एक पाष्टरलाई प्रचार गरेको कथा
यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्वास गरेका एक वृद्ध पाष्टरले परमेश्वरको आखिरी दिनहरूको कामबारे...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सन् २०१७ को सेप्टेम्बरमा, मैले टेरेसा नाम गरेकी फिलिपिना इसाईलाई अनलाइन भेटेँ। उनले मण्डली सेवाहरूबाट केही पनि प्राप्त गरिरहेकी छैन भनेर भनिन्, र झन्-झन् बढी सङ्ख्यामा अरू विश्वासीहरूले सांसारिक प्रचलनहरू पछ्याइरहेको उनले देखिन्। उनलाई आफ्नो मण्डली उजाड लागिरहेको थियो र उनी पवित्र आत्माको कार्य भएको मण्डली खोज्न चाहन्थिन्। उनले परमेश्वरका धेरै वचनहरू पढ्न, उहाँलाई चिन्न र नयाँ जीवन जिउन चाहन्छु भनेर पनि भनिन्। उनको आत्मिक तृष्णा देखेर, म उनलाई सुसमाचार सुनाउन चाहन्थेँ ताकि उनले परमेश्वरको आवाज सुनेर उहाँका आखिरी दिनहरूको काम स्वीकार गर्न सकून्। एकपटक मैले उनलाई आफ्नो विश्वासबाट के चाहन्छिन् भनेर सोधेँ। उनले भनिन्, “म परमेश्वरको राज्यमा गएर उहाँसँग सदासर्वदा रहन चाहन्छु, तर म पापी हुँ र म उहाँको राज्यको निम्ति योग्य छैनँ।” मैले उनलाई यदि हामी परमेश्वरको राज्यमा प्रवेश गर्न चाहन्छौँ भने हामीले त्यस राज्यका मापदण्डहरूलाई बुझ्नुपर्छ भनेर भनेँ, अनि उनी सत्यताको यस पक्षबारे जान्न चाहन्छिन् कि भनेर सोधेँ। उनले एकदमै उत्साहित हुँदै भनिन्, “भइहाल्छ नि!” उनी जाँच्न चाहने साँचो विश्वासी हुन् भन्ने मैले देखेँ, त्यसकारण म उनलाई परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिन उत्सुक भएँ। तर त्यो समय उनी आफ्नो काममा जाने बेला भएको थियो, त्यसकारण हामीले त्यस दिनको कुराकानीलाई त्यहीँ टुङ्ग्याउनुपरेको थियो।
पछि, उनले बिहान सबेरैदेखि राती अबेरसम्म काम गर्ने हुँदा उनी आफ्नो काममा अत्यन्तै व्यस्त थिइन्, र काम सकेपछि उनी थकित हुने हुनाले उनलाई विश्राम चाहिन्थ्यो। त्यसबाहेक, उनले हरेक हप्ता बचेको थोरै समय मण्डलीको सेवामा गएर बिताउनुपर्थ्यो, त्यसकारण हामीले कुराकानी गर्ने त्यति अवसर नै पाउँदैनथियौँ। मैले सम्पर्क गर्दा लगभग सधैँ उनी आफ्नो काममा नै हुन्थिन्, त्यसकारण हामीसँग पटक्कै कुरा गर्ने समय हुँदैनथियो। केही समयपछि म निरूत्साहित हुन थालेँ। मलाई यस्तो लागिरहेको थियो, हामी एउटै देशका नभएका हुनाले हामीले अनलाइन कुरा गर्नुपर्छ, त्यसकारण उनीसँग अनलाइन आउने समय छैन भने, मैले कसरी उनलाई परमेश्वरका आखिरी दिनहरूको कामबारे बताउन सक्छु र? मैले गर्न सक्ने केही पनि छैन, त्यसकारण यो कुरालाई बिर्सनुपर्छ भन्ने मलाई लाग्न थालेको थियो। सायद अरू कसैले उनलाई सुसमाचार सुनाउनेछ। मैले लत्तो छोड्नै लागेको बेला, परमेश्वरले भन्नुभएको कुरा सम्झेँ: “के तँलाई तेरा काँधका बोझहरू, तँलाई दिइएको आज्ञा, र तेरो जिम्मेवारीबारे थाहा छ? ऐतिहासिक मिसनप्रतिको तेरो बोध कहाँ छ? अर्को युगको मालिकको भूमिका तैँले कसरी राम्ररी निर्वाह गर्नेछस्? के तँसँग मालिक हुनुको प्रबल भावना छ? यावत् थोकको मालिकबारे कसरी व्याख्या गरिनुपर्छ? के त्यो साँच्चै सारा जीवित प्राणीहरू अनि संसारका सारा भौतिक कुराहरूको मालिक हो? कामको अर्को चरणको प्रगतिका लागि तँसँग के-के योजनाहरू छन्? कति जना मानिसहरू तँद्वारा गोठालो गरिन तेरो प्रतीक्षा गरिरहेका छन्? के तेरो कार्य गह्रौँ छ? तिनीहरू दरिद्र, दयनीय, अन्धा छन्, र तिनीहरू असमञ्जसमा छन्, अन्धकारमा बिलौना गरिरहेका छन्—मार्ग कहाँ छ? धेरै वर्षदेखि मानिसलाई दमन गरेका अन्धकारका शक्तिहरूलाई, उल्काजस्तै गरी अचानक तल झरेर हटाओस् भनी ती मानिसहरू ज्योतिका लागि कति तृष्णा गर्छन्। तिनीहरू त्यसका लागि बेचैनीका साथ आशा गर्छन् र दिन-रात तृष्णा गर्छन्—यो कुरा कसले पूर्ण रूपमा जान्न सक्छ र? ज्योति चम्केर गुज्रने दिनमा समेत, गहन रूपमा कष्ट भोगिरहेका यी मानिसहरू कालकोठरीमा रिहाइको कुनै आशाविना बन्दी नै रहिरहन्छन्; तिनीहरूले कहिले बिलौना गर्न छोड्नेछन्? कहिल्यै विश्राम नपाएका यी नाजुक आत्माहरूको दुर्भाग्य भयानक छ, अनि निर्दयी बन्धनहरू र जमेको इतिहासद्वारा तिनीहरूलाई बन्धनमा राखिएको धेरै भइसकेको छ। अनि तिनीहरूको बिलौनाको आवाज कसले सुनेको छ र? तिनीहरूको दुखी स्थिति कसले देखेको छ र? परमेश्वरको हृदय कति दुखी र बेचैन छ भनी के तैँले कहिल्यै विचार गरेको छस्? उहाँले आफ्नै हातले सृष्टि गर्नुभएको निर्दोष मानवजातिले त्यस्तो सास्ती भोगेको देख्दा उहाँ कसरी सहन सक्नुहुन्छ? आखिर, मानवजाति विषाक्त पारिएका पीडितहरू नै त हुन्। र मानवजाति आजको दिनसम्म बाँचेको भए तापनि, मानवजातिलाई धेरै पहिले नै दुष्टले विषाक्त पारिएको छ भन्ने कुरा कसले थाहा पाएको छ र? के तैँले तँ पीडितहरूमध्येको एक होस् भन्ने बिर्सिस्? के परमेश्वरप्रतिको तेरो प्रेमका कारण, यी सबै बाँचेकाहरूलाई मुक्ति दिनका निम्ति लागिपर्न तँ इच्छुक छैनस्? के तँ मानवजातिलाई आफ्नै मासु र रगतजस्तै प्रेम गर्नुहुने परमेश्वरलाई प्रतिदान गर्नका निम्ति आफ्नो सारा सामर्थ्य अर्पण गर्न इच्छुक छैनस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। परमेश्वरका वचनहरूबारे केही समय विचार गरेपछि, मलाई निकै नराम्रो लाग्यो। मैले उनलाई सुसमाचार सुनाउन सम्भव भएको सबै कुरा गरेकी थिइनँ, र मैले उनलाई प्रभु येशू पहिले नै फर्केर आइसक्नुभएको छ भनेर समेत बताएकी थिइनँ। उनले प्रभुमा हृदयदेखि नै विश्वास गर्थिन् र उहाँको इच्छा बुझ्ने उत्कट चाह गर्थिन्, तर उनी पोषण नभएको आत्मिक अन्धकारमा थिइन्। उनलाई साँच्चै सहयोगको खाँचो परेको बेला, यदि मैले उनलाई लत्तो छोडेँ भने, उनले परमेश्वरको आवाज कहिले सुन्नेथिइन्? अहिले विपत्तिहरू बढिरहेको बेला, यदि मैले परमेश्वरका आखिरी दिनहरूको कामबारे तुरुन्तै गवाही दिइनँ भने, उनले मुक्तिको अवसर गुमाउन सक्थिन्। त्यो विचार गरेपछि मलाई झनै नराम्रो लाग्यो, अनि मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, तपाईँको निम्ति सबै कुरा सम्भव छ। म सिस्टर टेरेसालाई सुसमाचार सुनाउन आफूले सक्ने सबै कुरा गर्न चाहन्छु। बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, अचानक मलाई के महसुस भयो भने, उनीसँग धेरै समय नहुने भए पनि, मैले उनीसँगै मिलेर प्रार्थना गर्ने समय अग्रिम तय गर्न सक्थेँ। त्यसकारण मैले उनलाई यसबारे सोधेँ र उनले तुरुन्तै सहमति जनाइन्। हामीले हरेक बिहान लगभग ५ बजेतिर समय तय गर्यौँ। त्यो बेला म आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त थिएँ र हरेक रात अबेरसम्म काम गरिरहेकी हुन्थेँ। मलाई यस्तो लागिरहेको थियो, यदि त्यति सबेरै उठ्नुपर्यो भने, म त अलिकति पनि निदाउन पाउँदिनँ। तर मैले मनमनै सोचेँ, यदि मैले मेरो शारीरिक आरामबारे चिन्ता गरेँ भने, टेरेसा परमेश्वरसामु आउने कार्यमा ढिलाइ हुनेछ। त्यसबारे मलाई ग्लानी भयो। मलाई परमेश्वरले भन्नुभएको यो कुरा याद आयो “देह शैतानको हो। यसभित्र सधैँ अधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्नै लागि सोच्छ, र यसले सधैँ आरामको चाहना राख्छ र सहजतामा लिप्त हुन चाहन्छ, यसमा व्यग्रता वा तात्कालिकताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ। यदि तैँले यसलाई निश्चित बिन्दुसम्म सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। देहलाई सन्तुष्ट पार्नु भनेको शैतानलाई सन्तुष्ट तुल्याउनु हो भन्ने मलाई थाहा थियो। म गवाही दिन र मेरो कर्तव्य गर्न असफल हुनेथिएँ, अनि परमेश्वरका आखिरी दिनहरूको कामको गवाही दिने मौका गुमाउनेथिएँ। मैले प्रार्थना गरेँ, अनि देहलाई त्याग्न तयार भएँ। मैले अझै बढी मूल्य चुकाउनु परे पनि, उनलाई सुसमाचार सुनाउनुपर्थ्यो। हामीले बिहान सबेरै प्रार्थनामा भेला हुन सुरु गऱ्यौँ, र हामीले परमेश्वरका वचनहरूमा सङ्गति गर्नको लागि उनीसँग धेरै समय होस् भन्ने आशा गर्दै जब मैले वास्तवमै निष्कपट प्रार्थना गरेँ, उनले मलाई अत्यन्तै गम्भीर हुँदै भनिन्, “तपाईँ कत्ति सच्चा हुनुहुन्छ म महसुस गर्न सक्छु। प्रार्थनाको तपाईँलाई लागि धन्यवाद। मेरो हृदय साँच्चै छोएको छ।” उनले यसो भनेको सुन्नु हृदयस्पर्शी थियो, र जब कुनै व्यक्ति सच्चा हुन्छ त्यो कुरा मानिसहरूले साँच्चै नै महसुस गर्न सक्ने रहेछन् भन्ने मैले देखेँ। मैले उनलाई परमेश्वरका आखिरी दिनहरूको कामबारे अवश्यै गवाही दिनेछु भनेर परमेश्वरसित सङ्कल्प गरेँ। त्यसकारण मैले उनलाई सँगै सङ्गति गर्न केही समय निकालौँ भनेर प्रस्ताव राखेँ। उनले सहमति जनाइन् र दैनिक ३० मिनेट सङ्गति गर्ने बन्दोबस्त मिलाइन्, र परमेश्वरको राज्यमा कसरी प्रवेश गर्ने आफूले त्यो जान्न चाहेको कुरा पनि उनले फेरि बताइन्।
हामीले हाम्रो भोलिपल्टकै सङ्गतिमा त्यसैबारे कुराकानी गऱ्यौँ। मैले भनेँ, “हरेक विश्वासी स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छ, त्यसोभए हामीले के गर्नुपर्छ? हामीले प्रभुलाई सुन्नुपर्छ। प्रभु येशूले भन्नुभयो: ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ’ (मत्ती ७:२१)। प्रभुले अत्यन्तै स्पष्ट रूपमा भन्नुभएको छ। स्वर्गको राज्यमा प्रवेश गर्ने चाबी भनेको परमेश्वरको इच्छा पूरा गर्नु हो। त्यसको अर्थ के हो? यसलाई सरल रूपमा भन्दा, परमेश्वरको इच्छा पूरा गर्नु भनेको प्रभुका वचनहरू अभ्यास गर्नु र उहाँका आज्ञाहरू पालन गर्नु हो। यसको अर्थ पापलाई हटाउनु र परमेश्वरका वचनहरू अभ्यास गर्नु, अनि हृदयबाट परमेश्वरलाई प्रेम गर्नु र उहाँमा समर्पित हुनु हो। सधैँ झूट बोल्ने, पाप गर्ने, परमेश्वरको विरोध गर्ने र उहाँका मापदण्डहरू विपरीत काम गर्ने मानिसहरूले उहाँको इच्छा गरिरहेका हुँदैनन्, त्यसकारण के तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुन्छन्?” उनले भनिन्, “हुँदैनन्। हामीले निरन्तर हाम्रा बोलीवचनमा झूट बोलिरहेका, पाप गरिरहेका हुन्छौँ र अझ धेरै विश्वासीहरूले सांसारिक प्रचलनहरू पछ्याइरहेका छन्, पैसाको पछि दगुरिरहेका छन्। हामीले परमेश्वरलाई साँचो रूपमा आराधना गर्दैनौँ र पाष्टरहरूसमेत यसको अपवादमा पर्दैनन्। हामी कसरी त्यस तरिकाले स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ?” मैले प्रतिक्रिया दिएँ, “हो त। प्रभु येशूले हामलाई छुटकारा दिनुभएको छ र हाम्रा पाप क्षमा भएका छन्, तर हामीले झूट बोलिरहन्छौँ र पाप गरिरहन्छौँ। हामी दिउँसो पाप गरेर राती स्वीकार गर्छौँ। बाइबल भन्छ: ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन’ (हिब्रू १२:१४)। अहिले हामी पवित्र छैनौँ, र यसरी हामी परमेश्वरको राज्यको योग्य हुँदैनौँ। तर सबै जना मुक्ति पाउन र उहाँको राज्यमा प्रवेश गर्न चाहन्छन्। त्यसोभए परमेश्वरले कसरी हाम्रो लागि यो कुरा सम्भव तुल्याउनुहुन्छ? बाइबल भन्छ: ‘यसरी धेरैको पाप बोक्नको लागि एकपटक ख्रीष्टको बलि चढाइयो; र उहाँलाई पर्खिनेहरूका निम्ति उहाँ पापरहित रूपमा मुक्ति दिन दोस्रोपटक देखा पर्नुहुनेछ’ (हिब्रू ९:२८)। प्रभु हामीलाई मुक्ति दिन, पापका बन्धनहरूबाट पूर्ण रूपमा छुटाउन, परमेश्वरमा समर्पित हुने र उहाँको इच्छा गर्ने मानिसहरू बनाउन फेरि आखिरी दिनहरूमा आउनुहुन्छ ताकि हामीले पूर्ण रूपमा मुक्ति पाएर उहाँको राज्यमा प्रवेश गर्न सकौँ।” यो कुरा सुन्दा उनी साँच्चै उत्साहित भइन् र भनिन्, “म पाप गर्न छोड्न चाहन्छु। त्यसकारण परमेश्वरले हामीलाई कसरी पापबाट मुक्ति दिनुहुन्छ?” मैले उनलाई धर्मशास्त्रका केही पदहरू पठाएँ: “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो” (यूहन्ना १७:१७)। “अनि सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हातमा बाहिर र भित्र लेखेर सात वटा मोहोरहरू लगाइएको एउटा पुस्तक मैले देखेँ। र एउटा शक्तिशाली स्वर्गदूतले ‘यो पुस्तक खोल्न र यो मोहोर हटाउन को योग्य छ?’ भनेर उच्च सोरमा भनिरहेको मैले देखेँ” (प्रकाश ५:१-२)। “हेर, यहूदा कुलको सिंह, दाऊदको मूलले त्यो पुस्तक खोल्न र त्यसका सात वटा मोहोरहरू खोल्नलाई जितेका छन्” (प्रकाश ५:५)। मैले भनेँ, “प्रभुले मानवतालाई शुद्ध गर्न सत्यता प्रयोग गर्छु भन्नुभयो, अन प्रकाशको पुस्तक र दानिएलको पुस्तक दुवैले मोहोर लगाइएको पुस्तकलाई आखिरी दिनहरूमा खोलिनेछ भनेका छन्। यो पुस्तकले आखिरी दिनहरूमा परमेश्वरले बोल्नुभएका नयाँ वचनहरूलाई जनाउँछ, र मानिसजातिलाई शुद्ध पार्ने सत्यता यही नै हो। परमेश्वर स्वयम्ले मात्र पुस्तकको मोहर तोड्न र मानिसजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्न सक्नुहुन्छ। प्रभु आखिरी दिनहरूमा आउनुहुँदा उहाँले हामीलाई शुद्ध पार्न र परिवर्तन गर्न, हामीलाई पापबाट मुक्ति दिन धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ। प्रकाशको पुस्तकले पनि आखिरी दिनहरूमा ‘आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्’ (प्रकाश अध्याय २, ३)। परमेश्वर मण्डलीहरूसँग बोल्नुहुनेछ भनेर धेरै पटक बताउँछ। हामीले केवल उहाँको आवाज सुन्नुपर्छ। हामीले उहाँको आवाज नसुनेसम्म उहाँलाई स्वागत गर्न सक्दैनौँ, अनि परमेश्वरद्वारा शुद्ध पारिन र मुक्ति प्राप्त गर्न, उहाँको राज्यको निम्ति योग्य बन्न हाम्रो एक मात्रै मौका यही हो।”
सङ्गतिको यो भागमा, टेरेसाले मलाई सोधिन्, “प्रभुले आखिरी दिनहरूमा किन नयाँ वचनहरू बोल्नुहुन्छ? मैले मेरो जीवनभरि नै बाइबल पढेकी छु, र यसले मलाई विश्वास दिएको छ र धेरै कुरा सिकाएको छ, यसरी मलाई सहनशीलता, धैर्यता र क्षमादानबारे सिकाएको छ। मलाई त बाइबल नै पर्याप्त छ जस्तो लाग्छ, अनि हाम्रो पाष्टरले सधैँ भन्नुहुन्छ, परमेश्वरका सबै वचनहरू बाइबलमा छन्, बाइबलभन्दा बाहिरको केही पनि परमेश्वरको वचन होइन।” प्रभु येशूले आखिरी दिनहरूमा बोल्नुहुने बारेमा टेरेसासँग केही धारणाहरू छन् र उनले यस कुरालाई स्वीकार गरिरहेकी छैनन् भन्ने मैले देखेँ, त्यसकारण मैले उनले भनेको कुरालाई सिधै खण्डन गरिनँ। मैले उनीसँग मेरो आफ्नै अनुभव बाँडेँ। मैले भनेँ, “मलाई पनि त्यस्तै लाग्थ्यो। प्रभुले भन्नुभएको सबै कुरा बाइबलमा नै छन् र त्योभन्दा बाहिर परमेश्वरका कुनै पनि नयाँ वचनहरू छैनन् भन्ने मलाई लाग्थ्यो। तर पछि, एक जना ब्रदरले प्रभु येशूले भन्नुभएको केही कुरा उल्लेख गरेको मैले सुनेँ, जसले गर्दा मैले यसलाई फरक रूपमा हेर्न थालेँ। प्रभु येशूले भन्नुभयो: ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। त्यसको बारेमा प्रभु येशूले स्पष्ट रूपमा बताउनुभयो। उहाँले बताउन चाहनुभएको कुरा धेरै छन्, तर मानिसहरूमा कदको कमी छ र अहिले तिनीहरूले यसलाई सहन सक्दैनन् भनेर उहाँले भन्नुभयो। मानिसहरूलाई सबै सत्यताहरू बुझ्न र त्यसमा प्रवेश गर्न मार्गदर्शन गर्नको लागि उहाँले आखिरी दिनहरूमा अझ धेरै बोल्नुहुनेथियो, ताकि हामी पापका बन्धनहरूबाट स्वतन्त्र हुन र पूर्ण रूपमा मुक्त हुन सकौं। एउटा सानो बालकको कल्पना गर्नुहोस्। ऊ सानो छँदा र उसकी आमाले उसलाई बोल्न र हिँड्न सिकाइरहेकी बेला, के उनले उसलाई राम्ररी कमाएर आमा-बुबाको हेरचाह गर भनेर भन्छिन्? अवश्य नै भन्दिनन्। त्यो कुरा बुझ्नको लागि ऊ अत्यन्तै सानो छ, त्यसकारण, त्यो उमेरमा उसका आमाबुबाले उसलाई उसले बुझ्न सक्ने कुराहरू मात्रै बताउनेछन्। त्यसपछि जब ऊ ठूलो हुन्छ र थप कुरा सिक्दै जान्छ, तब तिनीहरूले उसलाई जीवनबारे थप कुरा बताउनेछन्, जस्तै कसरी जागिर खोज्ने र कसरी परिवार बसाउने। त्यो ठ्याक्कै प्रभु येशूले पश्चात्तापको मार्ग व्यक्त गर्दै मानिसहरूलाई नम्र र सहनशील हुन, क्रूस बोक्न, अरूलाई सात गुणा सत्तरीपटक क्षमा दिन सिकाउँदै अनुग्रहको युगमा उहाँको व्यवस्थापन योजना र मानिसहरूका आवश्यकताअनुसार उद्धारको काम गर्नुभएको जस्तै हो। तर प्रभु येशूले मानिसहरूलाई नबताउनुभएका अरू कुराहरू थिए—मानिसजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यहरू। आखिरी दिनहरूमा प्रभु आउनुहुने समयको लागि उहाँले यी कुरा साँच्नुभएको थियो, र प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएको मोहोर लगाइएको पुस्तक यही हो। यी २,००० वर्षको अवधिमा कसैले पनि त्यो पुस्तक पढेनन्, किनभने आखिरी दिनहरूमा प्रभु आउनुभन्दा पहिले यसलाई खोलिएन। के त्यो पुस्तकमा लेखिएको कुरा बाइबलमा हुने सम्भावना छ? तपाईँलाई के लाग्छ?” उनले इमानदारीताको साथ भनिन्, “यो बाइबलमा हुन सक्दैन।” उनले बुझेँ नभनिन्जेलसम्म मैले उनलाई यसबारे अझ केहीपटक सङ्गति दिएँ।
सिस्टर टेरेसाका धारणाहरू समाधन भइसकेका छन् भन्ने मलाई लाग्यो, तर भोलिपल्ट, जब मैले प्रभुले आखिरी दिनहरूमा नयाँ वचनहरू बोल्नुहुने बारेमा फेरि कुरा निकालेँ, तब उनले आखिरी दिनहरूको लागि प्रभुका सबै वचनहरू बाइबलमा नै हुनुपर्छ भनेर भनिन्। सुरुमा त मलाई मैले गलत सुनेँ कि भन्ने लाग्यो, तर उनीसित पक्का गरेपछि, म एकदमै हताश र निराश भएँ। मैले सोचेँ, पहिलो कुरा त उनीसँग समय मिलाउन नै मलाई निकै कठिन भएको थियो, र मैले उनलाई धेरै पटक व्याख्या गरिदिएपछि पनि उनले अझै बुझेकी छैनन्। के उनले यो कुरा बुझ्न सक्थिन्? मैले केही पनि भनिनँ, तर यो कुराबाट पछि हट्ने बारेमा विचार गर्न थालेँ। तर त्यसपछि मलाई के महसुस भयो भने, हाम्रो सङ्गतिबाट उनले केही पनि बुझेकी छैनन् भन्ने होइन। कसैको सोचाइलाई त्यति सजिलै सीमित गर्नु परमेश्वरको इच्छा अनुरूपको कुरा थिएन। त्यसपछि मलाई अचानक परमेश्वरका वचनहरूबाट यो कुरा याद आयो: “यदि परमेश्वरले तँलाई सुसमाचार प्रचार गर्ने कर्तव्य सुम्पनुभएको छ भने, तैँले सम्मानपूर्वक र समर्पित भएर परमेश्वरको यो आज्ञा स्वीकार गर्नुपर्छ। तँ साँचो मार्ग अनुसन्धान गरिरहेका हरेक व्यक्तिलाई प्रेम र धैर्यताका साथ व्यवहार गर्न लागिपर्नुपर्छ, र तैँले कठिनाइ भोग्न र परिश्रम गर्न सक्नुपर्छ। सुसमाचार प्रचार गर्नमा लगनशील र जिम्मेवार