एक मात्र साँचो परमेश्‍वर को हुनुहुन्छ?

9 सेप्टेम्बर 2021

आजभोलि, धेरैजसो मानिसहरूमा विश्‍वास छ र उनीहरूले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले आफ्‍नो हृदयमा भएको परमेश्‍वरमा विश्‍वास गर्छन्। त्यसकारण, समय बित्दै जाँदा, फरक-फरक ठाउँका मानिसहरूले धेरै वटा फरक-फरक ईश्‍वरमा विश्‍वास गर्न पुगेका छन्, सयौं वा हजारौं ईश्‍वरहरूमा। के यति धेरै ईश्‍वर हुन सक्छन्? अवश्य नै हुन सक्दैन। त्यसो भए कति वटा ईश्‍वर छन्, र साँचो परमेश्‍वर को हुनुहुन्छ? कुनै पनि चर्चित वा महान् व्यक्तिले यसको स्पष्ट उत्तर दिन सक्दैन, किनभने कुनै पनि मानवले परमेश्‍वरलाई देख्‍न वा उहाँसँग प्रत्यक्ष सम्पर्क गर्न सक्दैन। हरेक व्यक्तिको आयु छोटो हुन्छ, र तिनीहरूले अनुभव गर्ने र देख्‍ने कुरा अत्यन्तै सीमित हुन्छ, त्यसकारण परमेश्‍वरको बारेमा कसले स्पष्ट गवाही दिन सक्छ? स्पष्ट गवाही दिन सक्‍ने एकदमै थोरै मात्र छन्। हामीलाई थाहा छ, बाइबल परमेश्‍वरको गवाही दिने सबैभन्दा उत्कृष्ट र आधिकारिक पुस्तक हो। यसमा परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभएको हो भन्‍ने गवाही समावेश छ, र मानवजातिको सृष्टि गर्नुभएदेखि, उहाँले पृथ्वीमा मानिसको जीवनलाई अगुवाइ गर्ने कार्यलाई कहिल्यै रोक्‍नुभएको छैन। उहाँले मानिसको लागि व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो, र यसले देहधारी परमेश्‍वर, प्रभु येशू मानवजातिलाई छुटकारा दिन आउनुभयो भन्‍ने कुराको पनि गवाही दिन्छ। यसले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन र मानिसलाई सुन्दर गन्तव्यमा लैजानको लागि आखिरी दिनहरूमा परमेश्‍वर न्यायको काम गर्न फर्किनुहुन्छ भनेर पनि अगमवाणी गर्छ। त्यसकारण के कुरा स्पष्ट छ भने बाइबलले गवाही दिने परमेश्‍वर सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। यो सत्य साबित भएको कुरा हो। कतिले सोध्छन्, “बाइबलले गवाही दिने यो परमेश्‍वर वास्तवमा को हुनुहुन्छ? उहाँको नाम के हो? हामीले उहाँलाई के भनेर बोलाउने?” उहाँलाई यहोवा भनिन्थ्यो, त्यसपछि देहमा हुनुहुँदा उहाँलाई प्रभु येशू भनियो, त्यसपछि प्रकाशको पुस्तकले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌—अर्थात्, सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुहुन्छ भनेर भविष्यवाणी गरेको छ। स्वर्ग, पृथ्वी, यावत् थोक, र मानवजाति सृष्टि गर्ने परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, जसले सधैँ मानवजातिलाई अगुवाइ गर्दै र मुक्ति दिँदै आउनुभएको छ। उहाँ अनन्त हुनुहुन्छ, उहाँ सबै थोकमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ। यस सृष्टिकर्ता र एक मात्र साँचो परमेश्‍वर बाहेकको अरू कुनै पनि ईश्‍वर झूटो ईश्‍वर हो। शैतान झूटो ईश्‍वर हो, र यसलाई पछ्याएर आउने पतित स्वर्गदूतहरूले मानिसहरूलाई छल गर्न कुनै अपवाद विना नै ईश्‍वर भएको बहाना गरिरहेका छन्। उदाहरणको लागि, बुद्ध, गुवानिन, र दाओबादका सम्राट जेड सबै झूटा ईश्‍वरहरू