एउटा सानो मामिलाबाट सिकेको एउटा पाठ

25 फेब्रुअरी 2023

केही समयअगाडि, एक जना समूह अगुवा सिस्टर लीले वाङ मिइलाई मलजलकर्ताको रूपमा अघि सारिन्। तिनको मानवता ज्यादै कमजोर भएको छाप ममा परेको थियो। तिनी आफ्नो कर्तव्यमा सधैँ लापरबाह थिइन् अनि तिनले मण्डलीको कामलाई सुरक्षा गर्दिनथिन्। त्यसैले, मैले वाङ मिइ अहिले कस्तो छिन् भनी जान्न सिस्टर लीले तिनीबारे गरेको मूल्याङ्कन बारे हतार हतार सोधेँ। यदि तिनी अझै आफ्नो कर्तव्यमा गैरजिम्मेवार छिन् भने, नयाँ विश्‍वासीहरूलाई मलजल गर्न योग्य हुने थिइनन्। तब सिस्टर लीले भनिन्, “वाङ मिइले आफ्नो प्रतिष्ठा र हैसियतलाई महत्व दिन्छिन् तर कर्तव्यप्रतिको तिनको मनोवृत्ति राम्रो छ, अनि म कुनै ठूला समस्याहरू देख्दिनँ।” म यो कुरा सुनेर ढुक्क भएँ। यदि सिस्टर लीले यो मामिलालाई अनुसन्धान गरेकी भए वाङ मिइ मलजलकर्ताको रूपमा ठिक व्यक्ति हुनुपर्छ। केही दिनपछि, मैले भूमिका हस्तान्तरणका निम्ति सबै कुराको बन्दोबस्त गरेकी थिएँ अनि वाङ मिइले काम जिम्मा लिने सबै तयारी गरेकी थिएँ। तब सिस्टर लीले अचानक वाङ मिइ धूर्त रहेछिन्, आलटाल गरिन्, सत्यता स्वीकार गरिनन्, अनि तिनलाई कर्तव्यबाट बर्खास्त गरिएको छ भनेर मलाई बताइन्। यो कुरा सुन्दा, मत स्तब्ध भएँ र सोचेँ, “केही दिनअघि तपाईँले मूल्याङ्कन गर्दा तिनका कुनै ठूला समस्या छैनन् भनी भन्नुभएको होइन र?” मैले गुनासो नगरी सकिनँ: “तपाईँ अत्यन्तै परपर्दो हुनुहुन्न। म तपाईँलाई व्यक्तिको अनुसन्धान गर्न भन्छु तर तपाईँ पूरा काम गर्नुहुन्न। यसले तपाईँमा गम्भीर रूपमा समझशक्तिको कमी रहेको देखाउँछ। गलत व्यक्ति चुन्नुले मेरो कामलाई पनि प्रभावित गरेको छ। के यसले कामकुरालाई ठप्प पार्नेछैन र? यस्तो क्षमताले तपाईँ कसरी समूह अगुवा हुन सक्नुहुन्छ र?” जति बढी मैले यसबारे सोचेँ, त्यति नै म रिसाएँ, तर मैले वास्तविक अवस्था नबुझी मनमा तिनको आलोचना गरिरहेँ। तिनलाई के भइरहेको हो, त्यस व्यक्तिबारे तिनमा समझशक्ति थियो कि थिएन, किन तिनले मामिला पूरा अनुसन्धान गरिनन् अनि कसरी तिनी त्यस्तो गैरजिम्मेवार हुन सकिन् भन्ने कुरा सोध्दै त्यस समय मैले सिस्टर लीलाई साँच्चि नै एउटा मेसेज पठाउन चाहेकी थिएँ। तर, फेरि मैले सोचेँ, “रिसको झोँकमा मानिसहरूलाई मेसेज पठाउनु बुद्धिमानी काम होइन।” त्यसैले, मैले तिनलाई मेसोज पठाइनँ अनि यो मामिला त्यतिकै टुङ्गियो।

एउटा सभामा, मैले एक जना ब्रदरले आफू कसरी रिसाउँथे र आफूले चाहेअनुसार कामकुरा नहुँदा कसरी मानिसहरूलाई दोष लगाउँथे अनि कसरी सत्यता खोजी गरे, मनन गरे र आफ्नो बारेमा सिके भनी सङ्गति गरेको सुनेँ। यो सुनेर म लज्जित भएँ, अनि मैले पहिलेको मेरो आफ्नै अनुभव नसम्झी रहनै सकिनँ। के यी ब्रदरको र मेरो अनुभव एउटै थिएन र? उनले नतिजा पाए किनकि सत्यता खोजी गरे र आफ्नो पाठ सिके। किन मैले आफ्नो पाठ सिकिरहेकी थिइनँ त? त्यसैले, मैले सिक्नुपर्ने पाठ खोजी गर्दै यस मामिलालाई प्रार्थनामा परमेश्‍वरसामु राखेँ। एकपल्ट, भक्तिको समयमा, मैले परमेश्‍वरको वचन पढेँ: “परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको पालना गर्नु नै परमेश्‍वरको आज्ञापालन गर्ने क्रममा सिक्‍नुपर्ने सबैभन्दा आधारभूत पाठ हो। परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा परमेश्‍वरले तेरो वरपर ल्याउनुहुने मानिसहरू, घटनाहरू, वस्तुहरू, र विभिन्‍न परिस्थितिहरू हुन्छन्। त्यसो भए, यी परिस्थितिहरूको सामना गर्दा तैँले त्यसलाई कसरी लिनुपर्छ? सबैभन्दा आधारभूत कुरा भनेको त्यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नु हो। ‘परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नु’ को अर्थ के हो? गुनासो गर्नु र विरोध गर्नु—के यो परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नु हो? बहाना खोज्‍नु र गल्ती खोतल्‍नु—के यो परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नु