कर्तव्यमा सत्यता चाहिन्छ

15 मार्च 2022

मे २०२१मा, मैले नेतृत्वको भूमिका लिएँ, जसमा निकै वटा मण्डलीहरूका कामको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। मैले निकै मूल्य चुकाउनुपर्छ र आफ्नो कर्तव्य राम्ररी गर्नुपर्छ नत्र परमेश्‍वरले अनुमोदन गर्नुहुनेछैन भनेर सोचेँ। त्यसैले, म हरेक दिन मण्डलीको काममा व्यस्त रहेँ, मण्डलीहरूका अगुवाहरूसित सङ्गति गर्दै धेरै समय र ऊर्जाशक्ति खर्चें, उनीहरूको सुसमाचार कार्यलाई कसरी अघि बढाउने र नयाँ प्रवेशीहरूलाई कसरी मलजल गर्ने भनेर छलफल गरेँ अनि फुर्सदको समयमा नयाँ विश्‍वासीहरूको हालखबर बुझ्न जान्थेँ। यी सब कुरामा मैले धेरै प्रयास गरेँ। हरेक दिन म यति व्यस्त थिएँ कि कोही बेला चिया पिउने फुर्सद हुँदैनथ्यो र यति हदसम्म कि भक्तिसमेत गर्न सक्दिनथिएँ। मैले सोचेँ, परिणाम हासिल गर्न आफ्नो कर्तव्यमा प्रयास गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ, त्यसपछि, मैले परमेश्‍वरका अनुमोदन र आशिष् अनि राम्रो गन्तव्य प्राप्त गर्नेछु।

मैले आफ्नो कर्तव्यको लागि, देहसुखलाई त्यागेँ र आफ्नो सबै कुरा कर्तव्यमा लगाएँ, दिउँसोको खाना खाने समयलाई समेत नयाँ विश्‍वासीहरूसँग सम्पर्क गर्नमा वा भेलाहरूको योजना बनाउनमा लगाएँ, आफू कति थकित छु भनेर कहिल्यै वास्ता गरिनँ। पछि, मण्डलीले एउटा सुसमाचार टोली गठन गर्न गइरहेको थियो, त्यसैले, तुरुन्तै मैले राम्रा व्यक्तिहरू खोजेँ र कसलाई तालिम दिने भनेर निर्धारण गरेँ। नयाँ प्रवेशीहरूसित जोसको कमी देख्दा, उनीहरूसित कुरा गर्न तुरुन्तै परमेश्‍वरका वचनहरू खोज्थेँ ताकि उनीहरूले आफ्नो कर्तव्यको अर्थ बुझून्। केही समयको कडा परिश्रमपछि, हामीले एउटा सुसमाचार टोली गठन गऱ्यौँ। तर म सन्तुष्ट थिइनँ। मलाई लाग्यो, मैले अझ धेरै मूल्य चुकाउनु छ, अझ धेरै वास्तविक काम गर्नु छ, र नयाँ सदस्यहरू पाउन ब्रदर-सिस्टरहरूलाई अझ धेरै नेतृत्व गर्नु छ, यसरी मैले अझ धेरै योगदान दिनेछु र परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ र मैले असल गन्तव्य प्राप्त गर्नेछु। तर, आफ्नो कर्तव्यमा समस्याहरू आइपर्दा, मलाई नकारात्मक र कमजोर महसुस हुन्थ्यो। उदाहरणको लागि, मण्डली अगुवाहरू आफ्ना काममा अलमल्ल परेको वा नयाँ प्रवेशीहरू आफ्ना कर्तव्यमा जोसिलो नभएको देख्दा, वा कामकुरा धेरै राम्रोसित प्रबन्ध नगरिएको हुँदा, म त्यस कर्तव्यमा दक्ष छैनँ जस्तो मलाई लाग्थ्यो। यदि मैले कुनै कुरा हासिल गरिनँ भने, कसरी मैले राम्रो गन्तव्य पाउनेथिएँ र? त्यो सोचाइले मलाई सधैँ निकै तनावमा पार्थ्यो र म थकित, निराश र निकै चिन्तित हुन्थेँ। मलाई आफ्नो समस्याबारे थाहा थिएन, अनि आफू नराम्रो अवस्थामा हुँदा मात्र मैले परमेश्‍वरका वचन पढ्थेँ। धेरैजसो समय म आफ्नो कर्तव्यमा व्यस्त रहन्थेँ। मलाई लाग्थ्यो, परमेश्‍वरका वचन खाँदा र पिउँदा अनि त्यसमा मनन गर्दा धेरै समय जान्छ र मैले आफ्नो कर्तव्यको लागि यथेष्ट समय पाउँदिनँ, त्यसैले, म वचन पढ्ने कार्यलाई थाँती राख्थेँ। कहिलेकाहीँ, म साँझसम्म खटिन्थेँ, तर त्यसपछि दिनभरिको कामले लखतरान हुन्थेँ र झपझप निद्रा लाग्थ्यो। त्यसैले म परमेश्‍वरका वचन पढ्दिनथिएँ। मैले आफ्नो जीवन प्रवेशको लागि काम गरिरहेकी थिइनँ तर केवल सतही प्रयास गरेँ, अनि त्यो अवस्थामा आफ्नो कर्तव्य गर्दा मलाई थकित महसुस हुन्थ्यो। एक दिन मैले त्यसरी आफ्नो कर्तव्य गर्नु परमेश्‍वरको इच्छाअनुरूप हो त, त्यसलाई उहाँले अनुमोदन गर्नुहुन्छ त भनेर सोचेँ। केही त गलत छ भन्ने मलाई लाग्यो, र मेरो मनोवृत्तिमा समस्या छ भनेर मैले बुझेँ। म काममा मात्र व्यस्त भइरहेकी थिएँ र आफ्नो जीवन प्रवेशलाई बेवास्ता गरिरहेकी थिएँ। परमेश्‍वरले मलाई आफ्नो कर्तव्य कसरी गरोस् भन्ने चाहनुहुन्छ, त्यसबारे मैले कहिल्यै सोचिनँ। म परमेश्‍वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्‍वर, म आफ्नो कर्तव्यमा असफल हुनेछु र तपाईंले अनुमोदन गर्नुहुनेछैन, अनि मेरो भविष्य प्रभावित हुनेछ भनेर डराएको छु। हे परमेश्‍वर, यदि म गलत मार्गमा छु भने, कृपया मलाई अन्तर्दृष्टि दिनुहोस् र मैले कहाँ गलत गर्दैछु सो देखाइदिनुहोस्। हे परमेश्‍वर, म तपाईं सन्तुष्ट हुनुभएको चाहन्छु, तर के गर्ने हो मलाई थाहा छैन। मलाई तपाईंको मार्गदर्शन चाहिन्छ।”

