चापलुसीबाट के आउँछ
सन् २०१९ मा म वाङसँगै काम गर्ने अगुवा चयन भए। हाम्रो अन्तरक्रियाको क्रममा, मैले थाहा पाएँ कि उनले चीनमा धेरै वर्ष नेतृत्व पदमा सेवा गरेका र विभिन्न परियोजना सम्हालेका रहेछन्। पछि, उनलाई माथिल्लो अुगवामा पदोन्नति गरियो र धेरैवटा मण्डलीको जिम्मेवारी दिइयो। मलाई यस्तो लाग्यो, उनीसँग राम्रो क्षमता र सिद्धान्तहरूको राम्रो बुझाइ रहेको, र उनले सत्यता बुझेको हुनुपर्छ। नत्र त, उनले यस्तो महत्त्वपूर्ण काम कसरी सम्हाल्न सक्थे र? मैले उनलाई केही हदसम्म प्रशंसा नगरी सक्दै सकिनँ। मैले आफैलाई भनें, म भर्खर त काम सिक्दैछु र थुप्रै सिद्धान्तहरूसँग परिचित छैनँ। मसँग कामकुराबारे राम्रो अन्तरदृष्टि थिएन र जटिल समस्या आउँदा अन्योलमा पर्ने सम्भावना थियो। सिद्धान्तहरू जान्ने व्यक्तिको साझेदार भएको हुँदा, मण्डलीको काम राम्ररी गर्नका लागि मैले उनीबाट सिक्नु र जतिसक्दो चाँडो सिद्धान्तहरू बुझ्नु आवश्यक थियो।
समय बित्दै जाँदा, वाङसँगको भेलामा, उनले चिनियाँ भूमिमा आफूले निर्वाह गरेको कर्तव्यबारे कुरा गरेको सुनेँ। केही मण्डलीले राम्रो काम गरिरहेका थिएनन्, त्यसैले, उनलाई ती मण्डलीहरूको जिम्मेवारी दिइयो। सुरुमा त उनलाई त्यो गाह्रो काम हो जस्तो लागेकोले उनले त्यहाँ जान चाहेनन्, तर परमेश्वरको वचन खाए-पिएपछि र प्रार्थना गरेपछि उनले त्यो कर्तव्य स्वीकार गरे। त्यो स्वीकार गरेपछि, त्यहाँ केही वास्तविक समस्या थिए, तर केही समय कडा परिश्रम गर्दा मण्डलीका कामकुरामा सुधार आउन थाल्यो। उनको त्यो कुरा सुनेर, मलाई लाग्यो, उनीसँग राम्रो क्षमता छ, उनले साँच्चै बोझ उठाएका छन् र परमेश्वरको इच्छालाई विचार गरेका छन्, व्यावहारिक तवरमा मरेतुल्य परियोजनाहरूलाई पुनर्जीवित गरेका छन्। उनीसँग पवित्र आत्माको काम, परमेश्वरको मार्गदर्शन र आशिषहरू रहेको हुनुपर्छ। मैले उनलाई अझ धेरै प्रशंसा नगरी सक्दै सकिनँ। हाम्रो सहकार्य अघि बढ्दै जाँदा, मैले उनको सङ्गतिलाई राम्ररी सुन्ने सुनिश्चित गरेँ। उनले आफ्नो परिवारलाई छोडेको, आफ्नो कर्तव्य गर्न व्यक्तिगत भावनालाई पन्छाएको, कसरी उनलाई परिवारले बाधा दिन खोजे, कसरी उनले शैतानको चाललाई जिते र उनी गवाहीको रूमा खडा भए, कसरी उनले ख्रीष्टविरोधीहरूलाई क्रमिकरुपमा चिन्दै गए, अनि त्यसपछि कसरी उनले तिनीहरूलाई मण्डलीबाट निकाले र ब्रदर-सिस्टरहरूको रक्षा गरे भनेर बताए। आफ्नो काम गर्न गाह्रो परिरहेका अगुवाहरूलाई सिद्धान्तहरू सिक्न मदत गरेर उनले कसरी सहयोग गरे भन्नेबारे बताए। उनका सबै कथा सुनेर, मलाई लाग्यो कि हामी साझेदार भए पनि, उनी हामी सामान्य मानिसभन्दा उच्च तहका हुन्, उनीसित कामकुराबारे फराकिलो दृष्टिकोण छ, र हामी उनको सामु केही पनि होइनौँ। समयको दौडान, उनले कसरी आफ्नो कर्तव्य गर्छन् भनेर मैले ध्यानपूर्वक हेरेँ। भेलाहरूमा, उनले सुरुमा, मानिसका लागि परमेश्वरको प्रेम र उहाँको इच्छाप्रति विचारशील हुने, कसरी परमेश्वरले हामीमा काम गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ अनि कति अनुग्रह दिनुहुन्छ, र कसरी हामीले उहाँको प्रेमको साटो तिर्नुपर्छ भन्नेबारे परमेश्वरका वचनहरूमा सङ्गति गर्थे। त्यसपछि, कसरी व्यावहारिक काम गर्ने, र पहिले चीनमा उनी वास्तविक काम गर्न र नतिजा प्राप्त गर्न हरेक ठाउँमा कसरी लागिपरे भन्नेबारे सङ्गति गर्थे। ती सबैपछि, यदि उनले कुनै क्षेत्रमा समस्या देखे भने, व्यावहारिक काम नगर्ने अगुवाहरूको निराकरण र चिरफार गर्थे, उनीहरूमा मानवता र विवेकको कमी छ, गैरजिम्मेवार छन् र परमेश्वरको इच्छाप्रति विचारशील छैनन्, र त्यही कारण उनीहरूसँग परमेश्वरको मार्गदर्शन छैन र उनीहरूले परिणामहरू प्राप्त गर्न सक्दैनन् भन्थे। त्यसपछि, उनले चीनमा आफूले गरेको काम, कसरी पवित्र आत्माको काम प्राप्त गर्न अनि सबै समस्या र कठिनाइ समाधान गर्न परमेश्वरमा भर परे भनेर बताउँथे। त्यसपछि, उनले ती अगुवाहरूलाई जानू र कामकुरा ठीक पार्नका लागि परमेश्वरमा भर पर्नू भन्थे। केही समयपछि, उनले भेलाहरूमा उनीहरूलाई निकै विस्तृत प्रश्नहरू सोध्न थाल्थे, र कतिपय ठाउँमा उनीहरूले आफ्नो सुसमाचार कार्यमा अझ धेरै सफलता पाइरहेका थिए। त्यो कार्यशैली मेरो लागि बिलकुलै नयाँ थियो। प्रत्येक चरण अर्को चरणसँग जोडिएको थियो र त्यो निकै व्यवस्थित थियो। उनको बोल्ने र काम गर्ने तरिका निर्णायक र विश्वस्त थियो, अनि धेरै ब्रदर-सिस्टरहरूले उनको साँच्चै प्रशंसा गर्थे। मलाई लाग्यो, उनले लामो समयसम्म अगुवाको रूपमा सेवा गरेका छन् र धेरै अनुभव बटुलेका छन्, त्यसैले, समस्या सुल्झाउन र समाधान कार्यमा उनी मभन्दा राम्रा छन्। उनको काम गर्ने शैली एकदमै उच्चकोटिको देखिन्थ्यो र म कहिले उनीजस्तै हुन सक्छु भनेर सोच्थेँ। मलाई लाग्यो, यदि मैले उनले जस्तै कामकुरा गर्न थालेँ भने, मैले पनि राम्रो नतिजा हासिल गर्न सक्छु र अरूले मलाई मान गर्न सक्छन्। त्यसपछि, ब्रदर-सिस्टरहरूसँगका भेलाहरूमा, मैले परमेश्वरको इच्छालाई विचार गर्ने कुराबाट सुरु गरेर, कसरी परमेश्वरले हामीमा काम गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, कसरी हामीले परमेश्वरको प्रेमको साटो तिर्नुपर्छ, कसरी आफ्नो कर्तव्यमा मन लगाएर व्यावहारिक काम गर्नुपर्छ भनेर सङ्गति गरेँ। सुसमाचार टोलीले राम्रो नतिजा प्राप्त नगर्दा, मैले वाङको बोल्ने शैली नक्कल गर्दै उनीहरूलाई काटछाँट र निराकरण गरेँ, उनीहरूले आफ्नो कर्तव्यमा बोझ नउठाएकोले नतिजा प्राप्त नभएको, र त्यस्ता मानिसहरूसँग कुनै विवेक र मानवता हुँदैन, उनीहरू केवल सेवाकर्ता हुन् भनेर भनेँ। हरेक भेलामा, मैले उनीहरूको सुसमाचार कार्यका नतिजाबारे विस्तृत प्रश्नहरू सोधेँ। कामकुरा राम्रो भएको नदेख्दा उनीहरूलाई तिरस्कार गरेँ, यति धेरै सङ्गति गरेर समेत उनीहरूले राम्रो नतिजा ल्याउन सकेनन्, त्यसको अर्थ, उनीहरूले त्यसमा प्रयास गरेनन् भनेर मैले सोचेँ। त्यसपछि, मैले कसरी आफ्नो कर्तव्यमा व्यावहारिक काम गर्ने, कसरी त्यसमा आफ्नो मन लगाउने र लापरवाह नहुने भन्ने बारेमा सङ्गति गरेँ। मैले सङ्गतिमा उनीहरूलाई काटछाँट र निराकरण गरेँ। तर त्यसपछि पनि, उनीहरूको कार्य प्रस्तुतिमा सुधार आएन। म साह्रै अन्योलमा परेँ—मैले त वाङकै काम गर्ने तरिका पछ्याएकी थिएँ, त्यसोभए मेरो काममा किन नतिजा ननिस्केको त? पछि, एक जना सिस्टरले मलाई केही कुरा भनेपछि मात्र मैले आत्म-समीक्षा गरेँ।