हुन्। अरू पनि धेरै झूटा ईश्‍वरहरू छन्, जस्तै विगतका सम्राटहरूले घोषणा गरेका ईश्‍वरहरू, र अरू धर्मका ईश्‍वरहरूको बारेमा त कुरा गरिरहनु पनि आवश्यक छैन। त्यसोभए हामी किन तिनीहरू झूटा ईश्‍वरहरू हुन् भनी भन्छौं? किनभने तिनीहरूले स्वर्ग र पृथ्वीमा भएको कुनै पनि कुरा, वा मानवजातिलाई सृष्टि गरेनन्। यो नै सबैभन्दा स्पष्ट प्रमाण हो। सबै थोक सृष्टि गर्न, सबै थोकमाथि शासन गर्न नसक्‍नेहरू सबै झूटा ईश्‍वर हुन्। के झूटो ईश्‍वरले सबै थोक मैले सृष्टि गरेको हुँ भनेर दाबी गर्ने आँट गर्छ? गर्दैन। मानिसहरूले आँट गर्छन् कि गर्दैनन्? यसले पनि आँट गर्दैन। के यसले मानवजातिलाई शैतानबाट मुक्त गर्न सक्छु भनेर दाबी गर्ने आँट गर्छ? अवश्य नै गर्दैन। जब विपत्तिहरू आइपर्छन्, यदि तपाईंले झूटो ईश्‍वरलाई बिन्ती गर्नुभयो भने, के यो देखा पर्नेछ? यो देखा पर्न सक्दैन—यो त लुक्‍नेछ, होइन र? त्यसकारण झूटा ईश्‍वरहरूले मानवजातिलाई मुक्ति दिन सक्दैनन्, र तिनीहरूमा विश्‍वास गर्नु व्यर्थको विश्‍वास हो भन्‍ने हामी देख्‍न सक्छौं। तिनीहरूमा विश्‍वास गर्नु आत्महत्या गर्नु हुनेछ र यसले विपत्तिमा मात्रै डुबाउन सक्छ। यही कारणले गर्दा साँचो परमेश्‍वर, सबै थोक सृष्टि गर्नुहुने प्रभु को हुनुहुन्छ भन्‍ने कुराको महत्त्वलाई जति व्याख्या गरे पनि पुग्दैन।

ल हामी उत्‍पत्ति १:१ मा के भनिएको छ हेरौं, “प्रारम्भमा परमेश्‍वरले स्वर्ग र पृथ्वी सृजनुभयो।” यो बाइबलको पहिलो पद हो। यो अत्यन्तै अख्तियारपूर्ण र अर्थपूर्ण छ। यसले परमेश्‍वरले मानवजाति लगायत स्वर्ग, पृथ्वी, र सबै थोक सृष्टि गर्नुभएको रहस्य बताउँछ। उत्‍पत्तिको पुस्तक भनेको परमेश्‍वरले आफ्‍ना वचनहरूद्वारा ज्योति र वायुमण्डल साथै, पशु-प्राणी, वनस्पति, र इत्यादि, र मानिसलाई आफ्‍नै हातले सृष्टि गर्नुभएको विवरण पनि हो। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, र उहाँले सबै थोकलाई जीवित राख्‍नुहुन्छ र भरणपोषण गर्नुहुन्छ। उहाँले हामीलाई बाँच्‍नको लागि चाहिने सबै कुरा दिनुहुन्छ। मानवजाति र अरू सबै जीवित कुराहरू परमेश्‍वरले तय गर्नुभएको नियममा जिउँछन्। यो सृष्टिकर्ताको अद्वितीय शक्ति र अख्‍तियार हो, र मानव, स्वर्गदूत, वा शैतानका दुष्ट आत्माहरूले कहिल्यै पनि प्राप्त गर्न वा हासिल गर्न नसक्‍ने कुरा हो। हामी निश्‍चयताको साथ भन्‍न सक्छौं, सबै थोक र मानवजातिको सृष्टि गर्न सक्‍ने एक मात्र ईश्‍वर सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।

परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो र उहाँले मानवजातिको सृष्टि गर्नुभयो; उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ। यस बीच, उहाँले सबै मानवजातिलाई अगुवाइ गरिरहनुभएको छ र मुक्ति दिइरहनुभएको छ। बाइबलले के भन्छ हामी हेरौं। प्रारम्भमा, परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो, र आदम र हव्‍वा शैतानको परीक्षामा परेपछि, मानिस पापमा जिउन थाले। आदम र हव्‍वाका सन्तानहरू पृथ्वीमा वृद्धि हुँदै