देहधारण भनेको के हो

1 नोभेम्बर 2021

हामी सबैलाई थाहा छ दुई हजार वर्ष पहिले, परमेश्‍वर मानवजातिलाई छुटकारा दिन प्रभु येशूको रूपमा मानिसको संसारमा देहधारी भई आउनुभयो, र प्रचार गर्नुभयो, “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ(मत्ती ४:१७)। उहाँले धेरै सत्यता पनि व्यक्त गर्नुभयो, र छुटकाराको काम पूरा गर्नको लागि, उहाँ मानवजातिको पापबलिको रूपमा क्रूसमा टाँगिनुभयो, यसरी उहाँले अनुग्रहको युगको सुरुवात गरी व्यवस्थाको युगलाई समाप्त गर्नुभयो। परमेश्‍वरले देहधारी भई पहिलो पटक आउँदा मानवजातिलाई छुटकारा दिनको लागि गर्नुभएको काम यही थियो। यहूदी धर्मले प्रभु येशूलाई दोष दिने धेरै प्रयास गरेको र उहाँलाई क्रूसमा टाँग्‍नको लागि रोमी सरकारसँग सहकार्य गरेको भए पनि, दुई हजार वर्षपछि, प्रभु येशूको सुसमाचार पृथ्वीको हरेक कुना-कुनामा फैलिएको छ। यसले के प्रमाणित गर्छ भने प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, एक मात्र साँचो परमेश्‍वर र सृष्टिकर्ता, जो काम गर्न देहमा आउनुभयो। तैपनि धेरै मानिसहरूले प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्दैनन्। बरु, तिनीहरूले प्रभु येशूलाई साधारण व्यक्तिको रूपमा लिन्छन्। धार्मिक संसारका धेरै जना पाष्टरहरूले समेत प्रभु येशू नै परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्दैनन्, र उहाँ परमेश्‍वरको प्रिय पुत्र हुनुहुन्छ भनेर विचार मात्रै गर्छन्। आज, प्रभुका विश्‍वासीहरू अनगिन्ती भए पनि, थोरै मानिसहरूले मात्रै वास्तवमा प्रभु येशू नै परमेश्‍वर हुनुहुन्छ भन्‍ने ठान्छन्, र प्रभु येशूले व्यक्त गर्नुभएका सबै सत्यताको अर्थ र मूल्यको बारेमा कसैलाई पनि थाहा छैन। त्यसकारण, प्रभुलाई स्वागत गर्ने विषयमा, धेरैले परमेश्‍वरको आवाज सुन्‍न नसकेका हुनाले, तिनीहरू विपत्तिमा परेका छन्। परमेश्‍वरको आवाज सुन्‍न नसक्‍नेहरूले, बाहिरी रूपमा उत्साहको साथ विश्‍वास गरेको जस्तो देखिए पनि, यदि तिनीहरूले प्रभु येशूमा मानिसको पुत्रको स्वरूप देखे भने, के तिनीहरूले साँच्‍चै प्रभुलाई विश्‍वास गर्दै उहाँलाई पछ्याइरहन सक्‍नेथिए? के तिनीहरूले प्रभु येशूलाई साधारण व्यक्तिको रूपमा दोष दिन र उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सक्थे? यदि तिनीहरूले आज प्रभु येशूले धेरै सत्यता व्यक्त गरिरहनुभएको छ भन्‍ने सुने भने, के तिनीहरूले अझै पनि प्रभु येशूलाई ईश्‍वर निन्दा गरेको आरोप लगाउनेथिए र उहाँलाई फेरि क्रूसमा टाँग्‍नेथिए? फरिसीहरूले प्रभु येशूलाई लगाएको दोषको तथ्यको आधारमा भन्दा, हामी निश्‍चयताको साथ भन्‍न सक्छौं, यदि आज प्रभुमा विश्‍वास गर्ने मानिसहरूले उहाँलाई साँच्‍चै मानिसको पुत्रको रूपमा रहेको उहाँको मूल स्वरूपमा देखे भने, धेरै मानिसहरू भागेर जाने सम्‍भावना हुनेथियो, र अरू धेरैले फरिसीहरूले जस्तै प्रभु येशूलाई विरोध गर्ने र दोषी ठहराउनेथिए, र उहाँलाई फेरि क्रूसमा टाँग्‍नेथिए। मैले यस्ता कुरा बोल्दा कतिले विरोध गर्न सक्लान्, तर मैले भनेको सबै कुरा साँचो हो। मानवजाति अत्यन्तै गहन रूपमा भ्रष्ट भएकोले, र परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा आँखामा मात्रै भर पर्ने हुनाले नै, देहधारी मानिसको पुत्र नै देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कसैले थाहा पाउन सकेनन्। यसले हामीलाई देहधारण एउटा ठूलो रहस्य हो भन्‍ने देखाउँछ। हजारौं वर्षसम्‍म, कसैले पनि सत्यताको यो पक्षलाई बुझ्‍न सकेका छैनन्। विश्‍वासीहरूलाई प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने थाहा भए तापनि, कसैले पनि देहधारण भनेको के हो र हामीले देहधारी परमेश्‍वरलाई कसरी बुझ्‍नुपर्छ भन्‍ने कुरालाई स्पष्ट रूपमा व्याख्या गर्न सकेको छैन।

