प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ भनी मात्र पर्खिरहनेहरूलाई धिक्कार
प्रभुमा विश्वास गर्नेहरूका लागि सबैभन्दा ठूलो आशा उहाँको पुनरागमनलाई स्वागत गर्नु र स्वर्गको राज्यमा उठाई लगिनु हो। अब, महाविपत्तिहरू सुरु...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अहिले, धार्मिक संसारमा प्रभुमा विश्वास गर्ने धेरै मानिस उहाँलाई स्वागत गर्न लालायित छन् अनि साँचो मार्गको अनुसन्धान गर्दैछन्। तिनीहरू सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रभु येशू फर्किसक्नुभएको छ अनि उहाँ आखिरी दिनहरूमा सत्यता व्यक्त गर्दै न्यायको काम गरिरहनुभएको छ भनेर गवाही दिएको सुन्छन्, अनि प्रभुको पुनरागमनलाई पर्खनुको सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँको आवाज सुन्न खोज्नु हो। तिनीहरूलाई यो कुरा प्रभुका वचनहरूसँग मिल्छ भन्ने लाग्छ, तर तिनीहरू अझै पनि यस्तो सोच्दै अलमल्ल परेका छन्, “मानिसहरूले प्रभु बादलमा ओर्लनुभएको देख्ने हुनाले, अझै पनि उहाँको आवाज सुन्न किन आवश्यक छ?” यस प्रश्नबारे सङ्गति गरौँ। प्रभु येशूले प्रभु दुई तरिकाले फर्कनुहुनेछ भनी अगमवाणी गर्नुभएको थियो: एउटा हो, मानिसको पुत्रका रूपमा गुप्तमा ओर्लनु, अनि अर्को हो, बादलमा खुल्लमखुल्ला ओर्लनु। यदि आखिरी दिनहरूमा प्रभु बादलमा मात्र आउनुहुने हो भने, मानिसहरूले प्रभुलाई स्वागत गर्न परमेश्वरको आवाज सुन्न आवश्यक हुने थिएन। किनभने प्रभु बादलमा खुल्लमखुल्ला आउनुको प्रभाव निकै ठूलो हुनेछ—साँच्चै नै पृथ्वीलाई हल्लाउने र प्रतापी हुनेछ—अनि मानिसहरूले यो सीधै देख्न सक्नेछन्—तिनीहरूले प्रभुलाई स्वागत गर्न परमेश्वरको आवाज सुन्न आवश्यक हुनेछैन। तर धार्मिक संसारका धेरैजसो मानिसमा बुझ्ने क्षमता छैन। तिनीहरू प्रभु बादलमा ओर्लनुभएको देख्ने विचारमा मात्रै केन्द्रित हुन्छन्, अनि आफ्नै आँखाले प्रभु बादलमा ओर्लनुभएको देखे भने उहाँलाई स्वागत गर्न सकिन्छ भन्ने सोच्छन्। त्यसैले, प्रभु बादलमा ओर्लनुहुनेछ भनी विश्वास गर्ने मानिसहरू परमेश्वरको आवाज सुन्ने कुरामा ध्यान दिँदैनन्। अहिले सिङ्गो धार्मिक संसारभरिको अवस्था यस्तै छ। तिनीहरू सबै जना बादलमा प्रभुको अवरोहण पर्खिरहेका छन्, अनि कसैले पनि परमेश्वरको आवाज सुन्न खोजिरहेको छैन। प्रभुलाई स्वागत गर्ने सन्दर्भमा यस्तो मानसिकता राख्नुका परिणामहरूबारे त सोच्न पनि सकिँदैन! बाइबलमा, प्रभु येशूले उहाँको पुनरागमनबारे गर्नुभएका केही अगमवाणी छन्: “हेर, म चोरजस्तै आउँछु” (प्रकाश १६:१५)। “यसकारण, सतर्क बस, किनकि तिमीहरूका प्रभु कुन घडीमा आउनुहुन्छ भनी तिमीहरूलाई थाहा छैन” (मत्ती २४:४२)। “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ” (मत्ती २४:३६)। साँचो रूपमा बुझ्ने क्षमता भएका मानिसहरूले प्रभु येशूले उहाँको पुनरागमनबारे गर्नुभएका