पैसा र हैसियतले मेरो लागि के गर्‍यो?

27 फेब्रुअरी 2023

मेरो जन्‍म एउटा तोडिएको परिवारमा भएको थियो। म गर्भमा हुँदा, मेरो बुबा अर्की स्‍त्रीसँग भाग्‍नुभएको थियो। छ जना बालबच्‍चा हुर्काउन मेरो आमाले धेरै दुःख गर्नुभयो, र म लगभग हरेक रात नै मेरी आमा रुनुभएको सुन्थेँ। उहाँ यति नराम्ररी रुनुभएको सुन्दा विवाह र सम्‍बन्धहरूप्रति ममा नकरात्मक दृष्टिकोण पैदा भयो। मैले मनमनै भनेँ, “अर्को व्यक्तिलाई कहिल्यै पनि पूर्ण रूपमा विश्‍वास गर्नु हुँदैन। कसैलाई पनि विश्‍वास गर्नु हुँदैन। जीवनमा हामीले भरोसा गर्न सक्‍ने एउटै मात्र कुरा भनेको हामी आफैलाई र हाम्रो आफ्‍नै हातले कमाएको सम्पत्ति मात्रै हो।” त्यो बेलादेखि, मैले पैसा कसरी कमाउने भन्‍ने बारेमा सोच्‍न थालेँ। हाइस्कुलमा हुँदा, सबै जना बिदा मनाउँदा, मेरी आम र मैले खानेकुरा बेझ्‍न सडकको छेउमा सानो पसल खोलेका थियौँ। त्यो बेला, हामीले कमाएको पैसाले हाम्रो आधारभूत आवश्यकता मात्रै पूरा गर्थ्यो। हाइस्कुलको दोस्रो वर्षमा, मैले स्कूल फी तिर्न नसकेको कारण मैले पढाइ छोड्नु पर्‍यो। त्यसपछि, मैले उक्त पसल चलाइरहेँ। म खानेकुरा तयार गर्न हरेक बिहान चार-पाँच बजे उठ्थेँ, र छ बजेतिर पसल पुग्थेँ। तीन वर्षपछि, मैले ठूलो सहरमा काम गर्न जानको लागि पर्‍याप्त रकम कमाएकी थिएँ। म हरेक दिन चाँडै उठेर धेरै परिश्रम गरेर काम गर्थेँ, तर मैले त्यति धेरै पैसा कमाइनँ, र म सन्तुष्ट थिइनँ। त्यसकारण, मेरो ब्वाइफ्रेन्डको सहयोगमा, मैले सानो पसल खोल्‍न मेरो वर्षौँको बचत प्रयोग गरेँ। दुई वर्षपछि, हामीले केही पैसा कमायौँ र बालबच्‍चा जन्‍मायौँ। हामीले विवाह गर्न लागेका बेला, मेरो ब्वाइफ्रेन्डले मबाट सबै कुरा ठगेर लिए। तिनी सबै रकम पोका पारेर भागे, र तिनले अर्की महिलासँग घरजम बसाले। तिनीहरूको पनि एउटा बच्‍चा भयो। मैले परिश्रम गरी कमाएको सबै रकम गुमाएँ, र म निराश र व्याकुल भएँ। मेरी आमालाई भएको दुःख अनुभव गरेपछि, मलाई पुरुषहरू भरोसा गर्न योग्यका हुँदैनन्, र मैले मेरा बालबच्‍चालाई हुर्काउन पर्‍याप्त रकम कमाउनमा ध्यान दिनुपर्छ भन्‍ने लाग्यो। तर म धेरै तनावमा थिएँ, मसँग मेरो पसल चलाउने ऊर्जा थिएन, र म बिरामी थिएँ। मलाई त्यो सहरमा बस्‍न मन लाग्‍न छोड्यो। पछि, मेरो ब्वाइफ्रेन्डको बुबाले थाहा पाएपछि, तिनले मलाई युके जाने भिसाको आवेदन दिन रकम दिए। चार वर्षपछि, मैले बसोबास अनुमति पाएँ र विश्‍वविद्यालयमा भर्ना भएँ। अझै धेरै पैसा कमाउन, मैले व्यापार व्यवस्थापन पाठ्यक्रमहरू लिएँ। २०११ मा, मैले विद्यार्थी भएको कारण आर्थिक छात्रवृत्ति प्राप्त गरेँ, र मैले त्यो रकम सहरमा अफ्रिकी फुड स्टोर खोल्‍न प्रयोग गरेँ।

सुरुमा, स्टोर सानो भएकोले, मैले एक जना व्यक्तिलाई मात्रै काममा लगाएँ। स्टोरमा काम गर्नको जानको लागि म हरेक दिन पाँच बजे बिहान उठ्थेँ र काम सकेपछि स्कूल जान्थेँ। कक्षा सकिएपछि, म सरसफाइ गर्न, सामान पुर्‍याउन, र हिसाबकिताब गर्न हतार-हतार स्टोरमा जान्थेँ। एकै पटक व्यवसाय गर्नु, विश्‍वविद्यालयमा पढ्नु, र बालबच्‍चा हुर्काउनु पक्‍कै पनि अत्यन्तै कठिन भएको हुनुपर्छ। तर सबैले मेरो क्षमताको बारेमा तारिफ गरेको सुन्दा, र तिनीहरूको आभारपूर्ण र डाहापूर्ण नजर देख्दा, मलाई निकै सन्तुष्टि अनुभव हुन्थ्यो। यसको साथै, स्टोरमा व्यापार राम्रो थियो, र यसबाट मैले सोचेको भन्दा बढी रकम कमाइ भयो, तर मलाई यतिले पुग्छ जस्तो लागेन। म के सोच्थेँ भने, म बैङ्क समेत किन्‍न सक्‍ने गरी धनी हुनुपर्छ, ताकि अरूले मेरो तारिफ गरून् र मेरो ईर्ष्या गरून्। मैले चाहेको कुरा वास्तवमा त्यही थियो। अझै धेरै सम्‍मान र प्रशंसा पाउन, र म गलत थिएँ भनेर प्रमाणित गर्न, अनि