अप्रिय तथ्यलाई कसरी लिने
२०१७ को नोभेम्बरमा मलाई मण्डली अगुवा चुनियो। पहिलो पटक ब्रदर-सिस्टरहरूसँग भेला हुन वा छलफल गर्न सुरु गर्दा म आफ्नो विचार राख्न सक्षम भएँ, र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
गत अक्टोबर, म र मेरा सहकर्मीहरूले धेरैवटा मण्डलीको काम अनुसन्धान गरिरहेका बेला, चेङनान मण्डलीको सुसमाचार, मलजल, र अरू कामहरू ठप्प भएका छन् भन्ने पत्ता लगायौँ। म निकै चकित भएँ। सोचेँ, “सिस्टर ली लिङलाई मण्डली अगुवाको रूपमा यहाँ दुई महिनापहिले सरुवा गरिएको थियो। किन काममा सुधार आएन?” त्यसैले, कामबारे बुझ्न र समस्याहरू समाधान गर्न मेरी सहकर्मी सिस्टर सु झिएन त्यहाँ गइन्। केही दिनपछि, झिएनले यस्तो पत्र पठाइन्, “ली लिङ दुई महिनाभन्दा बढी समयदेखि ख्याति र हैसियतको पछि लागिरहेकी छिन्। उनी आफ्नो कर्तव्यमा शीघ्र सफलता खोज्छिन्। उनले कुनै काम प्रभावकारी नभएको देख्दा, समस्याहरू समाधान गर्न र अरूलाई सहयोग गर्न सत्यतामा सङ्गति गर्नको सट्टा, आफ्नो पदको दुरुपयोग गर्दै तिनीहरूलाई हप्काउँछिन्, र तिनीहरूको क्षमता कमजोर छ र तिनीहरू आफ्नो कर्तव्यमा गैरजिम्मेवार छन् भनेर भन्छिन्। उनले मण्डलीको कुनै पनि कामको रेखदेख वा निरीक्षण गर्ने गर्दिनन्, जसले गर्दा मण्डलीको कामका धेरै क्षेत्र ठप्प भएका छन्।” पत्र पढेपछि म छक्क परेँ र सोचेँ, “ली लिङले अरू मण्डलीहरूको नेतृत्व गर्दा, छवि र हैसियतको पछि लाग्ने गर्थिन्। अरूले उनलाई कसरी हेर्छन् भनेर सोच्नमै उनी आफ्नो समय बिताउँथिन्। अरूले उनको प्रशंसा नगर्दा उनी नकारात्मक बन्थिन् र आफ्नो कर्तव्यमा उनको ध्यान भङ्ग हुन्थ्यो जसले गर्दा मण्डलीहरूका धेरै समस्या समाधान हुँदैनथे। हामीले उनलाई यो समस्याबारे धेरैपटक सङ्गति दिएर सहयोग गर्ने प्रयास गरेका थियौँ, अनि ख्याति र हैसियतको पछि लागेर ख्रीष्टविरोधीको मार्गमा हिँडेकोमा उनलाई खुलासा पनि गरेका थियौँ। त्यो बेला उनले यो कुरा स्विकारेर पश्चात्ताप गर्ने इच्छा व्यक्त गरेकी थिइन्, र पछि, उनी केही योजना र उद्देश्यहरू बनाएर आफ्नो काम गर्न सक्ने भएकी थिइन्। यसपटक, चेङनान चर्चका अगुवाहरू पक्राउ परेका थिए र उनलाई त्यहाँ केही समयको लागि अगुवाको काम गर्न पठाइएको थियो, त्यसैले किन उनमा त्यो समस्या फेरि आयो?” यस बेला, मलाई ली लिङलाई नेतृत्वको पदबाट पहिले पनि हैसियतको पछि लागेकोमा ख्याति र र व्यावहारिक काम नगरेकोमा दुईपटक बर्खास्त गरिएको थियो भनेर याद आयो। उनले आफूबारे केही बुझेकी र पश्चात्ताप गर्ने इच्छा व्यक्त गरेकी भए पनि, अहिले, उनी अझै जिद्दी भएर यी कुराहरूको पछि लागिन्। उनले पटक्कै पश्चात्ताप गरेकी र उनी पटक्कै परिवर्तन भएकी थिइनन्। मलाई “झूटा अगुवा र सेवकहरूलाई पहिचान गर्नेसम्बन्धी सिद्धान्तहरू” मा उल्लेख गरेको यो कुरा याद आयो: “हैसियत, प्रतिष्ठा, र प्राप्तिको लागि मात्रै काम गर्नेहरू, सत्यताको खोजी नगर्नेहरू, र सत्यता वास्तविकता नभएकाहरू सबै नै झूटा अगुवा र सेवकहरू हुन्” (सत्यता अभ्यास गर्ने १७० सिद्धान्त)। ली लिङको निरन्तर व्यवहारको आधारमा, उनी ख्याति र हैसियतको पछि मात्र लाग्ने र व्यावहारिक काम नगर्ने झूटा अगुवा हुने सम्भावना थियो।
तर यसपटक मैले उनलाई अगुवाको रूपमा सिफारिस गरेकी थिएँ। त्यो बेला, उनले ख्याति र हैसियतको पछि लाग्ने र व्यावहारिक काम नगर्ने आफ्नो समस्यालाई केही मात्रामा बुझेको छु भनेर भनेकी थिइन्, त्यसकारण उनले सत्यता स्विकार्न सक्छिन् र साँचो पश्चात्ताप गरेकी छिन् भन्ने मैले सोचेकी थिएँ। साथै, उनी बोल्नमा सिपालु थिइन् र काममा केही कुशलता देखाउँथिन्, त्यसैले मैले उनलाई सिफारिश गरेकी थिएँ। अहिले, उनलाई झूटा अगुवा भएकोमा साँच्चै बर्खास्त गरिएको हो भने, सबैले म सिद्धान्तहरू पालना नगरी मानिसहरू छनौट गर्ने गर्छु र धेरै वर्ष अगुवाको काम गरेर पनि म साँचो आत्मज्ञान र ढोँगी ज्ञानबीच भिन्नता छुट्याउन सक्दिनँ भनेर भन्नेथिए। मेरा सहकर्मीहरूले पनि ममा सत्यताको वास्तविकता छैन र म मानिसहरूलाई चिन्न सक्दिनँ भनेर भन्नेथिए किनभने मैले सत्यताको पछि नलाग्ने व्यक्तिलाई अगुवाको रूपमा सिफारिस गरेकी थिएँ, त्यसैले के मैले ब्रदर-सिस्टरहरूको हृदयमा बसेको मेरो राम्रो छवि गुमाउनेथिइनँ र? जब मैले यसबारेमा विचार गरेँ, मलाई वास्तविकता सामना गर्न मन लागेन। मैले झिएले ली लिङलाई थप सहयोग गरेर तिनको स्थिति परिवर्तन गर्नेछिन् भन्ने आशा गरेँ। त्यसरी, उनीलाई बर्खास्त गरिनेथिएन, र मेरो हैसियत र छवि पनि जोगिनेथ्यो। त्यसैले, ली लिङलाई थप सहयोग दिन झिएनलाई लगाउन मैले यसबारे सहकर्मीहरूसँग छलफल गरेँ। यदि उनले आफ्नो स्थिति सुधार्न सकिन् भने, अझै केही व्यावहारिक काम गर्न सक्थिन्, र मेरा सहकर्मीहरू यस कुरामा सहमत भए। त्यसपछि, ली लिङको स्थिति परिवर्तन भयो कि भनेर सोच्दै म हरेक दिन झिएनको जवाफ उत्सुकतासाथ पर्खेर बस्थेँ। म साह्रै घबराएकी र चिन्तित थिएँ। उनलाई आफ्नो स्थिति परिवर्तन नगरेकोमा बर्खास्त गरियो भने, मेरो छवि बिग्रनेछ भन्ने मलाई डर लागेको थियो। केही दिनपछि, झिएनले यो पत्रोत्तर पठाइन्, “ली लिङले चेङनान चर्चमा काम गरेको दुई महिना भइसक्यो। उनी कामको प्रगतिमा मात्रै जोड दिन्छिन्, तर समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दिनन्। उनी पटक्कै व्यावहारिक काम