यी अगमवाणीहरू देख्दा मनन गर्नेछन्: प्रभु निश्चय नै मानिसको पुत्रका रूपमा फर्कनुहुनेछ, त्यसैले मानिसको पुत्र आउनुहुँदा हामीले उहाँलाई कसरी स्वागत गर्ने? प्रभु आउनुभएको छ भनी हामीले कसरी थाहा पाउने? प्रभु येशूले यी वचनहरू बोल्नुभयो: “मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)। यस्तो अवस्थामा, मानिसको पुत्रको आगमनलाई स्वागत गर्न तपाईँहरूले परमेश्वरको आवाज सुन्ने तयारी गर्नैपर्छ। त्यसोभए परमेश्वरको आवाज सुन्न तपाईँहरूले कसरी तयारी गर्नुपर्छ त? यदि यो प्रभु बादलमा ओर्लनुभएको देख्ने कुरा हुन्थ्यो भने, के अझै पनि तयारी गर्न आवश्यक हुन्थ्यो र? जोकसैले पनि प्रभु बादलमा ओर्लनुभएको देख्न र महसुस गर्न सक्छ; तयारी गर्न आवश्यक छैन। तर परमेश्वरको आवाज सुन्नका लागि, तपाईँहरू चनाखो रहनैपर्छ र तयार हुनैपर्छ—तपाईँहरू चनाखो रहन र तयार हुन आवश्यक छ किनभने परमेश्वर कहिले आउनुहुन्छ भनी कसैलाई थाहा छैन। यसका साथै, प्रभु मानिसको पुत्रका रूपमा फर्कनुहुन्छ—मानिसहरूले उहाँलाई हेरेर मात्र चिन्न सक्दैनन्। त्यसैले, प्रभु येशूका वचनहरूबाट हामी के देख्न सक्छौँ भने, बादलमा ओर्लनुहुने प्रभुलाई स्वागत गर्न सजिलो छ, तर मानिसको पुत्रको देखा पराइलाई स्वागत गर्न, हामीले परमेश्वरको आवाज ध्यान दिएर सुन्न आवश्यक छ। यसले एउटा कठिनाइ खडा गर्छ, अनि त्यसैले हामी चनाखो रहनुपर्छ र तयार हुनुपर्छ। त्यसोभए हामी किन चनाखो रहनुपर्छ र तयार हुनुपर्छ भन्ने बारेमा थप कुरा गरौँ। प्रभु येशूले भन्नुभयो: “अनि नोआको दिनमा जस्तै, मानिसको पुत्रको दिनमा पनि हुनेछ। नोआ जहाजमा चढ्ने दिनसम्म तिनीहरूले खाए, तिनीहरूले पिए, तिनीहरूले पत्नीहरू विवाह गरे, तिनीहरू विवाहबारीमा लागिरहे, अनि त्यसपछि बाढी आयो र त्यसले तिनीहरू सबैलाई नष्ट पार्यो” (लूका १७:२६-२७)। मानिसको पुत्र ओर्लनुहुँदाको परिस्थिति ठ्याक्कै नोआको समयको जस्तै हुनेछ भनी देख्न सकिन्छ: मानिसहरू खाइरहेका, पिइरहेका, विवाह गरिरहेका हुनेछन्, र उनीहरूलाई विवाहमा दिइरहिएको हुनेछ। निश्चय नै, यी परिस्थितिहरू विपत्तिहरूभन्दा अघि देखा पर्ने परिस्थितिहरू हुन्। विपत्तिभन्दा अघिका यी परिस्थितिहरूलाई सजिलै बेवास्ता गरिन्छ, किनभने विपत्तिहरू आउनुअघि मानवजाति यति धेरै दुष्ट हुन्छ—सबै जना खाने, पिउने, मोजमज्जा गर्ने, अनि विवाह गर्ने र पुनर्विवाह गर्ने दुष्ट प्रचलनहरूबीच जिइरहेका हुन्छन्। तर विपत्तिहरूको समयमा, के खाने, पिउने, अनि विवाह गर्ने र पुनर्विवाह गर्ने यी दुष्ट प्रचलनहरू अझै रहिरहनेछन् त? ती त उहिल्यै हराइसकेका हुनेछन्। जब ठूलो महामारी फैलियो, तब कति मानिस मरे, कसलाई के थाहा? सहरहरू सुनसान भए, अनि गाउँघर पनि सुनसान भए। खाने, पिउने, अनि विवाह गर्ने र पुनर्विवाह गर्ने प्रचलन त्यसै हराएर गयो, त्यसैले नोआका जस्ता दिनहरू बितिसकेका छन् भन्ने कुरा