के प्रभु साँच्‍चै नै बादलको सवारीमा फर्कनुहुन्छ?

30 नोभेम्बर 2021

हामीले एकपछि अर्को विपत्ति आएको देखिरहेका छौं, र महामारीहरू विश्‍वभरि फैलिरहेका छन्। विश्‍वासीहरूले प्रभु बादलको सवारीमा ओर्लनुहुनेछ अनि तिनीहरूलाई यो अन्धकारपूर्ण संसारबाट, यी विपत्तिहरूबाट मुक्ति दिन र स्वर्गको राज्यमा लैजानको लागि आकाशमा उठाई लैजानुहुनेछ भनेर आतुरका साथ प्रतीक्षा गर्दै आइरहेका छन्। प्रभु बादलमा देखा पर्नुहुन्छ भन्‍ने प्रतीक्षा गर्दै, र प्रभु आएर तिनीहरूलाई पन्छ्याउनुहुनेछ र तिनीहरू विपत्तिमा पर्नेछन् भन्‍ने डरले अरू कतै पनि नहेरी तिनीहरू निरन्तर माथि आकाशतिर नियालिरहन्छन् र प्रार्थना गरिरहन्छन्। तर, विपत्तिहरू आएका छन्, तर तिनीहरूले अझै पनि आकाशबाट ओर्लनुहुने प्रभु येशूलाई स्वागत गरेका छैनन् भन्‍ने देख्दा तिनीहरूले भयानक अनुभूति गरेका छन्। धेरैले प्रभु येशू साँच्‍चै आउनुहुन्छ त भनेर प्रश्‍न गरिरहेका छन्। कतिलाई प्रभुले तिनीहरूलाई विपत्तिहरूमा पर्न दिनुभएको हो भन्‍ने सोच्दै असहज लागिरहेको छ। विवश भएर, धेरै जना पाष्टरहरूले प्रभु विपत्तिहरूको बीचमा वा विपत्तिहरूपछि आउनुहुनेछ भन्दै आफ्‍नो कथा परिवर्तन गरिरहेका छन्। कतिले त प्रभु २०२८ वा २०३० मा आउनुहुनेछ भनेर समेत दाबी गरिरहेका छन्। पवित्र-शास्त्रका यस्ता गलत अर्थ-अनुवादहरूले विश्‍वासीहरूलाई विपत्तिमा पार्न सक्छ, तर यस क्रममा सबै कुरा ठीकठाक छ भन्‍ने निश्‍चयता पनि दिएको हुन्छ। तर तिनीहरूले विश्‍वास गरेको जति लामो समय भएको भए पनि वा तिनीहरूले जति कठिन काम गरेको भए पनि, तिनीहरूले प्रभुलाई स्वागत गरेका छैनन्। यो कुरा कति कठिन हुन्छ भन्‍ने कुरा हामी कल्‍पना गर्न सक्छौं। बाइबलले के भन्छ, र विपत्तिमा परेर रुनु र दाह्रा किट्नु लाजको चिन्‍ह हो, जबकि आफ्‍नो विश्‍वासको सफलता वा असफलता प्रभुलाई विपत्तिहरूभन्दा पहिले स्वागत गर्ने कार्यद्वारा निर्धारित हुन्छ भन्‍ने कुरा सबै विश्‍वासीहरूलाई थाहा छ। तब किन धार्मिक संसारका मानिसहरूले प्रभुलाई स्वागत गरेका छैनन्, तर तिनीहरू विपत्तिहरूमा परेका छन्? के प्रभु विश्‍वासयोग्य नहुनुभएकोले, उहाँ अझै देखा नपर्नुभएको हो? अवश्य नै होइन। धार्मिक संसारले प्रभुलाई स्वागत गर्न असफल हुनुको अर्थ उहाँ आउनुभएको छैन भन्‍ने हुँदैन। वास्तवमा, उहाँ धेरै पहिले नै देहमा फर्किसक्‍नुभएको छ, र मानिसको पुत्रको देखा परेर काम गर्दैहुनुहुन्छ। सबै सम्प्रदायका मानिसहरूले परमेश्‍वरको आवाज सुनेर प्रभुलाई स्वागत गरेका छन्। तर उहाँ बादलमा आउनुहुन्छ भन्‍ने विचारमा नै टाँस्‍सिरहने धार्मिक संसारका मानिसहरूले प्रभुलाई स्वागत गर्न बाँकी नै छ। सन् १९९१ मा, पूर्वीय ज्योतिले सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र कामको बारेमा गवाही दिन सुरु गर्यो। तिनीहरूले पूरै तीस दशकदेखि यही गवाही दिँदै आएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले करोडौँ वचनहरू व्यक्त गर्नुभएको छ र सत्यतालाई प्रेम गर्ने सबै सम्प्रदायका मानिसहरूले उहाँका वचनहरू पढेका छन्, ती पूर्ण रूपमा सत्यता हुन् भन्‍ने पहिचान गरेका छन्, तिनीहरूले परमेश्‍वरको आवाज सुनिरहेको महसुस गरेका छन्, र प्रभुलाई स्वागत गर्दै सर्वशक्तिमान्‌ परमेश्‍वरकहाँ आएका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू लामो समयदेखि अनलाइन राखिएका छन्, यसले गर्दा यो पूर्वदेखि पश्चिमसम्‍म ठूलो ज्योति झैँ चम्केको छ, सारा संसारलाई उज्यालो पारेको छ, र यसले प्रभु येशूका यी वचनहरूलाई पूरा गर्छ: “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको घटना र उहाँको कामले सारा संसारलाई हल्‍लाएको छ जबकि धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूले परमेश्‍वर देखा पर्नुभएको घटना र कामको बारेमा खोजी-निधो नगरिकन पूर्वीय ज्योतिको आलोचना, दोषारोपण, र विरोध गर्ने कार्य गरिरहेका छन्। तिनीहरूको एउटै आधार के हो भने, बादलमा नआउने जुनसुकै प्रभु येशू झूटो हो, र देहधारीको रूपमा आउने प्रभु झूटो ख्रीष्ट हो। हामी सबैले देख्‍न सक्छौं धार्मिक संसारले प्रभुलाई स्वागत गरेको छैन, तर यो विपत्तिमा परेको छ, किनभने तिनीहरूले उहाँलाई स्वागत गर्ने बारेमा प्रभु येशूले दिनुभएका अगमवाणीहरूलाई पछ्याएका छैनन् तर आफ्‍नै धारणाहरूको पछि लागेर प्रभु बादलकै सवारीमा फर्कनुहुनेछ भनेर मनोमानी ढङ्गले निर्णय गरेका छन्। प्रभुका वचनहरूलाई अभ्यास नगरिकन तिनीहरू प्रभु आउनुहुनेछ र तिनीहरूलाई सीधै स्वर्गीय राज्यमा लैजानुहुनेछ भनेर तृष्णा गरिरहेका छन्। प्रभुलाई स्वागत गर्ने जस्तो महत्त्वपूर्ण विषयमा त्यस्तो भयानक गल्ती गर्नुको अर्थ उठाई लगिने तिनीहरूको मौकालाई गुमाउनु हो, र तिनीहरू विपत्तिहरूमा पर्नेछन्, र रुनेछन् र दाह्रा किट्नेछन्। यसले परमेश्‍वरका यी वचनहरू पूरा गर्छ: “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्(होशे ४:६)

प्रभु येशू बादलमा आउनुहुन्छ कि उहाँ मानिसको पुत्र देहधारी भएर काम गर्न देखा पर्नुहुन्छ त्यसलाई जान्‍न, हामी सुरुमा लामो सास लिऊँ र प्रभु येशूले आफ्‍नो दोस्रो आगमनको बारेमा दिनुभएका केही अगमवाणीहरूको बारेमा गहन रूपमा विचार गरौं, अनि हामीले गहन रूपमा अन्तर्दृष्टि प्राप्त गर्न सक्छौं। हामी केही पदहरूलाई हेरौं। “किनभने जसरी बिजुली पूर्वबाट चम्‍किन्‍छ र पश्‍चिमतिर पनि चम्‍किन्‍छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:२७)। “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ(मत्ती २४:४४)। “नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ(मत्ती २४:३७)। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। “त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म कुन समय तिमीहरूकहाँ आउनेछु तिमीहरूले थाहा पाउनेछैनौ(प्रकाश ३:३)। “हेर, म चोरजस्तै आउँछु(प्रकाश १६:१५)। “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। यदि यी वचनहरूलाई ध्यान दिएर विचार गर्यौं भने, हामीले सजिलै आफ्‍नो पुनरागमन सम्‍बन्धी प्रभुका अगमवाणीहरूमा सधैँ “मानिसको पुत्र” भन्‍ने उल्‍लेख गरिएको देख्न सक्छौं। “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र आउँछ,” “मानिसको पुत्र आफ्‍नो दिनमा आउँछ।” “नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।” प्रभु येशूले धेरै पटक “मानिसको पुत्रको आगमन” भनी भन्‍नुभयो, जुन हामीले आखिरी दिनहरूमा प्रभुलाई स्वागत गर्नको लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो। त्यसकारण “मानिसको पुत्र” ले केलाई जनाउँछ? कुनै शङ्कै छैन, यसले मानिसको