मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ?

9 सेप्टेम्बर 2021

जब हामी मुक्तिदाताको बारेमा कुरा गर्छौं, आखिरी दिनहरूमा उहाँ मानवजातिलाई मुक्ति दिन पृथ्वीमा अवश्य आउनुहुन्छ भन्‍ने कुरामा सबै विश्‍वासीहरू सहमत हुन्छन्। धेरै अगमवक्ताहरूले मुक्तिदाता आखिरी दिनहरूमा आउनुहुनेछ भनेर भनेका छन्। त्यसो भए, मुक्तिदाता को हुनुहुन्छ त? फरकफरक सम्प्रदायले यस सम्‍बन्धमा फरकफरक अर्थ लगाउँछन् र उहाँको बारेमा फरकफरक धर्मले फरकफरक कुरा भन्छन्। साँचो मुक्तिदाता को हुनुहुन्छ? साँचो मुक्तिदाता स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुहुने प्रभु हुनुहुन्छ, र उहाँ एक मात्र साँचो परमेश्‍वर, सृष्टिकर्ता हुनुहुन्छ। सबै थोक सृष्टि गर्नुहुने प्रभु मात्रै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ, र देहमा आउनुभएका साँचो परमेश्‍वर मात्रै मानवजातिलाई मुक्ति दिन सक्‍नुहुने मुक्तिदाता हुनुहुन्छ। यदि कुनै व्यक्ति सबै थोक सृष्टि गर्नुहुने साँचो परमेश्‍वर होइन भने, त्यो व्यक्ति सृष्टिकर्ता होइन र उसले मानवजातिलाई मुक्ति दिन सक्दैन। यो हामी स्पष्ट हुनुपर्ने कुरा हो। याद गर्नुहोस्! साँचो परमेश्‍वर एक मात्र हुनुहुन्छ, र देहधारी परमेश्‍वर मात्रै मुक्तिदाता हुनुहुन्छ। देहमा आउनुभएका साँचो परमेश्‍वरले मात्रै सत्यता व्यक्त गर्न र मानिसलाई पूर्ण रूपमा मुक्ति दिन, र सुन्दर गन्तव्यमा लैजान सक्‍नुहुन्छ। झूटा ईश्‍वरहरू धेरै छन्, तिनीहरू सबैको सूची प्रस्तुत गर्न जरुरी छैन, तर साँचो मुक्तिदाता एक मात्र हुनुहुन्छ। त्यसो भए, यो मुक्तिदाता साँच्‍चै को हुनुहुन्छ त? २,००० वर्ष पहिले प्रभु येशू आउनुभयो र भन्‍नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। अनि उहाँ मानिसलाई पापबाट छुटकारा दिन क्रूसमा टाँगिनुभयो। उहाँले छुटकाराको काम पूरा गरेर अनुग्रहको युगको सुरुवात गर्नुभयो, यसरी मानिसहरूले आजसम्‍म परमेश्‍वरसामु आउन, प्रार्थना गर्न, परमेश्‍वरसँग कुराकानी गर्न, र परमेश्‍वरलाई पछ्याउन सके। यो प्रभु येशूको छुटकाराको काम थियो। प्रभु येशू मुक्तिदाता हुनुहुन्थ्यो, जसले मानिसको बीचमा आएर काम गर्नुभयो। हामीले अहिलेसम्‍म हेरेको कुराको आधारमा, मुक्तिदाता को हुनुहुन्छ त? मानवजातिलाई मुक्ति दिन व्यक्तिगत रूपमै देहमा आउनुभएका परमेश्‍वर। प्रभु येशूले मानिसहरूलाई पापबाट क्षमा गर्दै छुटकाराको काम गर्नुभयो, तर मानिसहरूले अझै पनि निरन्तर पाप गरिरहन्छन् र साँचो पश्‍चात्ताप हासिल गर्न सक्दैनन्। परमेश्‍वरको मुक्ति मानिसहरूलाई साँचो रूपमा पश्‍चात्ताप गर्न लगाउनको लागि हो, हाम्रो पाप क्षमा गरेर यत्तिमै काम समाप्त गर्नको लागि होइन। यसैले प्रभु येशूले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन आफू आखिरी दिनहरूमा आउने प्रतिज्ञा गर्नुभएको थियो। अहिले मुक्तिदाता फर्किसक्‍नुभएको छ र हाम्रो बीचमा हुनुहुन्छ। उहाँले मानिसलाई शुद्ध पार्न र हामीलाई पापबाट मुक्ति दिनको लागि धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, ताकि हामी पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कन सकौं र उहाँद्वारा प्राप्त गरिन सकौं, र उहाँले हाम्रो लागि तयार गर्नुभएको सुन्दर गन्तव्य, अर्थात् उहाँको राज्यमा प्रवेश गर्न सकौं। अहिले संसारभरि धेरै मानिसहरूले परमेश्‍वरको आवाज सुनेका छन् र उहाँको सिंहासनको अघि उठाइलगिएका छन्। परमेश्‍वरले तिनीहरूलाई न्याय गर्नुभएको छ र शुद्ध गर्नुभएको छ र तिनीहरूसँग प्रेमले भरिएको गवाही छ। तिनीहरू परमेश्‍वरले पूर्ण तुल्याउनुभएका विजेताहरू हुन्। तर दुःखको कुरा, अझै पनि परमेश्‍वरको आवाज नसुनेका मानिसहरू धेरै छन्, जसले परमेश्‍वर देखा पर्नुभएको र उहाँको कामलाई देखेका छैनन्। त्यसैले अहिले हामी मुक्तिदाताले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ भनेर गवाही दिइरहेका छौं।

जब हामी मुक्तिको बारेमा कुरा गर्छौं, तब कतिपय मानिसहरूसँग परमेश्‍वर अचानक आकाशबाट ओर्लनुहुनेछ र विश्‍वासीहरूलाई उठाएर लैजानुहुनेछ, यसरी तिनीहरू विपत्तिहरूबाट उम्केर स्वर्गमा जानेछन् भन्‍ने अस्पष्ट विचार हुन्छ। यो मानव धारणा र काल्‍पनिक कुरा हो, यो यथार्थ होइन। त्यसमा अर्को महत्त्वपूर्ण समस्या पनि छ। सबै मानिसहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन् र सबैसँग शैतानी प्रकृति छ। सबै जना पापमा, फोहोर र भ्रष्टतामा बाँचिरहेका छन्। के हामी साँच्‍चै सीधै उठाई लगिन सक्छौं? के हामी स्वर्गको राज्यको योग्य छौं? यदि सबै जना यही धारणामा लागेर मुक्तिदाता अवरोहणको प्रतीक्षा गरिरहन्छन् भने, यो व्यर्थ हुनेछ। तिनीहरू विपत्तिहरूमा परेर रुनु र दाह्रा किट्नुपर्नेछ। त्यसो भए, मुक्तिदाता आउनुभएपछि उहाँले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ? पहिलो कुरा, उहाँले हामीलाई पापबाट मुक्ति दिनुहुन्छ। प्रभु येशूले हामीलाई पापबाट क्षमा मिलोस् भनी छुटकाराको काम गर्नुभयो, तर त्यो पापक्षमाको बाबजुत पनि, हामी पाप नगरी बस्‍न सक्दैनौं। हामी अझै पनि पापका बन्धनहरूबाट उम्केका छैनौं। यो इन्कार गर्न नसकिने तथ्य हो। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ पवित्र स्थानको लागि देखा पर्नुहुन्छ र आफूलाई फोहोरको देशमा लुकाउनुहुन्छ। अपवित्र भएकाले, मानिसहरूले प्रभुलाई देख्‍न सक्दैनन्, अनि पापमा जिइरहेका हामी कसरी परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य हुन सक्छौं? त्यसैले त परमेश्‍वर फेरि पनि आखिरी दिनहरूमा देहधारी हुनुभएको छ र उहाँले सत्यताहरू व्यक्त गरिरहनुभएको छ, र मानिसहरूलाई पूर्ण रूपमा शुद्ध गर्न र हामीलाई पापबाट, शैतानबाट मुक्ति दिनको लागि न्याय र सजायको काम गरिरहनुभएको छ। यो सर्वशक्तिमान्‌ परमेश्‍वरले भन्‍नुभएको वचनजस्तै हो: “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)