हामीले आफ्ना कर्तव्य र चुनौतीहरूमा कस्तो महसुस गरिरहेका छौँ भन्नेबारे कुराकानी गरिरहेका थियौँ, र उनी मसित खुलस्त भइन्, मसँग काम गर्दा उनले एकदमै दबाब र विवश महसुस गरेकी, हरेक भेलामा, म अहङ्कारी भएकी र उनलाई गाली गरेकी, अनि त्यस घटनापछि, उनले काम पूरा गर्ने हिसाबले मात्र त्यसलाई बाध्यतावश र मन नलागी-नलागी गर्ने गरेकी कुरा बताइन्। काम राम्रो गरिएन भने निराकरणमा परिन्छ भन्ने उनलाई डर थियो, र यति दबाब महसुस गरिन् कि उप्रान्त मसँग भेलामा उपस्थित हुन चाहिनन्। मैले आफ्नो भ्रष्टता र गल्तीबारे त्यति नबताएकी, तर अरूको समस्याबारे मात्रै कुरा गरेकी, त्यसैले मानिसहरूले मेरो हृदय बुझ्न नसकेको र मबाट टाढिएको महसुस गरेको कुरा पनि उनले बताइन्। त्यो कुरा उनले रूँदै बताइन्। त्यो सुन्दा निकै बेमज्जा लाग्यो—मैले उनलाई साँच्चै अन्याय गरेँ जस्तो लाग्यो। मैले आफ्नो कर्तव्य त्यसरी गर्दा अरूलाई त्यति धेरै चोट पुग्छ भनेर मलाई थाहा थिएन। म केवल आफ्नो कर्तव्य राम्रोसँग गर्न र आफ्नो कामको नतिजा सुधार्न चाहन्थेँ। त्यसको सट्टा, मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगरिरहेकी मात्र थिइनँ, ब्रदर-सिस्टरहरूलाई विवश महसुस गराइरहेकी पनि थिएँ। मेरो गल्ती कहाँ भइरहेको थियो? म प्रार्थना र खोजी गर्दै परमेश्वरसामु आएँ, आफ्नो समस्या बुझ्नको लागि उहाँको मार्गदर्शन मागेँ।
मैले आफ्नो भक्तिको समयमा, परमेश्वरका वचनको यो खण्ड देखेँ: “यदि तैँले मण्डली अगुवा वा कामदारको हैसियतमा परमेश्वरका चुनिएका जनहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न र परमेश्वरको उचित गवाही दिन नेतृत्व गर्नुपर्यो भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई परमेश्वरका वचनहरू पढ्न र सत्यताबारे सङ्गति गर्नका लागि अझ धेरै समय बिताउन मार्गदर्शन गर्नु हो ताकि परमेश्वरका चुनिएका जनहरूले मानिसलाई मुक्ति दिनेबारे परमेश्वरको लक्ष्य र उहाँको कामको उद्देश्यबारे अझ गहन ज्ञान प्राप्त गर्न सकून् र परमेश्वरको इच्छा र मानिसको लागि उहाँका विभिन्न मापदण्डहरूलाई बुझ्न सकून्, र यसरी उनीहरूले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने मौका पाऊन्। … यदि तैँले धर्मसिद्धान्त मात्र फलाकिरहिस्, र मानिसहरूलाई भाषण मात्र दिइस् र तिनीहरूको निराकरण मात्र गरिस् भने, के उनीहरूलाई सत्यता बुझाउन र यसको वास्तविकतामा प्रवेश गराउन सक्छस्? यदि तैँले सङ्गति गर्ने सत्यता वास्तविक होइन भने, यदि यो धर्मसिद्धान्तका शब्दहरूबाहेक अरू केही होइन भने, तैँले जति नै उनीहरूलाई निराकरण गरिस् र भाषण दिइस् भने पनि, यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित डराउने र तैँले अह्राएको काम उनीहरूले गर्ने तर विरोध गर्न आँट नगर्ने कुरालाई उनीहरूले सत्यता बुझेको र उनीहरू आज्ञाकारी भएको समान ठान्छस्? यो ठूलो गल्ती हो; जीवनमा प्रवेश गर्नु त्यति सजिलो छैन। कतिपय मानिसहरूले ठूलो प्रभाव पार्न प्रयास गर्ने नयाँ म्यानेजरले जस्तै आफूले भर्खर पाएको अख्तियार परमेश्वरका चुनिएका मानिसहरूमा लाद्ने प्रयास गर्छन् ताकि सबै जना तिनीहरूप्रति समर्पित होऊन्। यसो गर्दा आफ्नो काम अझ सहज हुन्छ भन्ने तिनीहरू सोच्छन्। यदि तँमा सत्यताको वास्तविकता छैन भने, चाँडै नै तेरो वास्तविक कद प्रकट हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ र तँलाई अवश्य नै हटाइनेछ। केही प्रशासनिक काममा अलिकति निराकरण, काटछाँट र अनुशासन स्वीकार्य हुन्छ। तर यदि तैँले सत्यता सङ्गति गर्न सक्दैनस् भने, अन्त्यमा तँ समस्या समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। मण्डलीमा जुनसुकै समस्या देखिए पनि, यदि तँ मानिसहरूलाई भाषण मात्र दिइरहन्छस् र दोष मात्र लगाइरहन्छस् भने—यदि तैँले गर्ने सबै कुरा भनेकै रिसको झोँक देखाउनु मात्र हो भने—यो, तेरो भ्रष्ट स्वभाव आफै प्रकट भइरहेको हो र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको हुन्छस्। यदि तँ सधैँ, मञ्चमा उभिन्छस् र मानिसहरूलाई यसरी भाषण दिन्छस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको भरणपोषण प्राप्त गर्न सक्नेछैनन्, उनीहरूले कुनै वास्तविक कुरा प्राप्त गर्नेछैनन्, बरु यसको साटो उनीहरूले तँप्रति घिन र दिगमिग महसुस मात्र गर्नेछन्। … कतिपय अगुवा र सेवकहरूले समस्याहरू समाधान गर्नको लागि सत्यता बताउन सक्दैनन्। बरु, तिनीहरूले अरूलाई अन्धाधुन्ध निराकरण गर्छन् र आफ्नो शक्तिको तडकभडक देखाउँछन् त्यसकारण अरू तिनीहरूप्रति डराउँछन् र तिनीहरूको कुरा मान्छन्—झूटा अगुवा र ख्रीष्टविरोधीहरूका अभ्यस्त तौरतरिकाहरू यिनै हुन्। यी तथ्यहरूले के प्रमाणित गर्छन् भने स्वभाव परिवर्तन नभएकाहरू