हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

3 अक्टोबर 2021

विपत्तिहरू वृद्धि भइरहेका छन् र सबै विश्‍वासीहरूले मुक्तिदाताको पुनरागमनको उत्कट रूपमा प्रतीक्षा गरिरहेका छन्, यसरी आफू निदाइरहेको बेला प्रभुसँग भेट्नको लागि आकाशमा उचाली लगिनेछौं र झन्-झन् वृद्धि भइरहेका आजका विपत्तिहरूको दुर्गतिबाट उम्कनेछौं भनेर तड्पिरहेका छन्। प्रभु येशू ओर्लनुहुनेछ र उहाँसँग भेट गर्नको लागि तिनीहरूलाई लैजानुहुनेछ भनेर किन तिनीहरू आत्मविश्‍वासको साथ प्रतीक्षा गरिरहेका छन्? तिनीहरू के विश्‍वास गर्छन् भने, तिनीहरूका पाप प्रभु येशूमाथिको तिनीहरूको विश्‍वासद्वारा क्षमा भइसकेको हुनाले, प्रभुले तिनीहरूलाई अब उप्रान्त पापको रूपमा हेर्नुहुन्‍न, तिनीहरूसँग चाहिने जति सबै कुरा छ, र प्रभु आउनुभएपछि तिनीहरू सीधै राज्यमा लगिनेछन्। तर धेरैलाई अन्योलमा पार्ने कुरा के हो भने ठूला-ठूला विपत्तिहरू आइसकेका छन्, तर किन प्रभु अझै आउनुभएको छैन? धेरै जनाले प्रभु साँच्‍चै आउनुहुनेछ कि आउनुहुनेछैन भनेर प्रश्‍न गर्न थालेका छन्। यदि आउनुभएन भने, के त्यसको अर्थ तिनीहरू कुनै पनि समयमा विपत्तिमा परेर मर्न सक्छन् भन्‍ने हुँदैन र? धेरै जना पाष्टरहरूले अहिले प्रभु विपत्तिहरूको बीचमा वा अन्त्यमा आउनुहुनेछ भनेर भन्छन्, किनभने यसको बारेमा अरू कसरी व्याख्या गर्ने तिनीहरूलाई थाहा हुँदैन। तर के त्यो साँचो हो? धार्मिक संसारले प्रभुलाई स्वागत गरेको छैन, तर के यसको अर्थ उहाँ आउनुभएको छैन भन्‍ने हुन्छ? हामी सबैलाई थाहा छ, प्रभुले फिलाडेल्‍फियाको मण्डली विपत्तिहरूभन्दा पहिले नै उठाइ हुनेछ र उहाँले तिनीहरूलाई विपत्तिहरूको कष्ट भोग्‍नबाट रक्षा गर्नुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। के प्रभुले साँच्‍चै आफ्‍नो प्रतिज्ञालाई तोड्नुहुन्छ? अवश्य नै तोड्नुहुन्‍न। मानिसहरूले कल्‍पना गरेजस्तो विश्‍वासीहरूलाई स्वर्गमा उठाई लैजान प्रभु बादलमा आउनुभएको छैन भन्‍ने कुरा साँचो हो, तर हामी सबैलाई थाहा छ, उहाँ पहिले नै सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्किसक्‍नुभएको छ, अनि उहाँले धेरै सत्यता व्यक्त गरिरहनुभएको छ, र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनेर पूर्वीय ज्योतिले निरन्तर गवाही दिँदै आइरहेको छ। सत्यतालाई प्रेम गर्ने सबै सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूमा परमेश्‍वरको आवाज सुनेका छन् र तिनीहरू उहाँतिर फर्केका छन्, हरेक दिन परमेश्‍वरका वचनहरू खान र पिउन, थुमाको विवाह-भोजमा सहभागी हुनको लागि तिनीहरूलाई परमेश्‍वरको सिंहासनको अघि ल्याइएको छ। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धीकरण अनुभव गरेका छन् र तिनीहरूसँग सानदार गवाही छ। तिनीहरू आनन्दसाथ परमेश्‍वरको प्रशंसा गर्दै उहाँको उपस्थितिमा जिउँछन्। विपत्तिहरूप्रति धार्मिक संसारको अन्त्यहीन डरको स्थितिसँग तुलना गर्दा, यो रात-दिनको फरक छ। धेरै जना विश्‍वासीहरूले यस्तो विचार गरिरहेका छन्, के पूर्वीय ज्योतिले गवाही दिने सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु हुनुहुन्छ? के प्रभुले साँच्‍चै आखिरी दिनहरूको न्यायको कामको चरण पूरा गर्दैहुनुहुन्छ? तर धेरै जनासँग अझै यस्ता शङ्काहरू छन्, “प्रभुले मेरो पाप क्षमा गरिसक्‍नुभएको छ र उहाँले मलाई पापीको रूपमा हेर्नुहुन्‍न। उहाँ फर्कनुभएपछि उहाँले मलाई सीधै स्वर्गमा लैजानुपर्छ। उहाँले किन हामीलाई उठाई लैजानुहुन्‍न, तर आखिरी दिनहरूको न्यायको कामको चरण पूरा गर्नुहुन्छ?” आज हामी यो विषयमा थोरै कुराकानी गरौं। के हाम्रो पाप क्षमा गरिएको छ भन्‍नुको अर्थ हामी राज्यमा प्रवेश गर्न सक्छौं भन्‍ने हुन्छ?

