एक जना सरकारी अधिकारीको निर्णय
मेरो जन्म हुनुभन्दा पहिले मेरो बुबाले कानुन उल्लङ्घनको आरोपमा पक्राउ पर्नुभएको थियो। १९७० को दशकमा चीनको गाउँघरमा यस्तो हुनु निकै लाजमर्दो कुरा हुन्थ्यो, त्यसकारण सबैले हाम्रो परिवारलाई हेप्थे। म मेरो चिनजानका सबैको गिल्ला सहँदै हुर्केँ। मेरी आमाले मलाई सधैँ यसो भन्नुहुन्थ्यो, “सफल हुनको लागि तैँले मेहनत गर्नुपर्छ। हामीले हाम्रो परिवारलाई अरूको हेपाइमा राखिरहनु हुँदैन।” ती शब्दहरू मभित्र गहिरोसँग गाडिएर बसेका थिए। भविष्यमा, म भीडभन्दा माथि उठेर हामीप्रतिको सबैको आचरण परिवर्तन गर्नेछु भनेर मैले कसम खाएँ। म मेरो अध्ययनमा तनमन लगाएर लागिपरेँ र कलेज पास भएपछि शिक्षक बनेँ। खान-लाउनको लागि ग्यारेन्टी जस्तै थियो, तर म अझै पनि साँचो सफलता पाउने उद्देश्यमा पुग्न निकै बाँकी थियो। त्यसकारण, सरकारी पदमा स्थानान्तर हुने आशामा मैले चिनेजानेका ठूला पदका मानिसहरूमा भरोसा गर्थेँ र काउन्टीस्तरका नेताहरूलाई उपहारहरू पठाउँथे।
मैले आफूले आशा गरेजस्तै, तीन वर्षपछि, सहरको सरकारी कार्यालयमा सेक्रेटरी पदको काम पाएँ, जसले गर्दा मैले विभिन्न अवसरमा नेताहरूसँग उठबस गर्ने मौका पाउँथेँ। म अत्यन्तै विशिष्ट देखिन्थेँ। विशेष गरी जब म गाउँ फर्कन्थेँ, तब गाउँ प्रमुख र त्यहाँका सबै मानिसहरूले मसँग न्यानो व्यवहार गर्थे र धेरै मानिसहरूले मसँग चापलुसी गर्थे—मेरो परिवारले पनि यसबाट फाइदा प्राप्त गरिरहेको थियो, र त्यहाँका सबै मानिसहरूले अत्यन्तै डाहा गर्थे। मेरी आमाले मलाई खुशी हुँदै भन्नुहुन्थ्यो, “तैँले सरकारी जागिर पाएदेखि नै तेरो भाइले बाहिर जाँदा सबैलाई तेरो बारेमा, र तैँले कहाँ काम गर्दैछस् भन्ने बारेमा बताउँछ। यतिका वर्षपछि हामीले बल्ल शिर ठाडो पारेर हिँड्न र गर्व गर्न सकेका छौँ!” उहाँको कुरा सुन्दा मेरो मन छोयो। हाम्रो परिवारले धेरै वर्षदेखि दुःख गर्दै आएको थियो। के हामीले प्रतीक्षा गर्दै आइरहेको दिन यही थिएन र? त्यसपछि मैले अझै कडा मेहनत गर्न थालेँ; म सधैँ राती अबेरसम्म ओभरटाइम गर्थेँ र बिदाको दिनमा समेत आराम गर्दिनथिएँ। मेरी श्रीमती र बच्चाको लागि मसँग त्यति समय हुँदैनथ्यो। त्यसपछि २००८ मा मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेँ, तर मैले अझै पनि मेरो धेरैजसो समय काममा नै बिताइरहेको हुन्थेँ। म कहिलेकहीँ भेलामा जान्थेँ, र परमेश्वरका वचनहरू त्यति धेरै पढ्दिनथिएँ। मेरो करियर राम्ररी अघि बढिरहेको थियो—मलाई अगुवाहरूले कदर गर्थे, सहकर्मीहरूले आदर गर्थे, र कुनै बढुवाको पद उपलब्ध हुने बित्तिकै त्यो मेरै हुन्छ भनेर सबैले भन्थे। मलाई त्यो मैले जीवनमा चाहेको कुरा प्राप्त गर्ने मौका हुनेछ, अर्थात् अरूभन्दा माथि उठ्ने मौका हुनेछ भन्ने लाग्थ्यो, त्यसकारण मैले अझै धेरै परिश्रम गर्न थालेँ र नेताहरूको चापलुसी गर्न थालेँ। तैपनि, मलाई एउटा नेताको छोराले उछिन्यो, त्यसपछि मलाई एक महत्त्वहीन विभागमा सरुवा गरियो।
त्यो सरुवा मेरो लागि अत्यन्तै खिन्न पार्ने खालको थियो, र मलाई मेरा सहकर्मीहरूले मेरो कुरा काट्नेछन् र मलाई हेप्नेछन् भन्ने लाग्यो। मैले आफूलाई उत्साह दिन सकिनँ र मलाई कसैसँग भेट्न मन लाग्दैनथियो। ठीक त्यही व्याकुल समयमा, मण्डलीका एक जना ब्रदरले मलाई यसो भने, “तपाईंको बढुवा भएन, उल्टै महत्त्वहीन विभागमा सरुवा भयो। हेर्दा यो खराब कुरा हो, तर वास्तवमा यो राम्रो कुरा हो! यदि तपाईंले चाहनुभएजस्तै तपाईंलाई बढुवा गरिएको भए र तपाईंले उच्च पद पाउनुभएको भए, तपाईंले अझै बढी चाहनुहुनेथियो। दिनरात नाम र हैसियतको खातिर संघर्ष गर्दै तपाईंले अझै बढी परीक्षाहरूको सामना गर्नुहुनेथियो। तपाईंसँग सत्यतालाई खोजी गर्ने समय र इच्छा बाँकी रहनेथियो र? यो परमेश्वरको कामले मानवजातिलाई मुक्ति दिने र सिद्ध गर्ने महत्त्वपूर्ण समय हो। तपाईंले यी बहुमूल्य दिनहरूलाई त्यतिकै बिताउनुभयो भने कसरी मुक्ति पाउन सक्नुहुन्छ? यो बढुवा नपनाउनुको पछाडि परमेश्वरको असल इच्छा लुकेको छ—शैतानले हामीमाथि खेलबाड गरेको र चोट पुर्याएको, अनि हामी नाम र हैसियतको खातिर संघर्ष गर्दै जिएको, लड्दै र षड्यन्त्र गर्दै बसेको र पछि परमेश्वरको मुक्ति पाउने आफ्नो मौकालाई गुमाएको परमेश्वरले हेरिरहन सक्नुहुन्न।” उनले भनेको कुरा मेरो लागि चेतावनीको घण्टी थियो; उनले भनेको कुरा मलाई सही लाग्यो। पहिले, म अरूभन्दा माथि कसरी उठ्ने भनेर नै पूर्ण रूपमा केन्द्रित थिएँ, त्यसकारण मैले आफ्नो हृदयलाई शान्त पारेर कहिल्यै पनि परमेश्वरका वचनहरू पढ्न वा सत्यताको खोजी गर्न सकेको थिइनँ। सायद त्यो असफलता मेरो विश्वासको मार्गमा परिवर्तनको बिन्दु थियो।
