अय्यूबले कानको सुनाइद्वारा परमेश्वरको बारेमा सुन्छन् (भाग १)
अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ। अय्यूब २३:८-९...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
मानिसहरूका निम्ति परमेश्वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण इच्छा र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव अनि उहाँसित के छ र को हुनुहुन्छ भनी मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्जित पार्नु हो, र मानिस परमेश्वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्न सत्यताहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू परमेश्वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्जित भएपछि मानिसले परमेश्वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। भन्नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने हातहतियारहरू दिनुभएपछि परमेश्वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको युद्ध संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानको अघि आत्मसमर्पण गर्छ भने, ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्वरले मानिसको जुनसुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्वरलाई त्यागेर शैतानको अघि समर्पित हुन्छ कि हुँदैन भन्ने नै हुन्छ। यो भन्न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा उसले शैतानलाई जित्न र पराजित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर गर्छ, र उसले स्वतन्त्रता हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा शैतानसित लड्नका लागि परमेश्वरले उसलाई दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई दुःख दिन छोड्ने बनाउन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्वरबाट खोस्ने कोसिस कहिल्यै गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउने र बाधा दिने गर्नेछैन, फेरि उसलाई कहिल्यै पनि कष्ट दिइरहन वा आक्रमण गरिरहन मात्र चाहँदैन; त्यस्तो व्यक्ति मात्र वास्तवमा परमेश्वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ। अय्यूब २३:८-९...
अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध तँ र तेरा दुई...
अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू अय्यूबले भोगेको कष्ट परमेश्वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्वरको...
अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्ने कुराको बारेमा जानिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जान्न चाहनेछौ, विशेष गरी...