गर्दिनन्। परिणामस्वरूप, ब्रदर-सिस्टरहरूका समस्याहरू जस्ताको त्यस्तै रहेका छन्।” उनले ली लिङसँग तिनको समस्याबारे धेरैपटक सङ्गति गरेको र उनलाई सहयोग गरेको, तर उनी अझै पनि आफ्नो छवि, हैसियत, र अरूले उनलाई कसरी हेर्छन् भन्ने कुरामा चासो लिन्छिन् भनेर भनिन्। उनमा पश्चात्ताप गर्ने मनोवृत्ति पटक्कै थिएन। पत्र पढेपछि, म आत्तिएँ। ली लिङको व्यवहारको आधारमा, उनी व्यावहारिक काम नगरी ख्याति र हैसियतको पछि लाग्ने झूटा अगुवा थिइन्, र उनलाई बर्खास्त गरिनुपर्थ्यो। तर मैले मेरा सहकर्मीहरूसँग कुरा गर्नलागेको बेला, आफ्नो बोली त्यतिकै दबाएँ। सोचेँ, “ली लिङलाई मैले नै सिफारिस गरेकी हुँ। त्यो बेला, मैले मेरा सहकर्मीहरूलाई के भनेँ भने, विगतमा उनलाई बर्खास्त गरिएको भए पनि, उनले आफूलाई केही बुझेकी छिन्, र उनी सत्यताको पछि लाग्ने व्यक्ति हुन्। त्यसपछि मात्रै मेरा सहकर्मीहरूले उनलाई छनौट गर्ने निर्णय गरेका थिए। यदि मैले अहिले तिनीहरूलाई उनी झूटा अगुवा हुन्, सत्यताको पछि लाग्ने व्यक्ति होइनन्, र तिनलाई बर्खास्त गरिनुपर्छ भनेर भनेँ भने, के मैले आफूलाई खराब देखाइरहेकी हुनेछैनँ र? साथै, ममा समझको कमी भएको र मैले सत्यताको पछि नलाग्ने व्यक्तिलाई अगुवाको रूपमा छनौट गरेर मण्डलीको काममा गम्भीर हानि गरेकी हुनाले, के मेरा सहकर्मीहरूले मलाई व्यावहारिक काम गर्न नसक्ने झूटा अगुवा ठान्दैनन् र? तिनीहरूले मलाई बर्खास्त गरे भने, त्यो अत्यन्तै लाजमर्दो कुरा हुनेछ। मैले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो, र अन्त्यमा म झूटा अगुवा हुन्छु र मलाई बर्खास्त गरिनेछ।” त्यो सोच्दा म दुःखी भएँ, त्यसैले मलाई ली लिङलाई बर्खास्त गर्ने सुझाव दिन मन लागेन। तर मैले यो कुरा भनिनँ भने, मलाई ग्लानि हुनेथ्यो। यदि झूटा अगुवाले एक दिन शासन गऱ्यो भने, मण्डलीको काममा हानि हुन्छ, र मैले मण्डलीको कामको प्रतिरक्षा गरिरहेकी थिइनँ। यो कुरा बताउने कि नबताउने भनेर मेरो मनमा द्वन्द्व चलिरह्यो। यस्तो पीडामा, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, ममा समझशक्तिको कमी छ। ली लिङलाई अगुवाको रूपमा सिफारिस गरेकोले मण्डलीको काममा यस्तो ठूलो हानि भएको छ। अहिले, मलाई उनी झूटो अगुवा हुन् भन्ने थाहा भयो, तर म आफ्नो छवि र हैसियत कायम राख्न चाहन्छु, त्यसैले मलाई यो कुरा बताउन मन छैन। हे परमेश्वर, बिन्ती छ मलाई सत्यता अभ्यास गर्न र मण्डलीको कामको रक्षा गर्न डोऱ्याउनुहोस्।” भोलिपल्ट मैले मेरो भक्तिको समयमा परमेश्वरको वचनको यो खण्ड पढेँ। “अगुवा र सेवकहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू आउँदा, तैँले ती समस्या बेवास्ता गर्ने सम्भावना धेरै हुन्छ, अनि जिम्मेवारी पन्छाउन तैँले विभिन्न निहुँ र बहानाहरू बनाउनसमेत सक्छस्। कतिपय समस्या तैँले समाधान गर्न सक्ने हुन सक्छन्, तर तँ ती समाधान गर्दैनस्, र तैँले समाधान गर्न नसक्ने समस्याहरूबारे माथिल्लो तहकाहरूलाई रिपोर्ट गर्दैनस्, यस्तो लाग्छ मानौँ तीसित तेरो कुनै सरोकार नै छैन। के यो तेरो कर्तव्यप्रतिको लापरवाही होइन? मण्डलीको कामलाई यसरी लिनु चातुर्य हो कि मूर्खता? (मूर्खता।) के यस्ता अगुवा र सेवकहरू विश्वासघाती साँप होइनन् र? के तिनीहरूमा अलिकति पनि जिम्मेवारीबोध छ र? जब तिनीहरू आफ्नो सामुन्नेका समस्याहरू बेवास्ता गर्छन्, तब के यसले तिनीहरू हृदयहीन र विश्वासघाती हुन् भनेर देखाउँदैन र? विश्वासघाती मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले समस्याहरू समाधान गर्न सत्यता खोज्ने तरिकाहरू फेला पार्नुपर्छ। विश्वासघाती व्यक्ति नबन्। समस्याहरू आइपर्दा, यदि तँ जिम्मेवारीबाट भाग्छस् र यसलाई पन्छाउँछस् भने, अविश्वासीहरूले समेत तेरो निन्दा गर्नेछन्। के तँ परमेश्वरको घरले तेरो निन्दा गर्नेछैन भन्ने कल्पना गर्छस्? परमेश्वरका चुनिएका मानिसहरूले यस्तो व्यवहारलाई घृणा र इन्कार गर्छन्। परमेश्वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ, तर छली र चिप्ले मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ विश्वासघाती व्यक्ति होस् र चालहरू चल्ने प्रयास गर्छस् भने, के परमेश्वरले तँलाई घृणा गर्नुहुनेछैन र? के परमेश्वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्वरले इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र विश्वासघाती मानिसहरूलाई मन पराउनुहन्न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र अन्योल हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। क्षणिक अज्ञानता त बुझ्न सकिने कुरा हो, तर सत्यता स्विकार्न पूरै अस्वीकार गर्नु भनेको हठीपन मात्र हो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। त्यस्ता व्यक्तिहरूले आफ्नो लाभ-हानिलाई विचार गर्दैनन्, तिनीहरूले बस परमेश्वरको घरका काम र हितको रक्षा गर्छन्। उनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। उनीहरूको काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्तिले सधैँ चालहरू चल्छ, सधैँ कामकुराहरू लुकाउँछ, ढाकछोप गर्छ, र आफूलाई यति दह्रिलो आवरणमा लुकाएर राख्छ कि कसैले पनि उसको वास्तविक रूप चिन्न सक्दैन। मानिसहरूले तेरा भित्री विचारहरू देख्न नसक्लान्, तर परमेश्वरले तेरो हृदयको गहिराइमा भएका कुराहरूसमेत देख्न सक्नुहुन्छ। यदि