त्यसपछि मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “परमेश्वरप्रतिको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्वरका मानिसमध्ये एक बन्न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरको लागि जिउँछौ, र परमेश्वरको इच्छालाई पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्वरले चुन्नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। अर्थपूर्ण जीवन कसरी हुन्छ भन्ने बारेमा परमेश्वरका वचनहरू स्पष्ट छन्। नाम र लाभका खातिर मैले संघर्ष गरेका वर्षहरूको बारेमा मैले विचार गरेँ—अहिले थोरै हैसियत र प्रतिष्ठा प्राप्त गरेर पनि मलाई निकै रित्तो महसुस हुन्थ्यो। अधिकारीहरूको सङ्गतमा म सधैँ बनावटी व्यवहार गर्थेँ। हैसियतका खातिर मैले नेताहरूको चापलुसी गर्नुपर्थ्यो; साथै मेरा सहकर्मीहरूलाई पनि सम्हाल्नुपर्थ्यो; अरूसँग प्रतिस्पर्धा गर्न र तिनीहरूको विरुद्धमा जान आफैलाई रित्याउनुपर्थ्यो; अनि यस क्रममा अरूले मेरो विरुद्धमा षड्यन्त्र पो गरिरहेका छन् कि भनेर डराउनुपर्थ्यो। मैले त्यो संसारको दुर्गति र तनावलाई पूर्ण रूपमा बुझेँ। मैले आफैलाई सोधेँ: हैसियत र प्रतिष्ठाको लागि संघर्ष गर्दै सारा जीवन परिश्रम गर्नुको अर्थ र मूल्य के छ? के मेरो सारा जीवनको उद्देश्य नै देखावटी बन्नु, मेरो परिवारलाई गर्व गराउनु मात्रै हो त? के हजारौं वर्षदेखि, ठूलो हैसियत भएका धेरै जना महान् मानिसहरू पनि रित्तो हात नै मरेनन् र? परमेश्वरले मानिसलाई हाम्रो नाम सदासर्वदा रहिरहोस् वा नाम र हैसियतको खातिर संघर्ष गरोस् भनेर सृष्टि गर्नुभएको होइन, उहाँले त हामीलाई सत्यता सिकाउन र परमेश्वरलाई चिन्न लगाउन, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, अनि साँचो मानव स्वरूपमा जिउन लगाउनको लागि सृष्टि गर्नुभएको हो। अर्थ र मूल्य सहितको जीवन त्यो मात्रै हो, र त्यसले मात्रै परमेश्वरको अनुमोदन प्राप्त गर्नेछ। यो कुरा महसुस गरेपछि मैले नाम र हैसियतको मेरो खोजीलाई त्यागेर जीवनको सही मार्गमा हिँड्न तयार हुँदै परमेश्वरसँग प्रार्थना गरेँ।
मलाई स्थानान्तर गरिएको विभागमा वर्षभरिमा कहिल्यै पनि व्यस्त समय आउँदैनथियो। मैले त्यस समयलाई मौकाको रूपमा लिँदै परमेश्वरका अझ धेरै वचनहरू पढेँ र आफैलाई सत्यताले सुसज्जित गरेँ। जब साप्ताहिक बिदाको दिन आउँथ्यो, तब म भेलाहरूमा सहभागी हुन्थेँ र दाजुभाइ-दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्थेँ। मलाई निकै शान्तिको महसुस हुन्थ्यो, र मैले अब सहकर्मीहरूसँग घुलमिल गर्न छोडिसकेको थिएँ। सम्बन्धहरू जोगाउने र अनाधिकृत सम्बन्धहरूको नाजायज फाइदा उठाउने जस्ता झमेलायुक्त मामलाहरूप्रति रुचि गुमाएको थिएँ। मलाई निकै स्वतन्त्र र ढुक्क महसुस भयो। तर फेरि पनि मलाई सरकारी आदेशमा संरचना भत्काउने विभागमा सरुवा गरियो, जहाँ मैले कम्युनिस्ट पार्टीले सर्वसाधारण जनतालाई हेप्ने र नोक्सान गर्ने सबै प्रकारका दुष्ट तरिकाहरूलाई व्यक्तिगत रूपमा देखेँ। त्यसले गर्दा मैले छानेको करियरको बाटोप्रति झन् उत्साह मरेर आयो। सहर निर्माणको लागि ठाउँ चाहियो भन्दै सरकारले मानिसहरूलाई सधैँ तिनीहरूका घरबाट निकाल्थ्यो, र त्यसको क्षतिपूर्ति सधैँ थोरै हुन्थ्यो। यसप्रति मानिसहरू खुशी हुँदैनथिए र विरोध प्रदर्शन गर्थे। सरकारले निर्माण कम्पनीहरूसँग गोप्यमा मिलेमतो गरिरहेको छ भन्ने स्पष्ट नै हुन्थ्यो। त्यसबाट तिनीहरूले ठूलो नाफा कमाउथे र सर्वसाधारण मानिसहरूलाई लुटिरहेका हुन्थे। तर तिनीहरूले सधैँ तथ्यहरूलाई बङ्ग्याएर मानिसहरू हट्न मानेनन् र सहर निर्माणमा बाधा पुर्याए भनेर भनिरहेका हुन्थे। दिनमा