त्यसकारण, परमेश्‍वरले देखा पर्न र काम गर्नको लागि शरीरमा देहधारी हुने निर्णय किन गर्नुभयो? सटीक रूपमा भन्दा, मानवजातिको भ्रष्टताको कारण मुक्तिको काम गर्न परमेश्‍वर देहधारी भएर आउन आवश्यक पर्यो। अर्को शब्‍दमा भन्दा, देहधारी भएर आएर मात्रै मानवजातिको पूर्ण मुक्ति हासिल गर्न सकिन्थ्यो। मानवजातिलाई छुटकारा र मुक्ति दिन परमेश्‍वर दुई पटक देहधारी हुनुभयो। प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँ उद्धारको काम गर्न आउनुभयो। कतिपयले यस्तो प्रश्‍न गर्न सक्छन्, परमेश्‍वरले किन उद्धारको काम गर्न व्यक्तिको प्रयोग गर्नुभएन? परमेश्‍वर किन देहधारी हुनुभयो? किनभने भ्रष्ट मानवजातिको हरेक सदस्यले पाप बोक्छन्, हामी सबै पापी छौं, अर्थात् हामी पापबलि हुन योग्य थिएनौं। मानिसको देहधारी पुत्र मात्र पाप रहित हुनुहुन्थ्यो, त्यसकारण छुटकाराको काम आफै गर्नको लागि परमेश्‍वर मानिसको पुत्रको रूपमा देहधारी हुनुभयो। यसले मात्र परमेश्‍वरको धार्मिकता र पवित्रतालाई साँचो रूपमा देखायो, शैतानलाई पूर्ण रूपमा अपमानित गर्यो र परमेश्‍वरलाई दोष दिने आधार विहीन तुल्यायो। यसले गर्दा मानवजातिले तिनीहरूप्रतिको परमेश्‍वरको सच्‍चा प्रेम र कृपालाई पनि जान्‍न सक्यो। जब प्रभु येशूले छुटकाराको काम पूरा गर्नुभयो, उहाँले फेरि आउनेछु भनी अगमवाणी गर्नुभयो। आज, प्रभु येशू फर्केर आइसक्‍नुभएको छ, र उहाँ देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर हुनुहुन्छ। मानवजातिको भ्रष्टतालाई पूर्ण रूपमा शुद्ध पार्न, मानवजातिलाई पाप र शैतानको शक्तिबाट मुक्त गर्न, र मानवजातिलाई सुन्दर गन्तव्यमा ल्याउनको लागि सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्नुभएको छ। तैपनि के कुरा अनपेक्षित छ भने, सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको भए पनि, उहाँलाई धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूले अझै व्यापक रूपमा विरोध गरेका छन् र दोष दिएका छन्, आखिरी दिनहरूमा भएको परमेश्‍वर देखा पराइ र कार्यलाई रोक्‍न, बरबाद गर्न, र प्रतिबन्ध गर्ने प्रयासमा सत्तामा रहेको चिनियाँ कम्युनिस्ट पार्टीसँग हातेमालो पनि गरेको छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै देखा पर्नुभएका देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई इन्कार गर्न तिनीहरूले सक्दो प्रयास गर्छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वर एक साधारण व्यक्ति हुनुहुन्छ भनेर दोष दिने र निन्दा गर्ने समेत गर्छन्, जुन कार्यले सत्यतालाई घृणा गर्ने र परमेश्‍वरको विरोध गर्ने धार्मिक संसारको ख्रीष्ट-विरोधी शक्तिहरूको कुरूप अनुहारलाई पूर्ण रूपमा खुलासा गर्छ। यदि हामीले दुई हजार वर्ष पहिलेको समयलाई फर्केर हेर्यौं भने, हामी के देख्छौं भने यहूदी धर्मका मुख्य पूजाहारीहरू, शास्‍त्रीहरू, र फरिसीहरू प्रभु येशूलाई मसीहको रूपमा स्वीकार गर्नुभन्दा मर्न तयार थिए। तिनीहरूले प्रभु येशूलाई ईश्‍वर निन्दा गर्ने साधारण व्यक्तिको रूपमा चित्रण गरे, तिनीहरूले प्रभु येशूलाई विरोध गर्न, दोष लगाउन, र निन्दा गर्नको लागि आफूले सक्‍ने जति सबै गरे, र अन्तिममा उहाँलाई क्रूसमा टाँगेर जघन्य अपराध गरे, र यसले गर्दा परमेश्‍वरले तिनीहरूलाई श्राप र दण्ड दिनुभयो। आज, सर्वशक्तिमान्‌ परमेश्‍वर मानिसको पुत्रको रूपमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ। धेरै मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन् भन्‍ने देखेका छन्, तिनीहरूले परमेश्‍वरको आवाज सुनेका छन्, र तिनीहरू सबैले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई खुशीसाथ स्वीकार गरेर प्रभुलाई स्वागत गरेका छन्। तैपनि, धेरै मानिसहरूले देहधारी परमेश्‍वरलाई चिनेका छैनन्, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई अझै पनि साधारण