आखिरी दिनहरूमा परमेश्‍वर फेरि किन देहधारी भएर देखा पर्नुपर्छ र काम गर्नुपर्छ

3 अप्रिल 2026

धेरै मानिस के सोच्छन् भने, प्रभु येशू क्रूसमा टाँगिनुभएपछि र मृत्युबाट पुनरुत्थान हुनुभएपछि, उहाँ एक महिमित आत्मिक शरीर बनिसक्नुभएको थियो र स्वर्गमा उक्लनुभएको थियो; त्यसैले, प्रभु फर्कनुहुँदा, उहाँ आफ्नो पुनरुत्थान भएको आत्मिक शरीरमा देखा पर्नुपर्छ र काम गर्नुपर्छ। त्यसैले, तिनीहरू सोध्छन्: आखिरी दिनहरूमा न्यायको काम गर्न परमेश्‍वर किन फेरि मानिसको पुत्रका रूपमा देहधारी हुनैपर्छ र? हामी सबैलाई थाहा छ, अनुग्रहको युगमा, प्रभु येशू मानिसको पुत्रका रूपमा देहधारी भएर मानिसहरूसँग अन्तरक्रिया गर्न, तिनीहरूसँगै जिउन, र तिनीहरूलाई अगुवाइ गर्नका लागि सत्यता व्यक्त गर्न देखा पर्नुभयो र काम गर्नुभयो। अन्ततः उहाँ मानिसको पापबलिका रूपमा, मानवजातिको पाप बोक्न क्रूसमा टाँगिनुभयो। परमेश्‍वर देखा पर्न, छुटकाराको काम गर्न र पापबलि बन्नका लागि देहधारी हुनु नै सबैभन्दा उत्तम तरिका थियो; यसबाट शैतान लज्जित मात्र भएन, परमेश्‍वरले महिमा पनि प्राप्त गर्नुभयो। देहधारणका रूपमा काम गर्ने परमेश्‍वरको छनौट पूर्णतया कामका आवश्यकतामा आधारित थियो भन्ने कुरा स्पष्ट छ; उहाँले मानिसका धारणा र कल्पनाहरूअनुसार आफू देखा पर्ने तरिका निर्धारण गर्नुभएन। त्यसोभए आखिरी दिनहरूमा न्यायको काम गर्न परमेश्‍वर किन फेरि देहधारी हुनैपर्छ त? यो पनि भ्रष्ट मानवजातिका आवश्यकतामा आधारित छ; भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति आवश्यक छ। मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको काम मानिसहरूले कल्पना गरेजस्तो सरल छैन—यसका लागि उहाँले सत्यता पूर्ण रूपमा व्यक्त मात्र गरे हुन्छ, अनि त्यसपछि मानिसहरू आफैले परमेश्‍वरका वचनहरू पढे, सङ्गति गर्न भेला भए, अनि ती अभ्यास र अनुभव मात्र गरे हुन्छ भन्ने होइन। त्यसले कुनै नतिजा ल्याउने थिएन। परमेश्‍वरको कामको हरेक चरणको एउटा व्यावहारिक प्रक्रिया हुन्छ, र हरेक चरणमा धेरै विवरण समावेश हुन्छन्। विशेष गरी, आखिरी दिनहरूमा मानिसहरूलाई शुद्ध पार्न परमेश्‍वरले गर्ने न्यायको कामका लागि मानिसहरूसँग दीर्घकालीन अन्तरक्रिया आवश्यक पर्छ; यसभित्र, उहाँ मानिसहरूले प्रकट गर्ने विभिन्न भ्रष्ट स्थिति र विद्रोहीपन अनि प्रतिरोधअनुसार उनीहरूलाई न्याय र खुलासा गर्न लक्षित रूपमा सत्यता व्यक्त गर्नुहुन्छ। यसका लागि मानिसहरूले विभिन्न परीक्षा र शोधन अनुभव गर्नुपर्छ, जसले तिनीहरूलाई प्रकट गर्छ। यसका लागि परमेश्‍वर देहधारी हुनुपर्छ र आफ्नो काम गर्न मानिसहरूको बीचमा जिउनुपर्छ। त्यसैले, देहधारी परमेश्‍वरमा सामान्य मानवता हुनैपर्छ। यसले उहाँलाई मानिसहरूसँग कुराकानी गर्न सजिलो बनाउँछ, अनि मानिसहरू कुनै पनि बन्धनविना, अरू मानिसहरूसँग अन्तरक्रिया गर्दा जस्तै खुलेर बोल्दै र स्वाभाविक रूपमा