यदि धार्मिक संसारले यसलाई निन्दा गर्छ भने, के यो साँचो मार्ग होइन र?

3 अप्रिल 2026

आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवलाई मुक्ति दिनका लागि सबै सत्यता व्यक्त गर्नुभएको छ, जुन सबैले खोजून् र अनुसन्धान गरून् भनेर धेरै पहिले नै अनलाइनमा राखिएको थियो। परमेश्‍वरको देखा पराइको तिर्सना गर्ने धेरैले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन् र तिनलाई परमेश्‍वरको आवाजका रूपमा चिनेका छन्। तिनीहरू सबैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन् र परमेश्‍वरको सिंहासनसामु फर्केका छन्। तर, धार्मिक संसारका अधिकांश पाष्टर र एल्डरले अनुसन्धान नगर्ने मात्र होइन, बरु सर्वशक्तिमान्‌ परमेश्‍वर एउटा साधारण मानिस हुनुहुन्छ र उहाँ काम गर्न देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्न भनी उन्मत्त रूपमा उहाँलाई निन्दा पनि गर्छन्, अनि तिनीहरू विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट जथाभावी रोक्छन्। यसले प्रभुमा विश्‍वास गर्ने धेरै मानिसलाई अन्योलमा पार्छ। तिनीहरू सोच्छन्, पाष्टर र एल्डरहरूले मण्डलीहरूमा प्रभुको सेवा गर्ने अनि बारम्बार बाइबलको व्याख्या गर्ने र त्यसलाई उच्च पार्ने भएकाले, तिनीहरू बाइबल बुझ्ने र परमेश्‍वरलाई चिन्ने मानिसहरू हुनुपर्छ, अनि यदि सर्वशक्तिमान्‌ परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, पाष्टर र एल्डरहरूले उहाँलाई चिन्न सक्नुपर्छ—त्यसैले तिनीहरू कसरी उहाँको प्रतिरोध गर्न र उहाँलाई निन्दा गर्न सक्थे र? तिनीहरूलाई के लाग्छ भने, यदि कुनै मार्गलाई धार्मिक संसारका पाष्टर र एल्डरहरूले निन्दा गर्छन् भने, त्यो साँचो मार्ग हुनै सक्दैन। के यो दृष्टिकोण सही छ त? के परमेश्‍वरका वचनहरूमा यस भनाइको कुनै आधार छ त? बाइबलको व्याख्या गर्न सक्नेहरू नै परमेश्‍वरलाई चिन्ने मानिसहरू हुन् भनेर तिनीहरू कुन आधारमा भन्छन्? के यस्तो प्रकारको भनाइ मानिसका धारणा र कल्पनाहरू मात्र होइनन् र? के यो विधर्म र भ्रम मात्र होइन र? यहुदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरू सबैले बाइबलको व्याख्या गर्न सक्थे, त्यसोभए तिनीहरूले किन अझै पनि प्रभु येशूलाई गलत ठहराए र निन्दा गरे, अनि उहाँलाई क्रूसमा टाँगे? यहाँ समस्या के हो त? प्रभु येशू देखा पर्नुहुँदा र काम गर्नुहुँदा, उहाँले कम्तीमा तीन वर्षसम्म प्रचार गर्नुभयो, अनि उहाँले व्यक्त गरेका सबै कुरा सत्यता थिए। तैपनि, प्रभु येशूका वचनहरूमा शक्ति र अख्तियार छ भनी यहुदीहरूले स्वीकार गरे पनि, तिनीहरूले अलिकति पनि खोजी वा अनुसन्धान गरेनन्, न त तिनीहरूले प्रभु येशूले व्यक्त गरेका सत्यताहरू नै स्वीकार गरे। तिनीहरूले प्रभु येशूलाई उन्मत्त रूपमा दोषी ठहराए, सताए, र पक्राउ समेत गरे, उहाँलाई क्रूसमा टाँग्न जिद्दी गरिरहे। यहुदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरू सबैले बारम्बार बाइबलको व्याख्या गर्थे। अरूको नजरमा, तिनीहरू सबैले बाइबल बुझेका थिए र परमेश्‍वरलाई चिन्थे। त्यसोभए अरू कोही नभएर, किन तिनीहरूले नै प्रभु येशूलाई क्रूसमा टाँगे त? यस तथ्यका आधारमा, हामी एउटा निष्कर्ष निकाल्न सक्छौँ: बाइबलको व्याख्या गर्न सक्ने मानिसहरू परमेश्‍वरलाई चिन्छन् नै वा परमेश्‍वरमा समर्पित हुन्छन् नै भन्ने हुँदैन, किनभने तिनीहरू नै त्यस्ता मानिस हुन्, जो परमेश्‍वरलाई क्रूसमा टाँग्छन्।

आज, धार्मिक संसारका यी पाष्टर र एल्डरहरू पनि बाइबलको व्याख्या गर्न सक्छन्, तर के तिनीहरू साँच्चै परमेश्‍वरलाई चिन्छन् त? के तिनीहरू परमेश्‍वरमा समर्पित हुन्छन्, वा उहाँको प्रतिरोध गर्छन्? हामीले यसलाई कसरी खुट्ट्याउनुपर्छ? पहिले, हामीले के देख्नुपर्छ भने सर्वशक्तिमान्‌ परमेश्‍वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, जुन जोकोहीले पनि अनलाइनमा पढ्न सक्छ। धार्मिक संसारका पाष्टर र एल्डरहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूलाई वास्तवमा कस्तो व्यवहार गर्छन् त? तिनीहरूमध्ये कतिले साँचो मार्गको अनुसन्धान गर्छन्? तिनीहरूमध्ये कतिले अझै पनि निन्दा र प्रतिरोध गर्छन्? तिनीहरूमध्ये कति जना दर्शक बन्छन्, न त स्वीकार गर्छन् न त प्रतिरोध नै गर्छन्? परमेश्‍वरले सत्यता व्यक्त गर्नुले मानिसहरूलाई निकै प्रकाश गर्छ; सत्यतासामु, सबै जना आफ्नो प्रकारअनुसार वर्गीकरण गरिन्छन्। वास्तवमा, सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा व्यक्त गरिएका सत्यताहरूसामु पर्दा धेरैले साँचो मार्गको अनुसन्धान गर्दैनन्, अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँलाई दोषी ठहराउनेहरू त धेरै नै छन्। यो हामी सबैले देख्न सक्ने तथ्य हो। पाष्टर र एल्डरहरू आफैले साँचो मार्गको अनुसन्धान वा त्यसलाई स्वीकार त गर्दैनन् नै, बरु तिनीहरू विश्‍वासीहरूलाई यसको अनुसन्धान गर्न र स्वीकार गर्नबाट पनि रोक्छन्। तिनीहरू विश्‍वासीहरूलाई विश्‍वासको स्वतन्त्रता दिँदैनन्, अनि तिनीहरूलाई पासोमा पार्न र नियन्त्रण गर्न सक्दो प्रयास गर्छन्, विश्‍वासीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढ्नबाट, सर्वशक्तिमान्‌ परमेश्‍वरको गवाही दिनेहरूको अतिथिसत्कार गर्नबाट, अनि साँचो मार्गको अनुसन्धान गर्नबाट जबरजस्ती रोक्छन्। धार्मिक संसारका यी अगुवाहरू अलिकति पनि समझको भावनाविना कार्य गर्छन्। तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको देखा पराइ र उहाँको कामको निन्दा गर्न सक्दो गर्छन्। के यो परमेश्‍वरको प्रतिरोध गर्नु होइन र? के तिनीहरूले पवित्र आत्माको निन्दा गर्ने पाप गरेका छैनन् र? धार्मिक संसारका पाष्टर र एल्डरहरू विश्‍वासीहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्छन् अनि विश्‍वासीहरूलाई बहकाउन, पासोमा पार्न र नियन्त्रण गर्न बाइबलको गलत