व्यक्ति ठान्छन्, र सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्ने सबै मानिसहरूले साधारण व्यक्तिमा विश्‍वास गर्छन् भन्दै तिनीहरूको आलोचना र निन्‍दा पनि गर्छन्। यी मानिसहरूले आफूले बाइबल बुझेका छौं भन्‍ने ठान्छन्, त्यसकारण तिनीहरूले साँचो मार्गको अनुसन्धान गर्न मान्दैनन् र सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पागलले झैँ दोष दिने र विरोध गर्ने गर्छन्, अनि यसरी परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍ने पाप गर्छन्। किन परमेश्‍वरको दुवै देहधारणहरूलाई मानिसले दोष दियो र इन्कार गर्यो? किनभने मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, सत्यता के हो सो बुझ्दैनन्, र देहधारणको ठूलो रहस्यलाई त अझै बुझ्दैनन्। यसको कारण के पनि हो भने मानिसहरू गहन रूपमा भ्रष्ट भएका छन् र तिनीहरूमा शैतानी प्रकृति छ। तिनीहरूले सत्यतालाई घृणा गर्ने र नकार्ने मात्रै गर्दैनन्, तिनीहरू परमेश्‍वरप्रति अत्यन्तै शत्रुवत् छन् र उहाँप्रति कुनै डर नै मान्दैनन्। वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय भक्त विश्‍वासीहरू तिनीहरूको अज्ञानताको कारण चिनियाँ कम्युनिस्ट पार्टी, भूतहरूको राजा, र ख्रीष्ट-विरोधी शक्तिहरूको छलमा परेका छन् र परमेश्‍वरलाई विरोध गर्ने मार्ग अपनाएका छन्। तिनीहरूको असफलताको कारण देहधारण र सत्यताको बारेमा ज्ञानको कमी हो, त्यसकारण तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्दैनन्, र देहधारी परमेश्‍वरलाई साधारण व्यक्तिको रूपमा लिन्छन्, साथै उहाँलाई दोष दिने र निन्दा गर्ने गर्छन्। स्पष्टै छ, हामीले देहधारणको सत्यता बुझ्‍नु प्रभुलाई स्वागत गरेर स्वर्गको राज्यमा उठाइ लगिनको लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो हाम्रो अन्तिम गन्तव्यसँग सम्‍बन्धित महत्त्वपूर्ण मामला हो।

धेरै जना मानिसहरूले यस्तो प्रश्‍न गर्नेछन्, प्रभु येशू नै देहधारी परमेश्‍वर हुनुहुन्छ र उहाँले छुटकाराको काम गर्नुभएको छ, र मानवजातिले पहिले नै मुक्ति पाएर परमेश्‍वरप्रति फर्किसकेका छन् भने परमेश्‍वर किन मानवजातिलाई मुक्ति दिनको लागि आखिरी दिनहरूको न्यायको काम गर्न देहधारी भएर आउन आवश्यक भयो? यसमा अत्यन्तै गहन अर्थ लुकेको छ। यसलाई सरल रूपमा भन्दा, परमेश्‍वर मानवजातिलाई छुटकारा दिन, त्यसपछि हामीलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनको लागि दुई पटक देहधारी हुने बारेमा संसारको सृष्टि हुनुभन्दा पहिले नै धेरै अघि परमेश्‍वरले निर्धारित गर्नुभएको कुरा थियो। परमेश्‍वर मानिसको पुत्रको रूपमा दुई पटक देहधारी भई आउनुहुनेछ भनेर बाइबलमा धेरै वटा अगमवाणी गरिएका छन्। पहिलो पटक, पापबलिको रूपमा क्रूसमा टाँगिएर, उहाँले छुटकाराको काम पूरा गर्नुभयो, ताकि मानिसहरूको पाप क्षमा होस्, तर मानिसहरू पापबाट उम्‍कन र तिनीहरूले पवित्रता प्राप्त गर्न सकेनन्। दोस्रो पटक, सत्यता व्यक्त गरेर अनि न्यायको काम गरेर, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ, मानवजातिलाई पाप र शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नुहुनेछ, युगलाई समाप्त गर्नुहुनेछ, र मानवजातिलाई सुन्दर गन्तव्यमा लैजानुहुनेछ। त्यसकारण, दुई देहधारणको उद्देश्य मानवजातिलाई छुटकारा दिनु, त्यसपछि मानवजातिलाई पूर्ण मुक्ति दिनु हो। मानवजातिलाई मुक्ति दिने आफ्‍नो व्यवस्थापन योजना पूरा गर्नको लागि परमेश्‍वर दुई पटक देहधारी भई आउनुहुन्छ। आज, सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले मानिसहरूको समूहलाई जितेर सिद्ध तुल्याएको छ अनि विजेताहरूमा परिणत गरेको छ, परमेश्‍वरले शैतानलाई हराउनुभएको छ र महिमा प्राप्त गर्नुभएको छ, र परमेश्‍वरले आफ्‍नो महान् काम पूरा गर्नुभएको छ भनेर भन्‍न सकिन्छ। यी कुराहरू