ईर्ष्याले गरेको हानि

25 फेब्रुअरी 2023

केही समयअघि म केही मण्डलीहरूको कामको हेरचाह गर्ने मण्डली अगुवा चुनिएँ। त्यसको तुरुन्तै मैले केही नतिजाहरू देख्न थालेँ, र धेरै मण्डली सदस्यहरूले मेरो समर्थन गरे। म एकदमै खुसी थिएँ र मलाई आफैदेखि गर्व महसुस भयो, म वास्तविक काम गर्न सक्छु भन्ने लाग्यो। यदि माथिल्लो तहका नेतृत्ववर्गले मैले गरेको काम देख्न सकेका भए, उनीहरूले म निकै राम्रो अगुवा रहेछु र आफूहरूले सही छनौट गरेका रहेछौँ भनेर सोच्न सक्थे भनेर मैले सोचेँ। केही महिनापछि, मण्डलीले सिस्टर झाओलाई मसँग काम गर्ने प्रबन्ध मिलायो। उनलाई मेरो मदत चाहिन्छ भन्ने मैले सोचेँ, तर उनले कामकुरा एकदमै चाँडो सिकेको देखेर म त छक्क परेँ। हाम्रो छलफलमा उनीसँग केही राम्रा व्यावहारिक सुझावहरू थिए, र त्यसमा मलाई प्रशंसा र ईर्ष्या दुवै महसुस भयो। मैले के सोचेँ भने, उनीसँग राम्रो क्षमता र कामको वास्तविक सीप छ, उनी सङ्गति गरेर समस्याहरू समाधान गर्न पहिले नै सक्षम छिन्। के सबैले म उनको बराबरी छैनँ भनेर सोच्नेछन्? के त्यसले गर्दा म अपर्याप्त देखिनेछु? त्यसोभए, म कसरी ब्रदर-सिस्टरहरूको सामना गर्न सक्छु? भोलिपल्ट, मैले सिस्टर झाओलाई समूह भेलामा लिएर गएँ, जहाँ केही मानिसले कामसँग सम्बन्धित प्रश्नहरू गरे। मैले आफ्नो विचार बताएँ, तर उनको प्रतिक्रिया अझ पूर्ण र विस्तृत थियो, साथै, उनले सङ्गतिका लागि सान्दर्भिक सिद्धान्तहरू भेट्टाइन्। म चकित भएँ। उनले पहिलो पटक हामीसँग सामेल हुँदा यी कुरा देखिन् र उनले निकै विस्तृत जवाफ दिइन्। यदि अरूले म त्यो कर्तव्यमा उनीभन्दा लामो समयदेखि छु, तर आफ्नो नयाँ साझेदारको बराबरी छैनँ, र मैले कुनै प्रगति गरेकी छैनँ भनेर सोचे भने, म कस्तो देखिनेछु भनेर डराएँ। त्यसबारे जति धेरै सोचेँ, त्यति नै धेरै मेरो अनुहार पाक्यो र मलाई आफ्नो मुन्टो ठाह्रो गर्न समेत मन लागेन। म केवल भेलालाई टुङ्ग्याउन चाहन्थेँ।

केही दिनपछि, सिस्टर झाओले टोली अगुवा सिस्टर लीनसित क्षमताको कमी छ र वास्तविक काम गर्न सक्दिनन्, तिनलाई बर्खास्त गर्नुपर्छ भनेर भनिन्। वास्तवमा उनले भन्दा पहिला मैले तिनमा ती समस्या देखेकी थिएँ, तर तिनी कर्तव्यमा अलिक नयाँ छिन् भनेर मैले सोचेँ, त्यसैले म पर्खेर हेर्न चाहन्थेँ। सिस्टर झाओलाई पनि त्यस्तै लागेको हुनाले तिनलाई वास्तवमै बर्खास्त गरिनुपर्छ भनेर मैले बुझ्न सकेँ। तर सिस्टर झाओसँग छलफल गर्दा मलाई के लाग्यो भने, यदि मैले सिस्टर लीनलाई तुरुन्तै बर्खास्त गरेँ, र सो कुरा अगुवाले थाहा पाइन् भने, सिस्टर झाओको अन्तरदृष्टि र उनले आवश्यक परिवर्तन छिटो गरेकीले त्यो सम्भव भएको हो भनेर अगुवाले सोच्न सक्छिन्। त्यसपछि त्यो कुरा सिस्टर झाओको उपलब्धि जस्तो देखिनेथियो। अगुवाले म वास्तविक काम गर्न सक्दिनँ, आवश्यक पर्दा मानिसहरूका कर्तव्य परिवर्तन गर्दिनँ भनेर सोच्न सक्थिन्। त्यो विचार गरेर, मैले सिस्टर लीनलाई बर्खास्त गर्न हतार गरिनँ र त्यसमा केही दिनसम्म ढिलासुस्ती गरेँ। अनि एक पटक, सिस्टर झाओले हाम्रो दक्षता सुधार गर्ने योजना प्रस्ताव गरिन्, तर परीक्षण कालपछि, मैले त्यो त्यति राम्रो भइरहेको छैन भन्ने प्रतिक्रिया ब्रदर-सिस्टरहरूबाट पाएँ। म रोमाञ्चित भएँ। मैले के सोचेँ भने, उनीहरूले उनको कार्य योजनाअनुसार प्रयास गरिरहेका थिए, केही हासिल नगरी समय खेर फालिरहेका थिए, तिनीहरूले पक्कै पनि उनलाई मान गर्न छोड्नेछन्। अर्को पटक, मैले सिस्टर झाओलाई भेट्दा उनको योजना असफल भएको भन्दै हामीले कुनै नतिजाबिना कति समय बर्बाद गऱ्यौँ भनेर घुमाउरो पाराले उनलाई हरतरहले डाँटेँ। एकदमै खिन्न भएर उनले मुन्टो मात्र निहुराइन्। उनलाई त्यस हालतमा देख्दा वास्तवमा मलाई आनन्द लाग्यो, र अन्ततः मैले आफ्नो मर्यादा फेरि प्राप्त गरेँ भन्ठानेँ। तर यसबाट सिस्टर झाओमा त्यति असर नपरेको देखेर म छक्क परेँ। उनले त्यो असफलता गराउने आफ्नो गल्तीलाई बुझिन्, र त्यसपछि आफ्नो दक्षता र कार्य परिणाममा सुधार गरिन्। उनले छिटो प्रगति गरेको देखेर मलाई पटक्कै खुसी लागेन। म सोच्दैथिएँ, उनले भर्खरै काम सुरु गरेकी हुन् र हाम्रा केही कामसित उनी परिचित पनि छैनन्, त्यसैले उनलाई मेरो मदत चाहिन्छ। उनले अझ धेरै सिकेपछि त, अब चाँडै मेरो के काम? अगुवालेले मेरो ठाउँमा उनलाई राख्ने प्रबन्ध गरिसकेकी छिन् होला भनेर समेत मैले शङ्का गरेँ। म झन् निराश हुँदै गएँ र मसँग क्षमता र सीपको कमी छ भनेर सोच्न थालेँ, अनि मलाई यस्ता ठूला उपहारहरू नदिनुभएकोमा परमेश्वरलाई दोष समेत लगाएँ।