मुक्तिदाता पहिले नै आइसक्‍नुभएको छ। प्रभु येशू देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देहमा आइसक्‍नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सारा सत्यता व्यक्त गर्नुभएको छ, र उहाँले परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दै हुनुहुन्छ। देहमा हुनुहुने परमेश्‍वरले बाहेक अरू कसैले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिन सक्दैन, चाहे त्यो व्यक्ति जति नै महान् वा चर्चित किन नहोस्। पृथ्वीमा आउनुहुने देहधारी परमेश्‍वर मात्रै ख्रीष्‍ट, हाम्रा मुक्तिदाता हुनुहुन्छ। “ख्रीष्‍ट” को अर्थ के हो? यसको अर्थ मुक्तिदाता भन्‍ने हुन्छ। त्यसो भए, आखिरी दिनहरूका ख्रीष्‍ट, सर्वशक्तिमान् परमेश्‍वरले कसरी मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिन न्यायको काम गर्नुहुन्छ?

सर्वशक्तिमान्‌ परमेश्‍वरले हामीलाई बताउनुहुन्छ: “आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले खुलासा, निराकरण र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र काट-छाँट गर्ने यी सबै फरक-फरक तरिकाहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ)

आखिरी दिनहरूमा, परमेश्‍वरले हाम्रो पापी प्रकृतिलाई खुलासा गर्न सत्यता व्यक्त गरेर मानवजातिलाई मुक्ति दिनुहुन्छ, ताकि हामीले हाम्रो पापीपनको जडलाई र शैतानले हामीलाई भ्रष्ट पारेको सत्यता देख्‍न सकौं। व्यक्तिले यसलाई पहिचान गरिसकेपछि, तिनीहरूले साँचो रूपमा पछुतो गरेर, आफूलाई घृणा र तिरस्कार गर्न सक्छन्। तिनीहरूले सच्‍चा रूपमा पश्‍चात्ताप गर्न सक्छन्, र तिनीहरूले सत्यता बुझ्‍ने र त्यसलाई प्राप्त गर्ने चाहना मात्रै गर्न सक्छन्। जब तिनीहरूले सत्यताको अभ्यास गर्न सक्छन्, तब तिनीहरूले परमेश्‍वरमा कसरी समर्पित हुने भन्ने कुरा सिकिसकेका हुन्छन्। तिनीहरूले सत्यता बुझ्छन् र परमेश्‍वरका वचनहरू र सत्यताअनुसार जिउन सक्छन्, अनि तिनीहरूको जीवन स्वभाव रूपान्तरण हुन थाल्छ। परमेश्‍वरका वचनहरूको न्यायलाई निरन्तर अनुभव गरेपछि, अन्ततः तिनीहरूबाट तिनीहरूको भ्रष्ट स्वभाव धोएर हटाइन्छ। यस्तो व्यक्ति पूर्ण रूपमा मुक्ति पाएको व्यक्ति हुन्छ त्यसपछि ऊ परमेश्‍वरले मानिसको लागि तयार पार्नुभएको सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। त्यही कारणले गर्दा हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्नुपर्छ। हामीले सच्‍चा रूपमा पश्‍चात्ताप गर्नुपर्छ, साँचो रूपमा परिवर्तन हुनुपर्छ, र परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने मानिसहरू बन्‍नुपर्छ। यो मात्रै साँचो मुक्ति हो, र यसले मात्रै हामीलाई उहाँको राज्यमा प्रवेश गर्न योग्य मानिस बनाउँछ।

