व्यक्तिलाई अन्धाधुन्ध पूजा गर्नुका परिणामहरू

25 फेब्रुअरी 2023

सन् २०१५ को अगस्टमा, म मण्डली अगुवा निर्वाचित भएँ। त्यो बेला, मण्डलीमा सम्‍हाल्‍नुपर्ने केही रिपोर्ट पत्रहरू थिए, तर मैले मण्डलीमा भर्खरै काम थालेकी थिएँ र पहिले कहिल्यै रिपोर्ट पत्रहरू सम्‍हालेकी थिइनँ। मलाई रिपोर्ट पत्रसम्‍बन्धी सिद्धान्तहरू र ती कसरी सम्‍हाल्‍ने थाहा थिएन, त्यसकारण म निकै चिन्तित भएँ। त्यसपछि, माथिल्ला अगुवाले वाङ जिङलाई रिपोर्ट पत्र सम्हाल्ने इन्‍चार्ज बनाए। उनले विश्‍वास गरेको लगभग बीस वर्ष भएको छ र अगुवाको रूपमा सेवा गरेकी छिन् भन्‍ने सुनेकी थिएँ, र अहिले उनलाई रिपोर्ट पत्रको काम रेखदेख गर्न खटाइएको थियो। मैले मनमनै सोचेँ: “उनले पक्‍कै पनि धेरै सत्यता बुझेकी छिन् र उनमा सत्यताको वास्तविकता छ। उनले हामीलाई निकै सहयोग गर्नेछिन्।” त्यसपछि, वाङ जिङले रिपोर्ट पत्रहरूबारे अत्यन्तै स्पष्ट र तार्किक विश्‍लेषण गर्छिन् भन्‍ने मलाई थाहा भयो। उनले रिपोर्ट पत्रहरूमा उठाइएका समस्याहरू समाधान गर्न सक्‍ने मात्र होइन, तर वास्तविक जीवनका उदाहरणहरू प्रयोग गरेर समझसम्बन्धी सत्यतामा अन्तर्दृष्टिपूर्ण सङ्गति दिन्थिन् र सबैका समस्या समाधान गर्न परमेश्‍वरका वचनका सुहाउँदा खण्डहरू भेट्टाउँथिन्। यसले गर्दा ममा वाङ जिङको निकै राम्रो छाप पऱ्यो र उनमा सत्यताको वास्तविकता छ र उनीबाट सक्दो धेरै सिक्‍नुपर्छ भन्‍ने मलाई लाग्यो। त्यसपछि, भेलाहरूमा वाङ जिङले केही गाह्रो रिपोर्ट पत्रहरूको कुरा गर्दै, अरूले ती कसरी अनुचितरूपमा सम्‍हाल्थे र सिद्धान्तहरू प्रयोग गरेर कसरी उनले ती समस्या सुधार गर्थिन् र अन्त्यमा समाधान गर्थिन् भनेर छलफल गर्थिन्। केही समयपछि, मलाई उनले समाधान गर्न नसक्‍ने कुनै समस्या छैन भन्‍ने लाग्यो र थाहै नपाई मैले उनलाई प्रशंसा गर्न थालेछु। अर्कोपटक, हामीले निकै जटिल समस्या भएको रिपोर्ट पत्र प्राप्त गर्‍यौँ, तर वाङ जिङले एक-दुई शब्‍दमै समस्याको जड पहिचान गरिन् र तुरुन्तै त्यो समस्या समाधान गरिहालिन्। एउटी सिस्टरले उनको तारिफ गर्दै भनिन्: “हामी कसैले पनि यो पत्रमा भएको समस्या सुल्झाउन सकेका थिएनौँ, र हाम्रा सुपरभाइजर सिस्टर लीन युहानले पनि यो समाधान गर्न सकेकी थिइनन्, तर तपाईंले एउटै सङ्गतिमा यो समस्या ‘समाधान गर्नुभयो।’ तपाईं साँच्‍चै निकै सिपालु हुनुहुँदो रहेछ।” वाङ जिङले उत्साहित हुँदै शिर हल्‍लाइन्, र तारिफ सुन्दा खुसी भएको जस्तो देखिन्थिन्, अनि लीन युहानको आलोचना गर्दै हामीलाई पनि केही भनिन्। मलाई कता-कता उनले आफूलाई उचालेर लीन युहानलाई खसाइरहेकी छिन् जस्तो लाग्यो, तर उनले भनेका सबै कुरा साँचो हुन् भन्‍ने सोचेर, मैले यसबारे थप केही सोचिनँ। बरु, मैले पनि भविष्यमा वाङ जिङले जस्तै मानिसहरूका समस्या समाधान गर्न सकेँ भने, अवश्य नै आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छु भन्‍ने सोचेँ। वाङ जिङले आफ्‍नो कर्तव्यमा सामना गरेका समस्या वा असफलताहरू वा आफूले देखाएको भ्रष्टता र कमजोरी र उनले यी समस्या समाधान गर्न कसरी सत्यता खोजिन् भन्‍नेबारे कहिल्यै छलफल गर्दिनथिइन्, त्यसकारण समय बित्दै जाँदा, सबैले उनलाई तारिफ गर्न थाले। मलाई पनि वाङ जिङसँग भेला हुँदा, अझै बढी सत्यता बुझ्‍न सक्छु भन्ने लाग्‍थ्यो। म वाङ जिङले जस्तै समस्या समाधान गर्न सक्‍ने बन्‍न चाहन्थेँ, त्यसकारण उनले रिपोर्ट पत्रहरू कसरी विश्‍लेषण गर्छिन्, उनले ब्रदर-सिस्टरहरूको स्थितिबारे परमेश्‍वरका कुन वचन चलाउँछिन् कसरी सङ्गति गर्छिन् भनेर हेर्न म उनी सहभागी हुने सबै भेलामा जान्थेँ। म यो सब कुराको टिपोट लिन्थेँ। त्यसपछि, सहकर्मीहरूसँग भेला हुँदा, मैले सङ्गति गर्ने धेरैजसो कुरा वाङ जिङबाट सिकेको हुन्थेँ। सहकर्मीहरूले मेरो सङ्गति ध्यान दिएर सुनेको र नोटसमेत लेखेको देख्दा, मलाई आफू वाङ जिङजस्तै प्रतिभावान् सेवक हुँ, अरू पक्‍कै पनि मेरो कामप्रति सन्तुष्ट छन् र परमेश्‍वरले मलाई स्याबासी दिनुहुनेछ भन्‍ने लाग्थ्यो।