एक दिन एक जना सिस्टरले मसँग समस्या आइपर्दा कसरी सत्यता खोजी गर्ने भनेर थाहा नभएको र कर्तव्य कसरी गर्ने भनेर आफू पक्का नभएको कुरा बताइन्। उनले आफ्नै अवस्थालाई बुझेकी थिइनन्, त्यसैले, त्यस स्थितिलाई कसरी सम्हाल्ने र भ्रष्टता देखाउँदा के गर्ने भनेर मैले भनूँ भन्ने उनी चाहन्थिन्। मैले उनलाई भनेँ, हामीले आफ्नो अवस्थालाई बुझ्न आफ्नो सोचाइबारे चिन्तन गर्नुपर्छ, अनि आफ्नो सोच, दृष्टिकोण, लक्ष्य र व्यवहार परमेश्‍वरको इच्छाअनुसार छ कि छैन भनेर हेर्नुपर्छ। त्यसपछि, मैले आत्मसमीक्षा गरी आफूलाई चिन्नका लागि कसरी आफ्नो सोचाइबारे बुझाइ प्राप्त गरेँ भनेर सोधिन्। म अलमल्ल परेँ। उनको प्रश्नले मलाई थप्पड हानेको जस्तो महसुस भयो। मैले त्यो अभ्यास गरेकी थिइनँ, त्यसैले मैले उनलाई कसरी मदत गर्न सक्थेँ र? मैले थुप्रै काम गरेँ, तर आफ्नो कर्तव्यमा सत्यता खोजी गरिरहेकी थिइनँ। मलाई धेरै समस्या आइपरे र मैले निकै भ्रष्टता प्रकट गरेँ, जस्तै, नयाँ विश्‍वासीहरूलाई सहयोग गर्ने प्रयास गर्दा मसँग धैर्य र प्रेमको कमी भयो, अनि अगुवाहरूको कामको जाँच गर्दा उनीहरूका कार्य प्रस्तुतिको आलोचना गरेँ। आफूले चाहेको जस्तो कुनै कुरा भएको छैन भन्ने मलाई लाग्यो, तर मैले आत्मसमीक्षा गरिनँ, वा आफूबारे सिकिनँ। मैले केवल आफ्नो कर्तव्य गर्नुपर्छ र अझ धेरै काम गरेँ भने परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ र त्यो पर्याप्त हो भन्ने सोचेँ। त्यसैले, मैले जीवन प्रवेशलाई पूर्ण रूपले पन्छाएँ र परमेश्‍वरका वचनको लागि पनि समय दिइनँ। मलाई लाग्यो, परमेश्‍वरका वचन खानु र पिउनु भनेको आफ्नो कर्तव्यमा बिताउन सकिने समय खेर फाल्नु हो। म सधैँ सतही रूपमा व्यस्त थिएँ तर परमेश्‍वरको लागि इमानदार भई समर्पित भइरहेकी थिइनँ। मैले कामकुरा सिध्याउनका लागि मात्र काम गरिरहेकी थिएँ। मैले आफू नराम्रो अवस्थामा हुँदा आत्मसमीक्षा गरिनँ वा सत्यता खोजिनँ। मैले आफ्नो जीवन प्रवेशलाई बेवास्ता गरिरहेकी थिएँ र परमेश्‍वरसँग उचित सम्बन्ध राखिनँ। मैले आफ्नो कर्तव्य आफ्नै तरिकामा, आफूले चाहेको तरिकामा गरिरहेकी थिएँ। त्यस मोडमा, मलाई आफ्नो स्थितिबारे चिन्ता लाग्यो। परमेश्‍वरले मलाई कसरी हेर्नुहुन्छ, र उहाँले मेरो कामलाई अनुमोदन गर्नुहुन्छ त भनेर सोचेँ।

आफ्नो समस्या बुझेपछि, मैले ती सिस्टरलाई भनेँ, “मसित पनि त्यही समस्या छ। म आफूलाई केवल काममा व्यस्त राख्छु, तर आफ्नो अवस्थालाई बुझ्दिनँ। धेरै पटक मैले आफूलाई सही अवस्थामा नरहेकी पाउँछु, तर म त्यसलाई केवल बेवास्ता गर्छु। म आत्मसमीक्षा गर्दिनँ वा मसँग जीवन प्रवेश छैन।” त्यसपछि, हामीले परमेश्‍वरका वचनको एउटा खण्ड सँगै पढ्यौँ। “यदि तेरो हृदय साँचो रूपमा परमेश्‍वरको सामु शान्तिपूर्ण अवस्थामा रह्यो भने तैँले अवश्य पनि सचेत सहकार्यको काम गर्नु पर्दछ। अर्थात्, तिमीहरू सबैसँग भक्तिको समय हुनु पर्दछ, तिमीहरूले मानिसहरू, घटनाहरू र काम-कुराहरू पन्छ्याउने समय हुनुपर्छ; आफ्नो हृदयलाई एकचित्त गर्ने र परमेश्‍वरसामु आफूलाई शान्त पार्नुपर्छ। प्रत्येक व्यक्तिले गहन वा सतही जुनसुकै तवरले भए तापनि व्यक्तिगत भक्तिभाव, परमेश्‍वरको वचन र तिनीहरूको