हो? होइन। त्यसो भए, परमेश्‍वरबाट आएको हो भनी स्वीकार गर्ने अभ्यास कसरी गर्नुपर्छ? तँमाथि केही आइपर्दा, सुरुमा शान्त बन्, सत्यताको खोजी गर्, र आज्ञापालनको अभ्यास गर्। बहाना नबना वा कारणहरू नखोज्। को गलत हो र को सही हो भनेर अनुमान वा विश्‍लेषण गर्ने प्रयास नगर्। अनि, कसको गल्ती अझै बढी गम्‍भीर छ, र कसको छैन भनेर विश्‍लेषण नगर्। के सधैँ यी कुराहरूको विश्‍लेषण गर्नु परमेश्‍वरबाट आएको भनी स्वीकार गर्ने मनोवृत्ति हो? के यो परमेश्‍वरप्रतिको आज्ञाकारी मनोवृत्ति हो? यो परमेश्‍वरप्रति आज्ञाकारी मनोवृत्ति होइन, यो परमेश्‍वरबाट आएको हो भनी स्वीकार गर्ने मनोवृत्ति होइन, यो परमेश्‍वरको प्रभुत्व र बन्दोबस्तहरूलाई स्वीकार गर्ने मनोवृत्ति होइन। परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नु: यो परमेश्‍वरको आज्ञापालन गर्ने अभ्यासका सिद्धान्तहरूको एउटा पक्ष हो। यदि तैँले तँमाथि आइपर्ने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता हो, यसमा परमेश्‍वरका बन्दोवस्तहरू, परमेश्‍वरको असल अभिप्राय संलग्‍न हुन्छ भनेर निर्धारित गर्न सक्छस् भने, तैँले यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्न सक्छस्। परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नको लागि, सर्वप्रथम सही र गलत भनी विश्‍लेषण नगर्, बहाना नबना, मानिसहरूको गल्ती नखोतल्, सानोतिनो कुरामा तर्कवितर्क नगर्, वस्तुगत कारणहरूको विश्‍लेषण नगर्, र मानव मष्तिष्क प्रयोग गरेर विश्‍लेषण र जाँच नगर्; यी सबै विस्तृत कुरा हुन्। अनि, यसलाई अभ्यास गर्ने तरिका भनेको सबैभन्दा पहिले आज्ञापालन गर्नु हो। यदि तँसँग धारणाहरू वा तँलाई स्पष्ट नभएका कुराहरू छन् भने पनि, आज्ञापालन गर्, बहाना नबना वा विद्रोह नगर्; अनि आज्ञापालन गरेपछि, सत्यताको खोजी गर्; परमेश्‍वरलाई प्रार्थना गर्दै खोजी गर्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु नै सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो)। हामीले उहाँको इच्छा बुझेपनि या नबुझेपनि, कुनै परिस्थितिमा पर्दा, त्यसको विरोध गर्नै हुँदैन वा आफ्नो मामिलालाई लिएर बहस गर्नै हुँदैन भनी परमेश्‍वर भन्नुहुन्छ। परमेश्‍वरले हामीलाई जुन परिस्थितिमा राख्नुहुन्छ, त्यसलाई स्वीकार र पालन गर्ने मनोवृत्ति हामीसित हुनैपर्छ। यो परमेश्‍वरबाट नै आएको कुरा हो भनी स्वीकार गर्ने व्यवहार हो। कुनै कुरा घट्दा मैले यसलाई सधैँ बाहिरबाट हेरेँ, ठीक र बेठीक विश्लेषण गरेँ यो र त्यो भन्दै गुनासो गरेँ। मैले सधैँ समूह अगुवा लापरबाह र आफ्नो कर्तव्यमा गैरजिम्मेवार भएको, त्यसले मेरो कामलाई असर गरिरहेको, अनि मलाई धेरै अनावश्यक प्रयास गर्न लगाइएरहेको छ भनी सधैँ सोचिरहेकी थिएँ। यस परिस्थितिमा परमेश्‍वरबाटका कुरा स्वीकार गर्ने मनोवृत्ति मसित फिटिक्कै थिएन। मैले आफ्नो हृदयलाई शान्त तुल्याएर परमेश्‍वरको इच्छा खोजिनँ वा आफूले सिक्नुपर्ने पाठहरूमा मनन गरिनँ। त्यसको साटो, मैले समूह अगुवामाथि दृष्टि लगाएँ। मलाई रिसाएर तिनलाई हप्काउन र तिनका कमीकमजोरीको आलोचना गर्न मन लाग्यो। यो स्वीकार वा आज्ञापालनको मनोवृत्ति थिएन! के त्यस समय काममा रहेका सबै समस्या र कठिनाइहरू साँच्चै अरू मानिसका गल्ती थिए त? के ती कुनैसित मेरो कुनै सरोकार थिएन र? आफूले सामना गरेका परिस्थितिहरूलाई मैले सधैँ प्रतिरोध गरेकी थिएँ। अन्त्यमा गएर समस्याहरू पूरै अरू मानिसका गल्ती थिए, र म त्यसमा जिम्मेवार थिइनँ भने पनि, अरूले आत्मसमीक्षा-गर्न र त्यसबाट सिक्न सक्थे अनि तिनीहरू बढ्न सक्थे। तर भित्रभित्रै रिस दबाउनेबाहेक मैले के नै हासिल गरिरहेकी थिएँ र? यो बिन्दुमा, मैले आफू ठीक स्थितिमा नभएकी महसुस गरेँ। मैले को ठीक र को बेठीक हो भन्ने कुरामा अल्झिएर विश्लेषण गरिरहन र अनुसन्धान गरिरहन सकिनँ। मैले आफैलाई शान्त राखेर सत्यताखोजी गर्नुपर्थ्यो र पाठ सिक्नुपर्थ्यो।