पुत्रको रूपमा देह धारण गर्नुभएका परमेश्‍वरका आत्मालाई जनाउँछ। यसले परमेश्‍वरको देहधारणलाई मात्रै जनाउन सक्छ। प्रभु येशूले धेरै पटक “चोरजस्तै” आउनेछु भनेर पनि भन्‍नुभएको छ। त्यसो भए “चोरजस्तै” को अर्थ के हो? यसको अर्थ प्रभु चुपचाप, गुप्तमा आउनुहुनेछ भन्‍ने हुन्छ—मानिसहरूले थाहै नपाई परमेश्‍वर मानिसको पुत्रको रूपमा देह बन्‍नुहुन्छ, र बोल्‍न र काम गर्नको लागि गुप्तमा ओर्लनुहुन्छ भन्‍ने हुन्छ। आखिरी दिनहरूमा प्रभुको पुनरागमन मानिसको पुत्रको रूपमा हुन्छ, र यो घटना विपत्तिहरूभन्दा पहिले, अर्थात्, संसार सबैभन्दा अन्धकारको समयमा हुँदा हुनेछ भन्‍ने कुरामा हामी निश्‍चित हुनसक्छौं। “अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ(मत्ती २५:६)। पूर्वीय ज्योतिले १९९१ देखि अहिले २०२१ सम्‍म नै सर्वशक्तिमान्‌ परमेश्‍वरको बारेमा गवाही दिँदै आएको छ, र यी ३० वर्षको अवधिमा, तिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको पागल दमन, पक्राउ, र हानि भोगेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले यसको राष्ट्रिय प्रचारबाजी मेसिनहरूको समेत प्रयोग गरेको छ, र पूर्वीय ज्योतिले गवाही दिने “सर्वशक्तिमान्‌ परमेश्‍वर” को नामलाई संसारभरि फैलाएको छ, र यो सबैको निम्ति परिचित नाम बनेको छ। यसले प्रभु येशूको यो अगमवाणीलाई पूरा गर्छ: “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ(लूका १७:२४-२५)। पूर्वीय ज्योतिले वर्षौंसम्‍म सर्वशक्तिमान्‌ परमेश्‍वरको गवाही दिइसकेपछि, सत्यतालाई प्रेम गर्ने सबै सम्प्रदायका मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर, ती सत्यता हुन्, पवित्र आत्‍माले मण्डलीहरूलाई दिनुभएका वचनहरू हुन् भन्‍ने पहिचान गरेका छन्। तिनीहरूले परमेश्‍वरको आवाज सुनेका छन्, र आनन्दको साथ सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरेका छन्। तिनीहरू बुद्धिमती कन्याहरू हुन् जसलाई परमेश्‍वरको सिंहासन अघि उठाई लगिएको छ र तिनीहरूले प्रभुको भोजमा सहभागिता जनाइरहेका छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरको आलोचना गर्ने र उहाँलाई दोष दिने धेरै जना मानिसहरूले समेत, पछि उहाँका वचनहरू पढेर परमेश्‍वरको आवाज सुनेका छन् र परमेश्‍वरको अघि आएका छन्। त्यसपछि तिनीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरलाई इन्कार गरेकोमा र दोष दिएकोमा पछुतोले भरिएका छन्। थुमाको विवाह-भोजमा सहभागी जनाइरहेका यी बुद्धिमती कन्याहरूले सर्वशक्तिमान्‌ परमेश्‍वर नै आखिरी दिनहरूमा देखा पर्नुभएका, र ओर्लनुभएका मानिसको पुत्र हुनुहुन्छ भनेर गवाही दिइरहेका छन्। तर धर्मशास्‍त्रका अक्षरहरूमा नै जिद्दी भई लागिरहनेहरूले बादलमा आउनुहुने प्रभुभन्दा अरू कसैलाई स्वीकार गर्दैनन् र तिनीहरू निर्बुद्धि कन्याहरू हुन् जो विपत्तिहरूमा परिरहेका छन्। तिनीहरूले ठूला-ठूला विपत्तिहरूपछि प्रभु येशू बादलमा देखा पर्ने दिन देख्‍नलाई मात्रै प्रतीक्षा गर्न सक्छन्। यी मानिसहरूले प्रभुलाई स्वागत नगर्नुको मुख्य कारण भनेको तिनीहरूले मानवले दिएका बाइबलीय अगमवाणीहरूमा मात्रै विश्‍वास गर्छन्, तर प्रभु येशूका मुखबाट निस्केका अगमवाणीहरूमा विश्‍वास गर्दैनन्। तिनीहरूले बादलमा आउनुहुने प्रभुलाई मात्रै स्वीकार