केही समयसम्म मैले आफ्नो कर्तव्यको लागि निकै प्रेरणा गुमाएकी थिएँ र भेलाहरूमा मलाई निद्रा लाग्थ्यो। मैले सिस्टर झाओविरुद्ध पूर्वाग्रह विकास गरेकी थिएँ, उनले मेरो प्रसिद्धि खोसेकी जस्तो मलाई महसुस भयो। उनले मसँग काम गर्नुअघि अरूले मेरो सङ्गति सुन्न चाहन्थे, तर उनी आएदेखि म केही गर्न सक्दिनँ जस्तो मलाई लाग्थ्यो। यदि मैले उनीसँग काम गरिरहेँ भने मैले चम्किने मौका कहिल्यै पाउँदिनँ भनेर सोचेँ। मलाई उनीप्रति यत्ति ईर्ष्या थियो कि उनको छायाँ समेत सहन सक्दिनँथिएँ, र मैले उनका व्यक्तिगत समस्याहरू वा उनले राम्रो नगरेको कुरा फेला पार्दा अरू सिस्टरहरूको अगाडि उनलाई नराम्रो देखाउन म उत्सुक हुन्थेँ। मैले सिस्टर झाओलाई आलोचना गर्दा उनले आफ्नो मुन्टो निहुराएर चुपचाप आफ्ना गल्ती स्वीकार गरेको देख्दा मलाई एक प्रकारको दोषी महसुस हुन्थ्यो। मैले कमजोर पक्षको अनुचित फाइदा उठाउन खोजिरहेकी थिएँ। तर मलाई साँचो कुरा बताउँदैछु जस्तो पनि लाग्थ्यो। मैले सिस्टर झाओका गल्तीहरू देखाउँदै र बताउँदै गएको केही समयपछि अन्य सिस्टरहरू पनि उनको विरुद्धमा पूर्वाग्रही भए। उनी एक्लो परेको जस्तो देखिइन् अनि झन् खराब स्थितिमा पुगिन्। तर पनि मैले आत्मसमीक्षा गरिनँ। बरु, म झन् नराम्रो हुँदै गएँ, झन् तीब्र बन्दै गएँ।

त्यसपछि, करिब एक महिनापछि कम्युनिष्ट पार्टीले केही ब्रदर-सिस्टरलाई पक्राउ गऱ्यो। परमेश्वरका वचनका पुस्तकहरू कहाँ राखिएका छन् भन्नेबारे सुरक्षाको चिन्ता थियो, त्यसैले ती सबै पुस्तकलाई सार्नुपरेको थियो। अगुवाले सिस्टर झाओलाई त्यसको जिम्मा लगाइन्। मैले सोचेँ, त्यो कर्तव्यमा उनीभन्दा म लामो समयदेखि छु, त्यसैले सबै कुरासित म धेरै परिचित छु। यो जिम्मेवारी त मैले लिनुपर्छ। के अगुवाले म सिस्टर झाओको बराबरी छैनँ भन्ने सोचेकी हुन्? मलाई झन् धेरै ईर्ष्या लाग्यो र असन्तुष्टि भयो, यस कामको कुनै जिम्मेवारी लिनेछैनँ भन्ने विषाक्त सोच समेत ममा आयो। सिस्टर झाओलाई त्यस परिस्थितिबारे थाहा थिएन, त्यसैले, उनले यसलाई कसरी सम्हाल्छिन् भनेर म हेर्नेथिएँ। मैले सिस्टर झाओको काममा कुनै पनि ध्यान दिन छोडेँ, र उनले अन्य मण्डली सदस्यहरूलाई भेट्न जान मसँग बाटोबारे सोध्दा मैले केवल उनलाई बेवास्ता गरेँ वा जवाफमा एक-दुई शब्द बोलेँ। उनले मलाई नाराज जस्तो देखेर सोध्न बन्द गरिन्। त्यसपछि मलाई दोषी महसुस भयो, मैले परमेश्वरको घरको कामलाई कायम नगरिरहेको जस्तो लाग्यो। म फेरि त्यसरी व्यवहार गर्न सक्दिनँ भनेर मैले आफैलाई भनेँ, तर अर्को पटक समस्या आएपछि मैले त्यसो नगरी सक्दै सकिनँ। मैले त्यो बारम्बार गरेँ र त्यसमा आफूलाई कहिल्यै नियन्त्रण गर्न सकिनँ। त्यस अवस्थामा जिउनु मेरो लागि साँच्चै पीडादायी थियो, तर त्यसबाट कसरी बाहिर निस्कने भनेर मलाई थाहा थिएन। म ईर्ष्यामा जिइरहेकी थिएँ। सिस्टर झाओ हाम्रा मण्डलीका सदस्यहरू वा स्थानीय क्षेत्रसँग परिचित छैनन् भनेर मलाई थाहा थियो, तर मैले उनलाई मदत गर्ने प्रयास गरिरहेकी थिइनँ। त्यसको अर्थ, पुस्तकहरू सार्ने हाम्रो काम हप्तौँसम्म रोकियो र त्यसले मण्डलीको काममा पनि असर गऱ्यो। तर मैले त्यसबारे कहिल्यै आत्मसमीक्षा गरिनँ।

