अय्यूबको साक्षीले पछिका पुस्ताहरूलाई दिएको चेतावनी र अन्तर्ज्ञान

13 अगस्ट 2021

परमेश्‍वरले कुनै मानिसलाई जुन प्रकारले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ त्यस प्रक्रियालाई बुझ्ने क्रममा, मानिसहरूले परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुको उद्देश्य र महत्त्व पनि बुझ्नेछन्। मानिसहरू अब फेरि अय्यूबको यातनाबाट विचलित हुँदैनन्, र त्यसको महत्त्वको नयाँ बुझाइ प्राप्त गर्छन्। तिनीहरू अब आफू पनि अय्यूबकै जस्तो परीक्षामा परिन्छ कि भनी चिन्तित हुँदैनन्, र अब फेरि उनीहरूले परमेश्‍वरका जाँचहरू आउँदा तिनको विरोध वा इन्कार गर्दैनन्। अय्यूबको विश्‍वास, आज्ञाकारिता र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि विश्‍वास र आज्ञापालनका साथै परमेश्‍वरको भयद्वारा शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरूले कुनै विरोध नगरी परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्छन्, जबसम्‍म सबै कुरा गुमाइसकेपछि पनि परमेश्‍वरलाई नत्याग्‍ने दृढ सङ्कल्प र विश्‍वास गर्छन्, तबसम्‍म उनीहरूले शैतानलाई लज्‍जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोप र बाधाहरूबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्‍नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्‍नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भन्‍ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्‍वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्‍वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्‍वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्‍छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

सम्बन्धित विषयवस्तु

परीक्षाहरूपछिका अय्यूब

अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्‍नुभयो, मेरो क्रोध तँ र तेरा दुई...

अय्यूबले कानको सुनाइद्वारा परमेश्‍वरको बारेमा सुन्छन् (भाग १)

अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ। अय्यूब २३:८-९...

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले...

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्