व्यवहार गर्दै परमेश्‍वरसामु स्वतन्त्रता र आजादीमा जिउन सक्छन्। यसले मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिनका लागि परमेश्‍वरलाई सत्यता व्यक्त गर्न सजिलो बनाउँछ। यदि उहाँ आत्मिक शरीरका रूपमा देखा पर्नुभएको भए, मानिसहरूसँग अन्तरक्रिया गर्न सजिलो हुने थिएन। यसबारे सोच्नुहोस् त: यदि परमेश्‍वरको आत्मिक शरीर अचानक मानिसहरूका सामु देखा पर्‍यो भने, तिनीहरूलाई कस्तो महसुस हुन्थ्यो होला? तिनीहरू भयभीत हुनेथिए र आत्तिनेथिए। परमेश्‍वरका आत्मासँग एक वा दुई पटक अन्तरक्रिया गर्दा मानिसहरू निरन्तर डरमा पर्नेथिए—तिनीहरू परमेश्‍वर कहिले आउनुहोला भन्ने थाहा नपाएर डराउनेथिए, अनि परमेश्‍वरको सामना कसरी गर्ने भनी थाहा पाउनेथिएनन्। त्यसोभए मलाई भन्नुहोस्, यदि परमेश्‍वर मानिसहरूलाई मुक्ति दिने काम गर्न आत्मिक शरीरका रूपमा आउनुभएको भए, के त्यसले नतिजा ल्याउन सक्थ्यो त? सक्ने थिएन। यदि मानिसहरूको हृदय डरले कामिरहेको हुन्थ्यो, अनि तिनीहरू भय, प्रतिरक्षात्मक भावना, र तर्किने प्रवृत्तिले भरिएका हुन्थे भने, तिनीहरूले परमेश्‍वरसामु आफ्ना हृदय खोल्न सक्ने थिएनन्। त्यसोभए परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिन कसरी सत्यता व्यक्त गर्न सक्नुहुन्थ्यो र? यसबाहेक, उहाँको आत्मिक शरीरसामु, मानिसहरूसँग कुनै पनि धारणा हुने थिएन; तिनीहरू डरले काम्ने मात्र थिए, र अलिकति पनि विद्रोहीपन वा प्रतिरोध देखाउने आँट गर्ने थिएनन्। तिनीहरूले आफ्नै इच्छाअनुसार काम गर्ने आँट त झन् गर्ने नै थिएनन्। त्यस्तो अवस्थामा, मानिसहरूका भ्रष्ट स्वभावहरू लुकेका हुनेथिए र तिनलाई शुद्ध पार्न सकिने थिएन। यसले के प्रमाणित गर्छ भने, परमेश्‍वर आत्मिक शरीरका रूपमा काम गर्नु मानिसहरूलाई मुक्ति दिनका लागि अनुकूल हुँदैन। तर, जब परमेश्‍वर एउटा साधारण मानिसका रूपमा देहधारी बन्नुहुन्छ, तब उहाँलाई आफ्नो काम गर्न सजिलो हुन्छ। जब मानिसहरूले ख्रीष्ट एक साधारण व्यक्ति हुनुहुन्छ भनी देख्छन्, तब तिनीहरूलाई परमेश्‍वरको नजिक जान र उहाँसामु आफ्ना हृदय खोल्न सजिलो हुन्छ। अनि परमेश्‍वरले मानिसहरूलाई खुलासा गर्न वचनहरू व्यक्त गर्दा, तिनीहरूलाई स्वीकार गर्न पनि सजिलो हुन्छ। त्यसोभए यदि परमेश्‍वर कुनै असाधारण व्यक्तित्व वा प्रख्यात व्यक्तिका रूपमा देहधारी हुनुभएको भए, के यो नतिजा प्राप्त गर्न सकिन्थ्यो त? मानिसहरूले परमेश्‍वर आफ्नो पहुँचभन्दा बाहिर भएको ठान्थे, अनि तिनीहरू र परमेश्‍वरको बीचमा दुरी पैदा हुन्थ्यो। तर यदि परमेश्‍वर एक साधारण व्यक्तिका रूपमा देहधारी हुनुभयो भने, मानिसहरू परमेश्‍वरको नजिक जान सक्छन्, आफ्नो हृदयदेखि बोल्न सक्छन्, अनि तिनीहरूमा भएका जुनसुकै भ्रष्ट स्वभावहरू प्रकट हुन सक्छन्। यसले गर्दा तिनीहरूका जुनसुकै धारणा र कल्पनाहरू खुलासा गर्न पनि सजिलो हुन्छ। यसरी, परमेश्‍वरलाई मानिसहरूलाई खुलासा गर्न