आत्मा कसरी उत्प्रेरित हुन्छ त्यस बारेमा व्यक्तिगत नोट राख्नुपर्छ; हरेकले आफ्नो हृदय परमेश्‍वरको सामु सचेत रूपमा शान्त राख्नुपर्छ। यदि तैँले आत्मिक जीवनका लागि दैनिक एक-दुई घण्टाको समय समर्पण गर्न सकिस् भने तैँले हरेक दिन आफ्नो जीवन समृद्ध भएको महसुस गर्नेछस् र तेरो हृदय उज्ज्वल र सफा हुनेछ। यदि तैँले प्रत्येक दिन यस प्रकारको आत्मिक जीवन व्यतीत गरिस् भने, तेरो हृदय अझै बढी परमेश्‍वरकहाँ फर्कन सक्‍नेछ, तेरो आत्मा झन्-झन् बलियो हुनेछ, तेरो अवस्थामा निरन्तर सुधार हुँदै जानेछ, तँ अझै बढी पवित्र आत्माले डोर्‍याउनुभएको मार्गमा हिँडिरहन सक्‍नेछस् र परमेश्‍वरले तँलाई अझ धेरै आशिष् प्रदान गर्नुहुनेछ। तिमीहरूको आत्मिक जीवनको उद्देश्य सचेत रूपमा पवित्र आत्माको उपस्थिति हासिल गर्नु हो। यो नियमको पालन वा धार्मिक अनुष्ठान पूरा गर्नु होइन, तर साँचो रूपमा परमेश्‍वरसँग काम गर्नु हो, साँचो रूपमा आफ्नो शरीरलाई अनुशासनमा राख्नु हो—मानिसले गर्नुपर्ने कुरा यही हो, यसकारण तिमीहरूले यो कार्य पूर्ण प्रयत्नका साथ गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एक सामान्य आत्मिक जीवनले मानिसहरूलाई सही मार्गतर्फ डोर्‍याउँछ)। यसले मलाई आफू जति नै व्यस्त भए पनि उचित आत्मिक जीवन र परमेश्‍वरका वचनको लागि समय चाहिन्छ, अनि मेरो विचार र कार्य परमेश्‍वरको इच्छाअनुरूप छन् कि छैनन् भनेर चिन्तन गर्नु आवश्यक छ भनेर बुझ्न मदत गऱ्यो। तर, मैले परमेश्‍वरका वचन पढ्न वा त्यसमा मनन गर्न ध्यान केन्द्रित गरिरहेकी थिइनँ। मलाई आफ्नो भक्ति भनेको कामको लागि प्रयोग गर्न सकिने समय खेर फाल्नु हो भन्ने समेत लाग्यो। मैले आफ्नो कर्तव्यमा सत्यता खोजिरहेकी थिइनँ वा परमेश्‍वरले माग गर्नुभएको कुरा गरिरहेकी छु कि छैनँ भनेर चिन्तन गरिरहेकी थिइनँ। समस्याहरू आइपर्दा, मैले सत्यता खोजिनँ, केवल काममा ध्यान केन्द्रित गरेँ, आफ्नै बुद्धि र अनुभवले कामकुरा गर्ने प्रयास गरेँ। कहिलेकाहीँ, म पहिले नै नराम्रो स्थितिमा हुँदा, र आत्माको काम अनुभव गर्न नसक्दा पनि, अघि बढिरहन बलजफती गर्थेँ। म निकै व्यस्त देखिन्थेँ, तर मेरो हृदय खोक्रो र अँध्यारो थियो अनि मैले केही पनि सिकिरहेकी थिइनँ। परमेश्‍वरका वचन पढेपछि, उहाँका वचन खानु र पिउनु, भक्ति गर्नु र आत्मसमीक्षा गर्नु कत्ति महत्त्वपूर्ण रहेछ भनेर बुझ्न सकेँ। यदि हामी परमेश्‍वरका वचन पढ्दैनौँ भने, ती वचनद्वारा आफ्ना सोचाइ र व्यवहारलाई विश्लेषण गर्न सक्नेछैनौँ, अनि कस्ता प्रकारको भ्रष्टता देखाउँछौँ भनेर हामीलाई थाहा हुनेछैन। त्यसपछि, हाम्रा भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुनेछैनन् र कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनौँ। यी सबै कुरा महसुस भएपछि मेरो अलिकति होस खुल्यो। म कुन अवस्थामा रहेछु भनेर बुझेपछि मलाई डर लाग्यो र म त्यस्तो भइरहन चाहिनँ, तर आफ्नो कर्तव्य गर्दा आत्मिक जीवनमा ध्यान केन्द्रित गर्न, परमेश्‍वरका वचन अभ्यास गर्न र त्यसमा प्रवेश गर्न चाहेँ।

हामीले त्यसबारे परमेश्‍वरका केही वचनहरू पढ्यौँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “यदि तैँले परमेश्‍वरको स्याबासी पाउने चाहना गर्छस् भने, तँ पहिले परमेश्‍वरको निम्ति आफ्नो हृदय खोलेर यसलाई पूर्ण रूपले उहाँतर्फ फर्काउँदै शैतानको अन्धकारपूर्ण प्रभावदेखि उम्कनुपर्छ। अहिले तैँले गरिरहेका कुराहरूको निम्ति के परमेश्‍वरले तँलाई स्याबासी दिनुहुन्छ? के तैँले आफ्नो हृदय परमेश्‍वरतिर फर्काएको छस्? के तैँले गरेका कुराहरू परमेश्‍वरले तँबाट माग गर्नुभएका कुरा हुन् र? के ती सत्यतासित मेल खान्छन्? सधैँ आफैलाई जाँच् र परमेश्‍वरको वचन खाने र पिउने कार्यमा ध्यान केन्द्रित