मैले मनन गर्ने क्रममा परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “यदि आफ्‍नो कर्तव्य निभाउने क्रममा तँ परमेश्‍वरमा भरोसा गर्दैनस् र उहाँलाई हेर्दैनस्, केवल आफ्‍नो इच्‍छाअनुसार मात्रै गर्छस् भने, तँ जति नै बाठो भए पनि, तँ असफल हुनेछस्। स्वेच्‍छाचारी मानिसहरूले सधैँ आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, त्यसकारण के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ? अत्यन्तै स्वेच्‍छाचारी मानिसहरूले परमेश्‍वरलाई बिर्सेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न बिर्सेका हुन्छन्; परिस्थितिहरू आइपरेपछि, ठक्‍कर खाएपछि, वा कुनै कुरा हासिल गर्न नसकेपछि मात्रै, यी मानिसहरूले आफूले परमेश्‍वरको आज्ञापालन नगरेको, र परमेश्‍वरलाई प्रार्थना नगरेको चाल पाउँछन्। यो के हो त? यो तिनीहरूको हृदयमा परमेश्‍वर नहुनु हो। तिनीहरूको व्यवहारले तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र सबै कुरा तिनीहरू आफैबाट आएका हुन्छन् भन्‍ने देखाउँछ। त्यसकारण, तैँले मण्डलीको काम गरिरहेको भए पनि, आफ्‍नो कर्तव्य निभाइरहेको, र बाहिरी मामलाहरू वा आफ्‍नै व्यक्तिगत जीवनका मामलाहरू सम्‍हालिरहेको भए पनि, तेरो हृदयमा सिद्धान्तहरू हुनुपर्छ, त्यसमा आत्मिक स्थिति हुनुपर्छ। कस्तो स्थिति? ‘यो जेसुकै भए पनि, ममा कुनै कुरा आइपर्नुभन्दा अगाडि मैले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ, उहाँको प्रभुत्वलाई, साथै सबै कुरा परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हुन्छ भन्‍ने कुरालाई पालना गर्नुपर्छ, र जब कुनै कुरा आइपर्छ, तब मैले परमेश्‍वरको इच्‍छा खोज्‍नुपर्छ, ममा यस्तो मानसिकता हुनुपर्छ, मैले आफ्‍नै योजनाहरू बनाउनु हुँदैन।’ केही समयसम्‍म यस्तो अनुभव गरिसकेपछि, मानिसहरूले धेरै कुरामा परमेश्‍वरको प्रभुत्व देख्‍न थाल्छन्। यदि तँ सधैँ आफ्‍नै योजना, विचार, चाहना, स्वार्थी मनसाय, र इच्‍छा बोकेर हिँड्छस् भने, तेरो हृदय थाहै नपाई परमेश्‍वरबाट टाढा जानेछ, परमेश्‍वरले कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने बारेमा तँ अनभिज्ञ हुनेछस्, र धेरैजसो परमेश्‍वर तँबाट लुक्‍नुहुनेछ। के तँलाई आफ्‍नै इच्छाअनुसार काम गर्न मन लाग्दैन र? के तैँले आफ्‍नै योजनाहरू बनाउँदैनस् र? तँसँग मष्तिष्क छ, तँ शिक्षित छस्, ज्ञानले भरिएको छस्, तँसँग काम गर्ने क्षमता र शैली छ, तैँले ती आफ्‍नै तरिकाले गर्न सक्छस्, तँ सिपालु छस्, तँलाई परमेश्‍वरको आवश्यकता हुँदैन, त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, ‘त्यसकारण जा आफै गर्, र राम्रो भए पनि नभए पनि त्यसको जिम्‍मा ली, मलाई त्यसको मतलब हुँदैन।’ परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले यसरी आफ्‍नै इच्छालाई पछ्याउँछन् र जे मन लाग्यो त्यही विश्‍वास गर्छन् भने, परिणाम के हुन्छ? तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको प्रभुत्वलाई अनुभव गर्न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको हात देख्‍न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति अनुभव गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको मार्गदर्शन अनुभव गर्न सक्दैनन्। अनि समय बित्दै जाँदा के हुन्छ? तिनीहरूको हृदय परमेश्‍वरबाट झनै टाढा जान्छ, र यसका अरू असरहरू हुन्छन्। कस्ता असरहरू? (परमेश्‍वरलाई शङ्का र इन्कार गर्ने।) यो परमेश्‍वरलाई शङ्का र इन्कार गर्नु मात्रै होइन; जब मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूले लामो समयसम्‍म आफ्‍नै इच्‍छाअनुसार काम गर्दै गए भने, यसै गर्ने बानी बस्छ: तिनीहरूलाई कुनै कुरा आइपर्दा तिनीहरूले गर्ने पहिलो कुरा भनेकै आफ्‍नै समाधान, उद्देश्य, अभिप्राय, र योजनाहरूको बारेमा विचार गर्नु हो; सबभन्दा पहिले तिनीहरूले यो आफ्नो लागि फाइदाजनक छ कि छैन भनेर सोच्छन्; यदि छ रहेछ भने, तिनीहरूले