परमेश्वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ
उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्वरको इच्छाको बारेमा प्रचार गर्न आएका हुन् कि भनेर नै सोधे। यसको विपरीत, तिनीहरूले भीड जम्मा गरे अनि, स्पष्टीकरणको प्रतीक्षा नगरीकन, यी दुई सेवकलाई पक्रन जङ्गली कुकुर वा घातक ब्वाँसाहरूजस्तो गरी आए। के यी घटनाहरू घट्दा परमेश्वरले हेर्नुभयो? यस प्रकारको मानव व्यवहार, यस प्रकारको घटनाप्रति परमेश्वरले आफ्नो हृदयमा के सोचिरहनुभएको थियो? परमेश्वरले यस सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो; उहाँ हिचकिचाउने वा प्रतीक्षा गर्नेवाला हुनुहुन्नथ्यो, न त उहाँ थप कुनै धैर्यता नै देखाउनेवाला हुनुहुन्थ्यो। उहाँको दिन आइसकेको थियो, त्यसकारण उहाँ आफूले गर्न चाहेको काम गर्न तयार हुनुभयो। तसर्थ, उत्पत्ति १९:२४-२५ ले भन्छ, “त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।” यी दुई पदले यो सहरलाई परमेश्वरले के-कसरी नष्ट गर्नुभयो साथै परमेश्वरले के-कस्ता कुराहरू नष्ट गर्नुभयो भन्नेबारेमा बताउँछन्। सबभन्दा पहिले, परमेश्वरले यो सहरलाई आगोले जलाउनुभयो, र यो आगोको मात्रा सारा मानिसहरूलाई नष्ट गर्न र जमिनबाट उम्रने सबै कुरा नष्ट गर्नको निम्ति पर्याप्त थियो भनी बाइबलले वर्णन गरेको छ। भन्नुको अर्थ, स्वर्गबाट झरेको उक्त आगोले सहरलाई मात्र होइन, यसभित्र बसोबास गरिरहेका मानिसहरू र सबै जीवित प्राणीहरूलाई पनि कुनै नाम-निशान नै नरहने गरी नष्ट गर्यो। यो सहर नष्ट गरिएपछि, उक्त भूमि जीवित प्राणी रहित भयो; त्यहाँ कुनै जीवन बाँकी थिएन, न त जीवनको कुनै लक्षण नै बाँकी थियो। यो सहर एक उजाड स्थान, घातक मौनताले भरिएको एक रित्तो स्थान बनेको थियो। यस ठाउँमा अबउप्रान्त परमेश्वरको विरुद्ध कुनै दुष्ट कार्यहरू हुनेवाला थिएनन्, कुनै हत्या वा रगत बगाउने कार्य हुनेवाला थिएनन्।
परमेश्वरले किन यो सहरलाई यति सम्पूर्ण तवरले जलाउन चाहनुभयो त? तिमीहरू यहाँ के देख्न सक्छौ? के परमेश्वरले मानवजाति र प्रकृति, अर्थात् उहाँको आफ्नै सृष्टि यसरी नष्ट भएको हेर्न सक्नुभयो त? स्वर्गबाट झारिएको आगोबाट तैँले यहोवा परमेश्वरको रिस पत्ता लगाउन सक्छस् भने, उहाँले गर्नुभएको विनाशका निसानाहरू र सहरलाई जुन हदसम्म नष्ट गरिएको थियो त्यस हदको आधारमा मूल्याङ्कन गर्दा, उहाँको क्रोध कति ठूलो थियो भनी देख्नु त्यति कठिन हुँदैन। जब परमेश्वरले कुनै सहरलाई घृणा गर्नुहुन्छ, उहाँले यसमाथि आफ्नो दण्डको वर्षा गराउनुहुन्छ। जब परमेश्वरलाई कुनै सहरदेखि घिन लागेर आउँछ, उहाँले मानिसहरूलाई उहाँको रिसको बारेमा जानकारी दिन बारम्बार चेतावनी दिनुहुन्छ। तैपनि, जब परमेश्वरले कुनै सहरलाई समाप्त गर्ने र नष्ट गर्ने निर्णय गर्नुहुन्छ—अर्थात्, जब उहाँको क्रोध र प्रतापलाई क्रुद्ध पारिएको हुन्छ—उहाँले थप कुनै दण्ड वा चेतावनी दिनुहुन्न। बरु, उहाँले यसलाई सीधै नष्ट गर्नुहुनेछ। उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुनेछ। यो परमेश्वरको धर्मी स्वभाव हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।...
सर्वप्रथम, हामी परमेश्वरले सदोमलाई नष्ट गर्नुभएको घटनाको बारेमा व्याख्या गर्ने, धर्मशास्त्रका विभिन्न खण्डहरूलाई हेरौँ। उत्पत्ति १९:१-११...
मानवजाति जति नै मूर्ख र अज्ञानी भए पनि, परमेश्वरले सम्पूर्ण मानवजातिलाई गर्नुहुने व्यवहार मुख्यतया कृपा र सहनशीलतामा आधारित छ। अर्कोतर्फ,...
अहिले हामीले परमेश्वरको धर्मी स्वभावको बारेमा आम बुझाइ प्राप्त गरिसकेको हुनाले, हामी हाम्रो ध्यान सदोम सहरतर्फ फर्काउन सक्छौँ—एउटा यस्तो...