आलोचनाबाट सिकाइ

15 फेब्रुअरी 2022

सोंग यु, नेदरलेण्डस्

यस वर्षको मेइ महिनामा, एक जना सिस्टरले मलाई सिस्टर लूले उनलाई कम्तीमा पनि तीन जना मण्डली अगुवाहरू व्यवहारिक काम नगर्ने र झूटा अगुवाहरू हुन् र दाजुभाइ-दिदीबहिनीहरूले यिनीहरू झूटा अगुवाहरू हुन् भनेर पत्ता लगाउन सक्दैनन् भनेको भनी सुनाइन्। उनको कुरा सुनेपछि, मैले सिस्टर लू अत्यन्तै अहङ्कारी रहेछिन् भन्‍ने सोचेँ। यदि यी तीन जना मण्डली अगुवाहरू साँच्‍चै नै त्यस्तो समस्या हुन् भने, के तिनीहरूलाई धेरै पहिले नै हटाइनेथिएन र? तिनीहरूको पिठ्युँपछाडि, सिस्टर लूले यी मण्डली अगुवाहरू सबै झूटा अगुवाहरू हुन् भनेर दाबी गरिन्। के उनले यसो गरेर अगुवाहरूको आलोचना गरिरहेकी थिइनन् र? मलाई सिस्टर लू यस्ती रहेछिन् भन्‍ने लाग्‍न थाल्यो। मलाई उनीसँग असल मानवता नहुन सक्छ भन्‍ने लाग्यो। त्यसपछि, म सिस्टर लूको सामान्य व्यवहार र मानवताको बारेमा, र अगुवा र सेवकहरूको समस्याहरू बारेमा कुरा काट्ने गर्छिन् कि गर्दिनन् भन्‍ने बारेमा जान्‍न लागिपरेँ। यसको बारेमा खोजी-निधो गर्न थालेपछि, मैले दाजुभाइ-दिदीबहिनीहरूका बीचमा सिस्टर लूले एक जना निश्‍चित अगुवामा समझको कमी छ र त्यस अगुवाले व्यवहारिक काम गर्दैन भनेर भनेकी रहेछिन् भन्‍ने थाहा पाएँ। यसले गर्दा मलाई सिस्टर लूका अभिप्रायहरू खराब छन् र उनी आफै अगुवा बन्‍न चाहन्छिन्, त्यसकारण उनले सधैँ दाजुभाइ-दिदीबहिनीहरूका बीचमा अगुवाहरूको आलोचना गर्छिन् र उनले मण्डलीको सुव्यवस्थालाई खलबल्याउन र अगुवा र कर्मचारीहरूको काममा बाधा दिन अगुवाहरूको विरुद्धमा द्वेषभाव फैलाइरहेकी छिन् भन्‍ने शङ्का लाग्यो। यदि सिस्टर लूले साँच्‍चै नै मण्डलीको कामको रक्षा गर्न चाहन्थिन् भने, मण्डलीमा झूटा अगुवाहरू छन् भन्‍ने देख्दा, उनले यो कुरा आफूभन्दा माथिका अगुवाहरूलाई रिपोर्ट गर्नुपर्थ्यो, त्यसपछि अगुवाहरूले परिस्थितिको अनुसन्धान गरेर पुष्टि गर्न, साथै अरू विश्‍वासीहरूको विचार सोध्‍न सक्थे, र तिनीहरूले झूटो अगुवा छ भन्‍ने पत्ता लगाए भने, यसलाई उचित तरिकाले सम्‍हाल्‍न सक्‍थे। तर सिस्टर लूले यस अवस्थाको बारेमा आफूभन्दा माथिका अगुवाहरूलाई रिपोर्ट गरिनन्। बरु, उनले ती अगुवाका समस्याहरूका बारेमा दाजुभाइ-दिदीबहिनीका बीचमा निरन्तर कुरा गरिरहिन्। उनले त अगुवाहरूलाई आलोचना गर्ने काम गरिरहेकी थिइन्। त्यसकारण, म सङ्गति गर्न सिस्टर लूकहाँ गएँ। मैले उनलाई भनेँ, “यदि तपाईंले अगुवा र सेवकहरूका बीचमा समस्याहरू भेट्टाउनुभयो भने, तपाईंले माथिका अगुवाहरूलाई रिपोर्ट दिनुपर्छ, दाजुभाइ-दिदीबहिनीहरूको अगि लापरवाही रूपमा बोल्‍नु हुँदैन। तपाईंले जे गर्नुभएको छ त्यसले तिनीहरूलाई अगुवाहरूको विरुद्धमा पूर्वाग्रही बनाउनेछ र तिनीहरूले अगुवाहरूको काममा सहकार्य गर्न इन्कार गर्नेछन्। यो काम मण्डलीको लागि घातक छ, र तपाईंले धेरै जना अगुवाहरूको पछाडि तिनीहरूको कुरा काट्नुभएको छ, र यो अगुवाहरूको आलोचना गर्ने काम हो।” मैले उनलाई यस्ता कुरा भन्‍नुका पछाडि रहेका आफ्‍ना अभिप्राय र उद्देश्यहरूको बारेमा चिन्तन गर्नू भनी भनेँ, र अन्तिममा उनलाई यसो भन्दै चेतावनी दिएँ, “यदि तपाईंले यसरी नै अगुवाहरूको पछाडि तिनीहरूको आलोचना गरेर मण्डलीको काममा वाधा र व्यवधान ल्याइरहनुभयो भने, तपाईंले आफ्‍ना कर्तव्यहरू पूरा गर्ने मौका गुमाउन सक्‍नुहुन्छ।” मैले सिस्टर लूसँगका समस्याहरूलाई सम्‍हालिसकेपछि, मलाई मैले अगुवाको रूपमा रहेको मेरा जिम्‍मेवारीहरूलाई पूरा गरेकी छु, र मैले मण्डलीको कामको रक्षा गरिरहेकी छु भन्‍ने लाग्यो।