मेरा बालबच्‍चा हुर्काउन र विलासी जीवन जिउन, मैले पसल बढाएँ। तीन वर्षपछि, मेरो सानो पसल एउटा ठूलो पसलमा परिणत भएको थियो, जहाँ विभिन्‍न अफ्रिकी देशहरूका खानेकुराहरू बिक्री गरिन्थ्यो। मलाई सहरका एक मात्र अफ्रिकी उद्यमीको रूपमा पनि पहिचान गरियो। हाइस्कुल र कलेजका शिक्षकहरूले मलाई बोल्‍न, युकेका प्रवासी युवाहरूलाई उत्प्रेरित गर्न मेरो लक्ष्‍य र सफलताको बारेमा कुरा गर्न बोलाउँथे, र तिनीहरूले मलाई ट्रोफी दिन्थे। ट्रोफी लिएर भाषणहरू दिन जाँदा, मलाई सबैले चिन्थे। मलाई मेरो वर्षौँको परिश्रम र दुःख सार्थक भएको छ, र मेरो जीवनका लक्ष्यहरू हासिल भएका छन् भन्‍ने लाग्थ्यो। तर मैले पैसा कमाउन छोडिनँ, किनभने सामाजिक हैसियत प्राप्त गरेपछि काम गर्न र पैसा कमाउन सजिलो हुने रहेछ, र ख्यातिप्रतिको मेरो इच्‍छा बढ्दै गयो। तर यो बेलासम्‍म, शरीरमा मलाई असहज हुन थालिसकेको थियो। म केही समयसम्‍म उभिएपछि बसिहाल्‍नुपर्थ्यो। डाक्टरले मलाई हाडजोर्नी, मांसपेशी, र नसा सम्‍बन्धी रोग लागेको छ भनेर भने, जसको अर्थ मेरो सम्पूर्ण मेरुदण्डमा पीडा हुन्थ्यो। मैले स्वास्थ्यलाभ लिन समय बिताउनुपर्छ, र उप्रान्त काम गर्नु हुँदैन भनेर डाक्टरले भने, तर मैले मेरो रोगलाई गम्भीर रूपमा लिइनँ। केही व्यायाम गरेपछि म निको हुन्छु भन्‍ने लागेको थियो। यसको साथै, स्टोरमा यति राम्रो व्यापार भइरहेको थियो कि मलाई यो छोड्ने मन थिएन, त्यसकारण मैले व्यापार गरिरहेँ।

२०१४ देखि मेरो अवस्था झन्-झन् खराब हुँदै गयो, र मलाई पूरै जिउ दुख्थ्यो। मलाई मेरो पूरै जीउ पोलिरहेको छ जस्तो हुन्थ्यो, मानौँ आगोले पोलिरहेको छ जस्तो हुन्थ्यो। प्रायजसो मेरा खुट्टाहरू सुन्‍निएका हुन्थे, मेरो कम्‍मरका हाडहरू भाँचिएका छन् जस्तो लाग्थ्यो, र मेरुदण्ड नरम हुन्थ्यो। मैले यसलाई सीधा राख्‍न ठूलो पेटी बाँध्‍नु पर्थ्यो। चेकअपको लागि जाँदा, डाक्टरले मलाई पहिले नै हाडजोर्नीको रोग लागिसकेको छ भनेर बताए, तर म प्रायजसो मासु पसलको फ्रिजरमा जाने गरेकी हुनाले, चीसोले मेरो हाडसम्‍म भेटेको थियो, त्यसकारण म कुनै पनि बेला सधैँको लागि पक्षाघाती हुने खतरामा थिएँ। मलाई त्यो बेला साह्रै डर लाग्यो, तर धेरै ढीला भइसकेको थियो। पछि, म लगभग चल्‍नै नसक्‍ने अवस्थामा पुगेँ, त्यसकारण पसल बन्द गर्ने बाहेक मसँग कुनै विकल्‍प थिएन। अनपेक्षित रूपमा, सहरका अरू मानिसहरूले मेरो अनुकरण गरेर आ-आफ्‍नै पसल खोले। मलाई डाहा लाग्थ्यो, र आफ्‍नो अवस्थाप्रति अत्यन्तै दुःखित पनि थिएँ। म किन यति गम्‍भीर रूपमा बिरामी भएँ? दिनको चौबीसै घण्टा दुखिरहन्थ्यो, र कुनै पनि दिन म शान्तिपूर्ण रूपमा निदाउन सक्दिनथिएँ। मेरो मुटुभित्र आगो बलिरहेको छ जस्तै हुन्थ्यो, र शारीरिक र मानसिक कष्ट विशेष गरी पीडादायी थियो। त्यो बेला, मैले सबै कुराको बारेमा साँच्‍चै चिन्तनमनन गर्न थालेँ। मैले कमाएको पैसाले मेरो रोग निको पार्न सक्दैनथियो, त्यसकारण यसको के काम? त्यो बेला, मलाई बेसहारा र विवश महसुस भयो। मलाई मेरा छोराछोरीको चिन्ता लाग्यो, किनभने तिनीहरूको एक मात्र परिवार म मात्रै थिएँ। मलाई उप्रान्त पैसा र ख्यातिको बारेमा सोच्‍न मन थिएन। म पीडालाई अन्त्य गरेर मेरा छोरा-छोरीलाई शान्तिमा हुर्काउन मात्रै चाहन्थेँ। एक वर्षभन्दा बढी, म ओछ्यानमा पल्टिरहेँ, र आफैलाई सोधिरहन्थेँ, “किन मानिसहरूले यति धेरै कष्ट भोग्छन्? हामी किन बिरामी पर्छौँ?” हैरानी र व्याकुलतामा, मलाई मेरो पीडाबाट उम्‍कन सहयोग गर्नुहोस् भनेर मैले प्रभुलाई पुकारेँ।