व्याख्या समेत गर्छन् भन्ने यसै तथ्यका आधारमा हामी के देख्न सक्छौँ भने, तिनीहरूले बाइबलका केही शब्द र धर्मसिद्धान्त बुझे तापनि, तिनीहरू परमेश्‍वरलाई पटक्कै चिन्दैनन्। किनभने तिनीहरूका व्यवहार र कार्यहरू गम्भीर रूपमा बाइबलको विरुद्धमा गएका छन्, अनि सत्यताको विरुद्धमा त झन् बढी गएका छन्। त्यसोभए, के तिनीहरू असल सेवक हुन् कि दुष्ट सेवक? जसले जेसुकै भने पनि, तिनीहरू परमेश्‍वरलाई बिलकुलै चिन्दैनन्—तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँलाई फेरि पनि क्रूसमा टाँग्नेछन्। त्यसैले, धार्मिक पाष्टरहरू सबै झूटा गोठाला र दुष्ट सेवक हुन्; तिनीहरू परमेश्‍वरद्वारा पटक्कै अनुमोदित छैनन्। अवश्य पनि, हामीले यसो भन्नुको एउटा बाइबलीय आधार छ, र प्रमाणका रूपमा हामीसँग प्रभु येशूका वचनहरू छन्। प्रभु येशूले भन्‍नुभयो: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ(मत्ती ७:२२-२३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ(मत्ती २३:१३)। “शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ(मत्ती २३:१५)। प्रभु येशूका वचनहरूबाट हामी स्पष्ट रूपमा के देख्न सक्छौँ भने धार्मिक संसारका पाष्टर र एल्डरहरूले प्रचार गर्न र काम गर्न सके तापनि, प्रभु तिनीहरूलाई स्वीकार गर्नुहुन्न, बरु तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा दोषी ठहराउनुहुन्छ। यस्तो किन हुन्छ? किनभने तिनीहरूले धेरै दुष्टता गरेका छन्। तिनीहरूले विश्‍वासीहरूलाई हानि पुर्‍याएका छन् र बर्बाद गरेका छन्, जसले गर्दा धेरै जना तिनीहरूको मण्डलीमा सामेल भएपछि नरकका सन्तान बन्न पुगेका छन्। यो भनाइलाई कसरी व्याख्या गर्नुपर्छ? सामेल भएपछि तिनीहरू किन नरकका सन्तान बन्छन्? किनभने धर्ममा रहेर प्रभुमा विश्‍वास गरे तापनि, प्रभु फर्केर आउनुहुँदा तिनीहरू पाष्टर र एल्डरहरूद्वारा बहकाइए, बन्धनमा पारिए र बाँधिए। तिनीहरू धर्ममा रहेर प्रभुमा विश्‍वास गर्नमा मात्र टाँसिइरहन्छन् तर प्रभुको पुनरागमन वा उहाँले आखिरी दिनहरूमा गर्ने न्यायको काम स्वीकार गर्दैनन्। त्यसपछि तिनीहरू परमेश्‍वरलाई अस्वीकार गर्ने र उहाँको प्रतिरोध गर्ने मानिस बन्छन्, र तिनीहरू परमेश्‍वरद्वारा हटाइन्छन्। के यसले तिनीहरूलाई नरकका सन्तान बनाउँदैन र? यी मानिसहरूलाई पाष्टर र एल्डरहरूले हानि पुर्‍याएका छन् र बर्बाद पारेका छन्। यसले प्रभु येशूका यी वचनहरूलाई ठ्याक्कै पूरा गर्छ: “तिनीहरूलाई त्यतिकै छोडिदेओ: तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्(मत्ती १५:१४)। त्यसैले, यदि धार्मिक संसारका पाष्टर र एल्डरहरू मानिसहरूलाई साँचो मार्गको अनुसन्धान गर्न दिँदैनन्, अनि त्यसको सट्टा मानिसहरूलाई बहकाउँछन् र पासोमा पार्छन्—सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबारे अफवाहहरू रच्छन्, त्यसलाई बदनाम गर्छन्, र त्यसको निन्दा समेत गर्छन् भने—तिनीहरू