अचानक, एक दिन भेलापछि, माथिल्‍लो तहका एक जना अगुवाले मलाई सोध्‍नुभयो, “तपाईंले किन सिस्टर लूलाई उनका कर्तव्यहरूबाट हटाउनुभयो? उनले के गल्ती गरेकी थिइन्?” अचानक यो प्रश्‍न सुन्दा म अलिक अलमलिएँ। मैले सोचेँ, “मैले कहिल्यै पनि सिस्टर लूलाई निकालेकी छैनँ। यदि उनलाई निकालिएको हो भने पनि, मलाई यसको बारेमा केही पनि थाहा छैन।” मेरो अगुवाले मलाई सिस्टर लूले रिपोर्ट गरेका समस्याहरू वास्तविक थिए, र उनले रिपोर्ट गरेका अगुवाहरू साँच्‍चै नै झूटा अगुवाहरू थिए, जसलाई वास्तवमा नै हटाइनुपर्थ्यो। मैले सिस्टर लूलाई कसरी स्‍वेच्‍छाचारी ढङ्गले व्यवहार गरेकी थिएँ त्यसको निम्ति मेरो अगुवाले मेरो निराकरण गर्नुभयो। उनले धेरै जना अगुवाहरूका समस्याहरू रिपोर्ट गरिन् भन्दैमा, उनले मनोमानी ढङ्गले अगुवाहरूलाई आलोचना गरिरहेकी र उनमा खराब मानवता रहेको भनेर मैले निर्धारित गरेकी थिएँ; मेरा कार्यहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन गर्ने र दोषी ठहर्याउने कार्य सरह भएका थिए; सत्यता बोल्‍ने जोकोहीलाई दमन गरिने र दण्ड दिइने “सेतो आतङ्क” रचना गरी चिनियाँ कम्युनिस्ट पार्टीले गरेको कामभन्दा यो फरक नरहेको भन्नुभयो। मेरो अगुवाले मलाई निराकरण गर्नुभएपछि, यो कुरा स्वीकार गर्नु कठिन भएको थियो। मैले डरको वातावरण सिर्जना गरिरहेकी छु भन्‍ने मलाई अवश्य नै लागेको थिएन, न त म सिस्टर लूलाई दण्ड दिन चाहन्थेँ। मुख्य कुरा त, सिस्टर लूको मण्डलीका अगुवाहरूले नै उनलाई हटाएका थिए। म अवश्य नै यो सबै काममा प्रत्यक्ष रूपमा समावेश थिइनँ। त्यसले मलाई कसरी चिनियाँ कम्युनिस्ट पार्टी जस्तो बनायो?

त्यसपछि, मेरो अगुवाले मलाई किन यसरी निराकरण गर्नुभयो मैले त्यसकै बारेमा सोचिरहेँ। मेरो समस्या कहाँ थियो? मैले सिस्टर लूको कार्यलाई “अगुवाहरूको आलोचना” गरेको भनी चित्रण गरेको, त्यसपछि तुरुन्तै उनलाई दमन गरेर हटाइएको बारेमा मलाई अगुवाले भन्‍नुभएको कुरा सम्झेँ। यदि मैले उनलाई त्यसरी चित्रण नगरेकी भए, के उनलाई त्यति सहजै हटाइनेथियो? मैले मनन गर्दै यसको बारेमा चिन्तन गरेँ। मैले सोचेँ, सिस्टर लूलाई हटाउने म नभए पनि, र मैले उनलाई जानी-जानी दण्ड दिने वा दमन गर्ने नगरेकी भए पनि, म अगुवा भएकी हुनाले, मैले उनको समस्यालाई “मनोमानी ढङ्गले अगुवाहरूको आलोचना गर्ने” कार्य भनी चित्रण गरेपछि, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले उनलाई राम्रो नजरले हेर्न नसकेका हुन सक्छन्, त्यसकारण जब उनका कर्तव्यहरूमा केही समस्याहरू देखा परे, उनको मण्डलीका अगुवाहरूले उनलाई मानिसहरूको आलोचना गर्ने, खराब मानवता भएकी, र आफ्‍नो कर्तव्य नराम्ररी गर्ने भनी सोचेका हुन सक्छन्, त्यसकारण तिनीहरूले उनलाई निकालेका हुन्। उनलाई निष्कासनमा पुर्याउने क्रमिक घटनाहरू सुरु गर्ने कारक मैले उनलाई गरेको निर्धारण नै थियो। तर उनी “अगुवाहरूको आलोचना” गर्ने कार्यको दोषी छन् भनी निर्धारित गर्ने मेरो आधार के थियो? उनले मानिसहरूको आलोचना गर्ने के काम गरेकी थिइन्? यी प्रश्‍नहरूमा मनन गरेपछि, मैले मसँग केही भ्रमित दृष्टिकोणहरू छन् भन्‍ने पत्ता लगाएँ। मैले अगुवाहरूलाई रिपोर्ट गर्ने कार्य प्रक्रिया अनुसार गरिनुपर्छ भन्‍ने सोचेकी थिएँ। कि त सम्‍बन्धित व्यक्तिलाई सीधै सुझाव दिनुपर्छ कि त सम्‍बन्धित अगुवाहरूको अघि समस्याको कुरा उठाउनुपर्छ, अनि ती अगुवाहरूलाई नै अनुसन्धान गर्न र त्यसलाई सम्‍हाल्‍न दिनुपर्छ। नत्र भने, मेरो विचारमा, त्यो काम अगुवाहरूलाई तिनीहरूको पछाडि आलोचना गर्ने काम हुन्छ। सिस्टर लूले हाम्रा फरक-फरक चार जना अगुवाहरूमा समस्या छ भनेर भनेकी थिइन्, तर उनले अगुवाहरू स्वयम्‌लाई यो कुरा बताएकी थिइनन् वा तिनीहरूका अगुवाहरूलाई समस्याहरू रिपोर्ट गरेकी थिइनन्। बरु, उनले यी अगुवाहरूका बारेमा दाजुभाइ-दिदीबहिनीहरूलाई धेरै पटक बताएकी थिइन्, र तिनीहरूले व्यवहारिक काम गरेका छैनन्, सिद्धान्तको कुरा मात्रै गर्छन्, र तिनीहरू झूटा अगुवा हुन् भनेर भन्‍ने गरेकी थिइन्। मलाई उनको यो व्यवहार अगुवाहरूको आलोचना गर्नु हो भन्‍ने लाग्यो, त्यसकारण सिस्टर लूले यी अगुवाहरूका बारेमा बताएकी समस्याहरू वास्तविक हुन् कि होइनन् भन्‍ने अनुसन्धान नै नगरी मैले यही व्यवहारको आधारमा उनलाई दोषी ठहर्याएँ। यदि सिस्टर लूले भनेको कुरा साँचो थियो भने यी चार जना मानिसहरू झूटा अगुवाहरू थिए र उनले झूटा अगुवाहरूको खुलासा गर्न यसो गरिरहेकी थिइन्। उनले सत्यताका सिद्धान्तहरूलाई साथ दिइरहेकी थिइन् र उचित काम गरिरहेकी थिइन्, जसको अर्थ उनले परमेश्‍वरको घरको कामको निम्ति जिम्‍मेवारी लिइरहेकी र त्यसको रक्षा गरिरहेकी थिइन्। झूटा अगुवाहरूको हैसियत र शक्तिको कुनै डर नमानिकन समस्याहरूको साँचो रिपोर्ट दिने र सत्यता बताउन आँट गर्ने व्यक्ति परमेश्‍वरको घरको असल व्यक्ति, वृद्धि-विकास गरिनुपर्ने व्यक्ति हो। यदि तिनीहरूले रिपोर्ट गर्ने समस्याहरू तथ्यहरू अनुरूप छैनन्, वा तिनीहरूले गलत रूपमा अगुवा र सेवकहरूलाई दोष दिन्छन् भने त्यो मानिसहरूलाई स्वेच्‍छाचारी ढङ्गले निन्दा गर्नु र षड्यन्त्रमा पार्नु, आलोचना गर्नु, र मण्डलीको काममा बाधा दिनु हो, र त्यस्तो व्यक्ति खराब मानवता भएको दुष्कर्मी हो, जसलाई सिद्धान्तहरू अनुसार सम्‍हालिनुपर्छ। अब, यी तथ्यहरूले के प्रमाणित गर्यो भने सिस्टर लूले रिपोर्ट गरेका अगुवाहरू वास्तवमा नै झूटा अगुवाहरू थिए, जसले व्यवहारिक काम गर्दैनथिए। उनले रिपोर्ट गरेका सबै कुरा तथ्यहरू अनुरूप थियो। उनले अगुवाहरूको आलोचना गरेकी नै थिइनन्। उनले साँचो कुरा बताइरहेकी थिइन् र झूटा अगुवाहरूको खुलासा गरिरहेकी थिइन्। न्यायको बोध भएको त्यस्तो व्यक्ति समर्थन पाउन योग्य हुन्छ, लापरवाही रूपमा दोषारोपण सहन र निन्दित हुन होइन। त्यो बेला मैले झूटा अगुवाहरूको खुलासा गर्नु र मानिसहरूको आलोचना गर्नु भनेको के हो भन्ने बुझेकी थिइनँ। जब ममा यस्तो घटना आइपर्यो, मैले सत्यताको खोजी गरिनँ वा हृदयमा परमेश्‍वरप्रति कुनै डर मानिनँ, तर मनोमानी ढङ्गले असल व्यक्तिलाई दोष दिएँ। यदि मेरो अगुवाले सिस्टर लूलाई सिद्धान्तहीन तरिकाले हटाइएको छ भनेर पत्ता लगाएर समयमा नै कुरा नउठाउनुभएको भए, मैले कुनै मूर्ख काम गर्नेथिएँ। यस विषयमा मनन गर्ने क्रममा, म गलत छु भन्‍ने महसुस गरेपछि मलाई गहन रूपमा आत्म-दोषी अनुभव भयो, त्यसकारण म परमेश्‍वरको अघि गएँ र उहाँको काटछाँट र निराकरण स्वीकार गर्ने मेरो इच्‍छा व्यक्त गरेँ, अनि मेरो आफ्‍नै भ्रष्टता सम्‍बन्धी ज्ञान प्राप्त गर्न उहाँको अगुवाइ मागेँ।