स्पष्ट छ। विपत्तिहरूअघि प्रभुलाई स्वागत गर्न असफल हुनेहरू सबै त्यसैमा परे, अनि परमेश्वरको आवाज सुन्ने र परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गर्नेहरू मात्रै स्वर्गको राज्यको भोजमा सहभागी हुन, परमेश्वरको न्याय स्वीकार गर्न, र शुद्ध पारिन परमेश्वरको अघि उठाई लगिए; तिनीहरू सबैले परमेश्वरको देखा पराइ र उहाँको कामको गवाही दिन्छन्। यी मानिसहरू नै विपत्तिहरूभन्दा अघि परमेश्वरले बनाउनुभएका विजेताहरूको समूह हुन्।
अब हामी सबैले स्पष्ट रूपमा के देख्न सक्छौँ भने, मानिसको पुत्र विपत्तिहरूभन्दा अघि गुप्त रूपमा ओर्लेर आउनुहुन्छ, जबकि उहाँ महाविपत्तिहरू समाप्त भइसकेपछि मात्रै बादलमा खुल्लमखुल्ला ओर्लनुहुनेछ। मानिसको पुत्र गुप्त रूपमा ओर्लनुहुने र महाविपत्तिहरू समाप्त भएपछि उहाँ खुल्लमखुल्ला ओर्लनुहुने समय र परिस्थितिहरू फरक छन्: एउटा विपत्तिहरूभन्दा अघि हुन्छ, अनि अर्को विपत्तिहरूपछि हुन्छ। विपत्तिहरू अघि ओर्लनु भनेको मानिसको पुत्र सत्यता व्यक्त गर्न र परमेश्वरको घरानाबाट सुरु हुने न्यायको काम गर्न आउने कुरा हो। जसरी प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, त्यसरी नै मानिसलाई मुक्ति दिने काम गर्न परमेश्वर देहधारी बन्नुहुन्छ। महाविपत्तिहरू समाप्त भएपछि, मानिसको पुत्रले आफ्नो रूप बदल्नुहुनेछ र बादलमा खुल्लमखुल्ला ओर्लनुहुनेछ। त्यस समयमा, मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम समाप्त भइसकेको हुनेछ, शैतानका राज्यहरू सबै नष्ट भइसकेका हुनेछन्, अनि परमेश्वरको प्रतिरोध गर्ने गैरविश्वासीहरू र धार्मिक संसारका मानिसहरू आधारभूत रूपमा सबै नै विनाश भइसकेका हुनेछन्। त्यसैले, प्रभु बादलमा खुल्लमखुल्ला ओर्लनुहुँदा, उहाँ असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ। मानिसको पुत्रको देखा पराइ र उहाँको काम स्वीकार नगर्नेहरूमध्ये थोरै सङ्ख्याका मानिसहरूले बाँचेर प्रभु बादलमा खुल्लमखुल्ला ओर्लनुभएको देख्न सके पनि, तिनीहरू दण्डकै पात्र हुनेछन्। त्यो समय आएपछि, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, अनि सीधै नरकमा जानेछन्। सर्वशक्तिमान् परमेश्वर स्पष्ट रूपमा भन्नुहुन्छ: “ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसहरूका हुन् तिनीहरू सबै सखाप हुनेछन्। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्निमा परेर ढल्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २६)। यी वचनहरूलाई कसरी बुझ्नुपर्छ त? यसको अर्थ हो, यदि तपाईँहरू विपत्तिहरूबाट बच्न चाहनुहुन्छ भने, तपाईँहरूले परमेश्वरको आखिरी दिनहरूको न्यायको काम स्वीकार गर्नैपर्छ। परमेश्वरको न्यायको काम स्वीकार नगर्नेहरू सबै विनाश हुनेछन्, अनि बादलमा प्रभुको अवरोहण पर्खेर मात्र बस्नेहरू सबै विनाशका पात्र हुनेछन्। त्यसैले, तपाईँलाई