विश्‍वासद्वारा पाइने मुक्तिले परमेश्‍वरको राज्यमा प्रवेश प्राप्त हुन्छ?

13 नोभेम्बर 2021

महामारी निरन्तर फैलिरहेको छ, र भूकम्प, बाढीपहिरो, कीराफट्याङ्ग्राको महामारी, अनिकालहरू पैदा हुन थालेका छन्। धेरै मानिसहरू निरन्तर चिन्ताको स्थितिमा छन्, र विश्‍वासीहरूले उत्सुकताका साथ प्रभु बादलमा आउनुहुनेछ, आकाशमा लगिनेछन्, भनेर विपत्तिहरूको कष्टबाट उम्कन र मृत्युबाट बच्‍नलाई प्रतीक्षा गरिरहेका छन्। तिनीहरूलाई किन अझै पनि प्रभुलाई भेट्न उठाइलगिएको छैन भन्‍ने थाहा छैन, र केही नदेखे पनि दिनभरि आकाशतिर नियालिरहन्छन्। धेरैजना मानिसहरू अत्यन्तै व्याकुल छन्, विशेषगरी महामारीले धेरै मण्डलीका पादरी सदस्यहरूको ज्यान लिएको देख्दा। तिनीहरूलाई प्रभुले पन्छ्याउनुभएको र तिनीहरू विपत्तिमा परेको, अनि तिनीहरूको अस्तित्व अनिश्‍चित भएकोमा तिनीहरू असहज महसुस गर्छन्। तिनीहरू अन्योल र अलमलिएको महसुस गर्छन्। प्रकाशको पुस्तकले प्रभु येशू विपत्तिहरूभन्दा पहिले आउनुहुनेछ र हामीलाई त्यसमा पर्नबाट बचाउन आकाशमा लैजानुहुनेछ भनेर अगमवाणी गर्नुभएको छ। हाम्रो आशा त्यही नै हो। हाम्रो विश्‍वास भनेको विपत्तिबाट उम्केर अनन्त जीवन प्राप्त गर्नु हो। तर विपत्तिहरू बर्सिन सुरु भइसकेका छन्, तब किन प्रभु विश्‍वासीहरूलाई लिन बादलमा आउनुभएको छैन? हाम्रो विश्‍वासद्वारा, हाम्रा पापहरू क्षमा गरिएका छन्, र हामीलाई दोषमुक्त गरी अनुग्रहद्वारा मुक्ति दिइएको छ। हामीलाई किन स्वर्गको राज्यमा उठाई लगिएको छैन? हामीले धेरै वर्ष प्रभुको लागि कष्ट झेल्दै प्रतीक्षा गरेका छौं। उहाँ किन हाम्रो लागि आउनुभएको छैन, उहाँलाई भेट्न र विपत्तिहरूबाट जोगाउनको लागि हामीलाई किन उठाइलग्नु भएको छैन? के उहाँले हामीलाई पन्छ्याउनुभएको हो? धेरैजसो विश्‍वासीहरूमा रहेका प्रश्‍नहरू यिनै हुन्। के विश्‍वासद्वारा प्राप्त हुने मुक्तिले साँच्‍चै हामीलाई राज्यमा लैजान्छ? म यस विषयमा मेरो आफ्‍नै व्यक्तिगत बुझाइ थोरै बताउनेछु।

तर यस विषयमा सङ्गति गर्नुभन्दा पहिले, हामी एउटा कुरालाई स्पष्ट पारौं। विश्‍वासद्वारा निर्दोषीकरण हुन्छ भन्‍ने विचारलाई परमेश्‍वरको वचनले पूर्ण रूपमा समर्थन गरेको छ? के प्रभु येशूले कहिल्यै उहाँको राज्यमा प्रवेश गर्नको लागि हामीलाई चाहिने एउटै मात्र कुरा भनेको विश्‍वासद्वारा निर्दोषीकरण प्राप्त गर्नु हो भनेर भन्‍नुभएको छ? उहाँले कहिल्यै यसो भन्‍नुभएको छैन। के पवित्र आत्‍माले कहिल्यै यसो भनेर गवाही दिनुभएको छ? दिनुभएको छैन। त्यसकारण हामी यो विचार पूर्ण रूपमा मानव धारणा मात्रै हो, र राज्यमा प्रवेश गर्नको लागि हामी त्यसमा भरोसा गर्न सक्दैनौं भन्‍ने कुरामा निश्‍चित हुन सक्छौं। वास्तवमा, प्रभु येशूले राज्यमा को प्रवेश गर्न सक्छ भन्‍ने बारेमा अत्यन्तै स्पष्ट रूपमा बताउनुभएको छ। प्रभु येशूले भन्नुभयो, “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२१-२३)। “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। प्रभु