बन्, सत्यताबारे स्पष्ट सङ्गति दे, अनि त्यस्ता बिन्दुमा पुग्, जहाँ तैँले परमेश्वरलाई आफ्नो कार्यको हिसाबकिताब दिन सकेस्। व्यक्तिले आफ्नो कर्तव्य निर्वाहमा यस्तै मनोवृत्ति अपनाउनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। “यदि साँचो मार्ग अनुसन्धान गरिरहेको व्यक्तिले बारम्बार प्रश्न गर्छ भने तैँले कसरी प्रतिक्रिया गर्नुपर्छ? तिनीहरूले नबुझेसम्म र फेरि प्रश्न गर्न नछाडेसम्म समय लिएर तिनीहरूलाई जबाफ दिन, उनीहरूका प्रश्नबारे स्पष्टसित सङ्गति गर्ने तरिका खोज्न झमेला मान्नु हुँदैन। तब तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुन्छस्, र तेरो हृदय दोषमुक्त हुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरप्रतिको दोषदेखि मुक्त हुनेछस्, किनकि परमेश्वरले नै तँलाई यो कर्तव्य, यो जिम्मेवारी, सुम्पिनुभएको हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरले के चाहनुहुन्छ, त्यसबारे विचार गर्दा मलाई आफैप्रति लाज लाग्यो। मैले एक-दुई पटक मात्रै सङ्गति गरेकी थिएँ, तर मैले प्रयास गरिरहन चाहिनँ किनभने उनले अझै पनि आफ्ना धारणाहरू त्यागेकी थिइनन्। मैले प्रेमपूर्वक व्यवहार गरिरहेकी थिइनँ। म सुरुमा विश्वासी बन्दा ममा पनि धेरै नै धारणाहरू थिए, तर दाजुभाइ-दिदीबहिनीहरूले मसँग बारम्बार सङ्गति गरिरहे र मेरो लागि प्रार्थना गरे, अनि मात्रै मैले ती धारणाहरू त्याग्न सकेँ, अनि परमेश्वरकोमुक्ति स्वीकार गर्न उहाँसामु आएँ। यो परमेश्वरको प्रेम र सहनशीलताकै कारण भएको थियो। त्यसोभए किन मैले उनलाई सुसमाचार सुनाइरहेको बेला उनीसँग धैर्यताको साथ सङ्गति गर्न सकिरहेकी थिइनँ? यस घडी मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यदि उनी तपाईँको भेडा हुन् भने, बिन्ती छ मलाई मार्गदर्शन गर्नुहोस्। म तपाईँसँग सहकार्य गर्न सक्नेजति सबै गर्नेछु।” प्रार्थना गरिसकेपछि, कसरी यतिका वर्षसम्म टेरेसाको विश्वासको जग बाइबल नै रहेको कुरालाई मैले विचार गरेँ। उनले परमेश्वरका आखिरी दिनहरूका नयाँ वचनहरू बाइबलमा छैनन् भनेर सुन्नसाथ यसलाई पूर्ण रूपमा स्वीकार गर्न नसक्नु स्वाभाविकै थियो। मैले उनलाई यसबारे फरक दृष्टिकोणबाट कुरा गर्न सक्छु भन्ने मलाई लाग्यो। त्यसपछि, मैले उनलाई परमेश्वरका वचनहरूका केही खण्डहरू सुनाएँ: “परमेश्वर स्वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्नेहरूले निश्चय नै जीवन प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन एकसाथ सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण अस्तित्वमा तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। के कुरा जान् भने, फगत पुस्तकका शब्दहरूलाई जीवन मान्न सकिँदैन, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्, अनि पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्वरले व्यक्त गर्ने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ)। “मैले यहाँ व्याख्या गर्न इच्छा गरेको तथ्य यही हो: परमेश्वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो अनन्त रूपले अक्षय र असीम छ। परमेश्वर जीवन र सबै थोकको स्रोत हुनुहुन्छ; कुनै पनि सृजित प्राणीले उहाँलाई बोध गर्न सक्दैन। अन्तमा, मैले हरेकलाई अझै सम्झना दिलाउनैपर्छ: परमेश्वरलाई फेरि कहिल्यै पनि पुस्तकहरू, शब्दहरू वा उहाँका विगतका वाणीहरूमा सीमित नगर। परमेश्वरको कार्यको एकमात्र चरित्रलाई वर्णन गर्ने एउटा मात्रै शब्द छ: नयाँ। उहाँ पुराना बाटोहरू लिन वा आफ्नो कार्यलाई दोहोर्याउन मन पराउनुहुन्न; यसका अतिरिक्त, मानिसहरूले उहाँलाई एक निश्चित दायरामा सीमित गरेर उहाँको आराधना गरेको उहाँ चाहनुहुन्न। यो परमेश्वरको स्वभाव हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अन्तभाषण)। त्यसपछि मैले उनीसँग सङ्गति गरेँ, “परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र उहाँको बुद्धि असीमित छ। परमेश्वरले आफ्नो कार्य योजना र मानिसजातिका खाँचोहरूको आधारमा अझ धेरै सत्यताहरू सधैँ व्यक्त गर्न सक्नुहुन्छ। उहाँलाई कसरी बाइबलमा भनिएको कुरामा सीमित गर्न सकिन्छ? के त्यो त उहाँलाई बाइबलमा समावेश कुराभित्र कोचेर राख्नु होइन र?” त्यसपछि मैले उनलाई इनारको फेदमा बस्ने भ्यागुतो सम्बन्धी चिनियाँ लोककथा सुनाएँ। मैले भनेँ, “इनारको फेदमा एउटा भ्यागुतो बस्थ्यो र त्यसले इनारको मुखबाट आकाश मात्रै देख्न सक्थ्यो, त्यसकारण त्यसले आकास त्यो इनारको मुखजत्रै छ भन्ने सोच्थ्यो। त्यसपछि एक दिन ठूलो वर्षा भएकोले इनार भरियो र त्यो इनारबाट उफ्रेर बाहिर निस्कन सक्यो। त्यसपछि त्यसले असीमित आकास देख्यो र यो इनारको मुखभन्दा त धेरै नै ठूलो थियो। आफू इनारको फेदमा भएकोले सम्पूर्ण आकाशलाई देख्न नसकेको कुरा त्यसले महसुस गर्यो।” मैले भनेँ, मलाई पनि त्यस्तै लाग्थ्यो र परमेश्वर सम्बन्धी मेरो बुझाइ वास्तवमै सतही थियो। परमेश्वर अति महान् हुनुहुन्छ र हामी अत्यन्तै साना छौँ। परमेश्वर प्रशस्त हुनुहुन्छ! उहाँका वचनहरू जीवित पानीजस्तै छन्, सदा बगिरहने र असीमित। हामी आफ्नो तर्कले कहिल्यै पनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यस कुरालाई जान्न सक्दैनौँ। हामीले कसरी सम्भवतः परमेश्वरलाई सीमित गर्न सक्छौँ र? प्रभु येशूले भन्नुभयो “म बाटो, सत्य र जीवन हुँ” (यूहन्ना १४:६)। परमेश्वर जीवनका स्रोत हुनुहुन्छ। मैले उनलाई परमेश्वरले बाइबलमा भएका भन्दा धेरै सत्यताहरू, त्योभन्दा उच्च कुराहरू, आखिरी दिनहरूमा मानिसहरूलाई चाहिने कुराहरू व्यक्त गर्न सक्नुहुन्छ कि भनेर सोधेँ। उनले भनिन्, “अवश्य उहाँले सक्नुहुन्छ।” उनका धारणाहरू हट्न र उनको हृदय खोलिन थालेको मैले देख्न सकेँ। मैले उनलाई त्यही पद पठाएँ: “आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)। आत्माले मण्डलीहरूलाई जे भन्नुहुन्छ, आखिरी दिनहरूमा प्रभुको पुनरागमन हुँदा प्रभु येशूले भन्नुहुने त्यही हो भनेर मैले उनलाई भनेँ। र बाइबलमा व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्वरले के बताउनुभयो र के गर्नुभयो त्यसको विवरण छ। परमेश्वरले त्यो काम गर्नुभएपछि त्यो सबै मानवजातिले लेखेर एउटा पुस्तकमा सङ्कलन गरेको हो। प्रभु येशूको पुनरागमन हुँदा उहाँले व्यक्त गर्नुहुने नयाँ वचनहरू बाइबलमा पहिले नै हुन सक्थ्यो त भनेर मैले उनलाई प्रश्न गर्दा, उनी मुस्कुराइन्, र भनिन्, “बल्ल बुझेँ। प्रभु फर्कनुहुँदाका उहाँका वचनहरू बाइबलमा छैनन्, र परमेश्वरले बाइबलबाहिर वचनहरू बोल्न सक्नुहुन्छ।” उनको हृदय भित्रैदेखि छोयो र मानिसहरूले परमेश्वरलाई राम्ररी बुझ्दैनन् भनेर उनले भनिन्। उनले परमेश्वरका अझ धेरै वचनहरू पढ्न र उहाँलाई अझै बढी जान्न चाहन्थिन्।
