परमेश्वरको क्रोध न्यायका सबै शक्ति र सबै सकारात्मक कुराहरूको निम्ति सुरक्षा हो
परमेश्वरका बोली-वचन, विचार र कार्यहरूका यी उदाहरणहरूलाई बुझेर, के तैँले परमेश्वरको धर्मी स्वभाव, अर्थात् मानिसको चिढ्याइ नसहने स्वभावलाई बुझ्न सक्छस्? छोटकरीमा भन्दा, तैँले यसलाई जति धेरै बुझ्न सके पनि, यो परमेश्वर स्वयम्को स्वभावको एउटा पक्ष हो, र यो उहाँमा मात्र पाइने अद्वितीय कुरा हो। उल्लङ्घनप्रतिको परमेश्वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्वर स्वयम्को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्वरको स्वभाव उहाँको आफ्नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्वरलाई रिस उठाउँछ, तब परमेश्वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्न हुने कारणले उहाँ रिसाउनुहुन्न, बरु उहाँ विरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्छ। मानिसद्वारा परमेश्वरलाई हुने खुल्ला उक्साहट परमेश्वरको आफ्नै पहिचान र हैसियतप्रतिको गम्भीर चुनौती हो। परमेश्वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्वरको विरोध गर्छ, जब मानिसले परमेश्वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्वरको रिसको परीक्षा लिन्छ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्वरले आफ्नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्ने कुराको पनि प्रतीक हो। यो परमेश्वरको धर्मी स्वभाव, र परमेश्वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्वरले आफ्नो क्रोध बर्साउनुहुनेछ। परमेश्वरको सारको कारणले गर्दा, परमेश्वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।
परमेश्वरको क्रोध खन्याउने कार्य उहाँको धर्मी स्वभावको अभिव्यक्तिको एउटा पक्ष भए तापनि, परमेश्वरको रिसले कुनै पनि हालतमा अन्धाधुन्ध यसको निशाना तोक्दैन, न त यो सिद्धान्त विहीन नै छ। यसको विपरीत, परमेश्वर रिस गर्नमा छिटो हुनुहुन्न, न त उहाँले आफ्नो क्रोध र प्रताप हल्का रूपमा नै प्रकाश गर्नुहुन्छ। अझ भन्ने हो भने, परमेश्वरको क्रोध निकै नियन्त्रित र संयमित हुन्छ; यसलाई रिसले उफ्रने वा आवेग देखाउने मानिसको बानीसँग बिलकुलै तुलना गर्न सकिँदैन। मानिस र परमेश्वरको बीचमा भएका धेरै कुराकानीलाई बाइबलमा लेखिएका छन्। कुराकानीहरूमा संलग्न कतिपय व्यक्तिगत मानिसहरूका शब्दहरू सतही, अज्ञानी र अपरिपक्व थिए, तर परमेश्वरले तिनीहरूलाई प्रहार गरेर लडाउनुभएन, न त उहाँले तिनीहरूलाई दोषी नै ठहराउनुभयो। विशेष रूपमा, अय्यूबको परीक्षाको बेलामा, अय्यूबका तीन जना साथीहरू र अरूले अय्यूबसँग बोलेका शब्दहरू सुनिसक्नुभएपछि यहोवा परमेश्वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुभयो? के उहाँले तिनीहरूलाई दोषी ठहराउनुभयो? के उहाँ तिनीहरूप्रति क्रोधित हुनुभयो? उहाँले त्यस्तो केही पनि गर्नुभएन! बरु उहाँले अय्यूबलाई तिनीहरूका लागि बिन्ती गरिदिन र तिनीहरूका लागि प्रार्थना गरिदिन लगाउनुभयो, अनि परमेश्वर स्वयम्ले तिनीहरूको गल्तीलाई मनमा राख्नुभएन। यी सबै घटनाहरूले भ्रष्ट र अज्ञानी मानवजातिलाई परमेश्वरले व्यवहार गर्ने प्राथमिक मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ। त्यसकारण, परमेश्वरको