म झण्डै ख्रीष्टविरोधीको पक्षमा उभिएँ

25 फेब्रुअरी 2023

सन् २०२१ को अगष्टमा मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेँ। तीन महिनापछि मार्जोरी र म दुवै जना मण्डली अगुवा निर्वाचित भयौँ। मार्जोरीले मैलेभन्दा तीन महिनापहिले परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारेकी थिइन्, र हामी एउटै मण्डलीमा नभए पनि, सहकर्मी भेलामा सँगै सहभागी भएर मण्डलीको कामबारे छलफल गर्थ्यौँ। एकपटक, एउटा भेलामा मार्जोरीले आफूले भोगिरहेको अनुभवबारे कुरा गरिन्। उनले आफू बिरामी भएको, तर पनि आफ्‍नो कर्तव्य जारी राखेको कुरा बताइन्। घरमा श्रीमानले दमन गरे पनि, उनी नकारात्मक भएर पछि हटिनन्। म उनलाई निकै आदर गर्थेँ र उनको कद राम्रो छ भन्‍ने ठान्थेँ। यदि म त्यस्तै परिस्थितिमा भएकी भए, यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतालाई प्रभाव पार्न सक्थ्यो। ममा उनको राम्रो छाप परेको थियो। उनले आफ्‍नो कर्तव्यमा बोझ लिन्थिन् र श्रीमानले दमन गर्दा कर्तव्य छोडिनन्। यसले उनी सत्यताको अभ्यास गर्ने र परमेश्‍वरको स्याबासी पाउने व्यक्ति हुन् भन्‍ने देखाउँथ्यो। पछि, नयाँ मण्डली स्थापना भयो, अनि मार्जोरी र म अलग भयौँ।

पाँच महिनापछि एक दिन, सुपरभाइजर मारियाले हाम्रो ग्रुप च्याटमा एउटा मेसेज पठाइन्, जसमा त्यस रातको भेलामा ख्रीष्टविरोधीहरू कसरी चिन्‍ने भनेर छलफल गर्ने भनेकी रहेछिन्, त्यसपछि उनले मार्जोरीको फेसबुक पेजको लिङ्क पठाएर हामीलाई उनी ख्रीष्टविरोधी भएकीले उनीसँग कुराकानी नगर्नू भनेकी रहेछिन्। म छक्‍क परेँ। मार्जोरी ख्रीष्टविरोधी हुन् भन्‍ने कुरा मैले विश्‍वासै गर्न सकिनँ। उनले आफ्नो कर्तव्यप्रति कति लगाव राख्थिन्, कसरी परित्याग गर्न, समर्पित हुन, र कष्ट भोग्‍न सक्थिन्, मैले त्यसबारे सोचेँ। रोग लाग्दा र परिवारबाट दमनको सामना गर्दा पनि उनले कर्तव्यलाई निरन्तरता दिन सकेकी थिइन्—के त्यसरी सत्यताको खोजी गर्ने व्यक्ति साँच्‍चै ख्रीष्टविरोधी हुन सक्छ? मारिया पक्‍कै पनि भ्रममा परेको हुनुपर्छ! यो साँचो हो भन्‍ने कुरामा मैले विश्‍वासै गर्न सकिनँ। सुपरभाइजरले मलाई अर्को मेसेज पठाएर मार्जोरीलाई मैले फेसबुकमा ब्‍लक गर्ने आशा गरेको बताइन् ताकि म उनको बाधा वा छलमा नपरूँ। त्यो कुरा स्वीकार गर्न मलाई अलिक गाह्रो भयो। मार्जोरीसँग त्यस्तो व्यवहार गर्नु अनुचित हुन्छ जस्तो लाग्यो। उनमा कर्तव्यप्रति लगाव र उत्साह थियो, र मलाई पहिले प्रोत्साहन र सहयोग पनि गरेकी थिइन्। उनलाई के भयो वा उनलाई किन ख्रीष्टविरोधी ठहर गरियो मलाई थाहा थिएन। म साँच्‍चै दोधार र दुःखित भएँ र उनलाई ब्‍लक गर्न मन लागेन। त्यसकारण मैले भनेँ: “मार्जोरी ख्रीष्टविरोधी होइनन्, उनीसँग केही धारणा मात्रै छन्। उनलाई ब्‍लक गर्नु पर्दैन। उनको कोणबाट हेर्ने प्रयास गर्नुहोस् र उनलाई कस्तो भइरहेको होला कल्‍पना गर्नुहोस्।” त्यो बेला, सुपरभाइजरले मसँग सङ्गति गरिन्, तर मैले बुझ्न सकिनँ। उनले मलाई ख्रीष्टविरोधीहरू चिन्‍ने सम्‍बन्धी गवाहीको भिडियो पनि पठाइन् र त्यसलाई हेर्नुहोस्, र त्यसले तपाईंलाई सहयोग गर्छ भनेर भनिन्। तर मैले यसलाई बेवास्ता गरेँ। त्यसपछि, मैले मार्जोरीलाई के भएको हो भनेर सोध्दै मेसेज पठाएँ। मार्जोरीले भनिन्: “मैले निश्‍चित धारणाहरू फैलाइरहेकी थिएँ, त्यसैले मलाई ग्रुप च्याटबाट हटाइएको छ र सबैले मलाई ब्‍लक गरेका छन्। मलाई निकै