परमेश्वरले तँ इमानदार व्यक्ति होइनस्, तँ विश्वासलाग्दो छैनस्, तैँले कहिल्यै सत्यता स्वीकार गर्दैनस्, तँ सधैँ उहाँलाई धोका दिने प्रयास गरिरहेको हुन्छस्, र तैँले आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भन्ने तेरो वास्तविकता देख्नुभयो भने, उहाँले तँलाई मन पराउनुहुनेछैन, बरु उहाँले तँलाई घृणा गर्नुहुनेछ र त्याग्नुहुनेछ” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले यो कुरा बुझेँ। परमेश्वर सरल र इमानदार अनि गल्ती स्विकारेर त्यसलाई सच्याउने साहस भएका मानिसहरूलाई मन पराउनुहुन्छ। यदि हामी आफ्नो कर्तव्यमा गल्ती गर्छौँ, आफूलाई जोगाउने प्रयास गर्छौँ, यसलाई स्वीकार गर्ने आँट गर्दैनौँ अनि पछि हट्ने र ढाकछोप गर्ने बहाना बनाउँछौँ भने, हामी धूर्त व्यक्ति हौँ, र यस्तो व्यक्तिलाई परमेश्वर तिरस्कार र घृणा गर्नुहुन्छ। म पनि यस्तै धूर्त दुर्जन हुँ भन्ने मलाई थाहा भयो। ममा समझशक्तिको कमी थियो, त्यसैले मैले सत्यताको पछि नलाग्ने व्यक्तिलाई अगुवा छनौट गरेँ, जसले गर्दा मण्डलीको काममा ठूलो हानि भयो। यो आफैमा एक अपराध थियो, र मैले यसलाई सच्याउनुपर्थ्यो, तर ब्रदर-सिस्टरहरूको हृदयमा बसेको मेरो छविलाई कायम राख्न, यस अवधिमा हरेक दिन झूटा अगुवाले शासन गरेको, मण्डलीको काममा हानि पुगेको थाहा भएर पनि, मैले मण्डलीको कामको रक्षा गर्न झूटो अगुवालाई बर्खास्त गरिनँ। मैले एकपछि अर्को गल्ती गरेँ, र जानाजानी त्यसलाई ढाकछोप गर्न चाहेँ। मलाई निकै ग्लानि भयो। परमेश्वरले हामीलाई यति धेरै सत्यता दिनुभएको छ, र मण्डलीले मलाई धेरै वर्षसम्म तालिम दिएको थियो, तर आफूलाई जोगाउन र जिम्मेवारीबाट पन्छिन्, मैले झूटा अगुवाले मण्डलीको काममा बाधा दिएको हेरिरहेँ। म अत्यन्तै स्वार्थी, घृणित, छली थिएँ र मानव भनिन लायक थिइनँ। यो सोचेपछि, म तुरुन्तै मेरा सहकर्मीहरूलाई भेट्न गएँ, र तिनीहरूलाई भनेँ, “ली लिङ ख्याति र हैसियतको पछि लाग्नमात्रै ध्यान दिन्छिन्, तर व्यावहारिक काम गर्दिनन्। उनले काममा गम्भीर असर पारिरहेकी छिन्, उनी झूटा अगुवा हुन्, र उनलाई तुरुन्तै बर्खास्त गरिनैपर्छ।” सङ्गतिपछि, सहकर्मीहरूले पनि ली लिङ झूटो अगुवा हुन् भन्ने पुष्टि गरे, र चाँडै नै उनलाई बर्खास्त गरियो।
त्यसपछि, यसपटक मैले खुलासा गरेको र सिकेको कुराबारे सहकर्मीहरूलाई खुलस्त बताएँ। तिनीहरूले मलाई गलत व्यक्ति छनौट गरेकोमा दोष दिएनन्, र हामीले मानिसहरू छनौट गर्दा हुने विचलन र गल्तीहरूबारे सारसङ्क्षेप गऱ्यौँ। यस सङ्गतिबाट, मलाई के थाहा भयो भने, मैले मुख्यतः आफूलाई साँच्चै बुझ्नुको अर्थ नजान्नु र साथै साँचोरूपमा सत्यता पछ्याउने र त्यसलाई प्रेम गर्ने मानिसहरूलाई नचिनेको कारण यसपटक गलत व्यक्तिलाई छनौट गरेकी रहेछु। पछि, यसलाई सम्हाल्न परमेश्वरको वचनका केही खण्ड पढेँ, जसबाट मैले अझै थप कुरा बुझेँ। परमेश्वरका वचनहरूले भन्छ, “कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भनेर कसरी छुट्याउन सकिन्छ? एक हिसाबमा, यस व्यक्तिले आफूलाई परमेश्वरको वचनको आधारमा चिन्न सक्छ कि सक्दैन, उसले आफ्नो बारेमा मनन गर्न र साँचो ग्लानि महसुस गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ; अर्को हिसाबमा, उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ कि सक्दैन भनेर हेर्नुपर्छ। यदि उसले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ भने, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्वरको काम पालन गर्ने व्यक्ति हो। यदि यस्ता व्यक्तिहरूले सत्यतालाई केवल पहिचान गर्छन्, तर स्विकार्ने वा अभ्यास गर्ने कहिल्यै गर्दैनन् अर्थात्, ‘म सबै सत्यता बुझ्छु, अभ्यास गर्नचाहिँ सक्दिनँ’ भन्नेले जस्तै व्यवहार गर्छन् भने, तिनीहरू सत्यलाई प्रेम गर्ने मानिसहरू होइनन्। कतिपय मानिसहरूले परमेश्वरको वचन सत्यता हो र आफूमा भ्रष्ट स्वभाव छ भनेर स्विकार्छन्, र तिनीहरू पश्चात्ताप गर्न र आफूलाई बदलेर नयाँ पार्न तयार छौँ पनि भन्छन्, तर त्यसपछि तिनीहरूमा कुनै परिवर्तन आउँदैन। तिनीहरूको बोली र व्यवहार पहिलेको जस्तै हुन्छ। जब तिनीहरूले आफूलाई चिन्नेबारेमा कुरा गर्छन्, यस्तो लाग्छ कि तिनीहरूले चुट्किला सुनाइरहेका वा नारा फलाकिरहेका छन्। तिनीहरूले हृदयदेखि मनन गर्ने वा आफूलाई चिन्ने प्रयास किमार्थ गर्दैनन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा त तिनीहरूमा ग्लानिको मनोवृत्ति कहीँकतै हुँदैन। तिनीहरूले साँचो रूपमा आत्मचिन्तन गर्न आफ्नो भ्रष्टताबारे खुलेर कुरा गर्नु त झनै परको कुरा हो। बरु, तिनीहरूले विधि पूरा गरेजस्तो गर्दै अनि झारा टार्दै आफूलाई चिनेको बहाना बनाइरहेका हुन्छन्। तिनीहरू आफूलाई साँचो रूपमा चिन्ने वा सत्यता स्विकार्ने मानिसहरू होइनन्। जब त्यस्ता मानिसहरूले आफूलाई चिनेको बारेमा कुरा गर्छन्, तिनीहरूले केवल झारा टारिरहेका हुन्छन्; तिनीहरू नाटक गर्न र छल्न अनि झूटो आत्मिकता देखाउनमा लागिरहेका हुन्छन्। कतिपय मानिस छली हुन्छन्, र जब तिनीहरूले अरूले आफ्नो आत्मज्ञान सङ्गति गरिरहेको देख्छन्, तब तिनीहरूले सोच्छन्, ‘अरू सबैले आफ्नो छलको बारेमा खुलेर विश्लेषण गर्छन्। यदि मैले केही भनिनँ भने त मैले आफूलाई चिनेकै छैन भनेर सबैले सोच्लान्। यस्तोमा मैले पनि केही बोलेजस्तो त गर्नैपर्ने भो!’ त्यसपछि, तिनीहरूले आफ्नो छललाई अत्यन्तै गम्भीर भन्छन्, यसलाई नाटकीय शैलीमा प्रस्तुत गर्छन्, र हेर्दा खेरि तिनीहरूको आत्मज्ञान निकै गहनजस्तो लाग्छ। तिनीहरूको कुरा सुन्ने हरेकले तिनीहरूले साँच्चै आफूलाई चिनेका रहेछन् भन्ने सोच्छन्, र तिनीहरूलाई डाहाको नजरले गर्छन्, अनि तिनीहरू महिमावान् भएको, तिनीहरूको शिरमा तेजस्वी ज्योति छाएको जस्तो महसुस गर्छन्। आत्मज्ञान पाएजस्तो नाटक गर्ने तिनीहरूको यो शैली, साथै देखावटी व्यवहार र छलले अरूलाई पूरै बहकाउँछ। यसो गर्दा के तिनीहरूको विवेक शान्त हुन्छ त? के यो केवल भद्दा छल होइन र? … जब तिनीहरूले यसो गर्छन्, तिनीहरूलाई कुनै ग्लानि हुँदैन, तिनीहरूले देखावटी रूप धारण गर्दै र छली काम गर्दै परमेश्वरविरुद्ध विद्रोह र धोकाको काम गर्दा पनि तिनीहरूलाई केही अप्ठ्यारो लाग्दैन, र तिनीहरूले आफ्नो गल्ती स्विकार्न परमेश्वरलाई प्रार्थना गर्दैनन्। के यस्ता मानिसहरू हठी होइनन् र? यदि तिनीहरूलाई ग्लानि हुँदैन भने, के तिनीहरूलाई कहिल्यै अफसोस हुन्छ त? के सच्चा अफसोस नहुने व्यक्तिले देहसुख त्याग्न र सत्यता अभ्यास गर्न सक्छ? के सच्चा अफसोस नहुने व्यक्तिले साँचो रूपमा पश्चात्ताप गर्न सक्छ? अवश्य नै सक्दैन। यदि तिनीहरूलाई अफसोससमेत हुँदैन भने, के आत्मज्ञानको बारेमा कुरा गर्नु हास्यास्पद हुँदैन र? के यो नाटक र छल मात्रै हुँदैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्य पछ्याउन सहयोग गर्छ)। “कसैले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनेर कसरी छुट्याउन सकिन्छ? कुनै व्यक्ति सत्यता पछ्याउने व्यक्ति हो कि होइन भनेर कसरी मूल्याङ्कन गर्न सकिन्छ? मानौँ कसैले परमेश्वरमा विश्वास गरेको सातआठ वर्ष भयो। त्यस्ता व्यक्तिहरूले सिद्धान्तका धेरै वचनहरू बोल्न सक्लान्, तिनीहरूको मुख आत्मिक शब्दहरूले भरिपूर्ण हुन सक्ला, तिनीहरूले प्राय अरूलाई सहयोग गरिरहलान्, तिनीहरू निकै जोसिला देखिएलान्, तिनीहरूले विविध कुरा त्याग्न सक्लान्, र तिनीहरूले उत्साहसाथ कर्तव्य पूरा गर्लान्। तर तिनीहरूले सत्यता अभ्यास गर्न र जीवन प्रवेशका वास्तविक अनुभवहरूबारे छलफल गर्न सक्दैनन्, तिनीहरूले जीवन स्वभाव नै परिवर्तन गर्न सक्नु त परको कुरा हो। यस्तो व्यक्तिले सत्यता खोजी गर्दैन भनेर निश्चितसाथ भन्न सकिन्छ। यदि कसैले साँचो रूपमा सत्यतालाई प्रेम गर्छ भने, केही समयसम्म अनुभव बटुलेपछि, उसले आफ्नो बुझाइको बारेमा कुरा गर्न सक्छ, र कम्तीमा पनि कतिपय कुरामा सिद्धान्तअनुसार काम गर्न सक्छ; उसले जीवन प्रवेशको केही अनुभव गर्न सक्छ, र कम्तीमा पनि उसको व्यवहारमा केही न केही परिवर्तन आउनेछ। सत्यता पछ्याउनेहरूको आत्मिक स्थितिमा निरन्तर सुधार हुँदै हुन्छ, परमेश्वरमाथिको तिनीहरूको विश्वास क्रमिक रूपमा बढ्दै जान्छ, तिनीहरूले के प्रकट गर्छन् भन्नेबारे र तिनीहरूको भ्रष्ट स्वभावबारे तिनीहरूले केही मात्रामा बुझेका हुन्छन्, र तिनीहरूले परमेश्वरले मानिसहरूलाई मुक्ति दिन कसरी काम गर्नुहुन्छ भन्नबारेमा व्यक्तिगत अनुभव र सच्चा अन्तर्दृष्टि पाएका हुन्छन्। यी सबै कुराहरू तिनीहरूमा क्रमिक रूपमा बढ्दै जान्छन्। यदि तैँले कुनै व्यक्तिमा यी कुराहरू प्रकट भएको देखिस् भने, यो सत्यता पछ्याउने व्यक्ति हो भनेर तैँले निश्चयसाथ थाहा पाउन सक्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको वास्तविकता भनेको के हो?)।
परमेश्वरको वचनबाट मैले के थाहा पाएँ भने, व्यक्ति साँच्चै सत्यताको पछि लाग्छ कि लाग्दैन भनेर मूल्याङ्कन गर्न, हामीले तिनीहरूले भनेको कुरा मात्रै सुन्नु हुँदैन। महत्त्वपूर्ण कुरा भनेको तिनीहरू सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले केही समयपछि साँचो पश्चात्ताप गर्न र तिनीहरू परिवर्तन हुन सक्छन् कि सक्दैनन् भन्ने हो। सत्यताको पछि लाग्नेहरूले असफलता र रोकावट भोग्दा, परमेश्वरको वचनको न्याय स्विकार्न, यसद्वारा आत्मचिन्त गर्न, कामकुरा गर्नुका मनसायलाई विश्लेषण र खुलासा गर्न, आफ्नो भ्रष्ट स्वभावलाई हृदयदेखि साँचो घृणा गर्न, र आफ्ना अपराधहरूका निम्ति साँचो पछुतो महसुस गर्न सक्छन्, ताकि फेरि यस्तो हुँदा, तिनीहरूले आफूलाई त्यागेर सत्यता अभ्यास गर्न सकून्। समय बित्दै जाँदा, तिनीहरू जीवनमा वृद्धि भएर जान्छन् र तिनीहरूको भ्रष्ट स्वभावमा केही परिवर्तन आउँछन्। मैले यसलाई ली लिङको व्यवहारसँग तुलना गरेँ भने, उनी बाहिरीरूपमा इमानदार देखिन्थिन्। निराकरण गर्दा, सम्झाउँदा, र बर्खास्त गरिँदा, उनले शिर हल्लाएर स्विकारेकी थिइन्, र आफूले हैसियतको खोजी गरिन्, मण्डलीको कामको रक्षा गरिनन्, आफूमा मानवताको कमी छ, र आफूले प्रवेश पाउने आशा गरेकी छिन् भनेर भनिन्। तर पछि, उनको प्रतिष्ठा र हैसियत मुछिँदा, उनले आफूलाई त्यागेर सत्यता अभ्यास गरिनन्, र आफ्ना ब्रदर-सिस्टरहरूलाई हप्काउनेसमेत गर्थिन्, जसले गर्दा मण्डलीको काममा हानि पुग्यो। उनले कहिल्यै आत्मचिन्तन गरिनन् र उनी निष्क्रिय रहिन्। उनलाई आफ्नो भ्रष्ट प्रकृति वा असफलताको स्रोतबारे केही थाहा छैन, र उनी साँचो पश्चात्ताप पनि गर्दिनन् भन्ने मलाई थाहा भयो। उनले बताउने गरेका बुझाइहरू अरूबाट नक्कल गरेका शब्दहरू र अन्योलमा पार्ने भ्रम थिए। यदि कुनै व्यक्ति साँचोरूपमा सत्यताको पछि लाग्छ र उसमा मानवता छ भने, आफूले मण्डलीको काममा