क्रोध पोखाइनु भनेको कुनै पनि हालतमा उहाँको मनस्थितिको अभिव्यक्ति होइन, न त यो उहाँले आफ्ना भावनाहरू पोख्ने तरिका नै हो। मानिसको गलत बुझाइको विपरीत, परमेश्वरको क्रोध रिसको पूर्ण प्रस्फुटन होइन। उहाँले आफ्नो मनस्थितिलाई नियन्त्रण गर्न नसक्ने हुनाले वा उहाँको रिस चरम विन्दुमा पुगेको र यसलाई पोखाइनै पर्ने भएकोले परमेश्वरले आफ्नो क्रोध पोखाउनुहुन्न। यसको विपरीत, उहाँको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन र सच्चा अभिव्यक्ति हो, र यो उहाँको पवित्र सारको रूपक प्रकाश हो। परमेश्वर क्रोध हुनुहुन्छ, र उहाँले कुनै पनि उल्लङ्घन सहनुहुन्न—यसो भन्नुको अर्थ, परमेश्वरको रिसले कारणहरूका बीचमा भिन्नता छुट्याउन सक्दैन वा यो सिद्धान्तहीन छ भन्ने होइन; कारणहरूका बीचमा भिन्नता नछुट्याउने प्रकारको प्रचुर रिसको असैद्धान्तिक, अनियमित आवेगलाई पूर्ण रूपमा दाबी गर्ने भनेको भ्रष्ट मानवजाति नै हो। मानवजातिसँग हैसियत भइसकेपछि, उसले प्रायजसो आफ्नो मनस्थितिलाई नियन्त्रण गर्न कठिन हुनेछ, त्यसकारण आफ्नो असन्तुष्टिलाई व्यक्त गर्ने र आफ्ना भावनाहरूलाई पोखाउने अवसरहरूको फाइदा लिनमा उसले आनन्द लिन्छ; आफ्नो क्षमतालाई प्रकट गर्न र उसको हैसियत र पहिचान सर्वसाधारण मानिसहरूको भन्दा फरक छ भनी अरूलाई देखाउन, उसले कुनै पनि स्पष्ट कारणविना नै प्रायजसो प्रचुर रिस पोखाउनेछ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो नियन्त्रण गुमाउँछन्। तिनीहरूको निजी चासोहरूमा पर्ने क्षतिद्वारा नै प्रायजसो तिनीहरूको रिस पैदा भएको हुन्छ। तिनीहरूको आफ्नै हैसियत र गरिमालाई सुरक्षित गर्नको लागि, तिनीहरूले प्रायजसो आफ्ना भावनाहरू पोखाउँछन् र आफ्नो अहङ्कारी स्वभावलाई प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्न र त्यसलाई सदर गर्नको लागि मानिस रिसको आवेगमा आउनेछ र आफ्ना भावनाहरू पोखाउनेछ, र यी कार्यहरू मानिसले आफ्नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, युक्ति र षड्यन्त्रहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका उग्र महत्वाकांक्षा र इच्छाहरूले भरिएका हुन्छन्। जब दुष्टतासँग न्यायको टक्कर हुन्छ, तब मानिसको रिस न्यायको अस्तित्वको प्रतिरक्षा गर्न वा यसलाई सदर गर्नको लागि निस्किँदैन; यसको विपरीत, जब न्यायका शक्तिहरूलाई चुनौती दिइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति भनेको यसलाई बेवास्ता गर्ने, उम्केर जाने वा लुरुक्क भएर जाने किसिमको हुन्छ। तैपनि, दुष्टका शक्तिहरूको सामना गर्दा, मानिसले मिलनसार हुने, झुक्ने र सुमसुमाउने मनोवृत्ति देखाउँछ। त्यसकारण, मानिसको अभिव्यक्ति दुष्ट शक्तिहरू उम्कने बाटो, देहीय मानिसको उच्छृंखल र रोक्नै नसकिने दुष्ट बानीबेहोराको अभिव्यक्ति हो। तैपनि, जब परमेश्वरले आफ्नो क्रोध बर्साउनुहुन्छ, दुष्ट शक्तिहरू रोकिनेछन्, मानिसलाई हानि गर्ने सारा पाप नियन्त्रित हुनेछन्, परमेश्वरको कार्यमा वाधा पुर्याउने सबै शत्रुवत् शक्तिहरूलाई स्पष्ट, अलग र श्रापित तुल्याइनेछ, जबकि परमेश्वरको विरोध गर्ने शैतानका सबै मतियारहरूलाई दण्ड दिइनेछ र उखालेर फ्याँकिनेछ। तिनीहरूको