म उनको ईर्ष्या गर्थें र उनीसँग प्रतिस्पर्धा गर्न चाहन्थेँ, जसले गर्दा परमेश्वरको घरको काममा असर पुग्यो। परमेश्वरको क्रोध ममाथि आएको थियो। एक साँझ, सिस्टर झाओ र म केही कामको रेखदेख गर्न समूह भेलामा सामेल हुँदा उनको सङ्गति वास्तवमै विस्तृत भएको र मैले नसोचेको कुरामा उनले निकै धेरै सोच लगाएकी—सबै जनाले निकै प्रशंसा गरेको मैले देखेँ। मलाई ईर्ष्या लाग्यो र रिस उठ्यो। उनले नै सबै कुरा सोचेको जस्तो बनाउँदै र मलाई नराम्रो देखाउँदै किन उनी यति धेरै विस्तारमा जानुपऱेको होला भनेर म सोच्दैथिएँ। मलाई झन् धेरै झोँक चल्यो र उनले थप बोलेको सुन्नै चाहिनँ। मैले यसो भन्दै उनको कुरा काटेँ, “तयार हुनुहुन्छ? म अन्य ठाउँमा पनि जानुपर्छ।” उनी मन नलागी-नलागी सहमत भइन्, तर म उनलाई नपर्खी फुत्तै बाहिर निस्किएँ। तर म सडकमा निस्कनासाथ मेरो ई-बाइक बिग्रियो र म बाइकसँगै लडेँ। म मेरो ई-बाइकमुनि परेँ र उठ्नै सकिनँ, तर सौभाग्यवश त्यहाँबाट जाने कोहीले मलाई मदत गऱ्यो। तर घर पुगेपछि, मैले दाहिने हात चलाउनै नसक्ने भएको महसुस गरेँ, मैले आफैलाई चोट पुऱ्याएकी थिएँ। यो, मलाई परमेश्वरको ताडना हो भनेर थाहा भयो, तर म यति साह्रै चेतना-शून्य थिएँ कि मैले गम्भीरतापूर्वक आत्मसमीक्षा गरिनँ। म साह्रै कठोर, असाध्यै विद्रोही थिएँ। केही समय बित्यो र मेरो हात अलिकति पनि ठीक भएको थिएन, साथै पुलिस मेरो पछि लागिरहेका थिए। तिनीहरू मलाई पक्रन मेरो घर आए र म परमेश्वरको सुरक्षाले गर्दा उम्किएँ, तर मैले आफ्नो कर्तव्य गर्न रोक्नुपऱ्यो। ती भइरहेका घटनाहरूमा परमेश्वरको इच्छा लुकेको छ भनेर मलाई थाहा थियो। मैले सिस्टर झाओसँग शान्तिपूर्वक काम गरिरहेकी थिइनँ र त्यसबारे निष्कपटसाथ सोचेकी वा परिवर्तन भएकी थिइनँ। त्यसैले, परमेश्वरको धार्मिकता ममाथि आयो। तर मलाई धेरै नकारात्मक महसुस भइरहेको थियो, मलाई आफू पूर्ण रूपमा खुलासा भएको महसुस भयो र यसबाट कसरी पार पाउने भनेर मलाई थाहा थिएन। त्यस पीडामा मैले परमेश्वरलाई प्रार्थना गरेँ, उहाँसँग अन्तर्दृष्टि र मार्गदर्शन मागेँ ताकि मैले साँच्चै आत्म-समीक्षा गर्न सकूँ।

एक दिन, मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै भ्रष्टतामा पर्नेथ्यौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र तिनीहरूको स्वभाव परिवर्तन गर्न पनि त्यत्तिकै कठिन छ। … आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यको बारेमा त केही भनिएकै छैन—के त्यो झन् बढी आसन्‍न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति भ्रष्ट हुनेथ्यौ, कसलाई थाहा छ र। तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्‍नै बारेमा चिन्तन गर्ने क्षमता छँदै छैन। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। मैले यो खण्ड बारम्बार पढेँ र हरेक शब्द सीधै हृदयमा पुग्यो। मैले हैसियतको लागि परमेश्वरको घरको काममा बाधा पुर्‍याउँदै सिस्टर झाओसँग झगडा गरिरहेकी थिएँ। यदि परमेश्वरले मलाई दण्ड दिन थुप्रै परिस्थितिको प्रबन्ध नगर्नुभएको भए, म रोकिनेथिइनँ, तर अवश्यै उनीसँग लडाइँ गरिरहनेथिएँ। त्यसले मण्डलीको कामलाई थप प्रभाव पार्न सक्थ्यो। परमेश्वरले मेरो दुष्कर्मलाई तुरुन्तै रोक्नका लागि ती परिस्थिति सृजना गर्नुभयो। त्यो मेरो लागि उहाँको हेरचाह र मुक्ति थियो। यो, परमेश्वरको प्रेम थियो, उहाँले मलाई मेटाउन चाहनुभएको होइन। म निराश हुनु हुँदैन, तर मैले आत्मसमीक्षा गर्नुपर्छ र परमेश्वरसामु पश्चात्ताप गर्नुपर्छ। यो कुरा महसुस हुनु भनेको मेरो लागि अन्तर्दृष्टि थियो र मलाई निराश महसुस हुन छोड्यो। म प्रार्थना गर्दै परमेश्वरसामु आएँ, “हे परमेश्वर, म गलत थिएँ। म साँच्चै पश्चात्ताप गर्न चाहन्छु। कृपया म आफूलाई बुझ्न मार्गदर्शन गर्नुहोस्।”