चित्त दुख्यो। मैले स्पष्टीकरण दिइरहनुपर्दैन, परमेश्‍वरले मेरा कार्यहरू जाँच्‍नुहुन्छ। के तपाईंहरूले पनि मेरो गुणदोष खोज्दैहुनुहुन्छ? मलाई साह्रै निराश लागेको छ। सबैले मेरो गुणदोष खोज्दै मलाई त्यागिरहेका छन्।” उनले सुपरभाइजरसँग आफ्नो असन्तुष्टिबारे पनि मलाई धेरै कुरा बताइन्। उनको कुरा सुनेपछि ममा पनि सुपरभाइजरप्रति पूर्वाग्रह पैदा भयो। उनले वस्तुस्थितिलाई निष्पक्ष भएर नहेरेको जस्तो लाग्यो। यदि मार्जोरीमा निश्‍चित धारणा वा समस्या थिए भने, उनले तिनलाई सहयोग र सङ्गति दिनुपर्थ्यो, तुरुन्तै ख्रीष्टविरोधी भनेर ठहर गर्न मिल्दैनथियो। ख्रीष्टविरोधीहरू पहिचान गर्ने सम्‍बन्धी रातको भेलामा म सहभागी भइनँ, बरु गएर सुतिहालेँ। मलाई अलिक खिन्न थिएँ र परिस्थिति कसरी सम्हाल्ने थाहा थिएन। परमेश्‍वरबाट बरालिएर जाने र त्यस्तो स्थितिमा जिउने इच्‍छा नभएकोले मैले सुत्‍नुभन्दा पहिले प्रार्थना गरेँ। यो सब कुरामा परमेश्‍वरको इच्‍छा के हो सो बुझ्‍न सकूँ भनेर उहाँसँग मैले अन्तर्दृष्टि मागेँ।

भोलिपल्ट बिहान मलाई निकै शान्ति भयो। मैले अघिल्‍लो रातको सङ्गतिको विषयवस्तु हेरेँ अनि सुपरभाइजर र मार्जोरीबीचको कुराकानीको स्क्रीनसट देखेँ। मार्जोरीले यसो भनेकी रहेछिन्: “परमेश्‍वरको देहधारण भएको हुनै सक्दैन। ब्रदर-सिस्टरहरूमध्ये कसले परमेश्‍वरलाई देखेका छन्? सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू बाइबल अनुरूप छैनन्, ती बाइबलभन्दा बाहिर जान्छन्।” मार्जोरीले यी कुराहरू भनिछन् भनेर थाहा पाउँदा म छक्‍क परेँ। उनले जथाभावी धारणाहरू फैलाइरहेकी थिइन् र सर्वशक्तिमान्‌ परमेश्‍वरको काममा समेत विश्‍वास गर्दिनथिइन्। त्यसपछि मात्रै मैले महसुस गरेँ, मार्जोरीलाई ख्रीष्टविरोधी ठहर गर्नुको कारण मैले साँच्‍चै बुझेकी रहेनछु र मैले उनको व्यवहारलाई नियालेकी पनि थिइनँ। मैले आफ्‍नै सोचअनुसार उनी ख्रीष्टविरोधी हुन सक्दिनन् भनेर निष्कर्ष निकालेकी थिएँ। म कति अन्धी र अज्ञानी रहेछु! मैले परमेश्‍वरका वचनहरूको एउटा खण्डमा यस्तो लेखिएको देखेँ: “केही मानिसहरूले कठिनाइ सहन सक्छन्, मूल्य चुकाउन सक्छन्, तिनीहरू बाह्य रूपमा एकदमै राम्रो व्यवहारका हुन्छन्, तिनीहरूलाई निकै राम्रो सम्मान गरिन्छ, र तिनीहरूले अन्य व्यक्तिहरूबाट प्राप्त हुने प्रशंसाको आनन्द उठाउँछन्। के तिमीहरू यस प्रकारको बाह्य व्यवहारलाई सत्यताको अभ्यास गरेको मान्न सकिन्छ भनेर भन्छौ? के त्यस्ता मानिसहरूले परमेश्‍वरको इच्छालाई पूरा गरेको छ भनेर कसैले निर्क्योल गर्न सक्छ? किन होला बारम्बार मानिसहरूले त्यस्ता व्यक्तिहरूलाई हेर्छन् र तिनीहरूले परमेश्‍वरको इच्छा पूरा गरिरहेका छन्, तिनीहरू सत्यताको अभ्यास गर्ने मार्गमा हिँडिरहेका छन् अनि तिनीहरू परमेश्‍वरको मार्गमा निरन्तर रहिरहेका छन् भनी सोच्छन्? किन केही मानिसहरूले यसरी सोच्ने गर्छन्? यसको एउटै मात्र स्पष्टीकरण छ। त्यो स्पष्टीकरण के हो त? त्यो हो—धेरै मानिसहरूका लागि केही निश्चित प्रश्नहरू जस्तै सत्यताको अभ्यास गर्नु भनेको के हो, परमेश्‍वरलाई सन्तुष्ट पार्नु भनेको के हो र साँच्चै नै सत्यताको वास्तविकता धारण गर्नु भनेको के हो भन्ने कुराहरू स्पष्ट छैनन्। यसरी, केही मानिसहरूले बाह्य रूपमा आत्मिक, सज्जन, उच्च र महान देखिने व्यक्तिहरूबाट धोका खान्छन्। जहाँसम्म अक्षरहरू र सिद्धान्तहरू धाराप्रवाह रूपमा बोल्न सक्ने अनि बोली