ठूलो हानि गरेको छ भन्ने देख्दा, उसलाई ग्लानि हुन्छ, उसले आफूलाई घृणा गर्छ, र आफ्ना व्यक्तिगत हितहरूलाई विचार गर्न छोड्छ। उसले कसरी आफ्ना अपराधहरूको परिपूर्ति गर्ने, व्यावहारिक काम गर्ने, र मण्डलीको काममा थप हानि हुन रोक्ने भनेर सोच्नेछ। मैले यस्तो कुनै व्यवहार ली लिङमा देखिनँ। यसले के देखायो भने, उनी सत्यता स्विकार्ने र पछ्याउने व्यक्ति पटक्कै होइनन्। उनलाई छनौट गर्ने क्रममा, मैले उनलाई सत्यताको सिद्धान्तअनुसार मूल्याङ्कन गरेकी थिइनँ। मैले आफ्ना विचार र धारणाहरू प्रयोग गरेँ। मैले उनको बाहिरी असल कार्य र उनको सैद्धान्तिक बुझाइलाई मात्रै हेरेँ र उनी केही परिवर्तन भएकी छिन् भन्ने अनुमान गरेँ। परिणामस्वरूप मैले गलत व्यक्तिलाई छनौट र प्रयोग गरेँ, जुन कुराले मण्डलीको काम र ब्रदर-सिस्टरहरूको जीवनमा हानि गऱ्यो। मैले सत्यताका सिद्धान्तहरू खोजी गर्न नसक्नुका परिणामहरू यिनै थिए।
पछि, मैले आत्मचिन्तन गरेँ। मैले तिनी झूटो अगुवा हुन् भनेर स्पष्टै चिनेँ, र गलत व्यक्तिलाई छनौट गरेकी छु भन्ने मलाई महसुस भएको भयो, र पनि किन मैले कुराहरू ढाकछोप गर्ने र उनलाई मौका दिने मन गरेँ? पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र यसबारे केही बुझेँ। “ख्रीष्टविरोधीले जति नै धेरै गलत काम गरे पनि, जुनसुकै प्रकारका गलत काम गरे पनि, चाहे त्यो परमेश्वरको भेटी हिनामिना गर्ने, उडाउने, दुरुपयोग गर्ने होस्, वा मण्डलीको काममा बाधा र व्यवधान ल्याएर काम भताभुङ्ग पारेर परमेश्वरलाई क्रोधित पार्ने काम नै किन नहोस्, तिनीहरू सधैँ शान्त, स्थिर र निस्फिक्री रहन्छन्। ख्रीष्टविरोधीले जस्तोसुकै दुष्कर्म गरे पनि वा यसले जे-जस्ता परिणामहरू ल्याए पनि, तिनीहरू कहिल्यै आफ्नो पाप स्विकार्न र पश्चात्ताप गर्न सक्दो चाँडो परमेश्वरसामु आउँदैनन्, र तिनीहरू कहिल्यै आफूलाई उदाङ्गो पार्ने र आफ्ना गलत कार्यहरू स्विकार्ने मनोवृत्ति लिएर ब्रदर-सिस्टरहरूको अघि आउँदैनन्, आफ्ना अपराधहरू कहिल्यै चिन्दैनन्, आफ्नो भ्रष्टता कहिल्यै पहिचान गर्दैनन्, र आफ्ना दुष्ट कार्यहरूको कहिल्यै पछुतो गर्दैनन्। बरु, तिनीहरू जिम्मेवारीबाट पछि हट्न र आफ्नो इज्जत र छवि पुनर्स्थापित गर्न अरूमाथि दोष थोपर्न दिमाग खियाउँछन्। तिनीहरू मण्डलीको कामको बारेमा होइन, बरु आफ्नै प्रतिष्ठा र हैसियतमा हानि वा असर भयो कि भन्ने कुरामा ध्यान दिन्छन्। तिनीहरू आफ्ना अपराधहरूले परमेश्वरको घरमा पुर्याएका क्षतिहरूबारे विचार गर्ने वा त्यसलाई परिपूर्ति गर्ने उपायहरूबारे कहिल्यै सोच्दैनन्, न त परमेश्वरप्रतिको आफ्नो ऋण उतार्ने प्रयास नै कहिल्यै गर्छन्। भन्नुको अर्थ, तिनीहरू आफूबाट गलत काम हुन सक्छ वा आफूले गल्ती गरेको छु भनेर कहिल्यै स्वीकार गर्दैनन्। ख्रीष्टविरोधीहरूको सोचाइमा, सक्रिय भएर गल्ती स्विकार्नु र तथ्यहरूको इमानदार लेखा दिनु मूर्खता एवं असक्षमता हो। यदि ख्रीष्टविरोधीहरूका दुष्कर्महरू पत्ता लागे र खुलासा भए भने, तिनीहरूले क्षणिक लापरवाहीले भएको गल्ती भनेर मात्रै स्विकार्छन्, आफू कर्तव्यविमुख र गैरजिम्मेवार भएको भनेरचाहिँ कहिल्यै स्विकार्दैनन्, र आफ्नो जीवनबाट त्यो कलङ्क हटाउन तिनीहरूले अरू कसैको काँधमा जिम्मेवारी थोपर्ने प्रयास गर्छन्। यस्तो बेला, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरमा पुगेको क्षति कसरी पुर्ने, आफ्ना गल्तीहरू स्विकार्न परमेश्वरका चुनिएका मानिसहरूसँग कसरी खुलेर कुरा गर्ने, वा घटेको घटना विवरण कसरी दिने भन्नेबारेमा चिन्ता गर्दैनन्। तिनीहरू ठूलो समस्यालाई सानोजस्तो देखाउन र सानो समस्यालाई समस्या नै होइनजस्तो देखाउन उपायहरू खोज्न मात्रै चिन्ता गर्छन्। तिनीहरूले अरूलाई कुरा बुझाएर आफूप्रति सहानुभूति देखाउने बनाउन वस्तुगत कारणहरू दिन्छन्। अरूको नजरमा आफ्नो प्रतिष्ठा पुनर्स्थापित गर्न, आफ्ना अपराधहरूले आफैमाथि पार्ने नकारात्मक असर कम गर्न, र माथिकहाँ आफ्नो खराब छाप कहिल्यै नपरोस् भन्ने सुनिश्चित गर्न तिनीहरूले सक्दो प्रयास गर्छन्, ताकि माथिबाट तिनीहरूलाई कहिल्यै पनि जिम्मेवार तुल्याउने, बर्खास्त गर्ने, अनुसन्धान गर्ने, वा दण्ड दिने काम नगरियोस्। ख्रीष्टविरोधीहरू आफ्ना हितहरूमा कुनै हानि नहोस् भनेर आफ्नो प्रतिष्ठा र हैसियत पुनर्स्थापित गर्न, जति धेरै कष्ट भोग्न पनि तयार हुन्छन्, र तिनीहरूले जुनसुकै कठिनाइ समाधान गर्न सक्दो प्रयास गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो अपराध वा गल्तीको सुरुदेखि नै आफूले गरेका गलत कामहरूको जिम्मेवारी लिने अभिप्राय कहिल्यै राखेका हुँदैनन्, तिनीहरूमा आफूले गर्ने गलत कार्यहरूपछाडिका मनसाय, इरादा, र भ्रष्ट स्वभाव पहिचान गर्ने, त्यसबारे सङ्गति गर्ने, त्यसलाई खुलासा वा विश्लेषण गर्ने कुनै अभिप्राय हुँदैन, र अवश्य नै तिनीहरूले मण्डलीको काममा आफूबाट भएको हानि र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पुगेको नोक्सानीको भरपाइ गर्ने अभिप्राय कहिल्यै राखेका हुँदैनन्। त्यसकारण, तैले यो मामलालाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, ख्रीष्टविरोधीहरू आफ्नो गल्ती कहिल्यै नस्विकार्ने र कहिल्यै पश्चात्ताप नगर्ने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू छुटकाराको सबै आशा गुमाएका बेसरम र थेत्तर मानिसहरू हुन्, र