गर्; उहाँको सामु आफ्नो हृदयलाई खोल्, उहाँलाई इमान्दारितापूर्वक प्रेम गर् र भक्ति पूर्वक परमेश्‍वरको निम्ति आफैलाई समर्पित गर्। यस्तो गर्ने मानिसहरूलाई परमेश्‍वरले निश्चय नै स्याबासी दिनुहुनेछ।” “यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र उहाँले तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावमा जिउँछन् भने, तिनीहरूसित पवित्र आत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्‍वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ उहाँको स्वामित्वमा रहेको व्यक्ति होस्, अनि तँमा उहाँको काम सम्पन्न हुनेछ; यदि तँ परमेश्‍वरका मागहरूको सीमाहरूमा जिइरहेको छैनस् तर शैतानको राज्य-क्षेत्रमा जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको हुन्छस्। परमेश्‍वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर मात्रै तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्‍वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभए अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्‍वरको हुनेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्)। परमेश्‍वरका वचनलाई विचार गर्दै मैले आत्मसमीक्षा गरेँ। म आफ्नो कर्तव्यमा जोसिलो थिएँ, तर मैले सबै कुरा आफ्नै विचारअनुसार गरिरहेकी थिएँ। म परमेश्‍वरका वचनबाट तर्किएँ, सत्यता खोजिनँ र आफ्नै काममा मात्र ध्यान केन्द्रित गरेँ। त्यो, परमेश्‍वरको इच्छा थिएन। म सोच्ने गर्थें, मैले आफ्ना सबै कुरा कर्तव्यमा लगाएँ र धेरै मूल्य चुकाएँ भने, परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ, तर वास्तविकता त्यस्तो थिएन। परमेश्‍वरले सतही योगदानलाई हेर्नुहुन्न, बरु हाम्रो हृदय हेर्नुहुन्छ, उहाँ हामीले उहाँका वचन पालन गर्न सकौं, आफ्नो कर्तव्यमा सत्यता पछ्याउन सकौं, उहाँका वचन व्यवहारमा उतार्न सकेको र शैतानको भ्रष्टताको बन्धनबाट उम्कन सकौं भन्ने आशा गर्नुहुन्छ। तर म चाहिँ आफ्नो कामकुरा पूरा गर्न मात्र चाहन्थेँ। मैले सत्यता खोजिनँ, न त आफूले देखाएको भ्रष्टताबारे सोचेँ, न परमेश्‍वरका वचन अभ्यास नै गरेँ। त्यतिबेला मैले आफू गलत मार्गमा रहेछु भनेर बुझेँ, अनि त्यस मार्गमा हिँडिरहनु खतरनाक हुनेथियो—परमेश्‍वरले कहिल्यै अनुमोदन गर्नुहुनेथिएन।

पछि मैले पावललाई खुलासा गरेका परमेश्‍वरका वचनको एउटा खण्डबारे सोचेँ, जसले मलाई आफ्नो पछ्याइमा भएका समस्याहरू बुझ्न मदत गऱ्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: ‘आशिषहरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिषहरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्‍वरको लागि त्याग्नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्दछ।’ यसमाथि आशिषहरू पाउने अभिप्रायको प्रभुत्व हुन्छ, जुन परमेश्‍वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्ण रूपमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र निश्‍चय उनीहरूको बुझाइमा सिद्धान्तका केही शब्द मात्र समावेश हुन्छन्, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँछन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्‍वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्‍वरप्रतिको उनीहरूको बफादारीतालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्‍वरद्वारा मुकुट प्राप्त गर्ने योग्यका हुन्छन्, र उहाँको घरमा सबैभन्दा महान् आशिषहरू पाउँछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्‍वरले उनीहरूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू तिनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्‍वरको सबैभन्दा आशिषित मानिसहरू