त्यो काम गर्छन्, र छैन रहेछ भने, त्यो काम गर्दैनन्; तिनीहरूलाई सीधै यो तरिका अपनाउने बानी परिसकेको हुन्छ। अनि यदि यस्ता मानिसहरूले पश्‍चात्ताप नगरी यसरी नै व्यवहार गरिरहे भने परमेश्‍वरले तिनीहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई एकातिर पन्छ्याइदिनुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू)। परमेश्‍वरका वचनहरू मनन गरिसकेपछि, मैले आफ्नो स्थिति अझ राम्रोसित देखेँ। परमेश्‍वरको वचनले भन्दछ-विशेषत: प्रबल इच्छा भएका मानिसहरू आफूले के र कसरी गर्न गइरहेका भनी हिसाब गर्दै प्राय: योजना बनाउन र नियमहरू तय गर्न थाल्छन्। तिनीहरू योजना बनाउँदै र त्यसलाई अन्तिम रूप दिँदै काम थाल्छन्, त्यसपछि, आफूले चुनेका माध्यम र विधिहरू प्रयोग गरेर त्यसलाई सम्पन्न गर्छन् यस क्रममा अरूले तिनीहरूको विधि पछ्याएको पनि तिनीहरू माग गर्छन्। यसो हेर्दा त, तिनीहरूले आफ्नो कर्तव्य पालन गरिरहेका हुन्छन्, मण्डलीको कामलाई रक्षा गरिरहेका हुन्छन् अनि तिनीहरूका कामले असल नतिजाहरू प्राप्त गरेको सुनिश्चित गरिरहेका हुन्छन्। तर तिनीहरूले यस प्रकार काम गर्दा, त्यसमा एकदमै धेरै तिनीहरूका आफ्नै इच्छा र तिनीहरूका आफ्नै नियमहरू हुन्छन्। तिनीहरूले पर्याप्त प्रार्थना वा परमेश्‍वरको खोजी गर्दैनन्, तिनीहरूमा आज्ञापालनको मनोवृत्तिको कमी हुन्छ, अनि तिनीहरूले पवित्र आत्माको मार्गदर्शनलाई पछ्याउने कुरालाई वास्ता गर्दैनन्। तिनीहरूले सबै कुरा आफ्नै चाहनाअनुसार गर्छन्। अनि आफू चाहेअनुसार कामकुरा अघि बढेको चाहन्छन्। तिनीहरूको चाहना एकदमै प्रबल हुन्छ र तिनीहरूको हृदयमा परमेश्‍वरको लागि ठाउँ हुँदैन भनी परमेश्‍वर भन्नुहुन्छ। यस्तो व्यक्तिलाई परमेश्‍वरले तिरस्कार र बेवास्ता गर्नुहुन्छ। आफ्नो व्यवहारबारे मनन गर्दा, म आफ्ना कर्तव्यमा साह्रै प्रबल इच्छा भएको व्यक्ति रहेछु अनि मैले जे गरिरहेकी भए तापनि, मैले आफ्नो मन बनाइसकेपछि कुनै कुराले यसलाई परिवर्तन गर्न सक्दैन भनी मैले देखेँ। मैले अरूलाई मेरा मागहरूअनुसार चल्न समेत लगाएँ अनि यदि तिनीहरू चलेनन् भने तिनीहरू आफ्नो कर्तव्यमा वफादार छैनन् र मण्डलीको कामलाई रक्षा गरिरहेका छैनन् भनी म सोच्थेँ। मलजलकर्ताको अनुसन्धानमा यस्तै भएको थियो। वाङ मिइसित कुनै समस्याहरू छैनन् भनी मैले सुनेँ। त्यसैले, तिनले आएर काम जिम्मा लिऊन् भनी मैले समय मिलाएँ तर त्यसपछि, समूहअगुवाले वाङ मिइ नयाँ विश्‍वासीहरूलाई मलजल गर्न आउन सक्दिनन् भनेर मलाई बताइन् अनि मेरा योजनाहरू अलपत्र परे। मलाई रिस थामिनसक्नु भयो, र मेरो हृदय गुनासाहरूले भरिए। मैले समूह अगुवामा क्षमता र समझशक्तिको कमी रहेको, अनि तिनी गैरजिम्मेवार भएको ठहर गरेँ। म अति आत्मधर्मी, अहङ्कारी र अविवेकी थिएँ! मैले योजना र निर्णय गर्ने कामकुरा सही छन् अनि त्यसले परमेश्‍वरको घरका सिद्धान्तहरू उल्लङ्घन गर्दैन भने पनि कामकुरा सधैँ आफूले चाहेअनुसार हुँदैनन्, अनि सधैँ आफूले कल्पना गरेअनुसारको परिणाम पाइँदैन। म योजना र बन्दोबस्तहरू गर्छु, यो मेरो कर्तव्य हो अनि यसरी नै मैले सहकार्य गर्नुपर्छ, तर मैले अन्तिम नतिजा पूर्वनिर्धारित गर्नु हुँदैन। मैले गर्न सक्ने गर्नुपर्छ, त्यसपछि मैले परमेश्‍वरको इच्छामा समर्पित हुनुपर्छ। अनि मामिला अन्त्यमा गएर सम्पन्न गर्न सकिन्छ कि सकिँदैन, कस्ता परिवर्तनहरू आउन सक्लान् अनि यो कसरी विकसित हुन्छ भन्ने सम्बन्धमा भन्नुपर्दा, मैले पवित्र आत्माको मार्गदर्शनलाई पछ्याउनुपर्छ र परमेश्‍वरको नियम मा समर्पित हुनुपर्छ। ममा हुनुपर्ने स सुझबुझ यही हो। जुन कुराहरू मैले गरिरहेकी थिएँ, ती पूर्णतया आफ्नै इच्छाले गरिरहेकी थिएँ, मलाई परमेश्‍वरको सार्वभौमिकता बारे थाहा थिएन, अनि मेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ थिएन। मैले यस प्रकारले आफ्नो कर्तव्य पालन गरेर कसरी परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउन सक्थेँ र?