येशूले हामीलाई स्पष्ट रूपमा नै परमेश्‍वरको इच्‍छा पूरा गर्नेहरू मात्रै स्वर्गको राज्यमा प्रवेश गर्नेछन्, पापबाट उम्केका र शुद्ध पारिएकाहरूले मात्रै राज्यमा स्थान पाउनेछन् भनेर भन्‍नुभएको छ। प्रवेश प्राप्त गर्ने एउटै मापदण्ड त्यही मात्रै हो। के पापबाट छुटकारा प्राप्त गर्नु र विश्‍वासद्वारा निर्दोषीकरण प्राप्त गर्नुको अर्थ कसैले परमेश्‍वरको इच्‍छा पूरा गरिरहेको भन्‍ने हुन्छ? के यसको अर्थ तिनीहरूले उप्रान्त पाप गर्ने, वा परमेश्‍वरको विरुद्धमा विद्रोह र विरोध गर्ने गर्दैनन् भन्‍ने हुन्छ? अवश्य नै हुँदैन। प्रभुका सबै विश्‍वासीले हामीले छुटकारा पाएको र विश्‍वासद्वारा निर्दोषीकरण पाएको भए पनि, हामीले निरन्तर पाप गरिरहेका हुन्छौं, यसरी दिउँसो पाप गर्ने अनि राती स्वीकार गर्ने चक्रमा जिइरहेका हुन्छौं भन्‍ने तथ्य देख्‍न सक्छन्। हामी पापबाट मुक्त हुन नसक्‍नुको पीडामा जिउँछौं—हामीले आफूलाई केही पनि गर्न सक्दैनौं। सबै सम्प्रदायमा नाम र ख्यातिको लागि लड्ने, एकअर्काको इज्जतमा दाग लगाउने डाही र कलहप्रिय मानिसहरू छन्। यो सामान्य कुरा नै हो। र धेरैजसो मानिसहरूले परमेश्‍वरको अनुग्रहको लोभ गर्ने हुनाले विश्‍वास गर्छन्, तर तिनीहरूले उहाँले भन्‍नुभए अनुसार गर्दैनन्। सङ्कष्ट आइपर्दा तिनीहरू मण्डलीतर्फ दगुर्छन्, तर शान्तिको समयमा तिनीहरूले सांसारिक प्रचलनहरूलाई पछ्याउँछन्। र मण्डलीहरूले एकपछि अर्को पार्टी आयोजना गरिरहेका छन्। कसैले पनि सत्यतामा सङ्गति गर्ने वा व्यक्तिगत गवाही दिने गर्दैनन्, तर कसले सबैभन्दा बढी अनुग्रह, ठूला आशिष्‌हरू प्राप्त गर्छन् भनेर प्रतिस्पर्धा मात्रै गरिरहेका हुन्छन्। ठूला-ठूला विपत्तिहरू आएको र प्रभु अझै पनि तिनीहरूलाई उठाइ लैजानको लागि बादलमा नआउनुभएको देखेर, धेरै मानिसहरूको विश्‍वास र प्रेम सेलाउँदै गइरहेको छ, र तिनीहरूले परमेश्‍वरलाई दोष दिन र उहाँको आलोचना गर्न थालेका छन्। कतिले त उहाँलाई इन्कार गर्ने र धोका दिने काम समेत गरेका छन्। यी तथ्यहरूले हामीलाई के देखाउँछन् भने पापहरू क्षमा भएको र अनुग्रहद्वारा मुक्ति पाएको अर्थ मानिसहरूले अझै राम्रो व्यवहार गर्छन् भन्‍ने हुन सक्छ, तर यसको अर्थ तिनीहरू पापबाट पूर्ण रूपमा मुक्त भएका छन् तिनीहरूले परमेश्‍वरको अवज्ञा गर्दैनन्, र निश्‍चित रूपमा तिनीहरू शुद्ध पारिएका र राज्यमा प्रवेश गर्न योग्य छन् भन्‍ने हुँदैन। त्यो त व्यर्थको चाहना मात्रै हो। त्यसकारण अहिले हामी यो तथ्यलाई देख्‍न र प्रभु येशूले किन उहाँको नाममा प्रचार गर्ने र भूतहरू धपाउनेहरूलाई किन दुष्कर्मीहरू हुन्, र उहाँले तिनीहरूलाई कहिल्यै चिनेको छैन भन्‍नुभयो त्यो बुझ्‍न सक्छौं। किनभने मानिसहरूको पाप क्षमा गरिए पनि, तिनीहरूले अझै पनि पाप गरिरहन्छन्, र प्रभुलाई दोष दिने र आलोचना गर्ने गर्छन्। प्रभु अझै पनि आउनुभएको छैन भन्‍ने देख्दा तिनीहरू गुनासोहरूले भरिन्छन्, र उहाँलाई इन्कार गर्न र धोका दिन थालेका छन्। कतिले त के समेत भन्छन् भने प्रभुले तिनीहरूलाई राज्यमा उठाई लैजानुभएन भने तिनीहरूले उहाँलाई हप्काउनेछन्। यी मानिसहरू प्रभु येशूलाई दमन गर्ने र दोषी ठहर्‍याउने फरिसीहरूभन्दा कम छैनन्, वा तिनीहरूभन्दा पनि खराब छन्। तिनीहरूले कसरी व्यवहार गरिरहेका छन् भन्‍ने कुरा अरू मानिसहरूले स्पष्ट रूपमा नै देख्‍न सक्छन्, र परमेश्‍वरको नजरमा, तिनीहरू दुष्टकर्मी हुन् भन्‍नेमा कुनै शङ्का छैन। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ, त्यसकारण निरन्तर पाप गरिरहने, परमेश्‍वरलाई आलोचना विरोध गरिरहने मानिसहरूलाई स्वर्गमा जान दिनुहुन्छ र? अवश्य नै दिनुहुन्‍न। त्यसकारण, विश्‍वासद्वारा धर्मी ठहरिएर यसले तिनीहरूलाई राज्यमा प्रवेश गराउनेछ भन्‍ने मानिसहरूको विश्‍वास प्रभुका आफ्‍नै वचनहरू, र सत्यताको विपरीत जाने धारणा हो। यो हाम्रो लालची इच्‍छाहरूबाट आउने मानव धारणा र कल्‍पना हो।

यस विन्दुमा, कतिले विश्‍वासद्वारा मुक्ति पाइन्छ भन्‍ने तथ्य बाइबलमा आधारित छ भनेर उल्‍लेख गर्न सक्छन्: “किनभने धार्मिकताको लागि मानिसले हृदयले विश्‍वास गर्छ; र मुक्तिको लागि मुखले स्वीकार गर्छ” (रोमी १०:१०)। “किनभने तिमीहरूलाई विश्‍वासमार्फत अनुग्रहद्वारा मुक्ति दिइएको हो; र तिमीहरू आफैद्वारा गरिएको होइन: यो त परमेश्‍वरको उपहार हो” (एफिसी २:८)। त्यसकारण यदि हामी त्यसरी स्वर्ग जान सक्दैनौं भने, “मुक्ति पाउनु” को अर्थ वास्तवमा के हो त? सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई सत्यताको यो रहस्य बताउनुभएको छ। उहाँका वचनहरूमा के भनिएको छ हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “त्यो बेला येशूको काम सारा मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्‍वास गर्नेहरू सबैका पापहरू क्षमा गरिए। जबसम्म तैँले उहाँमा विश्‍वास गर्छस्, उहाँले तँलाई छुटकारा दिनुहुनेछ; यदि तँ उहाँमा विश्‍वास गर्थिस् भने तँ उप्रान्त पापको वसमा हुँदैनथिस्, तेरा पापहरू हटाइएका हुनेथिए। मुक्ति पाउनु र विश्‍वासद्वारा धर्मी ठहराइनुको अर्थ यही नै हो। तापनि विश्‍वास गर्नेहरूमा ती कुराहरू रहे, जुन विद्रोही र परमेश्‍वर विरोधी थिए, जसलाई बिस्तारै हटाउनु पर्थ्यो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२))। “मानिसलाई … उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। … मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। यसबाट हामी के देख्‍न सक्छौं भने प्रभु येशू मानवजातिको पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो, र हामीलाई पापबाट छुटकारा दिनुभयो। हाम्रो पापको क्षमा पाउनको लागि हामीले पाप स्वीकार गर्नु र प्रभुको सामु पश्‍चात्ताप मात्रै गर्नुपर्छ। उप्रान्त हामी व्यवस्थाको अधीनमा दोषी ठहरिनु पर्दैन र हामीले मृत्युदण्ड भोग्‍नु पर्दैन। प्रभुले हामीलाई उप्रान्त पापीहरूका रूपमा हेर्नुहुन्‍न र शैतानले उप्रान्त हामीलाई दोष दिन सक्दैन। हामीलाई प्रार्थनामा प्रभुको अघि आउने र उहाँको प्रशस्‍त