भक्तिको समयमा, मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेटेँ, “धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ” को दोस्रो अनुच्छेद। “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा दखल दिन्छ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ(वचन देहमा देखा पर्नुहुन्छ)। परमेश्‍वरको वचनले मेरो स्थितिलाई सटीक रूपमा प्रकट गर्यो। म अगुवा भएको लामो समय भएको थियो, त्यसकारण मलाई मसँग अनुभव छ, सिद्धान्तहरूलाई केही मात्रामा बुझेकी छु, मैले मेरा अनुभवहरूबाट सिकेकी छु, र मानिसहरू र कुराहरूलाई कसरी हेर्ने, साथै समस्याहरूको सामना कसरी गर्ने भन्‍ने मलाई थाहा छ भन्‍ने लागेको थियो। बिस्तारै, म झन्-झन् अहङ्कारी हुँदै गएँ, मेरो हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ थिएन, र जब परिस्थितिहरू आइपर्थे, के भइरहेको छ भन्‍ने कुरा मलाई आधारभूत रूपमा थाहा छ भन्‍ने लाग्थ्यो, त्यसकारण मसँग सधैँ मेरा आफ्‍नै विचारहरू हुन्थे, मैले सधैँ म नै सही छु, र कामकुराहरू निश्‍चित तरिकाले गरिनुपर्छ भन्‍ने विश्‍वास गर्थेँ। मैले सिद्धान्तहरूको खोजी गर्दिनथिएँ, तर आफूलाई सही लागेको तरिका अभ्यास गर्थेँ। जब सिस्टर लूका समस्याहरूका बारेमा मलाई बताइयो, मैले परमेश्‍वरसँग प्रार्थना नै गरिनँ, र यस विषयमा कसरी सत्यताको अभ्यास गर्ने वा सिद्धान्तहरू अनुसार काम गर्ने भनेर खोजी गरिनँ। यो उनले अरूलाई आलोचना गर्ने कार्य र उनको मानवतासँग सम्‍बन्धित समस्या हो भन्‍ने प्रतिक्रिया दिएँ, त्यसकारण म उनको मानवता खराब छ कि छैन, र उनले अरूसँगको अन्तरक्रियामा अगुवा र सेवकहरूका समस्याहरूको बारेमा कुरा काट्ने गर्छिन् कि गर्दिनन् भन्‍ने बारेमा पत्ता लगाउन लागिपरेँ। जब मैले सिस्टर लूले अर्को अगुवाका समस्याहरूका बारेमा पनि कुरा गर्ने गरेकी छिन् भन्‍ने थाहा पाएँ, तब मैले उनले “मानिसहरूको आलोचना गर्ने” र “मण्डलीको काम नष्ट गर्ने” भनेर मनोमानी ढङ्गले निर्धारित गरेँ। सिद्धान्त अनुसार, मैले संलग्‍न मानिसहरूकहाँ गएर उनले अगुवाहरूका बारेमा भनेका कुराहरू अनुसन्धान गर्नुपर्थ्यो, मैले तिनीहरूले व्यावहारिक काम गर्छन् कि गर्दैनन् र तिनीहरू झूटा अगुवाहरू हुन् कि होइनन् भन्‍ने जान्‍नुपर्थ्यो। त्यस विषयलाई सही रूपमा निर्धारित गर्नको लागि, सिस्टर लूले भनेको कुरा ठीक थियो कि थिएन भन्‍ने कुरालाई मैले पुष्टि गर्नुपर्थ्यो। तर मेरो अहङ्कार, आत्म-धार्मिकता, र कठोर व्यवहारको कारण, मैले यस विषयमा सिद्धान्तको खोजी गरिनँ, मेरो हृदयमा परमेश्‍वरप्रति कुनै डर थिएन, र मैले अन्धाधुन्ध र मनोमानी ढङ्गले उनको चरित्र चित्रण गरेँ, यसले गर्दा उनलाई हटाइयो, दमन गरियो, र बहिष्कार गरियो। मैले एक जना असल व्यक्तिलाई झण्डै बरबाद पारेँ। परमेश्‍वरको घरले बारम्‍बार के कुरालाई जोड दिएको छ भने, हामीले अगुवा र सेवकहरूसँग सम्‍बन्धित समस्याहरूको बारेमा रिपोर्ट गर्ने कार्यमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई साथ दिनुपर्छ, आफ्‍ना अगुवा र सेवकहरूका बारेमा आफ्‍ना विचार राख्‍नेहरूको रक्षा गर्नुपर्छ, परमेश्‍वरका चुनिएका मानिसहरूले अगुवा र सेवकहरूको खुलासा गर्दा वा रिपोर्ट गर्दा पूर्ण रूपमा र स्पष्ट रूपमा अनुसन्धान गर्नुपर्छ, र सिद्धान्त अनुसार परिस्थितिहरूलाई सम्‍हाल्‍नुपर्छ। यसको बाबजुद पनि, म मेरो आफ्‍नै अहङ्कारी प्रकृतिको नियन्त्रणमा रहेकी हुनाले, मैले कसैलाई मनोमानी ढङ्गले दोषारोपण गरेँ, सिद्धान्त अनुसार काम गरिनँ, असल व्यक्तिलाई दमन गरेँ, झूटा अगुवाहरूको रक्षा र सहन गरेँ, र परमेश्‍वरको घरको काम सम्‍बन्धी बन्दोबस्तहरूलाई पूर्ण रूपमा उल्‍लङ्घन गरेँ। झूटा अगुवाहरूले व्यवहारिक काम गर्दैनथिए र मण्डलीको काममा नोक्सानी पुर्याएका थिए, तर तिनीहरूलाई ठेगान लगाउनुको सट्टा, मैले समस्याको रिपोर्ट गर्ने व्यक्तिलाई दोष लगाएँ। के त्यसले मलाई झूटा अगुवाहरूको सुरक्षाको छाता बनाएन र? म पनि झूटा अगुवाहरूकै दुष्टतामा सहभागी भएँ। म शैतानको मतियार बनेँ। जब मैले यी कुराहरूका बारेमा विचार गरेँ, तब मैले कर्तव्य अहङ्कारी स्वभावको आधारमा गरिरहेकी छु, र यो दुष्कर्म गर्नु र परमेश्‍वरको विरोध गर्नु हो भन्‍ने थाहा पाएँ। यदि यो कार्य जारी रहेको भए, परमेश्‍वरले मलाई घृणा र इन्कार गर्नुहुनेथियो। यो घटना मेरो लागि एउटा चेतावनी हो। भविष्य, मैले आफूलाई त्यति सहजै विश्‍वास गर्नु हुँदैन। परमेश्‍वरको इच्‍छा अनुरूप बन्‍नको लागि मैले अझै बढी सत्यताको खोजी गर्नुपर्छ र सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ।