परमेश्‍वरले पहिले नै गर्नुभएका कुरा हुन्। अब हामी आखिरी दिनहरूमा भएको परमेश्‍वरको देहधारणको ठूलो महत्त्वलाई देख्‍न सक्छौं। एकातिर, यसले पुरानो युग, अर्थात् अनुग्रहको युग समाप्त गर्यो, र नयाँ युग, राज्यको युग सुरु गर्यो। अर्कोतिर, यसले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्छ र मुक्ति दिन्छ, र मानवजातिलाई सुन्दर गन्तव्यमा ल्याउँछ। छुटकाराको काम र न्यायको काम दुवै देहधारी परमेश्‍वरले पूरा गर्नुभएको हो, त्यसकारण परमेश्‍वरको दुई देहधारण वास्तवमा नै अत्यन्तै महत्त्वपूर्ण छन्। आज, सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र हाम्रो संसारमा यस्ता ठूला-ठूला कामहरू गर्नुभएको छ, र पनि किन अझै धेरै मानिसहरूले परमेश्‍वरको कामलाई चिनेका छैनन्? धेरै मानिसहरूले अझै पनि सर्वशक्तिमान्‌ परमेश्‍वर नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरालाई स्वीकार गर्न मान्दैनन्, तिनीहरू अझै पनि धार्मिक धारणाहरूमा लागिरहन्छन्, प्रभु येशू मात्रै परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छन्, र बाइबलको पालना गरेर मात्रै हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौं भन्‍ने जोड दिन्छन्। कस्तो मूर्ख र अज्ञानी सोच! त्यस्ता मूर्ख मानिसहरूले कसरी कहिल्यै परमेश्‍वरको आवाज सुन्‍न सक्छन्? र सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यतालाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? अन्तिममा, मानिसहरूसँग देहधारी परमेश्‍वर सम्‍बन्धी ज्ञान नभएको र तिनीहरूले परमेश्‍वरको आवाज पहिचान गर्न नसक्‍ने भएको हुनाले यस्तो भएको हो, यसकारण तिनीहरू परमेश्‍वरको सिंहासनमा उठाइ लगिन सक्दैनन्। यी अज्ञानी मानिसहरूले, यी निर्बुद्धि कन्याहरूले जति नै धेरै वर्ष विश्‍वास गरेको भए पनि कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनन्। स्पष्टै छ, यदि तपाईं प्रभुलाई स्वागत गर्न चाहनुहुन्छ भने, देहधारी परमेश्‍वर सम्‍बन्धी ज्ञान र देहधारणको सत्यताको बुझाई अत्यन्तै महत्त्वपूर्ण हुन्छ! त्यसोभए, देहधारण भनेको वास्तवमा के हो? र हामीले देहधारणलाई कसरी बुझ्‍नुपर्छ? हामीले साँचो र झूटा ख्रीष्टहरूका बीचमा कसरी भिन्‍नता छुट्याउनुपर्छ? सर्वशक्तिमान्‌ परमेश्‍वरको वचन सुनेर हामी यो कुरा बुझ्‍नेछौं।

सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “त्यो ‘देहधारण’ परमेश्‍वर देहमा देखा पर्ने घटना हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहको प्रतिरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनको लागि, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सार-तत्वमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार)। “देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र ख्रीष्ट परमेश्‍वरका आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बन्‍नुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरू वहन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयम्‌को कार्यलाई अघि बढाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो)। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनभने उहाँमा परमेश्‍वरको सार र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त मानिसको माझमा आफ्‍नो काम अघि बढाउने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई जीवन दिन सक्‍ने देह हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)। परमेश्‍वरको वचनले स्पष्टै भन्छ देहधारण भनेको परमेश्‍वरका आत्मा देहमा परिणत हुनु हो, भन्‍नुको अर्थ परमेश्‍वरका आत्माले साधारण व्यक्ति बन्‍न देह धारण गर्नुहुन्छ, त्यसपछि मानव संसारमा देखा परेर काम गर्नुहुन्छ। सरल तरिकाले भन्दा, परमेश्‍वरका आत्माले