अगुवा र सेवकहरू बन्न योग्य हुँदैनन्, तिनीहरू परमेश्वरको सेवा गर्न र गवाही दिन योग्य हुने त कुरै नगरौँ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “केवल सत्य वास्तविकता हुनेहरूले नेतृत्व गर्न सक्छन्”)। परमेश्वरले बताउनुभएका सबै कुरा मलाई ठ्याक्कै लागू हुन्छ। ब्रदर-सिस्टरहरूसँगका भेलामा, उनीहरूले नतिजा प्राप्त नगरेको देख्दा उनीहरूका वास्तविक कठिनाइलाई वा उनीहरूले सुसमाचार फैलाउनमा राम्रो नगर्नुका कारणहरूलाई मैले बुझ्ने प्रयास गरिनँ, र उनीहरूलाई समस्या सुल्झाउन सत्यतामा सङ्गति गर्ने प्रयास गरिनँ। मैले केवल उनीहरूलाई काटछाँट र निराकरण गरेँ अनि अभिमानी हुँदै गाली गरेँ, बोझ नबोकेकोमा र मानवताको कमी भएकोमा उनीहरूको आलोचना गरेँ। त्यसपछि, ब्रदर-सिस्टरहरूले मद्वारा विवश पारिएको महसुस गरे र मसँग डराएर आफूलाई टाढा राखे। मैले उनीहरूलाई मदत गर्न सङ्गति गर्नुको सट्टा अभिमानी हुँदै गाली गरेँ, करमा पारेँ र हाँकडाँक गरेँ। यदि त्यो निरन्तर भइरहेमा, म झूटो अगुवा वा ख्रीष्टविरोधी बन्न सक्थेँ। मैले त्यो कत्तिको गम्भीर समस्या रहेछ भनेर बुझेपछि, म परमेश्वरसामु आएँ र प्रार्थना गरेँ: “हे परमेश्वर, मैले आफ्नो शक्तिको दुरुपयोग गरिरहेकी छु र मानिसहरूलाई अन्धाधुन्ध निराकरण गरिरहेकी छु। मैले आफ्नो कर्तव्यमा राम्ररी काम गरिरहेकी छैनँ र ब्रदर-सिस्टरहरूलाई चोट पुऱ्याएकी छु। म तपाईंसामु पश्चात्ताप गर्न चाहन्छु। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।” त्यसपछि मैले परमेश्वरका केही वचनमा अभ्यासको मार्ग फेला पारेँ। त्यसबेलादेखि भेलाहरूमा मैले ब्रदर-सिस्टरहरूलाई पहिले उनीहरूको कठिनाइबारे कुरा गर्न आग्रह गरेँ, त्यसपछि, मैले उनीहरूलाई कसरी समस्याहरू देखेँ र परमेश्वरको वचनहरूमा आधारित सङ्गति कसरी गरेँ भनेर बताएँ। त्यसो गर्दा, अरूले विवश पारिएको महसुस गरेनन् र केही मदत प्राप्त गरे। त्यसरी कामकुरा गर्दा मलाई केही समयसम्म धेरै राम्रो लाग्यो।
मैले वाङको कार्यशैलीको नक्कल गर्नुको कारण र परमेश्वरप्रतिको विश्वासमा मैले हिँडिरहेको मार्ग बुझ्न मलाई मदत गर्ने परमेश्वरका वचनहरूको खण्ड नपढेसम्म पहिले नै त्यो पाठ सिकिसकेको छु भनेर म सोच्थेँ। परमेश्वरका वचनहरूले भन्छ, “अगुवा वा सेवकको तह जे भए पनि, तिनीहरूले सत्यता बुझेकाले, तिनीहरूसँग वरदान भएकोले, र तिनीहरूसँग सत्यताको वास्तविकता छ र तिनीहरूले तिमीहरूलाई मदत गर्न सक्छन् भन्ने विश्वास लागेकोले गर्दा यदि तिमीहरूले तिनीहरूको आराधना गऱ्यौ, र यदि तिमीहरूले सबै कुरामा तिनीहरूलाई आदर गऱ्यौ र तिनीहरूमाथि भर पऱ्यौ, र यसमार्फत मुक्ति पाउने प्रयास गऱ्यौ भने, अन्त्यमा यसबाट केही प्राप्त हुनेछैन किनभने सुरुवाती विन्दु नै गलत छ। कसैले जतिसुकै सत्यता बुझे पनि, कोही पनि ख्रीष्टको ठाउँमा उभिन सक्दैन, र तिनीहरूले जति नै वरदान पाए पनि, यसको अर्थ तिनीहरूसँग सत्यता छ भन्ने हुँदैन—त्यसैले मानिसहरूलाई भक्ति, आदर र पछ्याउनेहरूलाई अन्त्यमा निष्कासन गरिनेछ, तिनीहरूलाई दोषी ठहर्याइनेछ। यदि मानिसहरू परमेश्वरमा विश्वास गर्छन् भने, तिनीहरूले परमेश्वरलाई मात्र श्रद्धा गर्न र पछ्याउन सक्छन्। नेतृत्वमा तिनीहरूको दर्जा जेसुकै भए तापनि, अगुवाहरू आम मानिस नै हुन्। यदि तैँले तिनीहरूलाई आफूभन्दा ठिक्क माथिको व्यक्तिको रूपमा हेर्छस्, यदि तँलाई तिनीहरू तँभन्दा माथि छन्, तिनीहरू बढी योग्य छन्, र तिनीहरूले तँलाई अगुवाइ गर्नुपर्छ, तिनीहरू सबै कुरामा अरूभन्दा निकै नै उच्च छन् भन्ने लाग्छ भने, त्यो गलत हो—त्यो तेरो भ्रम हो। अनि यो भ्रमले पैदा गर्ने परिणामहरू के-के हुन् त? यो भ्रम, यो त्रुटिपूर्ण बुझाइले तँलाई अचेत रूपमा तेरा अगुवाहरूलाई वास्तविकतासँग नमिल्ने मापदण्डहरूअनुसार मापन गर्ने तुल्याउँछ; यसको साथै, तँलाई थाहै नभई, तँ गहन रूपमा तिनीहरूको विशेष गुण, वरदान र प्रतिभाहरूतर्फ तानिन्छस्, यसरी तँलाई थाहा हुनुअगावै, तैँले तिनीहरूको आराधना गरिरहेको हुन्छस्, र तिनीहरू तेरा ईश्वरहरू बनेका हुन्छन्। तिनीहरू तेरो आदर्श व्यक्ति, तेरो आराधनाको पात्र बन्न सुरु गरेको क्षणदेखि, तँ तिनीहरूको अनुयायीहरूमध्येको एक बनेको क्षणसम्मको मार्ग नै तँलाई अचेत रूपमा परमेश्वरदेखि टाढा लैजाने मार्ग हो। अनि तँ परमेश्वरबाट क्रमिक रूपमा टाढा जाँदै गर्दा, तैँले आफूले अझै पनि परमेश्वरलाई पछ्याइरहेको छस्, तँ परमेश्वरको घरमा छस्, तँ परमेश्वरको उपस्थितिमा छस् भन्ने विश्वास गरिरहेको हुन्छस्। तर वास्तवमा, थाहै नपाई, तँलाई शैतानको स्वामित्वको व्यक्ति, वा ख्रीष्टविरोधीले समेत टाढा लगिसकेको हुनेछ, र तैँले यो कुरा थाहा पनि पाउनेछैनस्—र यो अत्यन्तै खतरनाक स्थिति भएको मामला हो। यो समस्या समाधान गर्न एकातर्फ, ख्रीष्टविरोधीहरूको प्रकृति र सार चिन्न सक्षम बन्नुपर्छ, र सत्यतालाई घृणा र परमेश्वरलाई विरोध गर्ने ख्रीष्टविरोधीहरूको कुरूप अनुहार छर्लङ्गै देख्न सक्नुपर्छ; त्यसैले, यसको लागि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन र फन्दामा पार्न प्राय प्रयोग गर्ने शैलीका साथै तिनीहरूले काम गर्ने तरिकासित परिचित पनि हुनुपर्छ। अर्कोतर्फ, तिमीहरूले परमेश्वरको स्वभाव र सारको ज्ञानको खोजी गर्नैपर्छ, ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ, र कुनै व्यक्तिलाई पुज्दा तँमाथि विपत्ति र दुर्भाग्य आइपर्छ भनेर तँ स्पष्ट हुनैपर्छ। ख्रीष्टले मात्र मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भनेर तैँले भरोसा गर्नैपर्छ, र पूर्ण विश्वासका साथ ख्रीष्टलाई पछ्याउनैपर्छ र उहाँको आज्ञापालन गर्नैपर्छ। यो मात्रै मानव अस्तित्वको सही मार्ग हो। कतिपयले यसो भन्न सक्छन्: ‘ठीकै छ, म जुन अगुवाहरूको आराधना गर्छु, मसँग त्यसका कारणहरू छन्—म प्रतिभावान् जोकोहीलाई आफ्नो हृदयमा स्वतः आराधना गरिहाल्छु, म मेरा धारणाअनुरूपका कुनै पनि अगुवाको आराधना गर्ने गर्छु।’ तैँले परमेश्वरमा विश्वास गरे पनि किन मानिसलाई आराधना गर्ने हठ गर्छस्? आखिरमा, तँलाई मुक्ति दिने को हुनुहुन्छ? कसले तँलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ र रक्षा गर्नुहुन्छ—के तैँले यो कुरालाई साँच्चै देख्न सक्दैनस्? यदि तँ परमेश्वरमा विश्वास गर्छस् र परमेश्वरलाई पछ्याउँछस् भने, तैँले उहाँको वचन सुन्नुपर्छ, र यदि कसैले सही तरिकाले बोल्छ र व्यवहार गर्छ, र यो सत्यताका सिद्धान्तहरूअनुरूप हुन्छ भने, के सत्यताको पालना गर्नु ठीक हुँदैन र? तँ किन यति नीच छस्? किन तँ पछ्याउनको लागि आफूले आराधना गर्ने कसैको खोजी गर्ने जिद्दी गर्छस्? तँ किन शैतानको दास हुन मन पराउँछस्? बरु किन सत्यताको सेवक नहुने र? यसले व्यक्तिसँग चेतना र गरिमा छ कि छैन भनी देखाउँछ। … यदि तँ सत्यताको पछि लाग्दैनस्, र सधैँ आफ्नै कल्पनाअनुसार मानिसहरूलाई हेर्छस्, र सधैँ मानिसलाई भरोसा र श्रद्धा गर्छस् र अन्धाधुन्ध चिप्लो घस्छस् भने, यदि तँ सत्यताको पछि लाग्ने मार्गमा हिँड्दैनस् भने, अन्तिम परिणाम के हुनेछ? सबैले तँलाई छल गर्न सक्छन्। तैँले कसैलाई पनि तिनीहरू वास्तवमा को हुन् भनेर चिन्न सक्दैनस्—आफ्नो चालबाजीद्वारा तँलाई छक्क पार्ने निर्लज्ज ख्रीष्टविरोधीहरूलाई समेत चिन्न सक्दैनस्; तँ अझै पनि तिनीहरूलाई तिनीहरूको योग्यताका लागि प्रशंसा गर्छस्, हरदिन तिनीहरूको तालमा नाच्छस्। यसको मतलब, तँ पूर्ण रूपमै मूर्ख मान्छे होस्। निश्चित रूपले के भन्न सकिन्छ भने, तैँले विश्वास गर्ने वास्तविक परमेश्वर होइनन्, अस्पष्ट परमेश्वर हुन्, अनि तँ अवश्यै सत्यताको पछि लाग्ने व्यक्ति होइनस्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु ६: तिनीहरूले अनौठो र रहस्यमय तरिकाले काम गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरूले अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्”)। परमेश्वरका वचन पढिसकेपछि, मसित विश्वास भए तापनि म मानिसहरूलाई पूजा गर्ने र पछ्याउने मार्गमा थिएँ भनेर मैले बुझेँ। वाङसँगको अन्तरक्रियाबाट उनी वर्षौंदेखि अगुवा रहेका थिए भनेर मलाई थाहा भयो, त्यसैले, उनले सत्यता पछ्याएका छन् भनेर सोचेँ र मैले उनको धेरै चापलुसी गरेँ। धेरै मण्डलीहरूको कामको लागि उनी जिम्मेवार छन् र उनले राम्रो नभइरहेका कामकुरालाई पुनर्जीवित गरेका छन् भन्ने थाहा पाएर मैले उनको अझ बढी प्रशंसा गरेँ। ती सबै काम सम्पन्न हुनुमा उनीसँग पवित्र आत्माको मार्गदर्शन र परमेश्वरका आशिष् छन् अनि परमेश्वरले अवश्यै उनलाई प्रेम गर्नुभएको हुनुपर्छ भन्ने मलाई लाग्यो। अनि परमेश्वरको इच्छाप्रति उनी कत्ति विचारशील छन् भन्ने कुरा उनले गरेको सुन्दा, साथै, उनको काम गर्ने तरिका र परिणामहरूले गर्दा, सबै अगुवा र कार्यकर्ताहरूमध्ये वाङसँग उत्कृष्ट क्षमता र योग्यता छन्, उनीसँग अझ् ठूलो कद छ भन्ने मलाई लाग्यो। थाहै नपाइ, मेरो मनमा उनको राम्रो छवि बसेको थियो। मैले उनलाई आफ्नो आदर्श मान्न थालेँ। यदि म योग्य अगुवा बन्न चाहन्छु भने, मैले उनको कार्यशैलीबाट सिक्नुपर्छ भनेर सोचेँ। भेलाहरूमा, अरू मानिसहरूले भनेका कुरा मैले साँच्चै सुनिनँ। उनीहरूको सङ्गति मेरोभन्दा राम्रो छैन भन्ने मलाई लाग्यो, तर वाङले बोल्न थाल्दा, म आफ्नो सम्पूर्ण ध्यान उनमा केन्द्रित गर्थेँ। महत्त्वपूर्ण कुरा छुट्ला भन्ने डरले कहिलेकाहीँ म उनले बताएका मुख्य बुँदाहरू नोट गर्थें। त्यस अवधिमा, म प्रार्थना गर्न र खोजी गर्न परमेश्वरसामु पटक्कै आइनँ, अनि अगुवाहरूले कसरी काम गर्नुपर्छ भन्नेबारे परमेश्वरका वचनमा सिद्धान्तहरू खोजिनँ। मैले केवल वाङका भनाइ र काम गर्ने शैलीलाई व्यवहारमा उतारिरहेकी थिएँ, मानौँ ती सत्यता हुन्। मैले उनको हरेक हावभाव, प्रचार गर्ने र काम गर्ने तरिकाहरू समेत नक्कल गरिरहेकी थिएँ। उनले मेरो हृदयमा अति उच्च स्थान ओगटे। उनले मेरो कार्यशैलीमा र कर्तव्य गर्ने तरिकालाई प्रभाव पारिरहेका थिए। उनी मेरा आदर्श बनेका थिए। नाउँका लागि मात्र मैले परमेश्वरमा विश्वास गरेँ र उहाँलाई पछ्याएँ, तर यथार्थमा, मैले वाङलाई पछ्याइरहेकी थिएँ र परमेश्वरले मेरो हृदयमा स्थान गुमाउनुभएको थियो। मैले व्यक्तिलाई चापलुसी गरिरहेकी थिएँ र पछ्याइरहेकी थिएँ, जुन वास्तवमा शैतानलाई पछ्याइरहेको र परमेश्वरबाट टाढा भएर उहाँलाई धोका दिइरहेको थियो। एक पटक प्रभु येशूले भन्नुभयो, “तैँले परमप्रभु तेरा परमेश्वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू” (मत्ती ४:१०)। परमेश्वर डाही परमेश्वर हुनुहुन्छ र आफ्ना विश्वासीहरूलाई कुनै पनि मूर्तिको पूजा गर्न अनुमति दिनुहुन्न। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्नँ। म डाही परमेश्वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!)। मैले के बुझेँ भने, परमेश्वरको स्वभावले अपराध सहँदैन। नाउँका लागि मात्र विश्वास गर्ने तर आफ्नो हृदयमा परमेश्वरलाई नराख्ने, उहाँमा विश्वास गर्ने तर मान्छेलाई पछ्याउने मानिसहरूलाई उहाँ मन पराउनुहुन्न। परमेश्वरले उनीहरूलाई घृणा गर्नुहुन्छ। आफूले कुनै व्यक्तिलई पछ्याइरहेकी अनि पहिले नै गलत मार्गमा हिँडेकी छु भन्ने बुझेर, म भयभीत भएँ। परमेश्वरले ममा यस्तो गम्भीर समस्या देखाएर मार्गदर्शन गर्नुभएकोमा पनि म कृतज्ञ थिएँ। म साँच्चै नै वाङको चापलुसी गर्न छोड्न चाहन्थेँ।
