, व खुलासा वा दोषारोपणजस्तो देखिएला, तैपनि यी मानिसहरूले पछि सत्यता खोज्न, मनन गर्न, र आफ्‍नो भ्रष्ट स्वभाव, कमीकमजोरी, र विचलनहरूबारे केही मात्रामा बुझ्‍न सक्छन्। तिनीहरू जीवनमा परिवर्तन र वृद्धि हुन सक्छन्, र अन्त्यमा, अझै महत्त्वपूर्ण कामको बोझ लिन सक्छन्। मैले आफू विश्‍वासी बनेपछि निराकरणप्रति लिएको मनोवृत्तिबारे फर्केर सोच्‍न थालेकी छु। मैले परमेश्‍वरमा विश्‍वास गरेको नौ वर्ष भएको छ, र यतिका वर्षसम्‍म, मलाई बिरलै निराकरण गरिएको छ वा मैले बिरलै ठूलो अवरोध वा असफलता भोगेकी छु। मैले निराकरणबारे सधैँ फरक विचार राखेकी छु। मलाई निराकरणमा पर्नु खराब कुरा हो, यो खुलासा हुनु वा दोषी ठहरिनुसरह हो भन्‍ने लागेको छ। म अरू निराकरणमा परेको देख्दा डरले लुरुक्‍क हुन्छु, किनभने होसियार भइनँ भने मलाई पनि यस्तै हुन्छ भन्‍ने मलाई त्रास छ। मैले गल्तीवस निराकरणलाई दोषी ठहरिनु र खुलासा गरिनु ठानेकी छु, त्यसकारण यसलाई इन्कार र प्रतिरोध गरेकी छु, अनि आफ्‍नो विश्‍वासको सुविधाजनक क्षेत्रमा बसिरहन चाहेकी छु। मेरो खोजी धर्ममा आफ्‍नो पेट भर्न चाहनेहरूको भन्दा कसरी फरक छ र? मैले परमेश्‍वरको धेरै वचन पढेकी छु र उहाँका आखिरी दिनहरूको काम न्याय, शोधन, काटछाँट र निराकरणद्वारा मानिसलाई शुद्ध पार्नु र सिद्ध तुल्याउनुमा लक्षित छ भन्‍ने मलाई स्पष्ट थाहा छ। तर ममा कुनै वास्तविक ज्ञान छैन र म निराकरण वा शोधन स्विकार्न इच्छुक छैनँ, त्यसकारण मैले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, मैले कुनै प्रगति गर्नेछैनँ। मैले सत्यता प्राप्त गर्नेछैनँ वा आफ्‍नो जीवन स्वभावमा परिवर्तन गर्नेछैनँ, र अन्त्यमा, मलाई दण्ड दिइनेछ। म यसबारे जति विचार गर्छु, त्यति नै मलाई आफ्नो स्थिति कति खतरनाक रहेछ भन्‍ने महसुस हुन्छ। सहजताको तृष्णा गर्ने र अनुग्रहको पछि लाग्‍ने मजस्ता मानिसहरूका लागि, निराकरण गरिएन भने पनि, यसको अर्थ आफ्नो परिणाम राम्रो हुनेछ भन्‍ने हुँदैन। यदि मैले कहिल्यै सत्यता खोजिनँ वा आफ्‍नो भ्रष्ट स्वभाव परिवर्तन गरिनँ भने, अन्त्यमा मैले मुक्ति पाउनेछैनँ। निराकरणमा पर्दैमा व्यक्तिको नतिजा प्रकट हुन्छ भन्‍ने होइन, तर सत्यताप्रतिको उसको मनोवृत्तिले उसको वास्तविकता प्रकट गर्छ। म सधैँ, निराकरणमा पर्नु खराब कुरा हो, र यो सायद परमेश्‍वरको अप्रसन्‍नता वा उहाँले निन्दा गर्नुभएको हो भन्‍ने सोच्थेँ। तर अहिले म कति गलत रहेछु भन्‍ने थाहा भयो! मैले आँसु झार्दै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले बल्‍ल आफ्नो अज्ञानता र मूर्खता देखेँ। मैले वर्षौँको विश्‍वासमा, कहिल्यै सत्यता खोजेकी छैनँ र मेरो प्रकृति सत्यताप्रति दिक्‍क मान्ने भएको छ। म सधैँ काटछाँट र निराकरणबाट जोगिएकी छु। हे परमेश्‍वर, म पश्‍चात्ताप गर्न चाहन्छु। म निराकरणबाट पाठहरू सिक्‍न इच्छुक छु।” प्रार्थना गरेपछि मलाई निकै ढुक्क लाग्यो, साथै इच्छा-आकाङ्क्षाको अनुभूति भयो। आशा छ, म भविष्यमा काटछाँट र निराकरण अनुभव गर्न सक्छु ताकि जीवनमा अघि बढ्न सकूँ।