प्रभुको स्वागत गर्न लगाउनु पछाडिको परमेश्वरको अभिप्राय भनेको तपाईँ मानिसको पुत्रको देखा पराइलाई स्वागत गर्न सक्ने बुद्धिमती कन्या बन्नु हो। मानिसको पुत्रको देखा पराइलाई स्वागत गर्नेहरू आशिषित हुन्; यो परमेश्वरद्वारा पूर्वनियोजित आशिष् हो। तर प्रभुलाई स्वागत गर्नुअघि बादलमा उहाँको अवरोहण पर्खेर हेर्न जिद्दी गर्नेहरू सबैभन्दा मूर्ख कन्याहरू हुन्, किनभने तिनीहरूले प्रभु बादलमा ओर्लनुभएको देख्दा, त्यो परमेश्वरको आशिष् होइन; त्यो त तिनीहरूले दण्ड पाउनेछन् भन्ने सङ्केत हो। त्यसैले, यदि तपाईँ प्रभुलाई स्वागत गर्न चाहनुहुन्छ भने, मुख्य कुरा भनेको मानिसको पुत्रको देखा पराइ र उहाँको कामलाई स्वागत गर्नु हो। यो मात्रै परमेश्वरको अभिप्राय अनुरूप छ।
अब सबैले के बुझ्नुपर्छ भने, मानिसको पुत्रलाई स्वागत गर्न, तपाईँहरूले परमेश्वरको आवाज सुन्नमा ध्यान दिनैपर्छ। किनभने बाहिरी रूपमा, मानिसको पुत्र ठ्याक्कै प्रभु येशूजस्तै एक साधारण व्यक्ति मात्र हुनुहुन्छ; फरक यति मात्र हो कि उहाँ सत्यता व्यक्त गर्न र परमेश्वरको काम गर्न सक्नुहुन्छ। यदि तपाईँहरू देहधारी मानिसको पुत्रलाई चिन्न चाहनुहुन्छ भने, परमेश्वरको आवाज कसरी सुन्ने भनी तपाईँहरूले जान्नैपर्छ। त्यसोभए तपाईँहरू कसरी परमेश्वरको आवाज सुन्न सक्षम हुन सक्नुहुन्छ त? सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँले सत्यता के हो भनी जान्नैपर्छ। तपाईँले परमेश्वरका वचनहरू पढ्दा सत्यता नबुझे पनि, ती वचनहरू सत्यता हुन् भनी आफ्नो हृदयमा महसुस गर्न सक्नुभयो र ती सत्यता नै हुन् भनी निश्चित हुन सक्नुभयो भने, त्यति नै पर्याप्त हुन्छ। यदि तपाईँले सत्यता के हो भनी जान्नुभएको छैन र परमेश्वरका वचनहरू पढ्दा आफ्नो हृदयमा केही पनि महसुस गर्नुहुन्न भने, तपाईँले परमेश्वरको आवाज सुन्न सक्नुहुनेछैन। अहिले, संसारभरिका यति धेरै मानिसले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेका छन्। तिनीहरूले पनि पहिलो पटक सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्दा सत्यता बुझेका थिएनन्, तर सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति छ, अनि ती सबै सत्यता हुन् भनी तिनीहरू सबैले महसुस गर्न सकेका थिए, अनि त्यसैले तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरे। परमेश्वरको आवाज सुन्न सक्ने मानिसहरू सबैभन्दा बढी आशिषित हुन्; यो परमेश्वरद्वारा तिनीहरूलाई प्रदान गरिएको आशिष् हो। परमेश्वरका वचनहरू बोलिनेबित्तिकै, परमेश्वरका भेडाहरूको हृदयमा एउटा भावना जाग्छ; तिनीहरू यी वचनहरूमा यति धेरै अख्तियार छ, अनि ती सत्यता हुन् भनी महसुस गर्न सक्छन्। परमेश्वरको आवाज सुन्न सक्षम हुनका लागि तिनीहरू कुन कुरामा भर पर्छन् त? तिनीहरू आफ्नो आत्माको अन्तर्ज्ञानमा भर पर्छन्। तिनीहरूको आत्माको अन्तर्ज्ञान भनेको यी