अनुग्रहको साथमा उहाँले दिनुहुने शान्ति र आनन्दमा रमाउने अनुमति छ। यहाँ “मुक्ति पाउनु” को अर्थ यही हो। विश्‍वासद्वारा मुक्ति पाउनु भनेको पापक्षमा पाउनु, र व्यवस्था अनुसार दोषी नठहरिनु भन्‍ने मात्रै हुन्छ। यो मानिसहरूले कल्‍पना गरेजस्तो, एक पटक मुक्ति पाएपछि सधैँको लागि मुक्ति पाइन्छ र राज्यमा प्रवेश गर्न योग्यको भइन्छ भन्‍ने होइन। बाइबलमा “मुक्ति पाउनु” भन्ने बारेमा पावलले व्याख्या गरेअनुसार उल्लेख गरिएको छ, तर न त प्रभु येशूले न त पवित्र आत्‍माले नै कहिल्यै यसो भन्‍नुभएको छ। हामीले बाइबलमा लेखिएका मानव अभिव्यक्तिहरूलाई होइन, प्रभु येशूका वचनहरूलाई मात्रै हाम्रो आधारको रूपमा प्रयोग गर्न सक्छौ। कतिले सोध्‍न सक्छन्, प्रभुले हाम्रो पाप क्षमा गरिसक्‍नुभएको हुनाले, परमेश्‍वरले हामीलाई उप्रान्त पापी ठान्‍नुहुन्‍न र हामीलाई धर्मी भनी बोलाउनुभएको छ, त्यसकारण किन हामी राज्यमा उठाई लगिन सक्दैनौं? परमेश्‍वरले हामीलाई धर्मी भन्‍नुभएको छ भन्‍ने साँचो कुरा हो, तर उहाँले हाम्रो पाप क्षमा भएको कारण त्यसले हामीलाई राज्यको योग्य बनाएको छ, वा हामीले क्षमा पाएका हुनाले, हामीले कुनै पनि प्रकारको पाप अझै पनि गर्न सक्छौं र पवित्र नै रहन सक्छौं भनेर भन्‍नुभएको छैन। हामीले के कुरा बुझ्‍नैपर्छ भने, परमेश्‍वरको स्वभाव पवित्र र धर्मी छ, र उहाँले निरन्तर पाप गरिरहने मानिसलाई पवित्र भनेर वा अझै पापी नै रहेको व्यक्तिलाई पाप रहित भनेर कहिल्यै भन्‍नुहुन्‍न। पापक्षमा पाएको विश्‍वासले परमेश्‍वरको विरोध र ईश्‍वर निन्दा गर्‍यो भने उसलाई समेत डण्डाज्ञा हुन सक्छ। बाइबलले भनेको नै छ, “किनभने यदि हामीले सत्यको ज्ञान प्राप्त गरिसकेपछि पनि जानी-जानी पाप गर्छौं भने, त्यसउप्रान्त पापहरूको निम्ति कुनै बलिदान बाँकी रहँदैन(हिब्रू १०:२६)। प्रभु येशूलाई आलोचना, दोषारोपण, र विरोध गरेको कारण फरिसीहरूले दण्डाज्ञा पाए। के तथ्य त्यही होइन र? परमेश्‍वरको स्वभावले कुनै पनि उल्‍लङ्घन सहन सक्दैन भन्‍ने सबै विश्‍वासीहरूलाई थाहा छ, र प्रभु येशूले भन्‍नुभयो, “मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा(मत्ती १२:३१-३२)। पापक्षमा साँच्‍चै परमेश्‍वरको अनुग्रह हो, तर यदि पापक्षमा पाएर पनि मानिसहरूले परमेश्‍वरको स्वभावलाई निरन्तर उल्‍लङ्घन गरिरहे भने, तिनीहरूलाई परमेश्‍वरले अझै पनि दण्डाज्ञा दिएर दण्ड दिनुहुनेछ। यदि हामीले परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्यौं भने, परिणामहरू कठोर हुनेछन्। तर परमेश्‍वर प्रेम र कृपा हुनुहुन्छ, त्यसकारण उहाँले हामीलाई पाप र दुष्टताबाट मुक्त गर्न चाहनुहुन्छ, ताकि हामी पवित्र हुन सकौं। त्यही कारणले गर्दा, प्रभु येशूले आफ्‍नो छुटकाराको कामपछि फेरि आउनेछु भनी प्रतिज्ञा गर्नुभयो। उहाँ किन आउनुहुनेछ? मानवजातिलाई पाप र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिन, ताकि हामी परमेश्‍वरतर्फ फर्कन सकौं र उहाँद्वारा प्राप्त गरिन सकौं। प्रभुको