एक मात्र साँचो परमेश्वर को हुनुहुन्छ?
आजभोलि, धेरैजसो मानिसहरूमा विश्वास छ र उनीहरूले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा भएको परमेश्वरमा...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सर्वशक्तिमान् परमेश्वरको देखा पराइ र काममा मुख्यतया वचनहरू बोल्ने र सत्यता व्यक्त गर्ने कुरा समावेश छन्। धार्मिक संसारका धेरै मानिसले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सबै सत्यता र परमेश्वरको आवाज हुन् भनी देख्छन्, अनि तिनीहरू पूर्ण रूपमा विश्वस्त हुन्छन्, सर्वशक्तिमान् परमेश्वर नै फर्केर आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी स्वीकार गर्छन्। तर, धार्मिक संसारका पाष्टर र एल्डरहरू अनि सिसिपि सरकारले सर्वशक्तिमान् परमेश्वरलाई एक साधारण व्यक्ति मात्र हो भनी दोषी ठहराउन र उहाँ परमेश्वर हुनै सक्नुहुन्न भन्न अफवाहहरू रच्ने भएकाले, कतिपय मानिसमा परख गर्ने क्षमता हुँदैन र तिनीहरू भ्रममा पर्छन्। तिनीहरू सर्वशक्तिमान् परमेश्वर नै आखिरी दिनहरूका ख्रीष्ट, देहधारी मानिसको पुत्र हुनुहुन्छ भनी निश्चित हुने आँट गर्दैनन्। त्यसोभए हामी देहधारी मानिसको पुत्रलाई ठ्याक्कै कसरी पहिचान गर्न सक्छौँ त? पसर्वप्रथम, प्रभु येशू नै प्रभु र ख्रीष्ट हुनुहुन्छ भनी हामी सबै स्वीकार गर्छौँ। के प्रभु येशू एक साधारण मानिस हुनुहुन्नथ्यो र? बाहिरबाट हेर्दा, प्रभु येशू साँच्चै एउटा साधारण मानिस हुनुहुन्थ्यो। प्रभु येशू देखा पर्नुहुँदा र काम गर्नुहुँदा, यहुदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरू सबैले प्रभु येशू नासरी हुनुहुन्छ, सिकर्मीको छोरा हुनुहुन्छ भन्थे। त्यसैले, तिनीहरूले प्रभु येशूलाई प्रभु र ख्रीष्टका रूपमा स्वीकार गरेनन्, अनि उहाँलाई क्रूसमा समेत टाँगे। आज, सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र काम गर्दै हुनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले जतिसुकै सत्यताहरू व्यक्त गर्नुभए पनि, धार्मिक संसारका पाष्टर र एल्डरहरू अझै पनि सर्वशक्तिमान् परमेश्वरलाई गलत ठहराउँछन् र निन्दा गर्छन्, सर्वशक्तिमान् परमेश्वर एक साधारण व्यक्ति हुनुहुन्छ र उहाँ परमेश्वर हुनै सक्नुहुन्न भन्छन्। तिनीहरू यहुदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूले जस्तै एउटै गल्ती गरिरहेका छन्। वास्तवमा, आज हामीले सर्वशक्तिमान् परमेश्वरमा गरेको विश्वास सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका सबै सत्यतामा आधारित छ, अनि यो बाइबलमा भएका प्रभु येशूका अगमवाणीहरूमा पनि आधारित छ। प्रभु येशूले आफ्नो पुनरागमन “मानिसको पुत्र आउने” र “मानिसको पुत्रको आगमन” हुनेछ भनी बारम्बार अगमवाणी गर्नुभयो। उदाहरणका लागि, उहाँले भन्नुभयो: “जसरी बिजुली पूर्वबाट चम्किँदा, पश्चिमसम्मै चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)। “नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:३७)। त्यसोभए “मानिसको पुत्रको आगमन” ले केलाई जनाउँछ त? यसले परमेश्वर ठीक प्रभु येशू जस्तै एउटा साधारण मानिसका रूपमा देहधारी हुनुलाई जनाउँछ। परमेश्वरले उहाँ फर्कनुहुँदा कुनै असाधारण व्यक्तित्वको स्वरूपमा वा महान् व्यक्तिका रूपमा मानिसहरूसामु देखा पर्नुहुनेछ भनी कहिल्यै भन्नुभएको