मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

22 डिसेम्बर 2021

हामी सबैलाई थाहै छ, २,००० वर्ष पहिले, प्रभु येशू मानवजातिलाई छुटकारा दिन यहूदियामा देखा पर्नुभयो र काम गर्नुभयो, र यसो भनेर प्रचार गर्नुभयो “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभयो र धेरै वटा चिन्‍ह र अचम्‍मका कामहरू प्रकट गर्नुभयो, अनि यहूदिया राष्ट्रलाई हल्‍लाउनुभयो। यहूदी धर्मका प्रमुख अगुवाहरूले प्रभु येशूका काम र वचनहरू कति अख्तियारपूर्ण र शक्तिशाली छन् भन्‍ने देखे, र उहाँले सधैँ अनुयायीहरू प्राप्त गरिरहनुभएको थियो। यी अगुवाहरूलाई येशूको कामले तिनीहरूको हैसियतलाई खतरामा पारेको छ भन्‍ने लाग्यो, त्यसकारण तिनीहरूले उहाँको विरुद्धमा प्रयोग गर्ने कुराहरू खोज्न, अफवाह र झूटहरू फैलाउन, येशूलाई दोष दिन र उहाँलाई पछ्याउनबाट मानिसहरूलाई रोक्‍न थाले। येशू आत्मिक रूपमा नभएर मानिसको पुत्रको रूपमा हुनुभएकोले, यसले तिनीहरूलाई अझै लज्‍जित र अनियन्त्रित तुल्यायो। उहाँका कार्य र वचनहरू व्यवस्थाभन्दा बाहिर गएको तथ्यलाई नै तिनीहरूले उहाँलाई पागलले झैँ दोष दिने र खेदो गर्ने, र उहाँलाई क्रूसमा टाँग्‍ने बहानाको रूपमा प्रयोग गरे। यसले गर्दा परमेश्‍वरले दण्डाज्ञा जारी गरी दण्ड दिनुभयो, जसले इस्राएलको राज्यलाई २,००० वर्षसम्‍म बरबाद गर्यो। अब आखिरी दिनहरूमा येशू देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा फर्केर मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सत्यताहरू व्यक्त गर्दै परमेश्‍वरको घरबाट सुरु गरी न्यायको काम गरिरहनुभएको छ। परमेश्‍वरको देखा-पराइको तृष्णा गर्ने सबै सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेका छन्, परमेश्‍वरको आवाज सुनेर सर्वशक्तिमान् परमेश्‍वरकहाँ फर्केका छन्। तर धेरै जना धार्मिक अगुवाहरूले यसलाई स्वीकार गर्न सक्दैनन्। तिनीहरूका असल भेडाहरूले बगाललाई छोडेका छन् र तिनीहरूको हैसियत र जीविकोपार्जन खतरामा परेको छ, र तिनीहरूले यो कुरालाई सहन सक्दैनन्। तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको देखा-पराइ र कार्यलाई इन्कार गर्न र दोष दिन सबै प्रकारका झूटहरू रचना गरिरहेका छन्, यसरी विश्‍वासीहरूलाई बहकाउन र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्‍नका लागि सबथोक गरिरहेका छन्। तिनीहरू भन्छन्, प्रभु येशूले पहिले नै मानवजातिलाई छुटकारा दिनुभएको छ र परमेश्‍वरको मुक्ति पूर्ण छ, र उहाँ आउनुभएपछि उहाँले विश्‍वासीहरूलाई उठाइलैजानुहुनेछ। अब मुक्तिको कुनै काम बाँकी छैन। तिनीहरूले यस्तो हल्‍ला समेत गर्छन्: “यदि प्रभु फर्केर आउनुहुन्छ र हामीलाई राज्यमा लैजानुहुन्‍न भने, उहाँ वास्तवमा प्रभु हुनुहुन्‍न! देहमा न्यायको काम गर्नुहुने प्रभु वास्तवमा प्रभु हुनुहुन्‍न! हाम्रो उठाई भयो भने मात्रै उहाँ हामीले विश्‍वास गरेको प्रभु हुनुहुन्छ!” विशेषगरी जब तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर आत्ममा हुनुहुन्‍न, तर सामान्य मानिसको पुत्र हुनुहुन्छ भन्‍ने देख्छन्, तब तिनीहरू अझै अटेरी बन्छन् र उहाँलाई अझै गहन रूपमा दोष दिने र निन्दा गर्ने गर्छन्। तिनीहरूले सुसमाचार प्रचार गर्ने विश्‍वासीहरूलाई पक्राउ गर्न कम्युनिस्ट पार्टीसँग सहकार्य समेत गर्छन्। तिनीहरूले आफ्‍नो कार्य-व्यवहारद्वारा, परमेश्‍वरलाई फेरि पनि क्रूसमा चढाउँछन्। यसको बारेमा विचार गर्नुहोस्। किन परमेश्‍वरको हरेक चरणको कामलाई धार्मिक संसारले इन्कार गरेको, दोष दिएको, र विरोध गरेको छ? किनभने मानवजातिलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ। हरेकमा शैतानी प्रकृति छ; हरेकले सत्यतालाई घृणा गर्छ र यसप्रति दिक्‍क मान्छ। अर्को कारण के हो भने, मानिसहरूले परमेश्‍वरको