के सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रभु येशूलाई विश्‍वासघात गर्नु हो?

3 अप्रिल 2026

सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूमा देखा पर्नुभएको छ र उहाँ काम गरिरहनुभएको छ, अनि एक करोडभन्दा बढी वचन व्यक्त गर्दै हुनुहुन्छ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, धेरै मानिसले यी वचनहरूमा अख्तियार र शक्ति छ अनि यी नै सत्यता हुन् भनी महसुस गर्छन्, र तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेका छन्। केही क्याथोलिक विश्‍वासी पनि सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्छन्। तर, तिनीहरू के विश्‍वास गर्छन् भने, परमेश्‍वरमा विश्‍वास गर्दा तिनीहरूले क्याथोलिक धर्मको परम्परा र इतिहासको सम्मान गर्नुपर्छ, अनि क्याथोलिक धर्ममा आबद्ध भइसकेपछि, तिनीहरूले आफ्नो सम्प्रदाय बदल्न मिल्दैन। तिनीहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु भनेको क्याथोलिक धर्मलाई विश्‍वासघात गर्नु र परमेश्‍वरलाई धोका दिनु हो, अनि यो एउटा पाप हो भन्ने लाग्छ। त्यसैले, तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने आँट गर्दैनन्। त्यसोभए, के सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्नु वास्तवमै प्रभु येशूलाई विश्‍वासघात गर्नु हो त? यस प्रश्नको सन्दर्भमा हामीले बुझ्नैपर्ने पहिलो कुरा के हो भने, तपाईँ एक क्याथोलिकका रूपमा परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ कि क्याथोलिक धर्ममा? यदि तपाईँ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ भने, तपाईँ क्याथोलिक धर्मको बन्धनमा पर्नु हुँदैन। साथै, के क्याथोलिक धर्मका नियम र भनाइहरू परमेश्‍वरद्वारा तोकिएका हुन् कि मानिसद्वारा? के ती परमेश्‍वरबाट आएका हुन् कि मानिसबाट? हामीले यी कुराहरू स्पष्ट पार्नैपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा तपाईँले के जान्‍नुपर्छ भने, परमेश्‍वर सत्यता हुनुहुन्छ; क्याथोलिक धर्म सत्यता होइन, ती क्याथोलिक विशप र धर्मगुरुहरू पनि सत्यता होइनन्, अनि क्याथोलिक धर्मले परमेश्‍वरको प्रतिनिधित्व गर्दैन। यदि तपाईँ परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ भने, तपाईँ क्याथोलिक धर्मको बन्धनमा पर्नु हुँदैन, विशप र धर्मगुरुहरूको बन्धनमा त झनै पर्नु हुँदैन। यदि तपाईँ निरन्तर तिनको बन्धनमा पर्नुहुन्छ भने, तपाईँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नुहुनेछैन। विशेषगरी, प्रभुको आगमनलाई स्वागत गर्ने कुरामा, यदि तपाईँ सधैँ विशप र धर्मगुरुहरूको बन्धनमा पर्नुहुन्छ भने के तपाईँ अझै पनि परमेश्‍वरलाई स्वागत गर्न सक्नुहुन्छ र? हामी सृजित प्राणी हौँ, अनि हामीले सृष्टिकर्ताका वचनहरू पालन गर्नु नै सही हो। मानिसका शब्दहरू र सम्प्रदायका नियमहरू मात्र सधैँ पालन गर्नु मूर्खता होइन र? तपाईँमा यी कुराहरूबारे खुट्ट्याइ हुनैपर्छ। यदि यो परमेश्‍वरको आज्ञा हो भने, हामीले त्यो पालन गर्नैपर्छ। तर यदि यो क्याथोलिक नियम हो भने, हामीले त्यो पालन गरिरहनु पर्दैन; परमेश्‍वरका