तिनीहरू जीवित शैतानभन्दा कमका हुँदैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार)। परमेश्वरको वचनले के खुलासा गऱ्यो भने ख्रीष्टविरोधीहरू गल्ती गर्दा कहिल्यै स्विकार्दैनन्, न त परमेश्वरसामु गल्ती स्विकारेर पश्चात्ताप नै गर्छन्। बरु, तिनीहरू अरूको हृदयमा बसेको आफ्नो छविलाई कसरी कायम राख्ने र पुनर्स्थापित गर्ने, अनि आफ्नो पदलाई कसरी दह्रिलो बनाउने भनेर सोच्छन्। मैले आफ्नो व्यवहार पनि ख्रीष्टविरोधीको जस्तै रहेछ भन्ने देखेँ। मानिसहरूलाई छनौट गर्नेजस्तो महत्त्वपूर्ण काममा, मैले सत्यता खोजिनँ, र झूटो अगुवा छनौट गरेँ, यसरी मण्डलीको काममा र ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा हानि गरेँ। मैले अपराध गरेकी थिएँ, र परमेश्वरसामु पश्चात्ताप गरेर ली लिङलाई बर्खास्त गर्नुपर्थ्यो, अनि आफ्ना गल्ती र कमीकमजोरीहरू परिपूर्ति गर्न तुरुन्तै सही व्यक्तिलाई छनौट गर्नुपर्थ्यो। तर मैले सहकर्मीहरूलाई उनका समस्याहरूबारे साँचोरूपमा बताएँ भने, तिनीहरूले ममा सत्यता छैन, कमजोर क्षमता छ, र म व्यावहारिक काम गर्न सक्दिनँ भनेर स्पष्ट देख्नेछन्, त्यसपछि मलाई बर्खास्त गर्नेछन् भन्ने चिन्ता भयो। मैले आफ्नो छवि र हैसियत कायम राख्न, आफ्ना असफलता र कमजोरीहरू स्विकार्ने आँट गरिनँ, र मेरी सहकर्मीले ली लिङलाई स्थिति सुधार गर्न सहयोग गर्नेछिन् भन्ने आशा गर्दै गल्तीहरू ढाकछोप गर्न थप गल्तीहरू गरेँ। त्यसरी, उनलाई बर्खास्त गरिनेथिएन र मेरो हैसियत र छवि पनि जोगिनेथ्यो। मैले आफ्ना व्यक्तिगत हितहरू पूरा गर्न, मण्डलीको कामलाई वास्ता गरिनँ, र झूटा अगुवालाई आश्रय दिएँ र ढाकछोप गरेँ। वास्तवमा, मैले मण्डलीको कामलाई बाधा दिन र बरबाद गर्न शैतानको मतियारको रूपमा काम गरेँ। यसबारे विचार गर्दा, मलाई पछुतो र ग्लानि भयो। मैले मण्डलीमा यस्तो महत्त्वपूर्ण कर्तव्य पूरा गर्न पाएकी थिएँ, तर महत्त्वपूर्ण क्षणमा आफ्नै हितहरूलाई विचार गरेर मण्डलीको कामलाई बेवास्ता गरेँ। के यो झूटो अगुवा र ख्रीष्टविरोधीको प्रकटीकरण थिएन र? ख्रीष्टविरोधीहरू कसरी आफ्नै व्यक्तिगत हित र हैसियतका लागि मात्रै काम गर्छन्, र मण्डलीको कामलाई वास्तै गर्दैनन् भनेर सोचेँ। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी थिएँ। यदि मैले पश्चात्ताप नगरेकी भए, मलाई ख्रीष्टविरोधीहरूलाई जस्तै खुलासा गरेर हटाइनेथ्यो।
पछि, मैले मनन गरेँ, मैले यस झूटो अगुवालाई एकपछि अर्को मौका दिएँ, किनभने पर्याप्त रूपमा सङ्गति दिएँ भने, उनी अन्ततः परिवर्तन हुनेछिन् भन्ने अर्को गलत दृष्टिकोण राखेकी थिएँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, र यो गलत धारणालाई केही बुझेँ। परमेश्वरका वचनहरूले भन्छ, “जब दुराचरण देखा पर्छ, तब त्यस्तो व्यवहार जोसुकैले गरेको भए पनि, झूटो अगुवाले त्यस व्यक्तिलाई निराकरण गरेजस्तो गर्छ र केही कुरा सम्झाएको र अर्ती दिएको जस्तो गर्छ, त्यसपछि उसले आफ्नो काम सकियो र समस्या समाधान गरेँ भन्ने सोच्छ, तर यो पूर्ण रूपमा शैतानको तर्क मात्रै हो। झूटा अगुवाहरूले गैरविश्वासी, दुष्कर्मी, र ख्रीष्टविरोधीहरूलाई समयमै सफाइ गर्ने गर्दैनन्, बरु यसो भन्दै प्रतिवाद गर्छन्, ‘मैले तिनीहरूसँग परमेश्वरका वचनहरू सङ्गति गरेँ, तिनीहरूले आफूले गरेका सबै कुरा चिनेर अफसोस गरे, र तिनीहरू सबैले नै रुँदै अवश्य पश्चात्ताप गर्नेछु र अबदेखि आफ्नै राज्य स्थापित गर्ने प्रयास गर्नेछैनौँ भनेर भने।’ के यो बच्चाले खेलेजस्तो कुरा भएन र? के तिनीहरूले आफैलाई छल गरिरहेका छैनन् र? यी सबै गैरविश्वासी, दुष्कर्मी, र ख्रीष्टविरोधीहरू सत्यताप्रति दिक्क मान्ने मानिसहरू हुन्। तिनीहरू कसैले पनि सत्यता स्वीकार गर्दै गर्दैनन्, र तिनीहरू परमेश्वरको मुक्तिका लक्षित व्यक्तिहरू होइनन्, तर झूटा अगुवाहरूले भने परमेश्वरद्वारा घृणा र तिरस्कार गरिने यी गैरविश्वासी, दुष्कर्मी, र ख्रीष्टविरोधीहरूलाई परमेश्वरका चुनिएका मानिसहरूकै रूपमा लिन्छन्, र तिनीहरूलाई प्रेमपूर्वक सहयोग गर्ने प्रयास गर्छन्। यहाँ, समस्याको सार के हो? के यो तिनीहरूलाई स्पष्टसित मान्छे चिन्न नदिने मूर्खता र अज्ञानता हो? कि तिनीहरूले ती मान्छे चिढिएलान् भनेर तिनीहरूलाई खुसी पार्न खोजिरहेका हुन्? कारण जेसुकै भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको झूटा अगुवाहरूले व्यावहारिक काम गर्दैनन्, काटछाँट र निराकरण गरिँदा तिनीहरूले सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले आफ्नो गल्ती मान्दैनन्। झूटा अगुवाहरूमा सत्यताको कुनै वास्तविकता हुँदैन भनेर प्रमाणित गर्न यो नै काफी छ। तिनीहरूले परमेश्वरको घरका बन्दोबस्तहरूअनुसार काम गर्दैनन्, र विशेष गरी मानिसहरूलाई मण्डलीबाट सफाइ गर्ने काम छ भने, तिनीहरूले झारा टार्ने प्रयास गर्छन्। तिनीहरूले स्पष्ट रूपमै दुष्कर्मी देखिएका एकदुई जनालाई हटाएर काम गरेको नाटक मात्रै गर्छन्। खुलासा र निराकरणमा पर्दा तिनीहरू जिम्मेवारीबाट पन्छिन र आफ्नो पक्षमा तर्क गर्नका लागि अनेक बहाना बनाउँछन्। त्यसकारण, व्यावहारिक काम नगर्ने झूटो अगुवा परमेश्वरको इच्छा पूरा गर्न नदिने बाधक ढुङ्गा हो। झूटा अगुवाहरूले गर्ने कामहरू अर्थहीन र बेकामका हुन्छन्। तिनीहरूले मण्डलीमा देखा पर्ने विभिन्न समस्याहरू कहिल्यै समाधान गर्दैनन्, तिनीहरू