पछि, मैले परमेश्‍वरको वचनबाट अर्को खण्ड पढेँ जसले मेरो रिसपछाडि रहेको भ्रष्ट स्वभावबारे केही अन्तर्दृष्टि दियो। परमेश्‍वर भन्नुहुन्छ, “यदि तैँले आफ्नो हृदयमा साँच्‍चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्‍वरको आज्ञापालन गर्न जान्‍नेछस् अनि तँ सत्यताको पछि लाग्‍ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्‍वरको इच्छाअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्‍नेछैन—यस अवस्थामा तैँले परमेश्‍वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना, दुष्टता गर्न सजिलो हुन्छ, र तैँले आफ्‍नो अभिप्रायविना नै त्यो काम गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र घमन्डी स्वभाव छ भने, परमेश्‍वरको प्रतिरोध नगर् भन्दा त्यसले कुनै फरक पार्दैन, तैँले आफूलाई रोक्‍न सक्दैनस्, यो तेरो नियन्त्रणभन्दा बाहिरको कुरा हो। तैँले जानी-जानी त्यसो गर्दैनस्; तैँले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिको वशमा परेर त्यसो गर्छस्। तँलाई तेरो अहङ्कार र घमन्डले परमेश्‍वरलाई तुच्छ ठान्ने र उहाँलाई कुनै महत्त्व नभएको व्यक्तिको रूपमा हेर्ने बनाउँछ; ती कुराहरूले तँलाई आफैलाई उचाल्ने, निरन्तर आफैलाई प्रदर्शनमा राख्‍ने बनाउँछ; ती कुराहरूले तँलाई अरूको तिरस्कार गर्न लगाउँछ, तेरो हृदयमा अरू कसैलाई नराखी तँ आफैलाई राखिदिन्छ; तिनले तेरो हृदयमा रहेको परमेश्‍वरको स्थान खोस्छन् र अन्त्यमा तँलाई परमेश्‍वरको स्थानमा बस्‍न लगाउँछन् र मानिसहरू तँप्रति समर्पित होऊन् भन्ने माग गर्छन्, र तँलाई आफ्नै सोच, विचार र धारणाहरूलाई सत्यताको रूपमा आदर गर्न लगाउँछन्। आफ्‍नो अहङ्कारी र घमन्डी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। जब मैले परमेश्‍वरको वचनहरू पढेँ, तब मैले आफ्नो अहङ्कारी र घमण्डी प्रकृतिबारे केही बुझाइ हासिल गरेँ। मैले आफ्नो चाहनाअनुसार कामकुरा गरिरहेकी मात्र होइन, यसको पछाडि अहङ्कारी स्वभाव पनि लुकेर रहेको छ भन्ने देखियो। काममा भएको समस्याबारे यस समय विचार गर्दा, मैले पृष्ठिभूमि बुझेकी थिइनँ, न त समूह अगुवासित समस्याहरू पो थिए कि भनी नै सोधेकी थिएँ। मैले तिनको सोचविचार नगरी गुनासो र आलोचना गरेँ। जब मैले तिनलाई तुच्छ ठानेँ र आलोचना गरेँ, तब वास्तवमा आफैलाई उचाल्न तिनलाई होच्याइरहेकी थिएँ, मैले आफूलाई उच्चस्थानमा राखेर अरूभन्दा श्रेष्ठ ठानिरहेकी थिएँ, मानौँ मसित सत्यताको विशेष बुझाइ छ, र अरूसित छैन, म मात्र विवेकशील छु, अनि अरू सबै चाहिँ लापरबाह छन्, म सबै कुरा छर्लङ्गै देख्न सक्छु, तर अरूचाहिँ अन्धो छन्। मैले आफूलाई सत्यताको मालिक। मैले अरूलाई तिनीहरूका कार्यहरूबारे मनन गर्न, आफूलाई चिन्न र पाठहरू सिक्न सम्झना दिलाएँ मानौँ मचाहिँ शैतानद्वारा भ्रष्ट पारिएको छैन, अनि मलाई मनन गर्न र आत्म-सचेतनाको कुनै खाँचो नै छैन। मेरो दृष्टिमा, अरू मानिसहरू असक्षम र असहनीय थिए, अनि म चाहिँ सर्वोत्तम थिएँ, त्यसैले, जब कसैको कर्तव्यको क्रममा कुनै समस्या आइपर्दा, म सधैँ सोच्थेँ, “के तिमी यसलाई आफ्नो कर्तव्य पालन गरेको भन्छौ?” “के तिमी आफ्नो कर्तव्य पालन गर्नसमेत सक्षम त छौ?” “तिमीले केवल कामकुरालाई बिथोल्दै छौ,” अनि तिनीहरू यस्ता छन् वा उस्ता छन् भनिरहन्थेँ। म केवल अरूलाई दोष लगाउन र गाली गर्न चाहन्थेँ। वास्तवमा, मैले पनि अरूले झैँ आफ्ना कर्तव्यको समयमा धेरै गल्तीहरू गरेकी थिएँ, अनि त्यही कुराहरूले नै जकडिएकी थिएँ, त्यसैले, के म तिनीहरूभन्दा साँच्चि नै निकै राम्रो थिएँ त? सबैले व्यक्ति वा परिस्थितिलाई स्पष्टसित देख्न नसक्ने समय हुन्छ, अनि मानिसहरूमा कमी हुने वा आफ्नो कर्तव्यहरूमा चुक्ने कुरा अवश्यम्भावी हुनेछ। जबसम्म समस्या र विचलनहरू समयमा नै भेट्टाउन सकिन्छ, अनि त्यसलाई निरन्तर रूपले समीक्षा गरी सुधार गर्न गरिन्छ, तब यो केवल वृद्धिको प्रक्रिया हो। वास्तवमा, म प्राय: आफ्नो कर्तव्यमा वाङ मिइको घटनामा जस्तै गल्तीहरू गर्छु, यो व्यक्तिको व्यवहार विगतमा खराब थियो भनी मलाई स्पष्टसित थाहा थियो तर हाल उनको व्यवहारमा कुनै समस्याहरू छैनन् भनी सिस्टर लीले भनेपछि, मैले स्पष्टीकरण खोजिनँ। सिस्टर लीले परिस्थितिको मूल्याङ्कन गरेकी छन् अनि त्यहाँ कुनै समस्याहरू हुन सक्दैनन् भनी मैले त्यत्तिकै अनुमान गरेँ। अन्त्यमा, समस्या उत्पन्न भयो, अनि स्पष्ट रूपमा यसको उत्तरदायित्व मेरो भागमा पनि पऱ्यो, तर यो सबै मैले सिस्टर लीमाथि थोपरिदिएँ, तिनलाई दोष लगाएँ, तिनको निन्दा र आलोचना गरेँ। म अति अहङ्कारी थिएँ र ममा मानवता पटक्कै थिएन! यसप्रकार कर्तव्य पालन गर्दा अरूलाई सहायता गर्न वा सुधार गर्न नसकिने मात्र होइन, तर यसले सम्भवत: मानिसहरूलाई बन्देज लगाएर नकारात्मक पनि बनाउनेछ। जब मैले समस्या सामना गरेँ, तब परमेश्‍वरको वचनअनुसार परिस्थिति वा मानिसहरूलाई हेरिनँ। मैले केवल गुनासो गरेँ, आवेगमा आएँ अनि मानिसहरूलाई हप्काएँ। मैले यो नै जिम्मेवार हुनु हो, यो नै न्यायको काम हो, अनि मैले मण्डलीको कामलाई रक्षा गरिरहेकी छु भनेर समेत मैले सोचेँ। यो दृष्टिकोण पूर्ण रूपले हास्यास्पद थियो!