पुनरागमनलाई स्वागत गर्ने विश्‍वासीसँग मात्रै स्वर्गको राज्यमा प्रवेश गर्ने आशा हुन्छ। यस विन्दुमा, कतिपय मानिसहरूले यो प्रश्‍न गर्न सक्छन्, हाम्रा पापहरूलाई क्षमा गरिसकिएको हुनाले, पापबाट मुक्त भएर पवित्र भई हामीले कसरी राज्यमा प्रवेश पाउन सक्छौं? यसले हामीलाई मुख्य बुँदामा लिएर आउँछ। प्रभु येशूको पापक्षमालाई स्वीकार गर्नु मात्रै पर्याप्त छैन। पापबाट मुक्त हुन, परमेश्‍वरद्वारा पूर्ण रूपमा मुक्ति प्राप्त गर्न, अनि त्यसरी राज्यको निम्ति योग्य हुन हामीले प्रभुको आगमनलाई स्वागत गर्ने र उहाँको अर्को चरणको कामलाई स्वीकार गर्ने पनि गर्नुपर्छ। यो प्रभु येशूले अगमवाणी गर्नुभएजस्तै छ, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ। … र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्ना ५:२२, २७)। र “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। हामीले यसको बारेमा होसियारी साथ विचार गर्‍यौं भने, हामी देख्‍न सक्छौं आखिरी दिनहरूमा सत्यताहरू व्यक्त गर्न र न्यायको काम गर्न मानिसको पुत्रको रूपमा प्रभु येशू फर्कनुहुन्छ हामीलाई सबै सत्यतामा प्रवेश गर्न अगुवाइ गर्नुहुनेछ, ताकि हामीले पापबाट, शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्त हुन सकौं, र पूर्ण मुक्ति हासिल गर्न सकौं। त्यसकारण परमेश्‍वरको आखिरी दिनहरूको न्यायलाई स्वीकार गर्नु, अनि हाम्रो भ्रष्टतालाई धुनु नै स्वर्गको राज्यमा प्रवेश गर्ने एउटै मार्ग हो। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनका थप खण्डहरू हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउनको योग्य हुन सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। के सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले सबै कुरा स्पष्ट पार्दैनन् र? प्रभु येशूले अनुग्रहको युगमा छुटकाराको काम गर्नुभयो, जुन काम मानिसका पापहरू क्षमा गर्नु र हामीलाई त्यसबाट छुटकारा दिनु थियो—साँचो कुरा। तर मानिसहरूको पापी प्रकृतिको समाधान भएको छैन र हामीले परमेश्‍वरलाई विरोध गरिरहन्छौं, त्यसकारण त्यसलाई पूर्ण मुक्ति प्राप्त गरेको मान्‍न सकिँदैन। धेरै सत्यताहरू व्यक्त गर्दै सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा आउनुभएको छ, र उहाँले प्रभु येशूको छुटकाराको जगमा रही परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ। उहाँ मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिन, हामीलाई परमेश्‍वरको राज्यमा लैजानको लागि आउनुभएको छ। परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम मानिसलाई मुक्ति दिने उहाँको सबैभन्दा मुख्य, सबैभन्दा आधारभूत काम हो, र हामी शुद्ध हुने र हामीले पूर्ण मुक्ति पाउने एउटै मार्ग यही हो। यो एउटा सुनौलो अवसर हो र स्वर्गको राज्यमा प्रवेश गर्ने हाम्रो एउटै मौका हो। हामीले यसो भन्‍न सक्छौं परमेश्‍वरको घरबाट सुरु गर्दै सर्वशक्तिमान्‌ परमेश्‍वरले गर्नुहुने न्यायको काम