गए, तर कसरी जिउने वा साँचो परमेश्‍वरको आराधना कसरी गर्ने त्यो तिनीहरूलाई थाहा थिएन। आफ्‍नो व्यवस्थापन योजनाको आधारमा, परमेश्‍वरले व्यवस्थाको युगको आफ्‍नो काम सुरु गर्नुभयो, यस क्रममा उहाँले मानिसको लागि व्यवस्था र आज्ञाहरू जारी गर्नुभयो, मानिसलाई पाप के हो, तिनीहरूले के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्‍ने सिकाउनुभयो, यसरी तिनीहरूले कसरी जिउने र यहोवा परमेश्‍वरलाई कसरी आराधना गर्ने भन्ने कुरा जाने। यसरी परमेश्‍वरले मानवजातिलाई जीवनको सही मार्गमा डोर्‍याउनुभयो। व्यवस्थाको युगको अन्त्यतिर, मानवजातिलाई शैतानले यति गहन रूपमा भ्रष्ट तुल्याएको थियो कि तिनीहरूले व्यवस्थालाई पालन गर्न सकेनन् र झन्-झन् बढी पाप गरिरहेका थिए। पर्याप्त रूपमा पापबलि थिएन। यदि त्यो जारी रहेको भए सारा मानवजातिलाई दोषी ठहराएर मृत्युदण्ड दिइनेथियो। मानवजातिलाई मुक्ति दिनको लागि, परमेश्‍वर प्रभु येशूको रूपमा देहधारी हुनुभयो। मानिसको पाप लिँदै उहाँ हाम्रो पापबलिको रूपमा मानवजातिको लागि व्यक्तिगत रूपमा बलिदान हुनुभयो। त्यसपछि, कसैले पनि आफ्‍नो पापको लागि पापबलि चढाउनु परेन। जबसम्‍म तिनीहरूले प्रभु येशूमा विश्‍वास गर्थे, पाप स्वीकार गर्थे, र पश्‍चात्ताप गर्थे, तबसम्‍म तिनीहरूको पाप क्षमा हुन्थ्यो, र तिनीहरू परमेश्‍वरको अघि आएर उहाँले तिनीहरूलाई अनुग्रहमा दिनुहुने सबै कुरा प्राप्त गर्न सक्थे। प्रभु येशूको पापबलिविना, व्यवस्था अन्तर्गत सबैलाई दोषी ठहराएर मृत्युदण्ड दिइनेथियो, र हामी कुनै पनि हालतमा आज यहाँ हुनेथिएनौं। त्यसकारण प्रभु येशू नै सबै मानवजातिका उद्धारकर्ता, एक मात्र साँचो परमेश्‍वरको अवतार हुनुहुन्छ भन्‍ने हामीलाई थाहा छ। पवित्र आत्मा यहोवा परमेश्‍वरको आत्मा हुनुहुन्छ। उहाँ देहमा देखा पर्नुभएका यहोवा परमेश्‍वर हुनुहुन्छ। यसलाई अझै सरल रूपमा भन्दा, मानवजातिलाई उद्धार गर्न यहोवा परमेश्‍वर मानिसको रूपमा संसारमा आउनुभयो, र उहाँ नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।

अनुग्रहको युगमा, प्रभु येशूले छुटकाराको काम गर्नुभयो, र प्रभुमा विश्‍वास गर्ने सबैकाे पाप क्षमा भयो। आफ्‍नो पापक्षमाबाट शान्ति र आनन्द र परमेश्‍वरले मानिसलाई दिनुहुने सबै अनुग्रह प्राप्त गरे पनि, मानवजातिले कहिल्यै पाप गर्न छोडेन। मानिसहरू पाप गर्ने, स्वीकार गर्ने, अनि फेरि पाप गर्ने चक्रमा जिउँछन्। तिनीहरूले पवित्रता प्राप्त गरेका वा तिनीहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य बनेका छैनन्। प्रभु येशूले मानिसलाई पूर्ण रूपमा मुक्ति दिन र तिनीहरूलाई शुद्ध पार्न, आफ्‍नो राज्यमा लैजान आखिरी दिनहरूमा फेरि आउनेछु भनी प्रतिज्ञा गर्नुभएको छ। प्रतिज्ञा गर्नुभए जस्तै, परमेश्‍वर अहिले पृथ्वीमा देह बनी व्यक्तिगत रूपमा आउनुभएको छ। उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ, जसले सत्यता व्यक्त गरिरहनुभएको छ र आखिरी दिनहरूको उहाँको न्यायको काम गरिरहनुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ, यसरी परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाका रहस्यहरू प्रकट गर्नुभएको छ, र मानिसको पापको जड र परमेश्‍वर विरोधको बारेमा, शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, शैतानले मानिसलाई कसरी भ्रष्ट तुल्याउँछ, परमेश्‍वरले कसरी मानिसलाई मुक्ति दिन चरणबद्ध रूपमा काम गर्नुहुन्छ, शुद्ध पारिन र उहाँको राज्यमा प्रवेश गर्नको लागि विश्‍वासको अभ्यास कसरी गर्ने, परमेश्‍वरप्रतिको समर्पणता र प्रेम कसरी हासिल गर्ने, साथै हरेक प्रकारको व्यक्तिको परिणाम र अन्तिम गन्तव्य आदि सबै कुराको बारेमा बताउनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले बोल्‍नुभएका सत्यताहरू यति सर्वसम्‍पन्‍न छन् कि, त्यसमा कुनै पनि कुराको कमी छैन। सर्वशक्तिमान्‌ परमेश्‍वरले कति धेरै सत्यता व्यक्त गर्नुभएको छ त्यो कुरालाई हेर्दा, उहाँ नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरालाई हामी पुष्टि गर्न सक्छौं, किनभने प्रभुले यसो भनेर भविष्यवाणी गर्नुभएको छ, “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१३)। के सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू प्रकट गरिरहनुभएको कुरा प्रभु येशूको अगमवाणीको पूर्णता होइन र? के यसले उहाँ देहमा फर्कनुभएका प्रभु येशूको आत्मा हुनुहुन्छ भन्‍ने प्रमाणित गर्दैन र? त्यसकारण, सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू एउटै आत्मा हुनुहुन्छ, र सर्वशक्तिमान्‌ परमेश्‍वर मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन आउनुभएको मुक्तिदाता हुनुहुन्छ। परमेश्‍वर स्वयम्‌ले मात्र सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ। परमेश्‍वरभन्दा बाहिर, कुनै पनि मानिसले यसो गर्न सक्दैन। मानवजातिको सम्पूर्ण इतिहासभरि, कुनै पनि मानिसले सत्यताहरू व्यक्त गर्न सकेको छैन। ती सबै चर्चित र महान् व्यक्तित्वहरूले भनेका कुराहरू, र दियाबलस र दुष्ट आत्‍माहरूले ईश्‍वर भएको बहाना गरेका सबै कुराहरू भ्रम र बहकाउने झूट हुन्, जसमा एक शब्द पनि सत्यता छैन। परमेश्‍वर स्वयम्‌ले मात्र सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ। यसमा कुनै शङ्का छैन।

परमेश्‍वरले स्वर्ग, पृथ्वी, सबै थोक सृष्टि गर्नुभयो, र उहाँले मानवजातिको सृष्टि गर्नुभयो। यतिका समय उहाँले मानवजातिलाई अगुवाइ गर्न र मुक्ति दिनको लागि काम गर्दै आउनुभएको छ। हामीले आत्मविश्‍वासको साथ भन्‍न सक्छौं, स्वर्ग, पृथ्वी, र सबै थोक सृष्टि गर्न, र मानवजातिको भाग्यमाथि शासन गर्न सक्‍नुहुने सृष्टिकर्ता मात्रै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरले नै मानवजातिको सृष्टि गर्नुभएको हो, र परमेश्‍वर स्वयम्‌ले मात्रै मानिसको नियति र वृद्धि-विकासको चासो राख्‍नुहुन्छ। संसार सृष्टि गर्ने काम पूरा गरिसकेपछि, परमेश्‍वरले हामीलाई गोठालो गर्दै र हामीलाई चाहिने सबै कुरा प्रदान गर्दै हामीलाई प्रशस्‍त्र रूपमा जुटाउँदै मानवजातिमा नै ध्यान केन्द्रित