बुधवार, अक्टोबर ५, २०२२, बादल लागेको छ

आज अविस्मरणीय घटना घट्यो। एउटा प्रोजेक्टमा काम गरिरहेको बेला, मैले मनमानी ढङ्गले कर्तव्य पूरा गरेको र सिद्धान्तहरू नखोजेको हुनाले, काम दोहोर्‍याउनुपर्‍यो, जसले प्रगतिमा ढिलाइ भयो। अगुवाले यो समस्याको प्रकृतिलाई औँल्याइदिए अनि मलाई अहङ्कारी र क्षमताको कमी भएकोमा निराकरण गरे। यसले ममा आत्मिक संवेदनशीलताको कमी भएको देखाउँछ भनेर तिनले भने। तिनका शब्‍दहरू मनमा गुञ्‍जिरह्यो। म साह्रै व्याकुल भएँ र यस्तो सोच्दै आफूलाई सीमित गर्न थालेँ: “अगुवाले मेरो वास्तविकता देखेका छन्। तिनले म यो कर्तव्यको लागि उपयुक्त छैनँ भन्ठान्छन्। अब कुनै पनि दिन मलाई बर्खास्त गरिनेछ।” म झन्-झन् निराश भएँ। मेरो स्थिति गलत छ भन्‍ने महसुस भयो, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, आज मलाई निराकरण गरियो। मैले यसबाट के सिक्नुपर्छ वा कसरी आत्मचिन्तन गर्ने मलाई थाहा छैन। बिन्ती छ मलाई आफूलाई चिन्‍न र यी नकारात्मक भावनाहरू त्याग्‍न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्।” प्रार्थना गरिसकेपछि मलाई निराकरणमा पर्दा सत्यता खोज्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने याद आयो। नकारात्मक बनेर के समाधान हुन्छ र? मैले आफ्ना समस्याहरू वास्तवमा के हुन् र म कसरी आत्मिकरूपमा असंवेदनशील बनेकी छु भनेर मनन गर्नुपर्छ। यसबारे शान्त भएर केही विचार गर्दा, मैले मनन नगरी वा सिद्धान्तहरू नखोजी मनोमानी ढङ्गले कर्तव्य पूरा गरेको हुनाले नै मुख्यतः मलाई निराकरण गरिएको रहेछ। अगुवाले यससम्बन्धी सिद्धान्तहरूमा सङ्गति गरेका थिए, तर म नियमहरूमा नै अल्झिरहेँ। मलाई के समेत लागेको थियो भने मैले यी सिद्धान्तहरू धेरैपटक सुनेकी छु, ती राम्ररी जानिसकेकी छु र त्यसमा अबदेखि काम गर्नु पर्दैन। मैले अन्धाधुन्ध आफूमा विश्‍वास गरेँ, सिद्धान्तहरू पन्छाएँ, र आफ्‍ना विचारहरूलाई सही ठानेर अरूको विचार खोजिनँ। मैले अत्यन्तै मनमानी गरेँ, सिद्धान्तहरूअनुसार काम गरिनँ, र अन्धाधुन्ध नियमहरू पालना गरेँ। के यो आत्मिकरूपमा असंवेदनशील व्यवहार थिएन र? यदि मलाई यसरी निराकरण नगरिएको भए, म उदासीन नै रहनेथेँ, र आफ्‍नो कर्तव्य राम्ररी पूरा गरेकी छु भन्ठान्थेँ, अनि कस्तो दुष्कर्म गर्न पुगुँला मलाई थाहा हुँदैनथ्यो। निराकरणमा पर्नु मेरो लागि चेतावनी र सुरक्षा हो। अब मैले यो कुरा थाहा पाएकोले नकारात्मक महसुस गर्न छोडेकी छु। म सिद्धान्तहरू खोजी गर्न ध्यान दिन सक्छु, र फेरि यस्ता गल्तीहरू नगर्न आफूलाई याद दिलाउन सक्छु।