त्यसपछि, मैले झन्-झन् बढी वाङ जिङमा भरोसा गरेँ। कठिन रिपोर्ट पत्रहरू वा रिपोर्ट पत्रका कर्मचारीहरूसितका समस्याहरू समाधान गर्दा, म प्रार्थना गर्न र सत्यता खोज्न आफूलाई परमेश्‍वरअघि शान्त पार्दिनथेँ। म वाङ जिङ सङ्गति गर्न आएपछि, मेरा सबै समस्या समाधान हुनेछन् भन्‍ने सोच्थेँ। क्रमिकरूपमा, मेरो हृदयमा परमेश्‍वरको स्थान गुम्दै गयो र वाङ जिङको स्थान झन्-झन् बढ्दै गयो। मैले परमेश्‍वरमा भन्दा बढी व्यक्तिमा भरोसा गरेँ। समय बित्दै जाँदा, मण्डलीको कामका सानातिना समस्याहरू बुझ्‍नसमेत मलाई कठिनाइ हुन थाल्यो। भेलामा हुँदा, म पवित्र आत्माको अन्तर्दृष्टिमा सङ्गति गर्न सक्दिनथेँ। म सैद्धान्तिक ज्ञानबारे मात्रै बताउँथेँ र मानिसहरूको जीवन प्रवेशका समस्याहरू समाधान गर्न सक्दिनथेँ। मलाई परमेश्‍वरले मतिर पिठ्यूँ फर्काउनुभएको छ जस्तो लाग्यो, र मलाई धेरै कष्ट भयो। तर, त्यो बेला, मैले आत्मचिन्तन गरिनँ।