मैले मनन गर्ने क्रममा, मलाई मेरो अगुवाले मैले चिनियाँ कम्युनिस्ट पार्टीले जस्तै “सेतो आतङ्क” रचना गरिरहेकी थिएँ भनेर भन्‍नुभएको कुरा याद आयो, र मैले यसको बारेमा जति विचार गरेँ, मलाई यो त्यति ठीक हो भन्‍ने लाग्यो। मैले सिस्टर लूलाई मानिसहरूको आलोचना गरेको आरोप लगाएपछि, मैले उनलाई अगुवा र सेवकहरू सम्‍बन्धी आफ्‍नो असन्तुष्टिको बारेमा जथाभाबी कुरा नगर्नू भनी भनेँ, त्यसपछि उनले यसै गरिरहिन् भने कर्तव्यमा रहिरहन नसक्ने भन्दै उनलाई चेतावनी दिएँ। मेरो तरिका कसरी ठूलो रातो अजिङ्गरको भन्दा फरक थियो र? चीनमा कुनै बोलीको स्वतन्त्रता छैन, र मानिसहरूलाई सरकारी अधिकारीहरूका बारेमा कुराकानी गर्न अनुमति छैन। तिनीहरूले त्यसरी कुराकानी गर्ने बित्तिकै, तिनीहरू पार्टी-विरोधी हुन्छन्, र तिनीहरूलाई पक्राउ गरिन्छ र अनेक प्रकारका विधि र यातना प्रयोग गरिन्छ, ताकि तिनीहरूले भनेको मानून् र फेरि कहिल्यै यस्तो बोल्‍ने दुस्साहस नगरून्। पार्टीको खुलासा गर्ने जोकोही व्यक्तिलाई “राज्य शक्तिको विनाश” को दोष लगाइन्छ र जेल पठाइन्छ। ठूलो रातो अजिङ्गरको देशमा आउने कुनै पनि विपत्ति, वा चिनियाँ कम्युनिस्ट पार्टीको लागि नकारात्मक कुनै पनि समाचार रिपोर्ट गर्न अनुमति छैन, र रिपोर्ट गर्ने जोकोही व्यक्तिले “राज्यका रहस्यहरूलाई खुलासा गरिरहेका” हुन्छन् र तिनीहरूलाई पक्राउ गरेर सजाय दिइनेछ। यदि अधिकारीहरू आफ्‍नो कर्तव्यमा लापरवाही वा भ्रष्ट भए भने पनि तिनीहरूको खुलासा गर्न वा विचार व्यक्त गर्न जनतालाई अनुमति हुँदैन। जसले अनलाइन कमेन्ट पोष्ट गर्छन्, कम्तीमा, पुलिसले तिनीहरूलाई चेतावनी र धम्की दिन्छन्, र बढीमा, तिनीहरूलाई अपराधको आरोप लगाइन्छ, र दण्ड वा सजाय दिइन्छ। यो सबै मानिसहरूको मुख बन्द गर्न र तिनीहरूलाई सत्यता बोल्‍नबाट रोक्‍नको लागि गरिएको हुन्छ। यदि तपाईंलाई रिस उठ्यो भने, तपाईंले त्यो रिसलाई निल्‍नुपर्छ। मानिसहरू कायरता र डरमा जिउँछन्, र आफ्‍नो बोलीको अधिकार गुमाउँछन्। मैले जे गरेँ त्यसको बारेमा विचार गर्दा, यो साँच्‍चै मैले चिनियाँ कम्युनिस्ट पार्टीले जस्तै “सेतो आतङ्क” रचना गर्ने कार्य थियो। यदि कसैले अगुवाहरूको बारेमा केही नराम्रो कुरा भन्यो भने, मैले तिनीहरूको मुख बन्द गर्न र डरको वातावरण सिर्जना गर्न, मनोमानी ढङ्गले तिनीहरूलाई अगुवाहरूको आलोचना गरेको आरोप लगाउँथें, ताकि परमेश्‍वरका चुनिएका मानिसहरू कायरता र डरमा जिऊन्, र उप्रान्त अगुवाहरूले तिनीहरूको जीवन कठिन बनाउँछन् भन्‍ने डरले झूटा अगुवाहरूको खुलासा गर्न र रिपोर्ट गर्न आँट नगरून्। सिस्टर लूले झूटा अगुवाहरूको खुलासा र रिपोर्ट गरेकी थिइन्, तर मैले उनलाई दमन गरेँ र दोष दिएँ। यदि कुनै दिन मेरो कर्तव्यमा कुनै समस्या वा विचलन आयो र, मेरो अगुवाहरूलाई रिपोर्ट गर्नुको सट्टा, दाजुभाइ-दिदीबहिनीहरूले यसको बारेमा छलफल गरे र तिनीहरूका बीचमा मलाई खुलासा गरे, अनि मैले यसको बारेमा सुनेँ भने, के मैले तिनीहरूले मेरो आलोचना गरेका हुन् भनेर निर्धारित गरेर तिनीहरूलाई दण्ड दिनेथिएँ, वा तिनीहरूलाई हटाएर निष्कासन समेत गर्थेँ? मेरो प्रकृतिलाई हेर्दा, मसँग अवश्य नै त्यसो गर्न सक्‍ने क्षमता थियो। यदि मैले पश्‍चात्ताप नगरेर त्यही मार्गमा हिँडिरहेकी भए, म ख्रीष्ट-विरोधी बन्‍नेथिएँ, र परमेश्‍वरको स्वभावलाई उल्‍लङ्घन गर्नेथिएँ, र उहाँद्वारा हटाइनेथिएँ। यी कुराहरूको बारेमा मनन गरिसकेपछि, मैले गरेको कुराप्रति मलाई डर लाग्यो। मैले अगुवाको रूपमा सेवा गरेको दुई वर्षभन्दा बढी भइसकेको थियो। मैले परमेश्‍वरका चुनिएका मानिसहरूलाई दमन गर्ने वा दण्ड दिने चाहना कहिल्यै गरेकी थिइनँ, तर म अझै पनि मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मनोमानी ढङ्गले दोष दिन सक्‍ने व्यक्ति थिएँ। वास्तवमा, मैले पहिले नै कसैलाई दमन गरिसकेकी थिएँ। मैले पहिले नै दुष्ट काम गरिसकेकी थिएँ। मलाई गहिरो ग्‍लानि भयो, त्यसकारण म परमेश्‍वरको अघि गएँ र म सच्‍चा रूपमा पश्‍चात्ताप गर्न तयार छु, र भविष्यमा यस्ता कुराहरू भएमा म मेरो हृदयमा परमेश्‍वरको डर मान्‍न चाहन्छु, अझै बढी सत्यताको खोजी गर्न, र सिद्धान्तहरू काम गर्न चाहन्छु भनेर भन्दै प्रार्थना गरेँ।