वचनहरू मात्र पालन गर्नु नै पर्याप्त हुन्छ। तपाईँलाई लाग्छ, मानिसहरूले क्याथोलिक नियमहरू पालन गर्नैपर्छ र त्यसो नगर्नु पाप हो। यसको आधार के हो त? के परमेश्‍वरले कहिल्यै त्यस्तो कुरा भन्‍नुभएको छ त? कहिल्यै भन्‍नुभएको छैन। यसले के प्रमाणित गर्छ भने यी नियमहरू परमेश्‍वरबाट आएका होइनन्, बरु ती त क्याथोलिक धर्मका विशप र धर्मगुरुहरूले बनाएका हुन्। विशप र धर्मगुरुहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्दैनन्, त्यसैले तिनीहरूले ल्याएका प्रावधान र भनाइहरूले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्दैनन्। यस्तो अवस्थामा, के हामीले ती प्रावधानहरू पालन गर्न अझै पनि आवश्यक छ र? के तपाईँ मानिसले बनाएका प्रावधानहरू पालन गरेर परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नुहुन्छ र? यसका साथै, तपाईँले यो कुरा पनि खुट्ट्याउनुपर्छ: के ती क्याथोलिक विशप र धर्मगुरुहरू परमेश्‍वरले प्रेम गर्ने मानिसहरू हुन् त? के तिनीहरू परमेश्‍वरद्वारा चुनिएका हुन्? के तिनीहरू परमेश्‍वरले गवाही दिने मानिसहरू हुन् त? बिलकुलै होइनन्। तिनीहरूमध्ये धेरैले त ठूलो दुष्टतासमेत गरेका छन्, अनि क्याथोलिकहरूलाई यो कुरा राम्ररी थाहा छ। क्याथोलिक धर्ममा पवित्र आत्माको काम नभएको त उहिल्यैदेखि हो। के तपाईँ अझै पनि यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्नुहुन्‍न र? यदि तपाईँ साँच्चै यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्नुहुन्‍न भने, तपाईँ निकै अन्योलमा पर्नुभएको छ! तपाईँमा खुट्ट्याइ नै छैन।

उतिबेला प्रभु येशू देखा पर्नुहुँदा र काम गरिरहनुहुँदा, धार्मिक संसारका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूका साथै सत्तामा रहेकाहरू सबैले प्रभु येशूको प्रतिरोध गरेका र उहाँलाई दोषी ठहराएका थिए। तिनीहरूले प्रभु येशू एक साधारण व्यक्ति मात्र हुनुहुन्छ र परमेश्‍वर हुनुहुन्‍न भनी आधारहीन अफवाहहरूसमेत फैलाएका थिए। धेरै धार्मिक मानिस भ्रममा परे। तिनीहरूले प्रभु येशूको कामको अनुसन्धान गर्ने आँट गरेनन्, जसको परिणाम स्वरूप, तिनीहरूले प्रभुको मुक्ति प्राप्त गरेनन्। अहिले हामी आखिरी दिनहरूमा छौँ। यदि हामी परमेश्‍वरमा विश्‍वास गर्छौँ तर उहाँलाई स्वागत गर्न सक्दैनौँ भने, परिणाम के हुनेछन् त? हामी प्रकोपहरूमा पर्नेछौँ, दण्डित हुनेछौँ, र मर्नेछौँ! त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्दा हामीले पालन गर्नुपर्ने सिद्धान्त भनेको परमेश्‍वरका वचनहरू मात्र सुन्‍नु र मानिसका शब्दहरू नसुन्‍नु हो। कुनै पनि मानिसका शब्दहरू सत्यता होइनन्; परमेश्‍वरका वचनहरू मात्र सत्यता हुन्। यदि मानिसहरू परमेश्‍वरका वचनहरूप्रति समर्पित हुँदैनन् भने, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेका छन् र उहाँको प्रतिरोध गरिरहेका छन्। यदि तपाईँ सधैँ क्याथोलिक नियम र प्रावधानहरूमा टाँसिरहनुहुन्छ र परमेश्‍वरका वचनहरू सुन्‍नुहुन्‍न भने, यसले तपाईँलाई कस्तो परिणाम ल्याउनेछ त? यस विषयमा तपाईँ स्पष्ट हुनुपर्छ। यदि