तिनीहरूले मानिसहरूलाई मनाउन हामीलाई वैचारिक काम गर्न लगाउँथे, त्यसपछि राती तिनीहरूले मानिसहरूलाई दुर्व्यवहार गर्दै तिनीहरूलाई घर छोडेर जाने सम्बन्धी सम्झौता पत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाउँथे। कुनै पनि निवासीहरूले शान्तिले बस्न पाउँदैनथिए। यदि कसैले दृढ भएर सर्न मानेन भने तिनीहरूले उनीहरूलाई सहरको पुर्नविकासमा बाधा दिएको आरोप लगाएर थुनामा राखेर पिट्थे। उक्त व्यक्तिले हस्ताक्षर नगरेसम्म नेताहरू रोकिँदैनथिए। कतिपय मानिसहरूले उच्च ओहदाका अधिकारीहरूसमक्ष अपील गरे पनि तिनीहरूलाई उल्टै पक्राउ गरेर कुटपिट गरिन्थ्यो। एक जना व्यक्तिलाई त अपाङ्ग हुने गरी पिटिएको थियो, र तिनको त्यही कारणले मृत्यु समेत भयो। एक जना नेताले एक पटक आन्तरिक भेलामा सबैको अघि मुस्कुराउँदै भने, “अब यो मान्छे मरिसकेको छ, त्यसैले एउटा भए पनि अपील घट्यो। हाम्रो विरुद्धमा अनुशासन कारबाही कम हुनेछ!” त्यहाँ उपस्थित अरू सबै मानिसहरू पनि मुस्कुराइरहेका थिए। मानव जीवनलाई कुनै मूल्यको नठानी सरकारी अधिकारीहरूले सर्वसाधारण मानिसहरूलाई हेपेको र तिनीहरूबाट नाजायज फाइदा उठाएको देख्दा कम्युनिस्ट पार्टीको प्रणालीमा रहिरहँदा र यी मानिसहरूसँग उठबस गर्दा त्यसबाट कहिल्यै केही असल हुनेछैन भन्ने मलाई थाहा भयो। तिनीहरू सबैबाट टाढा बस्न, तिनीहरूसँग उठबस नगर्न मैले सक्दो प्रयास गर्न थालेँ। ठाउँ छोडेर जानुपर्ने व्यक्तिलाई मनाउन, तिनीहरूलाई कुटपिट गर्न मलाई लगाइयो भने म त्यस कामबाट हट्न वा सुव्यवस्था कायम गर्नको लागि सक्दो प्रयास गर्थेँ। जब कुटाइले गर्दा चिच्याइरहेको व्यक्तिको आँखामा हेर्थेँ, तब तिनीहरूको विवश हेराइले मेरो विवेकलाई अत्यन्तै दोषी अनुभव गराउँथ्यो। कहिलेकहीँ त म आधा रातमा नराम्रो सपना देखेर बिउँझन्थेँ समेत। त्यो वातावरणमा हरेक दिन जिउनु मेरो लागि एक प्रकारको यातना नै थियो। यदि मैले त्यस्तो लाजमर्दो काम गरिरहेँ भने ढिलोचाँडो म दण्डित हुनेछु भन्ने मलाई थाहा थियो, त्यसकारण म त्यो ठाउँलाई जति सक्दो चाँडो छोड्न चाहन्थेँ। नेताहरूले मलाई मेरो करियरमा अघि बढ्न प्रोत्साहन दिँदै यताउता कुराहरू गर्ने गरेका भए पनि मलाई जाँगर नै आउँदैनथियो र मैले तिनीहरूसँग बढुवाको लागि चापलुसी गर्न छोडेको थिएँ। तर अचम्मको कुरा, ठीक त्यही बेला मैले नगर अनुशासन कार्यलयको प्रमुखको रूपमा बढुवा पाएँ।
नियुक्ति भएपछि, म प्रायजसो नगर सरकारका विभिन्न महत्त्वपूर्ण अधिकारीहरूसँग बैठकहरूमा देखा परिरहेको हुन्थेँ। मेरा सहकर्मी र गाउँका साथीसङ्गीहरू सबै जनाले मसँग अत्यन्तै मित्रवत् व्यवहार गर्थे र मैले राम्रो सोचोस् भनेर लागिपर्थे। म त्यसबाट प्राप्त हुने अनुभवमा आनन्द गर्थेँ। थाहै नपाई म असन्तुष्ट हुन थालेँ, र नेताहरूले मलाई बहुमूल्य ठानून् र पहिचान गरून् भन्ने चाहना गर्न थालेँ। तर नेताहरूको सट्टा बिजनेस ट्रिपमा वा मिटिङमा जानुपर्दा, त्यसले भेलामा सहभागी हुने र आफ्नो कर्तव्य पूरा गर्ने मेरो क्षमतालाई प्रभाव पार्थ्यो। मलाई के गर्ने के नगर्ने हुन्थ्यो, किनभने कर्तव्य भनेको पछि हट्न नसकिने जिम्मेवारी हो भन्ने मलाई थाहा थियो। मैले व्यक्तिगत मामलाहरूको कारण मेरो कर्तव्यलाई त्याग्न सक्दिनथिएँ, तर जब मेरो नेताले मलाई त्यस्तो कामकाजको निम्ति जाने बन्दोबस्त मिलाउँथे, तब त्यसको अर्थ तिनीहरूले मलाई विश्वास गर्छन् भन्ने हुन्थ्यो। यदि मैले मेरो कर्तव्य पूरा गर्ने बहानामा तिनीहरूले अह्राएको काम गरिनँ भने, के तिनीहरूले मैले महत्त्वपूर्ण समयमा जिम्मेवारी पूरा नगरेको भनेर मलाई महत्त्वपूर्ण काम दिन छोड्नेछन्? मलाई त्यो बेला निर्णय गर्न निकै कठिन भएको थियो, त्यसकारण मैले प्रार्थनामा आएर परमेश्वरको अघि यो कुरा राखेँ, अनि उहाँको इच्छा बुझ्न अगुवाइ गर्दै अभ्यासको मार्ग खोज्न सहयोग गर्नुहोस् भनी उहाँलाई अनुरोध गरेँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्वरप्रतिको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। यसको बारेमा विचार गर्दा, मैले के थाहा पाएँ भने यो त परमेश्वरलाई सन्तुष्ट पार्ने कि शैतानलाई भन्ने बीचको युद्ध