एकपटक भेलाअघि, हिउँले गर्दा सडकहरू बन्द थिए र कुनै पनि गाडी चल्न सकेको थिएन। वाङ जिङले आफू आउन नसक्ने बताउँदै भेला सञ्चालन गर्न म र मेरी सहकर्मीलाई अनुरोध गरिन्। यो सुनेपछि, मलाई त अचानक मेरो सुरक्षाको पर्खाल नै ढलेको भान भयो। भेलाको अवधिमा, रिपोर्ट पत्रमा समस्याको स्रोत के हो भन्‍ने मैले पत्ता लगाउन सकिनँ र म साह्रै आत्तिएँ। तर मैले अरूलाई प्रार्थना गर्न र परमेश्‍वरमा भरोसा गर्न, परमेश्‍वरका वचनमा सत्यताका सिद्धान्तहरू खोज्न डोऱ्याइनँ; बरु, मैले वाङ जिङ टुप्लुक्कै आएर यो समस्या समाधान गरून् भन्‍ने कामना गरेँ। भेला समाप्त भएपछि, मलाई ग्‍लानि भयो किनभने मैले परिणाम प्राप्त गरेकी थिइनँ र आफ्‍नो कर्तव्य पूरा गरेकी थिइनँ। तैपनि मैले परमेश्‍वरको अभिप्राय खोजी गरिनँ तर वाङ जिङ आएर समस्या समाधान गरून् भन्ने एकोहोरो आस मात्र गरिरहेँ। अर्कोपल्ट, वाङ जिङले हाम्रो लागि भेला सञ्चालन गर्छु भनेकी थिइन्, तर बिहानभरि पनि उनी देखा परिनन् र पहिलेजस्तै उनी आउन सक्दिनन् भन्‍ने डरले म आत्तिन थालेँ। उनी आइनन् भने सबैको समस्या समाधान गर्न सक्दिनँ भन्‍ने मलाई चिन्ता लाग्यो। दिउँसोको खानापछि, मैले अचानक ढोका खोलेको आवाज सुनेँ र वाङ जिङ आइपुगेकी हुन् भन्‍ने मलाई थाहा भयो। मेरा मदतगार आइपुगिन् भनेर खुसी हुँदै, म उनलाई स्वागत गर्न हतार-हतार गएँ, तर आँगनमा हिँड्दा म लडेँ र गोलीगाँठो मर्काएँ। मेरो गोलीगाँठो भुक्क सुन्‍नियो र यति दुख्यो कि म हिँड्नै सकिनँ। तर वाङ जिङ आइपुगेकी हुनाले, मैले सबैलाई तुरुन्तै भेलामा आउन जानकारी दिनुपर्थ्यो, ताकि उनीद्वारा कैसको पनि समस्या समाधान हुनबाट नछुटोस्। म दुखाइ सहँदै एउटी सिस्टरको घरमा गएँ, तर मैले ढोका ढकढक्याउनै लाग्दा, अचानक सन्तुलन गुमाएँ र भुईँमा पछारिएँ। जसोतसो उठेपछि, मैले मेरो दाहिने हत्केलाभरि रगत र कोइला देखेँ। एकपछि अर्को गर्दै घटेका घटनाहरूले मनमा डर पस्यो र वाङ जिङलाई पर्खिँदा मलाई भएको चाहना अलिक असामान्य थियो भन्‍ने मनमा कताकता लाग्यो। के परमेश्‍वरले मलाई अनुशासन दिँदैहुनुहुन्थ्यो? त्यसकारण मैले यसको जवाफ खोज्दै परमेश्‍वरलाई प्रार्थना गरेँ। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ: “परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले उहाँको आज्ञापालन र आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्‍च ठान्‍ने नगर्; परमेश्‍वरलाई पहिलो स्थानमा, तैँले उच्‍च ठान्‍ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्‍वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्‍वरको निम्ती असहनीय हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश)। मैले परमेश्‍वरका वचनहरूमा मनन गरेँ, र वाङ जिङसँगका मेरा कैयौँ अन्तरक्रियाहरू चलचित्रका दृश्यजस्तै मनमा झलझली आउन थाले। मैले वाङ जिङलाई भेटेदेखि, उनलाई प्रतिभावान्, बोल्‍न सिपालु, प्रचार गर्न जान्‍ने र समस्या समाधान गर्न निकै पोख्त देखेकी थिएँ। मलाई अन्योलमा पार्ने एकपछि अर्का पत्रहरूलाई उनको विश्‍लेषण र सङ्गतिद्वारा सहजै समाधान गरिएका थिए। अनजानमै मैले उनलाई पूजा गर्न थालेकी थिएँ, र उनीसँग भेला भएर अनि उनको सङ्गति सुनेर, म सत्यता बुझ्न र अन्तर्ज्ञान पाउन सक्छु भन्‍ने सोच्थेँ। यदि उनीसँग भेला भइनँ भने, मैले सत्यता प्राप्त गर्ने मौका गुमाउनेछु जस्तो लाग्थ्यो। मलाई परमेश्‍वरलाई प्रार्थना गर्नु र सत्यता खोज्नुभन्दा वाङ जिङसँग भेला हुन र सङ्गति गर्न नै मन पर्न थाल्यो। मैले पूर्णरूपमा वाङ जिङमा भरोसा गरेँ र समस्याहरू आउँदा, म परमेश्‍वरलाई प्रार्थना गर्ने र सत्यता खोज्ने गर्दिनथेँ, तर उनी आएर सङ्गति गरून् र ती समाधान गरून् भनी कुर्थेँ। सडक बन्द भएकोले उनी आउन नसक्दा, मलाई उनीविना काम गर्नै सक्दिनँ जस्तो लागेको थियो। मैले यसबारे जति विचार गरेँ, मलाई त्यति नै डर लाग्यो। परमेश्‍वरका विश्‍वासीहरूले सबैभन्दा बढी उहाँकै आदर गर्नुपर्छ। हामीले उहाँको आराधना र मान गर्नुपर्छ। कुनै व्यक्तिले हाम्रो हृदयमा स्थान लिएको हुनु हुँदैन, तर मेरो हृदयमा परमेश्‍वरका निम्ति ठाउँ थिएन। बरु, मैले आफूले पूजा गर्ने व्यक्तिलाई उचालेर उसलाई आफ्‍नो आदर्श बनाएकी थिएँ। मैले परमेश्‍वरमा विश्‍वास गरेकी भए तापनि, व्यक्तिको पूजा गरिरहेकी थिएँ र अनजानमा परमेश्‍वरको स्वभावलाई चिढ्याएकी थिएँ। यो परिस्थिति मेरो लागि चेतावनी र एक प्रकारको सुरक्षा थियो। मैले तुरुन्तै परमेश्‍वरलाई प्रार्थना गरेँ र पश्‍चात्ताप गर्न तयार भएँ।