यो काटछाँट र निराकरणद्वारा, मैले मेरो दृष्टिकोण गलत थियो भन्‍ने पनि थाहा पाएँ। मैले के सोच्‍ने गर्थेँ भने, कुनै व्यक्ति अगुवाको रूपमा छनौट भएको छ भने, ऊ मण्डलीका साधारण दाजुभाइ-दिदीबहिनीहरूभन्दा असल हुन्छ र उसँग बोल्‍ने अधिकार हुन्छ, र उसले मण्डलीको काम गर्ने हुँदा, परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई समर्थन गर्नुपर्छ। समस्या पत्ता लाग्यो भने पनि, अरू दाजुभाइ-दिदीबहिनीहरूसँग यसको बारेमा लापरवाहीको साथ छलफल गर्नु हुँदैन। पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ र त्यसले मेरा दृष्टिकोणहरू परिवर्तन गर्यो र मण्डलीको अगुवा र सेवकहरूको भूमिका र उद्देश्यको बारेमा सिकायो। परमेश्‍वर भन्नुहुन्छ, “जब दाजुभाइ र दिदीबहिनीहरूले कसैलाई अगुवा चुन्छन् वा निजलाई परमेश्‍वरको घरद्वारा कुनै एक निश्‍चित काम गर्न वा एक निश्‍चित कर्तव्य गर्नका लागि प्रोत्साहन र पदोन्‍नति गरिन्छ, तब यसको अर्थ उनीहरूको विशेष प्रतिष्ठा वा पहिचान छ, वा उनीहरूले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका भन्दा धेरै गहिरो र धेरै सङ्ख्यामा छन् भन्‍ने होइन—उक्त व्यक्तिले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिंदैन भन्‍ने त कुरै छोडौं। यसको अर्थ उनीहरूले परमेश्‍वरलाई चिन्छन्, र उनीहरू परमेश्‍वरको डर मान्‍ने मानिसहरू हुन् भन्‍ने पनि होइन। उनीहरूले वास्तवमा यीमध्ये केही पनि हासिल गरेका हुँदैनन्; प्रोत्साहन र जगेर्ना सबैभन्दा सीधा अर्थमा प्रोत्साहन र जगेर्ना मात्र हो। उनीहरूको प्रोत्साहन र जगेर्नाको सामान्य अर्थ उनीहरूलाई प्रोत्साहन र पदोन्‍नति गरिएको छ, र उनीहरूको आफ्नो जगेर्ना र विकास हुने प्रतीक्षामा छन् भन्‍ने मात्र हो। अनि यो जगेर्ना र विकासको अन्तिम परिणाम त्यो व्यक्ति कुन मार्गमा हिँड्छ, र उनीहरू कुन कुराको पछि लाग्छन् भन्‍ने कुरामा निर्भर गर्छ। यसैले, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रोत्साहन र जगेर्ना गरिन्छ, उनीहरूलाई सीधा अर्थमा प्रोत्साहन र जगेर्ना मात्र गरिएको हुन्छ; यसको अर्थ उनीहरू पहिलेदेखि नै योग्य अगुवा, वा दक्ष व्यक्ति हुन्, उनीहरू अगुवाको काम गर्नका लागि सक्षम छन्, र उनीहरूले वास्तविक काम गर्न सक्छन् भन्‍ने होइन—यसको अर्थ त्यो होइन। जब कसैलाई अगुवा हुनका निम्ति प्रोत्साहन र जगेर्ना गरिन्छ, के उनीहरूसँग सत्य वास्तविकता हुन्छ? के उनीहरूले सत्य सिद्धान्तहरू बुझ्छन्? के यो व्यक्ति परमेश्‍वरको घरको कार्य बन्दोबस्तलाई सफल बनाउन सक्षम हुन्छ? के तिनीहरूसँग जिम्‍मेवारीको बोध हुन्छ? के उनीहरूमा प्रतिबद्धता? के तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्? जब उनीहरू समस्याको सामना गर्छन्, त्यस बेला के उनीहरू सत्यको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के त्यस व्यक्तिमा परमेश्‍वरको भय मान्‍ने हृदय हुन्छ? अनि, उनीहरूले कतिसम्म परमेश्‍वरको डर मान्छन्? के उनीहरूले केही काम गर्दा आफ्नै इच्छा पालन गर्न सम्भावना हुन्छ? के तिनीहरूले परमेश्‍वरको खोजी गर्न सक्छन्? उनीहरूले अगुवाको काम गरिरहेका बेला के उनीहरू नियमित र बारम्बार रूपमा परमेश्‍वरको इच्छा खोज्न परमेश्‍वरको सामु आउँछन्? के उनीहरूले मानिसहरूलाई सत्य वास्तविकतामा प्रवेश गर्नका निम्ति डोर्‍याउन सक्छन्? यो र अरू धेरै कुराहरूले विकास र खोज पर्खिरहेका हुन्छन्; यो सब अज्ञात हुन्छन्। कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको अर्थ उनीहरूले पहिलेबाटै सत्य बुझेका छन् भन्‍ने होइन, न त यसको अर्थ उनीहरू पहिलेबाटै आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गले गर्न सक्षम छन् भन्‍ने नै हो। त्यसो भए, कसैलाई प्रोत्साहन र जगेर्ना गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि त्यस्तो व्यक्तिलाई सत्यका सिद्धान्तहरू बुझाउन, विभिन्‍न कार्यहरू गर्ने सिद्धान्तहरू अनि विभिन्‍न समस्याहरू सुल्झाउन सिद्धान्त, साधन र तरिकाहरू बुझाउन, साथै उनीहरूले विभिन्‍न प्रकारका वातावरण र मानिसहरूको समना गर्दा तिनीहरूलाई परमेश्‍वरको इच्छाअनुसार र कुनै न कुनै तवरमा परमेश्‍वरको घरको हितको रक्षा हुने गरी कसरी सम्हाल्ने र मिलाउने सो सिकाउनको लागि एक व्यक्तिको रूपमा तालिम र विशेष सिञ्‍चन र प्रशिक्षण दिनका निम्ति प्रोत्साहन र पदोन्‍नति गरिएको छ भन्‍ने हो। के यसले परमेश्‍वरको घरद्वारा प्रोत्साहन र जगेर्ना गरिएको प्रतिभा प्रोत्साहन र जगेर्ना गरिएको अवधिमा वा प्रोत्साहन र जगेर्ना गरिनुअघि पर्याप्त रूपमा आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम भएको संकेत गर्छ? निश्‍चय पनि गर्दैन। यसैले जगेर्ना र विकासको अवधिमा यी मानिसहरूले निराकरण, छाँटकाँट, न्याय र दण्ड, खुलासा र प्रतिस्थापन समेत भोग्‍नु अपरिहार्य छ; यो सामान्य कुरा हो, उनीहरूलाई तालिम दिइँदै छ र उनीहरूको जगेर्ना र विकास गरिंदै छ(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “झूटा अगुवाहरूको पहिचान (५)”)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने, जब परमेश्‍वरको घरले कसैलाई अगुवा हुन बढुवा गर्छ र तालिम दिन्छ, तब त्यो व्यक्तिमा निश्‍चित क्षमता भएकोले, सत्यतालाई स्वीकार गर्न सक्‍ने, आफ्‍नो कर्तव्यहरूप्रति जिम्‍मेवार हुने, वा आफ्‍नो काम सम्‍बन्धी सीप भएको हुनाले हुन्छ। यसले तिनीहरूलाई तालिम लिने मौका दिन्छ, तर यसको अर्थ तिनीहरूले आफूलाई भ्रष्टताबाट मुक्त गरेका हुन्छन् वा सत्यतालाई बुझेका हुन्छन् भन्‍ने हुँदैन। यसको अर्थ कुनै व्यक्ति योग्य अगुवा हो भन्‍ने हुँदैन, न त यसको अर्थ त्यो व्यक्ति उत्कृष्ट व्यक्ति हो, र परमेश्‍वरको घरमा उसको विशेष पहिचान वा हैसियत छ भन्‍ने नै हुन्छ। अगुवा बन्‍नुको कर्तव्य भनेको आज्ञा र जिम्‍मेवारी हो। यो हैसियत हुँदै होइन। जब तपाईं अगुवा हुनुहुन्छ, तब यसको अर्थ तपाईंसँग तुरुन्तै हैसियत हुन्छ र तपाईंले परमेश्‍वरको घरमा बोल्‍ने अधिकार पाउनुभएको छ, वा तपाईंलाई मानिसहरूले सम्‍मान गर्छन्, तपाईंका दाजुभाइ-दिदीबहिनीहरूले तपाईंलाई आदर गर्छन् र उच्‍च ठान्छन्, वा तपाईंले गल्ती गर्दा त्यसको बारेमा छलफल गर्ने अनुमति कसैले पाएका छैनन् भन्‍ने हुँदैन। ती गलत दृष्टिकोण हुन्। अगुवा बन्‍नको लागि, हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूको रेखदेख र सुझावलाई स्वीकार गर्नुपर्छ, किनभने यसो गरेर मात्रै हामीले हाम्रो कामका समस्याहरूलाई बुझ्‍न सक्छौं, र समयमा नै परिवर्तन ल्याउन सक्छौं। त्यस बाहेक, यदि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूले अगुवाहरूले व्यवहारिक काम गरेका छैनन् भन्‍ने पत्ता लगाए भने, तिनीहरूले त्यस्ता मानिसहरूको रिपोर्ट र खुलासा गरेर अनि मण्डलीको कामको रक्षा गरेर सत्यताको अभ्यास गर्नुपर्छ। अगुवाहरूप्रति राख्‍नुपर्ने सही आचरण यही हो। अगुवाहरूलाई यसरी व्यवहार गर्दा मात्रै सिद्धान्त अनुसार हुन्छ। परमेश्‍वरको वचनले मेरो गलत विचारहरू र धारणाहरूलाई परिवर्तन गर्यो र परमेश्‍वरका चुनिएका मानिसहरूको नेतृत्व र रेखदेख गर्ने कर्तव्य कसरी पूरा गर्ने त्यो कुरा मलाई देखायो। मैले पनि परिस्थितिहरू परिवर्तन गर्न चाहन्थेँ, त्यसकारण त्यहाँदेखि, मेरा कर्तव्यहरू पूरा गर्ने क्रममा, अगुवा र सेवकहरूका बारेमा जसले समस्याहरू रिपोर्ट गरे पनि, मैले होसियारीको साथ सम्‍हाल्‍ने चाहना गर्थेँ। यसको साथै, मैले मेरा दाजुभाइ-दिदीबहिनीहरूबाट अझै बढी रेखदेख स्वीकार गर्न सिकेँ।