हो, मैले कुन छनौट गर्छु भनेर हेर्नु हो। परिस्थितिहरूको सामना गर्दा मैले सुरुमा नेताहरूको आचरण र मेरो आफ्नै करियरको बारेमा विचार गर्दोरहेछु—मेरा लागि नाम र हैसियत अझै पनि महत्त्वपूर्ण थियो। मानवजातिलाई मुक्ति दिन परमेश्वरले ठूलो रातो अजिङ्गरको देशमा देहधारण गरी सत्यता व्यक्त गर्न कति धेरै जोखिम उठाउनुभएको थियो, मैले त्यसको बारेमा विचार गरेँ। परमेश्वरले कुनै गुनासो वा पछुतो नगरी हामीलाई सबै कुरा दिनुभएको छ, तर मैले मेरो कर्तव्यको खातिर अलिकति पनि बलिदान गर्न सकेको थिइनँ। मेरो विवेक कहाँ थियो? यो कुरा महसुस गरेपछि म अत्यन्तै लज्जित भएँ। मैले आफ्ना व्यक्तिगत चासोहरूलाई त्यागेर आफ्नो कर्तव्य पूरा गर्ने चाहना गर्दै प्रार्थना गरेँ। त्यसपछि, मैले मेरो कर्तव्य र मेरो जागिरको बीचमा कुन छनौट गर्ने भन्नेबारे धेरै पटक विचार गरेँ, र कहिलेकहीँ मलाई कमजोर महसुस हुन्थ्यो र यो कुरामा म संघर्ष गर्थेँ। तर जब म परमेश्वरलाई सन्तुष्ट तुल्याउन तयार हुन्थेँ, उहाँले मेरो लागि सधैँ मार्ग खोल्नुहुन्छ भन्ने देखेँ, र मैले मेरो नेताकै छेउछाउ निजलाई थाहै नदिई सुसमाचार सुनाइरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ। कर्तव्य पूरा गर्ने मेरो जोश पनि वृद्धि हुँदै गयो। चाँडै नै मेरो सम्पूर्ण परिवारले म विश्वासी बनेको छु र मैले सुसमाचार प्रचार गर्ने गर्छु भन्ने थाहा पायो। तिनीहरू सबैले मेरो विश्वासको विरोध गर्न थाले।
मेरी श्रीमती एक शिक्षिका थिइन्, त्यसकारण उनलाई पनि सरकारले नै तलब दिन्थ्यो। उनले मलाई भनिन्, “तपाईंले यतिका वर्ष पार्टीको सिस्टममा रहेर काम गर्नुभएको छ, त्यसकारण धर्मप्रति तिनीहरूको आचरण कस्तो छ तपाईंलाई भनिरहनु पर्दैन। तिनीहरूले सबैतिरका विश्वासीहरूलाई पक्राउ गरिरहेका छन्। विश्वास गर्ने र सुसमाचार सुनाउने कार्य गरेर, के तपाईंले बन्दुकको नलीमा निधार राख्दैहुनुहुन्न र? तपाईंले यो कार्यलाई जारी राख्नुभयो भने हाम्रो हातमुख जोड्ने बाटो समाप्त हुनेछ, हाम्रो सारा परिवार तहसनहस हुनेछ!” मैले उनलाई परमेश्वरको देखापराइ र कामको बारेमा गवाही बाँडे र विश्वास गर्नुको महत्त्वको बारेमा बताएँ। मैले भनेँ, “अहिले मुक्तिदाता ओर्लेर आउनुभएको छ, र मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ। यो त मुक्ति पाउनको लागि हामीले जीवनमा एक पटक पाउने अवसर हो। हाम्रो अगाडि देखिने फाइदा र हैसियत सबै क्षणिक हुन्। यदि हामीले कम्युनिस्ट पार्टीलाई मात्रै पछ्यायौँ, सधैँ धनी बन्न मात्रै चाह्यौँ भने, के त्यसले हामीलाई विपत्तिहरूबाट बचाउन सक्छ? यदि हामी विपत्तिमा पर्यौँ भने त जतिसुकै पैसा भए पनि केही काम आउँदैन! प्रभु येशूको प्रेरित मत्तीलाई नै हेरौँ—तिनी कर उठाउने मानिस थिए, राम्रो जागिर भएको व्यक्ति। तर जब तिनले मुक्तिदाता प्रभु येशू आउनुभएको देखे, तब तिनले तुरुन्तै उहाँलाई पछ्याए। यसको साथै, यदि हामीले दुष्कर्म गर्ने कार्यमा सधैँ पार्टीलाई पछ्यायौँ भने हामीले त्यसको लेखा दिनुपर्छ, दण्डित हुनैपर्छ आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउनु मुक्ति पाउने एउटै मात्र उपाय हो।” मेरी श्रीमतीलाई परमेश्वरको बारेमा कुनै चासो थिएन र यसको बारेमा मैले भनेको कुनै पनि कुरा सुन्दिनथिइन्। तर त्यसपछि, मैले विश्वास गरेदेखि म बाहिर गएर सहकर्मीहरूसँग खानपान गर्ने र घरका कामलाई बेवास्ता गर्ने गर्दिन, बरु मेरो जीवनमा झन् व्यवस्थित हुँदै गएको, अनि उनी र बालबच्चासँग समय बिताउन थालेको उनले देखिन्। कहिलेकहीँ म जीवनसँग सम्बन्धित विषयहरूका बारेमा कुरा गर्न थाल्थेँ। क्रमिक रूपमा, उनी मेरो बाटोमा खडा हुन छोडिन्। तर उनको माइती परिवारका सबै जना मेरो विश्वासको विरोधमा थिए। तिनीहरूमध्ये एक जना सरकारी जागिर खान्थे र तिनले मलाई यस्तो सल्लाह थिए, “तपाईं जवानै हुँदा तपाईंले पदको खुड्किला चढ्ने र पैसा कमाउने बारेमा विचार गर्नुपर्छ। तपाईंका आमाबुबा र बालबच्चाले तपाईंसँगै त्यस कुराको फाइदा लिन सक्छन्—त्यही मात्रै व्यवहारिक कार्य हो। आफ्नो धर्मको लागि तपाईं लागिपर्नुभएका ती सबै कुरा अस्पष्ट र अव्यवहारिक छन्!” मैले तिनलाई