पहिलो, पापक्षमा पाएकाहरू सीधै राज्यमा प्रवेश गर्न सक्छन् भन्‍ने विचारको बारेमा कुनै बाइबलीय आधार छ कि छैन हेरौं। के यसलाई समर्थन गर्ने प्रभुका वचनहरू छन्? प्रभु येशूले कहिले पापक्षमा पाएकाहरू सीधै स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् भनेर भन्‍नुभयो? त्यस कार्यले कसैलाई सीधै राज्यमा प्रवेश गर्न अनुमति दिन्छ भनेर पवित्र आत्‍माले पनि भन्‍नुभएन। कुनै बाइबलीय आधार वा प्रमाणको रूपमा प्रभुका कुनै वचनहरू नभए पनि, किन मानिसहरू प्रभु आउनुहुँदा उठाइ लगिनेछन् भन्‍नेमा अत्यन्तै सुनिश्‍चित छन्? यसले कुनै अर्थ दिँदैन। स्वर्गको राज्यमा को प्रवेश गर्न सक्छ भन्‍ने विषयमा प्रभुले यो स्पष्ट अभिव्यक्ति दिनुभएको छ: “मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ(मत्ती ७:२१)। यसबाट, हामी के कुरामा निश्‍चित हुन सक्छौं भने पापक्षमा प्राप्त गर्नु मात्रै राज्यमा प्रवेश गर्नको लागि पर्याप्त हुँदैन। किन त्यो पर्याप्त हुँदैन? मुख्य कुरा त, पापहरू क्षमा गरिनुको अर्थ तपाईंको शुद्धीकरण भएको छ, तपाईं परमेश्‍वरमा समर्पित हुनुहुन्छ वा तपाईंले परमेश्‍वरको इच्‍छा पूरा गर्नुहुन्छ भन्‍ने हुँदैन। हामीले स्पष्ट रूपमा देखिसकेका छौं, पापक्षमा पाएका विश्‍वासीहरूले पनि निरन्तर झूट बोल्ने, धोका दिने, कुटिल र छली काम गर्ने गरिरहेका हुन्छन्। तिनीहरू अहङ्कारी हुन्छन्, र थोरै बाइबलीय ज्ञान प्राप्त गरेपछि तिनीहरूले कसैको कुरा सुन्दैनन्। तिनीहरूले शक्ति र नाफाको लागि लडाइँ गर्छन् र तिनीहरूले आफूलाई मुक्त गर्न नसक्‍ने पापमा जिउँछन्। यसले के देखाउँछ भने पापक्षमा पाएर पनि, मानिसहरू अझै फोहोरी र भ्रष्ट हुन्छन्, र तिनीहरूले सधैँ पाप गरिरहेका हुन्छन्। तिनीहरू सत्यतालाई स्वीकार गर्न र त्यसमा समर्पित हुन असफल मात्रै हुँदैनन्, तिनीहरूले परमेश्‍वरको आलोचना र विरोध पनि गर्छन्। फरिसीहरूले जस्तै, तिनीहरूले प्रभुलाई दोषी ठहराउँछन्, उहाँको आलोचना, र निन्दा गर्छन्, र उहाँलाई फेरि क्रूसमा समेत टाँग्‍छन्। यसले के प्रमाणित गर्छ भने मानवजातिको पाप क्षमा हुन सक्छ, तर हामी अझै पनि फोहोरी र भ्रष्ट नै हुन्छौं, र हाम्रो भ्रष्ट सार परमेश्‍वरको विरोधमा छ। परमेश्‍वरका वचनहरूले भन्छ, “त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु(लेवी ११:४५)। “पवित्रता …, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। त्यसकारण, पापमा जिउने मानिसहरू राज्यको निम्ति योग्य हुँदैनन्—यसमा कुनै शङ्का छैन, र यो कुरालाई पूर्ण रूपमा परमेश्‍वरको धर्मी र पवित्र स्वभावले नै निर्धारित गरेको हुन्छ। कति जना विश्‍वासीहरूले आफूहरू पापरहित छौं, अब कुनै पाप गर्दैनौं र पवित्रता हासिल गरेका छौं भनेर भन्‍ने आँट गर्छन्? एक जनाले पनि गर्दैनन्। धेरै आत्मिक लेख-रचना गर्ने ती चर्चित तथा महान् आत्मिक मानिसहरूले पनि पापलाई त्यागेका छौं र पवित्र बनेका छौं भनी भन्‍ने आँट गर्दैनन् थिए। वास्तवमा, सबै विश्‍वासीहरूको अवस्था उस्तै छ, तिनीहरू दिउँसो पाप गरेर राति स्वीकार गर्ने स्थितिमा जिइरहेका छन्, पापसँग नराम्ररी सङ्घर्ष गरिरहेका छन्। तिनीहरू सबैले पापका बन्धनहरूमा परेर जिउनुको असहनीय पीडाको अनुभव गर्छन्। यो तथ्यले के देखाउँछ? यसले के देखाउँछ भने पापक्षमा पाएकाहरू पापबाट उम्‍केका र पवित्र बनेका छैनन्, त्यसकारण हामी निश्‍चयताको साथ के भन्‍न सक्छौं भने, तिनीहरू स्वर्गको राज्यको योग्यका छैनन्। यो प्रभु येशूले भन्‍नुभएको जस्तै हो, “साँचो-साँचो म तिमीलाई भन्छु, पाप गर्ने जो-कोही पापको दास हो। अनि दास घरमा सदासर्वदा बस्दैन: तर पुत्रचाहिँ सदासर्वदा बस्छ(यूहन्‍ना ८:३४-३५)। हामी देख्‍न सक्छौं, पापक्षमा भएकै कारण राज्यमा प्रवेश गरिन्छ भन्‍ने कुराको कुनै बाइबलीय आधार छैन, तर यो पूर्ण रूपमा मानव धारणा मात्रै हो।