घोर पापी हुन्; तिनीहरू परमेश्‍वरका शत्रु हुन्, अनि तिनीहरूको अन्तिम परिणाम अनिवार्य रूपमा विनाश हुनेछ। सर्वशक्तिमान् परमेश्वरले भन्नुभए जस्तै: “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही पनि परमेश्‍वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबै ‘परमेश्‍वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्‍वरमा विश्‍वास गरेको बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरू सही मार्गमा हिँड्ने कार्यलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्‍वरको खोजीमा अवरोध गर्ने अड्चनहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)। यदि मानिसहरू धार्मिक संसारका पाष्टर र एल्डरहरूलाई खुट्ट्याउन कहिल्यै सिक्दैनन्, सधैँ तिनीहरूले भनेको कुरा पत्याउँछन्, अनि सधैँ तिनीहरूद्वारा बन्धनमा पारिन्छन् र बाँधिन्छन् भने, तिनीहरू सबैभन्दा निर्बुद्धि कन्याहरू हुन्। मुक्ति प्राप्त गर्ने तिनीहरूको मौका पाष्टर र एल्डरहरूद्वारा पूर्ण रूपमा बर्बाद गरिनेछ, अनि तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा पर्नेछन्। मलाई भन्नुहोस्, के धार्मिक संसारका पाष्टर र एल्डरहरू प्रभुलाई स्वागत गर्न सक्छन्? के प्रभु आउनुहुँदा उहाँले पहिले तिनीहरूलाई प्रकाश दिनुहुनेछ? पक्कै पनि होइन। यदि तपाईँहरूले धार्मिक संसारका पाष्टर र एल्डरहरू परमेश्‍वरको प्रतिरोध गर्ने ख्रीष्टविरोधीहरू हुन् र मानिसहरूलाई साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने दियाबलसहरू हुन् भनेर साँच्चै महसुस गर्नुभयो भने, के तपाईँहरू अझै पनि “यदि कुनै मार्गलाई धार्मिक संसारले निन्दा गर्छ भने, त्यो साँचो मार्ग होइन” भन्ने यी दुष्ट शब्दहरू पत्याउन सक्नुहुन्थ्यो? यदि तपाईँहरू अझै पनि धार्मिक संसारका पाष्टर र एल्डरहरू मानिसहरूलाई स्वर्गको राज्यमा डोर्‍याउन सक्छन् भनी दृढ रूपमा विश्‍वास गर्नुहुन्छ, विना सर्त तिनीहरूका कुरा सुन्नुहुन्छ र तिनीहरूप्रति समर्पित हुनुहुन्छ, अनि अन्ततः साँचो मार्गलाई अस्वीकार गर्नुहुन्छ र प्रभु येशूको पुनरागमनलाई अस्वीकार गर्नुहुन्छ भने, के तपाईँहरू सबैभन्दा ठूलो मूर्ख हुनुहुन्न र? यो प्रश्न चिन्तन गर्न लायक छ!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के पाप क्षमा भएकाहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य छन्?

प्रभुमा विश्‍वास गर्ने धेरै मानिस यस्तो सोच्छन्, “प्रभु येशूले हाम्रा पापहरू क्षमा गरिसक्नुभएको छ, अनि हामी विश्वासद्वारा धर्मी ठहरिएका...

झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई छुट्याउनु

आज म झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्‍टलाई कसरी छुट्याउने त्यसको बारेमा कुरा गर्न चाहन्छु। कतिले परमेश्‍वरमाथिको हाम्रो विश्‍वासमा त्यसको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्