विश्‍वासीहरूलाई उठाइलैजाने कार्य हो। परमेश्‍वरको न्याय र सजायद्वारा, हाम्रो भ्रष्टतालाई धुन सकिन्छ, त्यसपछि हामीले ठूला-ठूला विपत्तिहरूमा सुरक्षा पाउनेछौं र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौं। उठाई हुनुको वास्तविक अर्थ यही हो। यदि हामीले यो कामको गतिलाई पछ्याएनौं भने, हामीले विश्‍वास गरेको जति लामो समय भए पनि, हामीले जति कष्ट भोगेको वा जति मूल्य चुकाएको भए पनि, यो सबै व्यर्थ हुनेछ। त्यसो गर्नु भनेको आधा बाटोमा छोड्नु जस्तै हो, र हाम्रा पहिलेका सबै प्रयासहरू व्यर्थ हुनेछन्। हामी विपत्तिमा पर्नेछौं, रुनेछौ र दाह्रा किट्नेछौं। उहाँको विरुद्धमा विद्रोह गर्न सक्‍ने व्यक्तिलाई परमेश्‍वरले कहिल्यै पनि आफ्‍नो राज्यमा ल्याउनुहुनेछैन। यो कुरालाई उहाँको धर्मी स्वभावले निर्धारित गरेको छ।

कतिले सोध्‍न सक्छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरले कसरी मानवजातिलाई धुने र मुक्ति दिने यो न्यायको काम गर्नुहुन्छ। त्यसको बारेमा उहाँले के भन्‍नुहुन्छ, हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूमा करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, र यसरी हाम्रो भ्रष्टतालाई धुन र हाम्रो मुक्तिको लागि हामीलाई चाहिने सबै सत्यता हामीलाई बताउनुभएको छ। उहाँले हाम्रो पापी, परमेश्‍वर-विरोधी शैतानी प्रकृति र हाम्रो भ्रष्ट स्वभावका सबै पक्षहरूको न्याय र खुलासा गर्नुहुन्छ, र उहाँले हाम्रो सबैभन्दा गहन, गुप्त र घृणित सबै मनसाय र धारणाहरूलाई खुलासा गर्नुहुन्छ। हामीले उहाँको वचनहरू जति धेरै पढ्छौं, हामीले त्यति नै बढी न्यायको अनुभव गर्छौं, र शैतानले हामीलाई कति गहन रूपमा भ्रष्ट तुल्याएको छ, हामी कति अहङ्कारी र विरोधी छौं भन्‍ने देख्‍न सक्छौं। हामी अत्यन्तै धूर्त, स्वार्थी र लोभी छौं, र सधैँ आफ्‍नै हितहरूको रक्षा गर्दै हामी सबै कुरामा शैतानी दर्शनशास्‍त्र र नियमहरूमा जिउँछौं। हाम्रो विश्‍वास र हामीले मण्डलीको लागि गर्ने काम इनामहरू र राज्यमा प्रवेश गर्नका लागि गरिएका हुन्छन्। हामीसँग कुनै विवेक वा तर्क-शक्ति छैन, तर हामी पूर्ण रूपमा शैतानको स्वरूपमा जिउँछौं। परमेश्‍वरको न्याय र सजायद्वारा हामीले कुनै उल्‍लङ्घन नसहने उहाँको धर्मी स्वभावलाई देख्‍न सक्छौं। परमेश्‍वरले साँच्‍चै नै हाम्रो हृदय र मनको कुरा देख्‍नुहुन्छ, र हामीले नभने पनि, हामीले सोचिरहेको कुरा, अनि हाम्रो हृदयको गहिराइमा बसिरहेको भ्रष्टतालाई उहाँले प्रकाश पार्नुहुन्छ। लुक्‍ने ठाऊँ कतै नहुँदा, हामी अत्यन्तै लज्‍जित महसुस गर्छौं, र हामीलाई परमेश्‍वरप्रति डर लाग्छ। हामीले आफ्‍नो हृदयमा भएको कुराको बारेमा प्रार्थना गर्न, र हाम्रा गलत विचार र सोचाइहरूको बारेमा इमान्दारीपूर्वक बताउन सक्छौं, अनि यसरी विवेक र तर्क-शक्ति प्राप्त गर्न सक्छौं। यदि हामीले झूट बोल्यौं भने, हामीले यसको बारेमा तुरुन्तै खुलासा गर्छौं, र सुधार गर्छौं। यसरी परमेश्‍वरका वचनहरूको अनुभव गर्दा, हाम्रो