देह धारण गर्नुहुन्छ र उहाँ मानिसको पुत्र बन्‍नुहुन्छ। बाहिरी रूपमा, देहधारी परमेश्‍वर सामान्य, साधारण व्यक्ति हुनुहुन्छ, उहाँ न त उच्‍च न त असाधारण नै हुनुहुन्छ, र उहाँले साधारण मानिसहरूले जस्तै खानपान गर्नुहुन्छ, वस्‍त्र लगाउनुहुन्छ र यात्रा गर्नुहुन्छ र साधारण जीवन जिउनुहुन्छ। भोक लाग्दा उहाँले पनि खानुपर्छ र थकाइ लाग्दा उहाँ पनि सुत्‍नुपर्छ, उहाँले सामान्य मानव भावनाहरूको अनुभव गर्नुहुन्छ, उहाँ साँच्‍चै र वास्तवमै मानिसको बीचमा जिउनुहुन्छ, र उहाँ व्यवहारिक देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसैले देख्‍न सक्दैन। तैपनि त्यति सामान्य, साधारण व्यक्ति भएर पनि, उहाँ र सृष्टि गरिएको मानिसको बीचमा ठोस भिन्‍नता छ। उहाँ परमेश्‍वरको देहधारण हुनुहुन्छ, र उहाँमा परमेश्‍वरका आत्मा छ। उहाँमा सामान्य मानवता छ, तर उहाँमा पूर्ण ईश्‍वरीयता पनि छ, जसलाई देख्‍न र छुन सकिन्छ। यो कुरा उहाँले कुनै पनि समय वा स्थानमा सत्यता व्यक्त गर्न र रहस्यहरू प्रकट गर्न सक्‍नुहुन्छ भन्‍ने तथ्यमा प्रकटीकरण हुन्छ। उहाँले परमेश्‍वरको स्वभाव, परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो सबै, परमेश्‍वरको मन र विचारहरू, परमेश्‍वरको प्रेम, र परमेश्‍वरको सर्वशक्ति र बुद्धि व्यक्त गर्न र त्यसको गवाही दिन सक्‍नुहुन्छ, ताकि सबै मानिसहरूले परमेश्‍वरलाई जान्‍न र बुझ्‍न सकून्। उहाँले बाइबलका सबै रहस्यहरू प्रकट गर्न सक्‍नुहुन्छ, जसको अर्थ प्रकाशको पुस्तकमा अगमवाणी गरिएको चर्मपत्रको मुट्ठो उहाँले खोल्‍न सक्‍नुहुन्छ। यसले उहाँमा पूर्ण ईश्‍वरीयता छ भन्‍ने प्रमाणित गर्छ। बाहिरबाट, ख्रीष्‍ट साधारण व्यक्ति हुनुहुन्छ, तर उहाँले धेरै सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ, मानिसहरूलाई जागरूक गर्न, र भ्रष्ट मानवजातिलाई परमेश्‍वरको प्रभावबाट मुक्त गर्न सक्‍नुहुन्छ। आफूभित्र परमेश्‍वरका आत्मा नभइकन, कसरी कसैले यी कुराहरू गर्न सक्छ? अवश्य नै कुनै पनि सेलिब्रेटी वा महान व्यक्तिले यस्ता कुराहरू गर्न सक्दैन, किनभने कुनै पनि सेलिब्रेटी वा महान् व्यक्तिले सत्यता व्यक्त गर्न सक्दैन। तिनीहरूसँग कुनै पनि सत्यता हुँदैन। तिनीहरूले आफूलाई समेत बचाउन सक्दैनन्, तब कसरी तिनीहरूले सारा मानवजातिलाई कसरी बचाउन सक्छन्? देहधारी परमेश्‍वरले सत्यता व्यक्त गर्न सक्‍नुहुन्छ र मानवजातिलाई शुद्ध पार्न र मुक्ति दिनको लागि न्यायको काम गर्न सक्‍नुहुन्छ, जुन क्षमता कुनै पनि मानिसमा हुँदैन। वचन देहमा देखा पर्नुहुन्छ भन्‍ने पुस्तक परमेश्‍वरको आखिरी दिनहरूको वाणी हो, र परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामको गवाही हो। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काम अनुभव गरेका र सर्वशक्तिमान्‌ परमेश्‍वर स्वयम्‌को मलजल र रखवारीलाई स्वीकार गरेका हुनाले, तिनीहरू सबैले देहधारी परमेश्‍वरको कार्यको गहन व्यावहारिकतालाई अनुभव गरेका छन्। परमेश्‍वर वास्तवमै र साँचो रूपमा मानिसहरूको बीचमा जिउनुहुन्छ, र हामीलाई साथ दिन र भरणपोषण गर्न, साथै परमेश्‍वरमाथिको हाम्रो भ्रमित विश्‍वास, गलत खोजी र दृष्टिकोणहरू, र हामीभित्रका सबै प्रकारका शैतानी स्वभावलाई खुलासा गर्न वास्तविक परिस्थितिको आधारमा सत्यता व्यक्त गर्नुहुन्छ, ताकि हामी ज्ञान प्राप्त गरेर परिवर्तन हुन सकौं। परमेश्‍वरले हामीलाई मानिसहरूप्रतिको उहाँको इच्‍छा र मापदण्डहरू पनि बताउनुहुन्छ, यसरी हामीलाई खोजी गर्न सबैभन्दा व्यवहारिक र सटीक लक्ष्यहरू र अभ्यास गर्ने सिद्धान्तहरू दिनुहुन्छ, ताकि हामी सत्यताका वास्तविकताहरूमा प्रवेश गर्न, परमेश्‍वरको मुक्ति प्राप्त गर्न, र शैतानको अन्धकारको शक्तिबाट पूर्ण रूपमा मुक्त हुन सकौं। सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याउने जोकोही