केवल पन्छिन्, जसले गर्दा मण्डलीको कामको सामान्य प्रगतिमा ढिलाइ मात्रै हुँदैन, परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि असर पुग्छ। स्पष्ट रूपमै झूटा अगुवाहरूले मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, र गैरविश्वासी, दुष्कर्मी, र ख्रीष्टविरोधीहरूको सुरक्षाको छाताको रूपमा काम गर्छन्। आत्मिक युद्धको महत्त्वपूर्ण घडीमा, तिनीहरू परमेश्वरलाई विरोध र छल गर्न शैतानको पक्षमा उभिन्छन्। के यो परमेश्वरलाई धोका दिनुको प्रकटीकरण होइन र? झूटा अगुवाहरूको दृष्टिकोणलाई हेर्दा, तिनीहरू सत्यता खोजी गर्ने मानिसहरू होइनन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूले सत्यता पटक्कै बुझेका हुँदैनन्, र तिनीहरू नेतृत्वको काम गर्न पूर्ण रूपमा अयोग्य हुन्छन्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू)। परमेश्वरका वचनहरूला मनन गर्दा मलाई लाज लाग्यो। मैले कसैलाई सत्यतामा सङ्गति दिएँ र उसले यसलाई स्विकार्छु र आफ्नो गल्ती मानिलिन्छु भनी भन्यो भने जोकोही परिवर्तन हुन सक्छ भन्ने म विश्वास गर्थेँ। म मानिसहरूलाई तिनीहरूको सारअनुसार हेर्दिनथेँ; मेरो आँखा र हृदय अन्धो थियो। मैले पहिलोपटक लीयू लिङलाई भेट्दा, हैसियतको पछि लाग्ने उनको प्रकृति र उनले लिएको मार्गलाई खुलासा र विश्लेषण गरेकी थिएँ। उनले केही बुझाइ र पश्चात्ताप गर्ने इच्छा बताउँदा, मलाई मेरो सङ्गतिले परिणामहरू हासिल गरेका छन् र उनी परिवर्तन हुनेछिन् भन्ने लाग्यो, त्यसकारण मैले उनलाई अगुवाको पदमा सिफारिस गरेँ। केही समयपछि, ली लिङ फेरि पनि छवि र हैसियतमा लिप्त भइन्, र उनले व्यावहारिक काम गरिनन्। मैले उनलाई खुलासा गरेर सङ्गति गरेपछि, जब उनको इमानदार मनोवृत्ति र उनले पश्चात्ताप गर्ने इच्छा व्यक्त गरेको देखेँ, उनी परिवर्तन हुनेछिन् भनेर फेरि विश्वास गरेँ। वास्तवमा, ली लिङ सधैँ ख्याति र हैसियतको पछि लाग्थिन् र कहिल्यै व्यावहारिक काम गर्दिनथिइन्, र उनले कहिल्यै पश्चात्ताप गरिनन् न त उनी परिवर्तन नै भइन्। उनी झूटा अगुवा हुन् भन्ने धेरैपहिले स्पष्ट भइसकेको थियो, तर मैले उनलाई सङ्गति र मौका दिइरहेँ। म साँच्चै अत्यन्तै अन्धो र अज्ञानी थिएँ। वास्तवमा, सत्यतामा सङ्गति गर्नुले मात्र सहयोगी भूमिका निर्वाह गर्छ। मानिसहरू परिवर्तन हुन सक्छन् कि सक्दैनन् भन्ने कुरा मुख्यतः तिनीहरू सत्यताको पछि लाग्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा नै निर्भर हुन्छ। साँचोरूपमा सत्यतालाई पछ्याउने र स्विकार्नेहरूलाई, अरूको सङ्गति, सहयोग, डोऱ्याइ, र निराकरणद्वारा सत्यताअनुसार मनन गर्न र आफूलाई चिन्न, पश्चात्ताप गर्न, र परिवर्तन हुन सहयोग मिल्न सक्छ। सत्यता नस्विकार्ने र सत्यतादेखि दिक्क मान्नेहरू, हामीले जति नै सङ्गति गरे पनि, कहिल्यै सत्यता स्वीकार गर्दैनन्, न त सत्यताको आधारमा आफूलाई चिनेर घृणा नै गर्छन्, त्यसकारण तिनीहरू परिवर्तन हुनु असम्भव छ। म हरेक प्रकारका मानिसहरूलाई परमेश्वरको वचन र सत्यताअनुसार व्यवहार गर्दिनथेँ। म आफ्नै कल्पनाअनुसार अन्धाधुन्ध र अहङ्कारी ढङ्गले नियमहरू लागू गर्थेँ, परिणामस्वरूप, मैले झूटो अगुवाको रक्षा गरेँ, जसले गर्दा मण्डलीको काममा बाधा भयो। मैले साँच्चै नै शैतानको भूमिका खेलिरहेकी थिएँ। मैले मनन गर्ने क्रममा, परमेश्वरसामु गल्ती स्विकारेर पश्चात्ताप गरेँ, “हे परमेश्वर, म आफ्ना गलत दृष्टिकोण परिवर्तन गर्न, सत्यता खोज्न, र आफ्नो कर्तव्यमा सिद्धान्तहरूअनुसार काम गर्न चाहन्छु।”
पछि, म कामबारे अनुसन्धान गर्न एउटा मण्डलीमा गएँ, र मण्डली अगुवा जियाङ यु आफ्नो कर्तव्यमा निष्क्रिय र गैरजिम्मेवार छन् भनेर ब्रदर-सिस्टरहरूले रिपोर्ट गरे। भेलाहरूमा, तिनी अरूका समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गर्दैनथे। मण्डलीको काम प्रभावकारी भएको थिएन, तर तिनी वास्तवमा कुनै कामको रेखदेख वा निरीक्षण, र व्यावहारिक काम गर्दैनथे। अरूले सुझाव दिँदा, तिनी ती स्वीकार गर्दैनथे, र ती खण्डन गर्न विभिन्न बहानाहरू गर्थे। कहिलेकाहीँ तिनी भन्थे, “किन तपाईं आफ्नै समस्याहरूबारे मनन गर्नुहुन्न?” यो सब कुराले गर्दा अरूलाई बन्धनमा परेको महसुस हुन्थ्यो। तिनी नाटीकुटी गर्न र अरूबाट फाइदा उठाउन पनि रुचाउँथे। सिद्धान्तहरूअनुसार, जियाङ यु झूटो अगुवा थिए र तिनलाई बर्खास्त गरिनुपर्थ्यो। मैले मण्डली डिकनहरूलाई तिनका समस्याहरूबारे के लाग्छ भनेर सोधेँ। तिनीहरूले भने, “जियाङ यु आफ्नो कर्तव्यमा बोझ लिँदैनन्, र हामीले तिनलाई सङ्गति दिँदैपिच्छे, तिनी आफूलाई बुझेकी छु भन्ने देखाउँछन्, र पश्चात्ताप गर्न र परिवर्तन हुन चाहन्छु भन्छन्। हामी तिनलाई सहयोग गरेर के हुन्छ हेर्न चाहन्छौँ।” यो कुरा सुनेपछि मैले सोचेँ, “जियाङ युको व्यवहारअनुसार तिनी झूटो अगुवा हुन् र तिनलाई बर्खास्त गरिनु नै पर्छ। नत्र, मण्डलीको काममा हानि हुनेछ। तर डिकनहरू असहमत छन्, त्यसकारण सायद के म गलत छु? यदि मैले तिनलाई हटाउन जोड दिएँ, र म गलत रहेछु भने, तिनीहरूले मलाई के सोच्नेछन्? के तिनीहरूले मैले धेरै वर्ष आफ्नो कर्तव्य गरे पनि म अझै मानिसहरूलाई चिन्न सक्दिनँ भनी भन्नेछन्?” मैले फेरिआफ्नो छवि र हैसियतलाई विचार गरिरहेकी छु भन्ने मलाई थाहा भयो, त्यसैले मैले आफूलाई त्याग्न सहयोग माग्दै प्रार्थना गरेँ। मलाई के महसुस भयो भने, डिकनहरूले त जियाङ युको सिपालु बोलीलाई मात्रै हेरिरहेका छन्। तिनीहरूले तिनलाई परमेश्वरको वचनको आधारमा मूल्याङ्कन गरिरहेका थिएनन्। मैले सत्यता वा परमेश्वरको वचनअनुसार नजाँचेकी हुनाले यसअघि गलत व्यक्तिलाई छनौट गरेकी थिएँ। यसपटक, मैले पाठ सिक्नुपर्थ्यो, सबैसँग सत्यता खोज्नुपर्थ्यो, र परमेश्वरको वचनको आधारमा झूटा अगुवालाई मूल्याङ्कन गर्नुपर्थ्यो। यो गर्ने सही तरिका यही मात्रै हो।