भ्रष्ट स्वभावहरू क्रमिक रूपमा धोइन्छन् र परिवर्तन हुन्छन्, र हामी मानव रूपमा जिउन सक्छौं। सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धीकरणद्वारा, हामीले मानिसलाई मुक्ति दिने परमेश्‍वरको काम कति व्यवहारिक छ भन्‍ने कुरालाई गहन रूपमा अनुभव गर्न सक्छौं! यसविना, हामीले हाम्रो वास्तविक भ्रष्टतालाई कहिल्यै देख्‍न, र साँचो रूपमा पश्‍चात्ताप गर्न वा परिवर्तन हुन सक्‍नेथिएनौं। हामी देख्‍न सक्छौं, हाम्रो आफ्‍नै कठिन परिश्रम र आत्म-नियन्त्रणद्वारा हामी दुष्टताबाट उम्कन सक्दैनौं, तर हामीले परमेश्‍वरको न्याय, सजाय, र जाँच अनुभव गर्नु अनिवार्य हुन्छ। हामीलाई काट-छाँट, निराकरण, र अनुशासन पनि गरिनुपर्छ। हाम्रो जीवन स्वभाव साँच्‍चै परिवर्तन हुने र हामी सच्‍चा रूपमा परमेश्‍वरमा समर्पित हुने र हामीले उहाँको डर मान्‍ने एउटै तरिका त्यही मात्रै हो। त्यसकारण हाम्रो विश्‍वासमा हामीसँग प्रभु येशूको छुटकारा मात्रै छ भने, हाम्रो विश्‍वासद्वारा हाम्रो पापक्षमा हुने र हामी दोषमुक्त हुने भए पनि, हामी राज्यको निम्ति अयोग्य नै रहन्छौं। हामीले अझै पनि प्रभुको पुनरागमनलाई स्वागत गर्नुपर्छ र सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायलाई स्वीकार गर्नुपर्छ, ताकि हामीले हाम्रो भ्रष्टतालाई हटाउन र हाम्रो पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गर्न सकौं। त्यसकारण, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, जसले न्यायको काम गर्दैहुनुहुन्छ। उहाँ मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन व्यक्तिगत रूपमा काम गर्न आउनुभएको मुक्तिदाता हुनुहुन्छ। सबै सम्प्रदायका धेरै विश्‍वासीहरूले परमेश्‍वरको आवाज सुनेर सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरिरहेका छन्। तिनीहरू बुद्धिमती कन्याहरू हुन् र तिनीहरूले थुमाको विवाह-भोजमा सहभागी जनाइरहेका छन्। तर सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार गर्नेहरू निर्बुद्धि कन्याहरू बनिरहेका छन् जो विपत्तिहरूमा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। किन धार्मिक संसारले प्रभु येशू बादलको सवारीमा आउनुभएको देखेको छैन भन्ने अब हामीले थाहा पायौं। तिनीहरू धर्मशास्‍त्रका अक्षहरूमा नै जिद्दी भई लागिरहन्छन्, अनि आफ्‍नै विचारहरूका आधारमा, तिनीहरू प्रभु अझै पनि तिनीहरूलाई उठाइ लैजानको लागि बादलमा आउनुहुनेछ भन्‍नेमा निश्‍चित छन्। तर वास्तवमा, प्रभु काम गर्न पहिले नै आइसक्‍नुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ तर तिनीहरूले खोजी गर्न मान्दैनन्। तिनीहरूले सुन्‍न त सुन्छन् तर बुझ्दैनन्, हेर्न त हेर्छन् तर देख्दैनन्। तिनीहरूले अन्धाधुन्ध सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार गर्ने र दोष दिने गर्छन्। तिनीहरूले मुक्तिदाता येशू बादलमा ओर्लनुहुनेछ भनेर आकाशमा नियालिरहन्छन्। यसले तिनीहरूलाई विपत्तिहरूमा ल्याउनेछ। कसलाई दोष दिने?