वचनहरूमा यति धेरै अख्तियार छ, यी वचनहरू यति धेरै गहन छन्, यी वचनहरू परमेश्वरबाट आएका हुन्, अनि कुनै पनि मानवले यस्ता वचनहरू कहिल्यै बोल्न सक्दैन भनी बोध गर्नु हो। यसका साथै, यी वचनहरू पढेर, तिनीहरू ती सत्यता हुन् भनी निश्चित हुन सक्छन्, अनि तिनीहरू सत्यतामा मात्र अख्तियार र शक्ति हुन्छ भन्ने महसुस गर्छन्। सत्यताका वचनहरू सुन्दा यस्ता मानिसहरूले केही महसुस गर्छन्। त्यसैले, परमेश्वरको आवाज सुन्न सक्ने क्षमता तपाईँको आत्माको भावना, अन्तर्ज्ञानमा आधारित हुन्छ। प्रभु येशूले भन्नुभयो: “मेरा भेडाले मेरो आवाज सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्ना १०:२७)। “परमेश्वरका भेडाहरूले परमेश्वरको आवाज सुन्छन्,” भन्ने भनाइले हामीलाई परमेश्वरका भेडाहरूले उहाँको आवाज सुन्न सक्नुअघि निश्चित वर्षसम्म परमेश्वरका वचनहरू अनुभव गरेको हुनुपर्छ, उनीहरूसँग जीवन अनुभव हुनुपर्छ, र परमेश्वरबारे केही साँचो ज्ञान हुनुपर्छ भनी बताइरहेको छैन। बरु, यसले हामीलाई के बताउँछ भने, जो परमेश्वरका भेडाहरू हुन् तिनीहरूले स्वाभाविक रूपमै परमेश्वरको आवाज सुन्नेछन्। यो त परमेश्वरका भेडाहरूमा हुने एउटा जन्मजात प्रवृत्ति हो; आत्मिक बुझाइ भएका मानिसहरूसँग यो जन्मजात प्रवृत्ति हुन्छ। यस्तो जन्मजात प्रवृत्ति हुनेहरू नै परमेश्वरका भेडाहरू हुन्, अनि नहुनेहरू चाहिँ परमेश्वरका भेडाहरू होइनन्। सर्वशक्तिमान् परमेश्वरले अहिले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ, तैपनि धार्मिक संसारका यति धेरै मानिसले अझै पनि उहाँको प्रतिरोध गरिरहेका र उहाँलाई दोषी ठहराइरहेका छन्। यी मानिसहरू परमेश्वरका भेडाहरू होइनन्। तिनीहरू त अन्धकारमा परिसकेका मूर्ख कन्याहरू हुन्। तिनीहरू ख्रीष्ट विरोधीहरू, दियाबलसहरू र शैतानहरू हुन्।
त्यसोभए तपाईँहरू परमेश्वरको आवाज कसरी सुन्न सक्नुहुन्छ त? तपाईँहरूले खोज्नुपर्छ र अनुसन्धान गर्नुपर्छ। सर्वप्रथम, सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँहरूले परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति हुन्छ भनी चिन्न सक्नैपर्छ। यसका साथै, तपाईँहरूले परमेश्वरका वचनहरू नै सत्यता हुन्, यी सत्यताहरू कुनै पनि मानवसँग हुँदैनन्, र कुनै पनि मानवले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरेको भए तापनि ती वचनहरू बोल्न सक्दैन भनी चिन्नैपर्छ। परमेश्वरका वचनहरू सबै सत्यता हुन्। सत्यता एउटा सकारात्मक कुरा हो। सत्यता मानव धारणा र कल्पनाहरूभन्दा पूर्ण रूपमा फरक हुन्छ, अनि यो मानव विचार र सिद्धान्तहरूभन्दा पनि पूर्ण रूपमा फरक हुन्छ। परमेश्वरका वचनहरूले परमेश्वरका अभिप्रायहरू, परमेश्वरको स्वभाव, र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ तिनको प्रतिनिधित्व गर्छन्, अनि परमेश्वरले मात्रै ती व्यक्त गर्न सक्नुहुन्छ। अर्को