त्यसपछि, एक दिन मैले परमेश्वरका केही वचनहरू पढेँ “परमेश्‍वरलाई आफ्नो साँचो हृदय देओ, अनि तिमीहरूले सत्यता प्राप्त गर्नेछौ” को खण्ड चारमा। “तिमीहरूको दिमागलाई भरेर राख्‍ने धारणाहरू, कल्पनाहरू, ज्ञान, र व्यक्तिगत अभिप्राय र चाहनाहरू मूल स्वरूपबाट अपरिवर्तित नै रहन्छन्। त्यसैले ओहदा, इज्‍जत, वा प्रतिष्ठाको कुरा संलग्‍न हुने बित्तिकै—उदाहरणको लागि, जब मानिसहरूले परमेश्‍वरको घरले विभिन्‍न प्रकारको प्रतिभालाई वृद्धिविकास गर्ने योजना बनाउँछ भन्‍ने कुरा सुन्छन्—हरेक व्यक्तिको हृदय अपेक्षाले उफ्रन्छ, अनि तिमीहरू प्रत्येक नाम कमाउन र पहिचान बनाउन चाहन्छौ। तिमीहरू प्रत्येक नै हैसियत र प्रतिष्ठाको लागि लड्छौ। थोरै समझ भएका मानिसहरू प्रतिस्पर्धा गर्न सर्माउँछन्, तर त्यसो गरेनन् भने तिनीहरूलाई अलिक नरमाइलो लाग्छ। कतिपय मानिसहरू अरू कसैले नाम कमाएको देख्दा डाहा र घृणा गर्छन्, र रिसाउँछन्, र यो अनुचित भयो भन्‍ने ठान्छन्। ‘म चाहिँ किन माथि उठ्न सक्दिन? किन सधैँ अरूले महिमा पाउँछन्? किन मेरो पालो कहिल्यै आउँदैन?’ अनि तिनीहरूले केही असन्तोष महसुस गर्छन्। तिनीहरूले यसलाई दबाउन कोसिस त गर्छन् तर सक्दैनन्। तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्छन् र केही समय अलि राम्रो महसुस गर्छन्, तर यस प्रकारको परिस्थितिमा प्रवेश गर्दा तिनीहरूले यसलाई काबूमा राख्न सक्दैनन्। के यसले अपरिपक्‍व कद प्रदर्शन गर्दैन र? मानिसहरू त्यस्तो अवस्थामा पुग्‍नु भनेको तिनीहरू शैतानको पासोमा पर्नु होइन र? यिनीहरू शैतानको भ्रष्ट प्रकृतिका साङ्लाहरू हुन् जसले मानिसहरूलाई बाँधेर राख्छ(वचन देहमा देखा पर्नुहुन्छ, खण्ड २, आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू)। “ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घर र मण्डलीका हितहरूलाई आफ्नै हित ठान्छन्, कसैको हस्तक्षेपविना सम्पूर्ण रूपमा आफैले व्यवस्थापन गर्नुपर्ने आफ्नै व्यक्तिगत सम्पत्ति सोच्छन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत र छवि मात्र हुन्। तिनीहरूको नजरमा तिनीहरूको आफ्नो हैसियत, मान-प्रतिष्ठाको लागि खतरा बन्‍ने जोकोहीलाई तिनीहरूले अस्वीकार गर्छन्; तिनीहरूले त्यस्ता मानिसहरूलाई दबाउँछन् र बहिस्कार गर्छन्। तिनीहरूले केही निश्चित विशेष कर्तव्यहरू निर्वाह गर्नको उपयोगी र सुहाउँदा मानिसहरूलाई समेत बहिस्कार गर्छन् र दबाउँछन्। … ख्रीष्ट विरोधीहरूले झूटा कुराहरू बनाउँछन् र दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तथ्यलाई बढाइचढाइ गर्छन्, मानिसहरूलाई खसाल्न तिनीहरूको बारेमा नराम्रो कुरा गर्छन्, ती मानिसहरूले जुनै काम गरे पनि तिनीहरूलाई बहिष्कार र दमन गर्ने बहानाहरू खोज्छन्; यसरी तिनीहरूले उनीहरूलाई दोष लाउँछन्, अनि उनीहरू अहङ्कारी र स्व-धर्मी छन्, उनीहरू देखावटी गर्न मन पराउँछन्, उनीहरूले महत्वाकांक्षा राख्छन् भनी भन्छन्। वास्तवमा, यी सबै मानिसहरूसँग सबल पक्षहरू हुन्छन्, तिनीहरू सबै सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्छन्, जो भरणपोषण गर्न लायकका हुन्छन्। तिनीहरूमा केवल साना गल्तीहरू मात्र भेटिन्छन्, कहिलेकहीँ मात्र भ्रष्ट स्वभाव प्रकट हुन्छ; तुलनात्मक रूपमा तिनीहरू सबैमा असल मानवता हुन्छ। समग्रमा, यिनीहरू कर्तव्यहरू निर्वाह गर्नको लागि उपयुक्त हुन्छन्, यिनीहरू कर्तव्य निर्वाह गर्नेहरूको लागि दिइएका सिद्धान्तहरूसँग मेल खाने हुन्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, ‘मैले कुनै हालतमा यो कुरा सहनेवाला छैन। तँ मेरो क्षेत्रभित्र आफ्नो भूमिका खोज्दैछस्, मसँग प्रतिस्पर्धा गर्दैछस्। त्यो सम्भव छँदै छैन, त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा सक्षम छस्, मभन्दा राम्रोसँग अभिव्यक्ति दिन सक्छस्, मभन्दा शिक्षित छस्, र मभन्दा प्रसिद्ध छस्। के मैले तँसँगै काम गरेको तँ चाहन्छस्? तैँले मेरो गर्जन चोरिस् भने मैले के गर्ने?’ के तिनीहरूले परमेश्‍वरको घरको हितको बारेमा सोचिरहेका हुन्छन् त? हुँदैनन्। तिनीहरूले कसरी आफ्नो हैसियत जोगाउने भन्‍ने बारेमा मात्रै विचार गरिरहेका हुन्छन्, ताकि तिनीहरूले यी मानिसहरूलाई प्रयोग गर्नुको साटो परमेश्‍वरको घरको हितलाई हानि पुर्‍याउन सकून्। यो बहिस्कार हो(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ८: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरको पालना गर्न होइन तर तिनीहरूको आफ्‍नै कुरा पालना गर्न लगाउँथे (भाग एक)”)। मैले परमेश्वरको वचनबाट के सिकेँ भने ख्रीष्टविरोधीहरू प्रकृतिले नै अविश्वसनीय रूपमा दुष्ट र भयानक हुन्छन्। तिनीहरू प्रतिष्ठा र हैसियतको कदर गर्छन् र सधैँ कुनै पनि समूहमा माथि हुन चाहन्छन्। तिनीहरू जहाँ भए पनि मानिसहरूबाट प्रशंसा र श्रद्धा चाहन्छन्, अनि यदि कसैले तिनीहरूलाई अलग देखिनबाट रोक्यो वा तिनीहरूको हैसियतमा खतरा पैदा गऱ्यो भने, तिनीहरूले ती व्यक्तिलाई प्रहार, अस्वीकार, आलोचना र अपमान गर्नेछन्। तिनीहरूले परमेश्‍वरको घरको काममा कत्ति हानि पुग्न सक्छ भन्ने वास्ता गर्दैनन्, र तिनीहरूले त्यसलाई कायम गर्दैनन्। मैले ख्रीष्टविरोधीले जस्तै काम गरिरहेकी छु भनेर मलाई महसुस भयो। मैले सुरुका दिनहरूमा अगुवाको रूपमा केही प्रगति गर्दा, म जगेर्ना गरिन लायकको प्रतिभा हुँ भन्ने मलाई लाग्थ्यो। तर सिस्टर झाओ मसँग काम गर्न आएपछि र उनले मलाई हरेक पक्षमा उछिनेकी र अरूले उनलाई औधी मन पराएको देखेपछि, उनले मेरो प्रसिद्धि खोस्दैछिन् भन्ने सोचेँ। मैले ईर्ष्या गरेँ र उनीसँग लुकिछिपी प्रतिस्पर्धा गर्न थालेँ। उनले टोली अगुवा योग्य नभएकी देख्दा, ती अगुवालाई प्रतिस्थापित गर्नुपर्छ भनेर मलाई थाहा भयो। तर म आफ्नो नाम र हैसियत जोगाउन चाहन्थेँ, त्यसैले मैले ढिलासुस्ती गर्दै तिनलाई बर्खास्त गर्ने कुरालाई पछि सारेँ। म आफ्नो प्रतिष्ठामा सम्झौता गर्नुभन्दा परमेश्वरको घरको काममा हानि पुगेको हेर्न तयार थिएँ। उनको एउटा कार्ययोजना राम्रो नहुँदा मैले उनको त्यो असफलतामा मजा मानेँ, घुमाउरो पाराले उनलाई दोष लगाएँ र जानाजानी उनलाई नराम्रो देखाएँ। अझ नराम्रो त, अगुवाले उनलाई पुस्तकहरू सार्ने जिम्मेवारी दिँदा म झनै ईर्ष्याले जलेँ। अगुवाले मलाईभन्दा उनलाई धेरै मोल गर्छिन् भन्ने मैले सोचेँ, त्यसैले, मैले हाम्रो कामको त्यो भागलाई अशिष्ट हुँदै बेवास्ता गरेँ। उनले आफू निश्चित नभएको कुराबारे मलाई सोध्दा, मैले केवल उनलाई बेवास्ता गरेँ, जानाजानी उनलाई गाह्रो स्थितिमा पारेँ, उनलाई नराम्रो देखाउन चाहेँ। त्यसको अर्थ, केही पुस्तकहरू समयमै सारिएन। हाम्रो अन्तरक्रियाबारे फर्केर सोच्दा, मलाई यस्तो लाग्यो कि म नाम र हैसियतको चाहनाले लट्ठ थिएँ, र मैले आफ्नो छविको लागि हरेक मोडमा हामीबीच समस्या खडा गरेँ। त्यसले परमेश्वरको घरको कामलाई कति हानि गऱ्यो भनेर मैले वास्तै गरिनँ। मैले उनलाई अनादर र अस्वीकार गर्दै महत्त्वहीन कुरामा समेत ज्यादै ध्यान दिएँ। मेरो प्रभावले गर्दा अन्य सिस्टरहरूले उनलाई बहिष्कार गरे। मैले उनलाई गोप्य रूपमा आक्रमण र अस्वीकार गर्दै केवल आफ्नो हैसियत जोगाउन यस्ता नीच युक्तिहरू चलाएँ। त्यो कपट र दुष्ट्याइँ थियो। कहाँ थियो मेरो मानवता? म शैतानीबाहेक अरू केही थिइनँ। म नाम र लाभको लागि सिस्टर झाओसँग निरन्तर युद्धमा थिएँ, परमेश्वरको घरको कामलाई बेवास्ता गरेँ। परमेश्वरको धार्मिकताबिना अर्थात् मेरो ई-बाइक नबिग्रिएको र झण्डै पक्राउ नपरेको भए, जसको अर्थ मेरो कर्तव्य रोकिनु थियो, मैले खराबी गर्न छोड्ने थिइनँ, र म आत्मसमीक्षा गरेर परमेश्वरसामु आउनेथिइनँ। परमेश्वरले मलाई अगुवाको रूपमा सेवा गर्न उचाल्नुभयो। म मेरो जिम्मेवारीमा र परमेश्वरको आज्ञा पूरा गर्नमा असफल मात्र भइनँ, म कसरी आफू अलग्गै देखिने, अगुवाबाट प्रशंसा पाउने र मूल्यवान् ठानिने भन्ने कुराले पनि ग्रस्त थिएँ। “महापुरुष एक जना मात्रै हुन सक्छ,” “समस्त ब्रह्माण्डमा, सर्वोच्‍च शासन गर्ने म मात्र हुँ” जस्ता शैतानी विषअनुसार म जिइरहेकी थिएँ। मैले सिस्टर झाओसँग निरन्तर प्रतिस्पर्धा गरेँ, मानौँ राज्यमा एक जनामात्र राजा हुन सक्छ। उनले खराब काम गर्नेछिन् र बर्खास्त हुनेछिन् भन्ने आशा समेत मैले गरेँ। मैले आफूमा जे देखेँ त्यसले मलाई भयभीत पाऱ्यो—त्यो निकै भयानक प्रकृति हो। म ख्रीष्टविरोधीको मार्गमा थिएँ। शैतानको विषले मलाई विषाक्त बनाइरहेको थियो, मलाई प्रशंसाको भोको बनायो, मानौं सम्मानका साथ जिउने एक मात्र तरिका त्यही हो। तर मैले के बुझ्न सकेँ भने, प्रशंसाको खातिर मैले परमेश्वरको घरको हितलाई बेवास्ता गर्न एउटी सिस्टरलाई दमन गर्न सक्नेथिएँ। त्यसरी जिउनु परमेश्वर र अरूका लागि घृणित कुरा थियो। ममा इज्जतको एक टुक्रा पनि थिएन। साँचो निष्ठा भएको व्यक्ति मिलापमा सहकार्य गर्न, सत्यता स्वीकार गर्न, परमेश्वरको घरका हितलाई कायम गर्न र सृष्टि गरिएको प्राणीको कर्तव्य गर्न सक्षम हुनेथियो। तर म शैतानी दर्शनअनुसार जिइरहेकी थिएँ अनि मैले राम्रो र नराम्रो छुट्याउन समेत सकिनँ। म अन्धाधुन्ध गलत मार्गमा, विनाशको बाटोमा हिँडिरहेकी थिएँ! यो कुरा थाहा भएपछि मैले आफैलाई साँच्चै घृणा गरेँ। त्यही समयमा, म परमेश्वरको मुक्तिको लागि साँच्चै कृतज्ञ थिएँ र मैले परमेश्वरविरुद्ध कत्ति धेरै विद्रोह गरेकी रहेछु भनेर बुझेँ, तर परमेश्वरले मलाई मेरा अपराधको आधारमा व्यवहार गर्नुभएन। उहाँले मेरो मन्द र चेतना-शून्य हृदयलाई जगाउन परिस्थितिहरू सृजना गर्नुभयो। म परमेश्वरप्रति कृतज्ञले भरिएँ, र म त्यो मौकालाई आफ्नो भ्रष्टता हटाउने सत्यता खोज्नका लागि प्रयोग गर्न चाहन्थेँ।

मैले मेरो भक्तिको समयमा परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घृणा गर्नुहुन्‍न, किनभने हैसियतको पछि लाग्‍नु शैतानी स्वभाव हो, यो गलत बाटो हो, यो शैतानको भ्रष्टताबाट आउने कुरा हो, यो परमेश्‍वरले निन्दा गर्नुहुने कुरा हो, र परमेश्‍वरले न्याय गर्नुहुने र शुद्ध पार्नुहुने कुरा नै यही हो। परमेश्‍वरले हैसियतको पछि लाग्‍ने मानिसहरूलाई जत्तिको अरू कसैलाई घिनाउनुहुन्‍न, तैपनि तँ जिद्दी भई हैसियतको लागि होड गर्छस्, र सधैँ यसलाई आफ्‍नो बनाउने प्रयास गर्दै सदासर्वदा यसैलाई प्यार र रक्षा गर्छस्। अनि, प्रकृतिको हिसाबमा, के यो सब परमेश्‍वरविरोधी हुँदैन र? हैसियत मानिसहरूको लागि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा होइन; परमेश्‍वरले मानिसहरूलाई सत्यता, बाटो, र जीवन दिनुहुन्छ, र अन्तिममा तिनीहरूलाई परमेश्‍वरको स्वीकार्य सृष्टि अर्थात् परमेश्‍वरका साना र महत्त्वहीन सृष्टि बनाउनुहुन्छ—हैसियत र प्रतिष्ठा भएको र हजारौँ मानिसहरूले सम्‍मान गर्ने व्यक्ति बनाउनुहुन्‍न। त्यसकारण, यसलाई जुन दृष्टिकोणले हेरे पनि, हैसियतको पछि लाग्‍नु भनेको गन्तव्यहीन मार्गमा हिँड्नु हो। हैसियतको पछि लाग्‍ने तेरो बहाना जति नै तार्किक भए पनि, यो अझै पनि गलत मार्ग नै हुन्छ, र परमेश्‍वरले यसलाई स्याबासी दिनुहुन्‍न। तैँले जति धेरै प्रयास गरे पनि वा जति ठूलो मूल्य चुकाए पनि, यदि तँ हैसियत पाउने इच्‍छा गर्छस् भने, परमेश्‍वरले तँलाई त्यो दिनुहुनेछैन; यदि परमेश्‍वरले दिनुहुन्‍न भने, त्यो प्राप्त गर्न लडाइँ गर्दा तँ असफल हुनेछस्, र यदि तैँले लडाइँ गरिरहिस् भने एउटै मात्र परिणाम आउनेछ: तेरो खुलासा गरिनेछ र तँलाई हटाइनेछ, र यो गन्तव्यहीन मार्ग हो। तँ यो कुरा बुझ्छस्, होइन त?(ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ९: तिनीहरूले आफैलाई पृथक तुल्याउन अनि तिनीहरूका आफ्‍नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्‍ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्‍वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि व्यक्तिगत वैभवको लागि ती चासोहरूलाई समेत बेच्छन् (भाग तीन)”)। मैले परमेश्वरका वचनबाट के सिकेँ भने, नाम र हैसियतको पछि लाग्नु भनेको परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुने कुरा हो र यो पूर्णतया गलत मार्ग हो। आफू यी कुराका लागि लडिरहेको छु र मण्डलीको काममा हानि पुर्‍याइरहेको छु तर पश्चात्ताप गर्न अस्वीकार गर्छु भनेर थाहा हुने जो कोहीले परमेश्वरबाट आवश्यै निन्दा र दण्ड भोग्छ। परमेश्वरका वचनहरू असाध्यै मार्मिक थिए र मलाई भयभीत तुल्याए। मैले परमेश्वरको क्रोधित र प्रतापी स्वभावलाई महसुस गर्न सकेँ, जसले अपराध सहँदैन। मसँग कार्यकुशलताको ठूलो अभाव थियो र यति धेरै कुरा कसरी सम्हाल्ने भनेर मलाई थाहा थिएन। तर यस पक्षमा सिस्टर झाओ राम्रो थिइन् र मभित्र भएको कमीलाई परिपूर्ति गर्न सक्थिन्। मैले आफ्ना कमजोरीहरूलाई हटाउन उनका सामर्थ्यबाट सिक्नुपर्थ्यो, मण्डलीको कामको खातिर उनीसँग मिलेर काम गर्नुपर्थ्यो। तर त्यसको सट्टा, मैले परमेश्वरको इच्छा बुझिनँ वा आफ्नो कर्तव्यको लागि सत्यताको पछि लाग्नमा ध्यान लगाइनँ। मैले आफूलाई उनीसँग तुलना मात्र गरिरहेकी थिएँ, उनलाई दमन गर्न उनका गल्तीहरूलाई पक्रिरहेकी थिएँ। त्यो उनको लागि साँच्चै पीडादायी थियो र त्यसले परमेश्वरको घरको काममा बाधा सृजना गऱ्यो। परमेश्‍वरले मलाई बारम्बार हप्काइरहनुभएको थियो र ताडना दिइरहनुभएको थियो, तर मैले उहाँको विरुद्धमा लड्न जिद्दी गरिरहेँ, पछि हट्न इन्कार गरेँ। परमेश्वरले मेरो कर्तव्य रोक्न परिस्थितिहरू सृजना नगरुञ्जेल मेरो होश खुलेन। मैले देखेँ, म अविश्वसनीय रूपमा हठी थिएँ र मेरो हृदयमा परमेश्वरको लागि ठाउँ थिएन। तर त्यसै समयमा, मैले परमेश्वरको कृपा महसुस गर्न सकेँ। परमेश्वरले म सत्य स्वीकार गर्न र साँचो अर्थमा पश्चात्ताप गर्न, उहाँको डर मान्ने र दुष्टताबाट टाढा रहने व्यक्ति हुन सक्षम भएको चाहनुहुन्थ्यो। त्यही कुराले परमेश्वरलाई आनन्द दिन्छ। साथै, मैले धेरै मानिसहरूबाट प्रशंसा पाए पनि परमेश्वरको अनुमोदन छैन भने अन्ततः उहाँले मलाई खुलासा गर्नुहुनेथ्यो र हटाउनुहुनुथ्यो भनेर बुझेँ। नाम र हैसियतको पछि लाग्नु अनि प्रशंसाको लागि काम गर्नु भनेको गलत मार्गमा हिँड्नु हो। अहिले म एक विश्वासी हुँ, परमेश्वरले हामीलाई भन्नुभए जस्तै म सत्यताको पछि लाग्नुपर्छ। त्यो कुरा बुझेर मैले प्रार्थनामा भनेँ, म सिस्टर झाओको ईर्ष्या गर्न वा नाम र हैसियतको पछि लाग्न चाहँदिनँ, बरु परमेश्वरको प्रबन्धप्रति समर्पित हुन, उहाँका वचनहरूलाई खान र पिउन अनि मेरो वर्तमान परिस्थितिमा आत्मसमीक्षा गर्न चाहन्छु। त्यसपछि मेरो अवस्था बिस्तारै राम्रो हुन थाल्यो र मेरो हात बिस्तारै निको भयो।