र न्याय गर्न सुविधाजनक र सजिलो हुन्छ। त्यसैले, परमेश्‍वर आफ्नो आखिरी दिनहरूको काममा एक साधारण व्यक्तिका रूपमा देहधारी हुनैपर्छ। यो देहको स्वरूप धेरै असाधारण हुनु हुँदैन। यसरी मात्रै मानिसहरू एउटा साधारण व्यक्तिसँग कुराकानी गरे जस्तै परमेश्‍वरसँग अन्तरक्रिया गर्न इच्छुक हुनेछन्। तिनीहरू आफ्ना बोली-व्यवहारमा स्वतन्त्र र मुक्त हुनेछन्, अनि तिनीहरूले परमेश्‍वरसँग सरल र खुला रूपमा आफ्नो हृदयदेखि बोल्न सक्नेछन्। यसबाहेक, देहधारी परमेश्‍वरसामु, मानिसहरूको विद्रोहीपन र भ्रष्टता पनि स्वाभाविक रूपमा प्रकट हुन सक्छ। परमेश्‍वरको न्याय, खुलासा, र काटछाँटमार्फत, मानिसहरू परमेश्‍वरसामु पश्‍चात्ताप गर्न, उहाँसामु आफ्नो अठोट व्यक्त गर्न, अनि व्यावहारिक परमेश्‍वरलाई आफ्नो हृदय दिन इच्छुक हुनेछन्। मानिसहरूले पूर्ण रूपमा सत्यता बुझेपछि, तिनीहरू आफ्नो हृदयमा व्यावहारिक परमेश्‍वरप्रति समर्पित हुन अनि व्यावहारिक परमेश्‍वरको आराधना गर्न सक्नेछन्। सत्यता प्राप्त गर्नेहरू व्यावहारिक परमेश्‍वरसँग एउटै मन भएको अवस्था हासिल गर्न, परमेश्‍वरलाई सबैभन्दा बढी प्रेम गर्न, र मृत्युसम्मै समर्पित हुन सक्नेछन्। यसरी, देहधारी परमेश्‍वरले मानिसहरूको एक समूहलाई पूर्ण पार्न र तिनीहरूलाई प्राप्त गर्न सक्नुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले भन्नुभए जस्तै: “जब परमेश्‍वरले देहमा काम गरिरहनुभएको हुन्छ, उहाँले वास्तवमा देहमा शैतानसँग लडाइँ गरिरहनुभएको हुन्छ। जब उहाँ देहमा काम गर्नुहुन्छ, उहाँले आत्मिक क्षेत्रको आफ्नो काम गरिरहनुभएको हुन्छ र उहाँ आत्मिक क्षेत्रको आफ्नो सम्पूर्ण कामलाई पृथ्वीमा साकार बनाउनुहुन्छ। विजय गरिने भनेको मानिस, उहाँप्रति विद्रोही रहेको मानिस नै हो, र हराइने भनेको शैतानको मूर्तरूप हो (अवश्य नै, यो पनि मानिस नै हो), जो उहाँसँग शत्रुवत् छ र अन्ततः मुक्ति दिइने पनि मानिस नै हो। यसरी, परमेश्‍वर सृजित प्राणीको बाहिरी खोल भएको मानव बन्नु अझै बढी आवश्यक छ, ताकि उहाँ शैतानसँग वास्तविक लडाइँ गर्न, उहाँप्रति विद्रोही र उहाँसरह बाहिरी खोल भएको मानिसलाई विजय गर्न र उहाँसरह बाहिरी खोल भएको र शैतानद्वारा हानि गरिएको मानिसलाई मुक्ति दिन सक्नुहोस्। उहाँको शत्रु मानिस हो, उहाँको विजयको पात्र मानिस हो र उहाँको मुक्तिको पात्र पनि मानिस नै हो, जसलाई उहाँले नै सृष्टि गर्नुभएको थियो। त्यसकारण उहाँ मानव बन्नैपर्छ, र यसरी उहाँको काम निकै सहज बन्छ—उहाँ शैतानलाई हराउन र मानवजातिलाई विजय गर्न सक्नुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ)। “भ्रष्ट मानिसहरूका लागि सटीक शब्दहरू र पछ्याउने स्पष्ट उद्देश्यहरू प्रदान गर्ने, अनि देख्न र छुन सकिने काम मात्र सबैभन्दा मूल्यवान् प्रकारको काम हो। मानिसको स्वादका लागि व्यावहारिक काम र सामयिक मार्गदर्शन मात्रै उपयुक्त छन् र व्यावहारिक कामले