छैन। त्यसोभए बाहिरबाट हेर्दा साधारण देखिने यो मानिसको पुत्र र अरू मानिसहरूबीच सबैभन्दा ठूलो भिन्नता के हो त? त्यो के हो भने, उहाँ सत्यता व्यक्त गर्न सक्नुहुन्छ। मानिसको पुत्र बाहिरबाट हेर्दा साधारण देखिनुभए पनि र उहाँमा अरू कुनै मानिसमा जस्तै सामान्य मानवता भए पनि, उहाँभित्र ईश्वरत्व छ, र उहाँ सत्यता व्यक्त गर्न सक्नुहुन्छ। तर मानिसहरूसँग तिनीहरूको मानवता मात्र हुन्छ—अरू केही हुँदैन। मानवजातिले सत्यता व्यक्त गर्न सक्दैन, अनि कुनै पनि असाधारण व्यक्तित्व वा महान् व्यक्तिले सत्यता व्यक्त गर्न सक्दैन। आखिरी दिनहरूमा देहधारी हुनुभएका सर्वशक्तिमान् परमेश्वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, जुन त्यतिबेला प्रभु येशूले व्यक्त गर्नुभएको भन्दा सय गुणा—हजार गुणा—बढी छ। परमेश्वरको आवाज सुनेपछि, संसारभरिका देशहरूमा भएका परमेश्वरका चुनिएका मानिसहरूले यो सत्यता हो भनी चिनेका छन् र सर्वशक्तिमान् परमेश्वर नै परमेश्वरको देखा पराइ हुनुहुन्छ भनी चिनेका छन्, अनि तिनीहरू सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन ओइरिएका छन्। तिनीहरू सर्वशक्तिमान् परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गर्छन्, तिनीहरूका भ्रष्ट स्वभावहरू शुद्ध पारिन्छन्, र तिनीहरू परमेश्वरद्वारा विजेताहरू बनाइन्छन्। यी साधारण मानिसको पुत्र यति धेरै सत्यता व्यक्त गर्न, यस्तो महान् काम गर्न, अनि यति धेरै मानिसलाई विजय गर्न र मुक्ति दिन सक्नुहुन्छ—यो कुनै पनि मानवले हासिल गर्न नसक्ने कुरा हो। बाहिरबाट हेर्दा, सर्वशक्तिमान् परमेश्वर साँच्चै एक साधारण व्यक्ति हुनुहुन्छ, तर सर्वशक्तिमान् परमेश्वरद्वारा व्यक्त गरिएका सबै सत्यता पढेपछि, तपाईँ उहाँलाई एक साधारण व्यक्ति भन्न छोड्नुहुनेछ। तपाईँले भन्नुहुनेछ, “प्रभु येशू जस्तै, उहाँमा मानवता र ईश्वरत्व दुवै छ। उहाँ पूर्ण रूपमा देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ—यो कुनै पनि चिह्न वा चमत्कारभन्दा धेरै ठूलो कुरा हो। यदि उहाँभित्र पवित्र आत्मा बास गर्नुहुन्नथ्यो भने, उहाँले यति धेरै सत्यता व्यक्त गर्न पूर्णतः असम्भव हुन्थ्यो। त्यसैले, धार्मिक संसारका पाष्टर र एल्डरहरूले ‘सर्वशक्तिमान् परमेश्वर एक साधारण व्यक्ति हुनुहुन्छ’ भन्दा हामीले तिनीहरूको कुरा पत्याउन मिल्दैन!” यदि यी मानिसको पुत्रले सत्यता व्यक्त गर्न सक्नुहुन्नथ्यो भने, तपाईँले उहाँलाई साधारण व्यक्ति भन्नु गलत हुने थिएन। तर उहाँ सबै सत्यता व्यक्त गर्न सक्नुहुन्छ, र उहाँ न्यायको कामको एउटा चरण गर्दै हुनुहुन्छ, त्यसैले उहाँ नै देहधारी परमेश्वर हुनुहुन्छ। यदि तपाईँ अझै पनि उहाँ एक साधारण मानिस मात्र हो भन्ने आँट गर्नुहुन्छ भने, तपाईँ परमेश्वरको निन्दा गर्दै हुनुहुन्छ। यो ठीक दुई हजार वर्षअघि प्रभु येशू देहधारी भएर देखा पर्नुहुँदा र काम गर्नुहुँदा जस्तै हो। उहाँले आधिकारिक रूपमा आफ्नो सेवकाइ सुरु गर्नुभन्दा पहिले, तपाईँले उहाँलाई एक साधारण व्यक्ति भन्नुभएको भए, त्यो कुरा बुझ्न सकिने हुन्थ्यो, किनभने मानिसहरू परमेश्वरको बाहिरी रूप हेरेर मात्र उहाँलाई चिन्न सक्दैनन्। तर प्रभु येशूले धेरै सत्यता व्यक्त गर्नुभएपछि अनि सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसमा टाँगिनुभएपछि, संसारभरिका दुई