कुरा के हो भने, परमेश्वरका वचनहरूले बाइबलका रहस्यहरू, साथै परमेश्वरको कामसम्बन्धी विभिन्न रहस्य खोल्न सक्छन्। कुनै पनि मानवले यी रहस्यहरू खोल्न सक्दैन, न त पवित्र आत्माले नै यी रहस्यहरू मानिसलाई प्रकट गर्नुहुनेछ; परमेश्वरले मात्र यी रहस्यहरू खोल्न सक्नुहुन्छ। परमेश्वरको आवाज सुन्दा, तपाईँले मुख्य रूपमा यी पक्षहरूमा ध्यान दिनुपर्छ। यदि तपाईँ परमेश्वरको आवाज सुन्न सक्नुहुन्छ, र कम्तीमा पनि यी सत्यताहरू व्यक्त गर्ने जन परमेश्वरले पठाउनुभएको हो भनी निश्चित हुन सक्नुहुन्छ भने, तपाईँले कम्तीमा पनि परमेश्वरको प्रतिरोध गर्नुहुनेछैन र उहाँलाई दोषी ठहराउनुहुनेछैन। त्यसमाथि पनि, यदि तपाईँ देहधारी परमेश्वर मात्र यी सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ भनी निश्चित हुन सक्नुहुन्छ भने, त्यो अझै राम्रो हो, अनि तपाईँले प्रभुलाई स्वागत गर्नुभएको हुनेछ।
प्रभु येशूले हामीलाई चनाखो रहन र तयार हुन भन्नुको अर्थ के थियो भन्ने बारेमा अझै कुरा गरौँ। हामीले चनाखो रहनुपर्ने र तयार हुनुपर्ने कम्तीमा पनि तीनवटा कुरा छन्। पहिलो कुरा, मानिसको पुत्र आउनुहुँदा उहाँ नै देहधारी परमेश्वर र आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ भनी हामी कसरी निर्धारण गर्छौँ। यदि तपाईँहरू चनाखो रहनुहुन्न र तयार हुनुहुन्न भने, तपाईँहरूले प्रभुलाई स्वागत गर्न सक्नुहुनेछैन। किनभने आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउन झूटा ख्रीष्टहरू देखा पर्छन्—सत्यता नभएकाहरू सजिलै झूटा ख्रीष्टहरूको बहकाउमा पर्छन्। ठीक प्रभु येशूले भन्नुभएजस्तै: “अनि यदि कुनै मानिसले तिमीहरूलाई, हेर, ख्रीष्ट यहाँ छ वा त्यहाँ छ भनी भन्छ भने विश्वास नगर्नू। किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू आउनेछन् र ठूलाठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्; ताकि सम्भव भए, तिनीहरूले चुनिएकाहरूलाई नै बहकाउन सकून्” (मत्ती २४:२३-२४)। यदि तपाईँहरू सत्यता बुझ्नुहुन्न भने, तपाईँहरू झूटो ख्रीष्टहरूको बहकाउमा पर्ने खतरा हुन्छ। यदि तपाईँ चनाखो रहनुहुन्न र तयार हुनुहुन्न भने यो खतरनाक कुरा हो; यदि तपाईँ साँचो ख्रीष्टलाई स्वागत गर्न असफल हुनुभयो र त्यसको सट्टा झूटो ख्रीष्टको बहकाउमा पर्नुभयो भने, अन्ततः तपाईँले दण्ड पाउनुहुनेछ। त्यसैले, प्रभुको पुनरागमनलाई स्वागत गर्दा, यदि तपाईँहरू चनाखो रहनुभएन भने गलत बाटोमा लाग्न र झूटो ख्रीष्टहरूको बहकाउमा पर्न निकै सहज हुन्छ। तपाईँहरू चनाखो हुनैपर्ने पहिलो कुरा यो नै हो। तपाईँहरू चनाखो हुनैपर्ने दोस्रो कुरा के हो भने, यदि तपाईँहरूले सत्यता जान्नुभएको छैन र सत्यता बुझ्नुभएको छैन भने, तपाईँहरू धार्मिक पाष्टरहरू अनि धार्मिक संसारका विभिन्न विधर्म र भ्रमहरूको बहकाउमा पर्ने सम्भावना हुन्छ। कतिपय मानिसले सर्वशक्तिमान् परमेश्वरका