मध्येमा—सबैभन्दा महान् आशिषहरू पाउनेहरू मध्येमा—पर्नेछन्, त्यसपछि उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए; तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्‍वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि मात्र भीडबाट बाहिर निस्किन, अधिकृतहरू बन्‍न र प्रतिष्ठा पाउन सकिन्छ भन्‍ने कुरामा विश्‍वास गर्ने सांसारिक मानिसहरू जस्तै हो; उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्वाकांक्षालाई पूरा गर्न र आफ्‍ना घर र व्यवसायलाई निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै अविश्‍वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्‍वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: ‘आफैलाई परमेश्‍वरको निम्ति अर्पण गर्न मैले सबै कुरा त्याग्नुपर्छ; म उहाँको सामु विश्‍वासयोग्य हुनुपर्छ र आखिरमा, मैले अवश्य नै सबैभन्दा उत्कृष्ट मुकुट र सबैभन्दा ठूलो आशिष् पाउनेछु।’ सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ; उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र त्यही प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, प्रतिष्ठा, शिक्षा प्राप्त गर्न खोज्छन्, र भीडभन्दा अलग हुन खोज्छन्; उनीहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, मुकुट र ठूला आशिष्‌हरू पाउने कोसिस गर्नेछन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्‍चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “पत्रुसको मार्गमा कसरी हिँड्ने”)। म सोच्ने गर्थें, आफ्नो कर्तव्यमा मेरो लक्ष्य भनेको परमेश्‍वरलाई सन्तुष्ट पार्नु हो, तर परमेश्‍वरका वचन पढेपछि मैले आफू गलत रहेछु भनेर बुझेँ। म आफ्नो कर्तव्यबारे जोसिलो देखिन्थेँ, तर मैले सत्यता प्राप्त गर्न वा परमेश्‍वरलाई सन्तुष्ट पार्न प्रयास गरिरहेकी थिइनँ। म परमेश्‍वरद्वारा आशिषित हुन र राम्रो गन्तव्य प्राप्त गर्न चाहन्थेँ। मैले आफ्नो काम गरेँ र मूल्य चुकाएँ, कडा परिश्रम गरेँ र अझ धेरै कष्ट भोगेँ भने, परमेश्‍वरले अनुमोदन गर्नुहुनेछ र राम्रो गन्तव्य प्राप्त गर्नेछु भनेर सोच्थेँ। परमेश्‍वरबाट आशिष् पाउनका लागि म आफ्नो खाना ढिलो खान सक्थेँ र कम सुत्न सक्थेँ, अनि समय बचाउन भक्तिमा र परमेश्‍वरका वचन पढ्नुमा कन्जुस्याइँ गर्न सक्थेँ। म हाकिमका लागि काम गर्ने कर्मचारीले जस्तै आफूले काममा गरेको प्रयासलाई भावी सुन्दर गन्तव्यसित साट्न चाहन्थेँ। त्यो भनेको रोजगारदाताबाट तलब पाउन परिश्रम गर्नुजस्तै थियो। मैले आफ्नो कर्तव्यमा परमेश्‍वरसित लेनदेन गरिरहेकी थिएँ, उहाँलाई ठगिरहेकी थिएँ। परमेश्‍वर हामीले आफ्नो कर्तव्य इमानदारीपूर्वक गरेको, लेनदेन नगरेको वा माग नगरेको चाहनुहुन्छ, तर मैले आफूले गरेको प्रयासको सट्टामा स्वर्ग प्रवेश गर्नाका लागि उहाँसित कारोबार गर्ने जमर्को गरिरहेकी थिएँ। पावलको पछ्याइ पनि त्यही थियो। पावलले काममा मात्र ध्यान केन्द्रित गर्थे, मुकुट पहिरिन, आशिषित हुन चाहन्थे, तर उनले सत्यता पछ्याएनन् वा परमेश्‍वरका वचनलाई गम्भीरतापूर्वक पटक्कै लिएनन्, झन् आफूलाई परिवर्तन गर्ने त कुरै आएन। उनी परमेश्‍वरविरुद्धको मार्गमा थिए। म पनि त्यस्तै थिएँ—मैले धेरै काम गरेँ, साथै, परमेश्‍वरबाट अझ धेरै आशिष प्राप्त गर्ने र राम्रो गन्तव्य पाउने आशा राखेँ। मैले सत्यता पछ्याइनँ वा परमेश्‍वरलाई साँचो प्रेम गरिनँ भनेर मैले बुझेँ, त्यसैले, कसरी मैले परमेश्‍वरको अनुमोदन पाउन सक्थेँ र? परमेश्‍वरका वचन नपढी, मैले आफ्नो भ्रष्टता वा उहाँको मार्गलाई लत्याएको कुरा थाहा पाउनेथिइनँ। पछि, मैले गलत मार्गमा हिँड्ने अगुवाहरूले भोग्ने परिणामबारे सोचेँ र परमेश्‍वरका वचनको यो खण्ड भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “अगुवा र सेवकहरूका रूपमा रहेका मानिसहरूको वर्गको उदय हुनुको कारण के हो, र तिनीहरूको उदय कसरी भयो? वृहत् रूपमा, परमेश्‍वरको कामको लागि तिनीहरूको आवश्यकता परेको हो; सूक्ष्‍म रूपमा, मण्डलीको कामको निम्ति तिनीहरूको आवश्यकता पर्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आवश्यकता पर्छ। … तिनीहरूको कर्तव्य र अरू मानिसहरूको कर्तव्यबीचको भिन्‍नता भनेको तिनीहरूको विशेषतासँग सम्‍बन्धित कुरा मात्रै हो। त्यो कस्तो विशेषता हो? सैद्धान्तिक रूपमा जोड दिइएको कुरा भनेको नेतृत्वको कार्य नै हो। उदाहरणको लागि, मण्डलीमा जति धेरै मानिसहरू भए पनि, अगुवा नै प्रमुख हुन्छ। त्यसो भए, अन्य सदस्यहरूमाझ यस्तो अगुवाले के भूमिका खेल्छ? (तिनीहरूले नेतृत्व गर्छन्।) तिनीहरूले मण्डलीमा रहेका सबै चुनिएका जनहरूलाई नेतृत्व गर्छन्। त्यसो भए, तिनीहरूले पुरै मण्डलीमा के प्रभाव पार्छन्? यदि यस अगुवाले गलत मार्ग लियो भने, मण्डलीका सबै चुनिएका जनहरूलाई यसले ठूलो असर गर्छ: तिनीहरू सबैले गलत मार्ग हिँड्ने कार्यमा अगुवालाई पछ्याउँछन्। यो त आफूले स्थापना गरेका सबै मण्डली अनि सुसमाचार सुनाई विश्‍वासमा ल्याएका सबै मानिसहरूलाई पावलले जसरी नेतृत्व गरेका थिए त्यस्तै कुरा हो; जब पावल बरालिए, तब तिनले नेतृत्व गरेका मण्डली र मानिसहरू पनि बरालिए। जब अगुवाहरू बरालिन्छन्, तब तिनीहरू मात्रै प्रभावित हुँदैनन्; तिनीहरूको नेतृत्वको दायराभित्र पर्ने सबै दाजुभाइ र दिदीबहिनीहरूसमेत प्रभावित हुन्छन्(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। अगुवाको रूपमा मैले अपनाएको मार्ग साँच्चै महत्त्वपूर्ण हो भनेर परमेश्‍वरका वचनले मलाई देखाए। सत्यताप्रित मेरो मनोवृत्ति, मैले अपनाएको मार्ग र आफ्नो कर्तव्य गर्ने मेरो तरिकाले अरूको प्रवेशमा सिधै प्रभाव पार्थे। यदि मैले गलत मार्ग अपनाएँ भने, अरूलाई पनि आफूसँगसँगै लग्नेथिएँ। अगुवाको रूपमा, ब्रदर-सिस्टरहरूलाई सत्यताको पछि लाग्न डोऱ्याउनु मेरो जिम्मेवारी थियो, तर मैले सत्यता पछ्याउनुको सट्टा काममा ध्यान केन्द्रित गरेँ। मैले परमेश्‍वरका वचन पढ्ने र सत्यता खोज्ने कुरालाई पर पन्छाएँ, आफूलाई परमेश्‍वरबाट टाढा पुऱ्याएँ। मैले आफ्नै जीवन प्रवेशमा ध्यान केन्द्रित गरिनँ, त्यसैले, कसरी म ब्रदर-सिस्टरहरूलाई सत्यताको पछि लगाउन नेतृत्व गर्न सक्थेँ र? मैले उनीहरूलाई पावलकै जस्तो मार्गमा डोऱ्याउनेथिएँ, अनि सत्यता नपछ्याएकोले गर्दा यदि उनीहरूलाई हटाइयो भने, त्यो मबाट भएको दुष्टता हुनेथियो र मुक्ति पाउने उनीहरूको मौकालाई मैले बर्बाद गरेकी हुनेथिएँ। त्यस प्रकारको कामले असल गरिरहेको हुनेथिएन, तर खराब गरिरहेको हुनेथियो र परमेश्‍वरविरुद्ध काम गरिरहेको हुनेथियो। साथै, अरूलाई मात्र सतही काम गर्न नेतृत्व गर्नु तर आफूलाई चाहिँ परमेश्‍वर र सत्यताबाट टाढा राख्नु कति खतरनाक हो भनेर पनि मैले महसुस गरेँ। परमेश्‍वरका वचनले मेरो भ्रष्टता प्रकट गरे र पछ्याइको सही मार्ग र अगुवाको जिम्मेवारी देखाइदिए। मैले परमेश्‍वरका वचन पढ्न, सत्यता खोजी गर्न र भ्रष्टता हटाउन अझ धेरै ध्यान केन्द्रित गर्नुपर्छ भनेर मलाई थाहा भयो। त्यसपछि, मैले गलत मार्ग अपनाउनेथिइनँ।