भनेँ, “तपाईं विश्वासी हुनुहुन्न, त्यसकारण विश्वास गर्नु र सत्यताको पछि लाग्नुको अर्थ र मूल्यको बारेमा तपाईंलाई थाहा छैन। सत्यता अत्यन्तै अनमोल छ, र यसले हाम्रो जीवनको लागि मार्ग देखाउन, हाम्रो भ्रष्टतालाई धुन र हामीलाई मुक्ति दिन सक्छ। यी कुराहरूलाई पैसासँग तुलना गर्न सकिँदैन। तपाईं पनि पार्टीको भित्री कुरा जान्ने व्यक्ति हुनुहुन्छ, त्यसकारण मलाई भन्नुहोस्, यतिका वर्षदेखि हैसियत र भौतिक सुख प्राप्त गर्ने क्रममा, तपाईं साँच्चै खुशी हुनुभएको छ? तपाईंको हृदयमा साँचो शान्ति आएको छ?” उहाँले यसबारे केही पनि भन्नुभएन। र मेरो जेठानले मलाई मनाउन नसकेपछि रिसाउँदै भने, “यदि तपाईंले हाम्रो सल्लाह मान्नुहुन्न र नेतृत्वले तपाईंको धर्मको बारेमा थाहा पायो भने नियमित आम्दानी गुमाउने चिन्ता त तपाईंको लागि ठूलो हुनेछैन। पक्राउ परेर, तपाईंले आफ्नो ज्यान र सम्पत्ति गुमाउन सक्नुहुन्छ, अनि तपाईंको सम्पूर्ण परिवारले कष्ट भोग्न सक्छ!” मलाई मेरो विश्वास त्याग्न लगाउने प्रयासमा लागेका अरू पनि थिए।
मैले परमेश्वरलाई पछ्याइरहने निर्णय गरेको छु भनेर मैले तिनीहरूलाई स्पष्ट रूपमा भनिदिएँ, तर घर आएपछि मलाई डर लाग्न थाल्यो। यदि मेरा नेताहरूलाई पत्तो पाए भने, मैले दण्ड पाउने वा मेरो जागिर गुमाउने मात्रै होइन, म पक्राउ परेर जेल समेत जान सक्छु, त्यसपछि मसँग केही पनि बाँकी रहनेछैन, र मेरो चिनेजानेका मानिसहरूले मलाई इन्कार गर्नेछन् र मबाट टाढा हुनेछन्। यो पूर्ण रूपमा दुर्गति हुनेछ। के मेरो हात रित्तो हुनेछैन र? त्यो सोच्दा मेरो मनमा संघर्ष चल्यो र मलाई यति तनाव भयो कि म सुत्नै सकिनँ। मैले ढिलोचाँडो मेरो सहज जीवन र उत्कृष्ट पदलाई गुमाउनेछु भनी सोच्दा मलाई भित्री रूपमा रित्तो र खिन्न महसुस भयो। पीडा र व्याकुलतामा रहँदै मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँको इच्छा बुझ्न अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा नराम्ररी प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई ‘उच्च शिक्षा दिइने’ संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्वरको देखा पराइलाई खोज्न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो)। परमेश्वरका वचनहरूले मेरो पीडाको स्रोत प्रकट गरे। छनौटको निर्णय गर्नुपर्दा म किन अत्यन्तै व्याकुल भएँ? यसको कारण के थियो भने मलाई शैतानले अत्यन्तै भ्रष्ट तुल्याएको थियो, र म सानै हुँदादेखि मैले “अरूभन्दा असल बन र पुर्खाको नाम राख,” जस्ता शैतानी दर्शनशास्त्रहरूलाई विश्वास गरेर जीवनको उद्देश्य बनाएको थिएँ। म अरूको सम्मान र प्रशंसा पाउन लागिपर्थेँ, किनभने मलाई उद्देश्य बोकेर अघि बढ्नु भनेको त्यही भन्ने लाग्थ्यो। यसलाई हासिल गर्ने मेरो इच्छा शक्तिमा म लगनशील विद्यार्थी थिएँ, र जागिरमा लागिसकेपछि म सधैँ ठूलो पदका मानिसहरूको निगाह पाएर बढुवा पाउन अवस्था हेर्ने, चापलूसी गर्ने, अनि खुशी पार्ने प्रयास गरिरहेको हुन्थेँ। कम्युनिस्ट पार्टीसँग गरिएको कुनै पनि कार्य पूर्ण रूपमा क्रूरता हुन्छ भन्ने कुरा राम्ररी जानेर पनि आफैलाई दह्रिलो बनाएर म अघि बढिरहेँ, यसरी मैले शैतानको सेवा गरेँ अनि अशान्तिमा जिएँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले नै मलाई हाम्रो जीवनको मूल्य र अर्थको बारेमा देखाए, र यसले नै मलाई झन्-झन् पूर्ण भएको अनुभव गरायो। तर यदि मैले विश्वास गरिरहेँ भने मेरो जागिर गुमाएर भविष्य बरबाद गर्ने, अनि अरूद्वारा इन्कार गरिने विकल्प रोज्नुपर्ने अवस्थाले मलाई “अरूभन्दा असल बन र पुर्खाको नाम राख” जस्ता शैतानी दर्शनशास्त्रले मेरो हृदयमा गहिरो जरा गाडेको छ भन्ने बुझ्न सहयोग गर्यो। त्यो निर्णय गर्नु अत्यन्तै कठिन, अत्यन्तै पीडादायी कार्य थियो, मानौँ नाम र हैसियतको पछि नलाग्नु भनेको मेरा वास्तविक जिम्मेवारीहरूलाई बेवास्ता गर्नु वा ठूलो आक्रोश देखाउनु हो। म मेरो नाम र हैसियतलाई गुमाउन इच्छुक थिइनँ, मानौँ ती कुरा गुमाउनु भनेको जीवन गुमाउनु हो। परमेश्वरका प्रकाशमय वचनहरू पढेपछि मात्रै मैले शैतानले कसरी मानिसहरूलाई अन्धा तुल्याउन, हामीलाई चोट पुर्याउन