र कार्य प्रशंसनीय भएका मानिसहरूको सवाल छ, तिनीहरूबाट धोका खानेहरूले तिनीहरूको कार्यको सार, तिनीहरूको कार्यपछाडिको सिद्धान्त वा तिनीहरूको उद्देश्यलाई कहिल्यै पनि हेरेका हुँदैनन्। अझ भन्ने हो भने, तिनीहरूले यी मानिसहरू परमेश्‍वरप्रति साँच्चै नै समर्पित छन् कि छैनन् भन्ने कुरा कहिल्यै हेरेका हुँदैनन्, न त कहिल्यै तिनीहरूले यी मानिसहरूले साँच्चै नै परमेश्‍वरको डर मान्छन् कि मान्दैनन् अनि यिनीहरू दुष्टताबाट अलग रहन्छन् कि रहँदैनन् भन्ने कुरा नै निर्क्योल गरेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि यी मानिसहरूको मानवताको सारलाई देखेका हुँदैनन्। बरु, यिनीहरूसँग चिनजान हुने पहिलो कदमदेखि नै, तिनीहरूले अलिअलि गर्दै यिनीहरूलाई सराहना र आदर गर्न थालेका हुन्छन् र अन्त्यमा यी मानिसहरू तिनीहरूको मूर्ति बन्छन्। यस बाहेक, केही व्यक्तिहरूको विचारमा, तिनीहरूले आराधना गर्ने मूर्तिहरू—अनि तिनीहरूले आफ्ना परिवारहरू, जागिरहरू त्याग गर्न सक्ने भनी विश्‍वास गरेका व्यक्तिहरू र सतही रूपमा मूल्य चुकाउन सक्षम देखिने व्यक्तिहरू नै ती व्यक्तिहरू हुन् जसले सच्चा रूपमा परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका छन् र जसले वास्तविक रूपमा असल प्रतिफलहरू र असल गन्तव्यहरू हासिल गर्न सक्छन्। उनीहरूको मनमा, यी आदर्श पात्रहरू नै ती व्यक्तिहरू हुन् जसलाई परमेश्‍वरले स्याबासी दिनुहुन्छ। तिनीहरूलाई के कुराले यस्तो विश्‍वास गर्न लगाउँछ? यो समस्याको सार के हो? यसले निम्त्याउने परिणामहरू के-के हुन्? … यसको प्रत्यक्ष परिणाम यस्तो हुन्छ कि मानिसहरूले मानवीय असल व्यवहारलाई सत्यताको अभ्यास गर्ने कार्यको प्रतिस्थापनको रूपमा प्रयोग गर्छन् र यसले परमेश्‍वरको चाकरी गर्ने तिनीहरूको इच्छा पनि पूरा हुन्छ। यसले तिनीहरूलाई सत्यता विरुद्ध लड्न पुँजी प्रदान गर्छ जसलाई तिनीहरूले परमेश्‍वरसँग तर्कवितर्क गर्न र प्रतिस्पर्धा गर्न पनि प्रयोग गर्छन्। यसको साथै, मानिसहरूले अनैतिक ढङ्गले परमेश्‍वरलाई एकातिर पन्छाउँछन् र तिनीहरूले उहाँको सट्टामा आफूहरूले प्रशंसा गर्ने मूर्तिहरूलाई राख्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने)। परमेश्‍वरको वचन पढेपछि, मैले मनन गर्न थालेँ। म सधैँ मानिसहरूलाई तिनीहरूको बाहिरी व्यवहारअनुसार मूल्याङ्कन गर्दै परित्याग गर्ने, कष्ट भोग्‍ने र मूल्य चुकाउनेहरूलाई सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई प्रेम गर्ने मानिसका रूपमा हेर्थेँ। तर मूल्याङ्कनको यस्तो मापदण्ड सत्यता अनुरूप थिएन र म मानिसहरूको बाहिरी व्यवहारबाट बहकिन्थेँ। फरिसीहरूले कसरी सभाघरहरूमा मानिसहरूसामु धर्मशास्‍त्रका खण्डहरू व्याख्या गर्थे, मलाई त्यसबारे याद आयो। बाहिरी रूपमा, तिनीहरू भक्त अनि कष्ट भोग्‍ने, परित्याग गर्ने, र सुकर्म गर्नेजस्ता देखिन्थे, तर जब प्रभु येशू आफ्‍नो काम गर्न आउनुभयो, तब तिनीहरूले खोजी र अनुसन्धान गरेनन्, बरु जथाभावी उहाँलाई विरोध गरे र दोष दिए अनि अन्तिममा उहाँलाई क्रूसमा टाँगे। यसबाट, मैले बाहिरी असल व्यवहार देखाउने मानिसहरू असल हुन्छन् नै भन्‍ने हुँदैन भन्‍ने महसुस गरेँ। परमेश्‍वरमा समर्पित हुने, सत्यतालाई प्रेम गर्ने र स्विकार्ने मानिसहरू मात्रै साँचो रूपमा असल मानिसहरू हुन्। सत्यतालाई पटक्‍कै प्रेम नगर्ने र नस्विकार्ने मानिसहरूका हकमा, तिनीहरूले बाहिरी रूपमा