पछि, मैले अझ केही खण्डहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरका सृष्टिका रूपमा रहेका तिनीहरूका कर्तव्यलाई तिनीहरूले पूरा गर्न सके कि सकेनन् त्यसअनुसार पावल र पत्रुसको गन्तव्यलाई मापन गरिए, तिनीहरूका योगदानको आकारअनुसार होइन; तिनीहरूले सुरुदेखि नै जे कुराको खोजी गरे त्यस अनुसार तिनीहरूका गन्तव्य निर्धारित गरिए, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यसअनुसार होइन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेमको मार्ग खोज्‍नु नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभावमा परिवर्तनहरू खोज्‍नु, र परमेश्‍वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै परमेश्‍वरको सृष्टिको रूपमा रहेको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्ति गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही नै हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो। यदि मानिसको खोजी व्यक्तिगत लालची मागहरू र तर्कहीन आकांक्षाहरूले कलङ्कित छ भने, हासिल गरिने प्रभाव मानिसको स्वभावमा हुने परिवर्तन हुनेछैन। यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो पवित्र आत्माले गर्नुहुने काम होइन भन्‍नेमा कुनै शङ्का छैन, र त्यसकारण यस प्रकारको खोजीलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न भन्‍ने कुरालाई यसले प्रमाणित गर्छ। परमेश्‍वरले स्वीकृति नदिनुभएको खोजीको के महत्त्व हुन्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “म प्रत्येक व्यक्तिको गन्तव्य निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिनँ, र उनीहरूले गर्ने कारुणिक आह्‍वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्या दुष्कर्मका लागि प्रतिशोध लिइएको हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)। यसले मलाई हामी कुन हदसम्म योगदान दिन्छौँ, काम गर्छौं वा कष्ट भोग्छौँ, त्यसको आधारमा परमेश्‍वरले हाम्रो नतिजा निर्धारण गर्नुहुन्न भनेर बुझ्न मदत गऱ्यो। हामीले कत्ति काम गरेका छौँ त्यसको आधारमा उहाँ हामीलाई आशिष् दिनुहुन्छ वा हाम्रो परिश्रमले असल गन्तव्य दिलाउन सक्छ भनेर उहाँले कहिल्यै भन्नुभएको छैन। तर म सोच्ने गर्थें, मैले कडा परिश्रम गरेँ, आफ्नो कर्तव्य गरेँ र अझ धेरै योगदान दिएँ भने, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछु र असल गन्तव्य पाउनेछु। त्यसैले, म मण्डलीको काममा र अरूको समस्या समाधान गर्नमा निकै जोसिलो थिएँ र आफ्नो कर्तव्यका लागि कष्ट भोग्न पूर्ण रूपले इच्छुक थिएँ। तर, हामी सत्यताको पछि लाग्छौँ कि लाग्दैनौँ र हामी व्यक्तिगत तवरमा परिवर्तन हुन्छौँ कि हुँदैनौँ, त्यसको आधारमा परमेश्‍वरले हाम्रो नतिजा निर्धारण गर्नुहुन्छ भन्ने मसँग गलत दृष्टिकोण छ भनेर परमेश्‍वरका वचन पढेपछि मैले बुझेँ। ठीक पावलजस्तै—उनले धेरै प्रयास गरे, थुप्रै काम गरे, अनेक कष्ट भोगे, अनि निकैवटा मण्डली खडा गरे। उनले ठूलो योगदान गरे भनेर मानिसहरू सोच्छन्, तर उनको अभिप्रेरणा भनेको इनाम पाउनु, मुकुट पहिरिनु थियो, त्यसैले, उनले गरेका ती सबै प्रयासले परमेश्‍वरको अनुमोदन पाएनन्। उनलाई परमेश्‍वरले हटाउनुभयो किनभने उनले आफ्नो स्वभाव कहिल्यै परिवर्तन गरेनन्। तर, पत्रुसले ठूलो काम नगरे तापनि, उनले परमेश्‍वरका वचनमा आधारित भएर सत्यता खोज्न र आत्मसमीक्षा गर्न ध्यान केन्द्रित गरे। उनले परमेश्‍वरका वचन व्यवहारमा उतारे र स्वभाव परिवर्तन गरे। उनको पछ्याइ परमेश्‍वरको इच्छाअनुरूप थियो। मानिसहरूको नतिजा निर्धारण गर्ने परमेश्‍वरको मापदण्डलाई मैले कहिल्यै बुझेकी थिइनँ, तर परमेश्‍वरप्रतिको विश्‍वासमा मेरा आफ्नै धारणाहरू थिए। कडा परिश्रम गऱ्यो भने परमेश्‍वरको राज्यमा पुग्नेछु भनेर म सोच्थेँ, अनि म मेरो सानो प्रयासलाई सुन्दर गन्तव्यसित साट्न चाहन्थेँ। त्यो पछ्याइको परमेश्‍वरसित कुनै सम्बन्ध थिएन। मैले परमेश्‍वरलाई सन्तुष्ट पार्न चोखो हृदयले सत्यता पछ्याइरहेकी थिइनँ, अनि त्यस प्रकारको पछ्याइले मेरो विश्‍वास अर्थहीन भयो। म जति नै व्यस्त देखिए तापनि, मैले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गरिरहेकी थिइनँ। म