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ जसले मेरो हृदयलाई प्रज्ज्वलित पार्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्‍नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्‍ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्‍नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्‍ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्‍ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्‍छाहरूले भरिएका हुन्छन्। जब दुष्टतासँग न्यायको टक्‍कर हुन्छ, तब मानिसको रिस न्यायको अस्तित्वको प्रतिरक्षा गर्न वा यसलाई सदर गर्नको लागि निस्किँदैन; यसको विपरीत, जब न्यायका शक्तिहरूलाई चुनौती दिइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति भनेको यसलाई बेवास्ता गर्ने, उम्केर जाने वा लुरुक्‍क भएर जाने किसिमको हुन्छ। तैपनि, दुष्टका शक्तिहरूको सामना गर्दा, मानिसले मिलनसार हुने, झुक्ने र सुमसुमाउने मनोवृत्ति देखाउँछ। त्यसकारण, मानिसको अभिव्यक्ति दुष्ट शक्तिहरू उम्कने बाटो, देहीय मानिसको उच्छृंखल र रोक्‍नै नसकिने दुष्ट बानीबेहोराको अभिव्यक्ति हो। तैपनि, जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, दुष्ट शक्तिहरू रोकिनेछन्, मानिसलाई हानि गर्ने सारा पाप नियन्त्रित हुनेछन्, परमेश्‍वरको कार्यमा वाधा पुर्‍याउने सबै शत्रुवत् शक्तिहरूलाई स्पष्ट, अलग र श्रापित तुल्याइनेछ, जबकि परमेश्‍वरको विरोध गर्ने शैतानका सबै मतियारहरूलाई दण्ड दिइनेछ र उखालेर फ्याँकिनेछ। तिनीहरूको स्थानमा, परमेश्‍वरको कार्य कुनै पनि बाधाहरूविना अघि बढ्नेछ, समय-तालिकाअनुसार नै परमेश्‍वरको व्यवस्थापन चरणबद्ध रूपमा निरन्तर विकसित हुनेछ, अनि परमेश्‍वरका चुनिएका मानिसहरू शैतानको बाधा र छलबाट मुक्त हुनेछन्, जबकी परमेश्‍वरलाई पछ्याउनेहरूले शान्त र शान्तिपूर्ण अवस्थितिहरूमा परमेश्‍वरको नेतृत्व र भरणपोषण प्राप्त गर्नेछन्। परमेश्‍वरको क्रोध सारा दुष्ट शक्तिहरूलाई वृद्धि र व्याप्त हुनबाट रोक्‍ने सुरक्षा हो, र यो न्यायसंगत र सकारात्मक सारा कुराहरूको अस्तित्व र वृद्धिलाई रक्षा गर्ने, अनि तिनीहरूलाई थिचोमिचो र विनाशबाट अनन्त रूपमा संरक्षण गर्ने सुरक्षा पनि हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले के बुझेँ भने मानिसहरू आफ्नो व्यक्तिगत हितको रक्षा गर्न अनि आफ्नो चाहना र लक्ष्य पूरा गर्न, आफ्नो रिसको कारण, सिद्धान्त वा उद्देश्यलाई विचारै नगरीकन खिन्न हुन्छन्। यो सबै आवेगमा आउनुका विभिन्न रूप र भ्रष्ट स्वभावको अभिव्यक्ति हुन्, अनि ती कुरालाई परमेश्‍वर घृणा गर्नुहुन्छ। तर यदि मानिसहरूले परमेश्‍वरको वचनअनुसार परिस्थिति र मानिसहरूलाई हेर्न सक्छन्, परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्छन्, परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्छन्, मण्डलीको काम र परमेश्‍वरको चुनिएकाहरूको हितलाई रक्षा गर्न ती विध्वंसकारी दुष्कर्मी र ख्रीष्टविरोधीलाई तिरस्कार गर्छन् भने, त्यो सामान्य मानवताको अभिव्यक्ति हो र व्यक्तिमा भएको न्यायको चेतनाको प्रकटीकरण हो। कहिलेकाहीँ कुनै कुरालाई अलि दृढतापूर्वक वा कडा रूपले भनिए तापनि भनिएका सबै कुरा परमेश्‍वरको वचनअनुसार छन्, ती तथ्यहरूसित बाझिँदैनन्, व्यक्तिगत द्वेषलाई बाहिर निकाल्दैनन् अनि त्यो व्यक्तिको आफ्नै अभिप्रायले बिटुलो भएको छैन भने, मानिसहरू विश्‍वस्त हुनेछन् अनि अझ स्पष्टसित समस्याहरूको सारलाई देख्नेछन् अनि यी भनाइहरूले सकारात्मक नतिजाहरू हासिल गर्नेछन्। यस्तो प्रकारको रिस सकारात्मक कुरा हो अनि यो भ्रष्ट स्वभावको अभिव्यक्ति होइन। भ्रष्ट स्वभावको परिणामस्वरूप