र हामीलाई परमेश्वरबाट टाढा लैजान अनि उहाँलाई धोका दिन लगाउनको लागि त्यसको प्रयोग गर्छ भन्ने कुरा थाहा पाएँ। त्यसले मलाई “तैँले सकारात्मक प्रगति पछ्याउनुपर्छ” भन्ने शीर्षक रहेको परमेश्वरका वचनहरूको एउटा भजन याद दिलायो: “मानिसहरूको सम्पूर्ण जीवन परमेश्वरकै हातमा छ, र यदि तिनीहरूले परमेश्वरको अघि संकल्प नलिएका भए, मानिसको यो रित्तो संसारमा को व्यर्थमा जिउन इच्छुक हुनेथियो र? किन झमेला मोल्ने? यदि तिनीहरूले परमेश्वरको लागि केही पनि गर्दैनन् भने, संसारमा हतार-हतार आउनेजाने गरेर, के तिनीहरूको सम्पूर्ण जीवन नै खेर गएको हुनेछैन र? यदि परमेश्वरले तेरो कार्यहरूलाई उल्लेखनीय नठान्नुभए पनि, के तैँले तेरो मृत्युको क्षणमा सन्तुष्टिको मुस्कान दिनेछैनस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ३९)। यो भजन मेरो लागि साँच्चै प्रेरणादायी थियो। यो जीवनमा हामीले केही दशकको समय मात्रै पाउँछौँ, त्यसकारण हामीले यसलाई परमेश्वरको कामको अनुभव गर्ने र मुक्ति पाउने, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्दै सत्यता र जीवन प्राप्त गर्ने अवसरको रूपमा लिनुपर्छ, नत्र परमेश्वरको मुक्ति पाउने यो मौका गुमाउनेछौँ। त्यसपछि त के हाम्रो जीवन व्यर्थ हुनेछैन र? मेरो विश्वासको कारण यदि कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरी जेल हाल्यो र यातना दियो भने, यदि मैले ज्यान नै गुमाउनु पर्यो भने पनि, मसँग कुनै गुनासो हुनेछैन भन्ने मलाई थाहा थियो। परमेश्वरले मलाई जीवनमा यो मौका दिनुभएको छ, त्यसकारण मैले परमेश्वरमा नै यसलाई समर्पित गर्नुपर्छ। यो महसुस गरेपछि, मैले प्रार्थना गरेँ, “हे परमेश्वर! म ठूलो रातो अजिङ्गरका बन्धन र साङ्लाहरूबाट मुक्त भएर मेरो सम्पूर्ण जीवन तपाईंलाई दिन चाहन्छु। बिन्ती छ मलाई अगुवाइ गरी विश्वास दिनुहोस्, अनि यो अर्को अवरोध पार गर्न मलाई सहयोग गर्नुहोस्।”
त्यसपछि एउटा घटना घट्यो जसले गर्दा मलाई जति सक्दो चाँडो कम्युनिस्ट पार्टीको सिस्टमबाट निस्किन मन लाग्यो। पार्टीको एक जना सदस्य धर्म मान्ने मानिस रहेछ भन्ने कुरा नेताले थाहा पाएपछि तिनले दाँत किट्दै भने, हामीले त्यसलाई कडा उपचार गर्न पुलिस स्टेसनमा पठाउनुपर्छ। धर्मप्रतिको कम्युनिस्ट पार्टीको आचरणको बारेमा सोच्दा मलाई डर लाग्थ्यो। मैले के सोचेँ भने, धार्मिक आस्थाप्रति यसले अत्यन्तै शत्रुवत र इसाईहरूलाई अत्यन्तै घृणा गर्ने भएकोले म ढिलोचाँडो तिनीहरूको निशाना बन्नेछु भन्ने निश्चित छ। यो खतरनाक स्थान हो र मैले त्यस स्थानलाई जतिसक्दो चाँडो छोड्नुपर्छ। यसको साथै, यतिका वर्षदेखि मैले कम्युनिस्ट पार्टीको प्रशंसा गाइरहेको र यसको पछि लागेर धेरै दुष्कर्म गरेको थिएँ। यदि म त्यो सिस्टममा नै बसेको भए, म यसको जालमा झन्-झन् फस्नेथिएँ र म छुटकाराभन्दा बाहिर हुनेथिएँ। म त्यो शैतानी संस्थाबाट तुरुन्तै टाढा जानुपर्नेथियो, र यसबाट मुक्त हुनुपर्नेथियो।
मेरो विचार बताउँदा मेरी श्रीमती अत्यन्तै चिन्तित भइन्। उनले मलाई मेरो विश्वासको समर्थन गर्ने, तर मलाई जागिर छोड्न दिन नसक्ने भनेर बताइन्। मलाई रोक्नको लागि उनले मेरा दिदीहरूलाई पनि कल गरिन्। तिनीहरूमध्ये धेरैजसो राज्यद्वारा संचालित उद्यममा काम गर्थे र म पक्राउ परेँ भने तिनीहरूको करियरमा असर पर्नेछ भन्ने तिनीहरूलाई चिन्ता थियो। मेरी दिदीले त झन् रुँदै मेरो हात पक्रेर मलाई भनिन्, “तिमीले डाक्टरको उपाधि पाएका वा मास्टर डिग्री गरेका मानिसहरूले समेत नपाउने राम्रो तलबको जागिर पाएका छौ। तिमीले कसरी परमेश्वरलाई पछ्याउनको लागि त्यस्तो राम्रो जागिर छोड्न सक्छौ?” उनले मलाई जबसम्म मैले विश्वासलाई जोड दिइरहन्छु तबसम्म घुँडा टेकेर बसिरहन्छु भनेर समेत जिद्दी गरिन्। मेरी अर्की दिदी पनि निकै रिसाएकी थिइन्, र उनले मलाई पढाउन कसरी धेरै दुःख गरेको र ३० वर्षसम्म बिहे समेत गर्न नपाएको कुरा बताइन्। त्यति धेरै दुःख गरेपछि अहिले हामी सबैको अवस्था राम्रो थियो र सबै परिवारले यसबाट फाइदा पाएका थिए। यदि मैले पदत्याग गरेँ भने, मैले उनको यतिका वर्षको प्रयासलाई व्यर्थ तुल्याइरहेको हुनेथिएँ। मेरी जेठी