यस बिन्दुमा, धेरैजसो मानिसहरूको मनमा उठ्ने प्रश्‍न के हो भने, यदि पापक्षमाले हामीलाई स्वर्गको राज्यमा प्रवेश गराउँदैन भने, केले गराउनेछ? राज्यमा प्रवेश गर्ने मार्ग के हो? प्रभु येशूले भन्नुभयो, “तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ।” राज्यमा प्रवेश गर्नको लागि पूरा गर्नुपर्ने सर्त यही हो भन्‍नेमा कुनै शङ्‍का छैन। त्यसो भए, हामीले परमेश्‍वरको इच्‍छा पूरा गर्ने र राज्यमा प्रवेश गर्ने कार्यलाई कसरी हासिल गर्न सक्छौं? वास्तवमा, प्रभु येशूले हामीलाई धेरै पहिले नै त्यो मार्गतर्फ इसारा गर्नुभएको छ। अझै राम्ररी बुझ्‍नको लागि हामी प्रभु येशूका अगमवाणीहरूलाई हेरौं। प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। “यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्‍ना ५:२२)। प्रभु येशूले आफ्‍नो पुनरागमनको बारेमा धेरै पटक अगमवाणी गर्नुभएको छ, र यी पदहरू उहाँको पुनरागमन भएपछि उहाँले गर्ने कामको बारेमा दिइएका अगमवाणीहरू हुन्, जुन काम भनेको न्यायको काम गर्न धेरै सत्यता व्यक्त गर्नु, मानिसहरूलाई सत्यतामा डोर्‍याउनु, मानवजातिलाई पाप र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिनु, र अन्तिममा, हामीले सुन्दर गन्तव्य प्राप्त गर्न सकौं भनेर हामीलाई उहाँको राज्यमा लैजानु हो। त्यही कारणले गर्दा, उहाँको पुनरागमन भएपछि हामीले प्रभुको न्यायको कामलाई स्वीकार गर्नैपर्छ। जबसम्‍म हामीले सत्यता प्राप्त गर्दैनौं, हाम्रो भ्रष्टता पूर्ण रूपमा धुन सकिँदैन र हाम्रो पापी प्रकृतिको समाधान हुन सक्दैन। पापलाई हटाएर पवित्र बन्‍ने, अनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुने एउटै तरिका त्यही मात्रै हो। हाम्रो पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गर्नको लागि हाम्रा भ्रष्ट स्वभावहरूलाई धोएर हटाइनैपर्छ। शैतानका शक्तिहरूबाट मुक्त हुन र परमेश्‍वरमा समर्पित भएर उहाँको इच्‍छा पूरा गर्नको लागि हामीले हाम्रा भ्रष्ट स्वभावहरूलाई पूर्ण रूपमा हटाउनुपर्छ। नत्र भने, हामीसँग राज्यमा प्रवेश गर्ने कुनै अधिकार हुनेछैन। त्यसकारण हामी के कुरामा निश्‍चित हुन सक्छौं भने, परमेश्‍वरको आखिरी दिनहरूको न्याय र सजायद्वारा धोइने मानिसहरू मात्रै परमेश्‍वरको इच्‍छा पूरा गर्ने मानिसहरू बन्‍न सक्छन्। यसले के प्रमाणित गर्छ भने, आखिरी दिनहरूमा परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार गर्नु नै राज्यमा प्रवेश गर्ने एउटै मात्र मार्ग हो। यसको बारेमा हामी परमेश्‍वरका वचनहरूको केही खण्डहरू पढौं। “भर्खरै छुटकारा पाएको, र परमेश्‍वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रताले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्‍वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्‍वरको हृदय अनुसारको बन्‍नको लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा)। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पूर्ण रूपमा स्पष्ट छन्। प्रभु येशूले अनुग्रहको युगमा छुटकाराको काम गर्नुभयो। यो मानिसका पापहरूलाई क्षमा दिनको लागि मात्रै थियो र यसले मुक्तिको आधा काम मात्रै पूरा गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले मात्रै मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सक्छ। मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा व्यक्त गरिएका सत्यताहरू र उहाँको न्याय र सजायलाई स्वीकार गर्नैपर्छ, त्यसपछि तिनीहरूको भ्रष्टतालाई धुन र रूपान्तरण गर्न सकिन्छ र तिनीहरू परमेश्‍वर र उहाँको इच्‍छाको पालना गर्ने मानिसहरू बन्‍न सक्छन्, र उहाँको राज्यको निम्ति योग्य हुन्छन्। अर्को शब्‍दमा भन्दा, तिनीहरूसँग स्वर्गको राज्यमा प्रवेश गर्ने पासपोर्ट हुनेछ। हामी भन्‍न सक्छौं, सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको काम मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको सबैभन्दा निर्णायक, सबैभन्दा महत्त्वपूर्ण चरण हो, र यो व्यक्ति राज्यमा प्रवेश गर्ने कार्यलाई निर्धारित गर्ने चरण हो। सबैभन्दा महत्त्वपूर्ण चरणलाई छुटाउनु, सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र शुद्धीकरण प्राप्त गर्ने कार्यलाई छुटाउनुको अर्थ तपाईंको विश्‍वासको पूर्ण असफलता भन्‍ने हुन्छ। तपाईंले जति लामो समयदेखि विश्‍वास गर्नुभएको भए पनि, तपाईंले जति धेरै परिश्रम गर्नुभए पनि वा तपाईंले जति धेरै कुरा त्याग्‍नुभएको भए पनि, यदि तपाईंले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार गर्नुभयो भने, यो सबै व्यर्थ हुनेछ, र यो आधा बाटोमा हरेस खानु सरह हुनेछ। तपाईं राज्यमा प्रवेश गर्नुहुने छैन। त्यो त जीवन-पर्यन्त पछुतो हुनेछ!