त्यसपछि, मैले परमेश्‍वरका यी वचनहरू भेट्टाएँ, सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “अगुवा वा सेवकको तह जे भए पनि, तिनीहरूले अलिअलि सत्यता बुझेकाले र तिनीहरूसँग अलिअलि वरदान भएकोले यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र तिनीहरूसँग सत्यताको वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्‍ने विश्‍वास गर्‍यौ भने, र यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदर गऱ्यौ र तिनीहरूमाथि भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, यो तिमीहरूको मूर्खता र अज्ञानता हुनेछ। अन्त्यमा, यसबाट केही प्राप्त हुनेछैन, किनभने तिमीहरूको सुरुवाती विन्दु नै गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, ऊ ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र कोही जति नै वरदानप्राप्त भए पनि, यसको अर्थ ऊसँग सत्यता छ भन्‍ने हुँदैन—त्यसैले मानिसहरूलाई भक्ति गर्ने, आदर गर्ने र पछ्याउनेहरूलाई अन्त्यमा निष्कासन र निन्दा गरिनेछ। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले परमेश्‍वरलाई मात्र श्रद्धा गर्न र पछ्याउन सक्छन्। दर्जा जेसुकै भए पनि, अगुवा र सेवकहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्‍क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्‍च छन् भन्‍ने लाग्छ भने, तँ गलत छस्—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले तँमा के-कस्ता परिणामहरू निम्त्याँछन् त? यसले तँलाई अचेतन रूपमा तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्‍ने मापदण्डहरूअनुसार मापन गर्ने, र तिनीहरूका समस्या र कमीकमजोरीहरूलाई सही तरिकाले लिन नसक्‍ने तुल्याउँछ; यसको साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको विशेष गुण, वरदान र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरो ईश्‍वर बन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्‍न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्येको एक बनेको क्षणसम्‍मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्‍वरदेखि टाढा लैजाने मार्ग हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु ६: तिनीहरूले कुटिल शैलीमा काम गर्छन्, तिनीहरू स्वेच्‍छाचारी र तानाशाही हुन्छन्, तिनीहरूले अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्)। “कतिपय मानिसहरू गहन प्रवचन दिन सक्‍ने व्यक्ति वा राम्रो वक्तालाई प्रशंसा गर्छन्, र प्रभावकारी ढङ्गमा प्रवचनहरू दिने व्यक्ति बन्‍ने लालसा गर्छन्। के यो आफूमा हुनुपर्ने सही दृष्टिकोण हो? के यस्तो लक्ष्य खोज्नु सही हो? (होइन।) त्यसो भए, सही के हो त? तँ कस्तो व्यक्ति बन्‍न खोज्नुपर्छ? (जसले कसैको ध्यान नखिची आफ्नो कर्तव्य व्यावहारिक भएर निर्वाह गर्छ, जसले उचित आचरण अँगालेर व्यावहारिक तरिकामा कार्य गर्छ।) त्यो सही हो। तिमीहरूले उचित आचरण अँगालेर व्यावहारिक तरिकामा कार्य गर्नुपर्छ, कुनै हालतमा प्रार्थनाबाट टाढिनु हुँदैन, र कुनै हालतमा परमेश्‍वरका वचनहरूबाट अलग्‍गिनु हुँदैन। बारम्बार परमेश्‍वरसामु आओ र उहाँसँग साँचो सङ्गति गर। यी परमेश्‍वरमा विश्‍वास गर्नुका आधारभूत कुरा हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई प्राप्त गर्नु हो)। परमेश्‍वरका वचनहरूबाट मैले के सिकेँ भने, परमेश्‍वरको विश्‍वासी भएको नाताले, हामी बारम्‍बार उहाँसामु आउनैपर्छ। सबै कुरामा, हामीले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, सत्यता खोज्नुपर्छ, उहाँका मागअनुसार कर्तव्य पूरा गर्नुपर्छ, सबैभन्दा बढी उहाँलाई आदर गर्नुपर्छ र कहिल्यै कुनै व्यक्तिलाई पूजा गर्नु हुँदैन। तिनीहरूको प्रतिभा, काम गर्ने खुबी, वा समस्या समाधान गर्ने क्षमता जस्तोसुकै भए पनि, ती सबै परमेश्‍वरले नै दिनुभएको हुन्छ। परमेश्‍वरको अन्तर्दृष्टिद्वारा नै मानिसहरूले अन्तर्दृष्टिपूर्ण सङ्गति दिन्छन् र यदि तिनीहरूको सङ्गतिले बाटो देखाउँछ भने, यो परमेश्‍वरको वचन र सत्यताअनुरूप भएकोले गर्दा हो। म आफूले नबुझेका कुराहरूबारे तिनीहरूसँग खोजी गर्न सक्छु र तिनीहरूको सबल पक्षबाट सिक्‍न सक्छु, तर तिनीहरूले जति राम्रो सङ्गति गरे पनि, मैले अन्तिममा यसलाई परमेश्‍वरबाट आएको ठान्नुपर्छ र जाबो मानिसहरूको पूजा गर्नु हुँदैन। त्यसपछि, मैले परमेश्‍वरका वचनअनुसार अभ्यास गरेँ र वाङ जिङमा पूर्ण भरोसा गर्न छोडेँ। समस्याहरू हुँदा, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ र परमेश्‍वरका वचनमा सत्यताका सान्दर्भिक सिद्धान्तहरू खोजी गर्थेँ। कहिलेकहीँ कुनै कुरा पत्ता लगाउन सकिनँ भने, म वाङ जिङलाई सोध्थेँ, तर म सचेतरूपमा परमेश्‍वरअघि आफूलाई शान्त तुल्याउथेँ, र सिधै उनलाई मात्र आदर गर्नुको सट्टा उनले सङ्गति दिएको सत्यताका पक्षहरूमा ध्यान दिन्थेँ। क्रमिकरूपमा, वाङ जिङप्रति मेरो दृष्टिकोण झन्-झन् सामान्य हुँदै गयो र म रिपोर्ट पत्रका कतिपय समस्याहरू समाधान गर्न सक्‍ने भएँ। पछि, वाङ जिङ अर्को मण्डलीका अगुवा निर्वाचित भइन् र उनी नजिक नहुँदा म आत्तिन छोडेँ। भेलाहरूमा, कठिन समस्याहरू देखा पर्दा, म अरूसँगै प्रार्थना गर्थेँ र परमेश्‍वरको बाटो हेर्थेँ अनि उहाँका वचनद्वारा अभ्यासको मार्ग खोज्थेँ। आफूले समस्या समाधान गर्न नसक्दा मात्रै म अगुवालाई वा सत्यता बुझेको व्यक्तिलाई सोध्थेँ। हाम्रा समस्याहरू क्रमिकरूपमा समाधान हुँदै गए र मैले केही वृद्धि अनुभव गरेँ।

त्यसपछि चाँडै, माथिल्ला अगुवाले मलाई यस्तो पत्र पठाइन्, वाङ जिङ काममा आफ्ना प्रतिभामा भरोसा गर्छिन् र सत्यता खोजी गर्दिनन्। उनी सधैँ आफूलाई देखाउने र उचाल्ने गरिरहेकी हुन्छिन्, ताकि अरूले उनको प्रशंसा र पूजा गरून्। उनले निराकरण स्वीकार र आत्मचिन्तन गर्दिनथिइन्। उनलाई ख्रीष्टविरोधीको मार्गमा हिँडेकोले खुलासा र झूटा अगुवा भएकोमा बर्खास्त गरिएको थियो। यसले मलाई ठूलो असर पार्‍यो। मैले वाङ जिङसँग बिताएको समयमा, उनले यी व्यवहार प्रकट गरिसकेकी थिइन्: उनले आफ्‍नो कर्तव्यमा प्रकट गरेको भ्रष्टता वा अनुभव गरेका असफलताहरूबारे कहिल्यै छलफल गरिनन्। उनी सधैँ आफ्‍नो सफलताबारे मात्रै कुरा गर्थिन्, मानौँ उनले समाधान गर्न नसक्‍ने कुनै समस्या छैन। परिणामस्वरूप, सबैले उनलाई आदर र पूजा गर्थे। पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड देखेँ: “केहीले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरूले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। कतिले तिनीहरूलाई परमेश्‍वर ठानेर परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानी-जानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट छन्—तिनीहरू ज्यादै भ्रष्ट र अहङ्कारी छन्, तिनीहरूलाई पुज्‍नु हुँदैन र तिनीहरूले जति नै असल गरे तापनि त्यो सबै परमेश्‍वरले तिनीहरूलाई उच्च पार्नुभएकोले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन् भनेर कहिले पनि कसैलाई बताउँदैनन्। तिनीहरूले यी कुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा हुन्छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्…(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १)। परमेश्‍वरका वचनहरूको आधारमा वाङ जिङलाई नियाल्दा, मैले उनलाई केही मात्रामा बुझेँ। उनले प्रायजसो कठिनाइहरू सामना गर्दा कसरी उनी सत्यता खोजी गर्थिन्, कसरी एकपछि अर्को गर्दै कठिन पत्रहरू सम्‍हाल्थिन् र कसरी अरूलाई समस्या समाधान गर्न सहयोग गर्थिन् भनेर सङ्गति दिन्थिन्। तर उनी आफ्‍नो भ्रम र कमीकमजोरीबारे बिरलै कुरा गर्थिन् वा आफ्‍नो विचलन र कमजोरीबारे बिरलै खुलस्त बताउँथिन्। उनले गलत मूल्याङ्कन गरेका वा बुझ्‍न नसकेका समस्या वा पत्रहरूबारे र त्यसले कसरी उनका कमीकमजोरी प्रकट गरे भनेर कहिल्यै छलफल गरेकी थिइनन्। उनले आफूले बुझ्‍न नसकेका समस्याहरू, अरूले उनलाई कसरी सहयोग गरेका थिए र यसले गर्दा उनले सत्यताका कुन पक्ष बुझ्‍न सकिन् भन्‍नेबारे पनि कहिल्यै कुरा गरेकी थिइनन्। उनी आफूले धारण गरेको यो सद्दे झूटो आवरण मात्र मानिसहरूलाई देखाउँथिन्। हामीले उनको पूजा र प्रशंसा गर्दा, उनले हामीलाई जाबो मानिसहरूको पूजा गर्नु हुँदैन भनेर सङ्गति दिँदिनथिइन्, तर उनी यसमा मग्‍न र आनन्द भएकी देखिन्थिन्। परमेश्‍वरका वचनहरूको आधारमा उनको व्यवहार बुझ्दा, मैले के देखेँ भने, उनी काम र प्रचारमा आफ्‍नो प्रतिभामा मात्रै भरोसा गर्छिन्, परमेश्‍वरलाई उचाल्‍ने वा उहाँको गवाही दिने कहिल्यै गर्दिनन् तर अरूलाई छल्न केवल आफूलाई देखाउँथिन्, जसले गर्दा मानिसहरूले उनको भ्रष्टता र कमीकमजोरी देख्‍न सकेनन् र उनको पूजा गरे र उनलाई पछ्याए। उनी मानिसहरूको हृदयमा स्थान बनाउन यस्तो व्यवहार गर्थिन्—कस्तो विश्‍वासघात र दुष्ट कार्य! तर म उनको व्यवहार नबुझेकी मात्र होइन, उनका प्रतिभा, विशेष सीप, र समस्या समाधान गर्ने क्षमताको प्रशंसासमेत गर्थेँ। म उनले सत्यता बुझेकी छिन्, उनमा सत्यताको वास्तविकता छ भन्‍ने सोच्थेँ त्यसैले उनको पूजा गर्थेँ। म कति अन्धो थिएछु!