पछि, हाम्रो भेलामा, हाम्रो अगुवाले यसो भनेर सङ्गति गर्नुभयो, “कतिपय मानिसहरूले अरूले अगुवाहरूको रिपोर्ट गरेका वा खुलासा गरेका देख्छन्, त्यसपछि तिनीहरूले रिपोर्ट गर्नेहरूलाई आक्रमण गर्ने वा दोष दिने गर्छन्। त्यस्ता मानिसहरू आफ्‍नो कर्तव्यमा सामान्यतया अत्यन्तै गम्‍भीर भए पनि, तिनीहरू परमेश्‍वरको आज्ञापालन गर्नेहरू हुँदै हुँदैनन्।” मेरो अगुवाको सङ्गति सुन्दा यसले मलाई विशेष गरी घोच्यो। परमेश्‍वरमाथि वर्षौंको विश्‍वासपछि पनि, म परिवर्तन नै भएकी थिइनँ भन्‍ने सोच्दा मलाई आफैप्रति तुरुन्तै घृणा जाग्यो। अहिले पनि, म परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति थिइनँ, र परमेश्‍वर मप्रति अवश्य नै असन्तुष्ट हुनुहुन्थ्यो। मैले मेरो अगुवाको सङ्गति सुन्‍ने क्रममा, यो मलाई काटछाँट र निराकरण गर्नको लागि थियो भन्‍ने थाहा भयो, र मैले मेरो आँसु रोक्‍न सकिनँ। मैले रुँदै परमेश्‍वरसँग प्रार्थना गरेँ, “हे परमेश्‍वर, तपाईंले मलाई असल अभिप्रायले यसरी निराकरण र खुलासा गर्नुभएको हो भन्‍ने मलाई थाहा छ। अन्यथा, मलाई अझै पनि मेरो स्वभाव अलिक परिवर्तन भएको छ र म केही हदसम्‍म तपाईंप्रति आज्ञाकारी छु भन्‍ने लाग्‍नेथियो। अहिले मात्रै मलाई तपाईंप्रतिको साँचो आज्ञापालनको मापदण्डमा म पुग्‍न सकेकी छैन भन्‍ने थाहा भएको छ। तर म तपाईंको आज्ञापालन गर्ने व्यक्ति बन्‍न इच्‍छुक छु।” पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जुन खण्ड मेरो लागि अत्यन्तै उपयोगी थियो र मलाई परमेश्‍वरको इच्‍छा बुझ्‍न सहयोग गर्यो। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र दुःखकष्ट अनि शोधनबाट भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण गरिनु, अनुशासित गरिनु र छिँवलिनु पर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारीता र बफादारीता हासिल गर्न सक्दछन्, र उप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुँदछ। उहाँका वचनहरूको प्रकटीकरण, न्याय, अनुशासन, र निराकरणद्वारा मात्र तिनीहरू उप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् तर त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, कि परमेश्‍वरका वर्तमान वचनहरू, र उहाँको काम मानिसहरूका विचारसँग मेल खाँदैनन् भने पनि तिनीहरू ती कुराको अधीनमा बस्न सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्साएर स्वेच्छाले अधीनमा बस्न सक्छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्)। मैले परमेश्‍वरको वचनबाट के बुझेँ भने, परमेश्‍वरप्रति आज्ञाकारी मानिसहरू परमेश्‍वरको न्याय, काटछाँट, निराकरण, परीक्षा, र शोधन अनुभव गरेपछि, स्वभावमा परिवर्तन हासिल गरेपछि, र सिद्धान्तहरू अनुसार काम गर्न सिकेपछि मात्रै आज्ञाकारी भएका हुन्छन्। परमेश्‍वरलाई विश्‍वास गर्ने र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, त्यस्ता मानिसहरूले सत्यताको खोजी गर्न र सिद्धान्त अनुसार काम गर्न सक्छन् र तिनीहरूले निश्‍चित आधारभूत कुरा वा महत्त्वपूर्ण कुराहरूको सामना गर्दा वा आफ्‍नो जीवनको मार्गसँग सम्‍बन्धित निर्णयहरू गर्नुपर्दा, तिनीहरूले परमेश्‍वरको वचन र सत्यताको आधारमा सही निर्णय गर्न सक्छन्। यदि तपाईंले सानातिना कुराहरूमा वा बाहिरी व्यवहारमा मात्रै परमेश्‍वरको आज्ञापालन गर्नुहुन्छ, तर सिद्धान्त वा महत्त्वपूर्ण विषयहरूमा आफ्‍नै इच्‍छा वा प्राकृतिक व्यक्तित्वको आधारमा काम गर्नुहुन्छ भने, तपाईं अझै पनि परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने व्यक्ति हुनुहुन्छ। विगतमा, मैले सधैँ परमेश्‍वरको लागि मैले मेरो परिवार र जागिर त्याग्‍न सक्छु, परमेश्‍वरको घरले मेरो लागि जे कर्तव्य मिलाए पनि, म त्यसलाई स्वीकार गरेर पालन गर्न सक्छु, कठिनाइहरूको सामना गर्दा, म परमेश्‍वरको वचन पढ्न र परमेश्‍वरसँग प्रार्थना गर्न सक्छु भन्‍ने सोच्थें, र मैले मेरा कर्तव्यहरूलाई अझै राम्ररी पूरा गर्ने तरिकाहरू सोच्‍ने गर्थेँ, र मेरो कर्तव्यप्रतिको यो आचरण परमेश्‍वरप्रति अलिक आज्ञाकारी छु भन्‍ने हो भनी सोच्थें। तर सिस्टर लूको मामलामा, मैले के देखेँ भने, मैले अझै पनि आफ्‍नै इच्‍छा अनुसार परिस्थितिलाई सम्‍हाल्‍न र मनोमानी ढङ्गले उनलाई दोष दिन र दमन गर्न सक्‍ने रहेछु, र यसले मेरो हृदय अझै पनि शैतानी स्वभावको शासनमा छ भन्‍ने प्रमाणित गर्यो। म सामान्यतया मेरो कर्तव्यप्रति गम्‍भीर र इमान्दार भए पनि, जब सिद्धान्त र मुख्य समस्याहरूको कुरा आउँथ्यो, तब मैले अझै पनि परमेश्‍वरको विरुद्धमा विद्रोह गरेर म परमेश्‍वरप्रति शत्रुवत हुन सक्‍ने रहेछु। मैले सत्यता बुझेकै रहेनछु, मेरो स्वभाव परिवर्तन भएकै रहेनछ, र म अझै परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति रहेनछु भन्‍ने थाहा पाएँ। मेरो अगुवाले गर्नुभएको काटछाँट र निराकरण, अनि परमेश्‍वरको वचनको न्याय र प्रकाशविना, मैले आफूलाई चिन्‍न सक्‍नेथिइनँ।