मेइ २०१९ मा, दश दिनसम्‍म उपवास र प्रार्थना गरेपछि, एक पटक मलाई एउटा भजन सुन्‍न मन लाग्यो। मैले अनलाइन खोजेँ र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसटाइट भेट्टाएँ। मैले एक-दुई वटा चलचित्रहरू हेरेपछि, मेरो घर कहाँ छ भन्‍ने चलचित्रले मलाई निकै भावुक बनायो। त्यो सानी केटीको जीवनले मेरो बाल्यकालको जीवन झल्‍काएको थियो, र उनकी आमाको अनुभव ठ्याक्‍कै मेरो जस्तै थियो। रातभरि मेरो हृदयको धड्कन नराम्ररी धड्किरह्यो, र भोलिपल्‍ट मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको मण्डलीमा फोन गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढिसकेपछि उहाँ नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित भएँ, र मैले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई सहर्ष स्वीकार गरेँ, र अनलाइन भेलामा सहभागी हुन थालेँ। एक पटक मैले एउटा भजन सुनेँ र यसले मेरो हृदय छोयो। “परमेश्‍वरले मुक्ति नदिनुभएको भए, म अझै पनि संसारमा भड्किरहेको हुनेथिएँ, जीवनमा कुनै आशाविना, पापमा पीडादायी सङ्घर्ष गरिरहेको हुनेथिएँ। परमेश्‍वरले मुक्ति नदिनुभएको भए, मलाई अझै पनि दियाबलसहरूले कुल्चीमिल्ची गर्नेथिए मानव जीवनको मार्ग थाहा नपाई, पापका सुख-चैनमा रमाइरहेको हुनेथिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर मप्रति कृपालु हुनुहुन्छ; उहाँका वचनहरूको आवाजले मलाई इसारा गर्छ। म परमेश्‍वरको आवाज सुन्छु र म उहाँको सिंहासनसामु उठाइलगिएको छु। हरेक दिन म परमेश्‍वरका वचनहरू खान्छु र पिउँछु, अनि मैले धेरै सत्यता बुझेको छु। मैले मानवजातिको भ्रष्टताको ठूलो गहिराइलाई देखेको छु। हामीलाई साँच्‍चै परमेश्‍वरको मुक्ति चाहिन्छ। परमेश्‍वरको सत्यताले मलाई शुद्ध पार्छ र मुक्ति दिन्छ। बारम्‍बार, मलाई न्याय र शोधन गरिन्छ, र मेरो जीवन स्वभाव परिवर्तन भएको छ। परमेश्‍वरको धार्मिकता र पवित्रता चाखेपछि मात्रै मैले उहाँको मायालुपनलाई चिनेँ। मेरो हृदयले परमेश्‍वरको डर मान्छ र यो दुष्टताबाट अलग बस्छ, र म अलिक मानव रूपमा जिउँछु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, परमेश्‍वरले मुक्ति नदिनुभएको भए)। यो भजनले मेरो जीवनलाई राम्ररी व्याख्या गरेको थियो। विगतमा, म आफ्‍नै हातले सुखी जीवन निर्माण गर्न चाहन्थेँ, र मैले आफ्‍नै शक्तिले मेरो बाल्यकालको सपना र मेरा सबै इच्‍छाहरू पूरा गर्न सक्छु भन्‍ने मलाई लागेको थियो, तर अन्त्यमा, मलाई गहन रूपमा चोट पुग्यो, मलाई साथ दिने कोही थिएन, र म कष्टमा जिइरहेकी थिएँ। परमेश्‍वरले मलाई आफ्‍नो अघि ल्याउनुभयो, मेरो पीडालाई सहज तुल्याइदिनुभयो, संसारको अन्धकारबाट मलाई मुक्त गर्नुभयो, उहाँका वचनहरू पढ्ने मौका दिनुभयो, र न्याय र शुद्धीकरण स्वीकार गर्ने अवसर दिनुभयो। उहाँको मुक्तिको लागि परमेश्‍वरलाई धन्यवाद होस्! त्यो बेला, सर्वशक्तिमान्‌ परमेश्‍वरका अझै धेरै वचनहरू पढ्न मलाई आतुर हुन्थ्यो किनभने धेरै प्रश्‍नहरूको उत्तर सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनमा भेट्टाउन सकिन्छ भन्‍ने मलाई थाहा भएको थियो।

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ। “मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यो कष्ट आउने तुल्यायो? मानिसहरूलाई सर्वप्रथम सृष्टि गरिएको बेला तिनीहरूमा यो कष्ट थिएन, थियो त? त्यसो भए, यो कष्ट कहाँबाट आयो त? मानिसहरूलाई शैतानले परीक्षामा पारेपछि र तिनीहरू शैतानद्वारा भ्रष्ट पारिई विकृत भएपछि यो कष्ट अस्तित्वमा आयो। शैतानले मानवजातिलाई भ्रष्ट तुल्याइसकेपछि मात्र मानव देहको पीडा, यसका वेदनाहरू, अनि यसका रिक्तताहरू र साथसाथै मानव संसारका अति नै दयनीय मामलाहरू आए। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइसकेपछि, त्यसले तिनीहरूलाई सताउन सुरु गर्‍यो। फलस्वरूप, तिनीहरू झन्-झन् विकृत हुँदै गए। मानवजातिका रोगहरू झन्-झन् तीव्र बन्दै गए अनि तिनीहरूको कष्ट झन्-झन् गम्भीर बन्दै गयो। बढ्दो रूपमा, मानिसहरूले मानव संसारको रिक्तता र वियोगका साथै आफू त्यहाँ निरन्तर बाँचिरहन नसक्‍ने अवस्था अनुभूति गर्दै गए, र यो संसारमा बाँच्नु झन्झन् आशाविहीन हुँदै गयो। यसरी, यो कष्ट मानिसहरूमा शैतानले ल्याइदियो, र शैतानले मानिसलाई भ्रष्ट गरेको कारण उसको पतन भएपछि मात्रै यो कष्ट आयो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व)। परमेश्‍वरको वचनबाट, मैले के बुझेँ भने परमेश्‍वरले रोग, पीडा, र मृत्युविनाको संसार सृष्टि गर्नुभयो। परमेश्‍वरलाई धोका दिन र परमेश्‍वरबाट टाढा जान लगाउनको लागि शैतानले मानिसहरूलाई परीक्षा गरेपछि, मानिसहरू नीच र भ्रष्ट हुन थाले, र मानवजातिमाथि रोग र मृत्यु आइलाग्यो। त्यसपछि, जीवन झन्-झन् कष्टकर बन्दै गयो। यी छ वर्षको अवधिमा, मैले रोगको कष्ट भोगेँ, र मलाई आत्‍महत्या गर्न समेत मन लागेको थियो। मेरो जीवन अर्थ विहीन थियो र पीडाले भरिएको थियो। तर अहिले मलाई मेरो पीडाको स्रोत थाहा भयो: शैतानले मलाई भ्रष्ट तुल्याएको थियो र म परमेश्‍वरबाट टाढा गएकी थिएँ, र ख्याति र सम्पत्तिको लागि मात्र जिइरहेकी थिएँ। शैतानको प्रभुत्वमा रहेर जिउँदा, मैले अझै बढी पीडा मात्रै अनुभव गर्न सक्थेँ, र मेरो जीवन अर्थ विहीन हुनेथियो। मैले परमेश्‍वरका वचनहरू जति पढेँ, मेरो हृदय त्यति नै हल्‍का भयो, र परमेश्‍वरको वचनले मेरो सुकेको हृदयलाई भरणपोषण गर्‍यो। मलाई जागरूकताको अनुभव भयो, मानौँ म नराम्रो सपनाबाट बिउँझिएकी छु।

पछि, मैले सर्वशक्तिमान्‌ परमेश्‍वरका अझै धेरै वचनहरू पढेँ। “‘दुनियाँ पैसाको इसारामा चल्छ’ भन्‍ने भनाइ शैतानको दर्शन हो, र यो सारा मानवजातिमा, हरेक मानव समाजमा हाबी छ। यो हरेक व्यक्तिको हृदयमा हालिएको हुनाले यो प्रचलन बनेको छ भनेर भन्‍न सकिन्छ। सुरुदेखि नै, मानिसहरूले यो भनाइलाई स्वीकार गरेनन्, तर जब तिनीहरू वास्तविक जीवनको सम्पर्कमा आए तिनीहरूले यसलाई मौन रूपमा स्वीकार गरे, अनि यी शब्‍दहरू वास्तवमा साँचो छन् भन्‍ने अनुभव गर्न सुरु गरे। के मानिसलाई भ्रष्ट तुल्याउने शैतानको प्रक्रिया यही होइन र? शायद मानिसहरूले यो भनाइलाई एउटै हदमा बुझ्दैनन्, तर आफ्‍नो वरिपरि घटेका घटनाहरू र आफ्‍ना व्यक्तिगत अनुभवहरूको आधारमा यो भनाइलाई हरेकले फरक-फरक हदमा अर्थ्याएका र स्वीकार गरेका छन्। के त्यो यस्तै होइन र? यो भनाइको बारेमा कसैसँग जतिसुकै अनुभव भए तापनि, निजको हृदयमा यसले पार्न सक्‍ने नकारात्मक प्रभाव के हो त? तिमीहरू प्रत्येक लगायत मानिसहरूको मानव स्वभावबाट यो संसारमा केही न केही कुरा प्रकट हुन्छ। यो के हो त? यो पैसाको आराधना हो। के यसलाई कसैको हृदयबाट हटाउनु कठिन छ त? यो अत्यन्तै कठिन छ! मानिसलाई शैतानले दिएको भ्रष्टता अवश्य नै गहन छ भन्‍ने देखिन्छ! शैतानले मानिसहरूलाई प्रलोभनमा पार्न पैसाको प्रयोग गर्छ, र तिनीहरूलाई भ्रष्ट पारी पैसाको पूजा गर्ने र भौतिक कुराहरूको मान गर्ने बनाउँछ। अनि, यस्तो पैसा पूजा कसरी मानिसहरूमा प्रकट हुन्छ त? के कुनै पैसा भएन भने तिमीहरू यो संसारमा बाँच्‍न सक्‍दैनौ, पैसाविना एक दिन कटाउन समेत असम्‍भव हुन्छ भन्‍ने अनुभव गर्छौ त? मानिसहरूको सम्‍मान जस्तै, तिनीहरूको हैसियत तिनीहरूसँग कति पैसा छ भन्‍नेमा आधारित हुन्छ। गरिबको ढाड लाजले कुप्रो हुन्छ, तर धनीले आफ्‍नो उच्‍च प्रतिष्ठाको आनन्द लिन्छ। तिनीहरू ठाडो गरी अभिमानका साथ उभिन्छन् अनि उच्‍च स्वरमा बोल्छन् र अहङ्कारी रूपमा जिउँछन्। यो भनाइ र प्रवृत्तिले मानिसहरूकहाँ के ल्याउँछ? के धेरैजसो मानिसहरूले पैसाको लागि जे पनि बलि चढाउन सक्छन् भन्‍ने