अर्ब मानिसहरू उहाँलाई मुक्तिदाता येशू भन्छन्, उहाँलाई पछ्याउँछन्, र उहाँमा विश्वास गर्छन्। के तपाईँ अझै पनि उहाँ एक साधारण व्यक्ति हुनुहुन्छ भन्ने आँट गर्नुहुन्छ? यदि तपाईँले अझै पनि उहाँलाई साधारण मानिस भन्नुभयो भने, तपाईँ परमेश्वरको निन्दा गर्ने व्यक्ति हुनुहुनेछ। त्यसैले, कुनै व्यक्ति देहधारी परमेश्वर हो कि साधारण व्यक्ति हो भनी खुट्ट्याउने आधार ठ्याक्कै के हो त? यसको आधार उहाँको सार हो, अर्थात्, उहाँका वचनहरू र उहाँको काम हो। उहाँ यति धेरै सत्यता व्यक्त गर्न सक्नुहुन्छ भन्ने तथ्यले उहाँमा ईश्वरीय सार छ भनी प्रमाणित गर्छ, अनि कम्तीमा पनि, पवित्र आत्मा उहाँभित्र बास गर्नुहुन्छ। तपाईँले बाहिरबाट उहाँको ईश्वरीय सार देख्न नसके पनि, उहाँ यति धेरै सत्यता व्यक्त गर्न सक्नुहुन्छ भन्ने तथ्य नै सबैभन्दा राम्रो प्रमाण हो। त्यसैले, मुख्य रूपमा उहाँले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ अनि आखिरी दिनहरूमा न्यायको काम गर्दै हुनुहुन्छ भन्ने तथ्यलाई हेरेर सर्वशक्तिमान् परमेश्वर साधारण व्यक्ति हुनुहुन्छ कि देहधारी परमेश्वर हुनुहुन्छ भनी तपाईँ पूर्ण निश्चितताका साथ निर्धारण गर्न सक्नुहुन्छ। सर्वशक्तिमान् परमेश्वरले भन्नुभए जस्तै: “जो देहधारी परमेश्वर हुनुहुन्छ, उहाँसँग परमेश्वरको सार हुन्छ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँसँग परमेश्वरको अभिव्यक्ति हुन्छ। परमेश्वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्ने देखाउँछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना)। आज, तिनीहरूले जतिसुकै वर्षदेखि परमेश्वरमा विश्वास गरेका भए पनि, सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने र सत्यता पछ्याउनेहरूले धेरै सत्यता बुझेका छन्, तिनीहरू आफैलाई चिन्न र सत्यता अभ्यास गर्न सक्छन्, अनि तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फालेको बारेमा केही अनुभवात्मक गवाही दिएका छन्। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेकोमा, यति धेरै सत्यता बुझेकोमा, जीवनको सही मार्गमा लागेकोमा, अनि परमेश्वरको मुक्ति प्राप्त गरेकोमा आफूलाई भाग्यशाली ठान्छन्। यो परमेश्वरले तिनीहरूलाई प्रदान गर्नुभएको आशिष् हो! सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार नगर्नेहरू रुँदै र दाह्रा किट्दै प्रकोपमा पर्न मात्र सक्छन्। सत्यता व्यक्त गर्ने मानिसको पुत्रलाई स्वीकार नगर्नेहरू अनि प्रभुलाई स्वागत गर्न असफल हुनेहरूको परिणाम यही हो।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
आजभोलि, धेरैजसो मानिसहरूमा विश्वास छ र उनीहरूले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा भएको परमेश्वरमा...
प्रभुका विश्वासीहरू सबैले प्रभु येशूको प्रतिज्ञामा भरोसा गर्छन्: “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि गएर मैले तिमीहरूका निम्ति...
२,००० वर्ष पहिले, हाम्रा प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो र उहाँलाई यहूदी विश्वासका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूले...
हामी सबैलाई थाहै छ, २,००० वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन यहूदियामा देखा पर्नुभयो र काम गर्नुभयो, र यसो भनेर प्रचार गर्नुभयो...