गर्छन्, तर परमेश्‍वर देहमा देखा परेर मानिसको पुत्रको रूपमा काम गरिरहनुभएको छ भन्‍ने तथ्यलाई इन्कार गर्छन्। तिनीहरू पूर्ण रूपमा बहकाउमा परेका छन् र मूर्ख छन्! प्रभुले आफ्‍नो पुनरागमनको बारेमा बताउँदा धेरै पटक “मानिसको पुत्र” भनी उल्‍लेख गर्नुभयो, तर धेरै जना “बाठा” र “बुद्धिमानी” पाष्टर र बाइबल विद्वानहरूले मानिसको पुत्र भन्‍ने अवधारणालाई भताभुङ्ग पारेका छन्, र गम्‍भीर गल्ती गरेका छन्। तिनीहरू आफ्‍नै बौद्धिकताका सिकार हुन्! सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, तर तिनीहरूले उहाँलाई अझै मानिसको रूपमा हेर्न इन्कार गर्छन्। के त्यो अन्धोपन होइन र? यदि उहाँ देहधारी परमेश्‍वर हुनुहुन्‍न भने, उहाँले कसरी यति धेरै सत्यता व्यक्त गर्न सक्‍नुभयो? तिनीहरू अझै पनि बादलको सवारीमा ओर्लनुहुने प्रभु येशूलाई मात्रै स्वीकार गर्न सक्छन् भन्‍ने विचारमा लागिरहेका छन्, त्यसकारण तिनीहरूले उठाई लगिने मौका गुमाइरहेका छन्, र विपत्तिमा परिरहेका छन्। यो एउटा अनन्त पछुतो हुनेछ।

हामी सबैले देख्‍न सक्छौं प्रभु काम गर्न मानिसको पुत्रको रूपमा देहधारी भएर आइसक्‍नुभएको छ। यो कसैले पनि इन्कार गर्नै नसक्‍ने निर्विवाद तथ्य हो। तर धेरै मानिसहरूले प्रकाश १:७ मा उल्‍लेख गरिएको “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ” भन्‍ने वचनको बारेमा सोध्छन्, किनभने यसले प्रभु बादलमा ओर्लेर आउनुहुनेछ भन्‍ने अर्थ दिन्छ भनी तिनीहरू सोच्छन्। के उहाँ बादलको साथमा आउनुहुन्छ भनेर भन्‍नु र उहाँ मानिसको पुत्रको रूपमा आउनुहुन्छ भनेर भन्‍नु विरोधाभासपूर्ण छैन र? त्यस्तै देखिन्छ, तर वास्तवमा कुनै विरोधाभास छैन। यो मानव बुझाइको लागि चुनौती मात्रै हो। जुनसुकै बाइबलीय अगमवाणीहरू पूर्ण रूपमा पूरा हुनेछन्, तर निश्‍चित प्रक्रिया छन्, र चरणहरू छन्। मानिसको पुत्र देखा पर्ने घटना र प्रभु बादलमा आउनुहुने घटनाको पनि क्रम छ। प्रभु पहिले देहधारी बन्‍नुहुन्छ र काम गर्न गुप्तमा आउनुहुन्छ, त्यसपछि उहाँ सबैले देख्‍ने गरी बादलमा आउनुहुन्छ। त्यो किन दुई चरणमा हुन्छ? यस बीचमा के हुन्छ? यसभित्र रहस्यहरू छन्। सुरुमा हामी प्रभु येशूले के भनेर अगमवाणी गर्नुभएको छ, हेरौं। प्रभु येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। “तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो(यूहन्‍ना १७:१७)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ(यूहन्‍ना १२:४७-४८)। “किनभने पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ … र न्याय गर्ने अधिकार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ(यूहन्‍ना ५:२२, २७)। र “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ(१ पत्रुस ४:१७)। प्रभु येशूका अगमवाणीहरू पूर्ण रूपमा पूरा भएका छन्। मानवजातिले अपेक्षा नगरेको बेलामा मानिसको पुत्र गुप्तमा आउनुभयो र उहाँले आखिरी दिनहरूको न्यायको काम गर्दै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँ नै सत्यताका आत्मा हुनुहुन्छ जसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सबै सत्यतामा अगुवाइ गरिरहनुभएको छ र विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गर्नुभएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरको राज्यको सुसमाचार पनि संसारको हरेक देशमा फैलिएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले शैतानलाई हराउनुभएको छ र सबै महिमा प्राप्त गर्नुभएको छ भन्‍ने कुरा यसले देखाउँछ। अहिले ठूला-ठूला विपत्तिहरू सुरु भएका छन्, र परमेश्‍वरले विजेताहरूको समूह निर्माण गर्नुभएको छ र उहाँको महान् काम पूरा हुँदैछ। विपत्तिहरूपछि, परमेश्‍वर सबै मानिसहरूकहाँ र सबै जातिहरूकहाँ बादलमा खुला रूपमा देखा पर्नुहुनेछ। त्यो बेला, मानिसको पुत्र देखा पर्ने घटना र प्रभु बादलमा आउनुहुने घटना सम्‍बन्धी अगमवाणीहरू पूरा हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वर देखा परेर परमेश्‍वरको घरबाट सुरु गर्दै उहाँको न्यायको कार्य सुरु गर्नुभएदेखि, सर्वशक्तिमान्‌ परमेश्‍वरलाई ग्रहण गर्ने मानिसहरूले हरेक दिन परमेश्‍वरका वचनहरू खाने र पिउने गरिरहेका छन्, र परमेश्‍वरको न्याय र शुद्धीकरणलाई स्वीकार गरेर, तिनीहरू क्रमिक रूपमा पाप र शैतानका शक्तिहरूबाट उम्किरहेका छन्। परमेश्‍वरले तिनीहरूलाई विपत्तिहरूभन्दा पहिले विजेताहरू बनाउनुभएको छ, र तिनीहरू पहिलो फल हुन्। यसले प्रकाशको पुस्तकको यो अगमवाणीलाई पूरा गर्छ: “हेर, म ढोकामा खडा हुन्छु र ढक्‍ढकाउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। “परमेश्‍वर र थुमाका निम्ति पहिलो फल भएका हुनाले यिनीहरूलाई मानिसहरूको बिचबाट मोल तिरेर छुटाइएको थियो(प्रकाश १४:४)। सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूको न्यायको काम गर्न गुप्तमा आउनुभएको तीन दशक भइसकेको छ। उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, अनि बाइबलका र परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन योजनाका सबै रहस्यहरू प्रकट गर्नुभएको छ। उहाँले मानिसको भ्रष्ट सारलाई न्याय गर्न र खुलासा गर्न धेरै वचन बोल्‍नुभयो, र यी वचनहरू हामीलाई पाप र शैतानका शक्तिहरूबाट मुक्त गर्ने, र पूर्ण रूपमा मुक्ति पाउने सत्यताका मार्ग हुन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई न्याय, काट-छाँट, निराकरण, जाँच, र शोधन गर्नुहुन्छ, तिनीहरूले स्पष्ट रूपमा नै आफ्‍नो भ्रष्टतालाई देख्छन्, तिनीहरूको लुक्‍ने ठाउँ कहीँ छैन भन्‍ने अनुभव गर्छन्, र पछुतोले भरिएर परमेश्‍वरको अघि झुक्छन्, र आफैलाई घृणा र इन्कार गर्छन्। तिनीहरूले परमेश्‍वरको धर्मी स्वभावले कुनै उल्‍लङ्घन सहँदैन भन्‍ने कुरा पनि देख्छन् र परमेश्‍वरप्रति आदरको विकास गर्छन्, यसरी तिनीहरू क्रमिक रूपमा परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट टाढा बस्‍न थाल्छन्, साँचो रूपमा पश्‍चात्ताप गरेर परिवर्तन हुन्छन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले विपत्तिहरूभन्दा अघि विजेताहरूको समूह निर्माण गरिसक्‍नुभएको छ, पहिलो फलहरू प्राप्त गरिसक्‍नुभएको छ। यी विजेताहरूको गवाहीलाई भिडियो र चलचित्रहरूमा उतारेर अनलाइन उपलब्‍ध गराइएका छन्, र यसलाई हेर्नेहरू सबै नै ती हेरेपछि विश्‍वस्त हुन्छन्। यो परमेश्‍वर देखा-पराइ र आखिरी दिनहरूको कार्य हो भन्‍ने कुरा योभन्दा स्पष्ट हुन सक्दैन! सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र यति महान् काम गर्नुभएको छ कि, यसले सारा संसारलाई मात्रै होइन, सम्पूर्ण