अहिले, सत्यताका सिद्धान्तहरूसँग सम्‍बन्धित कतिपय मुख्य विषयहरूमा, म सचेत भई सत्यताको खोजी गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्छु, र उप्रान्त मेरो अहङ्कारी स्वभावको आधारमा व्यवहार गर्न छोडेकी छु। म परमेश्‍वरसँग अझै यसो भनेर बारम्‍बार प्रार्थना गर्ने गर्छु: मसँग अझै धेरै भ्रष्ट स्वभाव र गलत दृष्टिकोणहरू छन्, त्यसकारण मैले परिवर्तन हासिल गर्न निरन्तर परमेश्‍वरको न्याय, सजाय, काटछाँट, निराकरण ताडना, र अनुशासनको अनुभव गर्नुपर्छ। परमेश्‍वरको न्याय र सजायले मलाई कहिल्यै नछोडोस् भनेर म प्रार्थना गर्छु, ताकि मैले मेरो विद्रोहीपन र भ्रष्टतालाई अझै गहन रूपमा बुझ्‍न सकूँ, र परमेश्‍वरप्रति साँचो आज्ञापालन हासिल गर्न सकूँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

इर्ष्याको बन्धनबाट छुटकारा

जोयलिन, फिलिपिन्स सन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेकी थिएँ। चाँडै नै मलाई भजनहरूको...

अविस्मरणीय निर्णय

म १५ वर्षको हुँदा मेरो बुबा बिरामी भएर बित्‍नुभयो र मेरो परिवारले मुख्य आधार गुमायो। मैले यो कुरालाई स्वीकार गर्नै सकिनँ। मलाई आकाश खसे झैँ...

सुसमाचार प्रचार गर्न कठिनाइ हुँदा

सन् २०२० मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले प्रभुको पुनरागमनलाई स्वागत गर्न पाउनु ठूलो आशिष थियो। यो...

परमेश्‍वरको न्यायले मलाई बचायो

सेप्टेम्‍बर २०१९ मा, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ। भेलाहरूमा, मेरो राम्रो सङ्गति, छिटो बुझाइ, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्