त्यसपछि, मैले झूटा अगुवाहरूलाई चिन्नेसम्बन्धी परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ। “कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर पत्ता लगाउने काम आँखाले उसको अनुहार हेरेर उसको हुलिया असल छ कि दुष्ट छ भनेर नियालेर गरिँदैन, न त उसले बाह्य रूपमा कति धेरै कष्ट भोगेको वा कति धेरै दौडधूप गरेको देखिन्छ भन्ने आधारमा नै गरिन्छ। बरु, तैँले तिनीहरूले अगुवाको रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्छन् कि गर्दैनन् र व्यावहारिक समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नुपर्छ। यो कुरा मूल्याङ्कन गर्ने एउटै मात्र सही मापदण्ड यही हो। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनेर विश्लेषण गर्ने, पत्ता लगाउने, र निर्धारित गर्ने सिद्धान्त यही हो। यसरी गरिएको मूल्याङ्कन मात्रै सबैको निम्ति उचित, सिद्धान्तपरक, सत्यताअनुरूप, र निष्पक्ष हुन सक्छ। कसैलाई झूटो अगुवा वा झूटो सेवक भनी चित्रण गर्दा त्यो पर्याप्त तथ्यहरूमा आधारित हुनुपर्छ। यो एकदुई वटा घटना वा अपराधको आधारमा हुनु हुँदैन, क्षणिक भ्रष्टतालाई यसको आधारको रूपमा प्रयोग गर्नु त झनै मिल्दैन। कुनै व्यक्तिको चरित्र चित्रण गर्ने सही मापदण्ड भनेको उसले व्यावहारिक काम गर्न र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्छ कि सक्दैन, साथै ऊ सही व्यक्ति हो कि होइन, ऊ सत्यतालाई प्रेम गर्ने र परमेश्वरको आज्ञापालन गर्न सक्ने व्यक्ति हो कि होइन, र उसमा पवित्र आत्माको काम र अन्तर्दृष्टि छ कि छैन भन्ने कुरा हो। यी तथ्यहरूको आधारमा मात्र कुनै व्यक्तिलाई सहीसँग झूटो अगुवा वा झूटो सेवकको रूपमा चित्रण गर्न सकिन्छ। कुनै व्यक्ति झूटो अगुवा वा झूटो सेवक हो कि होइन भनेर मुल्याङ्कन र निर्धारण गर्ने मापदण्ड र सिद्धान्तहरू यिनै हुन्” (वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू)। हामीले यस खण्डबारे सँगै सङ्गति गऱ्यौँ, झूटा अगुवाहरूलाई कसरी मूल्याङ्कन गर्ने र चिन्ने भनेर बुझ्यौँ। तिनीहरूको बोली कति मीठा लाग्छ त्यसलाई मात्रै हेर्नु हुँदैन। मुख्य कुरा भनेको तिनीहरू व्यावहारिक काम गर्न र सत्यताद्वारा समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, साथै तिनीहरू सत्यता स्विकार्न, सत्यता खोज्न, साँचोरूपमा आफूलाई चिन्न, र साँच्चै पश्चात्ताप गरेर परिवर्तन हुन सक्छन् कि सक्दैनन् भन्ने हो। हामीले जियाङ युलाई मूल्याङ्कन गर्न यी सिद्धान्तहरू प्रयोग गऱ्यौँ। तिनी निरन्तर कुनै बोझ नलिई आफ्नो कर्तव्य पूरा गर्थे र व्यावहारिक काम गर्दैनथे। ब्रदर-सिस्टरहरूले धेरैपटक तिनलाई सङ्गति र सहयोग दिएका थिए, तर तिनले कहिल्यै ती स्विकारेनन् वा आत्मचिन्तन गरेनन्, अनि अरूलाई दोष लगाउँथे, यसले गर्दा सबैलाई बन्धनमा परेको महसुस हुन्थ्यो। हामीले देख्यौँ, तिनी कुनै व्यावहारिक काम गर्दैनन् वा सत्यताको पछि लाग्दैनन्, त्यसकारण तिनी झूटो अगुवा हुन्, र तिनलाई बर्खास्त गरिनुपर्छ। यो सुनेपछि, ब्रदर-सिस्टरहरूले आफैलाई दोष दिँदै भने, “हामीले परमेश्वरको वचन प्रयोग गरेर तिनलाई चिन्ने वा मूल्याङ्कन गर्ने गरेनौँ। हामी तिनको झूटो छविद्वारा छलमा परेका रहेछौँ। हामीले मण्डलीको काममा बाधा दिने झूटो अगुवाको ढालको रूपमा झण्डै काम गरेछौँ।” तिनीहरूले अब झूटा अगुवाहरूलाई चिनेका देख्दा, मलाई निकै ढुक्क लाग्यो। र हामीले तुरुन्तै जियाङ युलाई बर्खास्त गरिहाल्यौँ।
यी अनुभवहरूपछि मैले के बुझेँ भने, धारणाहरूका आधारमा मानिसहरूलाई प्रयोग गर्नु भनेको वास्तवमा अरूलाई र आफूलाई हानि गर्नु हो। यसले मण्डलीको काममा हानि गर्ने मात्रै होइन, हामीलाई पनि अपराध गर्न लगाउँछ। अबदेखि, म आफ्नो कर्तव्यमा अझै बढी सत्यता र सिद्धान्तहरू खोज्न, अनि परमेश्वरको वचनअनुसार परिस्थितिलाई हेर्न चाहन्छु। आफूले नबुझेको खण्डमा म आफ्नो छवि र हैसियतलाई त्यागेर ब्रदर-सिस्टरहरूसँग अझै बढी सङ्गति गरी आफ्ना कमीकमजोरीहरू परिपूर्ति गर्न र मण्डलीको काम कायम राख्न चाहन्छु। परमेश्वर धन्यवाद!
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
२०१७ को नोभेम्बरमा मलाई मण्डली अगुवा चुनियो। पहिलो पटक ब्रदर-सिस्टरहरूसँग भेला हुन वा छलफल गर्न सुरु गर्दा म आफ्नो विचार राख्न सक्षम भएँ, र...
मे २०२२ मा, विभिन्न गाउँका सदस्यहरूले सर्वशक्तिमान परमेश्वरको आखिरी दिनहरूको कामलाई स्विकारे। तर केही समयपछि नै, धेरै नयाँ विश्वासी...
मैले मण्डलीका नयाँ विश्वासीहरूलाई मलजल गर्ने काम गरेको एक वर्षभन्दा बढी भयो। आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, मैले केही सिद्धान्तहरू...
याङ्ग यि, चीनसर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “तिमीहरूको नियतिको लागि, तिमीहरूले परमेश्वरको स्वीकृति खोजी गर्नुपर्छ। भन्नुको मतलब,...