रिसाउनु फरक कुरा हो। रिस व्यक्तिगत अभिप्राय र अकथ्य उद्देश्यहरूले बिटुलो भएको हुन्छ। कतिपय मानिस आफ्नो प्रतिष्ठा र हैसियतलाई रक्षा गर्न रिसाउँछन्, कतिपय मानिस अरूलाई आफ्नो कुरा सुन्न र आफ्नो चाहनाअनुसार चल्न लगाउन रिसाउँछन्, अनि कतिपयचाहिँ आफ्ना व्यक्तिगत हितहरूमा हानि पुगेको कारण रिसाउँछन्। यी सबै आवेग र भ्रष्ट स्वभावका विभिन्न रूप हुन्। जब मैले मानिसहरूका कर्तव्यमा प्रगतिलाई ढिलाइ गर्ने समस्याहरू देखेँ, तब मण्डलीको कामलाई रक्षा गर्ने चाहनाले मेरो रिस अभिप्रेरित भएको मैले देखेँ, तर वास्तवमा, मानिसहरूले मेरा मागहरू पूरा नगरिरहेकाले म रिसाएकी थिएँ अनि मैले थुप्रै अनावश्यक कठिनाइ भोग्नुपरेको थियो। मैले यो मौकालाई मेरो असन्तुष्टिका भावनाहरू पोखाउन, भित्रैबाट मानिसहरूलाई निन्दा गर्न र होच्याउन प्रयोग गर्थेँ। यो त स्पष्ट रूपले आवेगले आफ्नो शिर उठाइरहेको थियो।

मैले आफ्ना कर्तव्यको नियमित क्रममा यस प्रकारका परिस्थिति प्राय: सामना गर्थेँ। पहिले, मेरो प्रकृति ममाथि हाबी हुन्थ्यो तर मैले यसलाई त्यति विचार गरिनँ। त्यसैले, भविष्यमा यस्तो अवस्थाको सामना गर्दा मैले कसरी काम गर्नुपर्छ? मैले आफ्नो भक्तिमा परमेश्‍वरको वचनबाट एउटा खण्ड पढेँ। “कम्तीमा पनि, परमेश्‍वरका चुनिएका जनमा विवेक र समझ हुनुपर्छ, र तिनीहरूले सामान्य मानवताको मापदण्डअनुसार मानिसहरूसँग उठबस र अन्तरक्रिया अनि परिस्थिति सम्हाल्ने काम गर्नुपर्छ। स्वाभाविक रूपमै, सबैभन्दा राम्रो चाहिँ परमेश्‍वरले तोक्नुभएबमोजिम सत्यताका सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो, र यसले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछ। त्यसो भए परमेश्‍वरले तोक्नुभएका सत्यताका सिद्धान्तहरू के-के हुन्? मानिसहरूले अरूहरू कमजोर र नकरात्मक भएको बेला तिनीहरूको कमजोरी र नकारात्मकता बुझून्, मानिसहरूले अरूको पीडा र कठिनाइहरू बुझून्, त्यसपछि यी कुराहरूको बारेमा सोधून्, अनि सहयोग र साथ प्रदान गरून्, तिनीहरूलाई समस्या समाधान गर्न सहयोग गर्नको लागि परमेश्‍वरका वचनहरू पढेर सुनाऊन्, ताकि तिनीहरू त्यसउप्रान्त कमजोर बन्‍न छोडून्, र परमेश्‍वरको अघि आऊन्। के अभ्यास गर्ने यो तरिका सिद्धान्तअनुरूप छ? त्यसरी अभ्यास गर्नु सत्यताका सिद्धान्तअनुरूप छ। स्वाभाविक रूपमै, यस प्रकारका सम्‍बन्धहरू सिद्धान्तअनुरूप हुन्छन्। जब मानिसहरूले जानीजानी हस्तक्षेप गर्ने र बाधा दिने गर्छन्, वा आफ्‍नो कर्तव्य निभाउँदा जानीजानी लापरवाह बन्‍ने र झारा टार्ने काम गर्छन्, तब यदि तैँले यो देखिस् र सिद्धान्तअनुसार यी मामलाहरू सम्‍हाल्‍न, र तिनीहरूलाई यी कुराहरू औँल्याइदिन, अनि तिनीहरूलाई भर्त्सना गर्न सक्छस् भने, यो सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तैँले आँखा चिम्लिन्छस्, वा तिनीहरूलाई सहेर बस्छस् अनि तिनीहरूको ढाकछोप गर्छस्, र तिनीहरूको बारेमा राम्रा कुराहरू भन्‍ने, र तिनीहरूको तारिफ र प्रशंसा गर्ने हदसम्‍म गएर, झूटा शब्‍दहरूले तिनीहरूलाई बहकाउँछस् भने, त्यस्तो व्यवहार, मानिसहरूसँग अन्तरक्रिया गर्ने, समस्याहरू सुल्झाउने, र कठिनाइहरू सम्हाल्ने यस्ता तरिकाहरू स्पष्‍ट रूपमै सत्यताका सिद्धान्तहरूको विपरीत हुन्छन्, र परमेश्‍वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन—त्यस्तो अवस्थामा यस्तो व्यवहार र मानिसहरूसँग अन्तरक्रिया गर्ने तरिका अनि समस्याहरू सम्‍हाल्‍ने तरिकाहरू स्पष्ट रूपमै अनुचित हुन्छन्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू)। परमेश्‍वरको वचन पढिसकेपछि, मैले के बुझेँ भने अरूका कर्तव्यका क्रममा समस्याहरू उत्पन्न हुँदा काम गर्नुपर्ने सबैभन्दा उत्तम र