कुरा साँचो होइन र? के धेरै मानिसहरूले पैसाको पछि लाग्‍ने क्रममा आफ्‍नो गौरव र इज्‍जत गुमाउँदैनन् र? के धेरै मानिसहरूले पैसाको लागि आफ्‍नो कर्तव्य निभाउने र परमेश्‍वरलाई पछ्याउने अवसर गुमाउँदैनन् र? के सत्यता हासिल गर्ने र मुक्ति पाउने मौका गुमाउनु मानिसहरूको लागि नोक्सानीहरूमध्येकै सबैभन्दा ठूलो नोक्‍सानी होइन र? के मानिसहरूलाई त्यस हदसम्‍म भ्रष्ट तुल्याउनको लागि यो विधि र यो भनाइको प्रयोग गर्न शैतान कुटिल छैन र? के यो दुर्भावनापूर्ण छल होइन र? तँमा यस प्रसिद्ध भनाइलाई इन्कार गर्नेदेखि लिएर यसलाई सत्यताको रूपमा स्वीकार गर्ने सम्‍मको परिवर्तन हुँदै जाँदा, तेरो हृदय पूर्ण रूपमा शैतानको पकडमा पर्छ, अनि त्यसकारण, तँ अपरिहार्य रूपमै यो भनाइअनुसार जिउन पुग्छस्। यो भनाइले तँलाई कुन हदसम्‍म प्रभाव पारेको छ? तैँले साँचो मार्ग चिनेको हुनसक्छस्, र तँलाई सत्यता थाहा हुनसक्छ, तर यसलाई खोजी गर्न तँ शक्तिहीन छस्। परमेश्‍वरका वचनहरू नै सत्यता हो भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा हुनसक्छ, तर तँ सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउन वा कष्ट भोग्‍न अनिच्‍छुक छस्। बरु, अन्त्यसम्‍मै परमेश्‍वरलाई विरोध गर्नको लागि तैँले तेरो आफ्‍नै भविष्य र गन्तव्यलाई बलिदान दिनेछस्। परमेश्‍वरले जे भन्‍नुभए पनि, परमेश्‍वरले जे गर्नुभए पनि, तँप्रतिको परमेश्‍वरको प्रेम कति गहन र कति महान् छ भन्‍ने तैँले बुझे पनि, तँ हठी भई तेरो आफ्‍नै मार्गमा हिँड्न र यस भनाइको लागि मूल्य चुकाउन जिद्दी गर्छस्। भन्‍नुको अर्थ, यो भनाइले तँलाई छलिसकेको र तेरा विचारहरूलाई नियन्त्रण गरिसकेको छ, यसले तेरो व्यवहारमाथि आधिपत्य जमाइसकेको छ र तैँले धनसम्पत्तिको खोजीलाई त्याग्‍नुको सट्टा यसैलाई तेरो नियतिमाथि शासन गर्न दिन्छस्। मानिसहरूले यसरी व्यवहार गर्न सक्‍नु, तिनीहरू शैतानको भनाइको नियन्त्रण र चालबाजीमा पर्न सक्‍नु—के यसको अर्थ मानिस शैतानद्वारा छलिएको र भ्रष्ट पारिएको छ भन्‍ने हुँदैन र? के शैतानको दर्शन र मानसिकता अनि शैतानको स्वभावले तेरो हृदयमा जरा गाडिसकेको छैन र? जब तैँले अन्धाधुन्ध रूपमा धनसम्पत्तिको खोजी गर्छस्, अनि सत्यताको खोजीलाई त्याग्छस्, तब के शैतानले तँलाई छल्ने लक्ष्य हासिल गरिसकेको हुँदैन र? अवस्था ठ्याक्‍कै यही हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५)। परमेश्‍वरका वचनहरू पढिसकेपछि मात्रै मैले “पैसा सबथोक होइन, तर योविना काम चल्दैन” अनि “दुनियाँ पैसाको इसारामा चल्छ” भनी मैले सधैँ विश्‍वास गर्दै आएकी यी शब्‍दहरू वास्तवमा शैतानका दर्शनशास्‍त्रहरू हुन् भन्‍ने कुरा बुझेँ। यी कुराले मेरो हृदयमा जरा गाडेका थिए र मेरो मस्तिष्कलाई नियन्त्रणमा लिएका थिए, त्यसकारण मैले पैसा जत्तिको अरू कुनै कुरा महत्त्वपूर्ण छैन भन्‍ने सोचेकी थिएँ। मैले मेरो बाँच्‍नुको एउटै कारण हो भन्‍ने ठानेकी थिएँ, र यसले मलाई सुख र सम्‍मान दिन्छ भन्‍ने सोचेकी थिएँ, त्यसकारण म मरिहत्ते गरेर पैसाको पछि लागेकी थिएँ। अझै धेरै पैसा कमाउन सकूँ, अरूले डाहा गरून् र आदर गरून्, र मैले असल जीवन जिउन सकूँ भनेर, मैले आफ्‍नो ज्यानको ख्यालै नगरी परिश्रम गरेँ तर अन्त्यमा मलाई झण्डै पक्षाघात भयो र मैले झण्डै ज्यान गुमाएँ। मैले शैतानका दर्शनशास्‍त्रहरूलाई स्वीकार गरेर तिनको नियन्त्रणमा परेकी हुनाले यो परिणाम आएको थियो। परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने मलाई थाहा भए पनि, मसँग परमेश्‍वरलाई पछ्याउने अनि जीवनको सही मार्गमा हिँड्ने सामर्थ्य थिएन, किनभने शैतानका शब्‍दहरू र दर्शनशास्‍त्रहरूले मलाई नियन्त्रण गरेका थिए। यी कुराले मेरो हृदय परमेश्‍वरबाट टाढा लगेका थिए र मलाई देहको सन्तुष्टिको लागि मात्रै जिउने तुल्याएका थिए। परमेश्‍वरका वचनहरूको अगुवाइको कारण, मलाई म गलत मार्गमा छु भन्‍ने थाहा भयो।