मात्रै मानिसलाई उसको भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्छ। यसलाई देहधारी परमेश्‍वरले मात्रै हासिल गर्न सक्नुहुन्छ; देहधारी परमेश्‍वरले मात्रै मानिसलाई उसको पुरानो भ्रष्ट र पतित स्वभावबाट मुक्ति दिन सक्‍नुहुन्छ। आत्मा परमेश्‍वरको अन्तर्निहित सार भए तापनि, यस प्रकारको काम उहाँको देहले मात्र गर्न सक्नुहुन्छ। यदि आत्मा एक्लै काम गर्नुहुन्थ्यो भने, उहाँको काम प्रभावकारी हुनु सम्भव हुनेथिएन—यो स्पष्ट सत्यता हो। यस देहका कारण धेरैजसो मानिस परमेश्‍वरका शत्रु बनेका छन्। तर जब यस देहले आफ्नो काम सम्पन्न गर्नुहुन्छ, तब उहाँको विरुद्धमा हुनेहरू उहाँका शत्रु हुन त छोड्नेछन् नै, बरु यसको विपरीत तिनीहरू उहाँका गवाही बन्नेछन्। तिनीहरू उहाँले विजय गर्नुभएका गवाहीहरू, उहाँसँग मिल्ने र उहाँबाट अलग गर्न नसकिने गवाही बन्नेछन्। उहाँ मानिसलाई मानिसका निम्ति देहको कामको महत्त्व जान्ने तुल्याउनुहुनेछ र मानिसले मानिसको अस्तित्वको अर्थका लागि यस देहको महत्त्व थाहा पाउनेछ, मानिसको जीवन वृद्धिसँग सम्बन्धित उहाँको व्यावहारिक मूल्य थाहा पाउनेछ, र त्यसभन्दा बढी, यो देह अनपेक्षित रूपमै मानिस अलग हुनै नसक्ने जीवनको जीवित मूल बन्नेछ भन्‍ने जान्नेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ)। “त्यसकारण, भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्तिको झनै ठूलो खाँचो छ, र देहधारी परमेश्‍वरको प्रत्यक्ष कामको झनै ठूलो खाँचो छ। मानवजातिलाई देहधारी परमेश्‍वरले तिनीहरूलाई गोठालो गर्न, तिनीहरूलाई सहयोग गर्न, तिनीहरूलाई मलजल गर्न, तिनीहरूलाई खुवाउन, तिनीहरूलाई न्याय गर्न र सजाय दिन आवश्यक हुन्छ र देहधारी परमेश्‍वरबाट तिनीहरूलाई अझै बढी अनुग्रह र अझै बढी छुटकाराको खाँचो छ। देहमा हुनुहुने परमेश्‍वर मात्रै मानिसको विश्‍वासपात्र, मानिसको गोठालो, सधैँ उपलब्ध हुने सहयोग हुन सक्नुहुन्छ र आज र विगतको समय दुवैमा देहधारणको आवश्यकता यी सबै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्‍वरको मुक्ति बढी चाहिएको हुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

सन् १९९१ मा आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न र सत्यताहरू व्यक्त गर्न सुरु गर्नुभएको पूरै ३० वर्ष...

परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ?

मानिसहरूले हामीमाथि ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने महसुस गरेका छन् र प्रभु बादलको सवारीमा आउनुहुनेछ भनेर अपेक्षा गरिरहेकाहरूले...

यदि धार्मिक संसारले यसलाई निन्दा गर्छ भने, के यो साँचो मार्ग होइन र?

आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवलाई मुक्ति दिनका लागि सबै सत्यता व्यक्त गर्नुभएको छ, जुन सबैले खोजून् र अनुसन्धान गरून् भनेर...

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्