टेरेसाले प्रभु फेरि फर्केर आउनुहुनेछ र बोल्नुहुनेछ भन्ने कुरालाई स्वीकारेकी देख्दा म रोमाञ्चित र परमेश्वरको मार्गदर्शनको लागि असाध्यै कृतज्ञ भएँ। त्यसकारण मैले उनलाई सोधेँ, “प्रभु फर्केर आउनुहुने र अझै धेरै बोल्नुहुने भएकोले, आफ्ना वाणीहरूका लागि उहाँले के माध्यम प्रयोग गर्नुहुनेछ जस्तो तपाईँलाई लाग्छ?” उनले भनिन्, “आत्माद्वारा।” मैले पनि त्यस्तै सोच्थेँ भनेर उनलाई भनेँ, तर मैले दाजुभाइ-दिदीबहिनीहरूसँग धर्मशास्त्र अनुसन्धान गरेँ र यसमा यसो भनिएको रहेछ भन्ने थाहा पाएँ: “किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५); “अनि नोआको दिनमा जस्तै, मानिसको पुत्रको दिनमा पनि हुनेछ” (लूका १७:२६); “तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)। मैले भनेँ, “यी सबै पदहरूले प्रभु ‘मानिसको पुत्र’ को रूपमा फर्कनुहुनेछ भनेर उल्लेख गर्छन्। मानिसको पुत्रको अर्थ उहाँ सामान्य मानिसबाट जन्मनुहुन्छ र उहाँमा सामान्य मानवता हुन्छ भन्ने हो। यदि उहाँ आत्मिक रूपमा हुनुभएको भए उहाँलाई त्यसो भनिनेथिएन। यहोवा परमेश्वर आत्मिक रूपमा हुनुहुन्थ्यो, त्यसकारण उहाँलाई मानिसको पुत्र भनिएन। त्यसको अर्थ आखिरी दिनहरूमा प्रभु देहमा फर्कनुहुनेछ। यदि उहाँ बादलमा सबै मानिसहरूले देख्ने गरी पुनरुत्थान भएको आत्मिक शरीरमा आउनुभयो भने, सबै जना डरले काम्दै उहाँको अघि लम्पसार पर्नेथिए र कसैले पनि उहाँलाई इन्कार गर्ने आँट गर्नेथिएन। त्यसो भए ‘सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ’ भन्ने प्रभुका वचनहरू कसरी पूरा हुनेथिए?” टेरेसाले कुनै कुराबारे गहिरिएर सोचिरहेकी छन् जस्तो लाग्थ्यो, त्यसकारण मैले उनलाई सोधेँ, “प्रभुले आखिरी दिनहरूमा देखा परेर काम गर्नुहुँदा, किन आत्मामा होइन तर देहमा आउने निर्णय गर्नहुनेथियो?” उनले आफ्नो शिर हल्लाइन्। मैले भनेँ, “मानिसहरूले आत्मिक रूपमा रहनुभएका परमेश्वरलाई देख्न वा छुन सक्दैनन्। यदि आत्मिक शरीर अचानक देखा पर्यो र बोल्यो भने, तपाईँलाई कस्तो लाग्नेथियो?” उनले भनिन्, “डर लाग्यो।” जवाफमा मैले भनेँ, “हो, मानिसहरू डराउनेथिए र अन्योलमा पर्नेथिए। के परमेश्वर हामीसँग बोलिरहनुभएको बेला सबै जना डराऊन् भन्ने उहाँ चाहनुहुन्छ? अवश्य नै चाहनुहुन्न। र भ्रष्ट मानवता अत्यन्तै कलङ्कित छ; हामी परमेश्वरको आत्मालाई देख्न योग्यका छैनौँ। परमेश्वरको आत्मालाई देख्यौँ भने हामी मर्नेथियौँ। त्यसैले हामी भ्रष्ट मानवको मुक्तिको लागि सत्यताहरू व्यक्त गर्न परमेश्वर आखिरी दिनहरूमा देह बनी आउनु यति महत्त्वपूर्ण थियो।” त्यसपछि मैले परमेश्वरका वचनहरूका थप केही खण्डहरू उनलाई पढेर सुनाएँ: “परमेश्वरले मानिसलाई मुक्ति दिने काम सिधै आत्माको माध्यमबाट र आत्माको पहिचानद्वारा गरिँदैन, किनकि उहाँको आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस उहाँको नजिक जान नै सक्छ। यदि उहाँले मानिसलाई आत्माका रूपमा सीधै मुक्ति दिन खोज्नुभएको भए, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ हुनेथियो। यदि परमेश्वरले सृजित मानिसको बाहिरी खोल धारण नगर्नुभएको भए, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादल नजिक कोही पनि जान सकेन, त्यसरी नै मानिस उहाँको नजिक आउने उपाय बिलकुलै छैन। केवल एक सृजित मानव बनेर, अर्थात्, उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको देहमा हालेर मात्र उहाँलाई पछ्याउनेहरू सबैमा उहाँले व्यक्तिगत रूपमा वचन हालिदिन सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचन सुन्न र देख्न सक्छ, र उहाँको वचन प्राप्त गर्न समेत सक्छ, र यस माध्यमबाट ऊ अन्ततः पूर्णतः मुक्ति पाउने अवस्थामा पुग्न सक्छ। परमेश्वर देह नबन्नुभएको भए, देह र रगतको कसैले पनि त्यस्तो ठूलो मुक्ति प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्वरका आत्माले मानवजातिमाझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजातिलाई नै ढालिनेथियो, वा, परमेश्वरको सम्पर्कमा आउने कुनै उपाय नभएर, तिनीहरूलाई शैतानले पूर्ण रूपमा कैदी बनाउनेथियो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “परमेश्वर देह बन्नुको फाइदा यही नै थियो: उहाँले मानवजातिको ज्ञानको फाइदा लिन सक्नुहुन्थ्यो अनि मानिसहरूसित बोल्न र आफ्ना चाहहरू व्यक्त गर्न मानव भाषाको प्रयोग गर्न सक्नुहुन्थ्यो। उहाँले मानिसले मानवीय भाषामा बुझ्न सङ्घर्ष गर्ने गहन, ईश्वरीय भाषा व्याख्या गर्नुभयो अथवा ‘अनुवाद गर्नुभयो’। यसले उहाँका अभिप्रायहरू बुझ्न र उहाँले के गर्न चाहनुहुन्छ भन्ने कुरा जान्न मानिसहरूलाई सहायता गर्यो। उहाँले मानव भाषा प्रयोग गरेर, अनि तिनीहरूले बुझ्ने तरिकाले पनि मानिसहरूसित मानव दृष्टिकोणमा बातचित गर्न सक्नुहुन्थ्यो। उहाँले मानव भाषा र ज्ञान प्रयोग गरेर बोल्न र काम गर्न पनि सक्नुहुन्थ्यो ताकि मानिसहरूले परमेश्वरको दया तथा पहुँचयोग्यतालाई महसुस गर्न सकून्, ताकि तिनीहरूले उहाँको हृदयलाई देख्न सकून्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३)। परमेश्वरका