असल काम गरे पनि, तिनीहरू झूटो रूपमा भक्त भइरहेका हुन्छन्। बाहिरी रूपमा, मार्जोरीले केही कष्ट भोगेकी र मूल्य चुकाएकी थिइन्, तर भित्री रूपमा उनी सत्यताबाट दिक्‍क थिइन् र परमेश्‍वरलाई घृणा गर्थिन्। उनले परमेश्‍वरलाई खुलेआम आलोचना र इन्कार समेत गरिन्। उनी शैतानकै कोटीकी थिइन्। तर मैले उनले बाहिरी रूपमा कसरी कष्ट भोग्थिन् र परित्याग गर्थिन् भन्‍ने मात्रै देखेकी थिएँ, त्यसकारण मेरा धारणाअनुसार म उनले सत्यताको खोजी गर्छिन्, आफ्‍नो कर्तव्यमा जिम्‍मेवार र समर्पित छिन् र ख्रीष्टविरोधी हुन सक्दिनन् भन्‍ने विश्‍वास गर्थेँ। सुपरभाइजरले हामीलाई समझशक्तिको अभ्यास गरेर मार्जोरीलाई ब्‍लक गर्न अनुरोध गर्दा, म सुपरभाइजरप्रति पूर्वाग्रही समेत भएँ र आफ्‍नो कर्तव्य पूरा गर्न मन लागेन। मार्जोरीको वास्तविकताबारे मलाई अलिकति पनि थाहा थिएन, त्यसैले म छलमा परें। म साँच्‍चै नै मूर्ख थिएछु।

भोलिपल्‍ट, मार्जोरीले हाम्रो मण्डलीले परमेश्‍वरलाई नभएर केवल एउटा मानिसलाई पछ्याइरहेको छ भनेर फेसबुकमा अफवाह र हल्‍लाहरू फैलाइरहेको देखेँ। मण्डलीलाई उनले यसरी निन्दा गरेको देख्दा, मैले उनलाई ब्‍लक र प्रतिरोध नगरेकोमा, अनि उनको प्रतिरक्षा समेत गर्ने प्रयास गरेकोमा मलाई निकै पछुतो लाग्यो। मैले उनलाई उनले किन यी कुराहरू गरिरहेकी छिन् भनेर सोध्दै मेसेज पठाएँ। मार्जोरीले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा गर्दै मलाई मेसेज पठाइन्, र मलाई मण्डली छोड्न समेत अनुरोध गरिन्। मैले उनको कुरालाई बेवास्ता गरेँ। दुई महिनापछि, सुपरभाइजरबाट मैले के थाहा पाएँ भने उनलाई मार्जोरीले मण्डलीलाई निन्दा गर्दै र दोष दिँदै मेसेज पठाएकी, र नयाँ विश्‍वासीहरूलाई निन्दापूर्ण भिडियोहरू पठाउँछु समेत भनेकी रहेछिन्। उनले परमेश्‍वरको कामसम्‍बन्धी आफ्ना धेरै विचारहरू ग्रुप च्याटमा पनि पठाएकी थिइन्। मार्जोरीको अन्टीमा पनि धारणाहरू विकास भएर मण्डली छोडिन्। मार्जोरीले साँचो मार्ग थाहा पाएर पनि, मानिसहरूलाई धोका दिन धारणाहरू फैलाउनु साँच्‍चै नै प्रतिरोध गर्नु थियो। त्यो निकै गम्‍भीर अपराध हो—उनी ख्रीष्टविरोधी थिइन्। मार्जोरीको व्यवहारबाट मैले के देख्‍न सकेँ भने परमेश्‍वरको कामबारे उनमा धारणाहरू थिए, र उनले सत्यताको खोजी गरेर तिनलाई हटाउने प्रयास गरिनन्। उनले अफवाह र भ्रमहरू फैलाएकी थिइन्, परमेश्‍वरको निन्दा गरेकी थिइन्, मण्डलीको बदनाम गरेकी थिइन्, अनि ब्रदर-सिस्टरहरूलाई धोका दिएर परमेश्‍वरलाई इन्कार गर्ने र उहाँबाट बरालिने तुल्याएकी थिइन्। मलाई मार्जोरी साँच्‍चै नै धोकेबाज र छली लाग्यो, उनी मानिसहरूलाई धोका दिएर परमेश्‍वरबाट बरालिन र उहाँलाई इन्कार गर्न लगाउने धूर्त स्याल थिइन्। उनी अरू ब्रदर-सिस्टरहरूका निम्ति साँच्‍चै खतरनाक थिइन्। पछि, मैले परमेश्‍वरको वचनको यो खण्ड भेट्टाएँ। “दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकारात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा यदि ती मानिसहरूमा परमेश्‍वरप्रति श्रद्धाको हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्‍वरप्रति आज्ञाकारिताको हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई चुनौती दिनेहरू बन्नेछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर उहाँप्रति आज्ञाकारी नहुनु वा उहाँलाई आदर नगर्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्‍वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्‍वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र अविश्‍वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू अविश्‍वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्‍वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूलाई निश्चित रूपमा हटाइनुपर्ने हुन्छ। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्‍चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्‍वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्‍याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्‍वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्। परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूले सधैँ परमेश्‍वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्‍वरलाई आदर गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्‍वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्‍वरको घरमा अझ बढी यस्तो हुँदैन र? के यसमा पहिलेभन्दा पनि कडा मापदण्डहरू छैनन् र? के त्यहाँ पहिलेभन्दा बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी)। परमेश्‍वरको वचनबाट मैले के थाहा पाएँ भने, सधैँ धारणाहरू फैलाउने, नकारात्मकता छर्ने र मण्डलीलाई बाधा दिने मानिसहरू शैतानका नोकरहरू हुन्। तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरूको हृदयमा परमेश्‍वरको अलिकति पनि डर हुँदैन। गुटबन्दी गर्ने र फूट ल्याउने, परमेश्‍वरलाई इन्कार र निन्दा गर्दै धारणा र अफवाह फैलाउनेहरू सबै भूतहरू हुन् र तिनीहरू सबैलाई परमेश्‍वरले हटाउनुपर्छ र दण्ड दिनुपर्छ। अफवाहद्वारा बहकिएर पथभ्रष्ट हुने, दुष्कर्मी र ख्रीष्टविरोधीको पक्षमा उभिनेहरूले तिनीहरूलाई इन्कार गरेनन् भने हटाइनेछ। मार्जोरीले आफ्‍ना धारणाहरू हटाउन परमेश्‍वरका वचनहरू पढ्ने वा सत्यताको खोजी गर्ने काम गरिनन्, न अरू ब्रदर-सिस्टरहरूसँग खोजी नै गरिन्। बरु, उनले परमेश्‍वरमाथि प्रश्‍न उठाइन्, उहाँलाई इन्कार गरिन्, र खुलेआम परमेश्‍वरको आलोचना र निन्दा गर्दै धारणाहरू समेत फैलाइन्। उनले ब्रदर-सिस्टरहरूलाई छल गर्दै आफ्‍नो पक्षमा उभ्याउन तिनीहरूबीच कलह रोपिन्, तिनीहरूलाई फकाइन्-फुस्ल्याइन् अनि सुपरभाइजरविरुद्ध पूर्वाग्रह फैलाइन्, जसले मण्डलीको काममा बाधा भयो। मार्जोरी साँच्‍चै नै दुष्ट थिइन्। सारगत रूपमा उनी सत्यता र परमेश्‍वरलाई घृणा गर्ने ख्रीष्टविरोधी थिइन्। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइ नपाएकी भए, म पनि छलमा परेर उनको पक्षमा उभिनेथिएँ र परमेश्‍वरलाई मेरो शत्रु ठान्‍नेथिएँ। मैले के पनि महसुस गरेँ भने परमेश्‍वरका वचनहरू पढ्नु र ख्रीष्टविरोधीहरू चिन्‍ने विषयमा सङ्गति गर्नुको उद्देश्‍य भनेको ब्रदर-सिस्टरहरूलाई सत्यता बुझ्‍न र समझशक्ति प्राप्त गर्न सहयोग गर्नु हो ताकि तिनीहरू ख्रीष्टविरोधीहरूको झमेला र धोकामा नपरून्। परमेश्‍वका चुनिएका जनलाई रक्षा गर्न मण्डलीबाट ख्रीष्टविरोधीहरूलाई निष्कासन गरिन्छ। अगुवा भएर पनि मैले यो ख्रीष्टविरोधीलाई चिनेकी थिइनँ र तिनका झूटहरू पत्याएकी थिएँ। मैले त उनको पक्षमा उभिएर उनको प्रतिरक्षा समेत गरेँ। म शैतानको मतियार बनेकी छु भन्‍ने मलाई थाहा भयो। मैले ख्रीष्टविरोधीलाई सहानुभूति दिएँ, रक्षा गरेँ र प्रेम देखाएँ। यो त परमेश्‍वरको चुनिएका जनविरुद्ध क्रूरताको कार्य थियो। म कति मूर्ख रहेछु भन्‍ने मलाई थाहा भयो र आफैप्रति निकै घृणा जाग्यो, त्यसकारण म परमेश्‍वरसामु आई प्रार्थना गरेँ, पश्‍चात्ताप गरेँ र उहाँसँग पापक्षमा मागेँ।