दिदीले पनि मैले मेरो जागिर छोडेँ भने उनले आफ्नो स्कूलमा तलबी बिदा पाउनेछैनन्, र उनको छोराले मैले उसलाई जागिर दिलाउन सहयोग गर्छु भन्ने आशामा थिए भनेर भनिन्। मैले मेरो विश्वासमा आफ्नो बारेमा मात्रै होइन, तर परिवारको बारेमा पनि विचार गर्नुपर्छ भनेर उनले भनिन्। त्यो बेला मलाई निर्णय गर्न कठिन भयो। म सानै हुँदादेखि मेरा दाजु र दिदीहरूले मलाई धेरै साथ दिँदै आएका थिए, र तिनीहरूको जीवन सुखद होस् र तिनीहरूले शिर ठाडो पारेर हिँड्न सकून् भनेर नै म लागिपरेको थिएँ। मैले तिनीहरूसँग सहमति जनाएको भए तिनीहरू अवश्य नै खुशी हुनेथिए, तर अहिले म विश्वासी बनेको थिएँ र मैले परमेश्वरलाई पछ्याइरहेको थिएँ, त्यसैले मैले परमेश्वरको अनुग्रह र प्रेम कम हुन नदिन सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नुपर्थ्यो। यदि मैले आफ्नो विश्वास त्याग्छु भनेर मेरो परिवारलाई वाचा गरेको भए, के त्यो परमेश्वरलाई धोका दिएको हुन्थेन र? परमेश्वरलाई धोका दिनु ठूलो अपराध र मैले किमार्थ गर्न नहुने कुरा हो। परमेश्वरले मानवजातिलाई मुक्ति दिन कैयौँ सत्यता व्यक्त गर्नुभएको छ, र उहाँले यस्तो ठूलो मूल्य चुकाउनुभएको छ। यदि उहाँको ऋण तिर्ने मेरो अभिप्राय नभएको भए र मैले दियाबलस शैतानको अघि घुँडा टेकेर त्यससँग सम्झौतासमेत गरेको भए, त्यो अत्यन्तै अविवेकी कार्य हुने थियो। मलाई अलिक पीडा र कमजोरीको महसुस भइरहेको थियो, तर मैले निर्णय गर्नुपर्छ भन्ने मलाई थाहा थियो। मैले तिनीहरूलाई भनेँ, “तपाईंहरूसँग जति धेरै पैसा वा जति राम्रो जागिर भए पनि, के त्यसले रिक्तताको पीडालाई समाधान गर्न सक्छ? के त्यसले जीवन किन्न सक्छ? के धेरै जना धनी, शक्तिशाली मानिसहरू अझै पनि पीडामा नै जिइरहेका छैनन् र? विश्वास गर्नु र सत्यताको पछि लाग्नु यी समस्याहरूलाई समाधान गर्ने एउटै तरिका हो। मुक्तिदाता आउनुभएको छ, अनि मानवजातिलाई मुक्ति दिन सत्यताहरू व्यक्त गरिरहनुभएको छ। यो फेरि कहिल्यै नआउने अवसर हो, र यो अत्यन्तै क्षणिक छ। एकै क्षणमा महाविपत्तिहरू आइपर्न सक्छन्। यदि हामीले परमेश्वरलाई अहिले नै पछ्याएनौँ र पश्चात्ताप गरेनौँ भने विपत्तिहरू आइसकेपछि पछुतो गर्न ढीला भइसकेको हुनेछ! मैले तपाईंहरू सबैसँग पहिले नै धेरै पटक सुसमाचार प्रचार गरिसकेको छु, तर तपाईंहरूलाई विश्वास गर्न डर लाग्छ, कम्युनिस्ट पार्टीद्वारा पक्राउ पर्छु भन्ने डर लाग्छ। तपाईंहरूले पार्टीलाई पछ्याउनुपर्छ भनेर जोड दिनुहुन्छ, जुन सीधै नरक पुर्याउने बाटो हो। मलाई यसको पछि लाग्न जबरजस्ती गरेर, के तपाईंहरूले मलाई हानि गरिरहनुभएको छैन र? त्यो सिस्टममा कस्ता मानिसहरू छन्, तपाईंहरूलाई थाहा छ? तिनीहरू सबै परमेश्वर-विरोधी भूतहरू हुन्, जसले सबै किसिमका भयानक काम गर्न सक्छन्। तिनीहरू अवश्य नै नष्ट हुनेछन्, दण्डित हुनेछन्। विपत्तिहरू बढ्दै गइरहेका छन्। यदि तपाईंहरूले अझै पनि परमेश्वरमा विश्वास गर्नुभएन र पश्चात्ताप गर्नुभएन भने, तपाईंहरू अवश्य नै विपत्तिमा पर्नुहुनेछ र दण्डित हुनुहुनेछ। मैले विश्वास गरेपछिका वर्षहरूमा मैले केही सत्यता प्राप्त गरेँ, र विश्वास गर्नु मात्रै जीवनको सही मार्ग हो भन्ने कुरा स्पष्ट रूपमा देखेको छु। तपाईंहरू मेरो परिवार हुनुहुन्छ—के तपाईंहरूले मेरो हित चाहनुहुन्न? किन मलाई तपाईंहरूले कम्युनिस्ट पार्टीको यो दुष्ट मार्गमा जबरजस्ती हिँड्न लगाउनुहुन्छ? म तपाईंहरूको व्यक्तिगत निर्णयमा हस्तक्षेप गर्दिनँ, तर मैले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने निर्णय गरेको छु। मलाई पक्राउ र सतावट नै गरिए पनि म अन्त्यसम्मै यही मार्ग अपनाउनेछु।” मेरी श्रीमतीले अनुहार बिगारिन् र गइहालिन्, अनि अरूले मलाई थप एक शब्द पनि भनेनन्। पछि, भेलाहरूमा जान र कर्तव्य पूरा गर्नबाट मलाई रोक्नका लागि मेरी श्रीमतीले मलाई घरमा थुनेर राखिन् र मेरो निगरानी गर्नु, नजरबाट ओझेल हुन नदिनु भनेर मेरो सालोलाई दिनभरि घरमा बस्न लगाइन्। म तीन दिनसम्म कतै जान पाइनँ। त्यसले गर्दा मेरो कर्तव्यका कामहरूमा ढिलाइ भयो र मलाई अत्यन्तै खटपट भयो। के गर्ने थाहा नभएपछि, मैले परमेश्वरसँग प्रार्थना गरी