गर्दै आउनुभएको छ। हामीलाई सृष्टि गरिसकेपछि उहाँ हामीबाट टाढा जानुभएन र हामीलाई बेवास्ता गर्नुभएन। जब मानवजाति आधिकारिक रूपमा पृथ्वीमा जिउन थाल्यो, परमेश्‍वरले व्यवस्थाको युगको आफ्‍नो काम सुरु गर्नुभयो र पृथ्वीमा मानिसको जीवन अगुवाइ गर्न आज्ञाहरू जारी गर्नुभयो। जब मानिस व्यवस्था पालन गर्ने नसक्‍नै गरी शैतानद्वारा भ्रष्ट बन्यो, व्यवस्था अन्तर्गत सबैले दण्डाज्ञाको सामना गरिरहेका थिए र परिवर्तन हुनै नसक्‍ने अवस्थामा पुगेका थिए, त्यसकारण परमेश्‍वर प्रभु येशूको रूपमा देहधारि हुनुभयो र मानवजातिलाई पापक्षमा दिन व्यक्तिगत रूपमा छुटकाराको काम पूरा गर्नुभयो, यसरी तिनीहरूलाई परमेश्‍वरको अनुग्रह र आशिषको आनन्द लिने मौका दिनुभयो। जब त्यो युगको अन्त्य भयो, परमेश्‍वर फेरि पनि मानवजातिलाई पापबाट र शैतानका शक्तिहरूबाट पूर्ण मुक्ति दिन मानवजातिलाई सुन्दर गन्तव्यमा लैजानको लागि आखिरी दिनहरूको न्यायको काम गर्न यस पटक सर्वशक्तिमान् परमेश्‍वरको रूपमा देहधारी हुनुभयो। परमेश्‍वरको हरेक युगकको कामको नाम फरक हुने भए पनि र उहाँले फरक काम पूरा गर्नुभएको हुने भए पनि यो सबै काम एउटै परमेश्‍वरले गर्नुहुन्छ। उहाँको एउटै आत्मा छ, र उहाँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। यो निर्विवाद कुरा हो। यो सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको यो वचन जस्तै छ, “परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको काम उहाँ आफैले व्यक्तिगत रूपमा गर्नुहुन्छ। पहिलो चरण—संसारको सृष्टि—परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा गर्नुभएको थियो र यदि त्यस्तो नभएको भए कसैले पनि मानवजातिलाई सृष्टि गर्न सक्नेथिएन; दोस्रो चरण सम्पूर्ण मानवजातिको उद्धार गर्नु थियो र यो पनि परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा आफै गर्नुभयो; तेस्रो चरणबारे केही भनिरहनुपर्दैन: यसमा परमेश्‍वरका सबै कामहरू समाप्त गर्नका लागि उहाँले काम गर्नु अझ बढी आवश्यक हुन्छ। सम्पूर्ण मानवजातिलाई उद्धार गर्ने, जित्ने, प्राप्त गर्ने र सिद्ध बनाउने काम व्यक्तिगत रूपमा परमेश्‍वर स्वयम्‌ले गर्नुहुन्छ। यदि उहाँले व्यक्तिगत रूपमा यो काम गर्नुभएन भने, मानिसद्वारा उहाँको पहिचानको प्रतिनिधित्व हुन सक्दैन, न त मानिसद्वारा उहाँको काम गरिन नै सक्छ। शैतानलाई हराउन, मानवजातिलाई प्राप्त गर्न र पृथ्वीमा मानिसलाई सामान्य जीवन दिनका लागि उहाँले मानिसलाई व्यक्तिगत रूपमा डोऱ्याउनुहुन्छ र मानिसहरूको माझमा व्यक्तिगत रूपले काम गर्नुहुन्छ; उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको खातिर र आफ्ना सबै कामका लागि उहाँले यो काम व्यक्तिगत रूपमा गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। “सुरुदेखि अहिलेसम्‍म गरिएका कार्यका तीन चरणलाई परमेश्‍वर स्वयम्ले अघि बढाउनुभएको थियो, र एउटै परमेश्‍वरले अघि बढाउनुभएको थियो। कार्यका तीन चरणको तथ्य सारा मानवजातिमाथि रहेको परमेश्‍वरको नेतृत्वको