अहिले हामी एउटा कुरामा स्पष्ट भइसकेका छौँ। परमेश्‍वरले मात्रै, सृष्टिकर्ताले मात्रै मानवजातिलाई मुक्ति दिन र हामीलाई सुन्दर गन्तव्यमा लैजान सक्‍नुहुन्छ। यी परमेश्‍वर, यी सृष्टिकर्ता मानवजातिलाई अगुवाइ गर्न र मुक्ति दिनको लागि आजको दिनसम्‍मै बोल्दै र काम गर्दै आउनुभएको छ। सम्पूर्ण बाइबल परमेश्‍वर देखा पर्नुभएको घटना र कामको एउटा गवाही हो। यसले स्वर्ग र पृथ्वी, यावत् थोक परमेश्‍वरले सृष्टि गर्नुभएको हो भन्‍ने साक्षी दिन्छ, र सृष्टिकर्ता देखा पर्नुभएको घटना र कामको गवाही दिन्छ। हाम्रो बीचमा आउनुहुने यी एक मात्र साँचो देहधारी परमेश्‍वर मात्रै मुक्तिदाता हुनुहुन्छ। उहाँले मात्रै मानवजातिलाई मुक्ति दिन सक्‍नुहुन्छ। यी मुक्तिदाता देहमा हुनुहुने परमेश्‍वर हुनुपर्छ र उहाँले सत्यता व्यक्त गर्नैपर्छ। एक मात्र साँचो मुक्तिदाता उहाँ नै हो। सत्यता व्यक्त गर्न नसक्‍ने जोकोही तथाकथित मुक्तिदाता मानिसहरूलाई छल गर्ने दुष्टात्मा हो। झूटा ईश्‍वरहरू धेरै छन्, जस्तै सम्राटहरूले प्रशंसा गरेका र मृत्युपछि ईश्‍वरको रूपमा घोषणा गरिएका बहुचर्चित व्यक्तित्वहरू। के यसले सत्यतालाई साबित गर्न सक्छ? यी मानिसहरू भ्रष्ट मानव मात्रै हुन् जो मरेपछि नरक जान्छन्, अनि तिनीहरूले कसलाई मुक्ति दिन सक्छन् र? तिनीहरूले आफूलाई समेत मुक्ति दिन सक्दैनन्, र परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनुहुन्छ। त्यसो भए, तिनीहरूले मानवजातिलाई मुक्ति दिन सक्छन् त? ती सबै सम्राटहरू धेरै पहिले नै मरे र तिनीहरू सबै अहिले नरकमा छन्। तिनीहरूले घोषणा गरेका झूटा ईश्‍वरहरूले मानवजातिलाई वास्तवमै मुक्ति दिन सक्दैनन्। कुनै पनि हालतमा झूटो ईश्‍वरमा विश्‍वास नगर्नुहोस्। त्यो मूर्ख र अज्ञानी काम हो, र त्यसले तपाईंमाथि अवश्य नै बरबादी ल्याउनेछ। ध्यान दिनुहोस्, मुक्तिदाता देहधारी परमेश्‍वर हुनुपर्छ, उहाँले सत्यता व्यक्त गर्नैपर्छ। यो परमेश्‍वरबाट मात्रै आउन सक्छ। सत्यता व्यक्त गर्न नसक्‍ने जोकोही तथाकथित मुक्तिदाता झूटो हो र तिनीहरूले मानिसहरूलाई गलत मार्गमा डोर्‍याइरहेका हुन्छन्। जो देहधारी परमेश्‍वर होइन तर परमेश्‍वर भएको दाबी गर्छ त्यो झूटो ख्रीष्ट र दुष्ट आत्मा हो। ती मानिसहरू मुक्तिदाता होइनन् र तिनीहरूले मानवजातिलाई मुक्ति दिन सक्दैनन्। शैतान र सबै दुष्ट आत्‍माहरूले परमेश्‍वर भएको बहाना गर्छन्, तर तिनीहरूले सबै थोकको सृष्टिकर्ता भएको दाबी गर्ने आँट गर्दैनन्, र तिनीहरूले खास गरी आफूले मानिसलाई सृष्टि गरेको भन्‍ने आँट गर्दैनन्। तिनीहरूले मानिसको भाग्य नियन्त्रण गर्न सक्छु भनेर दाबी पनि गर्न सक्दैनन्। तिनीहरूले मानिसहरूलाई गलत बाटोमा लैजान, तिनीहरूको बफादारी प्राप्त गर्न एक-दुई वटा चिन्‍ह र आश्‍चर्यकर्महरू देखाउँछन्। यी झूटा ईश्‍वरहरू र दुष्ट आत्‍माहरू सबै नरपिशाच, दियाबलसहरू हुन् जसले मानिसहरूलाई बहकाउँछन् र भ्रष्ट तुल्याउँछन्। तिनीहरू सृष्टिकर्ता, एक मात्र साँचो परमेश्‍वरका शत्रुहरू हुन्, र तिनीहरूले मानवजातिलाई उहाँबाट खोसेर लिने प्रयास गरिरहेका छन्। त्यही कारणले गर्दा यी नरपिशाच र दुष्ट आत्‍माहरू सबै परमेश्‍वरका