आज, सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूको उहाँको न्यायको कामद्वारा विजेताहरूको समूह निर्माण गर्ने काम सक्‍नुभएको छ। विपत्तिहरू सुरु भइसकेका छन्, र परमेश्‍वरका चुनिएका मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार सुनाउने, परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कामको गवाही दिने काममा लागिपरेका छन्। धेरैभन्दा धेरै मानिसहरूले साँचो मार्गको अनुसन्धान गरी स्वीकार गरिरहेका छन्, र धेरैभन्दा धेरै वटा देशमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली स्थापना भइरहेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू संसारभरि फैलाइँदैछ र गवाही दिइँदैछ। सत्यताको तृष्णा गर्ने र परमेश्‍वर देखा पर्नुभएको घटनाको खोजी गर्नेहरू एकपछि अर्को गर्दै उहाँको सिंहासनको अघि आइरहेका छन्। यसलाई रोक्‍न सकिँदैन! यसले यो बाइबलीय अगमवाणीलाई पूरा गर्छ: “अनि आखिरी दिनहरूमा यस्तो हुनेछ, कि यहोवाको भवन भएको पर्वत पर्वतहरूको टुप्पोमा स्थापित गरिनेछ र पहाडहरूमाथि उठाइनेछ; र सबै जातीहरू यसतर्फ आउनेछन्(यशैया २:२)। तर सत्यतालाई घृणा गर्ने र सर्वशक्तिमान्‌ परमेश्‍वरको विरोध गर्ने धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरू र तिनीहरूको भ्रम र नियन्त्रणमा परेका तथाकथित विश्‍वासीहरू पहिले नै विपत्तिहरूको चपेटामा परिसकेका छन्, र उठाई लगिने आफ्‍नो मौका गुमाएका छन्। तिनीहरू रोइरहेका र दाह्रा किटिरहेका छन्। यो वास्तवमै दुःखको कुरा हो। आजको भागलाई बिट मार्दै हामी परमेश्‍वरका वचनहरू पाठ गरिएको भिडियो हेरौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि सत्यको चिरस्थायी र अनन्‍त बाटो ल्याउनुहुन्छ। यही सत्य नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र परमेश्‍वरद्वारा ऊ स्वीकार हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुहुने जीवनको खोजी गर्दैनस् भने, तैँले कहिल्यै पनि येशूको स्वीकृति प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। नियम र अक्षरहरूको नियन्त्रण र इतिहासको बन्धनमा हुनेहरूले कहिल्यै पनि जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले जीवनको अनन्त बाटो नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई हजारौँ वर्षदेखि जमेर बसेको धमिलो पानी मात्रै छ। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लास, शैतानको खेलौना, र नरकको पुत्र भएर रहनेछन्। अनि, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? यदि तँ विगतलाई मात्रै पक्रिराख्‍ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍ने मात्रै प्रयास गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई त्याग्‍ने प्रयास गर्दैनस् भने, के तँ सधैँ परमेश्‍वरको विरुद्धमा हुनेछैनस् र? परमेश्‍वरको कार्यका चरणहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै गहन र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यस तरिकाले, तँलाई थुमाका पाइलाहरू पछ्याउने व्यक्तिको रूपमा कसरी लिन सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सँधै नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस्? अनि तेरा पहेँलो भइसकेका पुस्तकका वचनहरूले तँलाई कसरी नयाँ युगमा लैजान सक्छन्? तिनले कसरी तँलाई परमेश्‍वरको कार्यका चरणहरूको खोजी गर्न अगुवाइ गर्न सक्छन्? अनि, तिनले कसरी तँलाई स्वर्ग लैजान सक्छन्? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने अक्षरहरू मात्र हुन्, जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका खण्डहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्धतामा लैजान सक्‍ने मार्गहरू हुने कुरा त परै जाओस्। के यो विसंगतिले तँलाई समीक्षा गर्ने ध्येय दिँदैन र? के यसले तँलाई आफैभित्र रहेका रहस्यहरूलाई महसुस गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा सुम्पन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुशीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ जाँचेर हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान...

के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

सन् १९९१ मा आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न र सत्यताहरू व्यक्त गर्न सुरु गर्नुभएको पूरै ३० वर्ष...

झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउनु

आज म झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी छुट्याउने त्यसको बारेमा कुरा गर्न चाहन्छु। कतिले परमेश्‍वरमाथिको हाम्रो विश्‍वासमा त्यसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्