कार्यलाई बुझ्दैनन्, त्यसकारण तिनीहरूले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामलाई यो जति सरल छ, त्योभन्दा सरल ठान्छन्। इस्राएलीहरूले के विश्‍वास गर्थे भने परमेश्‍वरको व्यवस्थाको युगको काम समाप्त भएपछि, तिनीहरूले व्यवस्था पालन मात्रै गर्नुपर्छ अनि तिनीहरूले मुक्ति पाउनेछन्, र जब मसीह आउनुहुन्छ, तब तिनीहरूलाई सीधै राज्यमा लगिनेछ। अनि के भयो? प्रभु येशू आउनुभयो र यहूदी मानिसहरूले उहाँलाई क्रूसमा टाँग्‍न लगाए। अनुग्रहको युगका मानिसहरूले के सोच्थे भने येशूको छुटकाराद्वारा सधैँका लागि तिनीहरूको पापक्षमा भएको छ र तिनीहरूले मुक्ति पाएका छन्, त्यसकारण प्रभु आउनुहुँदा तिनीहरू सीधै स्वर्गमा लगिनुपर्छ। अनि के भयो? सर्वशक्तिमान् परमेश्‍वर आउनुभएको छ, र धार्मिक संसारले शैतानको राज्यसँग मिलेर उहाँलाई फेरि क्रूसमा टाँगेको छ। तिनीहरूले के विचार गर्छन् भने जब प्रभु येशूले आफ्‍नो काम पूरा गर्नुभयो, तब परमेश्‍वरको मुक्तिको काम पनि पूरा भयो। तर के यो साँच्‍चै सत्य हो त?

वास्तवमा, परमेश्‍वरले गर्नुहुने हरेक चरणको कामको बारेमा धेरै पहिले नै अगमवाणी गरिएको छ। जब येशू छुटकाराको कामका लागि आउनुभयो, तब अगमवक्ताहरूले पहिले नै उहाँको आगमनको बारेमा भविष्यवाणी गरिसकेका थिए। “एउटी कन्याले गर्भधारण गरेर, एउटा छोरा जन्‍माउनेछिन्, र उहाँको नाम इम्‍मानुएल राख्‍नेछिन्(यशैया ७:१४)। “किनकि हाम्रा निम्ति एउटा बालक जन्मेको छ, हामीलाई एउटा पुत्र दिइएको छ: र सरकार उहाँको काँधमा हुनेछ: र उहाँको नाम अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्त पिता, शान्तिको राजकुमार हुनेछ(यशैया ९:६)। र परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको विषयमा, धेरै वटा बाइबलीय अगमवाणीहरू छन्, कम्तीमा पनि २०० वटा छन्। प्रभु येशू के भन्‍नुभएको छ, हेरौं। “मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ(यूहन्‍ना ५:२२)। र पत्रुसको पुस्तकमा यसो भनिएको छ: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। परमेश्‍वरको कामको बारेमा चासो लिनेहरू जोकोहीले यसको आधार सजिलै भेट्टाउन सक्छ, त्यसपछि तिनीहरूले आक्रमक भई, दृढ रूपमा परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने जोड दिँदैनन्। यसले मात्रै पनि मानवजाति शैतानद्वारा कति गहन रूपमा भ्रष्ट भएको देखाउँछ। सबै मानिसमा शैतानी प्रकृति हुन्छ, र मानिसहरू परमेश्‍वरका शत्रु हुन् भनेर भन्दा अत्योक्ति हुँदैन। हामी सबैले यो तथ्यलाई देखेका छौं: व्यवस्थाको युगदेखि अनुग्रहको युगको येशूको छुटकारासम्‍म, र अहिले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वरले यी युगहरूको कार्यलाई समापन गर्न देहमा न्यायको काम गरिरहनुभएको अवस्थालाई हेर्दा, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम तीन चरणमा भएका छन् भन्‍ने कुरा स्पष्ट छ। तब उहाँको मुक्तिको कामलाई तीन वटा चरणमा अघि बढाउनु किन आवश्यक छ? यो मानिसहरूले बुझ्‍न नसक्‍ने कुरा हो, जसले गर्दा धेरैले परमेश्‍वरको कामलाई इन्कार र निन्दा गरेका छन्। यसका परिणामहरू भयानक छन्। त्यही कारणले गर्दा आज हामी परमेश्‍वरले तीन चरणको काम गर्नुको कारणबारे छलफल गरिरहेका छौं।

सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको कामले उहाँको व्यवस्थापन योजनाका सबै रहस्यहरूलाई प्रकट गरेको छ। यसलाई अझै राम्ररी बुझ्‍नका लागि हामी सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पढौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ, त्यसअनुसार हुन्छ। … मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरको मुक्तिको काम तीन चरणमा भएको छ भन्‍ने कुरा हामी देख्‍न सक्छौं। ती व्यवस्थाको युगमा यहोवा परमेश्‍वरको काम, अनुग्रहको युगमा प्रभु येशूको छुटकाराको काम, र राज्यको युगमा सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम हुन्। यी तीन चरणका काममा परमेश्‍वरको मुक्तिको पूर्ण कार्य समावेश हुन्छ, र यसरी परमेश्‍वरले मानवजातिलाई शैतानका शक्तिहरूबाट चरणबद्ध रूपमा मुक्ति दिनुहुन्छ, ताकि हामी परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन सकौं। हरेक चरणको महत्त्व निकै ठूलो छ। यो सबै मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाको अपरिहार्य काम हो, अनि भ्रष्ट मानवजातिलाई पाप र शैतानका शक्तिहरूबाट मुक्ति दिने प्रक्रियाको महत्त्वपूर्ण भागहरू हुन्।

यसपछि, म परमेश्‍वरको कामका तीन चरणहरूलाई उहाँकै वचनहरूको आधारमा छोटकरीमा व्याख्या गर्छु। सुरुमा हामी मानिसको मुक्तिका लागि परमेश्‍वरको पहिलो चरणको कामको बारेमा कुरा गरौं: व्यवस्थाको युगको काम। परमेश्‍वरले व्यवस्थाको युगको आफ्‍नो काम अघि बढाउनुभन्दा पहिले, मानिसहरू पूर्ण रूपमा मूर्ख थिए भन्‍ने हामी सबैलाई थाहा छ। परमेश्‍वरको आराधना कसरी गर्ने वा पृथ्वीमा आफ्‍नो जीवन कसरी जिउने त्यो तिनीहरूलाई थाहा थिएन। तिनीहरूले निरन्तर पाप गरिरहेका र परमेश्‍वरलाई चिढ्याइरहेका हुन्थे, र पाप के हो भन्‍ने समेत तिनीहरूलाई थाहा थिएन। मानिसहरूलाई पापबाट अलग रहन र उचित रूपमा जिउन सहयोग गर्नका लागि, परमेश्‍वरले व्यवस्थाको युगको काम सुरु गर्नुभयो। यसको बारेमा हामी परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढौं है त। “व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यहोवाले इस्राएलीहरूको निम्ति दिनुभएको थियो, र मिश्रसँग ती आज्ञाहरूको केही पनि सम्बन्ध थिएन; इस्राएलीहरूलाई नियन्त्रण गर्नको निम्ति ती आज्ञाहरू दिइएका थिए र उहाँले तिनीहरूलाई मागहरू गर्नको निम्ति ती आज्ञाहरूको प्रयोग गर्नुभयो। तिनीहरूले शबाथको दिनको पालना गर्ने कि नगर्ने, वा आफ्ना आमाबाबुलाई आदर गर्ने कि नगर्ने वा मूर्तिहरूको पूजा गर्ने कि नगर्ने—तिनीहरू धर्मी छन् कि पापी छन् भन्‍ने कुराको न्याय यिनै सिद्धान्तहरूका आधारमा गरिन्थ्यो। तिनीहरूमध्ये कोहीलाई यहोवाको आगोद्वारा भस्म पारियो, कोहीलाई ढुङ्गाले हानेर मारियो र कोहीले यहोवाबाट आशिष् प्राप्त गरे, अनि तिनीहरूले आज्ञाहरू पालना गरेका छन् कि छैनन् भन्‍ने कुराको आधारमा यसको तय गरिन्थ्यो। शबाथको दिन पालना नगर्नेहरूलाई ढुङ्गाले हानेर मारियो। शबाथको दिन पालना नगर्ने पूजाहारीहरूलाई यहोवाको आगोले भस्म पार्‍यो। आफ्ना आमाबाबुको आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारिए। यी सबै कुराको आज्ञा यहोवाले नै दिनुभएको थियो। मानिसहरूको जीवनलाई अगुवाइ गर्ने क्रममा तिनीहरूले उहाँका वचन सुनून् र तिनको पालना गरून् अनि उहाँको विरोधी नहोऊन् भनेर यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो। नयाँ जन्मेका मानवजातिलाई नियन्त्रणमा राख्‍न र योभन्दा बढी त आफ्नो भविष्यको कार्यको निम्ति जग तयार गर्नको निम्ति उहाँले यी व्यवस्थाहरूको प्रयोग गर्नुभयो। यसैले यहोवाले गर्नुभएको कार्यलाई आधार मानेर नै पहिलो युगलाई व्यवस्थाको युग भनिएको हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। व्यवस्थाको युगको काम)। व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरले व्यवस्था र आज्ञाहरू जारी गरी, मानवजातिलाई परमेश्‍वरको आराधना कसरी गर्ने र आफ्‍नो जीवन कसरी जिउने सो सिकाउनुभयो। व्यवस्थालाई पालन गर्नेहरूले परमेश्‍वरको सुरक्षा र आशिष्‌हरू प्राप्त गरे, जब कि व्यवस्थालाई उल्‍लङ्घन गर्नेहरूले पापक्षमा पाउन आफ्‍नो पापका लागि बलिदानहरू चढाउनुपर्थ्यो। नत्र भने तिनीहरूले परमेश्‍वरको दण्ड र दण्डाज्ञाको सामना