तपाईँले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू सबै सत्यता हुन् र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका परमेश्‍वर हुनुहुन्छ भनी पत्ता लगाउनुभयो, तर क्याथोलिक नियमहरू उल्लङ्घन गर्ने डरले उहाँलाई स्वीकार गर्ने आँट गर्नुभएन भने, तपाईँ निर्बुद्धि कन्या बन्‍नुभएको छ, अनि तपाईँ प्रकोपहरूमा पर्न र रुन र दाह्रा किट्न मात्रै सक्नुहुनेछ। क्याथोलिक धर्मले सर्वशक्तिमान्‌ परमेश्‍वर—आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गर्छ र उहाँलाई दोषी ठहराउँछ, त्यसैले तपाईँले क्याथोलिक धर्मविरुद्ध विद्रोह गर्नुपर्छ, त्यसबाट सम्बन्ध तोड्नुपर्छ, र अब उप्रान्त त्यसको बन्धनमा पर्नु हुँदैन। त्यसपछि मात्र तपाईँ परमेश्‍वरलाई स्वागत गर्न र स्वर्गको राज्यको भोजमा सहभागी हुन सक्ने बुद्धिमती कन्या हुनुहुन्छ। यदि तपाईँ सधैँ क्याथोलिक धर्मलाई चिढ्याउन डराउनुहुन्छ र क्याथोलिक धर्मबाट निष्कासित हुने डर मान्‍नुहुन्छ भने, यसले तपाईँ परमेश्‍वरमा नभई क्याथोलिक धर्ममा विश्‍वास गर्नुहुन्छ भन्ने प्रमाणित गर्छ। के क्याथोलिक धर्मले परमेश्‍वरलाई स्वागत गर्नमा तपाईँलाई अगुवाइ गर्न सक्छ र? के यसले तपाईँलाई मुक्ति दिन र स्वर्गको राज्यमा ल्याउन सक्छ र? के यसले तपाईँलाई सत्यता र जीवन प्रदान गर्न सक्छ र? के यसले तपाईँलाई अनन्त जीवन प्राप्त गर्न मद्दत गर्न सक्छ र? क्याथोलिक धर्मले यीमध्ये कुनै पनि कुरा गर्न सक्दैन, र यसले तपाईँलाई केही पनि प्रदान गर्न सक्दैन। ती क्याथोलिक नियमहरूले तपाईँलाई केवल भ्रममा पार्न र हानि गर्न सक्छन्, त्यसैले तपाईँले अझै पनि ती नियमहरू पालन गर्नुको के काम छ र? यदि तपाईँ क्याथोलिक प्रावधानहरू पालन गर्न जिद्दी गर्नुहुन्छ भने, तपाईँ निर्बुद्धि कन्या हुनुहुन्छ।

परमेश्‍वर देखा पर्नुभएको छ र उहाँ मानिसलाई मुक्ति दिन काम गरिरहनुभएको छ। परमेश्‍वर मानिसहरूसँग केवल परमेश्‍वरलाई स्वीकार गर्न, परमेश्‍वरको आवाज मात्र सुन्‍न, र धर्मको बन्धनमा नपर्न माग गर्नुहुन्छ। तपाईँ जुनसुकै सम्प्रदायमा भए तापनि, यदि तपाईँले परमेश्‍वरको आवाज सुन्नुभयो र प्रभुलाई स्वागत गर्नुभयो भने, तपाईँ धर्मबाट तुरुन्तै बाहिर निस्कनुपर्छ। गर्नुपर्ने सही कुरा यही हो। तपाईँले जेसुकै गरे पनि पछाडि नफर्कनुहोस्; अन्यथा, तपाईँ लूतकी पत्नीजस्तै नुनको खम्बामा परिणत हुनुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिस परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उसले परमेश्‍वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले ‘थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।’ यस्तो गर्नेहरू मात्रै साँचो मार्गको साँच्चै खोजी गर्नेहरू हुन्, जो पवित्र आत्माको काम चिन्दछन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्‍माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्‍वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिस एउटा युगमा मात्रै लागू हुने ‘यहोवा नै परमेश्‍वर हुनुहुन्छ’ र ‘येशू नै ख्रीष्‍ट हुनुहुन्छ’ भन्‍ने सत्यताहरूलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्‍माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन, र ऊ पवित्र आत्‍माको काम प्राप्त गर्न सधैँका लागि असमर्थ हुनेछ। परमेश्‍वरले जसरी काम गर्नुभए तापनि, यदि मानिस अलिकति पनि शङ्का नगरी पछ्याउँछ र नजिकबाट पछ्याउँछ भने, मानिस कसरी पवित्र आत्‍माद्वारा हटाइन सक्‍छ? परमेश्‍वरले जे गर्नुभए तापनि, जबसम्‍म मानिस यो पवित्र आत्माको काम हो भन्‍ने कुरामा निश्‍चित हुन्छ, र आशङ्का नगरी पवित्र आत्‍माको कामसँग सहकार्य गर्छ, र परमेश्‍वरका मागहरू पूरा गर्ने प्रयास गर्छ भने, ऊ कसरी दण्डित हुन सक्छ? परमेश्‍वरको काम कहिल्यै रोकिएको छैन, उहाँका पदचापहरू कहिल्यै अडिएका छैनन्, र उहाँको व्यवस्थापनको कार्य पूरा हुनुभन्दा पहिले, उहाँ जहिल्यै व्यस्त रहनुभएको छ र उहाँ कहिल्यै रोकिनुहुन्‍न। तर मानिस फरक छ: पवित्र आत्माको काम थोरै मात्र प्राप्त गरेपछि, ऊ यो कहिल्यै परिवर्तन नहुने झैँ गरी यसलाई व्यवहार गर्छ; थोरै ज्ञान प्राप्त गरिसकेपछि, ऊ अघि बढेर परमेश्‍वरको अझ नयाँ कामलाई ‘पछ्याउँदैन’; परमेश्‍वरको थोरै काम मात्र देखेपछि, ऊ तुरुन्तै परमेश्‍वरलाई काठको विशेष आकृति हुनुमा सीमित गर्छ, र आफूले देख्ने स्वरूपलाई परमेश्‍वर सदा कायम राख्नुहुनेछ, विगतमा यो यस्तै थियो र भविष्यमा पनि यस्तै नै रहनेछ भन्‍ने विश्‍वास गर्छ; अलिकति सतही ज्ञान मात्र प्राप्त गरेपछि, मानिस यति घमण्‍डी हुन्छ कि ऊ आफैलाई बिर्सन्छ र अस्तित्वमा नै नभएको परमेश्‍वरको स्वभाव र अस्तित्व जथाभावी घोषणा गर्न थाल्छ; अनि पवित्र आत्माको कामको एउटा चरणबारे निश्‍चित भएपछि, परमेश्‍वरको नयाँ काम घोषणा गर्ने व्यक्ति जस्तोसुकै प्रकारको भए तापनि, मानिस यो कुरा स्वीकार गर्दैन। यस्ता मानिसहरू पवित्र आत्माको नयाँ काम स्वीकार गर्न सक्दैनन्; यिनीहरू अत्यन्तै रूढिवादी हुन्छन्, र नयाँ कुराहरू स्वीकार गर्न असमर्थ छन्। त्यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई इन्कार पनि गर्नेहरू हुन्। मानिस इस्राएलीहरूले ‘यहोवामा मात्रै विश्‍वास गरेर येशूमा विश्‍वास नगर्नु’ गलत थियो भन्‍ने विश्‍वास गर्छ, तैपनि अधिकांश मानिस ‘यहोवामा मात्रै विश्‍वास गर्ने र येशूलाई इन्कार गर्ने’ साथै ‘मसीहको आगमनको लागि तिर्सना गर्ने तर येशू भनिने मसीहको विरोध गर्ने’ भूमिका खेल्छन्। त्यसैले, पवित्र आत्माको कामको एउटा चरण स्वीकार गरिसकेपछि पनि मानिसहरू अझै शैतानको सत्ताअन्तर्गत जिउँछन्, र अझै परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्दैनन् भन्‍ने कुरामा कुनै आश्‍चर्य मान्‍नुपर्दैन। के यो मानिसको विद्रोहीपनको नतिजा होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान...

किन परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम गर्न देहधारण गर्नुहुन्छ?

हामीले आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कामबारे पहिले नै केही पटक कुराकानी गरिसकेका छौँ। आज हामी कसले यो न्यायको काम गर्नुहुन्छ भनेर...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्