वचनहरू पढिसकेपछि मैले मेरो सङ्गतिलाई जारी राखेँ: “परमेश्वरले देहमा आउने र हाम्रो बीचमा वास्तविक जीवन जिउने निर्णय गर्नुभयो, त्यसो गर्दा उहाँ हाम्रो नजिक हुन र हामीलाई मुक्ति दिन सत्यता प्रदान गर्न सक्नुहुन्थ्यो। यो बुबाआमाले आफ्ना छोराछोरीसँग गर्ने व्यवहार जस्तै हो। के आफ्ना छोराछोरीले आफूलाई हरेक पटक देख्दा तिनीहरू डराऊन् भन्ने आमाबुबाको इच्छा हुन्छ र? अवश्य नै हुँदैन। आफ्नो आमाबाबुलाई देख्दा बच्चा डराओस्, लुकोस् भनेर ती बुबाआमा कहिल्यै चाहँदैनन्, त्यसोभए, परमेश्वरको हकमा के भन्ने? यदि परमेश्वर स्वर्गबाट मात्रै बोल्नुभयो भने, हामी डराउनेथियौँ र उहाँबाट पछि हट्नेथियौँ। हामी पछि हटेको, उहाँ कठोर हुनुभएकोले नजिक हुन सक्दैनौँ भनेर हामीले सोचेको परमेश्वर चाहनुहुन्न, त्यसकारण आखिरी दिनहरूमा प्रभुको पुनरागमन पहिला प्रभु येशूले देखा परेर काम गर्नुभएको जस्तै हुन्छ। उहाँ सर्वसाधारण, सामान्य मानिसको पुत्रको रूपमा देहमा आउनुभयो, आफ्ना चेलाहरूसँग खानपान गर्ने र बोल्ने गर्नुहुन्थ्यो, र सधैँ तिनीहरूका समस्या र अन्योलताहरूलाई समाधान गर्न मद्दत गर्नुहुन्थ्यो। साँचो जीवित परमेश्वर वास्तवमा नै मानिसको बीचमा जिउनुभएको देख्दा, हामीलाई परमेश्वरको झन् नजिक भएको महसुस गर्न मद्दत मिल्छ। हामी उहाँको नजिक जान, उहाँमा भर पर्न चाहन्छौँ। देहधारी परमेश्वरले कुनै दूरी कायम नगरी हामीसँग अन्तरक्रिया गर्नुहुन्छ, सत्यता व्यक्त गर्न, हामीलाई भरण-पोषण गर्नको लागि परमेश्वर हाम्रै भाषा प्रयोग गर्न सक्नुहुन्छ। हामीले उहाँको इच्छा राम्ररी बुझ्न सकून् भनेर उहाँ उदाहरणहरू र उपमाहरूको प्रयोग गर्न सक्नुहुन्छ, त्यसपछि सत्यता बुझ्न र त्यसमा प्रवेश गर्न हामीलाई सहज हुन्छ। हामीप्रतिको परमेश्वरको प्रेम अत्यन्तै व्यावहारिक, अत्यन्तै वास्तविक छ! देह बनेर, बोल्न र काम गर्न परमेश्वरले अत्यन्तै धेरै अपमान र कष्ट सहनुहुन्छ, ताकि हामीले सत्यता बुझून्, पापबाट छुटकारा पाऔँ र पूर्ण रूपमा मुक्ति पाऔँ। भ्रष्ट मानवको निम्ति उहाँले दिनुहुने मुक्ति यही हो।” यस अवस्थामा, टेरेसाले आँसु झारिन्। उनले भनिन्, “अब मैले बुझेँ। प्रभु आखिरी दिनहरूमा देहधारी रूपमा फर्केर आउँदै हुनुहुन्छ। म पनि परमेश्वर हाम्रो बीचमा देहमा नै आउनुभएको चाहन्छु। परमेश्वरले हाम्रो मुक्तिको लागि यति ठूलो मूल्य चुकाउनुभएको छ। हामी यसको योग्य छैनौँ …।” टेरेसा कसरी प्रभावित भएकी थिइन् त्यो देखेर मेरो मन छोयो, र मैले परमेश्वरले भन्नुभएको केही कुरा सम्झेँ: “के तँ परमेश्वरले हरेक युगमा व्यक्त गर्नुभएको स्वभावलाई ठोस रूपमा, र त्यस युगका लागि उपयुक्त अनि त्यस युगको महत्त्व बोक्ने भाषामा वर्णन गर्न सक्छस्? के परमेश्वरको आखिरी दिनहरूको काम अनुभव गर्ने तँ, परमेश्वरको धर्मी स्वभावलाई विस्तृत रूपमा वर्णन गर्न सक्छस्? के तँ स्पष्ट र सही रूपमा परमेश्वरको स्वभावको गवाही दिन सक्छस्? धार्मिकताका निम्ति भोकाउने र तिर्खाउने अनि गोठालो गरिनका लागि तेरो प्रतीक्षा गरिरहेका ती दयनीय, दरिद्र, र भक्त धार्मिक विश्वासीहरूलाई तैँले कसरी आफूले देखेका र अनुभव गरेका कुराहरूबारे बताउनेछस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले तेरो भविष्यको मिसनलाई कसरी सम्हाल्नुपर्छ?)। “परमेश्वरको कामको गवाही दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नैपर्छ। यसरी मात्र तँ उहाँका अभिप्रायहरू पूरा गर्न सक्छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ)। त्यसअघि मैले सुसमाचार प्रचार गर्दा मानिसहरूसँग प्रायजसो सिद्धान्तहरू मात्र बाँडिरहेकी थिएँ र मसँग परमेश्वरबारे साँचो बुझाइ छ कि छैन, मैले आफ्नै वास्तविक र व्यक्तिगत अनुभवहरूबाट गवाही बाँड्न सक्छु कि सक्दिनँ भनेर कहिल्यै विचार गरेकी थिइनँ। यो अनुभवले मलाई के देखायो भने, सुसमाचार बाँड्नु भनेको अरू मानिसहरूसँग कुराकानी गर्नु मात्रै होइन, तर यो त मेरो लागि परमेश्वरलाई अझै राम्ररी चिन्ने मौका पनि हो। मैले टेरेसासँगको मेरो सङ्गतिबाट पनि परमेश्वरको प्रेम अनुभव गर्न सकेँ। यदि उहाँ काम गर्न र बोल्न देहमा नआउनुभएको भए, हामीले कुनै पनि हालतमा सत्यता बुझ्न वा हाम्रो भ्रष्ट स्वभावहरूलाई शुद्ध पार्न सक्दैनथियौँ। हामी विपत्तिमा नष्ट हुनैथियौँ। मैले यसबारे जति विचार गरेँ, हामीप्रतिको परमेश्वरको प्रेम कति महान् र वास्तविक छ भनेर त्यति नै बढी महसुस गरेँ।
हाम्रो सङ्गतिपछि टेरेसाले भनिन्, “आजको सङ्गति मेरो लागि एकदमै नयाँ हो। मैले यसबाट साँच्चै धेरै कुरा प्राप्त गरेको छु।” उनले यसो भनेको सुन्दा म अत्यन्तै उत्साहित भएँ, र मैले उनलाई भनेँ, “प्रभु येशू पहिले नै देहधारी सर्वशक्तिमान् परमेश्वरको रूपमा आइसक्नुभएको छ। सर्वशक्तिमान् परमेश्वरले नयाँ वचनहरू व्यक्त गर्नुभएको छ र मानिसजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन आखिरी दिनहरूको न्यायको काम गरिरहनुभएको छ। यसले बाइबलका अगमवाणीहरूलाई पूरा गर्छ, जसमा यो कुरा समावेश छ ‘किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ’ (१ पत्रुस ४:१७), र ‘पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ’ (यूहन्ना ५:२२)।” प्रभु पहिले नै फर्किसक्नुभएको छ भन्ने सुन्दा टेरेसा अत्यन्तै उत्साहित भइन्, तर उनी अन्योलमा पनि थिइन्। उनले मलाई सोधिन्, “प्रभु येशूले क्रूसीकरण हुँदा नै हाम्रो पाप क्षमा गरिसक्नुभयो। किन प्रभुले फर्कनु र आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिन न्यायको काम गर्नु आवश्यक छ?” मैले उनको प्रश्नको उत्तरमा सर्वशक्तिमान् परमेश्वरका वचनहरूका दुईवटा खण्ड उनलाई पढेर सुनाएँ: “तँ येशू आखिरी दिनहरूमा ओर्लनुहुनेछ भन्ने मात्रै जान्दछस्, तर उहाँ ठ्याक्कै कसरी अवरोहण गर्नुहुनेछ? भर्खरै छुटकारा पाएको, र परिवर्तन वा परमेश्वरको सिद्धीकरणबाट नगुज्रेको तँजस्तो पापी—के तँ परमेश्वरका अभिप्रायहरूअनुरूपको हुन सक्छस्? अझै आफ्नो पुरानो सत्त्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिका कारण तँ पापको होइनस् भन्ने साँचो हो, तर यसले तँ पापरहित वा अशुद्धतारहित छस् भन्ने कुरा प्रमाणित गर्दैन। यदि तँ परिवर्तनबाट गुज्रेको छैनस् भने, तँ कसरी पवित्र पारिन सक्छस्? भित्री रूपमा, तँ अशुद्धताहरूले भरिएको छस्, र तँ स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—सपना देखिराख्! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदम छुटाएको छस्; तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तनबाट गुज्रेको छैनस्। तँ परमेश्वरका अभिप्रायहरूअनुरूपको हुनका लागि, परमेश्वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुन्छ र तँलाई पवित्र पारिने कुनै सम्भावना हुँदैन। त्यस अवस्थामा, तँ परमेश्वरको साथमा अद्भुत आशिष्हरूको आनन्द उठाउन अयोग्य छस्, किनभने तँ मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको काममा एक कदम पछि परेको छस्, जुन मानिसलाई परिवर्तन गर्ने र सिद्ध पार्ने महत्त्वपूर्ण चरण हो। यसर्थ, भर्खरै छुटकारा दिइएको पापी, तँ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्बन्धमा)। “येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको स्वभाव पूर्ण रूपमा हटाउने अझ ठूलो काम गर्नु पनि आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, मार्ग र जीवन प्राप्त गर्नेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्वरका वचनहरू पढेपछि, मैले भनेँ, “प्रभु येशूले हामीलाई छुटकारा दिनुभएकै हो। यो छुटकाराले के हासिल गर्यो? हामीलाई हाम्रो पापबाट छुटकारा दिइयो ताकि उप्रान्त व्यवस्था उल्लङ्घन गरेको कारण हामीलाई दण्ड नदिइयोस्। प्रभु येशूको छुटकाराको कामले यही कुरा हासिल गर्यो। प्रभुमाथिको हाम्रो विश्वासद्वारा हाम्रा पापहरू क्षमा गरिएको छ, तर हामी अझै पनि सधैँ झूट नबोली र पाप नगरी सक्दैनौँ। हामी दिउँसो पाप गरेर राती स्वीकार गर्ने दुष्चक्रमा जिउँछौँ, पापको बन्धनबाट कहिल्यै पनि उम्कन सक्दैनौँ। यस्तो किन हुन्छ? किनभने हामी हाम्रो पापी प्रकृतिबाट मुक्त भएका छैनौँ। यो पापी प्रकृति हामीभित्र गडिएको घातक ट्युमरजस्तै हो। यसलाई हटाइएन भने, हामीलाई हजारौँपटक, लाखौँपटक क्षमा दिइन सक्छ, तर हामी पापबाट कहिल्यै पनि मुक्त हुन वा स्वर्गको राज्यको योग्य हुन सक्नेछैनौँ। यही कारण प्रभुले फर्केर आउनु, सत्यताहरू व्यक्त गर्नु र न्यायको काम गर्नु आवश्यक भएको हो। त्यो न्यायको काम हाम्रो पापी प्रकृतिलाई समाधान गर्नको लागि हो, ताकि हामी पापको बन्धनबाट पूर्ण रूपमा मुक्त हुन र शुद्ध हुन अनि हामीले पूर्ण रूपमा मुक्ति पाउन सकौँ।”
यो कुरा सुनेर टेरेसा अत्यन्तै खुसी भइन् अनि हतपत भनिन्, “के मलाई न्यायको काम बारे बताउन सक्नुहुन्छ? परमेश्वरले कसरी हामीलाई पापबाट मुक्ति दिन यो न्यायको काम गर्नुहुन्छ?” मैले उनलाई परमेश्वरका वचनहरूको एउटा खण्ड पढेर सुनाएँ: “आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। यो पढेपछि, मैले भनेँ, “आखिरी दिनहरूमा, परमेश्वरले उहाँको विरोध गर्ने मानिसजातिको शैतानी प्रकृति खुलासा गर्ने वचनहरूद्वारा न्यायको काम गर्नुहुन्छ। यसले हाम्रो सबै शैतानी स्वभाव र परमेश्वरको विरोध गर्ने अभिव्यक्तिहरूलाई प्रकट गर्छ, त्यसकारण हामी शैतानले हामीलाई कति गहिरोसित भ्रष्ट पारेको छ भन्ने सत्यताबारे सिक्छौँ र साथै परमेश्वरको पवित्र, धर्मी स्वभावलाई पनि देख्छौँ। परमेश्वरका वचनहरूको न्याय, सजाय, काटछाँट र निराकरणद्वारा, अहङ्कारी र छली बन्नेजस्ता हामीले प्रकट गर्ने सबै शैतानी स्वभावहरूलाई देख्छौँ। सायद हामीले परमेश्वरका लागि त्यागहरू गर्न सक्छौँ, तर जब हामीलाई मन नपर्ने कुनै कुरा हुन्छ, जस्तै बिरामी पर्नु वा विपत्तिको सामना गर्नु, तब हामी परमेश्वरलाई गलत ठान्छौँ र दोष दिन्छौँ। त्यसपछि मात्र हामीले आफूसँग परमेश्वरविरोधी प्रकृति रहेछ र हामीले परमेश्वरका लागि त्यागहरू गरे पनि, यो केवल आशिष् र इनामहरू प्राप्त गर्न, अनि स्वर्गको राज्यमा प्रवेश गर्नको लागि हो भनेर बुझ्छौँ। हामीले परमेश्वरसँग लेनदेन गरिरहेका छौँ। हामीसँग परमेश्वरप्रति साँचो भक्ति र समर्पण छैन, साँचो प्रेम हुने कुरा त परै जाओस्। परमेश्वरका वचनहरूको न्याय र सजाय अनि हामीमाथि आइपर्ने परिस्थितिहरूले प्रकट गर्ने कुराद्वारा, हामी आफ्नो भ्रष्टताको सत्यता देख्छौँ र यसलाई घृणा गर्छौँ। हामीले कुनै उल्लङ्घन नसहने परमेश्वरको पवित्र, धर्मी स्वभाव पनि अनुभव गर्छौँ, अनि हामीसित परमेश्वरको भय मान्ने र परमेश्वरको आज्ञापालन गर्ने हृदय हुन्छ। हामीलाई शैतानले कति गहिरोसित भ्रष्ट पारेको छ, त्यो हामीले देख्न सक्ने एउटै मात्र तरिका यही हो। परमेश्वरका आखिरी दिनहरूको न्याय र सजायविना, हामीले आफ्नो भ्रष्टताको सत्यतालाई कहिल्यै पनि देख्न सक्नेथिएनौँ वा हामी यसबाट मुक्त हुन सक्नेथिएनौँ। विशेष गरी हामीसँग कहिल्यै पनि परमेश्वरप्रति प्रेम वा आज्ञापालन हुनेथिएन। यो कुनै व्यक्ति बिरामी परेको जस्तै हो, यदि उसलाई आफूलाई रोग लागेको छ भन्ने थाहा छैन भने, ऊ उपचार गर्न जाँदैन, वा के उपचार चाहिन्छ उसलाई थाहा हुँदैन, त्यसकारण ऊ निको हुँदैन। तर यदि ऊ डाक्टरकहाँ गयो भने, डाक्टरले समस्या के हो, त्यसको कारण के हो र त्यसको उपचार कसरी गर्ने सो बताउन सक्छ, र यदि उसले डाक्टरको सल्लाह मान्यो भने, ऊ निको हुनेछ। त्यसकारण हाम्रा पापी प्रकृति र शैतानी स्वभावहरूलाई समाधान गर्न परमेश्वरले आखिरी दिनहरूमा आफ्ना वचनहरूद्वारा मानिसजातिलाई न्याय गर्नुहुन्छ। हामीले पापबाट मुक्त हुन, हाम्रो भ्रष्ट, शैतानी स्वभावबाट पार पाउन, परमेश्वरद्वारा मुक्ति पाउन र स्वर्गको राज्यमा प्रवेश गर्न हामीले उहाँका वचनहरूको दण्ड र