त्यसपछि, मैले परमेश्‍वरको वचनका यी खण्डहरू भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “केही मानिसहरूले बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट धोका खान्छन्। जहाँसम्म अक्षरहरू र सिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूबाट धोका खानेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवताको सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। “मानिसहरूले हल्का कुराहरू वा गहन विषयहरू, वा अक्षरहरू र सिद्धान्तहरू वा वास्तविकता जेसुकैमा ध्यान केन्द्रित गरून्, तिनीहरूले सबैभन्दा बढी पालना गर्नुपर्ने कुरा चाहिँ पालना गर्दैनन्, न त तिनीहरूले आफूले सबैभन्दा बढी जान्नुपर्ने कुरा नै जान्दछन्। यसको कारण भनेको मानिसहरूले सत्यतालाई बिलकुलै मन नपराउनु हो; र यसरी तिनीहरू परमेश्‍वरका वाणीहरूमा पाइने अभ्यासका सिद्धान्तहरूको खोजी गर्न एवम् तिनको अभ्यास गर्नमा समय र प्रयत्न खर्च गर्न इच्छुक हुँदैनन्। बरु, तिनीहरूले असल अभ्यास र असल व्यवहार के हो भन्ने बारेमा जे बुझेका र जानेका छन् त्यसैलाई सारांशित गर्दै छोटो बाटो प्रयोग गर्न रुचाउँछन्; त्यसपछि त्यो सारांश नै तिनीहरूको आफ्नो पछ्याउने लक्ष्य बन्छ जसलाई तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताको रूपमा लिन्छन्। यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्‍वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्‍वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले अनैतिक ढङ्गले परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने मूर्तिहरूलाई राख्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्‍वरको वचनबाट मैले के देखेँ भने आफ्नो वर्षौँको विश्‍वासमा मैले सधैँ यो भ्रमपूर्ण विचार राखेकी रहेछु: मैले राम्ररी काम र प्रचार गर्ने अनि समस्याहरू समाधान गर्न सक्ने बाठा र प्रतिभावान् मानिसहरूले स्वाभाविकरूपमै सत्यता बुझेका हुन्छन र उनीहरूमा सत्यताको वास्तविकता हुन्छ भन्ने ठानेकी थिएँ। मलाई सत्यताको वास्तविकता के हो भन्ने थाहा रहेनछ भनेर मैले बुझेँ। परमेश्‍वर मानिसहरूलाई तिनीहरूको भ्रष्ट स्वभावबाट शुद्ध पार्न र सत्यताको वास्तविकतामा प्रवेश गर्न अनि साँचो मानव स्वरूपमा जिउन दिन सत्यता व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ। यदि कुनै व्यक्तिले अरूका समस्याहरू समाधान गर्न र अरूलाई बुझ्न मात्र सक्छ, तर परमेश्‍वरको वचनको न्याय, साथै निराकरण स्विकार्न सक्दैन भने, ऊ जति नै प्रतिभावान् भए पनि, वा उसले जति राम्ररी काम र प्रचार गरे पनि, ऊसँग सत्यताको वास्तविकता हुँदैन। वाङ जिङ कहिल्यै पनि आफूलाई बुझेको बारेमा कुरा गर्दिनथिइन्, आफ्‍नो भ्रष्ट स्वभावबारे खुलस्त बताउने वा विश्‍लेषण गर्ने गर्दिनथिइन् र सत्यता स्विकार्ने अनि काटछाँट र निराकरण गरिँदा साँचोरूपमा पालना गर्ने गर्दिनथिइन्। उनीसँग कसरी सत्यताको वास्तविकता हुन सक्थ्यो र? उनीसँग कामसम्बन्धी केही अनुभव भएको र सिद्धान्तहरूको अलिक धेरै ज्ञान भएकोले मात्रै उनले रिपोर्ट पत्रहरू सम्हाल्न सकेकी थिइन्। तर त्यसको अर्थ उनमा सत्यताको वास्तविकता थियो भन्‍ने होइन। मैले सत्यता बुझेकी थिइन र उनलाई बुझ्‍न सकिनँ। मैले अन्धाधुन्ध उनको पूजा गरेँ र आफ्‍नो आदर्श मानेँ, उनको अनुकरण र नक्‍कल गर्ने प्रयास गरेँ। म कस्तो मूर्ख थिएछु। यसरी विश्‍वास अभ्यास गर्दा म ठूलो खतरामा परेकी थिएँ!