मैले पढेको अर्को खण्ड यो थियो: “तैंले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैंले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैंले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्वासको कमी छ। तैंले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैंले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै सम्मानको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?)। मैले किन व्यक्तिलाई पछ्याइरहेकी छु भन्ने कुरा बुझ्न परमेश्वरका वचनले मदत गर्यो। मैले हैसियत र शक्तिलाई मन पराएँ, र ती कुरा मेरो प्रकृति बन्यो। वाङ सधैँ अगुवा रहेका र उनले धेरै परियोजनाहरू सम्हालेको कुरा थाहा पाएपछि, मैले उनलाई मान गर्न थालेँ। उनले आफूले गरेका काम र हासिल गरेको उपलब्धिबारे बताएको सुन्दा, आफू पनि एक दिन उनीजस्तै बन्ने चाहना गर्दै मैले उनको चापलुसी गर्न थालेँ। उनको बोल्ने तरिका र कामले ममा गहिरो छाप पाऱ्यो। मैले उनको मर्यादित सङ्गति र काममा रहेको आधिकारिकताको प्रशंसा गरेँ। अगुवा भनेको यस्तो पो हुनुपर्छ भन्ने मलाई लाग्यो। तर मैले अलिकति पनि ख्रीष्टको नम्रता र गोप्यता, प्रेम र महानतालाई प्रेम गरिरहेकी थिइनँ। मैले आदम र हव्वाको लागि परमेश्वरले लुगा बनाउनुभएको कुराबारे सोचेँ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ र उहाँसँग यति ठूलो सम्मान छ, तर उहाँले आफूलाई त्यसरी प्रस्तुत गरिरहनुभएको थिएन। शैतानद्वारा भ्रष्ट पारिएका अज्ञानी मानिसहरूका लागि उहाँले आफै लुगा बनाउनुभयो। प्रभु येशूले मानिसमाझ काम गर्नुहुँदा र हिँड्नुहुँदा, उहाँले कहिल्यै आफ्नो पहिचान प्रकट गर्नुभएन, बरु आफ्ना चेलाहरूको खुट्टा समेत धुनुभयो। र अहिले, मानिसलाई मुक्ति दिन परमेश्वरले देहधारण गरी पृथ्वीमा आउनुभएको छ, उहाँले सामान्य शरीर धारण गर्नुभएको छ, उहाँले केवल चुपचाप सत्यता व्यक्त गरी मानिसलाई भरणपोषण गर्नुभएको छ, कहिल्यै आफूलाई प्रदर्शन गर्नुभएको छैन। परमेश्वरको नम्रता र गोप्यता हाम्रो प्रेमको साह्रै योग्य छन्। तर यसमा परमेश्वरको पवित्रता, महानता र गरिमा समावेश छन् भनेर मैले बुझिनँ। हैसियत भएको र सेखी गर्ने व्यक्तिलाई देख्दा मैले उनलाई मान गरेँ, मन पराएँ र पछ्याएँ। म एकदमै अन्धो र अज्ञानी थिएँ। त्यसैले त्यसपछि, परमेश्वरको सच्चा अनुयायी बन्नेछु, उहाँका वचनअनुसार आफ्नो कर्तव्य गर्नेछु र अरूले सारांश गरेको कुराबारे समझ प्राप्त गर्नेछु भनेर मैले प्रतिज्ञा गरेँ। यदि उनीहरूको तरिका सत्यताका सिद्धान्तअनुरूप छ भने, म त्यसलाई पछ्याउन सक्थेँ, किनभने त्यसले सत्यतालाई पछ्याइरहेको हुन्छ। तर यदि त्यो परमेश्वरका वचन र सत्यताविरुद्ध गयो भने, यदि त्यो केवल व्यक्तिगत इच्छा वा व्यक्तिगत अनुभव हो भने, यदि प्राप्त ती सबै कामले अरूको प्रशंसा कमाइरहेका छन् भने, वा मानिसहरूलाई नियमहरू पालन गर्न लगाइरहेका र बाधित महसुस गराइरहेका छन् भने, म त्यसलाई आँखा चिम्लेर स्वीकार गर्न सक्दिनँथेँ।
यस विषयलाई अलि राम्ररी बुझेपछि, मैले अरूलाई कसरी गाली गरेकी र विवश महसुस गराएकी थिएँ भनेर सोचेँ। वाङले त्यसरी काम गर्थे। हुन सक्छ उनीद्वारा पनि विवश पारिएको कतिपय ब्रदर-सिस्टरहरूले महसुस गरे होलान्। र अरू कतिपयले चाहिँ वाङले भेलाहरूमा मानिसहरूको निरन्तर आलोचना गरिरहेका छन् र त्यसले असहज बनाइरहेको छ भनेर सोचे, त्यसैले, मैले उनलाई उनले मानिसहरूलाई गाली गर्न आफ्नो पदको प्रयोग गरिरहेका छन् र त्यसले अरूलाई विवश पारिरहेको छ भनेर बताएँ। तर उनको प्रतिक्रिया यस्तो थियो, “मलाई थाहा छ म मेरो पदको प्रयोग गर्दैछु, तर यसले नै परिणाम ल्याउँछ। यदि मैले उनीहरूको चिरफार र निराकरण गरिनँ भने, उनीहरूको कार्य प्रस्तुति राम्रो हुँदैन।” त्यो सुनेर म निकै स्तब्ध भएँ। आफ्नो तरिका गलत छ भनेर उनलाई थाहा थियो, तर उनले त्यो गलत तरिकामै कामकुरा गरिरहे। उनले सत्यता स्वीकार गरेनन् वा अभ्यास गरेनन्। उनले काममा राम्रो नतिजा ल्याउनका लागि मानिसहरूलाई हपार्न आफ्नो पद प्रयोग गरे, त्यसैले, उनको मनसाय गलत थियो। उनले त्यो नाम र हैसियतका लागि गरिरहेका थिए। त्यसैले, परमेश्वरको इच्छालाई विचार गर्नेबारे उनका सबै सङ्गति खोक्रो, केवल सिद्धान्त फलाक्ने काम थिएन र? त्यो कुरा सोचेर, वाङ साँच्चै कस्ता खालका व्यक्ति हुन् भन्ने मेरो मनमा शङ्का उत्पन्न भयो र उनले आफ्नो कर्तव्य कसरी गर्दा रहेछन् भनेर अझ बढी ध्यान दिन थालेँ। उनी आफ्नो काम गर्ने तरिकाको आधारमा कस्ता प्रकारका व्यक्ति हुन् भनेर म पत्ता लगाउन चाहन्थेँ।
पछि, उनले केही टोली अगुवाहरूसँगका भेलामा उनीहरूलाई लापरवाह भएको, पर्याप्त जिम्मेवार नभएको भन्दै गाली गरिरहेको मैले देखेँ। उनी भन्दै गए, “के तपाईंहरूसँग कुनै मानवता, वा कुनै जिम्मेवारी छ? तपाईंहरूले वास्तविक काम कति गर्नुभयो?” उनले मानिसहरूलाई खुलासा र आलोचना मात्र गरिरहेका थिए, तर उनीहरूका काममा भएका व्यावहारिक समस्यालाई कसरी समाधान गर्ने भनेर कहिल्यै कुरा गरेनन्। प्रत्येक चोटि हामीले आफ्नो कामको सारांश दिइरहँदा उनले टोली अगुवाहरू वा अझ बढी अनुभवी ब्रदर-सिस्टरहरूलाई कुरा गर्न लगाउँथे, तर उनी आफूले चाहिँ समाधान वा अभ्यासको मार्गद्वारा कहिल्यै मदत गरेनन्। उनले आफ्नो कर्तव्यमा प्रकट गरेको भ्रष्टता वा कुनै व्यक्तिगत गल्तीबारे पनि कहिल्यै कुरा गरेनन्। उनले सधैँ मानिसहरूलाई अभिमानी हुँदै गाली गर्थे। अनि त्यसपछि, उनले