व्यक्तिले देहधारी परमेश्‍वर मानिसहरूलाई न्याय गर्न र सजाय दिन सत्यता व्यक्त गर्न नआउनुभएको भए तिनीहरूले कहिल्यै पनि आफ्‍नो पापी प्रकृति पहिचान गर्न सक्‍नेथिएनन्, न त तिनीहरू पापको साङ्ला र बन्धनबाट उम्कन नै सक्थे भन्‍ने कुरा गहन रूपमा अनुभव गर्छन्। तिनीहरूलाई के पनि थाहा हुन्छ भने परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गरेर मात्रै तिनीहरूको भ्रष्ट स्वभावलाई पखाल्‍न सकिन्छ, परमेश्‍वरको धर्मी स्वभावको ज्ञानद्वारा मात्रै तिनीहरू परमेश्‍वरको डर मान्‍न र दुष्टबाट अलग बस्‍न सक्छन्, र परमेश्‍वरको वचन अनुसार जिएर मात्रै तिनीहरू साँचो मानव स्वरूपमा जिउन सक्छन्, परमेश्‍वरका प्रतिज्ञा र आशिष्‌हरू प्राप्त गर्न, र स्वर्गको राज्यमा लगिन योग्य हुन सक्छन्। यसलाई ध्यान दिनुहोस्: आखिरी दिनहरूमा देहधारी परमेश्‍वर आएर यति धेरै सत्यता व्यक्त नगर्नुभएको भए, के हामीले मुक्ति पाउनको लागि जीवनमा एक पटक पाउने यो अवसर कहिल्यै पाउथ्यौं र? के हामीले परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्न र परमेश्‍वरको प्रशस्त आशिष्‌ प्राप्त गर्न सक्‍नेथियौं? आखिरी दिनहरूमा परमेश्‍वरको न्याय नभएको भए, सारा मानवजाति विनाशमा पर्नेथिए, र कसैले पनि मुक्ति प्राप्त गर्नेथिएन। यो सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले भनेजस्तै हो, “यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई बुझ्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरको इच्छा र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको नसुने पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता नदेखे पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता महसुस गर्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र उहाँलाई बुझ्न, उहाँको आज्ञा पालन गर्न, आदर गर्न र प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ। हुनत यो दिनमा मानिसले देख्ने परमेश्‍वर मानिसजस्तै हुनुहुन्छ, एउटा नाक र दुई आँखा भएका परमेश्‍वर, र साधारण परमेश्‍वर, अन्त्यमा परमेश्‍वरले तिमीहरूलाई देखाउनुहुनेछ कि यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्ग र पृथ्वीमा भयानक परिवर्तन भएर जानेथियो; यदि यी मानिस अस्तित्वमा नहुनु हो भने, स्वर्गहरू फिका हुनेथिए, यस पृथ्वी अस्तव्यस्ततामा जाकिनेथियो, र सबै मानवजाति भोकमरी र विपत्तिमाझ जिउनेथिए। तिमीहरूलाई उहाँले देखाउनुहुनेछ कि यदि आखिरी दिनहरूमा मुक्ति दिन देहधारी परमेश्‍वर नआउनुभएको भए, त्यसबेला परमेश्‍वरले सबै मानवजातिलाई धेरैअघि नै नरकमा विनाश गरिसक्नुभएको हुनेथियो; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सधैँको लागि महापापी हुनेथियौ, र तिमीहरू सदैव लाश हुनेथियौ। तिमीहरूले थाहा पाउनुपर्छ, यदि यो देह अस्तित्वमा नरहेको भने, सबै मानवजातिले एक अपरिहार्य विपत्ति सामना गर्नुपर्ने थियो, र आखिरी दिनहरूमा मानवजातिलाई परमेश्‍वरले दिने त्योभन्दा कठोर दण्डबाट बच्न असम्भव हुनेथियो। यदि यी साधारण देह नजन्मिएको भए, तिमीहरू सबै त्यो स्थितिमा हुनेथियौ जहाँ बाँच्न नसकेर जीवनको भीख माग्नेथियौ र मर्न नसकेर मृत्यु माग्नेथियौ; यदि यी देह अस्तित्वमा नरहनुभएको भए, तिमीहरू सत्य प्राप्त गर्न र आज परमेश्‍वरको सिंहासनको सामुन्ने आउन सक्षम हुनेथिएनौ तर बरु, तेरा घोर पापहरूका कारणले परमेश्‍वरद्वारा तँ दण्डित हुनेथिइस्। के तिमीहरूलाई थाहा थियो, यदि परमेश्‍वरको पुनरागमन देहमा नभएको भए, कसैलाई पनि मुक्तिमा मौका हुनेथिएन; र यदि यीदेहको आगमन नभएको भए, परमेश्‍वरले धेरै अगाडि पुरानो युगलाई अन्त्य गरिसक्नुभएको हुनेथिएन? यो यसो हुने हुनाले, के तिमीहरू परमेश्‍वरको दोस्रो देहधारणलाई अझसम्म इन्कार गर्न सक्षम छौ? यी साधारण मानिसबाट तिमीहरूले यति धेरै फाइदा प्राप्त गर्न सक्ने भएकाले, किन तिमीहरूले उहाँलाई खुसीसाथ स्वीकार गर्दैनौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ)