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड भेटेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?)। परमेश्‍वरको न्यायको वचनले म मर्माहत भएँ। परमेश्‍वर नम्र भएर देहधारी हुनुभएको छ तर आफूलाई कहिल्यै उचाल्नुहुन्न। उहाँ मानवजातिलाई मुक्ति दिन सत्यता मात्रै व्यक्त गर्नुहुन्छ। परमेश्‍वरको नम्रता उहाँको आदरणीयपन, महानता र पवित्रताको अभिव्यक्ति हो। यो हाम्रो प्रशंसाको अति योग्य छ। तर वाङ जिङ अगुवा बनेकी, समस्या समाधान गर्न, निर्धक्क र जोसका साथ बोल्‍न सकेकी देखेर, मैले उनको प्रशंसा गरेँ। मैले परमेश्‍वरको आराधना नगरी उहाँमा विश्‍वास गरेँ र ख्रीष्टको नम्रता र प्रेमिलोपनलाई आदर गरिनँ। बरु, मैले महान् र प्रभावशाली व्यक्तिहरूको पूजा गरेँ, किनभने म उच्च व्यक्तित्व, प्रतिभा अनि काम र प्रचार गर्ने क्षमता भएका व्यक्तिहरूलाई आदर गर्थेँ। म तिनीहरूलाई आदर्शका रूपमा समेत हेर्थेँ। यसले साँच्‍चै नै परमेश्‍वरको स्वभावलाई चिढ्याएको थियो। हामीले कुनै पनि जाबो व्यक्तिलाई प्रशंसा र सम्‍मान गर्नु हुँदैन: परमेश्‍वर मात्रै सत्यता हुनुहुन्छ र उहाँलाई मात्रै पछ्याउनुपर्छ र आराधना गर्नुपर्छ। परमेश्‍वरका वचनहरू भन्छन्, “म त भन्छु, सत्यलाई मूल्यवान् नठान्नेहरू सबै सत्यका लागि गैर-विश्‍वासी र विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको स्वीकृति प्राप्त गर्नेछैनन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?)। मैले सत्यता खोजिनँ र वर्षौँको विश्‍वासपछि पनि परमेश्‍वरबारे मसँग अलिकति पनि ज्ञान थिएन। मैले त भ्रष्ट व्यक्तिलाई आदर्शसमेत मानेँ, पूजा गरेँ र पछ्याएँ, तैपनि ख्रीष्‍टको आराधना गरिनँ वा सत्यताको मोल गरिनँ। यो परमेश्‍वरप्रतिको धोका थियो र मैले गैरविश्‍वासीझै व्यवहार गर्दै थिएँ र मैले पश्‍चात्ताप नगर्दा, परमेश्‍वरले मप्रति दिक्‍क भई मलाई हटाउनुहुन्थ्यो!