तथ्य, अर्थात् कसैले पनि इन्कार गर्न नसक्‍ने तथ्य हो। कार्यका तीन चरणको अन्त्यमा, सबै थोकलाई प्रकार अनुसार वर्गीकरण गरिनेछ र सबै परमेश्‍वरको प्रभुत्वमा फर्कनेछन्, किनभने सम्पूर्ण ब्रह्माण्डभरि यही एक मात्र परमेश्‍वर मात्रै अस्तित्वमा हुनुहुन्छ, र अरू कुनै धर्महरू छैनन्। संसारको सृष्टि गर्न नसक्नेले यसलाई अन्त्यमा पुर्‍याउन पनि सक्नेछैन, जबकी संसार सृष्टि गर्नुहुनेले अवश्य नै यसलाई अन्त्य गर्न सक्‍नुहुनेछ। त्यसकारण, यदि कुनै व्यक्तिले युगलाई अन्त्य गर्न सक्दैन र मानिसलाई उसको मस्तिष्क विकास गर्न मात्रै सहायता गर्न सक्छ भने, ऊ अवश्य नै परमेश्‍वर हुन सक्दैन, र अवश्य नै मानवजातिका प्रभु बन्‍न सक्‍नेछैन। उसले त्यस्तो महान् काम गर्न सक्‍नेछैन; त्यस्तो कार्य गर्न सक्‍ने एउटै मात्र हुनुहुन्छ, र यो काम गर्न नसक्‍ने सबै अवश्य नै शत्रुहरू हुन्, परमेश्‍वर होइनन्। सबै दुष्ट धर्महरू परमेश्‍वरसँग मेल खाँदैन, र तिनीहरू परमेश्‍वरसँग मेल नखाने हुनाले, तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्। सबै काम यही एउटै साँचो परमेश्‍वरले गर्नुहुन्छ, र सारा ब्रह्माण्डमाथि यही एउटै परमेश्‍वरले हुकुम चलाउनुहुन्छ। उहाँको इस्राएलमा भए पनि चीनमा भए पनि, त्यो कार्य आत्माले वा देहले गरे पनि, सबै परमेश्‍वर स्वयम्‌ले नै गर्नुहुन्छ, र अरू कसैले यसलाई गर्न सक्दैन। उहाँ स्पष्ट रूपमा सारा मानवजातिका परमेश्‍वर हुनुभएकोले नै उहाँले कुनै पनि सर्तहरूद्वारा नबाँधिइकन स्वतन्त्र रूपमा काम गर्नुहुन्छ—यो सबै दर्शनहरूमा सबैभन्‍दा महान् हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो)। परमेश्‍वरका वचनहरू हामी देख्‍न सक्छौं, परमेश्‍वर एउटै हुनुहुन्छ, सृष्टिकर्ता एउटै हुनुहुन्छ, परमेश्‍वर स्‍वयम्‌ले मात्र सबै थोक सृष्टि गर्न, मानवजातिको नियतिमाथि शासन गर्न, पृथ्वीमा मानिसको जीवनमा अगुवाइ गर्न, मानिसलाई मुक्ति दिन, र मानिसलाई सुन्दर गन्तव्यमा लैजान सक्‍नुहुन्छ। यो प्रकाशको पुस्तकमा भनिएको जस्तै हो, “म नै अल्फा र ओमेगा, सुरु र अन्त, पहिलो र अन्तिम हुँ(प्रकाश २२:१३)। झूटा ईश्‍वरहरूले सबै थोकको सृष्टि गर्न सक्दैनन्, मानवजातिलाई मुक्ति दिने वा युग अन्त्य गर्ने कुरा त परै जाओस्। झूटो ईश्‍वरले साँचो परमेश्‍वरले गर्नुहुने काम कहिल्यै गर्न सक्दैन। झूटो ईश्‍वरले मानिसहरूलाई भ्रममा पार्न र भ्रष्ट तुल्याउनको लागि केही चिन्‍ह र अचम्‍मका कामहरू देखाउन, वा केही झूटा शिक्षाहरू र भ्रमहरू फैलाउन मात्रै सक्छन्। तिनीहरूले मानिसहरूको मन जित्‍नको लागि र मानिसहरूलाई तिनीहरूको लागि धूप बाल्‍न र तिनीहरूलाई परमेश्‍वरको रूपमा आराधना गर्न लगाउनको लागि केही निगाह गर्न सक्छन्। तर झूटा ईश्‍वरहरूले पापक्षमा गर्न वा मानिसहरूको भ्रष्टतालाई धुन सत्यताहरू व्यक्त गर्न सक्दैनन्। तिनीहरूले निश्‍चित रूपमा मानवजातिलाई शैतानका शक्तिहरूबाट बचाउन सक्दैनन्। झूटा ईश्‍वरहरूले साँचो ईश्‍वरको रूप धारण गर्ने आँट गरेको तथ्यले तिनीहरू दुष्ट र चरम रूपमा लाज विहीन छन् भन्‍ने देखाउँछ, र अन्त्यमा परमेश्‍वरले तिनीहरूलाई बाँधेर अतल कुण्‍डमा फ्याँक्‍नुहुनेछ—तिनीहरू दण्डित हुनेछन्। परमेश्‍वरको विरुद्धमा जानेहरू सबैलाई उहाँले अन्त्यमा मेटाइदिनुहुनेछ।