ब्रह्माण्डलाई समेत हल्‍लाएको छ। सर्वशक्तिमान्‌ परमेश्‍वरले पुरानो युगलाई समाप्त गरेर, नयाँ युगको सुरुवात गरी संसारलाई परिवर्तन गर्नुभएको छ। राज्य युगको प्रारम्‍भ भएको छ। यसले सर्वशक्तिमान्‌ परमेश्‍वर नै देखा पर्नुभएका मानिसको पुत्र, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्छ। हाम्रा मुक्तिदाता देखा पर्नुभएको छ र उहाँले काम गरिरहनुभएको छ। परमेश्‍वरको घरबाट सुरु हुने न्यायको काम पहिले नै लगभग पूरा भइसकेको छ र त्यससँगै ठूला-ठूला विपत्तिहरू बर्सन थालेका छन्। हामी भन्‍न सक्छौं, विपत्तिहरू आउन सुरु भइसकेका छन् र ती वृद्धि मात्रै हुनेछन्। परमेश्‍वरको विरोध गर्ने सबै दुष्कर्मी र दुष्ट शक्तिहरूलाई विपत्तिहरूमा दण्ड दिइनेछ र नष्ट गरिनेछ, परमेश्‍वरको आखिरी दिनहरूको न्याय र सजायद्वारा धोइएकाहरूलाई परमेश्‍वरले विपत्तिहरूमा रक्षा गरेर राख्‍नुहुनेछ। जब विपत्तिहरू समाप्त हुनेछन्, शैतानको यो दुष्ट संसारलाई नष्ट गरिनेछ, त्यसपछि परमेश्‍वर सबै मानिसहरूको निम्ति खुला रूपमा बादलमा देखा पर्नुहुनेछ। यो प्रकाश १:७ को यो अगमवाणीको पूर्णता हुनेछ: “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।” किन सबै कुलले विलाप गर्नेछन्? किनभने सर्वशक्तिमान्‌ परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ र त्यस्तो महान् काम गर्नुभएको छ, र तिनीहरूले यसलाई अनुसन्धान गर्न नमानेका मात्र होइनन्, तर तिनीहरूले धार्मिक संसारका ख्रीष्ट-विरोधी शक्तिहरूसँगै लागेर उहाँलाई दोष दिए, न्याय गरे, र निन्दा गरे। तिनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याएका छन् र तिनीहरू विपत्तिहरूमा परेका छन्। तिनीहरूले छाती पिट्नेछन्, रुँदै दाह्रा किट्नेछन्, जुन घटना प्रकाशको पुस्तकको दुखद अगमवाणीको पूर्णता हुनेछ, जहाँ भनिएको छ “अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्।” सर्वशक्तिमान्‌ परमेश्‍वरको दण्ड र सजायलाई स्वीकार गरेर धोइने र सिद्ध तुल्याइनेहरूले परमेश्‍वर खुला रूपमा देखा पर्नुभएको देख्‍नेछन् र तिनीहरू असीमित आनन्दले नाच्‍नेछन्, तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता, बुद्धि, र धार्मिकताको प्रशंसा गर्नेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मलाई प्रेम गर्ने र आफूलाई अस्वीकार गर्नेप्रति मेरो कृपा व्यक्त हुनेछ। दुष्टहरूप्रति दण्ड दन्किनेछ, यसबीच, यो मेरो धर्मी स्वभावको सटीक प्रमाण हो, र अझ मेरो क्रोधको साक्षी हो। जब विपद् आउँछ, मेरो विरोध गर्नेहरू भोकमरी र महामारीले पीडित हुँदै रुनेछन्। सबै प्रकारका दुष्टता गर्नेहरू तर धेरै वर्षसम्म मलाई पछ्याएकाहरूले पनि उनीहरूको पापबाट छुटकारा पाउनेछैनन्; उनीहरू पनि विपदमा डुब्नेछन्, यस्तो विपद् जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मप्रति निष्ठा राख्ने मेरा अनुयायीहरू आनन्दित हुनेछन् र मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले वर्णन गर्न नसकिने सन्तुष्टि प्राप्त गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षका साथ बाँच्नेछन्। किनभने म मानिसले गरेका असल कार्यलाई महत्त्व दिन्छु र उनीहरूको दुष्ट कर्मलाई तिरस्कार गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मेरो जस्तै सोच भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरेको छु। यसै समयमा, मेरो जस्तो सोच नभएकाहरूलाई पनि म कहिल्यै बिर्सिन्नँ; उनीहरूलाई म मेरो हृदयभित्र सधैँ घृणा गर्दछु, उनीहरूलाई प्रतिशोध लिने अवसरको प्रतीक्षा गरिरहेको छु, र त्यो देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले अब पर्खनु पर्नेछैन!(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्)