पछि, चिनियाँ कम्युनिस्ट पार्टीले पक्राउ गरेपछि वाङ जिङले यहूदाको जस्तै व्यवहार गरिन् भन्‍ने मैले सुनेँ। उनले धेरै ब्रदर-सिस्टरहरूबारे जानकारी खुलासा गरेछिन्। उनले रिहा भएपछि पनि पश्‍चात्ताप गरिनन् र अन्ततः मण्डलीबाट बहिष्कार भइन्। मैले देखेँ, वाङ जिङले धेरै कर्तव्यरू निभाएकी, उनमा प्रतिभा, प्रचार गर्ने राम्रो क्षमता भएको, र समस्या समाधान गर्न उनले परमेश्‍वरका वचन प्रयोग गर्न सक्‍ने भए पनि, उनले आफूलाई चिन्‍ने प्रयास र सत्यता स्वीकार नगरेकी अनि वर्षौँको विश्‍वासपछि पनि उनमा अलिकति पनि सत्यता नभएकोले, पक्राउ पर्दा, उनी पूर्णरूपमा खुलासा र बहिष्कार भइन्। त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ। “मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, यदि आखिरमा तँ दयनीय रूपले घिनलाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरका वचनहरूले के बताउँछन् भने व्यक्तिले आफ्नो प्रतिभा, उसले कति धेरै काम गर्छ वा कति धेरै प्रचार गर्छ त्यसको आधारमा होइन, तर उसले सत्यता खोजी गर्छ कि गर्दैन, परमेश्‍वरका वचनको न्याय स्वीकार गर्न र पालना गर्न सक्छ कि सक्दैन अनि आफ्‍नो जीवन स्वभावमा परिवर्तन गर्न सक्छ कि सक्दैन त्यसको आधारमा मुक्ति पाउँछ। पत्रुस आफ्‍नो विश्‍वासमा परमेश्‍वरको महिमा गर्थे र सबै कुरामा सत्यता खोज्थे। तिनी सत्यता र जीवन प्राप्त गर्नुलाई अरू सबै थोकभन्दा उच्‍च ठान्थे, त्यसकारण, तिनले पावलले जति धेरै काम नगरे पनि, परमेश्‍वरको न्याय अनुभव गरेपछि, तिनी मृत्युसम्‍मै आज्ञाकारी हुन सके, र अन्त्यमा परमेश्‍वरको लागि ठूलो गवाही दिए र उहाँको स्याबासी पाए। पत्रुस हिँडेको मार्गबाट मैले अभ्यासको मार्ग भेट्टाएँ: आइन्दा म प्रतिभावान् मानिसहरूको भक्ति गर्नेथिइनँ र तिनीहरूजस्तो बन्न खोज्नेथिइनँ। बरु, मैले इमानदारीसाथ सत्यता खोज्ने, परमेश्‍वरको वचन अभ्यास गर्ने, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउने सङ्कल्‍प गरेँ। यो मात्रै सही मार्ग थियो।

त्यसपछि, आफ्‍नो कर्तव्य पूरा गर्दा, म परमेश्‍वरमा भरोसा गर्न र सत्यताका सिद्धान्तहरू खोज्न ध्यान दिन्थेँ। प्रचार गर्न सक्‍ने प्रतिभावान् मानिसहरू भेट्दा, म तिनीहरूलाई सही दृष्टिकोणले हेर्न सतर्क भएर काम गर्थेँ। तिनीहरूको सङ्गतिमा पवित्र आत्‍माको अन्तर्दृष्टि छ भने, म त्यसलाई परमेश्‍वरबाट आएको ठान्थेँ। तिनीहरूका विचार सिद्धान्तअनुरूप हुँदा, म ती स्वीकार र पालना गर्थेँ। यदि ती सिद्धान्तअनुरूप छैनन् भने, म तिनीहरूको कुरा अन्धाधुन्ध सुन्दिनथेँ, तर तिनीहरूसँग सत्यता खोजी गर्थेँ। केही समयसम्‍म यसरी अभ्यास गरेपछि, मलाई निकै स्वतन्त्र र सहज महसुस भयो। मैले आफ्‍नो कर्तव्यमा अभ्यासको मार्ग चिन्न र केही परिणाम हासिल गर्न सकेँ। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कर्तव्यमा कुनै दर्जा हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरलाई विश्‍वास गर्नुभन्दा पहिले, मलाई शिक्षकहरूको प्रशंसा सुन्‍ने बानी परेको थियो। म सधैँ ध्यानको केन्द्रविन्दु हुन...

धाक रवाफ अब हुनेछैन

मो वेन, स्पेनसन् २०१८ को कुरा म सम्झन्छु मण्डलीमा म सुसमाचारको जिम्मेवारीमा थिएँ, र पछि मलाई त्यो कामको प्रमुख बनाइयो। म मेरा...

मैले कसरी झूट बोल्न छोडेँ

मरिनेत्ते, फ्रान्स परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुअघि, म झूट बोल्थें र सोच्दै नसोची मानिसहरूको चापलुसी गर्थें किनभने मलाई...

आफ्‍नो कर्तव्यप्रतिको सही आचरण

त्यसपछि म निकै व्याकुल भएकी थिएँ। मैले यो कुरालाई स्वीकार गर्न सकेकी थिइनँ, विशेष गरी अझै धेरै मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्