पछि, मैले परमेश्‍वरको वचनका यी खण्डहरू भेटेँ: “मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्टहरू हुन्। परमेश्‍वरले मानवको न्याय गर्नुहुने मापदण्डचाँहि उनीहरूको सार उहाँको अधीनमा छ वा छैन भन्ने कुरामा आधारित हुन्छ; परमेश्‍वरको अधीनमा रहने व्यक्ति धर्मी व्यक्ति हो, जबकि अधीनमा नरहने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो चाहे त्यो व्यक्तिको आचरण असल होस् वा खराब, र चाहे उनीहरूको बोलीवचन ठीक होस् वा बेठीक(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। “जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्य देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यस क्षणमा, मानिसका सबै धारणा फिँजजस्तै बन्छन्। परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देख्ने व्यक्तिहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने, उनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँविरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्‍वरविरुद्ध उभिन्छन्। परमेश्‍वरबारे धारणाहरू मनमा राख्ने तर उहाँको आज्ञापालन गर्न अझै तत्पर र इच्छुक हुनेहरूलाई दोषी ठहराइनेछैन। परमेश्‍वरले मानिसलाई उसका अभिप्राय र व्यवहारका आधारमा दोषी ठहराउनुहुन्छ, उसका सोचाइ र विचारहरूको आधारमा कहिल्यै त्यसो गर्नुहुन्‍न। यदि परमेश्‍वरले मानिसलाई उसका सोचाइ र विचारहरूको आधारमा निन्दा गर्नुभएको भए, उहाँका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्दैनथियो। देहधारी परमेश्‍वरविरुद्ध जानीबुझी खडा हुनेहरू आफ्ना अनाज्ञाकारीताको लागि दण्डित हुनेछन्। परमेश्‍वरविरुद्ध जानीबुझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा भन्नुपर्दा, उनीहरूको प्रतिरोध यो तथ्यबाट उत्पन्न हुन्छ कि परमेश्‍वरबारे उनीहरूले मनमा धारणा राख्छन्, जसले उनीहरूलाई परमेश्‍वरको काम अवरोध गर्ने काम गर्ने तुल्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैनन्, तर उनीहरू उहाँको कामलाई अवरोध गर्ने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्)। परमेश्‍वरका वचनहरू स्पष्ट छन्: परमेश्‍वरले मानिसलाई तिनीहरूका सार र सत्यताप्रति तिनीहरूको आचरण अनुसार न्याय गर्नुहुन्छ। कतिपय मानिसमा परमेश्‍वरको कामबारे धारणाहरू हुन सक्छन्, तर तिनीहरूले सत्यताको खोजी गरेर आफ्‍ना धारणाहरूलाई त्याग्‍न सके भने, परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराउनुहुन्‍न। देहधारी परमेश्‍वरबारे सधैँ अनेकथरि भन्‍ने, सत्यतालाई स्वीकार नगर्ने र परमेश्‍वरमाथि प्रश्‍न र उहाँलाई इन्कार समेत गर्ने मानिसहरू परमेश्‍वरका शत्रु र ख्रीष्टविरोधी हुन्, चाहे तिनीहरूको बाहिरी बानीबेहोरा जति नै राम्रो किन नहोस्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई दोष दिनुहुन्छ र हटाउनुहुन्छ। मैले त मानिसका बाहिरी बानीबेहोरा मात्रै हेर्ने गरेकी रहेछु। म मार्जोरी पक्‍कै पनि परमेश्‍वरमा समर्पित छिन् र सत्यताको खोजी गर्ने व्यक्ति हुन् भन्‍ने सोच्थेँ, किनभने उनमा लगाव थियो, परित्यागहरू गर्थिन्, आफूलाई समर्पित गर्थिन् र उनी