देहधारण भनेको के हो?
हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
प्रभुका विश्वासीहरू सबैले प्रभु येशूको प्रतिज्ञामा भरोसा गर्छन्: “म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म आफै लिएर जानेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सकौ” (यूहन्ना १४:२-३)। धेरै मानिस, प्रभुका वचनहरूमा आधारित भएर, प्रभु आएर तिनीहरूलाई स्वर्गको राज्यमा उठाई लानुहुनेछ भनी प्रतीक्षा गर्छन्। तिनीहरू प्रभुको प्रतिज्ञा खेर जानेछैन, र जब उहाँ आउनुहुन्छ, तब उहाँले निश्चय नै मानिसहरूलाई सिधै आकाशमा उठाई लानुहुनेछ भनी विश्वास गर्छन्। यदि मानिसहरू अझै पृथ्वीमै छन् र उठाई लगिएका छैनन् भने, तिनीहरू यसले प्रभु फर्कनुभएको छैन भनी प्रमाणित गर्छ भन्ने सोच्छन्। के यो दृष्टिकोण सही हो?
प्रभु येशू पुनरुत्थानपछि, हाम्रा लागि ठाउँ तयार पार्न जानुभयो। तर कसरी यो स्थान तयार पार्नुभयो, थाहा छ? यो तयार पार्दा के काम गरिनुपर्छ, थाहा छ? के त्यो ठाउँ हामीलाई जिउँदै स्वर्ग पस्नका लागी थियो भन्ने पक्का हुनुहुन्छ? कि मृत्यपछि आत्मिक क्षेत्रमा पस्नलाई थियो? धार्मिक संसारमा, धेरैले प्रभुद्वारा स्वर्गको राज्यमा उठाई लगिन कुरिरहेका छन्, तर के तिनीहरूले कहिल्यै सोचेका छन्, यो स्वर्गको राज्य ठ्याक्कै कहाँ छ? प्रभुलाई स्वागत गर्नेलाई कहाँ उठाई लगिएको छ? कोही भन्छन्, अवश्य नै, तिनीहरू प्रभुलाई भेट्न हावामा उठाई लगिन्छन्। तर के यो साँच्चै त्यस्तै हो त? मानिस आकाशमा कसरी जिउन सक्छन्? देहगत मानिस आकाशमा उठाई लगिएपछि जिइरहन सक्छ र? अरूहरू भन्छन्, “तिनीहरू स्वर्गमा उठाई लगिन्छन्!” स्वर्ग र आत्मिक क्षेत्र के हुन्? ती मानिसहरू मरेपछि जाने ठाउँहरू हुन्। हाम्रो भौतिक शरीर सिधै आत्मिक क्षेत्रमा प्रवेश गर्न सक्दैन; मृत्युपछि मात्र हामी आत्मिक क्षेत्रमा प्रवेश गर्न सक्छौँ। प्रभुले आफ्नो पुनरागमनको अगमवाणी गर्नुभयो ताकि हामीले जीवित छँदै उहाँलाई स्वागत गरौँ। मरेर आत्मिक क्षेत्रमा फर्कनुलाई प्रभुलाई स्वागत गरेको भन्न सकिँदैन। त्यसोभए, स्वर्गको राज्यमा पस्नु आकाशमा उठाई लगिनु हो, भन्ने विश्वास मानिसको धारणा होइन? यो त बस् अवास्तविक कुरा मात्रै हो। यदि प्रभुका अगमवाणीहरूबारे हाम्रो बुझाइ विकृत छ भने, प्रभुको पुनरागमनलाई पर्खनु सबै व्यर्थको प्रयास हुन सक्छ—केवल व्यर्थको प्रतीक्षा।
त्यसोभए, प्रभुले हाम्रा लागि तयार गरेको ठाउँ स्वर्गमा छ कि पृथ्वीमा? आउनुहोस्, प्रभुको प्रार्थनाले के भन्छ हेरौँ: “तपाईंको राज्य आओस्, स्वर्गमा जस्तै यस पृथ्वीमा पनि तपाईंको इच्छा पूरा होस्” (मत्ती ६:१०)। यसबाहेक, प्रकाशको पुस्तकले अगमवाणी गर्छ: “अनि मैले यूहन्नाले पवित्र सहर, नयाँ येरुशलेम, परमेश्वरबाट स्वर्गबाट तल आइरहेको देखेँ… हेर, परमेश्वरको वासस्थान मानिससँग छ र उहाँ तिनीहरूसँग बस्नुहुनेछ, तिनीहरू उहाँका मानिसहरू हुनेछन् र परमेश्वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ, र तिनीहरूका परमेश्वर हुनुहुनेछ” (प्रकाश २१:२-३)। “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेका छन्; र उहाँले सदा-सदा राज्य गर्नुहुनेछ” (प्रकाश ११:१५)। यी अगमवाणीहरूले “यस संसारका राज्यहरू हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य बनेका छन्,” “पवित्र सहर, नयाँ येरुशलेम, परमेश्वरबाट स्वर्गबाट तल आइरहेको,” र “परमेश्वरको वासस्थान मानिससँग छ” भनी उल्लेख गर्छन्। यसले पृथ्वीमा साकार हुने ख्रीष्टको राज्यलाई जनाउँछ। परमेश्वरले पृथ्वीमा आफ्नो राज्य