गर्नुपर्थ्यो। व्यवस्थाको युगका मानिसहरूले व्यक्तिगत रूपमा नै परमेश्‍वरको धार्मिकता र क्रोधलाई, उहाँको उल्‍लङ्घन गर्न नसकिने स्वभावलाई चिनेका थिए, र तिनीहरूले उहाँको कृपा र आशिष्‌हरू चिनेका थिए। त्यही कारणले गर्दा हरेक व्यक्तिले यहोवा परमेश्‍वरको डर मान्थे र उहाँको व्यवस्था र आज्ञाहरू पालना गर्थे। तिनीहरूसँग परमेश्‍वरको सुरक्षा थियो र तिनीहरूले पृथ्वीमा उचित जीवन जिए। अब हामी यस कुरालाई विचार गरौं: परमेश्‍वरले व्यवस्थाको युगको काम नगर्नुभएको भए, मानवजातिलाई के हुनेथियो? व्यवस्थाका प्रतिबन्धहरू वा परमेश्‍वरको अगुवाइ नभएको भए, सारा मानवजाति पूर्ण अराजकता र शैतानको पकडमा पर्नेथिए। परमेश्‍वरले मानवजातिलाई व्यवस्था दिनुभएको कार्य अत्यन्तै महत्त्वपूर्ण कार्य थियो! उहाँले व्यवस्थाको युगमा गर्नुभएको कामले मानिसलाई पाप के हो, र धार्मिकता के हो सो सिकायो, र यसले मानिसलाई पाप गरेमा प्रायश्चितका लागि बलिदान चाहिन्छ भन्‍ने देखायो। परमेश्‍वरको पहिलो चरणको कामले मानवजातिलाई उसको जीवनको सही मार्गमा मात्रै ल्याएन, तर यसले अनुग्रहको युगमा गरिएको छुटकाराको कामको निम्ति जग निर्माण, बाटो बनाउने काम पनि गर्यो।

व्यवस्थाको युगको अन्त्यतिर, सारा मानवजातिलाई शैतानले यति गहन रूपमा भ्रष्ट तुल्याएको थियो कि तिनीहरूले झन्-झन् बढी पाप गरिरहेका थिए, र व्यवस्थाले तिनीहरूलाई नियन्त्रण गर्नै सकेन। तिनीहरूसँग आफ्‍नो पापका लागि पर्याप्त बलिदानहरू थिएन, त्यसकारण व्यवस्थाको अधीनमा तिनीहरूले दण्ड-आज्ञा र मृत्युदण्डको सामना गरिरहेका थिए अनि सबैले आफ्‍नो पीडामा परमेश्‍वरलाई पुकारिरहेका थिए। त्यसकारण, परमेश्‍वर व्यक्तिगत रूपमा नै प्रभु येशूको रूपमा देह बन्‍नुभयो र छुटकाराको काम गर्नुभयो, यसरी उहाँले राज्यको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका थप वचनहरू पढौं। “अनुग्रहको युगको अवधिमा, येशू (इस्राएलीहरूलाई मात्रै नभई) सारा पतित मानवजातिलाई छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र प्रेमिलो-दयालुपन देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू प्रेमिलो-दयालुपनले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति उहाँ सँधै प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्त गर्नको लागि आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्त गर्नुअघिसम्‍म, उहाँ मानिसहरूका पाप क्षमा गरिदिन सक्षम हुनुहुन्थ्यो। यो अवधिमा, कृपा र प्रेमिलो-दयालुपनसहित परमेश्‍वर मानिससामु देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसको लागि पापबलि बन्‍नुभयो र मानिसको पापहरूको निम्ति क्रूसमा टाँगिनुभयो, ताकि तिनीहरूलाई सदाको लागि क्षमा दिन सकियोस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। “येशूको छुटकाराबिना, मानवजाति सदा पापमा जिउनेथ्यो र पापको सन्तान बन्‍नेथ्यो, दुष्टका सन्तान बन्‍नेथ्यो। यही कुरा नै जारी रहेको भए, पुरै संसार शैतान बस्‍ने जगत्, शैतानको बासस्थल बन्‍नेथ्यो। यद्यपि, छुटकाराको कार्यको लागि मानवजातिप्रति कृपा र प्रेमिलोदयालुपन देखाउन आवश्यक थियो; त्यस्तो माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः परमेश्‍वरद्वारा पूर्ण पारिने र पूरै रूपमा प्राप्त गरिने हक पाउन सक्थ्यो। यस चरणको कार्यबिना, यो छ-हजार-वर्षे व्यवस्थापन योजनाले प्रगति गर्न सक्दैनथ्यो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीहरू निको पार्ने र भूतहरू भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिँदैनथ्यो। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षको अवधिमा, उहाँले आफ्नो छुटकाराको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, उहाँले क्रूसमा टाँगिएर र पापी देहको स्वरूप बनेर अनि दुष्टको हातमा आफैलाई सुम्पिएर क्रूसीकरणको कार्यलाई पूरा गर्नुभयो र मानवजातिको भवितव्यलाई काबू गर्नुभयो। उहाँले आफूलाई शैतानको हातमा सुम्पिनुभएपछि मात्रै मानवजातिलाई छुटकारा दिलाउनुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्‍नुभयो, उहाँको गिल्ला गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, यहाँसम्म कि उहाँको शिर राख्‍ने ठाउँ थिएन, विश्राम गर्ने स्थान थिएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्वसहित—एउटा पवित्र र निर्दोष शरीरसँगै—क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरप्रकारको कष्ट सहनुभयो। सत्तामा रहेकाहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सैनिकहरूले उहाँको मुखमा समेत थुके; तैपनि उहाँ चुप भई बस्‍नुभयो र अन्त्यसम्मै सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुससम्मै सुम्पिनुभयो, र यसमार्फत उहाँले सबै मानवजातिलाई छुटकारा दिलाउनुभयो। तब मात्रै उहाँले विश्राम लिन पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो आखिरी दिनहरूको कार्यको प्रतिस्थापन नै थियो। अनुग्रहको युग अर्थात् दोस्रो युग—मानवजातिले पार गरिसकेको छुटकाराको युग—मा येशूले गर्नुभएको कार्यको सार यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा)। जब येशू हाम्रो बीचमा जिउनुभयो, उहाँले यसो भनेर प्रचार गर्नुभयो “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। उहाँले मानिसलाई पाप स्वीकार गर्न र पश्‍चात्ताप गर्न, अरूलाई आफूलाई जस्तै प्रेम गर्न, अरूलाई सात गुणा सत्तरी पटक क्षमा दिन, परमेश्‍वरलाई हाम्रो सारा हृदय, प्राण, र मनले प्रेम गर्न, परमेश्‍वरलाई आत्मा र सत्यतामा आराधना गर्न, र यस्ता धेरै कुरा सिकाउनुभयो। येशूले मानिसहरूलाई परमेश्‍वरको इच्‍छा के छ भनी देखाउनुभयो र तिनीहरूलाई तिनीहरूको विश्‍वासमा पृथक उद्देश्य र दिशा प्रदान गर्नुभयो। यो व्यवस्था र नियमहरूका सीमाभन्दा बाहिरको कदम थियो। उहाँले धेरै चिन्‍हहरू र आश्‍चर्यकर्महरू पनि देखाउनुभयो, यसरी उहाँले बिरामीलाई निको पार्ने, भूतहरू धपाउने, र पापक्षमा गर्ने काम गर्नुभयो। उहाँ सहनशीलता र धैर्यताले भरिनुभएको थियो। हरेक व्यक्तिले परमेश्‍वरको प्रेम र कृपा, उहाँको प्रेमिलोपनलाई अनुभव गर्न सक्थे, र परमेश्‍वरको नजिक आउन सक्थे। अन्त्यमा, प्रभु येशूलाई अनन्त पापबलिको रूपमा क्रूसमा टाँगियो, र उहाँले एक पटक सधैँका लागि हाम्रो पाप क्षमा गर्नुभयो। त्यसपछि, मानिसहरूले आफ्‍नो पापको क्षमा पाउन पाप स्वीकार गरेर प्रभुमा पश्‍चात्ताप मात्रै गर्नुपर्थ्यो, र तिनीहरू व्यवस्था अन्तर्गत दोषी ठहरिँदैनथिए अनि दण्डित हुँदैनथिए। तिनीहरू प्रार्थनामा परमेश्‍वरको अघि आउन पनि सक्थे, र प्रभुले दिनुभएको शान्ति, आनन्द, र प्रशस्‍त आशिष्‌हरूमा रमाउन पनि सक्थे। स्पष्टै छ, येशूले गर्नुभएको छुटकाराको काम मानवजातिका लागि सबैभन्दा ठूलो आशिष्‌ रहेको छ, यसले हामीलाई निरन्तर बाँच्‍न र आजसम्‍म उन्‍नति गर्न सहयोग गरेको छ।

त्यसो भए, प्रभु येशूले आफ्‍नो काम पूरा गर्नुभएको र हामीलाई शैतानको पकडबाट छुटकारा दिनुभएको हुनाले, के त्यसको अर्थ परमेश्‍वरको मुक्तिको काम पूरा भएको छ भन्‍ने हुन्छ? के यसको अर्थ हामीलाई परमेश्‍वरको मुक्तिको थप कुनै काम चाहिँदैन भन्‍ने हुन्छ? यसको उत्तर हो: हुँदैन। परमेश्‍वरको काम समाप्त भएको छैन। मानवजातिलाई अझै पनि परमेश्‍वरको मुक्तिको कामको अर्को चरणको खाँचो छ। प्रभु येशूले मानिसलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप क्षमा भएको छ, तर हाम्रो पापी प्रकृति अझै समाधान भएको छैन। हामी हाम्रो पापी प्रकृतिद्वारा उत्प्रेरित छौं, र जहिल्यै पनि भ्रष्टतामा जिइरहेका हुन्छौं। हामी सधैँ झूट नबोली र पाप नगरी बस्‍न सक्दैनौं। हामी प्रभुको विरुद्धमा विद्रोह गर्छौं र उहाँलाई विरोध गर्छौं, र उहाँका वचनहरूलाई अभ्यास गर्न सक्दैनौं। हामी सबै पापसँग पीडादायी संघर्ष गर्दै पाप गर्ने, स्वीकार गर्ने, अनि फेरि पाप गर्ने चक्रमा जिउँछौं। पापको बन्धन र नियन्त्रणबाट कोही पनि उम्कन सक्दैन। त्यसकारण, पापबाट उम्‍कन नसक्‍ने मानिसहरू न्याय र शुद्धीकरणविना राज्यमा साँच्‍चै उठाइलगिन सक्छन् त? अवश्‍य नै सक्दैनन्। परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ। “पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्‍नेछैन(हिब्रू १२:१४)। अझै पाप गर्ने र उहाँको विरोध गर्नेहरूलाई परमेश्‍वरले कहिल्यै पनि आफ्‍नो राज्यमा प्रवेश गर्न दिनुहुन्‍न। त्यही कारणले गर्दा, प्रभु येशूले आफ्‍नो छुटकाराको काम पूरा भएपछि फेरि आउनेछु भनी प्रतिज्ञा गर्नुभयो। प्रभु येशूको पुनरागमनको उद्देश्य मानिसको पापी प्रकृतिलाई पूर्ण रूपमा समाधान गर्नु, हामीलाई पापबाट मुक्त गर्नु हो, ताकि हामी पवित्र बनेर परमेश्‍वरको राज्यमा प्रवेश गर्न सकौं। प्रभु येशूले भन्‍नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। प्रकाशको पुस्तकले पनि यसो भनेर अगमवाणी गरेको छ: “तिनले उच्‍च सोरमा भने, परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ(प्रकाश १४:७)। प्रभु येशूले आफ्‍नो पुनरागमन भएपछि सत्यताहरू व्यक्त गर्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, अनि मानिसलाई सबै सत्यतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भन्‍ने हामी देख्‍न सक्छौं। त्यो भनेको मानवजातिलाई पाप र शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिनु, हामीलाई परमेश्‍वरको राज्यमा ल्याउनु हो। यो परमेश्‍वरको कामको त्यो चरण हो जसको बारेमा धेरै पहिले नै योजना गरिएको थियो, र यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्तिम चरण हो। सत्यताको यो पक्षलाई अझै राम्ररी बुझ्‍नका लागि हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका केही वचन पढौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४))।

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

यो पढेपछि यसले हामीलाई परमेश्‍वरले आखिरी दिनहरूमा किन न्यायको काम गरिरहनुभएको छ भन्‍ने कुरा देख्‍न सहयोग गर्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको छुटकाराको कामले हामीलाई हाम्रो पापको निम्ति क्षमा दियो, तर हाम्रो पापी प्रकृति अझै पनि अत्यन्तै गहन रूपमा गाडिएको हुन्छ। हामीलाई के कुराको खाँचो छ भने, मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिनका लागि परमेश्‍वरले अझै धेरै सत्यता व्यक्त गर्नुभएको होस् र न्यायको कामको चरण पूरा गर्नुभएको होस्। अर्थात्, प्रभु येशूको छुटकाराको कामले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामका लागि बाटो मात्रै तयार गर्यो, किनभने यो न्यायको काम परमेश्‍वरको मुक्तिको कामको सबैभन्दा मुख्य, र सबैभन्दा केन्द्रीय भाग हो। यो पूर्ण मुक्ति र राज्यमा प्रवेश गर्ने हाम्रो एउटै मात्र मार्ग हो। जब कामको यो चरण पूरा हुन्छ, तब मानिसको भ्रष्ट स्वभाव धोइनेछ र हामी सबैले पाप गर्न र परमेश्‍वरको विरोध गर्न छोड्नेछौं। हामी सबैले परमेश्‍वरमा साँचो रूपमा समर्पित हुन र उहाँलाई प्रेम गर्न सक्‍नेछौं, र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम पूरा हुनेछ। परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाको पूर्णता त्यही नै हुनेछ। आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभयो र काम गर्न थाल्‍नुभयो, यसरी अनुग्रहको युगलाई समाप्त गरेर राज्यको युगको