त्यसकारण, साँचो परमेश्‍वरको खोजी गर्नको लागि, तपाईंले सबै थोक सृष्टि गर्नुहुने, सबै कुरामाथि शासन गर्नुहुनेलाई, मुक्ति दिन सत्यता व्यक्त गर्न र काम गर्न सक्‍नेलाई खोज्‍नुपर्छ। मुख्य कुरा यही हो। यस एक मात्र साँचो परमेश्‍वरमा विश्‍वास गरेर अनि उहाँलाई आराधना गरेर, उहाँले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेर, अनि सत्यतालाई आफ्‍नो जीवनको रूपमा प्राप्त गरेर मात्रै तपाईं पापबाट मुक्त हुन, परमेश्‍वरको मुक्ति पाउन, र सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्‍नुहुन्छ। तपाईंलाई साँचो परमेश्‍वर को हुनुहुन्छ भन्‍ने थाहा छैन भने, तपाईंले खोजी र अनुसन्धान गर्नुपर्छ। झूटा ईश्‍वरहरूले केही अचम्‍मका कामहरू देखाउन वा कुनै रोग निको पार्न सक्छन् भन्दैमा हामीले झुक्‍किएर तिनीहरूलाई साँचो परमेश्‍वर ठान्‍नु हुँदैन। यो अस्वीकार्य कुरा हो, किनभने तिनीहरू साँचो परमेश्‍वर होइनन्। झूटो ईश्‍वरको आराधना गर्नु ईश्‍वर निन्दा हो, यो परमेश्‍वरको विरुद्धमा काम गर्नु हो र यो साँचोलाई धोका दिनु सरह हो। परमेश्‍वरको स्वभावले कुनै पनि मानव उल्‍लङ्घन सहन सक्दैन, त्यसकारण झूटो ईश्‍वरमा विश्‍वास गर्ने सबैलाई परमेश्‍वरले दोषी ठहराउनुहुनेछ र नष्ट गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “पुरानो संसार अस्तित्वमा रहुन्जेल, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म खुल्लमखुल्ला मेरा प्रशासनिक आदेशहरू जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु: मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरो इच्‍छाविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिन्छु र तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी अपराधमुक्त गरेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असंख्य मानिसहरू र असंख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र सारा मानवजातिले आफ्‍नै आँखाले देख्‍ने गरी म आफ्‍नै आवाजमा पृथ्वीतर्फ उच्‍च सोरले कराउनेछु र तिनीहरूको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्नेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

विपत्तिहरू वृद्धि भइरहेका छन् र सबै विश्‍वासीहरूले मुक्तिदाताको पुनरागमनको उत्कट रूपमा प्रतीक्षा गरिरहेका छन्, यसरी आफू निदाइरहेको बेला...

विश्‍वासद्वारा पाइने मुक्तिले परमेश्‍वरको राज्यमा प्रवेश प्राप्त हुन्छ?

महामारी निरन्तर फैलिरहेको छ, र भूकम्प, बाढीपहिरो, कीराफट्याङ्ग्राको महामारी, अनिकालहरू पैदा हुन थालेका छन्। धेरै मानिसहरू निरन्तर चिन्ताको...

देहधारण भनेको के हो

हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्‍वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्