म जनवरी २०२१ मा फेरि अगुवाको रूपमा चुनिएँ, र म यसबारे पहिलेजस्तो हर्षित थिइनँ, आफ्नो हैसियतको कारण मानिसहरूले मलाई मान गर्नेबारे सोचिनँ बरु परमेश्वरले मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको जस्तो लाग्यो। म यो कर्तव्यलाई सँगाल्छु, हैसियतको लागि फेरि कहिल्यै ईर्ष्यालु हुँदिनँ र लडाइँ गर्दिनँ भनेर चुपचाप कसम खाएँ। तर, फेरि मेरो खुलासा गर्ने केही घटना तुरुन्तै घट्यो। एक दिन मलाई उच्च तहका अगुवाबाट सिस्टर झाओको हस्ताक्षरसहितको पत्र आयो। त्यो देखेर मेरो मन विचलित भयो र मैले सोचेँ, उनको पदोन्नति भएछ, म चाहिँ उही पुरानै स्थानमा छु। म साँच्चै उनको बराबर थिइनँ। मलाई साँच्चै रिस उठ्न थाल्यो, तर यस पटक चाहिँ मलाई म फेरि उनीसँग प्रतिस्पर्धा गर्दैछु भन्ने महसुस भइहाल्यो, त्यसैले, म तुरुन्तै प्रार्थनाद्वारा परमेश्वरसामु आएँ, नाम र लाभको लागि लड्ने मेरो भ्रष्ट स्वभावदेखि टाढा रहन, अनि उहाँका प्रबन्धप्रति समर्पित हुन र मैले गर्नुपर्ने कर्तव्य गर्न सकौं भनेर उहाँसँग मार्गदर्शन मागेँ। प्रार्थना गरेपछि मलाई शान्त महसुस भयो र मैले पहिले उनीसँग काम गरेको बारे सोचेँ, म उनीसँग ईर्ष्यालु र प्रतिस्पर्धात्मक भएको हुनाले उनलाई धेरै चोट पुऱ्याएकी थिएँ र मेरो आफ्नै जीवन पनि कष्टदायी भएको थियो। सिस्टर झाओसँगको यो सम्पर्क परमेश्वरले मलाई पश्चात्ताप गर्ने नयाँ मौकाको रूपमा दिनुभएको थियो। म पहिले जस्तै शैतानद्वारा नियन्त्रित भएर आफ्नो भ्रष्टतामा जिइरहन सक्दिनँथिएँ। म आफूलाई त्याग्नका लागि सत्यता अभ्यास गर्न चाहन्थेँ। मैले परमेश्वरका वचनहरूबारे सोचेँ: “तिमीहरूका चाल-चलनका सिद्धान्तहरू के-के हुन्? तिमीहरूले आफ्नो स्थान अनुसार चालचलन प्रस्तुत गर्नुपर्छ, तिमीहरूले आफ्‍नो लागि सही स्थान खोज्‍नुपर्छ, र आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुपर्छ; यस्तो व्यक्ति मात्र समझ भएको व्यक्ति हो। उदाहरणको रूपमा, कतिपय मानिसहरू कुनै काम वा पेसामा सिपालु हुन्छन् र त्यसका सिद्धान्तहरूलाई बुझ्न सक्छन्, र तिनीहरूले यस सम्बन्धमा अन्तिम जाँच गर्नुपर्छ; आफ्‍ना विचारहरू र अन्तर्दृष्टिहरू प्रदान गरेर, अरू सबैलाई तिनै विचारहरूको आधारमा अघि बढेर उक्त कर्तव्य अझ राम्ररी गर्ने तुल्याउन सक्‍ने मानिसहरू पनि हुन्छन्—त्यसकारण तिनीहरूले विचारहरू प्रदान गर्नुपर्छ। यदि तैँले आफ्नो निम्ति सही स्थान भेट्टाउन सक्छस् र तेरा दाजुभाइ-दिदीबहिनीहरूसँग मेलमिलापमा काम गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछस्, र तैँले आफ्‍नो स्थान अनुसार व्यवहार गरिरहेको हुनेछस्(आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “कुनै व्यक्तिको आचरणलाई मार्गदर्शन गर्ने सिद्धान्तहरू”)। परमेश्वरले हामीलाई सृष्टि गरिएको प्राणीको स्थानमा बस्नू, सोझो मानिसको रूपमा आफ्नो कर्तव्य गर्नू, र आफूले गर्न सक्ने योगदान मात्र दिनू भन्नुहुन्छ। वास्तविक व्यक्तिजस्तै जिउने एक मात्र तरिका त्यही हो। मसँग भएको जुनै पनि क्षमता परमेश्वरले निर्धारण गर्नुभएको थियो। म के गर्न सक्छु, सो परमेश्वरलाई थाहा थियो, त्यसैले, मैले आफ्नो कर्तव्यमा सक्दो गर्नुपर्थ्यो, आफ्नी सिस्टरसँग राम्रोसँग काम गर्नुपर्थ्यो र मण्डलीको कामलाई मिलेर कायम गर्नुपर्थ्यो। परमेश्वरको लागि त्यति गर्नु पर्याप्त छ। उनी मण्डलीको काममा नयाँ हुँदा र उनलाई थाहा नभएका धेरै कुरा हुँदा, उनलाई सहयोग गर्न, हाम्रो काममा उनलाई निपुण बन्नका लागि मदत गर्न म उत्सुक हुनुपर्थ्यो, ताकि हामीले समस्याहरू खोज्न र ती तुरुन्तै समाधान गर्न सकौँ। यो कुरा बुझ्नु मेरो लागि ठूलो राहत थियो। त्यसपछि, म हाम्रो कामका केही समस्याहरूबारे छलफल गर्न सिस्टर झाओकहाँ गएँ र उनले केही राम्रो सुझाव दिइन्। मैले ती सहर्ष स्विकारेँ र तुरुन्तै लागू गरेँ। मैले आफूलाई उनीसँग तुलना गर्न छोडेपछि, अनि परमेश्वरका वचनहरू अभ्यास गरेपछि, आफ्नो हृदयमा झनै धेरै सहज महसुस गरेँ, र हाम्रो सम्बन्ध धेरै सुध्रियो।