स्थानमा, परमेश्वरको कार्य कुनै पनि बाधाहरूविना अघि बढ्नेछ, समय-तालिकाअनुसार नै परमेश्वरको व्यवस्थापन चरणबद्ध रूपमा निरन्तर विकसित हुनेछ, अनि परमेश्वरका चुनिएका मानिसहरू शैतानको बाधा र छलबाट मुक्त हुनेछन्, जबकी परमेश्वरलाई पछ्याउनेहरूले शान्त र शान्तिपूर्ण अवस्थितिहरूमा परमेश्वरको नेतृत्व र भरणपोषण प्राप्त गर्नेछन्। परमेश्वरको क्रोध सारा दुष्ट शक्तिहरूलाई वृद्धि र व्याप्त हुनबाट रोक्ने सुरक्षा हो, र यो न्यायसंगत र सकारात्मक सारा कुराहरूको अस्तित्व र वृद्धिलाई रक्षा गर्ने, अनि तिनीहरूलाई थिचोमिचो र विनाशबाट अनन्त रूपमा संरक्षण गर्ने सुरक्षा पनि हो।
परमेश्वरले सदोम नष्ट गर्नुभएको घटनामा के तिमीहरूले उहाँको क्रोधको सारलाई देख्न सक्छौ? के उहाँको क्रोधमा अन्य कुनै कुरा समावेश छ? के परमेश्वरको क्रोध शुद्ध छ? मानिसका शब्दहरू प्रयोग गरेर भन्दा, के परमेश्वरको क्रोधमा अन्य तत्वहरूको मिश्रण छ? उहाँको क्रोधको पछाडि कुनै धोका हुन्छ? के कुनै षड्यन्त्र हुन्छ? के कुनै अकथनीय रहस्यहरू हुन्छन्? म तिमीहरूलाई कडाइका साथ र सत्यनिष्ठा पूर्वक बताउन सक्छु: परमेश्वरको क्रोधमा त्यस्तो कुनै भाग छैन जसले शङ्का पैदा गर्न सक्छ। उहाँको रिस शुद्ध, अन्य तत्वहरूको मिश्रण नभएको विशुद्ध रिस हो जसमा अरू कुनै अभिप्राय वा उद्देश्य हुँदैन। उहाँको रिसपछाडिका कारणहरू शुद्ध, निष्खोट र आलोचना गर्न नसकिने हुन्छ। यो उहाँको पवित्र सारको प्राकृतिक प्रकाश र प्रकटीकरण हो; यो सारा सृष्टिको कुनै पनि थोकमा नभएको कुरा हो। यो परमेश्वरको अद्वितीय धर्मी स्वभावको भाग हो, र यो सृष्टिकर्ताको सार र उहाँको सृष्टिको सारबीचमा रहेको स्पष्टै देखिने भिन्नता पनि हो।
कुनै व्यक्ति अरूलाई देख्दा रिसाए पनि वा तिनीहरूको पछाडि रिसाए पनि, हरेक व्यक्तिको रिसको फरक अभिप्राय र उद्देश्य हुन्छ। सायद तिनीहरूले आफ्नो प्रतिष्ठा निर्माण गरिरहेका हुन्छन्, वा सायद तिनीहरूले तिनीहरूका आफ्नै रुचिहरूको प्रतिरक्षा गरिरहेका हुन्छन्, तिनीहरूको इज्जत वा मान-सम्मान कायम राखिरहेका हुन्छन्। कतिले आफ्नो रिसलाई काबुमा राख्ने प्रयास गर्छन् भने, अरूचाहिँ बढी हतार गर्छन् र कुनै पनि नियन्त्रण नगरी आफ्नो रिस जता मन लाग्यो त्यतै पोखाउँछन्। छोटकरीमा भन्दा, मानिसको रिस उसको भ्रष्ट स्वभावबाट आउँछ। यसको उद्देश्य जे भए पनि, यो उसको देह र प्रकृतिबाट आएको हुन्छ; न्याय वा अन्यायसँग यसको कुनै सम्बन्ध हुँदैन किनभने मानिसको प्रकृति सारको कुनै पनि कुरा सत्यतासँग मिल्दैन। त्यसकारण, भ्रष्ट मानवजातिको रिस र परमेश्वरको क्रोधलाई उही रूपले उल्लेख गर्नु हुँदैन। शैतानद्वारा भ्रष्ट तुल्याइएको मानिसको बानीबेहोरा भ्रष्टतालाई रक्षा गर्ने इच्छाबाट सुरु हुन्छ, र यो वास्तवमा नै भ्रष्टतामा आधारित हुन्छ, यसमा कुनै अपवाद छैन; त्यसकारण, सिद्धान्तको हिसाबले मानिसको रिस जति नै उचित देखिए पनि मानिसको रिसलाई परमेश्वरको क्रोधसँग उही रूपमा उल्लेख गर्न सकिँदैन। जब परमेश्वरले आफ्नो क्रोध वर्षाउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायसंगत र सकारात्मक कुराहरूले परमेश्वरको हेरचाह र सुरक्षा प्राप्त गर्न पुग्छन् र तिनीहरूलाई निरन्तर रहन दिइन्छ। परमेश्वरले