अय्यूबको साक्षीले पछिका पुस्ताहरूलाई दिएको चेतावनी र अन्तर्ज्ञान

13 अगस्ट 2021

परमेश्‍वरले कुनै मानिसलाई जुन प्रकारले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ त्यस प्रक्रियालाई बुझ्ने क्रममा, मानिसहरूले परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुको उद्देश्य र महत्त्व पनि बुझ्नेछन्। मानिसहरू अब फेरि अय्यूबको यातनाबाट विचलित हुँदैनन्, र त्यसको महत्त्वको नयाँ बुझाइ प्राप्त गर्छन्। तिनीहरू अब आफू पनि अय्यूबकै जस्तो परीक्षामा परिन्छ कि भनी चिन्तित हुँदैनन्, र अब फेरि उनीहरूले परमेश्‍वरका जाँचहरू आउँदा तिनको विरोध वा इन्कार गर्दैनन्। अय्यूबको विश्‍वास, आज्ञाकारिता र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि विश्‍वास र आज्ञापालनका साथै परमेश्‍वरको भयद्वारा शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरूले कुनै विरोध नगरी परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्छन्, जबसम्‍म सबै कुरा गुमाइसकेपछि पनि परमेश्‍वरलाई नत्याग्‍ने दृढ सङ्कल्प र विश्‍वास गर्छन्, तबसम्‍म उनीहरूले शैतानलाई लज्‍जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोप र बाधाहरूबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्‍नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्‍नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भन्‍ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्‍वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्‍वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्‍वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्‍छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

१. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध...

शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्) (भाग १)

१. परमेश्‍वरले बोल्नुभएका वचनहरू अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध...

अय्यूबले कानको सुनाइद्वारा परमेश्‍वरको बारेमा सुन्छन् (भाग २)

परमेश्‍वर मानिसबाट लुक्‍नुभएको भए पनि, सबै थोकमाझ भएका उहाँका कामहरू नै उहाँलाई जान्‍नका निम्ति पर्याप्त छन् अय्यूबले परमेश्‍वरको अनुहार...

अय्यूबको गवाहीले परमेश्‍वरलाई सान्त्वना दिलाउँछ

यदि मैले अहिले तिमीहरूलाई अय्यूब एक माया लाग्दो व्यक्ति हुन् भनेर भनेँ भने तिमीहरू यी वचनहरूभित्रका अर्थलाई सायद महसुस गर्न सक्दैनौ, र मैले...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्