यस विन्दुमा, कतिपय मानिसहरूले यो प्रश्‍न गर्न सक्छन्, देहधारी परमेश्‍वरको बाहिरी स्वरूप साधारण छ, र उहाँको ईश्‍वरीयता उहाँको देहभित्र लुकेको छ, त्यसकारण यदि परमेश्‍वर आउनुभएको छ भने, हामीले कसरी उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर कसरी पहिचान गर्न सक्छौं? सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूले मार्ग देखाउँछन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्‍ने देखाउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना)। परमेश्‍वरका वचनहरूबाट हामी के देख्‍न सक्छौं भने, देहधारी परमेश्‍वरको पहिचान उहाँको बाहिरी स्वरूपमा आधारित हुँदैन, न त उहाँ जन्‍मनुभएको परिवारमा, उहाँसँग पद वा शक्ति छ कि छैन भन्‍ने कुरामा, वा धार्मिक संसारमा उहाँको प्रतिष्ठा छ कि छैन भन्‍ने कुरामा नै आधारित हुन्छ। यो यी कुराहरूमा आधारित छैन। बरु, उहाँमा परमेश्‍वरको सार छ कि छैन, उहाँले सत्यता व्यक्त गर्न र परमेश्‍वर स्‍वयम्‌को काम गर्न सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भन्‍ने कुरामा आधारित छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्‍नुहुन्छ भने, उहाँ साधारण परिवारमा जन्‍मनुभएको छ र समाजमा उहाँको शक्ति र पद नभए पनि, उहाँ नै परमेश्‍वर हुनुहुन्छ। यसरी नै अनुग्रहको युगमा, जब प्रभु येशू काम गर्न आउनुभयो, तब उहाँ साधारण परिवारमा जन्‍मनुभयो, डुँडमा पस्रेर संसारमा आउनुभयो, उहाँ अल्गो वा शक्तिशाली शरीर भएको हुनुहुन्‍नथियो, र उहाँसँग कुनै हैसियत वा शक्ति थिएन, तैपनि उहाँले सत्यता व्यक्त गर्न सक्‍नुभयो, मानिसहरूलाई पश्‍चात्ताप गर्ने मार्ग दिनुभयो, र मानिसहरूको पाप क्षमा गर्न सक्‍नुभयो। उहाँका चेलाहरू पत्रुस र यूहन्‍नाले जस्तो सत्यतालाई प्रेम गर्ने मानिसहरूले प्रभु येशूको काम र उहाँले व्यक्त गर्नुभएको सत्यताद्वारा उहाँसँग परमेश्‍वरको शक्ति र अख्‍तियार छ भन्‍ने देखे र प्रभु येशू नै मसीह हुनुहुन्छ भन्‍ने पहिचान गरे, त्यसकारण तिनीहरूले उहाँलाई पछ्याए अनि प्रभुको मुक्ति प्राप्त गरे। आज, परमेश्‍वर फेरि पनि मानव संसारमा देहधारी भई आउनुभएको छ, र बाहिरी रूपमा साधारण व्यक्ति जस्तो देखिनुभए पनि सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्न र आखिरी दिनहरूको न्यायको काम गर्न सक्‍नुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यतालाई सबै देश र स्थानका मानिसहरूले देखेका छन्, परमेश्‍वरको आवाज पहिचान गरेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन्, र परमेश्‍वरको सिंहासन अघि उठाइ लगिएका छन्। तिनीहरूले परमेश्‍वरको न्याय र सजायलाई अनुभव गर्न थालेका छन्, र केही सत्यतालाई बुजेका छन्। तिनीहरू सबैसँग सुन्दर अनुभव र गवाही छन्, र तिनीहरूले सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन आफ्‍नो सक्दो प्रयास गर्छन्। यी तथ्यहरूले के प्रमाणित गर्छ भने सत्यता व्यक्त गर्न, मानिसहरूलाई न्याय गर्न र शुद्ध पार्न, र मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सक्‍ने मात्रै ख्रीष्‍ट र देहधारी परमेश्‍वर हुनुहुन्छ। यो कुरा अकाट्य छ। यदि कसैले सत्यता व्यक्त गर्न सक्दैन, र चिन्‍ह र अचम्‍मका कामहरू गरेर अरूलाई बहकाउन मात्रै सक्छ भने, यो दुष्ट आत्माको काम हो। यदि तिनीहरूले आफूलाई परमेश्‍वर भनी भन्छन् भने, तिनीहरू झूटा ख्रीष्टहरू हुन्, जसले परमेश्‍वरको नक्‍कल गरिरहेका हुन्छन्। देहधारी परमेश्‍वरलाई चिन्‍नको लागि, हामी यो तथ्यप्रति निश्‍चित हुनुपर्छ: देहधारी परमेश्‍वरले मात्र सत्यता व्यक्त गर्न, आखिरी दिनहरूको न्यायको काम गर्न, र मानवजातिलाई शैतानका शक्तिहरूबाट पूर्ण रूपमा बचाउन सक्‍नुहुन्छ।