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड पढेँ र पीडाबाट मुक्त हुने मार्ग भेट्टाएँ। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, अनि सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हर मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन रोजेका शैलीहरूको कारण यस्तो हुन्छ। … यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवनसम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मापदण्डहरूसँग तुलना गरेर तीमध्ये कुनै कुरा परमेश्‍वरका इच्‍छा र मापदण्डहरूअनुरूप छ कि छैन, र तीमध्ये कुनै कुराले जीवनको सही मूल्य प्रदान गर्छ कि गर्दैन, व्यक्तिलाई सत्यतासम्‍बन्धी बृहत् बुझाइमा लैजान्छ कि लैजाँदैन, र व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछ कि तुल्याउँदैन भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्‍नुभएको मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवनसम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छाउनु, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु, र परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु, र परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरको वचनले मलाई पैसाको नियन्त्रणबाट कसरी मुक्त हुने भन्‍ने कुरा बुझ्‍न सहयोग गर्‍यो, जुन मैले पहिले राखेका लक्ष्यहरूलाई त्याग्‍नु, आफ्‍नो प्रयासद्वारा ख्याति र सम्पत्तिको पछि लाग्‍न छोड्नु, र परमेश्‍वरलाई नै निर्णय गर्न र मेरो जीवन अघि बढाउन दिनु थियो। म परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्थ्यो, मैले परमेश्‍वरका मापदण्डहरू अनुसार अभ्यास गर्नुपर्थ्यो, र म परमेश्‍वरको आराधना गर्ने व्यक्ति बन्‍नुपर्थ्यो। म परमेश्‍वरप्रति अत्यन्तै कृतज्ञ थिएँ। मैले आफ्‍नो जीवनमा परमेश्‍वरको अगुवाइ अनुभव गरेको यो पहिलो पटक थियो। यस्तो लाग्थ्यो मानौँ परमेश्‍वर मसँग प्रत्यक्ष रूपमा बोलिरहनुभएको छ, मलाई अभ्यासको मार्ग देखाइरहनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेपछि, मलाई मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्न मन थियो, तर त्यो बेला, मैले अझै पनि अनलाइन पसल संचालन गर्थेँ। मैले धेरै पैसा लगानी गरेकी थिएँ तर कुनै नाफा कमाएकी थिइनँ। अझै धेरै घाटा हुन्छ भन्‍ने डर लागेको कारण, म सधैँ अनलाइन पसलमा अडरहरू हेर्थेँ, र दिउँसो भेलाको बेला सधैँ मेसेजहरू पाउँथेँ, त्यसकारण मैले आफ्‍नो हृदय पटक्‍कै शान्त राख्‍न सक्दिनथिएँ, र मैले अझै पनि कसरी लगानी गरेर धेरै पैसा कमाउने भनेर सोचिरहेकी हुन्थेँ। दिउँसो आफ्‍नो अनलाइन पसल संचालन गर्नु थकाइलाग्दो हुन्थ्यो, त्यसकारण कहिलेकहीँ साँझको भेलामा, मेरो जीउको पीडाको कारण, म ढल्‍केर पीडा कम गर्ने औषधि लिन मात्रै सक्थेँ, तर औषधिले निद्रा लाग्थ्यो, र भेलाहरूको भेला म निधाइपठाउँथेँ। म साँचो रूपमा परमेश्‍वरलाई आराधना गर्न चाहन्थेँ। मलाई आफ्‍नो पुरानो जीवन जिउने मन थिएन। त्यसकारण, मैले अनलाइन पसल बन्द गरेँ। पछि, मेरो साथीले पछि स्टोर खोल्‍न चाहेकी बताइन्, र मैले व्यवसाय व्यवस्थापन पढेकी हुनाले, मैले उनको लागि निःशुल्क व्यापार योजना बनाउन सहयोग गरेँ। उनलाई यो अत्यन्तै मन पर्‍यो र उनले मसँग काम गर्न चाहेको बताइन्। उनले मलाई प्याकेजिङ गर्न लगाउन अनि आफूले सामान पुर्‍याउने काम गर्न चाहेकी थिइन्, र हामीले बराबर पैसा बाँड्नेथियौँ। मलाई लोभ लाग्यो। मलाई यो अझै धेरै पैसा कमाउने राम्रो मौका हो जस्तो लाग्यो, र मनमा धेरै वटा विचारहरू आए। त्यो रात, मैले आफ्‍नो स्थितिको बारेमा मनन गर्न परमेश्‍वरलाई प्रार्थना गर्दा, मलाई मैले फेरि पनि पैसा सम्‍बन्धी मेरो लोभ प्रकट गरिरहेकी छु भन्‍ने महसुस भयो। मैले विगतमा अनुभव गरेका धेरै पीडाहरूको बारेमा मलाई याद आयो। सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गरेपछि, मेरो आत्मामा पीडा हुन छोडेको छ भन्‍ने पनि मैले महसुस गरेँ। मैले शान्ति र स्थिरता पाएकी थिएँ, र औषधी प्रयोग नगर्दा पनि मेरो शरीरको पीडा निकै कम भएको थियो। यो मेरो लागि परमेश्‍वरको सुरक्षा र मुक्ति थियो। मलाई ख्याति र सम्पत्तिको कष्टबाट उम्‍कन सहयोग गर्ने परमेश्‍वर नै हुनुहुन्थ्यो, तर म अहिले फेरि पैसा र ख्यातिकै पछि लाग्‍न चाहन्थेँ। के म फेरि पनि शैतानको पासोमा परिरहेकी थिइनँ र? मैले मेरो साथीको यो कामको प्रस्तावलाई अस्वीकार गर्नुपर्छ भन्‍ने मलाई थाहा थियो, तर मैले अझै पनि यसलाई पूर्ण रूपमा जान दिन सकिनँ। पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र अभ्यासको मार्ग भेट्टाएँ। परमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले पैसा र ख्यातिको पछि दौडेरै आफ्‍नो जीवन बिताउँछन्; तिनीहरूले यी खोक्रा कुराहरूलाई जीवनको एउटै मात्र आधार ठानेर यसरी पक्रन्छन् कि मानौं ती पाएपछि तिनीहरूले मृत्युबाट छूट पाएर बाँचिरहन सक्छन्। तर तिनीहरूले आफू मर्न लागेपछि मात्रै कुराहरू तिनीहरूबाट कति टाढा छन्, मृत्युको सामु तिनीहरू कति कमजोर छन्, तिनीहरू कति सजिलै चकनाचूर हुन्छन्, जाने ठाउँ कतै नभएकाले तिनीहरू कति एकलो र विवश छन् भन्‍ने कुरा महसुस गर्छन्। तिनीहरूले पैसा वा ख्यातिले जीवन किन्‍न सकिँदैन, व्यक्ति जति नै धनी भए पनि, तिनीहरूको मान-मर्यादा जति नै उच्च भए पनि, मृत्युको सामुन्ने सबै उत्तिकै गरिब र महत्त्वहीन छन् भन्‍ने महसुस गर्छन्। तिनीहरूले पैसाले जीवन किन्‍न सक्दैन, ख्यातिले मृत्यु मेट्न सक्दैन, न त पैसाले न त ख्यातिले व्यक्तिको आयु केवल एक मिनेट वा केवल एक सेकेन्ड नै बढाउन सक्छ भन्‍ने महसुस गर्छन्। मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू जिउनको लागि त्यति नै तड्पिन्छन्; मानिसहरूले जति धेरै यस्तो अनुभव गर्छन्, तिनीहरू मृत्युको आगमनप्रति त्यति नै भयभीत हुन्छन्। यस विन्दुमा मात्रै तिनीहरूले महसुस गर्छन् कि तिनीहरूको जीवन तिनीहरूको स्वामित्वमा, तिनीहरूको नियन्त्रणमा छैन, र व्यक्ति जिउँछ कि मर्छ भन्‍ने बारेमा उसले कुनै भनाइ राख्न सक्दैन—यो सबै व्यक्तिको नियन्त्रणभन्दा बाहिरको कुरा हो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरको वचनबाट मैले के बुझेँ भने पैसाको पछि लाग्दा यसले तिनीहरूलाई दीर्घायु जीवन दिन्छ र मर्नबाट जोगाउँछ भन्‍ने मानिसहरूले सोचे पनि, मृत्युको मुखमा पुगेपछि मात्रै तिनीहरूले पैसाले तिनीहरूलाई बचाउन सक्दैन, अनन्त जीवन दिन सक्दैन, र तिनीहरूलाई स्वास्थ्यलाभ गर्न सहयोग गर्दैन भन्‍ने कुरा थाहा पाउँछन्। के मृत्युको मुखमा पुगेपछि होस आउँदा धेरै ढिलो भइसकेको हुँदैन र? म पनि त्यस्तै थिएँ, आफ्‍नो शरीरको वास्ता नगरी पैसाको पछि अन्धाधुन्ध लाग्थेँ। डाक्टरले मलाई आराम गर्न र स्वास्थ्यलाभ प्राप्त गर्न अनुरोध गरेका थिए, तर घरमा बसेँ भने पैसा कमाउँदिनँ भन्‍ने चिन्ता लाग्थ्यो, त्यसकारण बिरामी हुँदा पनि काम गरेँ। मैले आफ्‍नै गन्तव्यलाई नियन्त्रण गर्न सक्छु भन्‍ने लागेको थियो, तर मृत्युको मुखमा पुगेपछि, कुनै पनि कुरा मेरो अधीनमा छैन भन्‍ने मलाई महसुस भयो। अब, परमेश्‍वरको मुक्तिको कारण, मैले परमेश्‍वरका वचनहरू सुन्‍ने सौभाग्य पाएँ। मानिसहरूको