वचनहरू सुन्दा ती वचनहरू निकै राम्रा छन् भन्ने महसुस गर्छन्, तर तिनीहरू यस्तो सोच्छन्, “साँचो मार्गको अनुसन्धान गर्दा, मैले आफ्नो पाष्टरको सहमति लिनैपर्छ। यो मार्ग साँचो हो कि झूटो हो भनी हेर्न मैले मेरो पाष्टरलाई पहरेदारका रूपमा काम गर्न दिनुपर्छ। त्यसो गर्दा, केही पनि गलत हुन सक्दैन।” तर तिनीहरूले आफ्नो पाष्टरलाई सोधेकै क्षण, पाष्टरले केही विधर्म र भ्रम बक्छ, अनि तिनीहरू बहकाउमा पर्छन् र सर्वशक्तिमान् परमेश्वरका सबै वचनहरूलाई इन्कार गर्छन्। यस्तो अवस्थामा, यदि तिनीहरूले सत्यता बुझ्ने र तिनीहरूलाई सत्यतामा सङ्गति गर्ने व्यक्तिलाई भेटे, अनि तिनीहरूले साँचो मार्ग र झूटो मार्गहरूबीच खुट्ट्याउन सिके, र अन्ततः साँचो मार्ग चिने, सत्यता स्वीकार गरे, र धार्मिक संसारले तिनीहरूलाई फेरि तान्न सकेन भने, तिनीहरू आशिषित हुन्। तर यदि तिनीहरूले दुष्ट मानिसहरू, वा आत्मिक बुझाइ नभएका बेतुके प्रकारका मानिसहरूलाई भेटे, र यी मानिसहरूले पनि केही विधर्म र भ्रम बके भने, तिनीहरू बहकाउमा पर्नेछन्। त्यसैले, यदि तपाईँ प्रभुलाई स्वागत गर्ने कुरामा चनाखो रहनुभएन भने, तपाईँ बहकाउमा पर्ने जोखिममा हुनुहुन्छ। यदि तपाईँ बाइबलका अगमवाणीहरू बुझ्नुहुन्न, तपाईँसँग सत्यता खुट्ट्याउने क्षमता भएन, वा तपाईँको क्षमता कमजोर छ भने त्यो स्वीकार्य हुँदैन; यदि तपाईँ निरन्तर नकारात्मक पात्रहरूबाट बाधा भोग्नुहुन्छ भने, यो बिलकुलै स्वीकार्य हुँदैन। तपाईँ चनाखो रहनुपर्ने दोस्रो कुरा यही हो। तपाईँ चनाखो रहनुपर्ने तेस्रो कुरा के हो भने, यदि तपाईँसँग सत्यता छैन भने ख्रीष्टबारे धारणाहरू विकास गर्न सजिलो हुन्छ। उदाहरणका लागि, कतिपय मानिसले ख्रीष्टसँग सामान्य मानवता छ र बाहिरी रूपमा उहाँ कत्ति पनि अलौकिक हुनुहुन्न भनी देख्दा, तिनीहरू धारणाहरू विकास गर्छन्। तिनीहरू सोच्छन्, “जब प्रभु येशू आउनुभयो, उहाँले आश्चर्यकर्म र चिह्नहरू देखाउनुभयो। आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वर किन कुनै आश्चर्यकर्म र चिह्न देखाउनुहुन्न? यदि उहाँ आश्चर्यकर्म र चिह्नहरू देखाउनुहुन्न भने, के उहाँ साँच्चै नै परमेश्वर स्वयम् हुनुहुन्छ त?” आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्वर न्यायको काम गर्न सत्यता व्यक्त गर्नुहुन्छ र उहाँले विजेताहरूको एउटा समूह बनाउनुभएको छ भन्ने कुरा तिनीहरू जान्दैनन्। यो नै सबैभन्दा ठूलो आश्चर्यकर्म र चिह्न हो, अनि सर्वशक्तिमान् परमेश्वर नै देहधारी परमेश्वर र आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भनी प्रमाणित गर्न यो पर्याप्त छ। अर्को उदाहरणका लागि, कतिपय मानिस आफूमाथि प्रकोपहरू आइपर्दा नकारात्मक बन्छन्, अनि यदि सर्वशक्तिमान् परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्थ्यो भने, उहाँले तिनीहरूलाई सुरक्षा दिनुपर्थ्यो भनी सोच्छन्। तिनीहरूका लागि यो धारणा राख्नु खतरनाक कुरा हो, किनभने तिनीहरूले परमेश्वरलाई धोका दिने सम्भावना हुन्छ! हेर्नुहोस् त, सत्यता नबुझ्ने मानिसहरू सधैँ ख्रीष्टबारे धारणाहरू विकास गर्छन्—यस्ता मानिसहरू निकै धेरै छन्। तपाईँहरू चनाखो रहनुपर्ने तेस्रो कुरा यही हो। आखिरी दिनहरूका ख्रीष्टलाई स्वागत गर्न, तपाईँहरू चनाखो रहनुपर्छ र तेल तयार पार्नुपर्छ, अनि यसले मुख्यतया यी तीनवटा कुराहरूलाई जनाउँछ। यी तीन कुराबारे चनाखो नरही, तपाईँले आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार गरे तापनि, कुनै प्रकोप वा परीक्षाहरू सामना गर्दा, वा कुनै नकारात्मक प्रचारबाजी वा पाष्टरहरूका भ्रामक कुराहरू सुन्दा तपाईँलाई दृढ रहन अझै गाह्रो हुनेछ।
प्रभुलाई स्वागत गर्ने कुरामा चनाखो रहनु र तयार हुनु निकै महत्त्वपूर्ण कुरा हो! चनाखो नरही र तयार नभई, भ्रममा पर्नु र मुक्ति पाउने अवसर गुमाउनु निकै सहज हुन्छ। धेरै मानिस चनाखो रहन र तयार हुन असफल हुने मात्र होइन, तिनीहरू थोरै पनि खोजी वा अनुसन्धान गर्दैनन्। तिनीहरू सधैँ आफ्ना पाष्टरहरूको कुरा सुन्छन् र सधैँ बाइबलमै जवाफहरू खोज्छन्। यस्ता मानिसहरूसँग प्रभुलाई स्वागत गर्ने कुनै उपाय हुँदैन। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “हामीले परमेश्वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्वरका अभिप्रायहरू, परमेश्वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्वरको आवाज हुन्छ, र जहाँ परमेश्वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्वर देखा पर्नुहुन्छ, र परमेश्वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्वरका पदचापहरू खोज्दा, तिमीहरूले ‘परमेश्वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ’ भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसले सत्यता प्राप्त गर्दा पनि, तिनीहरू परमेश्वरका पदचापहरू भेट्टाएको विश्वास गर्दैनन्, तिनीहरू परमेश्वरको देखा पराइ त झनै स्वीकार गर्दैनन्। कस्तो गम्भीर भुल!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ)।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
प्रभुमा विश्वास गर्नेहरूका लागि सबैभन्दा ठूलो आशा उहाँको पुनरागमनलाई स्वागत गर्नु र स्वर्गको राज्यमा उठाई लगिनु हो। अब, महाविपत्तिहरू सुरु...
आज, हाम्रो सङ्गतिको शीर्षक रहेको छ, “एउटै परमेश्वरले कामका तीन चरणहरूलाई कसरी पूरा गर्नुहुन्छ।” यो शीर्षक महत्त्वपूर्ण छ, र हाम्रो समाप्ति...
आखिरी दिनहरूमा, मुक्तिदाता सर्वशक्तिमान् परमेश्वर पहिले नै पृथ्वीमा आएर सत्यता व्यक्त गरिरहनुभएको छ, यसरी मानवजातिलाई पूर्ण मुक्ति दिन...
आजभोलि, धेरैजसो मानिसहरूमा विश्वास छ र उनीहरूले परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो हृदयमा भएको परमेश्वरमा...