सुरुवात गर्नुभयो। उहाँले मानवजातिलाई धुन र पूर्ण रूपमा मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्नुभएको छ, यसरी उहाँले परमेश्‍वरको व्यवस्थापन योजनाका सबै रहस्यहरूलाई प्रकट मात्रै गर्नुभएको छैन, परमेश्‍वरको विरुद्धमा जाने मानिसको सबै शैतानी प्रकृति र स्वभावहरूलाई न्याय गर्ने र खुलासा गर्ने, अनि परमेश्‍वर सम्‍बन्धी हाम्रा सबै धारणाहरू र हाम्रो विश्‍वासमा रहेका हाम्रा गलत विचारहरूलाई प्रकट गर्ने काम पनि गर्नुभएको छ। उहाँले हामीलाई पापबाट उम्‍कने र पूर्ण मुक्ति पाउने मार्ग, साथै अरू धेरै कुरा दिनुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू अमूल्य छन्! यी सबै शुद्ध हुन र पूर्ण मुक्ति पाउनका लागि मानिसहरूमा हुनुपर्ने सत्यताका वास्तविकताहरू हुन्, ती परमेश्‍वरले व्यवस्थाको युग वा अनुग्रहको युगमा कहिल्यै नबोल्‍नुभएका वचनहरू हुन्। परमेश्‍वरले हामीलाई आखिरी दिनहरूको अनन्त जीवनको मार्गमा ल्याउनु भनेको यही हो। उहाँको न्यायबाट गुज्रेका परमेश्‍वरका धेरै जना चुनिएका मानिसहरूले आफ्‍नो भ्रष्टता र परमेश्‍वर-विरोधी शैतानी प्रकृतिलाई देखेका छन्, परमेश्‍वरको धर्मी, उल्‍लङ्घन गर्न नसकिने स्वभावको साँचो बुझाइ प्राप्त गरेका छन्, र परमेश्‍वरप्रति श्रद्धाभावको विकास गरेका छन्। तिनीहरू आखिरमा पापका बन्धनहरूबाट मुक्त हुन्छन् र साँचो मानव रूपमा जिउँछन्। तिनीहरू सबैसँग पापबाट पूर्ण स्वतन्त्र भएको र शैतानमाथि विजय पाएको उल्‍लेखनीय गवाही छ। परमेश्‍वरका चुनिएका मानिसहरू सबैलाई के थाहा हुन्छ भने परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम साँच्‍चै नै मानवजातिप्रतिको उहाँको अन्तिम मुक्ति हो! यो न्यायको कामविना, हामीले कहिल्यै पनि हाम्रो आफ्‍नै भ्रष्टताको सत्यतालाई देख्‍नेथिएनौं, हामीले हाम्रो आफ्‍नै पापको जरालाई चिन्‍नेथिएनौं, र हामीले हाम्रो भ्रष्ट स्वभावलाई कहिल्यै पनि धुन र परिवर्तन गर्न सक्‍नेथिएनौं। सर्वशक्तिमान्‌ परमेश्‍वरले पहिले नै विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ, र उहाँको राज्यको सुसमाचार विश्‍वभरि फैलिएको छ। यी तथ्यहरूले के देखाउँछन् भने, सर्वशक्तिमान्‌ परमेश्‍वरले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ र सबै महिमा प्राप्त गर्नुभएको छ, र उहाँको ६,०००-वर्षे व्यवस्थापन योजना पूरा भएको छ। ठूला-ठूला विपत्तिहरू सुरु भएका छन्, र परमेश्‍वरको विरोध गर्ने सबै दुष्कर्मीहरूलाई विपत्तिहरूमा दण्ड दिइनेछ र नष्ट गरिनेछ, न्यायको अनुभव गर्ने र शुद्ध पारिनेहरूलाई परमेश्‍वरले विपत्तिहरूमा रक्षा गरेर राख्‍नुहुनेछ। त्यसपछि नयाँ स्वर्ग र पृथ्वी हुनेछ—पृथ्वीमा ख्रीष्टको राज्य प्रकट हुनेछ, र बाँकी रहेकाहरू सबै परमेश्‍वरका मानिसहरू हुनेछन्, जो परमेश्‍वरको राज्यमा सदासर्वदा बास गर्नेछन् र जसले उहाँका आशिष्‌हरू र प्रतिज्ञा प्राप्त गर्नेछन्। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई साँचो रूपमा पूरा गर्छ: “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेको छ; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ(प्रकाश ११:१५)। “अनि मैले स्वर्गबाट यसो भनिएको ठूलो आवाज सुनेँ, हेर, परमेश्‍वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्‍नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसुहरू पुछिदिनुहुनेछ; अनि त्यहाँ कुनै मृत्यु हुनेछैन, न शोक, न त रोदन नै हुनेछ, न त त्यहाँ कुनै पीडा नै हुनेछ: किनकि अगाडिका कुराहरू बितिगएका छन्(प्रकाश २१:३-४)