भाग्यमाथि परमेश्‍वरको सार्वभौमिकता छ, र मैले परमेश्‍वरको बन्दोबस्तहरूको पालना गर्नुपर्छ र आफ्‍नो लागि लड्न छोड्नुपर्छ भन्‍ने मैले बुझेँ। मैले पैसा कमाउने निर्णय गरेँ भने, म फेरि पनि ग्रसित हुनेथिएँ। मैले आफूलाई पैसाको लागि तहसनहस पार्नेथिएँ, र शैतानले मलाई नियन्त्रण गरिरहन्थ्यो र सताइरहन्थ्यो। यति बेला मात्रै मैले यो शैतानले मलाई गरेको परीक्षा हो भन्‍ने महसुस गरायो। एक जना साथी मकहाँ व्यवसाय सम्‍बन्धी विचार लिएर आएकी थिइन्, उनले लगानी गरेर बराबरी नाफा बाँड्न उनी तयार थिइन्। यो प्रस्ताव निकै लोभलाग्दो थियो। शैतानले मलाई पैसा र ख्यातिको पासोमा पार्नको लागि यसको प्रयोग गरिरहेको थियो, र म मूर्ख भएर कष्ट र दुर्गतिको मेरो पुरानो जीवनमा फर्केर जान चाहेकी थिएँ। के यो शैतानको चलाकीमा पर्नु थिएन र? मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र म ख्याति र सम्पत्तिलाई पन्छ्याउन र आफ्‍नो कर्तव्य पूरा गर्न चाहन्छु भनेर भनेँ। प्रार्थना गरेपछि, मलाई निकै ढुक्‍क भयो। गह्रौँ बोझबाट छुटकारा पाएजस्तै लाग्यो। त्यसपछिका तीन दिनसम्‍म, ख्याति र सम्पत्तिको भुमरीबाट आफूलाई टाढा राख्‍न, मैले हरेक दिन जोडदारको साथ प्रार्थना गरेँ। मैले मेरो साथीसँग काम गर्न अस्वीकार गर्ने साहस बटुलेँ, तर उनले मलाई मनाउन खोजिन्, “अहिले तपाईं सरकारी भत्तामा बाँचिरहनुभएको छ। तपाईंलाई यतिले पुग्दैन। मैले चिनेको नीना त यस्तो थिएन।” मैले भनेँ, “साँचो हो, म पहिलेको जस्तो नीना होइनँ। मैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरेकी र केही सत्यता बुझेकी छु। मलाई पीडाबाट बचाउने परमेश्‍वर नै हुनुहुन्छ। पहिले, अस्पतालले मेरो रोगको उपचार हुँदैन भनेको थियो, र तिनीहरूले मेरो बारेमा हरेस खाएका थिए। पेनकिलरले पनि मेरो पीडा घटाउन सकेन। तर परमेश्‍वरका वचनहरू पढेपछि, मेरो पीडा आफै घटेर गयो। यदि म परमेश्‍वरको घरलाई छोडेर संसारमा आएँ भने, म पीडामा जिउनेछु। म त्यसरी जिउन चाहन्‍नँ।” मैले उनलाई यसो पनि भनेँ: “तपाईंले अरू कसैलाई तपाईंको साझेदारको रूपमा लगाउन सक्‍नुहुन्छ। तपाईंलाई सहयोग चाहियो भने, म तपाईंलाई केही सुझाव दिन सक्छु।” पछि, उनी मकहाँ धेरै पटक आइन्, र अन्त्यमा म उनको कुरा मान्‍न सक्दिनँ भनेर उनले महसुस गरिन्।

अहिले म मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्छु, र स्वतन्त्रता र शान्तिको अनुभव गर्छु। मेरो शारीरिक पीडा ६०-७० प्रतिशतले घटेको छ, र अहिले म हिँड्डुल गर्न र खाना पकाउन सक्‍ने भएकी छु। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, मैले मण्डलीमा आफ्‍नो कर्तव्य पूरा गर्न सक्छु। मलाई पैसाको नियन्त्रणमा पर्नबाट बचाउनुभएकोमा, अनि मेरो जीवनको दिशा परिवर्तन गर्नुभएकोमा म परमेश्‍वरप्रति कृतज्ञ छु। अहिले मैले के बुझेँ भने परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍नु, परमेश्‍वरको आराधना गर्नु, र परमेश्‍वरका वचनहरू र मापदण्डहरू पालना गर्नु नै जीवनको सबैभन्दा अर्थपूर्ण र बहुमूल्य कुरा हुन्। मेरो रोगले मलाई धेरै पीडा दिएको भए पनि, यो मेरो लागि आशिष पनि हो। यसले मलाई परमेश्‍वरकहाँ फर्केर परमेश्‍वरको मुक्ति प्राप्त गर्ने मौका दिएको छ, जुन जति पैसाले पनि किन्‍न सकिँदैन। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई धन्यवाद होस्!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

त्रीएकत्वको रहस्य खुलासा

म २० वर्षअघि एक जना एल्डर मार्फत इसाई भएको थिएँ। उहाँले मलाई ब्रह्माण्डका सबै कुरामध्ये साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, जसले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्