यस अनुभवले मलाई नाम र हैसियतद्वारा सञ्चालित हुनु कत्ति पीडादायी हुन्छ भनेर देखाएको छ। अहिले म यी बन्धनबाट मुक्त भएको महसुस गर्छु। म सत्यता अभ्यास गर्न सक्छु र अलिकति मानव स्वभाव प्राप्त गर्न सक्छु। यी सबै परमेश्वरको न्याय र सजायले गर्दा भएका हुन्! सत्यता अभ्यास गर्नु कत्तिको स्वतन्त्र हुन्छ भन्ने अनुभव पनि मैले गरेकी छु। यो, जिउने सुन्दर तरिका हो। म परमेश्वरको मुक्तिका लागि हृदयभित्रदेखि कृतज्ञ छु।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

ती सब कष्ट-भोग केका लागि?

विश्‍वासी बनेपछि, धेरै अगुवाहरूले वास्तवमा नै धेरै कठिनाइ भोग्‍न सक्छन् भन्‍ने देखेँ। तिनीहरूले झरी बतासमा पनि काम गरिरहेका, र आफ्‍नो...

मेरो कर्तव्य कसरी लेनदेन बन्यो

काइना, चीन अप्रिल २०१७ मा, म उच्च रक्तचापबाट पीडित थिएँ, त्यसैले म घर गएर आराम गर्न सकूँ भनेर अगुवाले मेरो कर्तव्य स्थगित गरिदिनुभयो। म...

इमानदार मानिस हुनुको स्वाद

योङ्ग्सुइ, दक्षिण कोरियाएक दिन मार्च महिनाको अन्ततिर एक भेलामा, एक जना अगुवाले गिरफ्तार गरेर क्रूर यातना दिइएका एकजना दाजुको बारेमा बताए।...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्