आफ्नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायी, नकारात्मक र दुष्ट कुराहरूले न्यायसंगत र सकारात्मक कुराहरूको सामान्य क्रियाकलाप र विकासलाई रोक्ने, बिथोल्ने वा नष्ट गर्ने गर्छन्। परमेश्वरको रिसको उद्देश्य भनेको उहाँको आफ्नै हैसियत र पहिचानलाई सुरक्षा गर्नु होइन, बरु न्यायसंगत, सकारात्मक, सुन्दर र असल कुराहरूलाई रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वको नियम र सुव्यवस्थालाई सुरक्षा गर्नु हो। परमेश्वरको क्रोधको मूल कारण यही हो। परमेश्वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकाश हो। उहाँको क्रोधमा कुनै गोप्य अभिप्रायहरू हुँदैनन्, न त कुनै छल वा षड्यन्त्र नै हुन्छन्, इच्छाहरू, धूर्तता, शत्रुभाव, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिको अरू कुनै पनि साझा गुणहरू हुने कुरा त परै जाओस्। परमेश्वरले आफ्नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामलाको सारलाई निकै स्पष्ट र पूर्ण रूपमा बुझिसक्नुभएको हुन्छ, र उहाँले पहिले नै यथार्थ, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्नुभएको हुन्छ। यसैले, उहाँले गर्ने सबै कुरामा परमेश्वरको उद्देश्य उहाँको मनोवृत्ति जस्तै स्पष्ट हुन्छ। उहाँ बेवकुफ, अन्धो, आवेगशील, वा लापरवाह हुनुहुन्न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्न। परमेश्वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्वरको क्रोधको यही व्यवहारिक पक्षकै कारण मानवजातिले आफ्नो सामान्य अस्तित्व प्राप्त गरेको छ। परमेश्वरको क्रोधविना, मानवजाति अस्वाभाविक जीवन परिस्थितिहरूमा ओर्लनेथिए र न्यायसंगत, सुन्दर र असल सबै कुराहरू नष्ट हुनेथिए र अस्तित्वमा हुनेथिएनन्। परमेश्वरको क्रोधविना, सृष्टि गरिएका प्राणीहरूका कानूनहरू र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उल्ट्याइने थिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्वरले मानवजातिको सामान्य अस्तित्वलाई रक्षा गर्न र दिगो राख्नको लागि निरन्तर रूपमा आफ्नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकोले, सारा दुष्ट मानिसहरू, वस्तु र चीजबीजहरू, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा र हानी गर्ने सबै कुराहरूलाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका कैयौँ सहस्राब्दीको अवधिमा, परमेश्वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्वरको कार्यमा शैतानका मतियार अनि नोकरहरूका रूपमा काम गर्ने सबै प्रकारका अशुद्ध र दुष्ट आत्माहरूलाई प्रहार गरी ढाल्न र नष्ट गर्नको लागि परमेश्वरले निरन्तर रूपमा आफ्नो धर्मी स्वभावको प्रयोग गर्नुभएको छ। यसरी, मानिसको मुक्ति सम्बन्धी परमेश्वरको कार्य सधैँ नै उहाँकै योजना अनुसार अघि बढेको छ। भन्नुको अर्थ, परमेश्वरको क्रोधको अस्तित्वको कारणले गर्दा, मानवजातिमाझका सबैभन्दा धर्मी अभियानहरू कहिल्यै नष्ट भएका छैनन्।
अब परमेश्वरको क्रोधको सारको बारेमा तिमीहरूले बुझिसकेको हुनाले, तिमीहरूसँग शैतानको दुष्टतालाई कसरी छुट्याउने सो बारेमा निश्चय नै अझै राम्रो बुझाइ हुनुपर्छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।