शनिवार, अक्टोबर ८, २०२२, सफा आकाश

आज हामी अगुवासँग भेलामा थियौँ। अगुवाले धैर्यसाथ हामीलाई कर्तव्य पूरा गर्ने सिद्धान्तहरूबारे सङ्गति दिए, त्यसपछि हाल हामीले कुनै कुरा हासिल गरेका छौँ कि भनेर सोधे। तिनले हामीलाई सत्यता खोज्न र परिस्‍थिति जस्तोसुकै भए पनि, पाठ सिक्‍नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर प्रोत्साहन दिए। तिनले हामीलाई परमेश्‍वरको वचनको एउटा खण्ड पनि पढेर सुनाए। “परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, निराकरण वा खुलासा गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट वा निराकरण गरिएको भए पनि, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, निराकरण वा खुलासा गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसंग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको एउटा मुख्य समस्यालाई समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, र सत्यता अभ्यास गर्दै यसको वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि वरपरका मानिसहरू, मामला र स्थितिहरूबाट सिक्‍नुपर्छ)। परमेश्‍वरका वचनहरूले साँच्‍चै मेरो मन छोए र मैले आँसु थाम्‍नै सकिनँ। निराकरणमा पर्दा व्याकुल र पीडा हुने भए पनि र मलाई नकारात्मकताले ढल्छु जस्तो लागे पनि, यो अनुभवले मलाई साँच्‍चै नै परमेश्‍वरको प्रेम देखायो। यो परिस्थिति मलाई आफ्‍नो भ्रष्ट स्वभावलाई मनन गर्न र जान्‍न अनि आफ्ना समस्याहरू कहाँ छन् भनी चिन्तन गर्नका लागि परमेश्‍वरसामु आउन बाध्य पार्ने किसिमको थियो। जब म आफूलाई केही मात्रामा बुझ्छु, तब मलाई भित्री शान्ति र ढुक्क अनुभूति हुन्छ। मलाई निराकरण नगरिएको भए, मैले आफ्‍नो कर्तव्यमा के-कस्ता खलबली मच्‍चाउनेथिएँ वा के-कस्ता समस्याहरू वा भूलचूकहरू देखा पर्नेथे, मलाई थाहा छैन। यसरी निराकरणमा परेपछि मैले आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू खोज्न ध्यान दिन सकेँ। मैले निराकरणमा पर्नुलाई आफ्‍नो कर्तव्यबाट अलग गर्न सकिँदैन भनी व्यक्तिगतरूपमा देखेकी छु। यो अनुभवले काटछाँट र निराकरणप्रतिको मेरो मनोवृत्तिलाई परिवर्तन गरेको छ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्‍नो कर्तव्यलाई कसरी हेर्ने

झोङ्गचेङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय...

आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

मेरो परिवार निकै गरिब थियो, म ब्याङ्कको कार्यकारी बन्ने, समाजमा हैसियत बनाउने सपना देख्थेँ, ताकि हामीलाई यति साह्रो पैसाको खाँचो नहोस्।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्