मण्डली अगुवा थिइन्, तर मैले उनको सार वा परमेश्‍वर र सत्यताप्रतिको आचरण हेरिनँ। मार्जोरीमा परमेश्‍वरको कामबारे निश्‍चित धारणाहरू थिए र उनले अरू ब्रदर-सिस्टरहरूबाट सङ्गति स्वीकार गर्दिनथिइन्। उनले आफ्‍ना धारणा फैलाएकी थिइन् र देहधारी परमेश्‍वरलाई खुल्‍लमखुल्‍ला इन्कार गरेकी थिइन्। उनको सार परमेश्‍वर र सत्यतालाई घृणा गर्ने थियो—उनी ख्रीष्टविरोधी थिइन्। म मार्जोरीका बाहिरी रूपद्वारा बहकिएकी र भ्रममा परेकी थिएँ र म ख्रीष्टविरोधीको पक्षमा उभिएँ। ममा साँच्‍चै नै अन्तर्दृष्टिको कमी थिएछ। त्यसपछि मात्रै मलाई के महसुस भयो भने हामीले परमेश्‍वरको वचन र सत्यताका सिद्धान्तहरू अनुसार मानिसहरू र वस्तुस्थितिको मूल्याङ्कन गर्नुपर्छ, मानिसको बाहिरी व्यवहारअनुसार मात्रै होइन।

त्यसपछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड भेटेँ: “परमेश्‍वरले मण्डली शुद्धीकरण गरिरहनुभएको छ, यसमा बाधा र व्यवधान ल्याउनेहरू, ख्रीष्टविरोधीहरू, दुष्टात्माहरू, दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू, उहाँमा साँचो विश्‍वास नगर्नेहरू, र सेवासमेत गर्न नसक्‍नेहरूलाई पखालेर फालिरहनुभएको छ। यसलाई भुइँ सफा गर्नु भनिन्छ; यसलाई निफन्‍नु भनिन्छ। … तैँले देख्‍न सक्छस्, परमेश्‍वरले सबै कुरा ठीक समयमा गर्नुहुन्छ। उहाँले जथाभाबी काम गर्नुहुन्‍न। उहाँको व्यवस्थापन कार्यले उहाँले बनाउनुभएको योजना पालन गर्छ, र उहाँले सबै कुरा जथाभाबी नभई चरणबद्ध रूपमा गर्नुहुन्छ। अनि, ती चरणहरू के-के हुन्? परमेश्‍वरले मानिसहरूमा गर्नुहुने हरेक चरणको कामको कार्यान्वयन हुनुपर्छ, र यो कार्यान्वयन भएको देख्‍नुभएपछि, उहाँले अर्को चरणको काम गर्नुहुन्छ। परमेश्‍वरले उहाँको कामको कार्यान्वयन कसरी हुन्छ, उहाँले के भन्‍नुपर्छ र के गर्नुपर्छ भन्‍ने कुरा तय गर्नुभएको हुन्छ। उहाँले आफ्‍नो काम मानिसहरूको आवश्यकताको आधारमा गर्नुहुन्छ, जथाभाबी गर्नुहुन्‍न। मानिसहरूमा जुन काम प्रभावकारी हुन्छ, परमेश्‍वरले त्यही गर्नुहुन्छ, र प्रभावकारिताको हिसाबले जुन काम महत्त्वपूर्ण हुँदैन, उहाँले अवश्यै त्यो काम गर्नुहुन्‍न। उदाहरणको लागि, यदि परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्‍नो समझको विकास गर्नसक्‍ने एउटा नकरात्मक कुरासम्बन्धी पाठको खाँचो छ भने, मण्डलीमा झूटा ख्रीष्टहरू, ख्रीष्टविरोधीहरू, दुष्टात्‍माहरू, दुष्ट मानिसहरू, र बाधा र व्यवधान ल्याउनेहरू देखा पर्छन्, र यस अवस्थामा अरूले आफ्‍नो समझको विकास गर्न सक्छन्। यदि परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता बुझ्‍न र त्यस्ता मानिसहरू चिन्‍न सक्छन् भने, त्यस्ता मानिसहरूले आफ्‍नो सेवा दिइसकेका हुन्छन्, र तिनीहरूको अस्तित्वको थप कुनै मूल्य हुँदैन। त्यो बेला, परमेश्‍वरका चुनिएका मानिसहरूले खडा भएर तिनीहरूको खुलासा र रिपोर्ट गर्नेछन्, र मण्डलीले तुरुन्तै तिनीहरूलाई बढारेर फाल्नेछ। परमेश्‍वरको सबै काममा चरणहरू हुन्छन्, र ती सबै चरणहरू मानिसलाई उसको जीवन र कदमा के चाहिन्छ त्यसको आधारमा परमेश्‍वरले बन्दोबस्त गर्नुभएको हुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३))। परमेश्‍वरका वचन पढेपछि, मलाई के महसुस भयो भने धेरै मानिसहरूले मण्डलीमा कर्तव्य पूरा गर्ने भए पनि, तिनीहरू सबै परमेश्‍वरका चुनिएका जनहरू र उहाँका भेडा हुन् भन्‍ने हुँदैन। ब्‍वाँसाहरूले आफूलाई