मलाई अगुवाइ गर्नुहोस्, उम्कने बाटो दिनुहोस् भनेर अनुरोध गरेँ। त्यसपछि तेस्रो दिनको साँझतिर, मेरो बुबाले मलाई कल गरेर आमा हराएको भनेर भन्नुभयो, त्यसकारण मैले बल्ल मेरो सालोसँग मिलेर उहाँलाई खोज्न बाहिर जाने मौका पाएँ। जाँदै गर्दा, तिनले मलाई यसो भन्दै चेतावनी दिए, “तपाईंले आफ्नो विश्वास त्याग्नुपर्छ! भोलि तपाईंको दाजु आउँदैहुनुहुन्छ, र तपाईंले धर्म छोड्नुभएन भने तपाईंको खुट्टा भाँच्छु, जेसुकै भए पनि, तपाईंलाई विश्वास त्याग्न लगाउँछु भनेर भन्नुभएको छ!” यो सुन्दा म निकै व्याकुल भएँ। म त्यही बेला भागिनँ भने मैले अर्को मौका पाउनेछैन भन्ने मलाई थाहा भयो। तर जब म बाहिर जान लागेको थिएँ, मलाई मेरो मानसिक अवरोध पार गर्न निकै कठिन भयो। मेरा प्रियजनहरू र त्यो प्यारो गाउँलाई हेर्दा, सहज जीवन र राम्रो जागिरको बारेमा सोच्दा, मलाई मेरो हृदयमा धेरै पीडा भयो, किनभने मैले त्यही बेला ती सबै कुरा गुमाउन लागेको थिएँ। त्यसपछि हामीले भेलाहरूमा धेरै गाउने गरेका “तपाईंले परमेश्वरमा के समर्पित गर्नुभएको छ?” भन्ने शीर्षक रहेको परमेश्वरका वचनहरूको एउटा भजन मनमा आयो: “अब्राहामले इसहाकलाई अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? अय्यूबले सबै थोक अर्पण गरे—तिमीहरूले के अर्पण गरेका छौ? सत्य बाटो खोज्नका निम्ति कति धेरै मानिसहरूले आफ्नो जीवन दिएका छन्, आफ्नो शिर अर्पण गरेका छन्, आफ्नो रगत बगाएका छन्। के तिमीहरूले त्यो मूल्य चुकाएका छौ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व)। मलाई परमेश्वरले मेरो छेउमा आएर मलाई यी प्रश्नहरू गर्दैहुनुहुन्छ जस्तै लाग्यो। अब्राहाम १०० वर्षका हुँदा परमेश्वरले तिनलाई छोरा दिनुभयो, तर तिनले छोरालाई परमेश्वरमा अर्पित गर्न सकेका थिए। धेरै जना प्रेरितहरूले परमेश्वरको सुसमाचार कार्यको लागि आफ्नो जवानी दिएका थिए र रगत बगाएका थिए, तर मैले के दिएको थिएँ र? नाम र हैसियत, यी व्यर्थका कुराहरूका निम्ति म वेदना गरिरहेको थिएँ। म अत्यन्तै स्वार्थी र घृणित थिएँ। परमेश्वरले यतिका वर्षदेखि मलाई हुर्काउन र भरणपोषण गर्न जुन बलिदान गर्नुभएको थियो त्यसको लागि म कसरी योग्य थिएँ र? साथै, मैले गरेको निर्णयको अर्थ थियो। यो मेरो विश्वासको लागि, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि थियो। यदि मैले मेरो कर्तव्यलाई नचुनेको भए, मेरो लागि त्यो जीवनभरिको पछुतो हुनेथियो। यसको बारेमा विचार गर्दा मलाई सङ्कल्प मिल्यो। मेरो सालो माथिल्लो तलामा गइरहेको थियो, त्यसै बेला म भागेँ। त्यहाँदेखि नै, मैले मण्डलीमा आफ्नो कर्तव्य पूर्णकालीन रूपमा गर्दै आएको छु।
त्यस बेलादेखि नै मेरो विभागका धेरै जना प्रमुख र सहकर्मीहरूले पद र सम्पत्तिको लागि घुस लेनदेन गरिरहेका थिए, र यो कुरा बाहिरियो, अनि तिनीहरू जेलमा परे भन्ने सुनेको छु। परमेश्वरको सुरक्षा पाएकोमा मलाई साँच्चै खुशी लाग्यो। पहिले मैले अघि बढ्ने प्रयास गर्दाको समयमा म पनि अरूले जस्तै उपहारहरू पठाउने गर्थेँ, र मैले अरूको घुस पनि लिने गरेको थिएँ। यदि म त्यस्तो वातावरणमा बसेको भए मेरो पनि हालत तिनीहरूको जस्तै हुनेथियो। र अहिले मैले अरूको सारा आदर वा सम्मान तथा ईर्ष्या नपाएको भए पनि म मण्डलीमा कर्तव्य पूरा गर्न, सत्यताको खोजी गर्न, र इमानदार व्यक्ति बनेर जिउन सक्छु। म अत्यन्तै सन्तुष्ट र खुशी छु। यो साँच्चै नै सबैभन्दा अर्थपूर्ण, र बहुमूल्य प्रकारको जीवन हो। यो त “सबैभन्दा अर्थपूर्ण जीवन” भन्ने शीर्षक रहेको परमेश्वरका वचनहरूको एउटा भजनले भनेजस्तै कुरा हो: “तँ सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। तँ मानिस भएकोले तैँले आफूलाई परमेश्वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र निर्धक्कसाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्ग पछ्याउँछन्, जसले सुधार खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२))। मलाई मुक्ति दिने, शैतानको विनाशबाट उम्केर परमेश्वरको मुक्ति प्राप्त गर्ने मौका दिने सर्वशक्तिमान् परमेश्वर नै हुनुहुन्छ।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।