महाशत्रुहरू हुन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ र धिक्‍कार्नुहुन्छ। यी नरपिशाच र दुष्ट आत्‍माहरूलाई आदर गर्ने र आराधना गर्ने सबैलाई परमेश्‍वरले धिक्‍कार्नुहुनेछ र नष्ट गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “पुरानो संसार अस्तित्वमा रहुन्जेल, यसका राष्ट्रहरूमाथि म मेरो क्रोध बर्साउनेछु, ब्रह्माण्डभरि म खुल्लमखुल्ला मेरा प्रशासनिक आदेशहरू जारी गर्नेछु, र तिनलाई उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिनेछु: मैले बोल्‍नको लागि ब्रह्माण्डतर्फ मेरो मुहार फर्काउँदा, सारा मानवजातिले मेरो आवाज सुन्छन्, र ब्रह्माण्डभरि मैले गरेका सबै कामहरू देख्छन्। मेरो इच्‍छाविरुद्ध आफैलाई खडा गर्नेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा पर्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई लिन्छु र तिनलाई नयाँ बनाउनेछु, र मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्—आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहनेछैनन् र संसारका यावत् थोकहरू नवीकरण हुनेछन्। मेरा वचनहरूद्वारा सबै थोक पूर्ण हुनेछन्। ब्रह्माण्डका धेरै राष्ट्रहरूको पुनर्विभाजन हुनेछ र मेरो राज्यद्वारा तिनलाई प्रतिस्थापन गरिनेछ, ताकि पृथ्वीका राष्ट्रहरू सदाको लागि हराएर जाऊन् र ती सबै मलाई आराधना गर्ने राज्य बनून्; पृथ्वीका सारा राष्ट्रहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहनेछैनन्। ब्रह्माण्डका मानिसहरूमध्ये, दियाबलसको स्वामित्वमा रहेकाहरू सबैलाई समाप्त पारिनेछ, र शैतानको पूजा गर्ने सबैलाई मेरो प्रज्वलित अग्‍निद्वारा सखाप पारिनेछ—अर्थात्, अहिले मूल प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका आफ्‍नै प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारको सजाय पाउनेछन्। म विरुद्ध खडा भएकाहरू सबै नष्ट हुनेछन्; आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जे-जसरी अपराधमुक्त गरेका हुन्‍छन् सोही कारणले गर्दा तिनीहरू मेरा सन्तान र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। अनि, म आफैलाई असंख्य मानिसहरू र असंख्य राष्ट्रहरूसमक्ष प्रकट गर्नेछु, र सारा मानवजातिले आफ्‍नै आँखाले देख्‍ने गरी म आफ्‍नै आवाजमा पृथ्वीतर्फ उच्‍च सोरले कराउनेछु र तिनीहरूको निम्ति मैले गरेको मेरो महान् कार्य पूरा भएको घोषणा गर्नेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

के धर्मगुरुहरूलाई पछ्याउनु परमेश्‍वरलाई पछ्याउनु हो?

२,००० वर्ष पहिले, हाम्रा प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो र उहाँलाई यहूदी विश्‍वासका मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरूले...

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...

कसले मानिसजातिलाई मुक्ति दिन र हाम्रो नियतिमा आमूल परिवर्तन ल्याउन सक्छ?

नियतिबारे भन्नुपर्दा, अधिकांश मानिसहरूले यसलाई पैसा र हैसियत कमाउनु अनि असल नियतिसहित सफल हुनुसित जोड्छन् अनि गरिब मानिस, अप्रसिद्ध...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्