कुनै पनि कामको समीक्षा नगरेको तर आदेशहरू मात्र दिएको मैले याद गरेँ। उनले आफ्नो रेखदेखमा भएका परियोजनाहरू अरू मानिसको काँधमा थोपर्थे र उनीहरूलाई त्यसको रिपोर्ट दिन लगाउँथे। थप जिम्मेवारी चाहिने अधिक महत्त्वपूर्ण कार्यहरूमा, उनले परमेश्वरको घरको कामलाई विचार नगरी सधैँ आफ्नै हितको रक्षा गरिरहेका हुन्थे। ती सबै व्यवहारलाई विचार गर्दा, मेरा साझेदारहरू र मैले यसबारे छलफल गर्यौँ र उनी झूटो अगुवा हुन् भन्ने हामीलाई लाग्यो, त्यसैले, हामीले यी सबै कुरा माथिल्लो तहका अगुवालाई बतायौँ। वाङले लगातार “तपाईंहरू यसो गर्नुहुन्छ र त्यसो गर्नुहुन्छ,” भनेको ती अगुवाले सुन्दा, वाङले आफू परमेश्वरद्वारा सिद्ध पारिएका, परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति हुन् भन्ने जस्तै गरी भ्रष्ट मानिसभन्दा फरक वर्गको व्यक्तिले जस्तो व्यवहार गरिरहेका छन् भनेर आगुवाले भने। उनले कसैको अघि झुक्न चाहेनन्, तर परमेश्वरको बराबरी हुन चाहे। त्यो त शैतानको, ख्रीष्टविरोधीको सार हो। ती अगुवाले शैतान, ख्रीष्टविरोधी भनेको सुन्दा, म त साँच्चै अवाक् भएँ। उनले समस्याहरू समाधान गर्न सत्यतामा सङ्गति गरेनन् र मानिसहरूलाई हपार्न रुचाए, उनी झूटो अगुवा हुन् भनेर मात्र मलाई थाहा थियो, तर उनी ख्रीष्टविरोधी रहेछन् भनेर मैले बुझेकी थिइनँ।
त्यसपछि, मैले परमेश्वरका वचनका केही खण्ड पढेँ। “ख्रीष्टविरोधीहरूले जुनै शैलीमा बोलून्, त्यसको ध्येय सदैव मानिसहरूलाई तिनीहरूको प्रशंसा गर्न र भक्ति गर्न लगाउनु, मानिसहरूको हृदयमा कुनै स्थान प्राप्त गर्नु, परमेश्वरको स्थान समेत लिनु हो—यी सबै कुराहरू ख्रीष्टविरोधीहरूले आफ्नै गवाही दिँदा हासिल गर्न चाहने लक्ष्यहरू हुन्। तिनीहरूले भन्ने, प्रचार गर्ने र सङ्गति गर्ने ती सबै कुरापछाडिको कारण भनेको मानिसहरूलाई तिनीहरूको प्रशंसा र श्रद्धा गर्न लगाउनु हो; यस्तो व्यवहार अरूको हृदयमा स्थान ओगट्न आफैलाई उच्च पार्नु र आफूबारे गवाही दिनु हो। यी मानिसहरूले बोल्ने तरिका ठ्याक्कै एउटै नभए पनि, यसमा धेरैथोरै मात्रामा तिनीहरूले आफ्नै गवाही दिने र मानिसहरूलाई तिनीहरूको श्रद्धा गर्न लगाउने प्रभाव हुन्छ; र धेरैथोरै मात्रामा, यस्ता व्यवहारहरू प्रायः अगुवा र सेवकहरू सबैमा रहेका हुन्छन्। यदि तिनीहरू आफूलाई रोक्न नसक्ने मोडमा पुग्छन् वा तिनीहरूलाई अरूले नियन्त्रण गर्न कठिन हुन्छ भने, र तिनीहरूमा आफूलाई परमेश्वरको रूपमा वा कुनै आदर्श व्यक्तित्वको रूपमा मानिसहरूलाई व्यवहार गर्न लगाउने विशेष रूपमा बलियो र स्पष्ट अभिप्राय र लक्ष्य छन्, र त्यसपछि तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्न र विवश पार्न सक्छन् र तिनीहरूले मानिसहरूलाई तिनीहरूमा समर्पित हुन र तिनीहरूको आराधना गर्न लगाउँछन् भने, यी सबैको प्रकृति आफैलाई उच्च पार्ने र आफ्नै गवाही दिने प्रकृति हो; यी सबै नै ख्रीष्टविरोधीको प्रकृतिका भाग हुन्। मानिसहरूले आफूलाई उच्च पार्न र आफ्नै गवाही दिन कुन खास माध्यम प्रयोग गर्छन्? (तिनीहरू पूँजीको कुरा गर्छन्।) पूँजीको कुरा गर्दा के-के कुरा समावेश हुन्छन्? तिनीहरूले कति लामो समयदेखि परमेश्वरमा विश्वास गरेका छन्, तिनीहरूले कति धेरै कष्ट भोगेका छन्, तिनीहरूले कति धेरै मूल्य चुकाएका छन्, तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति टाढासम्म यात्रा गरेका छन्, तिनीहरूले सुसमाचार सुनाएर कति धेरै मानिसहरूलाई प्राप्त गरेका छन् र तिनीहरूले कति धेरै अपमान सहेका छन् भन्ने कुराहरू समावेश हुन्छन्। कतिपय मानिसहरू आफूले कहिल्यै पनि मण्डली वा दाजुभाइ-दिदीबहिनीहरूलाई धोका नदिई वा आफ्नो गवाहीमा दृढ रहन असफल नभई कतिपटक पक्राउ र जेल परेका छन् भन्नेबारे अक्सर कुरा गर्छन्। यी सबै कुरा कुनै व्यक्तिसँग कति पूँजी छ भन्नेबारे कुरा गर्नुका उदाहरण हुन्। अगुवाहरूको कर्तव्य पूरा गर्ने बहानामा, तिनीहरू आफ्नो पदलाई मजबुत पारेर, मानिसहरूको हृदयमा आफ्नो राम्रो छाप बनाएर आफ्नै कारोबार चलाउँछन्। त्यससँगै, तिनीहरूले मानिसहरूको मन जित्न हरप्रकारका तौरतरिका र चाल प्रयोग गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नो भन्दा बेग्लै धारणा वा दृष्टिकोण राख्ने जोकोहीलाई, विशेष गरी सत्यताको पछि लाग्ने र सिद्धान्तहरूमा अडिग रहनेहरूलाई आक्रमण वा बहिष्कारसमेत गर्छन्। अनि मूर्ख, अज्ञानी र आफ्नो विश्वासमा अन्योल रहेका मानिसहरू, साथै छोटो समयको लागि मात्र परमेश्वरमा विश्वास गर्नेहरू वा विशेष गरी सानो कद भएकाहरूबारे भन्नुपर्दा, तिनीहरूले कस्ता तौरतरिकाहरू प्रयोग गर्छन्? तिनीहरूले आफ्नो पदलाई मजबुत बनाउने लक्ष्य हासिल गर्न यी रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई छल गर्छन्, आकर्षित गर्छन् र धम्की समेत दिन्छन्। यी सबै नै ख्रीष्टविरोधीहरूका चाल हुन्” (ख्रीष्ट विरोधीहरूको पर्दाफासको “विषयवस्तु १: तिनीहरू मानिसहरूलाई जित्ने कोसिस गर्छन्”)। “मैले के पाएको छु भने, धेरै अगुवाहरू मानिसहरूलाई भाषण दिन मात्र सक्षम हुन्छन्, उनीहरू मानिसहरूलाई उच्च ओहोदामा रहेर प्रचार गर्न मात्र सक्षम हुन्छन् र तिनीहरूसित समान स्तरमा रहेर कुराकानी गर्न सक्दैनन्; उनीहरू मानिसहरूसित सामान्य तवरमा अन्तरक्रिया गर्न सक्षम हुँदैनन्। केही मानिहरू कुरा गर्दा, त्यो सधैँ भाषण दिइरहेको वा रिपोर्ट गरिरहेको जस्तो हुन्छ; उनीहरूका शब्दहरू अरूका अवस्थाहरूतर्फ मात्र सधैँ निर्देशित हुन्छन् र उनीहरूले आफूबारे कहिल्यै खुलेर बताउँदैनन्, उनीहरूले आफ्ना भष्ट स्वभावहरू कहिल्यै केलाउँदैनन्, तर अरूलाई थाहा दिनको लागि अन्य मानिसहरूका मामिलाहरू मात्र केलाउँछन्। अनि उनीहरूले यो किन गर्छन् त? यस्ता उपदेशहरू प्रचार गर्न र यस्ता कुराहरू भन्न किन उनीहरू प्रवृत्त हुन्छन्? यो कुरा, उनीहरूसित आफूबारे ज्ञान छैन, उनीहरूसित सुझबुझको कमी छ, उनीहरू अति अहङ्कारी र घमण्डी छन् भन्ने कुराको प्रमाण हो। उनीहरू अरू मानिसहरूका भ्रष्ट स्वभावहरू चिन्ने आफ्नो क्षमताले आफू अरू मानिसहरूभन्दा उच्च अनि मानिस र परिस्थिति ठम्याउनमा अरूभन्दा उत्तम र अरूभन्दा कम भ्रष्ट भएको प्रमाण दिन्छ भन्ने सोच्छन्। अरूलाई विश्लेषण गर्न र भाषण दिन सक्षम हुनु, तर आफूलाई खुलस्त गर्न असक्षम हुनु, आफ्ना भ्रष्ट स्वभावहरूलाई खुलासा नगर्नु वा नकेलाउनु, आफ्नो साँचो रूप नदेखाउनु, आफ्ना अभिप्रेरणाहरूबारे केही नबताउनु, अरू मानिसहरूलाई गलत कुरा गरेकोमा भाषण मात्र दिनु—यो आफ्नै बढाइचढाइ र आत्म-प्रसंशा गर्नु हो। … तिनीहरूले मानिसहरूलाई नेतृत्व गर्दा, सत्यता अभ्यास गर्नू भन्दैनन्, बरु तिनीहरूका कुरा सन्नू र तिनीहरूका तरिका पछ्याउनू भन्छन्—अनि के यसो गर्नु मानिसहरूले तिनीहरूलाई परमेश्वरको रूपमा व्यवहार गरून् र परमेश्वरलाई जस्तै आज्ञापालन गरून् भन्ने चाहनु होइन र? के तिनीहरूसित सत्यता छ? तिनीहरूमा सत्यता छैन र तिनीहरू शैतानको स्वभावले भरिएका छन्, तिनीहरू पैशाचिक प्रवृत्तिका छन्—त्यसो भए, तिनीहरूले मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्नू किन भन्छन्? के यस्ता व्यक्तिले आफ्नै बढाइ गर्दैनन् र? के तिनीहरूले आफैलाई उच्च पार्दैनन् र? के यस्ता व्यक्तिले मानिसहरूलाई परमेश्वरसामु ल्याउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई परमेश्वरको भक्ति गर्न लगाउन सक्छन्? तिनीहरू मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउने व्यक्ति हुन्, र यस्तो काम गर्दा, के तिनीहरूले साँच्चै मानिसहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न डोऱ्याइरहेका हुन्छन्? के तिनीहरूले आफूलाई परमेश्वरले सुम्पनुभएको काम गरिरहेका हुन्छन्? हुँदैनन्, तिनीहरूले त आफ्नै राज्य स्थापित गर्ने प्रयास गरिरहेका हुन्छन्, तिनीहरू परमेश्वर बन्न चाहन्छन्, तिनीहरू आफूलाई मानिसहरूले परमेश्वरलाई जस्तै व्यवहार गरून् र परमेश्वरलाई जस्तै आज्ञापालन गरून् भन्ने चाहन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? ख्रीष्टविरोधीहरूले काम गर्ने तरिका सधैँ यस्तो हुन्छ कि तिनीहरूले परमेश्वरको घरको काममा जति ढिलाइ गरे पनि, परमेश्वरका चुनिएका जनहरूलाई जतिसुकै हानि पुगे पनि, मानिसहरूले तिनीहरूको आज्ञापालन गर्नैपर्छ र तिनीहरूको कुरा सुन्नैपर्छ। के यो दुष्टात्माहरूको प्रकृति होइन र? के यो शैतानको स्वभाव होइन र? यस्ता मानिसहरू मानव स्वरूपमा भएका जीवित पिशाच हुन्; तिनीहरूको अनुहार त मानिसको होला, तर भित्री सबै कुरा पैशाचिक प्रवृत्तिका हुन्छन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा पैशाचिक प्रवृत्तिको हुन्छ। तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन, तीमध्ये कुनै पनि कुरा समझदार मानिसहरूले गर्दैनन्—र त्यसैले यी कुराहरू पिशाच, शैतान र ख्रीष्टविरोधीहरूका कार्य हुन् भन्नेमा कुनै शङ्का छैन। तिमीहरूले यो कुरा तिमीहरूको लागि स्पष्टसित पहिचान गर्न सकिने हुनुपर्छ” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको बारेमा कुराकानी”)। परमेश्वरका वचनहरूबाट मैले वाङको व्यवहारको सारबारे केही समझ पाएँ। उनले भेलाहरूमा आफ्नो भ्रष्टता, कमजोरी वा गल्तीबारे प्रायः बताएनन्, र काममा भएका आफ्ना समस्या वा गल्तीहरूलाई सायदै विश्लेषण गरे। उनी आफूले गरेका कर्तव्य, उनले कत्ति व्यवहारिक काम गरे, कति मण्डलीहरूलाई सहयोग गरे र कति अगुवाहरूलाई तालिम दिए, कति ख्रीष्टविरोधीहरूलाई पत्ता लगाए, आफूले गरेका सबै त्यागहरू, कति कष्ट भोगे, कति मूल्य चुकाए, कति धेरै कठिनाइहरू पार गरे, जति नै कष्ट भोग्नुपरे तापनि कसरी परमेश्वरको इच्छालाई तृप्त पारे भनेर सधैँ बताउँथे। उनले केवल ब्रदर-सिस्टरहरूमाझ प्रतिष्ठा कमाउन, अरूलाई उनको मान गर्न लगाउन त्यसरी आफूलाई उचालिरहेका थिए र आफ्नो गवाही दिइरहेका थिए। अनि उनले ती अनुभवहरू बताउँदा, ती सबैलाई परमेश्वरका वचनहरूसँग जोड्ने गर्थे। यस्तो लाग्थ्यो, उनले परमेश्वरका वचनहरूको बुझाइ र आफ्ना वास्तविक अनुभवहरूमाथि सङ्गति गर्दैछन्, तर ती सबै देखावटी थिए, आफ्नो विश्वासनीयताको आडम्बर गरिरहेका थिए। उनको सङ्गतिले मानिसहरूलाई परमेश्वर वा उहाँका वचनहरूबारे बुझाइ प्रदान गरेन, तर उनीहरूले केवल उनको अनुभवलाई सम्झे र उनको प्रशंसा गरे। उनले परमेश्वरका वचनमा सङ्गति गरेको ढोङ् रचेर देखावटी गरिरहेका थिए ताकि उनले मानिसहरूको हृदयमा स्थान पाउन र तिनीहरूलाई बहकाउन सकून्। उनले अरूको कमीकमजोरीलाई चिरफार गर्न, ब्रदर-सिस्टरहरूलाई मानवता, विवेक र जिम्मेवारीको कमी भएकोमा गाली गर्नका लागि आफ्नो पदको निरन्तर दुरुपयोग गरिरहेका थिए। उनी सधैं “तिमीहरू…” भन्ने गर्थे। के स्पष्ट थियो भने, उनले आफू पनि अरू सबैजस्तै बराबर हो, सृष्टि गरिएका प्राणी हो, शैतानद्वारा भ्रष्ट पारिएको अर्को मानिस हो भनेर सोचेनन्। उनीसित पनि बाँकी हामीमा जस्तै भ्रष्टता र गल्तीहरू थिए, तर उनले आफू विशेष हो जस्तो गरी व्यवहार गर्थे, मानौँ अन्य मानिसहरू चाहिँ भ्रष्ट र शैतानका हुन्, तर उनी चाहिँ हामी बाँकीजस्ता होइनन्, भ्रष्टता र फोहोरमुक्त हुन्। ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य राम्रोसँग नगर्दा, उनले सत्यतामा सङ्गति गरेनन्, बरु उनीहरूलाई हप्काउने काम मात्र गरे, र व्यवहारिक काम नगरेमा मानिसहरूलाई बर्खास्त गर्ने धम्की दिन्थे। त्यसले सबैलाई भयभीत तुल्यायो, र सबैलाई उनीप्रति धेरै आज्ञाकारी बनाइरह्यो, उनको पकडमा राखिराह्यो। उनले आफ्नो हैसियको दुरुपयोग मात्र गरेनन्, मानिसहरूलाई उनको प्रशंसा गर्न लगाउन, मान गर्न लगाउन र उनको कुरा सुन्न लगाउन सबै प्रकारका चालहरू पनि प्रयोग गरे। उनी ख्रीष्टविरोधीको मार्गमा थिए, उनीभित्र ख्रीष्टविरोधीको प्रकृति र सार थियो।
हामीले सिद्धान्तअनुरूप वाङलाई बर्खास्त गऱ्यौँ। त्यसपछि, उनको बर्खासीमा केही मानिस यति खिन्न भए कि उनीहरूले आफ्नो कर्तव्य गर्न छोड्न चाहेको कुरा हामीले सुन्यौँ। उनीहरूलाई यति धेरै क्षमता भएर पनि उनलाई बर्खास्त गरियो, उनको बराबरी आफूहरू कहिल्यै पुग्न र व्यावहारिक काम गर्न नसक्ने, अनि एक दिन आफूहरूलाई पनि अवश्यै हटाइनेछ भन्ने लाग्यो। मैले बुझेँ, वाङद्वारा बहकाइएका, विवेकको कमी भएका धेरै मानिसहरू छन्। म र मेरा साझेदारहरूले वाङसित काम गरेका सबै अगुवा र कार्यकर्ताहरूसँग उनको बर्खासीको कारण र उनको व्यवहारको प्रकृतिबारे परमेश्वरका वचनमा आधारित सङ्गति गर्न गयौँ। उनीहरूमध्ये कतिपयले उनलाई कसरी धेरै मान गर्थे र उनीसँग धेरै क्षमता छ, उनी प्रतिभाशाली, कुशल वक्ता र सिपालु व्यक्ति हुन् भन्ने आफूलाई लागेको कुरा बताए। उनले भनेका कुरालाई उनीहरूले उत्कृष्ट मापदण्डको रूपमा प्रयोग गरे, उनका शब्दहरूलाई सत्यताझैँ लिए, र आफूहरूलाई बहकाइएको रहेछ भनेर उनीहरूले भर्खर मात्र महसुस गरिरहेका थिए। उनीहरूमध्ये केहीले उनीहरू वाङसँग डराउने, उनीहरूको काम जाँच गर्दा आलोचना गर्छन् भनेर घबराउने, र पछि निराश हुने गरेका कुरा बताए। उनीहरूलाई आफूसित क्षमता नभएको र आफूले केही गर्न नसकेको, नेतृत्वको भूमिका सम्हाल्न नसकेको र राजीनामा दिनुपर्छ भन्ने लाग्थ्यो। वाङको व्यवहारले सबैलाई कत्ति नकारात्मक असर पारेको रहेछ र उनको बर्खासी निश्चय नै परमेश्वरको धार्मिकता थियो भनेर मैले सबैको सङ्गतिबाट बुझेँ। यदि उनी अगुवाको रूपमा रहेका भए, उनले अरूलाई चोट पुऱ्याउनेथिए।
केही समयपछि, हामीलाई चीनबाट वाङले त्यहाँ कर्तव्य गर्दाको रिपोर्टसहितको पत्र आयो। उनले नियुक्त गरेका धेरै अगुवाहरू कामका लागि उपयुक्त थिएनन्। कतिपयलाई ख्रीष्टविरोधी भनी निकालिएको थियो, र केहीले चाहिँ गिरफ्तार भएपछि सतावट नभोग्दा समेत यहूदा बनेर मण्डलीलाई धोका दिए। गलत मानिसहरूलाई नियुक्त गर्दा साँच्चै परमेश्वरको घरको काममा क्षति पुग्छ। उनीहरूले यो पनि भने कि वाङले मानिसहरूलाई बहकाउन सधैँ आफ्नो क्षमता र प्रतिभाको प्रदर्शन गर्थे, त्यसैले, उनले हरेक कठिन समस्या समाधान गर्न सक्छन्, सङ्गतिमा केवल केही वाक्य बोलेर नै समस्याको ठ्याक्कै समाधान गर्न सक्छन्, उनले सङ्गति गरेका ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्यबारे अझ राम्रो महसुस गर्छन् भनेर सबैले सोच्ने गर्थे। सबैलाई लाग्थ्यो, उनीसित सत्यताको वास्तविकता छ र उनका सहकर्मीहरूले उनको साँच्चै प्रशंसा गर्थे। उनलाई कहिल्यै नभेटेका मानिसहरूले समेत उनको नाम सुन्नासाथ उनलाई प्रशंसा गर्थे, र उनलाई आदर्शको रूपमा प्रयोग गर्थे। उनले जस्तै काम गरेमा राम्रो नतिजा पाउन सकिन्छ भनी उनीहरू सोच्थे। वाङबारे यी रिपोर्टहरू हेरेपछि मैले उनलाई अझ स्पष्टसित बुझ्न सकेँ। उनले व्यवहार गर्ने तरिका परमेश्वरले बताउनुभएको ख्रीष्टविरोधीको जस्तै ठ्याक्कै थियो, जसले आफ्नै गवाही दिन्छ र आफैलाई उचाल्छ। चीन र विदेशमा, वाङको जीवन स्वभावमा अलिकति पनि परिवर्तन आएको थिएन। उनी ख्रीष्टविरोधी थिए। म पनि परमेश्वरको धार्मिकताको लागि कृतज्ञ थिएँ। परमेश्वरको जाँचबाट कोही पनि उम्कन सक्दैन, ढिलो या चाँडो, सत्यताको पछि नलाग्ने, सही मार्गमा नहिँड्ने जोकोहीलाई उहाँले हटाउनुहुनेछ।
यस अनुभवले मलाई के देखायो भने, कोही कस्ता प्रकारका व्यक्ति हुन्, उनीहरूको व्यवहार र प्रदर्शन गर्ने कुराको आधारमा उनीहरूको मार्ग कस्तो छ भनेर हेर्न सिक्न हामीले विश्वासीहरूको हैसियतमा सबै कुरा र सबै जनालाई परमेश्वरका वचनमा आधारित भएर हेर्नुपर्छ। हामी सत्यताको पछि लाग्ने हाम्रा वरपरका मानिसहरूसँग नजिक हुनुपर्छ, उनीहरूबाट सिक्नुपर्छ र लाभ उठाउनुपर्छ। हामीले क्षणिक भ्रष्टता वा कमजोरी देखाउने व्यक्तिलाई उचित तरिकामा व्यवहार गर्नुपर्छ, उनीहरूलाई मदत र समर्थन गर्नुपर्छ, प्रेमका साथ सत्यतामा सङ्गति गर्नुपर्छ। तर कहिल्यै सत्यता अभ्यास नगर्ने अविश्वासीहरूलाई अस्वीकार र तिरस्कार गर्नुपर्छ, अनि यदि हामीले कसैलाई गलत दिशामा जाँदै गरेको, खराब गर्न लागिरहेको, कुनै झूटो अगुवा, ख्रीष्टविरोधी वा दुष्कर्मीलाई देख्यौँ भने, त्यसलाई रोक्नुपर्छ र उनीहरूबारे रिपोर्ट गर्नुपर्छ। हामीले उनीहरूको असफलताबाट पाठ सिक्ने, तिनीहरूको जस्तै व्यवहार हामीले गरेका छौं कि भनेर सोच्ने, उनीहरूको विफलतालाई हाम्रो लागि चेतावनीको रूपमा लिने पनि गर्नुपर्छ। त्यसरी हामी जीवनमा छिटो अघि बढ्न सक्छौँ। यदि हामीले आफ्नो विश्वासमा सत्यता खोज्दैनौँ वा अरूलाई जाँच्न परमेश्वरका वचन प्रयोग गर्दैनौँ, तर केवल मानिसहरूको क्षमता र प्रतिभालाई हेर्छौँ भने, हामीले अरू मानिसहरूलाई चापलुसी गर्ने र पछ्याउने सम्भावना हुन्छ। त्यसपछि, हामी परमेश्वरविरुद्धको मार्गमा हिँड्नेछौँ र हटाइनेछौँ। यसले हामीलाई आफ्नो विश्वासमा सत्यताको पछि लाग्नु कत्ति महत्त्वपूर्ण छ भनेर देखाउँछ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।