स्थापित गर्नुहुनेछ। प्रभु येशू हामीलाई परमेश्वरको राज्य पृथ्वीमा आओस् भनी प्रार्थना गर्न भन्नुहुन्छ, ताकि उहाँको इच्छा पृथ्वीमा अघि बढोस्। उहाँले कहिल्यै परमेश्वरको राज्य स्वर्गमा स्थापित हुनेछ भनेर भन्नुभएन, र झन् उहाँले हामीलाई एक दिन हावामा उठाई लगिने आशा गर्न लगाउनु त परको कुरा हो। सबै जना, यसबारे सोच्नुहोस्—के कुरा त्यही होइन र? त्यसैले, यदि हामी सधैँ परमेश्वरको राज्यमा प्रवेश गर्न हावामा उठाई लगिने आशा गरिरहेका छौँ भने, के यो प्रभुका वचनहरू र उहाँका अभिप्रायहरूसँग मेल नखाने कुरा होइन र? पृथ्वीका राज्यहरू परमेश्वरको राज्य बन्नेछन्। प्रभु आखिरी दिनहरूमा पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, त्यसैले स्वर्गको राज्य पृथ्वीमा छ। प्रभु जहाँ हुनुहुन्छ, स्वर्गको राज्य त्यहीँ छ। स्वर्गको राज्य अन्ततः पृथ्वीमा साकार हुनेछ।
त्यसोभए प्रभु हाम्रा लागि ठाउँ तयार गर्न जानुभयो भन्नुको अर्थ के हो? मुख्यतः उहाँले पृथ्वीमा परमेश्वरका चुनिएका मानिसहरू जन्माउने परिवारहरू, उचित परिस्थितिहरू, र तिनीहरूलाई प्रभुलाई स्वागत गर्ने र भोजमा सहभागी हुने मौका तयार गर्नुभयो। त्यसैले, परमेश्वरका चुनिएका मानिसहरू जन्मने ठाउँ, र तिनीहरूले परमेश्वरको काम स्वीकार गर्ने परिस्थितिहरू, सबै परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएका छन्। त्यसोभए, प्रभुले “म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सकौ” भनेर भन्नुको अर्थ के थियो? अहिले, परमेश्वर मानिसको पुत्र बनेर पृथ्वीमा आउनुभएकोले हामी पनि चुनिएका मानिसका रूपमा, आखिरी दिनहरूमा पृथ्वीमा जन्मेका छौँ। प्रभुले ठाउँ तयार पार्नुको अर्थ यही हो। प्रभु आखिरी दिनहरूमा फर्कनुभएको छ, तर धार्मिक संसारका थोरैले मात्र परमेश्वरको आवाज सुनेका छन् र उहाँतर्फ फर्केका छन्, र सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेका छन्। यी मानिसहरू उठाई लगिन्छन्।
परमेश्वर अहिले मानिसको पुत्रका रूपमा देहधारी हुनुभएको छ, न्यायको काम गर्न सत्यता व्यक्त गर्दै हुनुहुन्छ। जब हामी परमेश्वरको आवाज सुन्छौँ, प्रभुलाई स्वागत गर्छौँ, र परमेश्वरको सिंहासनसामु उठाई लगिन्छौँ, तब यो नै साँचो रूपमा “उठाई लगिनु” हो। जब मण्डलीलाई उठाई लगिन्छ, तब यसको अर्थ सबै विश्वासी उठाई लगिन्छन् भन्ने होइन, बरु परमेश्वरको आवाज सुन्ने र प्रभुलाई स्वागत गर्ने बुद्धिमती कन्याहरू उठाई लगिन्छन्। त्यसोभए, मानिसहरूलाई उठाई लगिएपछि परमेश्वर के काम गर्नुहुन्छ? बाइबलले यही अगमवाणी गर्छ: “किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। सर्वशक्तिमान् परमेश्वरले नै न्यायको काम गर्न सत्यता व्यक्त गरिरहनुभएको हो। यसले प्रभु येशूको अगमवाणी पूरा गर्छ: “मैले तिमीहरूलाई अझै धेरै कुरा भन्नु छ: तर तिमीहरूले अहिले सुन्न सक्दैनौ। तर जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यता सिकाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)। सर्वशक्तिमान् परमेश्वरले गरेको आखिरी दिनहरूको न्यायको काम पृथ्वीमा ख्रीष्टको राज्य स्थापना गर्नु हो। महाविपत्तिहरू सुरु हुनुभन्दा अघि, परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुहुनेछ। विजेताहरूको यो समूह परमेश्वरको राज्यमा खम्बा हुनेछन्; तिनीहरू ख्रीष्टको राज्यमा परमेश्वरसँगै राजाका रूपमा शासन गर्नेहरू हुन्। विपत्तिहरूको दौरान परमेश्वरद्वारा सिद्ध पारिएकाहरू उहाँको राज्यका मानिस हुनेछन्। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्वरको काम स्वीकार गर्न निरन्तर इन्कार गर्ने सबै जना परमेश्वरद्वारा प्रकट गरिनेछन् र हटाइनेछन् र तिनीहरूको ख्रीष्टको राज्यमा कुनै भाग हुनेछैन। आज, सर्वशक्तिमान् परमेश्वरले चीनमा विजेताहरूको एउटा समूह बनाइसक्नुभएको छ। यी विजेताहरूले संसारभरि परमेश्वरको गवाही दिइरहेका छन्, परमेश्वरको राज्यको सुसमाचार प्रसार गरिरहेका र फैलाइरहेका छन्। अहिले त्यो महत्त्वपूर्ण समय हो जब परमेश्वर विपत्तिहरूमाझ सबै राष्ट्रहरूमा आफ्ना मानिसहरूलाई सिद्ध पार्दै हुनुहुन्छ। आखिरी दिनहरूको परमेश्वरको कामलाई स्वीकार गर्ने सबैले थुमाको पाइला पछ्याएका छन् र परमेश्वरको सामु उठाइएका छन्। परमेश्वरका चुनिएका मानिसहरू उहाँका वचनहरू खान्छन् र पिउँछन्, उनीहरूले उहाँको न्याय र सजाय अनुभव गरेका छन्, र तिनीहरूका भ्रष्ट स्वभावहरू पखालिएका छन् र बद्लिएका छन्। तिनीहरू सबैले साँचो गवाही दिएका छन्। परमेश्वरले विजेताहरूको एउटा समूह प्राप्त गरिसक्नुभएको छ। जब परमेश्वरको काम समाप्त हुन्छ र अन्तिम साढे तीन वर्षका महाविपत्तिहरू आउँछन्, शैतानको यो राज्य पूर्ण रूपमा धड्याम्म नष्ट हुनेछ। परमेश्वरको प्रतिरोध गर्ने सबै दुष्ट शक्तिहरू पनि नष्ट हुनेछन्, र त्यसपछि ख्रीष्टको राज्य पृथ्वीमा पूर्ण रूपमा साकार हुनेछ। त्यस समय, मुक्ति पाइसकेकाहरू परमेश्वरसँगै राज्यमा प्रवेश गर्नेछन् र सँगै विश्रामको आनन्द लिनेछन्। यसले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पूरा गर्नेछ: “मेरा वचनहरू पूरा हुँदै गर्दा, पृथ्वीमा बिस्तारै राज्य निर्माण गरिन्छ र मानिसलाई बिस्तारै सामान्यतामा फर्काइन्छ, यसरी मेरो हृदयमा भएको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यस राज्यमा, परमेश्वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद गयो, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित भयो, जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। उप्रान्त मानिसहरूलाई मानवको संसारको उजाडता सामना गराइँदैन, र तिनीहरूले उप्रान्त मानिसको संसारको कठ्याङ्ग्रिँदो चिसो सहँदैनन्। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काविरुद्ध लडाइँ गर्दैनन्, उप्रान्त नरसंहार र नरसंहारबाट बग्ने रगत हुँदैन; सबै भूमि हर्षले भरिन्छन्, र सबै स्थान मानिसहरूबीचको न्यानोपनले भरिन्छ। म संसारभरि हिँड्छु, म मेरो सिंहासनमाथिबाट आनन्द लिन्छु, र म ताराहरूमाझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। उप्रान्त तिनीहरूको आफ्नै नाजुकताले तिनीहरूको अनुहारमा आँसु बगाउँदैन। उप्रान्त म आफ्नो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज सुन्दिनँ, र उप्रान्त कसैले पनि मलाई आफ्ना समस्याहरू बताउँदैनन्। आज, तिमीहरू सबै मेरो सामु जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गर्ने सबैभन्दा ठूलो आशिष् यही होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २०)।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार...
आखिरी दिनहरूमा मुक्तिदाता सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ, अनि उहाँले करोडौँ वचनहरू व्यक्त गर्नुभएको...
आज, हाम्रो सङ्गतिको शीर्षक रहेको छ, “एउटै परमेश्वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ।” यो शीर्षक महत्त्वपूर्ण छ, र हाम्रो समाप्ति...
हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं, र महामारीहरू विश्वभरि फैलिरहेका छन्। विश्वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि...