परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनु र परमेश्‍वरको काम बीचको सम्बन्ध

13 अगस्ट 2021

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र खराबीबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले उनीहरूलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ प्रदान गर्दैन। यसको साथसाथै अय्यूबको मानवता र खोजप्रति ईर्ष्या गर्दै, उनीहरूले परमेश्‍वरको बारेमा निम्‍न प्रश्‍नहरू सोध्छन्: अय्यूब यति सिद्ध र सोझो थिए, मानिसहरूले तिनलाई यति धेरै मन पराउँथे भने किन परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभयो र त्यति धेरै यातना भोग्‍न लाउनुभयो? यस्ता प्रश्‍नहरू धेरै मानिसको हृदयमा अवश्य उत्पन्न हुन सक्छ वा यसको सट्टा, यो शङ्का धेरै मानिसको हृदयमा प्रश्‍नको रूपमा रहेको छ। यसले यति धेरै मानिसलाई अलमल्ल पारेको हुनाले, हामीले यो प्रश्‍नलाई उठाएर यसलाई राम्रोसँग व्याख्या गर्नुपर्दछ।

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै कामहरू उहाँको व्यवस्थापन र मानव जातिको मुक्तिसित सम्बन्धित हुन्छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार थिए र पनि उहाँले तिनमा गर्नुभएको काम पनि फरक छैन। अर्को वचनमा, परमेश्‍वर चाहे जे गर्नु भए पनि वा जुनै साधनहरूद्वारा त्यो गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको उद्देश्य जे नै भए पनि उहाँका कामहरूको उद्देश्य परिवर्तन हुँदैनन्। परमेश्‍वरको उद्देश्य मानिसमा, साथै मानिसका निम्ति रहेको उहाँका मागहरू र इच्छामा परमेश्‍वरका वचनहरू काममा लगाउनु हो; अर्को वचनमा, यो भनेको परमेश्‍वरले उहाँका चरणहरूमा सकारात्मक भनी विश्‍वास गर्नुभएको काम मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बुझ्न सक्ने बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्ने अनुमति दिन्छ, यसरी मानिसले परमेश्‍वरको भय प्राप्त गर्न सक्छ र खराबीबाट अलग बस्न सक्छ—परमेश्‍वरले गर्नुहुने सबै कार्यमा उहाँको उद्देश्यको एक पक्ष यो सबै हो। अर्को पक्ष यो हो कि, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवाको पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिन्छ; मानिसहरूलाई शैतानका परीक्षाहरू र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, मानिसहरूलाई शैतान घृणा गर्ने, अनि जे नकारात्मक छ त्यसलाई चिन्न र बुझ्न सक्ने तुल्याउनको लागि परमेश्‍वरले प्रयोग गर्नुहुने माध्यम यही हो। जबसम्म परमेश्‍वरको वचन, परमेश्‍वरको बारेमा तिनीहरूका ज्ञान र आज्ञापालन, परमेश्‍वरमाथिको तिनीहरूका विश्‍वास र उहाँप्रतिको भयको कारण, तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्, तबसम्‍म यस प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानको नियन्त्रण र आरोपहरू, हस्तक्षेप र आक्रमणहरूबाट स्वतन्त्र तुल्याउँछ; तब मात्र तिनीहरूले शैतानको अधिकार क्षेत्रबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ, शैतान हारेको छ भन्ने हो, यसको अर्थ, तिनीहरू अब शैतानको मुखको आहार हुँदैनन्—तिनीहरूलाई निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिन्छ भन्‍ने हो। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित विश्‍वास, आज्ञापालन, र परमेश्‍वरप्रति भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने, उहाँको आज्ञापालन गर्ने र उहाँको भय मान्ने तिनीहरूका दृढ विश्‍वासले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई बचाउनुको मुख्य उद्देश्य पनि यही हो। यदि तिनीहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, परमेश्‍वरलाई पछ्याउनेहरू सबैले शैतानबाट आउने ठूलो र सानो दुवै परीक्षाहरू र आक्रमणहरूको सामना गर्नुपर्दछ। जो यी परीक्षाहरू र आक्रमणहरूबाट भएर जान्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, परमेश्‍वरद्वारा बचाइएकाहरू तिनीहरू नै हुन्। भन्नुको अर्थ, जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूबाट भएर गएका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेका मानिसहरू हुन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूले परमेश्‍वरको इच्छा र मागहरू बुझ्दछन्, र उनीहरूले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको बीचमा पनि तिनीहरूले परमेश्‍वरको भय मान्ने र खराबबाट अलग रहने मार्ग छोड्दैनन्। जो परमेश्‍वरमा बचाइएका हुन्छन् तिनीहरूमा इमानदारीता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणा बीच भिन्नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र विवेकशील हुन्छन्, र तिनीहरू परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरू शैतानद्वारा बाँधिँदैनन्, जासुसी वा दुर्व्यवहार गरिँदैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरू पूर्ण मुक्त र रिहा गरिएका हुन्छन्। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभएको महत्त्व पनि ठीक यही थियो।

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनु र परमेश्‍वरको काम बीचको सम्बन्ध

शैतानले अय्यूबलाई दुर्व्यवहार गरेको थियो, तर तिनले अनन्त स्वतन्त्रता र छुटकारा पनि पाएका थिए, र तिनले फेरि कहिल्यै पनि शैतानको भ्रष्टता, दुर्व्यवहार, र आरोपहरूको अधीनमा नपर्ने, बरु परमेश्‍वरको मुहारको प्रकाशमा स्वतन्त्र र भारमुक्त जीवन जिउन पाउने र परमेश्‍वरका आशिष्‌हरूको बीचमा जिउने अधिकार प्राप्त गरेका थिए। यो अधिकार कसैले पनि खोस्न वा नष्ट गर्न वा कब्जा गर्न सकेन। यो अय्यूबलाई तिनको विश्‍वास, दृढ संकल्प, र परमेश्‍वरप्रतिको आज्ञाकारीता र भयको बदलीमा दिइएको थियो; अय्यूबले पृथ्वीमा आनन्द र खुसी प्राप्त गर्न आफ्नो जीवनको मूल्य चुकाए, जुन पृथ्वीमा परमेश्‍वरको साँचो सृष्टिको रूपमा विनाबाधा सृष्टिकर्ताको आराधना गर्नका निम्ति स्वर्गबाट नियुक्त गरिएको र पृथ्वीमा स्वीकार गरिएको थियो। त्यो अय्यूबले भोगेका परीक्षाहरूको सबैभन्दा ठूलो प्रतिफल पनि थियो।

जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई प्रायजसो शैतानले हस्तक्षेप र अनि नियन्त्रण समेत गरेको हुन्छ। अर्को वचनमा, मुक्ति नदिइएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, शैतानले तिनीहरूलाई त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो गरेको र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसित बताउन सकिने सामान्य अस्तित्व हुँदैन, र यसबाहेक उनीहरूसँग बोल्‍ने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरमा भएको आफ्नो विश्‍वास र उहाँप्रतिको आज्ञापालन र परमेश्‍वरप्रतिको भयलाई जीवन र मृत्युका निम्ति लडाइँ गर्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, अनि त्यसलाई पिठिउँ फर्काएर भाग्ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, यसरी त्यसले तेरोको विरुद्धका आक्रमणहरू र आरोपहरूलाई पूर्ण रूपमा त्याग्छ—तब मात्र तैंले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न तँलाई सहायता गर्ने हात-हतियारहरूद्वारा सुसज्जित छैनस् भने तँ अझै पनि खतरामा नै छस्; समय बित्दैजाँदा, तँ शैतानद्वारा यति धेरै सताइनेछस् कि तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, तापनि तँ अझै पनि गवाही दिन असमर्थ हुन्छस्, तेरो विरुद्धका शैतानका आरोपहरू र आक्रमणहरूबाट अझै आफैलाई पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैन भने, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पक्डमा नै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। त्यसकारण, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो।

परमेश्‍वरका जाँचहरूलाई स्वीकार गर, शैतानको परीक्षाहरूमाथि विजयी बन, र परमेश्‍वरलाई तिमीहरूको सम्पूर्ण अस्तित्व प्राप्त गर्न देओ

मानिसहरूका निम्ति परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण इच्छा र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव र उहाँसित के छ र को हुनुहुन्छ भन्‍ने मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्जित पार्नु हो, र मानिस परमेश्‍वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्न सत्यहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू, जुन परमेश्‍वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्जित भएपछि मानिसले परमेश्‍वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्‍वरको शत्रु शैतानको “सहकार्य” को आवश्यकता हुन्छ। भन्नुको अर्थ, मानिसलाई शैतानसँग लडाइँ गर्ने हात-हतियारहरू दिएपछि परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको लडाइँ संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुन्छ। तर यदि मानिस शैतानको लडाइँको संरचना छोड्न असफल हुन्छ र शैतानको अगि आत्मसमर्पण गर्छ भने, तब ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्‍वरले मानिसको जुन सुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानको अगि समर्पित हुन्छ कि हुँदैन भन्ने नै हुन्छ। यो भन्न सकिन्छ कि मानिस बाँच्न सक्छ कि सक्दैन भन्ने कुरा उसले शैतानलाई जित्न र पराजित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्दछ, र उसले स्वतन्त्रता प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा परमेश्‍वरले शैतानसित लड्न उसलाई दिनुभएका हतियारहरू उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशारहित र एकलो बनाएर छोड्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा छोडेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्ने कहिल्यै कोसिस गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउनेछैन र हस्तक्षेप गर्नेछैन, फेरि तिनीहरूलाई कहिल्यै पनि कष्ट दिन वा आक्रमण गर्न मात्र चाहँदैन; त्यस्ता व्यक्ति मात्र वास्तवमा परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।

— वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट उद्धृत गरिएको

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

अय्यूबको विषयमा (भाग एक)

अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्ने कुरा सिकिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जानकारीहरू पाउन चाहनेछौ, विशेष गरी...

शैतानले पहिलो पटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरियो र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

अ. परमेश्‍वरद्वारा बोलिएका वचनहरू अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्, त्योजस्तो सिद्ध र...

अय्यूबले परमेश्‍वरको नाउँलाई धन्यको भन्छन् र आशिषहरू वा विपत्तिको बारेमा सोच्दैनन्

त्यहाँ एउटा तथ्य छ जुन तथ्यलाई धर्मशास्त्रमा उल्‍लेख गरिएको अय्यूबका कथाहरूमा कहीँ पनि समावेश गरिएको छैन, र आज हामी यही तथ्यमा ध्यान...

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनीमा छ भने, मानिसले कसरी परमेश्‍वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ?

आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नभएको हुनाले, तिनीहरूको प्रकृति सार के हो, र परमेश्‍वरप्रति तिनीहरूको दृष्टिकोण कस्तो छ? के तिनीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्