विवेकशील तरिका भनेको सत्यताबारे सङ्गति गरी तिनीहरूलाई सहायता गर्नु र आड दिनु हो। यदि अरूले क्षणिक भूलवश वा सिद्धान्तहरू नबुझेका कारण वा काममा ढिलाइ गरिरहेका छन् भने, तिनीहरूसित धैर्यपूर्वक सत्यताको सङ्गति गर्नुपर्छ। साथै विद्यमान समस्याबारेमा तिनीहरूलाई सचेत गराउन र मार्ग प्रदान गर्न स्पष्टसित सिद्धान्तहरूको सङ्गति गर्नुपर्छ। कोही मानिसहरू आफ्नो कर्तव्यमा सधैँ लापरवाह हुन्छन्। तिनीहरूले बोझ बोक्न सक्दैनन्, समस्याहरू बढ्दै जान्छन्, अनि राम्रोसँग गर्न सकिने कामकुराहरू चाहिँ त्यत्तिकै रहन्छन्। उही समस्याहरू बारम्बार उत्पन्न भइरहन्छन्, कामलाई असर गर्छन्, अनि गम्भीर क्षतिसमेत पुर्‍याउँछन्। तब यस्तो प्रकारको व्यक्तिलाई निराकरण र काँटछाँट वा चेताउन सकिन्छ। यदि बारम्बारको कडा चेतावनीको बाबजुद पनि परिवर्तन हुँदैनन् भने तिनीहरूलाई अन्तै नियुक्त दिन वा बर्खास्त गर्न सकिन्छ। तर, परिस्थिति जेसुकै भए तापनि, सधैँ परमेश्‍वरको वचन र सत्यताका सिद्धान्तअनुसार मामिलाहरूलाई हेर्नैपर्छ र सम्हाल्नैपर्छ, आवेग वा भ्रष्ट स्वभावबाट प्रेरित भएर काम गर्नु हुँदैन। यी कुरालाई मनन गरिसकेपछि, मेरो हृदय प्रज्ज्वलित भयो र मैले अभ्यासको मार्ग भेट्टाएँ।

यसपछि, वाङ मिइलाई के भयो भनी बुझ्न म सिस्टर लीलाई खोज्न गएँ। तब मात्रै मैले वाङ मिइले पहिले अन्य मण्डलीहरूमा कर्तव्य पालन गर्दै आइरहेकी अनि भर्खरै मात्रै हाम्रो मण्डलीमा सरुवा गरिएको कुरा थाहा पाएँ। त्यसैले, सिस्टर ली तिनीसित अपरिचित नै थिइन्। अन्य मण्डलीहरूमा सोधखोज गर्दा, वाङ मिइ सधैँ लापरवाह, छली र धूर्त थिइन् भनी पछि तिनले पत्ता लगाएकी रहेछिन्। तिनले भनेका कुराहरू बाहिरबाट राम्रो सुनिन्थ्यो तर तिनले गर्छु भनेको कुरा गर्दिनथिइन्, तिनमा मानवताको कमी थियो अनि मानिसहरूलाई विवश पार्न तिनलाई मन पर्थ्यो। त्यसैले, तिनी नयाँ विश्‍वासीहरूलाई मलजल गर्न अनुपयुक्त थिइन्। मैले विगतको यो घटना थाहा पाउँदा म अति लज्जित भएँ। मैले सोचेजस्तो सिस्टर ली गैरजिम्मेवार थिइनन्। अन्य मण्डलीमा सोधपुछ गर्न आवश्यक परेकोले त्यस प्रक्रियामा केही गल्तीहरू हुन गएको र स्पष्टसित प्रमाणीकरण नभएकोले मात्रै त्यस्तो भएको थियो। मैले त्यसउप्रान्त सिस्टर लीलाई यस बारेमा आलोचना गरिनँ अनि यस समस्यालाई यी गल्तीहरू समीक्षा गर्ने अवसरको रूपमा प्रयोग गर्न अनि यस्तो प्रकारको समस्या फेरि हुन नदिन तिनलाई स्मरण गराएँ। मैले यस पटक समस्या सम्हाल्दा, यो काम आफ्नो रिस वा इच्छाबाट उत्पन्न भएन, सत्यताका सिद्धान्तहरूको खोजीबाट नै त्यो उत्पन्न भएको थियो। यसप्रकारले अभ्यास गर्दा मेरो हृदयमा चैन महसुस भयो

यस अनुभवबाट मैले के बुझेँ भने आफ्नो कर्तव्य पालन गर्दा होस् वा मानिसहरूलाई व्यवहार गर्ने तरिकाको सन्दर्भमा, हामीले आफ्नो व्यक्तिगत धारणा, कल्पना वा रिसमाथि भर पर्न सक्दैनौँ। सबै कुरा परमेश्‍वरको वचनमा आधारित हुनुपर्छ। परमेश्‍वरको वचनहरूबाट सत्यताका सिद्धान्तहरू खोज्नुहोस्, उहाँका मागअनुसार आफ्ना कर्तव्यहरू अभ्यास र निर्वाह गर्नुहोस्। यो नै सत्यताको साँचो पछ्याइ र जीवनमा प्रवेश गर्ने बाटो हो।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मलाई कुन कुराले परमेश्‍वरलाई पछ्याउन रोकिरहेको छ?

चेन मिङ, चीन २०११ को डिसेम्बर महिना थियो अनि हाम्रो मण्डलीका दुईजना अगुवाहरू पक्राउ परेका थिए। यो खबर सुनेपछि, मेरा दाजुभाइ र दिदीबहिनीहरू...

इर्ष्याको बन्धनबाट छुटकारा

जोयलिन, फिलिपिन्स सन् २०१८ को जनवरीमा मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामलाई स्वीकार गरेकी थिएँ। चाँडै नै मलाई भजनहरूको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्