सर्वशक्तिमान्‌ परमेश्‍वरले मानवजातिलाई पूर्ण रूपमा धुन र मुक्ति दिनको लागि आफ्‍नो आखिरी दिनहरूको न्यायको काम गर्न सत्यताहरू व्यक्त गर्नुहुन्छ। मुक्ति पाउने र परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मानवजातिको एक मात्र मौका र जीवनभरिको अवसर यही मात्रै हो। ठूला-ठूला विपत्तिहरू सुरु भइरहेका छन्। बिउँझेर कुनै ढिलाइ नगरिकन सर्वशक्तिमान्‌ परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्नेहरू समयमै पुग्‍नेछन्, किनभने सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “जब म धेरै मानिसहरूलाई दण्ड दिन्छु, धार्मिक संसारमा हुनेहरू विभिन्‍न हदमा मेरा कार्यहरूद्वारा जितिनेछन् र मेरो राज्यमा फर्कनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार भई आउनुहुने पवित्र एउटै उहाँको आगमनलाई देखेका हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २६)। हामी देख्‍न सक्छौं, कतिपय मानिसहरूले विपत्तिहरूका बीचमा परमेश्‍वरको आवाज सुन्‍नेछन् र उहाँका कार्यहरूलाई देख्‍नेछन्, अनि परमेश्‍वरको अघि आउनेछन्, र उहाँको मुक्ति प्राप्त गर्नेछन्। विपत्तिहरूका बीचमा उठाइलगिनु भनेको यही हो र यो तिनीहरूको अन्तिम मौका, साथै मानवजातिको निम्ति परमेश्‍वरको महान् कृपा हो। बुद्धिमान मानिसहरूले के निर्णय गर्ने भनेर जान्‍नेछन्। प्रभु बादलको सवारीमा आउनुहुन्छ भनेर घिउको लड्डु खाँदै प्रतीक्षा गर्नेहरूको अन्त्य हुने पनि स्पष्टै छ। आज हामी सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको एउटा अन्तिम खण्ड पढौं। “धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। ‘सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो’ भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता भ्रष्टहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दण्डको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शन पालन गर्ने, सत्यताको उत्कट इच्छा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा उहाँले वास्तवमा के भन्‍नुभएको हो?

इसाईहरूले के विश्‍वास गर्छन् भने प्रभु येशूले क्रूसमा “यो सकियो” भनी भन्‍नुहुँदा, उहाँले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम समाप्त भयो...

किन परमेश्‍वर आखिरी दिनहरूमा आत्मिक रूपमा नभई देहधारण गरेर आउनहुन्छ?

मुक्तिदाता सर्वशक्तिमान परमेश्‍वरले आफ्ना आखिरी दिनहरूको न्यायको कार्य व्यक्त गर्नुभएकोले, धेरै मानिसहरूले साँचो मार्ग खोजी र अनुसन्धान...

किन हामीले परमेश्‍वरको आवाज सुनेर मात्रै प्रभुलाई स्वागत गर्न सक्छौं?

अहिले, सबै विश्‍वासीहरू प्रभु येशू बादलमा आउनुहुन्छ भनेर उत्कट इच्‍छा गरिरहेका छन्, किनभने विपत्तिहरू झन्-झन् गम्‍भीर हुँदै गइरहेका छन् र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्