त्यसो भए हामीलाई उहाँको राज्यमा लैजानको लागि न्याय गर्न, धुन, र मानवजातिलाई मुक्ति दिन परमेश्‍वरले कसरी काम गर्नुहुन्छ? हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढौं: “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)। परमेश्‍वरको न्याय र सजायलाई अनुभव गरेका सबैले के कुरा गहन रूपमा बुझेका हुन्छन् भने, परमेश्‍वरका वचनहरूले हाम्रो भ्रष्टता र सारलाई खुलासा नगरिकन, हामी कति गहन रूपमा भ्रष्ट भएका छौं, हाम्रो भ्रष्टता कति गम्‍भीर छ भन्‍ने कुरा हामीले कहिल्यै थाहा पाउने छैनौं। परमेश्‍वरको न्याय, सजाय, काटछाँट, निराकरण, र अनुशासन प्राप्त नगरिकन, हामीले हाम्रा भ्रष्ट स्वभावलाई कहिल्यै त्याग्‍न सक्‍ने छैनौं र आफैलाई साँचो रूपमा चिन्‍न समेत हामीलाई कठिनाइ हुनेछ। धेरै जना विश्‍वासीहरू आफूहरूको पापको जड शैतानद्वारा अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको तथ्यमा छ भन्‍ने कुरालाई नदेखी पाप गर्ने अनि स्वीकार गर्ने, त्यसपछि फेरि स्वीकार गर्ने र पाप गर्ने चक्रमा नपरी बस्‍न नसक्‍नु स्वभाविकै हो। तिनीहरूले अझै पनि भूलमा परी के विश्‍वास गर्छन् भने, तिनीहरूको पापक्षमा भएको कारण तिनीहरू सीधै स्वर्ग जान सक्छन्। यो साँच्‍चै नै अन्धोपन र मूर्खता हो, र पूर्ण रूपमा आत्म-चेतनाको अभाव हो। साँचो पश्‍चात्ताप सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र सजायबाट मात्रै आउँछ, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने अवस्था परमेश्‍वरको धर्मी स्वभावलाई जानेर मात्र आउँछ। त्यसपछि मात्रै हामीले परमेश्‍वरको आराधना गर्न र हामी उहाँमा समर्पित हुन सक्छौं, अनि उहाँको इच्‍छाको काम गर्ने मानिसहरू बन्छौं। परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अनुभव गरेपछि र शुद्ध पारिएपछि मात्रै हामीले यो कुरा साँचो रूपमा जान्‍न सक्छौं।