यस विन्दुमा हामी परमेश्‍वरको कामका तीन चरणहरू कति बहुमूल्‍य र व्यवहारिक छन् भन्‍ने कुरा देख्‍न सक्छौं! हरेक चरण मानिसको पापको समस्यालाई समाधान गर्न र एउटै उद्देश्य पूरा गर्नका लागि हो। अर्थात, मानवजातिलाई शैतानको शक्ति र पापबाट चरणबद्ध रूपमा मुक्ति दिनु हो, ताकि हामीले परमेश्‍वरको राज्यमा प्रवेश गर्न र उहाँका प्रतिज्ञा र आशिष्‌हरू प्राप्त गर्न सकौं। कामको हरेक चरण अर्को चरणसँग जोडिएको हुन्छ, र हरेक चरण विगतको चरणको जगमा निर्मित हुन्छ, र हरेक नयाँ चरण पहिलेको भन्दा गहन र उच्‍च हुन्छ। ती चरणहरू अत्यन्तै नजिकबाट जोडिएका छन्, अलग गर्न नसकिने छन्, र कुनै पनि चरणले अर्को चरणविना काम गर्नेथिएन। हेर्नुहोस् त, व्यवस्थाको युगको कामविना, पाप भनेको के हो कसैलाई पनि थाहा हुनेथिएन, र पापमा जिएर हामी सबैलाई शैतानले कुल्चीमिल्ची गर्नेथियो। हामीलाई शैतानले खोसेर लैजानेथियो अनि मेटाउनेथियो। अनुग्रहको युगको छुटकाराको कामविना, मानवजातिलाई धेरै पाप गरेको कारण दण्ड दिइनेथियो र हामी आजको दिनसम्‍म बाँच्‍नेथिएनौं। त्यसोभए परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम नगर्नुभएको भए के हुनेथियो? यसविना, हामी पापको बन्धनबाट कहिल्यै पनि उम्कनेथिएनौं वा स्वर्गको राज्यमा प्रवेश गर्न योग्यका हुनेथिएनौं। हामी अत्यन्तै पापी भएको कारण नष्ट हुनेथियौं। स्पष्टै छ, कामका यी तीन चरणहरूमध्ये एउटा काम नभएको भए, मानवजाति शैतानको स्वामित्वमा हुनेथियो र कहिल्यै पनि पूर्ण रूपमा मुक्ति पाउन सक्‍नेथिएन। कार्यका तीन चरणमा मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको पूर्ण व्यवस्थापन योजना समावेश छ। हरेक चरण अघिल्‍लो चरणभन्दा निकै महत्त्वपूर्ण छ, र ती सबै मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अति सावधान बन्दोबस्तहरू हुन्। यसले हामीलाई मानवजातिप्रतिको परमेश्‍वरको महान् प्रेम र मुक्ति देखाउँछ, र हामीलाई उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता देखाउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको छ, “मेरो सम्पूर्ण व्यवस्थापन योजना अर्थात् छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा, हरेक युगको प्रकृतिअनुसार, मेरो कार्य अन्तर्वस्तुमा भिन्‍नभिन्‍न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरू पूरा गर्छ—वा अझै स्पष्ट रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिअनुसार यो कार्य गरिन्छ। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु, मेरो विवेक र सर्वशक्तिमान्‌ता प्रकट गर्नु, शैतानको सबै युक्तिहरू उजागर गर्नु, र त्यसमार्फत शैतानको राज्यक्षेत्रभित्र जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो विवेक र सर्वशक्तिमान्‌ता देखाउन र शैतानको असहनीय कुरूपता प्रकट गर्नको लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृष्टि गरिएका प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने मौका दिनको लागि हो, म नै सबै थोकको शासक हुँ भनी थाहा दिनको लागि हो, शैतान मानवजातिको शत्रु हो, पतित दुष्ट हो भनी स्पष्टसित देखाउनको लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र महान् र नीचबीचको भिन्‍नतालाई पूर्ण निश्‍चितताका साथ चिन्‍ने मौका दिनको लागि हो। यसरी, अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानवजातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले खुसीसाथ उपभोग गर्ने कुराहरू दिन सक्छु; अनि तिनीहरूले जान्‍नेछन् कि म नै सबै थोकको शासक हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरे तर पछि त्यो मेरो विरुद्ध खडा भयो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृष्टि गरिएका प्राणीहरूलाई मेरो गवाही दिन, मेरो इच्छा बुझ्न, र म नै सत्य हुँ भनी जान्‍न सक्षम बनाउने प्रभाव हासिल गर्नको निम्ति म यसरी काम गर्छु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्