सर्वशक्तिमान्‌ परमेश्‍वरले आखिरी दिनहरूमा धेरै सत्यता व्यक्त गर्नुभएको छ र महान् काम गर्नुभएको छ, तैपनि धेरै मानिसहरूले यी कुरामा आँखा चिम्लन्छन्, र प्रभु येशू खुला रूपमा बादलमा आउनुहुनेछ भनेर प्रतीक्षा मात्रै गर्छन्। त्यस्ता मानिसहरू विपत्तिमा नष्ट हुँदा रुनेछन् र दाह्रा किट्नेछन्। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्(प्रकाश १:७)। सर्वशक्तिमान् परमेश्‍वरले यसो पनि भन्‍नुभएको छ, “तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ।” अन्तिममा, हामी सर्वशक्तिमान्‌ परमेश्‍वरको वचनको एउटा खण्ड पढौं। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भरोसा नगरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको बाटोलाई स्वीकार नगर्नेहरू कल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्‍टद्वारा बाहेक परमेश्‍वरले कसैलाई पनि सिद्ध पार्नुहुन्‍न। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, र त्यसकारण तैँले उहाँका वचनहरू स्वीकार गरेर उहाँको बाटो पालन गर्नैपर्छ। सत्यता प्राप्त गर्न असक्षम हुँदाहुँदै र जीवनको प्रावधान स्वीकार गर्न असक्षम हुँदाहुँदै, तैँले आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। उहाँमा साँचो रूपमा विश्‍वास गर्नेहरू सबैले जीवन प्राप्त गरून् भनेर ख्रीष्‍ट आखिरी दिनहरूमा आउनुहुन्छ। उहाँको काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नको खातिर हो, र उहाँको काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तैँले उहाँलाई स्वीकार गर्न सक्दैनस्, बरु उहाँलाई दोष दिन्छस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँको खेदोसमेत गर्छस् भने, तँ अवश्य नै अनन्तसम्‍म जल्‍नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यही ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नको लागि परमेश्‍वरले जिम्‍मा दिनुभएको व्यक्ति हुनुहुन्छ। त्यसैले म भन्छु, यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरा तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउने दण्ड सबैको लागि प्रष्टै छन्। म तँलाई यो पनि भन्छु कि यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको विरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको तिरस्कार गरिस् भने, तेरो सट्टामा परिणामहरू भोगिदिने अरू कोही पनि हुनेछैनन्। यसको साथै, यो दिनपश्‍चात तैँले परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफूलाई छुटकारा दिलाउने प्रयास गरिस् भने पनि, तैँले फेरि कहिल्यै पनि परमेश्‍वरको मुहारलाई देख्‍नेछैनस्। किनभने तैँले जसको विरोध गर्छस् त्यो मानिस होइन, तैँले जसलाई तिरस्कार गर्छस् त्यो कुनै तुच्छ अस्तित्व होइन, त्यो त ख्रीष्‍ट हुनुहुन्छ। यसका परिणामहरू के-के हुनेछन् के तँलाई थाहा छ? तैँले सानो गल्ती होइन, घृणित पाप गरेको हुनेछस्। त्यसैले म हरकोहीलाई सल्लाह दिन्छु: सत्यको अघि आफ्‍नो दारा नदेखाओ वा लापरवाही रूपमा आलोचना नगर, किनभने सत्यले मात्रै तँलाई जीवन दिनेछ, र सत्यबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउने र परमेश्‍वरको मुहारलाई फेरि देख्‍ने तुल्याउन सक्दैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

आखिरी दिनहरूका देहधारी परमेश्‍वर किन महिला हुनुहुन्छ?

आखिरी दिनहरूमा, देहधारी सर्वशक्तिमान्‌ परमेश्‍वर काम गर्न र धेरै सत्यताहरू व्यक्त गर्न देखा पर्नुभएको छ। यी सत्यताहरूलाई इन्टरनेटमा राखिएका...

जब मुक्तिदाता आउनुहुन्छ, के उहाँलाई अझै पनि येशू नै भनिनेछ?

आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्‍वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्