अब मलाई लाग्छ हामी यो कुरामा स्पष्ट भएका छौं, राज्यमा प्रवेश गर्ने मार्ग अत्यन्तै ठोस, अत्यन्तै व्यावहारिक छ, यो पापक्षमा पाएर प्रभुले हामीलाई उठाइ लैजानुहुन्छ भनेर प्रतीक्षा गर्नु, त्यसपछि सीधै स्वर्ग लगिनु मात्रै होइन। त्यो यथार्थ कुरा होइन—त्यो त कामना मात्रै हो। यदि हामी स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छौं भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सर्वशक्तिमान्‌ परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नु हो, ताकि हाम्रो भ्रष्टता धुन सकियोस् र हामीले परमेश्‍वरको इच्‍छा पूरा गर्न सकौं। त्यसपछि हामी परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू प्राप्त गर्न, र उहाँको राज्यमा लगिन योग्यका हुनेछौं। यदि हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरको न्यायको कामलाई स्वीकार गर्न मान्दैनौं भने, हामीले कहिल्यै पनि सत्यता र जीवन प्राप्त गर्ने छैनौं वा हाम्रो भ्रष्टतालाई धुन सक्‍ने छैनौं। यसरी प्रभुले हामीलाई स्वर्गमा लैजानुहुनेछ भनेर उत्कट इच्‍छा गरिरहनु मूर्ख तरिका हो, र त्यस्ता मानिसहरू निर्बुद्धि कन्याहरू हुन् जो विपत्तिहरूमा पर्नेछन्, अनि रुनेछन् र दाह्रा किट्नेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नु भनेको हामी उहाँको सिंहासनको अघि उठाई लगिनु हो भनेर भन्‍न सक्छौं। हामीले अझै पनि उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँको न्याय र सजायलाई स्वीकार गर्नुपर्छ, भ्रष्टतालाई हटाएर शुद्ध हुनुपर्छ, ताकि हामीलाई अन्तिममा परमेश्‍वरले विपत्तिहरूका बीचमा रक्षा गरेर जीवित राख्‍नुहुनेछ, र हामी उहाँले हाम्रो लागि तयार गर्नुभएको सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छौं। सत्यतालाई स्वीकार नगरिकन सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ओठले मात्र सेवा गर्नु, उहाँको न्याय र सजायमा समर्पित नहुनु साँचो विश्‍वास होइन, र यो सत्यतालाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बन्‍ने कार्य होइन। तिनीहरू खुलासा हुनेछन् र हटाइनेछन्। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको अर्को खण्ड पढेर यस भागलाई बिट मारौं। “ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरू स्वीकार गरेर उहाँको बाटो पालन गर्नैपर्छ। सत्यता प्राप्त गर्न असक्षम हुँदाहुँदै र जीवनको प्रावधान स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के प्रभु साँच्‍चै नै बादलको सवारीमा फर्कनुहुन्छ?

हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं, र महामारीहरू विश्‍वभरि फैलिरहेका छन्। विश्‍वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि...

के सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको विश्‍वास प्रभु येशूप्रतिको विश्‍वासघात हो?

सन् १९९१ मा आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर काम गर्न र सत्यताहरू व्यक्त गर्न सुरु गर्नुभएको पूरै ३० वर्ष...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्