बगालको बीचमा लुकाएका हुन्छन्। हाम्रो समझशक्ति विकास होस्, पाठ सिकौँ र खराबबाट असल छुट्याउन सकौँ भनेर परमेश्‍वरले मण्डलीमा ख्रीष्टविरोधी, दुष्कर्मी र गैरविश्‍वासीहरूलाई रहन दिनुहुन्छ। मार्जोरीले मण्डलीमा आफ्‍नो कर्तव्य गरेकी भए पनि परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्दिनथिइन्। उनी परमेश्‍वरको कामको विश्‍लेषण गर्न मात्र मण्डली आएकी थिइन्, सत्यता खोजी गर्न र बुझ्‍न होइन। उनी भेडाको भेस लिएकी ब्‍वाँसो थिइन् र परमेश्‍वरले हटाउनुहुने दुष्ट व्यक्ति थिइन्। अहिले परमेश्‍वरले मण्डलीको शुद्धीकरण र हरेक प्रकारको व्यक्तिलाई खुलासा गरिरहनुभएको छ। कुनै पनि ख्रीष्टविरोधी, दुष्कर्मी वा गैरविश्‍वासी मण्डलीमा लुकेर बस्‍न सक्दैनन्, परमेश्‍वरको वचनद्वारा सबै खुलासा भएर हटाइनेछन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने, सत्यतालाई प्रेम र खोजी गर्नेहरू मात्रै मण्डलीमा रहनेछन्, र तिनीहरूलाई मात्रै परमेश्‍वरले शुद्धीकरण गरी मुक्ति दिनुहुन्छ।

यस अनुभवबाट, मैले केही समझशक्ति पाएँ र केही कुराहरू सिकेँ। पहिलो, मैले मानिसहरूको बाहिरी बानीबेहोरा, तिनीहरूले कति कष्ट भोगेका छन् र आफूलाई समर्पित गरेका छन् भन्‍ने मात्रै हेर्नु हुँदैन, किनभने धेरै मानिसले यी कुराहरू गर्न सक्छन्, विशेष गरी धर्मका ठगहरूले। दोस्रो, मैले मानिसहरूको भक्ति गर्नु हुँदैन, किनभने मानिसहरूको भक्ति गरेको परमेश्‍वरले घृणा गर्नुहुन्छ। हामीले परमेश्‍वरलाई मात्रै आदर र आराधना गर्नुपर्छ। तेस्रो, मण्डली अगुवाको हैसियतले, मैले मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई ध्यान दिनुपर्छ, र तिनीहरूका लागि फाइदाजनक कुरालाई प्राथमिकता दिनुपर्छ। चौथो, समस्याहरूको सामना गर्दा, ममा परमेश्‍वरको डर मान्‍ने हृदय हुनुपर्छ, र खोजी र प्रतीक्षा गर्न सिक्‍नुपर्छ। मैले आफ्‍ना धारणाहरू अनुसार लापरवाही रूपमा आलोचना गर्ने र दोष दिने गर्नु हुँदैन। त्यसो गर्दा परमेश्‍वरको स्वभावलाई चिढ्याउने सम्‍भावना हुन्छ। पाचौँ, सत्यतालाई बुझ्‍नका लागि मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझै धेरै वचनहरू पढ्नुपर्छ। परमेश्‍वरको वचनको अगुवाइद्वारा मात्रै हामी शैतानको दुष्ट षड्यन्त्रहरूलाई देख्‍न र सत्यताको पक्षमा उभिन सक्छौँ। मैले सत्यता कति बहुमूल्‍य छ भन्‍ने कुरा पनि महसुस गरेँ। सत्यतालाई बुझेर मात्रै हामीले कुराहरू बुझ्न सक्छौँ र सबै किसिमका दुष्कर्मी, ख्रीष्टविरोधी र गैरविश्‍वासीहरूलाई छुट्याउन सक्छौँ। भविष्यमा, म परमेश्‍वरको अझै धेरै वचन पढ्छु र सत्यतालाई सिद्धान्तको रूपमा लिँदै मेरो व्यवहार, मानिस र वस्तुस्थितिहरूप्रतिको मेरो मूल्याङ्कन परमेश्‍वरका वचनमा आधारित गर्छु। परमेश्‍वर धन्यवाद!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

साँचो मार्ग स्विकार्दा यति धेरै अवरोध किन हुन्छ?

सन् २००८ मा मेरी आमासँगै मैले प्रभुमा विश्‍वास गरेँ, र त्यसपछि, म स्थानीय मण्डलीका भेलाहरूमा जान थालेँ। पछि, म मण्डली डिकनसमेत बनेँ। हाम्रो...

एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

लापरवाह कामको पछाडि वास्तवमा के छ

केही समयअघि भिडियोहरूको समीक्षा गर्ने सिस्टरले मैले भर्खरै बनाएका भिडियोहरूको गुणस्तर राम्रो भएको छैन भनेर औँल्याइन् र उनले त्यसमा धेरै...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्