सजाय स्वीकार गर्नुपर्छ।” त्यस विन्दुमा, टेरेसाले भनिन्, “अब मैले बुझेँ। न्यायको काम भनेको परमेश्वरले हामीलाई शुद्ध गर्नु र मुक्ति दिनु हो। म पाप गर्दै स्वीकार गर्ने यो जीवनबाट उम्कन चाहन्छु, त्यसकारण मैले परमेश्वरको न्याय र शुद्धीकरणलाई स्वीकार गर्नु आवश्यक छ।” त्यसपछि हामीले सुसमाचारका केही चलचित्र सँगै हेऱ्यौँ त्यसपछि सर्वशक्तिमान् परमेश्वरका धेरै वचनहरू पढ्यौँ। टेरेसाले मलाई उत्सुक हुँदै भनिन्, “यी वचनहरूमा यस्तो अख्तियार र शक्ति छन्। ती चकित पार्ने किसिमका छन्। यो परमेश्वरको आवाज हो! सर्वशक्तिमान् परमेश्वर साँच्चै नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ। उहाँ हामीलाई शुद्ध पार्न र मुक्ति दिन आउनुहुने प्रभु हुनुहुन्छ!” त्यसपछि उनले मलाई आतुरीका साथ सोधिन्, “मैले कसरी सर्वशक्तिमान् परमेश्वरका वचनहरूको प्रतिलिपि प्राप्त गर्न सक्छु? मैले कसरी अरू विश्वासीहरूसँग व्यक्तिगत रूपमा सङ्गति गर्न सक्छु?” मैले उनलाई स्थानीय मण्डली सदस्यहरूसँग परिचय गराउन सक्छु भनी भनेँ र उनलाई वचन देहमा देखा पर्नुहुन्छ-को अनलाइन संस्करण पठाएँ। उनी अत्यन्तै उत्साहित भइन्—उनले ठूला-ठूला आँखा बनाएर हेरिन्, र यो पुस्तक प्राप्त गर्न र सर्वशक्तिमान् परमेश्वरका वचनहरू जति सक्दो चाँडो पढ्न चाहन्छु भनिन्। प्रभुलाई स्वागत गर्न उनी कति उत्साहित छिन् भन्ने देखेर, म परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शनप्रति साँच्चै कृतज्ञ भएँ, जसको कारण टेरेसा परमेश्वरको आवाज सुन्न र उहाँको घरमा आउन सकिन्।
दुई-तीन दिनपछि, उनले मलाई आफ्नो नजिकको साथीलाई आफूले प्रभु फर्केर आइसक्नुभएको छ भन्ने समाचार सुनाइन्, जसले उनलाई यसमा विश्वास नगर्न चेतावनी दिइन् भनेर भनिन्। उनका पाष्टरले पनि उनलाई कल गर्दै आइरहेको र यदि उनले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरिरहिन् भने उनलाई मण्डलीबाट निकालिनेछ भनेर धम्की दिँदै आइरहेका थिए। उनले भनिन्, “सर्वशक्तिमान् परमेश्वर नै आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरामा म निश्चित छु किनभने उहाँका वचनहरू सत्यता हुन् र ख्रीष्टले मात्रै सत्यता व्यक्त गर्न सक्नुहुन्छ। उहाँ फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ। म मेरो साथीको प्रभावमा पर्नेछैन र पाष्टरले मलाई रोक्न सक्दैन।” उनले यो पनि भनिन्, “मैले वर्षौँदेखि साँचो मण्डलीको खोजी गर्दै आइरहेकी थिएँ, तर म सधैँ निराश हुनु परेको छ। तिनीहरूमध्ये कुनै पनि भरणपोषण गर्ने छैनन्, र धेरैभन्दा धेरै सदस्यहरूले सांसारिक प्रचलनहरू पछ्याइरहेका छन्। म विवश थिएँ। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ छु। मैले परमेश्वरको आवाज सुन्छु र प्रभुलाई स्वागत गर्छु भनेर सपनामा पनि सोचेकी थिइनँ। मैले बल्ल परमेश्वरको मण्डली भेट्टाएँ।” उनी साँच्चै नै भावुक बनेकी थिइन् र मैले उनको आँखामा आँसु देख्न सकेँ—उनी आशाले भरिएकी थिइन्। यसले मेरो हृदय साह्रै छोयो। जब परमेश्वरको भेडाले उहाँको आवाज सुन्छ, उसले उहाँलाई पछ्याउँछ र शैतानले जतिसुकै हस्तक्षेप गरे पनि आफ्नो विश्वास कायम राख्छ। तर जब मैले बाधाको सामना गरेँ तब म कसरी निरूत्साहित भएर लत्तो छाड्न चाहेकी थिएँ, र उनलाई बेवास्ता गर्न तयार भएकी थिएँ, त्यसरी उनलाई परमेश्वरका आखिरी दिनहरूको कार्यबारे गवाही दिन छोड्न लागेकी थिएँ भन्ने कुरा सम्झेर, म पछुतो र ग्लानिले भरिएँ। मैले कसरी परमेश्वरले मात्रै हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ र हाम्रो वास्ता गर्नुहुन्छ भन्ने पनि देखेँ, किनभने जब मैले लत्तो छोड्नै लागेको बेला, परमेश्वरका वचनहरूले मलाई समयमा नै अन्तर्दृष्टि र मार्गदर्शन दिए, त्यसैले मैले मेरो विद्रोहीपनलाई देख्न र मानिसलाई मुक्ति दिने परमेश्वरको इच्छाको अत्यावश्यकतालाई बुझ्न सकेँ। त्यसपछि मैले अलि-अलि गर्दै बदलिन र आफ्नो कर्तव्य पूरा गर्न सकेँ।
सुसमाचार बाँड्नु भनेको परमेश्वरको गवाही दिन, प्रभुको आगमनको लामो समयदेखि तृष्णा गर्ने मानिसहरूलाई परमेश्वरसामु ल्याउन उहाँका कार्य र वचनबारे आफूले प्राप्त गरेको अनुभव र बुझाइलाई प्रयोग गर्नु हो भन्ने यो मेरो लागि गहन अनुभव पनि थियो। योभन्दा बढी अर्थपूर्ण अरू केही छैन। मैले परमेश्वरले कसरी धेरैभन्दा धेरै साँचो विश्वासीहरू उहाँकहाँ आएर उहाँको मुक्ति ग्रहण गरून् भन्ने उहाँको आतुर इच्छा र आशालाई पनि महसुस गरेँ। हरेक सम्प्रदायका निकै धेरै मानिसहरू वेदनामा छटपटिँदै अन्धकारमा जिइरहेका छन्, परमेश्वर देखा पर्नुहुन्छ भन्ने तृष्णा गरिरहेका छन्। परमेश्वर अफसोसले भरिनुभएको छ र तिनीहरूको निम्ति चिन्तित हुनुहुन्छ। त्यसकारण मैले सुसमाचार बाँड्नु मेरो जिम्मेवारी हो भन्ने कुरालाई अझै बढी अनुभूत गरेँ। मैले परमेश्वरसँग के शपथ खाएँ भने, जस्तोसुकै बाधाहरूको सामना गर्नुपरे पनि, म उहाँमा भरोसा गर्नेछु र सुसमाचार बाँड्ने आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नेछु। म परमेश्वर सम्बन्धी मेरो साँचो बुझाइको आधारमा गवाही बाँड्नेछु र उहाँको भेडालाई उहाँसामु ल्याउनेछु ताकि तिनीहरूले आखिरी दिनहरूमा उहाँको मुक्ति एकदमै चाँडो प्राप्त गर्न सकून्।
यसै वर्ष, अप्रिलको एक साँझ, एक अगुवाले अचानक मलाई पचास वर्षभन्दा बढी विश्वास गरेका एक वृद्ध पाष्टरले परमेश्वरको आखिरी दिनहरूको कामबारे...
मण्डली अगुवाको रूपमा सेवा गर्न सुरु गर्दा, हाम्रो मण्डलीको कामको जिम्मेवार व्यक्ति चेन थिइन्। हामी लगभग उस्तै उमेरका थियौं र राम्ररी...
लु मिङ्ग, चीन२०२३ मे महिनाको एक दिन, झाओ फेई सिस्टरले मलाई प्रभुमा विश्वास गर्ने एक विश्वासीलाई परमेश्वरको आखिरी दिनहरूको सुसमाचार सुनाउन...
डिङ नियान, चीनअक्टोबर २०१६ मा, म प्रचारकको कर्तव्य निर्वाह गरिरहेकी थिएँ। त्यतिबेला, ख्रीष्टविरोधीहरूले ल्याएका बाधा र तोडफोडका कारण, म...