अहङ्कार, लालच, घमण्ड, ईर्ष्या र धूर्तताले भरिएकी थिएँ। शैतानी भ्रष्टताले पूरै भरिएको मजस्तो व्यक्तिले कसरी असल गन्तव्य पाउन सक्थेँ र? अनि मैले आफ्नो कर्तव्यमा आत्मसमीक्षा गर्न वा परमेश्‍वरको इच्छा खोजी गर्न ध्यान केन्द्रित गरिनँ। परमेश्‍वरले माग गर्नुभएका कुरा मैले गरिरहेकी थिइनँ, त्यसैले, कसरी मेरो काम उहाँको इच्छाअनुरूप हुन सक्थ्यो र? परमेश्‍वरका वचनको न्याय र सजायले मलाई पछि लाग्ने मेरो गलत तरिकाबारे केही बुझाइ प्रदान गरे। तीबिना, मैले केवल अन्धाधुन्ध परिश्रम गरिरहेकी हुनेथिएँ, छलले भरिएकी हुन्थेँ र लेनदेन गर्ने मानसिकता पालिरहेकी हुन्थेँ, अनि त्यस्तो पछ्याइले मलाई परमेश्‍वरको प्रतिरोध गर्न र अन्ततः दण्ड भोग्न लगाउनेथियो। सत्यता पछ्याउनुको महत्त्वलाई बुझेपछि, मैले आफ्नो अनुचित पछ्याइलाई परिवर्तन गर्न थालेँ, उप्रान्त केवल परिश्रम मात्र गर्ने अवस्थामा जिउन चाहिनँ।

त्यसपछि, जति नै व्यस्त भए पनि, दैनिक परमेश्‍वरका वचन खान र पिउन समय निकालेँ र आफ्नो कर्तव्यद्वारा उहाँको वचन अनुभव गर्ने प्रयास गरेँ। समस्याहरू आइपर्दा, मैले सत्यताका सिद्धान्त खोजेँ, अनि अरूका समस्यामा मदत गर्न मैले सत्यतामा सङ्गति गरेँ। परमेश्‍वरका वचन अभ्यास गर्दा, मेरो अन्योलपन कम भयो र मैले आफ्नो कर्तव्यमा अझ धेरै दिशा प्राप्त गरेँ। अनि पहिला कामको चटारो हुँदा, मैले काम चाँडो गरिरहेकी छैनँ, राम्ररी काम गरिएन भने, त्यसले मेरो गन्तव्यमा असर गर्नेछ भनेर चिन्तित हुन्थेँ, तर अहिले मलाई कामको चटारो पर्दा त्यस्तो चिन्तित हुँदिनँ। पहिला, परमेश्‍वरको माग बुझ्न सत्यतका सिद्धान्तहरू खोजी गर्छु, अनि त्यसरी परमेश्‍वरसित सहकार्य गर्दा, म उहाँको मार्गदर्शन बुझ्न सक्छु, अनि मैले झन् राम्रो परिणाम पाइरहेकी हुन्छु। अनि एउटा बिन्दुमा, मैले ब्रदर-सिस्टरहरू आफ्नो कर्तव्यमा अलिक निष्क्रिय भएको देखेँ र मलाई निकै दिक्क लाग्यो र रिस उठ्यो। मैले उनीहरूसित सङ्गति गर्न धेरै समय खर्चें तर केही फाइदा भएन। उनीहरूमध्ये केही अझै पनि निकै निष्क्रिय थिए र त्यसले हाम्रो प्रगतिलाई रोकिरहेको थियो। त्यसैले, किन म रिसाउँदैछु र वास्तवमा म कुन कुराले अभिप्रेरित छु भन्नेबारे परमेश्‍वरसामु आएर प्रार्थना गरें। परमेश्‍वरका वचन पढेर, मैले त्यसरी महसुस गर्नुको कारण राम्रो परिणाम आएन भने नराम्रो देखिनेछु र आफ्नो पद गुमाउन सक्छु भन्ने सोचाइ रहेछ भनेर बुझेँ। त्यो मेरो भ्रष्टता रहेछ भनेर त्यतिबेला मैले थाहा पाएँ। मैले सत्यताका लागि देहसुखलाई त्याग्नुपर्थ्यो। मेरो प्रतिष्ठा र हैसियत केही पनि थिएनन्। अरूले मबारे जेसुकै सोचून् वा मैले नेतृत्वको भूमिका पाऊँ, या न पाऊँ, मैले आफ्नो कर्तव्य गर्नु आवश्यक थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही थियो। त्यसैले, उनीहरू निष्क्रिय हुनुको कारण जाँच्न र उनीहरूले आफ्ना कर्तव्यप्रति कस्ता मनोवृत्ति राखेका रहेछन् भनेर हेर्न म गएँ। हामीले परमेश्‍वरका वचन सँगै पढ्यौँ, अनि सङ्गतिमार्फत, सबैको अवस्था पालैपालो बिस्तारै राम्रो भयो, र उनीहरू अझ धेरै सफल भए। यो अनुभवले मलाई सत्यता पछ्याउनु भनेको परमेश्‍वरलाई पछ्याउने र साँचो विश्‍वासको एकमात्र मार्ग हो भनेर देखायो। केवल काम पूरा गरेर मात्र म सन्तुष्ट हुन सक्दिनँ, तर मैले परमेश्‍वरका वचन पढ्नुपर्छ, उहाँको काम अनुभव गर्नुपर्छ र स्वभाव परिवर्तनको पछि लाग्नुपर्छ। परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आफ्नो विश्‍वासमा म सच्चा थिइनँ

मेरो परिवार निकै गरिब थियो, म ब्याङ्कको कार्यकारी बन्ने, समाजमा हैसियत बनाउने सपना देख्थेँ, ताकि हामीलाई यति साह्रो पैसाको खाँचो नहोस्।...

साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्